January 14, 2024
January 13, 2024
सदानन्द अभागी
मेरो अध्ययन नेपाल र असमको डिगबोई भन्ने ठाउँमा भयो । मैले गौहाटी बोर्डबाट एस्.एल.सी पास गरेर नेपाल आएँ । मेरो उच्च शिक्षा पनि मैले पञ्जाव एग्रिकल्चर युनिर्भसिटी लुधियानाबाट हाँसिल गरें । मेरो जागिरे पेशा शिक्षकबाट प्रारम्भ भयो । पछि कृषि विभागमा जागिरको थालनी गरें । कृषि विभागमा जागिर थालनी भएपछि मैले सरकारी जागिरको सिलसिलामा इजिप्ट,जापान, फिलीपिन्स, थाइल्याण्ड र पुन भारतमा छोटो छोटो अवधीको तालिम र भ्रमण गरें भने नेपालका ६५ जिल्लमा पुग्न सकें । माथिका सबै भ्रमणहरू मैले सरकारी जागिरको सिलसिलामा गरेको थिएँ । अमेरिकाको भ्रमण भने मैले निजि खर्चमा पारिवारिक भेटघाटको रूपमा गरेको छु । अमेरिकामा मेरो कान्छो छोरा रामचन्द्र रिजाल, बुहारी संध्या रिजाल, नाति आरएन रिजाल र नातिनी इलिजा रिजाल डिभी परेर बसाइ सराइ गरेर इ.संं. २०१७ सालमा गएका थिए । अमेरिका गएपछि घर आएका थिएनन् । अमेरिका आउने भन्ने कुरा चलेपछि हुन्छ जाउँन अमेरिका कस्तो रहेछ हेरिहालौं भन्ने धारणा पलाएर आयो र अमेरिका जाने तरखरमा लागियो ।
ं सयुक्त राज्य अमेरिका (ग्क्ब्० लाई सामान्यतया संयुक्त राज्य (ग्क्) वा केवल अमेरिका (ब्mभचष्अब) भनेर पनि चिनिन्छ । यसको सीमा पूर्वमा अटलांटिक महासागर र पश्चिममा प्रशान्त महासागरले घेरिएको छ । देशको उत्तरमा क्यानाडाको सिमाना छ भने दक्षिणमा मेक्सिकोसँग ३,१५५किलोमिटर लामो सीमा छ । संयुक्त राज्यले बहामास, क्युबा र रूस (अलास्कामा)सग समुद्री सीमाहरू साझा गर्दछ । मुख्यरूपमा यो उत्तर अमेरिका महादेशको एउटा संयुक्त देश हो । यो देश ५० राज्यहरू, एउटा संघीय जिल्ला, पाँच प्रमुख स्व–शासनीय क्षेत्रहरू र अनि विभिन्न अधिनस्थ क्षेत्रहरू मिलेर बनेको छ । यो भूमि र कुल क्षेत्रफल दुवैको आधारमा विश्वको तेस्रो ठूलो देश हो । संयुक्त राज्य अकमकेरिकाको राजधानी वाशिंगटन, डीसी हो । यो ३३३ मिलियन भन्दा बढी जनसंख्या भएको, देश हो । यसको सबैभन्दा बढता जनसंख्या भएको शहर र प्रमुख वित्तीय केन्द्र न्यूयोर्क शहर हो । जातीय बसोबासको हिसावले हेर्दा श्वेतहरू(गोराहरूको)को संख्या अत्याधिक (७७.१%) छ । त्यस पछिको संख्या अश्वेत (१३.ं३%) को हो । एशियाई (५ं.६%), अन्य÷ बहुजातिय (२.६%),मूल निवासी (१.२%), प्रशान्त द्वीपका मानिसहरू (०.२%) छन् । धर्मको रूपमा हेर्दा अमेरिकामा ईसाई धर्म मान्नेहरूको संख्या बढी (७०.६%) भए पनि यहूदी, मुस्लिम, बौद्ध, हिन्दु आदि विविध धर्मका मानिसहरूको बसोबास यहाँ छ । सरकार संघीय संसदीय लोक तन्त्रात्मक छ । हालका राष्ट्रपति जो वाइडेन हुनुहुन्छ भने उपराष्ट्रपति कमला हैरिस हुनुहुन्छ । अमेरिका युनाइटेड किंगडम आफ ग्रेट ब्रिटेन बाट ४ जुलाई, १७७६ मा स्वतन्त्रता घोषणा ग¥यो र मान्यता ३ सितंबर १७८३ मा पायो । वर्तमान संविधान यसले २१ जून १७८८मा निर्माण ग¥यो । संयुक्त राज्य अमेरिकाको कुल क्षेत्रफल ३८०९५२५ वर्ग माइल छ । यसमा ३,५३२३१६ वर्ग माइल भूमि पर्छ भने २७७,२०९ वर्ग माइल पानीले समेटिएको छ,। कूल क्षेत्रफको हिसावले अमेरिका विश्वको तेस्रो ठूलो देशमा पर्छ । भूमि क्षेत्रफलको हिसावमा विश्वमा चौथो ठूलो देशमा पर्छ । चिन र भारतपछिको सबै भन्दा बढ्ता जनसंख्या भएको देश हो । अमेरिकालाई उदार लोकतन्त्रवादी देशका रूपमा लिइन्छ । यो विश्वको सबै भन्दा शक्तिशाली देश हो । ४ जुलाई,१७७६ मा अमेरिका स्वतन्त्र भयो । उदार लोकतन्त्रको सिद्धान्तमा स्थापित भएर विकासक्रममा अघि बढ्दै गयो । यसले गृह्य युद्ध भोगो, दासत्व राष्ट्रिय रूपमा समाप्त ग¥यो । सन् १९०० सम्ममा संयुक्त राज्य अमेरिकाले आफूलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनाउँदै लगेर एउटा ठूलो शक्तिको रूपमा स्थापित ग¥यो । दोस्रो विश्वयुद्धमा प्रवेश गर्यो । युद्धको परिणामले संयुक्त राज्य अमेरिका अझै शक्तिशाली बन्दै गयो । संयुक्त राज्यले चन्द्रमामा पहिलो मानव अवतरण गरायो । सोभियत संघको पतन भए पछि संयुक्त राज्य अमेरिका विश्वको एकमात्र महाशक्तिको रूपमा उभियो । अमेरिका जस्तो शक्तिशाली देशमा २०८० साल असौज १७ गतेका दिन जाने साइत तय भयो । १७ गते बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अमेरिका जाने सिलसिलामा कोरियन एयरबाट कोरिया तर्फ लागियो । चार अक्टोवरमा काठमाडौ छाडेर ५ अक्टोवरको विहान हामी सिउलको क्ष्लअजभयल (इनचिउन) अन्तराष्ट्रिय विमान स्थलको टर्मिनल नं २ मा उत्रियौं । सिउलमा केहीवेर रोकिएर अर्को जहाजबाट अमेरिका प्रस्थान गर्नु थियो । ह्वीलचियर भएकोले हामिलाई त्यति असहज भएन । सिउलबाट हामी अमेरिकाको डेट्रोइटको अन्तराष्ट्रिय विमान स्थल हुँदै ओमाहा पुग्नु थियो । डेट्रोइटको विमान स्थलमा पनि करिव ५ घण्टा बस्नु प¥यो । नेपालमा जहाज ढिलो गर्ने गरेको कुरा कुनै आश्चर्य नमानिय पनि अमेरिकामा पनि जहाज डिले भएको देख्दा अचम्मै लाग्यो १ घण्टा बढ्ता कुर्र्नै पर्ने देखियो । जेहोस् एक घण्टा बढ्ता कुरेर भए पनि ओवाहामा ओर्लियो । बाहिर आउँदा रामु छोरा, नातिनी इलिजा र बेल्डिहा घर भै हाल ओवाहामा बस्ने विकाश ढकालजी पूmलको गुच्छा लिएर बाहिर खडा हुनुहुन्यो । सारा थकाई हरायो । सामान बटुलियो र ओवाहा छोराको घरमा पुगियो । बुहारी सन्ध्या र नाति आरयान तातो पानी र चिया लिएर स्वागतार्थ खडा थिए ।
अमेरिकामा पुगेपछि पनि खोकीले निकै सतायो । तातोे पानी र दवाई खाँदा पनि सञ्चो हुन निकै दिन लाग्यो । नेपालको जस्तो यहाँ ठाउँ ठाउँमा आपूmखुसी दवाई किन्न सहज रहेनछ । हस्पिटल गएर जचाएर डाक्टरले दिएको दवाईमात्र किन्न पाइने रहेछ । हस्पिटलमा खर्च बढ्ता लाग्ने भएकोले नेपालबाटै लगेका दवाईमा भरपर्नु पर्ने भएकोले यहाँबाट लगेको दवाई प्रयोग गरियो । केही किताप ओमाहाको पुस्तकालयमा हस्तान्तरण गरियो । कृति सोझै पुस्तकालयमा रजिष्टर गर्दा रहेनछन् । यिनीहरूले कलेक्सन सेन्टरमा लगेर त्यहाँबाट ओके भए पछिमात्र पुस्तकालयमा दर्ता गरिदो रहेछ । मैले प्रदान गरेका कृति स्वीकृत भए या अवीस्कृत भए थाहा पाउन भने सकिन । दशै नजिकिदै थियो । घुम्न जाने कार्यक्रम बनिसकेका थिएनन् । अक्टुबर २० का दिन यहाँको खसी खरिदविक्री केन्द्रमा जाने कुरा चल्यो । खसीबजार कस्ता ठाउँमा रहेछ भनि म पनि गएँ । करिब एक घन्टाको दुरीमा गाउँमा पुगियो । जति जति बजारबाट टाढिदै गइयो खेती गर्ने जग्गाहरू देखिदै गए, रमाइलो लाग्दै गयो । जग्गा हेर्दा र नेपालसँग तुलना गर्दा पाल्पा र अर्घाखाँचीका पाटा जस्ता लागे पनि पाल्पा र अर्घाखाँचीका जस्ता धेरै भिराला भने छैनन् ।
