'सदानन्द अभाग्ी
इन्द्रराज पौडेलको जीवनबृत्त– मानिसको जन्मदेखि मरणतकको अवधीलाई जीवन भनिन्छ । यस अवधीभित्र उसले गर्ने क्रियाकलाको वर्णन नै जीवनी हो । इन्द्रराज पौडेलको जीवन अरु सर्वसाधारणको जस्तै संघर्षमयरूपमा अगाडी बढेको देखिन्छ । पोखरा महानगर पालिका वडानं २२ पुम्दी गाउँ लौसीवट,कास्कीमा माता नन्दकली र पिता पं. तुलसीराम पौडेलका साँहिलो पुत्ररत्नको रूपमा वि.सं २००४ वैशाख ९ गते जन्म भएको थियो । पं. तुलसीराम पौडेलका ६ भाइ छोरा क्रमस यमलाल, खिमराज, इन्द्रराज,शिवकुमार भवनराज र रामप्रसाद र छोरी क्रमस स्व. सुवानी, कृष्णकुमारी बराल, पार्वती बराल, राधा अधिकारी हुन् । इन्द्रराज पौडेलको विवाह २०१८ साल फागुन ५ गते पराजुली थरकी कन्या झ्यापीदेवीसित भएको थियो ।इँद्रराज र उहाकी पत्नीको उमेर समान छ । इन्द्रजीका दुई भाइ छोरा मध्ये चुडामणी पौडेल हाल बर्दियामा छन् भने नारायणदत्त पौडेल हाल श्री जनसेवा मा.वि. धदबार बर्दियाको प्रध्यान्याध्यापक पदमा कार्यरत छन् ।
इन्द्रका तीन छोरी .चन्द्रकला देवकोटा,स्व. खुमकुमारी र खिमादेवी तिमल्सिना हुन् । इन्द्रजीका छोरातिर ४ नाति र दुई नातिनी जया र विजया । अनि छोरीतिर नाती १ नातिनी ५ छन् भने छोरी तर्फका पनाति.२ पनातिनी ३ छन् । सन्तानको हिसनवले इन्द्र निकै धनी हुनुहुन्छ ।. धर्मको हिसावले इन्द्रराज पौडेल हिन्दु हुन् । पौडेल कास्कीबाट मिति २०४० सालदेखि सोरहवा –८, तमौलीपुर, बर्दियामा बसाइ सराइ गरेर गए तापनि मिति २०७० मा पुन गैडाकोट न.पा.–५,नवलपुरमा आई यही नै स्थायी बसोबास गर्दै आउनु भएको छ ।
पिता पं. तुलसीराम पौडेल विद्वान व्याक्ति थिए । उनको कार्य पुराण वाचक, ज्योतिर्विद र कर्मकाण्डी थियो । आमा कुशल गृहणी थिइन् ।
बालककाल –सबै बालबालिकाको बाल्यकाल खेलाइ र पढाईमा बित्तछ । इन्द्रराज पौडेलको बाल्यकाल कास्की जिल्लाको लौसीबोटमा वितेको थियो । धेरै दाजुभाइ दिदीबहिनी भएको हुनाले अन्यत्र साथी भाइको खोजी राख्न परेन । बाल्यकाल आनन्द रूपमा वित्यो । सात बर्षको उमेरमा उनको व्रतबन्ध भएको थियो । १४ वर्षको उमेरमा उनको झ्यापी देवीसँग विवाह भएको थियो ।
शिक्षादीक्षाको आराम्भ– इन्द्रजी राणाकालमा जन्मे । त्यतिवेला स्कुलहरू थिएनन् । पिताजी नै पहिलो गुरु बनेर पढाइको थलनी भयो । घरमै बसेर पिताजीसँग संस्कृतका श्लोक, चण्डी, रुद्री, वेद, गीता, धर्मिक ग्रन्थ आदि पढ्ने काम भयो । प्रजातन्त्र आए पछि शनै शनै स्कुल स्थापना हुन थाले । पुम्दीभुम्दीमा पनि २०१५ सालमा श्री माहेश्वरी पातथमिक स्कुल स्थापना भयो । पौडेलले कक्षा ३ मा भर्ना भएर औपचारिक शिक्षाको थालनी गरे ।