July 23, 2025

सिन्दूरको प्रयोग सम्बन्धमा केही धाराणलाई सङ्कलन
सदानन्द अभागी
प्रनेता विष्णुले मलाई 'जस्तै सुन्नु है पुसाजु ' 'उनले वर्ष दिनमा अध्ययन गरेका हिन्दु धर्मसँग सम्बन्धित ग्रन्थ, वेद,गीतादेखि हिन्दुधर्मलाई निर्दशित गरिएका भनिएका ग्रन्थमा महिलाले श्रीमानको मृत्युपछि सिन्दूर लाउन हुने ÷ नहुने कहाँ व्याख्या गरेको छ ? भन्ने प्रश्न गरिन् पूजामा सहभागी पण्डितदेखि सवैजना नाजवाफ उनको प्रश्न सुनिरहे ।' प्रनेताले यहाँ धेरै कुरा राखेकी छन् । आखिरीमा सिन्दूर लगाएरै छाडेको कुरा यहाँ पनि प्रनेताले भनेकी छन् । सिन्दूर किन लगाइन्छ र किन लगाइँदैन भन्ने कुरामा मैले नेटमा २÷४ लेख अध्ययन गरे सबैको मत प्राय मिल्दो जुल्दो पाएँ । यो हामी सबैले जानेकै कुरा हो कि सबै विवाहित महिलाले आफ्नो सिउँदोमा सिन्दूर लगाउने गर्छन् । यो हिन्दु परम्पराबाट सञ्चालन हुन्दै आएको हो । माता पार्वतीले महादेवलाई पति प्राप्त गर्न तपस्या गरेकी र महादेवले पार्वतीलाई अर्धाङ्गिनीको रूपमा स्वीकारे पछि सुहागको रूपमा सिन्दूर लगाउनु भएको थियो ।   सिन्दूर लगाउने महिलाका पतिको आयु लम्बिछ र सौभाग्यवती बन्न पाइन्छ भन्ने वरदान पनि पार्वतीले महिलाहरूलाई दिनु भएको थियो । हाम्रो धर्म अनुसार सिन्दूर लगाउने पहिलो महिला पार्वती भएकी र यो परम्परा आजसम्म चलिआएको छ । सिन्दूरले कन्या केटी, सधवा र विधवा भनेर परिचय पनि दिन्छ ।किन कि सधवाले बाहेक सिन्दुर कसैले लगाउँ दैनन् । सिन्दूर लगाउने पनि खास तरिका छ । सिन्दूर शीरको मध्य भागमा लगाइन्छ । टाउकाको बीचमा सिउँदो बनाइन्छ । सिउँदो सोझो रेखामा बनाइन्छ । सिन्दूर पनि नछरीकन चिम्टीको सिधै सिउँदा भरीने गरी लगाइन्छ । विवाहको दिन दुलहा र दुलहले यज्ञमा सात फन्को घुमेर दुलहीको सिउँदोेमा तीन पटक सिन्दूर भर्दछ । श्रीमान श्रमितीको सम्बन्ध वैधानिक रूपमा जोडिन्छ । कतिपय लेखहरूमा रातो रङ्गको प्रयोग प्रजनन् समृद्धिको लागि गरिने भनेर लेखेको पाइन्छ । अर्थात रातो रङ्गलाई दिव्य स्त्री उर्जा भनेर बर्णन गरिएको पाइन्छ । विवाह सम्बन्धमा सामाजिक मान्यतामा दुलाहाले जबसम्म सिन्दूर दुलहीका सिउँदोमा भर्दैन तबसम्म विवाह पूर्ण भएको मानिदैन । विवाह सामाजिक मान्यता हो । जस्मा दुबै एक अर्काप्रति प्रतिबद्ध एवम् उत्तरदायी हुन्छन् । महिलाले आपूm सुरक्षित एवम् पालन पोषणको काममा श्रीमानबाट हुने कुरामा ढुक्क हुन्छे भने पुरुष पनि यी  कर्ममा दायित्व थपिएको महसुस गर्छ । महिला विवाह गरेर घर प्रवेश गर्ने वित्तिकै त्यो समाजको सदस्य बन्न पुग्छे र सामाजिक मर्यादामा उसको भूमिका गहन हुन जान्छ । केही लेखहरूमा सिन्दूरलाई अध्यात्मिक