December 27, 2020

विश्वप्रेम अधिकारीका काव्यत्रयीको शैल्यक्रिया

परिचय

विश्वप्रेम अधिकारीको जन्म वि.सं २००३ सालमा राङखोला स्याङ्जामा भएको थियो । उहाँका पिताको नाम रूग्मागद र माताको नाम लीला अधिकारी हो । शिक्षाको थालनी आफ्नै घरमा प्रारम्भ गरे पनि उच्च शिक्षाको लागि भने उहाँ काशी जानु भयो र अध्ययनको साथसाथै साहित्यिक क्षेत्रमा आफूलाई उभ्याउन पनि उहाँ सफल हुनुभयो । विश्वप्रेमको साहित्यिक यात्राको इतिहासलाई केलाउँदा अच्युतशरण अर्यालले लेखेको 'कवि र कविता' शीर्षकलाई (पृष्ठ ग देखि ङ)अध्ययन गर्नु पर्ने देखिन्छ ।

अच्युतशरणजीले शैक्षिक यात्रा २०१७ सालदेखि प्रारम्भ, सोही समयदेखि कविता लेखनको थालनी, कल्याणी पत्रिकाको जन्म दाताहरूमा सूर्यप्रसाद रेग्मी, तुलसीरमण काफ्ले,मुरली पौडेल र विश्वप्रेम अधिकारिरहेका, त्यसै पत्रिकाको पहिलो अंकमा विश्वप्रेम अधिकारीको पहिलो कविता प्रकाशन भएको, वि.सं. २०२२सालमा हंसपुरमा सम्पन्न गगण्डकी अञ्चल स्तरीय बृहद साहित्यिक सम्मेलनमा उनको 'प्याउली'ले प्रथम स्थान हाँसिल गर्नु र पुरस्कृत हुनु आदि उहाँको जीवनीका केही अंशलाई प्रष्ट्याउने प्रयास गर्नुभएको छ । स्वयम् कृतिकारले, सुरूदेखि नै छन्दमा कविता लेख्न थालेको र अभ्यासिक चरणका कविता सङ्कलित नगरिएका, धारणा पस्कनु भएको छ । अध्ययन कालदेखि नै हालसम्म साहित्यिक क्षेत्रमा आफूलाई समर्पण गर्नु भनेको एउटा ठूलो त्याग र योगदान हो । साहित्यिक क्षेत्रमात्र नभएर सामाजिकर राजनीतिक क्षेत्रमा पनि उहाँको अतुलनीय योगदान छ । यही साहित्यिक, सामाजिक र राजनीतिक क्षेत्रमा पुर्याउँदै आउनु भएको योगदान नै उहाँको परिचय हो ।

प्रकाशित कृतिहरू– मेरी छोरी (कवितासङ्रग्रह, २०४९), बन्दीको मनस्थिति (कवितासङ्ग्रह २०५२), संकल्प 'आमा' स्मृतिकाव्य सहित (कवितासङ्ग्रह २०५५) अचाडू मनका स्वरहरू (कवितासङ्ग्रह, २०६१), आँधी खोले लोकसंसकृति र लोक गीत (२०५७), पश्चिमाञ्चलका लोक गीत र परम्परा (२०५८), आँधीखोले लोकसाहित्य प्रसतुति र विश्लेषण, (२०५९), स्याङ्जाली साहित्यकार र तिनका सिर्जनाहरू (भूमिका –सम्मति २०६१), सम्झनाका विम्बहरू (संस्मरणान्तक लेख निबनधहरूको सङ्ग्रह २०७१), काव्यत्रयी (सङ्कलित काव्य २०७२) गरी अधिकारीका १० कृतिहरू हामीले कृतिको रूपमा अध्ययन गर्न पाएका छ म भने थुत्रै लेख रचनाहरू पत्रपत्रिकामा आइसकेका र प्रकाशनको कर्ममा रहेका छन् ।

सम्पादन –
अधिकारीजी एउटा कुशल सम्पादक पनि हो । उहाँले कल्याणी (बार्षिक २०१९–०२३), रहर (त्रैमासिक २०२३), जयनेपाल (वैचारिक पत्रिका २०४७/२०५६),पोखिएका कनिका (कवितासङ्ग्रह २०२५) रजस्थल (त्रैमासिक अङ्क १–१३, २३देखि हालसम्म), झारबुटी (बालकवितासंग्रह २०५९) को सम्पादन गर्दै आउनु भएको छ ।

पुरस्कार/ सम्मान –
विश्वप्रेम अधिकारीले साहित्यिक यात्रामा गरेको लागानीलाई थुप्रै संघ संस्थाहरूले उच्च मुयाङ्कन गर्दै पुरस्कार र सम्मानले विभूषित गरेका छन् । गण्डकी अञ्चल व्यापी बृहत साहित्य सम्मेलन हंसपुरबाट साहित्य पुरस्कार (२०२२), शङ्खनारायण साहित्य पुरस्कार (२०५३), कालीगण्डकी साहित्य कला पुरस्कार (२०५३), तिलाकुमारी साहित्य पुरस्कार (२०५६), वासु पुरस्कार (२०६०), भाष्कर लामिछाने, लोक संसकृतिक पुरस्कार (चितवन २०६८), त्रिमूर्ति पुरस्कार (२०६९), लोक कवि अली मिया लोकवाङ्मय सम्मान (२०६६), जर्जजोन शिक्षा प्रतिष्ठान (अभिनन्द२०६७), ज्योति आवासीय उच्च मा.वि. स्याङ्जा (अभिनन्दन २०६८), रोशनी आ.उ.मा.वि. (सम्मान २०६७) बलराम वाङ्मय स्मृति पुरस्कार (चितवन २०६८), नेपाल शिक्षक संघ स्याङ्जा (अभिनन्दन २०६९),नेपाल निर्माण व्यवसायिक संघ, स्याङ्जा (सम्मान २०७१), भैरव वाङ्मय पुरुस्कार (२०७१? चितवन),नेत्र शोभा स्मृति पुरस्कार (.रुपन्देही २०७२) र ऋधिसिद्धि बचत तथा ऋण सहकारी संस्थाद्वारा सम्मान (वालिङ २०७२) आधी संस्थाबाट उहाँ विभूषित भै सक्नुभएको छ ।

संलग्नता–
विश्वप्रेम अधिकारीको साहित्यिक तथा सामाजिक क्षेत्रमा पनि आवद्ध भएको पाइन्छ । उहाँ स्याङ्जा साहित्य प्रतिष्ठानको अध्यक्ष, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाको, का.वा अध्यक्ष, लक्ष्मी स्मृति सामुदायिक अस्पतालको आजीवन सदस्य,, मातृभूमि पुस्तकालय विर्घा आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, नव माधुरी साहित्य प्रतिष्ठान पर्वको आजीवन सदस्य र सामुदायिक अस्पताल हेलुको स्थायी सदस्य हुनुहुन्छ । यी आवद्धताले उहाँको सेवा साहित्य, शिक्षा, स्वास्थ आदि क्षेत्रमा पुगेको पाइन्छ ।

कृतिको संरचना –
काव्यको नामबाटै जानकारी पाइन्छ कि यस काव्यमा तीन काव्यहरू समायोजन गरिएको छ । ५८ चतुस्पदी श्लोकको बन्दीको मनस्थिति (लधु काव्य), ९२ चतुस्पदी श्लोकको आमा (स्मृति काव्य) र नौ वटा उपशीर्षक सहितको साने गीति काव्यले सुसज्जित भै काव्यत्रयीको निर्माण भएको देखिन्छ । गायत्री अधिकारी र सुषमा अधिकारीको प्रकाशनमा प्रकाशित यस काव्यको मूल्य रु १००/– राखिएको छ । यो काव्य आवरण सहित (१५+५६गरी ७१ पृष्ठको छ । आवरणको अघिल्लो पृष्ठमा आँधी खोलाको मुहानको तस्वीर दर्शाइएको छ भनेपछिल्लो पृष्ठमा लेखकको व्यक्तिगत विवरणले सजिएको छ ।

कृतिकारको काव्यत्रयीप्रतिको धारणा –

बन्दीको मनस्थिति काव्य २०३२ सालमा दमौली जेलमा बस्दा लेखिएको र २०५२ सालमा प्रकाशनमा आएको थियो । यस सम्बन्धमा काव्यकारको कथन छ – "बन्दीको मनस्थिति" 'म स्वयम्का अनुभूतिहरूको अभिव्यक्ति हो । यही काव्यको सिर्जना भए पछि मैले "मेरा लागि जेल अभिशाप नभएर वरदान भयो" भनेको थिएँ । सर्जकको लागि जेल सजाएँ नभएर एउटा सिर्जनशील थलो हो भन्न सकिन्छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाले नै जेलमा बसेर लेखका कृतिहरू मध्यमा जेल जर्नल र फेरि सुन्दरीजलमा हामीले अध्ययन गर्दा उनका अनुभूति, सम्पूर्ण भोगाइ, कला चिन्तनलाई जानकारी लिन सकिन्छ । वी.पी.ले नेपाली साहित्यलाई उच्चाइमा पुर्याए भने नेपाली साहित्यमा मनोविश्लेषण सिधान्तलाई प्रयोगमा ल्याएर स्थापित गरिदिए । अधिकारीजीले पनि बन्दीले भोग्न परेका यावत अनुभूतिलाई आफै व्यहोरी काव्य नै प्रदान गर्नुभएको छ ।

अधिकारीको दोस्रो काव्य हो 'आमा' स्मृतिकाव्य । उहाँले शोककाव्य नभनी २०४५ साल चैत्र महिनामा आमाको निधन भएको र यो काव्य २०५३ सालमा स्मृतिकाव्यको रूपमा लेखिएको थियो । यस काव्यप्रति उहाँको धारणा यस प्रकार छ–'निधनको समय आँसू मात्र झारेर आमाको अन्त्यष्टि र काजक्रिया गरें । त्यस पछि जति जति दिन बित्तै गए उति उति सम्झना ताजा हुँदै गए । आफ्नै छोराछोरीहरूले उनीहरूकी आफ्नै आमासँग गर्ने आशा–अपेक्षा र व्यवहारले मलाई अतिततिर फर्कन बाध्य पार्दै गयो । जति पटक उनीहरू "आमा" भन्दै जान्छन् त्यति पटक नै मेरी ममतामयी आमाको म प्रतिको ममता, बात्सल्ययुक्त व्यवहार शृङ्खला बनेर अगाडि आयो अनि "इच्छ्या हुँदा प्रणवरूप जगत्पिताको आएँ म बस्न तनभित्र तृणैसरीको" भनेर लेख्न सुरू गरें' । अपधिकारीजीका यी अभिव्क्तिमा कटु सत्यता छ । प्राकृतिक प्रकृयालाई उच्चताको साथमा कलात्मकरूपले आफ्ना अभिव्यक्तिलाई पस्कनु भएको छ ।

तेस्रो काव्य जस्लाई अधिकारीजी सांस्कृति काव्य भन्न रुचाउनुहुन्छलाई "साने" गीतिकाव्यको सिर्जना गर्नुभयो । यसमा गन्धर्व जातिको पात्रलाई काव्य नायक "साने" काव्य नायक बनाएर सशस्त्र द्वन्द्वकालमा काव्य लेखेको धारणा राख्नुहुन्छ ।

