सदानन्द अभागी
परिचय –
पोखराथोक साहित्य सङ्गमको स्थापना २०५७आश्विन १२ गते घटस्थापनाका दिन भएको हो । यसले २०६० सालमा कानुनी मान्यता प्राप्त गरेपछि बाटिका पत्रिकाको प्रकाशन थालनी ग¥यो । संस्था पनि नितान्त साहित्यिक संस्थाको रूपमा सञ्चालन हुँदै आएको र 'वाटिका' नामक स्तरीय साहित्यिक सङ्गालो प्रकाशन गर्दे आएको छ । श्री हरिप्रसाद भट्टराईको नेतृत्व भन्दा पहिले अङ्क १ देखि २०७४ को बाटिका अङ्क १६ सम्मको सम्पादन श्री कृष्णप्रसाद कोइरालाले गर्दै आउनु भएको र सङ्गमको नेतृत्व श्री गङ्गानाथ कोइराला र स्व. श्री कृष्ण पहाडीले गर्दै आउनु भएको थियो ।
संस्थापक – श्री हरिप्रसाद भट्टराइको लेखन अनुसार गङ्गानाथ कोइराला,कृष्णप्रसाद कोइराला,स्व. कृष्ण पहाडी, हरिप्रसाद भट्टराई, विश्वनाथ गैरे, स्व. पिताम्वर काफ्ले, राजेन्द्र श्रेष्ठ र गोविन्द गैरे हुनुहुन्छ ।
साहित्य सङ्गमलाई सहयोग कर्ताहरू–बाटिका प्रकाशनमा सहयोगी साहित्यकार एवम् बरिष्ठ समीक्षक श्री डा. शंकरप्रसाद गैरे, रचना सङ्कलन कर्ता राम ज्ञावली, पूर्व अध्यक्ष स्व. कृष्ण पहाडीको स्मृतिग्रन्थमा सहयोग कर्ता प्रधान सम्पादक टंकप्रसाद पन्थ, सम्पादक भोजराज भट्टराई, सामुदायिक रेडियो मदनपोखरा,गाउँले देउराली पत्रिका लगायत सम्पूर्ण सञ्चार माध्यम र पत्रकार मित्रहरू,पत्रिकाको अङ्क १७ देखि कम्पुटर टाइप सेटिङ्ग सम्पादन सहयोगी विष्णु माध्यमिक विद्यालय पोखराथोक पाल्पाका प्रधानाध्यापक चु्डामणि ढकाल,पोखराथोक गाउँबासी, वगनासकाली गाउँपालिका, पोख।ाथोक वडा कार्यालय,विष्णु मा.वी. परिवार, बाटिकालाई लेख रचना पठाउने सम्पूर्णजन प्रति अध्यक्ष हरिप्रसाद भट्टराईज्यूले हार्दिक कृतज्ञता प्रदान गर्नु भएको छ । यस अङ्कको सम्पादकीय सम्पादक गोविन्द खनालज्यूले लेख्नु भएको छ ।
साहित्यिक सङ्गालोले समेटेका विविध साहित्यिक विधाहरू–
नाटक –शीर्षक दीयो –एकाङ्की), लेखक सूब सेन, पूरुष पात्रहरू संख्या २४,महिला पात्र १, दृश्य छ ।राणशासनमा पढ्न लेख्नन पाइँदैनथ्यो । शिक्षाले मानिसलाई सचेत बनाउँछ जगाउँछ । त्यसको लागि पुस्तकालय हुनु आवश्यक छ । बेलुका दलानम जम्मा भएर पढने भन्ने कुरा हुन्छ । दियो बालिन्छ दियोले देशै उज्यालो बनाउने छ भन्ने धारणा आउँछ ।जनजागरण जगाउने, युवाहरू सहभागी गराने, पुलिस आउने, धरपकड गर्ने । बडाहकिमले तारिक बोकाउने गर्दा पनि जनजागरण रोक्न सक्दैन। 'पाल्पाले जागरणको पहिलो दियो बाल्यो जनतालाई जगायो ।' ' दियोबाट मैनटोल,मैनटोलबाट बिजुली बत्ती हुन्छ पाल्पा ।' भन्दै नाटक समाप्त हुन्छ
अन्तवार्ता – यसमा बहुप्रतिभाका धनी डा. रामप्रसाद ज्ञाजलीसँग राम ज्ञावलीले अन्तरवार्ता लिएका छन् । ' हाम्रो कर्तव्य'(२०४२) कविता भारतको हरिद्वारबाट निस्कने 'सगरमाथा' पत्रिकामा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका डा. रामप्रसाद ज्ञावलीका महाकाव्य, कवितासङ्ग्रह, यात्राकाव्य,यात्रा महाकाव्य,समालोचना, उपन्यास, बालकथा, निबन्ध नाटक गरी दर्जनौ कृतिहरू प्रकाशन भएका, कक्षा १देखि स्नाकोत्तर तहसम्म ४ दर्जन भन्दा बढी सन्दर्भ पुस्तकहरू, एकै दिनमा एक्लैले लेखेका समालोचनाका पुस्तकहरू १०वटा विमोचन कर्ताको रूपमा परिचित रामप्रसादसँग लामा छोटा गरी २८ ओटा प्रश्नहरू सोधनी गरी निजबाट प्राप्त उत्तरको आधारमा 'शास्त्रीय ज्ञान र अभ्यास महाकाव्य लेखनका मूल आधार हुन्' भन्ने निष्कर्षमा अन्तरवार्ता प्रकाशनमा आएको छ ।
समालोचनाहरू–पेनालतिर नजर दिंदा शीर्षकमा कमल खत्रीले देवेन्द्र लमसालको 'पेनाल' महाकाव्यको समालोचना गर्नु भएको छ । यो महाकाव्य १९ सर्गमा सिर्जना भएको छ । यो समालोचनामा कमल खत्रीले विवरणत्मक रूपमा विश्लेगाण गर्दै लेख्नु हुन्छ –''चेतना बुद्धि विवेक र विचारधाराका माध्यमबाट आएको परिवर्तन दीर्घकालिन र सर्वमान्य हुन्छ भन्ने मान्यता राख्नु नै यस महाकाव्यको निचोढ हो । "