५कक्षा उत्रिण भएपछि भारतीय सेनामा भर्ना हुन भनी गोरखपुरमा २०१९ सालको बैशाख महिनामा भारततिर प्रस्थान गरे तर भर्ना हुन नसकेपछि भरतमा वेपत्ता भए । २०२६ सालमा फागुनमा घरमा आए । २०२७ सालमा श्री बाराही शुक्रराज नि.मा.वि.बाट एच.एल.सी.उत्रिण गरे र पुन भारततिर प्रस्थान गरे ? भारतमा ३ वर्ष बसेपछि उच्च शिक्षाको लागि पि.एन. क्याम्पस पोखरामा भर्ना भए । यहाँ उनले शिक्षाशास्त्र विषय लिएर आई.ए. शिक्षाशास्त्रमा पास गरे ।
शिक्षक पेशा–
आई.ए. शिक्षाशास्त्रमा पास गरेपछि उनले शिक्षक पेसा अपनाए ।२०३२सालमा श्री ज्ञान प्रकाश नि.मा.वि. दाना मुस्ताङ् जिल्लाको दानामा प्र.अ. भएर निशुल्क सेवा गरे । यस पछि सोही वर्ष २०३२ देखि २०३९ सम्म उनी आफ्नै गाउँको शुक्रराज नि.मा.वि.मा सेवा गरे । त्यसपछि उनको सरुवा २०३९ सालको अन्त्यतिर बर्दीया जिल्ला जमुनीको अमर ज्योति मा.वि.मा.सीतापुरमा भयो । २०४७देखि २०६४ साल वैशाख ८गतेसम्म श्री भगवती माध्यमिक विद्यालय तिलकाना सेवा गरी अनिवार्य अवकाश प्राप्त गरे ।
तालिम –पौडेलले अध्यापनको सिलसिलामा सेवाकालिन तालिमहरू र सेमिनारहरूमा भाग लिएका छन् ।
इन्द्रराज पौडेलको अध्ययन समयमा अध्ययन गर्न सहजता थिएन । कागज, कलम, पाठ्यपुस्तक प्राप्त गर्न सकिदैनथ्यो । निगाला, हाडेउनिमका डाँठका कलम बनाएर, बाँसका सुप्लालाई कागज बनाएर लेख्ने प्रयास गरिन्थ्यो । काठको पाटी बनाएर अङ्गारले लिपेर तथा धुल्यौटोको प्रयोग गरेर लेख्न प्रयास गरिन्थ्यो । राती बत्तीको प्रयोग पनि सहज थिएन । किरासिन भारतबाट ल्याउनु पर्दथ्यो । घिउ, खानेतेलको बत्ती बाल्नु या, दियालो(सल्लाको खोटो), सजीवनका दानालाई बत्ती बनाएर बालेर पढ्न कति सम्भव हुन्थ्यो । तर पनि समयको पूर्ण सदुपयोग गरेर पौडेलले आफ्नो कार्यसिद्धि भने गरेरै छाड्दथे । जागिरबाट अनिवार्य अवकाश लिएपछि पनि उनले सामाजिक र साहित्यिक क्षेत्रमा सेवारत व्यस्तता अझै बढाएका छन् ।
स्वभाव –मानिसको स्वभाव सबैको एकै किसिमको हुँदैन ।फरक फरक किसिमको हुन्छ । इन्द्रराजसँग मेरो भेंट.करिव आठ ÷दश वर्ष जति भयो होला, यस यसमयमा हाम्रो सम्बन्ध गाढा नै रह्यो । मैले उहाँलाई जहिले भेटे पनि हँसिलो रूपमा पाएँ । गोरो अनुहार, मझौला उच्चाइ फुर्तिलो चालाको साथमा कर्ममा तीब्रता, बोलीमा नम्रता र मिठास पूर्ण भावनाको आदान प्रदानमा प्रष्टता र स्वच्छता पाउँदा मलाई निकै आनन्द लाग्यो । उहाँको सोधपत्रको अध्यया गर्दा सानै उमेरदेखि मिजासिलो व्यवहार,शान्त स्वभाव, सहयोगी, परोपकारी, दानीस्वभाव, कसैको चित्त नदुखाउने, सबैसँग मित्रवत व्यवहार गर्ने, सकेसम्म सबै ठाउँमा सक्रिय सहभागिता जनाउने उहाँको स्वभाव रहेको देखियो । साहित्यप्रति रुचिराख्ने अग्रजहरूमा सम्मान र नवसर्जकहरूमा हौसला दिने बानी प्रचुरमात्रामा देखिन्छ ।
