December 1, 2020

जगदम्बा' महाकाव्यको बिबेचना

sadananda abhagi  Sun, 12/18/2011 - 22:03

·         पुस्तक/कृति समीक्षा

·         सदानन्द अभागी

परिचय

महाकाव्यकार माधव वियागीको यो जगदम्वा महाकाव्य भन्दा पहिला खण्डकाव्य गजल कवितासङ्ग्रह छन्द बचाउँ अभियानको धोषणापत्र बालकथा गजलसङ्ग्रह गीतसङ्ग्रह निबन्धसङ्ग्रह छन्दशिरोमणि महाकाव्य र धर्मराज महाकाव्यको साथै थुप्रै विविध लेख रचनाहरू प्रकाशित भैसकेका छन् । उनले नेपाली साहित्यलाई विविधखाले छन्दको प्रयोगबाट सिङ्गारिरहेका छन् । उनको यो तेस्रेा महाकाव्य हो । उनलाई छन्द नायक र छन्दका गुरु पनि भन्ने गरिन्छ । जीवित व्याक्तिलाई नायक बनाएर महाकाव्य लेख्नेव्याक्ति पनि माधव वियागी नै हुन् । उनको कथनमा महाकाव्य यस्तो हुनुपर्छ भन्दछन् - महाकाव्य लेखन नियमबद्ध हुनुपर्दछ । महाकाव्यमा धिरोदात्त गुणयुक्त प्रशिद्ध नायक युगसापेक्ष चिन्तन कम्तिमा आठ सर्ग हरेक सर्गमा कमतीमा एक पृथक छन्द हरेक सर्गमा १०० श्लोकको आवश्यक्ता पर्दछ । उनका महाकाव्यलाई उनकै अभिव्याक्ति सरह नै हामीले अध्यन गर्न पाउँ छौ । यस महाकाव्यमा २८२ पृष्ठ १८ सर्ग २४४८ श्लोक को साथै सबै भन्दा थोरै श्लोक १०१पन्ध्रौ सर्ग र धेरै श्लोक २०६पाँचौं सर्ग भएको देखिन्छ ।

उनले महाकाव्यको लागि छनौट गरेकी नायिका रानी जगदम्बाको नाम नेपाली भाषा साहित्य धर्म दान समाज सेवा शिक्षा स्वास्थ क्षेत्रमा किहंन किहं जोडिएर आएको पाउँछौं । यिनै दानशील रानकिो नाममा रचिएको हो यो महाकाव्य । यो महाकाव्य मदन पुरस्कार स्वर्णबर्ष समितिले प्रकाशन गरेको छ । मूल्य रु २०० /- राखिएको छ ।

महाकाव्यमा प्रयोग गरिएका छन्दहरू -

महाकवि माधव वियोगी छन्द बचाऊँ अभियान २०५३का संचालक हुन् र उनले यो महाकाव्यमा पनि २५ वटा छन्दको प्रयोग गरेका छन् । उनले छन्दमा निकै महत्व दिएका छन् तर एउटा कुरा मलाई के लाग्छ भने छन्द मर्न आँटेको भने अवश्य हैन र छैन । छन्द हिजो धेरै प्रयोगमा थियो आज कम प्रयोगमा छ र भोलि पनि छन्दको प्रयोग भै नै रहन्छ । छन्द कसैले मारेर मर्दैन तर यसको प्रयोगमा बढवा दिनको लागि यसको सम्बर्धनको लागि भने सरकारीस्तरबाटै नेपाली साहित्यको अध्ययनमा बढवा दिन आवश्यक छ । राज्यले नेपाली साहित्यलाई सम्बर्धन गर्न र छन्दलाई प्रयोगमा ध्यान दिदैन भने छन्द बचाऊ अभियानलेमात्र छन्दको सम्बर्धन हुन सक्दैन । केही छन्दका ज्ञाताले छन्दको नाममा नेपाली साहित्यमा आएको गद्यकविता लेखनको लहरलाई खुम्च्याउने अवधारणामा विरोध भने आउनु हुँदैन ।
अब यस महाकाव्यतिरै बढ्नु राम्रो होला । यस महाकाव्यमा वियोगीले महाकाव्य कस्तो हुनुपर्दछ भन्ने धारणा माथी राखेका थिए उनले महाकाव्यको नियमलाई व्यवहारमा पनि उतारेका छन् । उनले हरेक सर्गमा प्रयोग गरेका छन्दहरूको सूत्र अर्थात अक्षर संख्या बिश्राम गण र गण संकेत समेत प्रस्तुत गरेर छन् जस्ले गर्दा छन्द प्रयोग गर्न चाहनेव्याक्तिको लागि मार्गदर्शन समेत बनेको छ यो महाकाव्य । यस महाकाव्यमा प्रयोग गरिएका छन्दहरू यस प्रकार छन् - शार्दूलविक्रीडित अनुष्टुप चौपाई इन्द्रबज्रा इन्द्रवंशा रोला हारिणी मन्दाक्रान्ता शिखारिणी उपजाति कर्खा बसन्ततिलका झ्याउरे पृथ्वी तोटक रविपूला पुष्पियाग्र स्वागता मालिनी लीलावती प्लबङ्गम छाया उपेन्द्रबज्रा शालिनी बंशस्थ ।