बाली उत्पादन – नेव्रेस्का राज्यमा मकै खेती धेरै हुँदो रहेछ । विफ (गोरुको मासु) पनि बढ्ता हुने भएकोले यसलाई यसलाई कर्नहस्कर राज्य र विफ राज्यको उपनामले पनि चिनिदो रहेछ । मकै बारीको छुट्याईएको जमिनमा साइलेज पनि उत्पादन गरिदो रहेछ । भट्टमास, गहुँ, आलु , सरघम, मिलेट, सूर्यमुखी, ओट, चुकन्दर केराउ बाली लगाइँदो रहेछ । उत्पादकत्व बढता भएकोले कृषिबाट आय मस्त हुँदो रहेछ । उत्पादन चाहे बालिको होस् या मासुको होस् । १ केजी धान या मासु उत्पादन गर्न कति खर्च लाग्छ र त्यो एक केजी विक्री गर्दा कति आमदानी हुन्छ । त्यसमा उत्पादन गर्ने र आम्दानीमा भर पर्ने हुन्छ । नेपालमा हामी चाहे पशुपालन होस् या अन्न, सागपात, फलपूmल उत्पादन होस् तुलना गर्दा उत्पादन लागत उच्च छ । त्यसकारण उत्पादनले कृषकको खर्च उठ्दैन । अमेरिकामा उत्पादन लगानी कम छ र उत्पादन बढी भएर कृषकले आम्दानी पाउने हुनाले नै खेती व्यवसाय फस्टाएको हो ।
चिडिया खाना अवmोकन –आज शनिवारको दिन (२१ अक्टोबरमा) विहानै नारानप्रसाद भुसालका परिवार र हामी हेनरी डोर्ली चिडियाखाना र एक्वैरियम ओमाहा, हेर्न गयौं । यो चिडियाखाना र एक्वेरियम विश्व संघको एक सदस्को रूपमा मान्यता प्राप्त गरेको छ । यसको उद्देश्य संरक्षण, अनुसन्धान, मनोरञ्जन, र शिक्षा रहेको छ । यो विश्वका लोपोन्मुख प्रजातिहरूको प्रजननमा संलग्न भएको जानकारी पाइयो । माछा हेर्न लाग्यौं । माछाको हेराईमा मलाई जापानको माछाहरू रखाई र क्रियाकलापमा यहाँ भन्दा राम्रो लाग्यो । संसारभरिका थरी थरीका जानवरहरू यहाँ हेर्न पाइने । जिराफ हाम्रो लागि नौलो पशु हो । जिराफ हेरियो । नेपालमा पाइने पाटे बाघ पनि देखियो । भालू लगायत गैंडा, जंगली घोडा, रेडपाण्डा आदि हेर्ने काम भयो । अझै हेर्न थुप्रै थियो थाकिएको साथै खानानखाई गएकोले घर फर्कियो ।
अक्टोबर २३ महानवमीको दिन । आज दुर्गा स्थापना गर्नुपर्ने भएकोले दुर्गा स्थापना गरियो । दुर्गा मन्दिरमा दुर्गा दर्शनको लागि गइयो । आज २४ अक्टोवर नेपालमा साँझ पर्दा नपर्दा म बसेको ठाउँ ओवाहमा सूर्य भगवानले दर्शन दिनु भयो । दुर्गा विशर्जन गरेंं । अब टिकाको साइत कुर्न थालें । कुलदेवता पितृदेवतालाई दहीले मुछेका अक्षता र जमरा चढाएँ । जहाँ जहाँ जमरा र अक्षताले पूजा गर्नु थियो, त्यहाँ त्यहाँ पूजा समयमै सकेर ठिक साइतमा नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल, स्टकोट र भादगाउँले खुकुरीले सुसज्जित टोपी लगायर टिका लगाउन थालनी गरियो । सर्बप्रथम दशैंको टिका जेठोेबाट थालनी गर्ने भन्ने चलन भएकोले रामु छोरालाई टिका लगायौं । त्यसपछि रामुको साढुभाइ शोभियत रेग्मीलाई टिका लगाए पछि नाति आरएन रिजाल र नातिनी इलिजा रिजाललाई टिका लगाइयो । दूर्भाग्य भनौैं बुहारी सन्धयालाई भने माहिनावारी भएकोले टिका लगाउन अहिले पनि पाइएन । यसपछि मेरी कान्छी श्रीमती पार्वतीलाई मैले टिका लगाई दिएँ । यसपछि ग्यादीका केशव पौडेलका सपरिवार आउनु भयो । विकास ढकालका आमा लगायत परिवार( श्रीमती र छोराहरू) आउनु भयो । उहाँहरूलाई टिका लगाइदिएँ । भोजराज पौडेल सपरिवार आउनु. भयो । दशैंको टिका कतै ज्येष्ठबाट ग्रहण गर्ने भनिन्छ भने कतै मावली ससुराली पक्षबाट टिका ग्रहण गर्ने चलन भएकोेले मैले भोजराजलाई साला भन्न पर्ने नाता भएकोले भोजराजबाट टिका ग्रहण गंंरेंंंंंंंंं र उनका छोराछोरीलाई मैले टिका लगाईँ दिएँ । यसपछि नारानप्रसाद भुसालबका सपरिवार आउनु भयो । उहाँको सपरिवारलाई टिका लगाएँ । यसपछि सुनशरी इनरुवाका अमित चौधरी, सुशमा चौधरी, अरलेन चौधरी, भक्त चौधरी, फुलिया थरुनी, अजय चौधरी र गंगा चौधरीहरू पनि टिकालाउन आए र मेरो हातबाट टिका ग्रहण गरे ।
आज अक्टुबर २८ गतेमा नेव्रास्का नेपाली सोसाइटी विजया दशमी र शुभ दीपावलि अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै छ भन्ने जानकारी पाएको थिएँ । कार्यक्रम कस्तो होला, कति जना नेपालीहरूसँग भेट गर्न पाइएला आदि कौतुहलताले सताइ रहेको थियो । करिव साँझको ६ बजे हामी कार्यक्रम हुने स्थलतिर लागेम् । सात बजेतिर अउटिज्म केन्द्रमा(ब्गतष्कm अभलतचभ या ल्भदचबकपब ) पुगियो । खानपिनको राम्रो व्यवस्था रहेछ । धेरै जना खानको लाइनमा थिए । हामी भने खानामा सहभागी भएनौं । मैले त्यहाँ चिनेको को नै थियो र म भने जस्लाई देख्यो नमस्कार गर्दै मेरो परिचय दिंदै परिचय माग्न थालें । कार्यक्रमको थालनी भयो । धिरेन्द्र न्यौपाने अध्यक्ष सहित केही सञ्चालक समितिका पदाधिकारीसँग चिनजान भयो । त्यस आवसरमा केही डाक्टरहरूको नाम पनि आयो । हुम्यान डाक्टर या पिएचडी डाक्टर त्यो भने छुट्ट्याउन सकिन । नेपालमा भएका शिक्षित र युवाहरूको पलायनले देशका जमिन बाँझिदै छन् । वृद्धबृद्धाले आँगन कुरेर बसेका छन् । देशमा बौद्धिक जनशक्तिको खाँचो देखिदै छ । मनमा कता कता चस्स सियाोले कोपे जस्तो लाग्यो । केही बोल्न भने सकिन । विद्यार्थीहरूले नेपालमा भविष्य छैन भन्छन् । विदेशकै सपना देख्छन् । राजनेतामा देशको विकासको चिन्ता देखिदैन । देश कस्ले हो त बनाइ दिने मनमा प्रश्न उठ्छ । उत्तर कतै पाउँ दिन । माइकमा कार्यक्रम सञ्चालन हुने भनेर उद्घोष भै रहेको छ । म अव सबै सोचलाई मनमै थन्क्याएर कार्यक्रम अवलोकनतिर लागें । कार्यक्रमको थालनीको पहिलो नाच कृषा गौतमको शीरैमा शीरवन्दी गीतको बोलमा थियो । यो गीतमा उनले नाचेको मलाई निकै मन प¥यो । रविन आचार्यको गीत, आरोही तिमल्सिनाको नाच, अमीसा अधिकारीको नाच, अर्पण ढकालको अंग्रजी बालगीत, लगायत धेरै कार्यक्रमहरू यहाँ प्रस्तुत भएका थिए । यस पटकको नयाँ कार्यक्रम थपमा लाखेनाच भएको जानकारी गराइयो । लाखेनाचका प्रस्तुत कर्तामा विकास ढकालले लाखेको भूमिका निभाउनु भएको थियो भने सुरेष श्रेष्ठ र नारायण चालिसेले सहयोगीको भूमिका निभाउनु भएको थियो । आजको मुख्य कलाकारको रूपमा लोक गायक कुलेन्द्र विश्वकर्मा हुनुहुन्थ्यो । जब उहाँ स्टेजमा उभिनु भयो त हलको माहौल निकै तातियो । उहाँले "म पर्वतको मानिस जलजला बोलको गीतबाट गाउन थालनी गर्छु तपार्इँहरू नाच्नुपर्छ भनेपछि समुहका सबै महिला पुरुष नाचमा सहभागी भए । सबै सहभागीले आनन्दमा नाच्न थाले । नाच गान सुरु भयो । एकातिर सङ्गीत गुञ्जेको छ । अर्कोतिर नाच धुमधामले चलिरहेको छ । कुलेन्दजीको कहिले तालिको अव्हान, कहिले नाचमा सरिक हुनको लागि आव्हान, कुनै वेला माइक लिएर आँफै स्टेजमा नाचेको प्रदर्शनले गर्दा सबै सहभागीको नृत्यले निकै रमाइलो भयो । बा पनि नाच्नु प¥यो भनेर तानेपछि त मलाई पनि नाच्न बाध्य हुन प¥यो । म नाच्न थालें । सबै पुरुष साथीहरूले मलाई माझमा पारेर नाच्न थाले । बुढ्यो शरीर हल्लाउन करै लाग्यो । मैले पनि धोकै फेरेर शरीर हल्लाएँ । कार्यक्रम समाप्त हुन हुन थालेको थियो । अव विदा लियौं भन्दै हामी घरतिर लाग्यौं।
