सदानन्द अभागी
विश्व अल्माइजर चेतना दिवस भन्दा पहिला हामीले जान्नु पर्ने कुरा अल्माइजर भनेको के हो भनेर जान्नुपर्ने हुन आउँछ । अल्माइजर रोग जस्लाई हामी भुलकड रोग भनेर पनि चिन्दछौँ । यो रोगको बारेमा जर्मन नागरिक न्युरोप्याथोलजिष्ट एल्वाइ अल्जाइमरले सन १९०६मा एक पत्रिका मार्फत जानकारी गराएका हुन् र यस रोगको नामाकरण पनि उनैको नामबाट गरिएको हो । हुन त म डाक्टर होइन या विशेषज्ञ पनि हैन तर पनि यस घातक रोगको बारेमा पत्रपत्रिकामा जे पढियो, जे बुझियो त्यसबारेमा केही न केही जनजानकारीको लागि जनसमक्ष ल्याउन आश्यक ठानी यो लेख लेखिरहेको छु । २१ सेप्टेम्बरलाई संसारभरिका देशहरूले विश्व अल्माइजर चेतना दिवस मनाउँदै आएका छन् र २१ सेप्टेम्बरलाई विश्व अल्माइजर चेतना दिवसको रूपमा नेपालका विभिन्न ठाउँ ÷संघ संस्थाहरूले पनि राष्ट्रव्यापी रूपमा मनाउँदै आएका छन् । यसै क्रममा ज्येष्ठ नागरिक जिल्ला संघ नवलपुरले पनि मनाउँदै आएको छ । मलाइ लाग्छ हमीले औपचारिकता मात्र पुरा गरेका छम् । नहुनु भन्दा कानो मामा निको भने जस्तै सन् १९९४मा स्कटल्याण्डको एडीनबराबाट थालनी गरेको यो दिवसलाई जिल्ला संघ नवलपुरले गत वर्ष डाक्टरलाई बोलाएर विरामीलाई ल्याएर उपचार गर्न नसके पनि समिति र सहभागी जनहरूलाई यस सम्बन्धमा तालिम दिने काम गरेको थियो । यस वर्ष पनि यो दिवस मनाउने भनिए पनि भव्यताको साथमा मनाउन सकिने देखिदैन । पत्रपत्रिकामा यस सम्बन्धमा जानकारी गराउन सके पनि रोग नजानेकालाई केही राहत हुने कुरा महसुस गरिन्छ ।
अलमाइजर रोग के हो त भन्दा पत्रपत्रिकामा पढ्न पाइन्छ कि यो मस्तिष्कमा उत्पन्न हुने विकार हो । यो विकारले मानिसमा स्मरण शक्ति र शोच्ने शक्तिमा ह्रास या नष्ट गराउँछ । यस्तो समस्या खासगरी ज्येष्ठ नागरिकमा देखा पर्दछ । रोग नलागे पनि जति उमेर बढ्दै जान्छ त्यति स्मरण शक्ति कम हुँदै जाने हुँदा भुल्ने कुरा बढ्दै जाने हुन्छ ता पनि यो रोग लागेकाले देनिक प्रयोगमा आउने बस्तुको नाम विर्सन थाल्छ । सरल भन्दा सरल कार्यहरू पनि गर्न कठिन पर्न थाल्छ र विर्सने काम यति बढी हुन्छ कि घरपरिवार तथा श्रीमती श्रिमान बीचमा पनि एकअर्काले चिन्न छाडछन् । रोगले ग्रस्त पारेपछि दिशा पिसाब छाडेको पनि बिमारीले थाहा पाउँदैन । खान खानेक्रममा पनि के खान हुन्छ के खान हुँदैन समेत भुल्छ ।
अल्माइजर रोग डिमेन्सिया अर्थात बिर्सने रोग ÷ विस्मृतिको एउटा प्रकार हो । डिमेन्सियामा धेरै रोगहरू पर्दछन् । यी रोगहरू मद्धेमा अल्माइजर रोग अरू रोग भन्दा अलि बढी देखिने गर्छ । माथि नै भनिसकिएको छ कि यो रोग लागेपछि सोच्ने, सम्झने र तर्क गर्ने – र व्यवहार क्षमताहरू यति हदसम्म गुमाउनु हो कि यसले व्यक्तिको दैनिक जीवन र गतिविधिहरूलाई सहज रूपमा गर्न सहज हुँदैन । पछि गएर ऊ पूर्ण रूपमा अरूमा निर्भर रहनु पर्छ । कृष्णहरि बास्कोटाले ज्येष्ठ नागरिक मुलुका निधि भन्ने कृतिमा लेख्नुहुछ –"एक अध्ययनक अुसार, हाल विश्वका करिब ६२ प्रतिशत ज्येष्ठ नागरिक डिमेन्सियाबाट पीडित छन् । यी मध्ये ६०देखि असी प्रतिशतमा डिमेन्सियाका रोगी अलमाइजरबाट पीडित छन् ।'' उनकै कथनमा विश्वव्यापी अध्ययनमा प्रत्येक ३ सेकेण्डमा एक जना व्यक्तिलाई यो रोग लाग्ने गरेको अनुमान छ । अमेरिका जस्तो देशमा पनि यो रोग सातौं नम्बरमा पर्छ ।