स्वदेश तथा विदेशको भ्रमण–पौडेलजी नेपालका करिब ३२÷३३ जिल्ला भ्रमण गरिसक्नु भएको छ । नेपालीहरूको सहजसँग भ्रमण गर्ने स्थान भारत हो । पौडेलजी भारतका उत्तरप्रदेश, विहार, पञ्जाव, हरियाणा, कलकत्ता,हिमाचल प्रदेश, उत्तराञ्चल, दिल्ली, कलकत्ता विविध ठाउँको साथै अमेरिका र क्यानाडा भ्रमण गर्नु भएको छ । यसको उद्देश्य भेट घाट रहेको छ ।
विविधरुचि –
खेलमा–क्रिकेट, पूmटबल, भलिबल, पौडी, कुस्ती हेर्ने रुचि रहेको र बालक र युवा अवस्थामा खेल्ने गरेको ।
अध्ययानमा रुचि – परापूर्वककालदेखि हालसम्मका ऐतिहाँसिक विश्वघटनाको बारेमा उनको अध्ययनमा रुचि देखिन्छ । उनले वीर र करुण रसका साहित्य सिर्जना पढ्न मन पर्छ र यति, गति, लय, अन्त्यानुप्रास मिलेको छन्दबद्ध कविता अध्ययन गर्न मन पराउँछन् । उहाँका यी मनपराइलाई शोककाव्यले प्रमाणित गरेको पाइन्छ ।
मनपर्ने रङ –पौडेललाई सप्तरङ्गी (इन्द्रेणी) रङ्ग निकै मन पर्छ साथै नीलो, गुलावी र सेतो आदि पौडेलजीका प्रिय रङ्गहरु हुन् ।
योग अभ्यास – उहाँले ध्यान र योगलाई महत्व दिनुको साथै आफ्नो जीवनमा व्यवहारमा उतार्नु भएको छ ।
पौडेलका मनपर्ने साहित्यकारहरू– स्व.जनकवि केशरी धर्मराज थापा, स्व.अलिमिया, मुकुन्द शरण उपाध्यय, कवि शीरोमणि लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, विपि कोइराला, गोविन्दराज विनोदी, प्रा.डा. नारायणप्रसाद खनाल, आदि
जीवन दृष्टि –सकरात्मक सोचबाट अघिबढ्नु ।
भावी जीवन कर्म –पहिले जागिरे जीवन आफ्नो दायित्वमा अडिग रहेर देश र जनताप्रति वफादार भएर काममा समर्पित भएभने अव बाँकी जीवन भाषा साहित्यको उत्थान, संरक्षण, सम्वद्र्धन, साहित्यिक संस्थामा र समाजिक संस्थामा आवद्ध भै सेवा पु¥याउने र सम्भव भए सम्म एउटा महाकाव्य सिर्जनागर्ने रहेको छ भन्ने धारणा उहाँ बाटै सुन्न पाएको छु ।
कृतिहरू प्रकाशन –
कृतिको नाम विधा र प्रकाशन वर्र्ष प्रकाशक
१.पौडेलकोपीडा' कवितासङ्ष््रह,(२०६१)
२. मानस खण्डकाव्य, (२०६२) ब. सा. समाज, बर्दिया
३. प्रेमाञ्जली ( शोककाव्य–२०६८), मध्यपश्चिम स्रष्टा समाज
४. भद्राञ्जली खण्डकाव्य –२०७०), भद्र कुमारी घले साहित्यिक संरक्षण मञ्च काठमाण्डौ
