April 15, 2012

muktakharu

तिमी आफ्नै बाटो हिड

तिमी आफ्नै बाटो हिड तिम्ले मलाई मोल्नु छैन

खडेरीले खाए खाओस् सिँचाइ कुलो खोल्नु छैन

जाउ जाउ जति सक्छौ सफल बाटो खन्दै जाउ

सत्कर्मको बाटो हिड्ने कसैलाई बिथोल्नु छैन

देश बेरोजगार छ 

देश वेरोजगार छ युवा विदेश धाएकै छन्

दलाल चमत्कार छन् नजर उन्ले लाएकै छन्

जति अलपत्र परेर मृत्युवरण गरे पनि

दलालले निर्धक्क विदेश पठाउन पाएकै छन्

हेर काम गर्दा

हेर काम गर्दा सोच बिचार गर्नै पर्छ

नदी पार गर्नु परे जङ्घार तर्नै पर्छ

के नै हेर्नु छर लाटीले केरा हेरेझैं

तिन्को आँत छाम्मलाई अघि सर्नै पर्छ

छुवाछुत

छुवाछुत मुक्त भन्ने खबर सुनेर के हुन्छ

दिनरात जालसाँझी भाषण बुनेर के हुन्छ

व्यवहारमुखी हुनुपर्छ गरिएका कामहरू

निर्धालाई कानुन देखाउन थुनेर के हुन्छ

April 2, 2012

घरजम बसाल्नेहरू

घरजम बसाल्नेहरू

सदानन्द अभागी

       लिखुखोलाको वारपार गदै म, वासु  रेग्मी र योग मर्ज (एकजना स्वीजल्याण्डको मित्र ) आआफ्ना झोला बोकेर टारकेरा बारी जाने उद्देश्य बोकेर साँधुटारबाट आफ्नो हिडाइलाई रफ्तारको साथमा अघी बढाईरहेका थियौ। हामी घरी ओखलढुङ्गा जिल्लाबाट हिडथ्यौ घरी रामेछाप जिल्लाबाट अघि बढ्दथ्यौ। यता लिखु खोलाले आफ्नो निरन्तरता दिएको थियो। यो अविरल बग्ने खोला बगिरहेको थियो। हाम्रो हिडाईलाई खोला पारिबाट एकजना महिलाले पनि आफ्नो यात्रामा निरन्तरता दिएकी थिइन्। उनी आफ्नो धुनमा थिईन्। तर महिला भन्ने चिनिन्थ्यो र एक्लो व्याक्ति आफ्नै धुनमा एक्लोसुरमा हिड्दा घरी घरी खोला पारिका व्याक्तिहरूमा नजरजानु स्वभाविक हुन्थ्यो। उनले आफ्नो हिडाइ हामि सरह लम्काई रहेकी थिईन्। मलाई कता कता रमेश दाहालको राती पढेको गीतको लेखाइ याद आयो। यही वारिपारिको प्राकृतिक सौन्दर्यतालाई गीतमा उतार्ने मन जाग्यो। मैले एउटा गतिको श्रृजना गरिहाले

          लिखुपारि माया थिइन् लिखुवारि हामी 

             मोहनीको मन्त्र सहित पढाइ दिन्छु धामी 

                      

                     कलकल छलछल गरी बग्ने लिखुको त्यो जल 

                     भेटघाट बिनै बग्दो रैछ माया जालको भल 

                     जीवनको रङ्गीचङ्गी यो जीवनको फूल 

                     त्यती सुन्दर फुल चुड्ने नगर है भुल 

                                  लिखु

            

              लिखु परि बढ्दै गइन् मायाकी ती रानी 

              लिखु वारि हामि हेर्ने आँखा तानी तानी 

              साच्यि आँखा कोर्के पार्दा ठेसलाग्न जानी 

              सारा तन सम्हाल्दैमा हुने पानि पानि 

                                  लिखु 

 

             जव पुलतरी आइन् जम्का भेट भयो 

           लाली पूर्ण ओठ हेर्दै चच्छु जुध्न गयो 

            हृदयका कुनाकाप्चा प्रेमसुधा बग्यो

                  एक्लो माया फुक्लोपना भाग्यलेनै ठग्यो 

                           लिखु 

 

