खड्गोसँग पाँठेजोरी खेल्दा, एक विवेचना र अनुभूति
सदानन्द अभागी
नेपाली बृहत् शव्दकोषमा हेर्दा खड्गोलार्ई यसरी परिभाषित गरेको पाइन्छ –''ज्योतिषशास्त्र राशिअनुसार जन्म कृण्डलीमा मारकेश स्थान अर्थात लग्नदेखि दोस्रो र सातौं स्थानमा पर्ने राशिका स्वामीको भोग परेको समय वा त्यस्तो समयमा परेका व्यक्तिलार्ई ठूलो आपत्ति आइपर्ने र मरणासन्न बिरामी हुने अवस्थामा पु¥याउँछ भनि मानिने जोग । बोलीचालिमा खड्गो भन्दा मर्ने योग परेको समय जस्मा विरामी मानिस मर्न सक्ने अवस्थामा पुग्नु या मर्नु भन्ने जनाउँछ । यो अवस्थालार्ई पारगरेपछि खड्गो काट्नु या पार लगाउनु भन्ने बुझिन्छ । मानिसका जीवनमा यति ओटा खड्गो छन् यी पार गरेमा मानिस यति उमेरसम्म बाँच्न सक्छ र पुन अर्को खड्गो आउन सक्छ भन्ने कुरा ज्योतिषशास्त्रीहरूले बताउँछन् । चिना( जन्म कुण्डली) ठीक मिलेको छ र दक्ष ज्योतिषशास्त्री छ भने उसले चिना हेरेर भनेका कुराहरू पुग्न जान्छन् । पहिला पहिला मैले चिना हेराउने कामलार्ई त्यति विश्वास गर्दैनथें । पारिवारिक घटनाक्रममा चिना हेराउने काम हुँदा केही घटना ज्योतिषशास्त्रीले भनेबमोजिम मिलेको हुँदा ममा विश्वास बढेर आयो ।मानिसका जीवनमा धेरै घटनाहरू घट्छन् । कोही साना हुन्छन् भने कुनै मरणासन्न अवस्थाका हुन्छन् । जीवन संघर्ष हो । विभिन्न संघर्षबाट सफलता प्राप्त गर्नु नै सफल जीवन हो । मैले पनि जीवनमा धेरै संघर्ष गरें । यी संघर्षबाट सफल भएँ अर्थात ज्योतिषशास्त्रीहरूको भाषामा खड्गो काटें । ज्योतिषशास्त्रीहरूले भूतकालमा, वर्तमानकाल र भविष्यमा घट्ने घटनाहरूलार्ई बताए अनुसार आज मैले आफ्नै कति खड्गोहरू काटेर त्यस समयको कस्तो अनुभूति भयो त भन्ने धारणालार्ई यहाँ बताउन गइरहेको छु । हरेक चीजको प्रमाणीकरणको लागि मितिको जानकारी हुन आवश्यक हुन्छ तर मैले मिति या दैनिक घटनाक्रमलार्ई अभिलेख राख्ने गरेको छैन । त्यसले गर्दा यहाँ उल्लेखित घटनाकर्म कति वेला कुन महिना कुन वर्ष घटेको भन्न सकिने अवस्था छैन । मित्र नारायणप्रसाद तिवारी (गैडाकोट निवासी)ले म बिमार भएको अवस्थामा अनुभूति कस्तो हुँदोरहेछ एउटा लेख, लेख भन्नु भएकोले आज कलम चलाउँदै छु । सानातिना घटनाहरू धेरै घटे तर यहाँ देखाइएका घटनाहरू मृत्युवरण गर्ने खालका थिए र छन् ।