महाकाव्यको शारसंक्षेप

महाकाव्यको मङ्गला चरणबाट चिन्तन/विनय/आग्रहबाट थालनी भएको छ । महाकविको धारणामा राम्रा काम गर्ने व्यक्ति देवता तुल्य हुन्छन् । बास्तवमा सत्कर्मले नै मानिसलाई माथी उठाउँछ । उनको धारणामा समाजसेवाको क्षेत्र प्यापक छ र देवी देवता सबै समाजसेवी भएको र जगदम्बा पनि समाजसेवामा विश्वकै इतिहासमा उच्च नाम भएकोले नायिकाको रुपमा ग्रहण गरेको धारणा राखदछन् । उनले उर्जाशील जीवनको धारणा राख्दछन् । जीवनवोध राष्ट्रबोध शान्तिको चाहना दीनदुखीप्रति दया विकि्रतिको अवशान सुकृतिको देदिप्यमान आदि वाक्यबाट आपुनो दर्शनलाई प्रष्ट पारेका छन् । महाकविका दर्शन भनेको देश संस्कृति कला र मानिस उत्तम बनोस् भन्ने रहेको र यसको लागि बालकृष्णको दर्शनबाट कला सिक्ने बासुदेब मुकुन्द अलिमियाले हियमा फल दिने मोतीराम लेखनाथ धरणीले बरदिने भानू सिद्धि र धर्मराजले भर दिने भनेर आशीर्वादको कमनामा चिन्तन/विनय/आग्रह गरिएको छ र विषयबस्तुतिर काव्यकार लागेका छन् । महाकाव्यकारले नायिका रानी जगदम्बाको जन्मदेश भारतको बर्णन जगदम्बाको जन्मस्थल खगाइजोतको बर्णन जगदम्वाको कर्मदेश नेपालको बर्णन कुलको महात्म्य जगदम्बाको जन्मकुलचर्चा जगदम्बा वीरेन्द्र िसंहकी नातिनी चन्द्रपाल र चन्द्रप्रभाकी सुपुत्री जगदम्वाबो कर्मकुलचर्चा चन्द्र शम्शेरकी कान्छी बुहारी र मदन शम्शेरकी पत्नी धर्मसंस्कारहिन्दू धर्म जगदम्बाको जन्म श्रावण मैनागुरु पूर्णिमाका दिन खगाइजोतमाछैटीको उमङ्ग न्वारन-संसकार जगदम्बाको बाल्यावस्था शिक्षा घरमैजगदम्बाको विवाह-प्रसङ्गमदन- जगदम्बाको बैशाख मसान्तमा बिहे भयो दरबारमा जगदम्बाको विग्रदो स्थिति मदनको मानिकाझारीसँग सम्पर्क बढे पछि र मानिकझारीले छोरी जन्माए पछि जगदम्बाको मदन र सासु दुबैसँग सम्बन्ध राम्रो हुन सकेन जगदम्बाn] आश्चर्य जनक सपना देख्नु रानीको नाममा तान्त्रिक पूजा राणा-शासनविरुद्ध क्रान्ति जगदम्वाको भारत प्रस्थान जगदम्बाको अनौठो कृत्य सासुबाट पनि जगदम्बा हेलित, मदनको देहान्त जगदम्बालाई नेपाल फर्काउने प्रयास, जगदम्बा नेपाल प्रवेश र दर्बारको व्यवस्थापन जगदम्बाको पीडाजन्य शोकमग्नता, दानचर्चा दानीकर्म थालनी पछि जगदम्बाको प्रशंसा मदनको नाममा सप्ताह २०११मदन मेमोरियल गल्स्र हाइस्कूलको स्थापना२०११२६ रोपनी जग्गा एउटा घर पाँचलाख अनुदान सासु बालकुमारीले बद्रीनाथ केदारनाथ र हरिद्वारमा बनाएका धर्मशालाहरको जिर्णोद्धार २०११मदनपुरस्कार गुठीको स्थापना २०१२ पुस्तकालय र जगदम्बा प्रकाशनको स्थापना दोस्रा गोर्खा दक्षिण बाहुले श्री ५ बाट जगदम्बाको सेवाको कदर, तेह्रथुममा विकास कार्य २०१५-२०२० मदनधारा स्थापना दुई शैयाको चिकित्सा केन्द्र र औषधालयको साथै अतिथि घर निर्माण धर्मशालाको स्थापना२०१६बनारस र रामेश्वरमानेपाली धर्मशालाको सासुको नाममा व्लक निमार्णा २०१६ कलकत्ताको क्यान्सर अस्पतालमामेडिकल कलेजमा अनुदान२०१६ भारतको कलकत्ताको मेडिकल कलेजलाई अनुदान दिनु श्रीमहल कृषि कलेजको लागि तत्कालिन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईराला मार्फत दान दिनु । कर्मचरीलाई रानीको उपदेश पाटन कलेजलाई जग्गादान २०१७पन्ध्र रोपनी जग्गापूर्व-पश्चिम राजमाग निर्माणमा सहयोग २०१८ एकलाख थैली राजा समक्ष दान गर्नु श्री ५बाट दर्शन भेट२०१८राजाबाट सेवाको कदर२०१९ पहिलो गोर्खा दक्षिण बाहुले राजसभाको सदस्यमा मनोनीत २०२० साझा केन्द्र र यातायातलाई जग्गादान२०२० पचास रोपनी केन्द्रको नाममा र साझा यातयातलाई २२ रोपनी जग्गा र ५ लाख नगद बालचन्द्र ट्रष्टको स्थापना २०२१ सासु बालकुमारी र ससुरा चन्द्रशम्शेरको नाममा बनारसमा मदन स्मारक व्याखान माला खोलिनु पछि मदन स्मरकमा परिण गरिनु जगदम्बा फण्डको स्थापना सौतापुत्र गोपाल र गजराजलाई बसेको दर्बार दिनु २०३३ रानीको अस्वस्थता र आफन्तसँग सम्वाद र अस्वस्थातामा बृद्धि र मृत्यु २०४५श्रावणआदि मुख्यबुँदाहरू समेटेको छ महाकाव्यले । सारसंक्षेपमा भन्नु पर्दा भारतमा जन्मेकी जगदम्बाको विवाह नेपालका चन्द्रशम्शेरका कान्छा छोरा मदनशम्शेरसँग भयो र मदनशम्शेरकी पत्नीको रुपमा नेपालमा प्रवेश भयो । मदनले मानिकाझरी सुसारेसँग सम्बन्ध गाँसी छोरी जन्मे पछि दुबै बीच सुमधुर सम्बन्ध हुन सक्दैन । सासुसँग पनि राम्रो सम्बन्ध रहँदैन । जगदम्बले आँफूलाई एक पतिब्रता नारीको जीवन विताउँछिन् । कलिलो उमेरमा उनी विधवा हुन्छिन् । विधवा भए पछि उनले आपुनो सारा सम्पति आफ्नो पतिको र खानदानको नाम अजरअमर गराउन विभिन्न समाजिक काममा खर्चेर एउटा दानशील नारीमा आँफूलाई उभ्याउँछिन् ।
सहनशीलता आमी नारीको उच्च हो गुण
वैगुनी पतिक निम्ती दिनु पर्छ गुनै गुन
पृष्ठ५२ श्लोक ९०

महाकाव्यका पात्रहरू

यस महाकाव्यका पात्रहरू त धेरै नै छन् । मुख्य पात्रहरूमा जगदम्बा मदन मानिकाझरी केदारमणि विद्यादेवी दीक्षित कमलमणिको यस महाकाव्यमा गहन भूमिका देखिन्छ भने चन्द्र पाल चन्द्र प्रभा चन्द्रशम्शेर बालकुमारी सुन्दरमणि दीक्षित रुपा जोशी रमोला बहारलता अाजुदेवी खड्गसम्शेरकी छोरी विद्या केशर शम्शेर श्री ५महाराज महेन्द्र शिख तान्त्रिक शम्भूप्रसाद ज्ञावली सोमनाथ मधुसुदन भट्टराई भोगेन्द्र राज पाण्डे भानुभक्त गंगाविक्रम सिजापति हुतराम बैद्य विश्वेश्वर प्रसाद कोईराला छविलाल चिरंजिवी आदि पात्रहरूले सजाइएको छ महाकाव्य ।

मुख्यपात्र जगदम्बाको दानशील पतिब्रता समाजसेवामा समर्पित जीवनीले महाकव्यलाई उच्चाइमा पुर्याएको छ । जगदम्वाले जीवनभर पतिबाट माया पाउन सकिनन् तर पनि पतिप्रति अगाध श्रद्धा राखेर पतिकै नाम उच्च पार्न आपुनो जीवन समर्पण गरिन् ।
जगदम्बाको मार्मिक भवना यहाँ हेनै सिकन्छ-
के पाप मैले गरेछु कुन्नि भएनन् सन्तान
पाइन मैले पतिको माया रङ्गीन मैदान
पृष्ठ १९६ श्लोक १०२
सहे मैले धेरै जलन कटुता गाल कहर
दया माया भन्दा अब अरु छैन कुनै रहर
पृष्ठ ११४श्लोक११३