महत्वसँग पनि जोडेको पाइन्छ । सिन्दूरले आध्यात्मिक उर्जा सक्रिय बनाएर भित्री आत्मालाई परमात्मा सँग जोड्छ भन्ने विश्वास गरिन्छ । सिन्दूर लगाउने स्थानलाई तेस्रो आँखा चक्र अवस्थित ठाउँ भनिन्छ । यो अति महत्वपूर्ण उर्जा केन्द्र हो । भनिन्छ सिन्दूर लगाउँदा यो चक्र सक्रिय हुन्छ । यसको कारणले, अन्तज्र्ञान, आध्यात्मिक अन्तर्दृष्टि र मानसिक स्पस्टता बढ्छ भन्ने जानकारी विविधलेखहरूबाट अध्ययन गर्न पाइन्छ ।  
सिन्दूरको सांस्कृतिक र आध्यात्मिक कुराहरू त मैले माथि नै बताइ सकें । अव हेरौ वैज्ञानिक महत्व के छ । अर्थात यो कसरी के के बाट निर्माण भएको हुन्छ ।  विज्ञानका अनुसार सिन्दूर बेसार र पारोको समिश्रणबाट बनाइएको हुन्छ । यस सम्बन्धका लेखरचना पढ्दा पारोको अन्तर्निहीत गुणले रक्तचापलाई नियन्त्रण गर्नु साथसाथै यौन चाहनाप्रति उत्प्रेरित गर्दछ । केही लेखमा सिउँदोमा सिन्दूर लगाउँदा दिमागमा शितलता मिल्ने कुरा पढ्न पाइन्छ । यो एउटा महत्वपूर्ण कुरा हो । माइतमा लाडप्यारमा हुर्केका किशोरीहरू विवाह गरेर नयाँ ठाउँ, नयाँ परिवेश आदिले  महिलामा तनाव, समस्या र जिम्मेवारी थपिन्छ यस्ता समस्यामा दिमाग शान्त हुनु आवश्यक हुन्छ । दिमाग शान्त राख्न सिन्दूरको प्रयोग उपयोगी हुने कुराहरू लेखहरूमा पाइन्छन् । विवाहमा सिन्दूर मात्र नभएर मंगलसुत्र, चुरा, औठी र पाउजु पनि लगाउने चलन छ । मंगलसुत्र लगाउनाले रक्तचाप नियमित हुन्छ । लगाउँदा यसलाई शरीरलाई छुनेगरी लगाउनु पर्छ । काँचका चुरा लगाउने सम्बन्धमा पनि चुरा आपसमा टक्रराउत्छन् आवाज निस्किन्छ  त्यो आवाजले नकारात्मक उर्जालाई टाढा भगाउँछ भन्ने कुरा विभिन्न लेखमा अध्ययन गर्न मिल्दछ । हाम्रो परम्परामा प्रयोगमा ल्याइने गहनाहरूको सिङ्गारको हिसाबलेमात्र नभएर स्वास्थको हिसाबले पनि महत्वपूर्ण छन् । धार्मिकग्रन्थहरूले एकल नारीको सुरक्षाको हिसाबलाई ध्यानमा राखी श्रृङ्गरमा बढवा नदिन भनेकोमा अन्यथा लिन हुँदैन । सिन्दूरले भरिएको सिउँदो काँचका चुरा, रातो सारी, रातै चोलो या बलाउजे सजिएकी महिला निकै सुन्दर देखिनु स्वभाविक हो । यिनै कारणलाई दर्शाउँदै धेरै लेखहरूमा काम वासना बढाउने र आंशिक मात्रामा उत्तेजनामा वृद्धि हुने हुनाले हिन्दु धर्म अनुसार बिधवा र एकल नारिलाई सिन्दूर बर्जित गरिएको हो भन्ने कुरा अध्ययन गर्न पाइन्छ । कतिपय कुरामा विज्ञान पनि सहमत देखिन्छ । सेतो कपडाको कुरामा क्उष्चष्तगब िक्अष्भलअभ च्भकभबचअज ँयगलमबतष्यल ले कपडाको रङ्ग सम्बन्धमा गरेको अध्ययनको निष्कर्ष यसरी प्रस्तुत गरेको छ – ' जस्तो सुकै आधारभूत व्यक्तित्व भए पनि अर्थात् सात्विक या तामासिक, रातो रंगले यसलाई अझ उत्तेजित गर्दछ । सेतो सारी लगाउने महिलाको फरक पहिचान बन्छ । सबैजना ऊप्रति संवेदना राख्न थाल्छन् । यो मनोवैज्ञानिक प्रभावका कारण उनले सामाजिक सुरक्षा पनि पाउँछिन् । तर सेतो वस्त्र लगाएकी नारीप्रति कुदृष्टि राख्ने नराधमहरू पनि हुन्छन् समाजमा ।' 