मेरो पहिलो खड्गो –राणाकालमा जन्मे(बि.सं.२००३) । प्रजातन्त्रमा हुर्के । पढ्न जाने समयमा (म निकै सानो छँदा करिव ७÷८ वर्षमा) गोरु चराउन खेतमा लाने गर्दथे । पढ्नको लागि स्कुल थिएनन् । एकदिन गोरु लाहुरे सापकोटाको खेतमा (जहाँ मकै छरिएको थिएन ) चराउन लिजुवाइँएर गएको थिएँ । साल थाहा नभए पनि महिना भने जेठ थियो ।गोरु अति सागुरो गह्रामा गयो । फर्कन त्यति सहज थिएन र त्यहाँ भन्दा अगाडि बढे गोरु फर्कन नसकी अग्लो कान्लो बाट लडेर मथ्र्यो । बाल बुद्धिले काम गरेन । गोरुको पुच्छर समातेर फर्काउन खोज्दा गोरु त एनकेन फक्र्यो म भने त्यो अग्लो कान्लोबाट खसें । तल दर्शन ढुङ्गाको ठूलो चट्टान थियो । त्यो चट्टानमा डाँडाका कान्छाबा बस्नु भएको थियो । उहाँले चट्टानमा पर्न नदिएर बीचैमा समात्नु भयो । म खसेकोमा सबैले राम राम भने तर म भने सकुसल बाँचे । कसैले गाली गरे, कसैले ठूलो खड्गोबाट बचेको कुरा सुनाए । म भने थरथरी कामि रहेको थिएँ । म गोरु लिएर घर आउने साहस भएन । निकै कमजोड भएको महसुस भयो । आमा गएर गोरु र मलार्ई लिएर घर आउनु भयो ।
मेरो दोस्रो खड्गो – वि.सं. २०७८ सालको दशैंको कुरा हो । दशैंमा मेरो हातबाट टीका थाप्नेको संख्या निकै ठूलो हुन्थ्यो । यसपटक टीका थाप्ने मानिसको संख्या कतै सुत्केरो र कतै जुठो परेको हुँदा निकै कम भयो । चितवनको बुढौलीमा मेरी माइजू बस्नुहुन्छ । ८४ वषर््ा काटीसक्नु भएको हुनाले उहाँको हातको टीका लगाउन मनले माग्यो । मेरा खगेस्वर जुवाइँलार्ई मैले बुढौली जाउँ भने उहाँले सहस्र स्वीकार्नु भयो । गैडाकोट मेरो भाइकोमा जुवाइँले टीका लगाउने कुरा निकाल्नु भयो । मैले हुन्छ जाउँ भनेर भाइको घरमा गयांै. । टीकालगाएर बुढौली जाने कुरा चलेपछि भाइले पनि नारायणघाट गएर बस लिने त्यहाँसम्म जुवाइँको मोटरसािइकलमा जाने भनेर हामी नारायणघाटतिर लागेम् ।दशैंको दिन भएकोले मोटरसाइकलमा तीनजना हिडेको देखेपछि हामी पनि अगाडि बढ्यौं । ज्यामिरे पुग्नलार्ई करिव १ किलोमिटर हुँदोहो । हामीले ओभर टेक गर्न खोज्यौ तर बस पेलेर आएपछि मोटरसाइकल खडा गरेर साइडतिर लाग्ने गरी उभियौं । कार रफ्तारमा आएर हामी माथि चढ्यो । हामी रोडमा हामी माथि मोटरसाइकल र मोटरसाइल माथि कार भयो । मोटरसाइकल चलेको अवस्थामा हुन्थ्यो भने ठूलो दुर्घटना हुन्थ्यो । जुवाइँको दाहिने खुट्टा भाँचियो, मेरो दाहिने खुट्टामा दुई ठाउँमा पोलेका जस्ता दुई घाउ भए । संयोगबस भाइलार्ई कुनै घाउ देखिएन । हामी लडेको ठाउँबाट मानिसहरू फटाफट आएर समाएर बाटो भन्दा बाहिर ल्याए । यस पटक के भएको हो भन्ने थाहै भएन जस्तो लाग्यो भनौ या के भनौं । दिमाग खाली भयो आवाज निस्कन सकेन आफन्त आए । उनीहरूलार्ई ट्वालट्वाल्ती हेर्ने बाहेक कुनै बिचार प्रकट भएन । हामीलार्ई सि.