मदनशम्शेरको जीवनी रक्सी र मोजमज्जामा नै वित्यो मानिकाझरी सुसारेले उनलाई खुसीपार्न सफल भएर सन्तानसमेतको जन्म दिएर नानी साहवको दर्जा लिन सफल भइन् । मदनको मृत्यु पनि रक्सी सेवनबाटै भयो उनको जगदम्बप्रतिको धारणलाई काव्यकारले यसरी पस्केका छन् -
तिम्रो हियामा दिनरात मैछु
आपुनो हियामा म अरु लिदैछु
पृष्ठ १३५ श्लोक १०९

रानी जगदम्बाको नाम उच्च पार्न उनको सम्पती सत्कार्यमा लगाउनको लागि केदारमणि दीक्षित कमलमणि दीक्षितको गहन भूमिका देखिन्छ । यिनका सत्कार्यको भावना सुयोजनाको परिकल्पनाले र जगदम्वाको धनको प्रयोगले गर्दा जगदम्वा केदारमणि कमलमणि अमरत्व प्रदान गरेको छ । महाकाव्यकारको जगदम्बाप्रतिको धारणा यस प्रकार छ -
यिनी आदर्शकी नारी देवतातुल्य छन् यिनी
जिउँदै श्वर्ग देखेरमात्र नै मर्दछिन् यिनी
पृष्ठ२३०श्लोक ८१

परिवेश

यो महाकाव्य भारत र नेपालको परिवेशमा लेखिएको छ । सबै ठाउँको पाकृतिक बर्णन महाकविले सविस्तार गरेका छन् । भारतको बर्णनमा अंग्रेजको शासनकाल देखि र नेपालको बर्णनमा जङ्गबहदुर देखि गरेको देखिन्छ ।

महाकाव्यको विषेषता

यो विविध छन्दयुक्त बार्णिक मात्रिक र लोकलयमा लेखिएको महाकाव्य हो । यो महाकाव्य पूर्बीय महाकाव्यगत गुणहरूको पालना गर्दै लेखिएको छ । जगदम्वा भारतमा जन्मिएर नेपालमा विवाह गरेर पतिबाट मायाप्राप्त गर्न नसकेकी दानशील समाजसेवी महिलाको आधारमा लेखिएको महाकाव्य हो । काव्यकारले जगदम्बालाई दानशिरोमणी भनेका छन् । यो महाकाव्यमा विवरणात्मक प्रस्तुती गरिएको छ । यसमा सारगर्भित सुक्तिहरू प्रस्तुत गरिएका छन् जस्तै

उर्जाशील भएर बाँच्न नसके यो जिन्दगी व्यार्थ छ पृष्ठ २श्लोक ६

बुझ्दैन दुनिया महासमरको हो अर्थ के वास्तब
कस्को हार भयो र जीत कसको के गर्ने के उत्सब
पृष्ठ ३ श्लोक ११

अलिक शिर झुकाई दान लिन्छ लिनेले
उपर शिर उठाई दान दिन्छ दिनेले
पृष्ठ १९७श्लोक ३

यस महाकाव्यप्रति बरिष्ठ समालोचक घटराज भट्टराईको धारणा यस प्रकार छ -
अनेक शैली अनेक लय र अनेक सन्दर्भका अनेक विषयलाई अँगालेर वियोगीले महाकाव्यमा सहज र श्वाश्वत अभिव्याक्ति दिएका छन् । छन्दज्ञान हतिहासज्ञान व्यवहारिकज्ञान पनि यसभित्रका रचनाले पाठकहरूसामु दिलाउने गर्दछन् यिनै आधारमा महाकाव्यका अन्य अनेक विशेषताको निर्धारण पनि गर्न सकिन्छ । (भूमिका, पृष्ठ ६)

अन्त्यमा

नेपाली महाकाव्यहरूमा यो एउटा ऐतिहासिक महाकाव्य हो । यस महाकाव्यले जगदम्बा रानीको दानशीलता केदार मणि र मदनमणिको सुयोजनाले नेपाली भाषा साहित्य शिक्षा स्वास्थ परोपकार क्षेत्रमा गरेको गहन भूमिका र कार्यन्वयनलाई राम्रोसँग प्रष्ट्याएको छ । धनले मात्र पनि हुँदैन र कार्य गर्ने धारणाले पनि हुँदैन दुबैको सुमधुर संयोजनबाटमात्र उपलब्धी हाँसिल हुन्छ भन्ने यथार्थता महाकाव्यले बोकेको छ । यो महाकाव्यले जगदम्बा केदारमणि र कमलमणिको जीवनलाई अमरत्व प्रदान गरेको छ ।

के महाकाव्यमा सबै पूर्णता छ त भन्ने कुरा निस्कन सक्छ संसारमा सबै चिजमा सबै जना कहिल्यै पूर्ण हुँदैन जस्तो लाग्छ । यस काव्यमा यथार्थताको पस्काई गर्न खोजिएको छ । महाकाव्यकारले पस्कन खोजेका अभिव्याक्ति भने अवश्य पूर्ण छन् । यसलाई साना आकार दिन पनि नसकिने अवस्य होइन छन्दको रोजाई काव्यकारको लेखाई र महाकाव्यको आकार ठूलै हुनुपर्छ भन्ने महाकाव्यकारको धारणाले होला महाकाव्यलाई तन्काउने प्रयास भने अवश्य गरिएको छ ।
काव्यकारलाई कविताबाटै शुभकामना
छन्द आँफै बचेको छ सम्बर्धन गर
वेछन्दको स्वाद मीठो चाख्ने पनि गर
अझै अघि बढ्दै जाउ कलमलाई समाई
ताली राम्रो बजाउँला तिमीसँग रमाई
मीठो मानी मानी कन जगदम्बा पढें
दुईचार शब्द कोर्न भनि म त अघि बढें
यी नै मीठा शन्देसले यो मनलाई छायो
सूक्तिहरू गहकिला छन् मोहनी त लायो
लाखौं लाखौं बधाइ छ कवि वियोगीलाई
जीवनका हरेक शोपान माथी चढ्न लाई