             उनी लागिन् आफ्नो बाटो ओढी राम्रो खाष्टो 

             लोभी पापी आँखाहरू ताकी राखे बाटो 

           डाँडा काटी माया गइन् उभी राख्यो लाटो 

            माया मारी हिड्न जाती हेरी राख्न साटो 

                                  लिखु 

 

       यति मात्र कहाँ हो र बाटोमा पर्ने वाधाअड्चन भिरपहराले पनि हामीमा निकै कौतुहल्ता जगाउदथ्यो। हामिमा बाटो भरी हाँसो थियो। योर्ग मर्जको विदेशी शैलीको नेपाली बोलइले अझै रसिलो पार्दथ्यो। कुनै कुनैबेला उनले आफ्नो घरयासी जीवनको अनुभूति पनि गराउँदथे। स्वीजरल्याण्ड र नेपालको समाजिक परिपाटीमा पाइने फरकलाई पनि प्रष्ट पार्दथे। उनले नेपाली महिलासँग विवाह गरेका थिए। छोरी सानी छन् अरे ती सानी छोरी र उनको बीचमा झगडा भएछ। छोरीले उनलाई "तपाईं कुइरे हो" भनेर गालि गरिछन्। उनले पनि तिमी पनि मेरीछोरी भएकोले कुइरीहो भनेछन्। छोरीले "म कुइरी हैन" भन्दै रुनथालिछन्। उनका यी अभिव्याक्तिहरू सुन्दा निकै रमाइलो लाग्दथ्यो। बाटो भरि हास्ने काम हुन्थ्यो। हामीसँग बाटो देखाउने एकजना गाइड थिए। उनी पनि रमाइला थिए। हामी टारकेराबारी पुगियो। आज देशमा चलेको द्धन्द तथा आफ्नो प्रभूत्व जनाउने हरूको प्रभाव पनि कहाँ कम थियो र?यस्तै क्रममा राजनैतिक विकासमा जुटेका व्यक्तिहरू हामी भएको ठाउँमा आउन स्वभाविक थियो। केही व्याक्तिहरू आएर हामी त्यहाँ पुग्ने कारणको जानकारी माग्ने काम भएछ म बहिरो भएको कारणले गर्दा केही पत्तोलागेन। म साह्रै थाकेको हुँदा खाटमा सुतेकेा थिए। बासु सर त्यहाँ छलफलमा जुटनु् भएको थियो। योर्ग मर्ज सरले हेरीराख्नु भएको थियो। हामीलाई त्यति असजिलो भएन। रात राम्रै सँग बित्यो। विहानिको सङ्केत पाउने बित्तिकै म उठेर आफ्नो नित्यक्रियामा लागे। केही क्षण पछि योर्ग मर्ज सर र बासु सर उठनु भयो। टारकेराबारीको अवलोकन गरियो। अवलोकनको क्रममा हामी एकजना समाजसेवीको घरमा पुगियो। एउटा करिब पचास बर्षे मानिस समाजसेवीको घरमा बसेर एउटा निबेदन लेखाई रहेको थियो। समाजसेवीले उक्त मानिसको निवेदन लेख्दै हुनुहुन्थ्यो। समाज सेवीले दरखास्तलाई अन्तिमरूप दिएर हाम्रा दुईजना मित्रहरू सँग छलफल गर्न थाल्नु भयो। दुइजना मित्र भित्र पसेर समाजसेवीसँग कार्यकर्मका सम्बन्धिछलफल चलाउन थाल्नु भयो भने म बाहिर पटाहामा बसेर पचास बर्षे मानिसको दुखेसो सुनि रहेको थिएँ। उनको व्यथा घरजम गर्नेवाला थियो। उहाँ कार्तिक महिना देखि जीवन साथी चयनमा जुट्नु भएको थियो रे। एउटा रूपवतीले उहाँलाई राती राती आउने सल्लाहा दिन्थिन्रे। पचास बर्षेले पनि कहिले लिखुखोलाको माछा कहिले मीठामीठा खानेकुरा, कहिले के, कहिले के गर्दै (खाली हात नगराइ ) जाने गर्नु हुन्थ्यो रे । जीवनमा लिनु पर्ने जीवन स्वादको अनुभूती दुबैले लिदै गए रे। समय बित्तै गयो। पचासवर्षे युवक कहिले भोकै कहिले घरै खाना खाएर राती नौ बजे जाने र कुखुराको डाँको अगाबै भाग्ने क्रम जारी थियो रे। उनलाई त्यो घरमा जान राती लुकेर सुत्न सजिलो थियो रे । उनकी प्रेमिका छेउको घरमा सुत्ने गर्दथिन् रे। घरका मानिस बस्नेघर भन्दा माझामा भान्साघर थियो रे। दिन बित्तै जाँदा अव दुलही बन्ने दिन आएछ। उनी दुलहीबन्न तयार भइछन्। घरकालाई यस्तो गोप्य विवाहको थाहालाग्ने कुरै भएन। पचास बर्षेले गहना कपडा र सबै आवस्यक सामाग्री तयार पारेर उनका सबै छोराछोरी समेत साथै लिएर उनलाई नवदुलही बनाएर भित्र्याएछन्। अवत उनी नवदुलही भएर गहना कपडा समेत लाएर नयाँ श्रीमानसँग हनिमुन मनाउन थालिछन्। यो हनिमुन केवल दुईदिने भएछ। तेस्रो दिन उनी पुन अर्को श्रीमानकी नया बेहुली बन्न पुगिछन्। उनी त दिनदनै बेहुली बन्नसकिन् तर पचास बर्षेलाइ भने गहना कपडा कसरी मागेर ल्याउने भन्ने पिरलोपो परेछ। त्यही समस्याले गर्दा उनी त्यो घरमा ती समाज सेवीसँग दर्खास्त लेखाउन आएका रहेछन्। उनलाई अर्को चिन्ता थियो। उनी भन्दै थिए "यदि गर्भ रहेको भए कस्को हुन्छ त्यो त मेरै होला?हैन उसले त्यहाँ गएर उसको गर्भरहे पनि तेरो भनि भने के गर्ने " त्यहाँ भएका कोही हाँसेका थिए भने कसैलै सहानुभूति दर्शाएका थिए।

