December 26, 2020

भेषराज रिजालको बिसौनी वल्तिर रमाउँदा

परिचय –
साहित्यकार भेषराज रिजाल बालुवाको मुठी (गीति कवितासङ्ग्रह,२०५७), सँग कृतिकारको रूपमा उदाए ।देश रोएको देख्दा उनको मन पग्लियो र "देश सधैं रुनेछैन" (कवितासङ्ग्रह,२०५९) भन्ने अठोट गर्दै हामी सबैलाई देश रुन दिनुहुन्न भन्ने सन्देश दिंदै देश दुखेको यथार्थता कवितामा पस्के । उनको लेखनीले निरन्तरता दिंदै जाँदा उनी देश प्रदेशको यात्रामा लम्किए । यात्रामा उनका पाइला जति अघि बढ्थे त्यति त्यहाँको आर्थिक, सामाजिक, प्राकृतिक सांस्कृतिक, र्भौगोलिक, धार्मिक आदि यथार्थतालाई कागजमा कोर्दै जाँदा २०६८मा मेरा पाइला र २०६१मा "छरिएका पाइला कोरिएका डोब" नामका दुई नियात्रासङ्ग्रह पाठक सामु पस्किए । प्रथम उनी कविको रूपमा आपूmलाई चिनाउन सफल भएका भेषराजको कलम कविताबाट कहाँ अलगिन सक्थ्यो र २०७२मा पुन कवितासङ्ग्रह माफर्त "अनमोल पुरस्कारहरू" पाठकलाई बाँड्न थाले । यी कविताहरूमा म रमाउन पाएँ । सबै रमाऊँ भन्दै सबैलाई सन्देश पनि पठाएँ । आज म "बिसौनी वल्तिर" (नियात्रासङ्ग्रह, २०७७) मा घोत्लिन थालेको छु । बिसौनीमा पुग्न को कति सक्षम भइन्छ त्योता यात्रा गर्ने यात्रीको सक्षमताले निर्धारण गर्ने कुरा हो तर हाम्रो उसद्देश्य भने विसौनीमा पुग्नु नै हो र बिसौनीमा पुगेपछि केही बेर थकाइ मेटाएर यात्रा अगाडी बढ्न सक्छ र बढ्नु पनि पर्छ । भेषराजको यात्रा अविरल चलिरहेको छ र हामीलाई सुन्दर कोशेली दिन उहाँ हाल नेपालगञ्ज पुग्नु भएको छ ।
कृतिको संरचना– यस कृतिको प्रकाशन राधा बाँसतोला रिजालले गर्नु भएको छ । प्रज्ञा रिजालको आवरण धारणामा सजिएको अघिल्लो आवरणको चित्र भने रमेश पौडेलले सगरमाथा सहितको सुन्दर चित्रले सजिएको छ र कृतिको पछिल्लो आवरणमा नियात्राकारको व्यक्तिगत विवरणले सजिएको छ । मूल्य रु २५० ÷( राखिएको छ । "यात्राका कठिन कुइनेटामा साथ दिने सहयात्रीहरूलाई" समर्पण गरिएको यस कृतिले युवराज नयाँघरेको शुभ कामना प्राप्त गरेको छ ।
यस कृतिले २६ वटा नियात्रालाई समावेश गरेको छ । विविध खाले नियात्रा पढियो । हरेक नियात्राकारका आप्mनै दृष्टि हुन्छन् बिचार हुन्छन् , आप्mनै मौलिकता हुन्छन् । आप्mनै प्रस्तुति हुन्छन् । त्यसो हुँदा एकको लेखसँग अर्काको लेखलाई तुलना गर्न मिल्दैन ।