December 4, 2020

l-===हर्ष र विस्मात

गजल
बेसारे बोली
बेसारे त बोली बोल्ने कसैलाई काम छैन
त्यसैले त त्यागी दिएँ यो दिलमा ठाम छैन
आऊ जाऊ कर्म जारी छाडी बसे बेसै होला
मुटु लियौ धोका दियौ अब कुनै धाम छैन
प्रेम यात्रा लामो भईो कति बाटो कुरी बस्ने
पथ विहीन यात्रीलाई कुनै चक्काजाम छैन
यो संसार भोग्यको हो रमणको खुला पथ
रमणकारी जीवधारी नसक्नेको नाम छैन
अब मेरो अपिल छ सत्य बोल खस्रो बोल
प्रकृतिको शुद्व पथमा कुनै छलछाम छैन
२०६५÷८÷१७
क्रीडा स्थल
नजर पर्दा पर्छ असर
असर पर्दा झर्छ नजर
यहाँ नजराना दाताहरू
बाँकी छाड्दैनन् कुनै कसर
जीवन यात्रा छ अति छोटो
कसरी बित्ला भावी सफर
मिलन बिन्दुमा पुगे पछि
पूर्ण हुन्छ सबको रहर
संसार एउटा क्रीडास्थल
अन्तिम क्षण पुग्छ बगर
२०६५÷८÷३०
नेता बराँती भए
नेता बराँती आए ताँती ताँती
गर्छन् यिनले हेर भाँती भाँती
नयाँँ नेपाल परिकल्पनामा
सूर्य न देखी टुट्न गयो राती
भाग र बण्डा सर्वव्यापी भर्यो
कुसंस्कारले दुख्न गयो छाती
दम्भोली हजुरबा कुर्लदामा
दम्भी भाव ली दङ पर्छ नाति
मान्य जनको गर्नु पर्छ सेवा
सेवा लिनेले ननिकाल काती
=
हर्ष र विस्मातमा झर्छ अश्रु झरी प्रिया
कल्पनामा सीमित छन् सपनीका परी प्रिया
अकल्पनीय अश्रु हेर नचाहिँदै वर्सिदिन्छ
रोक्न कहाँ सकिन्छ, आँखा तरीतरी प्रिया
सुखान्त र दुःखान्त जीवन क्षणको भोगाइमा
हाँसा–रोदन जीवनमा बन्छ चक्रसरि प्रिया
सामन्त शोषक अनि व्यभिचारी जहाँ हुन्छन्
बनाइदिन्छन् गरिबलाई पिँजडाको चरी प्रिया
अश्रु जल नबगाऊँ है हर्ष–शोक दुबै क्षणमा
भोगाइमा समझदारी हुन्छ थरीथरी प्रिया

गजल आकाश

आकाशमा विलास छ छैन कुनै त्रास
सत्यमार्गी मानवको हुन्छ साँचो विकास
सत्यसेवासुरक्षको अनुभूति हुँदा
उन्नतशील समाजमा पलाउँछ आश
फल्ने फल फल्ने गर्छन् आप्mनो कर्म गरे
बधाअड्चन सबै फुकी साथ दिन्छन् खास
फल प्राप्ति कामना हो विफल हुनसक्छ
कर्मयोगी अघि बढ्छ कैल्यै हुन्न निराश
ठहर गरी अघि बढौं हाम्रै हो यो संसार
पथबीचे काँडा हट्छन् बढ्न जान्छ सहास

गजल अवसरवाद

नयाँँ कर्म जति भन सबै बासी छ
ग्रहदशा राम्रै रैछन् रास रासी छ
मौका प¥यो चौका हाने तारो लागि गयो
राजदूतसम्म बन्ने भएँ त्यो त खासी छ
निशाना छ अति दह्रो तारो लागि गयो
छक्कैमा छन् दुनियाँदारी हाँसो हाँसी छ
अस्ति थिएँ राजावादी अनि काँग्रेस माले
राजदूत बन्न माओवादी लिसो टाँसी छ
दर्शन फेर्दा कुर्सी मिले फेर्नु पर्दछ
पूण्य–पूर्ण वरदान लिन जानु काशी छ
२०६५÷९÷१३
सौन्दर्य
सारा तन प्रदर्शित गाला हेर्नुहोस््
हाँस पोथी लचक्दार चाला हेर्नुहोस््
रूपवती चारुवती लावण्यवती छु
श्वेत गर्धन झल्काउने माला हेर्नुहोस््
सर्वस्व दान तिम्रै लागि समर्पित छ
ज्यान छाडी अन्तजाँदा ज्याला हेर्नुहोस््
आकर्षणपूर्ण छु म सर्व गुणव्यापी
आवरण हेर्ने भए छाला हेर्नुहोस््
स्ववलम्वी, अनुशासित,मातृ काखमा छु
ईश्वरभक्ति मन्दिरको ताला हेर्नुहोस््
२०६५÷९÷१२
दायित्व
दायित्व हो कर्म गर्नु कर्म गर्दै जानुपर्छ
छानो हैन मानवले मानो मात्रै खानुपर्छ
लाउनु पर्दा मायाप्रीति पीडामात्र बोक्नुहुन्न
विश्व अघि अस्तित्वलाई मर्यादित लानुपर्छ
आचरण धारणमा विकृतिलाई बोक्ने हैन
बाटो छाडी अघि बढ्दा पीडादायी छानुपर्छ
प्रेमका कथाहरू लेख्दा(लेख्दै ग्रन्थ बन्ला
कर्तव्यको वर्णन गर्दा अस्तित्वमा रानुपर्छ
जति लेखौं संसारमा रति–मदन भोग्य कथा
नेत्रज्योति खोज्नुपर्दा कहिलेकाहीँ कानुपर्छ
२०६५÷९÷२२
तिम्रा आँसु
तिम्रा आँसु मोती बनुन् प्रिया
भावना त ज्योति बनुन् प्रिया
तिमी टाढा यात्रामा लम्कदा
लम्काइ त सोती बनुन् प्रिया
घायल प्यारीलाई दिएको
जहर ओखती बनुन् प्रिया
घायल छु मल्हम लगाउने
तिम्रै नै सगोती बनुन् प्रिया
उपहार दिन्छु भन्छ्यौ अरे
सुहाउँदो ल्योती बनुन् प्रिया