डा.तुलसी भट्टराईको रित्तो घर– कृतिको समीक्षा शीर्षकमा कृष्णादेवी शर्मा श्रेष्ठले कथासङ्ग्रहको समालोचना गर्नु भएको छ । यस कृतिमा १५ कथाहरू आवद्ध छन् । प्रत्येक कथाको सारभाव पस्कदै भन्नु हुन्छ –'यी १५ कथाहरू एकसे एक दुःखद अवस्थाका प्रतीक बनेका छन् । 'समालोचनमा नेपाली परिवेशको आर्थिक,सामाजिक साँस्कृतिकर वैवाहिक अवस्थाप्रति र नारीवादी चिन्तनले पेरित भएको विश्लेषण गरिएको छ । ताराप्रसाद श्रेष्ठ ः पचियत्मक लेख –कविवर ताराप्रसाद श्रेष्ठका कविता, अन्यलेख र संस्मरणहरू सङ्कलन गरी साहित्यकार चक्रव्युह थापाले पस्केको कृतिलाई गोमविक्रम क्षेत्रीले विश्लेषण गनुभएको छ ।ताराप्रसाद श्रेष्ठ तिनाउ तीन मरेकमा जन्मे पनि उहाँ नवलपरासीमा बस्नु हुन्थ्यो । उहाँ सक्रिय साहित्यकार हो । गोमविक्रम क्षेत्रीले ताराप्रसादलाई यसरी मूल्याङ्कन गर्नु भएको छ– 'सहृदयी,परोपकारी र लगनशील श्रेष्ठले साहित्यलाई बिना गोलीको बन्दुक भन्नु हुन्थ्यो । देशभक्ति, प्राकृतिक सौन्दर्य, श्रृङ्गारिकता, अध्यात्मिकता रुढीवादी संस्कृतिको विरोध, सामाजिक न्यायको आग्रह विकृति विसङ्गतिप्रति व्यङ्ग, उहाँका सृजनाका प्रभाव तथा विशेषताहरू भेटिन्छन् ।'
भुटानको जातीय सफायको नालीबेली समेटिएको पुस्तक 'निवासन' – 'निर्वासन' भुटानी नेता टेकनाथ रिजालले आपूm र भुटानमा रहेका नेपाली मूलका भुटानी (ल्होत्सम्पा)ले भोगेका कारुणिक यातनाले भरिएको टेकनाथबाटै लेखिएको कृति हो । झपेन्द्र खनालले यस विषयमा छोटो रूपमा कृतिको सटिक विश्लेण गर्नु भएको छ । रिजालले भोगेको जेलनेल यातना र ल्होत्साम्पाले भेगेका जेल नेल यातनाका शब्दहरू झपेन्द्रले यहाँ समावेश गर्नु भएको छ –'ल्होत्साम्पा समुदायप्रति भुटान सरकार पूर्वाग्रही भएकाले सफायको नीति अवलम्बन गर्दै देशको मुल जनसंख्याको झण्डै छ भागको एकभागलाई बलपूर्वक आफ्नो जन्म स्थान छाडन लगाई शरणार्थीको रूपमा जीवनयापन गर्न बाध्य पारिएको छ । '
छन्द परिचय र प्रयोग –टंकप्रसाद पंथले छन्दको परिचय, प्रयोग(लौकिक साहित्यमा सर्वप्रथम वालमीकिबाट थालिएको)वैदिक साहित्यमा भएको पाइने । नेपाली प्रचलनमा लोक छन्द,मात्रिक छन्द वार्णिक छन्द र गद्य वा मुक्त छन्द बढी प्रचलनमा रहेको भन्दै उदाहरण सहित छन्दको प्रयोगलाई प्रस्तुत गर्नु भएको छ ।
'खोसिएको खुसी ' कवितासङ्ग्रहको विश्लेषण – खोसिएको खुसी कवितासङ्ग्रहका सर्जक रुक्मागत शर्मा हुनु हुन्छ । यसको परिचर्चा तुलसीराम पोख्रेलले गर्नु भएको छ । 'यस कवितासङ्ग्रहमा अधिकांश मुक्तकीय संरचनाका ४२३ ओटा कविता रहेका छन् । त्यसमा बाह्र ओटा फुटकर कविताको संरचनामा बाँधिएका तर शीर्षक समावेश नभएका कविताहरू समविष्ट भएको देखिँछन् ।' तुलसीराम पोख्रेलले भन्नुहुन्छ –'खोसिएको खुसी कवितासङ्ग्रहमा व्यक्ति मनका असन्तोष, पीडा, चोट, दुःख, सुख, विरह वेदना आदिको समिश्रणमा कविता केन्द्रित रहेको पाइन्छ ।'
शिवकुमार मिश्रको 'जूनको डायरी' कविताको सूक्ष्म अध्ययन – जूनको डायरीका सर्जक शिवकुमार मिश्र हुनुहुन्छ । यस कृतिको चिरफार युवराज पौड्यालले गर्नु भएको छ । यस कविता सम्बन्धमा युवराज पौड्यालले यसरी मूल्याङ्कन गर्नु भएको छ – 'जूनको डायरी २०७२ सालको बुद्धपूर्णिमाको चन्द्रमाको कलापूर्ण आलोकको दर्शनसँगै कविको मनमा उठेका विभिन्न विचारहरू काव्यात्मक अभिव्यक्ति हो । पशुपति नाथको भूमि काठमाडौ, गौतम बुद्धको पवित्र भूमि लुँिम्बनी क्षेत्रका साथै हिन्दू दर्शन, बौद्ध दर्शनलाई घनीभूत रूपमा प्रस्तुत गर्नु भएको छ ।महाभूकम्पको कम्पन, परा कम्पन र त्यसको त्रासदीय पीडाहरू पनि यसमा समेटिएका छन् ।
अमर पात्र अध्ययन गर्दा – यस कृतिका लेखक पुष्कर अथक रेग्मी हुन् । अमर पात्रको अध्ययन विश्लेषण रामचन्द्र रायमाझी 'चिन्तन'ले गरेका हुन् । यो ऐतिहासिक नाटकहरूको सङ्ग्रह हो । यसमा चारओटा नाटक समावेस गरिएका छन् । पहिलो नाटक 'विशाल पाल्पा राज्यका निर्माता मणिमुकुन्द सेन ।' यसमा मणि मुकुन्द सेनको बाल्यकालदेखि चक्रशीलामा प्रवेश हुँदासम्मको अवस्थालाई चित्रण गरिएको छ । दोस्रो नाटक – पाल्पा राज्यका अन्तिम सेन वंशीय राजा पृथ्वीपाल सेनको ललितपुरको बन्दीराजा पृथ्वीपाल सिंह ललितपुर बन्धी गृह्मा बन्दसम्मका घटना दर्शाइएको छ र । तेस्रो नाटक पाल्पा गौडाका प्रथम तैनाथवाला जरनल अमरसिंह थापा शीर्षकमा रहेको छ । यस नाटकमा वि.सं. १८६१ देखि १८७१ सम्मका घटना समेटेको छ । चौथो नाटक 'पाल्पा क्षेत्रबाट नेपाल– अंग्रेज युद्ध बिजेता कर्णेल उजिर सिंंह थापा' शीर्षकमा छ । उजिर सिंहले अंग्रेजहरूलाई दुई पटक युद्धमा हराउनु, बिरामी पर्नु र मृत्यु हुनु, उजलादेवी सतीगएको लगायतका विवरण समेटिएको छ । अध्ययनको प्रस्तुति छोटा देखिएता पनि सारगर्भित र मिठा छन् । कृतिले धेरै चिज समेटेको छ ।