५.क्रान्तिवीर ृष्णप्रसाद गीति खण्डकाव्य–२०७२) त्रिवेणी साहित्य परिषद नवलपुर
६. जन्मभूमि ( खण्डकाव्य (२०७३) त्रिवेणी साहित्य परिषद नवलपुर
७.महिमामयी आमा शोकात्मक खण्डकाव्य २०७४) त्रिवेणी साहित्य परिषद नवलपुर
८. समयचक्र खण्डकाव्य त्रिवेणी साहित्य परिषद नवलपुर
प्राप्त पुरस्कारहरू –इन्द्रराज पौडेलले साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै यस कृतिको प्रकाशन समयसम्म विभिन्न शैक्षिक तथा साहित्यिक संस्थाबाट यस प्रकारका पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको छ ।
१) पृथ्वीनारायण क्याम्पसबाट नगद र प्रमाणपत्र प्राप्त (२०३२)
२) पुष्प प्रतिभा साहित्य पुरस्कार खजुरा बाँके ,( २०६३)
३) मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानबाट कदरपत्र
४) अवधी साहित्य विकास परिषद बाँकेबाट सम्मान पत्र ।
५) भद्रकुमारी घले सेवा सदनबाट नगदराशि र ताम्रपत्रबाट सम्मानित, (२०७०),
६)भानुभक्त स्वर्णपदक र प्रशस्तिपत्रद्वारा सम्मानित, २०७१,
७) भेरी साहित्य समाज, बर्दिया शाखा, नेपालगञ्जबाट सम्मानित, (२०७१),
८)अनुपम साहित्य समाज भुरीगाउँ बर्दीयाबाट सम्मानित, २०७२
९) लेखक संघ दाङ्द्वारा दुर्गा–चित्र प्रज्ञा पुरस्कार एवम् सम्मानपत्र (२०७५)
१०) श्री शहिद स्मारक मा..वी.भरतपुर –६,चितवनबाट सम्मानपत्र (२०७६)
११) हाम्रो सिर्जना अनुसन्धानमूलक साहित्यिक संस्कृतिक त्रैमासिक पत्रिकाबाट सम्मानपत्र (२०७६)
१२) सर्वदा साहित्य सङ्गम नेपालगञ्जबाट सम्मान (२०७६)
साहित्यिक संस्थासँग आवद्धता तथा आजीवन सदस्या –
१) अध्यक्ष त्रिवेणी साहित्य प्रतिष्ठान नवलपुर (हाल)
२) अध्यक्ष– बर्दीयाली साहित्य समाज, गुलरीया बर्दिया,(६ वर्ष )
३) संस्थापक अध्यक्ष सर्वदा साहित्य संगम, नेपालगञ्ज
४) उपाध्यक्ष मध्यपश्चिम स्रष्टा समाज,बाँके (६ वर्ष¬)
५) नेपाल रेडक्रस सोसाइटी, बर्दिया,
६) नेपाल शिक्षक सङ्घ, बर्दिया,
७) त्रिवेणी साहित्य परिषद, नवलपुर ।
८)छन्द काव्य प्रतिष्ठान नेपाल चितवन
९)नव साहित्य मञ्जरी भरतपुर, चितवन
साहित्य इतर संघसंस्थामा आवद्धता
१. नेपाल रेडक्रस सोसाइटी आजीवन सदस्य
२. शिक्षकसंघ बर्र्दिया
३. रोटरी कलव आफ गैंडाकोट संस्थापक सदस्य हाल भाएइस प्रेसिडेन्ट
४ नेपाल सेवा निवृत्त शिक्षक समाज जिल्ला नवलपुर हाल केन्द्रिय प्रतिनिधि
५.जेष्ठ नागरिक कल्याणकारी परिषद कार्य समिति सदस्य
६.जेष्ठ नागरिक संघ गैडाकोट आजीवन सदस्य एवम् कार्य समिति सदस्य वार्ड नं ५