हालोवीन दिवस– अक्टुबर ३१ को दिन अमेरिकामा ज्बिियधभभल दिवश मनाइदो रहेछ । यो ख्रिश्चियनहरूको पर्व हो । यस दिनमा मृत्यआत्माहरू घरमा फर्किन्छन् भन्ने विश्वास गरिदो रहेछ । बेलुका ५ बजेतिर साना साना बालबलिकाहरू चक्लेट लिन विभिन्न कपडामा सजिसजाऊ भएर आए । यो धेरै पुरानो पर्व रहेछ । यो युरोपबाट थालनी भएको थियो १९ औं शताब्दीको दोस्रो भागमा, अमेरिकामा नयाँ लाखौं आयरिशहरू आप्रवासीहरूले यसपर्वलाई झनै लोकप्रिय बनाउन सफल भए । रमाइलो मनाउन अरू धर्मका बालबालिकाहरू यस उत्सवमा सहभागी भएको देखियो । यसो गर्दागर्दै यो पर्व सबैको साझा हुने देखियो । नेपालमा भूत दिवस भनेर नमनाइने भए पनि गठेमङ्गललाई पर्वको रूपमा मनाइन्छ यसरी नै लाखेनाच पनि भूत प्रेत नलागोस् र मरेको आत्माले दुख नदेवस भनेर मनाइने भए पनि सबैको साझा पर्व हुन सकेको छैन । बरु लोप हुन लागेको छ ।
क्यालिफोर्निया अवलोकन – चार नोभेम्वर २०२३का दिन क्यालिफोर्निया जानको लागि रमाना भइयो । ओमाहा बाट सोझै क्यालिफोर्निया जाने सुविधा नभएकोले जहाजमा डेनभार हुँदै सन्सफ्रान्सिस्को पुगियो । यहाँबाट हामी एल्डोराडो मोटेलमा बास बस्न पुगियो । विहान हामी लक्ष्मी वैकुण्ठ नाथ मन्दिरमा पुगियो । यो मन्दिरका स्वामी बाग्लुङ, विहुँका अनन्त शर्मा कण्डेल हुनुहुन्छ । नेपालमा लङ्कुमा बसोबास छ । उहाँको निमन्त्रणामा हामी त्यहाँ पुग्ने सौभाग्य मिलेको हो । मूर्तिले सजिएको मन्दिर निकै आकार्षक र सुन्दर छ । हामिले पूजा गर्ने मौका पायौं, पूजाको लागि भक्तजहरू पनि आउनु भएको थियो । क्यालिफोर्नियालाई सेप्टेम्बर ९, १८५० मा संघको ३१ आौं राज्यको रूपमा स्थापना गरिएको थियो र १९६० को शुरुवातमा यो सबैभन्दा जनसंख्या भएको अमेरिकी राज्य थियो। हजारौं आप्रवासीहरूको बसोबास छ । क्यालिफोर्नियामा मुख्य सहरहरू ९ ओटा रहेकोमा हामी कहाँ कहाँ जाने भन्ने हामीसँग कुनै योजना थिएन । उहाँको योजना बमोजिम नै हाम्रो यात्रा तय हुनु थियो । सनफ्रककन्सिस्को यसको सबै भन्दा प्रसिद्ध शहरह रहेछ । सकक्रामेंटो राजधानी हो । उहाँले हामीलाई हेइवार्ड ( ज्बथबधबचम तिर लिएर जानु भयो । खाडी क्षेत्र मा छैटौं ठूलो शहर रहेछ । यो शहरमा सुन्दर आवासहरू देखिए । यो व्यपारिक केन्द्रको रूपमा विकसित भएको रहेछ । पम्पहरू – हिटरहरू – फिल्टरहरू – पार्ट्स र सहायक उपकरणहरू – सेनिटाइजेशन आदि उत्पादन हुने कुरा मोटामोटी जानकारीमा आयो । स्वामीजीले यहाँ राजेन्द्रप्रसादको घरमा देवी पूजा गराउनु रहेछ । यिनीहरू भारतीय मूलका फिजीका बासिन्दा रहेछन् । यहाँ जापानी वनस्पति बगैचा छ भन्ने जानकारी पाइयो । मन्दिरदेखि यहाँसम्म आउँदा बाटामा सुन्दर प्राकृतिक ले सजिएका चाक्ला बाटाहरू र बाटो छेउछाउका घरहरू निकै लोभलाग्दा देखिए । पहाडहरू पनि कर्मीले कुदैर बनाए जस्ता अलग अलग थुप्रा भए पनि आपसमा जोडिएर पनि आफ्नो अस्तित्व जोगाएको रूपमा हेर्न सकिने । यहाँ बाट हामी सनफ्रान्सिस्को ९कबल ँचबलअष्कअय० तिर लागेम् । उत्तरी प्यासिफिक महासागरसँग जोडिएको यो शहर उत्तरी क्यालिफोर्नियाको व्यावसायिक, वित्तीय र सांस्कृतिक केन्द्रको रूपमा हेरिदो रहेछ । जनसंख्याको हिसावले क्यालिफोर्नियाको चौथो सबैभन्दा बढी जनसंख्या भएको शहर रहेछ । यो व्यस्त वन्दरगाह पनि रहेछ । यस शहरका आकार्षक कुराहरूमा गोल्डेन गेटको झोलुङ्ग पूल संसार प्रशिद्ध छ । घुम्ती सडक जस्तै लोम्बार्ड स्ट्रिट, हाम्रो वाइरोडको घुम्टी जस्तै आठ फन्का घुमाएर बनाएको रहेछ । खेलकुद, सङ्गीत, र सांस्कृति, यहाँको खानाका प्रकारहरूले यात्रुहरूलाई लोभ्याउने कुराहरू सुन्नमा आयो । भोक लागेको थियो कफी लगायत सबैलाई मनपर्ने खाना खाइयो । समुद्रको किनारमा अवस्थित भएकोले गर्दा, पानीजहाज चलिरहेका देखिन्थे । पर्यटकले पनि जहाज चढेर आनन्द लिइरहेका थिए । तर हामीलाई समयानुकुल भएन । हामी मोटेलमा फर्केम । नोभेम्बर ६ तारिक कैलीफोर्निया घुमाईको अन्तिम दिन भनौं । किन कि हामीले ७ नोभेम्बरमा कैलीफोर्निया छाडेर ग्रिनिनसबोरोमा जानु थियो । स्वामीजीले डाउन टाउनका कुरा गर्नु भयो, म्युजियमहरूका कुरा गर्नु भयो । शैक्षिक कुराहरू सुनाउनु भयो, पार्कका कुरा सुनाउनु भयो । नदी किनारमा थुप्रै आयत गरिएका कारहरू देखिए । जनआवादी पनि घना रहेछ । आज हाम्रो यात्रा" हिमाली गुराँसका सम्पादक खिमानन्द पोख्रेल"लाई भेट गर्नु थियो । त्यतातिर जानु थियो । उहाँ ३४०४ राइन्डर्स वे सेक्रामेन्टोमा बस्नु हुँदो रहेछ । सेक्रामेन्टो कैलिफोर्नियाको राजधानी रहेछ । हामी जान पनि मन लागेको थियो । संयोग राम्रै जुट्यो । यो क्षेत्र खेतका फाँटहरू, तथा कृषियोग्य जमिन देखियो । यहाँ धानको उत्पादन राम्रो हुन्छ भन्ने जानकारी पाइयो । खाद्य उद्योगहरू छन् भन्ने कुरा पनि जानकारीमा आए ।यहाँबाट हाम्रो यात्रा गोल्डेन गेटतिर लम्क्यो । आजको भ्रमणलाई कृषिकर्म अवलोकन भ्रमणको संज्ञा दिदा पनि फरक नपर्ने देखियो किनकी स्वामीजीले हामीलाई जुन बाटोबाट अगाडी बढाउनु भयो त्यहाँ खेती गरिएका जमिनजमात्र देखिन्थे । हामी नापा पुग्यौं । नापा पहाडी क्षेत्र रहेछ । जता हेरो अंगुरका बोटहरू मात्रै देखिने । पहाडी पुरै भाग अंगुरका बोटले भरिएका रहेछन् । यहाँका लेखहरू हेर्दा ३० माइल लामो र केहि माइल चौडा, नापा उपत्यका विविध जातका अंगुरको खेतीका लागि उपयुक्त माटो र हावा पानी रहेको बुझिन्छ । यी अंगुर खास गरेर मदिरा उत्पादनको लागि प्रयोग गरिदो रहेछ । हाम्रो देशमा विभिन्न ब्लक भनिन्छ तर यस्तो ब्लक देख्न पाइँदैन । उत्पादन पनि २० देखि ३० टन प्रति हेक्टर भएको जानकारी पाइन्छ ।अघि बढ्दै थियौं । समयको अभाव त छँदै थियो ।स्वमीजीले गाडीको गतिलाई थोरै रूपमा कम गरेर "हेर्नुहोस् , यी ठूला ठूला गह्रामा पानी जमाएको नुनको लागि हो । यो पानी केही जमेपछि बाटो पारीका गरामा सारिन्छ । सुकाएर नुन तयार हुन्छ" भन्दै गाडीमा गति थप्नु भयो । कतै टनेल, कतै जङ्गल, कतै पूलहरू तर्दै हामी गोल्डेन गेटपुग्यौं । यो पुलले सैनफ्रान्सिस्को नगरको सैनफ्रान्ससिस खाडीका दुबै छेउलाई जोड्ने झोलुङ्गे पूल रहेछ । यो पूल सन १९३७ मा निर्माण भएको रहेछ । यस समयमा यो संसार भरिकै सबै भन्दा लामो झोलुङ्गे पूलको रूपमा गनिदो रहेछ । मापनको हिसावले यो लम्बाई ८९८१ फिट(२७३७ मिटर) चौडाई ९० फिट (२७ मिटर)उच्चाई ७४६ फिट (२२७ मिटर) रहेछ । यो पूलको महत्व संसार भरीनै फैलिएको छ । ठूला ठूला भूइँचालाबाट पनि यसलाई हानी पु¥याउन नसकेको हुँदा यसको महत्व अभैm धेरै बढेको छ भन्ने कुरा हामीलाई स्वामीजीले बताउनु भयो ।
पmेसबुक – वास्तवमा फेसबुक अमेरिकी प्रविधिद्वारा ई.सं २००४ सालमा मार्क जुकर वर्गले स्थापित गरेका हुन् । यो आज संसार भरी फैलिएको छ । सबैको प्रयोगको साधन भएको छ र संसार भरी करिब ५०,००० जनाले पूर्ण दिनको रोजगारीमा लाभान्वित भएका छन् ।
गुगल–गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रिय सार्वजनिक कम्पनी हो । यस कम्पनीले इन्टरनेट सर्च, क्लाउड कम्पेटिङ र विज्ञापनको क्षेत्रमा धेरै लगानी गरेको रहेछ । यो कम्पनीको स्थापना स्ट्यान्डफोर्ड विश्व विद्यालयबाट विद्यावारिधी गरेका दुई विद्यार्थीहरू ल्यारी पेज र सर्गेई ब्रिनले गरेका रहेछन् । यो स्थापना क्यालिफोर्नियाको मेन्लो पार्कमा ४ सेप्टेम्बर १९९८मा गरिएको थियो । आज हरेक मानिसको लागि यो ज्ञानको यस्तो भकारी भएको छ जति ज्ञान चाह्यो त्यति निकाल्न पाइन्छ ।
