August 15, 2023

आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कवित्वको सङ्क्षिप्त विवेचना

परिचय
भानुभक्त आचार्य नेपाली साहित्याकाशका एक अद्वितीय भानु नै हुन् । जसरी सूर्यका किरणहरूले यस पृथ्वीका कुनाकाप्चा छिचोलेर प्रकाशमय पार्दछ त्यसरी नै भानुभक्तका कृतिहरुले नेपाली समाजका मुटुका धड्कन र रगतका बूँद बूँदमा सञ्चारित भएर भाषागतरूपमा एकताको सूत्रमा बाँधेको छ । आज जहाँ नेपाली पुगेका छन् त्यहाँ नेपाली भाषाले आफ्नो स्थान लिएको छ र भानुभक्तको स्मरण भइ नै रहेको हुन्छ । यो लेख लेख्दा मलाई मेरो अध्ययन कालको याद आयो । मेरो अध्ययन भारतको आसामको डिगवोई भन्ने ठाउँमा भएको थियो । त्यहाँ, वि.सं.२०२०÷२१ सालमा, हामी विध्यार्थीहरूले भानुजयन्ती भव्यरूपमा मनाउने गर्दथ्यौं । साहित्यकार स्व. हरिभक्त कटुवालको पनि त्यहाँ सकृय सहभागिता रहन्थ्यो । मेरो साहित्यिक यात्रा पनि त्यहीबाट थालनी भएको थियो । भारतको दार्जिलिङ र सिक्किममा भानुजयन्ती पर्वकै रुपमा मनाइने गरेको पाइन्छ । नेपालमामात्र नभएर भरताका ठाउँ ठाउँमा भानुभक्तका शालिकहरू स्थापना भएका छन् । भानुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते धनञ्जय र धर्मावतीदेवीको पुत्रको रूपमा चूँदी रम्घामा भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाती र धनञ्जय आचार्यका पुत्र थिए । श्रीकृष्ण आचार्य विद्वान थिए र धर्ममा विश्वास गर्दथे । श्रीकृष्ण आचार्यले धनञ्जयलाई पनि शिक्षित बनाएका थिए भने नाति भानुभक्तलाई पनि उनीबाटै शिक्षा दिइएको थियो । उनका बाजे जब काशीबास जानु भयो, भानुभक्त पनि बाजेको साथमा काशी गएका थिए । यस अवसरमा ५÷६ बर्ष भानुभक्त बनारसमा बस्ने अवसर पाए र त्यहाँ उनको अध्ययन राम्रो भयो । उनको साहित्यतिर र धर्मतिरको  प्रभाव पनि उनकै बाजे श्रीकृष्ण आचार्यको छाप परेको थियो ।
भानुभक्तका कृतिहरू–
एकदेव उपाध्यायले, आदिकवि भानुभक्त लिखित पुरानो सातकाण्ड रामायण, जसको सम्पादन बाबू सोमनाथजीले गर्नु भएको र जयनेपाल प्रकाशनले २०४६सालमा प्रकाशन गरेको, यस रामायणमा आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनीमा प्रकाश पार्नु भए बमोजिम उनको, 'प्रथम पद्यचाहिें शिखरिणी चन्द्रमा बनाइएको दश हरफहरू नै हुन जसले उनको आफ्नै जन्मपत्रिकाको बयान गर्दछ', भन्ने छ । उनले १८९८ सालसम्ममा बालकाण्ड रामायण तयार पारेका थिए भनिन्छ । उनका बाबु पाल्पा मालमा खरदार थिए । खरदार पदमा रहँदा हिसाब कितावमा फरक परेकोले बाबुको मृत्यु पछि भानुभक्तलार्ई १९०६ सालतिर हिसाव फस्र्योट गर्ने अड्डाले समात्यो र ५ महिनासम्म नजरबन्दमा राख्यो भन्ने कुरा एकदेवजीले लेख्नु भएको छ तर नरेन्द्रराज प्रसाई द्वारा लेखेको एक लेखमा भानुभक्तले ३७ बर्षको उमेरमा आफै सरकारी जागिर खाएका थिए । हाकिमले दुई बर्षमा नै उनको जागिर खोसेको र रकम हिनामिनाको अभियोगमा कुमारी चोकमा थुनेको भनिएको छ । मोतीराम भट्टका अनुसार पनि वि.सं.१९०७ सालको बैशाख महिनामा तराईमा जागिरे भएर गए र १९०९मा जागिर खोसिएको र हरहिसाव वुझाउन नसकी ५ महिना थुनिएको  लेखेको देखिन्छ । मोतीराम भट्टको लेखाइलाई नै आधिकारिक मान्न सकिन्छ । उनी नजरबन्दमा परेका अवसरमा रामायणका अयोध्या, अरण्य, किष्किन्धा र सुन्दर काण्डको रचना गरेका थिए । नजरबन्दबाट निस्के पछि उनले युद्धकाण्ड र उत्तर काण्ड लेखेका थिए । यसरी उनले १९१० सालतिर सम्पूर्ण रामायणको रचना गरिसकेका थिए ।  उनका कृतिहरूमा रामायण, बधूशिक्षा, भक्तमाला, प्रश्नोत्तरी, रामगीताको साथै केही फुटकर कविताहरू पनि हामीले अध्ययन गर्न पाएका छौं, जो अति गहन भावना सहित सरल भाषामा लेखिएका छन् ।
 नेपाल राज्यको एकिकरण पृथ्वीनारायण शाहले गरेका थिए र सन् १७६८मा नेपाल खाल्टोभित्रका देशहरू जितेर पृथ्वीनारायण शाहले नेपाली भाषालार्ई सरकारी कामकाजको भाषामा प्रयोगमा ल्याएका थिए तापनि नेपाली भाषले त्यति व्यापकता लिन सकेको भने थिएन । जब भानुभक्तले रामायण लेखे । यसको रसस्वादन नेपाली जनताले चाख्न थाले तब नेपाली भाषाले व्यापकता लिन थाल्यो र नेपाली समाजलार्ई भाषागत रूपमा एकबद्ध गर्ने काम भानुभक्त आचार्यले गर्न सफल देखिनु भयो । भानुभक्त भन्दा अघि पनि केही कविहरूले नेपाली भाषामा लेख्ने काम गरेका थिए तर अध्यायात्मक रामायण (सम्पूर्ण राम कथा) प्रदान गर्ने काम भने भानुभक्त बाटै भएको थियो । यो कृति अनुवाद भए पनि अनुवादजस्तो नभएर मौलिक कृतिजस्तो देखिन्छ । खास रामायणको सन्दर्भमा श्रीमती पुष्प शार्म लेख्नु हुन्छ ( '..... यस काव्यभित्र, जसले जस्तो आदर्श। नीति, प्रेरणा, खोज्न चाहन्छ, त्यस्तै पाउन सक्छ(भनौ रामायण कल्प वृक्ष हो, रामायण चिन्तामणि हो' । मलाई पनि यस्तै लाग्छ, यो कल्पवृक्ष हो र चिन्तामणि पनि हो ।
मोतीराम भट्टले भानुभक्तप्रति गरेको योगदान
भनिन्छ मोतीराम भट्टले भानुभक्तलाई यो रूपमा चिनाउनको लागि निकै मेहनत गरेका थिए । उनले रामायणलाई सङ्कलन गरेर छपाउने र प्रचारप्रसार गर्ने काम गरे । भानुभक्तको जीवनी लेखे । उनको जीवनीमा भानुभक्तको जन्म मिति १८६९लेखेको पाइन्छ तर भनुभक्तकी नातीनीले भानुभक्तको जन्म सप्रमाण वि.सं. १८७१ साल असार २९ गते भने पछि भानुभक्तको जन्म मिति यही नै लेखिन थाल्यो । मोतीराम भट्टले भनुभक्तलार्ई १९४८मा आदिकविको रूपमा नामाकरण गर्नु भया,े तर १९९७ सालमा युद्धशमशेरले यसलार्ई मान्यता दिए पछि भानुभक्त आदिकविको रूपमा प्रचलित हुनुभयो ।  आज भानुभक्तलार्ई आदिकवि भनेकोमा पनि चर्चा उपचर्चा उठेका छन् तापनि भानुभक्तले आफ्नो कृतिलार्ई नेपालीमय बनाएकै हुन् र नेपालीको रगतको बूँद बूँदमा आफ्नो भावनालार्ई घोलेकै हुन् । उनको यो सम्लग्नतालार्ई कसैले जे भने तापनि नेपाली मुटुको धड्कनबाट आदिकवि भानुभक्तलार्ई अलग्याउन भने सकिदैन । खोज ÷अनुसन्धान त हुनु पर्दछ । आज आएर भानुभक्तले रामायण लेख्ने प्रेरणा घाँसीबाट पाएका हुन् भन्नेमा तकवितर्क उठेका छन् । यस सम्बन्धमा नरेन्द्रराज प्रसाईले यी तलका पङक्तीहरू भानुभक्तले नभै स्वयम् भोतीराम भट्टले नै लेखेका हुन् भन्नु भएको छ –
भर्जन्म घाँसतिर् मन्दिइ धन् कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भै कन आज यस्तो ।।१।।
मेरा इनार नत सत्तल पाटि कै छन् ।
जे धन् र चीजहरु छन् घरभित्र नै छन् ।।
तेस् घाँसीले कसरि आज दियेछ अर्ती ।
 धिक्कार हो ! मकन बस्नु  नराखि कीर्ति ।।२।।
(कवि भानुभक्तको जीवन चरित्र,पृष्ठ ७(८)
नरेन्द्रराज प्रसाईको तर्क के छ भने, यस श्लोकको चौथो हरफमा लेखिएको 'मो' शब्द भानुभक्तको नभै मोतीरामको हो र भानुभक्तले म को ठाउँमा मो कहीं पनि लेखेका छैनन् र मोतीरामको लेखाइमा मो को सट्टा म कहीं लेखेका छैनन् । यही एउटा कारणबाट माथीका श्लोक भानुभक्तका नभै मोतीराम भट्टले नै उनको नाउँमा लेखिदिएको भन्ने तर्क कहाँसम्म सत्य हुन्छ अभैm खोजको विषय भएको छ । रामयण लेख्ने प्रेरणा त वाल्मीकिले पनि निषाद्बाट पाएका थिए । कसरी भन्दा एउटा व्यधाले काम मोहित भएको अवस्थामा कौञ्च पंक्षीलाई मारेको देख्दा उनको मुखबाट अनायास नै श्लोक प्रष्फुटन भएको थियो र त्यसबाटै उनले रामायण लेख्न थालेको भन्ने कुरा हामीले अध्ययन गर्न पाउँछौं । तुलसी दास पनि आफ्नी पत्नीलाई अति माया गर्दथे, एकदिन उनकी पत्नी माइत गएको बेलामा पत्नीलाई छाड्न नसकी खोज्दै माइतै पुगेको देख्दा उनले पतिलाई यो प्रेमको लागि धिकारिन् र राममा(ईश्वरमा) प्रेम गरे राम्रो हुने बताइन् । त्यही प्रेरणबाट तुलसी दासले रामायण लेखे । हामीले भानुभक्तले घाँसीबाट रामयण लेख्ने प्रेरणा पाएको कुरा यत्रतत्र पढ्न पाएँछौं । गोपाल पराजुलीले पनि घाँसीकै प्रेरणबाट भानुभक्तले रामायण लेखे भनेका छन् । मलाई यो विवादमा कता कता दीपक सोतीलाई सम्झे र उहाँको हालको निवास नवलपरासीको पिठौलीमा पुगें घाँसीकुवाको बारेमा र गजाधर सोतीको बारेमा कुराहरू राखें । दीपक सोती नाताले गजाधर सोतीका भाइतर्फका पनातीमा पर्दछन् । घाँसी कुवाको बारेमा सोतीजीले भन्नु हुन्छ ('आदिकवि भानुभक्त आचार्यको जीवनीमा लेखिएको घाँसीकुवा रिस्तीखोलाको सोती पसल नजिकै अझै पनि छँदैछ । लम्साल थरका घरमा एउटा घाँसी काम गर्दथ्यो । यो घाँसी मगर थरको भएको र उसले खनेको कुवा भएकोले अझै पनि बुढापाकाले यसलाई मग्रान्ते कुवा भन्दछन् ।' यसले के पुष्टि गर्दछ भने घाँसीकै प्रेरणाले भानुभक्तले रामायणको थालनी गरेका हुन् ।
 यसरी नै नरेन्द्रराज प्रसाईले, 'भानुभक्तको जीवन कथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आँफै बुने होलान्' भन्ने शंकाको प्रश्न खडा गरेका छन् । नरेन्द्रराज प्रसाईको भनाइमा नेपाली समाजमा पाहुनालाई देवतातुल्य मानिने चलन भएको र यहाँ भानुभक्तलाई ढिकी भएको ठाउँसमेतबाट निकालिएको हुँदा यो कविता पनि मोतीरामले नै लेखिदिए होलान् भनिएको छ । मोतीराम भट्टले लेखेको भानुभक्तको जीवन चरित्रमा भने प्रष्ट के लेखिएको छ भने भानुक्तलाई बुहारीले पिढीमा बस्न भन्दा पनि बुढीले बस्न नदिएको र ढिकी भएको छाप्रोमा बुहारीले बस्न भन्दा पनि बुढीले निकाली दिएको र वरपर कसैको घर नभएकोले रुखमनि डल्लिएको । विहान एक ६÷७ बर्षको बालक गजाधर्साेतीको कान्छो छोरा हो भन्ने जाने पछि तलका श्लोक लेखेर तनामा बाँधी बाबालाई दिन भनिएको छ –
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहछिन् ।
नरक् जानलाई सबसित विदावादि भइछन् ।।
पुग्यौ साँभ्mमा तिन्का घर पिढिमहाँ बास गरियो ।
निकालिन् साँझैमा अलिक पर गुल्जार गरियो ।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ ९ )
यी माथीका श्लोक ती बालकलाई कण्ठ बनाएर छाडेर गएको पनि भएको छ । गजाधर्सोतीले घर आएर जानकारी पाए पछि आफ्नी पत्नीलाई खुब हप्काएको कुरा पनि लेखिएको छ –कवि भानुभक्तको जीवन चरित्रपृष्ठ ९÷१०) ।
 यो सम्बन्धमा दीपक सोतीसँग छलफल हुँदा सोतीजी भन्नुहुन्छ ('स्व. आदिकावि भानुभक्तको मावली भोर्लैटार हो । मावली जानेक्रममा कविज्यू गजाधर सोतीको घरमा बासबस्न गएको कुरा पनि सत्य हो । त्यस दिन गजाधर सोती भैंसी किन्न छोरा विष्णुलाई लिएर दुरडाँडा गएको हुँदा, यहाँ आइमाई मात्र छौं सुवेदीको घर तल छ त्यहीं बस्न गजाधर सोतीक्ी बूढीले भन्नु भएको कुरा पनि सत्य हो । भानुभक्त सुवेदीको घर नवसी सोती पसलको चौतारीमा राती सुती, विहान आगोताप्न गजाधरको गोठमा गएर गजाधरको छोरासँग परिचय भयो । गजाधरका छोराले दूध पनि खुवाए । यतिवेलासम्म कविज्यूले कविता लेखेर सोतीका छोराको भोटोको तनामा गजाधरलाई दिन भनेर बाँधीदिए' । यो कथन सत्यतामा आधारित जस्तो देखिन्छ ।    
बालाजी र काठमाण्डौको बर्णन
मोतीरामको कथन छ कि भानुभक्तका वि सं.१८९८देखि १९०५ सम्मका फुट्कर कविताको पत्तो छैन । १९०६मा  काठमाण्डौ, जग्गाको झगडाको कारणले, जाँदा  बालाजी भन्ने ठाउँमा पुग्दा बालाजीको सुन्दरताको बर्णन गर्दै सिङ्गारिक कविता पनि लेख्नु भएको छ –
ञाहाँ बसेर कविता यदि गर्न पाऊँ ।
यस्देखि सोख अरु थोक म के चिनाऊँ ।।
यस्माथि झन् असल सुन्दरि एक नचाऊँ ।
खैंचेर इन्द्रकन स्वर्ग ञही बनाऊँ ।।१।।
यति दिन पछि मैले बालाजी देख्याँ ।
 पृथिवितल भरीमा स्वर्ग जो जानि लेख्याँ ।।
वरिपरि लहराका झुलि बस्न्या चरा छन् ।
मधुर वचन बोली मनलिंदा क्या सुरा छन् ।।२।।
                          (कवि भानुभक्तको जीवन चरित्र,पृष्ठ १०)
 बालाजीबाट भानुभक्त काडमाण्डौ तिर लागेर । काठमाण्डौको सुन्दरतामा कविको नजर परेपछि उनले त्यहाँ पनि कविता लेखे –
चपला अबलाहरु एक् सुरमा ।
गुन केसरीको फुल ली शिरमा ।।
हिँडन्या सखि लीकन ओरिपरि ।
अमरावति कान्तिपुरी नगरी ।।१।।
 यति छन् भनि गन्नु कहाँ धनिञा ।
खुशि छन् मनमा बहुतै दुनिञा ।।
जनकी यसरी सुखकी सगरी ।
अलकापुरि कान्तिपुरी नगरी ।।२।।
कहिँ भोट र लन्दन चीनसरी ।
कहिँ काल्भरि गल्लि छ दिल्लिसरी ।।
लखनौ पटना मदारस (मदरास) सरी
अलकापुरि कान्तिपुरी नगरी ।।३।।
तरबार कटार खुंंडा खुकुरी ।
पिसतोल र बन्दुक सम्म भिरी ।।
अति शूर र वीर भरी नगरी ।
छ त कुन्सरि कान्तिपुरी नगरी ।।४।।
 रिस राग कपट् छल छैन जहाँ ।
तब धर्म कती छ कती छ ञहाँ ।।
पसुका पति छन् रखबारि गरी ।
शिवकी पुरि कान्तिपुरी नगरी ।।५।।  
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ ११(१२)
यी माथीका श्लोकहरूबाट हामी के भन्न सकिन्छ भने भानुभक्त प्राकृतिक प्रेमी पनि थिए । उनले अध्ययन पनि संस्कृतमात्र गरेका थिएनन् । उनमा भूगोल लगायत अन्य कृतिको अध्ययन पनि थियो ।
 जग्गा झगडा र भानुभक्तको कवित्व
तनहूँमा भानुभक्त र भाटको जग्गाको बीचमा नदी रहेको र नदी कहिले भाटको जग्गा हुँदै बग्ने र कहिले भानुभक्तको जग्गा हुँदै बग्दा जग्गा बगरमा परिणत हुने भै रहन्थ्यो । यसरी नदीले भानुभक्तको जग्गा छाडेर भाटको जग्गाबाट बग्न थाल्यो । भानुभक्तले आफ्नो जग्गा कमोत गर्दा भाटले जग्गा मिचेको भनि उजुरी गरेकाले भानुभक्तले इजहार कविता बाटै दिएको उदाहरण –
ख्यामित् यस् गिरिधारिले अति पिर्यो ब्यार्थै गर्यो झेल्पनि ।
यस्का झेल उतार्नलाई सजिलो यो हो व्यहोरा  भनि ।।
ख्वामित्लाइ चढाउनाकन ञहाँ क्यै श्लोक् कविता गर्याँ ।
मेरा श्लोक् सुनिबक्सियोस्त झगडा छीनिन््छ पाऊ पर्याँ ।।१।
 साँचो हुन् जति लेखिया सब कुरा आफ्नू व्यहोरा दरी ।
सावित् ता ठहरेन पो पनि भन्या यस्मा अइन्मा जति ।
तोक्याको छ गुनाहजार तिरुला राख्दैन एकदाम् रती ।।२।।
यस्भन्दा अरु पत्र पात्र पनि छन् भोग् छन् दसी छन् सही ।
श्रोत्रा साक्षि कुरा कहानि पनि छन् मेरा सनद् छन् कहींंं ।।
गन्र्याछैन उजुर्ग¥याँ पनि भन्या झुट्टा गराई दिनु ।
सर्कार्मा इजहार्दिञा खुशि भई यो झेल् कसोरी छिनू ।।३।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १२(१३)
मोतीर।मको कथन छ कि यती मात्र नभएर अरु श्लोक पनि हुन सक्छन् । यो इजहार् दिए पछि मुद्दा त जोरियो तर मुद्दा फैसला भएन । उनले पुन विन्तिपत्र कवितामै लेखेका थिए कति लेखे तर मोतीरामले भने एक श्लोक मात्र भेटे जो यस प्रकार छ (
विन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् न बोली ।
बोल्छन् ता ख्याल् गर्याझै अनि पछि दिनदिन् भन्दछन् भोली भोली ।।
की ता सक्तीन भन्नू कि तब छिनि दिनू क्यान भन्छन् इ भोली ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।१।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १३)
यो विन्तिपत्रले गर्दा भानुभक्तको मुद्दा छिनियो र उनले मुद्दा जिते । घर गएर साँद छुट्याए । मोतीराम भट्टले भानुभक्त थुनामा परेका बेलामा श्री ३ कमान्डरइन््चीफ जनरल कृष्णबहादुरका हजूरमा भानुभक्तले लेखी पठाएको विन्तिपत्रको श्लोक पनि प्रस्तुत गर्नु भएको छ जो यस प्रकार छ –
रोज् रोज्  दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात् भर्नाच्  पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।।
लाङ््खुटया उपिञा उडुस् इ संगि छन् इन्कै लहर्मा बसी ।
लाङ्खुट्याहरु गाउँछन् इ उपिञा नाच्छन् म हेर्छु बसी ।।१।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १५)
मोतीरामको कथन छ कि यो विन्तिपत्रबाट पनि भानुभक्तको आपद् टरेन । यही ४ महिनाको अवस्थामा उनले अयोध्याकाण्ड, आरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको भाषा श्लोक तयार पारे । यसै बर्ष छोरा रमानाथको ब्रतबन्ध गर्नु प¥यो र फेरि एक विन्तिपत्र लेखेर श्री ३ कमाण्डर इन्चीफका हजुरमा चढाए । जो यस प्रकार छ –
जागिर्छैन धनी म छैन घरको केवल कोदालो खनी ।
खान्थ्या दुक्ख गरेर चाकरी ग¥या मान् पाउंला की भनी ।।
एक् मन् चित्त लगाई चाकरी ग¥याँ खुसी भयाछन् हरी ।
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्ह्यै न खोस्न्या गरी ।।१।।
चालिस् बर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् बर्षको ।
आयो काल् ब्रतबन्धको नजिकमा बेला त हो हर्षको ।।
क्यारू आज पर्यांं विपतमा एक्लो ञहाँ छु फगत् ।
कुन् पाठ्ले ब्रतबन्ध पार्गरु मफेर्मान्छू अँध्यारो जगत् ।।२।।
गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिनु माइको ।
 बालख्मा पनि बेद् पढी कन सुसार्गर्नू गुरू गाइको ।।
यस्तो मुख्य बखत् छ यो अरु छ कुन् काम् पारलाई दिन्या ।
धेरै विन्ति कती गरूँ चरणमा एकै कुराले छिन्या ।।३।।
ख्यामित् आज हजुर्हरू पृथिविमा मालिक् छंंदामा पनी ।
ब्राह्मण्को ब्रतबन्ध अड्कन तयार्देख्यां र मालिक् भनी ।।
जाहीरात ग¥यां प्रभू हजुरमा जो मर्जि होला  भनी ।
कंंढैसित् भनि मर्जि हुन्छ त भन्या क्यारू सहन्छू पनी ।।४।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १५(१६)
मोतीराम भट्टले लेख्नु हुन्छ – यो विन्तिपत्रले काम ग¥यो र १९०९मा भानुभक्तले फारग्पत्र पाएर घरमा गै छोराको ब्रतबन्ध गरेर १९१०मा पुनः काठमाण्डौमा आएर युद्धकाण्ड र उत्तरकाण्ड पनि तयार गरी रामायण तयार भयो ।
भक्तिरसले पूर्ण भक्तमाला भानुभक्तको स्वकल्पित रचना हो । यो र प्रश्नोत्तर संस्कृतबाट अनुवाद गरेको कृतिको लेखन पनि यसै समयमा भएको कुरा मोतीरामले लेखेका छन् । अब कुरा रह्यो बधु शिक्षाको  । यो तयार गर्दाको पनि एउटा कथा छ । भानुभक्त नेपालबाट १९१९मा घर फर्कदा बाटोमा तारापति ब्रह्मणसँग भेट भयो र एक रात उहाँकोमा नै बस्ने कुरा भयो । रातको दशघडी रात बित्ता तारापतिकी पत्नी र बुहारी बीच झगडा सुरु भयो र भानुभक्त सुत्न नसकी रातभरीमा 'बधुशिक्षा' तयार पारे र हिड्ने बेलामा तारापति लाई यो बधुशिक्षा सहित उपदेशका तीन श्लोक दिएर बाटो लागेको कुरा मोतीरामले लेखेका छन् । ती तीन श्लोक यस प्रकार छन्–
एक् थोक् भन्छु न मान्नु दुक्ख हे मित्र तारापती ।
तिम्रा ई जति छन् जहानहरु ता लड्न्या रह्या छन् अति ।।
सून्या दन्त बझान आज घरको कर्कर्ग¥याको उसै ।
भर्रात् जाग्रानझैं भयो मकन ता लागेन आँखा कसै ।।१।।
धन् इज्जत् र कमाइ देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या घर्गरौला तिमी ।।
साह्रै झोक उठयो मलाइ र बधूशिक्षा बनाया पनी ।
 यस्ले पत्नि बुहारि छोरीहरुको तालिम् गरौला भनी ।।२।।
हुन त म अतिथी हूँ यस् बिनु के छ खाँचो ।
तर पनि त म भन्छु मित्र ह्वौ जानि सांचो ।।
घर चतुरइँ गर्छन् बुद्धिमान्ले अगाडी ।
बखत चुकि दिंदामा हुन्छ काहां पछाडी ।।२।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १७(१८)
 यी श्लोकमा पनि नरेन्द्रराज प्रसाइले भानुभक्तका नभइ 'मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अझै मसला हाले । भानुभक्तका मित्र तारा पतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए । ........ तर यो  कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न आफैले लेखेका थिए भन्न सकिन्छ' भनि लेखेका छन् । नरेन्द्रराज प्रसाईको यो लेखमा पोखेका धारणाहरुको अध्ययन र आजसम्म भानुभक्तको बारेमा लेखिएका मान्यतामा गहिरो अध्ययनको खाँचो देखिन्छ । मेरो बिचारमा कुनै पनि लेखकले आफ्नो लेख÷रचना अर्काको व्यक्तित्व उठाउनको लागि प्रयोग गर्दैन जस्तो लाग्छ । मोतीरामले जे लेखेका छन् तीनमा सकेसम्म उदाहरण सहित प्रष्ट्याउने कोसिस गरेका छन् जस्तै धर्मदत्त सुब्बा (जोतिषी), रमानाथ आदि । मोतीरामले सकेसम्म दिन, गते, घडीसम्म पनि लेख्न छुटाएका छैनन् । गहिरिएर हेर्ने हो भने यति गहिरो लेखनले सत्यता दर्शाएको छ भन्न सकिन्छ । श्रीमती पुष्पा शर्मा लेख्नु हुन्छ ('प्रयोजन आविष्कारको जननी हो, उपयोगिता सृष्टि गर्न दुर्भेद्य पहाड तोडिन्छन्(दुर्गम वन छिमलिन्छन्(' निश्चय पनि अनुसन्धानको सीमाङ्कन हुँदै न । यो निरन्तर चल्ने प्रकृया हो । मोतीरामले भानुभक्तलाई चिनाउन निकै प्रयास गरेकै हुन् । उनले रामयण सङ्कलन गरेर प्रचारमा ल्याएकै हुन् तर नरेन्द्रराज प्रसाईले भने जस्तै आफ्ना स्वरचित कवितालाई भानुभक्तले लेखेका हुन् भनेर लेखेका हुन्, भन्न थप पुष्ट्याइँको आवश्यक्ता मैले महसूस गरेको छु । यसमा मेरो जिज्ञासामा बधुशिक्षाका बारेमा दीपक सोतीले मोती रामले भानुभक्तका कविता सङ्कलनमात्र गरेका हुन् भन्ने ठहर छ ।      
बास्तवमा भानुभक्त नेपाली साहित्यका वाल्मीकि हुन् र रमायाण नेपाली साहित्यको पहिलो महाकाव्य हो ।  नेपाली भाषामा भानुभक्तको योगदान ठूलो थियो ÷छ । आज नेपाली भाषा समस्त नेपालीको जनजिब्रो भएको छ । जहाँ नेपाली पुगेका छन् त्यहाँ सम्म यो भाषा मौलाउँदै गएको छ ।  अत यस्ता मुटुका धडकन वि.स.ं १९२५मा भौतिक शरीरलार्ई त्याग्दै हामीबाट भौतिक सम्पर्क हुनबाट सदाका लागि अलगिन पुग्नु भयो ।
सन्दर्भ सामाग्री
१. कवि भानुभक्तको जीवनचरित्र, मोतीराम भट्ट, साझा प्रकाशन, साझा प्रकाशन चौथो प्रकाशन २०६८,
२ कैलाश राष्टिूय साहित्यिक विविध पत्रिका (२०७०, पृष्ठ ६१(६५,आदि कवि भानुभक्त आचार्य, नरेन्द्रराज प्रसाई
३. जनमत साहित्यिक मासिक, बर्ष ३०, अङ्क ७, साहित्यिक अङ्क १९२, पृष्ठ ४मा 'सन्दर्भः भानु भक्तीय, रामायणको, चर्चा(प्रेणा स्रोतको' , श्रीमती पुष्प शार्म .