भूमिकाकारको काव्यकारप्रतिको धारणा –

काव्यत्रयीमा दुई काव्यमा ("बन्दीको मनस्थिति" र "आमा" मा) भूमिका लेखिएका छन् तर "साने"मा भूमिका लेदिएको छैन । "बन्दीको मनस्थिति"मा अच्युत शरण अर्यालले 'कवि र कविता' शीर्षकमा कविको कविता यात्रा, साहित्यिक योगदान, व्यक्तित्वमा प्रकाश पार्दै लेख्नुहुन्छ– 'हरेक कृतिलाई हरेक दृष्टिले हेर्न नसकिए पनि सर्वमान्य धारणाका सापेक्षतामा नै प्रस्तुत कविता कृति बढी आलोकित हुन सक्दछ भन्ने मेरो धारणा छ ' (पृष्ठ ज)।

"आमा" स्मृतिकाव्य र कवितामा विश्वप्रेम अधिकारी शीर्षकमा देवीप्रसाद "वनवासी"ले विश्वप्रेम अधिकारीलाई'नेपाली काव्य जगतका भावना, सिर्जना र चेतनाका त्रिवेणी हुनुहुन्छ' (पृष्ठ झ) भन्नुहुन्छ । "वनवासी"ले विश्वप्रेम अधिकारीका कवितालाई उच्च मूल्याङक गर्दै लेख्नुहुन्छ – '.... विश्वप्रेम अधिकारी राङखोला, स्याङ्जा गण्डकी अञ्चलको धरातलबाट उठेर नबरंगी पखेटा फटफटाउँदै धवलागिरि र अन्नपूर्ण शिखरलाई नाघेर उकालो लागि सक्नुभएको छ । उहाँकी कविता चरी सगरमाथा शिखरतिर लम्किरहेकी छिन्' (पृष्ठ झ)। "वनवासी"जीले आमा स्मृति काव्यको बारेमा पनि गहन धारणा राख्नुभएको छ र काव्य लेखन शैलीप्रति रूढ परम्परालाई तोडेर मानवीय आदर्शलाई उच्च प्राथमिकता दिएको ठान्नुहुन्छ ।

मैले पनि यो काव्यत्रयी अध्ययन गरेर भन्न मन लाग्छ कि काव्यत्रयीमा काव्यकार पूर्वीय काव्यलेखनको परम्पराभन्दा माथि उठेर मानवीय आदर्शलाई प्राथमिकता दिएर परिवर्तन मार्गदर्शनको पथप्रदर्शक हुनुभएको छ निश्चय पनि प्रसंशनीय र अनुकरणीय छ ।

काव्य भित्र प्रवेश गर्दा–

बन्दीजीवन बिताउँदा बन्दीको मनस्थिति कस्तो बन्दछ, समाजले हेर्ने दृष्टि कस्तो हुन्छ, जीवनमा हाँसो आँसु, वियोगको समयमा मानिसले प्राप्त गर्ने अनुभूति राष्ट्रप्रतिको सोचाइ आदि विविध भावनालाई समेट्दै लेखिएको यो लघुकाव्यमा आकृतिको रूपमा लघु देखिए पनि यस्ले समेटेको यथार्थताको प्रस्तुतिकरण भने गहन र विशाल छ । हरेक शब्द शब्दमा गहनता छ ।भावनाका अनुभूति गङ्गाको जलझै पवित्रता छर्दै बगिरहेको पाइन्छ श्लोक श्लोकमा । काव्यारम्भमा नै कविले पोखेका भावनालाई अध्ययन र मनन गरौं –

साथी हुन् सब यी पवित्र मुटुका बन्दी भए तापनि,
सम्झी मात्र रहन्छु स्नेह रसले साथै बसेका भनी
होला गन्ध अँझै दयाद्र दिलमा चीसो छ धर्ती भने,
मान्छेको इतिहास बन्दछ यहाँ आकाशमा चम्किने ।
पृष्ठ १

कविले बन्दी भए पनि बन्दीभित्रको पवित्रता, साथको मित्रता स्नेहरसले सम्झना हुनु अस्वभाविक हैन र निमार्णमा जुट्न सकेमा मान्छेले आकाशमा चम्कने इतिहासको निमार्ण पनि गर्न सक्छ भन्ने धारणाले मानव जीवनको सार्थकतालाई दर्शाउन सकेको छ भन्ने लाग्दछ मलाई ।

जब मानिस बन्दी बन्न जान्छ त्यस वेला सृष्टि आशा भरोसा, सौम्य मनका उद्विघ्नता, स्रष्टा वैंश हृदयको आलोक भावना डुब्नु, र सारा बान्धको प्रदिप्त मोहडा र कामना खस्कन सक्नु जस्ता अनुभूति, हुन सक्छ ।

आमाको स्नेहको सम्झना, हृदयका साथीको शोक, माया लुप्त हुनु विवशता बढ्नु, गोली सङ्गिन साथमा हुनु, यी जीवनका संघर्षमय क्षणमा पनि कवि दृढ छन् –धौलासिरीको शिर सरह पवित्र र उच्च शिर लिएर मादी नदीको तटमा लामो साहसको साथमा, मीठो कान्ति सौम्य रसमा बस्ने अठोठता छ कविको ।

कविको जेल जीवनमा कोमलको फूलसरह, बाल्यकाल आमाको काखमा बितेको याद आउनु, आज जेलमा रहँदा नियास्रो लाग्नु भन्दै कवि आशा वादी देखिन्छन्, काल बितेपछि दुःखको कालमोचन हुने, प्रकृति लगायत सबै हाँस्ने छौं भन्छन् ।

दानवतावादको उन्मुलन र मानवतावादको स्थापनाको लागि जेलगृहमा बसेका कविको धारणा यस्तो छ –

आमा हुन् धरणी पवित्र सबकी, हामी भयों बालक
इच्छा हो सबको अनन्त सुखको त्यो ईश हो पालक
हामी बढ्नु छ मानवी प्रणयमा निर्दिष्ट बाटोतिर
पीडा गम्य छ दानवी हृदयको रोइन्छ त्यै खातिर
पृष्ठ ३

माटोप्रतिको मोह –

कविका भावना विविधतामा बगेका छन् । कवि लालीगुराँसको छटासँग, वसन्तको बल्लरी, फूल, कोपिला चराको तथा कोइलीको स्वर आदिसँग रमाउँछन् साथै यस्ता प्रकृति प्रेमी साहित्यकारको मन सबै अट्ने आधार शीला माटोमा गएर अडिन्छ । माटोलाई कविले पवित्र ठान्छन्, मनको आधार मान्छन्, 'माटो भिन्न हुँदैन स्वत्व जगमा सानिन्ध्य माटोसित' भन्छन् माटाकै अभिषेकमा घनघटा गर्जने वर्षने र सच्चा प्रेम प्रफुल्ल हुँदा माटो उच्च हुने आलोक मौलाउने, सुखले प्रफुल्ल हुनेमात्र नभएर माटो निर्वाण र मुक्ति हो भन्ने धारणा उहाँकै शब्दमा हेरौं –

माटोको गरिमा सकार्नु दिलमा निर्वाण, वा मुक्ति हो,
"भोग्याभोग्य" प्रपञ्च हो जगतको "ईष्र्या" महाजाल हो
पृष्ठ ५

अतितको गौरव गाथा र कविको धारणा – नेपालको अतितको गौरव तथा अतितको यादले कवि हृदय छुन्छ र यही माटोबाट बुद्धले बुद्धत्वलाई फैलाएको धारणा, सीता महामना जनक पुर्खाको साहस, हिमालको अटलता जस्तै कविको धैर्यशिखा पनि अडीग भएर घर्षण गर्ने उनको भावन र धारणालाई कसैले लुट्न नसक्ने धारणा दृढताको साथमा राखेका छन् काव्यकारले ।

जेलको कष्टदाइ क्षणहरूमा याद आउनु, दिएको अमावीय यातनामा आँखा रसाउनु, आफ्नो भावनासँग मेल नखाने व्यक्तिको उपस्थिति भए पनि एक्लो महसुस हुनु, बाल्य जीवनका क्रीडा र मोहनको याद, आमाको बाबाको माया ममताको यादका प्रस्तुतिका एक एक शब्द मार्मिक छन् ।

काव्यकारको चाहनालाई हामीले उहाँकै शब्दबाट अध्ययन गरौं –

भन्ने शुद्ध विचार अघि बढोस् हाँसुन् सबै बान्धव,
हाम्रो देश फलोस् फुलोस् महकले हामी विना के छ र
कोही वैभवमा निमग्न रहने, कोही रूने नहोस्
नेपाली मुटु भित्र–भित्र छहरो सद्भावनाको बगोस् ।
पृष्ठ १०)

कविले 'बन्दीको मनस्थिति' लघुकाव्यमा बन्दीले भोग्न परेका असहज परिस्थितिलाई सहजकताका साथ वर्णन गरेका छन् । देश प्रतिको ममता, नेपालको गौरव, नेपालीहरू सबकैको मनछुन सक्ने, अतितका हार्मा पुर्खाहरूको वीरता, बुद्धको बुद्धत्वको प्रचार प्रसार, ममतामयी आमा र माटाको माया, प्राकृतिक सौन्दर्य, चराहरूको गान, मनको कामना शान्तिको चाहना, आफ्नो दृढ अभिव्यक्ति, अनुभव र अनुभूतिलाई सहज र सफल रूपमा प्रतुत गरिएको छ काव्यमा । काव्यका एक एक श्लोक गहन छन्, उच्च भाव छ, जस्को जति विश्लेषण गरे पनि कमी नै देखिन्छ ।

आमा स्मृतिकाव्यको सङ्क्षिप्त विवेचना –

काव्यकारले काव्यको थालनी, सर्वप्रथम 'आफैलाई गरी प्रणाम चोप्दैछु यो लेखनी' भनि, गर्नुभएको छ । यो काव्यकारले परमपरागत काव्य लेखनमा दिएको परिवर्तित मार्गदर्शन हो र मानवीय आदर्शलाई दिएको उच्चत म प्राथमिकता हो । काव्यकारले ममतामयी आमाबाट अञ्जली थापेर सारा ममता लिएको र यस काव्य मार्फत प्राञ्जली फोयर फिर्ता दिन तयार हुँदै लेख्नुहुन्छ –

"बाबू" यो प्रिय शब्दका सँगसँगै सद्भाव सन्था लिएँ ।
धर्तीमा थिरि भै कथा प्रणयको आवाल ताते लिएँ ।
न्यानो काख लिएँ मस्क्क निदमा बूबू र तेते लिएँ,
सानो स्मृतिकथा फुकाउँछु यहाँ पैल्यै त के पो दिएँ
पृष्ठ १५

यो यथार्थ सत्य हो कि ममतामयी आमाले आफ्नो सन्तानलाई प्रदान गरेका माया, स्याहार आदिबाट बोकाएको ऋणलाई एउटा सन्ततिले कहिल्यै तिर्न सक्दैन । आमाको सन्तति प्रतिको त्याग र वलिदान महान हुन्छ ।जस्लाई बर्णन गर्नको लागि उपयुक्त शब्दावली नै भेटिदैन । काव्यकारले मनको सद्भावले अर्चना गर्नु, ढोग गर्नु, आमाजाती प्रशंसित बनून् भन्दै लेखनी चलाउनु, सम्पूर्ण समाजबाट शो्षित पीडित अपहेलित घृणित, बेचिएका, दीन दुखीआदि जे जस्तो अवस्थामा भएका आमाहरूलाई मनबाटै घृणा त्यागी साष्टाङ्, सद्भाव र स्नेहले बारम्बार प्रणाम गर्छु भन्दै आफ्नो काव्य लेखनीलाई अगाडि बढाउनु भएको छ ।

