परिचय ः नेपाल एउटा कृषि प्रधान देश हो । नेपालका कृषकको मुख्य आए स्रोत पनि कषि नै हो । यो समुद्री सतह ७० मिटरको उच्चाई देखि ८८४८ मिटर सम्म फैलिएको छ । संसारको सबै भन्दा अग्लो चुचुरो सगरमाथा (८८४८) मिटर. यसै देशमा पर्दछ । भौगोलिक रूपमा हेर्दा नेपालको पूर्व, पश्चिम र दक्षिणी भाग भारतले घेरेको छ भने उत्तरी क्षेत्र चिनले घेरेको छ । विशाल दूई देशको बीचमा नेपाल अवस्थित छ । हावापानी र उत्पादनको हिसावले उच्चपहाड,पहाड र तराई क्षेत्र गरी तीन भागमा बाँडिएको छ । पुरानो नक्सा अनुसार नेपालको कुल क्षेत्रफल – १४७१८१ वर्ग किलोमिटर हो र यसमा हिमाली क्षेत्र (उच्च पहाडी ) ५१,८१७ वर्ग किलो मिटर(२५प््रतिशत), पहाडी क्षेत्र ६१३४५ वर्ग किलो मिटर(४२ प्र्रतिशत) र तराई क्षेत्र ३४०१९ वर्ग किलो मिटर (२३ प्रतिशत) पर्दछ ।
ःनेपालका प्रचलित बालिहरू –खाद्यान्न बाली(–धान, गहुँ मकै, कोदो, जौ फापर ), औद्योगिक बाली (सुर्ती, कपास, उखु, जुट, अदुवा), दलहन बाली (भटमास, मुसुर, चना, बोडी, रहर, मास आदि ) तेलहन बाली (बदाम, तोरी, रायो, तील), तरकारी बाली (आलु, काउली, मुला, सलगम, रायोसाग, प्याज, गोलभेडा, गाजर, बन्दा, तनेबोडी, घिउसिमी, केराउ, भेडे खुर्सानी, खुर्सानी, भण्टा, घिरौला, काक्रो, स्वास फर्सी स्वीस चार्ड तीतेकरेला आदि बालीहरू) बालीको रुपमा लगाएका हुन्छौं भने रेशम खेती, मौरी पालन, माछा पालन, च्याउ उत्पादन, चिया खेती, कफी खेती, पशुपालन समेत गरिन्छ । हामीले धेरै बाली त लगाउँछौं । तर उत्पादनमा भने विकसित देशको तुलनामा निकै कम उत्पादन लिन्छौं । किनकी हामीले उत्पादन बढाउनको लागि बाली उत्पादनमा असर पार्ने तत्वहरूलाई ध्यान दिनु दिन सकेका छौनौं ।
उत्पादनमा असर पार्ने तत्वहरू –ः उत्पादन लिने भन्ने वित्तिकै विभिन्न उत्पादनमा असर गर्ने तत्वहरूको जानकारी हुन आवश्यक छ । बालीको उत्पादन तथा उत्पादकत्व बढाउनको लागि माटो, मल, विउ, सिँचाई, प्रविधि र बाली संरक्षणमा ध्यान दिनु, पर्दछ । यी उत्पादन तत्वको संतुललित प्रयोग नै उत्पादनको कडी हो । यी उत्पादन तत्वलाई हामीले सही मात्रामा प्रयोगमा ल्याउन सकेनौ भने आशातित उत्पादन लिन सक्दैनौ । कृषकलाई कृषिमा ंंंंंंजागरुक बनाउनको लागि अर्काे महत्व पूर्ण पक्ष भनेको बजार हो । उत्पादनलाई बजारमा सहजै उचित मूल्यमा बिक्री गर्न सकिएन भने कृषक घाटामा जान्छ र अर्काे वर्ष कृषकले त्यो बाली लगाउँदैन । त्यसोहुँदा नेपाललाई खाद्यान्न तथा अरुवालीमा आत्मनिर्भर गराउने हो भने सरकारले उच्च मूल्यमा कृषकबाट उत्पादन किनेर उपभोक्तालाई सहज मूल्यमा बिक्री वितरण गर्नु पर्छ ।