December 1, 2020

हिमाली गुराँस पचहत्तर अंक नियाल्दा

'जीवन नै रङ्गमञ्च हो, हामी त्यसका मुख्य पात्र ।  बास्तवमा भन्ने हो भने  संसार नै  रङ्गमञ्च हो । हामी मानव यसैका निमित्त पात्र बनेर आफ्नो भूमिकाा  निभाई रहेका छौं । '
सम्पादकीय
परिचय–
हिमाली  गुराँस नियमित रूपमा प्रकाशन हुने विशुद्ध द्वैमासिक साहित्यिक पत्रिका हो । यस पत्रिकाको म नियमित पाठक  हुँ । यसले निकालेका विशेषाङ्कमा विपी विशेषाङ्क कथा विशेषङ्क, नियात्रा विशेषाङ्क र नाटक विशेषाङ्क अध्ययन गर्ने मौका पाएँ । यी विशेषाङ्कमा ख्याती प्राप्त साहित्यकारहरूका लेख रचनाले स्थान पाएका छन् भन्ने मलाई लाग्छ ।यस नाटक विशेषाङ्कमा २६ ओटा नाटक र दुईओटा नाटक सम्बन्धी लेख समावेश गरिएका छन् । मैले नाटक लेखेको पनि छैन र नाटक सम्बन्धी टिका टिप्पणी गर्न त्यति स्वभाविक ठान्दिन तर सम्पादक ÷प्रकाशक खिमानन्द पोख्रेलज्यूले अक्षर अक्षर पढेको प्रमाण पठाउनु प¥यो भने पछि  दुईचार शब्द कोर्न वाध्य भएँ र नाटक सम्बन्धी सारभाव पस्कने प्रयास गरेको छु ।
समयान्तर
समयान्तर– डा. अशोक थापाको यस सिर्जनामा  १० ओटा पात्र सहित इन्टरनेटबाट प्राप्त सहुलियत र त्यसले निम्त्याएको विकृतिका घटनाहरूलाई नाटकले प्रष्ट्याएको छ । शैलेन्द्र र सालिनाकी छोरी निहारिकाले कक्षामा इनटनेटको फायदाको बारेमा जानकारी पाउँछे र घरमा आएर मोवाइलमा ज्यध तय ष्mउचभकक तजभ दयथ जस्ता विषयहरू हेर्न थाल्छे, ऊ  सञ्जयसँग सम्पर्कमा आउँछे ।  नोकर साम्बे पनि मोवायलमा व्यस्त रहन्छ । यसै  बीचमा रमेश पोखराबाट गएर फुपूकी छोराीले साइबरमा गएर फेसबुक खोलेर साइन आउट गर्न भुलेको र अर्को वदमास केटाले नाङ्गो फोटो राखेर छरपष्ट पार्नु र गोप्य म्यासेज बक्स खोलेर गोप्य भिडीयो क्लिप पनि सार्वजनिक गरिदिए पब्बुको बाबा र साइवरवाला बीचमा झगडा हुनु उनीहरूलाई पुलिसले पक्डेर लानु पब्बुले आत्महत्या गर्नु जस्ता मार्मिक घटना, सुनाउँछ ।  यसै समय टिभीबाट विवेक श्रेष्ठ र साथीहरू मिलेर बलत्कार साइबरक्राइम गरेवापत कार्वाहीको लागि पुलिसले पकडेर लगेको समाचार  आउनु, बलत्कारमा मृत्युडण्ड हुनु पर्ने कानु्न बन्न पर्ने धारणा आउनु । नक्कली एटिएम कार्ड प्रयोग गरेर बैंकबाट तीन लाख रकम चोरी भएको सन्देश आएको र एक दिन शैलेन्द्र र उनकी ।श्रीमति  पूजागर्न गएको बेलमा निहारिका सञ्जयसँग गएको र खोजी गर्दा भोली पल्ट मृत्य लास फेला परेको घटनाक्रमको यो नाटकले नेटवर्कका कारण सकरात्मका काम भन्दा बढ्ता नकरात्मक काम भएको र साइवरक्राइम गरेमा कानुनी कारबाही हुने सन्देश दिएको छ । नाटक शिक्षाप्रद छ । समसामयिक घटनाक्रमलाई नाटकले प्रष्ट्याएको छ ।
धामी (द्य)–
 कान्छी महर्जनद्वारा सिर्जना गरिएको यस नाटकको चार दृश्यहरू छन् । यो नाटक नेवारी संस्कृतिमा आधारित छ । पहिलो दृश्यमा  अजिमा धामीको बारेमा प्रकाश पारिएको छ । गणेश महर्जन वितेको ५ वर्षपछि किसनलालको जेठो छोरा धनलाल धामी भएको दृश्य दर्शाइएको छ ।
दोस्रो दृश्यमा –यस दृश्यमा अजिमामन्दिरको परिवेशमा अजिमा धामी कामी रहेको ,यसरी धामीको उपस्थितिमा मेला भव्य हुने धारणा मेलामा जानेहरूले भनि रहेका, भूकम्पको विनासले गर्दा अजिमा मन्दिर नै जिर्ण अवस्थामा रहेकोले गर्दा मेला भव्य नहोला भन्ने सोच हुँदा हुँदै पनि मेला भव्य भएको भन्दै एक जनाले भन्दै थिए –''मानिसहरूलाई बाँच्न र हाँस्न सक्ने अद्भुद् शक्तिहुन्छ भनेको सायद यही होला '' । पराकम्पनका कुरा पनि यहाँ समावेश गरिएको छ । अजिमा धामीलाई कपडा के कसरी पहिराइन्छ भन्ने आदि कुराहरू यस दृश्ह्यमा समावेश गरिएका छन् ।
दृश्य तीन –यस दृश्यमा अजिमा धामी काम्दै आफ्नो घरमा प्रवेश गर्न जाँदा आफ्ना घरपरिवार र आफन्तले लावा र पूmलमालाले स्वागत गर्नु, घरमा भोजको तयारी हुनु, अजिमा धामीले आफ्नो शरीर पनि नियन्त्रणमा नरहेको जानकारी गराउनु, आमाबुबाले अजिमा देवी शरीरमा प्रवेश गरेकोमा भाग्यमानी रहेछौ भन्नु र अजिमा धामी भए पछि  खर्पन बोक्न नहुने, कसैले नाघ्न नहुने, महिनावारी भएकी महिलासँग छोइन नहुने,पेटी जुता लगाउन नहुने,बाहिर तयारी खान नहुने जेठो छोरा भए पनि बाबु आमा मर्दा दागबाती दिन नहुने, कृयापुत्री बस्न नहुने बर्खीबार्न नपर्ने आदि कुरा बाबुले अजिमा धामीलाई जानकारी गराउँदै यो दृश्य समाप्त हुन्छ ।
दृश्य चार – यस दृश्यमा एउटी केश फुलिसकेकी महिला चिन्तित मुद्रामा रहेको  र अजिमा धामी भएको मा नत खुसी नत दुखको अवस्था मान्न सक्नु भन्दै  बृद्धाले भन्छिन् –''आजको जमानामा मानिस बन्न त गाह्रो भएको वेला देवता बन्न त झनै गाह्रो ' '।  यस दृश्यमा अजिमा धामी बन्दा पालन गर्नु पर्ने कठोरता , खर्चको कारण आदिले चिन्तित हुँदै अजिमा धामीका हजुरबाबा धामी हुँदा रोक्दा राम्रो नभएको स्मरण गर्दै अजिमा धामीको दर्शन गर्न आमा जानु र नाटक समाप्त हुन्छ ।
समय परिवर्तनको साथै मानिदै आएका परम्परागत संस्कृतिलाई संरक्षण गर्न कठिन भएको धारणा यहाँ दर्शाइएको छ ।
आजका विद्यार्थीहरू
यो नाटकका नाटककार किशन थापा 'अधीर' हुन् । यो नाटकमा पात्र एक देखि पात्र ७ सम्मका विद्याथसर््हरू र शिक्षकलाई  समावेश गरिएको छ । कक्षामा पात्र १ देखि पात्र ५ सम्मले कक्षामा विविध अड्चन हालेर तथा वहाना गरेर शिक्षकलाई कक्षा सञ्चालन गर्न दिदैनन् । पात्र ६ ले यिनीहरू जहिले झगडा गर्न तम्सिने, यस्तो वातावरणमा हामी अनुशासनमा कसरी बस्ने र  हाम्रो  पढाई कसरी अगाडी बढाउने तर्क राख्नु र पात्र ७ ले  वाँदरले आफ्नो घर पनि बनाउँदैनन्  अर्काको घरबनाउन दिदैनन्,  र के हामीले हाम्रो भविष्य सुधार्न नपाउने जस्ता प््रश्न तेसाउँदा शिक्षकले पनि 'समयलाई हेरिरहेको तिमीहरूको समाधान खोज्न' जवाफ दिंदा पात्र ५ले उसको मामुले उसलाई गाली समेत नगर्नु भनेको कुरा स्मरण गराउँछ । शिक्षकले  पात्र पाँचलाई जवाफ दिंदै अभिभावकले आफ्ना बालबच्चा भविष्यमा कस्ता बनाउन चाहेका हुन् भन्ने प्रश्नको साथमा नाटक समाप्त हुन्छ ।
 नाटकले विद्यार्थी सबै एकै किसिमका हुँदैनन् । कक्षमा अवरोध ल्याउने र सज्जन पढ्न चाहने बालबच्चालाई वर्गिकरण गरेको छ । पढ्न नचाहनेले पढ्न चाहनेलाई पढ्न नदिने र शिक्षकलाई पढाउन नदिने धारणको साथै अभिभावकले आफ्ना सन्तानलाई कतातिर डो¥याउने हो त्यसमा लाग्नु पर्ने सुझाव पनि आएको छ । यस नाटकले अभिभाव, विद्यार्थी र शीक्षकको संयुक्त सुप्रयासले नै  विद्यार्थीको भविष्य उज्ज्वल हुने सन्देश बोकेको छ तापनि कक्षा सम्हाल्ने र शिक्षा दिने काम शिक्षकको हुने भएकोले शिक्षकले कक्षालाई कन्ट्रोलमा राखेर अध्ययन गराउन सकेको भए नाटकले सुनमा सुगन्ध थप्थ्यो ।
 सनामखत समय
यस नाटकका नाटककार कृष्ण शाह यात्री हुनुहुन्छ । सर्वप्रथम व्याक्ति १, पाले, व्याक्ति २ गरी तीन पात्रहरू देखिन्छन् । लासलाई प्रयोगशालामा लगेर पोष्टमार्टन भोली गर्ने कुरा पालेलाई भनिन्छ पालेले मर्नुको कारण सोध्दा संविधानकाो घोषण भएको सुन्दा छक्क परेर मरेको भन्ने धारणा राख्नु र पालेले ''अपार खुसीका कारण मरेको हुनुपर्छ''  भन्दा व्यक्ति एकले अपार दुखी भएर मरेको पनि हुन सक्छ '' जस्ता धारणा यहाँ आएका छन् । जुन संविधान आएको थियो त्यो संविधान सर्वस्वीकार्य थिएन । वार्ताको साथै चिया चुरोटको लागि तीनै जना बाहिरिन्छन् । त्यस पद्धि ४ओटा आकृति एउटै अनुहारका लासको अघि देखा पर्दछन् र   चारै जनाले लास आफ्नो भएको दावी गर्दछन् । सबैले सब भन्दा पहिला देखेको दावी गर्दछन् । परिचयको कर्ममा पनि नाम अस्तित्व नेपाली हुँ, अस्तित्व नेपाली हो,अस्तित्व नेपाली भन्छन् र म हुँ अस्तित्व नेपाली भनी एउटै नामलाई भिन्न प्रकारबाट प्रस्तुति गर्दछन् ।  यस नाटकमा धेरै कुराहरू उठान भएका छन् । जे गरे पनि सर्ब हिताय काम गर्न पर्नेमा जे गरिन्छ आफ्नो लागि गरिन्छ । विवाहा गर्दा प्रेम विवाह गर्ने इच्छा हुँदा हुँदै मगनी विवाह भएकोले पत्नीप्रति गरिने दायित्वलाई नस्वीकारेको र सुरा सुन्दरीमा लागेर आफ्नो किड्नी बिग्रेकोमा पत्नीले भने आफ्नो किड्नी दिएर पतिलाई बचाएको मा असल पति बन्न नसकेको धारणा, यसरी नै विश्वका केही स्थान घुमाउने इक्ष्या हुँदा हुँर्दै घुमाउन नपाई मृत्युवरण भएकोले यो लास मेरो हो भन्ने दावी एकको, यसरी आकृति चारले ऊ असल कुलमा जन्मेको उसको भलाइकै लागि छात्रबासमा राख्दा बाबुआमा प्रति घृणा जागेर बृद्ध अवस्थामा बृद्धाश्रममा राख्दा बाबु आमाले आत्महत्या गरको, आत्महत्या गर्दा उसलाई एउटा पत्रद्वारा ऊ अनाथालयबाट ल्याएर पालीएको र उसको भलाइको लागि कुनै कसरत नराखेको भन्ने सन्देश पत्रद्वारा जानकारी प्राप्त गर्दा असल पुत्र हुन नसकेको र जीवनदेखि थाकेकोले बढी रक्सी खाएर टिभी हेर्दा हेर्दै मरेको ,अब मृत शरीरलाई टुक्रा टुक्रा पारेको देखेर पश्चताप गर्न चाहेको धारणा, असलफल प्रेमी,प्रेमको नाममा कलंक,दसौं जनासँग सम्भोग गरेको आदि आदि असल प्रेमी, असल पुत्र असल पिता बन्न नसकेका धारणा दर्शाउँदै सबैले नै समान किसिमका धारणा पस्कदै लासलाई आफ्नो हो भन्ने प्रमाणित गर्न खोजेका छन् । यस नाटकले पात्र फरक भए पनि पीडा उस्तै उस्तै हुन्छन् पात्रमात्र फरक हो आवरण मात्र फरक हो , मानिस भएर जन्मेपछि हरेक भूमिका खेल्नै पछ ृ तर सबैले आफ्नो दायित्व, आफ्नो कर्म सबै नै असलरूपमा निभाउनु पर्छ नत्र भने आत्मले शान्ति पाउँदैन, भन्ने सन्देश बोककेो छ ।
वियोग संयोग
यो नाटकको सिजर्नाकार खिमानन्द पोख्रेल हुनु हुन्छ । दृश्य हस्पिटलको हल्लाखल्लामा डाक्टर नानुले बिमरीलाई हेर्दै मोहनसँग आइपुग्छििन् । दुबै जनासँग बार्तालाप हुँदै जान्छ । संक्षेपमा भन्नु पर्दा वियोग भएकाम पति पत्नीलाई छोरीद्वारा संयोग गराइन्छ । कथा यस प्रकार छ – मोहन सिंहले निशासँग विवाह गर्दछ र एउटी छोरी पनि जन्मन्छे । नानुको उमेर ५वर्षको हुँदा  मिरा मल्लले मोहन सिंहलाई काठमाण्डौ आउने चिठी पठाउँछिन् र मोहन सिंह काठमाण्डौ पुग्दछन् र उनले घरसँग कुनै सम्बन्ध राख्दैनन् । अपराध चलचित्रमा डाकुको भूमिकाको खेल खेल्दा उनलाई डण्ड दिंदा साच्चिकै उनका दुबै हात काटिन्छन् ।  उनलाइृ उपचार गर्ने डाक्टर नानु सिंह नै हुन्छिन् । अस्पतालमै हुँदा मिराले अपाङ्ग सँग बस्न नसक्ने भनि पत्र पठाउनु र मोहन सिंहले हात सञ्चो भए पछि जोगी भएर हिड्ने बिचार राख्दा नानुले  आफ्नो परिचय दिएर घर जाने आग्र गर्दे बाबुलाई घरमा लगेर आमासँग बाबुको मिलन गराउँछिन् । नाटक नेपाली समाजमा घट्न सक्ने यथार्थ परक छ । प्रस्तुति पनि निकै मिठो छ । डा.नानुले छोरीको दायित्वलाई राम्रोसँग पूरा गरेकी छिन् ।
कनिका
यो नाटक गोपी सापकोटा बाट लेखिएको हो । यसमा ५ओटा दृश्य छन् । पहिलो दृश्यमा स्वरूपले आत्महत्या गर्ने निर्णय लिन्छ । यो निर्णयमा कसैलाई ठिक लाग्ला कसैलाई वेठिक लाग्ला तर उसले जो निर्णय लियो त्यो ठूलो निर्णय थियो । उसले धेरै मानवीय संवेदनालाई केलाउँछ । आँफ्नै छायालाई पनि चिन्न सक्ने छैनौं र हेर्दा हेर्दै अन्धकारमा विलाउने धारणा पस्कदै यो दृश्य समाप्त हुन्छ ।  दोस्रो दृश्यमा निर्णय गर्नु र निर्णय लागु गर्ने कुरा दुइृ फरक कुरामा लिन्छ र उसले मर्नु भन्दा पहिला गर्नुपर्ने कामलाई स्मरण गर्छ । ग्रेकोट सिलाउन दिएको लाउने इच्छा, पोखरा र टनकपुर घुम्न जाने काम, पारुलाई भेटेर प्रेमका कुरा गर्ने काम,आदि स्मरण गर्दै उसले सोच्छ 'मर्नु भन्दा पहिले एक पटक पूर्ण रूपमा जीवन बाँच्नु छ ।'पूर्णिमाको रात झ्यालमा उभिएर पारुलनई स्मरण गर्छ प्रेमपत्र लेख्दा प्रेमपत्र बन्ने या मृत्यु पत्र बन्ने ऊ दुविधामा हुन्छ । उसले प्रेमपत्रमा जीवन लेख्ने सपना लेख्ने, सपना जीवनसँग नमर्ने रूपान्तरण हुने आदि तर्कना गर्दा गर्दै टेबुलको टेलिफोन बज्छ, उसले उठाउँछ र आवाज आउँदैन कराउँदा कराउँदै उसको आवाज बन्द हुन्छ । दृश्य तीन –यस दृश्यमा  स्वरूपले अँध्यारो रातमा पारुलाई प्रेमपत्र लेख्न थाल्छ उसले सोच्छ प्रेम जसरी हुन्छ त्यसरी नै प्रेमपत्र पनि त्यसरी नै लेखिनु पर्छ आदि सोचका साथमा लेखिन्छ आदि तर्कना सहित उसले पारुलाई पत्र लेख्छ पत्रमा पारु शब्दले नै रमाइलो अनुभूति हुनु, उसले प्रेम गरेको कुरा, हेरुँ हेरुलाग्ने कुरा देखेपछि तृप्त हुने या अझै अतृप्त हुने कुरा, तृप्त र अतृप्तको वृत्तभित्र घुमि रहेका कुरा , मैले प्रेम गर्दैमा उनले प्रेम गर्नुपर्छ भन्ने नभए पनि स्वरूपले भने पारुलाई प्रैम गरिरहने र प्रेम नगरी बस्नै नसक्ने जस्ता धारणा यस दृश्यमा आएका छन् । दृश्य चार – यस दृश्यमा स्वरूपले जागिर पाउँछ  । धेरै खुसी हुन सक्दैन उसका मनमा धेरै कुराहरू खेल्छन् , जागिर पाएको थाहा पाएको जानकारी पाएपछि पारु उससँग आउने धारणा, कन्ट्रयाक्ट पत्रमा हस्ताक्षर गर्ने कुरा आदि थुपै्र कुराहरू मनमा खेलाउँछ ।
दृश्य पाँच –यस दृश्यमा पारुले स्वरूपलाई पत्र पठाउँछे । पत्रमा पारूले आफ्नो प्रेमलाई दर्शाउँछे तर आपूmमा भएको कमीलाई पनि प्रष्ट्याउँछे । प्रेमलाई प्रेममै सीमित राख्ने धारणा वैवाहिक सम्बन्धमा गाँसिदा स्वरूपलाई जीवनभर दुख हुने  र बोझ हुने जस्ता धारणाको साथमा जीवन दर्शनका कुराहरू पनि यस दृश्यमा आएका छन् ।  पत्र प्राप्त गरेपछि पारुलाई भेट्न जाने इच्छा राख्छ तर रातमा जान उचित ठान्दैन , फिल्डबाट फर्केपछि मात्र ऊ पारूसँग जाने धारणा सहित यो दृश्य समाप्त हुन्छ ।
यसपछि ऊ फिल्डमा नदि किनारमा पुग्छ । उसले नदि किनारमा बसेर नदीमा आउने छाल गन्नु पर्ने काम पाएकोले छाल गन्न थाल्छ । पानीको नीलो रङ्गले पारुको पछ्यौरीको, स्कूलको ड्रेसको नीलोसर्टको याद आउँच्छ । २०४६ सालको जनआन्दोलनको याद,साथीलाई गोली लागेर मरेका कुरा, नदीको छाललाई उसले नदीले सास फेरेको ठान्छ र नदीमा छाल हुन्देर नदीको जीवन छ भन्ने ठान्नु, माझीलाई भेट्छ र पारुसँग माया गर्ने धारणा राख्mछ,, महिलाको लास ल्याएको देख्छ, र आमाको मृत्युको स्मरण गर्छ र आमाको माया पाउन नसकेको आमाको मुखमा दागबत्ती दिएको सम्झन्छ र रुन थाल्छ ।
त्यपछि  ऊ फिल्डबाट पर्कन्छ । कोठामा आएपछि उसको अफिसको मानिसको फोन आउँछ र उसले सबै कागजपत्र बुझाउनु पर्ने र साथै जागिर समाप्त भएको जानकारी पाउँछ । उसलिे आफ्नो जिन्दगीलाई कनिका सँग दाज्छ । मध्यम बर्गीय जिन्दगी न पिठो बन्न नै सक्ने न चामल नै बन्न सक्ने ठान्दै आशाको अन्त्य र निरासाको उदय भएको ठान्दछ र जीवनलाई कम्प्युटरलाई रिस्टार गरे जस्तै रिस्टार गर्न चाहन्छ । यस समयमा पारुलाई हेर्न झ्यालमा जान्छ पारुलाई देख्न सक्दैन, उसले जिन्दगीमा केही हुन खोजे पनि केही हुन नसकेको भन्दै आत्महत्या गर्नतिर लम्कन्छ । उसले गलामा पासो लगाएर कुर्सीमा चढेर कुर्सी धकेली दिने सहयोगको लागि याचना गर्द छ । यही समय पारुले म सहयोग गर्न आएँ भन के सहयोग गर्न सक्छु भन्दा स्वरूपले पारुलाई पारु भन्दै  दुवै फ्रिज हुन्छन् र नाटक समाप्त हुन्छ । यस नाटकले मानव जीवनका निराशाका स्वर गुञ्जिएका छन् । मध्यम वर्गीय समुदाएयलाई सौलो चामलको रूपमा चढ्न सहज नभएको र  ध्लो पीठो भएर तल झर्न पनि कठिन भएको मार्मिक यथार्थतालाई पस्केको छ । रोजगारी नभएकोले मानिस बाँच्ने सहारा नभै मर्न विवस हुनु पर्ने यथार्थतालाई  प्रष्ट्याएको छ । आजको संसारमा मानवले व्यहोर्न परेको कठिन जीवन संघर्षका पाटालाई सहज र सरल रूपमा नाटकले दर्शाएको छ ।  
अघोषित सहिदहरू–
 यस नाटकका नाटककार हुन् डा. गाविन्दसिंह रावत । यस नाटकले नेपालको राजनीतिक यथार्थतालाई प्रष्ट्याउने प्रयास गरेको छ ।  बालक एक र बालक दुई हातमा पूmलका थुँगा लिएर दुईवटा लासका बाकस नजिक उभिएका छन् यस ठाउँमा घटेको घटनालाई स्मरण गर्दछन् र हेलिकप्टर समयमा आएको भए बाबुकै मुखबाट यस घटनालाई सुन्न सकिने थियो र उनीहरू यस स्थानमा आउनु पर्ने थिएन । बालक हरूले प्रहरीका लागि किन मानव अधिकार हुँदैन कि क्या हो भनि प्रश्न पनि उठाएका छन् । सत्ता पक्ष र प्रति पक्षको भिडन्तमा एक जना मानिस मारिन्छ । यो लासलाई दुबै पक्षले आफ्नो हो भनि दावा गर्दछन्  दुईटी आमा पनि आफ्नो छोराको लास हो भन्दै उपस्थित हुन्छन् । मानिस पुलिसले मारेको भनि पुलिसलाई लान्छना लगाइन्छ सहिद घोषण गर्ने माग राखिन्छ । मारिएको लासलाई हेलिकप्टरबाट माथि लानेर पुलिसहरू पनि त्यसैमा जाने भन्ने आदेश हुन्छ तर हेलिकप्टर आउन देरी गर्दछ  मञ्चमा बचाऊ बचाऊको आवाज आउँछ  र हेलीकप्टरको आवाज पनि सुनिन थाल्छ । सुरुका दुई बालकले समाधिमा पूmल चढाए र हात जोडेर उभिएपछि  पर्दा खस्छ । नाटक नेपालको आजको राजनीतिक यर्थाथतामा आधारित छ । देशमा राजनीतिक दवावमा घोषित सहिद भन्दा जस्ले यस देशको लागि प्राणको आहुती दिए तिनको नाम ससिहदमा घोषणा नभएको धारणा नाटकले पस्किएको छ । सत्तापक्ष र प्रतिपक्षहरूको टक्राव, टक्रावमा मारिनेलाई आफ्नो पक्षमा सहभागी गराई सहिद घोषणा गराउने प्रवृत्ति, शान्ति सुरक्षामा खटिएका कर्मचारीको विवसता, सरकारी काममा देखिने ढिलासुस्ति, त्यसबाट निस्कने प्रतिफल प्रहरीप्रति लगाइने दोषारोपण आदिलाई नाटकले राम्रोसँग समेटेको छ ।
गणतन्त्र होसियार –
् यो नाटकका नाटक्कार हुन् डा.देवी क्षेत्री दुलाल, यस नाटकमा लोकतन्त्र, सीता, आस्था र दमाई कान्छाको बीचमा गणतन्त्रप्रतिका धारणा पस्किएका छन् । गणतन्त्रको सुखद अनुभूति जनताले गर्न नसकेका,, परिवर्तनका उज्याला संकेत देखिन् पर्नेमा पश्चगमनका कालो बादल मडारिएको, न्याय समनता, स्वतन्त्रता र विकास संस्थागत हुन नसकेका, गणतन्त्र माफियाका चङ्गुलभित्र पर्न लागेको,बर्गीय विभेदका खाडलहरू पुरिन नसक्नु, भोकभोकै रहेका , नाङ्गा नाङ्गै रहेका, सुकुम्बासी भूमिहीन, माटो मिचिदै गरिएको , लाखौं युवा खाडीमा जान परेको , विकृति विसङ्गति इच्छा शक्ति र राजनीतिक संस्कारको अभाव आदि कारणले गर्दा नयाँ युद्धको आवश्यक भएको धारणा आएको छ । नाटकले वर्तमान देश र देशका जनताले भोगेको यथार्थतालाई राम्रो सँग समेटेको छ ।
कटुसत्य  –
यो नाटक ध्रुव लोहागण द्वारा सिर्जना गरिएको हो । एउटा साधारण घरका महेन्द्र (पति),प्रतिमा (पत्नी) र प्रीतम(छोरा) , तीन पात्रमा आधारित एउटा पारिवारिक संवादमा आधारित नाटक ,नेपाली समाजमा घटी रहेका घटनालाई प्रतिबिम्बित गर्दै लेखिएको छ । महेन्द्र एउटा साहित्यकार पनि हो उसले विवाह गरेको दश वर्ष भएको हुन्छ । उसको एउटा प्रीतम नामको छोरा हुन्छ । क्यान्सर रोगबाट पिडित उसले विवाह गरेको दश वर्षमा निधन हुन्छ । यस नाटकमा पति पत्नी बीच हुने घरयासी कुरा, बिरामी पर्दा भएको सम्पत्ति समाप्त भएका कुरा, जग्गा बेचेर पनि पत्नीले पतिको उपचार गराउन चाहेका कुरा,  मर्ने निश्चित भए पछि जग्गा बेचेर पतिको उपचार गराउनु भन्दा छोरा प्रीतमको भविष्यको बारेमा सोच्नु पर्ने कुराहरू आएका छन् ।पति पत्नी बीचको सम्वादकै क्रममा महेन्द्रले दम तोडछन् । आर्थिक अभावमा महेन्द्रले आपूmले कमएका तक्मा मेडल प्रशंसापत्रलाई आफ्नी पत्नीलाई देखाउँदै भनेका कारुणिक शब्द जस्ले सबै साहित्यकार तथा संगीतकारका मन छुन्छन् '' यी सब न घोलेर खान सकिन्छ न बिक्री गर्दा  पैसा नै पाइन्छ ।'' बास्तवमा साहित्यकारलाई राष्ट्रले दुःखद अवस्थामा हेर्नु पर्ने हो तर नेपालमा त्यो छैन । यो नाटक नेपाली समाजमा घटेका र घट्न सक्ने खालका घटनाको आधारमा लेखिएको देखिन्छ ।
आभास–
यस नाटकका नाटककार नवराज रिजाल हुनुहुन्छ । पात्र बृद्ध, अधवैंसे, युवा १ र युवा २ गरी चारजना छन्। स्थान काठमाडौस्थित कलङ्की मन्दिरमा यी चार जना पात्र बीच विचार विमर्श भएको छ । यी चारजनामा बृद्ध ८० वर्षका जो विश्व विद्यालयमा २५ वर्ष जागिर खाएका, उनका चारभाई छोरा सबै नेपालमै पेशामा लागेका छन् । उमेर पुगे पछि सबैलाई आपूmले दिन पर्ने अंश दिएका र यो अंश बढाउन सके बढाउने बढाउन नसके यसलाई मास्न नपाइने र सन्तानमा हस्तान्तरण गर्न पर्ने भन्ने सर्तगरी सर्तमा मन्जुर गराइ अंश दिएका र छोराहरूले यो सर्तलाई स्वीकारेका, बृद्धले पनि विश्वास गरेका, विदेशमा सबै चिज छ भन्ने मतका बिरोधी र गर्नेलाई सबै थोक यही देशमा छ भन्ने जस्ता गहन भावना सहित आफ्नो परिचय दिन्छन् र अध बैंसे र युवा एकका जिज्ञाशालाई मार्ग दर्शकको रूपमा प्रस्तुत भएका छन् । अधवैंसे पूर्व कर्मचारी, सेवाबाट अवकास भएको तीन वर्ष पुगेको, एउटा छोरा अष्ट्रेलिया, एउटा छोरा क्यानडा र एउटी छोरी अमेरिकामा बस्ने गरेका, अमेरिकामा बस्ने छोरीकोमा अधवैंसे र उनकी श्रीमती तीन मैना अमेरिकामा बसेर नेपाल फर्केका । अमेरिकामा बस्दा छोरीले बाबु आमालाई केही नभनी बाबु आमा फर्केपछि अफ्रिकन केटासँग विवाह गरेकी यसमा आमाको मन दुखेको साथै छोराहरूले पनि आपूmखुसी बाबु आमालाई कुनै मतलवै नगरी विवाह गरेकोमा  आमाको दुःखेको मनमा घाउनै बन्न पुेकोले आमा विमारी भएर डिप्रेशन भै मृत्युवरण भएको । आमाको मृत्युवरणमा १५ दिनसम्म कुर्दा पनि छोराहरू दाह संस्कारमा सहभागी नभै आमाको दाहसंस्कार , चाँडै गर्नु हामीलाई नकुर्नु भन्ने संदेश आएकोमा अधवैंसे दुखित भएको धारणा सहित आफ्नो परिचय दिएको  । युवा एक – यस युवाले दुई विषयमा स्नातकोत्तर गरेको, जागिर खान नसकेको