आमाको चाहना सधैं आफ्नो सन्तान सहजमा हुर्किवस्, पीडा, दुःख,भोक निद आदिमा असहजता नआवस्, सन्तानका चाहना पुरा हउन् सदा तत्पर्ता आमामा दर्शिनु तर सन्तान भने रत्नसरिको ममता भूलेर स्वार्थी भएर केवल पिण्डको डल्लो दिन नै प्रस्तुत भएको पाइनु भन्दै काव्यकारले आमामा पूर्णता पाउँछन् –

तिम्रो विशाल मन मन्दिरको खजाना
भोगें निमग्न बनी नित्य गरी बहाना
खाली भएन कहिल्यै कति पूर्ण रैछ्यौ
विद्या समान जननी ! कुलराग रैछ्यौ
पृष्ठ २०

यो काव्यमा विविधता छ, आमाको स्मृतिमा मात्र काव्य सीमित छैन । काव्यकारको जीवन घटनाहरू, आफू दुलाह बनेको अवस्थामा आमा रुनु, देशमा परिवर्तन आउनु, शहिदहरूको रगतको कदर नहुनु देशमा देखिएको विकृति विसङ्गति आदिले गर्दा काव्यकारलाई देश विकलाङ्ग भएको, जिन्दगानी पूरा सुरामय भएको, सूर्य नै कालो भएको अनुभूति काव्यकारले पस्केका छन् –

संग्रामले दिनदिनै बढ्दा प्रलाप
बन्दो छ दीनहरूको अवरूद्ध पन्थ
आत्तिन्छु भन्छ मनले खुब खिन्न साथ
हुन्थ्यो कि ठिक बरू वैदिक साम्यवाद
पृष्ठ २६

आजको संसारको परिस्थिति ज्योतिमय नभएर अन्ँधकार मय छ, शान्ति छैन, कट्टा छुरी र खुकुरी चेन आदिे हानेर घात प्रतिघात भएको घरबाट हिडेको मानिस फर्कन्छ या फर्कदैन आदि देशको परिस्थितिसँग कवि चिन्तित छन् –

उस्तैछ फेरि जननी ! कलराग द्वेष
आतङ्कले हुन गयो विकलाङ्ग देश
पृष्ठ २७

आजको अधर्मको कारणले आकाश–वायु–प्रकृति सबको हितमा नभएको अनूभूति, शुभकर्म र वेदवाणी र आर्यकुलको रसिलो कहानीलाई कस्ले सुन्ने, माता पिता गुरुलाई द्यौता समान कस्ले ठान्ने, संसार जाल झेलले चुलिएको कारणले र शान्ति नहुँदा देह र देश दुखेका कुरा,कौमार्य लज्जित सबैका अगाडि बनेको, घरवरिपरि बहिनी तिरस्कृत भएकी, युवाहरूले अधरमा चक्की दल्नु, सुरामय जिन्दगी बन्नु, पुरानो कलाहरू प्रकम्पित छन् र वेचिदै छन्, अघिको संस्कार छैन, बालून, सोरठी जनराग घाटुलाई देख्न नपाइने भएको, पुरानो संस्कृति कलाहरूमा आक्रमण भएको, आदर्शयुक्त प्रण नरहनु जस्ता विविधखाले कुकृत्यको कारण कवि चिन्तित भएको धारणा काव्यमा आएका छन् । यस्ता विकृतिहरू आजका यथार्थ हुन् र यी यथार्थता नेपाल र नेपालीलेमात्र नभएर आजको विश्वले भोगेको छ । काव्यकारल,े यस्ता विकृति र विसङ्गतिसँग काव्यकार हटेर हैन डटेर अघि बढ्ने, प्रतिज्ञा गर्दछन् –

माटो लिएर जननी ! करमा, प्रतिज्ञा
गर्दै म भन्छु अघि झै नगरी अवज्ञा
फर्कन्न कत्ति म पछि निज लक्षबाट
छोरो म हूँ हजुरको छ मही सपाट
पृष्ठ ३०

कविको जीवन दर्शन पनि अतुलनीय छ । काव्यकारले प्रश्न राख्दै लेख्नुहुन्छ–

यो देह आफै पनि तुच्छ हो त ?
चैतन्यले प्लावित हुन्छ नित्य
त्यै चेतनाको भरमा परेर,
चल्दो छ यो नित्य अनन्त सर्ग
पृष्ठ ३०

चेतनाले अमरत्व तर्फ लान्छ, केही कर्म हुन्छन्, आशक्तिले गलानी निम्त्याउँछ, मेरा र तेरा रंगमा भूल्न नहुने, जीवले नै जीवनलाई स्तुत्य बनाउँछ, उन्माद, विद्वेषसँगै रहन्छ जस्ता दर्शिनिक अभिव्यक्ति काव्यकारले पोखेका छन् ।

आजका राजनैतिक गतिविधिलाई पनि काव्यकारले नियालेका छन् । शहीदको रगतले सिञ्चित यो देशमा शहीदहरूले पाउन पर्ने सम्मान पाउन सकेका छैनन् । नेताबाट भाषण मात्र भर्ने गरेको छ र भोकाहरू हेपिएका हेपिएकै छन् नेताहरू महलको बास, पजेराको सबार, थोत्रा दर्शनलाई लिएर बखेडा निकाल्ने, आफ्नोमात्र हित चाहाने, निरह जनताको कुनै अस्तित्व छैन, नेता चिन्तनहीन बन्नु, प्रजातन्त्र आए पनि गाउँका जनताले प्रजातन्त्रको अनुभूति गर्न नसक्नु, क्रूरपन बढेको, कुकटुता हुर्केर बज्रिएको, दलभित्र क्षुद्र भएको, काया नचिन्नेहरू हाँसिरहेका, देशै नचिन्नेहरूले देशको अगुवाइ गरेका, मनमा आँखै नदेख्नेहरू मानिसको शरीरमा नाचिरहेका जस्ता धारणाहरू काव्यमा आएका छन् । काव्यकारले आफ्नो अठोट धारणालाई पस्केको काव्यको अन्तिम श्लोकलाई यहाँ प्रस्तुत गर्न मन लाग्यो –

दिन्नन् यी दयनीयलाई मनले देखे बुझेको कुरा,
के मागौं खलका अगाडि मलिनो देखाउँदै चेहरा ।
बोक्दै साहससाथ झन्झट सबै खेपेर आजीवन
आमा बाँच्छु म ढुक्कमात्र हुनुहोस् रोएर भो बाँच्दिन ।

यस काव्यलाई केलाउँदा मलाई यो एउटा मृत आमालाई स्मरणा गर्दै काव्यकारले आमाबाट प्राप्त माया ममतालाई स्मरण गर्दै आमालाई आफूले पुर्याउन नसकेको सेवाभावलाई प्रकट गर्दै सामाजिक राजनीतिक, आर्थिक अवस्थालाई केलाउँदै विकृति र विसङगतिप्रति कटाक्ष गर्दै, आमाहरूलाई महत्वपूर्ण स्थान दिएर आफ्नो जीवन कथालाई समेत अठोटताका साथ प्रस्तुत गर्नुभएको छ ।

साने सांस्कृतिक लघुकाव्यको भावसार –

यस काव्यलाई काव्यकारले शीर्षकी करण गरेर लेख्नुभएको छ । पहिलो शीर्षक छ –'श्रवणकुमारको मुक्तिनाथ यात्रा' । मुक्तिनाथको कागवेनीमा पितृलाई जलाञ्जली दिन अन्धाअन्धी बाबुआमालाई खर्पनमा बोकी हिड्दै मार्कण्डेय ऋषिलाई काहिरे चुलीमा भेट्नु राम्दी पुग्नु र बास बस्नु, यक्षसँग भेट गरेर आमाबाबु देवता हुन् भन्ने सन्देश छाड्दै करादीको डाँडा माथि लाँकुरीको फेदमा कुशासन माथि बसे गाउँबासी सोध्न आउँदा 'धर्म भन्ने धारणा हो' भन्ने सत्य गोड्दै भोलि पल्ट छाङछाङ्दीमा आएर पचास पाइला माथि चढेर न्यानो बास पाएर झर्नाको पानी शिवजीलाई अर्पेर थर्कटी ओछ्याएर बस्नु, फलाटेको तलतिर पञ्चमूलको अमृतसरहको जल पान गरेको । आज ओडारको न्यानो बास, सेउलाको आसन र ऐंसेलुको खाजाभुजा,अमलाको खाना गर्ने गरी श्रवण कुमार पानी खोज्न गए पछि यो शीर्षकको समाप्त हुन्छ ।

पानी लिन गएका श्रवण कुमारले जब पानी भर्न थाल्दा 'हवातत' आवाज आउँदा मृग ठानी राजा दशरथले शब्दभेदी बाँण हान्दा श्रवण कुमारको मृत्युहुन्छ वनमा कोलहाल बन्छ,वन्यजन्त' लगायत सबै शोकमय बन्छन्, राजा दशरथले क्षमा माग्छन् पानी लिएर राजा दशरथ अन्धाअन्धीलाई श्रवण कुमार मारिएको जानकारी दिए पछि अन्धाअन्धी रुँदारुँदै त्यहीं मृत्यु हुन्छ अन्धाअन्धीको आँसु नै आँधीको मुहानको स्रोत बन्छ ।

सानेले यो गीत गाए पछि उस्ले चेतनाको गीत गाउँन थाल्छ । विविध खाले गीतहरू मार्फत विवेक र पसिनालाई छर्न पर्छ र दुई हात हुँदासम्म गर्नु पर्छ र सिर्जनाका जुहार बाँड्दै सबैलाई माया गर्दै मानिस पूर्ण हुनु पर्ने जस्ता सन्देश दिन्छ ।

सानेले सारङ्गीको कथा सुनाउँदै रावणले तीनतारे बजाउने, नारदले एक तारे बजाउने, सौरङ्गगीको राम्रो रूप सारङ्गीले बोकेकोर आज चन्द्रचङ्गी मनरङ्गी नामलिएर नेपालको सबैको साझो बाजो हो कतै कतै यसलाई 'पिवाङ',कतै सेरेञ्जा, कतै 'मसक' कतै 'ओतनी' कतै 'दिलरुवा' (भारतमा) भनिने लोक बाजो यही सारङ्गी हो र यसले वैराग्य र तिर्सनाको कथा सुनाउँछ कतै हँसाउँछ र कतै रुवाउँछ भेदभाव बढ्दै जाँदा माटो पनि रून्छ त्यसो हुँदा भेदभाव रहित समाजको सिर्जना गर्नुपर्छ भन्दै सानेले सारङ्गीको कथा सुनाउँछ ।

सानेले पूर्वको टिष्टा र पश्चिमकमो काँगडासम्म पुर्खा घुम्ने गरेका, बलभद्र नालापानी, भक्ति थापा द्यौथलमा लडेका कथा, अमर सिंह, बलभद्र, कालु पाण्डे, शुक्र, धर्म, दशरथ गंगालाल जस्ता सपुतका कथाहरू बटुलेर, जलारीका माझ, हाट–बजार, मठ मन्दिर, जहाँगए यो अरबाजो साथमा हुने र भाका बदलेर आँधी खोला तरी तरी गाउने काम नुवाकोटकी भैरवकाली र सतौंकी चण्डीले चेतनाको मन्दीलाई हेरेर सानेलाई सभ्यतालाई छाम्दै जानु भन्ने साहस भरिदिने धारणा आएको छ काव्यमा ।