सेतो सुनखानी कविता सङ्ग्रह नियाल्दा

पुस्तक/कृति समीक्षा सदानन्द अभागी
आमुख–
गंगा लिगलको 'सागर पारि' कवितासङ्ग्रहको अध्ययन गर्दागर्दै शम्भु अर्यालको 'सेतो सुनखानी' पढ्ने समय जुरेछ। यो 'सेतो सुनखानी' कवितासङ्ग्रह मलाई शम्भुजीले यही कार्तिक ७ गते ज्याग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरको बृहत् हरिनाश साहित्य सम्मेलनको अवसरमा हरिनाश कार्यक्रम स्थलमै समीक्षार्थ प्रदान गर्नुभएको थियो। अध्ययनमा कस्तो संयोग मिलेको होला दुवै कवितासङ्ग्रहका कविहरूको मन नेपालकै मायाममता, नेपालकै प्राकृतिक, सांस्कृतिक,आर्थिक सामाजिक,धार्मिक स्मरण र नेपालकै विकासको लागि तड्पिरहेको पाइयो। फरक यत्तिकी गंगाजी विकशित देशमा रहेर आमा, मातृभूमि र साहित्यमा समर्पित देखिन्छिन् भने अर्यालजी खाडीमा बसेर मानसिक पीडा, शारीरिक पीडा,त्यहाँ भोग्न परेका क्षत विक्षत कहाली लाग्दा यथार्थहरू र आला काँचा घाउहरूलाई समाउँदै आफ्नै देशमा आएर आफ्ना भावनालाई आकृति दिएर यो कृतिले जन्म लियो।
यहाँ नोस्टाल्जिया शीर्षक दिएर शम्भुजीले विदेशमा बस्दा आफ्नो देशप्रतिको मायाममता, याद सम्बन्धमा लेख्नुहुन्छ –'म त्यहाँ एक्लै–एक्लै घोत्लिन्थें, तुलना गर्थे, स्वदेश र प्रदेश, राष्ट्रियता र परराष्ट्रियता। स्वदेशको स्मरण, गन्ध, आवाज, चालचलन, संस्कृति सम्झदै, गहिरिदैँ–गहिरिदैँ एक्लै एक्लै भरपुर रुँदै हिड्थे,। यति गलाउँदो रहेछ स्वदेशको ममताले।' शम्भुजीका यी पीडा विदेशमा रहेका मातृत्वप्रेमले ओतप्रोत भएका सबै नेपालीका पीडा हुन् रोदन हुन् र जुन रोदन भोग्न आज पनि लहरै लागेर युवा युवती विदेशिएका छन्। देश र आमाप्रतिको मायाले १४ वर्ष लामो खाडीमुलुकको बसाइलाई तिलाञ्जली दिँदै उनले यस्तो अठोट लिन्छन् –'एकमुठी बालुवा जमिनबाट गमक्याँदै फुरूर्रु छोड्दै यही बालुवाको कसम ! कुनै विकल्प नपाए बरु मागेर खान्छु तर कसम ! फर्किने छैन विदेशमा।' देश निर्माणमा शम्भुजीको जस्तो अठोट आज हरेक नेपालीमा आवश्यक छ। स्वदेशमा युवा युवती कोही छैनन्। बुढाबूढीले आगन कुरेर बसेका छन्। जग्गाजमिन बाँझिदै छन्। देश आत्मनिर्भर छैन। परनिर्भरतामा हामी बाँच्न परेको छ। आफ्नो भनाइमा शम्भुजीले विदेशका धेरै कथा व्यथा प्रष्ट्याउनु भएको छ। अब म उहाँको साहित्यिक यात्रा बारे उहाँकै भनालाई यहाँ उतार्न चाहन्छु। निर्मल ढुङ्गाना र मिलन समीरसँगको मिर्मिमा गजल प्रशिक्षण कार्यक्रममा जाँदा कार्यसमितिका सदस्यज्यूको असामयिक निधनले गर्दा कार्यक्रम स्थगित भएको र ड्याम हेर्न जाँदा, चियापान गर्दा, कविता सुनाउन ेक्रममा कविता बाचनमा निर्मल र समीरले कविता लेखनमा शम्भुजीलाई घचघच्याउनु र बचनबद्ध बनाएको हुँनाले सोही दिनलाई कविता वाचनको औपचारिक शुरुवात भएको धारणा राख्नुभएको छ शम्भुजीले।
यो कृति र कृतिकारप्रति साहित्यकारको धारणा–यसकृतिमा बरिष्ठ पाँच जना साहित्यकारको धारणा आएको छ – भूपिनले यस कृतिकारप्रति यसप्रकारको धारणा राखेका छन् –'कवि सम्भु अर्याल मैले भेटेका नपाली कविहरू मध्ये सबैभन्दा अग्ला कवि हुन्, शारीरिक रूपमा। उनी आफ्नै साइजका कविता लेख्छन्। छोटा कविता लेख्न उनलाई पटक्कै रुचि छैन। यो उनको अर्को विशेषता हो।' कविताको मूल्याङ्कन गदै भूपिन लैख्छन्–'तीन स अर्थात संवेदना, सुस्केरा र समयका जीवन्त शब्द–शिल्पी शम्भु अर्याललाई एकल प्रदर्शनीको लागि असीम बधाई र सुभकामना।'
