गजल
बेसारे बोली
बेसारे त बोली बोल्ने कसैलाई काम छैन
त्यसैले त त्यागी दिएँ यो दिलमा ठाम छैन
आऊ जाऊ कर्म जारी छाडी बसे बेसै होला
मुटु लियौ धोका दियौ अब कुनै धाम छैन
प्रेम यात्रा लामो भईो कति बाटो कुरी बस्ने
पथ विहीन यात्रीलाई कुनै चक्काजाम छैन
यो संसार भोग्यको हो रमणको खुला पथ
रमणकारी जीवधारी नसक्नेको नाम छैन
अब मेरो अपिल छ सत्य बोल खस्रो बोल
प्रकृतिको शुद्व पथमा कुनै छलछाम छैन
२०६५÷८÷१७
क्रीडा स्थल
नजर पर्दा पर्छ असर
असर पर्दा झर्छ नजर
यहाँ नजराना दाताहरू
बाँकी छाड्दैनन् कुनै कसर
जीवन यात्रा छ अति छोटो
कसरी बित्ला भावी सफर
मिलन बिन्दुमा पुगे पछि
पूर्ण हुन्छ सबको रहर
संसार एउटा क्रीडास्थल
अन्तिम क्षण पुग्छ बगर
२०६५÷८÷३०
नेता बराँती भए
नेता बराँती आए ताँती ताँती
गर्छन् यिनले हेर भाँती भाँती
नयाँँ नेपाल परिकल्पनामा
सूर्य न देखी टुट्न गयो राती
भाग र बण्डा सर्वव्यापी भर्यो
कुसंस्कारले दुख्न गयो छाती
दम्भोली हजुरबा कुर्लदामा
दम्भी भाव ली दङ पर्छ नाति
मान्य जनको गर्नु पर्छ सेवा
सेवा लिनेले ननिकाल काती
=
हर्ष र विस्मातमा झर्छ अश्रु झरी प्रिया
कल्पनामा सीमित छन् सपनीका परी प्रिया
अकल्पनीय अश्रु हेर नचाहिँदै वर्सिदिन्छ
रोक्न कहाँ सकिन्छ, आँखा तरीतरी प्रिया
सुखान्त र दुःखान्त जीवन क्षणको भोगाइमा
हाँसा–रोदन जीवनमा बन्छ चक्रसरि प्रिया
सामन्त शोषक अनि व्यभिचारी जहाँ हुन्छन्
बनाइदिन्छन् गरिबलाई पिँजडाको चरी प्रिया
अश्रु जल नबगाऊँ है हर्ष–शोक दुबै क्षणमा
भोगाइमा समझदारी हुन्छ थरीथरी प्रिया
No comments:
Post a Comment