एम्.सी भरतपुरमा ल्याएर भर्ना गरियो । एक महिनासम्म मैले कष्ट भोग्न प¥यो । दाहिने खुट्टाबाट पानी निकालेर फाल्न प¥यो । पानी फाल्ने कुरामा डाक्टरको एकमत देखिएन । कुनै डाक्टरले पानी निकाल्न राम्रो हुँदैन शरीरमै दवाइबाट सुकाउनु पर्छ भने । मैले उपचार गराएको डाक्टरले भने एक दिन विराएर पानी निकाल्दै गए । केही समयपछि पानी निकाल्न छाडियो ।एक महिनामा पछि बिस्तारै हिडडुल गर्न त सके तर बसेर दिसापिसाब गर्न भने मलार्ई निकै कठिन भयो । अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्न प¥यो । हालसम्म पनि साधारणा शौचालयमा दिशा गर्न निकै कठिन हुन्छ । बाँचेकोमा भगवानको नाम लिएँ । ्
मेरो तेस्रो खड्गो– यसै वर्षको फागुनमा पर्वत ग्यादीचौरमा मेरो भतिजीको विवाह थियो । फागुन तीन गते म अम्बिका भतिजी , भतिजी जुवाइँ र उनका छोराछारी गरी ५ जना हामी पर्वततिर लागियो। जुवाइँको आफ्नै गाडी भएकोले सहजसँग पर्वत पुगियो । पर्वत पुग्दा कोही गेट बनाउँदै ,कोही ४ गतेको खानाको लागि खसी काटने, तरकारी छिल्ने काम भै रहेको पाउँदा रमाइलो लाग्यो । हामी पनि काममा सहभागी भयौ । ४ गते विवाहको रमाइलो मै वित्यो । ५ गते खाना नखाई चितवनतिर लागियो । मलार्ई ग्यास्ट्रिक लगायत जरोले समाति सकेको रहेछ । पेट फुल्न थाल्यो, खाना मन लागेन, भोकै कावासोती फर्के । ६ गते वेलुकाबाट शरीर काम्न थल्यो । सि.एम. सी. भरतपुरमा गएर भर्ना भएँ । जरो कम होला भन्दा दिन प्रतिदिन चाप्दै जान थाल्यो । जरो कन्ट्रल यहाँ हुँदैन भने काठमाडौ लाने भन्ने कुरा छोराहरूले चलाए । अब हामी दुई दिन हेर्छौ जरो नथामिएमा हामीले सल्लाह दिने छौ भनेर सुझाव पाइयो । कडा औषधी प्रयोग भएको र सुगर निकै बढ्छ नआत्तिनुहोस् भन्दै दवाई खुवाइयो । एकातिर सुगर बढेर गयो शरीर निकै कमजोड भयो । मेरो आडैको बिस्तारामा एक जना महिला थिइन् । उनको स्वर्गबास भयो । मलार्ई भेट गर्न आउने नातापाताको संख्या पनि निकै बढेर गयो । भेट्न आउनेको ताँती बढेपछि त मेरो मस्तिष्कमा अनौठो भावना खेल्न थाल्यो । मस्तिष्कमा गलत भावनाले स्थान लियो । म मर्ने समय आए छ । नत्र यति धेरै मानिस किन आउनु । मेरो दिमाखमा यस्तै यस्तै भावनाले स्थान लियो । म टोलाउन थाले । छोराछोरीले किन टोलाएको भन्न थाले । मैले केही होइन भनेर जवाफ दिन्थे । बाँचने आयु भएपछि कता कता मनमा एउटा