बाटिका (गजल विशेषाङ्क) अनुशील– यो कृतिको समालोचना गर्नु भएको छ डा शंकरप्रसाद गैरेले । बाटिकाको ९ वौं र १६ औं अङ्क लघुकथा विशेषाङ्कको रूपमा प्रकाशन भै सकेका छन् । बाटिका वर्ष १८अङ्क १९ गजल विशेषाङ्कको रूपमा प्रकाशन भएको छ । आकारमा २६४ पृष्ठ को छ ।५८ ओटा रचना समाबेस भएको जानकारी दिनु भएको छ गैरेजीले । यिनलाई चार खण्डमा अध्ययन गरिएको छ । प्रथम खण्ड लाई परिचय खण्ड भनिएको छ । यसमा १० ओटा गजलकारका १० ओटा लेखहरूको विश्लेषण गरिएको छ ।
अन्त्तरवार्ता खण्डमा ३ जना अन्तरवार्ताकार (डा.घनश्याम परिश्रमी, डा. नाराष्णप्रसाद गैरे र डा. श्यामप्रसाद न्यौपाने) का अन्तरवार्ता समावेश गरिएका छन् । गजलको सिद्धान्त पक्षमा केन्द्रित ३३ ओटा प्रश्न सोधिएका छन् । यिनको उत्तरको बारेमा विश्लेषण गर्दै डा शंकरप्रसाद गैरेले भन्नु हुन्छ –'यस वार्ताले गजलको सैद्धान्तिक स्वरूप र वर्तमान अवस्थाबारे बुझ्न सहयोग गर्ने देखिन्छ ।.......... सबै वार्तामा धेरै प्रश्नहरू गजलको सिद्धान्त पक्षमा आधारित छन् भने कोही सम्बन्धित विज्ञको गजल विषयक धारणा र उनीहरूको रचनासँग सम्बन्धित छन् । सैद्धान्तिक पक्षका प्रश्न उस्तै भएकोले वार्ताका भावहरू पनि आबृत्ति भएको प्रतित हुन्छ ।'
समीक्षक खण्ड –यस खण्डमा बिभिन्न गजलकारले लेखेका गलजकृतिमा ७ समीक्षा समाबेस गरिएका छन् । रचना खण्ड –यस खण्डमा ५८ गजल स्रष्टाका एक एक गजल समावेस गरिएको छ । समीक्षकले यस विशेषाङ्कलाई महत्वपूर्ण रूपमा लिएका छन् ।
'ताराप्रसाद ः दोभान र सम्झना कृतिको संक्षिप्त समीक्षा – 'ताराप्रसाद ः दोभान र सम्झना ' कृति स्व. ताराप्रसादको सिर्जना हो । यसको समीक्षा हरिप्रसाद भट्टराईले गर्नु भएको छ । ताराप्रसादको जन्म थलो दोभान भए पनि बसाइ भने उनको नवलपरासी भएको र यो कृति लेख्ने बेलामा १५ दिन दोभानमा बसेको । यस कृतिलाई चक्रव्यूह थापाले सम्पादन र प्रकाशन गर्नु भएको धारणा आएको छ । कृति गीतिलयमा लेखिएको छ ।
लेख, निबन्ध, नियात्रा र पत्र – यस खण्डमा १५ जना लदेखकका लेख समावेस गरिएका छन् । गुणाकर अर्यालको 'युवा विहीनदेश' एउटा सशक्त आजको देशको यथार्थ पोखेको लेख हो । नेपाललाई युवाहरूको देश कहिले भन्न सकिन्छ भन्ने धारणा यस प्रकार आकएको छ –' जतिबेला, जस्तोसुकै गलत पवृतिका बिरुद्ध पनि नझुकेर विद्रोह गर्ने सचेत जनशक्ति तयार हुन्छ त्यति वेलामात्र नेपाललाई युवाहेरूको देश भन्न सकिन्छ । सबैमा चेतना जागोस ।' बाटिका अनि विकास र विनाशका कुरा – यो लेख गोविन्द भट्टराईबाट सिर्जना गरिएको हो । यसमा बाटिका विकास र विनासका कुरा जोडेर लेख तयार भएको विकासलाई विज्ञानसँग जोडिएको छ । विज्ञानबाट परिवर्तन सहज छ भनिएको छ । जग्गा बाँझिएका कुरा , मानिस सहरमुखी भएका कुरा, पश्चिमी संस्कारबाट दीक्षित सन्तानको भविष्य कस्तो होला ? विकास भनेर विनाशतिर त लागेका छै नौ भन्ने प्रश्न सोधिएको छ ।
समाजवादका उच्च आदर्श –डा.धनपति कोइरालाले शिवजीको उच्चतम् प्रशंसा गर्दै समाजवादका उच्च आदर्शको रूपमा व्याख्या गरेका छन् । शिवजीलाई किरातहरूले किरातेश्वर (सत्यहाङ्वा) को रूपमा मान्दछन्।
दीपमाला उत्सव ः तिहार–यस लेखका सिर्जनाकार हुन् निर्मल श्रेष्ठ । तिहारलाई दीपमाला उत्सव भनिने , दिदी बहिनीहरूको हातबाट दाजुभाईले टिका ग्रहण गर्ने, कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयका दिनसम्म ५ दिनसम्मलाई यम पञ्चक भनिन्छ । त्रयोदशीमा काग, चतुर्दशीमा कुकुर, औंसीका दिन धनकी देवी लक्ष्मीको पूजा गरिन्छ, साथै गाईको पूजा, प्रतिपदाका दिन गोवद्र्धनपूजा र दुतीयका दिन भाइ पूजा गर्ने आदिलाई किन र कसरी गरिन्छ भन्ने धारणा आएको छ ।
