कथा
सदानन्द अभागी
हाम्रो समाजमा छोराको महत्व निकै ठूलो छ । हुन त छारीको महत्व पनि कम त होइन तर मानिसले छोरो नभएसम्म ऊ सन्तोष लिदैंन । आजको जमानामा सबैको चाहना छोटो परिवार होस् भन्ने नै हुन्छ तर छोरीको लाइन लामो भयो भने ऊ परिवार नियोजन गर्न चाँहदैन । छोरो जन्माउने चाहनाले उसलाई सताउँछ ।हिजोको कु्रा गर्ने हो भने छोरा पाउनका लगि दुई तीन विवाह गर्ने चलन थियो । यसो गर्दा छोरी जन्माउने काम बढ्दै जान्थ्यो तर पनि मानिस छोराको चाहनामा सन्तान उत्पादनमा थाक्दैनथे । जबसम्म छोरा पैदाहुन्न तवसम्म सन्तान जन्माउने काम थामिदैनथ्यो । समयचक्रले अलिकति फरक पार्दो रहेछ । हिजो भन्दा आज सन्तान जन्माउने क्रममा अलिक सुधार देखिन थालेको छ । हामी द्ई हाम्रा दुईको नाराले पनि मानिसलाई अलिकति प्रभाव पारेको पाइन्छ । हाम्रा दुई भन्दा पनि एक छोरा एक छोरी भनिन्छ । छोराको नाम पहिलो उच्चारणमा आउँछ । छोरापछि मात्र छोरीको नाम लिइन्छ । यो विभेद हो । हुनत घरमा छोरीको जन्म भयो भने कतै कतै घरमा लक्ष्मी आइन् त भनिन्छ कुनै समाजमा छोरीको जन्म भयो भने खुसीयाली नमनाएर दुखित भएको पनि पाइन्छ । जेहोस् सृष्टि सिर्जनामा दुबैको महत्वलाई तुलना गर्दा पुरुष भन्दा महिलाको महत्व अधिक हुन्छ ।
धार्मिक दृष्टिकोणबाट पनि छोरी भन्दा छारालाई महत्व दिएको पाइन्छ । पिण्डपानी दिन अन्तिम संस्कार गर्न छोरी हैन छोरा नै चाहिन्छ । आजकल छोराछोरीमा कुनै भेदभाव छैन भनिन्छ तर पनि अन्तिम संस्कारमा पिण्डपानी दिन भने छोरी हैन छोरा नै चाहिन्छ भन्ने धारणाले गर्दा विभेद देखिन्छ । छोराछोरीको आवश्यक्ता किन ? सर्वप्रथम सृष्टि सञ्चालनको लागि बाबुपछि छोरा छोरापछि नाति गर्दै पुस्ता हस्तान्तरणको कर्म जारी रहनु स्वभाविक हुन्छ । अर्को कुरा मानिस स्वार्थी हुन्छ । सानामा छोरा छोरीलाई लालनपालन गरेपछि बृद्धपामा छोराछारीले पनि हेरचाह गर्लान भनेर लालन पालन माया ममता आदानप्रदान गरिने गरिन्छ । तर मातृभक्त पृतिभक्त छोराछोरी आजको जमानामा पाउन त्यति सहज छैन । यहाँ एउटा घटनालाई उल्लेख गर्न चाहान्छु । रामप्रसादका दुई भाइ छोरा र दुई बहिनी छोरी काखमा छन् । उनी गरिब छन् । ऊ आफै निकै कमजोड छन् । श्रीमतीको अवस्था यो भन्दा अझै निकै खराव छ । श्रीमतीको नाम जानकी देवी हो । जानकी देवी मध्यम खाले परिवारमा जन्मेकी हुन् । घरमा ठूलो परिवार, आयस्रोतको कमीको कारणले गर्दा कुपोषणको शिकार सबै केटाकेटी भएका थिए । कुपोषणले ग्रसित जीवनमा