जागिर खान आफ्ना मानिस हुनु पर्ने तर नभएको, विदेश जान चाहेको सबैले विदेश जान प्रोत्साहित गरेका भन्दै आफ्नो परिचय दिन्छ । युवा २ले स्नातक गरेको व्यवसायमा सम्लग्न भएको, व्यावसायमा परिवारका सदस्यहरूले साथ दिएका घरका परिवार सबै सन्तुष्ट रहेका भन्दै आफ्नो परिचय दिएको छ ।
बृद्ध युवा १, युवा २ र अधवैंंसेको बीचमा विचार विमर्स हुन्छ । युवक १को प्रशङ्गमा बृद्ध र युवा २ले  विना परिश्रम र प्रयास विना कतै केही नमिल्ने, मिले टिकाउ नहुने त्यसो हुँदा आफ्नो बाटो आफै खन्ने, अठोट लिएर आफुलाई आफै विश्वास लिने,विदेशमा बगाउने पसिना स्वदेशमै बगाउने, काम धेरै छन् र कुन काम गर्ने भन्ने निर्णय आफैले लिने सबै भन्दा सफलताको लागि चाहिने आत्मविश्वास, अठोट, सकरात्मक सोच देशप्रतिको माया गर्दै मानसिक रूपमा तयार भए पछि समस्याको समाधान हुने र यसरी काम गर्दा दोधारे हुन नहुने, हिड्ने बाटो र पुग्ने स्थान पहिलाउने, जहाँ गए पनि कामै गर्ने हो, विदेशै जाने भए पनि काम त गर्ने पर्ने सबै ठाउँमा दुःख गरिबी छ, कसैको पनि भविष्य सुनिश्चित छैन, पैसा आफ्सेआँफ खात लगाएर आउने हैन आदि विमर्स पछि ।युवा १ले बाँच्नुलाई मात्र जीवनको बास्तविकता हो भन्न कुनै हालतमा नहुने जे गर्छु यही माटो मा गर्छु भन्दै अठोट लिएको छ ।
अधवैसेंले आफ्ना छाराछोरीको क्रियाकलापको कारणले निकै चिन्ति भएर बृद्धसँग पुगेको हुन्छ । बृद्ध र युवा दुईको बीचमा भएको विमर्समा हरेक समस्याको समाधान हुने, अठोट र चिन्तनबाट मानिस अगाडी बढ्ने भएकोले आँट गरेमा बाटो अगाडी बढ्ने, दुःख, पीरमर्का नभएका मानिस नै नहुने भएकोले त्यसलाई कसरी लिने र समाधानको बाटोमा कसरी लाग्ने भन्ने मात्र  भएकोे ले चिन्ता छाडेर अगाडी बढ्नु पर्छ, काम गर्दा सोच विचारको साथमा गरिएन भने आफै फसिन्छ । अधवैसेंको विदेशमा भएका छोराछोरीप्रति लिएको चिन्तामा, छोराछोरीलाई देश र देशको माटो चिनाउनु पर्ने, आफ्नै र आफ्नै देशको लागि छोराछोरी तयार पार्नु पर्ने, तर आजकल छोराछोरी आफ्नो लागि नभै विदेशको लागि तयार पारिने भएकोले उनीहरू विदेश जान्छन् र त्यहाँको परिवेशमा, त्यहींको कानुनमा, त्यहीको संस्कारमा रहनु पर्ने वाध्यताले गर्दा देश, बाबुआमा भुलेको जस्तो देखिन्छ र पश्चतापमा परिन्छ । विगतलाई भुलेर वर्तमानलाई गतिशील बनाएर अगाडी बढ्नु पर्ने, छोरा छारीको विवशतालाई बुझ्नु पर्ने आदि तर्कनाबाट अधर्वैंसे पनि सहमत भएको धारणा यहाँ आएका छन् । यस नाटकले नेपालको  वर्तमान अवस्थालाई केलाएको छ । युवायुवतीको विदेश पलायन भएको जनशक्तिलाई स्वदेशमै राखेर स्वदेशलाई गतिशील बनाउनु पर्ने सन्देश बोकेको छ । नाटकमा आएक मार्गदर्शनहरू मनन् योग्य चिन्तन योग्य र व्यवहारमा उतार्न योग्य भएकोले एउटा उत्कृष्ट प्रस्तुतिको रूपमा यस नाटकलाई लिन सकिन्छ ।  
गन्जागोल
यस नाटकका सिर्जनाकार हुनुहुन्छ नारायण तिवारी । उत्तर झुण्ड, दक्षिण झुण्ड, बीच झुण्ड र सूत्रधार गरी चार किसिमका पात्रहरू यसमा सहभागी देखिन्छन् । दक्षिण झुण्डबाट भजन कीर्तन,बीच झुण्डबाट जिन्दावाद र मुर्दा बादका नारा र उत्तर झुण्डबाट पटट बन्दुकको आवाज सुनिन्छ । यस नाटकले वर्तमान नेपालको स्थिति गन्जागोल अवस्थामा गुज्रिरहेको छ प्रष्ट्याएको छ र त्यसैमा आधारित रहेर प्रस्तुत गरिएको छ नाटक । नाटकमा सूत्रधारले गन्जागोललाई रोकेर जनताले बुझ्ने गरी नाटक देखाउन आग्रह गर्दछ । उत्तर झुण्डबाट चार जान मानिस समावेश हुन्छन् र उनीहरूको  समावेश राग यस प्रकार प्रस्तुत गर्दछन् । उनीहरूले, उनीहरूको बन्दुक प्राण,, ज्यानहो र बन्दुकले उज्यालो छर्छ तथा जेजे गर्नु छ गर्छ यहाँ भन्ने धारणा राख्दछन् । बीच झुण्डबाट पनि चार जना सहभागी हुन्छन् । उनीहरूले बन्दुकले बोकेको धारणालाई प्रतिवादको समवेत राग यसरी प्रस्तुत गरेका छन् । हे बन्दुक आफै खलास बन्लास, राख्लास् रुवाउलास् मर्लास मार्लास र यी खालास बन्दुक जस्ता धारण राखेका छन् । यसरी उत्तर झुण्ड र बीच झुण्ढ बीच निकै तर्क विर्तक आएका र दक्षिण झुण्ड मानिस पनि चार जना सहभागी भएर उत्तरी झुण्ड र बीच झुण्डको हातहालाहाल अवस्थालाई छुट्याउँछन् र भजन गाउँ भन्न थाल्छन् । यिनीहरूको भजनको समवेत राग यस प्रकार छ –'भजन हाम्रो जीवन,कीर्तन हाम्रो प्राण, प्रभू हाम्रा सहारा गर हामीलाई इसारा, उत्तर झुण्ठ र बीच झुसण्ड मिलेर फेरी दक्षिणी झुण्डलाई नकराऊ भन्न थाल्नु र यी तीनजना बीच पनि घम्सािघम्सी हुन थाल्छ । यस क्रममा सूत्रधार आएर नकराउन भन्दै दर्शकलाई नाटकका पात्रहरू कुर्सीका भोकाले एउटा नाटकसम्म देखाउन नसक्नेले भविष्यमा केगर्लान तर पनि गोलमेच सम्मेलन गराएर होस् या जे जसरी भए पनि राम्रो नाटक देखाउने बाचा गर्दै विदा लिंदै जय देश जय नरेश  भन्दै गणतन्त्र आएकोले जय देश जय नरेश भन्न गल्ति भएको महसुस गर्दै नाटक समाप्त हुन्छ ।  नाटकमा लेखकले हालका नेपालका राजनीतिक दलको यथार्थतालाई दर्शाएका छन् । कसैले शक्तिलाई सर्वेसर्वा ठान्नु, शक्तिको बलमा सबै चिज मिल्दैन भन्ने कसैको ठहर र कसैले कसैको भजन गाएमा सबै प्राप्त हुने आशा राख्दछन् । आजको देशको राजनीति यथार्थता गन्जागोल स्थितिमा गुज्रेको धारणा आएको छ ।
अमर सहिद दुर्गा मल्ल
पूर्णकुमार सर्मा यस नाटकका नाटक्कार हुन् । यो नाटक दस दृश्यमा समायोजन भएको छ । भारतले दुईसय वर्षसम्म पराधीनताको सङ्कट भोग्न परेको र यसबाट मुक्तिप्राप्त गर्न सहिदहरूले आफ्नो जीवनको वलीदान दिने क्रममा देहरादुनका डोइबाला गाउँका क्रान्तिकारी वीर दुर्गा मल्ललाई सन् १९४४ को २५ अगस्तको दिन दिल्ली कारागारमा उन्लाई फाँसीमा झुण्ड्याइएको थियो । उनको यो वलिदानीमा २५ अगस्तको दिन बर्सेनि भारतीय नेपालीहरू सामूहिक रूपले प्रान्तप्रान्तमा बलिदान दिबस मानउने गर्दछन् । दृश्य एकमा असममा कार्यकर्ताहरू नेपाली बेशभूषामा सजिएर सहिद दिवस मनाउने क्रममा नेपथ्यमा घोषण गरिन्छ  । सभासद पिताम्बर गूरुङ द्वारा सहिदप्रति आदर गर्दै धूप दीप माल्यार्पण गरिन्छ । थालमा पूmलपाती र खुकुरी लिएर आवह सङ्गीत संगसंगै तिलक लगाएर हातमा खुकुरी लिएर युद्धमा जान आह्वान गरेको र निम्न गीतको साथमा नृत्य गरेको विवरण यस दृश्यमा वर्णन गरिएको छ ।
यो नेपाली शिर उचाली
ससारमा लम्किन्छ
यो गोर्खाली शिर उचाली
संसारमा उभिन्छ
जुनकीरीझै ज्योति बाली अँध्यारोमा लम्किन्छ ।
वीरताको गाथा जडी
इतिहासमा अमर हुन्छ
यो नेपाली शिर उचाली
दृश्य दुई –स्थान दिल्ली पुलिस स्टेशन । यस दृश्यमा दुर्गा मल्लले नोकरीबाट इस्तिफा दिएर गएर हिन्दुस्तानी वागीसँग सामिल भर्एको ले बहादुर गोर्खामा खोट लगाएको कुरा हर्कबहादुरले भनेको, यसमा के जु डायरले हर्कबहादुरलाई अङ्ग्रेज सरकारले गोर्खालाई विश्वासी, बहादुर र बफादार ठानेको कुरा सुनाउँदै दुर्गा मल्ललाई चारै तिर तलास भएको धारणा आएको छ ।
दृश्य तीन – स्थान मनिपुर,, आजाद हिन्द फौजको छाउनीमा दुर्गा मल्ल आइमाईको भेषमा आएको र फौजीको प्रशंसा गर्दै जापानीहरूले रङ्गुनपट्टिबाट घेराहालेको समाचार दिन आपूm आएको र नेताजी आउने खवर भएकोले चाँडै जानु पर्ने संदेश दिंदै आजाद हिन्दफौज जिन्दावादको नारा लगाएको विवरण आएको छ ।
दृश्य चार–यस दृश्यमा कोहिमामा कमाण्डर पूर्णसिंं ठाक्र शेरे हिन्द दलमान थापा क्याप्टेन रामसिं ठकुरी, लोक बहादुर राण र दुर्गा मल्लपात्रहरूको धारणाहरू प्रष्ट्याइएको छ । भारत मातालाई अंग्रेजको पराधिनताबाट मुक्ति बनाउने धारणा राख्छन् । दलमानद्वारा ज्यान जावस् तर बचन नजावस् । चाहे हजारौंका सिउँदो पछियोस् या कोही सन्तान हारा हुन हामी गोर्खाली वीर सपूतको शिर ठाडो राख्छौं जस्ता धारण राखेका छन् भने रामसिंले हे जातिका वीर हो जातिलाई सुधार गीतमा नेपथ्यबाट ध्वनी संगित भरेका वेलामा दुर्गा मल्ल हतारिंदै आइपुग्छन् र बृटिस सैन्य अड्डाको सूचना पाइसकेको हुँदा सावित्री र इन्द्राणीले आत्मघाती बम तोडेर नेताजीको प्रण बचाएको र ३ नं पट्टिबाट सिपाही हरूले सबैलाई घेरेर दुर्गा मल्ल पक्राउमा परेको विवरण आएको छ ।
 दसश्य ५ यस दृश्यमा देहरादून दुर्गा मल्लकी पत्नी सारदा मल्ल आमा पार्वती मल्ल, बहिनी भारती मल्ल सबै दुर्गा मल्लकै बारेमा कुरा चलाई रहेका वेला बृटिस पुलिसले दुर्गा मल्ल पक्राउ परेको जानकारी गरउँछ र दिल्ली कारगारमा गए सबै कुराहरू थाहा लाग्ने जानकारी दिन्छ ।
दृश्य ६– यस दृश्यमा दिल्ली पुलिस थानाको एकाशको टर्चर रुममा दुर्गा मल्ललाई कठोर यातना दिएर राखिएको हुन्छ । दुर्गा मल्लले यदि सरकार पक्षलाई सहयोग गरेको खण्डमा कसुर माफी हुने कुराहरू राखिन्छ तर दुर्गा मल्ल सहिद हुन तयार तर कुने पनि गोपनीयतालाई खोल्न नसक्ने भने पछि फाँसीको सजाए सुनाएर घरकालाई जानकारी पठाएपछि परिवार आएर ज्यानको माफी मागेपछि सबै जानकारी यसबाट लिन सकिने धारणा सहित यो दृश्य समाप्त हुन्छ ।
दृश्य ७ –यस दृश्यमा कोहीमामा देशद्रोहीको अपराधमा २५ अगस्त १९४४का दिन कुनै पनि समयमा फाँसीको सजाय हुने भन्ने घोषणा सुनाइन्छ र दुर्गा मल्लका सबै परिवारले क्षमा याचना गर्दा पुलिस अफिसरले दिल्ली जेलमा गएर दुर्गा मल्लले देश द्रोह गरेको स्वीकारेर भविष्यमा यस्तो नगर्ने भनि एकपटकलाई माफी मागेको खण्डमा समस्याको समाधान हुने धारणा राख्दछ र घरका परिवारले मन्जुरी जनाउँछन् ।
दृश्य आठ– यस दृश्यमा दुर्गा मल्लका आमा लगायतका परिवार दिल्ली जेल पुग्दछन् के जु डायरले दुर्गा मल्ल जेलखानामा परिवारलाई लिएर जान्छन् र परिवारका सदस्य सबैले माफी माग्ने कागजमा सही गरिदिएर साथमा जाने आग्रह गर्द छन् तर दुर्गा मल्लले सबैलाई घर र्फने आग्रहको साथमा ज्यान गए पनि माफीनाममा सही गरेर देशको गद्दार र कुलाङ्गार पुत्र नबन्ने धारण राख्दछन् । कैदी भेट्ने समए सकिएको जानकारी सुनाइन्छ र यो दृश्य समाप्त हुन्छ ।
दृश्य ९– यस दृश्यमा असममा क्रान्तिकारी छविलाल उपाध्याय,विष्णुलाल उपाध्याय र प्रसादसिं सुब्बा वीच वार्ता ज्वालामुखी भइरहेको मानिस त्यसमा होम्दिै गइरहेका र कलकत्ताको नेपाली पत्रिकाले के जस्ता सम्वाद भइरहेको, र दुर्गा मल्ल र दलबहादुर थापाको आदर्शमा क्रान्तिको आगो फैलाउन पर्ने जस्को कारणा बृटिस टिक्न नसकी आजादी दिन बाध्य होस् भन्ने धारणा आएका छन् भने अर्कोतिर दुर्गा मल्ललाई अझै पनि माफिको लागि मौका दिइन्छ  माफि माग भन्दा नेपाली गोर्खा  गद्दारहैन बहादुर हुन्छ भन्ने जवाफ दुर्गा मल्ले दिए पछि न्यायधिसले जल्लादलाई मौतको सजाय कायम गर्ने आदे दिइन्छ र दुर्गा मल्लको घरमा शारदा मल्ले चुरा फुटाउँछिन् र उनी सेता कपडाको पहिरनमा स्वत देखिन्छिन् भन्ने धारणा आएको छ ।
दृश्य १० यस दृश्यमा भारतलाई स्वतन्त्र गराउनका लागि भारतीय गोर्खा नेपाली सैनिकको ठूलो योगदान रहेको, कुरा,साथै दुर्गा मल्लको मृत्यको सजाय फाँसी २५ अगस्त १९४४, सहिद दलबहादुर थापा सजाय मौत (१९४५)दलमान थापा (१९७५मा परलोक गमन, लोकबहादुर राणा १९४६मा चोला उडेका ेवर्तमान भारतको राष्ट्रिय सङ्गीत जनगणमनका सङ्गीतकार क्याप्टेन रामसिंह ठकुरी (२००२मा वेकुण्ठबास,), सहिद मनबहादुर थापा १९४६)मा जन्म कैद, सहिद भीमसिं राण (१९४४,उम्रकैद)सहिद मोहनसिं थापा (१९४४ उम्रकैद),सहिद गोपालसिं शाही (१९४४,उम्रकैद) लगायत हजार भन्दा बढी आजाद हिन्द फौजमा गोर्खा नेपाली वीरहरू सहिद भएको , १५ अगस्त १९४७मा भारत स्वतन्त्र भएको ,गोर्खा परिसङ्घको अगुवाइमा र समस्त भारतीयको प्रचेष्टमा दिल्लीको संसद भवन परिसरमा दुर्गा मल्लको शालिक निर्माणको जानकारी गराउँदै भारतीय राष्ट्रिय गीतको साथमा यो दृश्यको समाप्ति हुन्छ ।
अतः भारतको स्वतन्त्रताको लागि भारतीय नेपाली गोर्खा सैनिकको मात्र नभएर  धेरै नेपालीको रगत बग्नुको साथै जेल सजाएँँ भोगेका विवरणहरू हामीले पाउँछौं । जुनरूपमा भारतमा  स्वतन्त्रतादेखि भारतीय सीमा सुरक्षा लगायतमा गोर्खालीको लगानी भएको छ त्यसको उच्च कदर गोर्खालीले पाउन सकेका छैनन् । यस नाटकले भारत स्वतन्त्रताको लागि गोखालीले पु¥याएको योगदानको विवरणात्मक प्रस्तुति गरेको छ ।
स्मृति –
यस नाटकमा १६ जना पात्रहरू सहभागी छन् । दृश्य आठ छन् । पहिलो दृश्यमा माङ्खिम स्थानमा स्मृति र थुम्राहोङको बीचमा बार्तालाप हुँदा स्मृतिले हेवान्ली पाथ (गड एन्जलले प्रतिवादन गरेको प्रेमवाद) को केटासँग मात्र विवाह गर्ने उसकी मम्मीले भनेको कुरा सुनाउँदै दुबै जना बीच प्रेमप्रसङ्गका कुराहरू र स्मृति यु.के. जाने कुराहरू समावेस भएका छन् । दृश्य दुईमा त्रिभुवन विमानस्थलमा स्मृतिलाई युके पठाउनको लागि थुम्राहोम र स्मृति साथमा विदाईका वेलाका पीडादाई बातचित हुन्छन् र थुम््राहोमले स्मृतिलाई विदा गर्दछन् । दृश्य तीनमा माङ्खिममा चाम्लोङमा र थुम्राहोम बीचको सम्बन्धलाई समावेस गरिएको छ । चाम्लोङमाले थुम्राहोमलाई एकतर्फि प्रेम गरको र थुम््राहोमले चाम्लोङ्मालाई वेवास्ता गरेका धारणा आएको छ । दृश्य चारमा थुम्राहोम आमा र बाहिङ्मा बीच स्मृतिको वेखवरको विषयमा बातचित हुन्छ । यस दृश्यमा थुम्राहोमले स्मृतिको सम्झदै रुनु,, आत्महत्याको प्रयास गर्नु, बाहिङ्माले भावनाले जीवन नचल्ने, व्यवहारिक हुनु पर्ने, हरेस खान नहुने मायाबाटै जीवन बाँचेको धारणा आएका छन् । दृश्य पाँचमा स्थान माङ्खिममा थुम्राहोमले स्मृतिले दिएको पोकोलाई निधारमा राखेर स्मृतिको सुस्वास्थको कामना गर्द छ अप्रिल २४ तारिकमा विवाह भएको र सँगै मर्ने सँगै बाच्ने कसम खाएको कुरालाई स्मरण गर्दछ, । याम्फुहाङ् (साथी)ले थुम्राहोमलाई स्मृति अर्कैसँग लागेको हल्ला चलेको जानकारी गराउँछ, राम्रीकेटी सँग विवाह गर्ने सुझाव दिदै गर्दा अर्को साथी , याम्फुहाङ् प्रवेश गरेर उसले पनि स्मृतिले अर्कैसँग विविाह गरेको धारण राख्छ, यो सुनेर थुम्राहोङ बाहिरिन्छ र दृश्य समाप्त हुन्छ । दृश्य छ , यस दृश्यमा स्मृतिको जन्मदिन मनाउनको लागि केक काट्दै ह्यापीबर्थ डे टु यु भन्दै थुम्राहोमले आँसु बगाउँछ । बाहिङ्माले थुम्राहोमलाई केक खाने सुझाव दिन्छिन् । वाहिङ्माले थुम्राहोमलाई नाट्यक्रमी महासंघले सम्मान गर्न लागेको जानकारी गराउँछिन् । दृश्य सातमा माङ्खिममा थुम््राहोमले आफ्नो गोजीबाट पहेंलो सानो पोका निकालेर मङ्खिमलाई तीनपल्ट छ्वाउँछ र छातीमा राखेर रुन थाल्छ यही समयमा चाम्लोङ्माको प्रवेश हुन्छ । दुबै बीच वार्तालाप सुरु हुन्छ । चाम्लोङ्माले आफ्नो थुम्राहोमप्रति एकोहोरो प्रेमको बारेमा कुरा उँठाउँछिन्, थुम्राहोमलाई भेट्न पाउँदा मन शान्त हुने, आत्म बल बढ्ने जस्ता धारणा राख्छिन् । थुम्राहोमले पनि स्मृतिलाई धेरै माया गरेको तर पाउन नसकेको आदि दुबै बीच  प्रेममा तड्पिएका धारणा पस्किएका हुन्छन् । कोइचुमाले स्मृति विवाहको लागि भनेर सपरिवार यु.के.बाट नेपाल आइसकेको जानकारी गराउनु, थुम्राहोम स्मृतिको घरतिर लाग्नु, यस पछि कोइचोमा र चाम्लोङ्मासँग कुराहरू चल्छन्, स्मृतिले के डिसिजन गर्छे केही थाहा नहुने यस्ता मानिस महा डेन्जर हुने थुम्राहोम र चाम्लोङमा बीच भएका पेम सम्बाद निकै कारुणिक छन् । माङ्खिमको पूmलपाती  आफ्नो शिरमा लगेर तीनपटक ढोगेर बाहिरिए पछि यो दृश्य समाप्त हुन्छ । दृश्य आठ स्मृतिको विवाह स्थल र विवाह कसरी गरिन्छ सोको वर्णन गरिएको छ । विवाह हेवन्ली पाथका सम्पूर्ण संस्कारहरूको साथमा सुसम्पन्न हुन्छ । जन्ती प्रस्थान गर्नलाग्दा थुम्राहोम विवाहस्थलमा पुगेर स्मृति भन्दै आवाज दिन्छ स्मृतिले फर्केर हेर्छिन् थुम्राहोमले आफ्नो छातिको गाजीबाट पहेंले पोका निकालेर हेर्छ पीडामा थुम्राहोम रुन्छ र हातको पोका खस्छ । स्मृतिले दिएको पहेंलो ब्लाउज, स्मृेतिलाई लगाइदिएको सिन्दुरर पोते छरपस्ट हुन्छन् स्मृतिले आफ्नो ब्लाउज चिन्छे र टिपेर रुन थाल्छ्े थुम्राहोमले अरूसामानहरू टिपेर रून थाल्छ र केसाङ्ले स्मृतिलाई जाउँ भन्दै यो दृश्य समाप्त हुन्छ । निस्वार्थ प्रेमको पीडामा  थुम्राहोमको मार्मिक अवस्था र चम्लोङ्माको थुम्राहोम प्रीतको एकोहोरो प्रेमको प्रस्तुतिले सबैको मन रुन्छ । अति कारुणिक छ नाटक ।

बिथालिएको मन समाल्न खोज्दा
–यस नाटकका नाटककार प्रेमनारायण प्रेमी हुनुहुन्छ दृश्य सात छन् । प्रथम दृश्यमा ओखलढुङ्गाको गाउँ नेपथ्यबाट नेपाली जनताको भलो हुने काममा सत्तासिन मन बरालिए हुन्थ्यो भन्ने आवाज  आउनु, आठ नौ वर्षको बालकले भाँडा माझिरहेको, एउटी महिलाले दुइओटा बालबालिकाबाट दाउरा किन्नु  विद्यार्थीहरू स्कुल जान हिड्नु, महिलाले भाँडा माझ्ने केटालाई हप्काउनु, बसन्त भन्ने बालकले विचरा शब्द निकाल्नु उसका साथीहरू स्कुल जानु दुब्लापातला फाटेका कपडा लगाएका ५–६ जना केटाकेटीले बसन्तलाई गिज्याउँदै धुलो फालिरहेका र वसन्तले जिल्ल परेर उभिएको धारणा यस दृश्यमा पस्किएको छ । दृश्य दुई –यस दृश्यमा कक्षाकोठामा शिक्षकले विद्यार्थीको हाजिरी गराउँदै वसन्त आज पनि अबेर गरेको कुरा राख्दै महाकावि लक्ष्माीप्रसाद देवकोटाको यात्री कविता पढ्न लगाउँदै व्याख्य गर्दै जाने वेलामा वसन्त आउँछ र ऊ अवेर गरेकोमा सजाए दिइन्छ र यात्री कविता केही वाँकी अंश पढ्न भनिन्छ तर उसले अनकनाउँदै सुरुबाट थालनी गर्छ । कविता पढेर अर्थ लगाई सकिए पछि  शिक्षकले सबैले ब्झ्यौ भन्दा सबैले ब्झेम् भन्नु तर वसन्तले बुझिन भन्यो र शिक्षकले यात्री कविताको १२ लाइनमा सारांश लेखेर ल्याउने भन्दै दृश्यको अन्त्य हुन्छ । तेस्रो दृश्य –यस दृश्यमा हर्केलाई खाइनपाइ हनुमाने साहुले सिडिओ कार्यालयमा लगेर कार्वाहीमा पु¥याएको ले सुब्बासाहेव गएर हर्केलाई न्याय दिलाइदिनु परेको धारणा राख्दछन् सुब्बाबाजेले आफ्नो छोरा वसन्त विमार परेको समस्याले गर्दा समय निकाल्न नसक्ने कुरा बताउँदै गर्दा हनुमाने साहुले सुब्बासाहेवलाई हर्केको केशमा अगाडी नबढ्ने चेतावनी दिन्छ । वसन्तेको  विमारीका कुराहरू पनि यहाँ उठ्छन् । ग्रहदशा हेराउने लामा धामी ल्याउने जस्ता धारणाको साथै ११ बजे सिडिओकोमा जाने तय भएको र सुब्बाबाजेले गरेको धर्म र उपकारले सधै. जयहोस् भन्ने गाउँलेको धारणासहित यो दृश्य समाप्त हुन्छ ।
दृश्य चार –यस दृश्यमा आफिस कोठामा हेडमाष्टर शिक्षक र सुब्बाबाजेको बीचमा हरेक कक्षामा सधै प्रथम हुने विद्यार्थी कसरी फेल भयो भन्ने विषयमा छलफल हुन्छ सुब्बा बाजेले वसन्त आजकल पढन पनि पढ्दैन खेल्न पनि खेल्दैन खान पनि त्यति मन गर्दैन डाक्टर धामी झाँक्री सबैलाई देखाइएको र केही नभएको ले अव मनोचिकित्सकलाई देखाउन लाने कुरा चल्छ तर वसन्त उपचार गराउन मान्दैन भने पछि डाक्टर ओखदढुङ्गासम्म बोलाउने भन्ने निश्ति भएर सुब्बा बाजेको घरमा फोन गर्न जानेक्रमसँगै यो दृश्य समाप्त हुन्छ ।
दृश्य पाँच –यस दृश्यमा सुब्बाबाजेको बैठककोठामा ती घिनलाग्दा बच्चा हरूलाई डाक्टरले बोलाउन लगाउँछन् । आमलाई वसन्तलाई बोलाउन लगाइन्छ तर वसन्त आउन मान्दैन तर डाक्टर गएर तिम्रा ती दाउरा बोक्ने साथी तिम्रा भाँडा माझ्ने साथी, तिम्रा धुलोमा खेल्ने साथी तिमीलाई भेट्न आएको जानकारी गराए पछि वसन्त ढोका खोल्छ र को को आएका छन् भन्ने जानकारी लिन्छ । डाक्टरले वसन्तलाई जुलेवी बाँड्न लगाउँ छन् । ती साथहिरूलाई पुरानो स्कुलमा पढाउने कुरा भए पछि वसन्त पनि त्यही स्कूलमा पढ्ने कुरा राख्नु, यो स्कूलमा आठ कक्षा पढाइ नहुने भएपछि वसन्त आफ्नै स्कूलमा पढ्नेर कक्षमा प्रथम भएर पास गर्ने धारणा राख्छ । ती गरिब बालबच्चाको बसाई पढाईको बन्दोबस्त गरी त्यस रात त्यहीं बस्ने बन्दोबस्त गरी डाक्टरले पण्डितेनीलाई दुख हुने भयो भन्दा पण्डितेनीले हिजोसम्म एउटा छोरा थियो भने आज दशबाह्र छोरा छोरी भए । आमाबाबुलाई छोराछोरी बढ्ता हुँदैनन् भन्ने धारणा सहित यो दृश्उ समाप्त हुन्छ । दृश्य छ –यस दृश्यले पुरानो स्कुलको व्यवस्था पन गरिन्छ , वसन्तले १५ जना केटाकेटीलाई घरबुना कपडाको भोटो र  घरबुनाकै सुरुवालमा सजाएर राष्ट्रिय गान गाउन लगाएको । डाक्टरले यी १५ जना बालबालिकालाई ३ समूहमा विभाजन गरेर तीन ठाउँमा राख्ने र यी टिमको नाम जानकी टिम , बुद्ध टिम र अरनिको टिम नामाकरण गरिएको, यी टिमलाई बस्ने ठाउँ, खाने ठाउँ, सिँगार्ने पूmलबारी सबै भाग लगाउने र त्यसमा जुन टिमले राम्रो काम गर्छ त्यसलाई महिना महिनामा पुरस्कृत गरिने जानकारी गराउने काम, यो टिम किन खडा गरियो त भन्दा प्रतिस्पर्धाको जमाना भएकोले प्रतिस्पर्धा गराउनको लागि टिम खडा गरेको र यी टिमले पछि  गएर बगैंचा लगाउने तरकारी खेती गर्ने, बाली लगाउने गर्नु र त्यहीबाट खाना चल्ने, साथै स्कुल चलाउन पनि सहयोग पुग्ने धारणा आउनु, हरिकृष्णेका सन्तान नभएका धारणा आउनु, डाक्टरको सल्लाह लिनु पर्ने सुझाव डाक्टरले दिनु, जाने बेलामा सोलुको गलैचा, छुर्पी र मुला, भोजपुरे खुकुरी ,रुम्जाटे राडी र लुकुनी, उपहार स्वरूप लान पर्ने कुरा,  डाक्टरले स्कुलको नाममा ५लाख रुपियाँ बाबु आमाको नाममा अक्षयकोष जम्मा गरिदिने कुरा,मानिसलाई भोक लागे जस्तै हाम्रा नेतालाई विकासवादी भोकलागेको भए देशविकास हुनेथियो भन्ने कुरा, नीतिशास्त्र पढाउने व्यवस्था गर्ने धारणा सहित यस दृश्यको समाप्त हुन्छ ।