सनीवेल हिन्दु मन्दिर र शिव विष्णु मन्दिर लिभर मोरको दर्शन –हामी सनीवेल हिन्दु मन्दिर र शिव विष्णु मन्दिर लिभर मोरमा गइयो । साँझको आरती चलिरहेको थियो । सनीवेल हिन्दु मन्दिरमा ७ दिनमा कुनबार कसको पूजा गरिन्छ भनि तालिका बनाएर पूजा गरेको जानकारी पाइयो जस्तै प्रत्येक दिन बिहान भगवान गणेश अभिषेकम, गणेश आरती र मन्दिर महामंगला आरती गरिने रहेछ । पूजा तालिका सातै दिन कुन कुन समयमा के गरिन्छ भनि प्रष्ट देखाइएको छ।
प्रसादीको राम्रो व्यवस्था, मन्त्र उच्चारण आदि बाट गरिएको पूजाले मनमा स्थान लियो । लिभरमोरको शिव विष्णु मन्दिरमा पूजा चलिरहेको थियो । हामी शिव विष्णुको दर्शन गरी प्रसादी ग्रहणगरी यहाँबाट होटेल जान निीस्कयौैं ।
७ तारिक शनफ्रान्सिस्को र डेनभार हुँदै ग्रिनशबोरो पुगियो । डा. विनोद रिजाल लिन आएका थिए । हामी डा. विनोदको घरमा रातको १२ बजेतिर पुग्यौं । ८ तारिक नोर्थ कैलोरिना एग्रिकल्चर एण्ड टेक्नोलजी युनिभरसिटीमा जाने कार्यक्रम भयो । मेरा भाइका छोरा बुहारी डा. विनोद रिजाल र प्रा.डा. मुना रिजाल काम गर्ने भएकोले प्रा.डा. मुनाले आपूmले गरेको रिशर्च र प्रयोगशाला गतिचब कयगलम ायच तजभचबउथ बलम म्चगन म्भष्खिभचथ ीबद खष्कष्त गरियो । उनले आपूmले अनुसन्धान गर्ने उपकरणहरूको बारेमा जानकारी गराइन् र साथै उनले पढाउने विद्यार्थीहरूका बारेमा जानकारी गराइन् । डा. मुनाले आफूले व्रेन टयुमरलाई अल्ट्रा साउण्डको माध्यमबाट मुसामा प्रयोग गरेर सफल भएको र उनले गरेको अनुसन्धानमा उपराष्ट्रपति हालका राष्ट्रपति जोहन वाइडेनबाट पुरस्कृत भएको पनि बताइन् । बेलुका पख पुन डा.विनोदले बाहिर जाम भनी युद्ध भूमितिर लगे । यो लडाईँ अंग्रेज र अमेरिकन शेनाको बीचमा १५ अक्टुबर १७८० मा भएको रहेछ र अंग्रेजहरूले विजय प्राप्त गरेका रहेछन् ।
ग्रिनिसबोरोको ऐतिहासिक संग्राहलयअवलोकन–यसमा ऐतिहासिक घटनाक्रमहरूलाई समावेश गरेको पाइयो । यो संग्राहलय धेरै पुरानो रहेको जानकारी हुन्छ । यहाँ नर्थ क्यारोलिनाका प्रजातन्त्रका ११ चुनावमा विजेताको विवरण, अन्लाइनमा प्रदर्शनी, डल्लेयले मेडिसन् कलेक्सन गरेका सामाग्री, १८०८ भन्दा पहिलादे्खि १९८० सम्मका गाउँका घटनाक्रम र जीवन शैली तत्कालिन समयकमा हात हतियर, बजाउने सामाग्री, गाडी, स्कुल, होटेल, बिस्तरा, दासको अवस्था आदि थुप्रै जानकारीहरू समेटिएका छन् ।
बासिङगटन डिसीको भ्रमण –नोभेम्बर–९ गते ग्रिनिसवोरोबाट विहान ५.४५ मा वासिङ्गटन डिसी जान हिडियो । भर्जिनिया हुँदै करिब ११ बजेतिर डिसी पुगियो । डि.सी.भन्दा वाशिंगटन डिसी, औपचारिक रूपमा कोलोम्बिया जिल्ला राजधानी शहर, संयुक्त राज्य अमेरिकाको संघीय जिल्ला हो । यो विश्व राजनीतिको लागि महत्वपूर्ण र चर्चित थलो पनि हो । डिसी.(अमेरिकी सदननको (काँग्रेसको) मातहतमा छ । संयुक्त सरकार संघीयसरकारका विधायिका (काँग्रेस), । राष्ट्रपति ,(कार्यकारी) र सर्वोच्च अदालत यहीं अवस्थित छन् भन्ने जानकारी डा. विनोदले गराए । नेपालको राजदूतावासतिर लागेम् । कामको सोधनी भयो म पूर्व कर्मचारी, अमेरिका भ्रमणमा आएको वेला दूतवासमा पसेर राजदूतलाई दर्शन गर्ने मनसायले आएको भनि जानकारी गराएँ । "उहाँ मिटिङ्मा हुनुहुन्छ, सकेसम्म भेट गराउने प्रयास गर्छु " भन्ने आश्वासन पाइयो । नभन्दै महामहिम राजदूत ( श्रीधर खत्री ) ज्यूको दर्शन १० मिनटमै पाइयो । उहाँसँग तस्विर खिचाइयो । हामी उहासँग विदा मागियो । अमेरिका र नेपाल बीचका कूटनीतिक सम्बन्ध २५ अप्रिल, १९४७ मा स्थापना भएको थियो । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको बेलायत पछि अमेरिका दोस्रो देश हो । नेपालले ०३ फेब्रुअरी, १९५८ मा वाशिंगटन डी.सी.मा आफ्नो दूतावास खोल्यो । अगस्त ०६, १९५९ मा, काठमाडौंमा अमेरिकी दूतावास खोलियो । अमेरिकादेखि नेपालसम्मको भ्रमणको आदानप्रदान हुन थाल्यो । आज धेरै नेपालीहरू अमेरिकामा आएका छन् । कोही यतैका नागरिक भएका छन् त कोही नेपाल आवत जावत गर्दछन् ।
अब्राहम लिंकनको शालिकको अवलोकन– अब्राहम लिंकन फेब्रुअरी १२, १८०९ मा जन्म लिए । उनी वकिल, राजनीतिज्ञ, र राजनेता थिए । उनले अमेरिकाको १६ औं राष्ट्रपतिको रूपम (१८६१ देखि १८६५) सम्म कार्यभार चलाए । १५ अप्रिल १८६५मा उनको हत्या गरियो । छोटो अवधीमा संवैधानिक संघको रूपमा राष्ट्रको रक्षा गर्नु, गृह्ययुद्धमा सफलता प्राप्त गर्नु, दासत्व उन्मूलन गर्नु, संघीय सरकारको शक्ति विस्तार गर्नु र अमेरिकी अर्थतन्त्रलाई आधुनिकीकरण गर्ने जस्ता काममा सफलता हाँसिल गरे । यस्ता महान नेताको शालिक हेर्ने तीब्रइच्छा थियो । अब हामी अब्राहम लिङ्कनको स्मारक स्थलमा पुग्यौं । लिंकनको स्मारक १९० फिट लम्बाई ११८ फिट चौडाई ९९ फिट उचाईको रहेछ । त्यो स्मारक भएको ठाउँमा लिंकनको मूर्ति १९ फिट अग्लो र १७५ टन तौलको भन्ने जानकारी भयो । शालिकको अवलोकन पछि हामी अमेरिकन राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको अवलोकनको लागि लाग्यौ । यो समय भने हाम्रो लागि राम्रो भएन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति को आवास र काम गर्ने भवन रहेछ । यसलाई जनताको घर पनि भन्दा रहेछन् । सबै अमेरिकीहरूले समावेशी र आबद्धताको भावना महसुस गर्छन् भन्ने धारणा लेखहरूमा पढ्न पाइन्छ । दुर्भाग्य अचानक पानी प¥यो । ओत कतै लाग्न सकिएन ।रुझ्दै रुझ्दै बाहिरैबाट तस्विर लियौं । र ह्वाइट हाउसको नजिकको चौरको रुखको फेदमा ओत लियौं । ह्वाइट हाउस राम्रोसँग हेर्ने रहर अधुरै रह्यो । हिड्न नसकी टेक्सि लियौं । नातिनीको मोवाइल टेक्सिमा छुट्यो । उनी रुन थालिन् ।टेक्सिवालाले ओमाहा घरमा पठाइ दियो ।
अनेसासका संस्थापक होमनाथ सुवेदीसँग भेट– करिव बेलुका ५ बजेतिर होमनाथ सुवेदीको घर पुगेम् । मेरो समालोचनाको १ कृति "गंगा लिगल–सृष्टि दृष्टि" र मेरो बारेमा साहित्यकार रामप्रसाद ज्ञावलिले लेखेको "सदानन्दको जीवन कर्म र व्यक्तित्व"को कृति होमनाथज्यूमा सादर अर्पण गरें भने होमनाथज्यूले पनि मलाई "भूकम्प" "जि. मु.हरिलाल सुवेदी बन्धुवृत्तमा" र डायस्पोराबाट नेपालका समालोचना" गरी तीन थान कृतिहरू प्रदान गर्नु भयो ।चियापान खाजा खाएर बस्ने आग्रह गर्दा गर्दै हामी ग्रिनिसबोरो जान भनेर विदा भयौं ।
शिकागो भमण – नोभेम्बर–९ आज हामी ग्रिनिशबोरोबाट शिकागो जाने तरखरमा थियौं । मेरो भाइ प्रेमशर्मा रिजालका जेठो छोरा डा. विनोद रिजाल, बुहारी प्रा.डा. मुना अर्याल र ठूली नातिनी विना रिजाल सानी नातेतिनी मेग्ना रिजालसँग त दुई दिनदेखि सँगै बस्दै आएका थियौं । आज भाइकै कान्छो छोरा डा. विदुर रिजाल बुहारी यमुना रिजाल, नातिनी अविना रिजाल र नाति बिजल रिजाल हामीसँग भेट गर्न आए ।हामी सबै सँगै बसेर खाना खाने खुसियालीमा नाच गान गर्ने रमाउने तिर लागियो । आजको दिनभर घरयासी खुसीयालीमा विताइयो ।
