July 19, 2024

छोरो

 कथा
सदानन्द अभागी  
हाम्रो समाजमा छोराको महत्व निकै ठूलो छ । हुन त छारीको महत्व पनि कम त होइन तर मानिसले छोरो नभएसम्म ऊ सन्तोष लिदैंन । आजको जमानामा सबैको चाहना छोटो परिवार होस् भन्ने नै हुन्छ तर छोरीको लाइन लामो भयो भने ऊ परिवार नियोजन गर्न चाँहदैन । छोरो जन्माउने चाहनाले उसलाई सताउँछ ।हिजोको कु्रा गर्ने हो भने छोरा पाउनका लगि दुई तीन विवाह गर्ने चलन थियो । यसो गर्दा छोरी जन्माउने काम बढ्दै जान्थ्यो तर पनि मानिस छोराको चाहनामा सन्तान उत्पादनमा थाक्दैनथे । जबसम्म छोरा पैदाहुन्न तवसम्म सन्तान जन्माउने काम थामिदैनथ्यो । समयचक्रले अलिकति फरक पार्दो रहेछ । हिजो भन्दा आज सन्तान जन्माउने क्रममा अलिक सुधार देखिन थालेको छ । हामी द्ई हाम्रा दुईको नाराले पनि मानिसलाई अलिकति प्रभाव पारेको पाइन्छ । हाम्रा दुई भन्दा पनि एक छोरा एक छोरी  भनिन्छ । छोराको नाम पहिलो उच्चारणमा आउँछ । छोरापछि मात्र छोरीको नाम लिइन्छ । यो विभेद हो । हुनत घरमा छोरीको जन्म भयो भने कतै कतै घरमा लक्ष्मी आइन् त भनिन्छ कुनै समाजमा छोरीको जन्म भयो भने खुसीयाली नमनाएर दुखित भएको पनि पाइन्छ । जेहोस् सृष्टि सिर्जनामा दुबैको महत्वलाई तुलना गर्दा पुरुष भन्दा महिलाको महत्व अधिक हुन्छ ।
धार्मिक दृष्टिकोणबाट पनि छोरी भन्दा छारालाई महत्व दिएको पाइन्छ । पिण्डपानी दिन अन्तिम संस्कार गर्न छोरी हैन छोरा नै चाहिन्छ । आजकल छोराछोरीमा कुनै भेदभाव छैन भनिन्छ तर पनि अन्तिम संस्कारमा पिण्डपानी दिन भने छोरी हैन छोरा नै चाहिन्छ भन्ने धारणाले गर्दा विभेद देखिन्छ ।  छोराछोरीको आवश्यक्ता किन ? सर्वप्रथम सृष्टि सञ्चालनको लागि बाबुपछि छोरा छोरापछि नाति गर्दै पुस्ता हस्तान्तरणको कर्म जारी रहनु स्वभाविक हुन्छ । अर्को कुरा  मानिस स्वार्थी हुन्छ ।  सानामा छोरा छोरीलाई लालनपालन गरेपछि बृद्धपामा छोराछारीले पनि हेरचाह गर्लान भनेर लालन पालन माया ममता आदानप्रदान गरिने गरिन्छ । तर मातृभक्त पृतिभक्त छोराछोरी आजको जमानामा पाउन त्यति सहज छैन । यहाँ एउटा घटनालाई उल्लेख गर्न चाहान्छु । रामप्रसादका दुई भाइ छोरा र दुई बहिनी छोरी काखमा छन् । उनी गरिब छन् । ऊ आफै निकै कमजोड छन् । श्रीमतीको अवस्था यो भन्दा अझै निकै खराव छ । श्रीमतीको नाम जानकी देवी हो । जानकी देवी मध्यम खाले परिवारमा जन्मेकी हुन् । घरमा ठूलो परिवार, आयस्रोतको कमीको कारणले गर्दा कुपोषणको शिकार सबै केटाकेटी भएका थिए । कुपोषणले ग्रसित जीवनमा शरीरका सम्पूर्ण भाग राम्रोसँग विकसित हुन सकेनन् । पढाइ पनि राम्ररी हुन सकेन । विवाहको समय आयो । विवाह पनि मध्यम खाले परिवारमा नै भयो । विवाह लेकाली भेगमा भएको हुँदा लेक र व्याँसी उनको कर्मक्षेत्र रह्यो। व्याँसीमा हुर्केकी नानी, शरीरको निर्वलता, लेकमा रहँदा हावापानीले साथ दिएन कठिन परिश्रम गर्नुपर्दा शरीर अझै खिइदै गयो । घरकाले सके काम लिने नसके माइत पठाउने गर्न थाले । माइतमा पनि भाउजु र बुहारीको तीता कुराहरू निकै सुन्न प¥यो । 'घरखान नसकेकी' शब्द मुटुमा च्यास्से विझो । पल्लाघरे दाईलाई रुँदै आफ्ना विलौना सुनाइन् । उनलाई श्रीमतीको खाँचो थियो । एक अर्काले मुटुजोडे । नयाँ जीवन, नयाँ संसार, नयाँ परिवेश, दुबै विदेश हानिए । के हुनु थियो र बर्म गए कर्म सँगै नेपाल गए कपाल सँगै । यहाँ यिनी दुईको कमाइ राम्रो हुन सकेन । सन्तोषको कुरा छोरा जन्म्यो जानकी देवी निकै रमाइन् । मलाई पाल्ने छोरो भनिन् । वर्ष वित्तै गए केटाकेटी थपिदै गए ।  आमाले जेठो छोरालालाई कुनै कुरामा कमीआउन दिइनन् । छोरीहरूलाई सबैकाम गराउने । हरेक गल्ती औंल्याउने, घरबाट बाहिर जाँदा पनि निगरानी राख्ने । कडा अनुशासनले गर्दा छोरीहरू पढ्दै गए बढ्दै गए। शीलस्वभाव पनि राम्रो हुँदै गयो । केटाहरूले बिना दाइजो विवाह गर्न तयार भए । दुबै छोरीले राम्रो घरका केटाहरूसँग विवाह भयो । छोराले घरमा पैसाहोस् नहोस् आमा बाबासँग पैसा माग्न थाल्यो । नदिए रडाको मचाउन थाल्यो । हातपात गर्न थाल्यो । पढाइ पनि बीचैमा छाडो । तब पनि आमाको अन्धो मायाले थाहा पाउन सकेन ।विदेश पठाइन् । हात केही लागेन । विदेशबाट आएपछि विवाह गरिदिइन् । बुहारी सज्जन थिइ । उसका गहना सबै बेचेर रक्सी खान थाल्यो । एउटा छोरा पनि जन्मियो । घरमा झगडाले उग्ररूप लियो श्रीमतीका कपलाका रौं एक एक गनिए । शरीरभरी नीलडामले भरिए । बाध्यताले ज्यान बचाउन घर त्यागियो । जानकीले मलाई पाल्ने छोरा भने निकै मायाले हुर्काएको छोराले जब साँझ पर्न थाल्छ हरेक दिन आमासँग पैसा माग्न थाल्छ । न जागिर छ म कामगरेर पैसा आर्जन गर्ने शक्ति छ । आमाले पैसा कहाँबाट दिनु । पैसा नपाएको झोकमा आमा बाबालाई कुटिन्छ । जानकी देवी र रामप्रसाद आज छोराको पिटाइले हस्पिटलको शैयामा मरणासन्न अवस्थामा पल्टिरहेका छन् । छोरीले बाबाआमालाई उपचार गराइ रहेकी छन् । छोरालाई गाउँलेले प्रहरी चौकीमा बुझाएका छन्  ।
धन्यवाद  
 कावासोती , २०८१ साल श्रावण ३ गते ।      


     ं

 
 
 

    

बृद्धपाको गन्थन

कथा
सदानन्द अभागी
जेठको गर्मी , तातो हावा , पहाडको खोच, दुई जना बुढाहरू घरको नजिकै पिपलको छहारीमा बसेर दुखेसे पोखि रहेका थिए । उमेरले करिव एक जना ९० वर्ष काटिसकेका थिए निरोगी भएको कारणाले अझै लौरो टेक्न परेको थिएन भने एक जना ८०को हाराहारीमा थिए ।  ९० वर्षे बृद्ध जस्को नाम मनप्रसाद थियो । धन, धान, पुत्रपुत्रीको हिसावले पनि निकै धनी थिए । ८० वर्षे बृद्ध जसको नाम श्यामप्रसाद थियो तर अलिक कमजोड थिए । ९० वर्षेले ८० वर्षेलाई भने जति समय घर्किदै गयो उती कष्टदाई जीवन बिताउन बाध्य हुनु पर्दो रहेछ । छैनन् भनौं भने चारभाइ छोरा छन् । दुईबहिनी छोरी छन् । दुई श्रीमती छन् ।  छन् भनौं भने उमेरले डाँडो काटेको बेलामा म बुढोलाई एक्लै छाडेर आफ्नो आफ्नो बाट्यो लागे । ८० वर्षेले भन्यो हो त नी ठूलदाइ मलाई पनि अचम्मै लाग्यो । अनि भाउजुहरू त दुबै हजुरसँगै हुनुहुन्छ होला नी ?  कहाँ हुनु ! माहिलाले आफ्नी आमालाई पहिल्यै देखि पाल्दै आएको थियो । अहिले पनि जेठी श्रीमती माहिलासँगै बसेकी छन् । उनलाई पनि सहज त छैन । उनीले मेरो अंश हरायो भन्दै गुनगुनाउँछिन् । हैन ठूलदाइ जेठी भउजूलाई अंश दिएको हैन र ? किन नहुनु दिएको हो नी । आमालाई फकाइ फुलाइ हामी तराइमा भएको मौका छोपी कुश्मा अड्डामा लगेर बकस गरेछ छोराले । केही दिन अरू छोरा बुहारी कराए । मलाई गन गन सुनाए । मैले पनि बकस दे भनेको होइन । जाउ अड्डामा मुद्दा हाल । मसँग नकराऊ । उसले आमा पालेकै छ । सबै छोरा सक्षम थिए र मुद्दा लडेर कति नै पाइन्छ र भनेर चुप लागेर बसे । हो अन्यायमा परेर सहेर बस्न त नहुने हो । झै झगडा गर्नु पनि राम्रो त होइन । श्यामले सोध्यो –अनि कान्छी भाउजु नी दाई कता हुनु हुन्छ ? कान्छी श्रीमती पनि निकै रोगी थिइन् । पानी सारेर पनि खान सक्ने अवस्थामा थिइनन् । कान्छी बुहारीले निकै माया दिई । ऊ कान्छातिर नै बस्ने भनेर गाउँबाट सहरतिर लागी । मलाई पनि कान्छा र कान्छीले सहर जाउँ बा भनेका थिए । मेरो मनले मानेन ।  म एक्लै भए पनि गाउँमै बस्ने निधो लिएँ । सानो उमेरदेखि नै मेरो रगत पसीना यही माटोमा भिज्यो । यहाँका जग्गामा , बिरुवा सारें, बाबुआमाको एक्लो छोरो, म सानो छँदा बाबा बडारको बोटबाट लड्नु भयो । अपाङ्ग बाबुलाई पालन पोषण गरें । पहिलो विवाह गरें । छोरा छोरी नभएका पनि होइनन्। छोरा छोरी वर्षैपिच्छे लगातार जन्मन थाले । बाबा अपाङ्ग, आमाले घरको काम गर्न नसकेपछि । घरमा काम गर्ने मानिसको अभाव खड्कियो । म दोधारमा परें । के गरुँ के गरुँ दोधारे मन भयो । गाउँमै एकदमै परिश्रमी नानी थिइन् । कहिलेकाँही कसै कसैले  तेरो घर धान्न सक्ने त यो केटी छ विवाह गर्छस् ? सौता माथि अनि तीन तीन ओटा छोराछोरी माथि कसले केटी दिन्छ र विवाह गर्ने ? म मन मनै प्रश्नवाची हुन्थे । एक दिन लहड चल्यो  रामले यो केटी विवाह गर्छस् भनेको थियो । रामेलाई नै धनेले छोरी दिन्छ भने माग्न त भन्न मन लाग्यो । रामेले मेरो काम गर्न पाएकोमा निकै रमायो । भनुँ, साच्चि हो ? उसले प्रशन तेस्र्यायो । मैले पनि विश्वास दिलाउने गरेर साँचो हो भने । ऊ दौडेर धनेकोमा पुग्यो ।  कुरा राख्यो । धनेले पत्याउन सकेन । ऊ प्रश्नवाची भयो साच्चै हो र ? मेरी छोरी त्यत्रो साहुको छोराले विवाह गर्छ त ? ऊ बाध्यतामा छ । श्रीमती वर्षेनी सुत्केरी भएकी छ । घरमा काम गर्ने मानिस छैन । गरिबका छोरी धनीले विवाह गर्ने भनेको यस्तै वेलामा र यस्तै अवस्थामा त हो नी । सौता भएर के भयो ? कान्छी श्रीमती हुन्छे । सम्पत्ति उसैका हातमा हुन्छ । धने धेरै बेर अल्झियो । सौता साथै झटकेला झटकेली भएको घरमा, धनसम्पत्ति धेरै छ भन्दैमा छोरीको विवाह गरिदिंदा भोली छोरीले दुःख पाउन पनि सक्छे । दिनभरी काम गरेर एक माना कमाएर आनन्दसँग श्रीमान श्रीमती बसेर हाँसी हाँसी खानु नै स्वर्गको आनन्द पाउनु हो । मेरो छोरीमा के छैन ? रूप छ ,सीप छ, अनुशासन छ,आमाको निगरानीमा बसेकी छ , कर्मशील छ छोरी । धने अलमलमा परेको देखेर रामेले के सोच्दै छस् त ? छोरीले दुःख पाउँछे भनेर हो ? धन्दा नमान दुःख पाउँदिन विश्वास लाग्दैन भने गैरी खेत नै जिउनी लेखाइ दिन्छु । धनेले त्यसो केही हैन  गोडधुवा, जन्ती खर्च केही जोडजाम गर्न सक्दिन । एकदिनको इज्जत राखिदिनै प¥यो । धनको अभावले गर्दा त छोरीको उमेर बढेर गएको हो ।धनेका कुरा सुनेर रामेले, धन्दा नमान सकेसम्म विवाह खर्च पनि मागिदिम्ला भन्यो । छोरी बेच्ने काम त म गर्दिन । गरिब छु तर हरिप छैन धनेले भन्यो । घर सल्लाह त गर्नै प¥यो नि श्रीमती ले के भन्छिन् ।  हुन्छ ! हुन्छ ! कि मैले नै राखिदिउँ कुरा । पर्दैन म नै कुरा गर्छु । किन दवाव हाल्ने ? धनेले रामेलाई भन्यो । भोली तपार्इँले जवाफ पाउनु हुनेछ ।  धने निकै चिन्तित मुद्रामा खेतबाट घर आयो । उसको मनमा कौतुहलता उठ्छ बिलाउँछ । घरमा श्रीमतीले खाना बनाएर बसेकी हुन्छिन् । उसलाई खाना खान पनि मन छैन । श्रीमानको चिन्ताजनक अवस्थालाई देखेर श्रमितीलाई पनि खुलदुली उठ्यो तर धैर्यता लिइन् र खाना खान जाउँ भनिन् । खाना खाने काम सकियो । धने बिस्तरातिर लाग्यो ।  श्रीमतीले  खाएका भाँडा माझेर श्रीमानको आडामा गएर बसिन् । बिस्तारै्र दुबैको भलाकुसारी चल्न थाल्यो । धनेले आज एउटा सन्देश आएको छ भनेर श्रीमतीलाई कुरा सुनायो । सुन्तलीले गम्भिर रूपमा के सन्देश होला भनेर कुरा कोट्याई । धनेले अकमकिदै डाँडा घरे साहुले दोस्रो विवाह गर्ने अरे छोरी माग्न पठाएका छन् । सुन्तली झस्किदै भनी छोरा छोरी भै सकेका छन् किन विवाह गर्न प¥यो अरे ।  घरमा काम गर्ने मानिसको खाँचो भयो अरे विवाह नगरी भएन अरे । रामेले त्यही कुरा लिएर आएको थियो । मैले निधो दिएको छैन । तिम्रो विचार के छ सोधेर भोली कुरा गरौंला भनेर पठाएँ । सुन्तली निकै भावुक भई । आफ्नो घरको स्थिति केलाई, छोरीको विवाहको समय पनि गुज्रदै थियो । घरी घरी सौता माथी छोरी दिने भन्दै झस्किन्थि भने घरी घरी दुई तीन विवाह नभएका घरै थिएनन् । गाउँका धनीहरूले दुई तीन विवाह गरेकै छन् ।सम्पत्तिको रेलोखेलो छ । निकै सोचमा परी । भोली छोरीले दुःख त पाउँदिन हो बुढा ? सुन्तलीको मुखबाट आवाज निस्कन्छ । धनेले पीर मान्न पर्दैन जिउनी लेखाइ दिन्छु पनि भनेको छ । ठीक छ सर्वप्रथम साहुलाई बोलाम र दोस्रो विवाहको कारण सोधौं । त्यत्रो ठूलो मानिसले दिएको बचन निश्चय पनि खेर जाँदैन होला ? छोरी मात्रै खोजेको हो कि सम्पत्ति पनि ? मेरी छोरीलाई भोली कसरी रेखदेख गर्छ । सबै कबोल गराएर मात्र निधो गरौंला सुन्तलीले भनी  । मानिस विवसताको दास हो । लामो समय सम्म धने र सुन्तलीले छोरीको विवाहको बारेमा मनन् चिन्तन गरे । विवस परिस्थितिले  निम्त्याएको असहजतालाई कसरी पार लगाउने भन्ने चिन्ताले सताउँदा सताउँदै दुबै निदाए ।
म धनेको घरमा पुगें । सुन्तली हुनेवाली सासूले आफ्ना जिज्ञासाहरू राखिन् । मैलै पनि उनको धारणालाई बुझे। उनलाई विश्वास दिलाएँ र मैले दोस्रो विवाह गरें । यसरी दुई विवाह गरे पनि धेरै छोरा छोरी जन्माए पनि हाम्रो उखान नै छ कि बाह्र छोरा  तेह्र नाति  बुढाको थैलो काँधै माथि । अहिले यही अवस्थामा गुज्रेको छ मेरो जिन्दगी । मनप्रसाद एकोहोरो बोली रहेकोमा उनी बोल्न छाडे र श्यामप्रसादतिर फर्केर मैले सारा जीवन कथा बताउन लागें श्याम भाइ अब तिम्रा कुरा पनि सुनौं न त के छ घरको सन्चो विसन्चो? कसरी चलेको छ जिन्दगी ? भन्दै मनप्रसाद श्यामप्रसादतिर हेर्न थाले ।
के भनौं दाइ जीवनका हरेक कदम संघर्षमा जुटेका छन् । धन हुनेका धन्दा हुन्छन् भने जस्तै म तपाई जस्तो धनी पनि भइन र गरिब नै भनेर खानै नपुग्नेमा पनि रहिन । मेरो जिन्दगी तपाइँको भन्दा निकै फरक छ र मलाई सन्तोष पनि छ । दुई सन्तान ईश्वरको वरदान भने जस्तै धेरै छोराछोरी बनाउने भाग्य मैले पाइन । प्रकृतिले जे जति दिए त्यतिमै सन्तोष लिएँ । हुन त मलाई पनि दोस्रो विवाह गर भनेका थिए । समय त्यस्तै थियो । दुईटी नहुनेलाई   नामर्द रहेछ भन्ने चलन पनि थियो । मैले श्रीमती थुपारेर मर्द बन्न चाहिन । कानुनले पनि दुई विवाहमा बन्देज लगाएको पनि थियो ।  मैले कानुनको पालना गरें । दुई विवाह गर्ने गल्ती गरिन । मानिसले मजाकमा भन्ने गर्दछन् –'तीन गोरुको हल पक्का दुई जोईको घरपक्का ।' यतिमात्र कहाँ हो र 'जस्का छोरा उसको धन, जस्का भैंसी उसको वन ' । यी सबै उखानलाई मनन् गर्दै समयको परिवर्तनलाई ख्याल गर्दे  शनै शनै यी दुबै उखानले पनि बाटो लिइसकेका छन् भन्ने मनमा धारणा पलायो ।  हामी जन्मदाको समय र हाम्रो यो बृद्धपाको समयमा धेरै परिवर्तन आइसकेको छ । एकातिर युवाहरू विदेश पलायन भएका छन् । खेतबारी बाँझो बन्दै छ । धेरै छोराछोरी हुनेवालाको दुर्गति बढ्दो छ । व्यवस्थापन मिलाउनै गाह्रो । धेरै छोराछोरी भएभने बुढेसकालमा हेरबिचार गर्दछन् । त्यो पनि हुँदो रहेनछ । आज म हजुरको अघि खडा छु । खोइ त तपाइँको भावनालाई कदर गरेको । तपाइँकोमा त कोही न कोही आखिरमा काम लाग्ने जोई र पोइ भन्ने उखानले पनि काम गरेन । दुई दुईटी श्रीमती मर्ने वेलामा साथमा एउटै छैनन् । सुन्छु आमा पाल्नेले पनि बुढ्यौली चाहियो भनेर गन गन सुनाई रहेका छन् अरे । बुढेसकाल निकै कठिन हुँदो रहेछ । मानिस भाग्य मानी तब हुँदो रहेछ । जब घरपरिवार मिलेको होस् । आटोपीठो बाँडीचुँडी खान पाइयोस् । सन्तान धेरै किन चाँहिदो रहेछ र हाम्रो धर्म शास्त्रले नै भनेको छ –१०० मुर्ख सन्तान हुनु भन्दा एक गुणवान पुत्र नै असल हुन्छ । हुन पनि हो । मैले धेरैका छोरा देखेको छु गुणवान छन् कर्मशील छन् मातापितालाई देवता सम्झन्छन् । बुहारी पनि सुशील छन् । बुढाबुढीको सेवा गर्छिन् । छोरीले दिने माया बुहारीले दिन्छिन् । घर नै मन्दिर बनाएका छन् । यस्तै हो दाइ, छोरा बुहारीले पनि धेरै सन्तान जन्माउन चाहँदैनन् । हामी दुई हाम्रा दुई भनाइलाई चरितार्थ पार्दै गएका छन् । कुरा गर्न त धेरै मन थियो तर के गर्ने ? छोरीको घरमा जान हिडेको । जान पनि एक लर्कन नै बाँकी छ । आखिरमा बुढेसकाल निकै कष्टकर हुन्छ । यसलाई सहज बनाउने काम हाम्रो पनि हो । मनकारी छोराबुहारी रोज्नु होस् र मधेसमै झर्नु होस् । ल त दाइ विदा पाम् ....।  