देशमा चलेको माओवादी युद्ध र राज्यसत्ताका सेनाको दोहोरो मार जनताले भोग्न परेको र सानेलाई पुलिसले माओवादी भन्ने र माओवादीले गुप्तचर भन्ने कुराहरू जनताले सुनेको हुँदा यस्तो अवस्थामा बच्नु पर्ने विचार पुर्याउनु पर्ने कहीं कतै कसैको विश्वास छैन भन्दै जनताले सानेलाई सर्तकको जनाउ दिएको जनधारणालाई पनि काव्यले समेटेको छ ।
त्रिभुवन उद्यानमा साने र त्रिभुवनको भेट शीर्षकको गीत यस काव्यको अन्तिम गीत हो यसमा सानेले गाएको । यसमा आधिखोला के हो ? भन्ने मौन प्रश्नको उत्तर दिए सरह लेखिएको छ –

सभ्यता हो आँधीखोला चिन्न सक्नेलाई
सिर्जजना हो आँधीखोला लेख्न सक्नेलाई
सद्भाव हो आँधीखोला देख्न सक्नेलाई
व्यवहार हो आँधी खोला गर्न सक्नेलाई

यस गीतमा आँधीखोलाको फाँट मलिलो भएको, गह्रौ, भीरकोट, सतौ र नुवाकोटं चार कोट, शीतल बस्ने चौतारी, पाटी पौवा भएको, चारै वर्ण जातका मानिस मिलेर बसेको, मौलिकता झल्काउने,संस्कृति भएको बर्णनको साथै त्रिभुवन रसाने बीचको बार्ताला पनि यहाँ समेटिएको छ । त्रिभुवनले सानेलाई आसिक दिदै सोधेको धारणालाई यहाँ पस्कन मन लाग्यो–

अहिले छैन गादीमाथि भने हुन्छ काका
बेल साने ! नडराई अचेलको भाका
उभिएको छु वाणासुरको थोत्रो नगरीमा
हेरिराछु एकोहोरो त्याज्य मुकुटमा
पृष्ठ ५६

शालिकले सानेलाई अचेलको भाका बोल्नको साथै धरहरा ढल्लाजस्तो, भ्याली रोलाजस्तो, वागमती सुक्लाजस्तो,आफ्नो पन हराएको, जनता जुहार र नेपाल स्वर्ग हो तर पाखण्डीले नबुझ्दा बेहाल भएको, सानेलाई चिरञ्जीवीको आसिक दिएको, चिरञ्जीवी हुन त कि आयु लामो हुनु पर्ने या यश–गाथा चाहिने तर दायाँ वायाँ अघिपछि बन्दुक तेर्सिएका छन् गन्धर्वलाई के को चिरञ्जीवी बन्नेजस्ता भावनामा बग्दै साने सपनामा रहेको वेला ऊ आवाजले ब्यूँझ्योको साथै तलका चार पङ्क्ति सहित साने लघुकाव्य समाप्त हुन्छ–

सपनामा रैछ साने ब्यूँझ्यो आवाजले,
उही त्रास उपस्थित सोच्यो मगजले
सेना हो कि लडाकु हो ? चिन्ने मुस्किल भो
संवाद टुट्यो, वाणी लुक्यो शालिक मात्र रह्यो
पृष्ठ ५६

यस लघुकाव्यले विशाल क्षेत्रलाई ओगट्न सफल देखिन्छ । पौराणिककालदेखि आजसम्मको सामाजिक, आर्थिक, राजनीतिक साँस्कृतिक, धार्मिक आदि यथार्थलाई समेट्दै अघि बढेको यो काव्यलाई काव्यकारको धारणामा सांस्कृतिक काव्य भनिएको भए पनि मलाई यस काव्यलाई सानो ऐतिहासिक दस्तावेज र अनुसन्धामक लघुकाव्य हो भन्न मन लाग्यो ।
भाषा शैली – यस काव्यमा प्रयोग भाषालाई मिश्रितरूपमा हेर्न सकिन्छ । कतै भाष सरलर सहजरूपमा पयोग भएको पाइन्छ (जस्तै साने लघुकाव्यमा) भने कतै कतै क्लिष्ट (बुझ्न कठिन) शव्दहरू पनि – (जस्तै बन्दीको मनस्थिति) प्रयोगमा आएका छन् । आमा स्मृति काव्यमा मिश्रित शब्दावली पाइन्छन् । समग्रमा बोधगम्य शब्दको प्रयोग भएको छ । छन्दमा र गीति लयमा लेखिएका यी काव्य लयात्मक र श्रुतिमधुर पनि छन् ।

शीर्षकीकरण – शीर्षकको विषयमा पनि मलाई ओदानसँग दाँज्न मन लाग्यो । जसरी ओदानको शिर तीनवटा खुट्टालाई साथ लिएर खडा भएको हुन्छ त्यसरी नै काव्यत्रयी तीन काव्यको शिर भए र बसेको छ । शीर्षकलाई सार्थकमै लिनु पर्दछ ।

पात्र विधान – बन्दीको मनस्थिति र आमा लघुकाव्यमा लेखकको स्वय म मूल नायकको रूपमा देखिनु भएको छ भने सानेमा साने नै मूल पात्र हो । यी तीनै काव्यमा काव्य लेखन शैली भने पूर्वीय दर्शनको मार्गभन्दा फरक छ । मङ्गला चरणमा काव्यकारले बन्दीको मनस्थितिमा साथीलाई स्मरण गर्दै काव्यको थालनी गर्दै 'मान्छेको इतिहास बन्दछ यहाँ आकाशमा चम्किने ' अभिव्यक्तिको साथमा अघि बढ्नुभएको छ ।आमामा 'आफैलाई गरी प्रणाम पहिले चोप्दैछु यो लेखनी' भनी सबै किसिमका आमाहरूमा प्रणाम र सत्भाव पोखेर काव्य लेखनमा अघि बढ्नुभएको छ । साने लघुकाव्यमा काली गंगा मुक्ति नाथ धाम पितृ सभ्यताका प्रतिक श्रवण कुमारराजादशरथ, राजा त्रिभुवन, लगायत धेरै व्यक्तिको सहभागिता देखिन्छ । काव्य लेखनमा नायक छान्दा धिरोदात्त गुण भएका हुनुपर्दछ भन्ने छ । यी काव्यका नायकहरूमा ती गुणहरू मौजुदा देखिन्छनन् भन्ने तथ्य काव्य विश्लेषणमा पाइन्छन् ।

अतः काव्यकारले यी तीन काव्यमा सत्य घटनाक्रममा आधारिथ रहेर स्वय म जेल यातना क्रममा 'बन्दीको मनस्थितिमा' आफैले भोगेका अनुभूतिहरूलाई प्रतुत गर्नुभएको छ भने 'आमा' स्मृति काव्यमा काव्यकारले आमाको गर्भबाट ओर्ली बाल्यकालमा आमाबाट प्राप्त माया त्याग, आमालाई गर्न नसकेको सेवा तथा जीवनमा भोग्न परेको सुख, दुःख, भोग्दै, चेतनशील अध्येता, कुशल गृहस्थी, इमान्दार राजनीति कार्यकर्ताको रूपमा आफूलाई प्रस्तुत गर्न सफल देखिनु भएको छ । आमाको स्मृति काव्यमा कविले आफ्नो जीवन कहानीलाई, राज्यको राजनीतिक अवस्थालाई अर्थात तत्कालीन राजनीतिक तथा सामाजिक विकृति विसङ्गतिलाई समेत प्रष्ट्याउने प्रयास गर्नुभएको छ । साने लघुकाव्यले श्रवण कुमारको पितृभक्ति, अन्धाअन्धीको आँसुले आँधीखोलाको मुहानको उत्पत्ति, राजा त्रिभुवनले सानेमा राखेको अभिव्यक्ति, आँधीखोलाको संसकृति देशले भोगेको द्वन्द्वलाई समेटेको छ । कविले प्रस्तुत गरेको काव्यत्रयीमा छन्दलाई निरन्तरता दिएको छ र आजको गद्यमा लेखिने प्रचलनमा छन्दमा कविता कोरिनु आवश्यक्ता पनि हो । यथार्थतालाई समाउँदै स्वच्छन्दरूपमा रमाउँदै जीवमा भोग्न परेका घटनाक्रमलाई प्रष्ट्याउँदै अनुकरणीय र प्रशंसनीय काव्य प्रदान गर्ने काव्यकारलाई धन्यवाद दिंदै काव्यकारको दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु र बिदा पनि चाहन्छु ।

सदानन्द अभागी
कावासोती नगर पालिका वडा नं ७ शान्तिाचोक
२०७३साल श्रावण महिनाको अन्तिम सोमवार (३१गते)


शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन

शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन विषयक समलोचना कृतिको समालोचक राजेन्द्र पहाडी हुनुहुन्छ । यो किताब ७४ +१८=९२ पृष्ठको छ मूल्य संस्थागत २००/– र व्यक्तिगत १००/–भएको यो किताबको प्रकाशन गुप्तेश्वर बहुउदेशीय पुस्तकालयले गरेको छ । प्रस्तुत कृर्तिलाई सर्सर्ती अध्ययन गरेपछि सारसंक्षेप्तमा के भन्न मन लाग्छ भने राजेन्द्र पहाडीले जुन प्रयास गरेका छन् त्यो प्रयासको प्रशंसा नगरी बस्न सकिन्न ।

साहित्य समाजको दर्पण हो । साहित्य समाजलाई रूपान्तरण गर्ने एक संवाहक पनि हो । यसले समाजको विकृतिलाई हटाएर एउटा प्रगतिशील समाजको निर्माणमा कृयाशील रहन्छ । साहित्यमा अग्रगामी भूमिका खेल्ने कविताको पनि सामाजिक संरचनागत चरित्र हुन्छ र यसले समाजको यथार्थतालाई प्रष्ट्याउने कोशिस गर्दछ । आजको समाजमा उत्तरमानवतावादले जन्म लिएको छ । एउटा समालोचकले साधारण अध्ययनले समालोचनाको लागि दिइएको किताब सरसर्ती पढेर मात्र पुग्दैन । समालोचक गहन अध्ययन कर्ता र सबै क्षनेत्रको ज्ञान हासिल गर्न खोज्ने खालको हुनुपर्दछ । जवसम्म समालोचकमा विस्तृत ज्ञानको जानकारी हुँदैन, समालोचक र कृतिकारको कृतिमा पुलको काम गर्न सक्दैन, कृतिको बहुस्तरीय धारणा बुझ्न सक्दैन, कृतिलाई शब्द–शब्द बाक्य बाक्यमाओर्ली यसको मार्मिक यथार्थतामा कृतिहरू कसरी प्रष्टिन खोजेको हो । यसमा चिन्तन अध्ययन नगरी समालोचनामा ओर्लिन्छ भने त्यो समालोचना नभै मनचिन्ते अभिव्यक्तिमात्र हुन जान्छ ।

'शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन' कृतिको भूमिका लेख्दै बरिष्ठ साहित्यकार, समालोचक, कथाकार रुद्र ज्ञावलीले आफ्नो धारणा यसरी पोखेका छन् (' ....समालोचक राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठका कविताको समाजशास्त्रीय सौन्दर्य माथि कलम चलाएर प्रशंसनीयमात्र होइन पर्वत जिल्लाको समालोचना साहित्यको इतिहासमा जोखिमपूर्ण कार्यको समेत थालनी गरेका छन् । कविताको विश्लेषण गर्दा सामाजिक यथार्थ र अन्तर विरोधको अभावबीच रहेर गर्नुपर्छ भन्ने तथ्यप्रति पहाडी सचेत देखिन्छन् ।' ज्ञावलीको यो अभिव्यक्तिप्रति कृतिलाई अध्यण्यन गर्दा सहमति जनाउन चाहन्छु । पहाडीले थालनी गरेको यसप्रकारको समालोचनाले आजको खुम्चिदो समालोचनाको पक्षलाई फराकिलो पारेको छ । यथार्थपरक समालोचनाको यात्रामा कोशेढुङ्गा थपेको छ । प्रकाशकीयको कलमबाट पनि यस कृतिप्रति सत्यतथ्यको बारेमा यसप्रकारको कथन आएको छ –'प्रस्तुत कृतिले यस क्षेत्रका पुराना स्रष्टा शान्तिनारायण श्रेष्ठको कविताबारे साङ्गोपाङ्गो समीक्षा गरेको त छ नै यसभन्दा बढी काव्य समालोचनाको क्षेत्रमा समाजशास्त्रीय अन्तर क्षेदनको थालनी पनि गरेको छ ।' लेखकीयमा राजेन्द्र पहाडीको १२बूँदामा भावना प्रकट भएको छ । क

वि शान्ति नारायणको साहित्यिक यात्राउमेर र राजेन्द्र पहाडीको यथार्थ उमेर मेल खाँदैन । तर पनि राजेन्द्र पहाडीले उनको साहित्यिक यात्रालाई जलिरहेको दीपमा तेल थप्दै ज्वाज्जल्यमान प्रकाश छर्ने प्रयास गर्नुभएको छ । राजेन्द्र पहाडीले प्रश्न तेर्छ्याउने काम गर्नुभएको छ – मेरो सानो प्रयासले यिनीमाथि न्याय भयो या भएन ? मूल्याङ्कन गरी निष्कर्ष निकाल्ने जिम्मा विज्ञ पाठकलाई सुम्पिन म उपयुक्त ठान्दछु'। यो प्रश्नको संक्षिप्त उत्तर न्यायपूर्ण उचित हुनुको साथै गरिमामय कामको थालनी भएको मैले महसुस गरेको छु ।

अब कृतिभित्र प्रवेश गर्ने अनुमति माग्दछु ।

कृतिलाई खण्ड 'क' र खण्ड खमा विभाजन गरिएको छ । खण्ड 'क'मा तेह्रवटा शीर्षक छन् भने खण्ड 'ख'मा तीनवटा शीर्षक छन् खण्ड 'ख'का तीन शीर्षकहरूले खण्ड 'क'लाई टेवा दिन सफल देखिन्छन् । राजेन्द्र पहाडीको समालोचनाको खँदिलो भागलाई अँझै गाडा पार्नको लागि स्रष्टाको दृष्टिमा कवि शान्तिनारायण श्रेष्ठको साहित्यिक व्यक्तिवृतले गहन भूमिका खेलेको छ । यी शीर्षकमा धेरै साहित्यकार, समालोचक र कविहरूले शान्तिनारायण श्रेष्ठप्रति आफ्ना घारणा पोखेकोले समालोचकको धारणालाई पुष्ट्याईँ गरेको देखिन्छ । खण्ड 'क'मा समालोचकले कविको परिचय, साहित्यिक यात्रामा शान्तिनारायणका ओजस्वी पाइलाहरू, कवितासँग शान्तिनारायणको मोह, कवि कविता र अन्तरबस्तु, समाज र समय चेतना, साहित्य शिर्जनामा जीवनदृष्टिको आँखिझ्याल, मायावी स्वादका पारखी कवि राजनीति व्यङ्गवाणको रूपमा कविको कलम, समकालीन यथार्थ प्रकटीकरणमा कविको भूमिका, आञ्चलिकता प्रस्तुतिमा कविको रुची भाषाप्रेमले सिर्जना भएका कविताका बान्कीहरू, छोटा कविताप्रतिको मोह र टुङ्गो, समावेश गरी, समिक्षालाई आकर्षक र प्रभावकारीरूपमा आफ्नो सक्षमतालाई प्रस्तुत गर्न समालोचक सफल देखिन्छन् । सर्वप्रथम राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठको जन्मदेखि कविता यात्रामा लागेको समय वि.सं. २०१० ताका स्कुल खोल्नका लागि गीतिलयको कविता लेखेको, वि.सं.२०१८सालको फागुन महिनामा शान्तिनारायणकै सम्पादनमा प्रकाशित हस्तलिखित आँकुरो मासिक साहित्यिक सङ्ग्रह वर्ष १, अंक १, शान्तिनारायण 'दीपक'को नामबाट सुभेक्षा शीर्षकको कविता प्रकाशन गरेपछिमात्र काव्य सिर्जनाको रूपमा देखापरेको यथार्थलाई प्रष्ट्याउँदै ' मानवीय सेवालाई परमधर्म र साहित्य सिर्जनालाई सत्कर्म मान्ने साहित्यसेवी श्रेष्ठ जिन्दगीका थुप्रै मीठा नमीठा अनुभवका खानीहुन्, भकारीहुन्, भनेकाछन्, यसकृतिले समालोचनाको पाटोमा एउटा अध्याय थपेको छ र मोफसलका साहित्यकार र समालोचकको क्षमतालाई दर्शाएको छ ।

अब म समालोचक पहाडी र कवि शान्तिनारायण श्रेष्ठको सानो अभिव्यक्ति पोख्ने अनुमति चाहन्छु । शान्तिनारायण श्रेष्ठ मेरा समकालीन मित्र हुन् र उनी धौलागिरी अञ्चलकै एउटा खारिएका बरिष्ठ साहित्यकार पनि हुन् । उनी दुईदर्जनभन्दा बढी पुरस्कार तथासम्मानबाट आभुषित सामाजिक व्यक्तित्वहुन् । वि.सं. २०१८बाट आँकुरो हस्तलिखित पत्रिका सम्पादन गर्ने कामको थालनी गरेपछि पर्वतमाला र सगुनजस्ता पत्रिकाको सम्पादन गर्दै सम्पादकको भूमिका निभाएका छन् । सामाजिक संघसंस्थाहरूमा आवद्धतालाई केलाएर हेर्दा पनि शान्तिनारायण श्रेष्ठ दुई दर्जनजतिमा आवद्ध देखिन्छन् ।

शान्तिनारायण श्रेष्ठको जीवनी

शान्तिनारायण श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (सोधपत्र) त्रिभूवन विश्वविद्यालयद्वारा तीन–तीन जनाबाट गराइसकेको छ ।यस्ता साहित्यकार, समाजसेवी, गीतकारको समाजशास्त्रीय चिन्तनमा आफ्नो धारणा राख्ने युवा साहित्यकार समालोचकको जीवनी पनि अतुलनीय देखिन्छ । राजेन्द्र पहाडीसँग मेरो परिचय भएको करिब ५–७ वर्ष भयो होला । यो पनि साहित्यिक क्षेत्रभन्दा कृषिक्षेत्रमा कृषि कार्यलाई अगाडि बढाउने क्रममा सीड नेपाल, पर्वतको कार्यालयमा चिनापर्चि भएको थियो । साथै साहित्यिक अभिरुची राख्ने व्यक्तिको रूपमा चिनेको थिए । आजसम्मको अध्ययनमा उनले धेरै क्षेत्रमा आफूलाई उदाहरणीय रूपमा प्रस्तुत हुन सफल भएको पाएको छु । राजेन्द्र पहाडीका प्रकाशित कृतिहरूले समाज र सामाजिक क्षेत्रलाई अग्रसरता दिएको छ । उनको पहिलो कृति 'महिला विरुद्ध हिंसा– एक सामाजिक विवेचना ', २०६६ हो भने दोस्रो कृति पनि सामाजिक सर्वेक्षणका आधारभूत तरिकाहरू (२०६७ हो । यसैगरी उनको तेस्रो कृतिको रूपमा पर्वत साहित्य सङ्गम सङ्क्षिप्त सिंहावलोकन (२०६७), प्रकाशित भैसकेको छ भने शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन मेरो अगाडि छ र यसले समालोचनाको क्षेत्रमा अलग्गै महत्व दिन सफल देखिन्छ । राजेन्द्र पहाडीको चिनारीमा 'सगुन'का प्रधान सम्पादकको साथै उनको सम्पादनमा' समुदाय र सृर्जना' त्रैमासिक, 'कफी आवाज', त्रैमासिक, 'चौतारी' त्रैमासिक, 'बगैंचा ' स्मारिका बार्षिक –२ अङ्क, 'बगैंचा दर्पण' वार्षिक, ' 'समाज कल्याण' दर्पण, बार्षिक, 'आफ्नै कुरा' साहासिक रेडियो कार्यक्रम, (उत्पादन तथा उद्धोषण, रेडियो पर्वत १०३.६ मेघाहर्ज) आदिमा रहेको छ । थोरै अवधीमै राजेन्द्र पहाडीका लेख रचनाले अग्रस्थान लिनुका साथै एकदर्जनभन्दा बढी पुरस्कार, सम्मान, प्रशंसापत्रले विभुषित गरिसकेको छ । अतः शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन लिएर समाजशास्त्रको आधारमा समालोचना क्षेत्रमा अग्रसरता देखाउनु भएका समालोचक समाजशास्त्रीय चिन्तन बोकेका समाजशास्त्रीको एउटा अनुकरणीय कामको प्रशंसा गर्नैपर्ने धारणा ममा पलायो । यस कृतिको सरसर्ती अध्ययनले एउटा नयाँ कामको थालनी भएको महशुष गरेको छु । अन्त्यमा कवि शान्तिनारयण श्रेष्ठ र उनका कविताको समालोचक राजेन्द्र पहाडीलाई धन्यवाद दिन चाहन्छु ।

धन्यवाद

Total votes: 158

December 26, 2020

सबै खाइदिन्थे (लघुकथा)

