| चिन्तन सदानन्द अभागी विहानी पखको सिरोटोलो तामाकोशीका आसपासका रुखका पातहरू हल्लिरहेका थिए। आकाश स्वञ्छ थियो तापनि जूनका चम्किला किरणहरूले होला ताराको चम्कन मधुर थियो। हामी तीन जना मित्रहरूको एकै कोठाको सुताई थियो। हामी तीन जनाहरू मध्ये मैले रमेश दाहाले लेखेको "बालुवाको घर" नामक गीत सङ्ग्रह पढीरहेको थिए। यो पढी सकेर म भने सुते तर साथीहरू दुईजनाको बीचमा भने मीठो वार्तालाप भैरहेको थियो। मलाई थाहा भएन कि उनीहरूले कति अबेर सम्म आफ्ना मनका भावानाहरू पोखीरहे किनकी मेरो बानी पनि अनौठो पाराको छ। सुत्न नपाउदै निदाइ हाल्दछु। साथिहरूको बार्ता चल्दाचल्दै म भुसुक्क निदाएँ। विहान कुखुराको डाँको भन्दा पहिला उठ्ने बानी भएकोले आज पनि निकै विहानै उठे। सुन्दर बिहानीको चाँडो उदय होस् भन्ने भावना राख्दै स्वञ्छ हावा पान गर्ने तर्फ लागे। उतापट्टी दुईजना मित्रहरू मस्तनिद्रामा सुतीरहेका थिए। कोठामा हुनत हामी तीन जना थियौं तर तीन जना भए पनि उठाई को हिसाबले म एकलै जस्तो लाग्दथ्यो। एक्लो महसुस गर्न नपाउँदै कता कता पुरानो यादले मलाई कुतकुताउन थालिहाल्योे। कस्तो याद? कस्तो सम्झना? धेरै पहिलाको कुरा हो। त्यो कुराको कुनै प्रसङ्ग हिजो अथवा राती कतैबाट पनि उठेको थिएन। बास्तवमा घटना भने निकै पुरानो थियो। म धेरै पहिला हिमाल पारिको गाउँमा गएको थिएँ। त्यहाँ जाँदा कुनै एउटा साधारण ग्रामिण होटेलमा बसेको थिएँ। त्यो होटेलमा एउटी सुन्दर परी थिइन्। उनले एउटा ओझेलमा बसेर मतिर फर्केर नयनरुपी तीखा बाणले आक्रमण गरिन्। ती तीखा वाणमा मैले पनि तीखा वाण नचलाई केवल मुस्कानको जाल फालेर आफूलाई बचाउन कोसिस गरेको थियो। म आँफूलाई धौ धौसँग रातमा घट्ने दुर्घटनाबाट बचाएको थिए। म आज आफैमा बिचारक हुन्छु र अनि भन्दछु – "कस्तो यो चञ्चलेमन विस्तरामा पल्टेर निदाएँ विहान उठ्ने बित्तिकै पुरानो याद, त्यो पनि त्यही परीको वाणको नै किन? के जीवन भरिमा त्यति एउटा मात्र घटना घटेको थियो त?त्यो पनि त खासकेही घटना होइन नी। यस्तो घटना नभए पनि, सायद जानकारीमा भएका र नभएका घटना त हजारौ हुन सक्दछन्? ती घटनाहरू त क्षणिक मानै अस्ताए। आज सायद ती चरी मेरो अगिल्तिर आएर "म को हुम् " भनि उभिए पनि त चिन्दिन। आदि आदि तर्कहरूलाई छाडेर मैले मेरो आजको ध्यान भने अर्कै तर्फ फर्काएँ – "आजको विहानी पखको रात छ। यो रातीमा म रामेछाप जिल्लाको सदर मुकाम मन्थलीको होटेलको एउटा कोठाको एउटा विस्तारामा रात विताई रहेको छु।" झयाल खुला थियो। झयालबाट नियाल्दा रणजोर खहरे खोलाको बालुवा सेतोसेतो वान्किकोले चम्किलो देखिन्थ्यो। खहरे खोला पारिको गाउँको माटो रातो बान्किको थियो। घरमा कमेरो दलेकोले सेतो आकृति देखा पर्दथ्यो। होटेलमा पानीको समस्या भएकेाले नुहाउन भने पाइएको थिइन। हुनत, तामाकोशी, रामेछा जिल्लाको सदरमुकाम भएरै वगेकी छन्। नदीको हिसाबले