सदानन्द अभागी
२०६८/७/२१ गते

अतृप्त यौन इच्छा


पौराणिक कथा
सदानन्द अभागी
 आगाको छेउमा नौनी राख्दा पग्लिन्छ । एउटा युवतीको नजिक एउटा य्वक बस्यो भने निश्चय नै ऊ आकर्षित बन्छ । हाम्रा धर्म ग्रन्थहरूmाई अध्ययन ग¥यो भने मानव जाति जति ज्ञानी होस् सन्तमहन्त किन नहोस् काम वासनाबाट टाढा हुन त्यति सहज हुँदैन भन्ने सन्देश पाउँछौंं । पशु पंछी, बोट बिरुवा जे जति छन् ती सबैको सन्तान उत्पादन कुनै न कुनै प्रकारको यौन सम्पर्कबाट मात्र भएको पाइन्छ । मानिस बाहेकको पशुपंछी वनस्पति आदिको एउटा निश्चित ऋृतुकाल हुन्छ । तर मानिस यस्तो प्राणी हो जस्को गर्भ धारणको निश्चित समय त होला तर स्त्री पुरुषको सम्पर्क सदाबहार हुन्छ भन्दा अत्युक्ति नहोला । काम–वासनामा ग्रसित मानिस यति अतृप्त हुन्छ कि उसको कामनालाई धन दौलत तथा स्त्रीले पनि पूर्ण गर्न सक्दैनन् । आजका विविध बलत्कारका घटनाहरूले अग्रसरता प्राप्त गर्नु भनेको यौनकै अतृप्तता हो । आज मात्र हैन हाम्र धार्मिक ग्रन्थलाई अध्ययन गर्दा पनि यौन अतृप्तताकै कारणले तथा यौन आकर्षणकै कारणले गर्दा धेरै घटना घटेका पाइन्छन् । यस विषयमा हाम्रा इन्द्रियहरू यति बलिया छन् कि ठूला ठूला ऋषि–मुनि तथा विद्वानहरुलाई पनि विचलित पार्दछन् र सहजै बसमा ल्याउँछन् । त्यसोे हुँदा जुनसुकै स्त्रीबाट टाढा रहनु पदर्छ भन्ने धारणालाई पुराणले पनि अथ्र्याएको पाइन्छ । किनकी बिलासी संसारबाट  मानिसले मुक्ति पाउन साह्रै कठिन छ । यस विषयमा पौराणिक कालका एकजना राजाको कथा निकै रोचक छ । नहुष भन्ने राजाका छ भाइ छोराहरू थिए । जेठा यति थिए भने ययाती माहिला थिए यसरी नै संयाती, आयति, वियति र कृति ययातिका भाईहरू थिए । राजा नहुषले राज्य सञ्चालनको भार यतिलाई दिन चाहान्थे । यतिले राज्य सञ्चालन गर्ने काम लिन मानेन् । यतिलाई राज्य सञ्चालनमा हुने विविध खाले कुकर्महरू, भोगविलासका कर्महरूलाई उनले घृणा गर्दथे । उनले आफ्नै बाबु नहुषले शक्तिको आडमा इन्द्रकी पत्नी शचीसँग सहवास गर्ने कुप्रयासगरे । यसको नतिजा ब्राह्मणहरूको श्रापले गर्दा सर्प (अजिञ्गर) भएर इन्द्र पदबाट झर्न परेको घटनालाई भुल्न सकेका थिएनन् । साथै राज्य सञ्चालन कर्ताले हरेक किसिमका दाउपेच, राज्यसञ्चालनमा गरिने विविध व्यवस्थापनमा राजाले मानव जीवनको अमूल्यरत्न  आत्मस्वरूपलाई नै भूलेको हुन्छ भन्ने उनको धारणा थियो ।यस्तो सुद्ध भावनामा रहेका यतिलाई राज्य प्रलोभनले छोएन र उनी राज्य सत्ताबाट अलगिए । यसरी यति राज्यसत्तामा नरहने भए पछि ययातीले राजा बन्ने मौका पाए र आफ्ना चार भाइलाई चार दिसामा नियुत्त गरेर देवयानी र शर्मिष्ठासँग विलासिताको जीवन बिताउन थाले । ययातीले देवयानी र शर्मिष्ठालाई प्राप्त गर्ने मौका पनि यसरी जुरेको थियो ।
शर्मिष्ठा दैत्य राज बृषपर्वाकी छोरी थिइन् । एक दिन उनी गुरुशंकराचार्यकी पुत्री देवयानीका साथ साथै अन्य साथीहरूसँग सुन्दर वगैंचामा टहली रहेका थिए । त्यो वगैंचामा एउटा सुन्दर जलाशय थियो ।सबै युवतीहरू जलाशयको डिलमा कपडा राखेर नाङ्गै पौडी खेल्न थाले । यसै समयमा महादेव र पार्वती साँढेमा चढेर यही मार्ग हुँदै आएको देखेपछि शर्माउँदै आएर हतारिँदै कपडा लगाउने थाले । हतारमा लुगा लगाउँदा देवयानी र शर्मिष्ठाका कपडा साटिए ।देवयानीमा ब्राह्मण पुत्री भएकोमा अहमता थियो । देवयानीले आफ्नो अहम्तालाई प्रदर्शन गर्दै शर्मिष्ठालाई तथानाम गाली गरिन् । शर्मिष्ठा पनि दानव राजाकी पुत्री उनी पनि के कम । उनले पनि देवयानीलाई तथानाम गाली गरिन् । यति सम्म कि देवयानीलाई भिखारीको संज्ञा दिंदै कुकुर र कागले घरघरमा कलो चियाए झै दरवार र जजमानको दैलो चियाउनेमा यत्रो पूmर्ति भन्दै समातेर इनारमा फालिदिइन् र शर्मिष्ठा आफ्नो दरबारतिर लागिन् ।
केही क्षणमा राजा ययाति शिकार खेल्दै जाँदा त्यही इनारमा पुगे र पानी खान खोज्दा देवयानीलाई नाङ्गो रूपमा इनार भित्र देखे । राजाले आफ्नो ओढ्ने कपडा(उपर्ना)देवयानीलाई दिएर लगाउन लगाई इनारबाट हातले समातेर निकाले । ययाततीलाई आफ्नो घटनाक्रमलाई देवयानीले सबै सुनाइन् र राजाले समातेको हात सधैं राजाको नै बनोस् भन्दै विवाहको प्रस्ताव राखिन् । राजाले यो प्रस्तावमा एउटी ब्राह्मण कन्याको विवाह क्षेत्रीयसँग कसरी हुन सक्छ र भनी प्रश्न राख्दा । देवयानीले बृहस्पतिका छोरा कचले उनलाई दिएको श्रापमा उन्को विवाह कुनै पनि ब्राह्मण कुमारसँग हुन नसक्ने भएकोले अर्को कुनै जातसँग विवाह गर्नु पर्ने उनको बाध्यता हो भनि राजासँग प्रस्ताव राखे पछि ययातिले विवाहको प्रस्ताव स्वीकारे ।
देवयानी पनि ऋषि (बाबु)सँग गएर भएका घटना सबै सुनाइन् । शुक्रचार्यलाई यस घटनाले निकै दुखित बनायो । शुक्रचार्य पनि साह्रै विरक्त भए । उनले यो ठाउँ छाडेर  छोरीलाई लिएर अन्यत्र जाने तयारीमा जुटे । बृषपर्वा पनि छोरी र गुरुपुत्री बीच भएको यो झगडामा दुखित भए । शक्तिशाली गुरूले आफ्नो राज्य छाड्दा अनिष्ट हुनसक्ने धारणा राजाको मनमा पलायो । राजा शुक्रचार्यसँग गएर राज्यलाई त्यागेर  यहाँबाट अन्यत्र नजानको लागि आग्रह गरे । ऋषिले पनि छोरी देवयानीले मागेको कुरा पूर्ण गरिदिएमा राज्य नछाड्ने धारण राखे । देवयानीले पनि राजाको कुरा सुने पछि 'मैले जो कोहीसँग विवाह गरे पनि शर्मिष्ठाले आफ्ना सहेली सहित मेरो सेवामा दाखिला होउन्' भन्ने शर्त राखिन् । राजा बृषपर्वाले देवयानीको यो मागलाई स्वीकार गर्न तयार हुनको लागि छोरीलाई सम्झाए । आफ्नो बाबुको राज्यमा नै अनिष्ट हुने कुराले गर्दा देवयानीको सेवारत हुने कुरा शर्मिष्ठालाई स्वीकार्य भयो ।