बिरुवाले माटोबाट आवश्यक खाद्यतत्वहरू लिएर आफ्नो जीवनचक्रपुरा गर्दछ ।बिरुवालाई आवश्यक पर्ने खाद्यतत्व १५ ओटा छन् । यी कार्वन, अक्सिजन र हाइडो«जन, नाइटो«जन, फस्फरस, पोटास, क्याल्सियम, म्याग्नेसियम, गन्धक, फलाम, तावा, जस्ता (जिङक) बोरन (सुहाग) म्याङ्गानिज, मोलिबडेनम र ल्कोरोनि हुन् खाद्यतत्वका स्रोत – अक्सिजन कार्वन र हाईडो«जन तत्वहरू प्राकृतिक स्रोतबाट रिुवाले लिन्छ ।यी बाहेकका १३ तत्वहरू विरुवाले माटोबाट लिन्छ । यी तत्वहरू माटोमा हुनुपर्छ र आवश्यकता अनुरूप भएनन् भने बाहिरी स्रोतबाट माटोमा थप्नु पर्दछ । यी तत्वहरूका स्रोत दुई प्रकारका छन् । प्राङ्गारिक स्रोत जस्तै गोवरमल, कम्पोष्टमल, हरियो मल, पिनाहरू, मानिसको दिसापिसाव, भेडाबाख्राको जुतो, कुखुराको सुली, एजोला, माछा, मासु, रगत आदिको मल र रसायनिक स्रोतहरूमा रसायनिक मलहरू जस्तै युरिया डि.ए.पि. पोटास र सूक्ष्मतत्वयुक्त मलहरू पर्दछन् । यी सबै मलका स्रोतको प्रयोग गर्नु पर्छ । बिरुवालाई चाहिने जति हुन सकेन भने उत्पादन कम हुन्छ र बढ्ता भए चुहिएर सतह मुनीको पानी प्रदुषण हुन्छ र उडेर वायुमण्डल नै प्रदुषण पार्दछ अनि बढी भएमा बिरुवा ढल्छ । कम भएमा उत्पादन घट्छ । प्राङ्गारिकमल मर्न लागेको माटोको (उत्पादन दिन नसक्ने अवस्थाको माटो) लागि सञ्जिबनी बुटी हो । यसले माटोलाई मलिलो बनाइ राख्छ । माटो स्वास्थ हुनु पर्छ । किनकी मानिस, पशुपंछी बिरुवा र माटो एक आर्कामा सम्बन्धित छन् । यिनीहरू एक अर्कामा आश्रित छन् । माटो एउटा प्राकृतिक पिण्ड हो । माटोबाट हामीले गास बास र कपास उत्पादन गर्छौ । यो चक्रमा मानिस एउटा सचेत प्राणी हो । वातावरणमा यसले यस्ले गहन भूमिका खेल्छ । मानिसले वातावरणलाई सपार्ने र विगार्ने दुबै काम गर्दछ । माटोलाई मलिलो बनाए वनस्पतिहरू (बिरुवाहरू) उत्पादनशिल बन्छन् ।माटोबाट उत्पादित बस्तु मानिस र पशुपंछीले खान्छन् । मानिस, पशुपंछी र वनस्पतिको अवशेष माटोमा गएर मिल्छ र माटो उत्पादनशील बन्दछ । मानिस, पशुपंछी, वनस्पति र माटो मध्ये कुनै एक प्रदुषित भयो भने सारा इकोसिष्टम नै प्रदुषण हुन्छ । माटोको प्रदुषण हुनमा धेरै कारणहरू छन् । आज नेपालको जनसंख्या बढ्दो क्रममा छ । साथै सहरीकरण पनि बढ्दो क्रममा छ । यसको प्रत्यक्ष प्रभाव माटो र वातावरणमा परेको छ । अर्थात वातावरणमा प्रदुषण बढ्दो क्रममा छ । यसको प्रभाव जलचर, थलचर र नभचरमा प्रत्यक्ष रूपमा देखापर्न थालेको छ । सहरीकरण र जनसंख्या बढ्दा सहरको फोहोर मैला पनि बढ्दो क्रममा छ । सहरीकरणले गर्दा खेतीयोग्य जमिनहरू आवाशमा परिणत