४. पच्चीस प्रतिभा, प्रथम संस्करण, २०६०, गोपाल पराजुली
५ भानुभ१mीय रामायण, जय नेपाल प्रकाशन, सम्पादक, बाबु सोमनाथजी, २०४६, आदि कवि भानुभक्ताचार्यको संक्षिप्त जीवनी
६ साहित्यकार दीपक सोतीजीसँगको अन्तरकृया
धन्यवाद



 

रोजीको हवाईजहाजमा यात्रा एक सन्दर्भ

सदानन्द अभागी
परिचय
 काठमाडौंँबाट प्रकाशन हुने 'मातृभूमि' साप्ताहिकमा २०३९ सालमा 'पागलको चाहना' शीर्षक कथा प्रकाशन गरेर नेपाली कथा क्षेत्रमा प्रवेश गर्नु भएका नवराज रिजाल एउटा बहुप्रतिभाशाली एवम् स्थापित साहित्यकार हुनुहुन्छ । २०२२, जेठ २९ गते, पश्चिम १ नम्बर धादिङमा जन्मनु भएका नवराज रिजाल देवी रिजाल र ठाकुर प्रसाद रिजालका सुपुत्र हुनुहुन्छ । उहाँले साहित्यिक पत्रकारिता, बाल साहित्य, गजल, लघुकथा र कथा, खोज अनुसन्धान, नियात्रा, मुक्तक, बाल उपन्यास आदि विधामा हात चलाई आपूmलाई एउटा सिद्धहस्त साहित्यकारमा स्थापित गराउनु भएको छ । यी क्षेत्रमा रिजालको अतुलनीय योगदान छ । 'अदृश्य पीडा' (लघुकथासङ्गह २०५७) प्रकाशमा आएपछि उहाँको साहित्यिक यात्रा बालकथातिर लम्किन्छ । उहाँले दयालु ढेडु (२०५८)लाई प्रकाशन गरी बालकथाकारको नाममा आफूलाई स्थापना गराउनु भएको छ ।  आफ्नो स्थानको उन्नती प्रगति कस्तो छ भन्ने जिज्ञाशा जाग्नु स्वभाविक हो । उहाँले डुवरवानाको सेरोफेरो ( गाविसको अनुसन्धानात्मक पुस्तक ) अध्ययन र लेखनको काम २०५९ साल ज्येष्ठमा सुसम्पन्न गर्नु भएको छ ।  बोक्सी बुढी, (बालकथा २०६०), बुद्धिमान न्याउरीमुसो ( बालकथा २०६२), छट्टु बाँदरको विहे (बालकथा २०६३), 'विखण्डित प्रवाह' (कथासङ्ग्रह २०६३), द थ्री फ्राइन्ड, (बालकथा, अंग्रेजी अनुवाद २०६५),चुपचाप चुपचाप (गजलसङ्ग्रह २०६६), रोजीको हवाइजहाज (बाल उपन्यास,२०६७),माटो खोज्दै (लघुकथा २०६७), नक्कलीको अक्कल (लघुकथा २०६७), जुनदाइ आए (बालकविता( २०६८), गुराँस फुलेपछि (बालकविता २०६९), द बेबी काइट (बालकथा अंग्रेजी अनुवाद २०७१), द स्ट्रिट टाइगर (बालकथा अंग्रेजी अनुवाद २०७३),गुपचुप गुपचुप (गजल २०७७), हाम्रो आधारभूत व्याकरण (सहलेखन २०७५), हाम्रो माध्यमिक निबन्ध (सहलेखन २०७५), राम्रो माध्यमिक व्याकरण (सह–लेखन २०७७),आँखाभरि देश मनभरि परदेश (नियात्रा २०७७०), अब उप्रान्त ( कथा २०७८),भिखु र बल्छी (बालकथा२०७९) र अनि तिमी मुक्तक सँगालो (२०७९),उहाँका प्रकाशित कृतिहरू हुन् ।
सम्पादन
  सम्पादनको क्षेत्रमा पनि उहाँको ठूलो योगदान छ । मैदान, देवकोटा व्याख्यान सङ्ग्रह, मूच्र्छना, महेश आवाज, नेश्चिल,  समायोजन,  उत्तराद्र्ध, आलेखन, बालप्रज्ञा, प्रलेस, लघुकथा आदिको पनि उहाँले सम्पादन गर्नु भएको छ ।  नवप्रज्ञापन नामक साहित्यिक पत्रिका उहाँले बारा जिल्लाबाट २०५० सालदेखि सम्पादन ÷प्रकाशन गर्दै आउनु भएको र २०८० साल साउन २२ गते सोमबार शतक अंक विमर्श कार्यक्रम सुसम्पन्न गर्नु भएको छ ।
सम्मान तथा पुरस्कार  –
सुगन्ध लघुकथा पुरस्कार २०५१, शिक्षकश्री पुरस्कार–२०५६, नारायणी वाङ्मय पुरस्कार २०५७, ,राष्ट्रिय वाङ्मय सम्मान २०६३, अनेसास पुरस्कार २०६६, तेस्रो बालसाहित्य सम्मान २०७१, कालीगण्डकी साहित्य कला पुरस्कार २०७४, सुश्री लक्ष्मी कार्की स्मृति पत्रकारिता पुरस्कार २०७४, भोजपुरी विकास मञ्चको सम्मान २०७६, डा. मनुमुक्त 'मानव'लघुकथा गौरव सम्मान २०७६, शब्दयात्रा साहित्यिक पत्रिका सम्मान २०७६, प्रादेशिक प्रतिभा पुरस्कार २०७६, प्रेशकाउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार २०७७  र लघुकथा विशेष सम्मान–२०७७ द्वारा नवराज रिजाल विभूषित भैसक्नु भएको छ ।
आवद्धता – धुनिबेसी आदर्श क्याम्पस, उपमहा सचिव नेपाल साहित्य पत्रकार सङ्घ,केन्द्रिय सदस्य लघुकथा समाज नेपाल
कृतिभित्र प्रवेश गर्दा–  नवराज रिजालका थुप्रै कृति पढ्ने सुअवसर प्राप्त भएको छ । आज म नवराज रिजालको सिर्जना रोजीको हवाईजहाज ( बालउपन्यास)  अध्ययन गर्न गै रहेको छु । यो कृति  प्रथम पटक वि.सं. २०६७ चैत्रमा प्रकाशन भएको थियो ।  दोस्रो संस्करण वि.सं. २०७८  फागुनमा भुँडी प्रकाशनले  प्रकाशन गरेको छ । आवरण पृष्ठ बाहेक ५४ पृष्ठमा सिर्जित यो कृतिमा बाँदरसँग जम्काभेट, रमाइलो खेल, फुपूको घरतिर, आदमघाट बजार, पाठशालाको बाटो, इलमकेन्द्र प्रवेश, हिडदाहिड्दै बाटो, पोपीको मोटर, मीतबाको घर, ओडारतिरको यात्रा, सहयोगी चरो, वनभोजको रमाइलो, तराइका साथीहरू, घुमाउने डाँडाको जमघट, सफलताको बाटो गरी १५ उपशीर्षकमा रोजीको हवाई जहाजले वर्णन पाएको छ । बास्तवमा यो बाल उपन्यास हो । यस बाल उपन्यासमा उपन्यासकारले ग्रामिण परीवेशलाई लिएका छन् । नवराज रिजालले सहरको परिवेश भन्दा ग्रामिण परिवेशलाई लिएर साहित्य सिर्जना गर्नु हुन्छ । उपन्यास भए पनि यस उपन्यासमा १५ कथालाई समावेश गरेर त्यहाँका प्राकृतिक सौन्दर्यता, बोक्सी हुने नहुने तर्क, बाँदरले सताउने, एक्लै देखे आकक्रमण गर्ने , रोजीको बाल स्वभाव, गाउँले परिवेशमा विद्यालय टाढा हुनु । कतिले पढ्न नपाएका, त्यसमा रोजी पनि एक, स्कुल नजाने बालिकमा पर्ने । स्कुल नजाने बालबालिकाले घरको काम र गाई भैसी बाखा्र चराउन पर्ने, काम गर्दा आफ्ना, नाताहरूका बारेमा कुराहरू चलाउनु, गट्टा खेल्नु,लुकामारी खेल्नु, कहिले ठुस्सिने, कहिले झगडा गर्ने, दशैंको चाड पर्व, रोजीका साथीका खेल्ने धेरै सामाग्री  भएका र रोजीसँग खेल्ने सामाग्री नहुँदा साथीहरूले उसलाई होच्याउनु । ,फुपूले हवाइजहाज र हेलिकप्टर लगायत थुप्रै खेलौना ल्याइदिनु साथै किताब पनि ल्याइदिुनु, रोजी खेलौना पाएकोमा अति रमाउनु तर किताब ल्याइदिएकोमा नराम्रो ठान्नु र फुपूलाई किताब किन भन्ने प्रश्न राख्नु पढ्न ढिलाभए पनि पढ्न सकिने भएकोले  ल्याइदिएको भन्ने फुपूले भन्नु , पढे्पछि ठूलो ज्ञानी र राम्रो मानिस बन्न सकिने  धारणा, फुपूबाट आउनु । विहान वेलुका पढाउने र दिउसो घरको काम गर्ने जानकारी पाउनु । पढ्न जान थाल्नु, रोजी ठूली हुँदै जाँदा बजार जानु बजारमा बस गुडेको देख्दा अचम्म मान्नु, बस कहाँ बस्छ , के खान्छ, जस्ता जाकारी लिन जिज्ञाशा जाग्नु , इलम सिक्ने काम अध्ययन गर्न थाल्नु , खोयाबाट जहाज बनाउन सिक्नु, ऊ तीन पटक फेल हुँदा नैरास्यता लिनु , कठिन संघर्ष गरेपछि जहाज चलाएर नै छाड्नु, धेरै क्षेत्रलाई समेट्न सफल देखिन्छ उपन्यास ।  
उपन्यास र समाजिकता
नेपाल एउटा बहुभाषिक, बहु संस्कृतिले सम्पन्न देश हो । बिभिन्न जातजातिको एकताबाट समाजको निर्माण भएको छ  यहाँ धनी छन् अनि गरिब पनि छन् । रोजी उपन्यासकी  नायिका पनि रोजी नै हुन् । उनी एउटा गरिब घरमा जन्मेकी हुन् । उनका साथीहरू उनी भन्दा धनी छन् । धनी र गरिव बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने यथार्थतालाई उपन्यासले समेटेको छ । खेलौना भएका, नयाँ नयाँ मूल्यवान कपडाको पहिरन गर्न सक्ने क्षमाता भएका साथीले रोजीलाई  देखाएको हेपाहा पवृत्ति एउटा उदाहरण हो । नवराज रिजालले आफ्ना लेखरचनामा आर्थिक उच्च र आर्थिक निम्मतालाई  तुलना गर्दै गरिबको सवलीकरण गर्ने तर्फ उनका सिर्जना हुन्छन्  । साहित्य समाजबाटै सिर्जना हुने हो । हुनत यो नौलो कुरा पनि होइन । यसमा भन्नु पर्ने कुरा के हो भने रिजालले समाजका ती समस्यालाई केलाउँछन्  जुन समस्याले समाजमालाई जकेडेको हुन्छ त्यो समस्यालाई कसरी समाधान गर्ने र समाजमा देखिएका कुरीति , विकृति विसङ्गतिलाई जरैबाट उखेलेर फाल्ने एवम् प्रगतिशील सवल समाजको सिर्जना गर्ने भन्ने मार्गदर्शन दिएका हुन्छन् । रिजालले रोजीको हवाईजहाज शीर्षकमा एउटा अनकण्टार जग्गामा इलमकेन्द्र खोलेर, हवाई जहाज, पानीजहाज, मोटर ,रोवर्ट आदि निर्माण बालबालिकाबाटै गराउन लगाएर उनीहरूबाटै चलाउने कार्य गराएका छन् ।यसबाट बालबालिका मात्र नभएर सौिलो समाजलाई सचेत गराएका छन् । यो एउटा छोटो समयमा बालबालिकालाई उत्पादनमुलक  जनशक्तिमा रुपान्तरण गर्न सकिने, राष्ट्रले आर्थिक समाजिक सवल बनाउँदै  आज जङ्गगलमा परिणत हुन गएका पहाडी क्षेत्रलाई सही उपयोग गर्न सकिने  जुन सम्भवनाका सन्देश बोकेको छ सरकारले यसमा ध्यान दिएर योजना बनाएर लागु गर्नुपर्छ भन्ने लाग्छ ।  
बाल मनोविज्ञान र उपन्यास–  यस उपन्यासमा रिजालजी ले बाल मनोविज्ञानलाई समेटेका छन् । बालबालिकामा हुने मनोभावना उसमा हुने जिज्ञाशा, स्वभाव,  क्षमता शारीरिक  र मानसिक विचारहरू व्याक्त गरेर तथा अव्याक्त रूपमा सकृय रहन्छन् । भाव, खेलौना खेलाउने उत्सुक्ता हुनु अन्तर मनका कुरा प्रकट नर्ग नसक्नु ,प्राप्त गर्दा अनयासै खुसीले आफ्ना भावना प्रस्फुटित हुनु , केही प्राप्त गर्ने बित्तिकै भाबी भावना प्रस्फुटित भएर बाहिर निस्कनु, । यस उपन्यासका पात्रहरूमा यी क्रियाकलापहरू प्रदर्शित भएका छन् । रोजीको आकाशमा उड्ने चाहना, जहाज बनाउने सिकाइमा सहभागी हुनुपर्ने भावना अनायासै प्रस्पूmटन भएका थिए । बालमस्तिष्कमा थुप्रै  धारणा पलाउँछन् ।
थी भावना तथा उनीहरूको चाहनालाई आफ्ना अभिभावकलाई पस्कन्छन् । अभिभावकले उनको मनोभावनालई ÷चाहनालाइ सम्झन्छन् या सम्झिदैनन् । राम्रो वातावरण सिर्जना गरे बाल बालिकाका आफ्ना मनका कुरा अभिभाव, तथा शिक्षकसँग राख्दछन् । बालमनोविज्ञानलाई बुझेर  अभिाविकले राम्रो वातावरण सिर्जना गरिदिएमा केटाकेटीले शिखर चुम्दछन् । नत्र आफ्नो मार्ग परिवर्तन गर्छन् । यहाँ रोजी र उनका साथीहरूले वातावरण  पाएकै कारण आफ्नाआफ्ना कायौन सफलता हाँसिल गरेका छन् ।
शिक्षा र रोजीको हवाईजहा उपन्यास – नेपालका दुर्गम स्थानमा आज पनि बालबालिकाले अध्ययन गर्न सहज छैन । यस उपन्यासमा  रिजालजीले बालबालिकालाई पढाउनको लागि धेरै मार्गदर्शन दिएका छन् । छोराछोरीलाई राम्रोेसँग शिक्षा दिनको लागि बाबुआमाको गहन भूमिका हुनु पर्ने, गुरुबा तथा गुरुआमाहरूको पनि विद्यार्थीलाई हौसला बढाउने खालको वातावरण सिर्जना गर्नु पर्छ  भन्ने सन्देश उपन्यासले बोकेको छ ।  प्रमाणम पत्रको ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान हाँसिल गर्नु पर्नेमा जोड दिएका छन् । यस उपन्यासमा छ महिना पढाई हुने ठाउँलाई पाठशाला भनिने र पाठशालामा छ भाग रहेका अनि यहाँ छ महिना अध्ययन गरे पछि पढाई सकिन्छ । यसपछि इलम सुरु हुने,  इलमकेन्द्रमा अध्ययन गर्ने बालबालिकाले दश विषयमा सैद्धान्तिक तथा व्यवहारिक काम गरेर त्यो चिज निर्माण गरेर प्रयोगमा ल्याएर देखाउनु पर्ने भएकोले शिक्षामा रिजालजीले  नयाँ मोडललाई समावेश गर्नु भएको छ । आजको लामो पाठशालाको अध्ययनले प्रमाणपत्र त हात लाग्छ तर व्यवहारमा उतार्ने केही हुँदैन ।शैक्षिक वेरोज गार सिर्जना गर्दछ । रिजालले यहाँ प्रस्तुत गरेको शिक्षालाई व्यवहारमा उतारिएमा तथा नेपालमा यस प्रकारको शिक्षा प्रदान गर्ने हो भने कोही पनि वेरोजगार हुँदैन । छोटो अवधीमा रोजगारमूलक शिक्षा हाँसिल गर्न सकिन्छ ।
प्राकृतिक सौन्दर्यता – नवराज रिजालको लेखनमा प्राकृतिक वर्णनलाई प्राथमिकता दिएको  पाइन्छ । हरेक लेखमा प्राकृतिक सौन्दर्यतालाई  रिजालजीले मिठोरूपमा वर्णन गरेको पाइन्छ । पापुङ गाउँ , वन बाक्लिीदै जानु बाँदरले सताउनु ,घुमाउने डाँडाबाट चारैतिर हेर्दा देखिने रमणीयता, आदम घाटको चहलपहल, मोटरको आवतजावत, स्यालडाँडा, राम्चेबाट देखिने दृश्यहरू, ओडारभित्रको अन्धकार, चमेराहरूको आवाजले दिएको अनौठो स्वर,ओडार छिरेपछिको सुन्दर वगैंचा, वगैंचाका फलपूmल, फलपूmल खाओ भन्ने चराको बोली, खडकरे दहको नुहाई, जीवनपुरको प्रयोगशाला, त्यहाँ बाट देखिने डडुवा,रयालचौर,तामापुर, तेर्सेपानी,छत्रेपाटी,कुखुरेचौर, सिरानचौर, नागदह,रानीवनको सौन्दर्यता आदि प्राकृतिक सौन्दर्यताको वर्णन यहाँ गरिएको छ ।
पात्रहरूको चयन –यस उपन्यासमा, रोजीका घरपरिवार, रोजीका साथीहरू, गुरुहरू, गुरुआमाहरु,पाठशालाका विद्यार्थिहरू,इलम केन्द्रमा इलमसिक्ने साथीहरू,  प्रयोगशालाक सािथीहरू, इलमबाट निर्माण गरिएका मोटर , पानी जहाज, हवाइजहाज आदिका प्रदर्शन हेर्न आउने गाउँलेहरू आदि थुप्रै पात्रहरु सहभागी भएको पाइन्छ । मुख्य पात्र त रोजी नै भई । उसकी आमा र उसकी फुपू पनि यस उपन्यासका सकृय पात्र हुन् । रिजालले पात्रहरूको चयन गर्दा पनि सकरात्मक सोच भएका र हेपाहा प्रवृत्ति तथा नकरात्मक सोच भएका पात्रहरूको सहभागी गराइ उपन्यासलाई रोचक, तार्किक, बनाएका छन् । यी पात्रहरूले सिर्जना गरेको कौतुहलताले पनि यस उपन्यासलाई पठनीय बनाएको छ । रोजी एउटी सामान्य परिवारमा जन्मेकी,  गरिबीले थिचिएकी, संघर्षशील बालिका हो । उसमा काम गर्ने लगाव, धैर्यशीलता, क्षमता साथै संघर्षशीलता छ । फुपूको प्रयासले ऊ पढ्न तयार हुन्छे, । ऊ असफल पनि हुन्छे तर प्रयास गर्न छाड्दिन । अठोट लिन्छे र जहाज चलाउन सक्ने क्षमतामा पुग्छे । उसलाई उत्साहित पार्ने रम्भा गुरु थिइन् । रम्भाको प्रयासले नै रोजीलाई सहजता मिल्यो तर अध्ययनको प्रयास त रोजीको नै हो । उर्ववशी,बाटुली,रमा  जानुका उसलाई हेप्ने पात्रहरू थिए । रिजालजीले विविध खाले पात्रहरू उपन्यासमा समावेश गरेर प्रस्तुत गर्नु उनको लेखन कलाको एउटा महत्वपूर्ण पक्ष हो । यिनै उनका लेखन सफलताका कडी हुन् ।
शीर्षकीकरण –र यस उपन्यासमा राखिएका उपशीर्षकमा हरेक ठाउँमा रोजीको उपस्थिति र कार्यविवरणले निरन्तरता पाएको छ । रोेजीले निर्माण गरेर चलाएको जहाज भएकोले रोजीको हवाईजहाज शीर्षक सार्थक देखिन्छ ।
भाषशैली – बालउपन्यास भएकोले यस कृतिमा प्रयोग गरेको शब्दहरू सरल र सहज हुन आवश्यक हुन्छ ।  रिजालजीले यस उपन्यासमा सरल भाष नै प्रयोग गर्नु भएको छ । शब्दावली मिठासपूर्ण छन् । ठाउँ ठाउँमा उखान टुक्काले स्थान पाएका छन् जस्तै "कस्ता कस्ता कहाँ गए , मुसाको छाउरो दरवार," । बालबालिकालाई ज्ञानवद्र्धक खुराक पुग्ने खालका शब्दहरू जस्तै "ज्ञानी जाति र असललाई सबैले माया गर्छन्" प्रयोगमा ल्याइएका छन् । भाषाशैली सलल बग्ने खालको पढौंपढौ. लाग्ने खालको छ ।
राष्ट्रियताले भरिएका सन्देशहरू –यस उपन्यासमा राष्ट्र र राष्ट्रियता सम्बन्धी धारणाहरू पनि आएका छन् ।एउटा संस्थाले "पहिला हामी नेपाली त्यसपछिमात्र अरू" भित्तामा लेख्ने र  त्यस संस्थामा आवद्ध व्यक्तिहरूको गलामा त्यही लेखिएको कार्ड झुण्ड्याउन लगाइएको पाइनु एउटा राष्ट्रप्रतिको मायाममता हो भन्न सकिन्छ ।
निष्कर्ष – यस उपन्यासको अन्तिम सन्देश जब रोजीले जहाजमा आमा फुपूलगायतलाई जहाजमा उडायर ल्याएर जहाज रोकेपछि सबैको मुखबाट एकै स्वरमा भने–" परिश्रमले मानिस अगाडी बढ्छ ।" बास्तवमा रोजी यस्ती साधारण धरकी बालिका हुन जस्ले बालक कालमा एउटा पनि खेलौना आमले किनेर ल्याएको खेल्न पाउँदिन । खेलौना फुपूले ल्याएपछिमात्र , खेलाउन पाउँछे ।  किताव पनि फुपूबाटै प्राप्त गछर््े । उसमा परिश्रम गर्नुपर्छभन्ने धारण पलायो, फुपू र आमाले वातावरण  मिलाए , र स्कुलमा उसलाई माया गर्ने गुरुआमाले हौसला बढाइदिुनु, उसको परिश्रम, अनुशासन, कटिकद्धता तथा आचरणले उसलाई शिखर चढाइदियो । ऊ कक्षाकी मोनीटर पनि बनाइकी थिई । ग्रामिण परिवेशलाई लिएर, विकासको सन्देश दिएर , इलम सिकाउन सकिने खालको शिक्षाको एउटा छोटो समयमा उच्च र व्यवहार मुखी शिक्षाको उपलब्धी कसरी गर्न सकिन्छ भनी मार्गदर्शन दिन सक्ने उपन्यासकारको उन्नती प्रगतिको कामना सहित विदा चाहान्छु ।
धन्यवाद
व्बष्कजथ।दयिनकउयत।अयm मा मेरा लेख रचना अध्ययन गर्न पाइन्छ


 

August 12, 2023

‘विखण्डित प्रवाह’ कथासङ्ग्रहमा अनुशीलन

परिचय