कविता विधाको उपविधा 'शीत'–लेखक पुष्कर अथक रेग्मी हुन् । उनको भनाइ अनुसार 'लघुतम् कविता–कव्यको उपविधाको रूपमा 'शीत' परिकल्पना शुभारम्भ गरिएको हो । 'शीत'का परिकल्पनाकार पुष्कर अथक रेग्मी हुन् । यसको स्वरूप यस प्रकारछ –
कथा
व्यथा
भोली
केथा
यसको अर्थ,शीत काव्यको परिभाषा, शीतको संरचना, शीतको नियम÷सिद्धान्त÷सूत्रहरू, शीतका केही उदाहरण,शीतको व्यापीकरण सम्बन्धमा यस लेखले समेटेको छ ।
प्रकृतिको अप्सरा, नेपालीको स्वर्णीम आनन्द ! रारा – यस नियात्राका नियात्राकार हुन् राजेशकुमार अर्याल । २०७६ सालको दशै मनाएपछि रारा अवलोकनको लागि तानसेनबाट थालनी गर्नु,पाँच जना पत्रकार र दुई जना व्यवसायी यात्रामा सहभागी हुनु र् बुटवल पुग्नु, बुटबलबाट कोहलपुर,सुर्खेत (काँक्रेविहार र बुलबुले) दैलेखको डुँगेश्वर, कर्णाली करङ आकारमा नाली भएर बगेकोले यही करङनाली अपभ्रंश भएर कर्णाली भएको भन्ने जनश्रुती रहेको अर्को कुरा यस नदीले कर्नालको आवाज दिने भएकोले कर्णाली नामाकरण भएको, कर्णाली नेपालको लामो नदी र आदि सभ्यताको जननी हुन् भन्ने जानकारी लिंदै कलीकोट मान्मा पुग्न बास बस्तु भोली पल्ट कालीकोटको पिली (ऐतिहाँसिक स्थान) जहाँ माओवादी युद्ध भएको ठाउँ अवलोकन गर्नु , कालीकोटको नाग्म घाट, सिञ्जा(नेपाली भाषाको उद्गमस्थल)मा खाना खानु, गोठी जिउलाको बजार हेर्दै कन्कासुन्दरी गाउँपालिकाको सूचना पढदै, राष्ट्रिय निकुञ्ज हुँदै ताल्चा विमानस्थल टाढैबाटै हेर्दै, मिलिीचौर हुँदै रारा पूग्नु रारा होटेलमा बास बस्नु, भोलीपल्ट रारा हेर्न मुर्माटप घोडाबाट जानु मुर्माटपबाट साइपाल, कान्जीरोवा र सिस्ने हिमालको छाँया रारामा परेको जस्तो देखिनु र सूर्यको प्रकाश बढदै जाँदा राराले रङ्ग फेरेको देखिनु । राराले दिनमै नीलो, आकाशे, बैजनी, खैरो जस्ता रङ् फेरी रहेको हेर्न पाउनु र भन्नु– 'मानवले प्रकृतिलाई बिगार्न नपाएकाले रारा क्षेत्र सुन्दर र शान्त छ ।' राजा महेन्द्रले२०२० सालमा रारा भ्रमण गर्नु स्वर्गकी अप्सरा भनेर कविता लेख्नु र रारा छेउका बस्ती नै सार्ने व्यवस्था मिलाएको आदि धारणा समेटेको छ नियात्राले ।
सम्पादकलाई चिठी ः मैले लेख्न छाडे– यो पत्र लेखक राधाकृष्ण शर्मा हुन् ।यसमा वर्तमान राजजैतिक परिवर्तनले जनतामा दिन नसकेको सन्तोषको यथार्थतालाई केलाउँदै पत्र लेखकले लेख्छन् –' विश्वासको संकट देख्छु , विश्वासको लाश देख्छु । स्पाभिमान हैन अभिमान देख्छु ।असह्य पीडा भोग्नेले बोल्न छाड्छ । म पनि बोल्न छाडेँ, सोच्न छाडेँ । सम्पादकज्यू, माफः गर्नु होला मैले लेख्न छाडेँ ।'
जीवन र कर्म – यसका लेखक हुन् राम ज्ञवाली । यहाँ ज्ञवालीले जीवन र कर्म सम्बन्धी थुप्रै उदाहरण दिएर कर्मले नै मानिसलाई अमरत्व प्रदान गर्छ भनेका छन् । ज्ञावलीले जीवन दर्शन बुझेका छन् । जीवनदर्शनको कर्मसँगको सम्बन्धलाई प्रष्ट पारेका छन् । मानिस भएर जन्मेपछि खानका लागि मात्र हैन भन्ने धारणा यसरी राखेका छन् –'केही व्यक्तिहरू जिउनका लागिमात्र बाँच्छन् भने कोही समाज–राष्ट्रलाई मासिथ उठाउन र सामाजिक व्यक्तित्वहरूको उत्थान गर्नमा नै जीवन समर्पण गरिरहेका हुन्छन् ।'
अचानो – व्यङ्ग्य विनोदले आजको परिस्थितिलाई राम्ररी केलाएको छ । मिठो प्रस्तुति छ । उखानहरूको प्रयोग जस्तै खिया लागेको कर्दले अचानको दर्द बुझ्दैन । 'यसैको टाउको टेके,सुखको स्वर्ग देखे धेरैलै ।पिधिदै पिधिदै बस्नु खिइनु यसको विशेषता ।' छोटकरीमा भन्दा यसले बर्तमान राजनीतिक, आर्थिक, सामाजिक विकृति विसङ्गतिलाई राम्ररी केलाएको छ ।
वैदेशिक सहायताको आवश्यक्ता र उपयोग –लक्षीमा ज्ञवाली घिमिरेले यो लेख लेखेकी हुन् । विदेशबाट लिने ऋण के हो भन्ने लामो भूमिका सहित समस्याको पहिचान, अध्ययनको उद्देश्य, विधि र प्रक्रिया, वैदेशिक सहायताको आवश्यक्ता, वैदेशिक सहायताका नकरात्मक पक्ष लगायत विविध धारणा आएका छन् ।अनुगमन पनि आवश्यक हुन्छ ।