भएकाछन् । सहरको फोहोरमैलामा विभिन्न किसिमका जैविक, अजैविक, धातु जन्य पदार्थ, मिसिएका हुन्छन् । यी फोहोर मैलालाई हामीले सकेसम्म घटाउनु पर्छ । विभिन्न अध्ययन प्रतिवेदनलाई हेर्दा घरबाट निस्कने फोहोर मैला ६०–७०% प्रतिशत जैविक फोहोर हुन्छन् । यी फोहोरलाई पुन प्रयोगमाल्याएर अर्थात कम्पोष्ट आदि बनाएर पुन प्रयोग गर्न सकिन्छ । केही ल्पाष्टिक र धातुजन्य वस्तुहरू संकलनमा ल्याउने बाँकी फोहोर डेम्पिङ साइडमा हाल्नु पर्छ । सहरीफोहोरलाई मोहोरमा परिणत गर्ने नारा पनि जन्मियो । सहरी कम्पोष्ट बनाउने काम पनि भयो तर फोहोर संकलनमा धातुजन्य र ल्पाष्टिकजन्य बस्तु पूर्णरूपले अलग्याउन नसके पछि मलको गुणस्तर घटेर प्रयोग योग्य बनाउन सहज भएन । घर घरमा जनचेतना आयो भने, ल्पाष्टिक र धातुहरू अलग गर्न सकियो भन, राम्रो कम्पोष्ट बनाउन सकिन्छ र सहरको फोहोर मैलालाई मोहोरमा परिणत गर्न सकिन्छ साथै घटाउन सकिन्छ । माटो रुखो हुनमा तलका तत्वहरूले असर पारेका छन् ।
माटोको भू–क्षय र माटो प्रदुषण –नेपालमा हावाबाट हुने भ–ूक्षय र पानीबाट हुने भू–क्षय दुबैले वातावरणमा असर गरेका छन् । समतल तराई क्षेत्र, मध्य पहाड, उच्च पहाड र हिमाली क्षेत्रसम्म भू–क्षय भएको पाइन्छ । हावा र पानीबाट यति नै माटो क्षेती हुन्छ भन्नु गाह्रो छ । बाढी पैरो हावाको वेग आदिको प्रभावबाट माटोको क्षय कम या वेसी हुने गर्दछ । राम्रो संग संरक्षित वन क्षेत्रमा कम्तिमा ५ टन प्रतिवर्ष माटो क्षय हुन्छ भने क्षतीग्रस्त भूमिमा २००–२४० टन भन्दा बढी माटो प्रतिवर्ष प्रतिहेक्टर क्षती भएका विवरणहरू विभिन्न वैज्ञानिका लेखरचना तथा प्रतिवेदनमा पढ्न पाइन्छन् । भूक्षयले माटो काटेर, उडाएर, बगाएर, उर्वरक माटोमा लगेर थुपार्छ । यस्तो अवस्थामा उर्वरक माटो उत्पादनहीन हुन पुग्दछ । साथै पानी पनि प्रदुषित हुन्छ । कार्सनले (१९९२) भनेका छन् कि प्रति वर्ष ५ टन प्रति हेक्टर माटो क्षती हँुदा करिब ७५ के.जी प्राङ्गारिक पदार्थ ३.८ के.जी नाइटा«ेजन १० के.जी पोटास र ५ के.जी फस्फरस क्षती भएर जान्छ । यसो हुँदा माटोलाई सधै बालीबाट ढाकिराख्नु पर्दछ । भूक्षयलाई कन्ट्रोल गर्नु पर्दछ । कृषिवनको उपयोग, जङ्गलको संरक्षण र वृक्षारोपण, बालीचक्र जोतखनमा ध्यान दिएर भूक्षय कम गर्न सकिज्छ । छापो राख्दा पनि भूक्षय कम गर्न सकिन्छ ।