हेर्दा सुनकोशी, लिखुखोला, खितीखोला, चौरीखोला, लाबुखोला, मिल्तीखोलाको वहनस्थल हो। यस जिल्लामा तालको पनि कमी छैन। जटापोखरी पाँचपोखरी, बहुलापोखरी, बालापोखरी तीनताल जस्ता पोखरीले यस जिल्लालाई सजाएका छन्। यस्तो पानीको स्रोतको धनीमानिएको जिल्लामा पानि कमी कसरी भन्ने धारणा उठ्नु स्वभाविक हो। मनमनै जवाफ आउदथ्यो। विश्वमा नै नेपाल जलस्रोतको धनी देशहरूमा मध्य पर्दछ तर दूर्दशा यहाँका बोटबिरुवा मानिस तथा पशुपंक्षीकोलागि मात्र पानीको कमी भएकोहो तथा पानी नपाएको मात्र हो। मनमनै खिन्नता जाग्दछ, भावनाले पोल्दछ, हृदयको कुना कुनाबाट माया र दयाले कुतकुत्याउँछ, आत्माबाटै प्रस्फुटित आवाजहरू निस्कन्छन् . तथा आत्माबोल्छ र भन्दछ– "गर केही गर आफ्नैलागि, देशकोलागि बगीरहेको सुधारहरूलाई बिजुली र सिँचाइमा परिणत गर। हेर – विश्व कहा पुग्यो। अव गाउँ गाउँमा टुकी बाल्ने जमाना छैन। घर घरमा बिजुली जलाऊ। यसदेशलाई फलफूल तरकारीको र खाधान्नको भण्डार बनाउ। देशको माटोसुनको खानी हो यस्तो सुनको खानीलाई मरुभूमि नबनाउ। त्यसलाई उत्पादनशील बनाऊ र भकारी भर सन्तूलित खाना खाउ र सबैलाई खुवाऊ"। आज भावनाहरू कथा बन्न जान्छन्। भावनाहरूलाई साकाररूप दिनुको सट्टा हावामा उड्दछन्। यी आत्माका बेदनाहरू यस देशको चिन्तन र मनलले गर्दा नयनमा आ147सुमा परिणित भएर गालाबाट झर्दछन्। यस देशको सुन्दरतालाई अवलोकनगर्दा यो देश सुन्दरताको अपार भकारी हो भन्ने मनले अठोठ लिन्छ अनि खुसीले गर्दा सुकुटी परेका गालाहरू पनि रातारातामा परिणतहुन थाल्दछन्। भावानाका कोपिलाहरू फूल बनेर फक्रिन्छन्। बास्तवमा रात र दिनले अ147धेरी उजेली जनाउँदछ। हिमालको श्वेत चम्कनले चाँदीकेा रूप धारण गर्दछ र कता कता मनमा अठोठता जाग्दछ र मनले भन्दछ –"तामा कोशीको शुशाइको सङ्गीतले पबित्रता छर्दै अघी बढेको भान हुन्छ। म पुन आकाश तिर हेर्दछु। जुनको प्रकाश छिरलिएको छ। क्षितीज को आडबाट लुक्न खोजे जस्तो देखिन्छ। यस्तै समयमा कुखुराको भालेले डाँको छाड्दछ। "कुखुरी काँ " गरेर। यो विकाश र सुनौला विहानिको सन्देशलाई मैले सुन्न सक्दिन। मैले वुझ्न सक्दिन। म जुरमुराएर उठ्न सक्दिन। मैले कोदाली लिएर खेत खन्न सक्दिन। यसैवेला मेरा हातमा बाँधेको घडी कताकता कानमा पुग्न गएछन्। मनले उठ उठ केहीगर भनि रहेका ेवेला घडीले पनि तँ बिग्रिस तँ बिग्रिस जस्तो भनेको सुन्दछु। घरी म गएँ म गएँ भनेको जस्तो सुन्दछु अनि यसको अर्थ लगाउन खोज्दछु –अर्थनिस्कन्छ समयलाई समाउ र अग्रगामीबन तर म विकासमा लाग्न सक्दिन बरु विकासमा लम्कने प्रयासलाई छाडेर आलस्यको संसार बनाउनतिर सिरक तानेर मुख छोप्दछु। केही क्षण पछि म जाग्दछु तर त्यती बेलासम्म मेरो कारणले गर्दा म अनि मेरो देश आज विश्वमा धेरै पछि परिसकेको पाउँदछु।
|
April 2, 2012
चिन्तन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment