परिचय
नवराज रिजाल (२०२२) नेपाली साहित्यका क्षेत्रमा एउटा बहुप्रतिभाका धनी साहित्यकार हुन् । साहित्यिक पत्रकारिता, बाल साहित्य, गजल, लघुकथा र कथा क्षेत्रमा उनको अतुलनीय योगदान छ । काठमाडौंँबाट प्रकाशन हुने 'मातृभूमि' साप्ताहिकमा २०३९ सालमा 'पागलको चाहना' शीर्षक कथा प्रकाशन गरेर कथा क्षेत्रमा प्रवेश गरेका रिजाल 'अदृश्य पीडा' नामक लघुकथासङ्ग्रह विसं २०५७ मा प्रकाशन गरी कृतिकारका रूपमा परिचित भएका हुन् । उनको विखण्डित प्रवाह' कथासङ्ग्रह सामाजिक यथार्थमा आधरित छ । विवेक सिर्जनशील प्रकाशन अनामनगर, काठमाडौंँले प्रकाशन गरेको सङ्ग्रहमा लामा छोटा गरी १८ कथा समाहित छन् ।
नवराज रिजालप्रति साहित्यकारको धारणा –
कथासङ्ग्रहमा दुई प्रा डाको भूमिका आएको छ । प्रा डा केशवप्रसाद उपाध्यायले रिजालप्रति यस्तो धारणा राखेका छन्– "रिजालले प्रायःजसो पतीत, नीच, दुष्ट, भ्रष्ट, दुराचारी, व्यभिचारी र षड्यन्त्रकारी पात्रहरूलाई लिएर जीवनको
मलिन, दुःखद, त्रासद र घृणित रूप देखाएकाले उनलाई अतियथार्थवादी वा प्रकृतिवादी कथाकार भन्न सकिन्छ ।"
प्रा डा लक्ष्मणप्रसाद गौतमले –
कृतिकारप्रतिको धारणा यसरी पस्कनुभएको छ – कथालाई अकथा नबनाइकन प्रयोगका नयाँ ढोका उघारेर आफ्ना
कथाको राजमार्ग तयार गर्ने सबल सम्भावनाका कथाकारका रूपमा नवराजको उपस्थिति सशक्त देखिन्छ ।
कथाहरूभित्र प्रवेश गर्दा–
धरीक्षन काका – कथाकारले यस कथामा स्थानीय भाषालाई स्थान दिंँदै काकाको स्वभाव, पहिरन, तराईको परिवेशलाई केलाउँदै सुन्दर विषय पस्केका छन् । काका छोराछोरी जन्मँदै, मर्दै गर्दा पीडित छन् । आँगनमा आएर सुत्केरी भई छाडेकी सुत्केरी बच्चीलाई पालन पोषणपछि एकाएक छोरी अलप हुन्छिन् । पछि बच्चासहित रोगले ग्रस्त भएपछि सीमामा ल्याएर छाडिएकी र उनले पालन गरेको आदि घटना समावेश गरिएको छ । यस कथामा छोरीबेटी बेचबिखन, विद्यालय निर्माणमा धरीक्षन काकाको योगदान आदि ्रसामाजिक कार्य समेटिएका छन् ।
पुनरागमन – नारीवादी चिन्तनमा आधारित यस कथाले नारीको अहंवादी चिन्तन र पुरुषको सहनशीलताले बाटो
बिराएकामा पुनरागमन त भयो तर नाबालकका मनमा मातृत्वको खोजीले मार्मिक तुल्याएको छ । कथाले आफू र
पुत्रप्रति घृणा हुँदा हुँदै पारपाचुके खोजेकी श्रीमतीलाई पतिले पारपाचुके नदिनु, लोग्नेले दोस्रो विवाह नगर्नु, पुत्रप्रति पिताले दायित्व निर्वाह गर्नु, यथार्थ जानेपछि छोराका मनमा घृणा उत्पन्न हुनु जस्ता सामाजिक घटनालाई उजागर गरेको छ ।
जीवनरेखा–
यो भारतीय परिवेशमा लेखिएको छ । कथामा पहिलो घटना प्रेम गर्नु, प्रेमीले प्रेमिकालाई नस्विकार्नु, विवश भएर प्रेमीलाई हत्या गरेर वनारस पुग्नु, वेश्यावृत्तिमा लाग्नु, वेश्यावृत्तिका वेला, वेश्यावृत्तिमा लाग्नेहरूको जीवनचर्या जान्नका लागि गएको मानिसले यथार्थ जानकारी बबुलीको डायरीबाट पाएपछि बबुली भेट्न जाँदा त्यहाँबाट हिँडिसकेकी हुन्छे । दोस्रो, नेपालीहरू सेनामा भर्ना भएर विदेशमा जाँदा, त्यहींँ विवाह गरेर विदेशमै बसेका घटनालाई उजागर गरिएको छ । तेस्रो, कथाले जातीय विभेद र धर्ममा फरक भएकाको सुमधुर मिलन पनि दर्साएको छ ।
अनुत्तरित–
यसमा एउटी नारीमा २५ पुलिसको जत्थाले यौनदुराचार गर्दा मृत्यु भएको देहलाई रुखमा झुन्ड्याइएको र वेबारिसे लास भनेर जलाइएको तथा पत्रिकाले हत्या भएको भनी प्रकाशन गरेपछि जेल भोग्न परेको घटना प्रस्तुत गरिएको छ । कुकर्म गरेपछि मानिसले जेल त भोग गर्छ र छुट्कारा पनि पाउँछ तर मनको जेलबाट ऊ कहिल्यै मुक्त हुँदैन, तड्पिरहने प्रसङ्ग आएको छ ।कथामा । यौनदुराचारीहरू यतिसम्म अन्धा हुन्छन् कि लासमाथि गमन गरेको पनि थाहा लाग्दैन । यसमा मानिसले रक्सी खाएपछि सत्य ओकल्छ भन्ने सन्देश पनि आएको छ ।
खटप्वाल–
यसमा बागमतीको बाढीले बिसनपुरवालगायत वरपरका बस्तीमा क्षति, सरकारी राहत, उद्धार, एक गैरसरकारी संस्थाले त्यहाँ १०० आवास निर्माण गरी पीडितलाई निःशुल्क उपलब्ध गराउने घोषणा, पाँच मानिसको ज्यान बचेको जानकारी गराउँदै, नेपालमा हरेक वर्ष हुने यस्ता घटनाको प्रतिनिधित्व गरिएको छ । ग्रामीण एकता, शिक्षाको विकास, माध्यमिकस्तरको स्वीकृति दिन सरकारी आनकानी, एक शिक्षकप्रति सरकारले देखाएको असहयोग, धनीबाट गरिबमा गरिने विभेद आदि विषय कथाले समेटेको छ ।
फेहरिस्त–
"यदि मनमा अठोट, विश्वास र भविष्यप्रति आशा राखेर अघि बढ्ने हो भने हरेक काममा सफलता पाउन सकिन्छ '', यस कथाको मार्गदर्शन यही हो । यसमा प्रेमीको प्रेमिकातिर एकतर्फी प्रेम, प्रेमिकाले बाटामा जुत्ता प्रहार गर्नु तर पनि एकोहोरो पत्राचार चलिरहनु, प्रेमिकाका घरमा गई प्राण त्याग गर्ने धम्की दिनु, विवश भएर प्रेमविवाह गर्नु, वैवाहिक जीवन तीतो बन्नु, नायिकाले घर त्याग्नु, धागो कात्ने, सिलाइबुनाइ, हङ्कङ दुई, दक्षिण कोरिया तीन र मलेसियामा एक वर्ष बसी काठमाडौँमा घर बनाएर बस्दै छोराछोरीलाई आफ्ना खुट्टामा उभ्याएको जस्ता विषय यस कथामा आएको छ । कथाले आफ्नो आत्मगौरवका साथ कसरी आपूm र छोराछोरीलाई अग्रगमनमा लान सकिन्छ भन्ने शिक्षा दिनाका साथै नारीका वैयक्तिक जीवन सङ्घर्षका उकालीओरालीको चित्रण गरेको छ ।
रमुवा–
यस कथामा रमुवा र कथाकारको बालककालदेखिको दोस्ती, दुवैको बालक्रिडा, रमुवा गरिब भएकाले पढ्न नपाउनु तर साथीलाई पढ्न प्रोत्साहन गर्दै जानु, पढेर जागिरे हुनु तर साथीले रमुवाको मृत्यु नजिकिएको छँदा पनि दबाई पानीका लागि केही गर्न नसक्नु जस्ता विषय छन् ।
सङ्कल्प–