प्राङ्गारिक पदार्थ रित्तिदै जानु –ः माटोमा भएको प्राङ्गारिक पदार्थ विघटित हुँदै जान्छ । बिरुवालाई चाहिने खाद्यतत्वहरू दिँदै जान्छ । यसरी प्राङ्गारिक पदार्थ विघटित हँदै जाँदा माटोमा भएको प्राङ्गारिक पदार्थ घट्दै जान्छ । प्राङ्गारिक पदार्थ माटोमा थप्दै जानु पर्छ । प्राङ्गारिक पदार्थ भनेको माटाको मुटु हो । सबै खाद्यतत्वको स्रोत हो । नेपालको उत्पादनशिल क्षेत्र तराईमा यसको मात्रा निकै कम छ । माटो उत्पादनशील बनाई राख्न माटोमा प्राङ्गारिक पदार्थको मात्रा २.५% भन्दा माथि कायम गर्नु पर्छ । माटोमा अम्लिय र क्षारिय पना बढ्नु –ः माटोमा अम्लिय पना बढ्नु अर्काे समस्या हो । नेपालको मध्य पहाड र पूर्वी नेपालको माटो अम्लिय प्रकारको छ । माटो अम्लिय बन्नुको कारणमा माटो बन्ने शिलामा निर्भर रहन्छ । अम्लिय प्रकारको शिला वा खनिजबाट निर्मित माटो अम्लिय हुन्छ भने क्षारिय प्रकारको शिला वा खनिजबाट बनेको माटो क्षारिय प्रकारको हुन्छ । धेरै वर्षा हुने ठाउँको माटोमा क्याल्सियम (ऋबंं) म्याग्नेसियम –९ःनंं) सोडियम ९ल्बंं) र पोटासियमजस्ता क्षारयुक्त खाद्यतत्वहरू सतहबाट पखालिदिन्छन् र माटो अम्लिय बन्छ । माटो अम्लिय बन्नुको अर्काे कारण नेपालमा प्रयोग गरिने रसायनिक मलहरूपर्छन् । माटो धेरै अम्लिय बन्दा फलाम तावाँ म्याग्नेज र जस्ता बढ्ता घुलनशिल बन्दछन् बढ्ता घुलनशील भएर बिरुवालाई आवश्यक भन्दा बढ्ता भएमा विषालु बन्दछन् यस्तो अवस्थामा फस्फरस बिरुवाले लिन सक्दैन । यसरी नै माटोको सतह क्याल्सियम र म्याग्ने सियमका कार्वाेनेट जस्ता क्याटआयन जम्मा हुँदा माटो क्षारिय बन्दछ । यस्तो अवस्थामा माटोमा क्याल्सियम, म्याग्नेसियम र सोडियम बिरुवाले बढ्ता लिन्छन् र विषाक्त पार्दछ भने फलाम, तावाँ, जस्ता(जिंक), जस्ता खाद्यतत्वलाई बिरुवाले लिन नसक्ने अवस्थामा पु¥याउँछ । त्यसो हुँदा अम्लिय माटोमा कृषि चुन र क्षारिय माटोमा जिप्सम प्रयोग गर्नु पर्दछ । माटोमा भएको अम्लिय र क्षारिय पना पि.एच मिटरले जाँचिन्छ । यस्को इकाईलाई पि.एच. भन्दछन् । ७ पि.एच तटस्थ मानिन्छ । ७ भन्दा माथिको पि.एच मापलाई क्षारिय र ७ भन्दा तलको पि.एच मानलाई अम्लिय मानिन्छ । सबै खाद्यतत्वहरू उपलब्ध बनाउन बिरुवाले लिने अवस्थामा राख्न पि.एच मान ६ र ७ को बीचमा हुनुपर्दछ ।
अवैज्ञानिक खनजोत –ः नेपालको अधिकांश भूभाग पहाडी छ । जमिनको भिरालो पना हेर्दा १. डिग्री भन्दा तलदेखि लिएर ४०ं डिग्री भन्दा माथि छ । धेरै भिरालो जमिनमा जोत खन गर्न हुँदैन । यस्तो जग्गामा खनजोत गर्दा माटो बग्ने कर्म तीव्र हुन्छ । यस्ता जग्गामा घाँसे बाली, फलफूल खेती, वृक्षरोपण गर्दा माटो जोगिन्छ ।