       अर्का बुज्रुकले  अर्को घटनामा सबैलाई आकर्षक पार्न थाल्यो। उसको कथन थियो "एउटी महिला विवाहित श्रीमान छाडेर अर्कोसँग दोस्रोविवाह गरिछन्।" विवाहित श्रीमतीले छाडे पछि (पोइल गए पछि) जारी उठाउनको लागि कचहरी जोरिएछ। सभाले गहना बुझाउने (जारी तिर्ने) काम गराएर भर्पाई समेत लेनदेन भएछ। जारी बुझेको भोलीपल्ट बेलुका उक्त पोइलगएकी श्रीमती आएर पटाहामा बसेर रोइरहेको अवस्थमा पहिलाको श्रीमानले देखेछन्। उनलाई कताकता भान भएछ के त्यही श्रीमती हो जो उनलाई छाडीसकेकी थिइ? उनले को हो? किन रोएको? भनेर सोधेछन्ती महिलाको रुवाई अझै बढ्दै गएछ। एकोहोरो प्रेममा फसेका ती श्रीमानले पुन किन यहाँ आएको र किन रोएको? अवत उनी झनै डाँको छोडेर "बुढा तिमीलाई त भुल्नै सकिन नी, तिम्रो अनुहार त झलभल्ती देखियो" भन्दै रुँदैगर्न थालिछन्। बुढो चुप्प लागेर सुनीरहेको थियो रे। पुन उनले थपिछन् "बुढा तिम्रो अनुहार आँखाको नानी वरिपरि घुमीरह्यो, माया जागेर आयो, म त त्यहाँ बिर्सनै सकिन र यहीं फर्केर आएँ।"मलाई तिम्रो पुरानो माया चाहियो। जे भयो गल्ती भयो।"

"किन रुनुपर्‍यो बसन त यहीं।"

"त्यैलेत आएकी"

"पानी ल्याएर खाना पकाउ त" 