यसमा कथाकारले नारीशोषणको प्रस्तुति गरेका छन् । पुरुषको अहं, नारीले पुरुषले जे गरे पनि सहनुपर्ने, पतिलाई ईश्वरका रूपमा मान्नुपर्ने, सहन गर्न नसके दण्डित हुनुपर्ने, झगडाको कारण रक्सी, बाबुआमाको झगडाको असर बालकमा पर्ने, नारी पत्नी मात्र नभएर आमा, पत्नी, प्रेमिका, संहार सबै हो र ऊ समान हक, दायित्व, कर्तव्य, अधिकारको भागी हो । यसमा नारीले आफ्ना अधिकार र दायित्वका निम्ति आफैँ उठ्नुपर्छ भन्ने सङ्कल्पका कुरा आएका छन् ।
परिधि–
"बन्दुक, बारुद र गोलीको भरमग्दुर खेती भइरहेको बेला सन्तानोत्पादन क्रियामा संलग्न सम्पूर्ण बाबुआमाले विश्राम लिनुपर्छ । यो सन्तानोत्पादनको समय होइन ", यो यस कथाकी नायिका निर्मलाको कथन हो । कथामा निर्मलाले सन्तान उत्पादनलाई नकार्दै पतिलाई दोस्रो विवाहको सल्लाह दिनु र दोस्रो विवाहपछि शान्ताबाट दुई छोरा जन्मनु, दुवैले बाल्यकालदेखि नै दुईतर्फ मोर्चा बनाएर लडेको कुरा आएको छ । कथामा भ्रूण हत्याका कुरा, गन्धर्व विवाहका कुरा, सामाजिकस्तर पृथकको विवाह, दोस्रो विवाहका लागि पतिलाई पत्नीले दिएको स्वीकृति, सौताबीचको सुमधुर सम्बन्ध, दुई छोराबीचको युद्ध, एउटाले जित्नैपर्ने बाबुको धारणा, द्वन्द्वग्रस्त परिवेशको प्रतीकात्मक विषय आएको छ ।
जमुनी–
यस कथामा कथाकारले गरिबी र विपन्नताले निम्त्याएको एउटा कारुणिक घटनालाई प्रस्तुत गरेका छन् । कथाले तराईमा सानै उमेरमा मगनी गर्ने चलन, समाजमा लडाउने प्रवृत्ति, गरिबीले अध्ययन गर्ने इच्छा र सक्षम हुँदाहुँदै, अध्ययन गर्न नपाउनु, छोरीको इच्छा विपरीत बाबुआमाले बुढो र झट्केला छोराछोरीमाथि विवाह गरिदिनु र रक्स्याहा श्रीमान् र झट्केला छोराको कटाक्षपूर्ण व्यवहारको नतिजा एक होनाहार युवतीको आत्महत्यालाई समेटेको छ ।
विघटन–
बाबुछोरा बिचको संवादमा आधारित यस कथामा बेरोजगार युवाहरूको अवस्था र उनीहरूको मनोभावलाई केलाउने प्रयास भएको छ । देशमा चलेका विद्यार्थी आन्दोलन, महँगी वृद्धि, यातायातको भाडा वृद्धि, आपूmलाई चिन्न सक्नुपर्ने, वाहियातमा समय खेर फाल्न नहुने, भाषण, नारा र जुलुसले मात्र केही प्राप्त हुन नसक्ने, बेरोजगारी, जन्मको सार्थकता क्रियाशील रहनुमा हुने जस्ता थु्प्रै विषय कथामा आएका छन् ।
पटाक्षेप–
यस कथामा बाबाुआमाको मृत्युबाट टुहुरो बनेको हेमवा, काकाकाकीबाट संरक्षित भए पनि हरूवाचरुवा भएर हिँड्नु, शिक्षकमा काम गर्दा अक्षर सिक्नु, फकाएर एउटाले वीरगन्ज लगी होटेलमा काम गर्न लगाउनु, अग्रिम पाँच महिनाको तलब लिएर, गएको, त्यहाँबाट कालीगढकामा काम गर्नु, काकाकाकीकामा जानु, विवाह गर्नु, छोरी जन्मिनु, दस र आठ वर्षीया छोरीसहित जीवनसङ्गिनी बुलबुलियाको मोटर दुर्घटनामा निधन हुनु, काकाकाकी र भाइसमेतको निधन हुनु, काकाको जायजेथा उसकै नाममा आउनु, त्यो पनि विद्यालयलाई दान दिनु, बौलाहाको रूप धारण गर्नु, खोलाले बगाएर ल्याएको मृत बालकलाई समातेर काखमा लिनु, बच्चा मारेको अभियोगमा जेल चलान हुनु, राम्रो काम गरेका कारणले जेलबाट छुट्कारा पाउनु, आजीवन बन्दीगृह नछाड्ने अठोट गर्दै सहयोगको भिक्षा माग्नु तर जेलबाट उसलाई निकालिनु जस्ता घटनाका साथै आफ्नो वर्गको हकहितका लागि आन्दोलनरत शिक्षकलाई पनि जेलमा राखिनु जस्ता