सदानन्द अभागी
 नानीमैयाँ उमेरले सत्तरी काटेकी छन् । उनको श्रीमान वितेको करिब दशबर्ष भै सकेका छन् । एउटा छोरा थियो त्यो पनि दुर्घटनामा परेर म¥यो । घरको नाममा एउट सानो झोपडी नानी मैयाको श्रीमानले तयार पारेर छोडेको थियो ।  शरिरमा बल छन्देरी उनलाई सबैले काम गर्न बोलाउँथे त्यही कामको सहारा थियो पेट भर्ने एउटा उपाय । अवत गाउँ घरमा गएर मागेर पेट भर्ने भन्दा अर्को कुनै उपाय थिएन । हिजो बल छन्देरकी नानीमैया सबैकै चाखिली थिइन् । काम गर्नको तानातान थियो । धनीमानीको घरमा गोबर फ्याक्ने लगायत भैंसी पनि दुहीदिनु पथ्र्यो । अझै पनि माग्न जाँदा केही न केही काम गरेर नै  केही खाना तथा अन्न पात माग्ने गर्थिन् ।
तीजको दिन थियो । मीठो मीठो खाने राम्रो नाना लाउने दिन भए पनि उनले कहाँ पाउनु ती चिजहरू । त्यै पनि आफ्नो जीवनको धेरै दिनको बल समर्पण गरेको घर थियो भीमलालको । आज कसो मुखमा माड नलाग्ला भिमेको घरमा भन्दै  नानी मैया विहानै भीमेको घरतिर लागिन् । उनी भीमेको आगनमा दुट्टा राख्न नपाउँदै भीमेको स्वास्नीले देख्ने बित्तिकै तँ बोक्सी मेरो भैसी बिगारी दिइस् भन्दै आगन बाट धपाइन् । नानीमैयालाई एक शब्द पनि बोल्न नदिएर आगनबाट बाहिरिन बाध्य पारिन् । नानी मैयालाई सारै रिस उठ्यो । त्यो रिसले के नै गर्न सक्थ्यो । समाज जोड्ने तरखरमा लाग्ने बिचार पलायो । उनी वडासदस्यको घरमा पुगिन् । वडासदस्यले उनी आउनुको कारण सोधे, । भीमलालकी श्रीमतीले मलाई बोक्सीको आरोप लगाइन् । न्याय दिनुप¥यो भन्ने बिन्ति चढाइन् । भित्रबाट बडासदस्यकी श्रीमती कराउँदै निस्किन् । तँ बोक्सीलाई के को न्याय दिने ? अब त तलाई गाउँ निकाला गर्नि हो । वडासदस्य पढे लेखेका थिए, उनलाई कोही बोक्सी या बोक्सो हुँदैन भन्ने विश्वास थियो । यो अन्धविश्वास हो भन्ने राम्ररी जान्दथे साथै कानुनी प्रावधानमा कसैले बोक्सी या बोक्साको आरोप लगाउन पाइँदैन भन्ने कुरा पनि उनलाई थाहा थियो । वडासदस्यले आफ्नी श्रीमतीलाई तत्काल झपार्दै नानीमैयाँसँग माफी माग्न लगाए र आज दरखाने दिन हो यहीं घरमा बसेर दरखानु पर्छ भन्दै आफ्नै घरमा तीज मान्न लगाए । तीजपछि भीमेको श्रीमतीलाई पनि समाज राखेर न्याय दिलाई दिने आश्वासन दिए ।
तीज सकियो गाउँका भद्रभलाद्मी भीमको घरमा जोडिए । सबैलाई थाहा भै सकेको थियो कि वडा सदस्यकी श्रीमतीले नानीमैयासँग माफी मागीसकेकी थिइन् । भीमेको श्रीमतीले पनि मनमनै गल्ती स्वीकारी सकेककी थिइन् । समाजले नानीमैयासँग समाज बोलाउनको कारण सोध्यो । नानीमैयाले 'मेरो बल छन्देरी मैले यो घरको धेरै सेवा गरें । मैले कहिल्यै ज्याला मागिन, दिए लिएँ, न दिए मन बुझाएँ, यस घरमा मेरो श्रमको शोषण भएकोछ तरं यसमा मेरो कुनै गुनासो छैन किनकी मैले आज पनि यस घरलाई आफ्नै घर सम्झेकी छु । म बुढी भएँ, मेरो कुनै सहारा छैन अब मैले यस घरलाई सेवा दिन सक्तिन । सेवा नपाउने भएपछि म बोक्सी कहलाएँ । संसारमा कोही बोक्सी हुँदोहो त उसले रिस उठेका सबैलाई खाइदिन्थ्यो । म पनि बोक्सी हुँदिम् त बोक्सीको आरोप लाग्दाकै दिन यस घरका सबैलाई भष्म पारीदिन्थे तथा खाइदिन्थे । मैले यो समाजलाई यही भन्न चाहान्छु कि बुढा, नराम्रा, गरिब, निमुखा असहाय देखेपछि बोक्सीको आरोप किन लगाइन्छ ? म हिजोसम्म यस घरका भैसी दुहें, घाँस काटे, गोवर फेकें, सबै काम गरें, म बोक्सी भइन÷थिइन । आज म बुढी भएँ यो घरलाई श्रम दिन सकिन त्यसैले होला म बौक्सी कहलाए 