दृश्य सात – यस दृश्यमा शुभ साइतमा डाक्टरबाट परोपकार आदर्श विद्यालय  ओखल ढुङ्गा –२ तलुवाको उद्घाटन गराइन्छ । डाक्टर र विजय गाडी भएतिर अगाडी बढ्द छन् । डाक्टरले वसन्तलाई राम्ररी पढ्न भन्दछन् र वसन्तले कक्षामा प्रथम भएर निस्कने बचन दिन्छ । डाक्टरको बाटो हेरी रहने भन्दै डाक्टरलाई विदा गर्दछ । सुब्बेनीले वसन्तलाई अँगालो हालेर म्वाइँ खान्छिन् आँखा बाट आँसु झार्छिन् र सुब्बाबाजेले बजैका आँसु पुछि दिन्छन् र केटाकेटीहरू वरिपरि झुम्मिइरहेका र हरिकृष्णले ती केटाकेटीलाई गाला गाला छोएर प्रेम दर्शा रहेको धारणा सहित यो नाटक समाप्त हुन्छ । यस नाटकले विविध पक्षलाई समोटेको छ ।   वसन्तको कारणले गरिब बालबालिकाको जीवनले शिक्षाको बाटो समाएको छ । एउटा बालकले अरु बालकको जीवनमा देखेको कष्टदायी जीवनलाई आत्मसात गर्दै आफ्नो उज्ज्वल भविष्यलाई तिलाञ्जलि दिदै तिनीहरूकै चिन्तामा लिन हुनु र उनको भविष्य सुध्रने भएपछि आपूm पनि सुमार्गमा लाग्नु । त्यो मनो विज्ञानको पहिचान गरेर समस्याको समाधान गरिनु उदाहरणीय प्रस्तुति आएको छ नाटकमा ।
परिचय नभएको मान्छे
– यस नाटकको सिर्जनाकार बाबा बस्नेत हुनुहुन्छ  पाँच दृश्य छन् ।  प्रथम दृश्यमा तराईको भूकम्पले ढलाएको घरको भग्नावशेषमा साँझको समयमा २५ वर्षको पागल युवकलाई बोलाउँदै मलाई चिनिस भनिन्छ तर ऊ हाँस्छ, मेरो खासनाम कसैले राखेनन् मेरो परिचय छैन भन्दै हाँस्दै फरियाको सिरानी हालेर फतफताउँदै सुतेका विवरण छ । दृश्य दुई –यस दृश्यमा पात्र १ सहरीया सुकिलो युवक १ र गाउँले भलाद्मी पात्र दुई बीचमा बार्तालाप हुन्छ । पात्र १८।१९ वर्ष पछि गाउँमा पुगेको र गाउँमा खास परिवर्तन नभएको भूमक्पकले क्षति पु¥याएका कुरा , यस ठाउँमा रुखमा गुँड लगाएका चरा समेत परदेशिएका र पात्र १का घरमा घटेका दुःखद घटना समेतमा कुरा चल्नु, पात्र १ले बबुवालाई नियालेर ह्र्नु, बबुवाले आगो बाल्न थाल्नु तर आगो नजलेपछि पानी हालेर रिसाउँदै जङ्गिनु, मलाई भात पकाएर खुवाउँथिन् यही माटोले पु¥यो । उनलाई फरिया हातमा लिंदै उसले पात्र १लाई  'तपाईलाई थाहा छ बाबु । राती उनी गीत गाउँछिन् .. यी यही आँपको रुखमा बसेर ' धारणा सहित यो दृश्य समाप्त हुन्छ । दृश्य तीन –दृश्यतीनमा पात्र १ पात्र २को घरमा बासबस्नु खानपिनपछि  चल रे लडिया भन्न्ने गीत बबुवाले गएको सुनिनु, पात्र दुईले बबुवाकी आमाले यही गीत गाउने गरेको र उसकी आमाको विवाह पात्र १को हजुरवा हजुरआमाले पल्ला गाउँको हरूवासँग गरिदिएको तर ऊ डोलीबाटै हाम फालेर भागेकी साथै पछी पागल भएर यही गाउँमा हल्लिरहदा कसैको गर्भ बोकेर यसलाई जन्माई पछि झुँडिएर मरी यो केटो यही बसेर घर कुरी रहन्छ जास्ता जानकारी पात्र २ले पात्र १ लाई दिदै यो दृश्य समाप्त हुन्छ ।
दृश्य ४ – यस दृश्यमा सानोमालिक र झिम्की बीचको घटनाक्रमलाई समेटिएको छ । सानो मालिकले झिम्किीलाई यो गाउँ छोड भनेर मचानबाट बाहिर निकाल्दछ । झिम्किीले तँलाई धोका दिन्न तँसँगै विवाह गर्छु भनेर इज्जतसँग खेलेको, गर्भधारण भएपछि जबर्जस्ति विवाह गरिदिएको र बबुवाको बारेमा केही कसैलाई नभनेको बस्ने र काम गर्न देऊ भन्दै अनुरोध गर्दछे तर सानोमालिकले झिम्कीलाई धकेल्दै पर पु¥याउँदै आफ्नो घरमा फर्कन्छ र सुतेको बाहना गर्दछ । सानी मालिक्नीले यस विषयमा झिम्कीलाई गरेको अन्यायको वकालत गर्दछिन् झिम्कीले सुत्केरी हुँदा पाएको दुःखको कुरा, झिम्कीको गासवासको व्यवस्था बबुवालाई छोरा स्वीकार्ने पर्ने, बाबु निश्चित हुँदाहुँदै पनि छोरालाई बिना बाबुको छोरा भन्दै हिड्नु पर्ने उसको यो महानतालाई कसैले छुन नसक्ने ऊ निदोर्ष छे, 'लोग्ने मानिसको लाचारी पनकै कारणा सयौं संख्याका रूपमा निरिह सन्तानहरूको अस्तित्व अलकत्रा र रोडसँग गाँसिन पुगेको छ' भन्दै सानी मालिक्नीले सानोमालिमसँग राख्दै गर्दा बालक (पात्र–१)ले हेरिरहेको अवस्थासँगै यो दृश्य समाप्त हुन्छ  । दृश्य पाँच यस दृश्यमा पात्र एक बबुवा सुतिरहेको ठाउँमा गएर नियाली हेर्नु ,बबुवाले भग्नावशेष हेरिरहनु ट्वाल्ल परेर बरबराउनु सबै खतम भया,े भग्नावशेषको माटो समाउँदै मेरो नाम राख्न सकिनस् तैंले आदि कुरा  भन्दै बडबडाएको वेलामा सहरिया युवालाई देख्नु सहरिया युवकले तपाइँको क्रान्ति सफल भयो ' सलाम गर्छु, तपाईँलाई' भन्दा बबुवाले 'म परिचय नभएको मानिस' भन्छ । सहरिया युवकले जन्मदा कसैको परिचय नहुने परिचय त आफैले बनाउने हो र यो परिचय पनि तपाईले बनाइ सक्नु भएको छ । तपाइँ जिउँदो सहिद हो र तपाईको उच्चाई सहरिया युवक (पात्र १)भन्दा माथि रहेको,आपूm लडेर ठूलासाना बीचको असमानताको खाडल पुरेको पात्र १को सहोदर भाइ भएको धारणा राखेपछि बबुवाले पात्र १ लाई सत्यतथ्य पत्तालगाउनु भयो,  तपाईँको जमिन बचाइदिएको भन्दै विदा माग्नु र बोरामा थोत्रा टिनका टोक्रा र आमाको फरिया कोच्दै'आफ्नो भन्दा पनि अरूलाई दिलाउने अधिकारको लागि जारी राख्नुछ यो यात्रा ''भन्दै  हिड्न लाग्दा पात्र १ले  बबुवाको र पात्र १ को बराबरी अधिकार रहेको, बबुवाकी आमालाई अधिकार दिलाउन  खोज्दा खोज्दै पात्र १ कि आमा बितेको, पात्र १का परिवारको कारणले धेरै दुःख भोग्न परेको उक्त पात्र १ले प्रायश्चित गर्न चाहेको धारणा राख्दा बबुवाले आफ्नी आमाको फरिया निकालेर माथि पुग्ने गरी उडाउँछ र हावामा माथि माथि धेरै रङ्गिन फरियाहरू लहराउँछन् दुबै युवाहरू मुखामुख गर्दै मस्किन्छन् ।पर बाटोमा वयल गाडामा तलको गीत गाउँदै गइरहेको देखिन्छन् भन्दै यो दृश्य लगायत यो नाटक समाप्त हुन्छ ।
चल रे लडिया
हमारी बडिया
माघी हुई मेला
भेट हुई बेला
मार्मिक भावनाले सजिएको, तराइमा आज पनि पिल्सिएका नारीको प्रतिनिधित्व गर्ने यस नाटककी नारीपात्र झिम्कीको बलिदान र झुण्ड्यिाएर( भुण्डिएर) मृत्युवरण आजको सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक छ । बलत्कारका रूपहरू परिवर्तन भएका छन् तर नारी माथिका अन्याय अत्याचार बढ्दोक्रममा छ । यस नाटककी अर्की पात्र सानी मालिक्ब्नी झिम्कीको लागि सानो मालिकसँग गरेको विद्रोह पनि कम महत्वपूर्ण छैन । '' तपाईको पत्नी भई फोस्रो आडम्बरी 'मालिक्नी' दर्जा भिर्नुभन्दा झिम्कीको अधिकार दिलाउन सक्नुमा मलाई मान्छे हुनको पूर्णता प्राप्त हुने छ ' यी शब्दहुन् सानी मालिक्नीका । यस्ता गहन बिचार  अप्mनै सौता बनेर प्रवेश हुने झिम्कीमा सानी मालिक्नीले दर्शाएको नारीप्रति नारीले निभाउन खोजेको दायित्वको साक्षात नमुना हो भन्न सकिन्छ ।पागलको नाटक खेलेर अन्त्यमा पहिचान प्राप्त गरेर छाड्नु पनि बबुवाको सफलता हो ।
गोर्खाको मोडेल
यस नाटकका नाटक्कार हुनुहुन्छ मुक्ति बराल । यो नाटक ऐतिहासिक पुरुष हरिप्रसाद गोर्खा राईको चर्चित कथा  गोर्खाको मोडेललाई नाटकमा रूपान्तरण गरेर राईको शतवार्षिक महोत्सव २३ एप्रिल २०१६का दिन माधवदेव अन्तराष्ट्रिय मञ्च कलाक्षेत्रमा सफलता साथ गोर्खा मोडेल हाम्रो हार्दिक श्रद्धाञ्जलिसहित समर्पण गर्दै मञ्चन गरिएको थियो । प्रथम श्रेणीको रेलको कोठामा राति हरि, जीवनलाल, असमिया १,असमिया २, लिम्बू र अर्दली पात्रबाट कथा आरम्भ हुन्छ । जीवनलालले नेपाली भाषामा निक्लने भारती पत्रिका उच्चकोटिको प्रथम श्रेणीमा देखाउने लायकको पत्रिका भएको धारणा हरिप्रसादमा राख्नु हरिप्रसादले सोह्रै आना ठीक भन्नु असमिया १ले यो ठाउँम डाँका लाग्ने भएकोले खिड्की बन्द गर्न भन्नु हरिप्रसादले चलती गाडिमा के को डाँका लाग्नुभन्दा असमिया १ र २ले ठिक कुरा हो झुटा होइन भन्दै डराउँछन् हरिले यो कुरामा सहमत हुँदैनन् सुतिरहन्छन् । यस बीचमा नेपाली हट्टा कट्टा  हुने डााकासँग न डरने आदिकुरा चल्दै जाँदा रेलको ढोका खोल्नको लागि आवाज आउँछ । जीवनलाल र हरिले को हो ढोक हान्ने भनेर सोधनी गर्नु असमीय दुबै पात्र डराएर ढोका खोल्न हुँदैन भन्नु र रेलको चेन तान्नु पर्छ भन्नु तर हरिले साङ्लो तान्न नहुने कुरा भन्नु , जीवनलाल ढोकातिर गएर  तिमी को हौ भनी सोधनी गर्दा लीम् पू भन्ने जानकारी पाउनु, तर यिनीहरूले ढोका नखोलेपछि लिम् पूले पिस्तौलको टुप्पाले झ्यालको काँच पुटायर हात छिरायर ढोका खोल्छ र लिम्बू र वार्दली  भित्र पस्छन् । उसको पिस्तोल देखेर सबै डराउँछन् ।  लिम्बूले पिस्तोल कम्मरको खोलमा राखेर बसेपछि ऊ सुवेदार भएको जानकारी हुन्छ । लिम्बूले मणिपुर जाने र त्यहाँबाट खटाएको ठाउँमा जाने जानकारी दिन्छ ।सबैले परिचय गर्ने काम हुन्छ । रेल अगाडी बढ्छ । मनिपुर रोड स्टेशनमा गएर रेल रोकिन्छ । लिम्बू र वार्दली त्यहाँबाट विदा भएर ओर्लछन् । असमिया दुवै जना डराएका हुन्छन् जीवनलालले यहाँको पुलिस कमिसनर मेरा मामा पर्दछन् डराउनु पर्दैन भन्दै असमियालाई आश्वस्त पार्दछन् । जीवन लालले हरिलाई  ''हरि । सुवेदार साहवलाई गोर्खालीका एक जना गजवका मोडल नै मान्नु पर्छ के भन्छौ तिमी ?'' हरिले स्वीकार्दै भन्दछन् –' अँ ठीक हो गोर्खाको एउटा मोडेल। कसैसित नडराउने, सहासी, नियमानुवर्ती कानुन मान्ने, अनि कुनै अर्नििर्दष्ट देशतर्फ गमन गर्ने एउटा गोर्खा मोडेल । तर के गर्नु शिक्षाहीन एउटा गोर्खा मोडेल ।'' जीवनलालले हरिलाई सुवेदारजस्तालाई देख्दा आफ्नो पन जाग्ने र नचिने पनि रगतका भाइहरू भन्ने धारणा राख्दा हामीले नचिनिने हुन नहुने लुप्त हुन नहुने, अस्तित्व जोगाउनको लागि पनि चिनिनुपर्ने धारणा सहित 'यो गोर्खाली शिर उचाली संसारमा लम्किन्छ, जुनकिरीझै ज्योतिबाली अँ ध्यारोमा चम्किन्छ ... गीत गाउँदै जीवनलाल र हरि नाच्न थाल्छन् । सिटी बजाउँदै रेल गुडिरहेको हुन्छ  र नेपथ्यबाट घोषण गरिन्छ । घोषणाको सारमा हरिप्रसाद गोर्खा राईले जातिको उत्थानको लागि देखेको सपना,कल्पना चिन्तनको सानो अंश भए पनि साकार रूप लिन थालेको ज्ञान , शिक्षा, दीक्षा साहित्य,कला संस्कृति, खेलकुद लगायत, विभिन्न विधा, पेशा, व्यपार, राजनीति, प्रशासन आदिमा अन्य जातिसँग प्रतिस्पर्धा गर्दै नेपाली जाति उज्यालो दिशातिर गमन गर्न सफल भएको धारणा यस उद्घोषमा आएको छ । साथै आज रेलको प्रथम श्रेणीको डब्बामा हरि जीवनलाल लिम्बू आदि छैनन् तर विविशष्ट प्रतिभाहरूडा. कमल क्षेत्रीज्यू,नेपाली र असममिया भाषाकी ख्याती प्राप्त साहित्यकार तथा प्राध्यापिका डा. इन्दुप्रभा देवीज्यू, असमिया र नेपाली भाषमा कलम चलाउने साहित्यिक प्रतिभा नीरू शर्मा पराजुलीज्यू, (गुहाटी उच्च न्यायलयकी वकिलप पनि), गृह्यमन्त्रालयका सचिव र डिजीपी पदबाट सेवानिवृत्त साथै सात्यि र चलचित्र कर्मी चन्द्रप्रकाश गिरीज्यू, राजनीतिक व्यक्तित्व किशोर उपाध्ययज्यू, म्याज्स्ट्रट विनोद क्षेत्रीज्यू,२००७ का इन्डियन आइडल प्रशान्त तामाङज्यू , उदयमान प्रतिभा ओम क्षेत्रीज्यू यस कार्यक्रमका रेलयात्राका यात्रीहरू बनेको र प्रसान्त तामाङको गीत को साथमा ओम क्षेत्रीको नाचसहित  यो नाटक समाप्त हुन्छ ।
यस नाटकले हरिप्रसाद गोर्खा राइको साहित्यिक सामाजिक योगदानलाई नविनतम् रूपमा प्रस्तुत गरिएको छ । कथा यथार्थतामा आधारित छ । जातीय अस्तित्वलाई जोगाइ राख्ने तथा बढाई राख्नु पर्ने आफ्नो अस्त्त्विको पहिचान सधै बनाई राख्नु पर्ने धारणा  आएको छ ।
अचानो
अचानो रञ्जु मार्गबाट सिर्जित नाटक हो । यसमा गौरव, गौरवकी श्र।ीमती कल्याणी र माहिला दाई  घरमा काम गर्ने मानिस) तीनजना पात्रमात्र रहेका छन् । यस नाटकमा श्रीमान श्र।ीमती बीच विहानमा चिया पिउँदै पत्रिका पढ्दै गर्दा पत्रिका राजनीति र नेताका गफाडी कुरालेमात्र भरिएको हुने कुराहरू आउँछन् पत्रिकामा सुदुरपश्चिम एक दुर्गम गाउँ भैरवस्थान ८ लाकान्द्राकी ४० वर्षिय बेलुकुमारी दमाइको चिसोले कठ्याग्रिय मरेको समचार आउँछ । गर्मीको वेलामा यो समाचारलाई पत्रकारले कसरी लेख्यो भन्ने जस्ता कुरा श्रीमान श्रीमती बीच चल्दै गर्दा 'छाउपडी' प्रथाको कारणले मरेका कुरा निस्कन्छन् । छाउपडी मान्ने समाजमा सुत्केरी वा रजस्वला भएको वेला घरमा बस्न नदिएर गोठमा राखिने चलन हुन्छ । त्यस वेला लोग्ने मानिसले ती महिलालाई हेर्न र छुन हुँदैन भन्ने चलन छ । छाउपडीमा घरमा राख्यो भने देउता पितृ रिसाउँछन् भन्ने गहिरो अन्धविश्वास छ । रजस्वला हुँदा या सुत्केरी हुँदा पौष्टिक आहाराको आवश्यक्ता पर्छ तर यस समयमा दूध दही माछा मासु केही खान दिदैनन् । यही समयमा माइला आई पुग्छ ।  माहिलासँग सुत्केरीको हालखवर सोधनी गर्दा सुत्केरी हुँदा उसको श्रीमतीलाई गोठमा राखिएको र अधिक रगत बगेर मरेको कुरा माहिलाले गौरव र गौरवको श्रमितीलाई सुनाउछ र पत्रिकामा आएको खवर र माहिलाको घटना मिलेकाले कल्याणीले माहिलालाई जात ढाँटेको भन्दै गाली गर्दा माहिला घरबाट गइसकेको हुन्छ । गौरवले आपूm पनि तल्लो जातको अनाथ भएको र कसैले गोद लिएर जात दिएको भन्नु ,खुकुरीको चोट अचानोलाई मात्र थाहा  हुन्छ , जातपातको विभेदले मानिसलाई कति अन्यायमा पारेको कुरा कल्याणीलाई के थाहा भनी गौरवले सम्झाएपछि, कल्याणीले माफ माग्नु र माइलाको बच्चीलाई गोद लिने कुरा चल्नु । बच्ची लिन भोली नै महिलाको गाउँ जाने भन्दै यो नाटक समाप्त हुन्छ । यो नाटकले छाउपडी प्रथा र जातीय विभेदको अन्त्य चाहेको छ । अनाथ जुन जातको भए पनि काख कसैले लिन्छ भने काखलिनेको जातमा समायोजन हुने सन्देश पनि बोकेको छ ।
सत्–मार्ग पूजा
यो नाटक रामकुमार पण्डित क्षेत्रीले सिर्जना गर्नु भएको हो । यस नाटकमा सात जना साहित्यिक व्यक्तित्वहरू र दर्शकहरू हुन्छन् । आमा विधवा पहिरनमा सजिएकी हुन्छिन् र एकाहा लगाउने भन्दा   सत्–मार्ग पूजा गर्छु भन्छ छोराले भन्दै नारान् भगवानलाई सम्झदै सत्बुद्धि देऊ प्रभू भन्दै गर्दा बासुदेवको प्रवेश हुन्छ आमालाई दर्शन गर्छ र आमाले भाग्यमानी भए भन्दा वासुदेवले भाग्य त कर्मको पछाडी हिड्ने भएकोले सत्कर्म गर भन्ने अशीर्वादको लागि आग्रह गर्दछ । देवतादिने पितृहर्ने भनेर बाबुको पालामा पितृपूजा गरिन्थ्यो र यसरी पितृपूजा छाड्ने भए आमालाई बृद्धालयमा लगेर छाड्ने सल्लाह दिने कुरा हरिलाई सम्झाउने धारणा राख्छिन् । वासुदेवले सत्मार्ग –पूजा कसरी लगाइने रहेछ भन्ने जान्न चाहान्छ । इन्दिराले सर्वतको गिलास बासुदेवलाई दिंदै सत्मार्ग पूजाको भिडियो बनाएर ल्याउनु भएको छ हेर्ने आग्रह गछिन् ।चिडियो हेर्दा सत् मार्ग पूजामा सात जना साहित्यकारहरू लस्करै बसेका हुनु  पूजाको विधि अनुसार गणेशको पूजा गरी कुमारको पूजा गर्नु पर्छ  र त्यसपछि देवी देवताको भन्दै जनजातीबाट जन्मिएका उम्दा साहित्यकार दलमानलाई पूजा विधि अनुसार गणेश भगवानको रूपमा प्रमुख अतिथिमा पूजा गर्नु  । दलमान सकरात्मक सोच भएका, मांस मदिरा केही नखाने वेदमा वर्णन गरिए बमोजिमका ब्राह्मण भएको, कुमारजीको रूपमा उत्कृष्ट उपन्यास लेखक कौशिलालाई पूजा गरिन्छ त्यसपछि इष्टदेवहरूको मालाले पूजा अरू साहित्यकारलाई गरिन्छ । अनि मानिस पनि कहीं देवता हुन्छ भन्ने प्रश्न उठ्न सक्छ आफ्नो आफ्नो ठाउँमा सबै ठीक हुन्छन् । देशका सकरात्मक सोच भएका साहित्यकारलाई देवताको प्रतिक मानिएको छ । देवताको रूपमा मान्न नचाहे ब्रामणको रूपमा लिन सकिने,  बाँच्नको लागि कर्मकाण्ड गरि हिड्ने मानिस ब्राह्मण नहुने, ब्राह्मण ती हुन जो हरेकपल ज्ञानको खोजीमा हुन्छ, समाजलाई शिक्षा दिन्छ, साच्चिकै ब्राह्मण त त्यागी हुने, मानिसको जात जन्मले नभै कर्मले हुने साहित्यकारले किताप लेख्ने छपाउने त संसारलाई अमर गराउन र धर्तीलाई दीगो बनाइरहनलाई गरिएको, बोल्नेकर्ममा  पाँच जना साहित्यकारमा एकजना साहित्यकार बलरामजीलाई बोल्न लगाइएको र कुमारजी र गणेशजीको रूपमा रहनु हुनेलाई बोल्न लगाइएको,बलरामले 'शिक्षित हुनु नै आफ्नो जीवन सपार्नु हो जो सप्रिन्छ, उसले आफ्नो पितृ र आउने सन्तती सपार्छ । ... साहित्यकार बास्तवमै ब्राह्मण हुन्, उनीहरूको सत् प्रयासको पूजा गर्नु  भनेको नै सत्–मार्ग पूजा हो । ' कुमारजीको आसन बाट कौशिलाले बाबु आमा लाई जीवित छँदै हेरचाह गर्नु पर्ने, साना नानीलाई शिक्षादीक्षा दिनु पर्ने, राम्रो जीवन बनाइ दिनुपर्ने उनीहरू सप्रे देश सप्रने, देश सप्रिय लोक सुध्रने लोक सुध्रिएमात्र परलोक सुध्र्रिने जस्ता धारण आएका छन् । गणेशको आशनबाट पूmलमानजीले हरिले यस प्रकारको सत्मार्ग पूजा कार्यक्रम सञ्चालन गरेकोमा हरि हरिका परिवार सबैको जय भन्दै आफ्नो धारणा राख्न थाल्दछन्। यही समयमा हरिकी आमले छोराले गरेको काम सत्य होला भन्ने प्रश्न सहित छोरा विग्रिएको धारणा राख्दै गर्दा वासुदेवले हरि साक्षत हरि हरेछन् । यस्तो छोरो पाउनु भएकोमा धन्य हुनुहुन्छ भन्दै पुन टिभीमा ध्यान दिन आग्रह गर्छन् । पूmलमानले सत्मार्गी शान्तिपाठ गर्दै श्री गणेशाय नम भन्दै धर्ती सजाउने प्रदुषण भगाउने, आकाशलाई चम्काउने, लङ्डोलाई लम्काउने, सन्ततीलाई सत्मार्गमा हिडाउने ,विशिष्ट जीवनलाई लम्काउने, सत्–मार्ग पूजा लगाएर सबैको चेतना जगाएर चेतना ढकमक्कै फुली तीनै लोक मगमगाउने, जस्ता धारणा राख्दै ओम् सत्मार्गाय नम भन्दै पूmलमानले आजसम्म र्सस्कृतिमा अरुले भन्दै गरेको मान्दै आएको मा अबदेखि मानेर नभै जानेर गर्ने समाजलाई दीर्घ जीवन दिने कार्यको अनुसरण गर्ने। सन्ततीको वर्तमान सपार्दा पितृको उद्धार हुने जन्म जात कोही ब्राह्मण नभएका कर्मले मात्र ब्राह्मण भएका 'गीतामा भने बमोजिम तामस र रजो गुणलाई हटाई सत्त्व गुणमात्रै जीवनमा अवलम्वन गरेका हुन्छन् ती नै जिउँदा देवता हुन् । त्यस्ता व्यक्तिको दर्शन मात्रले  पनि सामान्य मान्छेले आफ्नो चेतनाको द्वार खोल्न सक्छ' जस्ता धारणा सहित यो दृश्य समाप्त भएको छ । दृश्य दुईमा हरि कविगोष्ठीमा सम्मानित भएर आएको र आमालाई सम्मानित भएको कुरा राख्दा आमाले हरिले सद्मार्गको पूजा गरेको सपनामा देखेको र अब देखी आमा बाबुको श्रद्धे गर्नुको सट्टा दीनदुःखीलाई दान दिने तथ्या बाटोघाटो पुल अस्पताल गरिब बालबच्चा पढाउनेमा खर्च गर्ने काजकिरियामा खर्च नगर्ने, नातिनीहरूलाई धेरै पढाउनु र चाँडै सत्–मार्ग पूजा लगाउने र नयाँ नयाँ उत्कृष्ट कथा सुन्ने पर्ने धारण राख्दै गर्दा भान्साबाट इन्दिराको आगमन तीनै जना हँसिलो मुद्रामा लस्करै बस्छन् र यो दृश्य सहित नाटक समाप्त हुन्छ । यस नाटकको कथासारमा सबै कुरा समेटिए जस्तो लाग्छ तापनि पितृ उद्धार गर्न सन्ततीको उद्धार हुनु पर्ने, जातले ब्राह्मण नभै कर्मले ब्राह्मण हुनु पर्ने, जिउँदो देवताहुनको लागि सत्त्वगुणको अवलम्वन गर्न सक्नु पर्ने, श्रद्धा र मर्दा गरिने दान समाज कल्याणको लागि गरिनु पर्ने, माता पितालाई जिउँदो छँदा नै सेवा गर्नु पर्ने जस्ता गहन धारणा आएका छन् ।
एक मुठी माटो