देवयानी र ययातिको धुमधामले विवाह भयो । शर्मिष्ठा देवयानीको सेवागर्न गइन् । एक त्र्राह्मण पुत्री रानी बनेर जानु र राजाकी छोरी उसकी दासी भएर सेवा गर्नु पर्ने यस्तो अवस्थामा एक दिन शर्मिष्ठाको मनमा बिचार पलायो । उनले राजासँग ऋतुदान सम्बन्धमा न्याय माग्ने अठोट लिइन् र 'राजान मलाई न्याय चाहियो । मलाई ऋतुदान दि' भन्ने आफ्नो धारणा राखिन् । राजा धर्म संकटमा परे । देवयानीसँग विवाह हुँदा ऋषिले शर्मिष्ठासँग आँखा नलगाउनु यदि आँखा लगाइयो भने राम्रो हुने छैन भनि राजालाई सचेत गराएका थिए । आज आएर शर्मिष्ठाले न्याएको खोजी गरिन् । यो पनि तत्कालिन समयानुकुल शर्मिष्ठाले ऋतुदानको माग गर्नु  धर्म अनुकुल र न्याय अनुकुल भएकोले ऋतुदान दिने निर्णयमा राजा पुगे । शर्मिष्ठाले ऋतुदान पाइन् । उनीबाट पनि सन्तान जन्मन थाले ।
घटनाक्रम बढ्दै जाँदा देवयानीलाई यो कुरा पत्तालाग्यो । उनी निकै आक्रोशित भइन् । राजा ययातिले निकै सम्झाए तर देवयानीले कुनै कुरा सुनिनन् । उनी आफ्ना बाबु भएको ठाउँमा जान लागिन् । राजा ययातिले धेरै सम्झाए तर उनले कुनै कुरा सुन्न चाहिनन् । सारा कुरा देवयानीले आफ्नो बाबुलाई भनिन् । ऋषि पनि साह्रै रिसाएर राजालाई बूढो भैजा भनी श्राप दिए ।
ऋषिले श्राप त दिए तर यो श्रापले राजामात्र नभएर रानी देवयानी पनि पीडित हुने भइन् । यो कुरा न त ऋषिलाई नै ज्ञात भयो न त आवेशमा भएकी देवयानीलाई नै । राजालाई भने अझै भोगविलासमा रम्ने धोका पुगेको थिएन । राजाले ऋषिसँग यो श्रापले राजामात्र नभएर देवयानीलाई पनि अपठ्यारो पर्ने भएकोले श्राप फिर्ता लिन आग्रह गरे । राजाको धेरै आग्रहपछि श्राप त फिर्ता लिएनन् बरु राजालाई 'जाऊ, कसैले बैंस दिन्छ भने साटेर लेऊ र रमणा गर 'भनेर वरदान दिएर पठाए ।
यो वरदान कसरी सम्भव हुन्छ त भन्दै राजा सोचमा डुबे र घरतिर लागे । राजाले छोराहरूबाट जवानी साट्न चाहे र सर्बप्रथम जेठा छोरा यदुसँग विषय सुखसँग उनी अझै तृप्त नभएकोले उनको बुढौती केही क्षणको लागि यदुको जवानी साट्नको लागि आफ्नो धारणा राखे । तर यदुले सिधै उमेर नपुगी आएको बुढ्याइँलाई साटेर बाँच्न नचाहेको जवाफ दिंदै भने कि बैराग्य आउनको लागि पनि मानिसले विषय सुख प्राप्त गर्नु पर्छ । त्यसो हुँदा बैंश साट्न नसक्ने जवाफ दिए ।
यसरीनै राजाले तुर्बसु, द्रुह्यमु र अनुलाई पनि आफ्नो जिज्ञासा राखे । यी सबै छोराले राजाको बूढौलीसँग जवानी साट््न चाहेनन् । अन्तिममा राजाले सबै भन्दा सानो छोरा पुरुलाई आफ्नो यथार्थता प्रष्ट्याए । पुरु विद्वान थिए, उनलाई धर्मतत्वको बारेमा थाहा थियो । पुरुलाई यो शरीर भनेको नाशवान हो, यदि पिताको दया रहेमा छोराले परमपद प्राप्त गर्न सक्छ भन्ने ज्ञान थियो । पुरुले यो पनि जान्दथे कि पुत्रको शरीर पिताबाटै प्राप्त भएको हो । आदि विचारहरुलाई पुरुले केलाए ।  पुरुले श्रीमद्भागवतमा पिताको आज्ञा पालकको सम्बन्धमा पुत्रको बर्गीकरण गरेको कुरालाई स्मरण गरे । श्रीमद्भागवतमा भनिएको छ –'उत्तम पुत्र त त्यो हुन्छ जसले पिताले भन्नु अगावै बुझेर काम गर्दछ । पिताले भनेपछि भनेको कुरालाई कार्यन्वयन गर्ने पुत्र मध्यम हुन्छ । पिताको आज्ञा पाए पछि वाध्यताले पालन गर्ने पुत्र अधम हो । पिताको कुरालाई कुनै प्रकारले पनि मान्दैन भने त्यस व्यक्तिलाई छोरो भन्नु नै भूल हो । त्यो त पिताको मलमूत्र हो ।'यी वाँणीलाई पुरुले केलाए, विश्लेषण गरे र अनि बाबुको आज्ञापालन गर्नु छोराको दायित्व हो भन्दै आफ्नो जवानी बाबुको बूढ्यौली सँग साट्न सहस्र स्वीकारे । ययातिले छोराको जवानीलाई प्रयोग गरेर विषयभोगमा रम्म थाले । ययातिले, सातै द्वीपहरूमा एकक्षत्र राज गर्दै, एकहजार बर्षसम्म विषयभोगमा रम्दा पनि उनमा विषय भोगबाट तृप्ति हुन सकेन ।
मानिसले सबै कामहरूलाई पाखा लगाएर कुनै एक चीजमा प्राप्त गर्न चाहान्छ भने धेरैहद् सम्म प्राप्त हुन सक्छ जो विषय भोग ययातिले छोराबाट  वैंस प्राप्त गर्न सफल भए । जुन चीजमा मानिस धेरै लिप्त हुन्छ अन्त्यमा त्यही कर्मबाट मानिसमा वैराग्य उत्पन्न हुन्छ । राजा ययातिलाई अन्तिम समयमा विषयभोगबाट वैराग्य उत्पन्न भयो । उनलाई आफ्नै आत्मा लुकेको भान भयो । उनले देवयानीसँग कसरी भेट भयो ।अनि के के घटना घटे सबै घटनालाई आपूmलाई बोको र देवयानीलाई बाख्रीको रूप दिएर एउटा व्यङ्ग कथा सुनाए र आफ्नो विषयानन्दबाट अलगिने अठोट लिएर छोराको जवानी फिर्ता गरेर ंपरमात्ममा समर्पण गर्न भनी राज्य त्याग गरे र वनतिर लागे । यसरी नै देवयानीले पनि विषय सुखलाई त्यागेर श्री कृष्णको भक्तिमा लागिन्
 ९यो कथा श्रीमद्भागवत कथामा आधारित छ बाबुलाई वैंस साट्ने छोरो कथालाई परिमार्जन गरेर लेखिएको कथा हो ।०