बुढा म त परसरेकी (रजस्वला भएकी) छु।

खान बनाउने र खुवाउने काम पनि पहिलाकै श्रीमानले गरेछ। गरगहना पनि सबै लगाइ दिएछ।

कुखुराको भालेले डाँको छाड्दा नछाड्दा उनी उठीन् र पहिलो लोग्नेसँग फेर्ने कपडा मागेर खोलातिर झरिन् रे त्यस पछि उनी त्यतैबाट हराइछन्। यता पहिलो श्रीमानले टाउको समाएर बसेको बसेकै छन् रे। 

       बडा रमाइला घटनाहरू एक पछि अकार्, अर्को पछि झन अर्को, पानी बग्दाझै बगेका थिए। त्यहाँ बसेकाहरू मध्येबाट अर्का सज्जनले फेरि एउटा रोमान्चित घटना सुनाए। त्यो घटना यस प्रकारको थियो "विवाहा गरेको धेरै बर्ष सम्म एउटाको छोरीछोरी चारपाँचवोटी जन्मिएन् पछि उसलाई छोराको रहर भएछ र एउटी तरुनीलाई फकाउन थालेछ। तरुनीकी आमाले त्यो सबैकुराहरू गौणरूपले सुनीरहेकी रहिछ र धेरै दिन पछि उसबाट प्राप्तहुने जती सबै सहुलियत लिईसके पछि आमा चाँाहिले भनिछ "हेर छोरीलाई नसताउ म यस घरमा आएर चारपाँचवटा छोरा जन्माइ सकेकी छु यदि तँलाइ छोराकै रहर छ भने म नै जान तयार छु। मलाई नै लैजा तेरो घरमा पनि चार पाँचवटा छोरा पाइ दिन्छु।" यो घटना सुने पछि सबैजना हाँसे। मैले सोधे "के मैले सुनेको सही हो?" सबै जना हाँस्न थाले म भने छोरा र छोरीको भेदमा कति ठूलो खाडल हो? यो खाडल कहिले पुरिएला भनेर सोच्न थाले–"यो देशमा जति समाज अघि बढे पनि जति नारालगाए पनि छोरा र छोरी समान हुन् र छोरी जन्मे पछि  छोरा नभए पनि हुन्छ भन्ने भावना निकै कम मानिसमा मात्र छ। छोरीले बाबुको क्रिया गरे दागबाती दिए, काँधीथापे जे भने पनि छोराको चाहानाबाट समाज मुक्त छैन। केही उदाहरण देखिनु त असल कुराहो तर छोराको तुलनामा छोरीलाई पुर्‍याउनु पर्दछ भन्ने धारणा र छोराछोरी समानहुन् भन्ने धारण सबैमा आउन सकेको छैन।" यो समाजिक बिकृतिलाई धार्मिक, न्यायिक, समाजिक र शैक्षिक प्रकृयाबाटै सच्याउन सकिएन भने कहिल्यै घटाउन सकिदैन। धार्मिक र सामाजिक कारणले गर्दा छोरीलाई छोरा समानको व्यवहार गर्न नसकिएकोर समाजमा छोराकै खोजी भएको यो विकृतिलाई कसरी हटाउने भन्ने भावनामा म डुबीरहेको थिएँ। त्यहाँ जमघट भएका हरूले भने घरजम गर्दा पाएका धोकाहरूका  थुप्रै गफहरू चलाइरहेका थिए। योर्ग सर र रेग्मी सर भित्रबाट निस्कनु भयो। उहाँहरूले मुस्कान छाड्दै म तिर हेर्नु भयो मैले सम्झे "हामी यहाँबाट अगि जानुछ। " म पनि उहाँहरूसँग हाँस्तै लागे।