यो नाटकका नाटक्कार हुनुहुन्छ राजेस्वर राउत मातृदास । सुन्दरीजल जेलमा रहेका बासु, योगप्रसाद, चेतकुमारी, दिलबहादुर, लक्ष्मण, नगेन्द्र कृष्ण वी. पी.(मूल नायक) गणेशमान सर्वमङ्गला आदिबीचको वार्तालापमा आधारित छ यो नाटक । वी.पी.सँग बासुले  कहिले सम्म समर्पित हुने भन्ने प्रश्नमा वी.पी.ले तन र मन नछुट्टिएसम्म हाम्रो लक्ष र उद्देश्यप्रति पूर्ण त समर्पित भैरहने धारण राख्दा बासुले 'हाम्रो नेतृत्व समुद्र झैं अविचलित र  अनन्त छ यसभित्र सम्पूर्ण नदीहरू सहजै अटाउन सक्छन् यस्तो सौभाग्य पाउँदा पाउँदै किन बिचलित हुन्थ्यौं !' बासुसँग वी.पी.ले सत्य, न्याय, राष्ट्र सम्मान जनताको मुक्ति युद्धमा भएको र ढिलो या चाँडो यसको जित हातमा रहेको यसमा तपाईँहरू सबैको समर्पण ,त्याग, र लगनशीलता देखेर मनभरी माता विजया हाँसी रहेको अनुभूत गरिरहेको, बासुको मुख खोलेर बोल्न आग्रह । योगप्रसादले कर्ममा विश्वास गर्ने र भागमा पर्ने दायित्व पूरा गर्ने धारणा, बासुले सबैको एउटै लक्ष, उद्देश्य प्राप्तिमा अग्रसर ,सोको लागि सानदाइ महायज्ञ, हामी चरू, यस महायज्ञमा होमिएर महानताको मियो उठाउने अठोटमा तलवितल नहुने प्रतिबद्धतामा वी.पी.ले यसमा ,आफ्नो लागि पनि प्रेरणादायी ठान्नु, सर्वगुण सम्पन्न राष्ट्र पाएको तर माल पाएर चाल नपाएको र जनतालाई देश र आफ्नो महत्वको विषयमा केही ज्ञान नभएको, खानु लाउनु समय आएपछि जानु जीवन होइन, प्रश्न सोध्न सक्ने, जझारु, जागरुक र आफ्नो अधिकारप्रति  नागरिकलाई सचेत पार्नुपर्ने, नेपाली नागरिकले जनता हुने चेष्टा पनि नगरेको साथै वी.पी.ले 'विकार र बिकृतिको विरोध र बिरुद्धमा जान सक्ने लड्न तत्पर रहने, आफ्नो अधिकार र राष्ट्रिय स्वाधिनर्ता एवं स्वाभिमानका लागि जनतालाई नजगाएसम्म मुलुक र मानवताको अस्त्त्वि बच्तैन योगप्रसादजी! बच्तैन ' गहन भावनाहरू प्रस्तुतिमा आएका छन् । योगप्रसादले नेपालमा यो ज्यादै कठीन छ भन्दा वी.पी.ले कठीन छ तर हाम्रो उपस्थिति यसैको लागि भएको र यसलाई जीवन्त बनाउने जस्ता हामीसँग लक्ष्मण, कृष्ण, गणेश जस्ता हजारौ हजार आँट र उत्साह भएका र यी हिमालय कहिलै डगमगाउँदैनन्,  यिनको सफेद हृदयले नेपाली समाजलाई महानताको मार्ग  प्रसस्त गर्नेछन् भन्ने वी.पी.को धारण योगप्रसादसँग आउँछ । mयिनै वार्तालापको सन्दर्भमा चेतक्मारीले नेपाल आमा शुभ दिनको प्रतिक्षामा रहेको, रणमैदानका लागि तयार रहने समय आएकोले मेरो मातृहृर्दय नेपाल जननीको सर्वोदयको लागि पूर्ण तत्पर भएको भावना वी.पी.सँग राख्न्ु वी.पी.ले यस प्रकारको अभिव्यक्तिलाई समाउँदै 'यहाँको आगमन नै नेपाल जननीको सर्वोदयको शुभ सङ्केतरूपी सूर्योदय ठान्छु म' भन्दै मातृशक्तिको उदय नभएसम्म राष्ट्र र समाज जाग्दैन भन्दै वी.पीले केही हरफ कविता सुनाउनु कवितामा 'सेवामय सुभ कार्य मङ्गलम् हुन सेतु 'जस्ता महान उद्गार श्रवण गर्दै चेतकुमारीले युगौंदेखि हेप्पिएको चेप्पिएको र अपमानित जीवन बाँचिरहेकोमा हजारैं प्रश्नले सधैंभरी मनमा आन्दोलनमात्र नभै धोर क्रान्ति गरिरहेको धारणा वी.पी.मा राख्नु, वी.पी.ले आन्दोलन र क्रान्तिको  सुरुवात आफ्नै मनबाट हुनु पर्ने आयतित क्रान्तिले भ्रान्ति फैलाउने र आयतित क्रान्ति हामीले गर्नु छैन, हाम्रैो चाहना त 'जनता जागुन, नेपाल जननी सम्मान र समृद्धिको मार्गमा लागुन' भन्ने हो । यस नाटकमा अलग अलग पात्रहरूको वी.पींमा राखिएका धारणा अति महत्वपूर्ण छन् । वी.पीले चेतकुमारीको धारणामा सबैको उद्देश्य सर्वजन  हिताय, सर्वजन सुखाय नै हो र मानिसहरू दुइ किमसिमका हुने एक (मान्छे हुन बाँकी रहेकाले) ले आफैलाइ मात्र सबै चीज होस् भन्ने चाहन्छ भने (मान्छे भैसकेका) अर्कोले चाहीं राष्ट्र र समाजको सर्वोदयमा  रमाउँछन्। वी.पी.ले चेत कुमारीलाई चेतनाकी पुञ्जमा सम्बोधन गर्दै समाज र नदी लगभग उस्तै हुने,समाज रही रहने मुहान सङ्लो स्वस्थ भएमा प्रवाह निर्मल हुने, 'नदीको जीवन मूल भए सरह  समाजको जीवन व्याक्ति हुन्। व्यक्ति जुन अनुपातमा सभ्य, शिक्षित, र समुन्नत हुन्छ समाज पनि त्यही अनुरूप गतिशील हुन्छ । यसरी बातचितकै क्रममा दिलबहादुरले यहाँको प्रस्थान जागरण धुन बजाउने शुभ कार्यका लागि निवेदन गरूँ कि  भन्ने प्रश्न राख्दा आत्तिदै लक्ष्मणले वित्यास प¥यो भन्द्रै आउनु र थुप्रै होनहार साथीहरूको हताहत भएको जानकारी सान्दाइलाई दिनु सान्दाइले जीवन समरमा यस्ता असंख्य अवरोध आउँछन् हतोत्साही नहुने र उनीहरूको दायित्व अब हाम्रो काँधमा थपिएको छ । यसमा  लक्ष्मणले जति डराइन्छ उती हराइन्छ, यसको लागि आडस, ढाडस र हुरी छेक्नको लागि हिमालको आवश्यता पर्ने र सो  त्यो सिहमाल पनि वी.पी. नै भएको', कुरा लक्ष्मणबाट सुन्दा वी.पी.का उद्गार यसरी निस्कन्छन् –
'हीरा मोती जुहारतको भण्डारमा बसी
आफ्नो भाग्य आफैलेख्ने छैन कलम मसी
....युगौंदेखि हामी सम्पूर्ण नेपाली र नेपाल आमाको दुभार्मग्य भनेको यही हो लक्ष्मण वैभवको चुलीमा जन्मने सौभाग्य पाएर पनि हामी सधैं भिखारी जीवन विताउन विवश छौं ।' यस उद्गारमा नरेन्द्रले यसको बास्तविक कारण हामी नै हौं त भन्ने प्रश्नमा वीपीले हामी पनि हौं भन्नु देशलाई बुझ्न खोज्दा कालकोठरीमा जकडिन परेको छ तापनि निरासाको सुस्केरा हालेर विरहको ओराले ओर्लन नहुने वी.पी.बाट सन्देश आउँदा नरेन्द्रले के यो देश गलत जन्म कुण्डलीमा जन्मेको हो त भन्ने जिज्ञाशा राख्नु ,यसमा वी.पीले यो कदापी हैन, यहाँ भगवान बुद्धको जन्मभूमि,राजा जनक भृकुटी, सीता, यज्ञवल्क्य, गार्गी ,अठासी हजार ऋषिमुनिहरूको पवित्र जन्म थल्यो देवादीदेव महादेवको वासस्थान यही देशमा भएको धारणामा  वी.पी.बाट आउनु चेतकुमारी यसमा सहमत जनाउँदै हाम्रै मानसिक दरिद्रता,र दुर्बुद्धिले बरबाद भै रहेको , आम अधिकांशले चेतनाको ढोकामा ताल्चा लगाएको र यो मुलुकले चेतनशील र चिन्तनशील नेतृत्व कहिल्यै पाउन नसकेको जस्ता धारणामा कृष्णले समस्यै मात्र भट्याइ रहन नहुने र प्रयोजनहीन समस्याको शृङ्खलालाई बन्द गर्ने अठोट र प्रतिवद्धता पूरा हुनै पर्छ भन्ने धारण राख्नु, वी.पी.ले कृष्णलाई यही युगका महान तपसी, नेपाल जननीका सच्चा सुपुत्र गणेशमानको आगमन नेपाल र नेपालीको लागि महान सौभाग्य हो भन्दा चेतकुमारीले सम्भव र असम्भवको दोसाँधमा झुण्डी रहेका छौं भन्ने प्रश्न राख्नु वी.पी.ले हाम्रो सफलता र असफलताको कारण यही भ्रम र आशंका हो । मनमा शङ्का र दुविधा उत्पन्न भयो भने 'एक मुठी माटो 'समातेर छातीमा हात राख्नु त्यहींबाट वास्तविक निर्णायक शक्ति उत्पन्न हुने छ भन्ने सुझाव दिनु । यस अवसरमा गणेशमानले तपस्या फलिभूत हुने, तत्वबोध नभएसम्म मानव जीवनको अर्थ नखुल्ने, 'एक मुठी माटो'नेपाल र नेपालीका लागि धरती र आकाश जस्तै अमर भै रहने वाणी हो, यो महामन्त्रलाई सम्झने नेपालीले नेपालको लागि घनीभूत योगदान पु¥याउन सक्छ । मानव जीवनलाई सफल र सार्थक बनाउने यो महान सूत्र हो 'एक मुठी माटो' माटो बुझेपछि मात्र जीवन बोध हुन्छ । जीवन बोध हाम्रो मूल लक्ष हुनैपर्छै जस्ता गहन धारणा गणेशमान बाट आएका छन् ।
एकाकार बन्न आएँ आज तिमीसित
चेतनाको दियो बालूँ जागरणको गीत
यो श्लोक सहित सर्वमङ्गलाको सहभागिता जनिन्छ । यसमा वी(पी.ले  जीवन अत्यान्त महत्वपूर्ण र रहस्यमय छ र हामी यही माटोको उपज भएको, समय आज अत्यान्त खतरनाक बाटोमा लम्किरहेको छ । समाजलाई परिवर्तन गर्न हामी अझै परिवर्तन  हुनुपर्छ भन्ने सुझाव दिनु  र गणेशमानले सर्व मङ्गलालाई सुख दुख आफ्नै मनको भाव भएको र हामीसँग भएको सम्पूर्ण सद्भाव राष्ट्रको सेवा सम्मान र समृद्धिका लागी वी.पी.ले समर्पित गरौं , सुख, शान्तिर आनन्त्द यही बाट आरम्भ्भ हुन्छ ।  वी.पी.ले यसै समयमा राष्ट्रियताले सजिएको गीत सुनाउनु हुन्छ हेरौ त्यसको पहिलो श्लोक –
हृदयमा झलमलाउँदो चन्द्र सूर्य बाली
 जीवन जगत पूरा गर्ने विशाल छ थाली
यस गीतमा युद्धको मैदानमा जीवन जुटाएर गौरव गाथा बचाएर ढुकढुकीमा मुटु अटाएर युगौं युग बाँच्छौं हामी दुर्भाव  हटाएर  जस्ता अभिव्यक्तिमा कृष्णजीले युगनायकलाई छर्लङ्ग भएको यस देशको निर्माणमा वीर पुर्खाहरूको ठूलो त्याग तपस्या र वलिदानीपूर्ण इतिहास भएकोर बडामहाराज पृथ्वी नारायण साहलाई भूल्ःन नहुने र आज हाम्रो संघर्ष उनै पूर्वज वलिदानीपूर्ण शिखरलाई झुक्न र रुक्न नदिनु हो भन्ने धारणा राख्दै गर्दा गणेशमानजीले कृष्णजीले भनेका उपलब्धी हाँसिल गर्नको लागि संघर्ष निरन्तर र अनिवार्य छ । समाज शुद्धिकरणको लागि संघर्ष आवश्यक छ । सामाजिक जागरणको लागि जेल नेल यातना स्वीकारिएको हो  र यो  अस्तित्व र इतिहासको निरन्तरता नै हो । अन्त्यमा जय नेपाल हरेक नेपालीको मनमा यही चेतनाको  दियो बाल्नु छ ।नेपालको जय नभए संसारको मुहार उज्वालिन्न मङ्गलाको धारणा सहित सबैले नेपालको चन्द्र सूर्य झण्डा फहराउँछन् आँँतमा माटोको प्रेम  र हातमा नेपालको गौरव उठाउने प्रण गर्न तत्पर हुन्छन् भन्ैदे  यो नाटक समाप्त हुन्छ । यस नाटकमा आएका विमर्सलाई साभारकै रूपमा उतार गरिएको छ भन्दा पनि फरक पर्ने छैन । जननायक वी.पी.का राष्ट्र निमार्णका धारणा, उद्देश्य उपलब्धीको लागि के गर्नु पर्छ भन्ने सार गर्भित बिचारहरू माथि नै आइ सकेका छन्  । राष्ट्रिय भावनाले भरिएको यस नाटक दर्शनको रूपमा आएको छ ।
२०७५ मध्यमहिनाको एक साँझ–
 यस नाटकका नाटककार हुनु हुन्छ रोशन थापा 'नीरव' । नवनिर्माण कुनै पुलको मध्भ्य भागमा साँझ घाम डुविसकेको अवस्थामा जाडोजाडोको परिवेशमा पूर्व प्रेमीहरू (म र उनी) बीच बार्तालाप हुन्छ । यस बार्तालापमा उनी कहिने फर्कने भन्ने म को सोधनीमा करिव १ हप्तापछि जाने भन्दै यी जोडी २२ वर्षपछि  यही ठाउँमा जो पहिला भेट हुन्थे, भेट भएर कुराहरू चलिरहेका हुन्छन् । दुबै पूर्ण पारिवारिक भै सकेका छन् । उनीले अष्ट्रेलियामा विवाह गरेर दुई छोरी भै सकेका र म का दुई छोरा भैकेका छन् ा म ले उनीलाई पूर्व प्रैमिका भन्दा उनीले म लाई पूर्व प्रेमी नठानी वर्तमान प्रेमी नै ठानेको  भन्दै दुबै बीच कुरा कानी हुनु, दुवै सँगै होऔं भन्दा समय टाढा भागि सकेको धाराण उनीले राख्छिन् उनी क्यान्सरकी पीडित भै सकेकी र म सँग भेट गर्ने इच्छा आफ्ना श्रीमानसँग राखेर भेट्न आएको धारणा उनी राख्छिन् । म ले यो जानकारीपछि उनीलाई विदा पनि भन्न नसक्ने किनकी विदा त फकेर आउनेलाई मात्र भन्न सकिने उनी त आउन नसक्ने भने पछि कसरी विदा भन्ने म को भनाइमा उनी यो जन्ममा नभए अर्को जन्ममा फर्केर आउने भन्ने उनीको धारणा आउँदा म ले प्रश्नवाची हुँदै अर्को जुनीमा भन्दा उनीले 'हो अर्को जन्ममा । त्यसपछि हामी बीच कुनै वाधा वाध्यता विवशता, त्याग तपस्या पारिवारिक उच्चता आदि केही हुने छैन ,जसबाट फेरी हामी बिछोड हुनुपरोस् ' भन्दै अंकमालको साथमा यो नाटक समाप्त हुन्छ ।  यस नाटकको प्रेममा अलगिन परेको याथार्थता अन्तिम भनाइले समेटेको छ । पश्मिमेली समाजमा आफ्ना जीवन घटनालाई प्रष्ट्याउँदा पनि केही फरक नपर्ने कुरा यस नाटकमा दर्सिएको छ । प्रेम मेटाएर मेटिदैन भन्ने यथार्थता पनि नाटकले दर्शाएको छ ।
भाइटीकाभित्रै –
यस नाटकका नाटक्कार हुन प्रा. लीलबहादुर क्षेत्री । यो नाटक भाइटिकाको अघिल्लो साँझमा जेठाले टिका लगायतका सामान बजारबाट लिएर घर आउँछ र छोरी (रमा)लाई ल्याएको सामाग्रीहरू भित्र लगेर राख्न लगाउँछ  र सामाग्रीमा अपुग छ कि हेर्न समेत भन्दछ । जेठाको कान्छो छोरा सुरेशले पटका नल्याएको मा असन्तुष्टि जनाउँछ । रमाले जेठाले ल्याएको सामानलाई हेरेर ओखर र निरको डब्बा पनि नआएको जानकारी दिन्छे ।  यसै समयमा गणेश(डाक्टर) घरमा प्रवेश गर्दछ । जेठाले गणेशलाई कहिले आउनु भयो भनेर सोधनी गर्दछ र डाक्टर हुनुभयो भन्ने सन्देश बाबा बाट पाएको थिएँ भन्दा गणेशले छ महिना हाउस सर्जन गर्नु पर्ने जानकारी दिन्छ र रामकुमार भोलीमात्रै आउने होकि भन्दै सोधनी गर्छ र जेठाले भोली विहान आइ पुग्ने जानकारी गराउँछ । गणेशले रामु(साथी)लाई लिन आँफै जाने कुरा जेठासँग राख्छ । रमाले गणेशलाई टिका लगाउनको लागि निम्ता दिन्छे । गणेश र जेठा बीच  रमाको विवाहको कुरा चल्छ गणेशले सुशील भएको हुनाले विवाहको समस्या नहुने भन्दै गणेश विदा भएर जान्छ । जेठाले गणेशलाई हिराको र्संज्ञा दिंदै त्यसमा मोती (छोरी)लाई जडि दिन पाए कति सुहाउने थियो भन्ने कल्पना गर्दछ ।  तर कल्पनै गर्न नसकिने किनकी एक जातनै नमिल्ने,(उनी उपाध्य बाहुनका छोरा रआपूm क्षेत्री) दोस्रो उनी ठूलो अफिसरका छोरा आपूm चौकिदार तथा रमा चौकिदारकी छोरी त्यसमा पनि मेट्रिक पासमात्र आदि कुरा गुनगुनाउँदै रमालाई सुत्न भन्नु र आपूm पनि सुत्नु। रमाले सपना देख्छे सपनामा जुगा खेलेको ठाउँमा रामु र गणेश पनि देख्नु , रामुले गणेशलाई जुवा खेल्ने प्रस्ताव राख्नु तर गणेशले जुवा कभि नहुवा भन्नु र केही वेर जुवा हेर्न थाल्दा पुलिस आउनु जुवाडेहरू भाग्नु गणेशले पुलिस आयो भन्नु र पुलिस आएर राम र गणेशलाई पक्डनु। रामुले भाइटिका हो बहिनीको हातको टिका लाउन आएको हो छाड भन्दा पुलिसले नछाड्नु रमाले आज भाइटिकाको दिन छाडी दिनु पर्छ यदि तिमी यमराज भए पनि आजको दिनलाई छाडी दिनु पर्छ भन्दा  दारोगाले म यमराजै हुम् भन्नु र रमाले तिम्रो त वरदानै छ । सती सावित्रीलाई जस्तै मलाई पनि मङ्गलको वरदान देऊ भन्दा यमराज(दारोगा)ले तथास्तु मङ्गल होस् भनि वरदानदिनु। रामु र गणेश आएर रमालाई बोलाउँदा रमा चिच्याहटसँगै आत्तिएर  उठ्छे । जेठाले ढोका खोल्छ र रामले जेठालाई ढोग दिन्छ । रमालाई चिच्याउनुको कारण सोध्छन् तर रमाले तिमीहरूलाई पुलिसले पकडेको होइन र भन्दा हामीत भरखरै रेलवे स्टेसनबाट आउँदै छौ किन लाने पुलिसले भन्छन् र  सपनामा कराएको हुनु पर्ने भन्दै गणेशले कस्तो सपना देखेऊ भन्दै रमासँग सोधनी गर्नु रमाले भएको घटना सुनाउनु । यसछि जेठाले गणेशलाई घरमा गएर टिकालाउनु झट्टै आउने भन्दा रामुले गणेशले रमाको हातको भाइटिकाको सयपत्री माला सहितको टिका नलगाई फागुनतिर वरमालाको टिका लगाउने भन्ने कुरा रामले जेठालाई भन्दछ । जेठाले यो कुरालाई गणेशसँग  आश्चर्यभाव प्रकट गर्दै  जातभात र दाइजोको कुराहरू पनि जेठाले राख्दा गणेशले बाबुआमाले पनि रमालाई चाहेको र विवाहमा कन्यादान दिने हो वर किन्ने होइन भन्ने धारणा राख्दै गणेशले रमाको सहमतीको कुरा निकाल्छ । रमा नतमस्तक हुँदै भान्सा घरतिर पस्नु । रामु पनि भान्साघरतिर पसेर पुन टिका नलगाए पनि खाना खान आउने निम्तो छ रमाले भनेको सुनाउनु र गणेशले खाना खान आउने निम्तो स्वीकार्दै जानु जेठाले साँच्चि नै यमराजले वरदान नै दिएका रहेछन् रमालाई भन्दै धर्मराजलाई प्रणाम गर्दै यो नाटक समाप्त हुन्छ । जातीय विभेदको अन्त्य र दाइजो बाट मुक्त समाजको कल्पना गरेको छ नाटकले । अति सुन्दर प्रस्तुति छ ।  

तुम्बीबाजे
यो नाटकका नाटक्कार हुन् विष्णु नेम्वाङ । यस नाटकमा छ ओटा दृश्यहरू छन् ।  प्रथम दृश्यमा घमाइलो गाउँ उज्यालो बाटो बीचमा भञ्ज्याङ फलैचा ६० बर्षका तुम्बी बाजेले तमाखु तान्दै सोचमग्न देखिनु, छेवैमा ढाकर र तोक्मा देखिन्छ । उनको भन्ज्याङ्को सुन्दरता नेपथ्यबाट गुन्जायमान भएको हुन्छ तुम्बीबाजेले लावाङ होइनौ भन्दै प्रश्न राख्नु र लावाङले पनि केही गर्न भनि सीमा पार गएको तर सोचे जस्तो गर्न नसकी गाउँ र्फेकेको भन्दै दुबै बीच गाउँको विकासको बारेमा कुराहरू चल्दछन् । यो गाउँको विकासको लागि युवाहरूले केही गर्न सक्छन् भन्ने धारणा लावाङसँग राख्दछन् । तुम्बीबाजेले पुर्खाले बनाइ छाडेका माने, गुम्बा, पौवा, मठ मन्दिरहरू जीर्ण भएका र त्यहाँका बहुमूल्य सामाग्रीहरू केही बाँकी छैनन् । यी अनमोल सम्पत्ति बचाउनु पर्ने जस्ता धारण राख्दा लावाङ सहमत हुँदै इतिहास बचाउनु पर्छ भन्दै तुम्बीबाजेलाई अगाडी बढम् भन्छ र अगाडी बढ्छन् । तुम्बीबाजेले तोक्मा र लावाङ मेरा दुई साथी र यी साथीहरू बोझ थाम्न मन पराउँछन् भन्दै बिस्तारै अघि बढ्छन् ।दृश्य दुई –यस दृश्यमा रेञ्जर साहेव र आनन्दविक्रमको बीचमा यिनीहरूको काम र व्यवसाय बारे वर्णन गरिएको छ ।आनन्द विक्रमले सीमापरि रेञ्जर साहवको सामानको ठूलो माग भएको र जति पनि किन्न सक्ने भन्दै पहिलो सामानको मूल्य भन्दै २५ लाख बुडहरू रेञ्जर साहवलाई दिनु र रेञ्जर साहेवले सामान पिरिङ्गे भञ्ज्याङ पुग्ने कुरा गर्नु, सन्तमान आउनु , सन्तमानलाई आनन्दविक्रमसँग परिचय गराउनु, सन्तमानले केही असर्फी निकाल्न सकिने भन्नु, अव काम गर्न सहज छैन भन्ने जानकारी गराउनु गाउँका पुरातात्त्विक सम्पदा कला संस्कृति, प्राकृतिक स्रोत सबैको संरक्षण गर्ने र गाउँका जालसाजी कालो बजारीयाहरूलाई धुलिसात लगाउने भनेर लावाङ र तुम्बी बाजे गाउँमा जनचेतना जगाइ रहेका कुरा सन्तमानले रेञ्जर साहवलाई जानकरी गराउँछ । रेन्जर साहवले यी सबै सडकका कमिला भएको र ऊ यस गाउँको शक्तिशाली अध्यक्ष भएकोले डराउनु नपर्ने भन्दा  आनन्दविक्रमले भने सावधानी अपनाउनु पर्ने धारणा राख्नु, सन्तमानले आफ्नी श्रीमती दुई जिउकी भएकोले विदा माग्नु तिनीहरूको निगरानी राख्नु भन्ने सुझाव लिंदै घरतिर लाग्छ । सन्तमान गए पछि दुबै बीच धन्दा लथालिङ्ग त हुँदैन पैसा भएपछि सबै बसमा ल्याउन सकिने, भोजको राजनीति, किचेनको, भ्रष्टचार, कमिसन, कालाबजारीया आदि राजनीतिका कुरा आनन्द विक्रमले राख्दै शयन कक्षतिर ओझेल परेपछि यो दृश्य समाप्त हुन्छ । दृश्य तीन –यस दृश्यमा घुमाउने चौतारीमा गाउँलेहरू जम्मा हुन्छन् र लाजिमाले भाष्ण गरिरहनु ,सन्तमान चुचाप सुनिरहनु पुस्ताले खडा गरेका धरोहर बचाइ राख्ने धारण सहित लाजिमाले लावाङलाई बोल्न अनुरोध गर्नु लावाङले भ्याकुता पहाड चढ्न भनेर पहाडको फेदीमा जम्मा हुनु, पहाड चढ्ने कुरा गर्दा कसैले चढ्ने र कसैले नचढने तर्क गर्दा १० जना भ्याकुता पहाड चढन थाल्दा फेदीका भ्याकुताले फर्क फर्क भन्दा सात जना भ्याकुता बाटोबाटै फर्के भने तीजना भ्याकुता पहाड चढेर अगाडी बडे। तीनवटा नफर्कनुको कारणमा ती भ्याकुता बहिरा भएकोले फर्क भन्ने आवाज नै सुनेन् भन्ने निस्कर्र्षलाई लावाङले गाउँका केही मानिसहरू जाली कपटी र आडम्बरी छन् तिन्ले गाउँको सामूहिक विकास चाहँदैनन् । धनको पहाड चढिरहेकाको विरुद्धमा लडने होइन भन्दै प्रश्न राख्दा सबैले लड्ने भन्न थालेपछि लावाङले कामको थालनी आजैबाट हुने भन्न थालेपछि सन्तमान केही नबोली त्यहाँबाट निस्कन्छ । होमबहादुरबाट कार्यक्रममा षडयन्त्र हुँँदैछ सन्तमानलाई समातेर केरकार गर्नु पर्छ भन्दै सन्तमानलाई खोज्न सबै निस्कन्छ्न् तर लाजिमाले लावाङलाई बोलाएर लावाङ र धनिराको बीचको प्रेमप्रसङ्गलाई कोट्याउँछिन् र लावाङले सात वर्ष भयो भेटघाट नभएको र भेटेर जीवन बिताउने चाहना भएको कुरा लाजिमासँग राख्छ र लावाङले धनिराले '' म तिम्रै लागि मात्र जन्मेकी हुम् र बाँचिरहन्छु भनेकोे कुरालाई स्मरण गर्दछ । लाजिमाले लावाङ्लाई भोली पल्ट हिल्लिहाङ दरबारको पोखरीडाँडामा भेट्ने क्ुरा राख्छिन् र भेटनुको कारण सोधनी गर्दा लाजिमाले प्रेम र नाता, जीवन र भोगाइ, बाचा र बन्धन अनि प्रतीक्षा र समयको बारे बात गर्नको लागि भेट गर्ने भनेपछि दुबै सँगै हिड्दै दृश्य समाप्त ह्ुन्छ । दृश्य चार –यस दृश्यमा उही आनन्दविक्रमको बैठक कोठामा रेन्जर साहाव र आनन्दविक्रमले तमाखु खाँदै सन्तमान नआएको कुरा चल्छ । श्रमिती दुई जिउकी भएकोले कुने असजिलो परेर होकी या मालसमानको जोगो गर्न लागेर होकि भन्ने तर्क वितर्क खेलाउँदै गर्दा बाहिर ठूलो हल्ला चल्छ, मानिसहरूको भीड ठूलै भएको आनन्दविक्रम र रेन्जरसाहवले देख्छन् । मानिसको हुल अगाडी बढ्दै जाँदा सन्तमानको रुन्चेस्वरमा तपाइँको धन्दा जनतालाई थाहा भयो बाहिर आएर क्षमा माग्न आग्रह गर्दछ । रेन्जरले सन्तमानले गद्दारी गरिस् भन्दै आक्रोसित हुन्छ । प्रहरीमा तुरुन्तै खवर गर्छन्, होमबहादुरले रेन्जर।लाई तँ बाहिर आउने या गाउँले भित्र पस्ने भन्दै निर्णको माग गर्दा सन्तमानले बाहिर निस्कने आग्रह गर्दछ । रेन्जरले हामी बाहिर आउँछौं तपाईँहरूको शरण पर्दछौ शरणको मरण नगर्नु भन्दै बाहिर निस्कन थाल्छन् । आनन्दविक्रमले सबै थोक पैसा ठानेपछि यस्तै हो, हरसमय पैसा, गर्नु ग¥यो पैसाले, थुक्क पैसा, भन्दै यस दृश्यको समाप्ति हुन्छ ।