खोरिया प्रणाली (क्जषातष्लन अगतिष्खबतष्यल) यो खोरिया फाँडेर खेतीगर्ने चलन नेपालको मध्य पहाडी क्षेत्रमा देखिन्छ । एक वर्ष एक ठाउँको जंगल फडानी गरिन्छ । अनि अर्काे वर्ष अर्को ठाउँमा फडानी गरिन्छ र खेत्ी लगाईन्छ यस्ले वन मासिन्छ । भूक्षय बढ्छ र प्रदुषण निम्त्याउँछ ।अर्थात वातावरणमा असर पार्दछ । यस्तो कृयाकलापलाई रोक्नु पर्छ । जङ्गल फडानी गरेर खेती नगरे खान नपाउनेहरूलाई सरकारले अर्काे विकल्पमा व्यवस्थित गर्नु पर्दछ ।
मरुभूमिकरण र वातावरण –ः नेपालका उच्च पहाडी क्षेत्र जस्तै डोल्पा, मुस्ताङ र मनाङ जिल्लाहरूमा मरुभूमिका लक्षण देखिएका छन् । मरुभूमिकरण भएको ठाउँमा माटो व्यवस्थापना र बाली व्यवस्थापनमा ध्यान दिनु पर्छ । सुख्खा जग्गामा लगाउने बालीका जात प्रयोग गर्ने, प्राङ्गारिक मलको मात्रा बढाउने, सकेसम्म जमिनलाई हराभरा बनाएर ढाक्ने, पानी र हावाबाट हुने भूक्षय घटाउने काम गर्नु पर्छ ।
रसायिनिक मल बिषादिको प्रयोग र वातावरण –ः माटो र वातावरणमा अस।र पर्ने काम आजको बढ्दो रसायनिक मल, किटनासक विषादि, रोगनाशक, ढुसिनासक, झारनाशक र माटोको जुकानाशक विषादिको प्रयोगले गरेको छ । प्रयोग गर्दा सावधानी अपनाइएन भने प्रयोग कर्तामा नै घातक बन्न जान्छ । यो प्रयोग गरेको ठाउँको घाँस तत्काल प्रयोग भयो भने पशुहरूमा घातक परिणाम निस्कन सक्छ । माटोको सतहमा गड्यौला कीराहरू चराले खाए भने चरा नै मर्न सक्छन् । प्रयोग गरेका यी रसायनहरू जमिन भित्र प्रवेश गरे भने जमिन भित्रको पानी विषाक्त हुन्छ र उडेर वायुमण्डलमा प्रवेश ग¥यो भने वायुमण्डल नै प्रदुषित हुन्छ । त्यसो हँदा प्रयोग गर्नु प¥यो भने सुरक्षित मात्रा रोग कीराको पहिचान गरेर मात्र गर्नु पर्दछ । आजकल बजारमा प्राङ्गारिक स्रोतका बिषादि किन्न पाइन्छन् । रसायिनिक मल र विषादि घटाउने प्राङ्गारिक मल र जैविक विषादिको प्रयोग ढाउने र अन्तत रसानयनलाई प्राङ्गारिक चीजको प्रयोगले प्रतिस्थापन गर्नु पर्छ ।
कृषिवन र वातावरण –ःकृषिवन र वातावरण एक अर्कामा सम्बन्धित छन् जति वन मासिदै जान्छ वातावरणमा त्यस्को असर पनि बढ्दै जान्छ । वनले वर्षालाई बढाउँछ । वर्षा भएपछि घाँस पात रुख बिरुवा खेतीपाती सबै उत्पादन हुन्छन् । वनले माटोको छादनको काम गर्छ । भूक्षय रोक्छ । रुखका जराले माटो बलियो सँग समाउँछ र माटो बग्नबाट जोगाउँछ । दाउँरा, घाँस, घर गोठ बनाउने काठ प्रदान गर्छ । माटोमा प्राङ्गारिक पदार्थ थप्ने काम गर्दछ । बालीमा कीरा प्रकोप र बाली जोखिम हुनमा कमी ल्याउँछ । कृषिवन पद्धति अपनाउदा कृषि उत्पादन उत्पादकत्वमा बृद्धि मात्र नभै उत्पादकत्वमा निरन्तरता भू–उपयोगमा स्थायित्वताको साथै आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउँछ । वनले वातावरणमा सुधार ल्याउँछ । माटो र पानीको संरक्षण गर्छ । रुखले कार्वनडाई अक्साइडलाई कार्वनको रूपमा प्रयोग गर्छ र हाम्रो लागि अक्सिजन (प्राणवायु) दिन्छ । अक्सिजन अरु रुख भन्दा बढ्ता फाल्ने भएकोले नै होला पिपल रोप्ने र विष्णु भगवानको अवतार भनेर पूजा गरिन्छ । हरेक बोट बिरुवा प्राणीजगतको लागि पूज्य छन् र सबैलाई संरक्षण गर्नु पर्दछ ।