June 18, 2012

बलात्कृत भएकी थिइन

बलात्कृत भएकी थिइन

सदानन्द अभागी

     नेपालको पश्चिम भागमा एउटा सुन्दर सहर, माथी सुन्दर हिमालको श्रृङ्खला, राम्रो माछापुछूको चुचुरो, चुचुरोको तल हिमनदी र हिम नदीको बहावको सुन्दर झर्ना। पोखरा बागलुङ्ग राजमार्गको मध्य विन्दु,, पूर्व र पश्चिम जङ्गलको बीचमा एउटा सानो तर सुन्दर बजार र त्यो बजारमा एउटा सानो सरकारी कार्यालय केही कर्मचारी, कामको व्यस्तताको अभाव, दिन काट्न धौ धौ हुनाले उनी कहिले वनतिर कहिले बजारतिर टहलिने गर्दथे। म पनि घरको काम सकेर दाउरा घासको लागि वनतिर लाग्दथें। हाम्रो जम्का भेट हुन्थ्यो। म वनतिर लाग्दथें। उनी कार्यलयतिर लाग्दथे। भेटघाटको कर्म धेरै दिन सम्म चलिरहेको थियो। हाम्रो बीचमा मुस्कानको साटासाट हुन थाल्यो। उनले मीठो मुस्कान छाड्दथे, म सर्माउथे र मुन्टो तलतिर झार्दथें।

      आजको परिवर्तित संसार, द्रव्यशक्तिले को कहाँ पुगेको छ थाहै लाग्दैनथ्यो तर दीन-दुःखीको अवस्था दैनिकीमा नै अिल्कएको हुनाले गरिबीको गहिराइबाट उत्रिने त कुरै छाडौं, अझ पातालिंदो थियो / छ। म एउटी गरिब घरकी छोरी मेरो संसार भनेको गरिबी नै लाउनु गरिबी नै खानु र गरिबी नै ओढ्नु ओछ्याउनु थियो। गरिबीको संसार नै मेरो ठूलो विश्व थियो। सक्षम भए पनि अर्थाभावले गर्दा मेरो दैनिकी भने घास र दाउरामा अड्केको थियो।

     बढ्दो महगी, माग्दो दाइजो, समाजको आडम्वरले गर्दा म वयस्क भएर पनि कसैकी श्रीमती बन्न सकेकी थिइन। सगै जन्मेका धनाढ्यका छोरीहरू साधना र भावनाको भने बिबाह भै सकेको थियो र बिमला र सर्मिला भने क्याम्पसमा डिग्र्री हासिल गर्दै थिए। जवानीले सताउने बेला भए पनि कुनै पुरुषसग मेरो सम्पर्क थिएन। भावनाको पोखाइ भने जङ्गलमा हामी दुई बीच सुरु भएको थियो। हामी खुलेर बोल्ने गरेका थियों। उनी एउटा कर्तव्यनिष्ठ कर्मचारी थिए। उनको आफ्नो कर्तव्यमा सजग थिए। हामी अवत निकै नजिक पुगेको थियौं तर मायाको पोको साट्न मात्र वाकी थियो तर त्यसको समय भने आएको थिएन।

     एक दिनको कुरा हो। मसग मेरी सखी निर्मला पनि थिई। हामी वनमा दाउरा काट्न जानु थियो। वनतिर जानुको साटो हामी सरासर बजारतिर लागेम्। हामी बजारमामात्र प्रवेश गरेका थियौं, उनी र उनको साथी आज वनतिरै लाग्न कस्सिएका रहेछन्। मेरो र उनको आखा जुध्यो। उनी मुस्कुराए, मेरो भने टाउको निहुरियो। निर्मला आज निकै चन्चले देखिन्थी। ऊ सरासर दोकानतिर लागी। उसले चिनीगम किनी अनि मेरो छेउमै आएर टाँस्सिई। हामी दुबै अघिअघि लागेम् र उनीहरू दुबै हाम्रो पछि पछि लागे। उनी आज निकै आकर्षक लागेका थिए। लालीमाले भरेको सेतो अनुहार हसिलो मुहार,कालो कपाल, पुष्ट गाला, सरकारी पोशाक भन्दा बाहिरको आवरणले गर्दा म जस्ता धेरै युवतीहरू उनी प्रति आकर्षक हुन सक्दथे। उनको साथी पनि उनी भन्दा कम थियनन्। निर्मलाको चाल सुस्तियो, उनको चाल लम्कियो र उनको साथीको चाल पनि कताकता सुस्तियो। अव त हामी चार जनाको दुई जोडी बन्यो। हामी दुबै वनतिर पसेम् र उनीहरू पनि हामी भन्दा पहिलै वनतिर छिरीसकेका रहेछन्। हामी त्यति टाढा भने थियनौँ। निर्मला र उसको साथको मानिस बोलेको र हाम्रो बोली भने गुनगुन आवाज सुन्न सकिन्थ्यो। उनीहरू ठूलो स्वरमा हासेको सुनियो। मेरो मनमा पनि ठूलो खुलदुली चल्यो। म उनको नजिक पुगें। उनी पनि आज अघिपछिको जस्तो शान्त थिएनन्। उनि निकै चन्चले थिए। उनका हात मेरो शरीरभरि कताकता दकुर्न थाल्यो। हामी निकै आवेशमा थियौं।

     उताको हासो अडियो। वन सुनसान जस्तो लाग्यो। मैले "निर्मला" भने। उनी बोलिनन्। निर्मला र उनको साथी कता लागे हामीले थाहा पाउन सकेनौं। हामी मीठो रसिलो भवनामा बगि सकेका थियौं। हाम्रा सबै इन्द्रियहरू पग्लिसकेका थिए। आज कता कता मैले मेरो सर्वस्व उनलाई समर्पण गरिदिए। हामीले आफ्नो मीठोस्वाद चाखी सक्दा नसक्दा गाउलेले हामीलाई घेरी सकेछन्। त्यो त हामीलाई थाहै लागेन। वदमास निर्मलाले गर्दा हाम्रो गहिरो प्रेममा आगो लगाइ दिई।गाउलेले एकाएक आक्रमण गरे। हामी अत्तियौ। उनी अवाक थिए। म के भनौ के भनौ भए। घटनास्थल, ठूलो जमात, मेरो मतिहीन अवस्था, छोटो समयमा के बोल्ने, सुझबुझको अभाव, दिर्घकालिन असरको के पर्ने आदिको ख्यालै आएन, मेले छोटो उत्तरमा भने

-"जवर्जस्ति"। त्यो उत्तेजित समाज, उनको कार्यालयतिर बढ्यो। आवेग र आक्रोशको झुण्डले कार्यलयमै घेरा हाल्यो। सरकारले शान्तिसुरक्षाको लागि पुलिस खटायो, दोहोरो झडप भयो। ढुङ्गा हाना हान भयो, बन्दुक पड्को, त्यहा के के भयो एउटा अपराधीको बन्दी भावमा रहेकी अचेतनले सबै थाहा लाग्ने कुरै भएन। मलाई अस्पताल पुर्‍याइयो। सुनिन्छ, बलत्कारको समचार बढाइ चढाइकन संचार माध्यमबाट प्रक्षेप भयो। वलत्कारमा रगत भल्भल्ति बगेको समाचार सनसनती फैलियो रे। डाकटरको प्रतिवेदनतिर म लागिन। उसले के लेख्यो म जान्दिन। मेरो कुमारीत्व तोडिएको दिन थियो। सायद यसै कारणले होला मेरो सम्वेदनशील अङ्ग भने थोरै रङ्गििएको थियो। मानिसको संख्पा बढयो, समाज बस्यो, दवाव दिइयो, यातायात बन्ध गरियो, हामीलाई दोषी ठहर्‍याइयो, हर्जना तिराइयो, कार्वाहीमा पारियो तर समाजले जसको नासो हो उसलाई सुम्पियन। नासोको अधिकारी भने सजाएर कार्वाहीमा पर्‍यो।