दृश्य ५ –यस दृश्यमा हिल्लिहाङ दरबारको पोखरी डाँडामा धनिरा र लावाङलाई लामो समयपछि भेट गराउनको लागि यहाँ दुबैलाई बोलाइएको हुन्छ ।  लाजिमा आइपुग्नु र बोलाउनुको कारण सोध्नु लाजिमाले तिम्रो मनोकामना पुरा गराउन, तिम्रो नयाँ जीवन सुरुवाती गराउन र तिम्रो उपचार सहर लगेर लावाङ्ले गरिदिने छ भन्दै धनिरालाई पोथ्रामा गएर लुक्न भन्नु, लावाङ् आउनु, लाजिमाले , लावाङलाई धनिराको भेट गर्न आउनुको विवसताले गर्दा भेट हुन नसकेको र धनिरा लावाङ् विदेशीएको पाँचो वर्षमा धनिरा पञ्चमी मेलामा सामूहिक बलत्कमारमा परिन्, न्याय पाउन सकिनन् यो समाजबाट टाढा हुन तथा संसार त्याग्न खोज्दै हेवा खोलामा पस्दा माझिहरूले बचाइ दिए, यो गाउँबाट टाढाहुन विदेश गइन् , विदेशमा पनि यौन हिंसामा परिन्, पुन गाउँ फर्किन् त्यस्ती धनिरालाइ भेट्न चाहान्छौं , के तिमी निक्ममा धनिरालाई माया गर्छौ ऊ तिम्री हुन सक्छे भन्दै लाजिमासँग अहिले धन छैन,कुमारीत्व छैन केवल छातीमा ज्वाला छ ,मस्तिष्कमा विद्रोह छ अनि आक्रोश छ । के धनिरालाई स्वीकार्दछौ आदि यथार्थता लाजिमाले धनिराका कुरा लावाङलाई प्रष्ट पारिदिनु र लावाङले धनिरालाई स्वीकार्नु ।सबै सहिद दिवस काङ्सोरे चोक जान थालछन् लाजिमाले 'झुटोप्यारले रवाउँछ, जुनीभर रुवाउँछ पवित्र प्यारले मिलन गराउँ छ .. जुनीभर मिलन गराउँछ भन्दै यो दृश्य समाप्त हुन्छ । दृश्य ६ काङसोरेचोक पार्कमा वर्षको एक पटक सहिद दिवसमा गाउँलेहरू जम्मा हुने गर्दछन् तर पार्कको संरण छैन । बटुवाहरूले यो ऐतिहासिक योद्धाको संरक्षणम कस्ले गर्ने, कङसोरे र खोरिया बासीले लडाइँ जितेर पनि  इतिहाँस लेखिएन भन्दै हिड्नु यही समयमा तूम्बीबाजेले सहिद दिवसमा पर्खन गाउँलेहरूलाई अनुुरोध गर्छन् रेन्जरसाहव, नरेन्द्रविक्रम र सन्तमानलाई बाँधेर कालोमोसो दलेर जुताको माला लगायर सालिकसँगै बाँधेर राखिदिनु रेन्जरले गाउँलेसँग माफिमाग्दै गाउँलेसँगै एकाकार हुने धारण राख्छ । तुम्बीबाजेले रेन्जर र आनन्दविक्रमको पहिलेको अवस्था ( भिखारी) बाट माटोको मालिक भएका,े सहिदहरूको सम्मान नपाउने तर तस्कर र लुटेराहरूले सधैं सम्मान पाउने, भन्दै गर्दा लावाङ्ले यिनलाई त्यसै छोडिन नहुने यिनको फैसला गाउँलेले गर्न पर्ने भन्दै सहिदमा पुष्प गुच्छा समर्पण गरिसक्दा आनन्दविक्रम, रेन्जर र सन्तमान रक्ताम्मे भैसकेका हुन्छन् । धनिराले आनन्दविक्रमलाई देख्ने वित्तिकै यही हो बलत्कारी भनेर आक्रोशमा आउनु र बञ्चरोले आक्रमण गर्न जानु लावाङले रोक्दै गर्दा डिएसपी सिं आइपुग्नु र भिड नियन्त्रण गर्न आकाशतिर फायर गर्नु, कानुन हात लिन नमिल्ने भनेर रोके पछि, धनिराको हातको बञ्चरो भूइँमा खस्छ । धनिराले डि.एस.पीलाइ यो बलत्कारी हो समाउनुहोस् भन्दै रेन्जर र सन्तमानतिर फर्केर तस्कर, लुटेरा रेन्जर आनन्दविक्रम यी रक्त पिपासु हुन्, यिनले कठोर सजाएँ पाउनु पर्छ, भन्ने माग राख्नु । आनन्दविक्रम, रेन्जर र सन्तमानले डिएस्पीलाई ज्यान बचाउने अनुरोध गर्नु, गाउँले आवेशमा आएर कत्लेयाम गर्ने, फाँसी दिने, जलाइ दिने जस्ता अभिव्यक्तिमा डि.एसपीले गोली चल्न सक्ने भन्दै सबैलाई सतर्क गराउँछ । लावाङले डिएस्पीलाई गिरफ्तार गर्न आग्रह गर्दा कानुन हात लिने कसकसलाई गिरफ्तार गरुँ भनि प्रश्न राख्दा लावाङले तपाईँहरू कानुनलाई प्रयोग कर्ता हो र कानुन निर्माता जनता हुन् । तपाईँको कानुन बमोजिम मिल्छ र हिक्मत छ भने सबै गाउँलेलाई गिरफ्तार गर्नु होस् हैन भने अपराधीलाई कठघरामा उभ्याउनु होस् भन्नु र गाउँलेले समर्थन जनाउनु अपराधी तीनै जनालाई हतकडी लगाएर अदालतमा पु¥याउने आदेश डिएस्पीले दिनु, डिएस्पीले उनीहरूको सम्बन्धको पोल खोल्छ कि भन्ने त्रासमा हुनु र पोल खोलियो भने म पनि नबच्ने आस्थामा पुग्ने छु भन्दै चाँडै बुद्धि पु¥याई डिएस्पी भन्दै रिसाएर बोल्न पुग्छ मूर्खहरू हो । र  डिएस्पी लगामयत हिडी सके पछि वातावरण शान्त बन्छ । तुम्बीबाजेले सालिकतिर बढ्दै सपना साकार पार्न अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नु, लावाङ्ले विभेदकारी पर्खाल तोडने प्रतिबद्धता जनाउनु एक गाउँलेले शालिकलाई आफ्नो रक्षा गर्नु भनि धनुर्वाण प्रदान गर्नु, तुम्बीबाजेले रेन्जर र भोलानारायण खत्रीको सम्पत्ति गाउँलेको नियन्त्रणमा हुनेछ ।तिनका महललाई संग्राहलय बनाउने र सन्ततीलाई त्यहीं पढाइने छ । पूर्खाले छाडेका सम्पत्तिको संरक्षण गरिने छ भन्दै सबै गाउँलेलाई आफ्ना आफ्ना घर जाने भनिन्छ आखिरमा तुम्बीबाजे लाबाड, धनिरा र लाजिमा मात्र त्यहाँ रहन्छन् र लाबाङले धनिरालाई आफ्नो बनाइ सकेको र उपचार गराउन सहरतिर लाग्ने धारणा राख्दछ र तुम्बीबाजेले सुसमचार सुन्न पाएको मा खुसीलागेको धारणा राख्दै गर्दा लाबाङले युमा कसरी वितेको सोधनी गर्छ । तुम्बी बाजेले याङवारको पोखरीमा डुबी मरेकी भन्दै जानकारी गराउनु, लावाङ् धनिराकको उपचार गराउन हिड्नु र लाजिमा पनि पच्चिसेसम्म सँगै जानु । तुम्बीबाजेले उसलाई ढाक्रे, तोक्मे, नाम्ले, सुधो रखवाला जोधाहा भरिया सबै नामले परिचित भए पनि उसले आफ्नो इतिहास खोजी गर्दछ । उसकी डुबेर मरेकी पत्नीको मुचुल्का चाहिन्छ अनि पुर्खाहरूको जहाँ चिहान छ त्यहाँ उसको चिहानको लागि अलिकति जमिन चाहिन्छ  भन्ने धारण सहित ऊ हिड्न थाल्छ, पार्क निदाउन थाल्छ  भन्दै नाटक समाप्त हुन्छ ।  यस नाटकले थुप्रै विषयलाई समेटेको छ । नाटकले सहिदको अस्तित्व, मानिसको अस्तित्व, गाउँको विकास, समाजमा एकता, महिला हिंसाको अन्त्य,, विदेशमा रोजगारीमा पाइने कष्ट, वलत्कारका घटना, गाउँको विकास साथै राजनीति आदिलाई यसले प्रकाश पारेको छ । प्रस्तुति राम्रो छ ।
जित्या पार्क
–यस नाटकका नाटककार हुनुहुन्छ सागर केरुङ । फेदेन बजारमा अनगिन्ती बटुवाहरू हिडिरहेका हुन्छन् । सम्बु (चटपटे विक्रेता) र जिते बीचमा वार्तालाप सुरु हुन्छ । जितेले जिन्दगीमा धेरै पैसा कमाएको तर सबै खाइदिएको धारणा राख्छ । माहिली (पालाम गाउँदै चटपटे खाने ठाउँमा आएर चटपटे खाँदै गरेका दुई महिलासँग चटपटे माग्छे महिलाले पैसा तिरेर हिडछन् सम्बुले रेडियो खोल्छ  । रेडियोले जिल्ला विकास समिति पाँचथरको प्राङ्गणमा रहेको सार्वजनिक जमिनमा एकतर्फी ढंगले वी.पी.पार्क बनाउने भन्दा र अर्को पक्षले इतिहासकार इमानसिंहको शालिक बनाउने भन्दा विवाद चर्किएको साथै दुबै पक्षले निकै प्रतिशत काम अगाडी बढेको दावीको खवर प्रसारण गर्छ । विषयले प्रत्येक शनिवार सञ्चालन गरिने जनसरोकारको विषयमा छलफल गराउने कार्यक्रममा यस पटक  दुई जना वक्ताहरू ( नीतिराज सुब्बा र सेमी सुब्बा) लाई निमन्त्रणा गरेका हुन्छन् । यस विषयमा विषयले नीतिराज सुब्बालाई पाँचथर जिल्लाको जिल्ला विकास समितीको प्रङ्गाणमा लिम्बुवावादी सङुगठन, चुम्लुङ्लगायतले त्यो पार्क वी.पी. पार्क होइन इमानसिं पार्क हुनुपर्छ भन्ने कुरा उठाएका छन् तपाइँ के भन्नु हुन्छ  र पार्टीको आधिकारिक धारणा के हो भन्ने प्रश्न राख्दछन् । नीतिराज सुब्बाले यस विषयमा पार्टीले २००७ सालदेखि उठाउँदै आएको र त्यो जग्गा कानुन सम्मत महामानव वी.पी.को नाममा भएकोले कसैले फलानो पार्क फलानो पार्क भन्दैमा हुने वाला छैन । यसै विषयमा सेमीजीबाट यो जग्गा कसरी वी.पी.को नाममा हुन आयो यहाँ वी.पीको कुनै सन्तती थिएनन् ।  त्यतिमात्र कसरी भयो ? यो ता उहाँहरूको पार्टीले सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो नेताहरूको नाममा राखेको हो । कतै वी.पी. पार्क वी.पी सामुदायिक वन, गणेशमान पार्क भनि जग्गा हड्पेको मात्र हो । विषयले मैले पनि यो कुरा गर्न लागि रहेको थिएँ भन्दा नीतिराजले लोकतन्त्रमा सरकार भनेको जनताबाट अनुमोदित हुने भएकोले यो निर्णय पाटीले गरेको होइन स्वयम नेपाली जनताले गरेको हो । यसमा सेमीले अहिले सत्तामा हुँदा र पहुँछ पुग्दा सार्वजानिक जग्गा र वनहरू तपाइँका पाटीका नाममा दर्ता गर्दै हुनुहुन्छ कुनै वेला आदिवासी जनजातिहरू पहुँचमा पुग्दा यो हर्कत सबै तहस नहस हुन्छ भन्ने बुझ्नु जरुरी छ भन्ने धारणा राख्दछन् । दुबैको छलफलमा सेमीले आदिवासी जनजातिको आन्दोलनले यी आयतित सालिकहरू ढल्ने छन् भन्नु र माइक्रोफोनहरू ढल्नु ,रीतिराज चिच्याउँदै अराजक तर्क नगर्नुस् सेमीजी भन्नु, नेपथ्यमा माइलीले पालम गाएको सुनिनु, जितेले भात खाइरहनु आमै आएर ईस्वरीको बाट ग्यास लेइदिने भन्नु, माइली आएर जितेसँग भात माग्नु जितेले भात दिनु, जितेले आजकल औषधी आएर कसैले आइमाइलाई भुँडी बोकाउँदेन एउटा भुँडी बोकाएको आइमाई थाप्दा पाँचहजार लिन्थ्यो आदि गन्थन गर्दै जिते सुत्छ ।
 यस विषयमा सिडियोले सर्वपक्षीय बैठक बोलाउँछ र विवादित जग्गाको विष्ष्यमा छलफल राखिदिन अनुरोध गर्दछ । यस विषयमा नीतिराजले जग्गाको लालापूर्जा पेशगर्नु, गाम्सेले फेदेन ऐतिहासिक स्थल भएकोले पार्कको नाम इमानसिं पार्क हुनुपर्छ अरु कुरा स्व्ीकार्य छैन भन्दा नीतिराजले वी.पी. मार्ग बनाएर छाड्ने अठोटमा गाम्सेले पनि वी.पीको पाँचथरसँग कुनै नातो छैन यहाँ इमानसिंको पार्क हुनुपर्छ भन्नु लिम्बु विद्यार्थी मञ्चको तर्पmबाट नेप्टेले इमानसिं पार्क धुर्मिसे पञ्चमीमा बनाइ सकेको हुँदा वी.पी. पार्क बनाउनै ठीक होला भन्ने धारणा राख्दा सेमीले यो आवाज सबै लिम्बू विद्यार्थीको होइन होला ? यो विद्यार्थी मञ्चको आधिकारिक धारणा यस्तो हुन सक्दैन त्यसो हुँदा पार्टीमा नलाग्ने सुझाव दिनु, सिडिओले सेमीलाई यमानसिं पार्क माथि बनीसकेको हुँदा यसलाई वीपी पार्क बनउन के होला भन्दा सेमीले यो लिम्बुवानको ऐतिहासिक स्थल भएकोले हाम्रो अस्तित्व समाप्त पार्न पाइँदैन, हाम्रो माटो माथि ठाडो आक्रमण भएको छ, हाम्रो सन्तानले आवाद गरेको हाम्रो पुर्खौली इतिहास छ र जीवन र जगतलाई व्याख्या गर्ने हाम्रो आफ्नै मुन्धुमी दर्शन छ भन्ने धारणा सेमीले राख्दछन् ।
जितेले ढुङ्गा बोक्छ , इमानसिं सालिक बनाइन्छ र पार्कको नाम इमानसिं पार्क राखिन्छ । पुन जितेले वीपीको सालिक बनाउन ढुङ्गा बोक्न थाल्छ र नीतिराजले आएर आवेशमा आउँदै ' इमानसिं पार्क रे जातिवादी, विखण्डनकारी, तिमीहरूलाई लाज लाग्नु पर्ने हो भन्दै सालिक भत्काइन्छ । वीपी पार्क बनाइन्छ जिते आउँछ । र मेरो सुत्ने ठाउँमा के गरेको भन्छ । वीपीको सालिक राख्छन् वीपी पार्क भनेको बोर्ड  झुण्ड्याउँछन् । जितेले आफ्नो पोको तान्छ वन्दनाले जितेको सुत्ने ठाउँ केही गरेको छैन भन्दा जितेले इमानसिंको पार्क किन भत्काएको भन्दा सोमले यो इमानसिं पार्क हैन यो त वीपी पार्क हो भन्दै वि.पी.को सालिक देखाउँछ । जिते सालिकको तल सुत्छ मादेम्वा आएर उठाउँछ र यसलाई इमानसिं पार्क हो भन्छ साथै  पैसा माग्छ । जितेलेपैसा  दिन्छ र ढल्किन्छ । मादेम्बा मातेर आउँछ र जितेलाई सालिक कस्ले साटे भनेर सोधनी गर्छ । उठेर जितेले हेर्दा वीपीको सालिक देख्छ अनि जितेले बोराबाट झण्डा निकाल्छ र वीपी.को सालिक अगाडी उभिन्छ । कैले इमानसिं कहिले वीपीं मैले फिदिमको लागि के पो गरिन । सबैको भारी बोकेको छु । अर्काले भुँडी बोकाको आइमाई समेत लिएको छु । यो जिविसको अगाडी चालिस वर्ष देखि सुतेर रुँगेको छु। अव यो जित्यापार्क हुन्छ अरुकसैको हुँदैन जिते सालिक जस्तै नहल्ली ठिङ्ग उभिइ रहन्छ र नाटक पनि समाप्त हुन्छ । यस नाटकले सत्तामा रहने र नरहने बीचमा देखिने टकराव, जातीय पहिचानका कुरा, जातित्व र जमिनको पुर्खौली इतिहासको पहिचानको खोजी । जिते जस्ताको पनि आफ्नो अस्त्विको खोजी गरिएको छ । सामाजिक विकृतिलाई कसरी अर्कामा लगेर टुङ्गो लगाइन्छ जस्तै अर्काले भुँडी बोकाएकी महिलालाई जिते जस्तालाई पैसामा भिडाइन्छ आदि धारणाहरू यहाँ आएका छन्
भावको आवाज –
 यस नाटकका नाटककार हुनुहुन्छ सुकुम शर्मा । यो यस विशेषाङ्कको छोटो नाटक हो । यो एउटा महत्वपूर्ण भावनाको अभिव्यक्ति हो । यसलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुति गर्न अनुमति चाहान्छु ।घरभित्रको मौन वातावरण भङ्ग भए पछि ऊ ले भाव बिस्कन त कोलहालको आवश्यक्ता पर्दो रहेनछ शान्त भावमा भाव टाढा भाग्दो रहेछ तर उसको मनले भने कोलाहालमा पनि भाव जन्मने तथा भावलाई समात्न सकिने  र लेखकको चेतनाको तथा प्रतिभाको खोजी त्यही नेर हुने धारणा आएको छ । ऊ यसमा सहमत देखिन्छ  र सम्झन्छ भीडमा तथा यात्रामा फुरेको भाव उत्तम थिएन र ऊ पश्न बाची हुन्छ अनि सिर्जना त्यस्तैमा स्फुरण हुन्छ ।कोलहालमा टिपेको भाव अमर हुन्छ । मन अन्यमनस्क भएर वृतमानमा हराउँछ यसरी हराएको मन सहजै समात्न सकिदैन। शून्यवातावरण उत्प्रेरकनै भएको हुँदा यही समयको खोजी गरिएको हो । समय पढ्न समयको खोजी गर्न पर्ने र धैर्यता चाहिने सबै सहज हुने । भाव हराउन नहुने भाव हरायो भने संसारको सिर्जना हराउने, समयको चहकमा अमूल्य हुने बस्तु नै अमूल्य बस्तु त्यही हुने जस्ता भाव उसका हुन्छन् । मनले भन्छ जीवन गति निरन्तर हुनुपर्छ यस्तै गतिमा जीवन भएकाले नै गतिको अर्थ हुन्छ । यसमा उसको भनाइ छ । उसको भनाइमा क्रियाशील हुनु नै जीवन हो । उत्सवमय भएर बाँचनु नै उत्सवमय जीवनको आधार हो ।यो आधार पढ्न अचानकको समय नै प्रयाप्त हुन्छ भन्ने उसको भनाइ हो । यसमा मनको धारणामा अठोट गर्नु मात्र क्रियाशील होइन । गति हुन श्रम चाहिन्छ–श्रम । श्रममा नै जीवनको आधार छ र वर्तमान भोगाइको आधार पनि यही हो ।यो आधार समयको अमूल्य निधि हो । उसले यसमा भन्छ श्रम बाँचनुको गति हो ।जीवन पौरख हो । पौरख उत्सव हो । उत्सव खुसी हो । यही खुसी नै मानवको जीवनको परिभाषा हो । यो परिभाषा सुन्दर याममा नै लेखिनु पर्छ ।मनले यसमा थप्छ –बचाइको आशा,बाच्ने चाहना(जिजीविषा), विजीगिषा(जित्ने इच्छा अनि यात्रा ! समय र गति यात्रामा थपिएको उल्लेख्य आधार हो । यसमा ऊ फेरी बोल्छ आशामात्र नभएर बाध्यता, यथार्थ , यथार्थको खोजी हुँदा वर्तमान बोध हुन आवश्यक छ । मानिस समयसँग बुढिन्छ , जीवन बुढिने यात्रा हो । समय नै पढ समय नपढी कोही बूढो हुदैन । ........ बादल उड्छ!, हावा हुत्तिन्छ, भावको सागरमा भाव फुत्त छिर्छ । मन शून्य र ऊ मुखामुख गर्छन् र्।  पर्दा खस्छ)
भावको आवाजमा थुप्रै धारणा ऊ ,मन,शून्य बीचको सम्वाद चीजहरू समेटिएका छन् । हरेक शब्दशब्दको गहनतामा पस्किएका भावनाहरू जस्तै आवरणले भित्री मूल्यलाई देखाउन नसक्ने, यो पढ्न बस्तुको मूल्यमा जोडिन पर्ने, कल्पना र यथार्थता कति टाढा कति नजिक, नाटक सबै जीवन भित्र हेर्न सकिन,े जीव धरातलमा खोज्न पर्ने, धरातलको अर्थ आकाशमा मनका गहिराइमा र अनन्त अनन्तमा भएका कुरा आकाश धर्ती प्रकृति र पुरुष, संघर्ष प्राप्ति सभ्यता जस्ता धारणा शोधपरक लेखन र सिर्जनामा फरक आदिलाई ऊ, मन र शून्यलाई पात्र बनाएर प्रष्ट्याउने प्रयास भएको छ ।
सिर्जनशील हातहरू–
यस नाठकका नाटककार हुनुहुन्छ सुदर्शन श्रेष्ठ । यस नाटकमा सात दृश्यहरू छन् । यसमा पाँच जना पात्रहरू छन् । नाटक निकै मार्मिक र शिक्षा प्रद छ । प्रथम दृश्य सूत्रधार एउटा दोभाषे हो उसले मुख र हात दुबैले बोल्छ । माया (सासू) मन्दिरा (बुहारी), विष्णु ससुरो भूपति मन्दिराको लोग्ने) बीच मन्दिराले बहिरी छोरी पाएकोमा मन्दिरालाई बाहिर कतै फालेर आउने या अनाथ आश्रममा कसैले नदेख्ने गरि छाडेर आउने सुझाव दिन्छन् नत्र छोरी लिएर घरबाट निस्कने भनिन्छ । बहिरी छोरी बाटोमा लगेर फ्याक्नु भन्दा छोरी लिएर घर त्याग्न तयार हुँदै मन्दिरा छोरी च्यापेर घरबाट बाहिरिन्छिन् ।पहिलो दृश्य समाप्त हुन्छ । दोस्रो दृश्य– दोस्रो दृश्यमा मन्दिराले छोरीलाई पाल्नको लागि विविध काम गर्दछिन र छोरीको स्याहार गर्दछिन् र छोरीलाई तँलै मेरो कुरा सुन्न सक्दिनस तर धन्दानमान जिन्दगी लामो छ हिक्मत हार्न हुँदैन जीवन भनेको सधैं दुःखी हुन्न कुनै दिन खुसीले पनि चियाउने छ  भनेर यो दृश्य समाप्त हुन्छ । दृश्य तीन – यस दृश्यमा सूत्रधारले सुशीलामात्र कहाँ बहिरी हुन् र अरू पनि बहिरा छन् तर अरूहरूको जीवन सुशीलाको भन्दा फरक छ भन्दै रचना, वैभवी र इच्च्छा  तीन जना बहिरी बालिकाहरू सँग दोभाषेको रूपमा सँगै जान्छ । रचनाले जीवन बाच्नु भनेको बाँच्नु मात्र हैन पृथक परिचय आवश्यक छ । त्यसको लागि कालजयी कृतिको आवश्यक हुने र त्यसको लागि सिर्जनशील मस्तिष्क र त्यसलाई पुरा गर्न जोश जाँगर हातहरूको आवश्यक हुन्छ । वैभवीको धारण अर्कै छ उनको जीवनलाई सजिलोसँग विताउन एउटा राम्रो घरपरिवार, स्नेही आफन्त, सहयोगी समाज  केही सीपमा सिपालु हुन सकियो भने समाज सेवा त्येति भए पुग्ने धारणा राख्छिन् । सुशीलाले बाटोमा यिनीहरूले सांकेतिक भाषामा बोलेको अचम्म पाराले हेर्छिनर्् । इच्छाले बोल्ने मान्छेको बीचमा हराइ रहेको अवस्थामा जीवन नै आनन्द पूर्वक विताउन गाह्रो छ । सिर्जना त त्यसपछिको कुरा हो भन्नु तर रचनाले प्रयास रहे संसार जित्न सकिन्छ भन्ने धारणा पस्कन्छे । सुशीलाको यिनीहरूसँग भेट हुन्छ र तपाईँहरू पनि बोल्न सक्नु हुन्न । यिनी तीनै जनाले के तिमी पनि बोल्न सुन्न सक्दिनौ भनेर सोधनी गर्नु, घरमा को छन् भनेर सोध्नु र सुशीलाले आम र म रहेका र उनी सानो छँदा उनी बहिरी भएको कारणले घरबाट निकाली दिएका र आमाले दुःख गरेर हुर्काएको भन्दै रुदै गर्दा यो दृश्य समाप्त हसन्छ । दृश्य चार यस दृश्यमा सुशीलालाई रचना,वैभवी र इच्छाले बहिरा संघका अध्यक्ष सपना मेडमकोमा पु¥याउँछन् र सुशीला बहिरी रहेकी,सांकेतिक भाषा पनि नजानेकी भएकोले लिएर आएको जानकारी गराउँ छन् । सपना म्याडमले आमालाई लिएर आउने .भन्नु र सुशीला बहिरासँघमा गएर अध्यक्षलाई बहिरी छोरी पाएकोमा घरबाट निकालिएको भन्दै घटना सुनाउँदै रुन थाल्नु सपना(बहिरासंघकी अध्यक्ष) ले सुशीलालाई   पढ्न पठाउन भन्नु र मन्दिराले छोरीको लागि जे गर्न पनि तयार छु भन्ने कुराको साथमा यो दृश्य समाप्त हुन्छ ।
 दृश्य पाँच –यस दृश्यमा विद्यालय भर्ना भएर पढन थालेको केही वर्ष पछि भाषामा पोख्त भएको सीपमा अरु कामको साथ साथै चित्रकारितामा अब्बल देखिएकी र सांकेतिक भाषामा जीवनका गीतहरू गाउन सक्ने भएको धारणा सूत्रधारबाट आएको छ ।
दृश्उ छ –यस दृश्यमा भूपतिको घरमा सुशीला पुगछिन् । सबैलाई अभिवादन गर्दै म तपार्इँकै सन्तान हुम भन्दछिन् । माया र विष्णुले माफ माग्दछन् तर सुशीलाले मसँग नभै आमासँग माफ माग्नुहोस् भन्दै घरको अवस्थालाई जानकारी भएको र केही सहयोग गर्न भनि आएको भन्दै बज्यैलाई केही पैसा दिन्छिन्  । बाजे बज्यैले माफ माग्दै गर्दा म सँग माफ माग्ने हेन । कुनै बच्चा बहिरो जन्म्यो भने माया गर्न र त्यो बच्चाले उचित अवसर पायो भने साधारण बच्चाले झै केही गर्न सक्छ भनि सम्झाइदिनुस् भन्दै विदा हुनु, घरकाले सुशीलालाई एकोहोरो हेरी रहनु  आँखाभरि प्रायश्चित र कृतघ्न मन लिएर । यो दृश्य यत्तिमै समाप्त हुन्छ ।
दृश्य सात –यस दृश्यमा सबै जना बहिरा संघमा जम्मा भएर खुसी मनाइ रहेका छन् । सुशीलाले बनाएको एउटा आर्ट कुनै कलाप्रेमीले किनेर लगेता पनि सुशीलाको कलासँग प्रभावित भएर अन्तराष्ट्रिय आर्ट एक्जिवेसनमा  पठाई दिएको र त्यस प्रतियोगितामा सुशीलाको कलाले प्रथम स्थान प्राप्त गरेको हुँदा शुभकामना दिन जम्मा भएका र सपनाले शुभकामना दिनु र मन्दिराले खुसीको आँसुबगाउँदै भन्नु 'हामीले कल्पनासम्म नगरेको चीजलाई साकार बनाइदियौ' मन्दिराको यो भनाइमा वैभवीले हामी कोही भन्दा कम छैनौ, इच्छाले बाँच्न सक्छौं हामी हाम्रो भविष्य कोरेर, रचनाले जित्न सक्छौ हामी जस्तै युद्ध पनि, सपनाले त्यो हिम्मत र आँट छ हामीमा र सुशीलाले त्यसैले हामी छर्छौ समृद्धिको स्वर ,र अन्तिममा सबैले आफ्नै पौरखी सिर्जनशील हातहरूले भन्दै दर्शकलाई अभिवादन गर्दै यो नाटक समाप्त हुन्छ ।
डकुमेन्ट्री –
 यो नाटक हरिमाया भेटवालको सिर्जना हो । यस नाटकमा भुइँचालोले पारेको मानवीय र घर, आदिमा पु¥याएको क्षतीलाई प्रस्तुत गरिएको छ । पात्रहरू करिब एक दर्जनको हाराहारीमा छन् । विस्नेले डाम्नाले झण्डै चपाएर सकेको भन्दै  भैसीको नलीखुट्टाको हाड लएको हुन्छ यसैबाट यस नाटकको थालनी हुन्छ । भुइँचालाले गाउँका घरगोठ गाई भैंसी सबै नष्ट गरेको हुँदा पशुहरूको मृतशरीरलाई व्यवस्थित गर्न नसकिएको हुँदा  यस्ता हाडहरू कुकुर स्यालले यत्रतत्र ल्याएको हुन्छ यसैमा हाडको विषयमा धेरै कुराहरू छलफलमा ल्याइएको छ । यही छलफलमा शिवबाजे र फेरीवाला पनि आइपुग्छन् । फेरिवालाले  कमलीतिर फर्किएर  घरभेटी आमै भन्दा दान दिएर विदा गर्ने धारणा राख्छ । घर भुइँचालोले नष्ट गरेकाले पालमा बसेको हुँदा घरबेटी नभन्न भन्छिन् । जग्गा जमिनका कुराहरू उठ्छन् ।सबै चिराचिरा परेका र कमलीको त जोत खन गर्ने पनि गइसकेको साथै कमलीको त उठीबास भएको कुरा शिवबाजे भन्नु। राहतका कुरा उठ्नु राहतले केटाकेटीको बानी बिगारेका कुराहरू आउनु । फेरीबालालाई एकमुठी चामल दान कमलरीले दिनु । फेरीवाला बिदाहुनु र उसको एउटा बोरा छोडिनु, कमलीले फेरीवालालाई बोरा छुटेका जानकारी गराउनु , फेरिवालाले कमलीलाई नै प्रयोग गर्न भन्नु । विस्नेले ल्याएको हड्डी विस्नेले लगेर चिेिलमेले खाल्टो खनेर गाडिन्छ । राहत बाड्नेलाई मैयाले देखेर सोधनी गर्दा राहत पल्लो गाउँमा लगेर बाँडने हो यहाँ होइन भन्ने जवाफ पाउनु , किन भन्दा हाकिमको गाउँ पल्लो भएकोले पल्ला गाउँमा बाड्ने जवाफ दिनु । राहत पनि पहुचवालाले मात्र पाउने कुरा आउनु,। यसपछि यहाँ डकुमेन्ट्री बनाउने मानिसहरू आउँछन् । उनीलाई सोधनी गरिन्छ । उनीहरूले भुइँचालोले गरेको विनाशलाई डकुमेन्ट्री बनाउन सुट गर्न आएको भनि जानकारी दिन्छन् । बखतेले सर्वप्रथम हामीलाई सुट गरिदिनुहोस् भनि कराउँछ । निरजले यो राम्रो भयो क्यामेरा रोल गर भन्नु । निरजले किन सुट गर्न भन्नु । यस्तो पनि जिन्दगी हो त बर्बाद भन्दा केही छैन भन्नु । राहत कति पाउनु भयो त भन्दै प्रशन राख्नु जवाफमा रहात हैन सास्ती पाएको र भोक पाएको। भन्दा अलिकति रोयर भन्ने आग्रह गर्नु, शिवबाजे आइ पुग्नु,  रोएर भन्ने पर्दैन यहाँ जो बाँचेका छन् सबै पलपल रोएका छन् । निरजलाई साँच्चिकै आँसु चाहिएको भन्दा शिवबाजेले राहत दिन्छौ भन्दा त्योता दिन नसकिने भने पछि बखतेले सक्छौ भने एकमुठी राहत देऊ एक भारी आशिष दिन्छौ हाम्रो आशिष लाग्ला नलाग्ला तर यो विधवा बुहारीको आशिष अवश्य लाग्ने छ । निरजले शिवबाजेले  कमलीलाई पति कसरी मरेको भुइँचालोल हो भन्दै प्रश्न राख्नु । बखतेले कमलीको मात्र हैन घर बच्चा सबैलाइै मा¥यो। भन्दा दुखद कथा दुखद क्षण भन्दै गर्दा शिवबाजेले हाम्रो दुखलाई खोतलेर क्ध्यामरा नतेस्र्याऊभन्दा, नीरजले यो डकुमेन्ट्रीको न्यूयोर्कमा रेडकार्पेट प्रिमियर गर्ने कन्सेप्ट छ हामीसँग' भन्नु । शिवबाजेले  तपाइहरू जस्ता धेरै साधन प्रयोग गरेर आए यहाँकाले के पाए प्रश्न राख्दा नीरजले कस्ले के पाए भन्दा नीरजले गुड यो पनि क्याप्सनमै जान्छ यस्ता विद्रोही कुरा गर्नु होस भन्नु  हाम्रो क्यामेरामा हामी नाङ्गेझार पारिदिन्छौ भन्दा राहतमा वेलामा आँसु पुछिदिने त कुरै परजावस उृल्टै आँसु झारेर तपाइँहरूलाई मनो रञ्जन दिने काम गरौं यही माटोको पीडालाई भोग्दै अनि वेदनामा आँसु झार्दाझार्दै निचोरिइसकेका छौं हामी खोष्टाजस्तो भएको हाम्रो जीवन देखेर तपाइँ अनि तपाइँका दर्शकहरूको मन रमाउँदैन भने जानुहोस् र अनुहार लालीपोतो दल्ने त्यो तपाइँका नक्कली कलाकारलाई उभ्याएर आँसुको रोशी कोशी बगाउन लगाउनुहोस्।' रघुले माफ माग्छ र कमलीले दुखलाई देखेर, अझै कठपुतली जस्तो बनाउन खोजेका धारणा राख्दा नीरजले पनि क्षमा माग्छ र  कमलीले अघि बढ्दा धेरै कमली भेट्न सकिने र तिनको दुख समेट्नु र कल्पनाका पात्र नउभ्याउनु होस् भन्ने सुझावमा नीरजले हामी त्यसै गर्ने छौ भन्दै यो नाटक समाप्त भएको छ । बास्तवमा नाटकले भुइँचालोको यथार्थतालाई समेटेको छ । अव्यवस्थित र अपुग राहतले पीडितलाई सहयोग गर्न नसकेको यथार्थता यहाँ दर्शाइएको छ । जनताको पीर मर्कालाई ओझेल पारेर नक्कली सन्देस (डकुमेन्ट्री, खवर आदि) बनाएर डलर कमाउने प्रवृत्तिको पर्दाफास गरेको छ ।