भूपिनजीले यस कृति र कृतिकारको सुन्दर विश्लेषण गर्नुभएको छ। यसरी नै मिलन समीरले पनि शम्भु अर्यालको कृति र कृतिकारको गहन विश्लेषण गदै भन्नुहुन्छ –'केही युवा प्रतिभाहरूको जमातमा उनलाई अग्रपङ्क्तिमै उभिएको देखिन्छ। अनि सेतो सुनखानी कविता संग्रहलाई उत्तरआधुनिक प्रवृत्तिको लेखनलाई भित्र्याउन सफल एउटा नवीन प्रकृतिको रूपमा उल्लेख गर्दा कुनै अतिशयोक्ति नहोला सायद'। मिलन समीर र भूपिनका यी अभिव्यक्ति भूमिकाको रूपमा आएको भए पनि कृतिको सुन्दर समीक्षा भएको मइले महसूस गरेको छु।
शुभेच्छा प्रकट गर्दै देवी प्रसाद वनवासी लेख्नुहुन्छ –' यहाँका फुटकर रचनाहरूको यध्यायनबाट मैले वहाँलाई नयाँ पुस्ताको प्रतिनिधि कविका रूपमा नवीन सोच–विचार एव म उत्साह बोकेको युवा प्रतिभाका रूपमा मूल्याङ्कन गरिरहेको छु।' दिनकर नेपालले शम्भु अर्यालको विदेश बसाई,त्यहाँको आकर्षक जागिर, त्यो छाडेर नेपाल फर्कदा केहीले बौलाहाको संज्ञा दिएको तर उनले देशमै आएर उद्यमी भएर देखाएको र देश निर्माण गर्नको लागि मार्गदर्शन भएको भन्दै छोटो जीवनी प्रदर्शन गर्दै शम्भु अर्यालको कवितामा के छ त भन्दै दिनकर लेख्नुहुन्छ –'मरुभूमिमा आँधीखोलाको सिरोठोले हान्छ कवि मनलाई, सागरमा हिउँचुली टल्कन्छ। मन पग्लन्छ, दिल हाँस्छ, आत्मा स्फूर्ति हुन्छ– कवि मनसँग सम्वाद गर्दा।
यस कृतिको पछिल्लो आवरणमा कविको आकर्षक प्राकृतिक सम्पदाको साथमा तस्विर राखिएको र तस्विरको मुनि विश्वप्रेम अधिकारीका धारणालाई राखिएको छ। यसमा विश्वप्रेम अधिकारीको मूल्याङ्कनका केही शब्द साभार गर्न चाहन्छु –'पछिल्लो दशकमा देशका विभिन्न क्षेत्रबाट प्रकाशित साहित्यिक पत्रिकाहरूमा उनका प्रसस्तै कविता छापिएका छन्। कवितामा उनले वरण गरेको शैली पृथक खालको देखिन्छ। उक्त शैलीलाई उनको मौलिक शैलीको रूपमा पनि लिन सकिन्छ। ..... उनका कवितताहरूले फरक शैलीका भएर पनि सम्प्रेष्य रहेका छन्।'
कृतिको संरचना –१७६ पृष्ठमा सुसज्जित यस कृतिको प्रकाशन शब्दहार क्रियशन्स,बालकोट भक्तपुरले गरेको छ। यस कृतिको लेआउट सुरज व्यञ्जनकारले गरेका छन्। मूल्य रु २५०/– राखिएको छ। आमा मिनाकुमारी र स्वर्गीय बुबा स्थानेश्वर शर्मा अर्यालमा समर्पण गरिएको छ। यस कृतिमा ४१ओटा कविताहरूलाई समावेश गरिएका छन्।
कविताभित्र प्रवेश गर्दा– यस कवितासङ्ग्रहको प्रथम कविता आँधीखोला शीर्षकमा आमालाई प्रतिक बनाएर लेखिएको छ। मातृत्व कहिल्यै मेटाएर मेटिने चीज होइन त्यसैले भनिएको छ –' म आमा हुँ म अटल,अमर र अमिट छु।' आमाले विविध किसिमका सन्तानको जन्म दिन्छिन्, सन्तानसँगै रमाउँछिन् भन्ने धारणा आएको छ। अस्थिर बचपन नै उत्तम होइनर ? दोस्रो कविता हो। यसमा अस्थिरता परिवर्तन र अग्रगमनको मार्ग र स्थिरता मृत्यु हो भन्ने सन्देश प्रवाह गरेको छ। तेस्रो कविता 'आमा' शीर्षकमा लेखिएको छ। यो कविताले आजको नेपालको यथार्थ समस्यालाई समाएको छ। युवाहरू विदेश पलायन भएका छन् बुद्धबृद्धाहरूले आगन कुरेका छन्। सहारा चाहिने बेलामा वेसहारा भएका छन्। त्यसैमा आमाले छोरालाई आफ्ना मनका कोक्याईलाई पोख्दै भन्छिन् –
' बाबु,आइदेऊ न तिमी
त्यागेर ती भोकहरू
सम्झेर आफ्नै मझेरीका रोगहरू
कति मार्मिक छ वेदना। यस कविताले आजका नेपाली समाजका घरघरका बृद्धबृद्धाका वेदनालाई समेटेको छ। चौथो कविता कन्यादान– यस कवितामा विवाहपद्धति,वरबधूमा हुनुपर्ने अन्योन्याश्रित सम्बन्ध, सो हुन नसकेमा बधूको अर्र्थहीन जिन्दगी हुने यथार्थतालाई पष्ट्याउने प्रयास भएको छ। पाँचो कविता सागरको सर्जक मूल –यो कविता राष्ट्रप्रतिको ममताले सजिएको छ। गंगा र अरवको सागर बीचको तुलना गरिएको छ। गंगाप्रति आदर भाव राख्दै भनिएको छ –