चित्लाङ्ग सुपर एक्सप्रेस – यस लेखका लेखक हुन् लीलाराज दाहाल । यो साहित्यिक यात्रा हो । चित्लाङ्गको साहित्यिक यात्रामा डाक्टर भक्त राई ,धनप्रसाद सुवेदी, मन्दिरा मधुश्री, शान्ति सापकोटा, शशी थापा पण्डित , के.वी. सिम्पल भनिने कालीबहादुर शाही र प्रवीण राई , नेत्र एटम र लीलाराज दाहालको सहभागीतामा चित्लाङ्गको यात्रा गर्नु र तिहारको वेला भएकोले सबारी साधन प्राप्त गर्न कठिन हुनु , साहित्यकार बोकेको गाडीको नामाकरण गरिएको चित्लाङ्ग एक्सप्रेसको हावा फुस्किएर पैदल हिडनु चितलाङ्गको नेवारी संस्कृतिको बारेमा जानकारी लिनु, टौखेलमा अंशुबर्माले भेडा गोठालाहरूलाई बस्ती बसाएको अभीलेख, हेर्नु,यहाँको मुख्यपेशा व्यपार ्र कृषि भएको जानकारी पाउनु, बाख्राको दूधबाट चिज बनाउने कारखाना, भेडा फार्म,कार्तिक पूर्णिमामा पुन्ही जात्रा लाग्नु, भैरवको मूर्ति, सातधारा ,यहाँ गणेश, शिव,कृष्ण, सरस्वतीलगायतका देवताहरूको मूर्तिको स्वभा, श्री ३ हरूको आवत् जानत गर्दा बस्ने गरेका पुराना घर आदि अवलोकन गरेर फर्कनु आदि विवरण आएका छन् ।
पोखराथोक चिनाउने स्मारिका –विनोद नेपाल द्वारा लेखिएको यो लेखमा पाल्पा माडी पोखराथोक काठमाडौ समाजको तर्फबाट पोखराथोक चिनाउने स्मारिका बनाउने भनिएर प्रयास गरिए पनि सम्पन्न हुन नसकिएकोमा ' आशा गरौं सबैको साथ र सहयोगले प्रस्तावित स्मारिका सङ्ग्रहणीय र पाल्पा माडी पोखराथोक –काठमाडौ समाजले गर्ने यो काम ऐतिहासिक हुनेछ ।' भन्ने प्रतिबद्धता आएको छ ।
रावण, वाण, वुद्ध र सकरात्मक सोच – यस लेखका लेखक हुन् विष्णु घर्ती 'भन भनेली' । यहाँ विष्णुले रावण, र बाण शब्द जसलाई नकरात्मक सोचमा लिइन्थ्यो तर यहाँ सकरात्मक सोचमा प्रस्तुत गरेका छन् । तीर्खाएकालाई रावणले पहरामा बाण हानेर पानी निकाले र सबैलाई पानी पिलाए । रावणको बाणबाट उत्पत्ति भयो बाण गङ्गा । विष्णुले भन्छन् –' सधैं लागु नहुन पनि सक्दो रहेछ विद्वान तथा पढे लेखेकाले मात्र विवेकशील विचार गर्छन भन्ने भनाई ।' यसरी नै वाणी र वाणमा लेखकको तुलनात्मक अभिव्यक्ति छ । वाणी बाण भन्दा निकै शक्ति शाली हुन्छ । यसरी नै बुद्ध मन सम्बन्धमा लेखक भन्दछन् –'गौतम बुद्धको रूपान्तरित स्वरूप हो सकरात्मक सोचको अभिबृद्धि । बुद्ध नै नहौंला हामी तर बुद्धझै नबन्न नसकिने के छ र यहाँ । अर्को कुरा सोचको सकरात्मकतामा पनि लेखक स्पष्ट छन् र भन्दछन–् 'जरुरी भइसकेको छ हाम्रा सोचमा परिवर्तन ल्याउन ।'
आप्रवासीहरूको बाहुल्यताबिच अमेरिका समृद्धशाली बन्दै –े यो लेखका लेखक हुन् शम्भु उप्रेती । यस लेखले आप्रवासीको परिभाषा दिंदै बेलायतको सम्राज्यका पाला १८८० मा करिव ४,५००००अफ्रिकनहरूलाई ल्याएर कामदारको रूपमा प्रयोग गरेका, विभिन्न देशका राजनीतिक पीडितलाई शरणको रूपमा र सन् १९९० देखि कानुनी रूपमा लट्रीको माध्यम मार्फत वर्षेनी पचासहजार आप्रावासी भित्र्याउने गरेको लगायतका धारणा सहित त्यहाँको सहजता, कानुन सबैमा लागुहुने लगायत कुराहरू यस लेखमा आएका छन् ।
बाल्यकालको सम्झनामा मेरो गाउँ – यो लेखका लेखक हुन् शालिकराम पाण्डे 'शिला' । लेख निकै राम्रो छ । जातजाती, वन, नदी नाला, अर्मपर्म, बाहुनको घर्मा शंख घण्टी बज्नु,पूजापाठ गर्नु, दाई गर्नु ,काम गर्नु, अँधेरैमा पँधेरोमा गाग्री थुप्रिने ,सत्यनारायणको पूजा लगाउनु, विवाहमा ससुरालीमा दही केरा लानु पर्ने, विवाहमा नौमती बाजा बजाउने, बराजु पूजा। मगरले कुखुरा, सुगुर बली दिने आदि थुप्रै क्रियाकलापको वर्णन गरिएको छ ।
कथा लघुकथा – सत्र ओटा कथाकारका १७ कथा समावेश गरिएका छन् । अरुणबहादुर खत्री 'नदी'को 'भनसुन' लघुकथामा इमानदारले नभै भनसुन वाला पुरस्कृत हुने धारणा आएको छ । कर्ण दयालको झाली गाई र माली गाईमा दूध दिनदेर गाई पालकले राम्ररी पाल्ने बुढो भएपछि वनमा लगेर छाड्ने धारणा आएको छ । गङ्गा अभिलाषीको खिसिटिउरीमा धनी साथीवाला छोराले गरिबसाथीवाला बाबुलाई होच्याइ राख्दा बाबुले छोरालाई पचासहजार ऋण खोज्न पठाउनु तर कसैले नदिनु बाबुका साथीलेसक्दो सहयोग गरेको देखेपछि बाबुसँग क्षेमा माग्नु । गंगा कर्माचार्य पौडेलको काउकुती लाउने भूतमा दिदी बहिनी सँगै सुतेको बहिनीलाई खुट्टामा काउकुती लाग्नु र स्कुलमा साथीलाई भन्नु र कुरा गाउँभरी फैलिनु , कोठामा हेर्दा मुसा र मुसाका छाउरा भेटिनु । गंगा खडकाको आत्माग्लानीमा– आमाबाट जेठा छोराको परिवारलाई पक्षपात गर्नु, कोरोना लाग्दा अस्पतालमा