दीर्घसङ्कल्पले जन्म लियो । जन्मेपछि त मर्नु निर्विकल्प नै हो । मर्नुबाट के को डर ? अव त मेरो मनको डर भाग्यो । चेहेरा चिल्लो भएर आयो अरे । म हँसिलो देखिएँ अरे । जरो घट्दै गयो । भोक लाग्न थाल्यो । खाटबाट तल झर्न पनि आँट आउन थाल्यो । अस्पतालबाट विदा भएर घरमा आएँ । गाउँका दाजुभाइ छर छिमेकीहरूसँग भेट भएपछि म निकै रमाएँ । मेरो आधा बिमार त गाउँको वातावरणले नै भगायो ।
मेरो चौथो खड्गो – यो घटना अप्रिय हुँदाहुँदै पनि अलि अनौठो खालको छ । मिति वि.सं. २०७९ साल असार ७ गते घटेको यो घटना कावासोती नगरपालिकाको २ नम्बर ओडाको मुख्य बजार पञ्चकन्या चोकको नजिकै योगप्रसाद रिजालको घर अघिको हो । म र योगप्रसाद रिजाल रिजालको घरबाट दुम्किबास ज्येष्ठ नागरिक नगरसंघका अध्यक्ष वितेको हुँदा सोकसभा सहभागीको लागि जान निक्लेका थियौंं । अचानक बँदेल आएर आक्रमण गरेछ । मलार्ई थाहा भएन । म वेहोस भएर लडेछु । योगप्रसालार्ई पिडौलामा मजाले हानेछ । पिडौंला सुनिएको थियो । तत्कालै एउटा टेक्सी कता जान आएको रहेछ । बुढोत मरेजस्तो छ तैपनि अस्पताल लगौं भनेर नवलपुर अहस्पतालमा लगे छन् । मेरो देबे्रकोखादेखि नाभीको छेउसम्म पूजामा पण्डितले रेखीहाले झै पातलो तरिकाले छालाको भाग उप्कायर छाडे छ, बोसोको तहले आन्द्रा भुँडी बाहिर निक्लनबाट जोगिएछ । गर्मी समय भए पनि मैले अलिक बाक्लो कमेज लगाएको थिएँ , त्यसलार्ई छेडेर करङमा दारा पुगे जस्तो लाग्यो । मेरो कमिजमा रगत देखिएको थियो । त्यो सेतो धर्सा आज पनि देखिन्छ । म होसमा आउँदा नवलपुरको आकस्मिक कोठाको बिस्तरामा पल्टिरहेको थिएँ । खाटको ओरिपरि मानिसहरूले घेरेका थिए । योगप्रसाद रिजालका सबै परिवर त्यहाँ उपस्थित थिए । केही क्षणमा पुलिसहरू पनि आए र जानकारी लिएर गए । म अन्यौलमा परें । सोच्दै नसोचेको यस्तो घटनाले मलार्ई आश्चर्य तुल्यायो । अरु मानिसहरू पनि आश्चर्य माने । कसैले बराहले माया गरेर गएछ भने, कसैले झण्डै आन्द्राभुँडी ननिक्लेको भने, कसैले अव चौरासीसम्म त सहजै बाँच्छस् भन्न थाले । त्यसदिन म लगायत ६ जनासँग बँदेलको जम्काभेट भएछ । आखिर जिल्ला प्रहरी कार्यालय हुँदै जङ्गलतिर प्रवेश गरेछ । सबै हेरेको हेरै भए छन् ।