कवि इन्द्रराज पौडेलको व्यक्तित्व– नेपाली वृहत शब्दकोशले व्यक्तित्वलाई यसरी परिभाषित गरेको छ – १. कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण २. व्यक्ति विशेषको निजीपन ३ं. व्यक्तिले अरुलाई प्रभावित पार्ने व्यक्तिविशेषमा निहित विशेषता । मैले इन्द्रराजको स्वभावमा केही कुरा पस्कने कोशिष गरेको छु । हुनत स्वभाव र व्यक्तित्वको परिभाषा त ठ्याक्कै मेल खाँदैन तर आनीवानी, चालचलन,क्रियाकलाप, शारिरिक बनोट, आदत करिब नजिक नजिक हुन्छन् भन्न सकिन्छ । इन्द्रप्रसाद पौडेललाई सादा जीवन उच्च बिचार भएका प्रतिभाशाली व्यत्ति हुन् । उनी अध्यात्मज्ञान भएका व्यक्ति हुन् ।उनको यो गुण पितापुर्खाबाटै प्राप्त भएको भए पनि भौतिकतालाई पनि तिरस्कार गर्दैनन् । शारीरिक व्यक्तित्वको रूपमा हेर्दा हँसिलो रूप, गोरो अनुहार, मझौला उच्चाइ फुर्तिलो चालको साथमा कर्ममा तीब्रता, बोलीमा नम्रता र मिठास पूर्ण भावनाको आदान प्रदानमा प्रष्टता र स्वच्छतापूर्ण भएको देखिन्छन् । उनी साहित्यि व्यक्तित्व हुन् । कविताुङ्ग्रह १ सहित ७ ओटा खण्डकाव्य( शोक काव्य समेत)हरू सिर्जना गरेका छन् । उनी छन्देली कवि हुन् । छन्द बचाउ अभियानका सकृय व्यक्तित्व हुन् । उनी अध्ययनशील व्यक्तित्व हुन् । धार्मिक एवम् साहित्यिक पुस्तकहरू अध्ययन गर्न रुची राख्छन् । उनको जीवन शैक्षिक क्षेत्रमा बित्यो । त्यसोहुँदा उनी बौद्धिक तथा शैक्षिक व्यक्तित्व हुन् । उनलाई सामाजिक व्यक्तिको रूपमा पनि लिन सकिन्छ किनकी नेपाल निवृत्त शिक्षक समाज जिल्ला समिति नवलपुरको सचिव, रोटरी क्लवअफ गैडाकोटको कोषाध्यक्ष,भएर सकृयरूपमा सेवा दिंदै आएका छन् ।
साहित्यतिरको पृष्ठभूमि– सबै साहित्यकारको साहित्यिक पृष्ठ भूमिलाई केलायो भने कुनै न कुनै साहित्य सिर्जनामा प्रेरणाका स्रोतको रूपमा लिएको देखिन्छन् प्रथम महाकाव्यकार बालमीकिले रामायण लेख्ने प्रेरणा कसरी पलायो एउटा घटना यस्तो छ – एक दिन, वाल्मीकि गंगा नदीको मिनारमा ध्यानमग्न बसेका थिए । उहाँ उनले एउटा क्रौंच पक्षी का जोडा प्रेममा मस्त थिए । यसै अवस्थामा एउटा शिकारीले तीर चलाएर एउटालाई मारिदियो । यस घटनाले बालमीकिलाई ठूलो चोट पुग्यो उनको मुखबाट अनायास एउटा श्लोक निस्क्यो । त्यो यस प्रकार छ –
"मां निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः।
यत्क्रौंचमिथुनादेकमवधीः काममोहितम्।"
(हे निषाद! तिमीलाई कहिल्यै शान्ति नमिलोस् किनकी तिमीले प्रेममं लीन यी क्रौंच पक्षीका जोडामा एकलाई मारिदियौ ।) यो श्लोक संस्कृतको पहिलो काव्य श्लोक मानिन्छ ।नारादले रामायण लेख्ने सुझाव दिए र रामायण लेखियो ।