तुलना गर्दा दुबै लेखको मौलिकतामा असर पर्न सक्छ । यहाँ भेषराजको लेखनशैली आप्mनै मौलिकतामा सजिएको छ । उनका पदयात्रामा दर्शिएका विविध चीजहरूको प्रस्तुति अतुलनीय छ । यात्रामा पाइला पाइलाको सहयोगमा गन्तव्यमा पुग्ने हो । उनका पाइला पाइलामा टाँसिएका एक एक कणबाट सिर्जना भएको यो यौटा सङ्ग्रह हो । यी पाइलाका कथाहरूको थालनी कसरी सुरु भए भन्ने सम्बन्धमा भेषराजजी यसरी प्रस्तुत हुनु भएको छ –"एकाध हरफ भेटिएथे पाइलाको धुलोसँग टाँसिएर आइपुगेका । एकाध भावनाहरू छोइएथे मन पग्लेर बलेनी झै तप्किएका, धेरै सम्झनाहरू विथोलिएका थिए, छुटेका थिए र हराएका थिए । हृदयका पत्रमा स्नेहका अजम्बरी सम्झनाहरू बटुल्न खोजेँथेँ । मान्छेहरूको मन जोडिएको गाउँबस्तीका भूगोल, प्रकृति र जनजीवनले मोहित भएँ थेँे र त्यहाँबाट शुरू भएका हुन् पाइलाका कथाहरू ।" पाइला पाइलामा दृष्टिले देखेका सबै चीजहरू सबका सव मन–मस्तिष्कमा रहीरहन अवश्य सक्दैन । जे जति यात्रा लेखनले दिन पर्ने सन्देशहरू यस कृतिमा समेटिएका छन् भन्न सकिन्छ । भेषराजले यस कृतिमा पस्कन चाहेका धारणाहरू यस प्रकारका छन् –"कोर्न मन थियो ढुकढुकीका जीवन गीत, लेख्न मन थियो आँखाले क्षितिजका पानामा झै, कति लेखियो कति लेखिएनन् ।" एउटा लेखकले पाठकलाई दिन चाहेका आवश्यक सन्देशहरू निश्चय नै पूर्ण रूपले नसमेटिन सक्छ तर जुन उद्देश्यलाई लिएर कलम चल्छ अवश्य त्यसले यथार्थता पोख्न सक्छ र त्यसले पाठडकलाई सन्तुष्टि मिल्छ । हो यस कृतिलाई गहन अध्यन जो कोहीले गर्छ भने लेखकका धारणालाई सहज रूपमा भेट्न सक्छ । भेषराजले भन्नुहुन्छ –"यी हरफका भाव,,चाहना र सपना मेरा मात्र रहेनन् , पढ्ने हरेक स्नेही मनका हुने छन् यी ।" कृतिकारका यी भनाइ अवस्य पनि पाठक समक्ष पुग्दा लेखकको भावनालाई आत्मसात पाठकले गर्न पनि सक्छ र नगर्न पनि सक्छ ।तर भेषराजले यहाँ पस्केका यथार्थताहरू पाठकले आत्मसात गर्ने खालका छन् । कृतिकारले नियात्रालाई एउटा रहर लाग्दो रूपमा पस्केका छन् । कृतिकारका धारणलाई आत्मसात गर्दै केही विशेषतालाई मैले यहाँ पस्कने बिचार पलायो ।
"सगरमाथासँग छ त केवल सुन्दरता, स्वाभीमान, र सर्वोच्चता ।" (पृष्ठ५)
यस लेखले सुनकोसीदेखि सगरमाथालाई छोएका क्षण सम्मका विविध पक्षलाई सुन्दर चित्रण गरेको छ ।
"टिम्बुरबोटेको ओढारमा लुकेर बसेका अठारजना योद्धाहरू सेनाको घेरामा परे ।सम्बत २०३१ साल पुष १ गते बिहानत सवेरै सेनाको गोली र ग्रिनेड बर्षदा तेह्रजना योद्धा ओडारमै ढले ।" (पृष्ठ १०) –टिम्बुरबोटेको बाटो शीर्षक बाट लिइएको यो लाइन हो र यो वि.पी.ले प्रजातन्त्र ल्याउनको लागि गरिएको सशस्त्र क्रान्तिमा कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा सोलोखुम्वो व्यारेक हान्न जाँदाको घटनालाई यस यात्राले समेटेको छ । यस लेखमा प्रजातन्त्र बहाली गराउन गरेको सशस्त्र क्रान्तिमा सहिद भएका योद्धाहरूको नाम समेटिनुको साथै सहिद स्मारक स्थलमा पुग्दाको प्रकृतिक चित्रण, त्यहाँ पुग्दाको डरलाग्दो वनको यात्रा आदिलाई समेठिएको छ लेखमा । ।