पाँचौं खड्को– अक्टुवर १ मा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएर म काठमाडौतिर लागें । म विमारी अवस्थामा नै थिए । नजाउँ भने टिकट काटीसकिएको थियो । जाउँ भने बिमारी अवस्थामा छु । देशका ठूलाबडा नेताहरू उपचार ग।ाउन अमेरिका जान्छन् भने म बिरामी भए अमेरिका मै औषधी गराउनु पर्ला भन्ने शोचमा अमेरिका जाने निर्णय लिएँ र अमेरिका गएँ । त्यहाँ पुगेपछि थाहा लाग्यो कि उपचार गराउन निकै महगो रहेछ । तातो पानीकै भरमा बसियो । रोगले बढता दुःख दिएन । ३ महिना बसियो र फर्केर नेपाल आइयो । अमेरिका यात्राको सानो एउटा पुस्तक तयार गर्ने काम भयो । किताप तयार त भयो तर प्रकाशन गर्न भने सकेको छैन । २०८० –१०– २२ मा वीरहस्पिटलमा विमारी भएर भर्ना भएँ र २०८०–११– १३मा अस्पतालबाट निस्केर घरमा आएँ । यसपटकको अस्पताल बसाई निकै कष्टकर भयो । अस्पताल गएको दाहिने पेटको तल्लो भाग दुःखेर भर्ना हुन पुगेको । फोक्सोमा पानी जमेको भनी फोक्सोबाट ७०० एमएल पानी निकालियो र टि.बी.को औषधी चलाईयो । पेटको कुनै दवाइ भएन । साथमा तारा भाइ थिए । विहानको खाना ल्याउे काम छोरा जगतले गर्दथे । छोरा भेषराज समय मिलाएर साथमा हुन्थे । राती छोरा जगत मेरो साथमा हुन्थे । मासु अण्डा, दाल तरकारी छोरा जगते ल्याउने गर्दथे, दाल बाहेक कुनै खाना खान भने सक्दैनथें । उराठ लाग्थ्यो । नजिकका इष्टमित्र बाहेक म रिामी भएको कर्सैलार्ई थाहा थिएन । फेसबुकमा राख्न पनि छोराले मानेन् । मेरो मोबायल पनि यसै समयमा विग्रेको हुँदा मैले पनि कसैसँग सम्पर्क गर्न सकिन । म वीरअस्पतालमा २२ दिन बस्दा सबैले थाहा पाउन सकेनन् । कता कता साहित्यकार नवराज रिजाललार्ई भने जानकारी पुगेछ । उहाँ भने मलार्ई भेट्नको लागि आउनु भयो । बुहारी दोय विमला र भावना भेट गर्न शनिबार भने नाति नातिनी सहित र अरू बेला आआफ्नै तरिकाले आइनै रहे । छोरी इन्दिरा नातिनी दोय जुवाइँ चन्द्रविलास भूर्तेल, सीता भतिजी, नाति जीवन र जुवाइँ चुडामणि, पर्वत ज्ञादीबाट जेठान करुणाराज लामिछने, साला राजिव, लगायतका घरपरिवरका सदस्यहरू ( छोरीहरू राधायसोदा, उमा ) इन्द्र जुवाइँ, मेरा दुवै श्रीमती डिलकुमारी र पार्वती नातेदारको उपस्थिति रह्यो । उपचारका लागि केही रुपियाँ मेरो पैन्टको गोजीमा थिए । धेरै असक्त हुँदा पनि मेरो हात गोजीमा पुग्दा रहेछन् । पैसा हराउँछ भन्ने चेतना भने जागा नै रहेछ । त्यो कुरा मेरो श्रीमतीलेपछि सुनाइन् ।