     ं

 
 
 

    

वाटिका


सदानन्द अभागी

विश्व रङ्गमञ्चमा
यो हो सुन्दर वाटिका
सुवासै सुवासले पूर्णता
प्राकृतिक सुन्दरताले
बनाएको परिपूर्णता

सगरमाथा तिम्रो ताज
वीरपुर्खाको रुधिर–सिर्जना
सयौं थुँगा पूmलका फक्रन
सार्वभौम फैलावट
मेचीदेखि महाकाली
हज्जारौं तिम्रा पीयूष–धारा
सयौं थुँगा पूmलले पान

मेरी प्यारी बाटिका
तिम्रा एक एक कोपिला
 विश्ववीर कहलाए
तिम्रा हरेक पत्रदल
खुकुरी बनेर तेर्सिए
रिपूको गर्दन छिनाए
तिमी जहिले पनि
सुरक्षित बाँची रहेऊ

मेरी प्यारी वाटिका
 तिम्रा मालीहरू
आज कता कता
 तिमीलाई मलजल गरी
दर्विली बनाउनुको सट्टा
तिम्रा जराक्षेत्रहरू
विदेशी व्वाँसाहरूले
कोतरी रहँदा पनि
मूक दर्शक भएर हेरिरहन्छन्
हिजोका जस्तो न वीरता नै छ
न प्रतिकार गर्ने  सहास नै छ  
न कुटनीतिक वार्ता गर्ने क्षमता नै छ

 मेरी ःप्यारी वाटिका
तिम्रा मालीहरू
आपसमा लड्दछन्
अरूलाई लडाउँछन्
एकले अर्कालाई हिलो छेप्छन् ।
आपूm भने पानी माथिको ओवानो बन्छन् ।

मेरी प्यारी वाटिका
 नैतिकताले ठाउँ छाडेपछि
मानवतावाद विलाएपछि
भ्रष्टचारको महल ठडिएपछि
राष्ट्रियता कसरी सवल बन्छ ?

मेरी प्यारी वाटिका अब
एउटा यस्तो सपुतको जन्म देऊ
राष्ट्र, राष्ट्रियतामा सवल बनोस्
मानवताको पूजारी बनोस्
 नैतिकताको धरोहर हवस्
नैतिकताको धरोहर हवस्

चिनो


कथा
सदानन्द अभागी

मोदीवेनी घाट २० –२५ जनाको जमघट  छ । एकातिर लास जलिरहेको छ । अर्कोतिर अस्तु लिएर १२–१३ वर्षको बालक अस्तु विसर्जन गर्न खडा छ । मलामीहरू तितर वितर छन् । जलिरहेको लासतिर फर्केर कसैले सोधिरहेको छ । यो कहाँको लास हो ? महिला या पुरुष कस्को हो ? के विमारले मरेको हो ? यी प्रश्नको जवाफ दिने कोही देखिदैन । अस्तु विसर्जन गर्न जाने समुहकै कसैले भन्दै थियो –'यो १३ वर्षे बालकको हो रे । यतै भिडाबारीतिरको लास हो रे ?' झुण्डिएर मरेको रे ? म प्रतिक्षालयमा बसेर यी सबै क्रियाकलापहरू नियाली रहेको थिएँ । अस्तु विसर्जनतिर केही व्यक्तिहरू लागि रहेका थिए भने म सोचमा थिएँ । साना साना बालबालिका किन झुण्डिएर मर्छन् । यति सानो बालकलाई के नै पीर परेर होला झुण्डिन परेको ? आजको यो परिवर्तित समयमा बालबालिकामा कसरी उत्तेजना बढेर आउँछ होला ? अनेकौ तर्कना मनमा उठ्छन् । बालक हुँदैमा इच्छ्या आकान्छा नहुने हैन । तिनीहरूमा तीब्र इच्छा हुन्छन् । इच्छाप्राप्ति नभएमा मनमा वितृष्णा फैलिन्छ, मनमा घृणा जाग्छ, बाँच्नु भन्दा मर्नु नै उचित ठान्छ । मृत्युको बाटो खोज्छ । बालबालिकाले आफ्ना मागहरू आफ्ना मातापितामा राख्छन् । यदि मातापिताले आफ्नो मागलाई पूर्ति नगरेमा परिणती घातक बन्न सक्छ । विकासको संसारमा विनासले पनि साथ दिएको हुन्छ । आज बालबालिकाको लागि थरी थरीका खेलौना सिर्जना भएका छन् ।  इन्टर्नेट सेवा सञ्चालन भएका छन् । धनीकै छेउछाउमा गरिवको बसोबास हुन्छ । धनीले छोराछोरीलाई दिने नयाँ नयाँ कपडा खेल्ने खेलौना गरिबको घरले दिन सक्दैन । बालबालिकामा हामी गरिब छौं , हामीलाई हाम्रो चाहनाको पूर्ति बाबु आमाले पु¥याउन सक्दैनन् भन्ने ज्ञानको कमी हुन्छ । घरमा ती बस्तु प्राप्तिको लागि रडाको मच्चाउँछन् । उस्तै परे बाबु आमाले पिट्ने काम पनि गर्दछन् । यसको नतिजा घातक बन्छ । आजको वैज्ञानिक युगमा इन्टरनेटको सेवाबाट बालबालिकाले राम्रा नराम्रा सबै कुराहरू सिक्छन् । हाम्रो बानी विग्री सकेको छ । हामीले नानीबाबु भुलाउनको लागि बोली नफुट्दै हातमा मोवाइल थमाइदिन्छौं । बालबालिकाले मोवाइल पाएपछि त्यसबाट पाएको सन्देशलाई सहजै ग्रहण गर्दछन् । यसले पनि ठूलो असर गर्दछ  । सानो उमेरमै कुलतमा लाग्छन् । नाना थरीका अपाच्य काम गर्छन् जसको परिणती पनि खराबै निस्कन्छ । बाबुआमाको राम्रो निगरानी पुग्नु पर्छ । आफ्ना बालबालिका कुन दिशामा बढिरहेका छन् त्यसमा पनि बाबु आमाले नै ख्याल गर्नु पर्छ । बालबालिकाले सिक्ने भनेको बाबुआमा बाट र समाजबाट सिक्ने हो । त्यसो हुँदा घरबाट बालबालिकालाई राम्रो सन्देश दिन सक्नु पर्छ । अनुसाशनमा राख्नु पर्छ, नैतिक शास्त्रको अध्ययन घर तथा पाठशालामा सिकाउनु पर्छ । मेरा मनमा यी नै कुराले गर्दा अनेक तरङ्ग तथा ज्वारभाटा चलिरहेका थिए । स्यानाखेते साँहिलाले कोट्याउँदा म झल्याँस भएँ । अस्तु विसर्जन गरि सकिए छ । अनि मृतकले लगाएका कपडा कसैले बगाइदिने भने कसैले बगाउनु पर्दैन । राम्रा राम्रा कपडा गंगा किनारमा राखिदिए लगेर लगाउँछन् भन्दै थिए । एक्कासी एकजना युवती झोलाबाट एउटा कमिज निकालेर साथमा लिएर आइन् ।
अस्तुका कुरा गर्दा कौतुहल जाग्न सक्छ । लासको खोजी हुन थाल्छ । आज देशले रोजगार दिन नसकेपछि धेरै युवा, युवती रोजगारको साथै विविध कामको लागि विदेश पलायन भएका छन् । विदेशमै कोही हराएका छन् कोही जेल परेका छन् । कसैका लास बाकसमा आएका छन् । कोही नेपाल फर्केका छन् ।  आजको अस्तु भने भारतमा गएका एकजना गरिबको थियो । उसको सतिगति गर्न दुईजना नेपालबाट भारत गएका थिए । सतिगति गरेर अस्तु लिएर आएको हुँदा अस्तु विसर्जन गरेर क्रिया गर्नु थियो । हामी सबै घाटबाट घरतिर फर्कने काम भयो । मृतकको छोरा क्रिया गर्न बस्यो ।
मलाई फेरी कौतुहलता जाग्यो । श्रीमती खोइ त ?  केवल छोरोमात्रै क्रियामा बसेको छ । मेरो जिज्ञाशामा मोटी मोटी सुन्दर युवती छोराको कपाल कनाउँदै बसेको देखेनऊ ?  हो त ती युवती निकै असहज अवस्थामा थिइन् । घरी छोराको कपाल मुसार्ने घरी यताउती हेर्ने घरी उठ्ने घरी बस्ने । यो छटपटाहटले कता कता केही संकेत गरेको आभास मिल्थ्यो । एक पटक ठूलो आवाजले चित्कार छाडिन् । हत्तपत्त समालिइन् र बाबु रोयो भन्न थालिन । रुन त ती आँफै रोएकी थिइन् । मेरो जिज्ञाशा थियो यी किन रोएकी होलिन्। जब मलाई थाहा लाग्यो कि  ती युवती त मृतककी पूर्वश्रीमती रहिछन् । मलाई यो पनि थाहा भयो कि उनले छोडपत्र लिइसकेर बसेकी अरे । । छोडपत्र भएपछि क्रिया गर्न परेन । छोरालाई छाड्न पनि निकै कठिन मान्दै थिइन् । परम्परा हो र समाजले ग्रहण गरेको संस्कार छाड्न पनि सहज थिएन ।
यी सबै कुरा बुझी सकेपछि पुनः म सोचमा डुवें । त्यो लामो चित्कार किन ? घाटमा फाल्न लगेको कमिज नै किन लिएको ।  मनमा खुलदुली जाग्यो । म पुन गहिराइमा डुबें । मस्त जवानी, लोर्के ठिटो , ठूलो नभए पनि राजमार्गको किनारमा सानो होटेल, पैसा पकेट भरी लिएर हिड्ने, मन्द मन्द सुराको गन्ध, लाडेवानी भएको युवकलाई अल्लारे जवानीकी ती युवतीले निकै मनपराइन् ।  के नै चाहियो र ? अव त दुवै एक अर्कामा लहसिन थाले । दुवैले प्रेम विवाह पनि गरिहाले । फुल्ने फल्ने प्रकृतिको देन नै हो । एउटा बालकले संसार देख्यो । अवत उनलाई बन्धनले बाँधो । साथमा बच्चा छ । होटेल पनि जस्ले पायो उसैले पैसा निकाल्दै हिड्ने, घरमा विक्रीमा ल्याएको रक्सी पनि सबैले खाने र आपसमा लड्ने गर्दा, होटेलले भाडा तिर्ने अवस्था पनि रहेन । होटेल बन्द भयो । होटेल बन्द हुनुको नतिजा थियो मुख पनि बन्द हुनु । अवत झनै झगडाले ठूलो रूप लियो । बिचरा कलिली नानी, त्यसमा पनि बालक काखमा, श्रीमानले साथमा भएका गहना पनि निकालेर रक्सि खाने र घरमा आएर सुत्केरी कुट्ने गर्दा असह्य वेदनालाई सहन नसकेर उनी बच्चालाई बोकेर माइततिर लागिन् । माइतमा पनि कहाँ सहज थियो र  आफ्ना खुसीले हिडिस बल्ल स्वाद पाइस् भन्ने कटुबचन सुन्नु थियो सुनिन् । उनले के नै भन्नु थियो र आँखाभरी आँसु भरेर पिढीमा बसेर रोइरहेको बालकलाई दूध चुसाउनु थियो मन लागि नलागि झर्को मान्दै चुसाउन लागिन् । मातृत्वको हृदय कति कलिलो हुन्छ  जति दुःख परे पनि दुःखलाई पचाइ दिन्छ  । सर्वस्व त्याग्नपरे पनि बच्चालाई त्याग्न सक्दैनन् ।  
महिलाको जिन्दगी जति स्वतन्त्रताका कुरा गरे पनि आखिर पुरुषमै निर्भर रहन्छ । समयमा ख्याल गर्न नसकेमा जिन्दगी भरी दुःख भोग्न पर्दछ । तर उनी हिक्मत हार्ने खाले थिइन् । श्रीमानलाई सहीमार्गमा हिडाउन सक्छु कि भनि ऋण धन गरेर मलेसिया पठाइन् । ब्रह्म गए कर्म सँगै नेपाल गए कपाल सँगै भने जस्तै विगरेको वानी सप्रनेतिर लागेन । गएको ऋण तिर्ने, रक्सी नखाने र पैसा सञ्चित गर्ने बानी कहिल्यै बसेन । केही वर्ष विताएर श्रीमान रित्तोहात लिएर पुन घरमा आए । बसेको बानी को छोड्ला नानी, पुनः उनको ताण्डव नृत्य सुरु भयो । श्रीमतीका कपालका रौं गनिन थाले । बालकलाई नालीतिर फालिन थाले । यस्तो कठोर यातनालाई कसरी सहनु ? उनी  पुनः माइततिरै लागिन् ।  
अब त अति भयो । श्रीमानबाट पाउने न त हिजोको जस्तो प्रेम नै छ न त मीठो बोली नै छ  । जे छ सुरा छ । सुराबाट निम्तिएकोे आतङ्क छ । झगडा र मारपिट सवल रूपमा चलिरहेको छ । उनी छोडपत्रको लागि बाध्य भइन् । अदालतमा अंशसहितको छोडपत्रको जाहेरी हालिन्। प्रतिवादी लगाउने काम भएन । एकलौटी मुद्दा जित्ने काम भयो । अंश लिन आएकी पनि थिइन् अरे । केही भए पो पाउनु  अंश पनि हात लागेन तर पतिको क्रियाकर्मबाट भने उनी जोगिइन् ।
मेरो मन अझै  शान्त भएको थिएन । ममा प्रश्नहरू उठिरहेका थिए । उनी धरधर्ती नरोए पनि उनका आँखा ओबानू थिएनन् । एकपटक त उनले चित्कारै निकाले कि थिइन् । तर नरोएको बहाना बनानउन बाबु रोयो भन्दै थिइन् ।  मैले आफैमा उत्तर खोजे । मेरो मनले उत्तर दियो । पारपाचुके अदालतले प्रमाणित गरिदियो तर हृदयमा गढेको माया भने त्यो अदालती प्रमाणले धुन सकेन । नाताबाट अलगिए पनि प्रेमको बन्धनले अलग्याउन सकेन । मन कता कता दुख्यो र मनबाट ठूलो चित्कार छुट्यो, आँखामा आँसुका रसायन रसिन थाले । घाटबाट कमिज किन लिइन् त भन्दा चिनोको रूपमा लिइन भन्ने मेरो मनले अठोट ग¥यो ।
 धन्यवाद
(यो कथा काल्पनिक हो, कसैलाई तोकेर लेखेको हैन । स्थान र पात्र पनि काल्पनिक हुन् )
    

July 17, 2024

डायस्पोराबाट नेपालका समालोचना समीक्षा र भूमिका सङ्ग्रह एक झलक

समालोचना
सदानन्द अभागी
अनेसासका संस्थापक अध्यक्ष तथा जि.मु. हरिलाल सुवेदीका जेष्ठ सुपुत्र होमनाथ सुवेदीको जन्म अक्टुवर ५, १९४७, ताकम जफीदी, म्याग्दी, नेपालमा भएको थियो । हाल अगस्त ३०, १९८१ देखि ब्रुडब्रिज भर्जिनिया, अमेरिकामा बसोबास गर्दै आउनु भएको छ ।  उहाँको पिताको नाम जि.मु. हरिलाल सुवेदी र माताकामे नाम तुलसीदेवी सुवेदी हो । उहाँ प्रवासमा बसेर पनि नेपाली साहित्यलाई विश्वव्यापी गर्न सफल हुनु भएको छ ।
प्रकाशित कृतिहरू – प्रकाशित कृतिहरू (उपन्यास दश, कवितासङ्ग्रह ६, खण्डकाव्य २, महाकाव्ज्य दुई, लोक साहित्य तीन, पत्र साहित्य दुइर्, कथा तीन, समालोचना चार, सम्पादन चार, समूह सम्पादन–९, जसमा लिखित ३१,सम्पादित १३, नेपाली लोक कथा एक –अनुसन्धान,  मुक्तक संख्या १ र गजलसङ्ग्रह ३ आदि लगायत जम्मा ४४ कृति (यस कृतिको प्रकाशनसम्म) प्रकाशन गर्नु भएको छ । होमनाथ सुवेदीको बारेमा धेरै अनुसन्धानपत्रहरू प्रकाशित भएका छन् ।
पुरस्कार अभिनन्दन र सम्मानः "अंकुर"अक्टुवर ५, १९४७, रत्न  श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार २०५४, सूर्यनारायण पुरस्कार गुठी बाट, सूर्यनारायण पुरस्कार २०६२, अनेसास रोहणी शर्मा धवलागिरीबाट आप्रवासका सुसेली कवितासङ्ग्रका लागि अनेसास रोहिणी शर्मा धवलागिरी उत्कृष्ट पुस्तक पुरकार, २००७, लगायत १० पुरस्कार, अभिनन्दन र सम्मान ३७ बाट विभूषित हुनु भएको छ ।  
कृतिको संरचना– यो कृति अन्तराष्ट्रिय नेपाली साहित्य समाज मेट्रो च्याप्टर वासिङ्गटन डी.सी.ले प्रकाशन गरेको छ । यसकृतिको मूल्य नेपाल र दक्षिण पूर्व एसियामा ने.रु. २००÷– र बाहिर युएस डलर ७ राखिएको छ । यो कृति आवरण पृष्ठ बाहेक अगणीय पृष्ठ ११( क देखि ट सम्म) र गणीय पृष्ठ २१२ पृष्ठमा सिर्जना गरिएको छ । अग्रआवरण पृष्ठमा मन्दिर, उत्ततर अमेरिका र दक्षिण अमेरिकाको चित्र सहित हिम शृङ्खलाको सुन्दर चित्रले सजिएको छ भने पछिल्लो आवरणमा लेखकको परिचय दिइएको छ । यस कृतिमा पहिलो लेख डायस्पोरासँग सम्बन्धित रहेको र २२  ओटा कृतिको समालोचना एवम् भूमिका समावेस गरिएकाछन् ।   कृतिलाई नेपालका साहित्यकारहरूमा कृतज्ञतासाथ समर्पण गरिएको छ ।
शुभकामना मन्तव्य –यस कृतिको बारेम शिवप्रसाद सत्याल 'पीठ'ले प्रकाश पार्दै लेख्नु हुन्छ्–'खासगरी डायस्पोराको व्याख्या, विश्लेषण र दृष्टान्तको प्रतिपादनमा उहाँको योगदान परिचय र पद्धतिको माध्यम बनेको छ । '
कृतिभित्र प्रवेश गर्दा –यस कृतिभित्र २३ ओटा लेखहरू समावेस गरिएका छन् । यसमा कार्यपत्र लेखन, भूमिका देखन र कृतिको समालोचना गरिएका छन् भने पहिलो लेख डायस्पोरासँग सम्बन्धित रहेको छ । 'म्याग्दि प्रवाहमा डायस्पोरिक साहित्यको अध्ययन'शीर्षकमा समालोचकले आपूm म्याग्दीमा जन्मेका र अमेरिकामा बसे पनि नेपाली साहित्यमा उहाँको योगदानमा जन्मस्थान र मातृभूमिप्रतिको अगाध प्रेमको भरिएको छ । उहाँले आफ्नै बारेमा भन्नु हुन्छ कि 'नर्थ अमेरिकाको नेपाली डायस्पोराको साहित्य बुझ्नु भनेकै यही नायकको जन्म विकास, प्रवृत्तिहरू र संघर्षको  अध्ययन हो ।' बास्तवमा होमनाथजीको उत्तरी अमेरिका मात्र नभएर अमेरका लगायतका डायोस्परा र नेपाली साहित्यिक क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ । उहाँले यस कृतिमा उल्लेख अनुसार चारओटा कार्यपत्र  प्रस्तुत गर्नु भएको छ  । डायस्पोरा सम्बन्धि पहिलो कार्यपत्र १९९४ जुलाई २६मा अर्लिङ्गटन भर्जिनियामा भएको ब्ककयअष्बतष्यल या ल्भउबभिकभ ष्ल तजभ र ब्mभचष्अबमा, दोस्रो कार्य पत्र अनेसासका अध्यक्षको हैसियतले मई २६ , १९९६मा युयसएमा भएको अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा, तेस्रो कार्यपत्र १९९७ को अन्तराष्ट्रिय नेपाली कविता महोत्सवमा, चौथो आप्रवासको  नेपाली साहित्य शीर्षकको कार्यपत्र एनआरएनको अक्टोबर ७–९  २००५ मा काठमाडौमा भएको दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्न तयार पारिएको कार्यपत्र स्वयम् होमनाथजी आउन नसकेर प्रस्तुत नभए पनि एनआरएनले आफ्नो वेभसाइटमा  मुलुक बाहिरको साहित्य नाममा प्रकाशन गरेको कुरा लेखमा समावेश गरिएको छ ।
 अमेरिकामा कहिले कति नेपाली आए –यस सम्बन्धमा अमेरिका र नेपालको दौत्य सम्बन्ध ई.सं.१९४७ मा भएको र १९५८ मान राजदूतको रूपमा ऋषिकेश शाहा अमेरिका गको । १९६७मा स्याली रुप्याङ्लरले  अमेरिकामा नेपाल सोसाइटीको स्थापना भएकोनेपालीहरूको अमेरिका जाने क्रम ई १९५२मा १जना बाट थालनी भएको ले आज थुप्रै नेपाली अमेरिकामा पुगेका कुराहरू प्रस्तुत गरिएको छ । यस लेखमा होमनाथजीले डायस्पोराको गतिविधि, डमयस्पोरामा भोग्न परेका समस्या, स्थानको हिसावले ६ महादेश विभाजन गर्न सकिने र उत्तर अमेरिकाको हिसावले ुई भागमा विभाजन गर्न सकिने । क) स्वेच्छिक (भोलियनटरी) ख) बाध्यता –(इनभोलियन्टरी )  यसका  उपभेदको रूपमा विभाजन , विदेशमा बस्दा विदेशको चालचलन तथा नयाँ ठाउँकोरहन सहनसँग हुलमिल हुन कठिन । नेपालको घरको यादले सताउनु जस्ता धारणा यहाँ आएका छन् ।  नर्थअमेरिकाको नेपाली साहित्यको कुरा गर्दा होमनाथ सुवेदीका ९ओटा उपन्यास बाहेक कविता साहित्य बढी फैलिएको हुँदा होमनाथीजीले कविताकै बारेमा बढी टिप्पणी गरेको धारणा यहाँ राख्नु भएको छ । उत्तरी अमेरिकाको कविता साहितयमा टुरिष्टहरूको प्रसस्त योदान रहेको र योगदान पु¥याउनेहरूमा शैलेन्द्र साकार, खेमनाथ दाहाल अनि अमेरिकामै रैथाने भएर बस्ने वर्गहरूको योगदान रहेको । यस्ता रैथाने वर्गमा होमनाथ सुवेदीका अप्रवासको सुसेली कविता सङ्ग्रहलाई महत्वपूर्ण बस्तु र दस्तावेजको रूपमा लिइएको छ । यहाँ कविताका केही श्लोक पनि दर्शाइएका छन् । कृष्ण बजगाईले खण्डकाव्यलाई 'बृद्ध डायस्पोराको लागि' लेखिएको  हो भनेर पुष्टि गरेका छन् र भनेका छन् 'हाम्रै समाजको वास्तविक तस्विर हो ।'  होमनाथ सुवेदीले होमराज आचार्यको कविताको बारेमा, वामा ढुङ्गानाको प्रणयप्रसङ्ग, कल्पना सत्याल( पत्रपत्रिकामा सीमितरहेका) पुस्तकाकारमा गीताखत्री, भारती गौतम, कमला प्रसाई, ँवसन्त श्रेष्ठ शिव गौतम,  दया शाक्य, जय छाङ्छा,  अनन्त गोपाल, क्यानाडाका कविमा किरण ढुङ्गाना, मानकाजी श्रैष्ठ , गोविन्दसिंह रावत, शारदा ढुङ्गाना, दीपक ओझा, तुलसी धरेल नविन वैद्य,मुक्ति गौतम, गोपी कृष्ण काप्mले, विनोद बराल,मोहन अर्यालआदि कविका कवितामा के कस्तो डायस्पोरा प्रष्टिएको छ भन्ने सारतत्व होमनाथजीले प्रस्तुत गर्नु भएको छ । ई लिटरेचरको विकासको कुरा जस्मा पुरुषोत्तम सुवेदीको 'नेपाल बाहिरको नेपाली साहित्य' प्रथम श्रृङ्खला, रुसबाट डा. मधु श्रैष्ठको सम्पादनमा निक्लेको ' नेपािल बाहिरको नेपाली साहित्य प्रथा' मा उत्तरी अमेरिकाका पद्य साहित्यमा प्रकाश पारिएका कुरा, अन्तरदृष्टि, दियो, एएन्ए एएनेएस,नाक, एन्मा, नासा,आदिका बुलेटिन्, सागर, विश्व सन्देश, विश्वपरिक्रमा, , नेपाली पोष्ट डटकम, आइएन्डी.सी. नेपाल डट कम, आइ एन एल एसडट ओ आर आदिे पु¥याएको योगदान बारै चर्चा गर्दै सुवेदी भन्नु हुन्छ–' समग्रमा नर्थ अमेरिकाली नेपाल िडायस्पोरामा नेपाली कविता साहित्यको विकास द्रूतगतिले भैरहेको छ ।' यसरी नै होमनाथजी भन्नु हुन्छ –'नेपाली डायस्पोरिक साहित्यको यो कदमलाई यौटा आन्दोलन नै मानेर यस प्रकारका साहित्यको सिर्जना बढाउनमा प्रयत्न गर्नु पर्दछ । यो समयको माग हो स्वत हुन्छ ।'होमनाथ सुवेदीको उपन्यास 'यमपुरीको महल'को भूमिकामा डा.गोविन्दराज भट्टराईले नेपाली डायस्पोरिक साहित्यको विशेषता किट्न यो नै पहिलो ग्रन्थ हो भन्नु भएको छ।
संकलनबारे के कति भएको छ – संकलनको हकमा अन्तर्दृष्टि र  सेतुले उल्लेखनीय रूपमा गरेको देखिन्छन् । होमनाथ सुवेदी लेख्नु हुन्छ – ' नर्थ अमेरिकाको नेपाली डायस्पोरामा स्वयम् एक राष्ट्र सिर्जेको छ नेपाली साहित्यले । ' डायस्पोराको साहित्य किन नलेख्ने भनी प्रश्नवाची हुनु भएको छ होमनाथ जी । डायस्पोरामै लेखेर प्रकाशन गरेर वितरण गर्न सकिने, नेपाली डायस्पोराका स्रष्टाले सोच्ने कुराहरूमा आपूmले लेखेको कुरा अरूले कति पढ्छन् र उनीहरूले के सोच्छन् । डायस्पोरा बाहिरकाको मुल्याङ्कन कस्तो हुन्छ, बजारमा यसको मूल्य कति होला आदि धारणा होमनाथजीले यहाँ राख्नु भएको छ । डायस्पोरिक साहित्यका विशेषता, हुनुपर्ने कमिन्टमेन्ट, डायस्पोरिक लिटरेचर, ठूला ठूला धेरै देश र विश्व विद्यालयले पाठ्यक्रममा समावेश गरेका कुरा, पिएचडी सम्मको अध्ययन गराई रहेका कुरा, एनआरएनले यसलाई प्रोत्साहन गर्नको लागि पुरस्कार राखेका कुरा, यसको भविष्य उज्ज्वल रहेको कुरा, डायस्पोरिक भावना, वेदनाको चित्रण उपन्यासले बढी गरेका कुरा, म्याग्दिलाई जहाँ गए पनि भे्ट्न सकिने धारणा राख्दै होमनाथजी भन्नु हुन्छ –'यसरी डायस्पोरामा ओइरिएको हाम्रो नेपाली समुदायको जनजीवन जस्ताको तस्तै उतार्न सब्क्नु  नै आजको नेपाली डायस्पोरिक साहित्यको दायित्व हो । ' यस लेखमा होमनाथजीले डायस्पोराको बारेमा लामो चिरफार गर्नु भएको छ ।
नेपाली सांस्कृतिक क्रान्तिका अग्रदूत भानुभक्त – यो पनि कार्यपत्र हो । अप्रैल २८ , २०१३ मा, भानुवर्ष महोत्सवमा प्रस्तुत गरिएको थियो । यस कार्यपत्रमा नेपालको प्राकृतिक सौन्दर्यता, नेपालको चारसीमा, आदिबासी किरात रहेको, किरातकुलको ठूलो मानिस शम्बर रहेको, भानुका पूर्वज सप्तसिन्धुको मैदानबाट आएर शम्बरसित ४० वर्ष लडेर जितेर विजय उत्सव मनाएर त्यहींकै सामन्तलाई मुख्तियारी दिएका कुरा, जातीय परिचय जस्तै थेप्चा नाके र लामा नाके, तिनीहरूको विभिन्न जिल्लामा फैलावट ,मुसलमानको नेपाल प्रवेश, बाइसे, चौविसे राजा रजौटाको उदय हुनु आपसमा लड्नु, जाति भेदको भावना प्रवलहुनु, टुक्रिएका जातिहरूले एक अर्कामा रूढ शब्दको प्रयोग जस्तै बाहुनलाई काठा,मगरलाई लिंडा, नेवारलाई पाडा आदि, श्री ५ पृथ्वीनारायण शाहको उदय र नेपाल एकीकरण, पृथ्वी नारायणको एकी करणको सपनालाई पुरागर्ने वीरवहादुर शाह,भीमसेन थापा, अमरसिंह थापा, वीर वलभद्र, र भक्तिथापाहरूले एकीकरण पूरा गर्नु ,सामाजिक हुलमिल हुनु, आर्यहरूले ब्रहमा विष्णु, महेश्वर, इँद्र देवतालाई मान्नु, उत्तरी जातिले लामा परम्परा, बौद्ध दर्शन, धार्मिक समिश्रण, भानुको जन्म (१८७१।३।२९) हुनु । भानुले भाषागतरूपमा नेपाली समाजलाई एकिकृत गरे आदि धारणालाई सपुष्ट प्रमाणित गर्दै होमनाथजी लेख्नु हुन्छ –'नेपाली जातिको विकास र निर्माणमा राजनैतिक क्रान्तिका अग्रदूत पृथ्वी नारायण शाह थिए भने सांस्कृतिक क्रान्तिका अग्रदूत  भानु थिए । ऋृगवैदिक कालदेखि चलेर आएको पार्वत्य संस्कृतिको झैझगडालाई आमुलतः अन्त गरी एक नयाँ नेपाली संस्कृतिको छानो छाएर सिद्धाएका थिए । ' आज आएर विभिन्न व्यक्तिहरूले भानु भक्तप्रति केही टिका टिप्पणी उठाएको पढ्न पाइन्छ तर होमनाथ सुवे्दीको भानुभक्तप्रतिको धारणामा 'उनी आर्य वंशज  तन्हौले खस नेपाली हुन् । ... नेपाली जातीको विकास त आर्य किरात चिनी जातिको मिसावटबाट जन्मेको छ ।' 'भानुभक्तले नेपाली संस्कृतिमा एकता कायम गरे । ' यो एकता गराउने माध्यम बन्यो नेपाली भाषामा लेखेको उनको रामायण । आज संसार भरी जहाँ नेपाली पुगेका छन् त्यहाँ नेपाली भाषाले स्थान ओगटेको छ । संस्कृतिक भाषाको जल्दोबल्दो अग्रणी रूपमा भएको अवस्थामा नेपाली भाषामा रामायण लेख्नु र नेपालीको जनजिव्रो बनाउनु चानचुने कुरा थिएन । भानुभक्तका फुटकर कविताले पनि नवजीवनलाई आत्मसात् गरेको धारणालाई होमनाथको भनाइ छ –' नेपाली नसा नसामा पसेर मनको आदर्शको एकिकरण गरेका थिए । ' होमनाथजीले भानुले जिम्दो छँदा मान मर्यदा प्राप्त गर्न नसकेको, नोकरी गएको,कुमारी जेलमा थुनुवामा राखिएको तथा उनले भोग्न परेका कष्टकर जीवनलाई प्रष्ट्याउने प्रयास गर्नु भएको छ । होमनाथजीले यस कार्यपत्रमा चीनका कन्फ्युसियसले भोगेका कष्ट, शुकरातलाई विष पिलाइएको,ईसामसीहलाई मृत्युदण्डको तख्तामा चढमइएको तर उनीहरूले आज उच्च सम्मान पाएका धारणा यहाँ आएका छन् । यस्ता थुप्रै व्यक्तिको उदाहरण यहाँ होमनाथजीले पस्कनु भएको छ । होमनाथजीले इतिहासकार सूर्यविक्रम ज्ञावलीले भानुभक्तको बारेमा गरेको मूल्याङ्कनलाई यहाँ यसरी समावेश गर्नु भएको छ –'भानुभक्त नेपाली साहित्यका ध्रुवतारा हुन् , कहिल्यै ननिभ्ने अग्निशिखा हुन् औ मानिस मात्रको हृदयलाई शान्त र शीतल पार्ने चन्द्रज्योत्स्ना हुन् ।' यसरी नै होमनाथ सुवेदीको नजरमा भानुभक्त को थिए त –'नेपाली जातिका निर्माता पृथ्वीनारायण शाह थिए भने यस जातिलाई सभ्य रूप दिने न्वारन गर्ने, बास्तु पूजा गर्ने बाहुन कवि दार्शनिक भानुभक्त थिए । ' यो कार्यपत्र होमनाथजीले गहन अध्यनगरी तयार पारिएको देखिन्छ र यो अनुकरणीय छ । साहित्य र राजनीति – यस लेखमा साहित्य साहित्यकार र राजनीति तथा राजनेतामा देखिने तथा हुने गुण अवगुण र समीपत्यलाई विश्लेषणात्मक रूपमा प्रस्ततुत गरिएको छ । विद्वान तथा लेखकहरूले आफ्ना आफ्ना तर्क राख्नु स्वभाविक हुन्छ । साहित्य र राजनीति  समाजकै विकासकोलागि हो । यी दुबैको समाजसँग घनिष्ट सम्बन्ध हुन्छ र राजनीतिले साहित्यमा प्रभाव पारेकै हुन्छ । यहाँ होमनाथ सुवेदीजीले साहित्य र राजनीतिलाई तुलनात्मक रूपमा प्रस्तुत गर्नु भएको छ ।  स्वार्थरहित साहित्यको सिर्जना कुन समयमा हुन्छ भन्दै होमनाथ सुवेदीले लेख्नु हुन्छ –'सत्तासीन व्यवस्थाको दमनबाट पिसिएका साहित्यकारहरूले दमनको निषेध र सही विकल्पको वरण गर्ने संघर्षको साहित्य सिर्जना गर्दछन् जुन खरो, साँचो र स्वार्थ रहित साहित्य हुन्छ ।' साहित्यकारले राजनीति गर्छ या गर्दैन भन्ने कुरामा होमनाथ सुवेदी लेख्नु हुन्छ–'साहित्यकारले राजनीति त गर्दैन तर पाखण्ड, ढोंगी, जनबिरोधी,राजनेताको टुपी समातेर उनीहरूलाई गद्दीबाट उतार्दछ र जनताको सही व्यक्तिलाई गद्दीमा राख्छ ।' सुवेदीको अर्को कथन छ  –' साहित्यले राजनीति गर्दैन , साहित्यले त राजनीति सिकाउँछ ।' राजनीति र साहित्यको बारेमा विभिन्न व्यक्तिहरूले आफ्ना आफ्ना धारणा राखेको पाइन्छ । साहित्य समाजको दर्पण हो । समाज विना साहित्य सिर्जना सम्भव छैन । राजनीति पनि त समाजमै आधारित हुन्छ । त्यसोहुँदा समाज निमार्णको लागि साहित्य सिर्जना गरिन्छ भने राजनीति पनि समाज सुधारको लागि गरिन्छ । तर गन्दा राजनीति भने  दुवैले गर्न हुँदैन । होमनाथजीले राजनीति र साहित्यको बारेमा धेरै धारणाहरू राखनु भएको छ । साहित्य सुन्दर सिर्जना हो भन्दै होमनाथ जीले लेख्नु हुन्छ –' साहित्यकार एउटा ऋषि हो जसको मुख र कलम मन र मस्तिष्कबाट कुनै पनि अनैतिक अभिव्यक्ति हुन सक्दैन ।'  साहित्यको अन्य विषयसँग सम्बनधको कुरा गर्दा 'दर्शन समाजको दृष्टि हो, साहित्य हृदयको कल्पना हो भने शिक्षा , वौद्धिक र उपदेशमूलक शास्त्र हो । धर्म समाजको जहर । साहित्य साधन हो भने जीवन उदेश्य हो भन्नेजस्ता धारणा यहाँ आएका छन् । नेपालको राजनीतिको कुरामा नेपाली कुनै न कुनै राजनैतिक दलसँग आवद्ध रहेका छन् । साहित्यले यिनै व्यक्तिको बारेमा चित्रण गरिन्छ भने यस्ता साहित्यलाई राजनीतिबाट अलग गर्न सकिदैन तर छाडा प्रतिवद्धताहीन, नैतिकताहीन अकर्मण्य केवल पदको लागि राजनीति गरिन्छ भने साहित्यकार यस्ता कर्मदेखि डाढा तथा सुद्ध रहन्छन् । यस्तै विकृतिबाट समाजलाई सतर्क गराउनको लागि साहित्य सिर्जना गरिन्छ । साहित्यलाई राज नेता तथा सरकारबाट उपेक्षित गरिएको छ । साहित्यले दमनको, छुवाछुतको विरोध, गरिबको लागि हलो जोत्नको आव्हान, मन्दिर प्रवेशमा रोकटोकको बिरोध , मानिसले मानिसको आदरसत्कार, मानिसको चेतनालाई ईश्वर मान्ने, नैतिकता नै इश्वर हो, भाग्य आफैले निमार्ण गर्नु पर्छ, आर्थिक शोषणबाट बचाउ, सही नेतामा साहित्यकारको गुण हुन्छ,जस्तै वी.पी. कोइराला, लोकेन्द्र बहादुर चन्द, मदन भण्डारी, राजेश्वर देवकोटा आदि, नेता र साहित्यकारमा परक, नेता बोल्ने र लेखकले लेख्ने, लेखक बढी नैतिकवान हुन्छन्, नेतालाई आफ्नै पेटभर्ने राजनीति चाहिन्छ । यसैकारणले साहित्य राजनीतिबाट अलग हुनु पर्छ भन्छन् समाज सुधारको लागि साहित्यकारले पनि राजनीति गर्दछन् , राजनीति संरक्षक नभएर भक्षक भएको कुरा आदि धारणा होमनाथजीले यहाँ पस्कनु भएको छ र राज नीतिमा मूल्याङ्कन गर्दै उहाँ भन्नु हुन्छ –'जीवनको सबभन्दा ठूलो रोग आजको गन्दा राजनीति नै हो जसलाई कलामको सुई दिएर ननिकाली जीवन, स्वतन्त्र, स्वस्थ र सफल बनाउन सकिदैन ।' यस समालोचनामा होमनाथजीले साहित्य, साहित्यकार, राजनीति र नेतामा हुनुपर्ने गुण, नैतिकता आदिलाई प्रष्ट पार्ने प्रयास गर्नु भएको छ । यो अति पठनयोग्य र मननयोग्य छ ।
वीपी साहित्यकार कि राजनीतिज्ञ – यो पनि कार्यपत्र हो । भर्जिनिया च्यान्टीमा आयोजित सेप्टेम्बर १०, २०११ को वीपीको ९७ औ जन्मजयन्तिमा प्रस्तुत भएको थियो । वीपी प्रथम निर्वाचित प्रधान मन्त्री थिए । उनको जन्म २४ भदौ १९७१मा भएको थियो र मृत्यु जुलाई २१, १९८२मा भएको थियो । शिक्ष बीए, वीएलं ,सिद्धान्तको विषयमा प्रजातान्त्रिक समाजवादी र  साहित्यमा उनी अस्तित्ववादी थिए । प्रथम कथा चन्द्रवदना १९९२मा प्रकाशन भएको । यौनवृत्तिको मनो विश्लेषण्को कथाको रूपमा लिइन्छ । होमनाथजीले वीपीका संरचना कहाँबाट छापिए, उनका कथासङ्ग्रह, उपन्यास , कविता, आत्मवृतान्त गरी ११  कृतिहरूको विवरण यहाँ प्रस्तुत गरिएका छन् । डायसपोराले नेपाललाई दिने दर्शन हो  । वीपीको दर्शनदर्शनलाई विश्वव्यापी गराउन पर्ने, वीपी साहियको अध्ययनको लागि मण्डली हुनु पर्ने, पुस्तक पुरस्कार राख्नु पर्ने, वीपीको सालिक बन्नु पर्ने , वीपीको नेपाली सांस्कृतिक क्रान्तिका अग्रदूत भानुभक्त कृतिको अनुवाद गरिनु पर्ने , वीपीले दलित समानताका कुरा राखेका छन् माक्र्स र वीपी धेरै कुरामा समनता राख्छन् ।  अन्तरजातीय वैवाहिक सम्बन्ध, गरिबलाई आर्थिक स्वतन्त्रता दिलाएर मात्र राजनीति स्वतन्त्रताको महत्व हुने कुराहरूमा होमनाथजीले प्रकाश पार्दै वीपीको साहित्यमा के छ भन्ने कुरा यसरी प्रस्तुत गर्नु भएको छ – ' आर्थीक स्वतन्त्रता दिलाएरमात्र राजनैतिक स्वतन्त्रताको महत्व हुन्छ अन्यथा त्यो स्वतन्त्रा र प्रजातन्त्र त कोरा कल्पना भुलभुलैया मात्र हो भन्ने वीपीको साहित्यले भन्दछ ।' उनको साहित्यमा यौन मनो विश्लेषणको माध्यमबाट इमान्दारीका साथमा उठाएका कुरा होमनाथजीले प्रष्ट्याउन् भएको छ । राजनीति र साहित्य अलग नभएको, राजनीति वेमानहरूको हातमा गएको तर, साहित्य वेमानको हात नजाने, वीपीले गन्दा राजनीति गरेको भए भारतसँग मिलेर पञ्चायत समाप्त पार्थे या पुष्पलालसँग मिलेर सत्ता पल्टाइ दिन्थे,तर वीपीले यस्तो कर्म गरेनन् तर गिरिजाले गरे । वीपीका पिता कृष्णप्रसादले विराट नगर बसाउने प्रतिष्ठित व्यपारी समाजसेवी थिए , चान्द्र सम्शेरसँग च्यालेन्ज गरेको हुँदा उनकोसबै सम्पत्ति हडप गरे ठूलो परिवार भोक भोकै बस्न प¥यो तर वीपीले यसको बदला लिएर नै छाडे । राणहरूलाई गद्दीबाट हटाएरै छाडे । कसैले भारतप्रस्त भने पनि उनी भारत प्रस्त होइनन् । उनलाई भारतले कहिल्यै सहयोग गरेन । वीपीको व्यक्तित्वको बारेमा होमनाथजी लेख्नु हुन्छ –'वीपीको साहित्य र दर्शन र राजनैतिक उदयले एसियाको महान नेतामा अव भारतीयहरूको नाम हैन वीपीको नाम आउन थालेको थियो । सोसलिष्ट इन्टन्र्याशनलमा वीपीको नाम बुद्धको जस्तो हुने भै सकेको थियो ।'  तर उनलाई बन्दी बनाइ छाडे । उनले बन्दी जीवन बितान मन पराए र अस्तित्वका तीन इलिमेन्ट मान्नेमा मानव भएको धारणा होमनाथजीले यहाँ राख्नु भएको छ –' मानव एक शब्दब्रह्मको अबधारणामा जीवित हुन्छ । त्यसका तीन तत्व छन्–शब्द अर्थ र अर्थको ज्ञान । यी तीन तत्त्वबाट मानव अस्तित्व प्रादुर्भाव हुन्छ भनेर मान्ने उनी आफैमा दार्शनिक थिए र ज्ञानी थिए । साहित्यको माध्यमबाट उनले ज्ञानको ज्योति अरूलाई दिए । पावन पथको निर्वासनले एकदिन लक्ष भेदन गर्ने, डायसपोराका मानिसले नेपाललाई दिने भनेको दर्शन हो । सुवेदीजीले वीपीले जेलमा बसेर आफ्ना विचार र दर्शन दिएका कुरा, उनका लेखनको खोज गर्ने, अनुसन्धान गर्ने जस्ता काम गर्दा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने कुरा, १५ सिम्बरमा जेल राखिएको, १९६८मा छाडिएको, सुवेदीजीले दिल्लीमा भे्ट्न गएको तर भेट हुन नसकेको तर वीपीका समाजवादी चिन्तनले प्रेति गरेको, वीपी १९७६मा नेपाल फर्केका १०७८ सम्म राजाले जेलमा राखेका, १९७९मा विद्यार्थी आण्न्दोलनमा घरमा नजरबन्दमा राखियो, १९७९मा जनमत भयो, हार स्वीकार्न प¥यो, १९८१मा आम निर्वाचन भयो, र यसको बहिस्कारको पक्षमा थिए । १९८१मा ब्क्यान्ँसरको उपचारको लागि अमेरिका गएको, १९८२ मा टुडिखेलमा ठूलो आमसभा गरे, उनको १९८२ मै स्वर्गारोहण भयो,  उनी राजनीतिमा सोसल डेमोक््रयाट र साहित्यमा उनी अस्तित्ववादी थिए  भन्ने धारणा राख्दै होमनाथजी भन्नु हुन्छ –' उनको साहित्य गरिबको लागि समाजवाद र स्वतन्त्रताको लागि बहुदलीयता उनको साहित्यको अपरिहार्य सन्देश हो ।' अतः मैले सुवेदीजीले पस्केका धारणालाई सारसंक्षेप माथि पस्कने प्रयास गरें । वीपीको साहित्यिक योगदान र राजनीतिक योगदानको विवरण होमनाथजीले तार्किक रूपमा प्रस्तुत गर्नु भएको छ । लेखमा वीपीको बारेमा छोटो तर गहन विश्लेषण गरिएको छ ।
 नेत्र एटमको नेपाली डायस्पोरा र अन्य समालोचना – यस कृतिमा होमनाथजीले नेत्रएटमको नेपाली डायस्पोरा र अन्य समालोचना(२०६७) मा विश्लेषण गर्नु भएको छ । सुवेदीजीको धारणा अनुसार 'नेपाली डायस्पोरा शब्द नै शीर्षक राखेर प्रकाशित कृति पहिलो हो । ' दोस्रो शीर्षक नेपाली डायस्पोरा र यमपुरीको महलमा डायस्पोराको बारेमा हिजो केलाई डायस्पोरा भनिन्थ्यो र आज केलाई नेपाली डायस्पोरा भनिन्छ ? डायस्पोराका मानक, मुलयाङ्कनको सिद्धान्त र आधार के के हुन् आदिको आधारमा होमनाथ सुवेदीको यमपुरीको महल उपन्यासमा भएको डायस्पोरिक पक्षको विश्लेषण गरिएको विवरण आएको छ । तेस्रो शीर्षक –नेपाली अधिआख्याानः स्वरूप र सम्भावना –यसमा होमनाथजीले भनाइ छ –'यसमा कहानीको विकृति छ । आख्यान भनेको बस्तु, घटना, पात्र र परिवेशको द्वन्द्वको वर्णन हो 'चौथो शीर्षक –महाकावि देवकोटाको कथामा कस्तो अग्रगामी सोच थियो –यस समालोचनामा होमनाथजीले नेत्र एटमको धारणालाई यसरी प्रस्तुत गरेका छन् –' देवकोटाको कथा धूलो –मैलोभित्र भएको सुनको टुक्रा हो । ' पाँचौं लेख – गजलको इहिास र वर्तमान अवस्थाको अध्ययन –यसमा होमनाथले लेख्नु हुन्छ –'गजलका कमीकमजोडीलाई प्रष्ट पारेका छन् । ' छैटौं पाठ –मञ्जुलका गीतहरूमा जीवनको लय सम्बन्धी छ । यसमा होमनाथजी लेख्नु हुन्छ –'गीत के हो भन्ने उल्लेख गर्दे मञ्जुलका गीतियात्राको विशद् विवेचना गरिएको छ ।'  सातौं शीर्षकमा –समसामयिक नेपाली निबन्धको भेदगत सर्वेक्षणमा होमनाथजीले लेख्नु हुन्छ – 'उनले निबन्धलाई साहियको बृहत तर लचिलो विधाबका रूपमा प्रस्तुत गरेका छन् ।'