आज आएर वन विनास गर्ने कामको नतिजाले उपरोक्त सबै चिजमा असर परेको छ । पानीका मुहान सुक्न थालेका छन् । भूक्षय बढी रहेको छ । वर्षामा कमी आएको छ । जलवायु परिवर्तन भएको छ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुदैछन् । वनमा आगो लगाउँदा वनका पातहरू, साना साना रुखहरू, वनमा भएका पशुपंछीका आवासहरू, फुलहरू, वच्चाहरू जलेर नोक्सान हुन्छन् । वनमा आगो लगाउनु र खेतीपातीमा विविध खाले विषादि प्रयोगको नतिजा कतिपय पशुपंक्षीहरू लोप हुन थालेका छन् । संरक्षणको आवश्यक्ता भएको छ । वनमा आगो लगाउने घृणित काम रोक्ने वित्तिकै जंगली जनावर र पंछीहरूमा वृद्धि आउँछ र वातावरण मैत्री वन्दछ । वनको डढेलोको रोकावट हुने वित्तिकै लोपोन्मुख पसुपंक्षीलाई संरक्षण गर्नको लागि खर्चिने बजेट अर्को क्षेत्रको विकासको लागि खर्च गर्न पाईन्छ । वन जोगाउन र कृषकलाई आफ्नै जग्गाबाट सबै सुविधा लिन कृषिवन प्रणालीलाई अपनाउन अतिआबश्यक छ ।
कृषिवन प्रणाली अपनाउँदा लिनु पर्ने सावधानी –ः
कृषिवन प्रणाली गहिरिएर हेर्दा नयाँ प्रविधि नभएर कृषकहरूले परम्पराबाट अपनाउँदै आएको प्रणाली हो । त्यसो हुँदा यहाँ के प्रष्ट पार्न थालिएको हो भने कृषकले अवैज्ञानिक तथा अव्यवस्थित रूप प्रयोगमा ल्याएका छन् । यसलाई व्यवस्थित रूपमा लगाउनु पर्छ भन्न मात्र खोजिएको हो । जुनसुकै बाली तथा वन्यवनस्पति डालेघाँस, भूइघाँस आदि सबै लगाउँदा तथा रोप्दा स्थानीय हावापानी तथा वाताव।णमा मेलखाने खालको हुनुपर्दछ । कृषिवन प्रणालीमा सकेसम्म सीमान्त जग्गा छान्नु पर्छ । सीमान्त जमिन छान्दा खेर गइरहेको जमिन प्रयोगमा आउँछ । भूक्षय हुनबाट जोगिन्छ । यस्तो जग्गामा माटोलाई मलिलो पार्ने खालका बाली लगाउनु पर्दछ । कुनै बाली माटोमा भएका खाद्यतत्व लिने र माटोमा भएको उर्वरा शक्तिलाई लिएर मात्रै उत्पादन दिन्छन् भने कुनै यस्ता बाली छन् जस्ले माटोबाट खाद्यतत्व लिने मात्र हैन माटोमा खाद्यतत्व पनि थप्दछन् जस्तै कोशेबाली समूह इपिलइपिल, टाँकी, कोइरालो सबै किसिमका दाल बाली घाँसे बालीहरू जस्तै ल्कोभर, ढैंचा, स्टाइलो, अल्फा आदी प्रयोग गरिन्छ । दोस्रो कुरा कृषिवन प्रणाली अपनाउँदा बनका बोट र लगाएको बालीले खाद्यतत्व लिन प्रतिस्पर्धा गर्दछन् । बाली र वनले खाद्यतत्व लिने