बेलुकाको जहाजमा शिकागोतिर लागियो । टुकनाथ चापागाइ जहाज ग्रउण्डमा लिन आउनु भएको थियो । उहाँको निवासमा पुगियो । ममिता भुसाल चापागाई र उहाँकी सानी छोरी केन्जल चापा गाई हाम्रो प्रतिक्षामा थिए । उहाँले हामीलाई शिकागोको बारेमा जानकारी गराउँदै लानु भएको थियो । शिकागो संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यको सबैभन्दा बढी जनसङ्ख्या भएको .नगर । यस नगरको नगरवासीको जनसङ्ख्या करिब २७ लाखको हाराहारीमा छ । शिकागोको फराकिलो शहर हो । लाखौं लाख आगन्तुकहरू यहाँ घुम्न आउँछ् । यो एउटा बहुसांस्कृतिले सम्पन्न शहर पनि हो । यसलाई विन्डी सिटी, ची–टाउन, वा बिग शोल्डर्सको शहर पनि भनिन्छ । यहाँका मानिसहरू कडा परिश्रम गर्ने खालका हुन्छन् । सिकागोले सार्वजनिक विद्यालयहरू सुधार गर्ने काम, सार्वजनिक सुरक्षामा ध्यान दिनु अनि सुरक्षामा पहलहरू बढाउनु र आर्थिक रूपमा स्वस्थ समुदायहरूलाई किफायती आवास उपलब्ध गराउने जस्ता काम गर्दछ । सबैका लागि पहुँच सुनिश्चित हुनु पर्छ भन्ने धारणा राख्ने, र सामाजिक, आर्थिक र वातावरणीय दिगोपन सुनिश्चित गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ भन्न सकिन्छ । अग्ला अग्ला महल÷ घरहरू यहाँ बनाइएका छन् । यस्ता जानकारी टुकनाथ जीबाट प्राप्त गरिया ।
नभेम्बर १२ मा टुकनाथजीले आज कारमा नभएर ट्रेन र बसमा चढ्दै सिकागो सहर घुम्ने प्रस्ताव राख्नु भयो । गाडीमा डुल्ला डुल्दा मन अघाइ सकेको थियो । बस र टे«नको यात्रा पनि गर्ने मन लागेको थियो । खुसी लाग्यो । सर्व प्रथम डाउन टाउनतिर लागेम् । यहाँ हामील मिलिनियम पार्कमा पुग्यौं । मिलेनियम पार्क शिकागोको लूप सामुदायिक क्षेत्रमा अवस्थित एउटा सार्वजनिक पार्क रहेछ । यसलाई शिकागोको सांस्कृतिक मामिला विभागद्वारा सञ्चालित गरेको रहेछ । पार्क, २००४ मा खोलिएको र तेस्रो सहस्राब्दी मनाउने उद्देश्यले, बनाइएको रहेछ ।ऋबिगम नबतभ – हेर्न भनेर गइयो । यो पुन निर्मार्णमा रहेछ । क्लाउड गेट, जसलाई "द बीन", भनिदो रहेछ । यो शिकागोको सबैभन्दा लोकप्रिय स्थलहरू मध्ये एक हो भन्ने कुरा टुकनाथजीले बताउँदै हुनुहुन्थ्यो । हामीले गोलो ठूलो सिसा बस्तु त देखेम् तर अरू केही देखिएन तथा जानकारी हुन सकेन । विलिस टावर शिकागोको लूप सामुदायिक क्षेत्रमा ११० तले, १,४५१ –फिट अग्लो गगनचुम्बी भवन रहेछ । मलाई चक्कर लाग्ने भएकोले म डराएँ तर केही हुदैन भन्दै मलाई टुकनाथजीले तानेर लानु भयो मैले बाहिर नदेखिइकन भित्र हेरेर फोटो खिचाएँ । अरूले सहजै फोटो खिचाए र हामी बाहिर निस्क्यौ ।
शिकागो नदीमा वोट शयर (ऋजष्अबन–च्ष्खभच(ब्चअजष्तभअतगचभ(तयगच० – विश्व प्रसिद्ध स्थलचिन्हहरू हेर्न सकिदो रहेछ । दुबै किनारमा ठूला ठूला भवनहरू खडा छन् । शिकागोको विश्व–प्रसिद्ध वास्तुकला हेर्न पाउँदा आनन्द लाग्यो । करिव १ घण्टाको भ्रमण केही समय बोटको बाहिर बसियो । चिसो हावा लाग्यो । हावा लाग्यो घरभित्र जाउँ भनेपछि सबै भित्र गइयो । भित्र होटेल भनौं या दोकान रहेछ । खानेकुरा पनि पाइने । दिशा पिसाव पनि गर्न पाइने तातो वातावरणबाट पनि शिकागोका भवनहरू, वास्तुकला र इन्जिनियरिङले शहरलाई विश्व प्रख्यात बनाएको शानदार दृश्यहरू अवलोकन गरेर आनन्द लिइयो
मिशिगन ताल ९ःष्अजष्नबल बिपभ० अवलोकन – अमेरिकामा ठूला तालहरू पाँच ओटा छन् । यी तालहरू सुपीरियर, मिशिगन, हुरोन, एरी र ओन्टारियो हुन् यी तालहरू सामान्यतया क्यानाडा–संयुक्त राज्य अमेरिकाको सीमानासँग जोडिएका तथा सीमानासँग नजिक छन् । यी ताजा पानी भएका तालमा लिइन्छन् । उत्तरी अमेरिकाको पूर्वी–मध्य भित्री भागमा सेन्ट लरेन्स नदी हुँदै एट्लान्टिक महासागरमा जोडिन्छन् । यी तालमध्ये हामीले ठूलो मिशिगन ताल हेर्ने मौका पायौं । यो तालको करिव ११८ माइल चौडाई करिव ३०७ माइल लामो ताल हो । यो विश्वको ताजा पानीको ५ औं ठूलोताल हो । यो शहरमा शिकागो र कालुमेट नदीहरू पनि छन् । हामीलाई ममिता भुसाल चापागाईले सानी छोरी केन्जल चापागाईलाई साथमा लिएर तालको अवलोकन गर्न लानु भयो । तालको नजिकमा सुन्दर चौर रहेछ । त्यहाँ बसेर तस्विर खिचाइयो र अनि ताल हेरेर फोटो खिचाइयो । पाँच बज्यो , टुकनाथजी आउनु भयो । हामी ओमाहा जान तयार थियौं । टुकनाथजीले हामीलाई एयरपोर्ट पु¥याई हामीबाट विदा लिनु भयो । उहाँको ठूलो सहयोगको लागि आभार व्यक्त गर्दछु ।
.अमेरिकामा तिहार र देउसी भैलो – तिहारमा मलाई र छोरा रामुलाई टिका लगाउने कोही भएनन् । नातिले भने बहिनी इलिजाबाट टिका ग्रहण ग¥यो । ओमाहामा पनि नेव्रैस्का नेपाली सोसाइटीले भैलो खेल्ने आयोजना गरेको रहेछ । म पनि पर्वत खुर्काेटका पौडेलजीको घरमा सहभागी भएँ । चिसोका कारणले गर्दा सबै घरमा जान सकिन त्यो भैलो हाम्रो घरमा पनि आयो । राम्रो सँग भैलो खेलियो । नाच पनि भयो । हाम्रो पुरानो संस्कृतिलाई नेपाली जहाँ गए पनि , जहाँ भए पनि बचाएर राखेको मलाई अनुभूति भयो । देउसी÷भैलो मुख्य रूपमा नेपाली परम्परा हो । हालको अवस्थामा भैलो खेलको स्वरूपमा केही परिवर्तन आए पनि यसको निरन्तरता आजको आबश्यक्ता हो ।
विविध विषयमा केही छलफल– अमेरिकामा एउटा धनी देश भन्ने कुरा सबैलाई थाहा छ । एक दिन मैले एएटा साथीसँग कुरा राखें यहाँको रहनसहन त अनौठो लाग्यो । बाटोमा तथा चौरमा मानिस निकै कम देखिने । देखिए पनि सबैले एउटा या दुईवटा कुकुर डो¥याएर मात्रै हिडेको पाइने । उनले मुस्कुराउँदै भने "यो देश कुकुर र बालबालिकाको लागि त स्वर्गै हो ।" बाल बच्चालाई पनि केही अवस्थासम्म निकै ख्याल गर्नु पर्छ । बाटोमा कहीं कतै छाडा कुकुर देखिदैन । हाम्रो देश नेपालमा केही सौखिन मानिस तथा विदेशीहरूले कुकुर अमेरिकाको जस्तै गरेर पाले पनि अधिकांश कुकुर समस्याको रूपमा देखा पर्दछन् ।