भेट गर्न पनि कसैलाई जान नदिनु । कान्छाको परिपारलाई कोरोना लाग्दा जेठाले हेरबिचार गर्नु तर सबै कोरोनाको कारणाले मर्नु र आमालाई जेठा छोराप्रति गरेको व्यवहारमा आत्मगलानी हुनु । गणेश नेपालीको पैसाको रूखमा जन्तरे सारङ्गी बजाएर हिड्नु छोरो रिठे पनि बाबुसँग हिड्दा पैसा पाउनु खुसीले रमाउनु पैसा बारीको कान्लामा हराउनु, खोज्दा नपाउनु, रुनु घरभेटी आमाले कान्लामा हराएको हो पछि फल्छ टिप्न आउनु भनेर सम्झाउनु रिठेले घरको कान्लोमा पैसा रोप्नु आमाले थाहापाएपछि पैस यसरी फल्दैन धेरै पढ्नु पर्छ भनेर सुनाएपछि स्कुल पढ्न थाल्नु । गोपालप्रसाद बस्यालको सरसफाइमा राष्ट्रिय दिवसका दिन मन्दिर सरसफाइ गर्ने कार्यक्रम रहेको, सबै जम्मा भएर कसैले काम गरेर फोटा खिचाउनु कसैले त्यसै फोटो खिचाउनु समाचारमा आउँदा काम नगर्नेको फोटो आउनु ।टेकबहादुर सारूको 'रवि गुरू' –यो लामो लेख छ । यस लेखले मानवीय प्रवृत्तीलाई केलाउने प्रयास गरेको छ । गुरू तथा माष्टरका धेरै काम हुन्छन् ती काम प्रष्ट पार्ने काम लेखले गरेको छ । मानिसमा लिन सहज हुने र तिर्न असहज हुन आदि कुरा लेखले समेटेको छ ।
त्रिलोचन ढकालको रङ्गिन झोलमा राजनीतिक धारणा आएकोछ । 'माक्र्सवाद–लेनिनवाद–माओवाद पुष्पलाल मदन भण्डारी मनमोहनहरूले बनाएको पार्टी । हाम्रा बैंसको रगत र पसिनाले भिजेको पार्टी । खतम भयो । अहिलेकाले रक्सीमा घोलेर खाइदिए । अगस्तिको पेट लिएर आएका रहेछन् । 'भन्नेवालाले नै पैसा मागेर रङ्गिन झोल किनेर खान थाल्छ । नारायण अधिकारीको आमाको थैलीमा के थियो तर छोराछोरीलाई गर्नु पर्ने खर्च त्यही थैलीबाट हुन्थ्यो । आमा बित्नु भयो अन्त्येष्टि गर्नेबेला थैली निकालेर हेर्दा थैली भित्र बाकसको साँचो एउटा बेरुवा औंठी केही चाँदी र तामाका पैसा एक पाखामा अर्को पाखामा नोटका चाँगै चाँग भेटिनु र आमाले मेरै लागि जोगाइ दिनु भएको होलानी भन्दै रोएको धारणा आएको छ कथामा । निर्मल ढुङ्गानाको राजनीतिमा आजको राजनीतिक यथार्तलाई प्रष्ट पारेको छ । पार्टीकै कार्यकर्ता भए पनि को कती नजिकको छ , नजिककोलाई असक्षम भए हिुलियतमा प्राथमिकता दिने धारणा आएको छ ।
दार्इँ –पहारी कान्छोको दाईँमा–आजको देशको राजनीतिक अवस्थालाई केलाउँदै बिना मिहेको दाई गराईको संज्ञा दिएका छन् र भन्छन् –जो संरक्षक हो उसैलाई सामन्त अनि विना मिहीको दाईँलाई नयाँ नपाल र अग्रगामी साँच भन्दा रहेछन् आधुनिक साँढैहरू । 'प्रेमराज खराल को मनिसराको शब्दमा मनिसरा शौचलयमा जाँदा एउटा केटाले जिस्काउनु, मनिसराले अश्लील शब्द प्रयोग गनुर्, त्यो प्रअले सुन्नु, यस सम्बन्धमा घरमै गएर अध्ययन गर्ने निधो गरी प्रअ मनिसराको धरमा जाँदा मनिसराको बाबुले भैंसी र आमले चिसा दाउरलाई त्यहीशब्द प्रयोग गरेको सुनेपछि फर्केर घरको वातावरण सुध्रेमात्र स्कुलको वातावरण सुधार्न सकिने भन्छन् । भोजराज घिमिरेको घर न घाटमा विदेशमा लोग्ने भएकी कमलाले देवसँग लागेर छोराछोरी छाडेर सम्पत्तिसमेत लिएर जानु, सम्पत्ति सकिएपछि देवले छाडी दिनु र कमलाले घर न घाट भएको महसुस गर्नु । विजय सागरको छोराहरूको न्यायमा कृष्णका ३ भाइ छोराले भएका घर जग्गा आफ्ना नाउमा सारे र बाबुले जागिर छाड्दाको १०लाख रुपियाँ बाबुको अंश भनेर अलग गराइ दिएपछि भाडामा बसेर घडेरी किन्न कृष्णका धारणा आएको छ । विद्या खड्काको पैसामा अमेरिकामा भएको छोराले आमा विमार छ आउ भन्दा काममा भएको र घरबारी बेचेर उपचार गराउनु भन्ने जवाफ दिन्छ । डा. श्पामप्रसाद न्यौपानेका सतीत्वमा पति बिमारी परेर अस्पतालमा भर्ना हुनु अप्रेसन गर्ने पैसा नहुनु र बाहिर सडकमा निक्लेर फोन गर्नु, पैसा काउन्टरमा पतिको नाममा जम्मा हुनु , भोली पल्ट अप्रेसन हुनु ,सफल हुनु, 'सावित्री पनि पतिको अप्रेसन गराउन सफल भएकोमा खुसी भइन् तर सतीत्वको रक्षा भयो वा सतित्व लुटियो उनले केही मेसो पाइनन् ।'
कविता, गीत, गजल, मुक्तक, हाइकु,साइनो शीत –कविता ४० जना, शीत ३जना, गजल १० जना ,मुक्तक ४ जनाका हाइकु २ जना, साइनो १ जना