नवराज रिजाल (२०२२) नेपाली साहित्यका क्षेत्रमा एउटा बहुप्रतिभाका धनी साहित्यकार हुन् । साहित्यिक पत्रकारिता, बाल साहित्य, गजल, लघुकथा र कथा क्षेत्रमा उनको अतुलनीय योगदान छ । काठमाडौंँबाट प्रकाशन हुने 'मातृभूमि' साप्ताहिकमा २०३९ सालमा 'पागलको चाहना' शीर्षक कथा प्रकाशन गरेर कथा क्षेत्रमा प्रवेश गरेका रिजाल 'अदृश्य पीडा' नामक लघुकथासङ्ग्रह विसं २०५७ मा प्रकाशन गरी कृतिकारका रूपमा परिचित भएका हुन् । उनको  विखण्डित प्रवाह' कथासङ्ग्रह सामाजिक यथार्थमा आधरित छ । विवेक सिर्जनशील प्रकाशन अनामनगर, काठमाडौंँले प्रकाशन गरेको सङ्ग्रहमा लामा छोटा गरी १८ कथा समाहित छन् ।
नवराज रिजालप्रति साहित्यकारको धारणा –
 कथासङ्ग्रहमा दुई प्रा डाको भूमिका आएको छ । प्रा डा केशवप्रसाद उपाध्यायले रिजालप्रति यस्तो धारणा राखेका छन्– "रिजालले प्रायःजसो पतीत, नीच, दुष्ट, भ्रष्ट, दुराचारी, व्यभिचारी र षड्यन्त्रकारी पात्रहरूलाई लिएर जीवनको
मलिन, दुःखद, त्रासद र घृणित रूप देखाएकाले उनलाई अतियथार्थवादी वा प्रकृतिवादी कथाकार भन्न सकिन्छ ।"
प्रा डा लक्ष्मणप्रसाद गौतमले –
कृतिकारप्रतिको धारणा यसरी पस्कनुभएको छ – कथालाई अकथा नबनाइकन प्रयोगका नयाँ ढोका उघारेर आफ्ना
कथाको राजमार्ग तयार गर्ने सबल सम्भावनाका कथाकारका रूपमा नवराजको उपस्थिति सशक्त देखिन्छ ।
कथाहरूभित्र प्रवेश गर्दा–
धरीक्षन काका – कथाकारले यस कथामा स्थानीय भाषालाई स्थान दिंँदै काकाको स्वभाव, पहिरन, तराईको परिवेशलाई केलाउँदै सुन्दर विषय पस्केका छन् । काका छोराछोरी जन्मँदै, मर्दै गर्दा पीडित छन् । आँगनमा आएर सुत्केरी भई छाडेकी सुत्केरी बच्चीलाई पालन  पोषणपछि एकाएक छोरी अलप हुन्छिन् । पछि बच्चासहित रोगले ग्रस्त भएपछि सीमामा ल्याएर छाडिएकी र उनले पालन गरेको आदि घटना समावेश गरिएको छ । यस कथामा छोरीबेटी बेचबिखन, विद्यालय  निर्माणमा धरीक्षन काकाको योगदान आदि ्रसामाजिक कार्य समेटिएका छन् ।
पुनरागमन – नारीवादी चिन्तनमा आधारित यस कथाले नारीको अहंवादी चिन्तन र पुरुषको सहनशीलताले बाटो
बिराएकामा पुनरागमन त भयो तर नाबालकका मनमा मातृत्वको खोजीले मार्मिक तुल्याएको छ । कथाले आफू र
पुत्रप्रति घृणा हुँदा हुँदै पारपाचुके खोजेकी श्रीमतीलाई पतिले पारपाचुके नदिनु, लोग्नेले दोस्रो विवाह नगर्नु, पुत्रप्रति पिताले दायित्व निर्वाह गर्नु, यथार्थ जानेपछि छोराका मनमा घृणा उत्पन्न हुनु जस्ता सामाजिक घटनालाई उजागर गरेको छ ।
जीवनरेखा–
यो भारतीय परिवेशमा लेखिएको छ । कथामा पहिलो घटना प्रेम गर्नु, प्रेमीले प्रेमिकालाई नस्विकार्नु, विवश भएर प्रेमीलाई हत्या गरेर वनारस पुग्नु, वेश्यावृत्तिमा लाग्नु, वेश्यावृत्तिका वेला, वेश्यावृत्तिमा लाग्नेहरूको जीवनचर्या जान्नका लागि गएको मानिसले यथार्थ जानकारी बबुलीको डायरीबाट पाएपछि बबुली भेट्न जाँदा त्यहाँबाट हिँडिसकेकी हुन्छे । दोस्रो, नेपालीहरू सेनामा भर्ना भएर विदेशमा जाँदा, त्यहींँ विवाह गरेर विदेशमै बसेका घटनालाई उजागर गरिएको छ । तेस्रो, कथाले जातीय विभेद र धर्ममा फरक भएकाको सुमधुर मिलन पनि दर्साएको छ ।
अनुत्तरित–
यसमा एउटी नारीमा २५ पुलिसको जत्थाले यौनदुराचार गर्दा मृत्यु भएको देहलाई रुखमा झुन्ड्याइएको र वेबारिसे लास भनेर जलाइएको तथा पत्रिकाले हत्या भएको भनी प्रकाशन गरेपछि जेल भोग्न परेको घटना प्रस्तुत गरिएको छ । कुकर्म गरेपछि मानिसले जेल त भोग गर्छ र छुट्कारा पनि पाउँछ तर मनको जेलबाट ऊ कहिल्यै मुक्त हुँदैन, तड्पिरहने प्रसङ्ग आएको छ ।कथामा । यौनदुराचारीहरू यतिसम्म अन्धा हुन्छन् कि लासमाथि गमन गरेको पनि थाहा लाग्दैन । यसमा मानिसले रक्सी खाएपछि सत्य ओकल्छ भन्ने सन्देश पनि आएको छ ।
खटप्वाल–
 यसमा बागमतीको बाढीले बिसनपुरवालगायत वरपरका बस्तीमा क्षति, सरकारी राहत, उद्धार, एक गैरसरकारी संस्थाले त्यहाँ १०० आवास निर्माण गरी पीडितलाई निःशुल्क उपलब्ध  गराउने घोषणा, पाँच मानिसको ज्यान बचेको जानकारी गराउँदै, नेपालमा हरेक  वर्ष हुने यस्ता घटनाको प्रतिनिधित्व गरिएको छ । ग्रामीण एकता, शिक्षाको विकास, माध्यमिकस्तरको स्वीकृति दिन सरकारी आनकानी, एक शिक्षकप्रति सरकारले देखाएको असहयोग, धनीबाट गरिबमा गरिने विभेद आदि विषय कथाले समेटेको छ ।
फेहरिस्त–
"यदि मनमा अठोट, विश्वास र भविष्यप्रति आशा राखेर अघि बढ्ने हो भने हरेक काममा सफलता पाउन सकिन्छ '', यस कथाको मार्गदर्शन यही हो । यसमा प्रेमीको प्रेमिकातिर एकतर्फी प्रेम, प्रेमिकाले बाटामा जुत्ता प्रहार गर्नु तर पनि एकोहोरो पत्राचार चलिरहनु, प्रेमिकाका घरमा गई प्राण त्याग गर्ने धम्की दिनु, विवश भएर प्रेमविवाह गर्नु, वैवाहिक जीवन तीतो बन्नु, नायिकाले घर त्याग्नु, धागो कात्ने, सिलाइबुनाइ, हङ्कङ दुई, दक्षिण कोरिया तीन र मलेसियामा एक वर्ष बसी काठमाडौँमा घर बनाएर बस्दै छोराछोरीलाई आफ्ना खुट्टामा उभ्याएको जस्ता विषय यस कथामा आएको छ । कथाले आफ्नो आत्मगौरवका साथ  कसरी आपूm र छोराछोरीलाई अग्रगमनमा लान सकिन्छ भन्ने शिक्षा दिनाका साथै नारीका वैयक्तिक जीवन सङ्घर्षका उकालीओरालीको चित्रण गरेको छ ।
रमुवा–
 यस कथामा रमुवा र कथाकारको बालककालदेखिको दोस्ती, दुवैको बालक्रिडा, रमुवा गरिब भएकाले पढ्न नपाउनु तर साथीलाई पढ्न प्रोत्साहन गर्दै जानु, पढेर जागिरे हुनु  तर साथीले रमुवाको मृत्यु नजिकिएको छँदा पनि दबाई पानीका लागि केही गर्न नसक्नु जस्ता विषय छन् ।
सङ्कल्प–
यसमा कथाकारले नारीशोषणको प्रस्तुति गरेका छन् । पुरुषको अहं, नारीले पुरुषले जे गरे पनि सहनुपर्ने, पतिलाई ईश्वरका रूपमा मान्नुपर्ने, सहन गर्न नसके दण्डित हुनुपर्ने, झगडाको कारण रक्सी, बाबुआमाको झगडाको असर बालकमा पर्ने, नारी पत्नी मात्र नभएर आमा, पत्नी, प्रेमिका, संहार सबै हो र ऊ समान हक, दायित्व, कर्तव्य, अधिकारको भागी हो । यसमा नारीले आफ्ना अधिकार र दायित्वका निम्ति आफैँ उठ्नुपर्छ भन्ने सङ्कल्पका कुरा आएका छन् ।
परिधि–
 "बन्दुक, बारुद र गोलीको भरमग्दुर खेती भइरहेको बेला सन्तानोत्पादन क्रियामा संलग्न सम्पूर्ण बाबुआमाले विश्राम लिनुपर्छ । यो सन्तानोत्पादनको समय होइन ", यो यस कथाकी नायिका निर्मलाको कथन हो । कथामा निर्मलाले सन्तान उत्पादनलाई नकार्दै पतिलाई दोस्रो विवाहको सल्लाह दिनु र दोस्रो विवाहपछि शान्ताबाट दुई छोरा जन्मनु, दुवैले बाल्यकालदेखि नै दुईतर्फ मोर्चा बनाएर लडेको कुरा आएको छ । कथामा भ्रूण हत्याका कुरा, गन्धर्व विवाहका कुरा, सामाजिकस्तर पृथकको विवाह, दोस्रो विवाहका लागि पतिलाई पत्नीले दिएको स्वीकृति, सौताबीचको सुमधुर सम्बन्ध, दुई छोराबीचको युद्ध, एउटाले जित्नैपर्ने बाबुको धारणा, द्वन्द्वग्रस्त परिवेशको प्रतीकात्मक विषय आएको छ ।
जमुनी–
यस कथामा कथाकारले गरिबी र विपन्नताले निम्त्याएको एउटा कारुणिक घटनालाई प्रस्तुत गरेका छन् । कथाले तराईमा सानै उमेरमा मगनी गर्ने चलन, समाजमा लडाउने प्रवृत्ति, गरिबीले अध्ययन गर्ने इच्छा र सक्षम हुँदाहुँदै, अध्ययन गर्न नपाउनु, छोरीको इच्छा विपरीत बाबुआमाले बुढो र झट्केला छोराछोरीमाथि विवाह गरिदिनु र रक्स्याहा श्रीमान् र झट्केला छोराको कटाक्षपूर्ण व्यवहारको नतिजा एक होनाहार युवतीको आत्महत्यालाई  समेटेको छ ।
विघटन–
बाबुछोरा बिचको संवादमा आधारित यस कथामा बेरोजगार युवाहरूको अवस्था र उनीहरूको मनोभावलाई केलाउने प्रयास भएको छ । देशमा चलेका विद्यार्थी आन्दोलन, महँगी वृद्धि, यातायातको भाडा वृद्धि, आपूmलाई चिन्न सक्नुपर्ने, वाहियातमा समय खेर फाल्न नहुने, भाषण, नारा र जुलुसले मात्र केही प्राप्त हुन नसक्ने, बेरोजगारी, जन्मको सार्थकता क्रियाशील रहनुमा हुने जस्ता थु्प्रै विषय कथामा आएका छन् ।
पटाक्षेप–
यस कथामा बाबाुआमाको मृत्युबाट टुहुरो बनेको हेमवा, काकाकाकीबाट संरक्षित भए पनि हरूवाचरुवा भएर हिँड्नु, शिक्षकमा काम गर्दा अक्षर सिक्नु, फकाएर एउटाले वीरगन्ज लगी होटेलमा काम गर्न लगाउनु, अग्रिम पाँच महिनाको तलब लिएर, गएको, त्यहाँबाट कालीगढकामा काम गर्नु, काकाकाकीकामा जानु, विवाह गर्नु, छोरी जन्मिनु, दस र आठ वर्षीया छोरीसहित जीवनसङ्गिनी बुलबुलियाको मोटर दुर्घटनामा निधन हुनु, काकाकाकी र भाइसमेतको निधन हुनु, काकाको जायजेथा उसकै नाममा आउनु, त्यो पनि विद्यालयलाई दान दिनु, बौलाहाको रूप धारण गर्नु, खोलाले बगाएर ल्याएको मृत बालकलाई समातेर काखमा लिनु, बच्चा मारेको अभियोगमा जेल चलान हुनु, राम्रो काम गरेका कारणले जेलबाट छुट्कारा पाउनु, आजीवन बन्दीगृह नछाड्ने अठोट गर्दै सहयोगको भिक्षा माग्नु तर जेलबाट उसलाई निकालिनु जस्ता घटनाका साथै आफ्नो वर्गको हकहितका लागि आन्दोलनरत शिक्षकलाई पनि जेलमा राखिनु जस्ता
विषय यसमा छन् ।
प्रलाप–
यस कथामा थुप्रै राजनीतिक गफहरू आएका छन् । आजको सत्तामुखी राजनीतिमा व्यङ्ग्य कसिएको छ । यहाँ द्वन्द्वले स्थान लिएको छ । वादविवाद चल्छ । हात हालाहाल चल्छ । आक्रमण हुन्छ ।
अस्तित्व–
 यसमा यात्रामा देखिने असहजता, संयुक्त परिवार घरभित्रको आपसी द्वन्द्व, मानिसभित्रका अनेकौंँ इच्छा, महिलाहरू अगाडि बढेको नराम्रो मानिने चलन, खाना खुवाउन एकान्तको होटेलमा रोक्नु, कन्डक्टरले कमिसन लिनु, महँगो खाना, केटीमाथि आक्रमणबाट बचाउनु, गुन्डाबाट कुटिनु, मानवीयता मारेर बाँच्न नसकिने, धारणा, डायरी लेख्ने कुरा, रक्सी सेवनले पारेको असर, जातीय विभेद, अघिल्लो गाडीले वृद्धलाई किच्नु, चक्का जाम हुनु, यात्रीका विविध काममा असहजता, पाठशालाबाट आएकी बालिकालाई तान्नु, शान्ति मन्दिर, मस्जिद, चर्च कतै नभएको ठान्नु आदि कुरा छन् ।
प्रतिविम्ब–
समयको परिवर्तनसहित व्यवसायमा परिवर्तन, शिक्षालयमा शिक्षकको आवतजावतमा मनमौजी, वर्तमानको असरल्लता, राज्यसत्तामा जनचाहनाभन्दा भिन्नता र वर्तमान विग्रिएकामा भविष्यप्रति चिन्तित, नारी स्वतन्त्रता, बालशोषण, छुवाछूत, समानता र न्यायको प्रसङ्ग, विश्वको उन्नति र नेपाली प्रगतिको तुलना, जीवनस्तरमा सुधार ल्याउन राज्यले काम नगरेको, राजनीतिक गफ जस्ता क्रियाकलापबाट विरक्त भएर आँटी र सचेत तथा कर्मशील एक शिक्षक अलप भएको कथा यसमा छ ।
मूल्य–
मान्छे आपूmलाई मन नपरेको कुरा सुन्दैन वा सुने पनि ग्रहण गर्दैन, बोलिन्छ त पूरा गर्नुपर्छ,, भन्नु र गर्नुमा आकाश जमिनको अन्तर हुन्छ । शिक्षकले विद्यार्थीमाथि गरिने व्यवहार,विद्यार्थीको भविष्यको चिन्तन, दोकानमा रक्सी बाँकी खानेको समस्या, रक्सी ग्रहण गरेपछि देखाइने अहं, भट्टीमा जीवन खोजी, रक्सीलाई नै जीवन ठान्नु, स्वार्थै स्वार्थले गर्दा देश पाताल पुगेका कुरा, जीवन हराएको कुरा, युद्धविरामका कुरा, प्रेमका कुरा, एक जना वृद्ध छोरा अलप भएको र खोजीमा रहेका कुरा आएका छन् कथामा ।
शेष–
 यस कथामा स्वदेशी उत्पादनलाई टेवा दिने कुरा, विविधताले सजिएको झुण्ड, उद्दण्डताले भरिएका, आफ्नै समूह, स्वाभिमान, माग, घृणा द्वेष, द्वन्द्व, कलह, अस्मिता, अस्तित्व, चिन्तन, स्वाभिमान, सोच, दृष्टिकोण,विश्वास, मूल्यमान्यता परिवेशका कुरा जस्ता विषय यसमा समेटिएका छन् ।
बाटो–
यस कथामा काम गर्दा माथिको इसारामा नाच्न पर्ने, मानिसहरूमा गफ गर्ने प्रवृत्ति, इमान्दार, श्क्षिकले पढाउने र नतिजा राम्रो आउने, शिक्षकलाई कुन राजनीतिक दलमा आबद्ध छ भनी खोजिने, आफ्नो दलबाहेकलाई साथ नदिने, चाकडी खोजिने, राम्रो र विद्यार्थीले मन पराए पनि पढाइ मन नपराएको भनी शिक्षकलाई अवकाश दिइएको कुरा
आएका छन् ।
सबै कथा लेखनमा नयाँ शैली अपनाइएको छ । घटनालाई कलात्मक रूपमा प्रस्तुत गरिएका छन् । यी कथाहरू कथावस्तुका रूपमा विश्लेषण गर्दा पनि सबल देखिन्छन् । कथाहरूमा कथाकारले घटनाक्रमलाई समाएका छन्, सुन्दर प्रस्तुति गरेका छन् । आज देशमा बेरोजगारी चुलिएको छ, युवाको मनोबल घटेको छ, ती बिदेसिन बाध्य
छन् । गरिबीले जनजीवन विक्षिप्त छ । बलात्कारजन्य अपराध दिनप्रतिदिन बढ्दै छन् । शोषण, हत्या, हिंसा, अशिक्षा,
चेलीबेटी बेचबिखन, शिक्षामा राजनीतिक प्रदूषण, विकृति र विसङ्गतिले अग्रगति लिएको छ । द्वन्द्वले विश्राम लिएको छैन । रिजाल यी सबै विषयवस्तुलाई आधार बनाई कथा लेख्छन् ।
पात्र चयन– रिजालजीका कथामा विविध किसिमका व्यत्तिको सहभागिता छ । कोही अहं भावका पात्र छन्, कोही
मध्यमवर्गीय । कोही नितान्त गरिबीले अँठिएका पात्र यहाँ पाइन्छ्न् । कोही लडाकु छन्, कोही सराबी छन् भने कुनै
आदर्श पतिपत्नीका रूपमा खडा छन् । रिजालजीका हरेक कथामा आएका विविधखाले पात्रहरू सक्रिय रूपमा
देखिएका छन् । कथावस्तुअनुकूल र अनुसार नै पात्रको चयन गरिएका छन् । यसले कथालाई प्रभावकारी बनाएको
छ । कथाकारले सामाजिकतालाई  समाएका छन् र सकारात्मक संदेश प्रवाह गरेका छन् ।
भाषाशैली –
 रिजालका कथाहरूमा एउटै कथामा पनि बहुधारणा पाइन्छन् । कथाहरूमा सहजता देखिँदैन, भन्न खोजेका
भावनात्मक अभिव्यक्तिलाई बुझ्नका लागि बडो ध्यानपूर्वक अध्ययन गर्नुपर्छ किनकि भनिएका कुराहरू जेलिएर
आएका छन् । छोटा वाक्यमा लेखिएका हुन्छन् । पढ्दा अति सरल जस्तो लाग्छ तर भावार्थ अति गहन छ । कथामा
प्रतीक प्रयोग गरिएको छ । कतिपय कथामा मानवीकरण तथा कतिपयमा मूर्तीकरण गरिएको पाइन्छ । त्यसो हुँदा
कथाहरू साधारण पाठकभन्दा विद्वान् तथा तथा उच्च कोटिका अध्ययनकर्ताका लागि बौििद्धक खुराक बन्न सक्छन् ।
परिवेशअनुसारका मातृभाषाले पनि स्थान पाएका हुन्छन् ।
निष्कर्ष–
कथाकार रिजालका यी कथामा नेपाली जीवनका यथार्थ घटनालाई समाइएको छ । त्यसर्थ उनी यथार्थवादी कथाकार हुन् । उनी ग्रामीण जीवनका हरेक पाटालाई नजिकबाट हेर्छन्, कुनाकाप्चा पुग्छन्, त्यहाँका भएका सामाजिक टनालाई केलाउँछन् र कथामा सजीव उतार्छन् । त्यसैले कथासङ्ग्रह सफल र सबल छन् । अध्ययनयोग्य, मननयोग्य र सङ्ग्रहणीय छन् । रिजालको साहित्यिक यात्रा सफल र सबल बनोस् ।
धन्यवाद
कावासोती, नवलपुर
(रूपायन त्रैमासिक, वर्ष १३ । अङ्क १ । पूर्णाङ्क ४९ । वैशाख–जेठ–असार २०८० मा प्रकाशित)

July 26, 2023

रावणायनमाथि दृष्टि प्रक्षेपण (परिमार्जित )

सदानन्द अभागी

परिचय ः
 खनाल रेवतीरमणको जन्म अषाढ २३ ,गते २०१३सालमा सानाबेसी, मिर्कोट गोरखामा भएको थियो । उहाँ बहुनामका धनी पनि हुनुहुन्छ । साहित्य लेखनमा उहाँ खनाल रेवतीरमण भनेर चिनिनुहुन्छ भने उपनामको हिसावले रमण 'एप्याथी' ।ल्याउँ साम्यवाद (काव्य,२०४७) प्रकाशन गरेर कृतिकार बन्नु भएका खनालजीका कविता, काव्य, गीत, गजल, हाइकु, मुक्तक र उपन्यास गरी ९ओटा कृति बजारमा आइसकेका छन् । भृकुटी पल्प एण्ड पेपर नेपाल लि.को प्रवन्धक पदबाट सेवानिवृत्त खनालजी साहित्य सङ्गम चितवन र प्रगतिशील लेखकसङ्घसँग पनि आवद्ध हुनुहुन्छ ।उहाँ पल्लव साहित्य प्रतिष्ठान, चितवनबाट प्रदान गरिने सर्वोत्कृष्ट कविता सम्मान(२०६१) , साहित्य सङ्गम, चितवनले प्रदान गर्ने गरेको शहीद शिव पौडेल स्मृति पुरस्कार (२०७१), भैरव वाङ्मय प्रतिष्ठानले प्रदान गर्ने गरेको भैरव वाङ्मय पुरस्कार (२०७८) कोसाथै विभिन्न साहित्यिक प्रतियोगिताहरूमा प्रथम पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । यस्ता बहुआयामिक प्रतिभाका धनी खनाल रेवतीरमणको नयाँ कृति 'रावणायन' आज अध्ययन गर्न थालेको छु । यो एउटा पौराणिक उपन्यासको रूपमा प्रकाशनमा आएको छ । रामायण अध्ययन गर्दा रावणलाई हामीले जुनरूपमा मूल्याङ्कन गर्थेम् तथा मनमा जुन कौतुहलता जन्म लिन्थ्यो त्यो आज आएर यस उपन्यासले रावण को बारेमा सबै कौतुहलता निवारण गरिदिएको छ । रामायणभित्रका दुष्चरित्र ठानिएका शूर्पणखा खण्ड काव्य र कैकेयी महाकाव्यमा कविवर गोविन्दराज विनोदीजीले यी दुई पात्रलाई न्याय दिन खोज्नु भएको छ । मैले यी दुबै काव्यको अध्ययन गरेको छु ।  कविवर भूवनहरि सिग्देलको शकुनी खण्डकाव्य भने अध्ययन गर्न पाएको छैन । आज मलाई यो कृति लिएर बस्दा नै लागेको छ कि यो कृतिले नेपाली साहित्यको इतिहासमा नयाँ आयाम थप्नुको साथै हाम्रा धार्मिक ग्रन्थमा खलनायकको रूपमा चिनिएका पात्रहरू पनि कति वीर र उच्च चरित्रका छन् भन्ने यथार्थ प्रष्ट्याउने छ अथवा नराम्रोमा पनि महत्वपूर्ण राम्रा गुण हुन्छन् र तिनलाई अवमुल्यन गर्न मिल्दैन भन्ने सन्देश बोकेको छ । संक्षेपमा भन्नु पर्दा खनालजीको यो उपन्यास एउटा महत्वपूर्ण क्रान्तिकारी दस्तावेज हो ।