सामाजिक बर्गिकरण –अमेरकाको सामाजिक वर्गिकरण पनि नेपालकै सरह धनी वर्ग, मध्य वर्ग र गरिब वर्ग भनेर वर्गिकरण गरेको पाइन्छ । फरक यत्ति हो कि प्रतिव्यक्ति आए, रहन सहन आदिमा आकाश–पातालको फरक छ । अमेरिकी महिला पुरुषलाई कहाँको फुर्सद हुनु । आफ्ना आफ्ना सवारी साधन छन् । आफ्नै तरिकाले काममा जान्छन् र कामबाट आउँछन् । नेपालबाट अमेरिका गएकाहरू पनि व्यस्त देखिन्छन् । श्रीमान र श्रीमतीको दुबैको एकै समयमा काम गर्न गएनन् र फरक फरक समय भयो भने दुबै जनाको भेट हुन छुट्टी कुर्न पछ । अमेरिकामा पनि गरिब छन् । २०२२ को तथ्याङ्कमा अमेरिकाको आधिकारिक गरिबी दर ११.५ प्रतिशत थियो । ३७.९ मिलियन मानिसहरू गरिबीमा छन् भन्ने देखिन्छ । यसरी नेपाललाई हेर्ने हो भने यो संख्या २०२२÷२३ अनुसार नेपालको जनसङ्ख्याको १५.१% गरिबीको रेखामुनि छन् । अमेरिकाको २०२२ मा प्रतिव्यक्ति व्यक्तिगत आय ६५,४२३ अमेरिकी डलर थियो। यो व्यक्तिगत आय भनेको कुनै पनि व्यक्तिले पाउन पर्ने सबै स्रोतबाट प्राप्त हुने आम्दानी हो । हाम्रो पात्रोको तथ्याङ्क अनुसार नेपालको २०८० को तथ्याङ्क हेर्दा १३९९अमेरिकी डलर प्रतिव्यक्ति पुगेको देखिन्छ । यो तथ्याङ्क विभिन्न स्रोतलाई केलायर हेर्दा फरक देखिए पनि करिव १४०० अमेरिकी डलरभन्दा कमै देखिन्छ । यसरी सामाजिक आर्थिकस्तरलाई हेर्ने हो भने हाम्रो आर्थिकस्तर निकै कम छ । अमेरिकामा सबै व्यक्ति काममा व्यस्त छन् । तिनीहरूको जीवनयात्रा काममा नै व्यस्तता हो । कमाएर खानु यहाँको दैनिकी जस्तो मलाई लाग्यो । अनि अर्को कुरा के अमेरिकामा भिखारी छैनन् भन्ने प्रश्न राख्दा भिखारी छन् भन्ने उत्तर आउँछ । नेपालमा हेरो भने भिख माग्नु सामाजिक समस्याको रूपमा देखिन्छ । अमेरिकामा करिव ३÷४ स्टेट (राज्य)का केही ठाउँमा पुग्दा शिकागोमा कसैले गीत गाएर कसैले सूचना टाँसेर भिख मागेको ४÷५ भेटिए । त्यहाँको लेख रचनालाई हेर्दा भिखारी अझै पनि त्यति व्यापक छैनन् भन्ने जानकारी पाइन्छ । अर्को कुरा भिखमाग्नेहरूलाई सरकारी कार्यक्रमहरू र गैर–लाभकारी संस्थाहरूले सहयोग गर्दछन् ।
मैले भेटेका र अमेरिका जँदा भेट भएका अमेरिकनहरू निकै सुहयोगी भेटिए । बेलुकीपख यसो पार्कतिर म र मेरो श्रीमती निस्कने काम गरेम् । बाटोमा कोही दौडेका र कोही कुकुर लियर हिडिरहेको देखियो । नजिक हँुदा हाइ हलो गर्दा रहेछन् । मैले पनि नमस्कार गरे । हाम्रो पनि दिवा यात्रा पार्कमा हुन थाल्यो । हाम्रो हाइहलो र मुस्कान चलि नै रह्यो । तिनीहरूको स्वभाव निकै मन प¥यो तर ओमाहमा पुगेपछि । नेपालीले कुनै अमेरिकनको घरमा जान, ढोका ढकढकाउन, एक टकले तिनीहरूलाई हेर्न हुँदैन । तिनीहलाई ताकेर देखाउन हुँदैन आदि कुराहरू सुन्नमा आए । हुन पनि यसो हेर्दा बाहिरी संसारसँग कोही सम्मबन्ध हुँदैन । कौतुहलता जन्मियो खास के रहेछ त भन्दा उनीहरू सँग अति निकटतम् दोस्ती हाँसिल नगरी अपरिचित मानिसहरूले कुनै व्याक्तिगत प्रश्न सोध्न हुँदैन भन्ने जानकारी प्राप्त गरें ।
खानहरू– अमेरिकीहरूको खानामा मिल्कशेक, बारबेक्यू, फ्राइड फूडहरू, पिज्जा, हट डग, र टेक्स–मेक्स लगायतका अन्य परिकारहरू पनि यहाँ खानको रूपमा पाइन्छन् ।तटीय राज्यहरूमा माछाका परिकारहरू, गम्बो र चीजहरू समावेश हुन्छन् । उनीहरूले खाने खाना उत्कृष्ट हुने भए पनि हामी नेपालीहरूको लागि गोरुको मासु (विफ) बाट बच्नु पर्ने दे्खिन्छ । भनिन्छ यहाँका खानामा विफ र पोर्क ( सुगुरकामो मासु) को धेरै प्रयोग हुन्छ । होटेलमा जान परेको खण्डमा भारतीय मूलका मानिसले खोलेका होटेलमा तन्दुरी, नानहरू र भात आदि खान सहजै पाइन्छ ।
भाषमा विविधता – अमेरिका बहुभाषा, बहु संस्कृति भएको देश हो । यहाँ ३५० भन्दा बढी भाषा प्रयोगमा आएको पाइन्छ । अधिकाम्सले अंग्रेगी भाष बोल्दछन् । हाँको संस्कृति विभिधताले सजिएको छ । यहाँ विभिन्न देशबाट मानिसहरू बसाइँसराइ गरेर आएका छन् । उनीहरूले आफ्नो भाषा संस्कृति लिएर आएका छन् । त्यसो हुँदा यो बहुसंस्कृतिक देश हो । धर्मको हिसावमा हेर्दा क्रिश्चियन धर्म मान्नेहरूको संख्या सबैभन्दा बढी छ अरू धर्मावलीहरूले पनि आफ्नो धर्मलाई स्वतन्त्र रूपमा पालना गरेको पाइन्छ ।
बजारमा भ्रमण –अमेरिकामा ठुला ठुला सुपर मार्केटहरू छन् । यहाँ भारतीयहरूको दोकानमा जाँदा हाम्रो इच्छा अनुसारका नेपालमा पाइने भारतीय सबै सामान किन्न पाइने रहेछन् । वैंक कायर्ड भए पछि नगद पैसा लिएर जान पर्दो रहेनछ । त्यसै कार्डबाट भुक्तानी दिने र विल लिने गर्दा रहेछन् । हाइभी भन्ने सुपर मार्केट म्यानेजर टोम भान एकर र म्यानेजर जीम लेह म्यानसँग एउटा सानो मिटिङ पनि गरें निकै आनन्द लाग्यो यस संस्थाले १२ अरब अमेरिकी डलर त राज्स्वमात्र तिर्दो रहेछ र ९३ हज्जार जनालाई काम दिंदो रहेछ । विहिबारका दिन ज्येष्ठ नागरिकलाई हरेक बस्तुमा ५% छुट दिंदो रहेछ
आतिथ्यसत्कार–नेपालबाट अमेरिकामा आउनेहरूलाई यहाँ अमेरिकामा बस्ने कुनै कुनै परिवारले बोलाएर खानपिन गर्ने र रमाइलो वातावरणमा केही समय विताउने पनि गरिदो रहेछ । हामीलाई पनि नारायण घिमिरेज्यूको घरमा बोलाइएको थियो । यसरी नै हरि ॐ प्रधानकजीकोमा, विकास ढकालजीकोमा, केशव पौडेलजीकोमा, प्रदिप सुवेदीजीकोमा, कपिलराज रेग्मीजीकामा, गजेन्द्र पौडेलकोमा र भोजराज शर्मा पौडेको घरमा आतिथ्य सत्कारको स्वीकार गरिएको थियो ।
विवाह कार्यकर्ममा सहभागी – २०८० मंसिर २३ गते ( २०२३ डिसेम्बर ०१ तारिक) का दिन गजेन्द्र पौडेल र महालक्ष्मी ढकाल पौडेलकी सुपुत्री ऐर्वया पौडेलसँग भरतपुर निवासी वरिष्ठ साहित्यकार इन्द्रराज रेग्मी ज्यूको नाति, सुरेन्द्रराज रेग्मीको छोरा डा. रञ्जनराज रेग्मी ज्यूसँग विवाह सुसम्पन्न हुन गै रहेकोमा सहभागी हुने मौका मिल्यो ।
साहित्यिक कार्यकर्ममा सहभागी– अनेसास नेव्रेस्काकी सल्लाहाकार मीना शाक्यले जूम मार्फत साहित्यिक कार्यक्रम हुँदैछ भनेर जूम आइडी पठाइ दिनुभयो । त्यतिमात्र नभएर कार्यक्रमको थालनी हुन आँटो भनेर खवर पनि गर्नु भयो । अनेसासका अध्यक्ष गोवद्र्धन पूजाको अध्यक्षतामा बसेको उक्त कार्यक्रममा मेरो र लक्ष्मीस्मृति साहित्य समाजको बारेमा जानकारी गराउने मौका पाएँ । अनेसासकोे विश्वव्यापी सञ्चालन भएका कार्यक्रमका केही सहभागीहरूसँग पनि परिचय पाउने मौका मिल्यो । यसरी नै डिसेम्बर १७ तारिक आइतबार, अन्तराष्ट्रीय नेपाली साहित्य समाज (अनेसास नेब्रास्का च्याप्टर) ले एउटा सानो साहित्यिक कार्यक्रमा ंआमन्त्रण गरी संस्थाका अध्यक्ष श्री कृष्ण कडेलज्यूले सम्मान गर्नु भयो! साथै कविता बाचन गरिएको थियो । अमेरिका जस्तो व्यस्त जीवनमा पनि अनेसास नेब्रेसकाका समितिले मलाई बोलाएर जो आदर सम्मान गर्नुृ भयो त्यसको लागि आर्दिक आभार व्यक्त गर्दछु । डिसेम्बर २४ को दिन अमेरिकको यात्रा समाप्त गरी हामी नेपालतिर प्रस्थान ग¥यौं । छोटो अवधीमा धेरै उपलब्धी हाँसिल गर्न पाएकोमा धेरै खुसी लाग्यो ।
अन्त्यमा अमेरिकाको विकासमा त्यहाँको नेतृत्व वर्गको सफल सुशासन, सुयोजना, कानुनी बलियो प्रयोग, सुहाउँदो करप्रणाली, सबैलाई रोजगार, रोजगारीमा बाँच्नमा वाध्यता, खेती व्यवसायमा बैज्ञानिक करण, सुनिश्चित बजार व्यवस्था आदिले गर्दा देश विकासको उच्चाइमा पुगेको महसुस भयो । मानिसले कमाए खान पाउँछ नकमाए खान पाउँदैन । कमाउनी स्थान (रोजगार) जाँगर हुनेले जति समय (दिन रात) काम पाउँने भएकोले रोजगारको कुनै समस्या छैन । नेपालमा सुकुम्बासीलाई जग्गा वितरण गर्ने भन्ने जुन नीति छ त्यसबाट कुनै निकास निक्लदैन । सुकुम्बासीलाई आवास र रोजगार दिलाइ दिन सकेमा एकातिर सुकुम्बासी समस्या हल हुने र रोजगारले गर्दा देशले विकासको बाटो लिने थियो र युवाको विदेश पलायन पनि रोकिने थियो । सबै जना रोजगारमा व्यस्त हुन गएमा देशले विकासको मार्ग लिन्थ्यो । विश्व परिवेशलाई हेरेर सरकारले सुयोजना बनाएर राज्य सञ्चालन गर्नु आजको आश्यक्ता हो ।