विषय यसमा छन् ।
प्रलाप–
यस कथामा थुप्रै राजनीतिक गफहरू आएका छन् । आजको सत्तामुखी राजनीतिमा व्यङ्ग्य कसिएको छ । यहाँ द्वन्द्वले स्थान लिएको छ । वादविवाद चल्छ । हात हालाहाल चल्छ । आक्रमण हुन्छ ।
अस्तित्व–
यसमा यात्रामा देखिने असहजता, संयुक्त परिवार घरभित्रको आपसी द्वन्द्व, मानिसभित्रका अनेकौंँ इच्छा, महिलाहरू अगाडि बढेको नराम्रो मानिने चलन, खाना खुवाउन एकान्तको होटेलमा रोक्नु, कन्डक्टरले कमिसन लिनु, महँगो खाना, केटीमाथि आक्रमणबाट बचाउनु, गुन्डाबाट कुटिनु, मानवीयता मारेर बाँच्न नसकिने, धारणा, डायरी लेख्ने कुरा, रक्सी सेवनले पारेको असर, जातीय विभेद, अघिल्लो गाडीले वृद्धलाई किच्नु, चक्का जाम हुनु, यात्रीका विविध काममा असहजता, पाठशालाबाट आएकी बालिकालाई तान्नु, शान्ति मन्दिर, मस्जिद, चर्च कतै नभएको ठान्नु आदि कुरा छन् ।
प्रतिविम्ब–
समयको परिवर्तनसहित व्यवसायमा परिवर्तन, शिक्षालयमा शिक्षकको आवतजावतमा मनमौजी, वर्तमानको असरल्लता, राज्यसत्तामा जनचाहनाभन्दा भिन्नता र वर्तमान विग्रिएकामा भविष्यप्रति चिन्तित, नारी स्वतन्त्रता, बालशोषण, छुवाछूत, समानता र न्यायको प्रसङ्ग, विश्वको उन्नति र नेपाली प्रगतिको तुलना, जीवनस्तरमा सुधार ल्याउन राज्यले काम नगरेको, राजनीतिक गफ जस्ता क्रियाकलापबाट विरक्त भएर आँटी र सचेत तथा कर्मशील एक शिक्षक अलप भएको कथा यसमा छ ।
मूल्य–
मान्छे आपूmलाई मन नपरेको कुरा सुन्दैन वा सुने पनि ग्रहण गर्दैन, बोलिन्छ त पूरा गर्नुपर्छ,, भन्नु र गर्नुमा आकाश जमिनको अन्तर हुन्छ । शिक्षकले विद्यार्थीमाथि गरिने व्यवहार,विद्यार्थीको भविष्यको चिन्तन, दोकानमा रक्सी बाँकी खानेको समस्या, रक्सी ग्रहण गरेपछि देखाइने अहं, भट्टीमा जीवन खोजी, रक्सीलाई नै जीवन ठान्नु, स्वार्थै स्वार्थले गर्दा देश पाताल पुगेका कुरा, जीवन हराएको कुरा, युद्धविरामका कुरा, प्रेमका कुरा, एक जना वृद्ध छोरा अलप भएको र खोजीमा रहेका कुरा आएका छन् कथामा ।
शेष–
यस कथामा स्वदेशी उत्पादनलाई टेवा दिने कुरा, विविधताले सजिएको झुण्ड, उद्दण्डताले भरिएका, आफ्नै समूह, स्वाभिमान, माग, घृणा द्वेष, द्वन्द्व, कलह, अस्मिता, अस्तित्व, चिन्तन, स्वाभिमान, सोच, दृष्टिकोण,विश्वास, मूल्यमान्यता परिवेशका कुरा जस्ता विषय यसमा समेटिएका छन् ।
बाटो–