'सेतो कपडाले मन शान्त र सात्विक बनाउँछ जबकि रंगीचंगी कपडाले भौतिकतामोह देखाउँछ । कालो रंगमा हानिकारक स्पन्दन हुन्छ, जसले केवल अनिष्ट शक्तिलाई आकर्षित गर्ने मात्र नभएर सात्विक स्पन्दहरु हटाइ दिन्छ ।'
प्रनेताले किन मलाई उनको मेसेजमा यी कुरा लेखिन् मलाई थाहाभएन तर यस विषयमा मलाई अध्ययन गर्न बाध्य पारो । मैले नेपाली र हिन्दीमा लेखिएका यस सम्बन्धि लेखहरू पढें तर प्राय सबैका धारणा यहाँ मैले प्रस्तुत गरेका धारणा नै पाएँ  । प्रनेता लेख्छिन् –'उनले श्रीमानको मृत्युपछि सेतो लुगामात्रै किन लगाउने, किन एकल भन्ने, सिन्दूर किन लगाउन नहुने प्रश्न सोधिरहिन्  । आफ्नो जिन्दगीको सबै भन्दा सुन्दर चिज छोरा,सिन्दूर र लोग्नेले बनाइ दिएको  घर र आफ्नो मान सम्मान लोग्नेले दिएको भन्दै उनले तिनले सबै चिज त्यागे मात्रै सिन्दूर त्याग्ने भन्दै सबैसँग सिन्दुर लगाउने अनुमति मागिन् । उपस्थित सबैले ताली बजाए । त्यसपछि पौड्यालले बुहारी शिवानीलाई आफ्नो सिउँदोमा सिन्दूर लगाइदिन अनुरोध गरिन् । बुहारी शिवानीले उनको शिरमा सिन्दूर लगाइइिन् । '
 धेरै कुरा मैले माथि नै लेखि सकेको छु । सर्बप्रथम प्रनेताले उनले वर्ष दिनमा अध्ययन गरेका हिन्दु धर्मसँग सम्बन्धित ग्रन्थ, वेद,गीतादेखि हिन्दुधर्मलाई निर्दशित गरिएका भनिएका ग्रन्थमा महिलाले श्रीमानको मृत्युपछि सिन्दूर लाउन हुने ÷ नहुने कहाँ व्याख्या गरेको छ ?यस सम्बन्धमा उनले कुनै ग्रन्थ पढेको जस्तो लागेन । सिन्दूर लगाउन मनलागे पछि परम्परालाई तोडन चाहे तोडेका छन् । वेतुकको किन बुहारीबाट सिन्दूर भराउने ? बुहारीबाट सिन्दुर भराउन कुनशास्त्रमा लेखिएको छ ? आँफै लगाए हुन्छ नि ।  हाम्रा धर्मशास्त्रको अध्ययन हामीले गहिरो रूपमा अध्ययन गर्न सकेका छैनौ तर सबै कुरा यसमा ािउन सकिन्छ । यहाँसम्म कि  वेदमा विधवा स्त्रीलाई पुनर्विवाहको छुट पनि छ । हेरौं लोकान्तर –कात्तिक ७, २०७५
'उदीष्र्व नार्यभि जीवलोकं गतासुमेतमुप शेष एहि  ।
हस्तग्राभस्य दिधिषोस्तवेदं पत्युर्जनित्वमभि सम्बभूथ ।।
अर्थात्, पतिको मृत्यु भएपछि कुनै पनि स्त्रीले उसके यादमा जीवन बिताउनुपर्छ भन्ने छैन । अर्को पुरुषलाई विवाह गरेर जीवन अघि बढाउने पूरै छुट उक्त स्त्रीलाई छ ।'
मलाई पनि धार्मिक ग्रन्थको त्यति ज्ञान छैन , धेरै अघि बढ्न चाहान्न ।
 धन्यवाद

No comments:

Post a Comment