June 9, 2025

झोले
सञ्चार माध्यममा झोले शब्द चर्चित
'झोलमा एकार थप्दा बन्न जान्छ सिर्जित
झोलेका अभिभावक बन्नजान्छन् झोला
अति गतिशील छन् फेर्न सक्छन् चोला
झोलाले गराउने सभ्यताको पहिचान
धनी गरिब छुट्ट्याएर दिने यस्ले सान
झोलेका वर्गहरू हेर थरीथरी हुन्छन्
एक भोेलेले अर्कोलाई बर्गशत्रू ठान्छन्
नेतृत्वरूपी झोलामा अति मिठो सौरभ
तिनका झोला बोक्दा सबले मान्न गौरब
शक्तिबर्धक चूर्ण हेर त्यहाँ प्राप्त हुन्छ
यसको सेवन गरेपछि सगरमाथा छुन्छ
यदि सच्चा सेवक कोही बन्दछ भने
बाधा अड्चन उसका हट्छन् इनेगिने
झोलाको भन्दा हेर उसको पूmर्ति बढ्ने
बिरोधका शब्द सुने रामधुलाइमा चढ्ने
झोलेको अर्को अर्थ मसलेदार रस
यसको सेवन गर्दा सबै पर्ने बस
भट्टमास नुनसँग यो घुटुक्कै पार्दा
सयहात्तीबल मिल्ने लड्न अघिसर्दा
चमत्कार यसको त्यतीवेला हुन्छ
एकझोले अर्कोसँग मल्लयुद्ध छेड्छ
झोलाको संरक्षणमा झोले अघि सर्छ
झोलाहरू रमाउँछन् मरे झोले मर्छ
झोले शब्द आज जनजन प्रिय
यसको प्रयोगमा सबले पाउने श्रेय
हरेक झोलाका आफ्ना आफ्ना झोले
बा अति खुसी भै आफ्नो नाम घोले

No comments:

Post a Comment