January 12, 2024
मुक्तक
भावीनेपाल कस्तो बन्ला अनि जाला कता
सोच्न पर्ने सरकार हो ऊ विदेश पठाउँ छ
बृृद्धबृद्धा रोइबस्छन् ,युवाहरू दुःख भोगै उता
आँपूm जे जे गरेकोमा अमृतसरी ठान्नु
त्यही कर्म अर्को गर्दा हलाहल नै मान्नु
कस्तो प्रवृत्ति अवलम्वन गरे जन जनले
सबै गतिविधि हेर्दा, यो कस्ले के नै जान्नु
January 9, 2024
आमाको पुकार सदानन्द अभागी यस कृतिकी कृतिकार हुनुहुन्छ मीना शाक्य ।उहाँ आमा कृष्णमाया शाक्य र बुबा ज्योतिमान शाक्यकी सुपुत्री हुनुहुन्छ । वि. सं. २०१२ मा चैनपुर –२, संखुवासभामा जन्म स्थल भए पनि उहाँको कर्म स्थल पर्वत कुश्मा हुन पुग्यो । हाल उहाँ अल्र्यान्डो, अमेरिका हुँदै नेब्रास्का, ओमाहामा बसोबास गर्नु हुन्छ । नर्सीङ तथा मानवशास्त्रमा स्नातकोत्तर शैक्षिक योग्यता हाँसिल ग�
आमाको पुकार
सदानन्द अभागी
यस कृतिकी कृतिकार हुनुहुन्छ मीना शाक्य ।उहाँ आमा कृष्णमाया शाक्य र बुबा ज्योतिमान शाक्यकी सुपुत्री हुनुहुन्छ । वि. सं. २०१२ मा चैनपुर –२, संखुवासभामा जन्म स्थल भए पनि उहाँको कर्म स्थल पर्वत कुश्मा हुन पुग्यो । हाल उहाँ अल्र्यान्डो, अमेरिका हुँदै नेब्रास्का, ओमाहामा बसोबास गर्नु हुन्छ । नर्सीङ तथा मानवशास्त्रमा स्नातकोत्तर शैक्षिक योग्यता हाँसिल गर्नु भएकी मीना वरिष्ठ कवि पनि हुनुहुन्छ । उहाँका आत्मा बोल्छ (कवितासंग्रह, वि.सं.२०३५), आमाको पुकार (कवितासंग्रह वि.स २०६९ साल)ं. र गठेमङ्गल ( कवितासंग्रह वि.सं. २०७४) बजारमा आइसकेका छन् । उहाँ कविमात्र नभएर कुशल समाज सेवी, शिक्षाप्रेमी, स्वास्थसेवी (उपप्रध्यापक नर्सिङ क्याम्पस महाराजगन्ज) हुनुहुन्छ । थुप्रै सामाजिक संस्थाहरूमा उहाँको सम्लग्नता छ । उहाँ भूतपूर्व अध्यक्ष नेपाल नर्सिङ संघ,आजीवन सदस्य नेपाल नर्सिङ संघ, सल्लाहकार सोसाइटी फर अमेरिकन नेप्लिज नर्सेस,आजीवन सदस्य अनेसास, सदस्य अमेरिकन रेडक्रस सोसाइटी प्mलोरिडा ,अध्यक्ष अन्तराष्ट्रिय नेपाली साहित्य समाज, प्mलोरिडा च्याप्टर, हाल अनेसास नेब्रेस्काकी सल्लाहकार हुनुहहुन्छ ।
कृतिको संरचना – आवरण पृष्ठ बाहेक १५६ (२४+१३२)पृष्ठमा संरचित यस कृतिको प्रकाशन सुजिता शाक्य काठमाडौले गर्नु भएको छ । यसको मूल्य व्यक्तिगत रु १५०, संस्थागत रु ३०० रुपियाँ र विदेशमा १० डलर राखिएको छ । यसको सम्पादन हरिॐप्रधानले गर्नु भएको छ । कभर÷लेआउट केदार अधिकारीले गर्नुभएको छ । मुद्रण आवृत्ति छापाखाना बागबजार काठमाडौले गरेको छ । यो कृति स्व.पिता ज्योतिमान शाक्य र स्व.माता कृष्ण माया शाक्यमा सादर समर्पण गरिएको छ ।
साहित्यकारको धारण–
मार्मिक पनि सार्थक पनि शीर्षकमा राष्ट्रबकवि माधव घिमिरे लेख्नुहुन्छ –"वर्तमानमा नेपालीले भोग्न परेको नियति देखेर एक संवेदनशील नारीको हृदयको धुकधुकी आमाको पुकार कविता संग्रहमा परेको सुनिन्छ । र यसरी क्षोभका व्यङ्गहरू पनि यसमा सुनिन्छन् ।"
आमाको पुकारलाई शुभ कामना शीर्षकमा वरिष्ठ साहित्यकार श्यामप्रसाद श्रेक्ष्ठ लेख्नुहुन्छ –"नेपालको भूगोल, राष्ट्रियता, नेपाली संस्कृति, सभ्यता, परम्परा,र शैलीकोको वयान तथा त्यसको रक्षाका लागि उहाँका कविताहरूले आवाज दिएका छन् । "
आमाको पुकारमा मार्मिक उद्गार शीर्षकमा यस कृतिको चिरफार गर्दे डा.जीवेन्द्र देव गिरी लेख्नुहुन्छ– "समग्रका दृष्टिले शाक्यको भावना असल र चोखो छ अनि सामाजिक मुक्ति र राष्ट्रियताका दृष्टिले उँचो छ ।"
मीनाजीका धारणा यस कवितासङ्ग्रहकी कवयित्री मीनाजीका जति कृति पढे पनि सारभाव प्रदेशका आत्मा स्वदेशको मायामा तडपीरहेको हुन्छ । यस कृतिमा पनि कवियित्रीले यसरी आफ्ना धारणालाई पस्केकी छन् –"तन जहाँ भए पनि मन त मेरो नेपाली हो भन्ने भावना प्रवासिएका लाखौलाख नेपालीको जीवनको यथार्थ हो । नेपाल भन्दा निकै टाढा अमेरिका रहँदा पनि नेपालबाट आउने सुख दुखको खवरहरूले म जस्ता प्रवासिएका नेपालीहरूको मनलाई निकै उद्वेलित गरि रहन्छ ।"
प्रकाशक सुजिता शाकयको धारणा यस प्रकार आएको् छ –"उहाँमा रहेको अविचलित सिर्जनात्मक सोच , समाजमा महिलाहरूप्रति भइरहेको हिंसा र शोषण प्रति सधै प्ररिरोध गर्ने जुझारू भावना , परिश्रम गरी आफ्नो लक्ष हाँसिल गरिछाड्ने हिम्मतको प्रतिफलको उत्तम नमुना हो भन्ने लागेको छ यो पुस्तक प्रकाशन ।"
कविताको भावसार –साहित्यकार, स्वयम् लेखकका् धारणा, प्रकाशकको धारणा केलाउँदा कृतिले पस्केका भावनाहरूलाई प्रतिबिम्बित गरेको छ भन्न सकिन्छ ता पनि समग्रमा हरेक कविताको सारभाव पस्कनु अझै कविताले भन्न खोजेका भावजनालाई अझै प्रष्ट पार्न सकिन्छ कि भनी त्यतातिर लाग्ने अनुमति चाहान्छु ।
आमाको पुकार – यस कवितामा कवियित्रीले मङ्गला चरणको रूपमा आफ्ना धारणा राखेको भन्न सकिन्छ । देशमा भएका विविध खाले युद्ध , हत्या हिंसा आदिलाई समाउँदै युद्धमा जाँदा धेरै जना घाइते भएका मारिएका हुँदा लडाइबाट थकाइमार्न र शोक मनाउनको लागि आग्रह गरिएको छ । युद्धमात्र नभएर रोग, भोक,गरिबीबाट मुक्त भै भोक मेट्न दिनु पर्न,े अन्तराष्ट्रिय क्षेत्रमा दरिद्र देशको विल्ला लागेको हुँदा दासता जीवनबाट मुक्त पाउनको लागि देशले इमान्दारी देखाउनु पर्ने भएको धारणा, वीर सन्तान हुँदाहुँदै पनि बलात्कृत हुन परेको हुँदा लज्जा छोप्न राष्ट्रियता दिनु पर्ने, शान्तिको बास माग्दा माग्दै देश नै बन्धकी बन्ने देखिएकोले शिर उठाउने ठाउँको माग, टल्कने हिमाल हेर्नेे रहर हुँदाहुँद तुँवालोले ढाकेको हुँदा स्वयम्भूको आँखा मागिएको र उच्च हिमाल चढ्ने आँटमा पनि पहिरोले पछ्याउन थालेको हुँदा सबै नेपाली सजग हुनु पर्ने र पशुपतिको घण्ट बजाउन पर्ने धाराणा आएको छ कवितामा । अन्तमा कवियित्री विम्बकारूपमा यसरी प्रस्तुत हुनु भएकोछ ।
म आमा हुँ राष्ट्रको
वगेको रगत हेर्न सक्दिन सन्तानको
अब शान्तिको बिगुल फुक्नदेऊ
म रक्षक हुँ मातृभूमिको
चोखो नेपाली माया देऊ।
पृष्ठ २
देशभित्र हराइ रहेको देश –नक्सामा सानो देपखिए पनि संसारको सबै भन्दा अग्लो सगरमाथा जस्तै शिर बनेको यो देश साम्राज्यवादका अघि कहिल्यै झुकेन अनि दासत्व स्वीकारेन । शान्तिप्रिय देशमा आज आक्रान्तछ, जातीयताको भाइरस लागेको, ढुसी लाग्न थालेको आदि कारणले गर्दा मुर्दा बन्न लागेकोले अब ड्याकुलाहरू व्याक्टेरियाहरू, गङ्गटाहरू,फ्याउराहरूले लुछ्न छाड्नु पर्ने अवस्थामा पु¥याउन पर्नेएको छ । एकपटक पृथ्वीनारायण शाहलाई सम्झनु पर्ने अवस्था आएको छ । वीरताले चिनिएका गोर्खालीमा आँच आउन थालेको, चन्द्रसूर्य अंकित झण्डा नै भसाउन खोजीएको, अन्यौल नै अन्यौलको भूमरीमा परेका नेपाली र मेची र महाकाली नै हराउन अवस्था आउन लागेको नेपाललाई बचाउन पर्ने भएको धाराणाले भरिएको छ कविता ।