तिमी पनि त सेतो सुन रहेछौ
तिमी नै त नयनको प्रकाश रहेछौ
सागरको सर्जक।
यस देशको अथाह जलप्रवाहलाई प्रयोग गरेर विजुलीको देश बनाउनको लागि सबैलाई आह्वान गरिएको छ। प्राकृतिक शिखरको कृत्रिमचूली– नेपालीहरू आज विदेशिन परेको विवशतालाई कोट्याउँदै, नेपालीहरू निष्ठावान हुन्छन् भन्दै यस कवितामा विदेशमा बसेका नेपालीको मर्म, व्यथा, कथालाई समेट्दै सगरमाथाको गुनगान गाइएको छ। निरङ्कुश लोकतन्त्र – कविले निरङ्कुश लोकतन्त्र नभै स्वतन्त्रता, समानता र भातृत्वको वैभवको साथै गास बास कपासको लोकतन्त्र' आवश्यक छ भनेका छन्। अज्ञात पराष्ट्रियता – यस कवितामा देवकोटाको नाम उद्धृत गर्दै नेपालका विद्वानहरू पनि प्रदेशमा गएर आफ्नो देशको अमूल्यलाई त्यागेर मूल्यवान फलामसँग खेल्दै छन् पसिना बगाउँदैछन् परराष्ट्रियतामा पूर्ण विराम लिएर स्वराष्ट्रियतामा लाग्न आग्रह गरिएको छ।नेता –यस कवितामा नेतृत्ववर्गले जनता माथि गरेका शोषण,दमनको साथै जनतालाई हेर्ने दृष्टिकोणालाई यसरी प्रष्ट्याउने प्रयास गेकाछन् –
जनता ! तिमी त
धुलो हौ धुलो
जन्मछौ रातो कमेरोमा
हुर्कन्छौ हलो, जुवा र कोदालीमा
गुफा, कन्दरा, पर्वत हुँदै
तिमी झर्छौं।
यस कवितामा गरिब र धनी बीचको विभेद नेतृत्व वर्गले गरेका विविध अनैतिक कर्महरू, शहीदलाई गरिएका अपमानहरू तथा हेलत्वलाई जति वर्णन गरे पनि सकिदैन। शम्भुजीको सवल प्रस्तुतिप्रति धन्यवाद दिनै पर्छ जस्तो लाग्यो। निर्जीव भू–गर्भ र सजीव नर– यो कवितामा भू–गर्भलाइ निर्जीव र मानिसलाई सजीवको रूपमा चित्रण गरिएको छ। वास्तवमा हामी माटो वैज्ञानिकहरूले माटोलाई सजीवको रूपमा लिन्छौं। कविले पनि सजीवकै रूपमा चित्रण गरे जस्तो लाग्छ। भू–गर्भमै आश्रित सजीव प्राणीले आजको पृथ्वीलाई वातावरण नै खलबल्याएर प्रदुषित पारेका छन्। यदि मानवमा परिवर्तन नआएमा र सचेत नभएमा ज्वालामुखी बन्नेछ भन्ने धारणा आएको छ कवितामा। भ्रूणहत्या – यस कवितामा कविले महिला पुरुषको समान हक, स्त्री भ्रूणको भक्षक र पुरुष संरक्षक हुन नहुने, भ्रूणले संसार देख्न पाउनु पर्ने धारणा राख्दै ममतामयी मातालाई आग्रह गर्छन् –
तिम्रै गर्भ भित्र
भौतिक संसारकी साक्षात् अवतार
यस धर्तीमा पदार्पण गर्र्ने
अधिकारको बाधक नबनिदेऊ तिमी
नबनिदेऊ समर्थक मृत्यु दण्डको
रोकिदेऊ अन्त्य सृष्टि खण्डको
हतभागी छोरा– यस कवितामा कविले मातृभूमिलाई आफ्नै मरुभूमिमा बितेका कष्टदायी जीवनका धारणालाई राख्दै स्वदेशको यथार्थता पस्किदै,परिवर्तनको धारणा राख्दै फर्कने बाचा गरेका छन्।
अभिशप्त तनहरू–यस कविताले पनि जननी सगरमाथाप्रति खाडी देशको कर्ममा छोरो संतप्त छ भन्दै, आधुनिक द्वन्द्वले पहाड र तराईलाई चोटलागेको सीता जन्माएकी, बुद्ध जन्माएकी आमालाई पीरपरेको स्मरण गर्दै, देशले भोग्न परेको यथार्थता र खाडीका मजदुरको पीडालाई पस्कने प्रयास गरिएको छ।
मेरो गाउँ र मेरो देश– यस कवितामा राजनीतिक परिवर्तन पछि देखिएको विकृति र विसङ्गतिलाई,प्रष्ट्याउँदै, पुरानो संस्कृति, आपसी सहयोग र सद्भावलाई कोट्याउँदै र वर्तमान खण्ड विखण्डको मागलाई दर्शाउँदै भन्छन् –
एसिया महादेशको मेरो देश
विद्वान अज्ञानीको शेष छ
जनता छैनन् यहाँ नेतै नेताको अवशेष छ