गरी संतुलन मिलाउनु पर्छ । तेस्रो कुरा कृषिवन प्रणालीमा रुख भित्र लगाउने बालीले कुनै बालीले छाया मन पराउँछन् । कसैले छाया मन पराउँदैनन् । छाया चाहिने बालीमा चिया कफी जस्ता बोट पातलो छायामा लगाउन सकिन्छ । कृषिवनले सकरात्मक र नकरात्मक दुबै पक्षमा असर पार्ने भएकोले सकरात्मक पक्षलाई बढवा दिने गरेर योजना बनाएर बिरुवा लगाउनु पर्दछ ।
एकीकृत खाद्यतत्व व्यवस्थापन र वातावरण (क्ष्लतभनचबतभम उबिलत लगतचष्भलतक कथकतझ बलम भ्लखष्चयmभलत ) –ः रसायनिक मल, रसायनिक रोग किरा र माटोको जुका मार्ने बिषादिको प्रयोगले निम्त्याएको प्रदुषणलाई न्यूनिकरण गरेर उत्पादन लिनको लागि एकीकृत खाद्यतत्व व्यवस्थापन पद्धती ( क्ष्लतभनचबतभम उबिलत लगतचष्भलतक कथकतझ), एकीकृत शत्रुजीव व्यवस्थापन (क्ष्लतभनचबतभम उभकत mबmबmभलत) र एकीकृत बाली व्यवस्थापन (क्ष्लतभनचबतभम ऋचयउ mबmबmभलत) जस्ता कार्यक्रम सञ्चालनमा आएका छन् । तर जे जती सकृय हुने हो त्यति सकृय देखिदैनन् । यी कार्य पद्धतिको सबैको उद्देश्य भने दीगो कृषि उत्पादन र वातावरणीय संरक्षण नै हो । यस लेखमा म भने एकीकृत खाद्यतत्व व्यवस्थापन पद्धती ९ क्ष्एल्क्० सम्बन्धि केही कुरा प्रष्टयाउन चाहान्छु । एकीकृत खाद्यतत्व व्यवस्थापन पद्धती भनेको यस्तो पद्धती हो जस्मा बिरुवालाई आवश्यक पर्ने खाद्यतत्वहरू सकेसम्म प्राङ्गारिक स्रोतबाट बिरुवाको आवश्यक्ता अनुरूप प्रयोग गर्ने यदि प्राङ्गारिक स्रोतबाट आपूर्ति गर्न नसकिएको अवस्थामा मात्र अनुमानित उत्पादनलाई आवश्यक मात्रा रसायनिक मलबाट दिइन्छ । यस पद्धतिमा हामीले माटोको अवस्थाको पहिचान गरी माटोको व्यवस्थापन, बाली व्यवस्थापन, खाद्यतत्व व्यवस्थापनलाई पनि ध्यान दिनु पर्ने हुन्छ । यी सबैको एकीकृत प्रयास गर्दा माटो दीगोरूपमा उत्पादनशील बन्छ र वातावरणमा पनि न्यून असर पर्दछ । यो पद्धति मुल्याङ्कनको आधारमा प्रयोग गरिने भएको हुँदा बालीबाट कति उत्पादन लिने हो, त्यो उत्पादन लिनको लागि कति खाद्यतत्व माटोमा चाहिने हो, हामिले दिने प्रङ्गारिक मलले कति खाद्यतत्व माटोमा थप्ने हो र कति नपुग हुने हो । यति हिसाब गरेरमात्र नपुगमात्रा रसायनिक स्रोतबाट दिनु पर्छ ।
माटाको अवस्था जानकारी लिन माटो जाँच गर्नु पर्ने हुन्छ । मानौ माटो जाँच गर्दा बलौटे माटो भन्ने जानकारी भयो भने जरा फैलिने बालीलाई प्राथमिकता दिन सकिन्छ । दोमट माटो भयो भने सबै बाली लगाउन उपयुक्त हुन्छ भन्ने जाननकारी हुन्छ ।