भेषराज रिजालको बिसौनी वल्तिर रमाउँदा

परिचय –
साहित्यकार भेषराज रिजाल बालुवाको मुठी (गीति कवितासङ्ग्रह,२०५७), सँग कृतिकारको रूपमा उदाए ।देश रोएको देख्दा उनको मन पग्लियो र "देश सधैं रुनेछैन" (कवितासङ्ग्रह,२०५९) भन्ने अठोट गर्दै हामी सबैलाई देश रुन दिनुहुन्न भन्ने सन्देश दिंदै देश दुखेको यथार्थता कवितामा पस्के । उनको लेखनीले निरन्तरता दिंदै जाँदा उनी देश प्रदेशको यात्रामा लम्किए । यात्रामा उनका पाइला जति अघि बढ्थे त्यति त्यहाँको आर्थिक, सामाजिक, प्राकृतिक सांस्कृतिक, र्भौगोलिक, धार्मिक आदि यथार्थतालाई कागजमा कोर्दै जाँदा २०६८मा मेरा पाइला र २०६१मा "छरिएका पाइला कोरिएका डोब" नामका दुई नियात्रासङ्ग्रह पाठक सामु पस्किए । प्रथम उनी कविको रूपमा आपूmलाई चिनाउन सफल भएका भेषराजको कलम कविताबाट कहाँ अलगिन सक्थ्यो र २०७२मा पुन कवितासङ्ग्रह माफर्त "अनमोल पुरस्कारहरू" पाठकलाई बाँड्न थाले । यी कविताहरूमा म रमाउन पाएँ । सबै रमाऊँ भन्दै सबैलाई सन्देश पनि पठाएँ । आज म "बिसौनी वल्तिर" (नियात्रासङ्ग्रह, २०७७) मा घोत्लिन थालेको छु । बिसौनीमा पुग्न को कति सक्षम भइन्छ त्योता यात्रा गर्ने यात्रीको सक्षमताले निर्धारण गर्ने कुरा हो तर हाम्रो उसद्देश्य भने विसौनीमा पुग्नु नै हो र बिसौनीमा पुगेपछि केही बेर थकाइ मेटाएर यात्रा अगाडी बढ्न सक्छ र बढ्नु पनि पर्छ । भेषराजको यात्रा अविरल चलिरहेको छ र हामीलाई सुन्दर कोशेली दिन उहाँ हाल नेपालगञ्ज पुग्नु भएको छ ।
कृतिको संरचना– यस कृतिको प्रकाशन राधा बाँसतोला रिजालले गर्नु भएको छ । प्रज्ञा रिजालको आवरण धारणामा सजिएको अघिल्लो आवरणको चित्र भने रमेश पौडेलले सगरमाथा सहितको सुन्दर चित्रले सजिएको छ र कृतिको पछिल्लो आवरणमा नियात्राकारको व्यक्तिगत विवरणले सजिएको छ । मूल्य रु २५० ÷( राखिएको छ । "यात्राका कठिन कुइनेटामा साथ दिने सहयात्रीहरूलाई" समर्पण गरिएको यस कृतिले युवराज नयाँघरेको शुभ कामना प्राप्त गरेको छ ।
यस कृतिले २६ वटा नियात्रालाई समावेश गरेको छ । विविध खाले नियात्रा पढियो । हरेक नियात्राकारका आप्mनै दृष्टि हुन्छन् बिचार हुन्छन् , आप्mनै मौलिकता हुन्छन् । आप्mनै प्रस्तुति हुन्छन् । त्यसो हुँदा एकको लेखसँग अर्काको लेखलाई तुलना गर्न मिल्दैन ।तुलना गर्दा दुबै लेखको मौलिकतामा असर पर्न सक्छ । यहाँ भेषराजको लेखनशैली आप्mनै मौलिकतामा सजिएको छ । उनका पदयात्रामा दर्शिएका विविध चीजहरूको प्रस्तुति अतुलनीय छ । यात्रामा पाइला पाइलाको सहयोगमा गन्तव्यमा पुग्ने हो । उनका पाइला पाइलामा टाँसिएका एक एक कणबाट सिर्जना भएको यो यौटा सङ्ग्रह हो । यी पाइलाका कथाहरूको थालनी कसरी सुरु भए भन्ने सम्बन्धमा भेषराजजी यसरी प्रस्तुत हुनु भएको छ –"एकाध हरफ भेटिएथे पाइलाको धुलोसँग टाँसिएर आइपुगेका । एकाध भावनाहरू छोइएथे मन पग्लेर बलेनी झै तप्किएका, धेरै सम्झनाहरू विथोलिएका थिए, छुटेका थिए र हराएका थिए । हृदयका पत्रमा स्नेहका अजम्बरी सम्झनाहरू बटुल्न खोजेँथेँ । मान्छेहरूको मन जोडिएको गाउँबस्तीका भूगोल, प्रकृति र जनजीवनले मोहित भएँ थेँे र त्यहाँबाट शुरू भएका हुन् पाइलाका कथाहरू ।" पाइला पाइलामा दृष्टिले देखेका सबै चीजहरू सबका सव मन–मस्तिष्कमा रहीरहन अवश्य सक्दैन । जे जति यात्रा लेखनले दिन पर्ने सन्देशहरू यस कृतिमा समेटिएका छन् भन्न सकिन्छ । भेषराजले यस कृतिमा पस्कन चाहेका धारणाहरू यस प्रकारका छन् –"कोर्न मन थियो ढुकढुकीका जीवन गीत, लेख्न मन थियो आँखाले क्षितिजका पानामा झै, कति लेखियो कति लेखिएनन् ।" एउटा लेखकले पाठकलाई दिन चाहेका आवश्यक सन्देशहरू निश्चय नै पूर्ण रूपले नसमेटिन सक्छ तर जुन उद्देश्यलाई लिएर कलम चल्छ अवश्य त्यसले यथार्थता पोख्न सक्छ र त्यसले पाठडकलाई सन्तुष्टि मिल्छ । हो यस कृतिलाई गहन अध्यन जो कोहीले गर्छ भने लेखकका धारणालाई सहज रूपमा भेट्न सक्छ । भेषराजले भन्नुहुन्छ –"यी हरफका भाव,,चाहना र सपना मेरा मात्र रहेनन् , पढ्ने हरेक स्नेही मनका हुने छन् यी ।" कृतिकारका यी भनाइ अवस्य पनि पाठक समक्ष पुग्दा लेखकको भावनालाई आत्मसात पाठकले गर्न पनि सक्छ र नगर्न पनि सक्छ ।तर भेषराजले यहाँ पस्केका यथार्थताहरू पाठकले आत्मसात गर्ने खालका छन् । कृतिकारले नियात्रालाई एउटा रहर लाग्दो रूपमा पस्केका छन् । कृतिकारका धारणलाई आत्मसात गर्दै केही विशेषतालाई मैले यहाँ पस्कने बिचार पलायो ।
"सगरमाथासँग छ त केवल सुन्दरता, स्वाभीमान, र सर्वोच्चता ।" (पृष्ठ५)
यस लेखले सुनकोसीदेखि सगरमाथालाई छोएका क्षण सम्मका विविध पक्षलाई सुन्दर चित्रण गरेको छ ।
"टिम्बुरबोटेको ओढारमा लुकेर बसेका अठारजना योद्धाहरू सेनाको घेरामा परे ।सम्बत २०३१ साल पुष १ गते बिहानत सवेरै सेनाको गोली र ग्रिनेड बर्षदा तेह्रजना योद्धा ओडारमै ढले ।" (पृष्ठ १०) –टिम्बुरबोटेको बाटो शीर्षक बाट लिइएको यो लाइन हो र यो वि.पी.ले प्रजातन्त्र ल्याउनको लागि गरिएको सशस्त्र क्रान्तिमा कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा सोलोखुम्वो व्यारेक हान्न जाँदाको घटनालाई यस यात्राले समेटेको छ । यस लेखमा प्रजातन्त्र बहाली गराउन गरेको सशस्त्र क्रान्तिमा सहिद भएका योद्धाहरूको नाम समेटिनुको साथै सहिद स्मारक स्थलमा पुग्दाको प्रकृतिक चित्रण, त्यहाँ पुग्दाको डरलाग्दो वनको यात्रा आदिलाई समेठिएको छ लेखमा । ।
"शुक्लाफाँटामा एकबिहान"–यहाँ साल र सिसौको जङ्गलको साथै घाँसे मैदानमा रमाइ रहेका विभिन्न जातका जङ्गली जनावर र चराहरूको वर्णन गरिएको छ ।
छोरीसँग चिडिया खाना –यस शीर्षकले बाल बालिकाको चाहनालाई अभिभावकले पूर्णता दिनु पर्छ भन्ने सन्देश बोकेको छ । छोरीको चाहना अनुसार छोरी रम्दा आप्mनो बाल्यकालका क्रीडाहरूको सम्झना गर्नु, विदेशमा रहेका छोरा बुहारीबाट असक्त अवस्थामा आमालाई भेट्न आउन र क्रियाकर्म गर्नसम्म आउन नसकोमा छोरीले पु¥याएको सेवा साथै चिडियाखानका पशुपंक्षी आदिको वर्णनले सजिएको छ नियात्रा ।
भूकम्पले ओच्छिएको भूगोल– २०७२ सालको भुकम्पलाई लक्ष गरि लेखिएको यस नियात्राले दोलखा, जिरी, रामेछाप लगायतका स्थानमा पु¥याएको जन धनको क्षतीको मार्मिक प्रस्तुती गरेको छ ।
राप्तीको रुवाइ– यस नियात्रामा प्युठान,२०७२ साल माघीको दिनको घोराही स्थित बाह्रकुनेदहको मेला, बाह्रकुनेदहमा काटिएका भेडाका पाठाहरू, बारेमा नियात्राकारले पोखेका कारुणिक भावना, सोर्गद्वारीको दर्शन, यात्रामा रहेको मोटर विग्रेको ,२०६५ सालमा बस राप्तीमा खस्दाको दुर्घटनामा घटेको घटनाको स्मरणको साथै यस परिस्थितिको कारुणिक चित्रणलाई समेटेको छ नियात्राले ।
अन्नपूर्णको आगन – यस नियात्रामा मनाङ जाँने स्थानहरूको विवरणहरू जस्तै मस्र्याङ्दीके किनारै किनार जाँदा खुदीको सुरुङ्मार्ग, उपल्लो मस्र्याङ्दीको पावरहाउस अर्खलेवसीबाट देखिने हिमालको दृश्य, राष्ट्रकविको जन्मघर भीरपुस्तुन , लिलीभीर, तारेभीर, च्याम्चे झर्ना, म्यार्दीभीर, तालिएको मस्र्याङ्दी, ितिभाङ्को छहरो,, कोतोबजार आदि स्थान र कहाली लाग्दा भीरको साथ साथै नार, पूm र काङ्लापास जाने बाटो छोडेर चामे जानु पर्ने, चामेबाट लम्जुङ्हिमाल माथिल्लो मनाङ भार्ताङकाो स्याउबारी (सायद दक्षिण यसियाकै ठूलो स्याउबारी), स्वर्गद्वारी पिसाङगाउँ ध्यारुगाउँ, हुण्डे, विमानघाट, ,हुण्डे मावीमा आठजना शिक्षक तर विद्यार्थी भने नभएका, आदि स्थानका प्राकृतिक सौन्दर्य, कष्टकर यात्राको सुन्दर प्रस्तुती गरेका छन् नियात्राकारले । स्वर्गद्वारी गएकाहरु फर्कदैनन् भन्ने किम्बदन्ती, मृङ्क्यू अर्थात घर बिर्षाउने जल, खाए पछि मानिस घरै फर्कन्नरे मानिस, माक्पा (घरज्वाइँ )बस्ने काम, बौद्धमार्गी संस्कृति आदि बारे पनि यहाँ प्रष्टिएका छन् । नियात्राकार तिलीचो ताल भने पुग्न सकेनन् ।
खप्तड यात्रालाई खप्तड टेक्दाको दिन, प्रकृतिको पूmलबारी र खप्तडी क्ष्तििजमा गरिबीको छायाँ गरी तीन शीर्षकमा वर्णन गरिएको छ ।खप्तड टेक्दाको दिन शीर्षकमा बझााङे तमेल काटेर जंडारीगाडको किनारै किनार छन्नागढी, गढीगाउँ, खुडुली दुदलीमाताको मन्दिर, पपल्क्यापाटन, माझपाटन, धर्मशाला, दोभानको काठको पुल तरेर अर्को पाटन पुग्नु र त्यहीँ गोठमा बास बस्नु । उकाली ओराली जुकाको समस्या,जुकाबाट बच्न नुनको प्रयोग, बाटोमा हजारी पूmल र सारङ्गी पूmलको सुन्दरता, गनालो र मेथी मिसाएर बनाएको चिया (चियापत्ती विनाको चिया) को उपयोग आदि विवरण यसमा समावेश गरिएका छन् ।
दोस्रोदिनको यात्राको शीर्षक "प्रकृतिको पूmलबारी" राखीएको छ । शीर्षक अनुसारनै खप्तडको प्रकृतिको सुन्दरतालाई वर्णन गरिएको छ । गोठको सुताइबाट उठेपछि रोटी अचार र कल्–कडी (नियालोको टुससासँग मही मिसाएर पकाएको कडी) खाएर यात्राले निरन्तरता लिन्छ । बुड्न्यापाटन जरैजराको उकालो चढेर पाटन पुगिन्छ । यहाँ मानिस पातलो देखिए पनि जता हेरो उतै रमाइलो । यहाँ फुर्के पाटन, खप्तडी पाटन, मखमली पाटन, घोडा दाउने पाटन, छेडी पाटन, खप्तडबाबाको कुटी, शैनिक गुल्म,पर्यटन कार्यालय खप्तड राष्ट्रिय निकुञ्ज केही पसलहरू आदिको विवरण यहाँ प्रस्तुत गरिएको छ । यहाँको प्रकृतिक सौन्दर्यलाई नियात्राकारकै शब्दमा अध्ययन गरौं –"खप्तडी पाटनका सबचिज अद्वितीय, पाटनका पूmल,पाटनका घाँसपात, पाटनका गाईबस्तु, पाटनको जमिन । सबै चिज ओजिलो,– पाटनको सुन्दरता,पाटनको शीतलता,पाटनको विशालता, पाटनको निर्मल आकाश त्यस्तै। पाटनको सुन्दरता पोख्छ घाम,पाटनमा सुन्दरता खन्याउँछ हावा । पाटनमा सुन्दरता उमार्छ प्रकृति ।"