हस्पिटलमा समय समयमा सेवा दिने त नर्स नै हुन्छन् । समयमा दवाई खुवाउने, सलाईन चढाउने, इन्जेक्सन लगाउने, विमारीलाई सचेत गराउने काम उनीहरूको नै हुन्छ । वीरहस्पिटनमा २२ दिनको बसाइमा मैले तीन जना नर्सको आदरता निकै ठूलो पाएँ । आउँदा बाँ नमस्कार कस्तो छ हजुरलार्ई भन्ने सोधाइ र जाने बेलामा पनि बा म घरतिर लागें भन्ने समय समयमा दवाई पानी गर्दा पनि मीठो बोलीको व्यवहार देख्दा मेरो बिमार कम भएको अनुभूति हुन्थ्यो । एक जान अधबैंसै नर्सले लामो समयसम्म दबाई खाइरहनपर्दा अस्पतालमा बस्नु भन्दा त घरमा जानु राम्रो हुने धारणा राखिन् । हुन पनि हो मेरो हकमा टिबी भनेपछि ६ महिना दबाइ खानु पर्ने भएकोले अरु के नै काम हुन्थ्यो र उनले अस्पताल भन्दा घर किन राम्रो हुन्छ भन्ने धारणा पनि यसरी राखिन् । अस्पतालमा कमजोरी अवस्थामा धेरै रोगले आक्रमण गर्ने,घरमा सुरक्षित भइने, खानपानको व्यवस्था राम्रो हुने । वातावरण पनि राम्रो हुने, आफन्तसँग भेटघाट हुने आदि कुरा सुन्दा मलार्ई सही कुराजस्तो लाग्यो ।एकातिर ती अधबैंसे नर्सको यस्तो सुझाव अर्कोतिर छोराले दिल्ली लाने तरखर, मेरी जेठी श्रीमतीको घरमा लगेर वैतरणी गराई दिने धारणा, डाक्टरहरूले हस्पिटलमा राख्न पर्ने कुरा सबै सुन्दै गएको थिएँ । तल्लोपेटको मन्द मन्द दुखाई यथावत कायमै थियो । यसतर्फ कसैले ध्यानै दिएनन् । जरोआउने समय लम्बिंदै थियो । टिबीको दवाइ खाने र जरो आए दुई टेबलेट सिटामोल खाने, दिनभर विस्तरामा सुत्ने बाहेक कुनै कामै थिएन । म निकै कमजोड त छदै थिएँ । खाना पटक्के रुच्दैनथ्यो । एक कचौरा दालको भरमा दिन बित्तथ्यो । एक मनले भन्थ्यो अठहत्तर वर्षको उमेरमा अस्पतालमा बसेर अर्थहीन बाँचेर र के औचित्य भन्ने मनले सोच्दथ्यो । अर्को मनले भन्दथ्यो विमार सन्चो भएमा अझै केही न केही गर्न त सक्छुनी । किन यस्तो निराशा बोक्ने । मनले भन्छ – ''सिर्जनशील व्यक्ति कहिल्यै बुढो हुँदैन । तँ अझै ब्ुढो भएको छैनस् । किनकी तँ मा केही न केही गरौं भन्ने धारणा छ ।" यस्तै यस्तै धारणा मनमा खेलाउँदा खेलाउँदै एक टोली डाक्टरहरू बा के छ ? हालखवर भन्दै आए ठीकै छ भन्ने जवाफ दिएँ र भने अब म घर जान्छु । तर डाक्टरहरूले तपाइँलार्ई यस्तो अवस्थामा घर पठाउन सक्दिैन । मैले प्रश्न राखें किन ? तपाइँलार्ई जरो आइरहेको छ । निकै कमजोड हुनुहुन्छ । वान्ता हुन सक्छ । त्यसो हुँदा अझै एक हप्ताजति बस्नु होस् अनि बिचार गरौंला । मैले डाक्टरलार्ई सोधे जरो आउँदा सिटामोल खाने न हो अनि टिबीको दवाई खाने हो । अरू दवाइ त मैले खान परेको छैन । यी दवाइत मैले घरमा बसेर पनि खान सक्छु । १७÷१८ दिन हुन थाल्यो म झन भन्दा झन सकिदै गएको छु यही अबस्था रह्यो भने त म चाँडै नै यस लोकलाई छाड्छु । तर डाक्टरहरू सुन्ने वाला छैनन् र छोराहरू पनि यस्तो अवस्थामा घर पठाउन सहमत देखिदैनन् ।