     भनिन्छ कसैले कसैलाई प्रेम गर्नु पाप हैन, स्वच्छाले आफूलाई समर्पण गर्नु पनि त कुनै अपराध हैन। कसैले भावनात्मकरूमा पवित्र भावनामा उपभोग्य बस्तुप्राप्त गर्दछ र ग्रहण गर्दछ भने त्यो पनि लुट/बलात्कार हैन । त्यो त उपहार हो। आज मैले सुम्पिएको सौगात बलत्कार भयो,। आज त्यो चिज लुट भयो र नारीको अस्तित्वको संरक्षणको सट्टा दण्डदिने निहुमा घुमाउर्‍यो पाराले मूल्य तोकियो।

      बास्तवमा त्यो घटनामा हामी दुबै सत्य थियौं। त्यहाँ दुई गरिब आत्माको मिलन थियो, भावी जीवन सुन्दरतामा परिणत हुने सपना थियो तर एउटी नारीको हकमा अर्की नारीको अविवेकी कुठाराघातले गर्दा कसैको जीवन बर्बाद भयो। यी सबै धारण, भावना र कामना चकनाचुर भए। समाजले अन्धाधुन्दमा कसैले गरेको बदमासीमा सही हो या गलत, त्यसको ख्यालै गरेन, समाजको अविवेकी निर्णयले गर्दा म कस्की त्यो त थाहै भएन । मैले मलाई नै धिकार्नु पर्ने कुरा के भने मैले मेरो आफ्नो यथार्थतामा अडिन सकिन त्यसको कारणले उनी बलात्कारी भए, म बलाल्कृत भएँ समाजको न्यायको कारणले गर्दा म अलपत्र परें र गरिब नारीको मूल्य तोकियो जसको भावी असर गरिब नारीहरू धनीको पैसाको खेलौना बन्नु पर्ने देखियो । यथार्थतामा म बलात्कृत भएकी थिइन।  

(यो काल्पनिक कथा हो कसैलाई तोकेर लेखेको हैन )

June 15, 2012

युद्धका गजलहरू गजलसङ्ग्रहमा एक दृष्टि

 

युद्धका गजलहरू गजलसङ्ग्रहमा एक दृष्टि

 सदानन्द "अभागी"

 

यो गजलसङ्ग्रहका गजलकर र प्रकाशक हुन् युद्धविक्रम शाही।  यो गजलसङ्ग्रह भित्र ४२ वटा गजलहरू समावेश गरिएका छन्। गजलकार युद्धविक्रम शाहीको जन्म २०२७साल फाल्गुण १२गते भएको र उहाँको वास्तविक नाम गणेशवहादुर शाही हो। उहाँ बुबा स्व रत्नबहादुर शाही र आमा कुसुमकला शाहीका सुपुत्र हुनुहुन्छ। शिक्षाको हकमा उहाँले वि.ए.(अधुरो) र वि.एड.अध्ययनरत हुनुहन्छ भने हालको बसाइ वीरेन्द्र नगर नगरपालिका , वडा नं.५, चिसापानी, सुर्खेतमा हो। युद्धविक्रम शाही जी एक कवि, गजलकार, समाजसेवी र राजनीतिक कर्मी हुनुहुन्छ।

युद्धका प्रकाशित कृतिहरूः

क्रान्तिका स्वरहरू (कवितासङ्ग्रह२०५२), मेरो बस्तीको कथा (कवितासङ्ग्रह२०५९), प्रिय म त आकाश बनेको छु (कवितासङ्ग्रह२०६४), युद्धका गजलहरू (गजलसङ्ग्रह२०६६)। उहाँका लेख रचनाहरू विभिन्न पत्रपत्रिकामा पढ्न पाउँ छौं भने दार्जिलिङ्ग भ्रमणको यात्रा स्मरण प्रकाशोन्मुख छ।

संलग्नताः

युद्धविक्रम शाही धेरै संघसंस्थाहरूमा संलग्न हुनुहुन्छ। हेर्‍यौं संलग्नतालाई

. प्रगतिशील लेखक सङ्घ नेपाल शाखा, सुर्खेत (अध्यक्ष), २. भवानी बाल विकास केन्द्र, वी.न. पा.(५, सुर्खेत (संस्थापक अध्यक्ष), ३.अखिल नेपाल जनसांस्कृतिक, महासंघ सुर्खेत (संयोजक) , ४.जनउच्च मा.वी.वी.न. पा.,सुर्खेत (व्यवस्थापन समिति, मनोनित सदस्य), ५.ने.रा.प्र.नि.मा.वी, चिसापानी, सुर्खेत (शिक्ष(अभिभावक सङ्घ, सदस्य), ६. वीरेन्द्र नगर नगरपालिका, सुर्खेत (सर्वदलीय प्रतिनिधि)

संरचना र विवेचना 

युद्धका गजल प्रकाशन लेखक स्वयम्ले सन् २०६६मा गरेको र आकारमा ४२+=५० पृष्ठको छ। मूल्य  व्यक्तिगत रु ४१/र संस्थागत रु ७५/राखिएको छ। यो गजलसङ्ग्रह ४२वटा गजलहरूले सुसज्जित गरिएका छन्। गजलका शेर हरू ५ देखि ७ शेरसम्मका छन्। गजमा के छ? र कस्तो छ? यस गजलसङ्ग्रहको नामबाटै प्रष्ट छ कि द्वन्द्वले निम्त्याएको पीडाको साथै हत्याहिंसाको यथार्थ प्रस्तुती छ,। राज्यपक्ष र द्वन्दपक्षको बीचको  पीडा छ,, लेखक स्वयम्ले भनेका छन् –'यो गजलको बाढीमा मैले सानो कुवा बनाउने प्रयास गरें प्रगतिशील गजलको।'  मलाई अनुरोध गर्न मन जाग्यो शाहीजी  किन कुवा खनाउने तपाइंले पनि नदी नै बगाउनु होस्।फेरि उहाँ लेख्नु हुन्छ –'मार्क्सवादी दर्शनमा मायाको शील र सिष्टरूपमा ग्रहण गरिन्छ। अश्लील प्रेमको स्थान रहदैन। तर क्रान्तिमा प्रेम रहदैन म भन्दिनँ लडाइँको अग्रपंक्तिमा वा एसल्ट फर्मेशनमा दुश्मनको किल्ला कब्जा गर्न परिवर्तन प्रतिको उत्कण्ठा, 73यप्राप्ति प्रतिको प्रतिबद्धता र बर्गीय मायाको उच्चता आवश्यक पर्दछ। तर पनि सिष्ट र शील साहित्यको पक्षमा नै उत्कृष्ट साहित्य पर्दछ। तसर्थ प्रगतिशील गजल लेख्ने यो पहिलो प्रयास हो।'