आठौं – शकर लामिछानेको निबन्धकला –यस शीर्षमा होमनाथजीको धारणा यस्तो आएकोछ –'शंकरका निबन्धका चार चरण र तिनको प्रवृत्ति दिएका छन् ।'
नेत्र एटमका समालोचनाप्रति होमनाथजीको निष्कर्ष यसरी आएको छ –'नेत्र एटम नयाँ डायस्पोरा साहित्यका उल्लेखनीय समालोचक हुन् , नेपाली साहित्यका एक विलक्षण प्रतिभा हुन् र स्वयममा स्रष्टा पनि हुन् ।'  यस समालोचनामा होमनाथजीले नेत्र एटमले समालोचनामा विषय गत विशेषतालाई उठाएका बुँदाहरू पनि समावेश रेका छन् । छोटो रूपमा मिठो प्रस्तुतीमा समग्र कृतिलाई चिरफार गरेको देखिन्छ ।
एक हातको तालिमा आलोक–  यस शीर्षकमा होमनाथजीले साहित्यिक विधालाई मिठो प्रकारले भूमिकामा जोड्दै गद्य एउटा विशाल र सशक्त विद्या हो  भन्दै लेख्नु हुन्छ –'कुरैकुराले मीठा मीठा विषय र पदलालित्यले अन्धाको आँखा खोल्ने र बहिराको कान खोल्ने, क्षमता भएको आख्यानेतर पोथी गद्य नै निबन्ध हो ।' एकहातको तालिमा के छैन सबै छ भन्न पनि सुवेदी पछि पर्नुहुन्न ।  यस कृतिका सिर्जनाहरूमा सुवेदीजीले सिद्धान्त भन्दा हृदयसंवेध्य बस्तुगत यथार्थता देख्नु, मानक लेखनकलामा निर्माण भएको देख्नु, यसलाई अध्ययन गर्दा शौन्दर्यशास्त्रका छापाहरू नै यसको समालोचनाका मानक आधार बनेका कुरा, यिनकै आधारमा सुवेदलीजीले नेपाली आख्यानेतर गद्य साहित्यकमा मूल्यवान कृति भन्नु , उत्तर आधुनिक निबन्ध कृतिको नमुना हो यो भनेर ठोकुवा गर्नु, ' बास्तवमा 'एकहातको तालि' मा जीवनी, आत्मकथाहरू, आख्यानवर्गमा राख्ने र नियात्रा, संस्मररण आदि प्रवन्ध वा निबन्धभित्र राखेमा आख्याननेतर अन्य विधाको आवस्यक्ता नै नपर्न सक्छ । ' ,नयाँलाई थाम्न सक्ने विधा नै गद्य भएको, यसको उदाहरणमा आउने एकहातको ताली हो, निबन्ध काव्य  हो, आदि धारणा यहाँ आएका छन् ।  यो कृतिका सिर्जनाकार हुन् युवराज नयाधरे ।उनमा आत्म स्वीकृति भएका,मौलिक व्यक्तित्व, आत्मपरक,मनको कम्पद्वारा लेख्ने लेखक हुन् भन्ने धारणा यहाँ आएका छन् । यहाँ होमनाथजीले धेरै कुराहरू समेट्नु भएको छ । हरेक निबन्धले प्रदान गरेका सन्देशहरू, बिम्बको प्रयोग, नेपालको सामाजिक अवस्थाको चित्रण, सूक्ति, आव्हान, अलङ्कार,शब्द संयोजन, निबन्धमा ठेट शब्दको प्रयोग, व्यङ्गको प्रयोग, एकहातको तालिले मदन पुरस्कार प्राप्त गर्न सफल, उच्चकोटीको  निबन्ध सङ्ग्रह, ४० वर्षमा सातओटा कृति प्रदान गर्ने र सात ओटै पुरस्कार प्राप्त गर्न सफल नयाँघरे आदिको विवरण सहजरूपमा यहाँ आएका छन्।
प्रगतिवादी कवितामा नयाँ ध्रुव– ' कवि ध्रुवलाल शर्माका यी कविताहरूमा द्वन्द्वात्मक भौतिकवादी जीवन दर्शन वर्ग संघर्षको उद्घोष सामाजिक यथार्थवादी दृष्टि वर्तमानप्रति सचेतना । मातृभूमि प्रेम, मानवतावाद र माक्र्सवादी सौन्दर्य शास्त्रको सप्तकोशीका संगम छ । ' यो भनाइ हो समालोचक तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीजीको ।  मूलत कविताको सारभाव होमनाथजीले यहाँ प्रस्तुत गर्नु भएको छ  । हुन त होमनाथजीले ध्रुवलाल को हुन् उनका कवितामा के छ आदि विषयमा निकै लामो चिरफार गर्नु भएको छ ।  ध्रुव जनताका कवि, द्वन्द्वात्मक भौतिकवादका कट्टर अनुयायी, धर्म र पाखण्डको भण्डाफोर कर्ता, धर्मभन्दा नैतिकता यी कविताको गजुर हो भन्नेवाला, वर्ग संघर्षको तीब्र अभिव्यक्ति प्रदान कर्ता जो माक्र्सवादी साहित्यको स्वर ठानिन्छ । सामाजिक यथार्थवादी दृष्टि, छायावादी कविताको प्रभावबाट मुक्त, तत्कालको यथार्थ समस्या र दीर्घकालिन समस्या र त्यसबाट मुक्ति पाउन कस्तो तपस्या गर्नु पर्ने, मुक्ति युद्ध लड्नु पर्ने, शान्तिको सास फेर्न सकिने,उनका कवितामा पाइने, उनका कविता समाजवादी र यथार्थवादी दृष्टिकोणमा परिपक्क, आदि थुप्रै धारणाहरू सुवेदीजीले ध्रुवका कविताको चिरफारमा औंल्याउनु भएको छ । होमनाथ सुवेदीजीले प्रगतिवादी साहित्य के हो भन्न् धारणा यसरी राख्नु भएको छ –' वर्ग संघर्षको तीब्र अभिव्यक्ति माक्र्सवादी साहित्यको स्वर हो । अल्प संख्यक शोषक र शोेषितको बीचको द्वन्द्वको उत्पादन नयाँ समाज हो र यसको दिग्दर्शन नै प्रगतिवादी साहित्य हो । '
 सुवेदीले कुन कविताले के बोलीरहेको छ भनी कविका कवितालाई, अक्षर अक्षर केलाउनु भएको छ । हुनत माथि नै धेरै कुराहरू आइसकेका छन् तापनि  हामनाथजीले कविका कवितामा कर्मचारीप्रतिको भ्रष्टचारको व्यङ्ग, मातृ–भूमिप्रतिको प्रेम, प्राकृतिक सौन्दर्यको बखान, ध्रुवका कवितामा मानवतावाद, सर्वजन हिताय लोककल्याण आदिका बारेमा सुवेदीजीले कवितालाई प्रस्तुत गर्दै  हरेक भनाइमा प्रमाणिकता प्रदान गर्नु होमनाथ सुवेदीजीको वैशिष्ठ्य हो ।
'भक्तपुरको राजकुलो'को विवेचना –  भक्तपुरको राजकुलो पुस्तका लेखक हुन् पं भोलानाथ पौडेल। यस कृतिमा पं. भोलानाथ पौडेलले लेखेका ऐतिहासिक लेखहरूको सङ्ग्रह रहेको र होमनाथ सुवेदीजीले यस कृतिको विवेचना गर्नु भएको छ । यस कृतिमा होमनाथ सुवेदीजीले लेख्नु हुन्छ –'भोलागुरुका अत्यान्त महत्वपूर्ण ऐतिहासिक दशवटा लेखहरूले यो कृति पठनीय छ । '  यस विवेचनामा सुवेदीजीले भोलानाथ पौडेलको जन्म वि.सं. १९७८ जेठ २९ गते लुभुमा भएको अध्ययन बालशिक्षा गाउँघरमा हाँसिल गरे पनि  ज्योतिष विद्या नयनराज पन्तसँग पढेका र २००५मा ज्योतिषमा शास्त्री परीक्षा उत्रिण गरेका, २००६मा मृगस्थली स्थित ब्रह्मचर्याश्रममा अध्यापक बनेका , २००७सालमा राजनैतिक क्रान्तिको बहार आएकोले यसमा सहभागी नभै, लुभुमा गएर पाठशाला खोली चलाउनु, २००९ देखि २०२२ सम्म इतिहास संशोधन मण्डलमा आपूmले गर्नु र आफ्ना विद्यार्थीलाई गर्न लगाउनु, २०२३मा लामाटार गाउँपञ्चायतको उमेदबार बन्नु,  २०२४देखि२०२७ सम्म लुभुको महालक्ष्मी माध्यमिक विद्यालयको शिक्षक बन्नु, २०२७ सालमा बनारस जानु साँहिलो छोरा नदीमा डुबेर मर्नु र नेपाल फर्कनु, २०३०मा लुपप्रेशको स्थापना हुनु, २०३३ देखि पूर्णिमा पत्रिका छापिन थाल्नु , साँहिलो छोरो वितेको १६ वर्ष भए पछि जोगी बन्नु, ५५ वर्षको उमेरमै आँखामा मोतिविन्दु हुनु, २०४६ साल मंसिर १ गते घर छाडी वेपत्तिए र त्यही रात गोकर्णका जोगीसँग गएर मन्त्र सुनी सन्यासी बन्नु र सन्यासी भएपछि ज्ञानानन्द पुरी नाम राखीएको थियो । सँन्यासी भएपछि उहाँ भैरहवा लगायतकाँ ठाउँरूमा घुम्नु र घरमा छोराले ल्याउनु देवधाट जानु सन्यासी पथभ्रष्ट देखेर घरमा आउनु र ८८ वर्षको उमेरमा वित्नु, यसरी  होमनाथजीले भोला गुरु लेखनमा सुद्धता, भक्तपुरको राजकुलोको अध्ययन गर्दा लेखकको ऐतिहासिक लेखहरूको संकलन, भोलानाथको जीवन चरित्र र फलोटाहरूको संकलन गरिएको धारणा, अन्याय देख्न नसक्ने, पाखण्डी धर्माधिकारका कट्टर विरोधी, लुपप्रेशको स्थापना गुहनाथ बाट गरिएको सम्पादन आदि समेटेर यो कृतिको बारेमा सुन्दर समालोचना गर्नु भएको छ ।
श्वेतपत्रको परिपत्र –  यो महाकाव्यका लेखक खेमनाथ दहाल हुन् । यस परिपत्रमा होमनाथ सुवेदीजीले डायस्पोराको सन्दर्भ र कलापक्षलाई समेटेको धारणा राख्नु भएको छ ।कुनै पनि महाकाव्य लेखनमा उत्प्रेरणा आवश्य पर्छ । यस महाकाव्यको उत्पेरक तत्वमा होमनाथजीले यसरी प्रस्ट पार्नु भएको छ –'लोकतन्त्रको स्थायित्व र नेपालको शक्ति सम्झौता र विकास निर्माणको गति हीनता र भूटानबाट नेपालीहरूको निर्वासन अनि सिक्किम मथि भारतको नवविस्तारवादी नीतिले खाएको पीडाहरू नै कवि खेमनाथ दाहाललाई यो महाकाव्य लेख्ने भुटभुटाउने उत्पेरक तत्व हुन् । '  समालोचक होमनाथजीले श्वेतपत्रमा डायस्पोराको सन्दर्भ भनी यस कृतिमा हिमालकी छोरी तीन बहिनी नेपाल,भुटान, र सिक्किमको कहानी कथा व्यथा समेटिएको छ । १५ सर्ग र २२२ श्लोकमा सिर्जित महाकाव्यलाई एउटा नयाँ प्रयोगको रूपमा लिएको र कवि अर्थशास्त्रमा अध्ययन गरेका र  छन्दमा महाकाव्य लेखेकोमा होमनाथजीले आश्चर्य प्रकट गर्नु, लेखन सफल भएको र भुटानी शरणार्थीको  खण्ड अत्यान्तै मार्मिक रहेको विचार आएको छ । झापामा रहेका शरणर्थीहरू कोही कतै गए पनि उनीहरू भुटान नै फर्कने तीब्र इच्छा राख्दछन् । यस समालोचनामा होमनाथजीले डायस्पोराको बारेमा अमेरिका र नेपालमा भिन्नता हरेको, नेपालमा रहेका भुटानीले हटेर हैन डटेर भुटानमै फर्कन चाहने धारणा, भुटानी नेपाली डायस्पोरा र एनआरएन डायस्पोराको प्रकृति फरक रहेको, महाकाव्यको विषय नै गहन रहेको, यस विषयमा तीनओटा महाकाव्य लेख्दा पनि नसकिने भएको, सिक्किमको जनताको पीडादाई अभिव्यक्ति आफ्नै देशमा भएर पनि डायस्पोरा जीवन विताउनु परेको अवस्था,सिक्केमेली जनताको अन्तर्वासी डायस्पोरा अति मार्मिक भएको, राष्ट्र बाँचेको भए मालिक भएर बस्न पाउँथे तर आज दासता व्यहोर्न परेको, नवउपनिवेशवादबाट प्राप्त व्यथा भएको, कविले विश्व राजनीतिलाई पनि समेटेको, शीतयुद्धका कुराहरू,आदि होमनाथजीले यहाँ प्रष्ट पार्नु भएको छ । यस महाकाव्यको कलापक्षलाई पनि होमनाथजीले उठाउनु भएको छ । यस महाकाव्यको कलाप्रति लेख्नु हुन्छ –' अनुष्टुप छन्दमा धाराप्रवाह लेखिएको नवछायावादी कविको नवस्वच्छन्दतावादी काव्यधारको उत्कर्षको रूपमा यो महाकाव्य उपस्थित छ यसभित्र बिम्ब, अलंकार, रीति, रस आदि विभिन्न बस्तुको अध्ययन गर्न सकिन्छ तापनि म यहाँ केवल बिम्बका केही नमुना प्रस्तुत गर्छु ।' यस महाकाव्यमा प्रकृतिलाई मानवीकरण गर्ने प्रवृत्ति नै मूल शैली भएको, पौराणिक बिम्बको प्रयोग अनगिन्ति भएको, अन्यायी राजाको आदर नहुने र यसकाव्यमा दृष्टान्त बिम्बको प्रयोग भएको कुराहरू यहाँ होमनाथजीले प्रष्ट पार्नु भएको छ । उहाँले महाकाव्यका उदाहरण यसरी प्रस्तुत गर्नु भएको छ –
हटेको छै्रन यो आँधी भएको छैन मन्थर
रूपान्तर भएको छ ल्याएर अन्तर
छोड्नु हुँदैन ऐलेनै निभेको छैन अग्नि यो
खरानी भित्रको आगो पुनः दन्कन्छ मान यो ।
 ( महाकाव्यको सर्ग पाँचः ४२ तर समालोचनाको पृष्ठ ८८)
समालोचनाको अन्त्यतिर होमनाथजीले महाकाव्यप्रति केही धारणा पस्कनु भएको छ । बास्तवमा आज महाकाव्य लेखनमा आएका परिवर्तनलाई हिजोका महाकाव्य लेखनले लिएका मान्यता जस्तै नायक धीरोदात्त हुनु पर्छ भन्नेमा गरिब पनि नायक भएका महाकाव्य लेखिएका छन् । रस अलंकार र बिम्बहरूको प्रयोग पनि पुरानै ढाँचामा हुन सक्दैन भन्दै होमनाथजी ले यस महाकाव्यको मूल्याङ्कनमा 'खेमनाथ दहालको यो महाकाव्य लेखनको बस्तु कथानक र शैली आफ्नै पाराको भइकन पनि प्रयोगमूलक छ र स्वागतयोग्य छ ।'  
स्मृति–ग्रन्थका नायक वासुदेव लुइँटेल – यो वासुदेव लुइँटेलको बारेमा वासुदेव लुइटेलकी सुपुत्री डा. सुषमा आचार्यले तयार पारेको स्मृति ग्रन्थमा होमनाथजीले भूमिका लेख्नु भएको छ । यस भूमिकामा ३५ वर्ष अघि बासुदेव र होमनाथजीको मदन पुरस्कार पुस्तकालयमा छन्त्याल जनजातिको लोककथाको अध्ययन गरिरहेको र छन्त्यालका गाउँ घुमेर आएको अवस्थामा भेट भएको कुरा यहाँ आएको छ । पृतिलाई जीवन्त राख्ने र तार्ने काम छोराबाट मात्र नभै छोरीबाट हुने कुराको साथै स्मृति ग्रन्थ भनेको 'विद्वानहरूबाट उल्लेखनीय रूपमा अगाडी सारी लेखिएको कृति नै स्मृति ग्रन्थ हो' । 'उनको सिर्जनाको बारेमा स्मृतिलाई निबन्धन गर्ने यी स्रष्टाहरूका नामले मात्रै पनि यो ग्रन्थको उच्चाइ बढेको छ ।' आदि धारणा राख्दै होमनाथजीले सबै स्रष्टा नामहरू यहाँ दर्शाउनु भएको छ  र  'यिनले बासुदेवको जीवन चरितलाई उजा गर्न सफल छन् ' भन्नु भएको छ । स्मृति ग्रन्थ नेपाली डायस्पोराबाट प्रकाशनमा पहिलो स्थान पाएको र ' समग्रमा यो स्मृति ग्रन्थले वासुदेवलाई उठाएको छ र नेपाली साहित्यले एउटा सारगर्भित ग्रन्थ फेला पारेको छ ।' होमनाथजीले डा. सुषमा प्रति पनि यस्तो धारणा राख्नु भएको छ –'अनेसास सारा बालसाहित्य पुरस्कार विजेता, डायस्पोरिक साहित्यकी प्राध्यापक, डा. सुषमा आचार्यले यो वासुदेव लुइँटेल स्मृति ग्रन्थ हामी पाठकको अगाडि राख्न गरेको यो अथक प्रयास स्तुत्य छ , अनुकरणीय छ र ग्रन्थ पठनीय छ ।' यो भूमिका छोटो मिठो र सार गर्भित भएको मैले महसुस गरेको छु ।