डाक्टरहरूले काठमाडौमा बस्ने सल्लाह दिन्छन् । मलार्ई काठमाडौमा बस्ने मन नै छैन । मेरो हठको अगाडी कसैको केही लागेन । म कावासोतीको घरमा आउन सफल भएँ । जहाजबाट भरतपुर हुँदै म कावासोती साँढमा आएँ । यस समयमा मेरा नजरले ३ जना मानिसलार्ई खोज्यो । मानिसलार्ई प्राण जान धौ भएपछि इच्छा के छ भनि सोधनी गरिन्छ । सायद मेरो अन्तिम धोको त होइन भन्ने अनुभूति गरे । एक जना स्याङ्जा गएका रहेछन् पछि भेट भयो तर दुई जनामा एक जनाले म आउँछु भनेर पनि आउनु भएन । अर्कासँग कुरै भएनन् । म क्रमैसँग निको हुँदै गएँ । छ महिनासम्म टिबीको दवाई खाएँ । मधुमेहको उपचार भन्दा अरू केही उपचार गर्न परेन तर दाहिनेकोखो भने दुःखि नै रह्यो । यो दुखाईलार्ई डाक्टरलार्ई जानकारी गराउँदै गएँ तर केही छैन, ठीक छ भनि जनकारी गराइयो । मनले मानेन । मिति २०८१ साल साउन १४ गते पुन चितवन मेडिकल कलेज लि.मा शितल अधिकारीकोमा जचाउनु राम्रो भन्ने जानकारी बमोजिम त्यहाँ गएँ र एक्सरे गरेर हेरियो तर सबै ठीक छ भन्ने जानकारी भयो । केही औषधी लिएर घर फर्के । तर नरम दुखाई यथाबत नै रहीरह्यो ।
छैटौं खड्गो – यस पटकलार्ई खड्गो नै ठानेको थिइन तर मधुमेह निकै बढेर गयो । इनसुलिन लगाउँदा पनि कन्ट्रोलमा न आएपछि एम्बुलेन्स लिएर सिएमसीमै गएँ र इमर्जेन्सीमा भर्ना भएँ । जरोपनि आएको रहेछ । डाक्टरले के भयो वा भनेर सोधनी गर्दा मेरो लामो समयदेखिको दाहिने कोखो दुःखाइलार्ई सर्वप्रथम बताएँ , जरो र मधुमेह त छँदै थियो । डाक्टरले सहजै छामेर भन्यो । हजुरको दाहिने कोखोमा गोलो गाँठो छ । भिडियो एक्सरे गरेर हेर्नु पर्छ, विहान हेरौंला भन्ने जवाफ पाएँ । निश्चय नै यो एउटा करिव नौ महिना पछिको जानकारी थियो । भिडियो एक्सरे गर्दा पीप बनिसकेछ । ८० एमएल पीप निकालियो । अवत दिन दिनै पीप निकाल्ने काम भयो । मेरो हस्पिटल बसाई लम्बियो । अपरेशनका कुरा निस्के तर मैले विजयदशमीको टीका अगिल्तिर अपरेशन गर्न मानिन । डाक्टरले र मेरा सम्बन्धीले खतरा हुन्छ भन्दै थिए मैले खतरा भए अन्तिम यात्रा मृत्यु नै हो, त्यो ग्रहण गर्न तयार छु, बिस्तरामै सुतेर पनि सबैलार्ई टीका लगाइदिने रहर छ । म घरमा जान्छु भनेर विदा मागे । डाक्टरले पाइप जोडेर पीपबाहिर आउने सर्तमा विदा दिए । २०८१÷०६÷२३ गते पीप निस्केको संकलन गर्ने थैली बोकेर घर आएँ । पीप निकाल्ने समएमा जब पीप तान्ने सुर्ईरो पेटमा घुसारियो गरुड पुराणमा