"शुक्लाफाँटामा एकबिहान"–यहाँ साल र सिसौको जङ्गलको साथै घाँसे मैदानमा रमाइ रहेका विभिन्न जातका जङ्गली जनावर र चराहरूको वर्णन गरिएको छ ।
छोरीसँग चिडिया खाना –यस शीर्षकले बाल बालिकाको चाहनालाई अभिभावकले पूर्णता दिनु पर्छ भन्ने सन्देश बोकेको छ । छोरीको चाहना अनुसार छोरी रम्दा आप्mनो बाल्यकालका क्रीडाहरूको सम्झना गर्नु, विदेशमा रहेका छोरा बुहारीबाट असक्त अवस्थामा आमालाई भेट्न आउन र क्रियाकर्म गर्नसम्म आउन नसकोमा छोरीले पु¥याएको सेवा साथै चिडियाखानका पशुपंक्षी आदिको वर्णनले सजिएको छ नियात्रा ।
भूकम्पले ओच्छिएको भूगोल– २०७२ सालको भुकम्पलाई लक्ष गरि लेखिएको यस नियात्राले दोलखा, जिरी, रामेछाप लगायतका स्थानमा पु¥याएको जन धनको क्षतीको मार्मिक प्रस्तुती गरेको छ ।
राप्तीको रुवाइ– यस नियात्रामा प्युठान,२०७२ साल माघीको दिनको घोराही स्थित बाह्रकुनेदहको मेला, बाह्रकुनेदहमा काटिएका भेडाका पाठाहरू, बारेमा नियात्राकारले पोखेका कारुणिक भावना, सोर्गद्वारीको दर्शन, यात्रामा रहेको मोटर विग्रेको ,२०६५ सालमा बस राप्तीमा खस्दाको दुर्घटनामा घटेको घटनाको स्मरणको साथै यस परिस्थितिको कारुणिक चित्रणलाई समेटेको छ नियात्राले ।
अन्नपूर्णको आगन – यस नियात्रामा मनाङ जाँने स्थानहरूको विवरणहरू जस्तै मस्र्याङ्दीके किनारै किनार जाँदा खुदीको सुरुङ्मार्ग, उपल्लो मस्र्याङ्दीको पावरहाउस अर्खलेवसीबाट देखिने हिमालको दृश्य, राष्ट्रकविको जन्मघर भीरपुस्तुन , लिलीभीर, तारेभीर, च्याम्चे झर्ना, म्यार्दीभीर, तालिएको मस्र्याङ्दी, ितिभाङ्को छहरो,, कोतोबजार आदि स्थान र कहाली लाग्दा भीरको साथ साथै नार, पूm र काङ्लापास जाने बाटो छोडेर चामे जानु पर्ने, चामेबाट लम्जुङ्हिमाल माथिल्लो मनाङ भार्ताङकाो स्याउबारी (सायद दक्षिण यसियाकै ठूलो स्याउबारी), स्वर्गद्वारी पिसाङगाउँ ध्यारुगाउँ, हुण्डे, विमानघाट, ,हुण्डे मावीमा आठजना शिक्षक तर विद्यार्थी भने नभएका, आदि स्थानका प्राकृतिक सौन्दर्य, कष्टकर यात्राको सुन्दर प्रस्तुती गरेका छन् नियात्राकारले । स्वर्गद्वारी गएकाहरु फर्कदैनन् भन्ने किम्बदन्ती, मृङ्क्यू अर्थात घर बिर्षाउने जल, खाए पछि मानिस घरै फर्कन्नरे मानिस, माक्पा (घरज्वाइँ )बस्ने काम, बौद्धमार्गी संस्कृति आदि बारे पनि यहाँ प्रष्टिएका छन् । नियात्राकार तिलीचो ताल भने पुग्न सकेनन् ।