देवचुली –यो नवलपुर जिल्लाको सबै भन्दा अग्लो चुचुरो हो यसको उचाई १९३६ मिटर छ । नियात्राकार, उनकी आमा र टिकाराम धिताल देवचुलीको शीखरमा पुग्न यात्रा गर्छन् । रामबास, मुण्डे, पोखरी .फेदी, छानो रहित मन्दिर पूजास्थलमा त्रिशूल गाडेको पूजास्थल देखिनु, मगर समुदायले तीनकन्यामाई र थारू समुदायले कुमारवर्तीमाइकोे पूजा गर्ने गर्दा रहेछन् भन्ने जानकारी पाउँछन्। पोखरीबाट तीन घन्टा लगाएर देवचुलीको चुचुरो पुगिएको र त्यहाँ गएर हिमाल तराई विभिन्न दृश्यको अवलोकन, भ्यूटावरमा रेलिङ्ग नहालेको, दूरविन नभएको, यसै टावरमाथि मोवाइलको टावर झुण्ड्याइएको, देवचुलीको काखमा वरचुली लगायतका साना चुचुराकरू अवलोकन गरी फर्कने समयमा पनि कठिनको साथ ओर्लिएको धारणा आएको छ ।
गाइघाटे सम्झना – यसि नियात्राले काठमाण्डौको बस सञ्चालनमा र जहाजमा देखिएको ढिलाई, जनकपुरमा मैथिली कवि विद्यापतिको सालिक देखिनु, मैथिल सभ्यताको स्मरण, जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, गंगा सागर, धनुस सागर, आदिको साथै जनक, सीता, विश्वामित्र, गौतम याज्ञबल्यक, अष्टबक्रहरूको स्मरण, राजा जनकले हलो जोतेको मूर्ति आदिको अवलोकन गर्दै महेन्द्रनगर, कदमाहा चुरियामाइको आगन, त्रियुगा, आदि पारगर्दै गाईघाट पुग्नु गाईघाटबाट पुग्न पर्ने स्थान पुग्न नसकिएका स्थानहरू जस्तै रिस्कु,रौतामाई, इनामे ,बलम्बा, बाँच्सबोटे, कटारी, कोशीको आदि विवरण गरिएको छ यस नियात्रामा ।
टिकापुर –राष्ट्रसेवकको घुस प्रकरणको सिलसिलामा यो यात्रा भएको र जहाजबाट धनगढी जानु, धनगढी बजारमा बास बसी, गेटाको मेडिकलकलेज, अतरीयाको चहलपहल,, खुटिया, चौमाला, राजीपुर, बसन्तपुर, शिशिरपुर बैठपुर बजार, पहलमानपुर, घोडाघोडी ताल (रामसार सूचीमा सूचीकृत,) तालमा घोडा र घोडीको आकर्षक मूर्ति, मूर्तिको पनि कथा (श्रापित लक्ष्मी घोडी भएर आए पछि विष्णु पनि घोडा भएर आएका रे) यहाँ बाट सुखड, चिडिया ताल, साँडे पानी बजार, सडकपुर, बौनिया पुग्दा तोकिएको काम सकिएपछि टिकापुरतिर लाग्नु । टिकापुरमा घटना घटेको ठाउँ, खड्कचोकमा खड्कको विशाल सालिक, टिकापुर पार्क, खड्कबहादुर, स्मृति रङ्गशाला निर्माण स्थल, बानाना रेष्टुरेन्ट आदि, धनगढीका बाटो किनारका, झुप्राहरु, प्राकृतिक सौन्दर्यता आदिको रहर लाग्दो वर्णनले सजिएको छ लेख ।
हावाहुरीको हुण्डरी –चन्द्रपुरबाट गौर, सन्तपुरमा धुर्मुस सुन्तलीको मेहनतको अवलोकन, प्रकृतिप्रकोप,(असिना, हावाहुरी, भेडियाइमा हावाहुरी, धुवाँ धुलो, गरिबी, झुनखुनुवा गाउँ, र स्वर्गीय शेखइद्रिसको सम्झनामा बनेको गेट बागमती सिञ्चाइ नहरको जिर्णता, आदि घटनाक्रमलाई नियाल्दा नियात्राकारको मनमा पनि हावाहुण्डरी र असिना पानीले पु¥याएको आलो घाऊ दुखेको अनुभूति सहित यो नियात्राको बीट मारिन्छ ।
तालिएको सम्झना वेगिएको मन–– यस नियात्रामा पोखरा, र फेवातालको सौन्दर्यता अनि अतिक्रमण, पोखराले माछापुछ«ेको छाया र अन्नपूर्ण को माया पाएको फेवाताल, तालबाराहीको प्यागोडा शैलीको मन्दिर, प्यारागलाइडिङ उडान, विन्द्याबासिनीको दर्शन आदिको अवलोकन विवरण आएको छ ।
बुटवल पोखरा – बुटवलबाट यात्राको थालनी गर्दा नै सिद्धबाबाको थानसँगैबाट डरलाग्दो भीरमा प्रवेश, सिद्धबाबाको मन्दिरको अवलोकन, मानव इतिहाससँग जोडिएको रामापिथेकसको अवशेष भेटिएको ठाउँमा मूर्तिलाई पार्कमा सजाईको स्थान, दोभान, बर्तुङ, माडीफाँट, आर्यभञ्ज्याङ्, राम्दीपुल, आदीखोलालाई देख्दा, श्रवण कुमारलाई दशरथले तीरहानेर मारेपछि अन्धाअन्धीलार्ई जानकारी गराउँदा, अन्धाअन्धीको आँसुबाट आँधीखोलाको उत्पत्ती भएको स्मरण, सतीदेवीको शेष अङ्ग पतन भएको छायाक्षेत्रमा पुग्दा गाडी बिग्रनु , स्याङ्जामा के छैन भन्दै लेखकले यसरी उद्गार पोखेको एक लाइन–, "कोट, टारी, भञ्ज्याङ, चौतारी, चौर,, थुम र देऊराली पूर्ण श्याङ्जा," । यसरी श्याङ्जाका सबै महत्वपूर्ण स्थानहरूलाई समेट्दै "बुटबलबाट साँची, ल्याएका खुसीका बीउहरू, छरिएको पोखरेली धरा " भन्दै यो नियात्राको बिट मारिएको छ ।
कोशी किनारको एकझोका हावा––यस लेखमा कोशीटप्पु आरक्षण क्षेत्रको वर्णन गरिएको छ । कोशी टप्पु आरक्षण कार्यालयमा पुग्दा रासायनमा डुबाएर राखिएका अर्नााको बच्चा, हात्तीको छावा, हडियाल गोहीको बच्चा देख्नु, जङल प्रवेश गर्नु । रामसार सूचीमा सूचीकृत सिमसारको जैविक विविधताको अवलोकनको चाहना तर यथार्थता फरक पाइएको, अर्नाको राजधानीमा अर्ना देख्न नपाउनाले खिन्नता बोक्दै निस्कनु। यस लेखले कोशीको र वन्यजन्तुको त्रासलाई पनि समेटिएको छ ।
सिमकोटे उचाइ– मौसम विग्रने क्रममा सिमीकोटमा जहाज पुग्न समस्या, त्यहाँ गएपछि देख्न पाइने पञ्चमुखी हिमालको रमणीयता, जनताले भोग्न परेको खाद्यान्नको असहजता, सरकारले यो समस्या हलगर्नु पर्ने धारणा, टक्लाकोट पुगेपछि मानोसरोवर र कैलाश पर्वतको रमणीयताको बर्णन भारतीय तीर्थ यात्रीको मुखबकाट सुन्नु र हिमाललाई हेर्दै नियात्राकारले भन्छन–"ती हिमालको पत्रपत्रमा थियो हिमाली सौन्दर्यको जलप र लेकाली मुटुको माया ।" लेकाली बाली सप्रन हिउँ पर्नुपर्ने कुरा, देउरालीबाट हेरिएका वरिपरिका दृश्य, लेकाली खानामा रमाउनु, चौरी हेर्न जान मन लागे नुन लिएर जान पर्ने धारणा आदिले यस लेखलाई रमणीय बनाएको छ ।
भेरीको किनारै किनार– यस नियात्रा लेखनमा भेरी किनारमा रहेका सबै स्थानलाई समेटेको छ ।जाजरकोट लगायतका स्थानमा पुग्दाको कठिनाई, भेरीको पानी खान पर्ने बाध्यता, रिम्माको सहिद स्मृति भवन, र त्यही भवनमा रहेको जन्तुकारगारको अवलोकन,(वन्य जन्तु दुम्सी, भालु र लाटोकोशेरा देख्नु) जनयुद्धताका जाजरकोटमा मारिएकामध्ये एकसय छत्तीस जनाको खुइलिन लागेका तस्वीरहरूको अवलोकन, रुकुमको छेपारे पुग्नु र भेरी किनारै किनार डोल्पा पुग्ने इच्छा हुँदा हुँदै पनि समय अभावको कारणले पुग्न नसक्नु "रोग, भोक, अशिक्षा, पछौटे पनको, पृष्ठभूमिमा गरिबीले झन ठूलो मुख बाएको रहेछ त्यहाँ"। हातको मैलो र मुखको उदासिनलाई पखाल्न चाँहदा चाँहदै पखाल्न नसक्नुको कारुणिक यथार्थता यसरी पस्केका छन् नियात्रा कारले –" भेरीको धमिलो पानीमा आँसुको भेल देखें । भेरीको किनारमा रहगतको रह देखें । भेरीको भुमरीमा पसिनाको खोलो देखें । गाउँलेका आँसु पसिना र रगतका खारले, अजीर्ण, प्यासी र रोगी भएर रुँदै बगिरहेथ्यो भेरी ।" जस्ता धारणा सहित यो नियात्राका कृतिले पूर्णता पाउँछ ।
यस कृतिको सूक्ष्म प्रस्तुति सहित प्रस्तुत हुने बिचारमा थालनी गरिए पनि चाहना अनुरूप आउन सकेन लेख। जेहोस् केही लेखको संक्षेपीकरण सहित पू्रस्तुत भएको छु म । नियात्राकार नियात्रा लेखनमा फरकरूपमा प्रस्तुत भएका छन् । हरेक लेखमा नियात्राकारले जुन ठाउँमा पुग्नु पर्ने हो त्यो ठाउँको प्राकृतिक, सामाजिक, धार्मिक, राजनीतिक यथार्थता, मानवीय सम्वेदनशीलता सरकारको दायित्व, मानवीय प्रवृति र प्रकृति, हरेक घटनालाई सामाजिक यथार्थता र आप्mनो जीवनचक्रसँग जोड्दै विकृति विसङ्गतिमा तीक्ष्ण प्रहार गर्दै सुन्दर, समृद्ध समाज र राष्ट्र निर्माण गर्नुपर्छ भन्ने सन्देश दिएका छन् कृतिकारले ।
प्राकृतिक सौन्दर्यताको प्रचुरता, सुसभ्य सिङ्गारिक वर्णन, मानवीय प्रवृति, प्रकृतिको यथार्थता, जीवन जगतको भोगाई, गरिबीले थिचेको क्रन्दन, महगाई, नेतृत्व वर्गको उदासिनता, दायित्व निर्वाहमा देखिएको ह्रास, भ्रष्टचारको व्याप्तता, आदि विविधतालाई समाउँदै सबैका दुखमा आँसु बगाउँदै, रम्य स्थलमा रमाउँदै एउटा नविन शैलीमा लेखनको प्रस्तुति नियात्राकारले दिन खोजेका छन् ।कतै कविता मिसिएका छन् । कतै विभिन्न गाएकका नाम र गीतहरू समावेश गरिएका छन् । भाषा सरल र सुवोध छ । बिम्ब, प्रतिकको आलङ्कारिक शैलीमा प्रस्तुति छ । लेखमा कतै दार्शनिकता झल्किएको छ भने कतै प्राकृति बोलेको छ । आदि आदिले लेखन शैली यथार्थताको साथै रम्य छ ।
हेरौं केही प्रस्तुतिहरू– मैले माथि नै नियात्राकारका प्रस्तुतिहरू ठाउँ ठाउँमा पस्केको छु तापनि केही पंक्तिहरू यहाँ पस्कन चाहान्छु –
ती भोटेनीहरूको रातो गालामा औधी सुहाएको थियो मधुर मुस्कान । लत्रेका परेली र फक्रेका अधरमा समेटिएको थियो संसारको सबै खुसी । (पृष्ठ ५०)
सुबिधाको भन्दा थकाइको बिच्छौनामा लाग्दो रहेछ मीठो निद । (पृष्ठ५८)
घावैघाउले थिलथिलिएको शरीरको मुटु कहाँ होला र सद्दे(पृष्ठ ७७)
हावा भन्दा हलुको, पानी भन्दा पातलो,र धुलो भन्दा सुक्ष्म जिन्दगी बोकेर हिडेंको हुँदो रहेछ मान्छे । (पृष्ठ११२)
ऊ कुलमान मात्र हैन मुलुकमान हो ।भुँडीमानहरू घटेर मुलुकमानहरू बढृे हुन्थ्यो मुलुकमा (पृष्ठ ११९)
यहाँ मोवाइल भयो ज्ञान विनाको किताव जस्तो ,उपयोग विनाको प्रविधि जस्तो, आम्दानी विनाको खर्च जस्तो (पृष्ठ १२९)
समय भट्टी र जुवाघरतिर बह भएर भुल्न थालेको छ । (पृष्ठ १२६)
ज्ञात भयो, प्राप्तिको धरातलभन्दा रहरको उच्चाई निकै अग्लो हुँदो रहेछ (पृष्ठ १६१)
आगो र कलको बीउ धेरै चाहिदैन (पृष्ठ १६६)
द्ररिद्र मन भएका धनाढ्य र धनाढ्य प्रवृत्तीका गरिबहरू धेरै रहेछन् नेपालमा (पृष्ठ १६८) ।र
अतः नियात्राकारले खास उद्देश्य लिएर गए पनि आप्mनो दायित्वलाई निभाउँदै जहाँ पुग्यो त्यहाँको विविधतालार्ई स्वच्छन्दरूपमा टपक्क टिपेर हामीलाई जुन सन्देश प्रवाह गर्नु भएको छ त्यो अनुकरणीय छ, प्रसंशनीय छ भन्दै उहाँको चौतर्फी विकासको कामना गर्दै विदा चाहान्छु ।
धन्यवाद
3Hari Bhandari, Matrika Rijal and 1 other
Like
Comment
Share

Comments


December 25, 2020

मुक्तक

 अब जनताले सोच्नै  पर्ने भयो
राष्ट्रघाती  कदम, यो बन्दै गयो
अस्थिरता यिनले बोलाई छाडे
बीसाखी टेक्ने यो प्रमाण र यो 

मुक्तक

 दोष दिन्छन एक अर्कालाई
ठुलो कुर्ची समाउनलाई
देश कंगाल बनाई  सके
आफूमात्रै रमाउनलाई 

muktak

नेत्रुत्व वर्ग भए घाती
धावा  बोले सांसद माथि
निर्णय गर्छन मनपरी
भ्रस्टाचार छ दिन  राती