'अव्यवस्था'मा व्यवस्थाको भूमिका – यो पनि दामोदर घतानेको 'अव्यवस्था' कथासङ्ग्रको भूमिका लेखन हो । यो भूमिका विवरणात्मक छ ।् होमनाथजीले 'अव्यवस्था' भित्रै जीवनको सङ्गतिको सागरमा अवगाहन गर्न पाएको, यी कथाले जीवनको सिलो खोज्ने सघर्ष गरेको, सबै कथा आकर्षक शीर्षकमा भएका र अत्यान्त सार्थक रहेका, नागरिक नेता हुन पर्ने र नयाँ बाटो तिनै बाट खनिनु पर्ने, कथा लेखकले समाजको ताजा चित्र उतार्न सक्नु पर्ने, 'अव्यवस्थाको अर्थी कथा कथासङ्ग्रहको मेनुफेस्टो भएको, दामोदरका कथाहरू मनो वैज्ञानिक र त्यो भन्दा पनि जीवन दर्शनले संचालित रहेका, कथा व्याख्येय रहेका, कथाले पाठकलाई मुक्त छाडेका, व्याङ्गको प्रयोग, कथामा तत्कालिन समाजको बस्तुचित्रणको  यथार्थ प्रस्तुति, हाकिमको सोझो गरेकोमा बढुवा भएको, भ्रष्टचारका कुरा, द्वन्द्वका कुरा, इराकमा नेपाली पक्राउ परेका कुरा, आफैले मोल तिरेर आँफै दास बन्ने कुरा, अकर्मण्ण्य भएर चिन्ताले मात्र चिता देला तर जीवन दिन नसक्ने कुरा, मानव मन डाहामा नम्बर एक भएका कुरा, 'मान्छे यस्तै हुन्छन् , पशुभन्दा पनि एक नम्बरका चलाक धूर्त र चोर डाँका हुन्छन्', ' मान्छे कहिल्यै देवता हुन सक्दैन । देवता नै पनि देवता बन्न सकेका छैनन् ।' डायस्पोरा प्रगतिको पक्षमा उभिएका कुरा, अदालतले छोरीलाई अंश दिने फैसला गरेको तर समाजको परिपाटीले स्वीकार नगरेका कुरा आदि विभिन्न कथामा होमनाथनजीले विश्लेषण गर्दा आएका अभिव्यक्तिहरू हुन् यी । होमनाथजी भन्नु हुन्छ –'दामोदर 'घताने'को 'अव्यवस्था' कथा सङ्ग्रहमा उउद्देश्य, वस्तु र पात्रहरूको सुन्दर समायोजन छ ।' होमनाथजीले वातावरण सम्बन्धमा लेख्नु हुन्छ – दामोदर 'घताने'को 'अव्यव्सथा' कथा सङ्ग्रहमा वातावरणको विनियोजन आजको कथा प्रवृत्ति सापेक्ष छ । ' र सम्वाद सम्बन्धमा 'सम्वाद साना साना छन् तर सम्वादको सम्वादभन्दा यो कथासङ्ग्रहमा सूक्तिहरूको नै वाहुल्य छ' भन्नुहुन्छ ।
भाषको बारेमा होमनाथजी लेख्नुहुन्छ –''गेयात्मक भाषाको प्रयोग गर्न र घत लाग्दा सूक्तिहरू दिन सक्नु 'घताने'को पहिचान नै हो । " अंग्रेजी शब्दको प्रयोग बढी भएको, कथा लेखन प्रविधिमा नयाँ उपकरणको प्रयोग, बिम्ब प्रयोगको हिसावले माथिल्लो श्रेणीका प्रयोग, महावाणी या सूक्तिहरूको प्रयोग विशेषता आदि बारेमा होमनाथजीले उदाहरण सहित प्रस्तुति गर्नु भएको छ र अन्त्यमा उहाँको निष्कर्ष यस प्रकार छ –'दामोदर घतानेको 'अव्यवस्था' कथा सङ्ग्रह युग सापेक्ष उद्देश्य, वस्तु कथानक, परिवेश, संवाद, प्रविधि, दृष्टिबिन्दु, भाषा र सूक्तिहरूको नवीनतम व्यवस्थापन हो ।'
ध्रुवका ध्रुवसत्य तस्वीरहरू – तस्वीरहरू२०६५मा प्रकाशन भएको कविता सङ्ग्रह हो । ध्रुवजीका कविता, कथा, गीतिकाव्य गरी चारओटा कृति प्रकाशनमा आएका छन् । तस्वीरहरू कविता सङ्ग्रहमा ६० ओटा कविताहरू समावेश गरिएका छन् । यी कवितामा समाजको तस्वीर रहेको, ध्रुवले संघर्षमय जीवन विताएको हुँदा उनका कवितामा क्रान्तिको तस्वीर खिचिएको,उनका परिवार सबै साहित्यमा समर्पित रहेका, वेनी पुस्तकालयको सेवा,प्रकाश मा वि को शिक्षण पेशा, भूमिकाको अध्ययन गर्दा ध्रुवलाई साहित्यको ध्रुवतारा बनाउने छ भन्ने धारणा, क्रान्तिकारी जनपक्षीय श्रष्टाको् नामले परिचय दिने, हास्यव्यङ्गका पारखी, धर्मको भण्डाफोर गर्ने खालका कविता, अश्लील  शब्दको प्रयोगमा पनि सान्दर्भिकता, अनुप्रासको प्रचुरता, अलंकार, संघर्षका कथा र व्यथाका आधारित कविता, वादी र यथार्थवादी कविता, राष्ट्रिय चिन्तन बोकेका कविता, प्रेम र विरहका कविता, राजनीति र संघर्षका कवितामा कठोरता, परिवार र व्यक्तिमा  आधारित कवितामा भावुकता र सहृदयीता पाइन्छ आदि थुप्रै धारणा समालोचनामा आएका छन् । होमनाथजी भन्नुहुन्छ –' धु्रवमा कल्पना प्रवणता र शिल्पको अनुपम मिलन छ । जीवन र संघर्षकोबीच अनुपम समन्वय छ । ..........सत्य शिव र सुन्दर छ भन्ने आस्थाका कथा हुन् ध्रुवका ।' ....'ध्रुवका कविता जीवन हुन् । जीवन नै ध्ुवको कविता हो ।...शिक्षाप्रेमी शान्तिप्रेमी हुन कवि ।'
ध्रुवका कवितामा व्यङग्या, कला, प्रयोग भएका छन् । विवरणात्मक यो समीक्षाले ध्रुवलालका कवितालाई बहु आयमिकरूपमा  चिरफार गरेको छ ।
 वसन्तको मेघा ई–पुस्तकको समीक्षा– यस कृतिमा होमनाथ सुवेदीले बसन्त चौधरी (अप्रेल १९५७)को  हार्डकपी काठमाडौमा विमोचन भैसकेको र यसको ई–बुक इमेरिकाको ये विगयापलको मार्कपोलो कुज जेवेल पानी जहाजमा अनेसास केन्द्रको आयोजनामा अनेसास तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको व्यापक उपस्थितिमा लोकापर्ण हुँदा कृतिको परिचय दिने क्रममा लेखिएको समालोचना हो । बसन्त चौधरी कवि पनि हुन् र गीतकार पनि हुन् । उनका ४ ओटा एलवम र ४ ओटा पुस्तक बजारमा आइसकेका छन् । यिनले श्री लुनकरनदास तथा गंगादेवी चौधरी साहित्य कला प्रीतष्ठान को संचालन गरेका छन् । यिनको मेघा ई–पुस्तकका दुई खण्ड रहेका पहिलो खण्डमा नेपाली कविता र दोस्रो खण्डमा हिन्दि कविता र गजल समावेश गरेका छन् । कविता गेय र कवितामा अनुप्रासको सुन्दर संयोजन रहेको, प्रसस्त सूक्तिहरू समावेश गरिएको, नयाँ शब्द, बिम्ब, र प्रतीकहरूको प्रयोग, देशप्रेम, अमेरिकाको कविता लेखन, समसामयिक जीवन, त्रास, निराशा, पारिवारिक आदर्श, पृतिमातृप्रति आदर सत्कार, समाजप्रति संयोजन, संकटापन्न जीवनको मार्मिक चित्रण आदि धारणा कवितामा पाइने भन्दै अखिरिमा यसरी यसको बिट मार्नु भएको छ –' यो विभिन्न कविता गीत गजलले यो मेघा कृतिलाई महिमामण्डित गरेका छन् ।यो मेघा ई–बुकले आजको नेपाली साहित्यको अन्तराष्ट्रिय यात्रामा यौटा नौलो आयम थपेको छ ।'
वीपीको आत्मवृतान्तको अध्ययनको टिप्पणी – यस शीर्षकमा होमनाथजीले वीपीको आत्मवृत्तान्त चौथो संस्करणको अध्यनपछि ५७ ओटा टिप्पणीहरू प्रस्तुत गर्नु भएको छ । सर्वप्रथम उहाँले भन्नु हुन्छ –'राष्ट्रियता, प्रजातन्त्र र समाजवाद वीपीको सपना हो ।' वीपी भारतमा निर्वासनमा थिए । २०३३ साल पुस १६ गते  राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कनु , जहाजको ढोकै बाट पक्राउ पर्नु , सुन्दरीजल जेलमा थुनिनु ,पुस १६ लाई राष्ट्रिय मेलमिलाप दिवस भनेर काँग्रेसले मनाउँदै आएको छ । वीपीका पिता बनारसमा निर्वासनमा, वीपीको टेढीमा ५।६ वर्ष बास, बनारस पढ्न आउँदा बहिनी नलिनीको कानको सुनको टुत्रा र आमाको एक तोला सुनलियर आउनु, ईसं २९÷३०मा दश कक्षा पास, ईसं १९३० अतङ्कवादी सङ्गठनमा लागेको भनेर पक्रिए, जेलबाट छुटेपछि कलेजमा भर्ना भए, चन्द्र समशेर बित्नु भीम समशेर प्रधान मन्त्री हुनु, कृष्ण प्रसादलाई नेपाल बोलाउनु, टेढीमा छँदा वीपीले कर्म भूमि र विमाता उपन्यास पढ्नु, ई १९४५माजेलबाट छुट्दाको दिनमा पिताको मृत्यु हुनु, डा. लोहियाको सुझाव अनुसार वीपी एसियन सोसलिष्ट कन्फ्रेन्समा भागलिन बर्मा गएका, १९४७ जनवरी २५मा नेपाल राष्ट्रिय काँग्रेस बन्नु, मार्चमा विराट नगरमा मज्दुर आन्दोलन हुनु वीपी र मन मोहनले भाग लिनु, अप्रिलतिर तारणी, वीपी, मनमोहन पक्रिनु, ई. १९४७मा वीपीका सबै परिवार जेलजानु,, इन्द्रवदना वीप्ीको पहिलो कथा यो कथा इन्द्रबदना, कमारीको नामको छ । पद्मसमशेरको पालामा भारतका  श्री प्रकाशलाई सम्बिधानको मसौदा बनाउन लगाइएको वीपीले स्वीकार नगरेका, राजनैतिक क्रान्ती, काशीराज, श्रीभद्र र राजेस्वर २००४मा काँग्रेसमा सामेल हुनु, हतियार किन्न पैसाको आवश्यक्ता पर्ने , राणाहरूलाई पनि फुटाइएको सी कलासका राणा काँग्रेससँग मिल्ने, राजा र राणाहरू पनि फुटाएका, राजा र पञ्चायतमा पनि फुटाउनु र राजा र काँग्रेस पनि फुटाएर माओवादी जन्माए, राजा हटाए गणतन्त्र ल्याए । २०१७ सालमा नेहरुले राजालाई टेवा दिए, वीपीलाई जेलमा सडाए, राजा त्रिभुवन भारतीय दूतावासमा शरण लिन जानु वीपीलाई थाहा नहुनु  ज्ञानेन्द्रलाई राजा बनाएर काम चलाउनु, भारतले हतियारमा पनि सहयोग नगर्नु, ५ लाख रुपियाँ लिएर प्लेन हाइज्याक गरेकोमा नेहरुले पकडेको , 'वीपीलाई राजा बलियो हैन, लोकतन्त्र बलियो हुनुपर्छ भन्ने स्पष्ट धारणा थियो । ' वीपी गृह्य मन्त्री हुनसाथ राणाहरूका रक्षादलको आक्रमण, नेहरुले प्रजातन्त्र दवाएर राजतन्त्र लाद्ने काम गरेका, वीपीले भारतको दमनको प्रसस्त विरोध गरेका छन् । राजा महेन्द्र राष्ट्रवादी भएका तर वीपी राष्ट्रवादी र प्रजातन्त्रवादी भएका, वीपीको अन्तराष्ट्रिय जगतमा प्रशस्त प्रभाव फैलिएको, राजाले बहुदलीय व्यवस्था नै समाप्त पारेका, पुस १ गते काग्रेससँग हतियार नभएर राजाले कु गरे, वीपी सात वर्ष भारतमा बस्नु , हतियार वंगलादेशलाई दिएर नाङ्गो हुनु, आदि टिप्पणीहरू वीपीको आत्म वृतान्तलाई समेटेर  होमनाथजीले दर्शाएका ५७ टिप्पणीमा टिप्पणी ५६ र  ५७ औं टिप्पणीमा उनको निचोड यसप्रकार छ – टिप्पणी ५६ 'वीपी सोसलिष्ट इन्टरनेशनलका चम्किला तारा थिए । उनी महान नेता बन्न सक्थे । नेपालको शाही शासनको पनि अन्त गरेर राष्ट्रियता, भूमिसुधार सहितको समाजवाद र प्रजातन्त्रको पुनस्र्थापना गरेर राष्ट्रको पनि चोला फेर्न सक्थे, र स्वयम आपूm अरू छिमेकीको अगाडी बुद्धजस्तै प्रसिद्ध हुन सक्थे तर भारतले उनलाई उठ्न दिएन । नेहरूले चिल्लो मात्र पारे झन विरोधी महेन्द्रलाई हिरो बनाए, जयप्रकाशले ससहयोग गरे पनि अन्तमा केही भएको हतियार पनि वंगलादेशलाई दिन लगाएर वीपीलाई नाङ्गै पारे नेपालको महिमालाई मलिन पारे। पूवर्जाधका वीपी योद्धा थिए उत्तरार्धमा वीपी सम्झौता मात्र हो । ५७औं टिप्पणीमा– ' वीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद आज पनि उत्तिकै नेपालको लागि मध्यम मार्गको रूपमा रहेको छ । वीपीलाई पूर्वाधको स्प्रिटमा काम गर्न दिएको भए त्यो २०, २५ वर्षको दौरानमा राजा समाप्त हुन्थ्यो । एकतन्त्रीय शासन चाहने कम्युनिष्ट र पञ्चायत दुबै समाप्त हुन्थे मौजा र बैंकहरू राष्ट्रियकरण, भूमिको व्यापक भूमिसुधार र श्रमको महत्वसहितको धर्मनिरपेक्ष राज्यको स्थापना भइसक्थ्यो जसको लागि नेपालीले आजसम्म रगतको खोलो बगाएर केही पाए केही पाउन लड्दैछन् । राजा खोसिए , लोकतन्त्र  आएको छ । त्यसमा कमुनिष्टहरूले बहुदलीयता स्वीकार्न प¥यो, प्रजातन्त्रवादीहरूले समाजवाद स्वीकार्न पर्छ । अनि हुन्छ वीपीको सपना साकार, नेपालको नाश हुन्छ भ्रष्टचार । नयाँ नेपालर नौलो समाचार ।वामपन्थीलाई पनि गरिबको भलो हुने र बहुदलीयता हुँदा हुन्छ मानवीयता उपहार ।'  