खप्तड यात्रालाई खप्तड टेक्दाको दिन, प्रकृतिको पूmलबारी र खप्तडी क्ष्तििजमा गरिबीको छायाँ गरी तीन शीर्षकमा वर्णन गरिएको छ ।खप्तड टेक्दाको दिन शीर्षकमा बझााङे तमेल काटेर जंडारीगाडको किनारै किनार छन्नागढी, गढीगाउँ, खुडुली दुदलीमाताको मन्दिर, पपल्क्यापाटन, माझपाटन, धर्मशाला, दोभानको काठको पुल तरेर अर्को पाटन पुग्नु र त्यहीँ गोठमा बास बस्नु । उकाली ओराली जुकाको समस्या,जुकाबाट बच्न नुनको प्रयोग, बाटोमा हजारी पूmल र सारङ्गी पूmलको सुन्दरता, गनालो र मेथी मिसाएर बनाएको चिया (चियापत्ती विनाको चिया) को उपयोग आदि विवरण यसमा समावेश गरिएका छन् ।
दोस्रोदिनको यात्राको शीर्षक "प्रकृतिको पूmलबारी" राखीएको छ । शीर्षक अनुसारनै खप्तडको प्रकृतिको सुन्दरतालाई वर्णन गरिएको छ । गोठको सुताइबाट उठेपछि रोटी अचार र कल्–कडी (नियालोको टुससासँग मही मिसाएर पकाएको कडी) खाएर यात्राले निरन्तरता लिन्छ । बुड्न्यापाटन जरैजराको उकालो चढेर पाटन पुगिन्छ । यहाँ मानिस पातलो देखिए पनि जता हेरो उतै रमाइलो । यहाँ फुर्के पाटन, खप्तडी पाटन, मखमली पाटन, घोडा दाउने पाटन, छेडी पाटन, खप्तडबाबाको कुटी, शैनिक गुल्म,पर्यटन कार्यालय खप्तड राष्ट्रिय निकुञ्ज केही पसलहरू आदिको विवरण यहाँ प्रस्तुत गरिएको छ । यहाँको प्रकृतिक सौन्दर्यलाई नियात्राकारकै शब्दमा अध्ययन गरौं –"खप्तडी पाटनका सबचिज अद्वितीय, पाटनका पूmल,पाटनका घाँसपात, पाटनका गाईबस्तु, पाटनको जमिन । सबै चिज ओजिलो,– पाटनको सुन्दरता,पाटनको शीतलता,पाटनको विशालता, पाटनको निर्मल आकाश त्यस्तै। पाटनको सुन्दरता पोख्छ घाम,पाटनमा सुन्दरता खन्याउँछ हावा । पाटनमा सुन्दरता उमार्छ प्रकृति ।"
देवचुली –यो नवलपुर जिल्लाको सबै भन्दा अग्लो चुचुरो हो यसको उचाई १९३६ मिटर छ । नियात्राकार, उनकी आमा र टिकाराम धिताल देवचुलीको शीखरमा पुग्न यात्रा गर्छन् । रामबास, मुण्डे, पोखरी .फेदी, छानो रहित मन्दिर पूजास्थलमा त्रिशूल गाडेको पूजास्थल देखिनु, मगर समुदायले तीनकन्यामाई र थारू समुदायले कुमारवर्तीमाइकोे पूजा गर्ने गर्दा रहेछन् भन्ने जानकारी पाउँछन्। पोखरीबाट तीन घन्टा लगाएर देवचुलीको चुचुरो पुगिएको र त्यहाँ गएर हिमाल तराई विभिन्न दृश्यको अवलोकन, भ्यूटावरमा रेलिङ्ग नहालेको, दूरविन नभएको, यसै टावरमाथि मोवाइलको टावर झुण्ड्याइएको, देवचुलीको काखमा वरचुली लगायतका साना चुचुराकरू अवलोकन गरी फर्कने समयमा पनि कठिनको साथ ओर्लिएको धारणा आएको छ ।
गाइघाटे सम्झना – यसि नियात्राले काठमाण्डौको बस सञ्चालनमा र जहाजमा देखिएको ढिलाई, जनकपुरमा मैथिली कवि विद्यापतिको सालिक देखिनु, मैथिल सभ्यताको स्मरण, जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, गंगा सागर, धनुस सागर, आदिको साथै जनक, सीता, विश्वामित्र, गौतम याज्ञबल्यक, अष्टबक्रहरूको स्मरण, राजा जनकले हलो जोतेको मूर्ति आदिको अवलोकन गर्दै महेन्द्रनगर, कदमाहा चुरियामाइको आगन, त्रियुगा, आदि पारगर्दै गाईघाट पुग्नु गाईघाटबाट पुग्न पर्ने स्थान पुग्न नसकिएका स्थानहरू जस्तै रिस्कु,रौतामाई, इनामे ,बलम्बा, बाँच्सबोटे, कटारी, कोशीको आदि विवरण गरिएको छ यस नियात्रामा ।