नाटकले। कथाबस्तु र माथि मैले पस्केका सबै नाटकको सारभाव तथा कथासारबाट नाटकले दिन खोजेका सन्देशहरू प्रष्ट हुन्छन् । साधारण अर्थमा नाटक भन्दा रङ्गमञ्चमा अभिनय गरेर देखाउन मिल्नेगरी लेखिएको कथाबस्तु हो । यो एक संवादात्मक साहित्यिक विधा हो । यसलाई दृश्यकाव्य पनि भनिन्छ ।कथाबस्तुलाई श्रवण गराउने मात्र नभइ  यहाँ अभिनय पनि गरिन्छ । त्यसो हुँदा दर्शकले पात्रहरूको संवाद्लाई सुन्न सक्छन् र पात्रहरूले गरेको अभिनयलाई प्रत्यक्षरूपमा हेर्न सक्छन् । नाटक शब्दलाई अर्को रूपमा पनि प्रयोग गरेको पाइन्छ । नाटक भनेको देखावटी काम तथा बनावटी व्यवहार पनि भनिन्छ । यस नाटक विशेषाङ्कमा कथाबस्तु विविधताले सजिएका छन् । केही नाटक ऐतिहासिक घटनामा, केही वर्तमान परिस्थिति तथा सामाजिक यथार्थतालाई समेटिएका र कोही नाटक काल्पनिकतामा यथार्थता दर्शिने गरी लेखिएका छन् । त्यसोहुँदा यो नाटक विशेषाङ्क विविध कथाबस्तुको एउटा सुन्दर प्रस्तुति हो भन्न मन लाग्छ । यी कथाहरूमा कतै आशावादी सोच छ भने कतै नकरात्मक सोचमा डुबेको जिन्दगीमा त्यसबाट मािथ उठाउँदै प्रकाशिलो जीवनतिर उभिन लागेको आभास मिल्छ । यस विशोषङ्कमा प्रेम छ विछोड छ, ,आजको इनटनेटको दुरूपयोगले गर्दा मृत्युवरण छ । संस्कृतिका कुरा धामीका कुरा, विद्यार्थीमा देखिने अनुशासन उजण्डताले गर्दा असल विद्यार्थीको पढाइमा असर, शिक्षकको विवशता,आमाबाबुको छोराछोरी प्रति त्याग, छोराछोरीले अविभावकलाई दिन पर्ने दायित्वको कमी, वियोग र संयोजन, वेरोजगारी,,घोषित अघोषित सहिदहरू ,तिनीहरूका परिवारमा देखिएका विचल्ली र अधुरो सहिदको सपना,, गणतन्त्र आएको जनताले पाउन नसकेको आभाष, गणतन्त्र माफियाको चङ्गुलमा पुग्न थालेको, जीवन अधुरो वाचा अधुरो(जीवन जगत),आजको युवा युवतीको विदेश मोह र स्वेदेश मेहको लागि सन्तीलाई देशको माटो चिनाउनु पर्ने, भारतीय स्तन्त्रताको लागि नेपालीहरूको योगदान(सहिद दुर्गामल्ल आदि),बालबच्चाको मनोविज्ञानलाई बुझ्नु सक्नु पछ भन्ने संदेश,,हरिप्रसाद गोर्खा राइको गोर्खा मोडेल , सत्मार्ग पूजा गरेमा पिण्डदान दिनु नपर्ने  सत्त्व गुणमात्रै जीवनमा अवलम्वन् गर्नेवाला नै भगवान हुन्, मनमा शंका र दुविधा उत्पन्न भयो भने एक मुठी माटो समातेर छातीमा राख्यो भने वास्तविक निर्णय शक्ति उत्पन्न हुन्छ ,पश्चिमी देशहरूका मानिस फ्री एण्ड प्र्mयाङ्क हुने धारणा, भाइटिकाका दिन टीका ग्रहण गरेका केटीसँग विवाह गर्न नहुने, , जातीय र धनी गरिब बीचको विभेद्को अन्त्य, जातीय पहिचान र मानिसको पहिचानको आवश्यता, मानिसले अस्तित्वको खोजी गर्छ,सोधपरक लेख र सिर्जनामा फकर हुने, आफ्नै पौरख र सिर्जनशीलहात बाटै समृद्धि ल्याउन सकिने,बिदेशी डलर कमाउनको लागि कल्पनाका पात्र नभै यथार्थता उत्रिनु पर्ने आदि आदि थुप्रै संदेशहरू कथाले समेटेका छन् ।
पात्रहरूको चयन – नाटककारको नाटक भावमा उद्देश्यमा,कथामा राम्रो भए पनि पात्रहरूको अभिनयमा राम्रोसँग प्रस्तुति भएन भने दर्शकलाई पूर्ण मनोरञ्जन दिन सक्दैन । त्यसो हुँदा लेखनमा पनि नाटककारले सजीव र प्रभावशाली पात्रलाई चयन गर्नु पर्छ । अभिनयनकर्ताले पनि प्रस्तुतिमा खुबै ध्यान पु¥याउनु पर्छ  पूस्तुत गर्दा अभिनयनकर्तालाई प्रभावकारी रूपमा प्रस्तुत गराउन निर्देशकको गहन भूमिका हुन्छ यस नाटक विशेषाङ्कमा समावेश गरिएका नाटकहरूमा प्रात्र चयनमा ध्यान दिइएको देखिन्छ । हरेक नाटकमा मुख्य नायकलाई सक्षम बनाउने प्रयास भएको पाइन्छ । पात्र सबै क्रियाशील देखिन्छन् । नाटकमा पात्रहरूको भूमिका तथा उमेर आदिलाई पनि उल्लेख गरिएको छ ।
प्रदर्शन स्थलको व्यवस्थापन – यस विषयमा नाटकको भूमिका, पृष्ठभूमि, नेपथ्यबाट प्रसारित हुने विषय, समय, माइक्रोफोन, लाउड स्पिकर, सञ्चालकको कला, प्रकाशको सञ्चालनमा उज्यालो धमिलो, आवश्यक सामाग्री। वातावरण, आदि तथा छोटो रूपमा भन्नुपर्दा नाटकका तत्वहरूलाई मध्य नजर राखेर नाटकहरू प्रस्तुत गरिएका छन् ।  
नेपाली रङ्गमञ्चमा बहुसांस्कृतिकता
यस विशेषाङ्कमा दुई लेखहरू पनि समावेश गरिएका छन् । यी दुई लेखमा प्रथम लेख डा. टङ्क उप्रेतीको' नेपाली रङ्गमञ्चमा बहुसांस्कृतिकता' शीर्षकमा लेखिएको छ । यो लेख अध्ययन अनुसंधानमा आधारित छ । यस शीर्षक भित्र उपशीर्षकहरू दिएर अनुसन्धनलाई प्रभावकारी रूपमा प्रष्ट्याउने प्रयास भएको छ ।  अध्ययनको पृष्ठ भूमि–अध्ययनको पृष्ठ भूमिमा खस (ब्राह्मण। क्षेत्री र ठकुरी, ५९ ओटा विभिन्न आदिबासीजनजाति समुदाय, दलित समुदाय, अल्पसंख्यक धार्मिक समुदायको सहअस्तित्व रहे पनि राज्यको श्रोत साधनलाई खस समुदायले ओगटेको र सानु समुदायको संस्कृति जोखिममा पर्न थालेको साथै कोही लोप भएका छन् भन्ने विषयमा अध्यन अनुसंधान गर्ने उद्देश्य लिएको यस लेख यसरी प्रस्तुत गरेको छ ।  अध्ययनको विधि(प्रश्नावली बाट) संस्कृति र बहुसंस्कृति, नेपाली समाज, समाज र रङ्गमञ्च, रङ्गमञ्चमा प्रतिबिम्बित बहुसंस्कृतिक, समाजप्रति दर्शकहरूको अवधारणा, प्रतिनिधित्वको तह, रङ्गमञ्चमा जातियताको चित्रण, रङ्गमञ्चमा जातीय प्रतिनिधित्वको प्रवृत्ति, रङ्गमञ्चमा कार्यरत जनशक्तिको संरचना, रङमञ्चमा जनजातीय संस्कृतिक दृष्टिकोणको प्रयोग, विशिष्ट रङ्गमञ्च र एकल सांस्कृतिक प्रस्तुति, रङ्गमञ्चमा बहुसांस्कृतिकता झल्कने प्रस्तुतिहरूको बढ्नेक्रम, रङ्गमञ्चमा बहुसांस्कृतिको भविष्य, रङ्गमञ्चमा ÷नाटक सम्बन्धी नीतिको आवश्यक्ता, बहुलसाँस्कृतिक दृष्टिले नेपाली रङ्गमञ्च, धार्मिक दृष्टिकोणबाट विश्लेशषण वेशभूषाका दृष्टिले रङ्गमञ्चको विश्लेषण, भाषिक दृष्टिले रङ्गमञ्चको विश्लषण, बहुसंस्कृतिकता सम्बन्धी रङ्गमञ्चका निर्देषकहरूको धारणा अभ्यासको प्रवृत्ति, समाज र रङ्गमञ्चको सम्बन्ध ,बहुसांस्कृतिकता  उतार्ने प्रयास, सन्देश र अर्थको संयोजनका सन्दर्भमा नेपाली रङ्गमञ्च ,बहुसांस्कृतिकता प्रस्तुत गर्ने प्रवृत्ति र नाटक रङ्मञ्च नीतिको आवश्यक्ता उपशीर्षक दिएर यस अध्ययनले विवरणात्मक रूपमा विश्लेषण गरेको छ साथै निष्कर्ष र सुझावमा पुगेको छ । के केमा अध्ययन र विश्लेषण् गरिएको छ भनि माथिका उपशीर्षकले प्रष्ट पार्दछ । २७ पृष्ठ लामो अध्ययन लेखमा २०६२साल माघदेखि २०६३साल असारसम्म समयावधिभित्र भएका रङ्गमञ्चीय गतिविधिलाई मात्र अध्ययनमा समावेश गरेता पनि यसले रङ्मञ्चका थुप्रै धारणालाई केलाएको छ र एउटा मार्ग दर्शनको रूपमा उभिएको छ । डा. टङ्क उप्रेती जी भन्नुहुन्छ –  'यो अध्ययनले यो भन्दा बृहत अनुसन्धानको आवश्यक्ता महसुस गरेको छ ।' यस अध्ययनको समग्र निष्कर्षको सार– समग्रको निष्कर्षमा 'नेपाली रङ्गमञ्च बहुसांस्कृतिकता दृष्टिले परिपक्कतातर्फ बढिरहेको संकेतहरू फेला पारेको, यसलाई तीब्रता दिन राज्यको स्पष्ट नीति आउनु पर्ने , वृत्तिविकासको अवसर सिर्जना गरिनु पनर्,े वैचारिक र सिल्पगत तालिमहरूको अवसर देशव्यापी गरिनु पर्ने, संरचनामा बहुजातीय बनाउनु पर्ने 'रङ्गकर्म लगायत संस्कृतिक गतिविधिहरूबाट उत्पन्न हुने चेतना भनेको आत्मा हो। दुबैको सही सुसंयोजनबाट मात्रै समाज सही अर्थमा तीब्र गतिमा अघि बढन सक्छ ।'
यो अध्ययन एउटा मार्गदर्शनको रूपमा आएको छ । यसमा पस्किएका धारणाहरू सम्बन्धीत निकायबाट कार्यन्वयनमा लान सके नेपाली रङ्गमञ्चमा तीब्रता आउने छ ।
समकालिन नेपाली रङ्गकर्मको स्थिति–
यस लेख प्रा.डा. सावित्री कक्षपतिले सिर्जना गर्नु भएको हो ।यस लेखले समकालीन रङ्गकर्ममा विभिन्न उपशीर्षक मार्फत धारणा प्रस्तुत गरेको छ । विषय प्रवेशमा विविध तर्क दिंदै २०३० सालपछिको रङ्गकर्म गतिविधिलाई समकालीन भनिएको, छ  भन्ने धारणा आएको छ । उपशीर्षक २ मा समकालिन रङ्गकर्मको पृष्ठभूमि २०३३ सालमा ,२.१. प्रवासदेखि राजधानी सम्मकाृ यात्रामा अनि द्यौराली रुन्छ, २.२ मोफसलबाट राजधानी भित्रिएको तुवाँलोले ढाकेको बस्ती २.३. राजधानीको प्रस्तुति फर्केर हेर्दा र अब घाम लाग्छ मञ्चन भएका विवरण साथै २.४ राष्ट्रिय र क्षेत्रीय नाटक महोत्सवको आयो जना र २.५ गाईजात्रा महोत्सवको सुरुवातका धारणा यस लेखमा दर्शिएका छन् । उपशीर्षक ३ समकालिन रङ्गकर्मको विकास संघसंस्थाहरूको योगदानमा सरकारी जस्तै प्रज्ञाप्रतिष्ठान र यसको रङ्गकर्मसांस्कृतिक संस्थान र यसको रङ्गकर्म साथै ३.२ समकालिन रङ्गकर्ममा गैरसरकारी रङ्गसंस्थाहरूको योगदान(३.२.१उपत्याका भित्रकको गैरसरकारी रङ्गकर्मी संस्था र ३.२.२ मोफसलका गैरसरकारी रङ्गकर्मी संस्था )को बारेमा प्रष्ट पारिएको छ । यसै उपशीर्षक३.२मा प्रज्ञाप्रतिष्ठानको नाट्यमातहतमा नाट्य विभागको व्यवस्थापन किन र कसरी भयो भन्ने धारणा पनि आएको छ ।
उपशीर्षक ४मा नाट्य लेखनमा समकालिनता सम्बन्धममा २०३० सालको ध्रुवचन्द्र गौतमको 'त्यो यौटाकुरा 'नाटकले लेखनको तहमा प्रतीक र बिम्ब प्रयोग गरि समकालिन नाटकको सुरु गरेको, र यसपछि २०३० सालको उत्तराद्र्धमा अनेक प्रयोग सहितका अशेष मल्लको 'सडकदेखि सडकसम्म 'मोहनराज   शर्माको 'यमा' सरुभक्तको 'युद्ध उही ग्यास च्याम्बरभित्र ' अविनाश श्रेष्ठको 'अश्वस्थामा हतोहत' जस्ता नाटक आएका र विविध प्रयोगलाई मूल्या¥्कन गर्दा  यथार्थवादी नाटक भन्दा भिन्न समकालिन रङ्गकर्मको स्थापित हुनु र समग्र मूल्याङ्कन गर्दा प्रयोगधर्मिता एक प्रमुख प्रवृतिका रूपमा देखिएको धारणा आएको छ । ५. नाट्य प्रस्तुतिमा समकालिनता –यस उपशीर्षमा ५.१.सडक नाटकको प्रयोग र व्याप्ति भएको । सर्वनामले सडक नाटक वि.सं. २०३९ साल भदौ २० गते, कीर्तिपुरको कोरोनेशन गार्डेनको चउरमा अशेष मल्लको लेखन र निर्देशनमा 'हामी वसन्त खोजी रहेछौं' नाटक मञ्चन ग¥यो । पञ्चायती व्यवस्थामा यो नाटकको संवादमा स्वतन्त्रताको आह्वान गरिएको र अत्याधिक सफलता मिलेको थियो ।५.२. बाल रङ्गकर्म र यसको सक्रियतामा श्यामदास वैष्णव र रमेश विकलले २०३० सालमा केही बाल नाटक लेखे पनि मञ्चन भएनन् तर २०४०बाट चहलपहल बढेको र २०४३मा सर्वनामले पहिलो पटक नानीहरूको नाटक मेला आयोजना गरेको, र तीनवर्षसम्म सञ्चालित मेलाले निरन्तरता पाएन, २०५६ सालमा बाल चेतना समूहले राष्ट्रिय बालनाटक महोत्सवको आयोजना गरेको कुराहरू यहाँ प्रष्ट्याइएको छ ।
५.३रङ्गकर्म प्रशिक्षण –नाटकलाई अव कला मात्र नभै सवज्ञान पनिहो जस्ता विविध नयाँ नयाँ धारणा आएको हुँदा रङ्गकर्ममा युवाहरूको सक्रियता बढेको ले रङ्गकर्म प्रशिक्षण  हुनुनु पर्ने धारणाआएको छ । अन्तराष्ट्रिय नाटक महोत्सवको आयोजना गर्नु, आदि यस उपशीर्षकले समेटेको छ ।
६. समकालिन रङ्गकर्मको प्रवृत्ति–यस उपशीर्षकमा प्राचिन धारालाइ छाडेर नवीनतातर्फ उन्मुख भएको देखिने र प्रवृतिहरूमा पनि एकरूपता देखिने र 'यसरी हेर्दा यस कालखण्डको पहिचान हो जस्ता अभिव्यक्ति आएका छन् । ६.१.समकालिन नाट्य लेखनको प्रवृत्ति समकालिन नाट्य लेखनको प्रवृत्तिको ६.१.१नवीन शिल्प र रूपविन्यास– यसमा नायकत्वभन्दा अनायकत्व र तिनको विसङ्गत परिस्थितिका ेचित्रण यस कालखण्डको एउटा प्रवृत्ति हो भन्ने धारणा आएको छ । ६.१.२.सामुहिक लेखन ÷इम्प्रोभाइजेशन – यस प्रकारको प्रयास  २१ सौं शताब्दीको प्रारम्भबाटै सामुहिक नाटक लेखन तीब्र रहेको सन् १९९४मा सात राष्ट्रका सात नाटककार (नेपालबाट अशेष मल्ल) र निर्देशकहरूको सामुहिक लेखनबाट 'द विग विण्ड' नाटक निर्माण भएको, गुरुकुलले सुरु गरेको कचहरी नाटक  निर्माण भएका साथै 'नाटक एक व्यक्ति द्वारा ंलेखिनु पर्ने धाराणालाई गलत सावित गरेका कुरालाई समेटिएको छ । ६.१.३.मानवीय मूल्यप्रतिको सचेतना –यसमा २०३० भन्दा पहिला लेखिएका नाटकको मूल भावनै मनोविज्ञान हुने गरेकोमा पछि आएर चरित्रगत मनोविज्ञान भन्दा समग्रमा मानवीय मूल्यप्रति नै रङ्गकर्मको प्रस्तुतिलाई मूलमुद्दा बन्नाउन थालेको र सचेत भएको धारणा आएको छ । ६.१.४.राजनीतिक विकृतिको सचेत अभिव्यक्त–यस शीर्षकमा राजनीतिक विकृतिले उन्नती हुन नसकेकोमा विकृतिप्रति असन्तुष्टि र व्यङ्ग गर्दै राष्ट्रियताको संखघोष गर्दै जनतासम्म नाटक पुगेको धारणा आएको छ । ६.१.५.समाजिक रूपान्तरण –सामाजिक रूपान्तरणलाई एक प्रमूख मुद्दा बनानइनु समकालिन नाटकको एउटा प्रवृत्ति हो भन्ने धारणा आएको छ । ६.१.६.वर्गीय चरित्रको बाहुल्इता स्थानीय भाषिका र बोलचालको भाषाको प्रयोग,अन्य विद्याको नाट्य रूपान्तरण (कथा कविता, उपन्यास, विदेशी नाटकको रूपान्तरण, तथा वर्गीय चरित्रलाई नाटक लेखनमा समावेश गरिएका धारणा समेटिएको छ । ६.२. समकालिन नाटकको रङ्गशिल्प मा परम्परागत धाराभन्दा भिन्नहुनु, रङ्गकर्मले प्रारम्भदेखि नै विषय र प्रस्तुति दुबै पक्षमा प्रयोगधर्मितालाई विशेष ध्यान दिएको पाइनु, अभिनयमा शारीरिक गति र सङ्केतको बाहुल्यता प्रतिक र यथार्थ रङ्ग विधान, मल्टिमिडिया वा डिजिटल प्रविधिको प्रयोग ,कचहरी नाट्य प्रस्तुति, साङ्केतिक नाट्य प्रस्तुति अन्य विधाको नाट्य रूपान्तरण र त्यसको प्रस्तुति,नारी कलाकारको सहभागितामा बृद्धि , दर्शकको व्यापक सहभागिता, र अवैतनिक रङ्गकर्मीको अवस्था समकालीन रङ्गकर्मको चुनौतीलाई यस लेखले समेटेको छ ।
 २०३० सालको दशकबाट लेखिएका नाटकलाई समकालिन भनेर मान्न सकिने, प्रज्ञाभवन र नाचघर भन्दा गैरसरकारी स्तरमा धेरै नाटक मञ्चन भएको, त्यसवेला लेखिएका नाटकमा विसङ्गति धारालाई अपनाइएको, त्यो समयमा नेपाली रङ्गकर्मको तीब्रता रहेको नयाँ रङ्गकर्मीको प्रयाप्त प्रवेश, रङ्गकर्मलाई प्रतिष्ठा प्रदान, दर्शकको व्यापक सहभागिता, प्रस्तुत्यकलाको अनुसन्धान गर्ने प्रवृत्ति बढ्दो देखिएको निष्कर्ष निकालेको छ ।  वास्तवमा यस लेखले समकालिन नाटक लेखनको विषयमा राम्रो प्रस्तुति गरेको छ । अनुकरणीय र ग्राह्य छ भन्दा अत्युक्ति नहोला ।  
भाषाशैली – भाषाशैली सरल र सुवोध छ भन्न सहजै सकिन्छ । उखान टुक्का , कतै कतै गीत,  विविध रस आदिले सजिएको छ विशेषाङ्क ।
समग्रमा भन्नु पर्दा हिमाली गुराँसले सुन्दरशैलीमा विविध विषयमा, विविध घटनाक्रमलाई समाई  जल्दा बल्दा घटनालाई उजागर गर्दै  लेखिएका  नाटकहरू नेपाल राष्ट्रभित्रका र विदेशमा रहेर नेपाली साहित्यलाई अग्रगामीपथमा लान लागि परेका ख्यातिप्राप्त नाटककारका नाटकका लेखहरू समावेश गरी यो नाटक विशेषाङ्क निकाल्न सफल भएकोमा मुरी मुरी धन्यवाद दिंदै विदा चाहन्छु ।







. कृषि उत्पादन र वातावरण

परिचय ः नेपाल एउटा कृषि प्रधान देश हो । नेपालका कृषकको मुख्य आए स्रोत पनि कषि नै हो । यो समुद्री सतह ७० मिटरको उच्चाई देखि ८८४८ मिटर सम्म फैलिएको छ । संसारको सबै भन्दा अग्लो चुचुरो सगरमाथा (८८४८) मिटर. यसै देशमा पर्दछ । भौगोलिक रूपमा हेर्दा नेपालको पूर्व, पश्चिम र दक्षिणी भाग भारतले घेरेको छ  भने उत्तरी क्षेत्र चिनले घेरेको छ । विशाल दूई देशको बीचमा नेपाल अवस्थित छ । हावापानी र उत्पादनको हिसावले उच्चपहाड,पहाड र तराई क्षेत्र गरी तीन भागमा बाँडिएको छ । पुरानो नक्सा अनुसार नेपालको कुल क्षेत्रफल – १४७१८१ वर्ग किलोमिटर हो र यसमा हिमाली क्षेत्र (उच्च पहाडी ) ५१,८१७ वर्ग किलो मिटर(२५प््रतिशत), पहाडी क्षेत्र ६१३४५ वर्ग किलो मिटर(४२ प्र्रतिशत) र तराई क्षेत्र ३४०१९ वर्ग किलो मिटर (२३ प्रतिशत) पर्दछ ।
ःनेपालका प्रचलित बालिहरू –खाद्यान्न बाली(–धान, गहुँ मकै, कोदो, जौ फापर ), औद्योगिक बाली (सुर्ती, कपास, उखु, जुट, अदुवा), दलहन बाली (भटमास, मुसुर, चना, बोडी, रहर, मास आदि ) तेलहन बाली (बदाम, तोरी, रायो, तील), तरकारी बाली (आलु, काउली, मुला, सलगम, रायोसाग, प्याज, गोलभेडा, गाजर, बन्दा, तनेबोडी, घिउसिमी, केराउ, भेडे खुर्सानी, खुर्सानी, भण्टा, घिरौला, काक्रो, स्वास फर्सी स्वीस चार्ड तीतेकरेला आदि बालीहरू) बालीको रुपमा लगाएका हुन्छौं भने  रेशम खेती, मौरी पालन, माछा पालन, च्याउ उत्पादन, चिया खेती, कफी खेती, पशुपालन समेत गरिन्छ । हामीले धेरै बाली त लगाउँछौं । तर उत्पादनमा भने विकसित देशको तुलनामा निकै कम उत्पादन लिन्छौं । किनकी हामीले उत्पादन बढाउनको लागि बाली उत्पादनमा असर पार्ने तत्वहरूलाई ध्यान दिनु दिन सकेका छौनौं ।
उत्पादनमा असर पार्ने तत्वहरू –ः उत्पादन लिने भन्ने वित्तिकै विभिन्न उत्पादनमा असर गर्ने तत्वहरूको जानकारी हुन आवश्यक छ । बालीको उत्पादन तथा उत्पादकत्व बढाउनको लागि माटो, मल, विउ, सिँचाई, प्रविधि र बाली संरक्षणमा ध्यान दिनु, पर्दछ । यी उत्पादन तत्वको संतुललित प्रयोग नै उत्पादनको कडी हो । यी उत्पादन तत्वलाई हामीले सही मात्रामा प्रयोगमा ल्याउन सकेनौ  भने आशातित उत्पादन लिन सक्दैनौ । कृषकलाई कृषिमा ंंंंंंजागरुक बनाउनको लागि अर्काे महत्व पूर्ण पक्ष भनेको बजार हो । उत्पादनलाई बजारमा सहजै उचित मूल्यमा बिक्री गर्न सकिएन भने कृषक घाटामा जान्छ र अर्काे वर्ष कृषकले त्यो बाली लगाउँदैन । त्यसोहुँदा नेपाललाई खाद्यान्न तथा अरुवालीमा आत्मनिर्भर गराउने हो भने सरकारले उच्च मूल्यमा कृषकबाट उत्पादन किनेर उपभोक्तालाई सहज मूल्यमा बिक्री वितरण गर्नु पर्छ ।बिरुवाले माटोबाट आवश्यक खाद्यतत्वहरू लिएर आफ्नो जीवनचक्रपुरा गर्दछ ।बिरुवालाई आवश्यक पर्ने खाद्यतत्व १५ ओटा छन् । यी कार्वन, अक्सिजन र हाइडो«जन, नाइटो«जन, फस्फरस, पोटास, क्याल्सियम, म्याग्नेसियम, गन्धक, फलाम, तावा, जस्ता (जिङक) बोरन (सुहाग) म्याङ्गानिज, मोलिबडेनम र ल्कोरोनि हुन् खाद्यतत्वका स्रोत – अक्सिजन कार्वन र हाईडो«जन तत्वहरू प्राकृतिक स्रोतबाट रिुवाले लिन्छ ।यी बाहेकका १३ तत्वहरू विरुवाले माटोबाट लिन्छ । यी तत्वहरू माटोमा हुनुपर्छ र आवश्यकता अनुरूप भएनन् भने बाहिरी स्रोतबाट माटोमा थप्नु पर्दछ । यी तत्वहरूका स्रोत दुई प्रकारका छन् । प्राङ्गारिक स्रोत जस्तै गोवरमल, कम्पोष्टमल, हरियो मल, पिनाहरू, मानिसको दिसापिसाव, भेडाबाख्राको जुतो, कुखुराको सुली, एजोला, माछा, मासु, रगत आदिको मल र रसायनिक स्रोतहरूमा रसायनिक मलहरू जस्तै युरिया डि.ए.पि. पोटास र सूक्ष्मतत्वयुक्त मलहरू पर्दछन् । यी सबै मलका स्रोतको प्रयोग गर्नु पर्छ । बिरुवालाई चाहिने जति हुन सकेन भने उत्पादन कम हुन्छ र बढ्ता भए चुहिएर सतह मुनीको पानी प्रदुषण हुन्छ र उडेर वायुमण्डल नै प्रदुषण पार्दछ अनि बढी भएमा बिरुवा ढल्छ । कम भएमा उत्पादन घट्छ । प्राङ्गारिकमल मर्न लागेको माटोको (उत्पादन दिन नसक्ने अवस्थाको माटो) लागि सञ्जिबनी बुटी हो । यसले माटोलाई मलिलो बनाइ राख्छ । माटो स्वास्थ हुनु पर्छ । किनकी मानिस, पशुपंछी बिरुवा र माटो एक आर्कामा सम्बन्धित छन् । यिनीहरू एक अर्कामा आश्रित छन् । माटो एउटा प्राकृतिक पिण्ड हो । माटोबाट हामीले गास बास र कपास उत्पादन गर्छौ ।  यो चक्रमा मानिस एउटा सचेत प्राणी हो । वातावरणमा यसले यस्ले गहन भूमिका खेल्छ । मानिसले वातावरणलाई सपार्ने र विगार्ने दुबै काम गर्दछ । माटोलाई मलिलो बनाए वनस्पतिहरू (बिरुवाहरू) उत्पादनशिल बन्छन् ।माटोबाट उत्पादित बस्तु मानिस र पशुपंछीले खान्छन् । मानिस, पशुपंछी र वनस्पतिको अवशेष माटोमा गएर मिल्छ र माटो उत्पादनशील बन्दछ । मानिस, पशुपंछी, वनस्पति र माटो मध्ये कुनै एक प्रदुषित भयो भने सारा इकोसिष्टम नै प्रदुषण हुन्छ । माटोको प्रदुषण हुनमा धेरै कारणहरू छन् । आज नेपालको जनसंख्या बढ्दो क्रममा छ । साथै सहरीकरण पनि बढ्दो क्रममा छ । यसको प्रत्यक्ष प्रभाव माटो र वातावरणमा परेको छ । अर्थात वातावरणमा प्रदुषण बढ्दो क्रममा छ ।  यसको प्रभाव जलचर, थलचर र नभचरमा प्रत्यक्ष रूपमा देखापर्न थालेको छ । सहरीकरण र जनसंख्या बढ्दा सहरको फोहोर मैला पनि बढ्दो क्रममा छ । सहरीकरणले गर्दा खेतीयोग्य जमिनहरू आवाशमा परिणत भएकाछन् । सहरको फोहोरमैलामा विभिन्न किसिमका जैविक, अजैविक, धातु जन्य पदार्थ, मिसिएका हुन्छन् । यी फोहोर मैलालाई हामीले सकेसम्म घटाउनु पर्छ । विभिन्न अध्ययन प्रतिवेदनलाई हेर्दा घरबाट निस्कने फोहोर मैला ६०–७०% प्रतिशत जैविक फोहोर हुन्छन् । यी फोहोरलाई पुन प्रयोगमाल्याएर अर्थात कम्पोष्ट आदि बनाएर पुन प्रयोग गर्न सकिन्छ । केही ल्पाष्टिक र धातुजन्य वस्तुहरू संकलनमा ल्याउने बाँकी फोहोर डेम्पिङ साइडमा हाल्नु पर्छ । सहरीफोहोरलाई मोहोरमा परिणत गर्ने नारा पनि जन्मियो । सहरी कम्पोष्ट बनाउने काम पनि भयो तर फोहोर संकलनमा धातुजन्य र ल्पाष्टिकजन्य बस्तु पूर्णरूपले अलग्याउन नसके पछि मलको गुणस्तर घटेर प्रयोग योग्य बनाउन सहज भएन । घर घरमा जनचेतना आयो भने, ल्पाष्टिक र धातुहरू अलग गर्न सकियो भन, राम्रो कम्पोष्ट बनाउन सकिन्छ र सहरको फोहोर मैलालाई मोहोरमा परिणत गर्न सकिन्छ साथै घटाउन सकिन्छ । माटो रुखो हुनमा तलका तत्वहरूले असर पारेका छन् ।