मोफसलको प्रेमदान – यो उपन्यासका लेखक हुन् बुद्धिप्रसाद । यस उपन्यास बारेमा होमनाथ लेख्नु हुन्छ –'उपन्यास लघु तर दर्शन बृहद छ । ...... १०७ पृष्ठको यो उपन्यास आकारमा सानो भए पनि यसमा राखिएका ज्ञान गुनका कुरा महान छन् । ' यस उपन्यासका नायक र नायिका सन्तोष र सारिका भएको, नायक नायिकाका  पिता सामन्त मुखिया, र शोषक हुन् । अरु पात्रहरूमा, महानन्द, कुन्ते , सन्ते, कुन्तेको छोरा सृजन, दुर्गा कुन्तेकी श्रीमती, विलास संतोषको साथी, सरिताका साथीमा गंगा, ललिता, प्रजापति, बिना, हल्की, करुणा, तारा, यस उपन्यासका पात्रहरू हुन्। कथासारलाई केलाउँदा एउटा गरिब केटाले एउटा धनी खानदानकी केटीसँग प्रेमदान माग्छ । नायिकाल् पहिला त निकै घृणा गर्छे र केटालाई हानेर खुट्टा नै भाँचि दिन्छे । तर नायकले बुद्धिमान र भद्र तरिकाले नायिकाको मन जित्छ र प्रेम विवाहको सम्भव हुन्छ । समालोचकले यस उपन्यासलाई यसरी मूल्याङ्कन गर्नु भएको छ । –'पात्रहरूमा संवाद छ, चिठीहरूको शैली प्रयोग गरिएको, भाषा गुणयुक्त रहेको, सामन्ती समाज रहेको, उपन्यासको ठूलो बस्तु द्वन्द्व, द्वन्द्वको मूल कारण सामन्ती संस्कृति र आजको खुला संस्कृति, उपन्यासले त्यही कुरालाई आफ्नै तरिकाले द्वन्द्व सिर्जना गरी लक्ष भेदन गर्नु, वर्गसंघर्ष छ ,लिङ्ग संघर्ष छ  द्वन्द्व छ द्वन्द्वमा हिंसा हैन अंिहंसा र सत्यता छ , उपन्यास उपदेश प्रधान छ, मनोविज्ञानको प्रयोग पनि भएको छ , गाली अश्लील यौनका कुराहरूलाई उपदेशको तौलले ढाकेकोछ, नायक यथार्थवादी छ, उपन्यासले जीवनदृष्टिलाई प्रस्तुत गरेको छ,  अध्याय १५मा पुरै महान्वाणी छन् , नायिका आदर्शवान,  उपन्यासमा सूक्तिहरू प्रयोगमा आएका छन् आदिधारणा राख्दै समालोचक भन्नु हुन्छ– 'प्रेमदान उपन्यास सत्य, शिवं र सुन्दर छ । ...... 'प्रेमदान' उपन्यास बुद्धिकोर्जनामा होनहार हो ।'
 योगमाया उपन्यास – योगमाया उपन्यासमा होमनाथजीले योगमायाको क्रान्तिकारी जीवन चरित्रलाई अगाडी ल्याउे काम गर्नुभएको छ। योगमायाको जन्म भोजपुर जिल्लाको नेपालेडाँडामा भन्ने गाउँठाउँमा वि.सं. १९१७ देखि वि.१९२५को सरेफेरोमा भएको, मृत्यु वि.सं. १९९८ साल असार २२ गते शनिबार अरूण नदीमा फालहालेर भएस्को हो । आत्महत्यालाई  अपराधको रूपमा लिइन्छ तर होमनाथजीले यसलाई अपराधको रूपमा नलिएर क्रान्तिको लागि वलिदानीको प्रतीकको रूपमा लिनु भएको छ किनकी उनले समाजकल्याणको लागि गरेका मागहरूको सुनवाइ सरकारले नगरेपछि विद्रोह र आत्मभत्र्सनाको लागि गरिएको हो । उनी सहृदयी भएको र उनका भजनमा मार्मिकता र साहित्य भरिएको र 'सर्वाथयोगवाणी'की रचयिता किन नबनुन् । उनको कल्पना नेपाललाई धर्मराज स्थापना गर्नु थियो । यो हुन नसक्नु नै उनले ज्यानदिने निर्ण गरिन् । उनी वास्तवमा शहीद नै हुन् । यसरी होमनाथजीले भन्नुहुन्छ– ' कुनै जमानामा हामी अराजकतावादी भन्थ्यौं , त्यो प्रबृत्ति व्याप्त भएको उत्तर आधुनिक साहित्यको वादजस्तै त्यो जमानामा योगमाया पनि विधवा पुनर्विवाह गर्ने, धर्मराज्यको स्थापनाको लागि भजन, यज्ञ गर्ने त्यतिमात्र हैन आत्महत्यासमेत गर्ने अघि सरेकी यी योगमायाका पार्टीमा प्रेम नारायण भरण्डारीले महासचिव काम गरिहेका थिए भन्ने मेरो भिजन भयो ।' स्वाधिनताको लागि राजनीतिक दल मात्र नभएर भक्तिमागलाई समेत समेटेको र पूर्वको नेतृत्व योगमायाले गरेको कुरा यहाँ होमनाथजीले बताउनु भएउको छ ।
 होमनाथजीले योगमायाको त्यो जमानाको क्रान्तिकारितालाई पाँचवटा कुलनीय कुरातिर संकेत गर्दछ भन्दै ती बुँदामा होमनाथजीले संक्षिप्त वर्णन गर्नु भएको छ । आजका माओवादी क्रान्तिकारी नारीको आत्मदानको महत्व कम नभएको, यिनको क्रान्तिकारी व्यक्तित्वमा गणना हुने तर योगमायाको गणना हुन सकेन तर पनि उनको आफ्नै स्थान छ र त्यो युग र यो युगमा तुलना गर्दा क्रान्तिकारी महिला भन्दा उनी कम नभएको र उनकै क्रान्तिकारी मार्ग दर्शन नै विकास भएको धारणाहरू यहाँ आएका छन् ।
नेपाली मूलका नारीहरूको योगदान पनि कम छैन भन्दै होमनाथजीले लेख्नु हुन्छ –' अहिले महिलाहरू म्हिला मुक्तिका प्राज्ञिक संघर्ष गर्दैछन् । कठोर श्रमले स्वयम् परिवार पाल्दै छन् ।' योगमायामा समाज सुधारको लागि राजनीतिक चेत थियो 'यसैकारणले उनले धर्मराज्य हुनुपर्छ भनी शोषण विरुद्ध उठ्ने नेपाली साहित्य इतिहासको प्रथम महिला बन्न पुगिन ।
 नेपाली महिला साहित्यकारको विवरण पेश गर्दै होमनाथजी लेख्नु हुन्छ –'योगमायालाई नेपाली महिला साहित्यकारहरूको बीचमा राखेर हेर्दा त्यस जमाना अनुसार उनको स्थान माथि नै रहन्छ ।'
होमनाथजीले समय र भूगोलको दुरीमा पनि ऐकवद्धता  पाउनु भएको छ । योगमायाको छाप आप्रवासमा रहेर लेखेका लेखिकाहरूमा परेको छ । स्वदेश होस या आप्रवास होस् दुवै थरि नारीको एउटै स्वर छ भन्दै होमनाथजी लेख्नु हुन्छ – 'महिलामुक्ति र शोषण मुक्त समाजको मागमा युद्धको कलात्मक अभिव्यक्तिमा योगदान र योगमाया र आधुनिक आप्रबासका लेखिकाको सम्मिलन हुन्छ । यी आज लेख्ने प्रखर लेखिकाको लेखन पनि योगमायाले बोकेको भोगेको इतिहासले नै सिर्जना गरेको हो ।'
 होमनाथजीले यस उपन्यासलाई यसरी प्रस्तुत गर्नु भएको छ –  'अन्त्यमा योगमायाको जीवन यर्थाथ भएर पनि मलाई उपन्यास जस्तो लाग्छ । '  यस समालोचनामा होमनाथजीले बाल विवाह, बालविवाहबाट भोग्न परेको यातना, पुन पुनर्विवाह, प्रवासिनु, पति वियोग भोग्न पर्नु, तेस्रो विवाह गर्नु, तीर्थाटन गर्नु, ज्ञानगुनका कुरामा लाग्नु, समाजसुधार गनुर्,  धर्मराज्य स्थापना गर्न लाग्नु, भोक हडताल गर्नु, माग पुरा नभएको कारणले आत्महत्या गर्नु, उनका अनुयायीदे पनि देहत्याग गर्नु, यत्रो ठूलो महिला संघर्ष हुनु भनेको 'आजका क्रान्तिकारीका लागि योगमाया पाठ हुन्, हाँक हुन्, र पत्याउनै नसकिने एउटा उपन्यास हुन् ।'
यो समालोचना उत्कृष्ट रूपमा प्रस्तुत भएको छ । यसले स्वदेश प्रदेशका महिलाहरूको योगदानलाई योगमायासँग तुलना गरेर नमुनाको रूपमा समालोचना गरिएको छ ।  
पायस – पाम–हाइकुको शीर्षकी करण भूमिकाकार होमनाथ सुवेदीले गर्नु भएको  हो । होमनाथजीले  यस कृतिमा ३ हरप र ५ हरपका हाइकु अध्ययन गर्न पाउनु भएको र यसमा हाइकुको परिभाष गर्दै भन्नुहुन्छ –' हाइकु जापानी बाका (कविता) विधाको एक प्रकार हो । अर्को शब्दमा जापानीमा कवितालाई समग्रमा बाका भन्दछन् । बाकाका धेरै प्रकार छन् । जस्तै तन्का कथौता, सेडोका र चोका । यी सबैमा कतै न कतै ५,७,७ अक्षररको महत्व रहेको हुन्छ । ' हाइकु ३ हरपको हुन्छ । यस कृतिमा हाइकु र तान्का ( ५ ओटा हरफ प्रत्येक हरफका अक्षर ५,७,५, ७, ७ हुन्छन् ) समावेश गरिएकाछन् । । यस भूमिकामा सुवेदीजीले ५१९ ओटा हाइकु र ४८८ तान्कालाई विश्लेषण गर्दै भूमिका लेख्नु भएको छ ।  भूमिकामा होमनाथजीले थालनीमै एउटा हाइकुलाई लेख्दै यसैवाट भूमिकामा अग्रसर हुनु भएको छ ।
बिस्र्यो पापीले
आपूm जन्मेको ठाउँ
 चलन त्यस्तै
 यो हाइकुमा भूमिकाकारले यो हाइकुलाई कृतिको पहिलो नम्बरको हाइकु हो  भनेका छन् । होमनाथजीले यस कृतिको नाम पायस राख्नु भयो । कृतिकार हुन पार्समणि भट्टराई । पामको अर्थ पार्समणिको सट्टा पायस ( पाको अर्थ पार्समणि र यसको अर्थ यश(कीर्ति) अर्थात पार्समणिको कीर्ति भन्दा सार्थकता मिल्ने अर्थको साथमा कृतिको नाम पायस राखियो । यो प्रकाशन गर्दा पायस नै कायम भएर आयो । समालोचकले समालोचना गर्दा आफ्ना बिचार दिनु पर्छ नत्र यस्ता समालोचनाले काम नदिने बिचार आएको छ । अन्तिम पाठ पढ्दा ५ हरफको तन्का प्राप्त भएको र यसप्रकार रहेको –
खुबीका लागि
 के काम खुसामद
भनेर हुन्थ्यो ?
 बोल्नेको पीठो बिक्छ
 डाँठ मौरीको सत्र ।    
यी हाइकु र तन्कामा बिम्बको प्रयोग ,'अकर्मण्य होइन, लडेर पनि लक्ष्यप्राप्तिमा नेपाली अग्रसर नै  छन् भन्ने अर्थ दिन्छ' संघीयताका कुरा,मध्यमबर्गको जनताले भोग्न परेको कष्ट, उत्कृष्ट पद्यको रचना,आफैमा पूर्णता, जीवनको अर्थ खोज्न उद्यत, धार्मिक पाखण्डप्रति विरोध, कवि परम्परासित पनि विद्रोही भएको हर नयाँ भञ्जन र विखण्डनका पनि तीब्र बिरोधी रहेको, द्वन्द्व (मानस अवस्थाको चित्रण) 'यी हाइकुसित सैद्धान्तिक रुपमा म सहमत छु, छैन , त्यो छुट्टै कुरा हो तर हाइकुको लेखन शिल्प, भावसम्प्रेषण उत्तम छ ' सबै हाइकु र तिन्का बिम्बात्मक र दर्शनले ओतप्रोत भएका धारणा आएका छन् ।
भूमिकाकारले यहाँ बाकाका प्रकार पनि दिएका छन् । हाइकु र तन्काका उदाहरण पनि दिएका छन् । भूमिका मध्यम आकारको मिठो र सटीक रूपमा आएको छ ।    
कोख र काखममा कौतूहल –  यस खण्डकाव्यको समीक्षामा समीक्षकले केसरीले व्यहोर्न परेका कष्टलाई आफ्नै श्रीमतीले व्यहोर्न परेको दुःखसँग तुलना गरेका छन् । केसरी, नन्दा, सुन्तली, सासूससुरा, पुरुषोत्तम, कपिल, आशा, तमा, प्रदुुम्न, सावित्री, बाटुली आदि पात्रहरू यस खण्डकाव्यमा सहभागी बनाइएका छन् । केसरी नायिका र कपिल नायक हुन् । कपिल विद्वान हुन्।  घटनाक्रम केलाउँदा बाबुले फटाहासँग मिलेर पैसाको लोभमा छोरालाई नै मुद्दामा हराउँछन् र कपिल बाबुको यस्तो कर्मदेखि मन विगारेर कहिल्यै नफर्कने गरेर विदेशिन्छन् ।  केसरीले पालनपोषण गरेका छोराछोरीमा छोरी एसएलसी पास गरी १७ वर्षको उमेरमा मरिन् । छोरो विद्वान थियो समाजसेवामा तल्लिन थियो कुसमाजको कारणले सहिद बन्यो । यो खण्डकाव्य म्याग्दीकै अर्थुङ्गे गाविसलाई परिवेशको रूपमा लिएको छ र परिवेशको परिवेशमा पूरा नेपाल नै समेटिएको छ । सहिदकी आमा असी काटेर पनि पति र घरकाको इच्छा पूर्तिको लागि समाज सेवामा लागेकी हुन्छिन् ।
यस काव्यको उदेश्यहरूमा सहिदको इच्छा पुरा हुँदैन भन्ने रहेको छ । काव्यकोबारेमा समालोचकको धारणा यस्तो छ –' लोकभाषा, लोकले बुझ्ने भाव, सरल शब्द, र अभिव्यक्ति उहाँको सवल पक्ष हो ।' यस काव्यको उद्देश्य सहिदको इचछा पुरा हुँदैन, कृतिमा प्रकृतिको, समाजका विविधपक्षको, नेपाली किन विदेश लाग्छन् ,'कर्म भन्छ सामन्ती समाज । कर्मले मात्र हुन्न । नैतिकता र दायित्वको आवाज मान्छेको  मुटुमा हुनु पर्छ ',समाजमा भ्रष्टचार र पाखण्डले गर्दा देश छाड्नु पर्ने सिर्जना हुन्छ, तर भाग्नु भन्दा लडेर बस्नु पर्ने तिनलाई समाप्त गर्नु पर्ने, 'नरकबाट भागेर हैन, बसेर भोगेर बदल्नु पर्छ ', शमान्ति स्वतन्त्रता र समनताको  खोजका कुरा, पाएको यो कालो मुखलाई कसरी सन्तुलन गर्ने, मानव कसरी गौरवमा बाँच्ने, त्रान्तिकारी पात्र हुनु पर्ने,जस्ता भावनाहरू समालोचकले समेटेका छन् ।
खण्डकाव्य आठओटा सर्गमा नेपालको समकालिन समाज र पूर्वपूुस्ताको अव्यवस्थालाई बोकेको, लेखकका सूचिहरू, उखान टुक्काहरू,छन्द बनाउनलाई सरल शब्द प्रयोग काव्य प्रसारण कविको सवभन्दा ठूलो खुवी हो,  जीवन आस्था र विश्वास हो, वैचारिक पक्षमा कवि परिपक्क, कलापक्षमा पनि  निपूर्ण, बिम्बका दृष्टिकोणबाट पनि धनी, भाव र सङ्ग्रह दुवै दृष्टिले सफल भएको धारणा समालोचकले प्रस्ततुत गरेका छन् ।
अशोकका कविता क्रान्तिका कविता – यो होमनाथजीको भूमिका लेखन हो । अशोकको ठाउँमा क्रान्ति नै भनेर नामाकारण गरेको भए क्रान्तिका कविता हुने र सुनमा सुगन्ध थपिने भन्ने  भूमिकाकारको धारणा आएको छ । जीवनको