कृतिभित्र प्रवेश गर्दा –यो कृति २९६ पृष्ठको आयाममा विस्तारित छ । यस कृतिलाई आख्यान खण्ड (पृष्ठ १देखि २१६ सम्म) र परिशिष्ट खण्ड(पृष्ठ २१९देखि २८२ सम्म) गरी दुई खण्डमा विभाजन गरिएको छ । यस कृतिमा भूमिका लेख्दै डा. धनेश्वर भट्टराई लेख्नुहुन्छ– " यस्तै दुनिया बलेको आगो ताप्दै स्वार्थको रोटी सेक्न पाए सदैव प्रशस्ति गाइरहन्छ , अन्यथा भए त्यसविरुद्ध विष वमन गरिरहन्छ भन्ने मूल कथ्यलाई उपन्यासले गर्भस्थ गरेको देखिन्छ ।"  सर्ब प्रथम समालोचनातर्फ लाग्नु भन्दा उपन्यासकारले शीर्षकीकरण गरेका ४४ ओटा उपशीर्षकको भावसार पस्कन चाहान्छु । यी उपशीर्षकहरूका भावसार यस प्रकार छन् ः
राक्षसराज सुमालीको वनविहारःराक्षसराज सुमालीको वन विहार शीर्षकबाट उपन्यासको थालनी भएको छ ।उपन्यासकारले प्राकृतिक सौन्दर्यताको मिठो वर्णन,राक्षस राज सुमाली,श्रीमती केतुमती, छोरा प्रहस्त, पुत्री कैकसीको साथमा वन विहारमा निक्लनु,सागरतटमा पुग्नु,विश्राम लिनु,समुद्रमा पौडेका हाँसको जोडीको प्रेम प्रसंग देखेर केतुमतीमा छोरीको विवाहको भावना पलाएर आउनु, पतिसँग छोरीको विवाहको अनुरोध गर्नु,प्रहस्तले समय प्रतिकुल भएकोले पुलस्त्यपुत्र विश्रवासँग स्वयंवर गरेर विवाह गर्नु उपयुक्त हुने धारणा राख्नु, त्यस समय वायुयान देखा पर्नु, विश्रवा पुत्र कुवेर भएको जानकारी हुनु र कैकसीलाई विश्रवालाई पति स्वीकारेर उनको आश्रममा प्रस्थान गर्न लगाउनु जस्ता घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।
कैकसीको नारद र विश्रवासँगको सम्वाद ः कैकसी विश्रवासँग विवाहको प्रस्ताव राख्न जाँदा बाटोमा विणाको आवाज सुनेर त्यतै लाग्नु, भजनमा सहभागी हुनु, नारदले इन्द्र या विष्णुसँग विवाह गर्न प्रस्ताव राख्नु , कैकसीले विवाहको लागि इन्कार गर्नु र नारदले यथार्थ जानेपछि वरदान दिनु,कैकसी विश्रवाकहाँ र पुग्नु र आप्mनो धारणा राख्नु विश्रवाले आप्mनो पिताश्रीसँग अनुमती लिनु पर्ने धारणा राख्नु जस्ता कुरा आएका छन् ।
विश्रवाको पिता मातासँग वार्तालाप ः  विश्रवा र कैकसी ब्रह्ममहर्षि पुलस्त्यको आश्रममा पुग्छन् । पुलस्त्य ऋषि ब्रह्मका दशमानस पुत्र मध्ये एक हुन् । सप्तऋषिमध्ये पनि एक र ब्रह्मबाट विष्णु पुराण श्रवण गरेका एक अन्तरयामी ऋषि जस्को विवाह कर्दम ऋषिकी पुत्री हविर्भूसँग भएको थियो ।विश्रवा पुग्ने वित्तिकै आगमनको उद्देश्य बुझी, उनलाई अमरत्व मन्त्र दिन चाहना भएको जानकारी गराउँदै कैकसीलाई ग्रहण गरी आर्य संस्कृतिमा परिणत गर्ने सुझाव दिनु, आमाले पनि कहलेकाँही श्राप पनि आशीर्वादहुने धारणा राख्दै विश्रवा पनि पुलस्यको श्रापबाट जन्मेका थिए । श्रापपर्नुको कारणमापुलस्त्यको आश्रममा नाग कन्या देवी देवता आदि आउँदा तपस्या भङ्ग हुनेहुँदा जुन स्त्री उनको नजरले देख्छ ऊ गर्भवती हुन्छे भन्ने थियो ।विश्रवा र कैकसी माता पिताको आशीर्वाद  लिएर  वन प्रस्थान गर्छन् र नर्मदा नदीको तिरमा पुग्छन् । यही नै बसोवास हुन्छ । यहाँ विविध विषयमा पारङ्गत भएका शिक्षकहरू नियुक्त गरेर सबै जातजातिका विद्यार्थीहरूलाई पढाउन लगाउनु र सबैमा समानताको व्यवहार गर्नु जस्ता वर्णन आएका छन् ।
कैकसीको डाह ः यस शीर्षकमा विश्रवा र कुवेर (बाबु र छोरा)बीच बातचितको थालनी । कैकसीले खाना तयार गरेर खान बोलाउनु कुवेरले हतार छ भनी खान नखाई हिड्नु, खाना नखाएकोमा कैकसी आक्रोशित हुनु, ऋषिले सम्झाउन थाल्नु तर कैकसीको आक्रोश कम नहुनु र कुवेर भन्दा शक्तिशाली, उत्तम, महापराक्रमी र अद्भूतपुत्रचाहिन्छ भन्नु ऋषिले तथास्तु भन्नु आदि धारणाआएका छन् ।ऋषिको तपस्या भङ्ग ः ऋषि नर्मदा नदीमा टहल्दै जाँदा ऋषिहरूले शिवलिङ्गलाई पूजागर्दै गरेको देख्नु र ऋषि सिद्धाशनमा बस्नु, सिद्धाशनमा बस्दै गर्दा ऋषि समाधिमा लिनहुनु, यता कैकसी सुत्केरी हुनु ,बालक जन्मनु, कैकसीका माइतिले खुसी मनाउनु, बच्चा तीब्रगतिमा बढ्नु, अध्ययन गर्नु, उधुम मच्चाउनु, मावली हजुरबा जस्तो नहुनु भन्ने कुरा कसैले भनेको सुन्दा कैकसी साह्रै रिसाउँदै बाबु भएका ठाउँमा पु¥याउनु,ऋषिलाई जगाउने हिम्मत नहुनु, ऋषिले सुन्ने गरेर छोरालाई 'नक्कल उतार्न सक्छस् भने तेरो बाबुको उतार जा भन्नु, रावण पनि नमः पितृ देवाय नमःशिवायच पाठ गर्दै समाधिमा बस्नु तर घनघोर वर्षा हुनु , असिना झर्नु, चट्याङ पर्नु, नर्मदा बढ्नु , बालक डरले ऋषिको छातिमा टाँसिन पुग्नु तर रुँदै नमः पितृ देवाय नमःशिवायच भन्ने मन्त्र भने जप्न नछाडेको र ऋषि रावणसँग खुसी हुनु र उसलाई उद्भट विद्वान पराक्रमी तथा लोकजयीहुने आशीर्वाद दिनु र आश्रमतिर लाग्नु जस्ता कुराहरु आएका छन् ।
रावणको तपस्याको सङ्कल्पः यस शीर्षकमा रावणलाई ऋषिले यज्ञोपवीत धारण गराउनु, दिक्षा दिनु, वेदका ऋचा पढाउनु,उसलाई दशाननको नामकरण गर्नु, दशमस्तिष्क समान बुद्धिमान हुनु, सूर्यको रोशनीे सरह सुकीर्ति फैलियोस् जस्ता आशीर्वादले सुसोभित गरिनु,  दशाननबहुविधाको जानकार,कुशल राजनीतिज्ञ, षडदर्शन एवम् चतुर्वेदको समेत ज्ञाता,अप्रतिम प्रतिभाको धनी भएको,उसका  कुम्भकर्ण, विभीषण दुई भाइ र शूर्पणखा नामकी बहिनी थिई ।शुक्रपुत्रले रावणका भाइ बहिनीलाई मन्दिर प्रवेशमा रोक लगाएपछि शुक्रपुत्र र रावणले शस्त्र उठाउने खवर विश्रवाकोमा पुगेपछि विश्रवाको प्रयासले समस्याको हल त भयो तर ऋषिले आफ्नो गल्तिमा के सजाएँ भोग्नपर्छ आफै तयगर्नु भनेपछि रावणले ऊ भाइहरू लिएर तपस्या गर्न जानु र वहिनीलाई आमासँग छाडीदिने निधो बाबुलाई सुनाउनु, ऋषिले आश्रमको सीमासम्म प्रवेश निषेध गरेको कुरा सुनेपछि आमालाई हेर्दै ऊ  घर छोडेर हिडेको कुरा उल्लेख भएको छ  ।
ब्रह्माबाट वर प्राप्तिः यस शीर्षकमा रावण दुई भाइसहित गोकर्णतीर्थ (अग्निशिनीर गंगावली नदीको संगम स्थल)मा गएर ब्रह्माको स्तुति तथा तपस्या गर्नु, ब्रह्मा खुसीहुनु र वरमाग भन्नु, रावणले दण्डधारणको वरमाग्नु, ऋषिपुत्रलाई किन दण्डधारण चाहियो भन्दारावणले "मेरा स्वजनहरूको रक्षार्थ देवताहरूको कुचाल एवं षडयन्त्र र ब्राह्मणहरूको अत्याचारका विरुद्ध मैले शस्त्र उठाएँ । अतः मलाई ऋषिपरम्पराबाट च्यूत गरियो परमपिता । "भन्ने जवाफ दियो । रावणको यसप्रकारको जवाफमा ब्रह्माजीले "स्वरक्षा त प्रथम धर्म हो । आत्मरक्षा हेतु शस्त्र उठाउनु कहीँ निषेध छैन" भन्दै यस प्रकारको च्यूतकस्ले ग¥यो ?भन्ने जानकारी लिने काम ब्रह्माबाट हुनु, यो रीति आफ्नै पिताबाट भएको जानकारी ब्रह्मालाई गराउनु उसले ब्रह्मालाई भन्छ –"हाल बर्तमान संस्कृतिभन्दा भिन्न रक्ष संस्कृतिको रचना गरी सबै पृथ्वीबासी एकअर्काको रक्षक बन्नसक्नेव्यवस्थाको प्रत्याभूति दिन सक्नुपर्छ ।यो नै मेरो प्रमुख  लक्ष्यरहेको  छ"।  उसले ब्रह्माजीका हरेक प्रश्नको जवाफ दिदै भन्छ – "मैले परिकल्पना गरेको व्यवस्था ' सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयासर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुख भाग्भवेत्' हो । रावणले ब्रह्मासँग रक्ष संस्कृतिका कुरा उठाउनु ब्रह्माले विग्रह हुन सक्ने जिज्ञाशा राख्नु, विग्रह नहोला तर भै हाल्यो भने कुनै रीति वा नीतिको अवलम्वन गरेर प्रतिकूललाई अनुकूल बनाउने यसबाट नभए दण्डको सहारा लिन सकिने भन्दा ब्रह्माबाट समाज भयभित हुने जिज्ञासा राख्दा रावणले "वयं रक्षाम्' रक्ष संस्कृतिको मूल आधार हो भन्ने जस्ता धारणा ब्रह्मालाई प्रष्ट्याउनु, ब्रह्माले पूर्ण सन्तुष्ट भएर दण्डको अधिकारी बनाउनु, सीमामा रहेर अधिकार प्रयोग गर्न निर्देशन दिनु, ब्रह्माले कुनै दिन तेरो मतिभ्रम भयो र सीमा उल्लङ्घन भयो भने के हुन्छ ?र अन्तिम निर्णायक को हुन्छ ?भन्ने प्रश्न राख्नु, रावणले जवाफ उसँग नभएको र ब्रह्मालेनै निर्णय गरेर रावणलाई बताइदिन अनुरोध गर्नु, ब्रह्माले अन्तिम निर्णय दिने अधिकारी शिवजी भएकोले शिवजीकोमा जाने निर्देशन दिनु, रावणले युद्धमा देवतालाई परास्त गर्ने संकल्प लिएको जानकारी ब्रह्मालाई दिनु, ब्रह्माले मुडेबलले हैन बुद्धिबलले जित्नु भनी रावणलाई कल्याणमस्तु, शुभमस्तु,सुकृतिरस्तु"भन्दै वरदानसहित विदा दिनु र रावणका दुई भाइले ब्रह्माबाट पनि वर प्राप्त गरेकाकुरा आएका छन्।
शिवजीको आराधना ःयस शीर्षकमा रावण, कुम्भकर्ण र विभीषणअग्निसन्धान गरी सिद्धाशनमा बसी शिवजीको आराधना गर्नथाल्नु, रावणको कठोर तपस्या र संकल्पबाट शिवजी प्रसन्न भएर वरमाग्न भन्नु र रावणले पनि निरापद,अविनाशी कल्याणकारी काममा विध्न बाधा सङ्कट,नपरोस् कसैले चाहेर अहित गर्न नसकोस् सबै काम सहज बनोस् भन्ने वर माग्नु र शिवजीले पनि अक्षय या अमरत्व बाहेकका वर दिनु ,उसका दुवै भाइले मनोवाञ्छित वर प्राप्त गर्नु, यसरी वरप्राप्त गरेपछिरावणले कुनै नारीकोरोदन सुन्छ र त्यतैतिर जान्छ। राजपुत्री वेदबतीलाई कुनै राक्षसले जोरजबरजस्तीगर्न लागेको देख्छ र त्यसलाई मारिदिन्छ ।दुबैको परिचय हुन्छ । दुवै बालककालका साथी हुन्छन् , वेदवतीले विष्णुसँग विवाह गर्ने कुरा सुनाउँछिन् ।रावणले कतै मैले उनै अनेक रूपधारणकर्ता विष्णुलाई त मारिन भन्ने शंसय  राख्दा वेदवतीले आप्mनै बाबुको हत्यारा शम्भु नामको राक्षस मारेको कुरा जानकारी दिनु, कुमारीत्व बचाएकोमा साधुवाद पाउनु, साधुवाद पाएपछि तत्काल रावणले वेदवतीलाई प्रेमभावले आलिङ्गन गर्न पुग्नु, वेदवती कराउनु र तिम्रो यो कलुषित कामभावले गर्दा म विष्णु योग्य रहिन भन्दै, रावणलाई पुत्रीका कारणबाट मृत्युवरण गर्नु पर्नेछ भन्नेश्राप दिंदै जलप्रपातमा हाम फालेर मृत्युवरण गर्नु, रावणले टोलाएर हेरेको हेरै हुनु जस्ता घटना उल्लेख भएका छन् ।
 विश्रवा र पुलस्त्यको आशीर्वचनः यस शीर्षकमा थुप्रै दार्शनिक अभिव्यक्तिहरू समेटिएका छन् । शिवजीबाट दण्डधर भएको वरदान मिलेपछि विश्रवा, पुलस्त्य, कैकसी, मामाघरका पितामह, मामा भेट्न आउनु ।विश्रवाले रावणलाई दण्डाधरले अनिवार्य गर्नुपर्ने कामहरू शुभाचरण गर्नु, मिथ्या भाषण नगर्नु,ऋषिलाई र ब्राह्मणलाई दण्ड बर्जित छ, त्यसो हुँदा दण्ड नदिनु, तीनभाइको एकमतले मात्र काम गर्नु जस्ता सल्लाह दिनु । रावणले पनि आपूmले वर्ण व्यवस्था फेरेको,श्रमलाई अधिक महत्व दिएको, श्रमलाई पूजाका रूपमा लिएको, कोही शूद्र नभएको, जातीय विभेद नभएको, धर्म कहिल्यै विभेदकारी नहुने,रक्ष संस्कृतिको स्थापना गरेको,आदि धारणा बाबुको साथमा राखेको छ । ऋषिले धेरै कुराहरू सम्झाउँदै "शान्ति आफैमा छ,जीवनमा सच्चा शान्ति त तवमात्र प्राप्त हुन्छ जब आपूmले आफैलाई उत्खननगर्न सकिन्छ भन्नु ।" रावणलाई कृतवीर्य पुत्र सहस्रार्जुन र भृगुऋषि पुत्र परसुराम बीच बैरभाव रहेपनि दुबैसँग मित्रता कायम गर्नु आदि सुझाव दिनु, यसमा रावणले देवपुत्रहरूले उसप्रति र उसको आमाप्रति गरिएका दुव्र्यवहारले गर्दा प्रतिशोधको ज्वाला दन्केको कुरा उल्लेख गर्नु,पहिलो काम नै तिनीहरुसँग लडेर बदला लिनु रहको बताउँदै त्यसको लागि क्षमा याचना गर्दै रावण रुनथाल्छ ।विश्रवा ऋषिले पनि संकल्प पुराहोस् भन्ने आशीर्वाद दिन्छन् ।त्सपछि ऋिषिले आपूm टाढै प्रस्तान गर्न लागेको जानकारीरावणलाई दिन्छन् । यत्तिकैमा पुष्पक विमानबाट भद्रा आउनु, रावण, भद्रा,कैकसी, विश्रवासँग भलाकुसारी हुनु, सुमालीले भद्रलाई धनेशले लङ्का खाली गरेर मार्ग प्रसस्त गरिदिनु उचित हुने जानकारी गराउनु, विश्रवाले रावणलाई समुद्र मन्थन गर्दा अमृत र विष सँगै निस्केको कुरा अवगत गराउनु, रावणले पिताश्रीबाट मोक्ष प्राप्ति सम्बन्धी वर माग्नु, पिताश्रीले पनि रावणलाई मोक्ष प्राप्ति गर्ने भए राममय हुनुभन्ने निर्देशन दिँदै विमानमा सवार सवार भएको कुरा उल्लेख छ।
लङ्काबाट कुवेरको उठीवास ःयस शीर्षकमा रावणको मामा प्रहस्त लङ्का राज्य रावणलाई हस्तान्तरण गरिदिने व्यहोराको सन्देश लिई रावणको दूत बनेर लङ्का पुग्दछ ।कुवेरबाट प्रहस्तलाई दोस्रोदिन वार्ता गर्ने जानकारी गराउँदै मन्त्रीमण्डलको वैठक बसाएर मन्त्रिमण्डलले पिताश्रीसँग राय लिएर निर्णय दिने कुरा हुन्छ । कुवेर पिताश्रीसँग गएर राय लिंदा रावण शक्तिशाली भएको र लङ्का उसका मातामहको राज्य भएको देवासुरसंग्राममा देवताले जितेर उसलाई पाताल पठाइएको हुँदा अब उक्त राज्य फिर्ता गरिदिनु नै सुभ हुने पिताको सल्लाह लिएर फर्केपछि कुवेरले रावणलाई तीन महिनापछि राज्य फिर्ता गरिदिने र आपूm अलकापुरीमा आफ्नो आवास निर्माण गरी त्यहीं जाने सन्देश प्रहस्तसँग पठाइएको व्यहोरा उल्लेख छ ।
रावण र मन्दोदरीको भेटः यस शीर्षकमादेववतीजलप्रपातमा हाम्फालेको ठाउँमा मन्दोदरीसँग रावणको भेट हुन्छ । दुबै बीच कुरा हुन्छन् । उनी मय दानवकी  छोरी भएको र उनलाई मकराक्षले दुःख दिइराखेको, दुःखदिनको कारणमा मन्दोदरीकी आमालाई इन्द्रद्युम्नले अपहरण गरेर उरपुरमा लगेको हुँदा मकराक्षले आमालाई पितासमक्ष ल्याइदिने र मन्दोदरीसँग विवाह गर्ने सर्त राख्दा बाबुले स्वीकारेको तर मन्दोदरीले रावणसँग प्रेम गरेको हुँदा रावणले हेमालाई बाबुको साथमा ल्याइ मन्दोदरीलाई विवाह गर्ने प्रस्ताव मन्दोदरीले राखेको र रावणले समय आओस् तिम्रो मद्दत गर्ने छु भन्ने बचन दिएको कुरा उल्लेख गरिएको छ ।
राज्याभिषेक र विवाह ः यस शीर्षकमा अलकापुरीमा धनेशले आवास निर्माण गर्नुर बाबु विश्रवालाई रावणलाईलङ्काको राजा बन्न संदेश दिन अनुरोध गर्नु, विश्रवाले आफ्नो छात्रसँग खवर पठाउनु, माल्यवान रावणको राज्याभिषेकमा जुट्नु, रावण लङ्काको राजाबन्नु,प्रहस्तलाई प्रधानमन्त्री, माल्यवानलाई मुख्य सचिव,कुम्भकर्णलाई सैन्य प्रमुख,विभीषणलाई न्याय विभाग, सरसल्लाहको लागि सुमालीको नेतृत्वमा खर,मारिच, र ताडकासमेतको परामर्शदात्री समितिको गठन, शूर्पणखालाई राजदूतको जिम्मेवारी दिइनु,मयलाई बोलाएर रुद्रदेवको दिव्यमूर्ति निर्माण गराउनु,, मयलाई पुरस्कृत गर्न खोज्दा मयले रावणलाई पुरस्कारको रूपमा माग्नु र आफ्नी छोरी मन्दोदरीलाई रावणसँग विवाह गराउने प्रस्ताव राख्नु, कैकसीसँग राय लिएर शूर्पणखा र कुम्भकर्णलाई कन्याहेर्न मयको दरबारमा पठाउनु, यिनीहरू मयको दरबारमा पुग्दा सरमा विद्युत्जीह्वा,विरोचनआदिको व्यवस्थापनले गर्दा रावणको मन्दोदरीसँग,कुम्भकर्णको विद्वज्ज्वला(विरोचनकी छोरी)सँग,विभीषणको सरमा (विद्युज्जिह्वाकी बहिनी)सँग विवाह हुनु, यसै अवसरमा मय दानवकी धर्मपुत्री धन्यमालिनीको विवाह पनि रावणसँग गरिदिएको विवरण यहाँ आएको छ ।