चिन्तन

चिन्तन

सदानन्द अभागी 

विहानी पखको सिरोटोलो तामाकोशीका आसपासका रुखका पातहरू हल्लिरहेका थिए। आकाश स्वञ्छ थियो तापनि जूनका चम्किला किरणहरूले होला ताराको चम्कन मधुर थियो। हामी तीन जना मित्रहरूको एकै कोठाको सुताई थियो। हामी तीन जनाहरू मध्ये मैले रमेश दाहाले लेखेको "बालुवाको घर" नामक गीत सङ्ग्रह पढीरहेको थिए। यो पढी सकेर म भने सुते तर साथीहरू दुईजनाको बीचमा भने मीठो वार्तालाप भैरहेको थियो। मलाई थाहा भएन कि उनीहरूले कति अबेर सम्म आफ्ना मनका भावानाहरू पोखीरहे किनकी मेरो बानी पनि अनौठो पाराको छ। सुत्न नपाउदै निदाइ हाल्दछु। साथिहरूको बार्ता चल्दाचल्दै म भुसुक्क निदाएँ। विहान कुखुराको डाँको भन्दा पहिला उठ्ने बानी भएकोले आज पनि निकै विहानै उठे। सुन्दर बिहानीको चाँडो उदय होस् भन्ने भावना राख्दै स्वञ्छ हावा पान गर्ने तर्फ लागे। उतापट्टी दुईजना मित्रहरू मस्तनिद्रामा सुतीरहेका थिए। कोठामा हुनत हामी तीन जना थियौं तर तीन जना भए पनि उठाई को हिसाबले म एकलै जस्तो लाग्दथ्यो। एक्लो महसुस गर्न नपाउँदै कता कता पुरानो यादले मलाई कुतकुताउन थालिहाल्योे। कस्तो याद? कस्तो सम्झना? धेरै पहिलाको कुरा हो। त्यो कुराको कुनै प्रसङ्ग हिजो अथवा राती कतैबाट पनि उठेको थिएन। बास्तवमा घटना भने निकै पुरानो थियो। म धेरै पहिला हिमाल पारिको गाउँमा गएको थिएँ। त्यहाँ जाँदा कुनै एउटा साधारण ग्रामिण होटेलमा बसेको थिएँ। त्यो होटेलमा एउटी सुन्दर परी थिइन्। उनले एउटा ओझेलमा बसेर मतिर फर्केर नयनरुपी तीखा बाणले आक्रमण गरिन्। ती तीखा वाणमा मैले पनि तीखा वाण नचलाई केवल मुस्कानको जाल फालेर आफूलाई बचाउन कोसिस गरेको थियो। म आँफूलाई धौ धौसँग रातमा घट्ने दुर्घटनाबाट बचाएको थिए। म आज आफैमा बिचारक हुन्छु र अनि भन्दछु "कस्तो यो चञ्चलेमन विस्तरामा पल्टेर निदाएँ विहान उठ्ने बित्तिकै पुरानो याद, त्यो पनि त्यही परीको वाणको नै किन? के जीवन भरिमा त्यति एउटा मात्र घटना घटेको थियो त?त्यो पनि त खासकेही घटना होइन नी। यस्तो घटना नभए पनि, सायद जानकारीमा भएका र नभएका घटना त हजारौ हुन सक्दछन्? ती घटनाहरू त क्षणिक मानै अस्ताए। आज सायद ती चरी मेरो अगिल्तिर आएर "म को हुम् " भनि उभिए पनि त चिन्दिन। आदि आदि तर्कहरूलाई छाडेर मैले मेरो आजको ध्यान भने अर्कै तर्फ फर्काएँ "आजको विहानी पखको रात छ। यो रातीमा म रामेछाप जिल्लाको सदर मुकाम मन्थलीको होटेलको एउटा कोठाको एउटा विस्तारामा रात विताई रहेको छु।" झयाल खुला थियो। झयालबाट नियाल्दा रणजोर खहरे खोलाको बालुवा सेतोसेतो वान्किकोले चम्किलो देखिन्थ्यो। खहरे खोला पारिको गाउँको माटो रातो बान्किको थियो। घरमा कमेरो दलेकोले सेतो आकृति देखा पर्दथ्यो। होटेलमा पानीको समस्या भएकेाले नुहाउन भने पाइएको थिइन। हुनत, तामाकोशी, रामेछा