टिकापुर –राष्ट्रसेवकको घुस प्रकरणको सिलसिलामा यो यात्रा भएको र जहाजबाट धनगढी जानु, धनगढी बजारमा बास बसी, गेटाको मेडिकलकलेज, अतरीयाको चहलपहल,, खुटिया, चौमाला, राजीपुर, बसन्तपुर, शिशिरपुर बैठपुर बजार, पहलमानपुर, घोडाघोडी ताल (रामसार सूचीमा सूचीकृत,) तालमा घोडा र घोडीको आकर्षक मूर्ति, मूर्तिको पनि कथा (श्रापित लक्ष्मी घोडी भएर आए पछि विष्णु पनि घोडा भएर आएका रे) यहाँ बाट सुखड, चिडिया ताल, साँडे पानी बजार, सडकपुर, बौनिया पुग्दा तोकिएको काम सकिएपछि टिकापुरतिर लाग्नु । टिकापुरमा घटना घटेको ठाउँ, खड्कचोकमा खड्कको विशाल सालिक, टिकापुर पार्क, खड्कबहादुर, स्मृति रङ्गशाला निर्माण स्थल, बानाना रेष्टुरेन्ट आदि, धनगढीका बाटो किनारका, झुप्राहरु, प्राकृतिक सौन्दर्यता आदिको रहर लाग्दो वर्णनले सजिएको छ लेख ।
हावाहुरीको हुण्डरी –चन्द्रपुरबाट गौर, सन्तपुरमा धुर्मुस सुन्तलीको मेहनतको अवलोकन, प्रकृतिप्रकोप,(असिना, हावाहुरी, भेडियाइमा हावाहुरी, धुवाँ धुलो, गरिबी, झुनखुनुवा गाउँ, र स्वर्गीय शेखइद्रिसको सम्झनामा बनेको गेट बागमती सिञ्चाइ नहरको जिर्णता, आदि घटनाक्रमलाई नियाल्दा नियात्राकारको मनमा पनि हावाहुण्डरी र असिना पानीले पु¥याएको आलो घाऊ दुखेको अनुभूति सहित यो नियात्राको बीट मारिन्छ ।
तालिएको सम्झना वेगिएको मन–– यस नियात्रामा पोखरा, र फेवातालको सौन्दर्यता अनि अतिक्रमण, पोखराले माछापुछ«ेको छाया र अन्नपूर्ण को माया पाएको फेवाताल, तालबाराहीको प्यागोडा शैलीको मन्दिर, प्यारागलाइडिङ उडान, विन्द्याबासिनीको दर्शन आदिको अवलोकन विवरण आएको छ ।
बुटवल पोखरा – बुटवलबाट यात्राको थालनी गर्दा नै सिद्धबाबाको थानसँगैबाट डरलाग्दो भीरमा प्रवेश, सिद्धबाबाको मन्दिरको अवलोकन, मानव इतिहाससँग जोडिएको रामापिथेकसको अवशेष भेटिएको ठाउँमा मूर्तिलाई पार्कमा सजाईको स्थान, दोभान, बर्तुङ, माडीफाँट, आर्यभञ्ज्याङ्, राम्दीपुल, आदीखोलालाई देख्दा, श्रवण कुमारलाई दशरथले तीरहानेर मारेपछि अन्धाअन्धीलार्ई जानकारी गराउँदा, अन्धाअन्धीको आँसुबाट आँधीखोलाको उत्पत्ती भएको स्मरण, सतीदेवीको शेष अङ्ग पतन भएको छायाक्षेत्रमा पुग्दा गाडी बिग्रनु , स्याङ्जामा के छैन भन्दै लेखकले यसरी उद्गार पोखेको एक लाइन–, "कोट, टारी, भञ्ज्याङ, चौतारी, चौर,, थुम र देऊराली पूर्ण श्याङ्जा," । यसरी श्याङ्जाका सबै महत्वपूर्ण स्थानहरूलाई समेट्दै "बुटबलबाट साँची, ल्याएका खुसीका बीउहरू, छरिएको पोखरेली धरा " भन्दै यो नियात्राको बिट मारिएको छ ।