 सौन्दर्यतालाई प्राप्त गर्न सङ्गति खोज्न छाड्न नहुने, भूमिकाकार भन्नु हुन्छ –'अशोकका कविता पढ्दा एउटै कविता वा काव्यजस्तो लाग्छ किनकि यसको बस्तुमा एकरूपता छ , त्यो बस्तुहो  दमनको निषेध, विकल्पको वरणका रूपमा क्रान्ति आह्वान । यो अशोकको काव्य मात्र नभई क्रान्तिको काव्यमात्र हुन पुगेको छ ।  होमनाथजीले यस भूमिकामा ३ पक्षमा प्रकाश पार्नु भएको छ ।यी साहित्य, सौन्दर्य, उदेश्य र विचार हुन् ।  साहित्यमा कविताका केही पंक्तिलाई उदाहरणमा ल्याएर होमनाथजीले कविले कविता र आजको प्रकृतिबारे बोल्छ कविता, क्रान्तिको वाहक हुनुपर्छ' भन्नु भएको छ । पुन होमनाथजीले सौन्दर्यमा अशोकका कवितामा पीडाजन्य विद्रोह, वीरताको स्वर मुखरित भएको, स्वाभीमानी लडाइ जिन्ददमा प्रजातन्त्र र मानवतावादप्रति व्यङ्ग्य अलंकार र काम लाम जस्ता अन्त्यानुप्रास, बड छन्द, झ्याउरे लय, गेयत्मकता, बिम्ब, र प्रतीकको प्रयोग, सौन्दर्यको अपेक्षा विरोध, विद्रोह, निषेध, अनास्था अस्वीकृतिका स्वर, क्रान्तिका व्यन्जनाले यो कृति व्याप्त भएको माक्र्सवादी सौन्दर्यशास्त्रीय चिन्तनको कसिमा कस्न योग्य  सीप र भाषाको ज्ञानमा  प्रखर दक्षता भएको कथनशैलीमा व्याप्त सौन्दर्यको अनुसन्धान अझै अनुसन्धेय भएका विवरण यहाँ आएका छन् ।
उदेश्य र विचार सम्बन्धमा होमनाथजीले लेख्नु हुन्छ –'कविले उपदेश नदिई मानव जीवनका वास्तविक ऐतिहासिक चित्र प्रस्तुत गरेको, विगत, वर्तमान र भविष्य सिंगो जीवनका चित्रण भएको यो रचना समाजवादी यथार्थवादको यथार्थ उदाहरण हो' र 'यो रचना पार्थक्य, पासविकता, रहस्यात्मकता र पलायन जस्ता प्रवृत्तिबाट मुक्त छ ।' यी कवितामा भुटानी जेल परेका नेता टेकनाथ रिजाल र पेरुका गोन्जालोका प्रसङ्ग पनि उठाइएकाले कविता राष्ट्रियमात्र नभै अन्तराष्ट्रिय स्तरसम्म व्यापक  बनाउँदै रक्तक्रान्तिको लागि आह्वान गरेको पनि छन् ।  
कृतिका बारेमा कृतिले बर्गीययुद्ध बोकेको , त्यसमा हिजो आज र भोली चित्रित भएको र यस कृतिले भन्दै होमनाथजीले आजको भ्रष्ट, अव्यवस्था, भ्रान्ति, राष्ट्रप्रेम, प्रवासको समस्या,्र प्रजातान्त्रिक समाजको चित्रण र यसलाई मनोवैज्ञानिक, सामजिक, राजनैतिक, शैक्षिक पक्ष र जीवन दर्शनको  दृष्टिबाट पनि अध्ययन गर्न सकिन्छ किनकि यी कवितामा निम्न वर्गको चित्रण र लेखकको जनयुद्ध परक अनुभूतिको व्यापकता छ भन्ने धारणा होमनाथजीले प्रष्ट पार्नु भएको छ । यो कविताले प्रगतिशील फाँटमा नयाँ जनवादी क्रान्तिको विगुल फुकेको कलमकाागजमा जनयुद्ध क्षेडीसकेको, 'सामन्ती समाजको विनाश,र जनवादी समाजको स्थापना यस ङ्ग्रहको अभीष्टे ।' 'यो सङ्ग्रहमा कोरा भावुकता भन्दा बढी बस्तु परकता छ । कविता विचार प्रधान छन् । यो युद्धको काव्य हो यो क्रान्तिको ज्वाला हो । मुत्तिःको संकेत हो' जस्ता धारणा होमनाथजीले राख्नु भएको छ ।
 होमनाथजीले यहाँ प्रकट गर्नु भएका धारणाहरू सबै समेट्न एउटा छोटो लेखमा त्यति सहज छैन तर होमनाथजीले  यस भूमिकामा पस्केका धारणा एकसेएक वेजोड छन् यथार्थ परक र अनुकरणीय छन् । अन्त्यमा होमनाथजीको नायकप्रतिको अभिव्यक्तिलाई समावेश गर्न चाहान्छु – ' यो कविता सङ्ग्रहको नायक देशीय सामन्त, विदेशी दलाल पुँजीपति, भारतीय विस्तारवाद अमेरिकी साम्राज्यवादका विरुद्धमा उभिएको एक  क्रान्तिकारी नेपाली हो ।'
कलमाक्षरचरितम् नव्यकाव्यम् को नविनता – कलमाक्षरचरितम् नव्यकाव्यमका सिर्जनाकार हुनुहुन्छ डा. तेजकेसरि उपाध्याय । यो कृति वि.सं. २०५९ अषाढमा प्रकाशित भएको थियो र यसको प्रकाशन जयतु संस्कृतम्ले गरेको थियो र यो एउटा ज्ञानको भण्डार हो । यस काव्यकार र होमनाथ सुवेदी बीचमा भएका केही समनतालाई यहाँ दर्शाउने प्रयास पनि  भएको देखिन्छ । डा.तेजकेसरि अध्यात्ममा रमाउने र कल्पनाको  आकाशबाट सुन्दर धर्तीको कल्पना गर्ने महाकावि हुनुहुन्छ भने होमनाथजी शूक्ष्मपदार्थबाट चैतन्यको अनुभूति गर्न खोज्ने व्यत्ति हुनुहुन्छ तापनि दुवैमा आकाश जमिन जत्तिकै फरक रहेको देखिन्छ । तेजकेशरीज्यूले संस्कृतमा नवकाव्य लेख्नु त्यति सहज नभएको समय रहेको  किनकी आजको समय भनेको पाश्चात्य भाषा साहित्य र संस्कृतले दवाएको अवस्था रहेको भएकोले । होमनाथजीले पनि 'डायस्पोराको पेन' नामक महाकाव्य लेख्नु भएको छ । डा.केशरीज्यू र होमनाथ सुवेदीज्यूमा केही समानता र केही विषमता रहेका कुरा होमनाथजीले दर्शाउनु भएको छ । दुवैले महामकाव्य लेखेका छन् । दुवैका बस्तु र नाम पेन र कलनम जोडिएका छन् । दुवैले पुरानो महाकाव्यको मान्यता (सिद्धान्त) अस्वीकार गरेका छन् । कलम र पेनलाई होमनाथजीले मूलस्रोतको रुपमा पीडलाई लिनु भएको छ । होमनाथज्यूले 'रस भनेको पीडा आजको मनोविज्ञान सम्मत आत्माको धरातल हो' भन्नु हुन्छ र उहाँ ॐको अध्यात्मिक दर्शनेसम्म पुग्नु हुन्छ ।होमनाथज्यूको भनाई छ कि तेजकेशरि ज्यूको कलम ॐहुँदै अध्यात्म दर्शनबाट प्रकाशित हुन्छ । लेखन संरचनामा पनि होमनाथजीले प्रकाश पार्नु भएको छ । यो नव्यमहाकाव्य संस्कृत र नेपाली दुई भाषमा लेखिएको , आदि र अन्त्य दुबै ठाउँमा करिब एउटै पद्य दोहोरिएको र यो कलमको अध्याित्मकरूप हो भन्ने भनाइ छ होमनाथज्यूको । होमनाथज्यूले यस काव्यलाई प्रयोगवादी काव्यको रूपमा लिनु भएकोछ । मङ्गलाचरण राखेर परम्पराको अस्तित्व दर्शाएको, आदर्शवादी दर्शनमा दह्रो उभिनु भएको, अभिजात्य काव्यशास्त्रको सूत्रभन्दा पनि माथि उठेर नयाँ प्रयोगको उदद्घोष भएको, अध्यात्म र भौतिकशास्त्रको दार्शनिक सम्मिलन पाइने, काव्यमा संसार अटेको, सृष्टि स्थिति र प्रलयव्यथा यसै भित्र लुकेका, कलापक्षमा कलम ब्रह्मको व्याख्या नै यसको कथा भएको, कथानकको स्वयम् यो सागर भएकोले हजारौै कथानक बन्न सक्ने, नायकको कुरा गर्दा कलमको चरित्र हेर्द धिरोदात्त नायक भन्दा उच्च रहेको, होमनाथज्यूको महाकाव्यमा पेन नै नायक भएको, डायसपोराको पेनले ५० भन्दा बढ्ता महाकाव्य लेख्न सक्ने क्षेत्र ओगटेको कुरा होमनाथज्यूले लेख्नु भएको छ । यी दुबै महाकाव्यको आआफ्नै गरिमा रहेको,दुवै महाकाव्य नयाँ प्रयोगमा लेखिएका भनी दुई महाकाव्यको तुलना सहित को समीक्षा पढन पाउँदा मलाई पनि रमाइलो लाग्यो । समालोचनामा होमनाथज्यूले दुई  पृथक विषयका महाकाव्यलाई तुलनात्मक रूपमा सुन्दर समीक्षा गर्नु भएको छ । जस्ले गर्दा होमनाथजीको समीक्षकीय क्षमता, कौशलता, निपुणता पनि दर्शिएको छ ।  
काव्य नायिका माताप्रति श्रद्धाञ्जलि –  सागरपार बसेरा आमााको पुकार खण्डकाव्य लेख्ने व्यक्ति हुन लक्ष्मण सत्यालजी।  लक्ष्मण सत्यालजीले आफ्ना स्वर्गिय दाजु प्रेमनाथ सत्यालका गीति कवितांश माताजीको धामगमनमा समावेश गरी दाजुको नाम पनि लेखकमा राखी प्रकाशन गर्नु भएको र लेखकको यस कामप्रति भूमिकाकार होमनाथ सुवेदीजीले भन्नु हुन्छ – ' सातसमुद्रपार बसेर जसरी आमाको पुकार प्रकाशन गर्नु भयो आफ्ना आमामात्र हैन मातृ देश सम्पूर्णको लागि पुकारमात्र हैन भक्ति हो  र यो हामीमध्ये धेरैलाई अनुकरणीय प्रेम पनि हो । यस खण्डकाव्यमा सातओटा भाग छन् । २४४ श्लोक छन् । यस खण्डकाव्यको बरेमा होमनाथजी लेख्नु हुन्छ– 'यो खण्डकाव्य हो यहाँ जीवनको सागरत पक्कै खोज्नु हुन्न तैपनि थोरै मात्राले पनि यहाँ गाग्रीमा सागर भर्ने काम भएको छ । ..... यो यौटा नमुनाको खण्डकाव्यको रूपमा अगाडी सारेको छ ।'  होमनाथजीले छन्दको सूत्रलाई पनि यहाँ दर्शाउनु भएको छ । कविको कल्पना हृदय विदारक भएको, शोक काव्यमा हुनुपर्ने मार्मिक पक्ष र आमाको परमपदमा शोकको चरम अभिव्यक्ति रहेको छ । मृत्यआत्मा र र जीवात्मा बीचमा निकै नजिकको सम्बन्ध दर्शाइएको छ । होमनाथज्यूले छोटो, मीठो, भूमिका लेखेर उदहरणीय काम गर्नु भएको छ ।
प्रेम–परागभित्र पसेर निक्लँदा – यो कविता सङ्ग्रहको रचयिता रमेश सत्याल हुनुहुन्छ । उहाँले कवितालाई यसरी परिभाषित गर्नु भएको छ –
कवि–कल्पना रचना सीपको सपना कविता
जीवनको दर्पण कविताको वास्तविकता
बास्तवमा कविताको परिभाषा कविहरूले आफ्नै किसिमले गर्नु भएको छ । होमनाथजीको कविसम्बन्धमा यसो भन्नु हुन्छ –'प्रत्येक व्यक्ति स्वयम कवि बन्न सक्छन् तर हरेक कविले बनाएको कविता कविता नहुनसक्छ ।' प्रेम परागको नामकरण सार्थक नै रहेको, यस कृतिमा गद्यकविताको वाहुल्यता रहेको छ । छन्दमा उदारवादी दर्शिएका छन् । यस सङ्ग्रहमा मुक्तक, गजल र गीति कविता पनि समावेस गरिएको पाइन्छ । कवितामा गेयत्मकता, गाम्भीर्यता, सौन्दर्यता, गति यति लय र छन्दमा विविधता अध्ययनमा रमणीयता रहेको, समसामयिकता, जीवनक्रम खोज्नसकिने, बस्तुजगत्मा अस्तित्वको अनुबन्धन,  निजी प्रेम र महत्मा समर्पित , शान्ति र सहिष्णुताको जीवन दर्शनलाई अगाडी बढाउनु, प्रजातन्त्रले जनतालाई राहत दिन नसकेको, नेताको स्वर्थपूर्ति, लेखन प्रवृत्तिमा मौलिकता उन्मुख, कविताले अविरल र असीम माया बोकेको, मानवमा चिन्तनशीलता हुनु पर्ने आदि थुप्रै धारणाहरू होमनाथज्यूले प्रष्ट पार्नु भएको छ । होमनाथजीको विश्लेषणमा गहन्ता छ । उहाँले सिर्जनाको गहिराइमा पुगेर सुकृति र विकृतिलाई मन्थन गरेर अमृत र विषलाई छुट्ट्याउने क्षमता राख्नुहुन्छ ।
आत्म–वृतान्भित्र आत्मा – यो यस कृतिको अन्तिम लेख हो । यो पनि भूमिका लेखन हो । होमनाथज्यूले निवृत्त दिनचर्याबाट तलको लाइनलाई सुरुमा नै उल्लेख गर्नु भएको छ –'जीवन बिताउनको लागि मिलेको हो , यसबाट   भाग्न र हतास हुनको लागि होइन ।' यसैलाई विश्लेषण गर्दै कृतिको निष्कर्ष होमनाथजीले यसरी गर्नु भएको छ–'उपर्युक्त सूक्ति यही आत्म वृतान्तको अन्तिम बाक्य हो र यो यस कृतिको प्राप्ति हो, साधारणी करण हो, दण्डपानी आचार्यको जीवनको सार पनि  यही हो ।' यस कृतिको अध्ययन गर्दा आनन्दको अनुभूति  हुनु, पढेको स्वाद हृदयमा गढी रहनु, आत्मकथा सबैलाई आल्हादित बनाउने खालको भएको, आत्म–वृतान्त कविता मय रहेको, आत्म वृतान्त भए पनि औपन्यासिक धरातल छुन सफल रहेको जस्ता धारणा राख्दै होमनाथज्यूले यस कृतिबारे लेख्नुहुन्छ–' समसामयिक  म्याग्दीको समाजको शिक्षा,शिक्षण, सामाजिक रीतिरिवाज,रहनसहन धर्मसंस्कृति र परम्परा,आदि समाज व्यवस्था, र अवस्थालाई मसिन्याएर लेखी पाठकले थाहै नपाउने किसिमले त्यसको छाप छोडन यो कृति सफल छ । '  यो कृति कलाको दृष्टिले शब्दार्थ वैचित्र्यको प्रयोग उक्तम, श्लेष अलङ्कारको प्रयोगमा कुशलता, स्थानीय भाषिकाको प्रयोगले कान्ति जडान गरेको आदि धारणा यहा आएका छन् । जीवनका विविध धारणा आएको पाइन्छ तर यहाँ होमनाथज्यूले जीवनलाई यसरी प्रस्तुत गर्नु भएको छ –'जीवन एक धारणा हो र यो एउटा स्मृति–बिम्बमा प्रतिबिम्बित हुन्छ ।' शरीर मरेर जान्छ आत्मा मर्दैन शब्द ब्रह्ममा भने यो जीवन सजीव रहन्छ भन्ने धारणाको साथै होमनाथजीले यस कृतिको भूमिकालाई यसरी समाप्त गर्नु भएको छ –'लेखनमा छलकपट कत्ति पनि छैन । यो लेखकको इमान्दारीताको हद हो । शायद यो कृतिको सौन्दर्य र सफलताको जादूगरी मन्त्र  पनि यही हो कि।'  
होमनाथजीको समालोचना लेखन र भूमिका लेखन अति गहन रूपमा आएका छन् । शीर्षकीकरण पनि सार्थक छ । भाषा शिष्ट, विशिष्ट कतै कतै क्लिष्ट पनि छ । फाटफुट अंग्रेजी ् संस्कृतले पनि स्थान लिएको छ ।साधारण पाठकलाई भन्दा वौधिक पाठक, समालोचक, भूमिकाकारको लागि राम्रो खुराक बन्न सक्छ । सुन्दर विश्लेषण भएको पाइन्छ र होमनाथजी स्वयम् एक विशिष्ट समालोचक हुनुहुन्छ । त्यसोहुँदा उहाँको समालोचनाको कृतिमा समालोचना गर्नु भनेको सूर्यको अगाडी टुकीले प्रकाश छर्नु समान हो । जे होस् उहाँको कृति सघनरूपमा पढें र केही कोर्ने प्रयास पनि गरे भन्दै होमनाथको सुस्वास्थ ् दीर्घआयुको कामना गर्दै विदा चाहान्छु ।  
धन्यवाद
साउन संक्रान्ति। २०८१, कावासोती नवलपुर , गण्डकी प्रदेश ।