 उरपुर विजयः यस शीर्षकमा रावणले मन्दोदरीसँग तथा पतिपत्नी बीचको आलिङ्गनमा मन्दोदरी सहमत नभै उसको बाबुसँग गरिएको बाचालाई पुरा गरेरमात्र आलिङ्गन गरिनुपर्ने कुरा जानकारी गराउनु, रावण उरपुर जान हिड्नु, कार्तिकेयसँग लड्नु, दुबैको जीत नहुनु, मित्रता कायम गर्नु, इन्द्रको औरसपुत्र वालिसँग युद्ध हुनु, कसैले नजित्नु, मित्रता कायम गर्नु, साँढेले आक्रमण गर्नु, साँढेलाई हराउनु, शिवपार्वती भेटहुनु, शिवजीले तिमी कोहौ ? मेरो निजि क्षेत्रमा प्रवेश गर्नुको कारण केहो ?बताऊ भन्नु, रावणले –" म रक्षपति लङ्केश रावण हुँ " भन्नु । शिवजीले आफ्नो अग्रजको अवज्ञा गरेको कुरा सुनाउनु, रावणले त्यसो नभएर अग्रजले यक्ष संंस्कृतिको स्थापना गरेका र मैले रक्ष संस्कृतिको स्थापना गरेको,मेरो संस्कृतिको मूल मन्त्र 'वयं रक्षाम' हो र अग्रजको 'वयं यक्षाम' यक्ष संस्कृतिको नारा हो भनेर शिवजीमा  जानकारी गराउनु, रावणले यस विषयमा  थुप्रै व्याख्या गर्नु र रक्ष संस्कृतिको विरोध गर्नेवाला दण्डको भागी हुने कुरा बताएपछि रुद्र त्यो संस्कृतिसँग सहमत नहुने भएपछि दुबैमा युद्ध सुरु गर्ने कुरा रावणले राख्नु शिवजीले रावणलाई खेलाएर थकाउनु र रावणले शिवलाई शं कुरु ( रक्षा गर्नुहोस्) भन्नु र क्षमायाचना गर्दै शंकरको नामबाट उपासना गर्नको लागि अनुमती माग्नु, शिवजीले समाजको हितको लागि रावणले गर्ने कामको स्वागत गर्ने भनी रावणलाई कल्याणमस्तु भन्दै वरदान दिनु, यसै दिनबाट शिवजीको अर्को नाम शंकर थपिएको कुरा पनि उल्लेख छ ।
उरपुरको लागि अघि बढ्दा बाटोमा मय भेटिनु उसलाई पनि साथै जाने आग्रहगरेपछि साथ लिएर उरपुर जाँदा बाटोमा मरुद्गण,नागराज,वरुण, यम र दैत्यहरूसँग लड्दै जित्दै जानु र सिधै इन्द्रद्युम्नको दरबार भित्रै पस्नुर मय दानवकी पत्नीलाई अपहरण गरेर प्रेयसी बनाइस् भन्दै इन्द्रद्युम्नलाई दुई टुक्रा पारिदियो। हेमासँग मन्दोदरीलाई पत्नी बनाउने अनुमति माग्यो । हेमाले इन्द्रद्युम्नले उसलाई प्रेयसी नबनाएकोमा प्रेयसी बनाएको लान्छना लगाएकोले रावणलाई पनि लान्छना लागोस् भन्ने श्राप दिनु,हेमा मय दानव बीच छलफल चल्नु , हेमाले मयलाई वचनवाँणले हान्नु,मय त्यहाँबाट निस्कनु, मय मर्लाकि भन्ने शंका उब्जनु, 'ऊ मर्दैन फर्केर आउँछ', हेमाले रावणलाई भन्नु, रावणले हेमालाई लङ्कामा जान अनुरोध गर्नु तर हेमाले आफ्नो गलाको हार रावणलाई लगाएर यो हार देख्ने बित्तिकै मन्दोदरीले कुरा बुझ्छे भन्नु, रावण लङ्का पुगेर सबै घटनाको जानकारी गराएर विवाह गर्नु जस्ता कुरा यसमा आएका छन् ।
अश्मपुरी विजय ः यस शीर्षकमा विद्युज्जिह्वसँग शूर्पणखाले विवाह गर्न चाहानु, रावणले नमान्नु, शूर्पणखा विद्युज्जिह्वसँग जानु , रावणले आक्रमण गरेर विद्युज्जिह्वलाई मारिदिनु, शूर्पणखा सती जान खोज्नु, रावणले नदिनु, कुम्भकर्ण र रावणले सम्झाउनु, शूर्पणखाकालिकेयसँग बस्नु र कालिकेयले रक्ष संस्कृति अपनाउने आश्वासन शूर्पणखाले दिएको र त्यसपछि रावण लङ्का प्रस्थान गरेको कुरा आएको छ ।
पूर्व कथा ः यस शीर्षकमा पुलस्त्य ऋषि लङ्का जानु, रावणलाई ऋषि कुलको बारेमा र राक्षस कुलको बारेमा लामो विवरण सुनाउनु,राक्षसकुल बढेपछि देवताहरूलाई दुख दिनु र देवताहरूले विष्णुलाई योकुरा सुनाउनु र श्रीहरिले युद्ध गर्नको लागि भन्नु र सहयोगको आश्वासन दिनु,माल्यवानसँग युद्ध हुनु,माली मारिनु ,माल्यवान मूर्छित हुनु,देवतासँग हारेपछि सुमाली परिवारसहित पातालपुरीतिर लाग्नु जस्ता कुराहरु आएका छन् ।
जगज्जयी अभियान ः यस शीर्षकमा पुलस्त्यको पूर्व कथा सुनेपछि रावणले परामर्शदातृ र आफन्तजनलाई बोलाउनु ,छलफल गर्नु र सम्पूर्ण झगडाको मूल देवता नै ठान्नु, भूलोक, पाताललोक र स्वर्गलोकको विजय प्राप्त गर्न आफ्ना सेनासहित अलकापुरीमा आक्रमण गर्नु, कुवेरलाई मूर्छित पार्नु र पुष्पक विमान लिएर अगाडी बढ्नु, हिमालमा ऊ पुग्नु, चुचुराको कारणले पुष्पक विमानमाअवरोध आउनु , ढुङ्गाहरू उठाउनु, शिवजीले उसको घमण्ड चुरपार्नु, शिवजीले अदृश्यरूपमा ढुङ्गालाई खुट्टाले अँठ्याई दिनु,रावणले उठाउन नसक्नु शिव, ताण्डव स्तोत्र रचना गरेर सस्वर गाउन थाल्नु , शिवजी खुसीहुनु, रावणको अगाडी प्रकटहुनु र वरमाग्न भन्नु , रावणले कुलको मर्यादा बचाउन यो युद्ध गर्नु परेकोधारणा राख्दा शिवजीले हामी परास्त भयौँ भन्दै विजयपत्र, आपूmसँग भएको अजेय चन्द्रहास खड्ग,पाशुपत अस्त्रसमेत दिनु अस्त्रशस्त्र प्रयोग तथा निवारक मन्त्र समेत दिएर पठाउनु । यसरी शिवबाट प्राप्त अस्त्रशस्त्र प्राप्त गरी मरुत नरेशकोमा पुग्नु, मरुत नरेश यज्ञमा भएकोले ऋषिलाई बोलाएर विजयपत्र दिन सन्देश पठाउनु, ऋषिले आस्वस्त पार्नु , सुरथ र अवयका राजाहरूले रक्ष संस्कृति स्वीकार्नु , सबैले युद्ध नै नलडी विजयपत्र दिन थाल्नु, नारदसँग भेटहुनु , अव रावणले कोसँग लड्ने भनेर नारदसँग सुझाव माग्नु, नारदले यमराजसँग लड्ने सल्लाह दिनु, यमराजको घमण्ड चूर गर्ने सुझाव दिनु, रावण र यमराजका शैनिकसँग युद्ध हुनु रशिवजीको मध्यस्थतामा युद्ध रोकिनु,रावणका हातमा विजयपत्र प्राप्त हुनु, बरुण, शशीले,नलडीे हार स्वीकार गर्नु, रावणले कपिलमुनिको चरण स्पर्श गरेर आशीर्वाद लिनु, मगधका राजालाई ललकार्नु,तर पुलस्त्य ऋषि आएर सम्झाएर युद्ध रोक्नु ,मधुनाभ र कुम्भीनसीबीच प्रेमलाप हुनु ,सजाय तोक्न रावणलाई बोलाउनु, मृत्युदण्ड तोकिनु तर कुम्भीनसीलाई विधवा नबनाइयोस भन्ने अनुरोधमा क्षमादान दिनु । अब रावणले इन्द्रसँग लड्न अघिबढ्यो, मेघनादले इन्द्रलाई नागपासमा बाँधेर विजय घोषणा गरेको हुँदा मेघनादलाई इन्द्रजितको नामले पुकारियो ।सबैलाई आफ्नो अधिनमा बनाएर र सेनालाई पुनर्गठन गरियो, कुम्भकर्णलाई प्रधान सेनापति बनाउनु,सवै किसिमका प्रतिवन्ध हटाउनु, मजदूर किसान सबैलाई हकहित हुने कामगर्नु,रावण बलीप्रथाको विरोधी भएकोलेसबै किसिमका बलीप्रथा रोक्नु, कानुनको निर्माण गर्नु, सबै रक्षक बन्नु, मेघनादलाई रक्ष संस्कृतिको व्यवस्थापनको लागि प्रमुखमा नियुक्ति गर्नु ,यसै व्यवस्थाबाट लङ्का समृद्धिशाली र वैभवपूर्ण राष्ट्र बन्न पुग्नु र देवताहरूरावणको यो कार्यदेखेर इष्र्याको आगोमा जलेको जल्यै भइरहनु जस्ता धारणहरु प्रस्तुत भएका छन् ।
ताडका वध ःयस शीर्षकमा ताडका सुकेतुकी पुत्री,सुकेतुलेब्रह्माको तपस्या गरी वरदानबाट जन्मेकी,अत्यन्त सुन्दरी,दशहात्तीको बल प्राप्त गरेकीको विवाह सुन्दसँग गरिन्छ ।सुन्दसँग विवाह गरी सुवाहु र मारिच नामका छोरा जन्मन्छन् । यी उपद्रवी भएर ऋषिलाई सताएकोले अगस्त्य ऋषिबाट राक्षसै भै जाने श्राप दिइनु र श्राप दिएका अगस्त्यलाई सुन्दले मार्न खोज्नु र अगस्त्यले भष्म पारिदिनु,ताडकाले आप्mनो पुत्रलाईश्राप दिएको, पतिलाई भष्म गरेको कारण बदला लिन खोज्दा ऋषिले उसलाई कुरुप हुने श्राप दिनु, यक्षपतिसँग ल्यायको लागि निवेदन गर्दा न्याय नपाएर ऊ रक्ष संस्कृतिस्वीकारेर ऋषि तथा देवताहरुको विरुद्धमा लागेकी र अगस्त मुनिले राम लक्ष्मणलाई आयुध शिक्षा प्रदान गर्ने वेलामा रामबाट ताडका मारिएको विवरण यहाँ आएको छ ।
रावणका विरुद्ध ऋषिमुनिहरू ः  यस शीर्षकमा रावणले पर्यावरण सुरक्षाको लागिजनतालाई जागरुक वनाएको, वनलाई जीवनसँग दाजेर काम गर्दा ऋषि मुनीहरू यस विषयमा रुष्ट भएर रावणको विरुद्धमा संगठित भएको जानकारी मारिचले लिएर जानु, रावणले तुरुन्तै राजपरिषदको बैठक बोलाएरविभीषणलाई राज्य सञ्चालनको अभिभारा सुम्पिएर मेघनाद र कुम्भकर्णलाई युद्धको लागि देवपुरी प्रस्थान गर्नकोलागि निर्देशन दिंदै आपूmवैजयन्तपुर प्रस्थान गरेको कुरा यहाँ आएको छ ।
हत्यारो परिस्थिति ः वैजयन्तपुर नैमिषारण्य जाने बाटोमा पर्नु, त्यँही रावणकी साली मायाको घर हुनु,शम्बर साढुभाइले स्वागत गर्नुु, मायाले भिनालाई सुरापान गराउन आउनु, रावणले इन्कार गर्नु, किन भनी मायाले सोधनी गर्दा तिम्रो नसालु मदभरी नजरले नै मत्त भएको भन्ने धारणा राख्नु, सालीले रावणलाई  आलिङ्गन गरेको अवस्थामा शम्बरले देख्नु, रावण माथि गदा प्रहार गनुर्, रावण मुर्छित हुनु ,यसै बेला दुश्मनले उसको राज्यमा आक्रमण गरेको जानकारी दिनु, शम्वर मारिनु, माया सती जानु , दुवैको दाह संस्कार हुँदासम्म रावण त्यहाँ बस्नु,त्यसपछि शम्बरको हत्याराको विनाश गर्नु नै शम्बर रमायाप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा रावणको मनमा उब्जिएको कुरा यहाा दर्शाइएको छ ।
सीताको जन्म ः यस शीर्षकमा रावण मन्दोदरी मय राष्ट्रमा जानु त्यहाबाट सह्याद्रीपर्वतमा विहार गर्न जानु, मन्दोदरीले गर्भ धारण गर्नु, सात महिनामा छोरी जन्मनु, राजज्योतिषलाई बोलाएर चिना लेखाउनु, चिना अनुसार पुत्री राजमहलमा राखेमा पिताको मृत्यु हुन सक्ने जानकारी गराउनु,रावण रमन्दोदरीले कसैलाई पाल्नदिनुवेश भनी विदेह राज्यको एउटा गरिब परिवारलाई केही द्रब्य दिई पाल्न लगाउनु, यी दम्पतीले राजाजनकको खेतको बुटामुनी लगेर राखिदिनु, मिथिला राज्यमा खडेरी परेकोले राजाले हलोजोते पानी आउने धारणा बमोजिम जनकले हलोजोतेको अवस्थामा बालिका रोएको सुनेरबालिकालाई जनकले हलोजोत्दा प्राप्त भएको हुँदा सीता नामाकरण गरिएको पछि जनककी छोरी भएकोले जानकी भनिएको धारणा यहाँ आएको छ ।
राम विवाह ःयस शीर्षकमा रावण भूतेश्वरनाथको दर्शन गर्न मङ्सिर महिनामानैमिषारण्य प्रस्थान गर्नु, भूतेश्वरनाथको दर्शन गर्नु र काशी हुँदै निमिका पुत्र मिथिले बसाएकोनगरी मिथिला पुग्नु ,जनककोमिथिला नगर त्यतीबेला  ध्वजा पतकाले सुसज्जित हुनु, महावली वाणले रावणलाई चिन्नु, सीता स्वयम्वरको लागि आएका हौ? भनी जिज्ञाशा राख्नु, यी दुबै बीच धेरै कुराहरू हुनु, विवाह उत्सवमा जानु , सीतालाई देख्नु, सीतालाई देख्दा वेदवतीको स्मरण हुनु, मनमा तर्कना उठ्नु, प्रतिस्पर्र्धीहरूले धनुष उठाउन नसक्नु,राम र लक्ष्मणले गुरुसँग शिवधनुष उठाउने अनुमति माग्नु र अनुमती पाएपछि रामले शिवधनुष उठाएर प्रत्यञ्चा उठाउन खोज्दा धनुष तीन टुक्रा हुनु,सीताले रामलाई पुष्पहार पहिराउनु, कसैले रामको जय जयकार गरे भने कसैले रोष प्रकट गरिरहेका थिए, रावणले यो देखेर कसैले विग्रह गर्छ भने सैह्य हुने छैन भन्दै आफ्नो परिचय दिन्छ । रामको विवाह भव्य रूपमा गरिन्छ , यसरी लक्ष्मणको विवाह मिथिलेस पुत्री उर्मिलासँग भयो भने कुशध्वजकी पुत्री माण्डवीको विवाह भरतसँग र श्रुतकीर्तिको विवाह, शत्रुघ्नसँग भयो । सीताको पाणिग्रहण भएपछि रावण आफ्नो गन्तव्यतिर लाग्यो । रामले विश्वामित्रसँग रावणको परिचय लिन चाहे तर विश्वामित्रले रामको प्रश्नलाई कुनै महत्व दिएनन् । तर रामले रावणले जातीय भेदभाव रहित समता मूलक समाजको स्थापना गर्न चाहेको हो भने यस्तो माहान लोक कल्याणकारी कामको पक्षमा उभिने र मनसा, बाचा, कर्मणा सहयोग गर्ने धारणाव्यक्त गरेकाछन् ।
देवता र ऋषिहरूको कचहरी ः यस शीर्षकमा रावणले स्वर्गका राजा इन्द्रलाई पनिजितेर बन्दी बनाएपछि इन्द्रकी पत्नी सचीको नेतृत्वमा विष्णुकोमा जानु,ब्रह्माजीलाई बोलाएर उहाँकै अध्यक्षतामा बैठक बस्नु ,महिलाहरूले ब्रह्मा, विष्णु महेशलाई नामर्द र निर्वीर्यसम्म भन्न भ्याउनु, सरस्वतीले हस्तक्षेप गर्दै संयमित र अनुशासित हुन भन्नु, ब्रह्माबाट पनि आचारणमा रहनु भन्ने जानकारी गराउनु, यहाँ थुप्रै कुराहरू छलफलमा आएका छन् । रिसको वेला वेद कसैले नपढ्ने, ब्रह्माले राक्षसी पुत्रलाई दण्डधर बनाउनु, सची असुर पुलोमाकी छोरी हुनु, स्वयम् विष्णुले पनि विभिन्न समयमा अवतार लिएर विभिन्न संस्कृतिको सिर्जना गरेका कुरा, धर्म र मर्यदाको उलङ्घन गरेका कुरा, परस्त्री छल गर्ने, शिवको बदरीनाथ धाम छिन्ने, दानवीर बलीको राजपाट छिन्ने, नारदलाई बाँदर बनाउने,शुक्राचार्यको आँखा फोड्ने आदिकार्य विष्णुबाट भएका छन् ।,आर्य शब्द जातीय विभेद जनाउने हैन कि यो त गुण,कर्म र स्वभावले श्रेष्ठ हुनु हो, सबै नियममा बाधिनु पर्ने, आचार–संहिताको पालन हुनु पर्ने, इन्द्रले रावणबाट हारिनु पर्ने कारण शिवले बताउनको लागि ब्रह्माले आग्रह गर्नु । शिवले यस विषयमा धेरै धारणा राख्दै भन्नु हुन्छ –" भोगवादी संस्कारमा हुर्केकाहरूले निम्न वर्गका परिश्रमी, दीन, हीन, सर्वहारा व्यक्तिहरूप्रति जब थिचोमिचो अर्थात दुव्र्यवहार गर्छन् तव त्यहाँ प्रतिरोध हुनु स्वभाविक हो । यस किसिमको प्रतिरोधलाई दवाउन विद्रोहको नाम दिएर अभिजात्य वर्गले कुटनीति चाल चल्दछ । त्यही चाल उसका लागि  आदर्श र न्याय हुनजान्छ ।" भोगवादी संस्कारमा हुर्केको अभिजात वर्गले सत्ता र शक्तिको लागि दमनको साहारा लिएर जस्तोसुकै घिनलाग्दो हर्कत गर्न पनि पछि पर्दैन । देवासुर सङ्ग्राम पनि यस्तै परिणति हो ।अश्विनीकुमारको प्रश्नमा महादेवले च्यवनऋषिकी अर्धाङ्गिनीलाई बृद्ध पतिबाट सुख मिल्दैन हामी दुई भाइ मध्ये एकलाई रोज भनेको क्ुरा, लोकपाल चन्द्रमाको प्रश्नमा इन्द्रले गौतम ऋषिकी अहिल्यालाई गरेको छलको परिणति, तिमीले देवगुरु बृहस्पतिकी पत्नी तारा लगेर फिर्ता गरेको कुरा, विष्णुको प्रश्नमा शिवले विष्णुलाई जालन्धरकी पत्नीको सतित्व हरण गरेको कुरा, बृहस्पतिले उठाएको प्रश्नमा बृहस्पतिले अध्यापनमा गरिने भेदभाव, कचले देवयानीको प्रणय निवेदन ठुकुराएको कुरा, विष्णुले वामनरूप धारण गरेर दयालु असुर राजा बालीलाई रसातलमा पु¥याएका कुरा, इन्द्रले नमुचिलाई अकारण बध गरेका कु्रा,इन्द्रले कुनै पनि राजालाई बलियो देख्न नसक्ने कुरा,अश्वमेध यज्ञमा घोडा लुकाउने कुरा,ऋषिहरुको तप भङ्ग गर्न अप्सरापठाउने कुराहरू यहाँ आएका छन् । महादेवले रावणमाथि बाल्यकालमै षडयन्त्र रचियो, बाबुको स्नेहमयी छत्रछायाबाट बञ्चित गरियो भन्ने धारणा राख्दा वशिष्ठले रावणकै परिचर बनेर बसौं ?भनि प्रश्न राख्नु, शिवजीले यस्तो भन्न नखोजेको,ऋषिहरूको तपबाट अति प्रसन्न रहेको साथै रावण पनि निर्मल चरित्र भएको, महान विद्वान पण्डित,कुशल योद्धा, आफ्ना माता, पिता, गुरुजनको आज्ञापालक, दलित जातिको उद्धार कर्ता, सबैको रक्षाको सङ्कल्प लिएको, वेदको भाष्यकर्ता र वेदले परिकल्पना गरेको समाजको निर्माणगर्न चाहने, समता मुलक समाजको निर्माण गर्न चाहने, अर्थात् यही समाजले उसलाई हिंस्रक बनायो आदि महादेवले रावणको रक्ष संस्कृति, उसको बहुमुखी प्रतिभाको विवरण प्रष्ट पार्नु, दशरथका पुत्र रामको जन्म भएको, ताडका र सुवाहुको बध भइसकेको, अब रावणको पालो हो यदि रुद्रदेवले सहयोग नगरे उसको काल आइसक्यो भन्ने जस्ता कुरा वशिष्ठले राख्दा, शिवजीबाट कसैले यदि दुष्कर्म गर्छ भने त्यसको संरक्षण म बाट हुँदैन भन्ने अभिब्यक्ति आएका छन् ।
सभाको अन्त्यमा ब्रह्मादेवले देवेन्द्रलाई मुक्त गरियोस्, स्वर्गको राज्यमा कुनै व्यवधान नहोस्साथै इन्द्राणीको विरही मनले शान्ति पाओस्भनी आफ्नो कुरा राख्दा  शिवजीले देवता र ऋषिहरूको जालमा फस्ने त हैन मेरो शिष्य रावण भन्दै मनमनै सोच विचार गरिरहेको कुरा उल्लेख गरिएको छ ।  
राक्षस सेना र साधु–सन्तबीच भिडन्तः यस शीर्षकमा रावण आफ्ना सपरिवारसँग बसेर आफ्ना कामको समीक्षार भावी कार्ययोजना बनाउँदै गर्दा मारिच आएर गाधिराजले रावणको अनिष्टको लागि यज्ञको आयोजना गरेको , राम र लक्ष्मणलाई लिएर आएको र रामले ताडका लक्ष्मणले सुवाहुलाई मारे भन्ने जानकारी दिएपछि, मन्त्रीमण्डलको बैठक बस्नु, विभिषणले राम र लक्ष्मणको बालबुद्धिबस ब्रह्मा अस्त्रको प्रयोग गर्दा जङ्गलमा आगो लाग्नु र आगोमा जलेर ताडकाको मृत्यु भयो होला, राम र लक्ष्मणको युद्ध कौशल जाँच्न खोज्दा सुवाहु मारियो होला,  निवारक मन्त्रको अनभिज्ञताले आगो निभाउन नसकिएको होला , गुप्तचरले भनेको कुरा विश्वास नमान्ने धारणा विभीषणले राख्नु, प्रहसतलाई बुझ्न पठाउने कुरादण्डकारण्य क्षेत्रमा राज्यको लगानी बढ्ता हुने, विदेहका राजा बुढा भै सकेका हुँदा उनीबाट डर कम, पम्पापुरको राज्य बलियो भएकोले शक्ति नियन्त्रणमा राख्नु पर्ने, दण्डकारण्यमा हस्तक्षेपले विद्रोह बढ्न सक्ने, राम र लक्ष्मणसँग लडेर हार्नपरेमा इन्द्रलाई जितेर कमाएको प्रतिष्ठा धुलिसात हुने, पञ्चवटीलाई शक्ति केन्द्र बनाउनु पर्ने भनी शूर्पणखालाई पञ्चवटी क्षेत्रको प्रशासक घोषित गर्नु,त्रिशिरा समेत खटिनु, रावणको विरोधमा साधुसन्तले विग्रह गर्ने जानकारी पाउनु, शूर्पणखाले पञ्चवटी क्षेत्रमा जपतप आदिमा प्रतिबन्ध लगाउनु, विरोध हुनु, शैनिक शासन लागू गर्नु, साधुसन्तले परशुरामको सहयोग माग्ने कुरा उठ्नु, ऋङगी ऋषि मर्नु, ऋङ्गीमर्नुमा राक्षसहरूकोहात रहेको प्रचार प्रसार गर्नु, यस्तो प्रचारप्रसारको जानकारी पाएपछि साधु–सन्तहरूलाई त्यहाँबाट सैनिक लगाएर भगाएको धारणा आएको छ ।