कोशी किनारको एकझोका हावा––यस लेखमा कोशीटप्पु आरक्षण क्षेत्रको वर्णन गरिएको छ । कोशी टप्पु आरक्षण कार्यालयमा पुग्दा रासायनमा डुबाएर राखिएका अर्नााको बच्चा, हात्तीको छावा, हडियाल गोहीको बच्चा देख्नु, जङल प्रवेश गर्नु । रामसार सूचीमा सूचीकृत सिमसारको जैविक विविधताको अवलोकनको चाहना तर यथार्थता फरक पाइएको, अर्नाको राजधानीमा अर्ना देख्न नपाउनाले खिन्नता बोक्दै निस्कनु। यस लेखले कोशीको र वन्यजन्तुको त्रासलाई पनि समेटिएको छ ।
सिमकोटे उचाइ– मौसम विग्रने क्रममा सिमीकोटमा जहाज पुग्न समस्या, त्यहाँ गएपछि देख्न पाइने पञ्चमुखी हिमालको रमणीयता, जनताले भोग्न परेको खाद्यान्नको असहजता, सरकारले यो समस्या हलगर्नु पर्ने धारणा, टक्लाकोट पुगेपछि मानोसरोवर र कैलाश पर्वतको रमणीयताको बर्णन भारतीय तीर्थ यात्रीको मुखबकाट सुन्नु र हिमाललाई हेर्दै नियात्राकारले भन्छन–"ती हिमालको पत्रपत्रमा थियो हिमाली सौन्दर्यको जलप र लेकाली मुटुको माया ।" लेकाली बाली सप्रन हिउँ पर्नुपर्ने कुरा, देउरालीबाट हेरिएका वरिपरिका दृश्य, लेकाली खानामा रमाउनु, चौरी हेर्न जान मन लागे नुन लिएर जान पर्ने धारणा आदिले यस लेखलाई रमणीय बनाएको छ ।
भेरीको किनारै किनार– यस नियात्रा लेखनमा भेरी किनारमा रहेका सबै स्थानलाई समेटेको छ ।जाजरकोट लगायतका स्थानमा पुग्दाको कठिनाई, भेरीको पानी खान पर्ने बाध्यता, रिम्माको सहिद स्मृति भवन, र त्यही भवनमा रहेको जन्तुकारगारको अवलोकन,(वन्य जन्तु दुम्सी, भालु र लाटोकोशेरा देख्नु) जनयुद्धताका जाजरकोटमा मारिएकामध्ये एकसय छत्तीस जनाको खुइलिन लागेका तस्वीरहरूको अवलोकन, रुकुमको छेपारे पुग्नु र भेरी किनारै किनार डोल्पा पुग्ने इच्छा हुँदा हुँदै पनि समय अभावको कारणले पुग्न नसक्नु "रोग, भोक, अशिक्षा, पछौटे पनको, पृष्ठभूमिमा गरिबीले झन ठूलो मुख बाएको रहेछ त्यहाँ"। हातको मैलो र मुखको उदासिनलाई पखाल्न चाँहदा चाँहदै पखाल्न नसक्नुको कारुणिक यथार्थता यसरी पस्केका छन् नियात्रा कारले –" भेरीको धमिलो पानीमा आँसुको भेल देखें । भेरीको किनारमा रहगतको रह देखें । भेरीको भुमरीमा पसिनाको खोलो देखें । गाउँलेका आँसु पसिना र रगतका खारले, अजीर्ण, प्यासी र रोगी भएर रुँदै बगिरहेथ्यो भेरी ।" जस्ता धारणा सहित यो नियात्राका कृतिले पूर्णता पाउँछ ।
यस कृतिको सूक्ष्म प्रस्तुति सहित प्रस्तुत हुने बिचारमा थालनी गरिए पनि चाहना अनुरूप आउन सकेन लेख। जेहोस् केही लेखको संक्षेपीकरण सहित पू्रस्तुत भएको छु म । नियात्राकार नियात्रा लेखनमा फरकरूपमा प्रस्तुत भएका छन् । हरेक लेखमा नियात्राकारले जुन ठाउँमा पुग्नु पर्ने हो त्यो ठाउँको प्राकृतिक, सामाजिक, धार्मिक, राजनीतिक यथार्थता, मानवीय सम्वेदनशीलता सरकारको दायित्व, मानवीय प्रवृति र प्रकृति, हरेक घटनालाई सामाजिक यथार्थता र आप्mनो जीवनचक्रसँग जोड्दै विकृति विसङ्गतिमा तीक्ष्ण प्रहार गर्दै सुन्दर, समृद्ध समाज र राष्ट्र निर्माण गर्नुपर्छ भन्ने सन्देश दिएका छन् कृतिकारले ।