माटोको भू–क्षय र माटो प्रदुषण –नेपालमा हावाबाट हुने भ–ूक्षय र पानीबाट हुने भू–क्षय दुबैले वातावरणमा असर गरेका छन् । समतल तराई क्षेत्र, मध्य पहाड, उच्च पहाड र हिमाली क्षेत्रसम्म भू–क्षय भएको पाइन्छ । हावा र पानीबाट यति नै माटो क्षेती हुन्छ भन्नु गाह्रो छ । बाढी पैरो हावाको वेग आदिको प्रभावबाट माटोको क्षय कम या वेसी हुने गर्दछ । राम्रो संग संरक्षित वन क्षेत्रमा कम्तिमा ५ टन प्रतिवर्ष माटो क्षय हुन्छ भने क्षतीग्रस्त भूमिमा २००–२४० टन भन्दा बढी माटो प्रतिवर्ष प्रतिहेक्टर क्षती भएका विवरणहरू विभिन्न वैज्ञानिका लेखरचना तथा प्रतिवेदनमा पढ्न पाइन्छन् । भूक्षयले माटो काटेर, उडाएर, बगाएर, उर्वरक माटोमा लगेर थुपार्छ । यस्तो अवस्थामा उर्वरक माटो उत्पादनहीन हुन पुग्दछ । साथै पानी पनि प्रदुषित हुन्छ । कार्सनले (१९९२) भनेका छन् कि प्रति वर्ष ५ टन प्रति हेक्टर माटो क्षती हँुदा करिब ७५ के.जी प्राङ्गारिक पदार्थ ३.८ के.जी नाइटा«ेजन १० के.जी पोटास र ५ के.जी फस्फरस क्षती भएर जान्छ । यसो हुँदा माटोलाई सधै बालीबाट ढाकिराख्नु पर्दछ । भूक्षयलाई कन्ट्रोल गर्नु पर्दछ । कृषिवनको उपयोग, जङ्गलको संरक्षण र वृक्षारोपण, बालीचक्र जोतखनमा ध्यान दिएर भूक्षय कम गर्न सकिज्छ । छापो राख्दा पनि भूक्षय कम गर्न सकिन्छ ।
प्राङ्गारिक पदार्थ रित्तिदै जानु –ः माटोमा भएको प्राङ्गारिक पदार्थ विघटित हुँदै जान्छ । बिरुवालाई चाहिने खाद्यतत्वहरू दिँदै जान्छ । यसरी प्राङ्गारिक पदार्थ विघटित हँदै जाँदा माटोमा भएको प्राङ्गारिक पदार्थ घट्दै जान्छ । प्राङ्गारिक पदार्थ माटोमा थप्दै जानु पर्छ । प्राङ्गारिक पदार्थ भनेको माटाको मुटु हो । सबै खाद्यतत्वको स्रोत हो । नेपालको उत्पादनशिल क्षेत्र तराईमा यसको मात्रा निकै कम छ । माटो उत्पादनशील बनाई राख्न माटोमा प्राङ्गारिक पदार्थको मात्रा २.५% भन्दा माथि कायम गर्नु पर्छ । माटोमा अम्लिय र क्षारिय पना बढ्नु –ः माटोमा अम्लिय पना बढ्नु अर्काे समस्या हो । नेपालको मध्य पहाड र पूर्वी नेपालको माटो अम्लिय प्रकारको छ । माटो अम्लिय बन्नुको कारणमा माटो बन्ने शिलामा निर्भर रहन्छ । अम्लिय प्रकारको शिला वा खनिजबाट निर्मित माटो अम्लिय हुन्छ भने क्षारिय प्रकारको शिला वा खनिजबाट बनेको माटो क्षारिय प्रकारको हुन्छ । धेरै वर्षा हुने ठाउँको माटोमा क्याल्सियम (ऋबंं) म्याग्नेसियम –९ःनंं) सोडियम ९ल्बंं) र पोटासियमजस्ता क्षारयुक्त खाद्यतत्वहरू सतहबाट पखालिदिन्छन् र माटो अम्लिय बन्छ । माटो अम्लिय बन्नुको अर्काे कारण नेपालमा प्रयोग गरिने रसायनिक मलहरूपर्छन् । माटो धेरै अम्लिय बन्दा फलाम तावाँ म्याग्नेज र जस्ता बढ्ता घुलनशिल बन्दछन् बढ्ता घुलनशील भएर बिरुवालाई आवश्यक भन्दा बढ्ता भएमा विषालु बन्दछन् यस्तो अवस्थामा फस्फरस बिरुवाले लिन सक्दैन । यसरी नै माटोको सतह क्याल्सियम र म्याग्ने सियमका कार्वाेनेट जस्ता क्याटआयन जम्मा हुँदा माटो क्षारिय बन्दछ । यस्तो अवस्थामा माटोमा क्याल्सियम, म्याग्नेसियम र सोडियम बिरुवाले बढ्ता लिन्छन् र विषाक्त पार्दछ भने फलाम, तावाँ, जस्ता(जिंक), जस्ता खाद्यतत्वलाई बिरुवाले लिन नसक्ने अवस्थामा पु¥याउँछ । त्यसो हुँदा अम्लिय माटोमा कृषि चुन र क्षारिय माटोमा जिप्सम प्रयोग गर्नु पर्दछ । माटोमा भएको अम्लिय र क्षारिय पना पि.एच  मिटरले जाँचिन्छ । यस्को इकाईलाई पि.एच. भन्दछन् । ७ पि.एच तटस्थ मानिन्छ । ७ भन्दा माथिको पि.एच मापलाई क्षारिय र ७ भन्दा तलको पि.एच मानलाई अम्लिय मानिन्छ । सबै खाद्यतत्वहरू उपलब्ध बनाउन बिरुवाले लिने अवस्थामा राख्न पि.एच मान ६ र ७ को बीचमा हुनुपर्दछ ।
अवैज्ञानिक खनजोत –ः नेपालको अधिकांश भूभाग पहाडी छ । जमिनको भिरालो पना हेर्दा १. डिग्री भन्दा तलदेखि लिएर ४०ं डिग्री भन्दा माथि छ । धेरै भिरालो जमिनमा जोत खन गर्न हुँदैन । यस्तो जग्गामा खनजोत गर्दा माटो बग्ने कर्म तीव्र हुन्छ । यस्ता जग्गामा घाँसे बाली, फलफूल खेती, वृक्षरोपण गर्दा माटो जोगिन्छ ।
खोरिया प्रणाली (क्जषातष्लन अगतिष्खबतष्यल) यो खोरिया फाँडेर खेतीगर्ने चलन नेपालको मध्य पहाडी क्षेत्रमा देखिन्छ । एक वर्ष एक ठाउँको जंगल फडानी गरिन्छ । अनि अर्काे वर्ष अर्को ठाउँमा फडानी गरिन्छ र खेत्ी लगाईन्छ यस्ले वन मासिन्छ । भूक्षय बढ्छ र प्रदुषण निम्त्याउँछ ।अर्थात वातावरणमा असर पार्दछ । यस्तो कृयाकलापलाई रोक्नु पर्छ । जङ्गल फडानी गरेर खेती नगरे खान नपाउनेहरूलाई सरकारले अर्काे विकल्पमा व्यवस्थित गर्नु पर्दछ ।
मरुभूमिकरण र वातावरण –ः नेपालका उच्च पहाडी क्षेत्र जस्तै डोल्पा, मुस्ताङ र मनाङ जिल्लाहरूमा मरुभूमिका लक्षण देखिएका छन् । मरुभूमिकरण भएको ठाउँमा माटो व्यवस्थापना र बाली व्यवस्थापनमा ध्यान दिनु पर्छ । सुख्खा जग्गामा लगाउने बालीका जात प्रयोग गर्ने, प्राङ्गारिक मलको मात्रा बढाउने, सकेसम्म जमिनलाई हराभरा बनाएर ढाक्ने, पानी र हावाबाट हुने भूक्षय घटाउने काम गर्नु पर्छ ।
रसायिनिक मल बिषादिको प्रयोग र वातावरण –ः माटो र वातावरणमा अस।र पर्ने काम आजको बढ्दो रसायनिक मल, किटनासक विषादि, रोगनाशक, ढुसिनासक, झारनाशक र माटोको जुकानाशक विषादिको प्रयोगले गरेको छ । प्रयोग गर्दा सावधानी अपनाइएन भने प्रयोग कर्तामा नै घातक बन्न जान्छ । यो प्रयोग गरेको ठाउँको घाँस तत्काल प्रयोग भयो भने पशुहरूमा घातक परिणाम निस्कन सक्छ । माटोको सतहमा गड्यौला कीराहरू चराले खाए भने चरा नै मर्न सक्छन् । प्रयोग गरेका यी रसायनहरू जमिन भित्र प्रवेश गरे भने जमिन भित्रको पानी विषाक्त हुन्छ र उडेर वायुमण्डलमा प्रवेश ग¥यो भने वायुमण्डल नै प्रदुषित हुन्छ । त्यसो हँदा प्रयोग गर्नु प¥यो भने सुरक्षित मात्रा रोग कीराको पहिचान गरेर मात्र गर्नु पर्दछ । आजकल बजारमा प्राङ्गारिक स्रोतका बिषादि किन्न पाइन्छन् । रसायिनिक मल र विषादि घटाउने प्राङ्गारिक मल र जैविक विषादिको प्रयोग ढाउने र अन्तत रसानयनलाई प्राङ्गारिक चीजको प्रयोगले प्रतिस्थापन गर्नु पर्छ ।
कृषिवन र वातावरण –ःकृषिवन र वातावरण एक अर्कामा सम्बन्धित छन् जति वन मासिदै जान्छ वातावरणमा त्यस्को असर पनि बढ्दै जान्छ । वनले वर्षालाई बढाउँछ । वर्षा भएपछि घाँस पात रुख बिरुवा खेतीपाती सबै उत्पादन हुन्छन् । वनले माटोको छादनको काम गर्छ । भूक्षय रोक्छ । रुखका जराले माटो बलियो सँग समाउँछ र माटो बग्नबाट जोगाउँछ । दाउँरा, घाँस, घर गोठ बनाउने काठ प्रदान गर्छ । माटोमा प्राङ्गारिक पदार्थ थप्ने काम गर्दछ । बालीमा कीरा प्रकोप र बाली जोखिम हुनमा कमी ल्याउँछ । कृषिवन पद्धति अपनाउदा कृषि उत्पादन उत्पादकत्वमा बृद्धि मात्र नभै उत्पादकत्वमा निरन्तरता भू–उपयोगमा स्थायित्वताको साथै आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउँछ । वनले वातावरणमा सुधार ल्याउँछ । माटो र पानीको संरक्षण गर्छ । रुखले कार्वनडाई अक्साइडलाई कार्वनको रूपमा प्रयोग गर्छ र हाम्रो लागि अक्सिजन (प्राणवायु) दिन्छ । अक्सिजन अरु रुख भन्दा बढ्ता फाल्ने भएकोले नै होला पिपल रोप्ने र विष्णु भगवानको अवतार भनेर पूजा गरिन्छ । हरेक बोट बिरुवा प्राणीजगतको लागि पूज्य छन् र सबैलाई संरक्षण गर्नु पर्दछ ।
आज आएर वन विनास गर्ने कामको नतिजाले उपरोक्त सबै चिजमा असर परेको छ । पानीका मुहान सुक्न थालेका छन् । भूक्षय बढी रहेको छ । वर्षामा कमी आएको छ । जलवायु परिवर्तन भएको छ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुदैछन् । वनमा आगो लगाउँदा वनका पातहरू, साना साना रुखहरू, वनमा भएका पशुपंछीका आवासहरू, फुलहरू, वच्चाहरू जलेर नोक्सान हुन्छन् । वनमा आगो लगाउनु र खेतीपातीमा विविध खाले विषादि प्रयोगको नतिजा कतिपय पशुपंक्षीहरू लोप हुन थालेका छन् । संरक्षणको आवश्यक्ता भएको छ । वनमा आगो लगाउने घृणित काम रोक्ने वित्तिकै जंगली जनावर र पंछीहरूमा वृद्धि आउँछ र वातावरण मैत्री वन्दछ । वनको डढेलोको रोकावट हुने वित्तिकै लोपोन्मुख पसुपंक्षीलाई संरक्षण गर्नको लागि खर्चिने बजेट अर्को क्षेत्रको विकासको लागि खर्च गर्न पाईन्छ । वन जोगाउन र कृषकलाई आफ्नै जग्गाबाट सबै सुविधा लिन कृषिवन प्रणालीलाई अपनाउन अतिआबश्यक छ ।
कृषिवन प्रणाली अपनाउँदा लिनु पर्ने सावधानी –ः
कृषिवन प्रणाली गहिरिएर हेर्दा नयाँ प्रविधि नभएर कृषकहरूले परम्पराबाट अपनाउँदै आएको प्रणाली हो । त्यसो हुँदा यहाँ के प्रष्ट पार्न थालिएको हो भने कृषकले अवैज्ञानिक तथा अव्यवस्थित रूप प्रयोगमा ल्याएका छन् । यसलाई व्यवस्थित रूपमा लगाउनु पर्छ भन्न मात्र खोजिएको हो । जुनसुकै बाली तथा वन्यवनस्पति डालेघाँस, भूइघाँस आदि सबै लगाउँदा तथा रोप्दा स्थानीय हावापानी तथा वाताव।णमा मेलखाने खालको हुनुपर्दछ । कृषिवन प्रणालीमा सकेसम्म सीमान्त जग्गा छान्नु पर्छ । सीमान्त जमिन छान्दा खेर गइरहेको जमिन प्रयोगमा आउँछ । भूक्षय हुनबाट जोगिन्छ । यस्तो जग्गामा माटोलाई मलिलो पार्ने खालका बाली लगाउनु पर्दछ । कुनै बाली माटोमा भएका खाद्यतत्व लिने र माटोमा भएको उर्वरा शक्तिलाई लिएर मात्रै उत्पादन दिन्छन् भने कुनै यस्ता बाली छन् जस्ले माटोबाट खाद्यतत्व लिने मात्र हैन माटोमा खाद्यतत्व पनि थप्दछन् जस्तै कोशेबाली समूह इपिलइपिल, टाँकी, कोइरालो सबै किसिमका दाल बाली घाँसे बालीहरू जस्तै ल्कोभर, ढैंचा, स्टाइलो, अल्फा आदी प्रयोग गरिन्छ । दोस्रो कुरा कृषिवन प्रणाली अपनाउँदा बनका बोट र लगाएको बालीले खाद्यतत्व लिन प्रतिस्पर्धा गर्दछन् । बाली र वनले खाद्यतत्व लिने गरी संतुलन मिलाउनु पर्छ । तेस्रो कुरा कृषिवन प्रणालीमा रुख भित्र लगाउने बालीले कुनै बालीले छाया मन पराउँछन् । कसैले छाया मन पराउँदैनन् । छाया चाहिने बालीमा चिया कफी जस्ता बोट पातलो छायामा लगाउन सकिन्छ । कृषिवनले सकरात्मक र नकरात्मक दुबै पक्षमा असर पार्ने भएकोले सकरात्मक पक्षलाई बढवा दिने गरेर योजना बनाएर बिरुवा लगाउनु पर्दछ ।
एकीकृत खाद्यतत्व व्यवस्थापन र वातावरण (क्ष्लतभनचबतभम उबिलत लगतचष्भलतक कथकतझ  बलम भ्लखष्चयmभलत  ) –ः रसायनिक मल, रसायनिक रोग किरा र माटोको जुका मार्ने बिषादिको प्रयोगले निम्त्याएको प्रदुषणलाई न्यूनिकरण गरेर उत्पादन लिनको लागि एकीकृत खाद्यतत्व व्यवस्थापन पद्धती ( क्ष्लतभनचबतभम उबिलत लगतचष्भलतक कथकतझ), एकीकृत शत्रुजीव व्यवस्थापन (क्ष्लतभनचबतभम उभकत mबmबmभलत) र एकीकृत बाली व्यवस्थापन (क्ष्लतभनचबतभम ऋचयउ mबmबmभलत) जस्ता कार्यक्रम सञ्चालनमा आएका छन् । तर जे जती सकृय हुने हो त्यति सकृय देखिदैनन् । यी कार्य पद्धतिको सबैको उद्देश्य भने दीगो कृषि उत्पादन र वातावरणीय संरक्षण नै हो । यस लेखमा म भने एकीकृत खाद्यतत्व व्यवस्थापन पद्धती ९ क्ष्एल्क्० सम्बन्धि केही कुरा प्रष्टयाउन चाहान्छु । एकीकृत खाद्यतत्व व्यवस्थापन पद्धती भनेको यस्तो पद्धती हो जस्मा बिरुवालाई आवश्यक पर्ने खाद्यतत्वहरू सकेसम्म प्राङ्गारिक स्रोतबाट बिरुवाको आवश्यक्ता अनुरूप प्रयोग गर्ने यदि प्राङ्गारिक स्रोतबाट आपूर्ति गर्न नसकिएको अवस्थामा मात्र अनुमानित उत्पादनलाई आवश्यक मात्रा रसायनिक मलबाट दिइन्छ । यस पद्धतिमा  हामीले माटोको अवस्थाको पहिचान गरी माटोको व्यवस्थापन, बाली व्यवस्थापन, खाद्यतत्व व्यवस्थापनलाई पनि ध्यान दिनु पर्ने हुन्छ । यी सबैको एकीकृत प्रयास गर्दा माटो दीगोरूपमा उत्पादनशील बन्छ र वातावरणमा पनि न्यून असर पर्दछ । यो पद्धति मुल्याङ्कनको आधारमा प्रयोग गरिने भएको हुँदा बालीबाट कति उत्पादन लिने हो, त्यो उत्पादन लिनको लागि कति खाद्यतत्व माटोमा चाहिने हो, हामिले दिने प्रङ्गारिक मलले कति खाद्यतत्व माटोमा थप्ने हो र कति नपुग हुने हो । यति हिसाब गरेरमात्र नपुगमात्रा रसायनिक स्रोतबाट दिनु पर्छ ।
  माटाको अवस्था जानकारी लिन माटो जाँच गर्नु पर्ने हुन्छ । मानौ माटो जाँच गर्दा बलौटे माटो भन्ने जानकारी भयो भने जरा फैलिने बालीलाई प्राथमिकता दिन सकिन्छ । दोमट माटो भयो भने सबै बाली लगाउन उपयुक्त हुन्छ भन्ने जाननकारी हुन्छ ।यसरी माटो अम्लिय भन्ने जानकारी भयो भने अम्लियपना मनपराउने खालका बाली लगाउन पर्ने भन्ने संन्देश पाइन्छ । त्यसो हुँदा खेती व्यवस्थापन गर्दा आशातित उत्पादन लिन सकिने, माटोको उर्वरा शम्तिलाई दीगो रूपमा कायम गर्न सकिन्छ । वातावरणमा सकरात्मक असर पर्दछ । माटो व्यवस्थापन, बाली व्यवस्थापन र खाद्यतत्व  व्यवस्थापनलाई कृषक स्वयम्ले कुन चीजको कहिले कुन माध्यमबाट गर्ने हो ध्यान दिन सक्यो भने सहजै गर्न सक्दछन् । यसमा निर्णायक अवस्थालाई  ध्यान दिनुपर्ने कुरामा कृषक अल्लि चनाखो हुनु पर्छ । किनकी मानिस समाजिक प्राणी हो ।त्यसोहुँदा गर्न थालिएको योजनामा समाजको स्वीकार्यता, बजारको सहजता, ज्यामीको उपलव्धता, प्राकृतिक स्रोत र साधनको स्थिति र परमपराबाट प्रयोगमा ल्याइएको ज्ञान र सीपमा कृषक याकार्ययोजनाकारले स्वविवेकको प्रयोग गर्नै पर्ने हुन्छ ।  
वातावरण संरक्षणको लागि प्राङ्गारिक खेती –ःविविध खाले रसायनको प्रयोगबाट माटो, पानी, वनस्पति जीव र वायुमण्डलमा निम्त्याइएको वातावरणीय प्रदुषणलाई न्यूनिकरण गर्नको लागि वर्तमान परिपेक्षमा विश्वव्यापी रूपमा प्राङ्गारिक खेतीको अवधारणा आएको छ । प्राङ्गारिक खेती भनेको रसायनिक मल रसायनिक विषादि प्रयोग नगरिने खेती हो । प्राङ्गारिक खेती गर्दा मल, बीउ पशुपंछी माटो सबै प्राङ्गारिक स्रोतबाटै प्रयोगमा ल्याउनु पर्छ । वनमा पनि रसायन प्रयोग गर्न मिल्दैन । प्राङ्गारिक खेती शुद्ध प्राकृतिक स्रोतबाट पाइने तथा बनाइने जैविक विषादिको प्रयोगबाट रोग कीराको प्रकोप घटाउने काम गर्नु पर्छ । प्राङ्गारिक खेती कसरी गर्ने भन्ने निर्देशिका र लेखरचनाहरू पनि पाइन्छन् । अत विश्वव्यापी देखिएको वातावरणीय प्रदुषणलाई प्राङ्गारिक खेतीले न्यूनिकरण गर्छ । हामी सबै प्रकृतिका वरदान हौं ।त्यसो हुँदा प्रकृतिक सम्पदालाई प्रयोगमा ल्याउने मात्र हैन यसको संरक्षण सम्बर्धन पनि गर्नु पर्छ । यसैमा हामी स्वास्थकर जीवन विताउन सक्छौ । अन्त्यमा प्रकृतिक सम्पदालाई बचाउँ र यसैमा रमाउँ, स्वस्थ वातावरणको सिर्जना गरौं र शुद्ध वातावरणमा बाँचौं, बचाउँ र नाचौं ।
धन्यवाद
सन्दर्भ सामाग्री
ड्ड द्यऋबचकयल द्य ज्ञढढद्द, त्जभ ीबलम, त्जभ ँबचmmभच बलम त्जभ ागतगचभ , क्ष्ऋःइम्, इअअबकष्यलब िउबउउभच ज्ञण्द्द। क्ष्ऋःइम्, प्बबतजmबलमग, ल्भउब
िड्ड कृषि डायरी २०७६, कृषि सूचना तथा संचार केन्द्र, हरिहर भवन, ललितपुर
ड्ड कृषिवन व्यवस्थापन, दिगो भूव्यवस्थापन कार्यक्रम हेल्भेटास नेपाल (२०६९)
ड्ड सदानन्द जैसी एकिकृत खद्यतत्व व्यवस्थापन  कार्यपुस्तिका , माटो परिक्षण सेवाशाखा हरिहरभवन काठमाडौ नेपाल(२०५८)
ड्ड सदानन्द जैसी– भिरालोाखेती प्रविधि, कृषि सूचना तथा संचार केन्द्र ह्रिहर भवन ल.पु

राममणि पोखरेलको भविष्यवाणी

परिचय–
२०७४ साल भाद्र २१ गते राममणि पोखरेलसँग पल्लव साहित्य प्रतिष्ठानको वृहत साहित्यिक कार्यक्रममा दोस्रो पटक साक्षत्कार हुने मौका मिल्यो । सप्रेम उपहार सहित 'भविष्यवाणी' कथासङ्ग्रह मेरो हातमा पर्यो । राममणिको यस कृतिको पछिल्लो आवरण पृष्ठमा सम्झनाको पोखरीमा (स्मरण २०५८), जेल स्मरण खण्ड १ (स्मरण २०५९) साहिँली मैया र रसुवा घाट (२०६१,उपन्यास), हरिमानको आत्महत्या (२०६३, कथासङ्ग्रह) सोममाया र शान्ति अभियान (२०६५,कथासङ्ग्रह), दण्डहीनता (२०६५,कथासङ्ग्रह), सूचना टाँस (२०६६ कथासङ्ग्रह), समयका पाइला (२०६७, कथासङ्ग्रह), अमरमानको बहिर्गमन (२०७० कथासङ्ग्रह), यात्राका अनुभूति (२०७२, यात्रा), स्वदेशप्रेम (२०७३, कथासङ्ग्रह) समयले दिएका पीडा (कथासङ्ग्रह २०७३) छेदीलाल (२०७४, कथासङ्ग्रह), भूमिकामा राममणि पोखरेल (२०७४) र भविष्यवाणी (कथासङ्ग्रह २०७५) गरी १५ ओटा कृतिको विवरण पाइन्छ । यी पन्ध्रथान कृतिहरूमा १० थान कृतिहरू कथासङ्ग्रहका छन् । यी कथा कृतिहरूले उहाँलाई बरिष्ठ कथाकारको रूपमा स्थापित गरिसकेका छन् । उहाँ कथाकारमात्र नभई एउटा वरिष्ठ समाजसेवी पनि हुन्छ । समाज सेवामा समर्पित हुँदा जेलको यातना समेत भोग गरेको व्यक्तिको रूपमा उहाँको परिचय अगाडि आउँछ ।
कृतिको संरचना –आवरण पृष्ठ सहित १६४ पृष्ठमा संरचित यस कृतिको प्रकाशन शब्दार्थ प्रकाशनले गरेको छ । यस कृतिको मूल्य ३५६ रुपियाँ राखिएको छ र यसमा १६ कथाहरू समावेश गरिएका छन् ।
कृतिप्रति साहित्यकारको धारणा – यस कथाको भूमिका वरिष्ठ साहित्यकार प्रमोद प्रधानले लेख्नुभएको छ । भूमिकामा प्रमोदजीले शूक्ष्मरूपमा कथाले समाएका सम्पूर्ण घटना क्रमलाई समेटदै यस कृतिको चिरफार गर्दै लैख्नुहुन्छ –''वास्तवमा कथासङ्ग्रहका कथाहरूले कथाकार पोखरेल पीडाका कथाकार हुन् भन्ने देखाउँछ '' । 'भोगाइ र अनुभूतिले खारिएका कथाहरूको सङ्ग्र' शीर्षकमा नारीस्रष्टा ज्ञानु अधिकारीले लेख्नुहुन्छ–''यसरी समग्रमा हेर्दा प्रस्तुत सङ्ग्रहका कथाले नेपाली कथा साहित्यको सामाजिक यथार्थवादी धारालाई नै निरन्तरता दिएको देखिन्छ । कथाकार राममणि पोखरेलले आफ्ना कथाले समेटेको क्षेत्रलाई यसरी प्रष्ट्याएका छन् –'मेराकथामा शहरीय सम्भ्रान्तहरूको जीवनको गन्ध छैन । देशको कुनाकाप्चामा बस्ने गरिब र उपेक्षित व्यक्तिहरूका जीवनका भोगाइहरू छन् ।
कथाभित्र प्रवेश गर्दा –यस कथासङ्ग्रहमा १६ कथाहरू मावेश गरिएका छन् । यी कथालाई समग्रमा दूई किसिमले अध्ययन गर्न सकिन्छ । प्रथम कुरा नामबाट शीर्षक दिएर लेखिएका कथाहरू जस्तै भँगेरी दिदी, बोडे कान्छा, गोमा दिदी, हमालसर, जानुका भाउजू, झुलीको पुनरागमन, कस्तुरी मैयाँ, माननीयज्यू र पेरुङ्गे जेठो । दोस्रोमा विविध घटनाक्रम (,विकृति र विसङ्गति, संस्कार)लाई शीर्षक दिएर लेखिएका कविताहरूमा आफ्नै बाटो, असहज बाटो, विश्वासमा सङ्कट, चिहानको किलो, धैर्य, जीवन र दाइजो र सम्बन्धलाई लिन सकिन्छ ।
आफ्नै बाटो– यस कथामा चुमन सदा फेकन सदा, किसुन सदा र यिनका श्रीमती, भट्टीवाली र पुलिस पात्रहरू बीचका घटना क्रमलाई लिएर सुन्दर प्रस्तुति गरिएको कथा हो । चुमन सदा फेकन सदा, किसुन सदा श्रमिक हुन् । चुमनले माटो काट्ने काममा गाडधन प्राप्त गर्छ, फेकनले काठ जङ्गलका दाउरा काठ गाडीमा लादेर र उतारेर राम्रो ज्याला प्राप्त गर्छ र किसुनले काठ चिरेर राम्रो ज्याला प्राप्त गर्दछ । यिनीहरू भट्टीमा पुग्छन् र रक्सी खाएर मात्न थाल्छन् । भट्टीवाल्नीले भट्टीबाट निकाली दिन्छे । बाटोमा असहज अवस्थामा भेटेपछि पुलिसले समातेर लान्छ । यस कथाले मुसहर जातिको खर्चिलो बानीले गर्दा कमाएर पनि गरिबी अवस्थामा रहनु पर्ने यथार्थता, मुसहर महिलाको पतिमुखी भएर रहने काम, पुलिसको दायित्व र भट्टटीवालीको भट्टी सञ्चालन कौशलतालाई मीठो रूपमा प्रस्तुत गरिएको छ ।

असहज बाटो –यस कथामा चन्द्रलाल एक परिश्रमी कृषक, खिने साहिली, चन्द्र लालका तीनभाइ छोराहरू (जेठो मानवीर बाबुसँग अलग बसेको, माहिलो जङ्गमान विदेश, कान्छो टङ्कराज) र दुई छोरी –दीपा र ..), मेघनाथ, पुष्पराज गङ्गामाया, पिउन डाक्टर, प्रभाकर, यस कथाका सकृय र पेटबोलीमा आएका पात्र हुन् । टङ्कराजको विवाह गङ्गामायासँग हुन्छ । चन्द्रलाल तरकारी बारीमा पानी राख्न ल्याउँदा लोट्छन् र रात ११ बजे मृत्यु हुन्छ । मुश्लिम देशमा पत्नी सुत्केरी हुँदा बिदा दिने तर आमा बाबा मर्दा बिदा नपाउने हुँदा माहिलो छोरा दाहसंस्कारमा सहभागी हुन सकेन । गङ्गामाया काजु भए पनि मुखकी छुरा भएकोले ससुरो बितेको तीन महिनापछि सासूसँग तीब्र मतभेद भयो । गङ्गामायाले सासूलाई साह्रै मानसिक पीडा दिन थालिन् तर टङ्कराजले केही बोल्न सकेन बरू विदेश जान तयार भयो । बुहारीको बुहार्तन सहन नसकेर एक विहान खिनमायाले आफ्नो घर त्यागेर हिडिन्, उनी हिडेको गाउँमा चर्चा भयो तर छोराले उनलाई खोजेनन् । कथा मार्मिक छ । कथा नितान्त गाउँले परिवेशमा लेखिएको छ । कथाले नेपाली समाजमा देखिने सासू र बुहारी बीचको विवाद, ग्रामिण भेगलाई सरकारले गरेको उपेक्षा, बिमारी हुँदा दवाई नपाएर मृत्यु हुनुपर्ने अकाल मृत्यु आदि यथार्थ घटनाक्रमलाई समाएको छ कथाले । बाबु आमाप्रति आजका छोराबुहारीले गर्ने गरेको उपेक्षित व्यवहारको प्रतिनिधि कथा हो यो ।                                         विश्वासमा सङ्कट–विश्वासमा सङ्कट आजको विश्वमा देखिएको विश्वासघातलाई यसस कथाले प्रतिनिधित्व गरेको छ । यस कथामा जोडिएका पात्रहरूमा योगेन्द्र (सानो पदको कर्मचारी), बिसमलाल (योगेन्द्रकी श्रीमतकिो मामा, क्याम्पसको शिक्षकको साथै वकिलको काम गर्ने मानिस), मसली (योगेन्द्रकी श्रीमती) यस कथाका सक्रिय पात्र हुन् । योगेन्द्रले बिसमलाललाई निकै विश्वास गर्दथ्यो र सुरक्षित र संरक्षित हुनको लागि बिसमलालकोमा डेरा सर्यो । एक दिन बलात्कारको केशमा सर्जिमन गर्न गएको वेला बिसमलालले राती मसलीलाई बलात्कार गर्दछ । यो घटनालाई मसलीले योगेन्द्रलाई भन्दछिन् दुवै डेरासर्ने चिन्ताले पिरोलिएर रातभरि निदाउन सक्दैनन् । यस कथाले आजको संसारमा देखिएको मानवीय कुप्रवृत्तिलाई उठाएको छ । कथाले मोटो शरीर, गोरो अनुहार, पढेलेखेको भएर मात्र मानिस भलाद्मी हुँदैन भलाद्मी हुनलाई मानिसको नियत व्यवहार सज्जनतामा उच्च हुनुपर्दछ भन्दे सन्देश पनि बोकेको छ ।