यसरी हामीले कालीदासलाई लिन सक्छौं राजकुमारीले विद्वान सम्झेर विवाह गरेपछि कालीदास मूर्ख भएको जानकारी भएपछि विद्वान भएर आउनु भनी घरबाट निकाली दिए पछि कालीको वरदान लिएर पण्डित भएर घर फकर्केका थिए (यिनको बारेमा धेरै किंवदन्ती छन्) । यसरी भानुभक्तले घाँसीको प्रेरणाबाट रामायण लेखे । सदानन्द अभागीले हरिभक्त कटुवाललाई प्रेरणको स्रोत मान्दछन् । इन्द्रराज पौडेलको साहित्यिक प्रेरणाको स्रोत अरूको भन्दा फरक छ । रामयण र महाभारत –(नेपालीमा अनुवाद गरिएका) पठन पाठन, आमहरूले जाँतो रिगाउँदा ढिकी कुट्दा, मेलापाता जाँदा ,गाएका सुमधुर लयबद्ध गीत, शिलोक, सुनेर,गुन्गुनाउने प्रयास पौडेलजीको साहित्यिक उद्गम विन्दु हो । कवि लेखनाथ धर्मराज, भानुभक्त, अलिमिया अन्सारी र मुकुन्द शरण पौडेलजीका प्रेरक कवि हुन् ।
जीवनमा अबिस्मरणीय घटना –पौडेलको अविस्मरणीय घटनालाई उहाँकै शब्दमा यहाँ प्रस्तुत गरिएको छ –' २०१६ सलमाा कक्षा ३मा नाम लेखाएपछि पुस्तक किन्न पोखरा गएँ । मेरा बालसखा धनन्जय बराल पनि सँगै गएका थिए । त्यो वेला कपाल पूर्ण मुण्डन गर्ने प्रचलन थियो । आजकलको जस्तो कपाल अर्ध मुण्डनलाई जुल्फी पालेको भन्थे । ९८ % प्रतिशत मान्छे पूर्ण मुण्डन गर्थे । धनञ्जयले प्रस्ताव राखे स्कुल पढ्ने भए पछि हामी पनि कपाल छाँटेर जुल्फी पालौं । मैले पनि भावी परिणामको ख्यालै नराखी हुन्छ भने । कपाल छाँटेर काइँयोले कोरेर घर आयौं ।हामी साह्रै अपहेलित भयौं । हामीलाई सबैले चुरेटा भने । अछुतो व्यवहार भयो हामी माथि । खाना पनि अलगै राखेर खान दिए । भोली पल्ट एका बिहानै हामीलाई पूर्ण मुण्डन गर्न वाध्य पारियो । हामी आज्ञाकारी भयौं ।नुहाएर गोमुत्र मन्तरेर खुवाइयो । टाउकोमा छर्कियो । सत्र पैसा गोदान गराएर बाहुनलाई दिइयो । बल्ल हामी चोखियौम् । त्यो घटना संझेर म आज आश्चर्य चकित हुन्छु ।'
निष्कर्ष – ' इन्द्रराज पौडेलको जीवन कर्म र व्यक्तित्वको बारेमा केही शब्दहरू पस्कने प्रयास गरे ।संघर्षमय जीवनका उतार चढावलाई बोक्दै साधारण जीवन अङ्गाल्दै उच्च विचारमा यात्रा गरेका पौडेलको जीवन कर्म र व्यक्तित्व आज सकृय अवस्थामा चलिरहेको छ । हरेक क्षेत्रमा उहाँ अनुकरणीय बन्ने प्रयासमा लाग्नु भएको छ । सफलताले सगरमाथा चुमोस् भन्न धारणा सहित उहाँको सुस्वास्थ दिर्घायुको साथै २०८२ सालले महाकाव्य सिर्जना गरी महाकावि बन्ने उहाँको चाहना पुर्ण होस् भन्दै विदा माग्दछु ।
२०८२ बैशाख १ गते

No comments:
Post a Comment