प्रहस्त शूर्पणखा संवाद ःयस शीर्षकमा राक्षसराज सुमालीको मृत्यु भएको, सबै सोकमा डुबेको, रावण अवसादग्रस्त देखिएको,प्रहस्तले लङ्काको राज्य हत्याउने स्वप्ना देखेको, प्रहस्तले भान्जी शूर्पणखालाई विवाह गर्ने सुझाव दिएको, उसले शूर्पणखालाई नारीको शक्ति ठूलो हुने भन्दै मेनकाले, विश्वामित्रको तपस्या भङ्ग गरेको कथा सुनाउएको , शूर्पणखाले स्वर्गीय पतिको स्मरण गरेको र पञ्चवटीमा राम र लक्ष्मण रहेको कुरा प्रहस्तलाई सुनाएको , राम लक्ष्मण कुनै तानाबाना बुन्न आएको हुन सक्ने प्रहस्तले शंका गरेको,शूर्पणखाले कैकयीले आफ्नो छोरालाई राजा बनाउन चाहेकोले पिताका आज्ञा अनुसार निर्वासित जीवन व्यतित गर्न उनिहरु दण्डकारण्य आएका र राक्षसहरूकोबंशनै नष्ट गर्ने सङ्कल्प लिएकातर शत्रुलाई पनि सम्मान गर्ने खालका र सबै जातजातीलाई स्नेह गर्नेस्वभावका भएका कुरा प्रहस्तलाई बताएको र प्रहस्तले शूर्पणखालाई खर र दूषणलाई साथमा लिएर लक्ष्मणलाई प्रेमपासमा जकड्न र उसैसँग विवाह गर्न सल्लाह दिदैं आशीर्वाद समेत दिएको कुरा उल्लेख छ ।
 दुर्दिनको सुरुवात ः यसशीर्षकमा रावण अध्ययनतिर लाग्नु,उसका मनमा विभिन्न तर्कना उठ्नु, राज्य कसैलाई दिएर अध्यात्मतिर लाग्ने विचार पलाउनु, पृथ्वीलाई स्वर्ग बनाउन चाहानु, राज्य सुम्पिनको लागि सर्वोपयुक्त व्यक्ति विभिषणलाई ठान्नु, विभीषण आउनु, दुई भाइ बीच बातचित चल्नु, आफूले गरेको कामले गर्दा आत्मा ग्लानी भएको धारणा राख्नु, विभिषणले 'सर्बे जना सुखिनो भवन्त'ु, एवं 'बसुधैव कुटुम्बकम्'माविश्वासराख्नु पर्ने हो भन्नु, विभीषणले प्रहस्तको नियतका कुरा राख्नु, रावणले आपूmलाई यो कुरा थाहाभएको बताउनु, शूर्पणखाको कुराहरू निस्कनु लक्ष्मणले शूर्पणखाको नाक काटेको जानकारी रावणले पाउनु, रावण अन्तःपुरमा प्रवेश गर्नु, कारण रकस्ले यस्तो हर्कत गरेको भन्ने जानकारी लिनु,शूर्पणखाले राम र लक्ष्मणसँग उसले गरेका कुराको जानकारी दिनु, शूर्पणखाले सीतालाई आक्रमण गर्नु, लक्ष्मणले मार्न खोज्दा सीताले रोक्नु, लक्ष्मणले नाक काटिदिएको कुरा सुनाउँदा रावणले शत्रुसँग प्रेम गर्ने शूर्पणखाको पुरानै आदत हो भन्नु,शूर्पणखाले आत्महत्याको धम्की दिन,ु कैकसीले यसविषयमा रावण, विभीषण र कुम्भकर्णलाई हपार्नु , प्रहस्तले  भान्जीकोकुनै दोष छैन भन्नु,शक्ति क्षिण भएको भए राज्य छोडे हुन्छ भन्नु, रावण क्रोधित हुनु, दुवैको भनाभन हुनु, दुबैले खड्ग उठाउनु, कैकसीले रोक्नु र बहिनीको यो गती गराउनेलाई बदला लिनु पर्ने धारणा राख्नु, रावणले शूर्पणखालाई  मैत्री भावले रामलक्ष्मणसँग गएको या काम भावले भनी सोध्नु, उसले "उनीहरू इक्ष्वाकुवंशी,सूर्य समान प्रदीप्त,संयमी ,पवित्र विचारवाला, सच्चरित्रवान, एक पत्नी ब्रतधारी पूरुष हुन् । परनारीप्रति उनीहरूकहिल्यै कुदृष्टि राख्दैनन् ,उनीहरू परनारीप्रति दृष्टिपात गर्नुपनि पाप सम्झन्छन् "भन्नु  रावणका कुरा सुनेर प्रहस्त,कैकसी, शूर्पणखाले रावण माथि रामसँग बदलालिन निकै दवाव हाल्छन् । रावणले रामकी पत्नी सीता आफ्नी छोरी भएको जानकारी दिनु, भगवान शिव भन्दा अरू कोही व्यक्तिले रावणको मनमा प्रभाव पारेको भए त्यो रामै हो भन्नु, रावणले यथार्थ कुरा पस्कँदा पनि शूर्पणखा र माता कैकसीको जिद्धि सीतालाई अपहरण गरेर ल्याई तडपाएर राख्ने भन्ने भयो ।रावणले धेरै कुरा आमासँग राख्छ ।नगर्ने काम गर्न लगाएर राक्षसवंशको सर्वनासको वीजारोपण भएको, र दुर्गतिको प्रारम्भ भएको कुरा, पितामहको चाहना पूर्ण हुने भएको कुरा,इच्छा विपरित कार्य गर्नु परेको कुरा, धेरै दिनदेखि विछोड भएकी छोरी लिन जान लागेको महसुस गर्दै रावण पुष्पक विमान लिएर उडेको कुरा दर्शाइएको छ  ।
सीता हरण ः यसशीर्षकमा रावण मारिचकोमा जानु , सीताहरणको लागि सहयोग माग्नु, मारिचले योकामबाट अलग रहन भन्नु तर रावणले सहयोग नगरे मारिदिने धारणा राख्नु , मारिच सहयोग गर्न सहमत हुनु, ंमारिचले अति सुन्दर मृगको रूप धारणगर्नु , रावणले जोगीको रूपधारण गरेर पञ्चवटीमा प्रवेश गर्नु, सीताले अनौठो मृग देखेपछि रामलाई मृग छोप्ने आग्रह गर्नु, लक्ष्मणलाई छोप्न लगाउनु् भन्दा सीताले लक्ष्मण त पूजा आराधनाको लागि पूmल र समिधा लिन गएको बताउनु, रसाधुरूपी रावणलेमृगको रूपको वर्णन गर्नु, राम साधु र सीतालाई कुटीमा छाडेर मृग समात्न भनीमृगका पछि लाग्नु, मृगले निकै छली कर्म देखाउनु र यता रावणले सीता हरण गरेरलानु, बाटोमा जटायु फेला पर्नु, जटायुले प्रतिकार गर्नु, रावणले जटायुको पखेटा काट्नु, सीताले आपूmलाई खोज्न हिड्दा राम, लक्ष्मणलाई बाटोको पहिचान गर्न सजिलो होस् भनी जङ्गलमा आफ्ना गहना खसाल्दै गएको कुरा समेटिएको छ ।
सीताको खोजीमा राम र लक्ष्मण ः यस शीर्षकमालक्ष्मण बचाऊ बचाऊ भन्ने आवाज सुनेर रामको खोजीमा लक्ष्मण जानु,रामले किन आएको ?भन्ने प्रश्न राख्नु, लक्ष्मणले हजुरले लक्ष्मण बचाऊ भनेको आवाज सुनेर हजुरको खोजीमा आएको भन्नुत्इसपछि राम, लक्ष्मण दुबै बासस्थानतिर लाग्नु, सीता फेला नपर्नु, खोज्दै जाँदा बाटोमा एउटा पखेटा काटिएको जटायु फेला पर्नु,उसले रावणसँग लड्दा यो अवस्थामा पुगेको भन्दै प्राण त्याग गर्नु, राम, लक्ष्मणले जटायुको अन्त्येष्टि गर्नु, सीताले फालेका गहनाको साहारा लिंदै अगाडी बढेको र राक्षसप्रति घृणा जागेकोले रामलेराक्षस जातिको समूल नष्ट गर्न दृढ निश्चय गरेको धारणा आएको छ ।
अशोकबाटिकामा सीताःयस शीर्षकमारावणलेसीतालाई अशोकबाटिकामा पु¥याएको र सीताको चरण स्पर्श गर्दै विवशतावस उसलेगर्नु परेको यस दुराचरणका लागि उसलाई क्षमा गर्न भनेको, सीताले परिचय माग्दा यतिवेला अपराधी भएको तर नाम रावण भएको जानकारी दिएको, कारणबस तिमीलाई माइतमा ल्याएको र यो तिम्रै  घर रहेको भनेको, कैकसी र शूर्पणखाले गर्दा अपहरण गर्न परेको, लक्ष्मणले शूर्पणखाको नाक काटिदिएको, नाक काट्न पर्नेकारक पनि शूर्पणखा रहेको, सीताले यो सबै जान्दा जान्दै पनि किन मेरो जीवन कलङ्कीत गरेको ? भनी प्रश्न राख्दा रावणले – "तिम्रा पतिदेव पनि वीर, नीतिकुशल,न्यायप्रेमी,सबैलाई समान व्यवहार गर्ने सज्जन, शरणागतको रक्षागर्ने, सबैको हित चिन्तक, त्यागी तथा समर्पणभावको धनी, धैर्यवान र सहनशील व्यक्तित्व हुनुका साथै ऋषि र देवताका प्रियपात्र छन् ।...... लङ्कामाथि आक्रमण गर्ने कार्य उनले शिघ्र गर्नेछन् । विजयपताका उनले नै फहराउने छन् ' भनेको,सीताले युद्धमा जस्ले पनि जित्न सक्छ भन्ने शंका दर्शाउँदा रावणले बहिनीलाई विधवा बनाए सरी पुत्रीलाई विधवा बनाउने छैन भन्ने विश्वास दिलाएको । सीताले–"फेरी पनि समाजको दृष्टिमा त म सदाका लागि कलङ्कित हुने  भएँ भन्दा "रावणले विश्वमा पूजनीय, लक्ष्मी जस्तै वन्दनीय हुने छौ भन्दै वरदान दिएको र त्रिजटालाई सीताको रेखदेखको लागि खटाएको साथै कसैले उनीप्रति कुदृष्टि राख्ने  छैनन् भन्ने आश्वासन दिएको कुरा उल्लेख गरिएको छ  ।
महर्षिअगस्त्यसँग भेट ः  यस शीर्षकमा राम लक्ष्मण सीताको खोजीमा जाँदा एउटा आश्रमको नजिक पुग्नु, एउटा लामो टुप्पी पालेको व्यक्ति फेला पार्नु, सोधनी गर्दा अगस्त्य महर्षिको शिष्य भन्ने जानकारी पाउनु र उक्त व्यक्तिले अगस्त्य महर्षिको आश्रममा पु¥याउनु, रामले महर्षिको बारेमा लक्ष्मणलाई जानकारी गराउनु, महर्षिलेराम र लक्ष्मणलाई स्वागत गर्नु, देवासुर सङ्ग्रामको समयमा महर्षिसँग ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंभएका  विश्वकर्माबाट स्वर्ण तथा बज्रको सम्मिश्रणबाट बनाएको धनुष, वाण स्वयम् ब्रह्माबाट प्रदान गरिएको  सूर्य समान देदीप्य वाण कहिल्यै खेरनजाने, इन्द्रबाट प्रदान गरेको तरकस जसमा अग्निको भाँती दाहक वाँण भरिएका छन् कहिल्यै नटुट्ने खड्ग प्रदान गर्नु, अगस्त्य मुनीले इन्द्र समान अजय र शत्रुलाई पराजय गर्न समर्थवान हुनुहुनेछ  भन्दै विदा गर्नु, राम र लक्ष्मणले हार्दिक कृतज्ञता ज्ञापनगरी विदा हुनु र ऋष्यमूक पर्वत तर्फ लाग्नु जस्ता कुरा आएका छन् ।
 शवरीको रामभक्ति ःशवरीको बाबुले उसको विवाहमा भोज खुवाउनको लागि सयौंको संख्यामा पशुहरू किनेर ल्याएको देख्नु,  विवाहमा भोलाभाला पशुहरुको हत्या हुने कुराले शवरीलाई भील्ल समाजप्रति नै घृणा जागेर आउनु, ऊ घरबाट भागेर दण्डकारण्यतिर लाग्नु,ऋष्यमूक पर्वतमा शवरीले मतङ ऋषिको आश्रम भेट्नु,आश्रमको नजिकै बस्नु, कसैले नदेख्नेगरी काँडा–कङ्कण आदि पन्छाएर बालुवा बाटोमा विच्छ्याउनु, एक दिन ऋषिले शवरीको,यो कामलाई देख्नु र आश्रममा शरण दिनु, ऋषिले मर्ने वेलामा यो आश्रम नछोड्नु राम यहीं भेट्न आउने छन् भन्नु, शवरी रामको दर्शनमा सधैं तत्पर रहनु, एक दिन सीताको खोजीमा राम, लक्ष्मण यही आश्रममा पुग्नु, आतिथ्यमा उसले आपूmले चाखेर राखेका  मिठा– मिठा वयर टक्¥याउनु र रामले खानु, रामले नवधा भक्तिको बारेमा बताउनु , उसले जानेका भक्तिमा मर्कट भाव र मार्जार भाव रहेका र उसले मार्जार भावलाई अपनाउने गरेको हुँदा आपूmले रामको दर्शन पाएको कुरा बताउनु,शवरीले किष्किन्धामा ठूला बाँदर र भालु रहने गरेको जानकारी दिनु र स्वेच्छाले प्राण त्याग गर्नु,लक्ष्मणले भील्ल समुदायलाई शवरीको मृत्युको जानकारी गराउनु र अन्तिम मृत्यु संस्कार गरेर राम, लक्ष्मण सीताको खोजीमा लागेको कुराको वर्णन गरिएको छ ।
सुग्रीवसँग मित्रता ः यस शीर्षकमा किष्किन्धामा सुग्रीव राजा रहेको,  राम र लक्ष्मण किष्किन्धाजान  लाग्दा सुग्रीवले हनुमानलाई जानकारी लिन पठाएको, हनुमान रामका भक्त रहेको, सुग्रीवसँग राम र लक्ष्मणको भेट भएको , दुबैले मित्रता गाँसेको,बालीले सुग्रीवको राज्य र तारालाई हडप गरेको, रामले बालीलाई मारेर तारा र राज्य फिर्ता गराउने वचन दिएको र सुग्रीवले सीतालाई खोज्नमा सहयोग गर्ने बचन बद्धता जाहेर गरेको, बाली र सुग्रीव पहिलो पटक लडदा रामले दुई भाइलाई अलग्याउन नसकेको,  दोस्रोपटक रङ्गी चङ्गी माला लगाएर रुखको छेल पारेर बालीलाई मार्नुको साथै राज्य रतारा सुग्रिवलाई फिर्ता दिलाएका कुरा आएका छन् ।
सीताको खोजीमा सुग्रीव र सम्पातीको योगदानः यस शीर्षकमा सुग्रीव राजकाजमा व्यस्त हुँदा सीताको खोजीको काममा ढिलाई हुन्छ । लक्ष्मणले यो कुरा सम्झाउँछन् । सुग्रीवले बालीपुत्र अङ्गद,हनुमान, नील र जाम्बवन्तको नेतृत्वमा चारैतिर सीताको खोजीमा सेना खटाउनु, यी सेनाले चारैतिर खोजी गर्नु, जानकारी प्राप्त हुन नसक्नु , सबै सेना समुद्रतटमा जम्मा हुनु , कसैको दर्द भरीएको आवाज सुन्नु र त्यतै जानु, दुवै पँखेटा सूर्यको तापलेपोलिएर सख्त घाइते भएको जटायुको दाजुसम्पातिलाई भेट्नु,जटायुको मृत्यु भएको जानकारी दिनु, सीताको बारेमा जानकारी माग्दा सुपाश्र्वले पुस्पक विमानमा एउटी सुन्दर महिला हाय राम, हाय लक्ष्मण भन्दै रुँदै गरेको अबस्थामा कसैले लगेको देखेको कुरा जानकारी दिनु र आफ्नो दुरदृष्टिको शक्तिले हेर्दा  सीता अशोक बाटिकामा भएको देख्नु, जाम्बवन्तले हनुमानमा भएको अप्रतिम,अष्टसिद्धि शक्ति (अणिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्राकाम्य, इशिता, वशीकरण ) छ जो ऋषि अङ्गिराको श्रापले गर्दा चाहिएको वेला भुल्ने तर कसैले सम्झाई दिए सम्झने छ । तिमीलाई देवगणको आशीर्वाद प्राप्त छ । यही शक्तिको आधारमा तिमी लङ्का जान सक्छौ भन्ने जाकारी गराएपछि हनुमान लङ्का प्रस्थान गर्छन् तर समुद्रपार गर्दैगर्दा सुरसाले रोकेर खान खोज्नु,हनुमानले विशाल रूप बनाउनु र सुरसाले पनि विशालरूपमा मुख बाउनु हनुमानले शूक्ष्म शरीर बनाएर सुरसाको मुखमा पसेर बाहिर निस्कनु र सुरसालेहनुमानको यो बुद्धिमत्तापूर्ण काम देखेर सफलताको कामनासहित हनुमानलाई  पठाईदिनु यसपछि माया नामकी राक्षसी भेटिनु र उसलाई मारेर हनुमान लङ्का प्रबेश गरेको बताइएको छ ।  ।
हनुमानको विभीषणसँग भेट ः  यस शीर्षकमा हनुमान लङ्काभित्र प्रवेशगरेको, राजप्रसादको द्वारमा पुग्दा त्यहाँ लंकिनीसँग भेट भएको , लंकिनीले रोकेको, यहाँ आउने चोर हुन् खान्छु भन्दाहनुमानले रावण ठूलो चोर हो उसैलाई खा भनी एकमुक्का बजाइदिएको, हनुमानको मुक्का खाएपछि ऊ वेहोस भएर लडेको,  उठेपछि हनुमानले सीता खोई भन्दै सोधनी गरेको, उसले थाहा छैन भनेको,त्यसपछि हनुमान रामको मन्दिर भएको विभीषणको घरमा पुुगेका , हनुमान आएको आभासपाएपछि सुतिरहेको विभीषण राम नाम जप्दै उठेको, विभिषण र हनुमानको परिचयभएको, हनुमानले सीतालाई भेट्ने कुरा राखेको र विभिषणले रामलाई भेट्ने कुरा गरेकोे विभीषणले हनुमानलाई सीतासंग  भेट गराउन लिएर जाँदा प्रहस्त अशोक बाटिकामा भएकोले यी दुईलाई देखेर शूर्पणखालाई गएर भनेको, शूर्पणखाले रावणको कान्छो छोरा अक्षयकुमारलाई अशोक बाटिकामा आएको मानिसलाई पकडेर ल्याउने आदेश दिएकालेऊ अशोक बाटिकातर्फ गएको कुरा उल्लेख गरिएको छ ।
लङ्का दहन ः यस शीर्षकमा विभीषणले त्रिजटाको साहारा लिएर हनुमानलाई  सीतासँग भेट गराएको,हनुमानले सीताको चरण स्पर्श गरेर आफ्नो परिचय दिएको, हनुमानले रामले दिएको मुन्द्रिका दिएर सीतालाई आस्वस्त तुल्याएको ,सीताले एक महिना भित्र राम आएर उद्धार नगरे जीवित नरहने कुरो हनुमानलाई बताएकी, अक्षयकुमार त्यहाँ आएको र हनुमानलाई गदा प्रहार गर्न खोज्दा हनुमानले अक्षयकुमारलाई मारिदिएको ।प्रहस्तको कामबाट रावण संतुष्ट नभएको, प्रहस्त,मेघनाद र रावण बीच भनाभन भएको, मेघनाद आशोक बाटिकामा गएको,हनुमान र मेघनाद बीच युद्ध भएको, मेघनादले हनुमानलाई हराउन कठिन भएको र ब्रह्मास्त्र प्रयोग गरेको , ब्रह्मपासमा पर्न हनुमानले स्वीकार गरेको र उनलाई रावणको अघि लगिएको, रावण र हनुमान बीच वाद विवाद चलेको, दूत भएको कारण बध गर्न नमिल्ने भएकोले हनुमानको पुच्छरमा आगो लगाउने भन्ने रावणको धर्मसभाले निर्णय गरेको , पुच्चछरमा आगो लगाइएको, हनुमानले पनि विभीषणको घर र अशोक बाटिका बाहेकका घर सबै जलाई दिएको र समुन्द्रमा गएर पानीमा पुच्छर चोपलेर आगो निभाएको कुरा उल्लेख गरिएको छ ।