कति भार छ बाग्मतीमा –यस कवितामा कविले 'बागमती रागमती, ढलमती मलममती, मूत्रमतीमा परिणत भएसरि अर्थात स्वच्छ पवित्र जल विहीन भएसरि यहाँको निष्ठा इमान्दारी आँच, जाल हान्ने माझीको फालाफाल, सहकार्य नमिलेर हात हालाहाल गर्ने, समानुपातिक र प्रत्येक्ष नारा खोक्नेहरू, बगालेको दुराचारीको स्वाङ भएकोले बागमतीलाई भार छ भन्छन् –
'त्यसैले
जति श्रीवृद्धिको दीपक जलाए पनि
हारै हार छ बागमतीमा
भारैभार छ बाग्मतीमा
थकित चेहेरा अनुत्तरित प्रश्नहरू–यस कवितामा पनि देशले दिन नसकेको रोज गारीले गर्दा नातावाद र कृपावादको कारणले अध्ययन गरेर सक्षम भए पनि विदेश पलायनको मार्मिकतालाई पस्केको छ। यी दुई पङक्ति पढौं–
तनको ऊन नूनले फाटेको छ
काँचो केश घुनले काटेको छ'
यस पटक भोट हाल्दिन आमा– जनताका इच्छा र आकान्छालाई भोट माग्दा दिएका आश्वासन चुनाव जितेपछि कार्यन्वयनमा नआएका आफ्नो स्वार्थपूर्तिमा लागेकामा आक्रोस पोख्दै कवि भन्छन् –
'भो आमा कर नगर
यहाँ प्रत्येक पटक
प्रतिक फेरि–फेरि
तिम्रो छातीमा कमण्डलु लिई
एउट जोगीले अवतार धारण गर्ने गर्छ
र भन्ने गर्छ ''बुद्धम शरण म गच्छामि''।'
मुक्त महाविद्यालय–चरीको प्रतीकको रूपमा आजका युवायुवतीप्रति लक्ष गरी लेखिएको यस कवितामा अभिभावकको त्यागले उड्न सक्ने भए पछि अनियन्त्रित भएको र कुलतमा लागेकोले सावधान गराउँदै अभिभावकको चाहनालाई यसरी पस्केका छन् –
तिमीलाई रानी चरी बनाउने मेरा सपनाहरू
तिमीलाई कोइली चरीबनाउने मेरा सपनाहरू
त्यही बूढो रूखको टुप्पोमा
सुषुप्त अवस्थामा
निदाइरहेको छ
नब्यूँझने निद
नदेख्ने दृश्य
अपूर्ण इच्छाहरू
तनहुँसूर–यस कवितामा रक्तिम क्रान्तिबाट कालारात्री हटाइए पनि अँझै अन्तिम क्रान्तिको आवश्यक छ भन्दै कविको आह्वान छ–
गर्नुपर्छ तिमीले
अन्तिम क्रान्ति
माग्नु पर्छ तिमीले आफ्नो गहना
जो कहिल्यै नखोसियोस, नदोहोरीयोस,
गास, बास र कपासको क्रान्ति
स्वतन्त्रता, समनता र भातृत्वको क्रान्ति
हरिजनको क्रान्ति
हरिजनको क्रान्ति
परीक्षाका तस्बिरहरू– कविले परीक्षाका विविधतालाई केलाउँदै भन्छन्–
'उफ् कसले बुझोस् यहाँ नैतिक शिक्षाको खाँचो छ।'
सुषुप्त मनको विष्फोटन– कवि भन्छन् –'सुषुप्त मनको विष्फोटन नै अमर तत्त्व हो।' कविको धारणामा अन्तरमनमा रहेका लाभाहरू विष्फोटन भएर बाहिर आए पछि कलाको रूप लिन्छ र अमर रहन्छ। सुषुप्त मनको विष्फोटन दवाएर राखिन्छ भने जन्मको कुनै तुक छैन र सधैं मृत्य रहन्छ। असीम इच्छाहरू– वास्तवमा इच्छाहरू असीम छन्। यी असीम इच्छालाई पुरा गर्नको लागि कविको धारणा यस्तो आएको छ –
हाई नकाड
एउटै मझेरीमा जम्मा भई
स्वरमा स्वर मिलाऊ
निर्माणको गीत गाऊ।
तिमी नै मेरो आदिकवि हौ– आदिकवि भानुभक्तले नेपाली भाषको माध्यमबाट नेपालीमा भाषिक एकीकरण, मार्गदर्शक, पथप्रदर्शक, रामायण प्रदाता, गीत संगीत, नायक र गायको संज्ञा दिँदै प्रकट गरिएको आदरभावको साथै आज आदि कविप्रति गर्न थालिएका नकरात्मक चर्चाहरूमा कविले भन्छन् –
तिम्रो कठिन परिश्रमको पसिनामा समय निरपेक्ष प्रश्न चिन्ह उठाउने
सिङ्गै युगको धुलो परेका कृतिम आँखाहरूमा
अलिकति आइड्रप राख्न चाहन्छु !
र सत्य इतिहास कोर्न चाहन्छु।
मरुभूमिमा ध्वनि प्रदुषण –नेपालका मन्त्री मरुभूमि जाँदा कविले पस्किएका मार्मिक धाराणाले भरिएको छ कविता–
हजुरकै घरको भोक र शोक ल्याएको छु
हरबापलाई सयौंपटक सलाम गरी
बल्ल–तल्ल हजुरलाई भेट्न भ्याएको छु