यसरी माटो अम्लिय भन्ने जानकारी भयो भने अम्लियपना मनपराउने खालका बाली लगाउन पर्ने भन्ने संन्देश पाइन्छ । त्यसो हुँदा खेती व्यवस्थापन गर्दा आशातित उत्पादन लिन सकिने, माटोको उर्वरा शम्तिलाई दीगो रूपमा कायम गर्न सकिन्छ । वातावरणमा सकरात्मक असर पर्दछ । माटो व्यवस्थापन, बाली व्यवस्थापन र खाद्यतत्व व्यवस्थापनलाई कृषक स्वयम्ले कुन चीजको कहिले कुन माध्यमबाट गर्ने हो ध्यान दिन सक्यो भने सहजै गर्न सक्दछन् । यसमा निर्णायक अवस्थालाई ध्यान दिनुपर्ने कुरामा कृषक अल्लि चनाखो हुनु पर्छ । किनकी मानिस समाजिक प्राणी हो ।त्यसोहुँदा गर्न थालिएको योजनामा समाजको स्वीकार्यता, बजारको सहजता, ज्यामीको उपलव्धता, प्राकृतिक स्रोत र साधनको स्थिति र परमपराबाट प्रयोगमा ल्याइएको ज्ञान र सीपमा कृषक याकार्ययोजनाकारले स्वविवेकको प्रयोग गर्नै पर्ने हुन्छ ।
वातावरण संरक्षणको लागि प्राङ्गारिक खेती –ःविविध खाले रसायनको प्रयोगबाट माटो, पानी, वनस्पति जीव र वायुमण्डलमा निम्त्याइएको वातावरणीय प्रदुषणलाई न्यूनिकरण गर्नको लागि वर्तमान परिपेक्षमा विश्वव्यापी रूपमा प्राङ्गारिक खेतीको अवधारणा आएको छ । प्राङ्गारिक खेती भनेको रसायनिक मल रसायनिक विषादि प्रयोग नगरिने खेती हो । प्राङ्गारिक खेती गर्दा मल, बीउ पशुपंछी माटो सबै प्राङ्गारिक स्रोतबाटै प्रयोगमा ल्याउनु पर्छ । वनमा पनि रसायन प्रयोग गर्न मिल्दैन । प्राङ्गारिक खेती शुद्ध प्राकृतिक स्रोतबाट पाइने तथा बनाइने जैविक विषादिको प्रयोगबाट रोग कीराको प्रकोप घटाउने काम गर्नु पर्छ । प्राङ्गारिक खेती कसरी गर्ने भन्ने निर्देशिका र लेखरचनाहरू पनि पाइन्छन् । अत विश्वव्यापी देखिएको वातावरणीय प्रदुषणलाई प्राङ्गारिक खेतीले न्यूनिकरण गर्छ । हामी सबै प्रकृतिका वरदान हौं ।त्यसो हुँदा प्रकृतिक सम्पदालाई प्रयोगमा ल्याउने मात्र हैन यसको संरक्षण सम्बर्धन पनि गर्नु पर्छ । यसैमा हामी स्वास्थकर जीवन विताउन सक्छौ । अन्त्यमा प्रकृतिक सम्पदालाई बचाउँ र यसैमा रमाउँ, स्वस्थ वातावरणको सिर्जना गरौं र शुद्ध वातावरणमा बाँचौं, बचाउँ र नाचौं ।
धन्यवाद
सन्दर्भ सामाग्री
ड्ड द्यऋबचकयल द्य ज्ञढढद्द, त्जभ ीबलम, त्जभ ँबचmmभच बलम त्जभ ागतगचभ , क्ष्ऋःइम्, इअअबकष्यलब िउबउउभच ज्ञण्द्द। क्ष्ऋःइम्, प्बबतजmबलमग, ल्भउब
िड्ड कृषि डायरी २०७६, कृषि सूचना तथा संचार केन्द्र, हरिहर भवन, ललितपुर
ड्ड कृषिवन व्यवस्थापन, दिगो भूव्यवस्थापन कार्यक्रम हेल्भेटास नेपाल (२०६९)
ड्ड सदानन्द जैसी एकिकृत खद्यतत्व व्यवस्थापन कार्यपुस्तिका , माटो परिक्षण सेवाशाखा हरिहरभवन काठमाडौ नेपाल(२०५८)
ड्ड सदानन्द जैसी– भिरालोाखेती प्रविधि, कृषि सूचना तथा संचार केन्द्र ह्रिहर भवन ल.पु

No comments:
Post a Comment