प्राकृतिक सौन्दर्यताको प्रचुरता, सुसभ्य सिङ्गारिक वर्णन, मानवीय प्रवृति, प्रकृतिको यथार्थता, जीवन जगतको भोगाई, गरिबीले थिचेको क्रन्दन, महगाई, नेतृत्व वर्गको उदासिनता, दायित्व निर्वाहमा देखिएको ह्रास, भ्रष्टचारको व्याप्तता, आदि विविधतालाई समाउँदै सबैका दुखमा आँसु बगाउँदै, रम्य स्थलमा रमाउँदै एउटा नविन शैलीमा लेखनको प्रस्तुति नियात्राकारले दिन खोजेका छन् ।कतै कविता मिसिएका छन् । कतै विभिन्न गाएकका नाम र गीतहरू समावेश गरिएका छन् । भाषा सरल र सुवोध छ । बिम्ब, प्रतिकको आलङ्कारिक शैलीमा प्रस्तुति छ । लेखमा कतै दार्शनिकता झल्किएको छ भने कतै प्राकृति बोलेको छ । आदि आदिले लेखन शैली यथार्थताको साथै रम्य छ ।
हेरौं केही प्रस्तुतिहरू– मैले माथि नै नियात्राकारका प्रस्तुतिहरू ठाउँ ठाउँमा पस्केको छु तापनि केही पंक्तिहरू यहाँ पस्कन चाहान्छु –
ती भोटेनीहरूको रातो गालामा औधी सुहाएको थियो मधुर मुस्कान । लत्रेका परेली र फक्रेका अधरमा समेटिएको थियो संसारको सबै खुसी । (पृष्ठ ५०)
सुबिधाको भन्दा थकाइको बिच्छौनामा लाग्दो रहेछ मीठो निद । (पृष्ठ५८)
घावैघाउले थिलथिलिएको शरीरको मुटु कहाँ होला र सद्दे(पृष्ठ ७७)
हावा भन्दा हलुको, पानी भन्दा पातलो,र धुलो भन्दा सुक्ष्म जिन्दगी बोकेर हिडेंको हुँदो रहेछ मान्छे । (पृष्ठ११२)
ऊ कुलमान मात्र हैन मुलुकमान हो ।भुँडीमानहरू घटेर मुलुकमानहरू बढृे हुन्थ्यो मुलुकमा (पृष्ठ ११९)
यहाँ मोवाइल भयो ज्ञान विनाको किताव जस्तो ,उपयोग विनाको प्रविधि जस्तो, आम्दानी विनाको खर्च जस्तो (पृष्ठ १२९)
समय भट्टी र जुवाघरतिर बह भएर भुल्न थालेको छ । (पृष्ठ १२६)
ज्ञात भयो, प्राप्तिको धरातलभन्दा रहरको उच्चाई निकै अग्लो हुँदो रहेछ (पृष्ठ १६१)
आगो र कलको बीउ धेरै चाहिदैन (पृष्ठ १६६)
द्ररिद्र मन भएका धनाढ्य र धनाढ्य प्रवृत्तीका गरिबहरू धेरै रहेछन् नेपालमा (पृष्ठ १६८) ।र
अतः नियात्राकारले खास उद्देश्य लिएर गए पनि आप्mनो दायित्वलाई निभाउँदै जहाँ पुग्यो त्यहाँको विविधतालार्ई स्वच्छन्दरूपमा टपक्क टिपेर हामीलाई जुन सन्देश प्रवाह गर्नु भएको छ त्यो अनुकरणीय छ, प्रसंशनीय छ भन्दै उहाँको चौतर्फी विकासको कामना गर्दै विदा चाहान्छु ।
धन्यवाद
3Hari Bhandari, Matrika Rijal and 1 other
Like
Comment
Share

Comments


No comments:

Post a Comment