शरीरका सम्पूर्ण भाग राम्रोसँग विकसित हुन सकेनन् । पढाइ पनि राम्ररी हुन सकेन । विवाहको समय आयो । विवाह पनि मध्यम खाले परिवारमा नै भयो । विवाह लेकाली भेगमा भएको हुँदा लेक र व्याँसी उनको कर्मक्षेत्र रह्यो। व्याँसीमा हुर्केकी नानी, शरीरको निर्वलता, लेकमा रहँदा हावापानीले साथ दिएन कठिन परिश्रम गर्नुपर्दा शरीर अझै खिइदै गयो । घरकाले सके काम लिने नसके माइत पठाउने गर्न थाले । माइतमा पनि भाउजु र बुहारीको तीता कुराहरू निकै सुन्न प¥यो । 'घरखान नसकेकी' शब्द मुटुमा च्यास्से विझो । पल्लाघरे दाईलाई रुँदै आफ्ना विलौना सुनाइन् । उनलाई श्रीमतीको खाँचो थियो । एक अर्काले मुटुजोडे । नयाँ जीवन, नयाँ संसार, नयाँ परिवेश, दुबै विदेश हानिए । के हुनु थियो र बर्म गए कर्म सँगै नेपाल गए कपाल सँगै । यहाँ यिनी दुईको कमाइ राम्रो हुन सकेन । सन्तोषको कुरा छोरा जन्म्यो जानकी देवी निकै रमाइन् । मलाई पाल्ने छोरो भनिन् । वर्ष वित्तै गए केटाकेटी थपिदै गए । आमाले जेठो छोरालालाई कुनै कुरामा कमीआउन दिइनन् । छोरीहरूलाई सबैकाम गराउने । हरेक गल्ती औंल्याउने, घरबाट बाहिर जाँदा पनि निगरानी राख्ने । कडा अनुशासनले गर्दा छोरीहरू पढ्दै गए बढ्दै गए। शीलस्वभाव पनि राम्रो हुँदै गयो । केटाहरूले बिना दाइजो विवाह गर्न तयार भए । दुबै छोरीले राम्रो घरका केटाहरूसँग विवाह भयो । छोराले घरमा पैसाहोस् नहोस् आमा बाबासँग पैसा माग्न थाल्यो । नदिए रडाको मचाउन थाल्यो । हातपात गर्न थाल्यो । पढाइ पनि बीचैमा छाडो । तब पनि आमाको अन्धो मायाले थाहा पाउन सकेन ।विदेश पठाइन् । हात केही लागेन । विदेशबाट आएपछि विवाह गरिदिइन् । बुहारी सज्जन थिइ । उसका गहना सबै बेचेर रक्सी खान थाल्यो । एउटा छोरा पनि जन्मियो । घरमा झगडाले उग्ररूप लियो श्रीमतीका कपलाका रौं एक एक गनिए । शरीरभरी नीलडामले भरिए । बाध्यताले ज्यान बचाउन घर त्यागियो । जानकीले मलाई पाल्ने छोरा भने निकै मायाले हुर्काएको छोराले जब साँझ पर्न थाल्छ हरेक दिन आमासँग पैसा माग्न थाल्छ । न जागिर छ म कामगरेर पैसा आर्जन गर्ने शक्ति छ । आमाले पैसा कहाँबाट दिनु । पैसा नपाएको झोकमा आमा बाबालाई कुटिन्छ । जानकी देवी र रामप्रसाद आज छोराको पिटाइले हस्पिटलको शैयामा मरणासन्न अवस्थामा पल्टिरहेका छन् । छोरीले बाबाआमालाई उपचार गराइ रहेकी छन् । छोरालाई गाउँलेले प्रहरी चौकीमा बुझाएका छन् ।
धन्यवाद
कावासोती , २०८१ साल श्रावण ३ गते ।
ं

No comments:
Post a Comment