यस कथामा काम गर्दा माथिको इसारामा नाच्न पर्ने, मानिसहरूमा गफ गर्ने प्रवृत्ति, इमान्दार, श्क्षिकले पढाउने र नतिजा राम्रो आउने, शिक्षकलाई कुन राजनीतिक दलमा आबद्ध छ भनी खोजिने, आफ्नो दलबाहेकलाई साथ नदिने, चाकडी खोजिने, राम्रो र विद्यार्थीले मन पराए पनि पढाइ मन नपराएको भनी शिक्षकलाई अवकाश दिइएको कुरा
आएका छन् ।
सबै कथा लेखनमा नयाँ शैली अपनाइएको छ । घटनालाई कलात्मक रूपमा प्रस्तुत गरिएका छन् । यी कथाहरू कथावस्तुका रूपमा विश्लेषण गर्दा पनि सबल देखिन्छन् । कथाहरूमा कथाकारले घटनाक्रमलाई समाएका छन्, सुन्दर प्रस्तुति गरेका छन् । आज देशमा बेरोजगारी चुलिएको छ, युवाको मनोबल घटेको छ, ती बिदेसिन बाध्य
छन् । गरिबीले जनजीवन विक्षिप्त छ । बलात्कारजन्य अपराध दिनप्रतिदिन बढ्दै छन् । शोषण, हत्या, हिंसा, अशिक्षा,
चेलीबेटी बेचबिखन, शिक्षामा राजनीतिक प्रदूषण, विकृति र विसङ्गतिले अग्रगति लिएको छ । द्वन्द्वले विश्राम लिएको छैन । रिजाल यी सबै विषयवस्तुलाई आधार बनाई कथा लेख्छन् ।
पात्र चयन– रिजालजीका कथामा विविध किसिमका व्यत्तिको सहभागिता छ । कोही अहं भावका पात्र छन्, कोही
मध्यमवर्गीय । कोही नितान्त गरिबीले अँठिएका पात्र यहाँ पाइन्छ्न् । कोही लडाकु छन्, कोही सराबी छन् भने कुनै
आदर्श पतिपत्नीका रूपमा खडा छन् । रिजालजीका हरेक कथामा आएका विविधखाले पात्रहरू सक्रिय रूपमा
देखिएका छन् । कथावस्तुअनुकूल र अनुसार नै पात्रको चयन गरिएका छन् । यसले कथालाई प्रभावकारी बनाएको
छ । कथाकारले सामाजिकतालाई समाएका छन् र सकारात्मक संदेश प्रवाह गरेका छन् ।
भाषाशैली –
रिजालका कथाहरूमा एउटै कथामा पनि बहुधारणा पाइन्छन् । कथाहरूमा सहजता देखिँदैन, भन्न खोजेका
भावनात्मक अभिव्यक्तिलाई बुझ्नका लागि बडो ध्यानपूर्वक अध्ययन गर्नुपर्छ किनकि भनिएका कुराहरू जेलिएर
आएका छन् । छोटा वाक्यमा लेखिएका हुन्छन् । पढ्दा अति सरल जस्तो लाग्छ तर भावार्थ अति गहन छ । कथामा
प्रतीक प्रयोग गरिएको छ । कतिपय कथामा मानवीकरण तथा कतिपयमा मूर्तीकरण गरिएको पाइन्छ । त्यसो हुँदा
कथाहरू साधारण पाठकभन्दा विद्वान् तथा तथा उच्च कोटिका अध्ययनकर्ताका लागि बौििद्धक खुराक बन्न सक्छन् ।
परिवेशअनुसारका मातृभाषाले पनि स्थान पाएका हुन्छन् ।
निष्कर्ष–
कथाकार रिजालका यी कथामा नेपाली जीवनका यथार्थ घटनालाई समाइएको छ । त्यसर्थ उनी यथार्थवादी कथाकार हुन् । उनी ग्रामीण जीवनका हरेक पाटालाई नजिकबाट हेर्छन्, कुनाकाप्चा पुग्छन्, त्यहाँका भएका सामाजिक टनालाई केलाउँछन् र कथामा सजीव उतार्छन् । त्यसैले कथासङ्ग्रह सफल र सबल छन् । अध्ययनयोग्य, मननयोग्य र सङ्ग्रहणीय छन् । रिजालको साहित्यिक यात्रा सफल र सबल बनोस् ।
धन्यवाद
कावासोती, नवलपुर
(रूपायन त्रैमासिक, वर्ष १३ । अङ्क १ । पूर्णाङ्क ४९ । वैशाख–जेठ–असार २०८० मा प्रकाशित)

No comments:
Post a Comment