ठ्याक्कै त्यस्तै हुनेछु म भोलि– बृद्धबृद्धा अवस्थामा मानिसले व्यहोर्ने यथार्थताको सजीव चित्र उतारिएको छ र हामी पनि त्यो अवस्थामा पुगिन्छ भनिएको छ कवितामा –
उनी जे छन्
ठ्याक्कै त्यस्तै हुने छु भोलि
आँखा नदेख्ने,
हातगोडा नचल्ने
कान नसुन्ने
बाबा–यस कवितामा कविले बाबुको मृत्युपछि सम्पूर्ण भार व्यहोर्न पर्ने र बाबाप्रतिको श्रद्धालाई यसरी स्मरण गरेका छन् –
बस् म यत्ति भन्न सक्छु
हाम्रो अन्तर आत्माभित्र खिचिएको
हजुरको तस्विर कहिले मेटिने छैन
खलासी– बसमा भाडा उठाउँदा चुल्ठो पालेका मुद्रहरूको दुव्र्यवहार र ड्राइभरले खलासीमाथि गरिने गालीको सजीव चित्रण छ कवितामा।
चिठी आमालाई – यस कवितामा देशको यथार्थता र मरुभूमिमा मज्दुरहरूले भोग्न परेको कष्टप्रद जीवनलाई प्रष्ट्याउँदै आमालाई लेखेको पत्रमा पोखिएक एक दुई हरफलाई हेरौं –
देशको न्यायप्रतिको व्यङ्ग–
न्यायको आश गर्दागर्दै
गोर्खा फुजेलका नन्दप्रसाद अधिकारीहरूको लास
लुछिसके कौवाहरूले
राष्ट्र र राष्ट्रियता फलाक्दा फलाक्दै
देशै खाइसके खौवाहरूले
मरुभूमिको व्यथा–
म यतिखेर बल्छीको माछो बनेको छु
मृत्यु नजिकै ढुकेर बसेको छ
कथंकदाचित मृत्युलाई पराजीत गर्न सकें भने
आउने छु, टेक्ने छु हिमाल
र भन्ने छु
ए आमा !
हिमालबाट संसार हेर्नु त के हेर्नु
खाडीबाट संसार हेर्नु पो त हेर्नु
बन्धनमा छु म –पारीवारिक बन्धनमा जकडिएको जीवनको यथार्थ चित्रण छ कवितामा ।
निंद –कुम्भकर्णको निद निदाउन हुँदैन भन्ने धारणा छ कवितामा ।
यो समय कस्को हो –कविले तमाम विकृतिलाई चिरफार गदै यो समय त निशाचरहरूलाई नष्ट पारेर मान्छेहरूको शासन चलाउन सक्नेवालाको हो भन्ने धारणा आएको छ।
चुडिएको नाल र मुर्छित तस्विरहरू–यस कविताले बाल्यकालदेखि मता पिता, गुरुले दिएका आशीर्वचन अध्ययनबाट गर्नु पर्ने शिक्षा हासिल गरेर देशले दिन नसकेको, रोजगार र विदेशिन परेको बाध्यता, त्यहाँ भोगेका यातना उपलब्धि विहीन भएर जस्ताको त्यस्तै फर्केको धारणासहित प्राप्त विद्यावारिधि च्यातेर फालिदिने आग्रह गरिएको छ। मार्मिक धारणाले भरिएको आजका नेपाली युवाले भोगेका यथार्थतालाई कविताले प्रष्ट्याएको छ।मेरो छिमेकी– यस कवितामा कविले हाम्रो छिमेकीले गरेको अभद्र व्यवहार तथा हस्तक्षेपकारी नीतिप्रति कटाक्ष गर्दै असल छिमेकी बन्नलाई सुझाव दिन्छन् –
घरको निर्माण परिवारले गर्छन्
असल छिमेकीले सघाउने गर्छन्
नाम नलिइकन भाारतले नेपालप्रति गदै्र्र आएको व्यवहारलाई र नेपालले भारलाई गरेको सहयोगको कुरालाई प्रष्टरूपमा राखिएको छ। म–यस कवितामा कविले हावा र पानीको महत्त्वलाई दर्शाउने काम गरेका छन्
यहाँ हामी – यस कवितामा हामी कसरी नास्तिक बनेका छौं किन आस्तिक हुन सकेनौं परनिर्भरता कसरी भएका छौं, कसरी निरीह,मौन र रिक्त छम्,, किन हामी थिच्चिएका, किच्चिएका र घिच्चिएका छौं किन शक्त पीडामा छ म आदि कारणलाई प्रस्तुत गर्दै भन्छन् –
विचारविनाको मान्छे जस्तै छौं
मान्छेविनाको विचार जस्तै छौं
मृत्युदण्ड –यो कवितालाई साउदी अरेवियामा मृत्यु दण्ड सुनाइएका फ्यालेस्ताइन कवि अशरफ फायदको नाममा समर्पित गरिएको र मृतुदण्ड दिनु भनेको कायरता हो यसलाई रोक्नु पर्छ भन्ने आशय आएको छ।
बाबा– २ यस कवितामा बाबालाई संबोधन गर्दै कविले बाबाले दर्शाएका मार्ग दर्शनहरू अमिट रहेका छन् भन्दै समय अनुकुल चल्नु पर्ने र 'परेर त सिकिन्छ र सिकेर त जानिन्छ' जस्ता गहन धारणाहरू आएका छन्।