चिहानको किलो–यस कथामा नरनाथ, टीकादत्त, पुण्यकला, अन्तरे बुढा, हरिप्रसाद, नरबहादुर, भागवतप्रसाद, रणबहादुर, आदि यस कथामा आएका सकृय एवम् पेटबोलीका पात्र हुन् । टीकादत्तका छोरा नरनाथ १८ वर्षको उमेरमा वृन्द्रावनमा गएर ५ वर्ष पढेर नेपाल फर्केका थिए । गाउँमा अन्तरे बुढाको मृत्यु भयो । उनको दाहसंस्कार कोशी नदीमा गरेर मलामी फर्कदा, बाटोमा रातको समय भएकोले चिहानमा कसैले किलो ठोक्छ भने ५०० रुपियाँ दिने सर्त राखियो । नरनाथ पढेलेखेको मानिस भएकोले आँट गरेर चिहानमा गयो । चिहानमा पुगेपछि उसको मन डरायो र चिहानमा नभएर केही दूरीमा किलो गाडो, किलो गाडदा किलो उसको दौरामा किलो गाडीएको हुँदा ऊ उठ्न सकेन र झनै डरायो र चिहानको चारहात दूरीमा ऊ डरले पछारियो । ऊ फर्कन अबेर गरेकोले मलामी गएर उसलाई उठाएर घरमा ल्याइयो तर भोलिपल्ट ऊ वेहोसी अवस्थामा नै उसले यस संसारबाट बिदा लियो । यस कथाले धेरै सन्देश दिएको छ । तत्कालीन अवस्थाको शिक्षाको अभाव, भूतप्रेतप्रतिको अन्धविश्वास, लामाधामी, ज्योतिषीबाट गरिने औषधीउपचार, आदि आदि । यस कथाको महत्वपूर्ण सन्देश भनेका यस प्रकार छन् । कुनै पनि काम गर्दा के काम गर्न हिँडेको हो, त्यसकाम गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ र काम सुसम्पन्न गर्न सकिन्छ । अन्यथा त्यो काम गर्न सकिदैन । यसै कामबाट मृत्युवरण हुनसक्छ । यहाँ नरनाथलाई चिहानको मसानले नभै मनको मसानले चितामा पुर्यायो । धैर्य– म भन्ने पात्र, हिममाया, सन्तमान परियार, जुठे,गोरे, हिममायाको अङ्कल, झुमकी, नरध्वज आदि छलफलमा सहभागी गाउँलेहरू,यस कथाका सक्रिय र पेटबोलीका पात्रहरू हुन् । कथासार हिममायाका दुईभाइ छोरा जुठे र गोरे थिए । जुठे विदेश गएको थियो र गोरे घरमै थियो जुठेले पठाएका पैसा लिन झुमकी र गोरे जानेक्रममा दुवैको यौन सम्पर्क हुन्छ । सम्पर्कमा गर्भ रहन्छ । समाज जुट्छ समाजमा छलफल हुँदा गोरेले भन्छ – जन्मेको सन्तान घरकै परिवारको हुने छ, भाउजू भाउजूको ठाउँमा बस्ने, गोरेले आमा पालेर बस्ने प्रथम कुरा, दोस्रोमा जुठेले आमालाई पाल्ने र झुम्कीलाई गोरेले लिएर बस्ने र तेस्रो कुरा डाक्टरसँग गएर पेट सफा गर्ने समस्या समाधानका कुरा सभामा आउँछन् । गोरेले माफी माग्छ । झुमीले धैर्य गर्न नसकेर घटना घटेको धारणा बताउँदै कथा समाप्त हुन्छ । यो कथाले आज वैदेशिक रोजगारमा जानेहरूको घरमा घट्ने गरेका घटनालाई प्रतिनिधित्व गरेको छ । गरिबी र पहाडमा हुने प्राकृतिक प्रकोपको कारणले पहाडबाट मधेस झर्नु पर्नेको साथै कसैलाई पनि इन्द्रीय भोगबाट अलग गर्न सकिदो रहेनछ भन्ने सन्देश बोकेको छ ।
जीवन र दाइजो – गोरी, रमण, परिचारिका, डाक्टर,बिमारी र बिरामी कुर्ने मानिस, उमा, पाञ्चाली, श्यामा, रमणकी भाञ्जी, प्रमेश, प्रमेशकी दिदी र आमा (हेमा) आदि यस कथाका सकृय र पेटबोलीका पात्रहरू हुन् । कथासार – रमणकी श्रमिति गोरी बिमारी पर्छे र अस्पताल लगिन्छ । यस अवसरमा श्यामा भन्ने मधेसी महिला बिमारी भएर अस्पतालमा ल्याइएको हुन्छ । श्यामाकी सासू र नन्द कुरुवामा बसेका हुन्छन् । उनीहरूले श्यामालाई दवाइ पानी खानपीन नदिइ अस्पतालमा नै मार्ने राखेको नियत देखेर रमणले श्यामाकी सासूलाई राम्रो रेखदेख गर्ने सुझाव दिन्छ तर श्यामाकी सासू र नन्द अस्पतालबाट भाग्दछन् । रमणले श्यामालाई औषधी ल्याउनेर खाना खुवाउने काम गर्छ । यसै क्रममा प्रमेशले आफ्नी आमालाई (हेमाललाई) झाडापखलाको कारणले गर्दा अस्पताल लिएर आयो । प्रमेशलाई रमणले श्यामाको यथार्थलाई बताउँछ र सहयोग गर्ने धारणा राख्छ । श्यामाले आफ्नो साथमा भएको पैसा प्रमेशलाई दिन्दै औषधी उपचार गर्ने आग्रह गर्छे । उपचार हुन्छ । उपचारपछि प्रमेशले श्यामालाई हस्पिटलबाट गाडीमा लानको लागि कपडा बटुल्छ । श्यामाले गाडीमा कुरी राखेकी थिई भन्दै कथा समाप्त हुन्छ । कथाले दाइजोको समस्यालाई राम्रोसँग प्रष्ट्याएको छ । यो नेपालको तराई भेगको जल्दोबल्दो समस्या हो । दाइजोले सन्तुष्ट नभएमा बधुलाई विविध प्रकारले मारिदिने घटनाहरू सुन्न पाइन्छ । यहाँ पनि श्यामालाई विष सेवन गराएर मार्ने प्रयास गरिएको छ । यो दाइजो पीडित महिलाको एक ज्वलन्त उदाहरणको प्रतिनिधि कथा हो ।
सम्बन्ध– विद्यापति, उमेश उमेशकी पत्नी सरिता, आमा (सुमित्रा), दाजु होमनाथ होमनाथकी पत्नी मेनका, छविलाल माष्टर, मुरारी (उमेशलाई पैसा दिने मानिस), फणिन्द्र ( उमेशको फुफाजू) आदि यस कथाका पात्र हुन् । कथासार– विद्यापतिका दुईभाइ छोरा र पाँच बहिनी छोरीहरू थिए । विद्यापति र उनकी पत्नी (सुमित्रा) कान्छो छोरा उमेशसँग बसेका थिए । विद्यापतिको मृत्यु हुन्छ । उमेशले बाबुको वार्षिक कार्यक्रम सुसम्पन्न गर्छ । दाजु होमनाथको आर्थिक स्थिति राम्रो थियो । होमनाथकी पत्नी मेनका कटुवचन बोल्ने स्वभावकी नारी थिइन् । उनले जहिले पनि अंशबण्डामा ठगेको आरोप लगाउँथिन् । उमेशकी आमा सुमित्राले आफू बसेको छोराको दयनीय अवस्थालाई नहेरी छोरीहरूलाई माइत आएको बेलामा सकेसम्म राम्रो कोशेली लत्ताकपडा आदिे सन्तुष्ट बनाएर पठाउन चाहन्थिन् । दिदीहरू पनि भाइको दयनीय अवस्थालाई कहिल्यै हेर्न चाहेनन् । सरिता विमारी पर्दा उमेशले दाजुबाट ऋण पाउन सकेन र मुरारीबाट ऋण लिएर उपचार गरायो । एक दिन फणिन्द्र दुवै भाइलाई सुमधुर समन्ध बनाउन उमेशको घरमा गएर, उमेशले पनि सुमधुर सम्बन्ध होस् भन्ने चाहन्थ्यो । तर होम नाथ र उसको परिवारमा उमेशसँग सुमधुर सम्बन्ध होस् भन्ने कतै दिमागको कुनामा पनि थिएन भन्दै कथा समाप्त हुन्छ । यस कथाले अंशबण्डामा देखिने दाजुभाइ बीचको कटुताको एउटा प्रतिनिधि कथा हो । छोरीहरूको माइतीबाट धुत्ने प्रवृत्तिको नमुना हो यो । सुमधुर सम्बन्ध एक तर्फी नभै दोहोरो हुनुपर्छ भन्ने सन्देश दिएको छ कथाले ।

भँगेरी दिदी– आठकठ्ठेमा ९४ वर्षकी भँगेरी दिदीको बसोबास भएको, उनका छोरा छोरी अपाङ्ग जन्मेपछि पतिले दोस्रो विवाह गर्नु, यहाँ यही समयमा मधेस आन्दोलन हुनु, मधेस आन्दोलनको पीडाले गर्दा छोराले जग्गा बेचेर जान खोज्नु आमाले नदिएकाले भँगेरी दिदीलाई कान्छ छोराले घरबाट निकाली दिनु, कान्छो छोराकै घरमा कोठा निकालेर बस्नु,छोरो मधेस आन्दोलनको कारणले बौलाउनु, पति वेपत्ता हुनु, एउटी छोरी भए पनि छोरीको माया नपाउनु, सौताका छोराछोरीले राम्रो प्रगति गर्नु आदि दिदीभाइ बीच भएको वार्तालापमा प्रष्टिएको एउटा दर्दनाक कथा हो । मानव समाजमा दर्शिने घरयासी घटनाक्रमलाई यस कथाले समाएको छ । मधेसी र पहाडी बीचको विभेदलाई उठाएको छ । गरिबी, दोस्रो विवाह गर्ने चलन, लामो आयुहुनेहरूको कष्टदाइ पीडालाई राम्रोसँग उजागर गरेको छ । यस कथामा पेटबोलीमा थुप्रै पात्रहरू समावेश गरिए पनि सक्रिय पात्रमा भँगेरी दिदी र भाइ देखिन्छन् ।
बोडे कान्छा– गहते गाउँमा लालबहादुर नामको व्यक्तिका दुई छोरी र एक छोरा थिए । जेठी छोरीको विवाह गर्नको लागि लाला बहादुरले नयनध्वजसँग ३० रुपियाँ कर्जा लिएको थियो । तीर्थको लागि लालबहादुर हलेसी गएको र फर्कदा सुनकोशीमा डुँगा पल्टिदाँ उसको मृत्च्यु भयो । उसको मृत्यु भएपछि बाबुले लिएको ऋृण मार्फत बोडे कान्छा नयनध्वजको घरमा काम गर्न जानु पर्यो र ऊ गएर काम गर्न थाल्यो । नयनध्वजका छोरा विष्णुलाल र प्रेमसिंहलाई तेलमालिस समेत बोडेले गर्न पर्थ्यो । विष्णुलाल र प्रेमसिंहले त्यसै घरमा काम गर्ने गुथी नामकी नोकर्नीलाई ओछ्यान बनाएका थिए र गुथीले गर्भ धारणा गरिसकेकी थिई । गुथीले बोडे कान्छालाई लिएर भाग्ने योजना बनाई र एक रात विहानी पख दुवै जना यस घरबाट बाहिरिए भन्दै कथा समाप्त हुन्छ । यस कथाले राणाकालीन समयका धनी सामन्तले गरिबहरू माथि गरिएको शोषणलाई समाएको छ । वर्तमान परिपेक्षमा यो कथा ऐतिहासिक दस्तावेज बन्न पुगेको छ ।
गोमा दिदी–यस कथामा पनि गोमा दिदीको कारुणिक व्यथा छ । उनको विवाह टङ्कनाथसँग भएको थियो । विवाहको महिना दिनपछि उनका पति विदेश गएका थिए । उनी ६० वर्षसम्म फर्केनन् । उनले कुनै सन्तान जन्माउने अवसर नै पाइनन् । उमेर छन्देर ठूली आमा भएर सेवा पुर्याइन् तर बृद्धपाले ढाकेपछि निकै लान्छना लगाएर उनलाई उनका दाजुहरूले उमेरमा काम लिए तर बृद्धा अवस्थामा घरबबाट निकालिएर अपहेलित भएकी हुन्छिन् । उनी असाहाय अवस्थामा पुग्दछिन् । यस कथाले समाजमा छोराछोरी र पति नभएका बृद्धा महिलाको कारुणिक व्यथालाई समाएको छ । यस कथाले समसामयिक अवस्थामा पनि यस किसिमका घटनाहरू समाजमा भएकालाई प्रतिनिधित्व गरेको छ ।
हिमाल सर–कुवेर नाथले गाजली मैयाको रूपमा आकर्षित भएर जेठी श्रीमती छोरा छोरी हुँदा हुँदै पनि भित्र्याउँछन् । गाजली मैया घरमा भित्रिएको तीन महिनामा गर्भवती हुन्छिन् । सौता गर्भवती भए पछि सावित्री (कुवेर नाथकी जेठी श्रीमती)ले विभिन्न बहाना बनाएर उनलाई मार्ने षडयन्त्र गर्दछिन् । कुवेर नाथले घर समाल्न नसकी विदेशिन्छन् । सावित्रीले गाजली मैयाँलाई धेरै यातना दिदै, ३० रुपियाँ दिएर गोरे र गणेशलाई मार्न पठाउँछिन् । तर गाजली मैयाको अनुरोधमा यिनीहरूले नमारी कुमाल टारमा लगेर छाडिदिन्छन् । गाजली मैयाँले माइतीमा गएर हमाल सरलाई जन्माउँछिन् । गाजली मैया २००१ सालमा गाउँले तीर्थालुसँग जनकपुर जान्छिन् । त्यहाँ एकजना सिरीलाला नामक गुरुङ केटासँग भेट हुन्छ । उसले बच्चालाई समेत संरक्षण गर्ने, पढाउने भनेर गाजली मैयालाई बरेलीतिर लिएर जान्छ । हमाल सरले बरेलीमै अध्ययन गर्दछन् । २० वर्षको उमेरमा मामा गएर हमाल सरलाई गाउँमा लिएर आउँछन् । मामा र नन्दलालले हमाल सरलाई कुवेर नाथबाट अंश दिलाउँछन् र हमाल सरले गाउँमै शिक्षकको जागिर खान्छन् तर शैक्षिक प्रमाण पत्रमा बाबुको नाम सिरिलाल भएको र नागरिकतामा बाबुको नाम कुवेरनाथ भएकोले जागिर स्थायी हुन नसकी ६० वर्षसम्म विभिन्न विद्यालयमा अस्थायीमै रहनु परेको विवरण कथामा आएको छ । हमाल सरका तीन छोरा एक छोरीमा जेठो बाबुसँग अलग भै काठमाडौ गएर बसेको, माहिलो विवाह गरेर, एक छोरा र श्रीमती छाडी गाउँले केटीलाई लिएर बसेको तर त्यस केटीले पनि छाडिदिएर हाल कता छ थाहा नभएको र कान्छो छोरा विदेश गएको ३ वर्ष भएको, बुहारी माइत बसेकी,र हाल हमाल सर उनकी श्रीमती झमक मायाले घरयासी काममा जीवन बिताएको धारणा आएको छ कथामा । यस कथाले धेरै कुराहरू उठाएको छ । दोस्रो विवाह गरेपछि परिवारलाई व्यवस्थित गरेर मिलाएर राख्नुपर्छ भन्ने सन्देश, सौताले सौतालाई मार्नेसम्म षडयन्त्र गर्छन् भन्ने सन्देश, बच्चासँगकी असाहाय महिलालाई कसैले ग्रहण गर्छ भने, बच्चाको संरक्षकत्व पनि ग्रहण गर्नु पर्छ भन्ने सन्देश, एक सामन्तलाई अर्को सामन्तले ठिक पार्छ भन्ने सन्देश, आजका छोरा बुहारीले बाबु आमाप्रतिको दायित्वलाई भुल्दै गएको सन्देश छ ।
जानुका भाउजू–यस कथाको कथासारमा तीन छोराकी आमा जानूका भाउजू सहरको एउटा कुनामा बसेकी, अमाजू पालेकीसँग म भन्ने पात्रको भेट हुन्छ । जानुका भाउजूको पति ५० वर्षको उमेरमा बितेका हुन्छन् । माहिलो छोरा पनि बाबु बितेको दोस्रो वर्ष बितेको, जेठो घर छाडेको पाँच वर्ष भएको र कान्छोले पनि घर छाडेको तीन वर्ष भएको, अमाजुको पनि घरमा असहज परिस्थिति भएकोले दुईटीसँगै बसेका । देवर भाउजूको भेट बजारमा भए पछि भाउजूको अनुरोधमा देवर भाउजूको घरमा जान्छन्, दुख सुखका धारणा आउँछन् रात निकै बितेपछि जानुका भाउजू भन्छि– अन्न पानीको भोक, ज्ञानको भोक,र यौनको भोक गरी तीन थरीका भोक हुन्छन् । यौनको भोक एउटा निश्चित उमेरबाट प्रारम्भ हुन्छ रउक निश्चित उमेरको हदसम्म रहन्छ भन्दै उफ्रेर विस्तरामा पुग्छिन् । जानुका... जानुका... जानुका... भन्दै कथा कथा समाप्त हुन्छ । यस कथामा पनि विधवाले भोग्न परेका समस्यालाई समाको छ र यौन भाँेँगको महत्वलाई दर्शाएको छ ।
झुलीको पुनरागमन–झुलीको श्रीमान चन्द्रदेव विदेश गएको थियो । विदेशको भूमि टेकेको ४२ दिनमा विदेशमै मृत्युवरण गर्यो । उसको लास नेपाल आयो र बाग्मतीमा दाहसंस्कार गरियो । पति बितेको वर्ष दिनमा झुली लीलामाया, प्रेम कुमारी, दुई छोरी र एक छोरा वसन्तलाई छाडेर रविन्द्रसँग पोइल जान्छिन् । रविन्द्रले आफ्नी स्वर्गीय पत्नीको प्रशंसा गर्दै भुलीलाई यातना दिने गर्दा झुली त्यो घरमा बस्न नसकी पुन पुरानै घरमा फर्किन्छिन् । देवर सागर र देउरानी पद्माले पनि राम्रो व्यवहार गरेछन् । झुलीले घरकालाई आफ्नो व्यथा प्रष्ट्याउँछिन् र शरणको याचना गर्दछिन् । कथामा झुलीकी फुपूले आफ्नो भतिजोसँग पोइल लगाएर झुलीको घर र छोराछोरीसँग अलग्याएको धारणा आएको छ कथामा । यस कथाले सन्तानप्रतिको मायाभन्दा यौवन सुखलाई महत्व दिएको देखिन्छ तर त्यो यौवनसुख उपभोग गर्न नपाई दुख पाएर पुरानै घरमा फर्केको घटनालाई समाएको छ ।
, कस्तुरी मैयाँ– कस्तुरी मैयाँ प्रवेशिका पास गर्नेमा गाउँमै तेस्री महिला, निकै परिश्रमी, घरको काममा बाबु आमालाई सघाउने, मानव अधिकारवादी संस्थामा काम गर्नेले गाउँको उद्योगमा विज्ञापन खोलेकोले, जागिरको लागि दरखास्त दिन जाँदा त्यहाँका कर्मचारीले एक रात बसेर हाकिमसँग परिचय गरेमा जागिर खान सजिलो हुने भनी त्यो रात उद्योगमै राखेर दुई जनाले बलत्कार गर्दछन् । जागिर दिने प्रलोभनमा पारी यौनशोषण गरिएको छ ।
माननीयज्यू – यस कथामा लेखनदासको कार्यकक्षमा आफ्ना दुई श्रीमती सहित लोचन पुग्दछन् । ३ विघा जग्गा तीन जनाको नाममा अंशवण्डाको लागि कागज लेख्न लेखनदासलाई भनिन्छ । कागज लेख्न अवेर भएकोले पास हुन सक्दैन र भोलि पल्ट बोलाइन्छ । जेठी श्रीमतीलाई विभेद गरेको देखेर लेखनदासले श्रीमान र सौता आउनुभन्दा जेठी श्रीमतीलाई भोलि पल्ट चाँडै आउने सङ्केत गर्द छन् र भोलि पल्ट जेठी श्रीमती लौकीमाया, उनकी बुहारी नातिनी र जुवाइँ चाँडैनै लेखनदासको अफिसमा जम्मा हुन्छन् लोचन र कान्छी श्रीमती मङ्गला अवेर गरेर पुगेर पास गर्नेभन्दा लौकीमायाले काठमाडौको घर नपाए अंशवण्डा नहुने भनेर कागज चेतिदिन्छिन् । लोचन र मङ्गलाले तिम्रो चित्त बुझाउँला भन्न सक्दैनन् । यस कथाले पहिला विवाह गर्ने र पछि उपल्लो पद या ओहोदामा पुगेपछि दोस्रो विवाह गर्नेहरूको प्रतिनिधित्व गरेको छ । दोस्रो विवाह गरेपछि पहिली पत्नी र उसका छोराछोरीप्रति आफ्नो दायित्व भुलेर रेखदेख र अंशवण्डामा विभेद गर्ने यथार्थतालाई प्रष्ट्याएको छ कथाले ।
पेरुङ्गे जेठो – श्रीनेत ठकुरी र पेरुङ्गे जेठोको लाहानमा भेट हुन्छ । दुवै बसमा एउटै सिटमा बस्न पुग्छन् र एक अर्काको परिचय माग्दछन् । श्रीतेन ठकुरीले आफ्नो थर सहजै भने पनि पेरुङ्गे जेठाले भने आफ्नो थर भन्न निकै कठिन मान्छ र आखिर पहिलेको दाहाल र हाल वि.क दाहाल भन्छ । उसले वि.क. दाहाल हुनुको कारणमा भेडाबाख्रा चराउँदा सनसे कामीकी छोरी नेपीसँग उसको प्रेम हुन्छ र नेपीले गर्भ धारणा गर्छे । उसलाई गाउँबाट निकालिएको हुँदा इटहरीदेखि उत्तरको गाउँमा आएर बसेको हुन्छ । हाल नेपीको मृत्युवरण भैसकेको हुन्छ र बुहारीले राम्रोसँग देखभाल गरेको बताउँछ । बहुदल आएपछि भाइका छोरा आउने जाने गरेको धारणा राख्दै बसबाट ओर्लिन्छ । यस कथाले जातीय विभेदको बारेमा धारणा राखेको छ । बहुदल आएपछि जातीय विभेदमा केही होलो भए पनि जातीय विभेदको अन्त्य भएको भने पाइँदैन ।
परिवेश– रमामणि पोखरेलले आफ्नै धारणामा लेखेका छन् –'मेराकथामा शहरीय सम्भ्रान्तहरूको जीवनको गन्ध छैन । देशको कुनाकाप्चामा बस्ने गरिब र उपेक्षित व्यक्तिहरूका जीवनका भोगाइहरू छन् । ' उनको भनाई अनुसार उनका कथाहरू ग्रामिण परिवेशमा लेखिएका छन् । स्थानको हिसावले हेर्दा पनि उनका कथा कोशीक्षेत्र वरिपरिका भित्रीमधेश, तराई पहाडलाई परिवेश बनाएर लेखेको पाइन्छ । यी कथाले राणकालीनदेखि वर्तमान अवस्थासम्मका ग्रामिण समाजका आर्थिक सामाजिक, राजनैतिक परिवेशमा घटेका घटनाक्रमलाई समाएका छन् ।
पात्र चयन– कथामा सहभागी पात्रहरूको चयनले कथालाई रसिलो, भरिलो र दरविलो बनाउँछ । उनका कथाहरू चरित्र केन्द्रित देखिन्छन् । ग्रामिण परिवेशलाई महत्व दिएकोले पनि उनका कथाका पात्रहरू सबै ग्रामिण परिवेशमा उभिएका छन् । सामन्तदेखि गरिब कथाका पात्रहरू यस कथासङ्ग्रहका पात्रहरू हुन् । केही कथामा प्रथम पुरुष कथाको पात्रको रूपमा देखिन्छन् । सकृय पात्र र पेटबोलीका पात्रहरू गरी दुई किसिमका पात्रहरू यस कथामा समावेश गरिएका छन् ।
भाषाशैली –राममणि पोखरेलले सरल भाषामा, मिठास पूर्ण शैलीमा, ग्रामिण बोलीचालीमा, झर्रा शब्दलाई रोजेर, यथार्थ घटनाक्रमलाई खोजेर, कथाका पात्रहरूको दैलोमा टेकेर, उनका घरगोठ खेतीपातीलाई नियालेर कथालाई पस्केको भान हुन्छ । उमेरमा स्याल पनि घोर्ले हुन्छ (पृष्ठ३७), कुनैपनि गाउँ समाज मतभेद र झगडाको केन्द्र पनि हो, साथै सामाजिक न्याय र विकासको मञ्च पनि हो (पृष्ठ ३९), कालको कार्यालय त कहिल्यै बिदा लिइँदैन, छुट्टी मनाउँदैन र भोको पनि बस्दैन (पृष्ठ ७०),इन्द्रीय भोकबाट बञ्चित गर्न सकिदो रहेनछ (पृष्ठ ७६),रिठ्ठो नबिराई भन्छु (पृष्ठ ८६), होचाकी जोई सबैकी भाउजू (पृष्ठ ८९) यस्ता विविध खाले शब्द चयन, विविध दार्शनिक अभिव्यक्ति, जीवन दर्शनका विविध घटनाक्रमका शब्दावलीको प्रयोगले उनका भाषाशैलीको झलक दिन्छ । भूमिकामा ज्ञानु अधिकारीले लेख्नुहुन्छ–'सरल र प्रवाहमय भाषका साथै कौतुहल जगाउने कथानकको प्रस्तुतिले कथा रोचक बनेका छन् । शैली शिल्पको दृष्टिलेभन्दा पनि विषयबस्तुको चयनका दृष्टिले कथा प्रभावी बनेको देखिन्छ । 'ज्ञानुजीका यी कथनलाई मैले पनि आत्मसात् गरेको छु ।

कथाकार राममणि पोखरेका कथाको कथासार, कथाले दिन खोजेको सन्देशलाई मैले हरेक कथामा छोटो सङ्केत दिन्दै आएको छु । कथाकारले कथाको थालनी तथा पृष्ठभूमिमा प्राकृति चित्रणलाई महत्वपूर्ण स्थान दिएका छन् । गा्रमिण समाजको यथार्थतालाई समाएका छन् । कथामा काल्पनिकताभन्दा सत्यताको कडीमा उभिएका छन् । समग्रमा भन्नुपर्दा उनका कथामा सामन्ती परम्परा माथिको प्रहार,विपन्न माथि भएको थिचोमिचो, अन्याय अत्याचार, वेभिचार,यौनको शोषण र यौनको आवश्यक्ता, नारीवादी चिन्तन, विकृति विसङ्गतिको साथै जीवन दर्शन, आदि विविधताका विवरणहरू आएका छन् । त्यसैले राममणिका कथा सवल र अवल छन् । पठन योग्य र ग्रहण योग्य छन् । समय परिवर्तनशील छ । विकासक्रमले तीब्रता लिदै जान्छ । समाजमा पनि परिवर्तन आउँदै जान्छ । त्यसो हुँदा उनका कतिपय कथा आजको सन्दर्भमा इतिहासका दस्तावेज बन्न गएका छन् भने कतिपय कथाले समसामयिक युगको प्रतिनिधित्व पनि गरेका छन् ।
अन्त्यमा सफल एव म अवल कथाकार राममणि पोखरेलको सुस्वास्थ, दीर्घायुको साथसाथै नजिकदै गएको २०७६को विजया दशमीको आज षष्ठी तिथिको सुभ अवसरमा हार्दिक मङ्गलमय शुभ कामना सहित बिदा चाहन्छु ।
धन्यवाद
सदानन्द अभागी
मिति २०७६ साल असौज १७ गते,
कावासोती न.पा. वाडा नं. ७,
गण्डकी प्रदेश, नवलपुर,






गजल

नबनौ विश्वासघाती
बनाऊ लौ विशाल छाती
उच्च भाव बनाऊँ जाति
क्षमताको पहिचानमा
ईश्वर साक्षी छ है ज्ञाति
भक्ति भावमा समर्पित छु
विदाइ छ नआऊ राती
संसारमा रमौँ रमाऊँ
नबनौ भो विश्वास घाती
आत्मामा छन् परमात्मा
यिनैलाई छ पूmलपाती
२०६५÷९÷११
हाम्रा नेता
हाम्रा नेता छन् क्रान्तिकारी
कुर्सी पाए किन्छन् सारी
तिनको भाषण सुन्दा खेरि
देशको विकास हुन्छ भारी
देशलाई लाने लक्ष छ कता
खेल्ने तिनले राम्रो जुहारी
देश विदेश तिनकै लागि
नभ थल तिनकै सवारी
विशाल हलचल ल्यायौ
धन्य धन्य रैछौ औतारी
२०६५÷९÷१३
झुटको खेती
यो देशमा बनाउँछन् रे जनवादी संविधान
माग्नुपर्छ दुनियाँँले आफ्नो आफ्नो थान
भाषणमा यिनले हेर सबै थोक गरिसके
बोक्रे भाषण कसले गर्छ गरौँ पहिचान
सम्झौताको कार्यान्वयन् छैन आज देशमा
झुटको खेती मौलाउनलाई कुर्सी तानातान
आतङ्कका मुद्दा सबै साँच्चै यो देशमा जारी छन्
जनतालाई थाती राख्छन् सबै बेइमान
मेलमिलाप भावनाको जब हुन्छ विकास
शान्तिसँग नेपालीले पिउँछन् चियापान
२०६५÷९÷१६
गरिबको झोपडी
नजर यता नफाल मुटु मेरो कल्पँदैन
संसारको रीतिरिवाज अल्झाएर अल्झँदैन
आकाश रुन्छ बर्षा हुन्छ पृथ्वी नै सिञ्चित हुन्छ
प्रेमी आँसु बर्सिदैमा प्रेम रोग सल्कँदैन
तिम्रो त्यो फूलवारीमा गुलाब फूल फुलिसक्यो
नपुंसकको पछि पर्दामा पुरुषत्व मल्कँदैन
तिम्रो मेरो मिलनको राम्रो साइत जुर्दाजुर्दै
दुई आत्माको दिव्यज्योति किन होला झल्कँदैन
सम्झना र बिर्सनाको सग्लो महल खडा गर्दा
गरिबको झोपडीमा हीरामोती टल्कँदैन