कविता– अनिपाल कार्की (विभेद,किन), आयम कार्की ( बा, ज्ञानको ज्योति), आर.बी. निश्चल –प्रश्नपत्र ः जीवनको, वीपनको प्रश्नपत्र हुन सक्दैन) इन्दिरा शर्मा( दुखाइहरू, सबै कुरा दुखकै कारक र श्रोत ),इश्वरीप्रसाद बस्याल ( मोती, मोतीराम भट्टको स्मरण), ऋषिकेशव भारद्वाज ( रुरु हृषीकेश, रूरू र कन्या तप धाम र हरिनामले प्रख्यात ), ऋषिप्रसाद लामिछाने'गोर्खे साँइलो –(साँेच, सबैले आफ्नो स्थानको सुरक्षित खोज), एलिसा गैरे (मेरो देश, पहाड, मदेश, हिमाल सबै मेरो घरबार, सबै जात सबै वर्ग मेरो परिवार),कृष्णप्रसाद कोइराला (मृत्यु–भय,जनम मरण सत्य हुन् , नविर्सौ ), गंगालाल कोइराला (छाडेर जाने दिन, एक्लै आउँछ र सबै छाडेर जान्छ ), गणेश ज्ञावली (विजय गाथा, संघर्ष हो धेरै हार सहेरमात्र जित हात पर्छ ), गीता रेग्मी ( खै के जिन्दगी, आफैसँग हराउने जिन्दगी खै के जिन्दगी), गोविन्द खनाल ( निर्मूल पारौं अव, सबै जुटेर कोरोनालाई निर्मूल पारौं ) छवि ज्ञावली ( रिचार्जकार्ड, रिचार्जकार्डलाई स्क्रयाच गरेर पुन शक्तिशाली बन्ने छन् मोवाइलका मालिकहरू), जनक कार्की (छाडेर जानु रहस्य, भेटिनु,छुटिनु र परिवर्तन हुनु जीवन हुन सक्छ ) जयप्रकाश उप्रेती ( सत्यनारायण भजन, जन्मेर मर्न नपर्ने बनाउन मन्त्र आवश्यक्ता), जोशिका कँडेल 'निशा ' (पूmल, कर्ममा कार्यमा , कण्ठमा चढ्छ ), डिल्लीराज अर्याल (गाउँ सबै किन शहरतिर ?, शहरमा सङ्किर्णता हुँदा हुँदै पनि मानिस किन सहर ताक्छ) ,तनु घिमिरे –( तपस्या बाबा, आफै खरानी भएर पनि सन्ततीलाई न्यानो दिन सक्ने राप छौ ), दुर्गाप्रसाद अर्याल। (जमाना के आयो , नीति, नियम पद्धति सबै हरायो ), देवेन्द्र लम्साल .(घोडाहेरू कुदिरहेछन्, यसरी मान्छेको नियति बोकेर घोडाहरू कुदिरहेछा्),द्रोणराज न्यौपाने ( वास्तविकता जस्तो मिराज, पृथ्वी हराभरा हुन जताततै सुगन्धित पूmलहरू फुल्न थाल्छन् ), नारायण कोइराला ( कविता लेख्न मन छ मलाई, मन र मस्तिष्कको कलमले सन्त्ुष्टिको लागि भएपनि कविता लेख्न मन छ ) नारायणप्रसाद अर्याल (प्रकृति, नेपाल भरीको प्रकृतिलाई समेटेको छ कविताले, लुकेका छन् सारा प्रकृति जननीका उदरमा), पुरुषोत्तम अर्याल (नारी सागर हौ तिमी , नारी महिमाको वर्णन। नारीको सृष्टिले मात्र संसार चल्छ )भागवत भण्डारी (पोखराथोक, पोखरा थोकको स्मरण ), भावना शर्मा ( समयलाई मेरो प्रश्न, 'ए समय तँलाई तेरो मृतिकाको चिन्ता छैन ।) भोजराज भट्टराई (साइनो, 'के दिउँ खै कोसेली विर्सिजाने मयालाई सम्झे आफ्नो बिर्से पराई।'), यनराज अर्याल (बलिमा बोका, 'हामी बिनाको दशैं धोका हुनुपर्ने । बलीमा बोका हुनु पर्ने ।' युवराज खनाल (कौडे ओलेस, यहाँको कृषिको बारेमा प्रकाश पारिएको छ), रोहितप्रसाद ज्ञवाली (पूजा,प्रकृति र चुनौती, 'महामारी अभिशाप भयो नि जीवन बाँच्नको भयो चुनौती ') , लक्ष्मी रेग्मी खनाल( चित्कार, महिला राष्ट्रपतिलाई बलत्कारीलाई फाँसी दिन आग्रह गरिएको छ) , लेख्नाथ काफ्ले (बुभ्mनै सकिन, नेतृत्व वर्गका आँखा कुनै रोग नहुँदा पनि जुम्ला, हुम्ला, लिपुलेक, सुस्ता देख्दैनन् टाढा टाढा देख्छन् , सुरासुन्दरी देख्छन् गरिब र अपाङ्ग देख्दैनन् ।'वसन्त खनाल (पैँचो , पुरस्कार सम्मान सहि व्यक्तिलाई नदिएर पैँचो लगाउनेप्रति व्यङ्ग प्रहार गरिएको छ ), विजय पन्त (दश टुक्रा कविता, अलग अलग अस्त्विका कविता एक श्लोक, आमाहरूलाई अब बा नपच्ने भए , चालीस कटेसी नौ जवानतिर गए) , विमोचन खनाल – (हाम्रो देश, वीरहरूको देश, आस्था फरक फरक भए पनि भेदभाव गर्न हुन्न) ,विश्वनाथ गैरै (भूकम्पको पिडा , भूकम्पको पिडा भोग गरेकालाई सहयोग गरौं) , शम्भु अर्याल – (दिग्दर्शन, कविले उज्याालोको खोजी गरेका छन्) । शरण रायमाझी ( यही छ मेरो निष्कर्षमा, 'आमा भन्दा कोही छैन सुन्दर''),शान्ति अधिकारी पोखरेल ( छोडेर जानेहरू , 'केही क्षण आफ्नालाई पर्खिएर त हेर '), श्रीधर भण्डारी –मरेर पनि बाँचेको मान्छे,बर्षातको बाढीमा परेर बगाएर पनि बाँच्न सफल मानिस ), सुदीक्षा ज्ञवाली कोरोना सङ्क्रमण र बालबालिकाको भोगाइ, कोरोनाले पारेको असरलाई विवरणात्मक वर्णन आएको छ कवितामा)सुनिल कोइराला ( कवि, 'ऊ कवि हो । जसले तुफानसँग खेल खेल्छ, बालुवाको थुप्रोमा विश्व ब्रह्माण्ड हेर्छ ), होमनाथ शर्मा (आज यस्तै गरायो, आज छोरा छोरी विदेश गएको यथार्थ चित्रण)