संसारभर–यस कवितामा कविले बाबु आमको परिश्रम, डनहरूको युवाअवस्थाका क्रियाकलाप, कसैको फेसबुकमा संलग्नता र उम्रे ढलेपछिको उँधोमन्टो लगाउनु पर्ने अवस्था साथै अल्प बालकहरूले 'राष्ट्रको परिचय दिने राष्ट्रिय चूलीमा विराजमान हुन्छन् र आदेश जारी गर्छन् तोक लगाउँछन्, घुम्ने कुर्सीमा बसी–बसी'जस्ता सदेश प्रवाह गरेको छ कविताले। बालखहरूले समयमै आफ्नो भविष्य उज्ज्वल बनाउने रशिर ठाडो बनाउनु पर्छ भन्ने सन्देश दिएको छ कविताले।
बूढो रूख– यसमा बूढो रुखलाई प्रतीकको रूपमा लिएर बूढो रूखको नजिक नयाँ विरुवा त उम्रन्छन् तर च्याप्पिएर ह्याप्पिएर बढन सक्दैनन् साथै बुढारुखहरू बोल्न सक्दैनन् भन्ने कथनलाई कविले जो बोल्न हिड्न र सोच्न सक्छन् 'उनीहरूसँग संसारकै उच्च चेतना छ' भन्ने धारणा राखेका छन्। उुवायुवतीको चेतनाको बृद्धिको समृद्धि चाहेबका छन् कविले।
मोडनेर उभिएर– यो यस कृतिको अन्तिम कविता हो। यस कवितामा पनि श्रम गर्नेहरूको दुखलाई केलाउँदै उनीहरूको कर्मको उच्च मूल्याङ्कन गदै भन्छन् Þ–
पढ्नेहरूका लागि
ऊ एउटा किताब हो,
ऊ भरियाको प्रतिनिधि पात्र पनि हो
उसका हरेक कृयाकलापहरू
कला हुन्
तर यति बहुप्रतिभाशाली
भरियाको लागि
कहाँ छ सम्बोधन ?
मैले यस कृतिका कविताका शीर्षकलाई समाउँदै केही धारणालाई कोट्याउने प्रयासमात्र गरेको छु। यसलाई घोतल्ने र यसमा भएका विविध भावलाई निसारण गर्ने काम गर्न सकिन किनकि कविता लामा छन् विविध समसामयिक घटनाक्रमलाई समाएका छन्। खाडी र नेपालका समाजिक, आर्थिक राजनैतिक, धार्मिक, प्राकृतिक, विकृति, विसङ्गति, श्रमिकको वेदना, नारिका चित्कार,आदि विविध यथार्थतालाई तुलनात्मक संदेशले भरिएका छन् कविता। कवि राष्ट्र राट्रीयता र राष्ट्रि निमार्णमा संवेदनशील देखिन्छन्। विश्लेषणात्मक समालोचना गर्ने हो भने कृतिको आकरभन्दा ठूलो कृति बन्न सक्छ। जो कोहीले यस कृतिमा दिन खोजिएको संदेशलाई रसपान गर्न चाहन्छ भने यस कृतिको एक पटक अध्ययन गर्नु पर्ने देखिन्छ। भूमिकाकार र शुभकामना प्रदानकर्ताहरूले यस कृतिप्रति राखेका उच्च मूल्याङ्कनलाई मैले पनि आत्मसात गरेको छु।
भाषशैली–भाषशैली सरल छ। जे देखिएको छ सहजरूपमा लेखिएको छ सोहीरूपमा प्रस्तुत गरिएको छ। शब्दचयन र प्रस्तुतिले सबैको मन छुन्छ। पढौं पढौं लाग्छ। अभिव्यक्तमा देखिएको प्रखरता नै कवि शम्भु अर्यालको वैशिष्ठता हो। कवि स्वयम्ले भनेका छन् –मैले कहिल्यै सूत्र नीति नियममा बाँधिएर कविता लेखिन।' कविताको अध्ययनले पनि स्वच्छन्द र स्वतन्त्र अभिव्यक्ति सहित कविताको सिर्जना भएको देखिन्छ।
परिवेश– यी कविताहरू अधिकांश नेपाल र मरुभूमि (खाडीा)को परिवेशमा लेखिएका छन्।
शीर्षकीकरण–यस कृतिमा शीर्षक दिनयोग्य कविता धेरै छन् तापनि भूमिकाकार भूपिनजी र कविको मन्थनबाट नामाकरण गरेको धारणा स्वय म कविबाट आएको छ। 'सागरको सर्जक मूल' शीर्षकको बीचबाट योकृतिको नामाकरण गरिएको छ। गङ्गालाई सम्बोधन गर्दै भनिएको छ–
तिमीपनि त सेतो सुन रहेछौ
तिमी नै त नयनको प्रकाश रहेछौ
सागरको सर्जक।
साधरण अर्थमा बुँद बुँद पानीको थोपाबाट नदी बन्छ र नदी थपिदै गए पछि सागर बन्छ। बस्तबमा सागरको मूल त नदी नै त हो। यहाँ गंगाको महिमा गाउँदै गंगालाई हामीले सिंगार्न नसको र जस्ता धारण राख्दै राखिएको शीर्षक सार्थक नै देखिन्छ।
अन्त्यमा शम्भु अर्यालको भावी जीवन कवितामय होस्। यस्तै कविता अभिव्यक्ततामा प्रखरता मौलाउँदै जाओस् र तिखारिँदै जाओस्,सुस्वास्थ, दीर्घायुको कामना सहित यो लेखको बिट यहीं मार्छु।