वानरसेनाको लङ्का प्रवेशःयस शीर्षकमा थुप्रै कुराहरू समेटिएका छन् । हनुमान फर्केर साथीहरुसँग भेटगरी रामको शिविरमा पुग्नु सबै कुरा रामलाई बताउनु, उता लङ्कामा रावणको मन्त्रीमण्डलमा गर्मागर्म वहस चल्नु, विभीषणलाई देशद्रोहको सङ्गिन आरोप लाग्नु,मनमा कुरा खेल्नु, भाइ दाजुको विरुद्धमा लागेपछि दाजुकसरी सुरक्षित हुन्छ?लङ्काको विनाश सुनिश्चित छ भन्ने सोच्नु, विभीषण रामको शिविरमा मधुमख्खी(टाढाटाढा कुरागर्न सकिने यन्त्र) र दर्पणयन्त्र(अँध्यारोमा प्रकाश दिने यन्त्र)को साथै अनल, पनस,प्रभाती र सम्पातीलाई समेत लिएर जानु,यता रावणले विभीषणलाई लिन पठाउनु, विभीषण घरमा नभएको जानकारी रावणले पाउनु,रामको दूत भएर अङ्गद लङ्कामा पुग्नु, रामले समुन्द्रसँगलङ्का जाने बाटोको लागि तीन दिनसम्म प्रार्थना गर्नु, समुद्रले केही रुचि नदेखाएकोले अग्निबाँण चलाउनु, यसको प्रभावले समुद्र रामको अघि प्रस्तुत हुनु, ऊ सुक्न नसक्ने, समुद्र सुक्दा पनि पारिस्थितिक प्रणालीमा असर पर्ने र  नल र नील दुई भाइले छोएको चिज पानीमा तैरिने भएकोले उनीहरूलाई लगाएर पुल निर्माण गर्न सकिने जानकारी समन्ुद्रले दिनु, नल र नीलको नेतृत्वमा पुल निर्माण हुनु, रावण र अङ्गद बीच वार्तालाप हुनु, सीता फिर्ता गर्ने कुरा राख्दा रावणले अङ्गदको खुट्टा समातेर पछार्नभन्नु, कसैले नसक्नु, स्वयम् रावणले पनि नसक्नु,अङगद फर्किएर रामलाई सबै जानकारी गराउनु, पुल तयार हुनु, वानर सेना लङ्कामा पुगेर शिविर खडागर्नु, रावणको मामा प्रहस्तले रावणराज्यप्रति विरक्त रहेको,रक्ष संस्कृतिको उनन्नयको बाधक भएको, इन्द्रलाई बन्धक मुक्त गरेको, आर्यहरूप्रति प्रेम पलाउनु, सीतालाई अपहरण गरेर उच्च सम्मान दिएर राख्नु , हनुमान र अङ्गदलाई जिउँदै छाड्नु आदि रावणका कार्यले राक्षस कुलको विनास निम्त्याउँदै छ भन्ने आरोप लगाउनु,,रावणले यीआरोपको खण्डन गर्दै सबैको समानताको लागि रक्ष संस्कृतिको निर्माण गरेको, स्त्रीलाई शक्तिस्वरूपाको रूपमा लिएको, संसारमा सबै पुरुष एर्कै चोटी मासिए पनि कोही न कोही स्त्रीको गर्भमा पुरुषले जन्म लिन्छ भने महिला सबै मासिएको खण्डमा संसारमा मानव नष्ट हुने छ आदि धारणा राख्दै प्रहस्तलाई रामसँगको युद्धमा अग्रणी भूमिका दिने र जित गरेमा आधाराज्य नै दिने, विभीषण रामसँग गएकोमा उसँग कुनै सम्बन्ध नरहने, शत्रुपक्षबाट लड्न आएमा चन्द्रहास खड्गले शीर, धड अलग गरिने जस्ता भावना प्रकट गरेकोले रावण आहत भएको धारणा आएको छ ।
रामको पुरोहित रावण ः यस शीर्षकमा विभीषणको एक गुप्तचर अनल भेष बदलेर रावणको क्रिया कलापको बारेमा विभीषणलाई जानकारी गराउन सक्थ्यो । विभीषणले उसलाई लङ्का पठायो । रावण घरभित्रको आन्तरिक विग्रहका कारणले गर्दा एक्लै बस्नु ,ध्यानमग्न जस्तो देखिनु, कहिले टोलाइरहेको जस्तो देखिनु,कसैसँग नबोल्नु र जीवनदेखि विरक्त देखिनु, जस्ता क्रियाकलाप देखेर अनलले यी कुरा विभीषणलाई जनाउनु, विभीषणले रामलाई जनाउनु, रामले परिस्थितिको कारणबसआपूmले गरेका कुकर्मको कारणले पश्चाताप लाग्यो होला, यी नै कारणले कतै उसले आत्महत्या नगरोस भन्ने आशयले रामले विभीषणसँग युद्धहुनु अघिउसंग भेट गर्न सकिन्छ कि भन्ने  जिज्ञाशा राख्नु, शिव भगवानको कुनै अनुष्ठान कार्य लगाएर उसलाई बोलाए ऊ अवस्य आउने कुरा विभीषणले रामलाई बताउनु, रामले आर्य र द्रविण्ड बीचको कृतिम खाडल पुर्नको लागि समन्ुद्रको किनारमा शिवलिङ्गको स्थापना गर्ने,शैव प्रतिनिधित्व लंकेश र वैष्णवको प्रतिनिधित्व स्वयम् रामले गर्ने, युद्धका कारक सीता र शूर्पणखालाई भुलेर  शान्ति र सद्भाव स्वरूप शिवलिङ्ग स्थापना गर्नको लागि पुरोहितको रूपमा महात्मा रावणलाई आमन्त्रण गर्ने, आमन्त्रणको लागि जाम्बवन्तलाई दूतको रूपमा लङ्का पठाइनु, रावण र जाम्बवन्तले रामले रामेश्वरमा शिवलिङग स्थपना गर्न लाग्नु भएको र यहाँलाई वेदज्ञ ब्राह्मणको रूपमा वरण गर्ने इच्छा प्रकट गर्दै निमन्त्रणा दिनको लागि आएको दूत हुँ भन्दा रावणले पहिलो पटक ब्राह्मण भनेर मलाई आचार्य हुन योग्य ठानेर बोलाउनु खुसीको कुरा भए पनि रामको म शत्रु हुँ , तपार्इंलाई यहीँ बन्दी बनाउन सकिन्छ भन्दा जाम्बवन्तले कुनै हालतमा कसैले मलाई बन्दी बनाउन नसक्ने किनकी लक्ष्मणजीले पासुपतास्त्र सन्धान गरी सकेका छन् । म यस्तो यन्त्रबाट सुसज्जित छु लक्ष्मण मेरो सम्वाद भैरहन्छ भनेको, रावणले जाम्बवन्तलाई रामलाई यजमान बनाउन स्वीकारेको कुरा बताएको , रावण सीता भएको ठाउँमा गएर रामले रामेस्वरमा शिवलिङ्ग स्थापना गर्ने भएको र रावणलाई पण्डितको रूपमा आमन्त्रण गरेको जानकारी दिँदै अर्धाङ्गिनीविनागृहस्थको अनुष्ठान अपुरो हुने भएकोले रावणकै अधिनमा रहने गरी विमानले लिन आउने र कार्य सिद्ध भएपछि लङ्का फर्कन पर्ने सीतालाई जानकारी गराएको, यज्ञ पुरागर्न अर्धाङ्गिनीको आवश्यकता पर्ने भएकोलेरामलाई सोधनी गर्दा रामलेअर्धाङ्गिनीको मूर्ति बनाएर, राख्ने कुरा गर्दा रावणले आफ्नो विश्वासपात्रलाई पुष्पकविमान पठाएर सीतालाई लिन पठाएको, सीता आएपछि यज्ञ पूरा गरी सीतालाई पुनः  लङ्का पठाएको, यो भन्दा पहिला शिवलिङ्ग स्थापना गर्न शिवलिङ्गमाग्दा हनुमान कैलासमा लिन गएको हुँदा ल्याउँदै होलान् भन्दै गर्दा रावणले सुभमुहूर्तमा नै स्थापना गर्नु पर्ने भएकोले सीतालेबालुवाको लिङ्ग विग्रह बनाउन लगाई पतिपत्नी दुबै भएर शिवलिङ्ग स्थापना गरेको,रावणले पण्डितको रूपमा यज्ञ सुसम्पन्न गराएको ।रामले दक्षिणाको कुरा गर्दा रावणले दक्षिणा त विभीषणलाई राजतिलक लगाइदिनुनै ठूलो दक्षिणा भएको बताएकोे, रावणले रामलाई उसको बाबुले हरण गरेको ब्राह्मणत्व प्रदान गरेको हुँदा उनी देवता र ऋषि भन्दा महान भएको बताएको । रामले रावलाइ दक्षिणा लिन अत्यधिक कर गरेबापत चाँडै शक्तिको आराधना गरेर युद्ध क्षेत्रमा आएर रावणको विवसताको लाभ उठाएर उसबाट गरिएको नारी जातिको अपमानको दण्ड दिएर उपकार गर्न र अर्को कुरा जब आचार्य मृत्युशैयामा रहने छ तब यजमान उसको सम्मुख उपस्थित हुनु भन्दै रावण पुष्पक विमानलिएर लङ्कातिर प्रस्थान गरेको व्यहोरावर्णन गरिएको छ ।
प्रहस्त वध ःयस शीर्षकमा रावण र रामका सेना लडाइमा होमिन थाले पछि प्रहस्तलाई नेतृत्व दिंदै रावणले सेनाहरू खटाएको , रावणको प्रहस्तप्रति ठुलो भरोसा भएको हुँदा यसलाई मारेर रावणको हौसला घटाउन प¥यो भन्ने धारणा रामले सुग्रीवसँग राखेको , त्यसपछि सुग्रीवका रण कौशल सेनापति ,द्विविदले नारान्तकलाई, दुर्मुखले समुन्नतलाई,जाम्वान्तले महानादलाई,ताराले भानुलाई,नीलले प्रहस्तलाई मारिदिएपछि राक्षस सेना सबै पलायन भएको बखान गरिएको छ ।
मेघनाद वधः यस शीर्षकमामेघनाद र हन्ुमानको ठूलो संघर्ष पूर्वी द्वारमा चलिरहेका वेला प्रहस्त मारिएको खबरसुन्दा मेघनाद  एकछिन स्तब्ध भएको, दिन भर लड्दा पनि  दुबैको हारजीत नभएको , रावणले मेघनादलाई  भोली पल्ट रामका सम्पूर्ण सेना मार्न नसके मेघनादको युद्ध कौशल सबै व्यर्थ हुने कुरा सुनाएको, भोली पल्टको युद्धमा मेघनादले युद्ध उन्माद देखाएको,लक्ष्मणको प्रहारले मेघनादको रथको पाङ्ग्रा खुस्किएको, सबै अस्त्र विफल भएको, मेघनादले लक्ष्मण माथि शक्तिवाण प्रहार गरेको र लक्ष्मण  मूर्छित भएको, यही मौकापारी मेघनादले राम, लक्ष्मण र बानर सेनालाई नागपासले बाँध्ने काम गरेको , रामका सेनाको वेहाल भएको, र त्यो दिनको युद्ध थामिएको, रामले हनुमान लगाएर गरुडलाई बोलाईबानर सेनालाई नागपासबाट छुटकारा दिलाएको, वैद्य सुषेणलाई लक्ष्मणको उपचारको लागि बोलाइएको, सुषेण रावण कहाँ गएर उपचार गर्न अनुमति लिएको,  रावणले जो सुकै व्यक्ति भए पनि उपचार गर्ने तिम्रो धर्म हो भनेर अनुमति दिएको, सुषेणले हनुमानलाई सञ्जीवनी बुटी लिन द्रोणगिरी पर्वत पठाएको,  हनुमानले सञ्जीवनी चिन्न नसकी एउटा पहाडको ढिस्को नै बोकेर ल्याएकोर उपचार पछि  लक्ष्मण ठिक भएको, रावणले मेघनादलाई कुलदेवी निकुम्भलाकोयान्त्रिक यज्ञ गरेर उनीबाट दिव्य रथ प्राप्त गरी देवीको आशीर्वाद लिएर लड्न जाने आदेश दिएको,यता रामले विभीषणसँग सरसल्लाह लिएर विभीषणकै निर्देशनमा गुप्त मार्ग हुँदै वानर सेनालाई मेघनादको यज्ञ विफल गर्न पठाएको, बानरसेनाले यज्ञ विफल गराउने क्रममा मेघनादले काकालाईदेखेको,मेघनादले यमअस्त्र प्रहार गरेको, लक्ष्मणले यमअस्त्र निस्तेज पारीदिएको, त्यसपछि मेघनादले ब्रह्मास्त्र प्रहार गरेको लक्ष्मणले यसलाई पनि निस्तेज पारीदिएको, पशुपतास्त्र प्रयोग गरेको,लक्ष्मणले त्यो पनि निस्तेज पारिदिएको, वैष्णवअस्त्र प्रहार गरेको, यसले पनि लक्ष्मणलाई केही नगरी फर्किएको, अन्त्यमा लक्ष्मणले रामको नाम लिएर छाडेको अस्त्रले मेघनादको शीर, धडअलग– अलग बनाइदिएको,यसरी रावणको प्रियपुत्र मेघनाद मारिएको कुरा वर्णन गरिएको छ ।
कुम्भकर्णको मृत्युःयसमा मेघनादको मृत्युले रावणलाइ ठूलो मानसिक आघात परेको, उसले छोराको अन्त्येष्ठि गरेको,सुलोचना सती गएकी। अन्तःपुरमा छिरेर स्त्रीहरूलाई धैर्यधारण गर्न लगाएको,रावणले भोली सूर्य अस्त सम्ममा अनुज कुम्भकर्णले विभीषण र लक्ष्मणको टाउको र धड अलग गरेर  प्रतिसोध लिनेछन् भनेको, भोलीपल्ट कुम्भकर्णको भीषण नाद र भीमकायरूपदेखेर सबै भयभित भएका,राम र लक्ष्मण युद्ध क्षेत्रमा आएका, कुम्भकर्ण लक्ष्मणसँग लडन अघि सर्दा राम नै लड्न भनी अघि सरेका, रामले अरूलाई सेना सम्हाल्न लगाएका, कुम्भकर्ण र रामको भीषण युद्धभएको र अन्त्यमा रामबाट कुम्भकर्ण मारिएको,  राक्षस सेनाको भाग भाग भएको र  रामका सेनाले जयजयकार मनाएको कुरा सविस्तार आएको छ ।
राम र रावण युद्ध ःयस शीर्षकमा रावणका भाइ र छोराहरू मारिएपछि रावण स्वयम् युद्ध भूमिमा पुग्छ र यसरी लड्न जाँदा गुरुपुत्र षडाननले बाटो रोकेपछि हट्ने अनुरोध गर्दा नहटेपछिरावणले धूलो चटाउँदै अगाडी बढ्छ, इन्द्रले रावणलाई रोक्न खोज्दा रावणको गदाले ऐरावत हात्तीको टाउको नै फुट्छ, ंहात्ती भाग्छ र इन्द्रले वाण प्रहार गर्दा रावणले नागपासले बाँधेर लडाउँछ ।रावणले मायावी शक्ति प्रयोग गरेर राम र लक्ष्मण आकृति बनाएर हातमा धनुषवाण लिएर लड्न पठाउँछ । रामले यिनलाई मृत्युलोक पु¥याउँछन् । मातलीले इन्द्रको बहुमुल्य रथ लिएर आउँछ। रामले सोही रथ प्रयोग गरेर रावणसँँग युद्ध गर्न जानुहुन्छ ,नाराच नामको वाणले रामलाई आक्रमण गर्छ ,रामलाई असर गर्दैन, रावणले त्रिशूल चलाउँछ, रामको तीखो वाणले टुक्राटुक्रा पारिदिन्छ,, रावणको अग्निवाणले चारैतिर आगो बाल्यो, रामले बरुणअस्त्रले अग्नि शान्त पारे, रावणको अन्तिम अवस्था आएपछि रामले अगस्त्य मुनिले दिएको ब्रह्मास्त्र प्रयोग गरी रावणको नाभीमा हान्दा रावण ढल्छ । ढल्दा छोरी सीते राम भनेर आवाज निकाल्दा राम विचलित हुन्छन् । रामले रावणलाई दिग्विजयी महापण्डितको रूपमा लिएर लक्ष्मणलाई रावणबाट शिक्षालिन भन्छन् ।रावणले राम, लक्ष्मणलाई भन्छ, " म त मोक्ष प्राप्त गर्दै छु । मैले जेगरेँ आफ्नै विवेकले गरेँ केही विवशताले गरेँ ।माया गर्दा कसैलाई भेदभाव नगर्नु,, स्वाभिमानका साथ जिउनु,कुनै कुराको निर्णय लिँदा अहम् र आवेश त्यागेर लिनु,जे गर्नुृ छ तत्काल गर्नु । रोग,ऋण, रिपुलाई कहिल्यै सानो नठान्नू,आफ्नो जीवनको गूढ रहस्य स्वजनलाई पनि नभन्नु,राम जस्तो सत्पुरुषसँग दुष्मनी भन्दा दोस्ती गरेको भए यो अवस्था आउने थिएन, यो मेरो भूल थियो । मानिस बिग्रने बेलामा मित्रलाई शत्रु र शत्रुलाई मित्र ठान्छ ।  अब तिमीहरू समक्ष अन्तिम सत्य कुरा उजागर गर्दैछु कि मेरो अतिरिक्त मेरो अग्निकुण्डको आगो साक्षी छ ।सीता गङ्गाजस्तै पवित्र छिन् उनी मेरी पुत्री हुन् भन्दै शिवोच्चारण गर्दै रावणले देह त्याग गर्छ ।
रावणको मृत्युको जानकारी पाउने वित्तिकै मन्दोदरी, धन्यमालिनी, आउछन् अरु रावणका स्वजन समेत आउछन्, सबैका आँखा रसाउँछन् , राम लक्ष्मणका आँखा समेत रसाउछन्, रावणको दाहसंस्कार सकिन्छ रावणसँग भएको महान कुराहरू रामले स्मरण गर्छन, रावणमात्र नभएर ऊसँग भएको ज्ञान, विज्ञान, साहित्य, सङ्गीत,कला पनि म¥यो जस्ता भावना रामले पोख्छन् ।विभीषणलाई सिंंहासनारूढगराई सकेपछि रामले सीतालाई अशोक बाटिकाबाट झिकाउन्, विभीषणले रामलाई उपहार दिन्छ, रामले त्यो उपहार सेनालाई वितरण गर्छन् र विभीषणबाट विदाबारी भई हनुमान, सुग्रीवलगायत पुष्पक विमानमा सवार भई अयोध्यातिर प्रस्थान गरेको कुरा यहाँ आएको छ ।
मन्दोदरीमाथि विभीषणको कुदृष्टि ःयस शीर्षकमा रावण मरेपछि विभीषणलाई रामले सिंंहासनारूढ गराएर अयोध्या प्रस्थान गरेपछि विभिषणको मन्दोदरीप्रति कुदृष्टि देखिन्छ , उसले मन्दोदरीलाई पटरानी बनाउने इच्छा राख्छ र कुटिनीलाई फकाउने जिम्मा दिन्छ, त्रिजटाले मन्दोदरीलाई कुटिनीले फकाई रहेको आवाज सुन्छे भित्र प्रवेश नगरी धन्यमालिनीकोमा पुगेर यो कुरा बताउँछे,धन्यमालिनी आपूmसँग भएको कटार लिएर बरबराउँदै मन्दोदरीको कक्षमा पुग्छे, कुटिनी त्यहाँबाट बाहिरिएर विभीषणको कक्षमा गएर सबै कुरा बताउछे, विभीषण मन्दोदरीको कक्षमा आउछ, धन्यमालिनीले भाउजूप्रति गिद्धे दृष्टि र।ख्ने चण्डाल भन्दै विभीषणलाई गाली गर्छे, विभीषणले माफी माग्छ र धन्यमालिनीले कटार दिदीलाई दिंदै विभीषण फेरी आएमा कटार छातीमा रोपिदिने भन्दै बाहिरिन्छे ।
मय दानवको लङ्का आगमन ः  दानवराज मय छोरी भेट्न लङ्का आउनु । रावणका पालाको लङ्का र विभीषणको पालाको लङ्कामा पूmलको सुन्दरता, मन्दिरमा सुनिने वेदपाठ,आदि सबैमा कमी भएको पाउनु, मेघनाद र सुलोचनाको स्मारक, कुम्भकर्णको समाधि, रावणको स्मारक  बनेको पाउनु, धन्यमालिनी लाई भेट्नु र धन्यमालिनीले पितालाई मन्दोदरीका निवासमा पु¥याउनु, मयले धैर्यधारण गर्न भन्नु, सबैले विभीषणको निन्दा गर्नु, विभीषण चोखिन खोज्नु, धन्यमालिनीले भ्रातृ शत्रु्सँग मिलेर स्वार्थ सिद्धि गरेको र  मन्दोदरीलाई फकाउन कुटुनी लगाएको आदि भन्दा ऊ चूप लाग्नु, मयले दुबै छोरी केही दिनका लागि आपूmसंग मय राष्ट्र लिएर जाने कुरा राख्नु, विभीषण केही नबोली बाहिरिनु जस्ता कुरा यहाँ आएकाछन्  ।
अरिमर्दनको उदय ः यस शीर्षकमा धन्यमालिनीको कोखबाट पुत्र जन्मिएको, उसको नाम अरिमर्दन राखिएको ,अरिमर्दन शूरवीर भएको, उसले एक दिन वनमा जाँदा सिंहले आक्रमण गर्दा सिंह नै मारिदिएको रघिसार्दै मरेको सिंहलाई घरतिर लिएर जाँदैगर्दा परशुराम भेटिएका, परशुरामले सिंहको बारेमा अरिमर्दनसँग प्रश्न गर्दा दशाननको पुत्र हुँ भन्दै परिचय दिएको, परशुरामले मलाई तिम्रोघर लैजान्छौ ?भन्दा स्विकृती जनाई घर लिएर गएको, मयले परशुरामलाई चिनेको, परशुराम र मय वीच बालक अरिमर्दनले सिंह मारेको विषयलाई लिएर  कुरा भएको, बालकलाई शिष्य बनाउन माग गरेका, अरिमर्दलाई शिष्य बनाउन लिएर जाने अनुमति पाएका ,अरिमर्दनलाई  शिवजीको तपस्या गर्न भनि परशुरामले भनेका , बालकले शिवजीको तपस्या गरेको,  उसको तपस्याबाट शिवजी खुसी भएका, शिवजीले युद्ध जित्ने र्छौ भन्दै वरको साथै विषम परिस्थितिमा प्रयोग गर्न एक दिव्य अस्त्र समेत दिईउसलाई  सधैँआफ्नो साथ रहिरहने आशीर्वाद दिएका र ऊ मय राज्य फर्किएको कुरा उल्लेख भएको छ ।
 अरिमर्दनको सत्तारोहण ः यस शीर्षकमाअरिमर्दनले शिवजीबाट वरदान पाएर घर आएपछि आमाबाट विभीषणको कारणले गर्दा रावणको रामसँग लड्दा भएको मृत्यु र विभीषणले गरेको र।ज्यप्राप्तीको बारेमा अरिमर्दनलाई बताउनु र अरिमर्दनले आफ्नो राज्य फिर्तालिने प्रण गर्दै रामेश्वरमा गएर शिवलिङ्गको दर्शनगरी लङ्का प्रवेशगर्नु ,लङ्कामाविभीषणसँग भेट हुनु, अरिमर्दनले राज्य फिर्तामाग्नु, विभीषणले यो राज्य अवधबाट सञ्चालित छ भन्नु, तिम्रो इच्छाको जानकारी अवधमा पठाउँछु प्रतिउत्तर नआउन्जेल पर्ख भन्नु, अवधलाई अरिमर्दन राज्य फिर्ता लिन लड्न आएको र ऊ रघुवशँको समेत शत्रू  भएको चित्रण गर्दै सेना सहित लड्न आउने पत्रपठाउनु, पत्र लवले पाउनु, लवले कुशलाई योपत्र बारे दर्शाउनु ,  अरिमर्दनसँग लड्नको लागि तयाररहन सेनालाई आदेश दिनुर कुशको नेतृत्वमा सेना आउनु, यता अरिमर्दनको राज्य फिर्ता गराउन प्रजाहरूको जमघट हुनु, नागसेना पनि अरिमर्दनको सहयोगको लागि आउनु, रघुवंशका सेना चन्द्रकेतुको नेतृत्वमा र विभीषणका सेना उसकै पुत्र तरणीसेनको नेतृत्वमा र अरिमर्दनका सेना उसकै नेतृत्वमा  रणमैदानमा उत्रिनु, जब युद्धको सुरु हुनके लागेको थियो शान्तिप्रिय लङ्काबासी हात हातमा सेता झण्डा लिएर रणमैदानमा उपस्थित भएर कुश र अरिमर्दनलाई सम्बोधन गर्दै शान्तिको चाहना भएको धारणा राख्नु, विभीषण जस्तो अन्यायी,अत्याचरी,शोषक एवम् स्वेच्छाचारी शासक हामिलाई चाहिँदैन लङ्काको शासनाधिकार रावणकै उत्तराधिकारीले पाउनु पर्छ भन्ने   माग राखेपछि चन्द्रकेतुले जनभावना प्रतिकुल हुने कुनै काम नगरिने राजा रोज्ने अधिकार जनताको नै हुने गरी युद्ध बिरामको घोषणा गर्नु, जनताले चन्द्रकेतुको सम्बोधनलाई समर्थन गर्दै अरिमर्दनलाई लङ्काको राजा घोषण गर्नु,  अरिमर्दनले पनि जनचाहना अनुकुलको लोकतन्त्रमा आधारित शासन व्यवस्थाको सञ्चालन गर्नु र विभीषण सन्यास लिने भन्दै वनतिर लागेको कुरा उल्लेख गरिएको छ  ।