 शाही जी तपाइँको प्रयास सफल होस् । प्रगतिशील साहित्य लेखनमा। आजको विश्व नै प्रतिशील बाटोमा छ। तर तपाइँको लेखनलाई लिएर हैन मैले धेरै ठाउाँमा अध्ययन गर्दा के पाएको छु भने, केही प्रगतिशील त को ही यथार्थवादी भन्ने चलन छ। जो जसले साहित्यिक लेख लेख्छ त्यो परिवर्तनको लागि नै लेखिन्छ। साहित्य समाजको दर्पण हो। समाजका विविध पक्षलाई लिएर कुमार्गको त्याग र सुमार्गको अवलम्वन गर्न गरउनको लागि साहित्यकारले कलम चलाएको हुन्छ। जो तपाइँका गजलले बेालेका छन्। युद्ध शब्दको अर्थ नै गहन छ तपाइँको नाम पनि युद्ध र गजल सङ्ग्रह को नाम पनि युद्धका गजलहरू  भनेर मैले पढिरहेको छु। यी गजलहरूमा विविधता छन्। तपाइँले भन्नु भएको छ'सिष्ट र शील साहित्यको पक्षमा नै उत्कृष्ट साहित्य पर्दछ।' यो सत्य हो र प्राय सबै लेखकहरू यही शिष्ट र शीलमा नै आफ्ना रचना सजाउने गर्दछन् र आँफूमा नै  रमाउने गर्दछन् तर साहित्यका रसहरूमा श्रृङ्गारिक्ताको महत्वलाई पनि कसैले छाड्न सक्दैन र गहिरिएर पढ्दा तपाइँले पनि छाड्नु भएको छैन। अश्लील श्रृङ्गारको भने सबैमा त्यज्य नै हुनु पर्दछ। यसमा दुई मत छैन।

युद्धविक्रमले लेखेका गजलहरू दुईवटा गजल वाहेक सबै गजलहरू २०६५ र २०६६सालमा लेखिएका छन्। २०५६मा लेखिएका गजलको केही शेर पढ्यौं : –

छातीभित्र विद्रोहको हलचल हुन्छ

त्यही हलचलको यहाँ गजल हुन्छ

(पृष्ठ ३)

सत्ताधारी सामन्तका खेल कस्ताकस्ता

जनतालाई झुक्याउने जाल झेल जस्ता

(पृष्ठ ४०)

भद्रबन्दी बाहिर निस्कें जेल नेल खाई

विश्वास नै लागेन म बाँचे भन्ने सुन्दा

(२०६६/६/२२ पृष्ठ ३७)

 देशमा द्वन्द्व थियो द्वन्दको कारण जनतामा त्रास थियो तर विद्रोहीको छातीभित्र भने हलचल थियो। यथार्थतामा ओर्लेर यो हलचलको गजलकारले गजल लेख्नु थियो  यो वेदनालाई गजलकारले यस गजलसङ्ग्रहमा उतार्नु थियो र उतारेका छन्। 

सत्ताधारीको सामन्तका खेलहरू सत्ताकसरी टिक्छ भन्ने र जनतालाई झुक्याउने खालका थिए। कति मारिए कति बन्दी भए। गजलकारले त्यतिवेलाका शासकको यथार्थतालाई पनि पस्कने कोशिस गरेका छन्। त्यो समय यस्तो थियो राजा संविधान भन्दा माथी मानिन्थे राजामा कुनै कानुन लाग्दैनथ्यो। गजलकारको संकेत यसप्रकार छ

सधै माथी बस्थ्यो आँफू आनन्दले

हेर आज माथिबाट खस्यो कि खसेन

आजको सन्दर्भ पनि त कहाँ कम छ र गजलकारको भनाई यस प्रकार छ

सत्ता पाएपछि छोड्न मुश्किल हुने सधैं

आँफू बाँचने जनतालाई मराउने बानी उनको

सिधान्त र विचारहरू मारेर मर्दैनन्। तर पलपलमा सिधान्त र विचारहरू फेर्नेहरूको बारेमा गजलकारको धारणा यसप्रकार छ

सिधान्त र बिचारहरू फेरिदैनन् पल–पल

जसलाई देख्यो उसैलाई मनपराउने बानी उनको

जनआन्दोलनको उदेश्य के थियो त? गजलकारले पोखेका धारणा

देश बनाउने राखेर उदेश्यमा

खेल्दा खेल्दै बानी पर्‍यो बारुद र गोलामा

पृष्ठ १८

मानव अधिकारप्रति र गजलकारको धारणा

पाठ भने क48टस्थ छ मानव अधिकारको

तालिम प्राप्त जल्लादका पिन गजबका

वृष्ठ२९

राष्ट्रवादी चिन्तनप्रति र गजलकार

राष्टिूयतालाई उठाउँदा सत्तो सरापमा परियो

क्रान्ति र प्रतिक्रान्तिका ेझ48डै झडपमा परियो

पृष्ठ१५

हेर्दा हेर्दै यी आँखाले प्यारो देश नेपालका

हामी जनता सबै षडयन्त्र र धरापमा परियो

पृष्ठ १५

सीमाअतिक्रमणमा गजलकारको धारणा

मेची हेर  काली केर सुस्ता पनि हेर

सीमा मिचेको छ हाम्रो होइन भन्ने को

प्रेम र गजलकार

बास्तवमा गजलकारको प्रेम सम्बन्धी कुरा त माथी नै प्रष्ट पारीएको छ। त्यसो हुँदा यस सम्बन्धमा यहाँ प्रेमको कुरा न उठाए पनि हुने हो तर प्रेम शब्द प्रीतिशब्द केही गजलमा देखिएका छन् र प्रेम एउटा यस्तो चिज हो त्य विलाशिताको मात्र नभएर हरक्षेत्रमा अन्तरआत्माबाटै पलाएर आएको हुन्छ। धृणामा पनि प्रेम लुकेर आफ्नोस्थान लिएको हुन्छ। यहाँ गजलकारले पोखेका प्रेमका अभिव्याक्तिलाई हेर्‍य

जिन्दगीको गीत भए गाए पनि हुन्छ

अजम्बरी प्रीत भए लाए पनि हुन्छ

पृष्ठ  २७

हतारमा लगाएर पिरती फूर्सदमा पछुताउने

कुरा गरी साध्य छैन आधुनिक घरबारका

पृष्ठ ३२

बोली आफ्नै भाषा आफ्नै परम्परा पनि आफ्नै

सबै आाफ्नै सम्झी मैले तिमीसँग प्रीत लाएँ

युद्धका गजलहरूमा जनयुद्धमा भोगेका यथार्थता , राज्यसत्तामा विविध समयमा बसेर राज्य संचालनगर्नेहरूले गरेका तथा जनतामा थिचो मिचो गरिएका पक्षहरूलाई गजलकारले राम्रोसँग उठाएका छन् । जनक्रान्तिका बेला भोग्नपरेका यर्थाथता पनि गजलले समेट्ने प्रयास गरेको पाइन्छ। गजलकारले सानो भए पनि एउटा रहरलाग्दो तरिकाले गजललाई प्रेमप्रणयका गाढारङ्गबाट टाढै रहेर विविधताले भर्ने कोशिस गरेका छन्। सफल प्रयासको लागि गजलकारलाई धन्यवाद छ।