जिल्लाको सदरमुकाम भएरै वगेकी छन्। नदीको हिसाबले हेर्दा सुनकोशी, लिखुखोला, खितीखोला, चौरीखोला, लाबुखोला, मिल्तीखोलाको वहनस्थल हो। यस जिल्लामा तालको पनि कमी छैन। जटापोखरी पाँचपोखरी, बहुलापोखरी, बालापोखरी तीनताल जस्ता पोखरीले यस जिल्लालाई सजाएका छन्। यस्तो पानीको स्रोतको धनीमानिएको जिल्लामा पानि कमी कसरी भन्ने धारणा उठ्नु स्वभाविक हो। मनमनै जवाफ आउदथ्यो। विश्वमा नै नेपाल जलस्रोतको धनी देशहरूमा मध्य पर्दछ तर दूर्दशा यहाँका बोटबिरुवा मानिस तथा पशुपंक्षीकोलागि मात्र पानीको कमी भएकोहो तथा पानी नपाएको मात्र हो। मनमनै खिन्नता जाग्दछ, भावनाले पोल्दछ, हृदयको कुना कुनाबाट माया र दयाले कुतकुत्याउँछ, आत्माबाटै प्रस्फुटित आवाजहरू निस्कन्छन् . तथा आत्माबोल्छ र भन्दछ "गर केही गर आफ्नैलागि, देशकोलागि बगीरहेको सुधारहरूलाई बिजुली र सिँचाइमा परिणत गर। हेर विश्व कहा पुग्यो। अव गाउँ गाउँमा टुकी बाल्ने जमाना छैन। घर घरमा बिजुली जलाऊ। यसदेशलाई फलफूल तरकारीको र खाधान्नको भण्डार बनाउ। देशको माटोसुनको खानी हो यस्तो सुनको खानीलाई मरुभूमि नबनाउ। त्यसलाई उत्पादनशील बनाऊ र भकारी भर सन्तूलित खाना खाउ र सबैलाई खुवाऊ"। आज भावनाहरू कथा बन्न जान्छन्। भावनाहरूलाई साकाररूप दिनुको सट्टा हावामा उड्दछन्। यी आत्माका बेदनाहरू यस देशको चिन्तन र मनलले गर्दा नयनमा आ147सुमा परिणित भएर गालाबाट झर्दछन्। यस देशको सुन्दरतालाई अवलोकनगर्दा यो देश सुन्दरताको अपार भकारी हो भन्ने मनले अठोठ लिन्छ अनि खुसीले गर्दा सुकुटी परेका गालाहरू पनि रातारातामा परिणतहुन थाल्दछन्। भावानाका कोपिलाहरू फूल बनेर फक्रिन्छन्। बास्तवमा रात र दिनले अ147धेरी उजेली जनाउँदछ।  हिमालको श्वेत चम्कनले चाँदीकेा रूप धारण गर्दछ र कता कता मनमा अठोठता जाग्दछ र मनले भन्दछ "तामा कोशीको शुशाइको सङ्गीतले पबित्रता छर्दै अघी बढेको भान हुन्छ। म पुन आकाश तिर हेर्दछु। जुनको प्रकाश छिरलिएको छ। क्षितीज को आडबाट लुक्न खोजे जस्तो देखिन्छ। यस्तै समयमा कुखुराको भालेले डाँको छाड्दछ। "कुखुरी काँ " गरेर। यो विकाश र सुनौला विहानिको सन्देशलाई मैले सुन्न सक्दिन। मैले वुझ्न सक्दिन। म जुरमुराएर उठ्न सक्दिन। मैले कोदाली लिएर खेत खन्न सक्दिन। यसैवेला मेरा हातमा बाँधेको घडी कताकता कानमा पुग्न गएछन्। मनले उठ उठ केहीगर भनि रहेका ेवेला घडीले पनि तँ बिग्रिस तँ बिग्रिस जस्तो भनेको सुन्दछु। घरी म गएँ म गएँ भनेको जस्तो सुन्दछु अनि यसको अर्थ लगाउन खोज्दछु अर्थनिस्कन्छ समयलाई समाउ र अग्रगामीबन तर म विकासमा लाग्न सक्दिन बरु विकासमा लम्कने प्रयासलाई छाडेर आलस्यको संसार बनाउनतिर सिरक तानेर मुख छोप्दछु। केही क्षण पछि म जाग्दछु तर त्यती बेलासम्म मेरो कारणले गर्दा म अनि मेरो देश आज विश्वमा धेरै पछि परिसकेको पाउँदछु।