शीत–अस्तित्व रेग्मी –बलाशीत),इन्दिरा ज्ञावली ( शृङ्गारिक शीतहरूं), दामोदर ढकाल 'दीपक' –त्रिशूल)
गजल– कपिल गौतम, कमल भट्टराई ,किशोर खनाल 'अनुपम' कृष्णकला भण्डारी, जानका नेपाल, डा. नारायण प्रसाद शर्मा गैरे , बूँदराना , मीना खाती , विन्दु के.सी. सरिता रेग्मीका गजल समावेश गरिएका छन् । गजलमा सीमा अतिक्रमण, कृतिहरू मर्ने छैनन्, प्रेम, मम पकाउन बानी परेको ,भूमि बिक्ला सोचियन(राष्ट्रियता), नारी समनता, भ्रष्टचार, बा–आमा प्रतिको सम्झना, कोरोनाले निम्त्याएको कहर, प्रकृति प्रेम आदि धारणा आएका छन् गजलमा ।
मुक्तक –खगेन्द्र गिरी 'कोपिला', चित्रबलीराम सुवाल,मन गैरे, मिलन समीरका मुक्तकहरू विविधताले सजिएका छन् ।
हाइकु – धातानन्द शर्मा गैरे (केही हाइकुहरू, २१ हाइकु विविधताले भरिएका),शालिकराम लम्साल (१० हाइकुहरू)
समस्यापूर्तिؘ– कृष्णप्रसाद कोइरालाको नेपाल हाम्रो घरमा विदेशिएका युवाहरूलाई नेपाल फर्कने आग्रह,दुःखलाई मुक्ति दिनेमा नेता त आए तर दुःखीलाई मुक्तिदिने नेता आएनन् भन्ने धारणा । गंगानाथ कोइरालाका नेपाल हाम्रो घरमा देशकै उत्पादनले सम्पुष्टपारी तन विदेश गयौ तर नेपाल हाम्रो घर भनेर सम्झन्छौ या विर्सियौ ।दुखीलाई मुक्ति दिनेमा राणा शासन देखि आजसम्मका शासकाले आफ्नै सन्तुष्टि लिए तर कुन पद्धति वा नेता होला दुखिलाई मुक्ति दिने प्रश्न राखेका छन् । गोविन्द खनालको धारणामा छलछाम त्यागेर ेनिर्माणमा लाग्नु छ , गल्तीलाई त्याग्नु छ जनताका मन मिले दलको आश्यक पर्दैन, हाम्रो सपना सिगार्नु छ र हाम्रो घर निर्माण गर्नु छ । दुःखीलाई मुक्ति कुरामा हुनेखाने ठूलाहरू भोगविलासमा मस्त नहुने भोका छन् ।जनताको नाम बेचेर राजनीति गर्नेले दुःखीलाई मुक्ति,कसरी दिने भन्ने धारणा आएको छ । जनक भण्डारी ले भन्नुहुन्छ– हाम्रो घरमा संस्कृतिको तिरस्कार, मौलिकताको अस्वीकार मानवनै हाकाकार छ हाम्रो घरमा । दुःखीलाई मुक्ति दिने सम्बन्धमा भन्नु हुन्छ –'चेतनाको दियो नाद शब्दको बाती, त्यागौं मिथ्या जड पिण्डाभिमान र मात्र दुःखीलाई मुक्ति दिन सकिन्छ ।' होमनाथ शर्माले हिमाल बेंसी, लेक तराई फाँट नदीहरूको वर्णन गर्दै 'प्यारो यो मन भित्रको मुलुक हो नेपाल हाम्रो घर ।' दुःखीलाई मुक्ति दिने सम्बन्धमा भन्नु हुन्छ– चिरा परेका कुकुर्चामा चप्पल लाएर भित्र पसेकाहरूले आलिसान महलमा बस्ने र चिल्लाकार गुडाउनेहरूले द्ःखीलाई के मुक्ति देलान् भन्ने धारणा राख्नु भएको छ ।
आगामी अङ्कका लागि समस्या पूर्ति – १. चाहिने गोत्रा गफ २.ब्वाँसाहरूको बिगबिगी
पोखराथोक साहित्य सङ्गमका कार्यकारी पदाधिकारी –अध्यक्ष–श्री हरिप्रसाद भट्टराई,उपाध्य विश्वनाथ गैरे सचिव श्रीमती जानका नेपाल, कोषाध्यक्ष गोविन्द खनाल, सदस्यहरू–विष्णु पहाडी,दुर्गाप्रसाद अर्याल, उपेन्द्र रेग्मी र गीता रेग्मी
पोखराथोक साहित्य सङ्गम अन्तर्गतका विविध अक्षयकोष( गुठीहरूको विवरण दिइएको छ । १. हरिहर स्मृति कोष (२०५९), संस्थापक दीपेन्द्र कुमार रेग्मी, कोषराशि ५,०००÷–,। २. तुलाराम स्मृतिकोष (२०६२), संस्थापक फणीश्वरा मुडभरी, कोषराशि ५,०००÷– । ३. पवित्रा ढकाल स्मृतिकोष (२०६१), संस्थापक मथुरा ढकाल कोषराशि १२१३६+३००० =१५१३६÷– प्रतिवर्ष थपिदै जाने ।४. यादवनाथ कोइराला स्मृतिकोष (२०६३), संस्थापक चन्द्रिका कोइराला कोषराशि १०,०००÷– ५. भास्कर शान्ति नेपाल साहित्य पुरस्कार (२०६६), संस्थापक भास्कर नेपाल कोषराशि १५०००÷–
यस संस्थाले विभिन्न कोषबाट विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । वाटिका साहित्यिक सङ्गालो २०७८ प्रकाशन सम्म आइपुग्दा यस संस्थाका २८८ जना आजीवन सदस्यहरू थिए ,
समग्रमा बाटिका एउटा नमुना सङ्गालो हो । वार्षिक रूपमा प्रकाशन हुने पत्रिकाले साहित्यका सबै विधालाई समेटेको छ । भाषामा विविधता छ । प्राय स्थापित स्रष्टाहरूको बाहुल्यता देखिन्छ । बाटिकाको दीर्घकालिन सफलताको कामना गर्दछु । यस सङ्गालोका सम्पूर्ण परिवारलाई धन्यवाद सहित विदा चाहान्छु ।
धन्यवाद,
मिति २०८२, असार १३,

No comments:
Post a Comment