लेखिएको वैतरणी नदीमा उल्लेखित कीराका लामा लामा सुँडले डसे जस्तो अनुभूति भयो । पीप देख्दा पीपकुण्डमा डुबेजस्तो अनुभूति भयो । मनले भन्यो मरेपछि वैतरणीनदीमा खसिन्छ भनेर पुराणमा पढेको थिएँ तर म त जिउँदै वैतरणी नदीमा खसे जस्तो लाग्यो । यो दिन किन हो किन मेरो मन निकै विरक्तियो । मेरो मुखबाट जिन्दगीको कालोदिन भनेर निस्कियो । दशैंको वेला पूजापाठ गर्न सकिन । एनकेन दुर्गास्थापना गरें । दशैंको टीकाको दिन पीपवाहिनी नली र त्यसमा जोडिएको पीप संकलन थैली साथमा भिरेर दुर्गा उठाउने काम गरें । टीकाको समय भएपछि टीका लगाइदिन बसें ।सबै जना आगन्तुले कस्तो छ भनी प्रश्न गर्दा नराम्रो शब्द प्रयोग गर्न मनले मानेन । जवाफमा पुच्छर उम्रो, हनुमान भइयो अव राम हुन बाँकी छ भन्ने जवाफ दिंदै गएँ । सबै हाँसे । कार्तिक ५ गते पुन अस्पताल गएर पीप झर्न छाडेपछि पीपवाहिनी नली निकालियो र मंसिरमा कोलोनोकपी गरेर आवश्यक परे अपरेशन गर्ने सुझाव ग्रहण गर्दै घर फर्किएँ । भगवानसँग अब शरीर काट्न नपरोस् भन्दै प्रार्थना गर्दैछु । यो खड्गो पार गर्न अझै समय लाग्ने भयो । यस पटकको अस्पताल बसाइमा सकरात्मक र नकरात्मक पक्षले ममा स्थान लियो । सकरात्मक पक्षमा पीप निकाल्दा थाहै नपाइ निकालियो । डाक्टरको कुशल दक्षतामा मलाई निकै खुसी लाग्यो । पीपबाहक नली जोड्दा पनि मलाई थाहै लागेन, उठ्नुहोस् भन्दामात्र थाहा लाग्यो कि नली जोडिए छ । नकरात्मक पक्षमा सलाइन र दवाई चढाउने सुर्र्ई घुसार्दा भने सारा नशाहरूमा प्रयास गर्दा पनि नर्स सफल नभए पछि डाक्टर आएर देब्रे खुट्टाको जोर्नीको हाडको आडबाट सुर्र्ई घुसार्न सफल त भए तर यसले दुखाई निको हुन भने लामो समय लियो ।
खड्गो शब्दको प्रयोग ज्योतिष शास्त्रमा धेरै प्रयोग गरिने गरिन्छ । यसको अर्थ मरणासन्न अवस्थामा पुग्नु र मर्नु भन्ने हो । मरणासन्न अवस्था काटेपछि खड्गोबाट पार हुनु भन्ने हो । यस अवस्थामा बिमारीले कष्ट भोग्नु त स्वभाविक हुन्छ । घरपरिवार पनि निकै पीडित बन्दछन् ।रोगको पत्ता लगाउने कुशल चिकित्सक भएमा चिकित्सकको पनि प्रसिद्धि फैलिने हुँदो रहेछ । बास्तवमा खड्गो मानव जीवनमा आइनै रहने गर्दो रहेछ । सबभन्दा ठूलो कुरो त आत्मविश्वासमा दृढता, मर्नु त निर्विकल्प छ भने मर्नुमा केको डर भन्ने निर्भयता र निश्चितता हुनु पर्दो रहेछ र भयरहीत जीवन बाँच्नु पर्दो रहेछ भन्ने अनुभूतिले स्थान लियो ।
धन्यवाद
मिति २०८१ कार्तिक २६ गते

No comments:
Post a Comment