Don't forget me (Ornamental poetry)

Hi incomplete flower life
Shining light with an elegance of style

How much immaculate your bright eyes?
Like the twinkle twinkle heavenly stars

Heart-peacock weeping, for your remembering
They are moving here and there for the searching
 
As a wind, the mind is flying searching you
More love is beating heart how to forget you

What a wonderful face you're to screw people's minds.
What wonderful skills you're, really god divined
 
Those natural beautiful luster's of your
I am unable to describe from myself for your luster.

Fasting is not like to Sosthani but likes to a god of love ( Kamdev)
Nectar which is distributed by you like alcohol
 
In any case, at the drinking, all became intoxicated  
 From moment to moment all became motivated.
 
No matter what you do, the result came to zero
What kind of love do you have? Nobody became a hero.

But look at your divine form here
Who can forget, why, and how to forget to where.

Look at such a natural beauty
I have to meet you again  making a duty

Look, I have no shortage of flames
There is divine light, no darkness

Lovely dear, this is my nature
Your idea also should take to better.

We must be immersed in this feeling
Worldly love must give-up for dealing

Only then do we find the right path
We only follow a then righteous bath

Only then the shape of through will be identified
Then the garment of virtue is adorned

That's all I'm saying to you now
Don't forget me, the heart is saying with a bow.

Pray to mother



 O mother, the donor of shelter cotton, and food,
 We are coming with you with a few words
We bow down our head in your foot
Having a beautiful flower and fruit.

We are surviving by suckling your breast
So many thoughts having in soul
We pray you with downing by the head.
 You are the source of health and wealth
You are also a comfortable dwell .

 Mother in this world many your children
 Roaming here and there without any brain
 Poverty and illness in the world how to drain
 Please show the path them in a straight chain

 Mother, no peace in this world
 Everyone saying confidently I am bold.
 Bulls are fighting but calves are rubbing
 The poor are weeping, the wealthy are dancing.

 Mother, you know the whole globe
 Everywhere terror by the COVID-19
 Radio-television all news media crying
 All innocents are attacked by fearing

 Mother, the poor are crying for bread and rice
 Government is deaf so not hearing any voice
 The life of the poor is hanging in a mouthful donation
How it possible to self-sufficient this our nation

 We are not poor by natural resources
Beautiful sceneries asking by the force
 Come youth with me earning to toast
 Swept is the best source for the roast.