यो रोग लाग्नुको कारणमा अल्जाइमर रोग मस्तिष्कको कोशिका भित्र र वरपर प्रोटीन जम्मा भएमा या निर्माण भएमा यो रोग लाग्न सक्छ । एउटा एमाइलोइड भनिने प्रोटिन हो जो मस्तिष्कको कोशिकाको वरिपरि जम्मा हुन्छ, अर्को प्रोटिनलाई टाउ डिपोजिट भनिन्छ जुन मस्तिष्कको कोशिकाहरू भित्रै घुलमिल हुन्छ । यिनले मस्तिष्कमा केशिकाहरू मार्दछन् । स्वस्थ न्यूरोन्सले काम गर्न छोड्छ, र अन्य न्यूरोन्ससँग जोडिन सक्दैन ।
यो रोग लागे निको पार्न त्यति सहज हुँदैन । उपचार पनि रोगको अवस्था अनुसार गर्नु पर्छ । यस सम्बन्धमा जनचेतना जगाउन अन्तराष्ट्रिय अल्जाइजर दिवस मनाउनको लागि सबैको लागि नारा तय गरिएको हुन्छ । यस वर्षको अर्थात ३० औंं विश्व अल्जाइमर दिवसको नारा यसरी तय गरिएको छ । " ल्भखभच तयय भबचथि ः ल्भखभच तयय बितभ" अर्थात अलजाइमर्स रोग पत्ता लगाउन धेरै छिटो या ढिलो हुँदैन, यसको निदान र उपचार सुरु गरौं भन्ने प्रोत्साहन हो । 'धेरै छिटा'े भन्दा यो बुझिन्छ कि यो रोग स्नायु प्रणालीमा लाग्ने भएकोले संवेगात्मक अनि व्यवहारात्मकरूपमा यसका लक्षण देखिन थाले पनि हामीले त्यति ख्याल गर्दैनौं । बृद्धपाको कारणले गर्दा भुल्ने काम हुन्छ भनिन्छ तर भित्र भित्रै रोगले ग्रस्त पार्दै जान्छ । त्यसो हुँदा 'ढिलो' भन्दा रोगले ग्रस्त पारेपछि उपचारले काम गर्दैन । त्यसो हुँदा मस्तिष्क स्वस्थ राख्नु पर्छ । यस्का लक्षण बाहिर प्रष्ट नभए पनि भित्र भित्र यस रोगले स्थान लिएको हुनसक्छ ।
यो रोग लाग्नुको कारक तत्व केहो त भन्ने प्रश्नमा हाम्रो पात्रोको लागि सुयोग ढकालको लेख लगायत वैज्ञानिकहरूको कथन छ कि यो रोग मुख्यत वंशाणुगत ९न्भलभतष्अ० हुने रोग हो । ७० प्रतिशत न्भलभ बाट सर्दै आएको हुन्छ । बाजेबाट बाबु, बाबुबाट छोरा अनि छोराबाट नाती हुँदै जाने रोगको रूपमा लिएको पाइन्छ । मस्तिष्कमा आधात केवल जिनबाट मात्र नभएर अरु कारणहरूबाट पनि हुन सक्छ । टाउकोमा गम्भिर चोटपटक लाग्न सक्छ ,यसमा पनि सोचन सक्ति हराउन सक्छ । आज व्यापक रूपमा फैलिएको मधुमेह रोगले पनि आज असर गरेका पाइन्छ । मुटुरोग र उच्चरक्तचापले गर्दा पनि यो रोगको कारण बन्न सक्ने भएकोले यी रोगलाई पनि रोकथाम गर्न आवश्यक पर्छ ।, अल्जाइमर रोगका कारणहरू धेरै छन् भन्ने कुरा हामीले विभिन्न माध्यमबाट जानकारी पाउन सक्छौं । जुनकारणलाई औषधीबाट उपचार गर्न सकिन्छ त्यसलाई समयमै उपचार गर्नु पर्छ । रोगले च्यापेपछि घरपरिवारलाई निकै गाह्रो पर्छ ।
आजको दिन निकै महत्वपूर्ण दिन पनि हो । आज सूर्य षष्ठी पनि हो अनि विश्व शान्ति दिवस पनि हो । सर्व प्रथम सूर्यलाई तलको मन्त्रबाट अभिवादन गर्छु –
"ऊँ घृणि सूर्याय नमः"
"ऊँ सूर्याय नमः"
आज अर्को महत्वपूण कुरा विश्व शान्ति दिवस पनि हो । आजको विश्व अशान्त छ । हरेक जन जनमा शान्तिको चाहना हुन्छ । आजको विश्व शान्ति दिवसले संसारले शान्ति पावस भन्दै तलका धारणा राख्दै विदा चाहान्छु
सर्वे भवन्तु सुखिनस्
सर्वे सन्तु निरामया,
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद् दुखभागभवेत्
ओम् शान्तिस् शान्तिस् शान्तिस्

No comments:
Post a Comment