मैले माथि रावणायनको सारभाव प्रष्ट्याउने प्रयास गरेकोछु । अबउपन्यासकारले यस उपन्यास मार्पmत रावणको बहु आयामिक व्यक्तित्व, उसले गरेका कामहरू,उसले निर्माण गर्न चाहेको समाज आदिमा समीक्षकीय टिप्पणी प्रस्तुत गर्न चाहान्छु । खनाल रेवतीरमणले यो उपन्यास सिर्जना गर्न धेरै अध्ययन अनुसन्धान गरेको देखिन्छ ।आख्यान खण्डमासमावेश नगरेका धेरै कुराहरू परिशिष्ट खण्डमा तुलनात्मक रूपमा प्रस्तुत गरेका छन् ।
उपन्यासमा द्वन्द्व ÷युद्ध ः युद्धदेवता, ऋषिमुनिहरू र राक्षसहरू बीच बारंबार चलिरहेको हुन्थ्यो । यस उपन्यासमा पनि द्वन्द्वले ठूलो हिस्सा ओगटेको छ । राक्षसराज सुमालीको वनविहारबाट थालनी गरिएको यस उपन्यासमा आर्य समाज र राक्षस समाज बीचमा विवाह सम्वन्ध जोडिएको छ ।  विश्रवाकी पत्नी वितेकी हुन्छिन् । कैकसीकोे विश्रवासँग विवाहको योजना परिवारबाट बनाइन्छ । यो विवाह सफल हुन्छ । कुवेर बाबासँग भेट्न आउनु र कैकसीले कुवेरलाई खाना खान बोलाउँदा नजानु नै द्वन्द्व थालनीको सुरुवात हुन्छ । उता ऋषि समाधिस्त हुनु , यता रावणले जन्मलिनु, बच्चा बढ्दै जानु, बाबुको न्यानो माया नपाउनु, बच्चा उछृङ्खल बन्नु,ऋषिपुत्र र रावण बीच बादविवादचलिरहनु, रावणले अन्याय अत्याचार नसहनु, शुक्राचार्यका पुत्रले रावणको भाइ बहिनीलाई मन्दिर प्रवेश गर्न रोक लगाउनु, असह्य वातावरण भएपछि  देव ऋषि पुत्र र रावण बीच अस्त्र उठाउने हदमा पुग्दा विश्रवाले रावणलाई आमाको नाम समेत जोडेर आश्रमको आचार संहिता भङ्ग गरेकामा हप्काउनु रावण उत्तेजित भएर 'मेरो गल्ती भनेको अन्याय र अत्याचार सहन सक्दिन' भन्दै दुई भाइलाई लिएर तपस्या गर्न जाने निर्णय लिल्छ । विश्रवाले आश्रमको सीमामा नटेक्नु भन्ने जस्ता प्रतिबन्ध लगाउँछन्  र रावणलाई ऋषि परम्पराबाट च्यूत गरिन्छ ।  यो द्वन्द्वले उसलाई ब्रह्माको तपस्या गर्न र शिवको तपस्या गर्न बाध्य बनायो र तपस्याबाट रावण निकै शक्तिशाली बन्यो ।संघर्षकै रुपमा ऊ दण्ड धारणको अधिकार ब्रह्माबाट प्राप्त गर्छ । यो उपन्यासमा द्वन्द्वले भरिएका थुप्रै घटना समावेश गरिएका छन् । द्वन्द्व किन हुन्छ या द्वन्द्वका कारण के के हुन् त भन्ने कुरामा यस उपन्यासले राम्रोसँग प्रष्ट पारेको छ । रावण चाहान्छ–'सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय सर्वे भद्राणि पस्यन्तु मा कश्चिद दुःख भाग्भवेत्' यसै परिकल्पनामा उस्ले रक्ष संस्कृतिको स्थापना गर्छ । यस उपन्यासमा रावणले वर्णव्यवस्थाका कुराहरू विश्रवासँग प्रष्ट गरेको छ । अर्थात उपन्यासले वर्णव्यवस्थाको वारेमा सुन्दर चित्रण गरेको छ ।रावणको मुखबाट उपन्यासकारले श्रमलाई पूजाको रूपमा ग्रहण गर्नुपर्छ भन्ने संदेश दिएका छन् । रावणद्वारा प्रतिपादित रक्ष संस्कृतिमा कुनै शू्रद्र छैनन् । जातीय विभेदगर्ने  जो कोही पनि दण्डित हुने कुरा छ । धर्ममा विभेद नहुने कुरा छ।  समताका कुरा छन् । समाजमा यदि कसैले कसैलाई  विभेद गर्छ भने त्यहाँ द्वन्द्व हुन्छ भन्ने धारणा उपन्यासले प्रष्ट्याएको छ ।
 रामले पनि शान्ति निर्माण गर्न भनि धेरै दानव÷दैत्यहरू मार्नु, शूर्पणखाको कारणले रावणसँग गर्न परेको युद्ध र रावणले रामको हातबाट भोग्न परेको मृत्युवरण आदिलाई उपन्यासले विस्तृत वर्णन गरेको छ ।
दार्शनिक अभिव्यक्ति ः यस उपन्यासमा उपन्यासकारले दर्शन सम्बन्धी थुपै्र अभिव्यक्ति पस्केका छन् । रावणले विश्रवासँगको धार्मिक तथा वैचारिक छलफलमा विश्रवाले रावणलाई भनेको अभिव्यक्तिलाई रावणले पितालाई अवगत यसरी गराएका छन् –'कुलको हितार्थ एकको त्याग गर्नु,गाउँको हितार्थ कुलको त्याग गर्नु, देशको हितार्थ गाउँको त्याग गर्नु र आत्म कल्याण हुन्छ भने  पृथ्वी नै त्याग गर्नु ।'
पुलस्त्य र विश्रवाले रावणलाई थुप्रै आध्यात्मिक दर्शनको बारेमा अवगत गराएको कुराहरू उपन्यासमा आएका छन् ।जीवन जगतका कुराहरू,दैविक, दैहिक र भौतिक तापहरू, यी सबै तापबाट मुक्ति प्राप्त गर्न इहलीला समाप्त हुनु पर्ने, मोक्ष प्राप्तिको लागि दुराग्रहबाट माथि उठ्न पर्ने आदि थुप्रै आध्यात्मिक सन्देशहरू उपन्यासमा प्रष्टिएका छन् ।
रक्ष , यक्ष संस्कृति र उपन्यास ः यस उपन्यासमा रक्ष र यक्ष संस्कृतिमा भिन्नता दर्शाइएको छ ।  रावणले रक्ष संस्कृति अपनाएको छ र अरू देवी देवताले यक्ष संस्कृतिको अवलम्बन गरेका छन् ।रक्ष  संस्कृतिको मूलमन्त्र 'वयं रक्षाम' हो यसको सही अर्थ हामी रक्षा गर्छौ भन्ने हो ।रावणले यस संस्कृतिलाई सबै लोकमा फैलायो जस्ले यसलाई पालन गर्दैन ऊसँग रावणले युद्ध गरेर जितेर छाड्यो । ऋषि, देवताहरूले पालन गर्ने संस्कृति भनेको 'वयम् यक्षाम' संस्कृति हो यसको को अर्थ हुन्छ – हामी भोग गर्छौ ।रावण र देवता बीचको लडाइको मुख्यकारण पनि यही संस्कृतिको भिन्नता हो भन्न सकिन्छ ।
प्राकृतिक सम्पदाको वर्णन ः उपन्यासअध्ययनगर्दा कृतिकार प्राकृतिक सम्पदाको धेरै माया गर्ने खालका रहेछन् भन्ने कुरा देखिन्छ । उनकोे प्राकृतिक वर्णन मोह लोभ लाग्दो छ । प्राकृतिक वर्णन शीर्ष शीर्षकमा गरिएको छ जस्ले गर्दा उपन्यास रसिलो र पठन योग्य देखिन्छ ।
उपन्यास र रसः लेखनलाई आकर्षक बनाउनको लागिरस छन्द र अलङ्कारको महत्वपूर्ण  स्थान हुन्छ। लेख रचना तथा उपन्यास आदि पढ्दा आनन्द आउने खालको हुनुपर्छ । खनालजीको यो उपन्यासमा एघार रसले स्थान लिएको छ भन्न सकिन्छ । यो कृति अध्ययन गर्दा कतै श्रृङ्गार रस,कतै रौद्र, कतै उत्साह( वीर रस)कतै वीभत्स,कतै हास्य,कतै करुण, कतै अद्भूत, कतै भयानक, कतै शान्त रस, वात्सल्य रस कतै भक्ति रस, पाइन्छन् । थुप्रै युद्धहरू भएका छन्। मानिस मारिएका छन् । कतै प्रेममा आशक्ति देखिन्छ् । कतै उपन्यास पढ्दा आँसु झर्दछन् आदि आदि । यसरी उपन्यास पढ्दा विविध अनुभूतिहरू प्राप्त हुन्छन्  ।
रावण र रामबीचको युद्ध ः यस उपन्यासमा खास के कारणले राम र रावण बीच युद्ध भयो त भन्दा रावणले सीता हरण गरेकोले भएको देखिन्छ । लक्ष्मणले शूर्पणखाको नाक काटेर पठाएपछि कैकसी र शूर्पणखाको दवावले गर्दा रावणले रामसँग युद्ध गर्न नचाहेर पनि विवस भएर लड्न परेको विवसता उपन्यासमा दर्शाइएको छ । कतै कतै भन्ने गरेको सुनिन्छ कि सीताको कारणले रामायणको युद्ध भयो र द्रौपदीको कारणले महाभारतको युद्ध । सीता भन्दा पनि युद्धको कारणमा लक्ष्मणले शूर्पणखाको नाक काट्नु हो भन्न सकिन्छ । उपन्यासकारको यहाँ लेखाई अनुसार हेर्दा राम र रावणको युद्धको कारक शूर्पणखा र कैकसी हुन् भन्न सकिने घटनाक्रमले पनि दर्शाउँछ । रावणले शूर्पणखा र कैकसीसँग दुर्दिनको बाटो अवलम्वन नगर्न र राक्षसहरू मासिने काम नगर्नको लागि कैकसीसँग आग्रह गर्दछ । यस सम्बन्धमा उपन्यासकारको धरणा यसरी आएको छ–"अत ः सीताहरणदेखि राम–रावण युद्धसम्मको बीज कारण नै शूर्पणखाको नाक काटिनु हो ।" यथार्थतामा विश्लेषण गर्दा लेखकको धारणा सत्य लाग्दछ ।
रावणायन र राष्ट्रप्रेम ः रामायण तथा रावणायन अध्ययनले मातृभक्ति, पितृभक्ति राष्ट्रप्रेममा अगाध श्रद्धा जगाउँछ र्। रावणकै पितृभक्ति र रामको पितृभक्ति एउटा उदाहरणीय नमुना हो। राष्ट्रप्रति समर्पित भाव पनि राम र रावण दुवैको अतुलनीय देखिन्छ ।
नारीवादी चिन्तन ः  उपन्यासले नारीको अस्तित्वलाई दर्शाएको छ । सती प्रथा, अपहरित महिलालाई पनि अस्तित्व तथा सतित्वलाई बचाउने धारणा आएका छन्  इन्द्रद्युम्नले हेमालाई अपहरण गरे पनि सतित्व नलुटेको र रावणले सीतालाई हरण गरे पनि छोरीको रूपमा संरक्षण दिएको उदाहरण उपन्यासमा आएका छन् । 'जुनकुलमा स्त्री प्रसन्न रहन्छन्  त्यो कुल सदैव समृद्ध रहन्छ । स्त्री शक्तिस्वरूपा हुन् । जीवनका सर्जक हुन् । यस धर्तीमा सबै पुरुष एकैचोटी मारिए पनि समाज ज्यूँदै रहन्छ कारण स्त्रीको गर्भमा कोही न कोही पुरुष बच्चा हुर्कदै गरेको हुनेछ । परन्तु यदि सम्पूर्ण स्त्री मासिए भने यो धर्तीबाट मानव जीवन नै नष्ट हुने छ ।' यी कथन हुन् रावणका ।रावणले नारीप्रति देखाएको महत्वपूर्ण आदरभाव नै नारीवादी चिन्तन हो ।
श्राप र वरदान ः रावणायनको समयमा देवतादेखि ऋषिमुनी समेतमा प्रशन्न भए वरदान र रिसउठे श्राप दिने चलन भएको देखिन्छ ।
सीताको जन्म तथा मातापिताको जानकारी ः उपन्यासकारले सीतालाई रावणकी छोरी हुन् भनी प्रष्ट पारेका छन् । अरुतर्क भन्दा यो तर्क बलियो र भरपर्दो देखिन्छ । रावणले पनि सीतालाई आफ्नै छोरी भनेको छ र मर्ने वेलामा पनि सीता मेरी छोरी हुन् भनेको छ ।बाल्मीकि रामायणमा राजा भूमियज्ञ लगाएर हलोजोतेमात्र खडेरीको समस्या समाधान हुने भनेपछि जनकले यज्ञगरी हलो जोत्दा हलोको सियोमा सुनको कलश मिल्यो, खोलेर हेर्दा एउटी सुन्दर शिशुकन्या प्राप्त भएको र राजा जनकले पालेको तर्क आएको छ । तुलसीकृत रामायणमा रावण वनविहारमा जाँदा, कमलोत्पन्न एउटी कन्या भेट्नु दरवारमा ल्याउनु, ज्योतिषीसँग परामर्स गर्नु, दरबारमा राखे रावण मर्ने जानकारी पाउनु,कन्यालाई समुद्रमा फालिदिनु, समुन्द्रले पृथ्वीमातालाई कन्या हस्तान्तरण गर्नु, पृथ्वीमाताले कन्या रानी सुनयनालाई दिनु र तिनै कन्याको नाम सीता रहन गयो। विभिन्न लेखकले सीता जन्मको बारेमा विभिन्न तरिकाले प्रस्तुत गरेका छन् । कसैले अयोनिजा सन्तानको रूपमा प्रस्तुत गरेका छन् ।कतै–कतै रावणले ऋषिको रगत जम्मा गरेर त्यही रगतको नतिजा सीता हुन् भन्ने पाइन्छ । त्यसो हुँदा सीता कसकीछोरी हुन् भन्ने एकरूपता देखिदैन ।
पात्र चयनःउपन्यासलाई प्रभावकारी बनाउनको लागि पात्रको गहन भूमिका हुन्छ ।केही कृतिहरूमा रामलाई सत्यसँग जोडिएको छ भने रावणलाई असत्यमा लगेर जोडियो ।  रामलाई नायकको रूपमा लिइयो । रावणलाई खलनायकको रूपमा दर्शाइएको छ तरयस उपन्यासले रावणलाई नायकको रुपमा लिएको छ । रावण नायकको रूपमा दर्शाउनको लागि उसमा भएका धीरोदात्त गुणहरूलाई लेखकले केलाएका छन् सपुष्ट प्रमाणहरू दर्शाएका छन् । उपन्यासकारले रावणलाई ऊ ब्रह्मज्ञानी, उद्भट राजनीतिज्ञ, कुशल सेनापति,पराक्रमीयोद्धा, बास्तुकलाको मर्मज्ञ, बहुविधाको जानकार,तत्वज्ञानी, बलशाली, वैज्ञानिक, इन्द्रजाल,तन्त्रविद्या,जादुविद्या आदि जानेको, उच्चकुलिन ब्राह्मण,शक्तिपूजक, स्वाभीमानी तथा पराक्रमी,वौद्धिकसम्पदाको संरक्षक, आदि गुण र गरिमाले  सुसम्पन्नभएको कारण रावणलाई यस उपन्यासको नायकको रूपमा खडा गरेकाछन् ।स्वयम् रामले पनि उसलाई महापण्डितमा वरण गरी रामेश्वरमा शिवलिङ्ग स्थापना गर्नको लागि आमन्त्रण गर्नु र रावण रामको पुरोहितको रूपमा रामेश्वर जानु । अर्धाङ्गिनी नभएमा यज्ञपुरा हुँदैन भन्दै सीतालाई लङ्काबाट झिकाई यज्ञ पुरागराई सीतालाई लङ्का पठाएको कुरा यहाँ प्रस्तुत गरिएको छ । रामले धार्मिक अनुष्ठानमा आएको महापण्डित रावणको चरण स्पर्श गर्नु र रावणले पनि रामलाई विजय एवम् चिरञ्जीवी भव भन्दै आशीर्वाद दिनु ।परिशिष्ठ खण्डमा उपन्यासकारले धेरै कुरालाई तर्कयुक्त धारणा राख्दै  रावणलाई भगवान मान्दै बनाइएका मन्दिरमा श्रीलङ्काको कोनसवरम मन्दिर ,विसरखस्थित रावण मन्दिर, मध्यप्रदेशको रावणग्राम स्थित रावण मन्दिर, जोधपुर राजस्थानस्थित रावण मन्दिर, कानपुर स्थित दशानन रावण मन्दिर,रुण्डी मध्यप्रदेशको रावण मन्दिर, वैद्यनाथ मन्दिर हिमान्चल प्रदेश, काकी नाडा आन्ध्रप्रदेशको रावण मन्दिर, कर्नाटकको रावण मन्दिर र अमरावतीको रावण मन्दिरमा कुनै न कुनै रुपमा रावणको पूजा गरेको वर्णन दिइएको छ ।  यसरी केलाएर हेर्दा सबै गुणलेयुक्तरावणलाई उपन्यासको नायकत्वको स्थान दिनु स्वभाविकै देखिन्छ । उपन्यासको शीर्षकीकरण पनि जायज नै देखिन्छ ।यस उपन्यासमा शूर्पणखाको नाक काटिएपछि देखिएका भगवान रामचन्द्रको भूमिका पनि गहन देखिन्छ । रावणले सीतालाई हरण गरेर लङ्का ल्याएपछि रामले लङ्काआइ रावणलाई मारी विभीषणलाई राजाबनाई अयोध्या फर्किन्छन् ।यी दुई अद्वितीय पात्रबाहेक यस कृतिमा थुप्रै पात्रहरू समावेश गरिएका छन् । सुमाली, केतुमती, प्रहस्त, कैकसी,विश्रवा, नारद, कुवेर, पुलस्त्य, कर्दम, हविर्भू,अगस्त, शिवजी, ब्रह्मा, वेदवती,कुशध्वज,मालावती,धनेश्वर, कृतवीर्यपुत्र,सहस्र्राजुन,भृगु, परशुराम,भद्रा, नल, मणिभद्र,मन्दोदरी,मय, मकर, हेमा, इन्द्रद्युम्न, माल्यवान, दुन्दुभी, विशालाक्षी,धन्यमालिनी, प्रवन्ध, भारद्वाज, देववर्णिनी, हेती, प्रहेती, मया, विद्युत्केश, सालकष्ट,  देववती, मान्धाता, वरुण, शशी, मधुनाभ, कुम्भिनसी, ताडका, सुकेतु, सुदण्ड,सुवाहु, मारिच, अगस्त्य, विश्वामित्र, वाण,कुशीध्वज, उर्मिला,माण्डवी,श्रुतकीर्ति, भरत, शत्रुध्न, पुलोमा, सची,गाधिराज,शुब, शारण , त्रिशिरा, जावली, खर, दुषण, त्रिजटा, शवरी,मतङ्ग, वाली,सुग्रीव, हनुमान, तारा,अङ्गद,नील, जाम्बवन्त,सम्पाती, सुपाश्व, सुरसा, अनल, पवन, प्रभाती, नरान्तक, द्विविद,शुषेण, सुलोचना, नल, मातली, अरिमर्दन,परशुराम, चन्द्रकेतु, कुश, तरणी, धन्यमालिनी आदि पात्रहरू यस उपन्यासमा सहभागी भएका छन् । यसमा भएका प्रात्रहरू प्राय सक्रिय छन् । सुग्रीव, हनुमान, अरिमर्दन, विभीषण,लक्ष्मण, मेघनाद, पुलस्त्य, लगायतले यस उपन्यासमा धेरै भूमिका निभाएका छन् ।
रावणलाई मारेर देवत्व प्राप्त गरेका रामको बारेमा परिशिष्ट खण्डमा उपन्यासकारले रामले शूर्पणखालाई लक्ष्मण अविवाहित छ भन्ने झुट बोलेको र शूर्पणखाको नाक काट्न नरोकेको, सीताको अग्नि परीक्षा र गर्भवती सीतालाई वनमा लगेर छाडेको कुरा, बाली मारेका कुराहरूले रामको छवीमा केही ह्रास आएको कुरा उठाएका छन् । संसारमा पूर्णता कहीं पनि र कोही पनि हुँदैनन् । राम भगवानको अवतार हो भनेर हामीले मान्दै आएका छौं र उनी यस संसारमा पापीहरूको पापले भार भएकोले भारहरण गर्न आएका हुँदा कस्तो किसिमको पापीलाई कस्तो किसिमको सजाएँ कसरी दिने भनेर पनि होला यस्ता कर्महरू भएका ।
निस्कर्षः यो उपन्यास राम र रावणका बारेमा लेखिएका वाल्मीकि, तुलसीकृत, भानुभक्तीय रामायण तथा विविध किसिमका रामायण तथा रावणका बारेमा लेखिएका काव्य महाकाव्यलाई अध्ययन र अनुसन्धानको आधारमा उपन्यासकारले यो कृतिको सिर्जना गरेका हुन् भन्ने कुरात माथि नै आइसकेको छ। यसमा स्वयम् उपन्यासकारले पनि कसैले लेखि सकेको सबैले पढी सकेको तर पुर्नलेखन गरेको कुरा स्वीकारेका छन् । रावणायन उपन्यास सुमालीको वनविहारबाट थालनी गराई अरिमर्दनको सत्तारोहण गराएरमात्र समाप्त हुन्छ । यस उपन्यास त्रेता युगका रावण र रामबीचको विषयमा आधारित रहेर लेखिएको छ । यसले रक्ष संस्कृति र यक्ष संस्कृतिबीचको विभेदबाट निम्तिएको युद्धलाई समेटेको छ ।भनिन्छ पौराणिक कथाहरू सबै मिथक हुन्  । राम र रावणको युद्ध सत्य र असत्य बीचको लडाई हो पनि भनिन्छ ।जे होस् उपन्यासकारले यस विषयमा गहिरो अध्ययन–अनुसन्धान गरेका छन् । हिजो लेखिएका कुराहरूमा सुनमा कसी लगाए झै कसी लगाएका छन् र वैज्ञानिक आधारमा ठिक वेठिक छुट्ट्याएका छन् । त्यसैले यो कृति अनुकरणीय र पठन योग्य वनेको छ भन्दै खनाल रेवतीरमणलाई बधाई दिदै विदा चाहान्छु ।