विचित्रको इतिहास–यस कवितामा कवियित्रीले गौरवपूर्ण इतिहास बोकेको नेपालीका सन्तानहरू आज मरूभूमिमा तड्पन परेको छ । नुनखाएका कुखुरासरी झोक्राइ रहेका छन् । अनिश्चित भविष्य देखेर तर्सिरहेका छन् ।इन्टरनेट खोलेर देशको अवस्थालाई नियाली रहेका र देशको गिर्दो अवस्थालाई हेरेर रगत उम्लदोछ । देशलाई यो अवस्थामा पु¥याउने कपुतप्रति हान्न मन लाग्छ । नयनबाट पानी वर्षन्छन् जस्ता धारणा राख्दै आजका नेतृत्व वर्गले कस्तो इतिहास सिर्जना गरिरहेका छन् भन्ने धारणा यसरी पस्कनु भएको छ–
यो कस्तो विचित्रको इतिहास रचिरहेछन्
पढ्नै नसकिने, हेर्नै नसकिने, बुझ्नै नसकिने
यो कस्तो विचित्रको चित्र कोरी रहेछन्
अथ्र्याउनै नसकिने , टुङ्ग्याउनै न सकिने रेखाहरू
धन्य नेपाल
पृष्ठ ७
मझेरीमा छोडिएको झण्डा –गन्तव्यविनाको यात्रामाकुन स्थानमा पुगिन्छ थाहा हुँदैन । यात्रामा पथप्रदर्शकको आवश्यक्ता हुन्छ । अन्यौलै अन्यौलको यात्राकमा कतै गोधूली पनि पर्न सक्छ । दोवाटोमा हराइने डर हुन सक्छ । पहिचानको लागि राष्ट्रिय झण्डा बोक्न पर्नेमा त्यो पनि मझौरीमा नै छाडिए छ तर देशको द्वन्द्वका कारणले नचेतिओस् अर्थात द्वन्द्वको कारणले चन्द्रसूर्य अस्ताउन हुँदैन सुरक्षित रहनुपर्छ भन्नेधारणा आएको छ कवितामा ।
नेता–आज देशमा नेतृत्ववर्गको कामको लेखाजोखा गर्दै कविले यहाँ नेताले भाषण र नारा एकता हुनुपर्ने भन्छन् तर काम भने जातीय विभाजन गराउने खालका गर्दछन् । देशलाई अखण्ड राख्छौं भने पनि पहाडी मदेशे भनेर जनतालाई फुटाउने काम गरिहेका छन् । सत्ताका लालची, काम नगरी भत्ता पचाउने प्र
वृत्ति, भूमिगत हुँदा जनताका भकारी, घर, गोठ रित्त्याएकै हुन् । छद्मभेषी शासन सञ्चालनकर्ता, आदि नेतृत्ववर्गले गर्दै आएको विकृतिलाई प्रष्ट्याउँदै बकवियित्री भन्नु हुन्छ –
कति मिठो लाग्थ्यो त्यो लामो भाषण
झुटा भएर निस्के ती आश्वासन
केवल होडबाजीमा चलाउँथ्यौ शासन
याद रहोस् तिमीलाई जनताबाट उठाएको रासन ।
पृष्ठ ११
धितोमा नपरोस् देश– आजको परिस्थितिमा विदेश(अमेरिका) जानेलाई भाग्यमानी ठानिने तर विदेशमा गएर स्वदेशको चिन्तन, स्वाभिमान, र अभिमान, बचाउन कठिन हुँदा पनि सन्तानलाई परदेशमा लगेर राष्ट्रियताको पाठ सिकाउन थाल्नु, विदेशमा बसेर स्वदेशको झण्डा बोक्न नछाड्नु कर्म गरिरहदा देशमा भने नेताले देश विकास गर्नुको साटोे अंशाबण्डाको राजनीतिले गर्दा विकास प्रेमी जनता नरुन , नहाँस्न, नझुक्न,नरोक्न सकिने अवस्थामा पु¥याएको छ । राष्ट्रलाई धुजा धुजा पारेको अवस्थामा कही यिनले देश धितोमा त राख्छन्की भनि संका उठ्न थाल्यो । देशको यो अवस्था देखेर उठ्न ठिलो भएको कि भन्ने प्रश्न राखिएको छ ।
चेलीको बिन्ति –परदेशिएका चेलीले भोग्न परेका यथार्थ घटनालाई समेट्दै देशको प्रगतिको कामना साथ, कविताले यस्तो धारणा प्रस्तुत गरेको छ ।–
पराइको थिचोमिचो सहूँ अझै कति
हटाई घृणा फर्काऊ तिमीले दिएको श्राप सती
बसोस् देशभित्र नै इमान्दार पौरखी सन्तति
हँसाउन स्वदेशको मुहार गर्दै छ चेली तिमीलाई विन्ति ।
पृष्ठ १४
अस्तित्व बोध–विदेशमा रहे पनि देशप्रतिको मायाममता रही रहन्छ भन्दै कवियित्रीले आफ्नो धारणा यसरी पस्कनु भएको छ –
देश छटपटाउँदा ज्वालामुखी झँै फुट्न खोज्छ
हामी जनता हौं त्यसैले त हृदय धुरूधुरू रुन्छ
मरूभूमिको प्राणि जस्तै कति यति धेरै प्यास लाग्छ
विवशताले टाढा बसे पनि मातृभूमि काखमै रहेको भान हुन्छ
जो जहाँ भए पनि अस्तित्वको अधिकार पाउनै पर्छ ।
पृष्ठ १६
मुग्लान पसे सन्तान –यस कविताले आजको नेपालको यथार्थतालाई पस्केको छ ।देशका युवा युवती मुग्लान पसेका छन् । घरमा बृद्धबृद्धाले आगन कुरेका छन् । कहिले फर्कन्छन् सन्तति भनेर आँसुझारेका छन् । यिनै कारुणिक यथार्थतालाई कवियित्रीले मार्मिक शब्दमा पस्केकी छन् । असारे १५को दही चिउरा मुछेर पर्खेर बसेको, जनै पूर्णिमा तागो, नाग पञ्चमीमा नाग टास्ने, क्वाँटी पकाउनु, गाइजात्रा, जमरे आँंसीमा जमरा राख्नु, दशैंमा कुर्नु, तिहार, माघे सङ्क्रान्तिमा घिउचाकु, तरुल फुलौरा, खिचडी पकाइयो, फागुपूर्णिमाको रंग खेलाई, शिवरात्रीको धुनी जगाई, चैते दशैंको पर्खाई , विश्केट जात्रा आदिमा मुग्लान पसेका सन्तानको पर्खाइमा बृद्ध आमाको सन्तान देख्ने रहर पुग्न सकेन
। यी कारुणिक भावनालाई पस्कदै यी सबैका कारक तत्वहरू भनेको यस समयको राजनीति र राजनैतिक नेत्यृत्वको असक्षमता हो भन्दै कवियित्रीले लेख्नु हुन्छ –
जात र प्रान्त फलाक्दै यिनले पारे है टुक्रा नि
देशको इज्जत पोलेर भस्म बनाए खरानी
तैपनि मैले शिर उँचो राखेँ फुलाएँ कपाल
कहिले होला यो देश मेरो समृद्ध नेपाल
पृष्ठ २०
कार्टुन हेरी हाँस्न सकिएन – कार्टुन व्यङ्गात्मक सन्देश हो । कवियित्रीले पहिला पहिला कार्टुन देखेर रमाउने, काटेर संकलन गर्ने गर्नु, कार्टुनिष्टले भ्रष्ट नेताहरूको सुधारको लागि कार्र्टुन बनाए पनि नेता सुध्रन अवस्था देखिएन बरु भृकुटी वेचिएकी , सीता बलात्कृत भएकी , आफ्नै बृद्ध आमा बलात्कृत भएको, बाबुलाई छिया छिया गरी प्रहार गरेको, दाजुलाई वेइमान बनाएको, पौरखी भाइलाई लखेटेर भतुवा बनाएको,चेलीको अस्तित्व विदेशमा बेचिएको आदि कर्ममा कसरी सहन सकिन्छ ? यस्तो अवस्थामा यो देशमा बुद्ध जन्मेका, जनकले शासन गरेको, ऋषिहरूको तपोभूमि हो भनि कसरी भन्ने जस्ता गहन प्रश्न यहाँ आएका छन् र कवियित्रीले भन्नु हुन्छ –
अब कसरी टालूँ जताततै प्वालै प्वाल परेको !
कसरी हाँसू अब म कार्टुन हेरी आफ्नो देश जलेको !
पृष्ठ २३
अब अति भो–
तिमीलाई भोट दिनु हाम्रो भुल हो भने
हामीलाई माफ गर
तिम्रो नेतृत्व चाहिएन
कम्तिमा इमानदार भएर बस ।
पृष्ठ २४
आजको नेतृत्व वर्गको कार्य शैलीलाई हेरी जनताको उज्यालो हेर्ने चाहनालाई गल्ती ठान्ने त निरीह प्राणी हो, समृद्ध राष्ट्र बनाउने भावनालाई कसैले तृष्णा सम्झन्छ भने त्यस्ताले फोस्रो भाषण नगरी मूकदर्शक भएर बस्न राम्रो हुन्छ । सुन्दर शान्त नेपाल हेर्ने इच्छालाई कसैले भुल ठान्छ भने त्यस्ताले झुटो आश्वासन नदिइ लगामको घोडा भएर बस्नु राम्रो हुन्छ । स्वाधीन नेपाल माग्दा गल्ती ठानिन्छ भने मुठभेड हैन पाले भएर बस्नु राम्रो हुन्छ । दासतन्त्र पौरखमा बाँच्न खोजिन्छ भने गल्ती मान्नको साटो लुटतन्त्र छाड्न र गाइजात्रे नेता नबन्न राम्रो हुन्छ । नयाँ नेपालको सपना देख्नलाई गल्ती ठानिन्छ भने अतिरञ्जित नारा नदिई दलाल नभएर बस्न राम्रो हुन्छ । लोकतन्त्र ल्याउने हाम्रो भुल ठान्छौ भने अद्यावधिक किन चाहियो कम्तीमा जिउँदो लास भएर बाँच भन्दै आज देशले भोग्न परेको नेतृत्व वर्गको क्रियाकलापलाई समेटेको छ कविताले ।
तिमी आउनु पर्छ –आजको व्यस्त सवारी साधन, ट्राफिकले दुर्घटनाबाट बचाउन गरेको प्रयास, जीवन धान्न धौधौ परेका महत्त्वाकान्छाहरूलाई दुर्घटना कसरी र कहाँ हुन्छ भन्ने सोच्ने मौका नै कहाँ छ र, अस्ताउन लागेकालाई यसको के पर्वाह, भोको पेट नाङ्गो शरीर मुजा परिसकेका निधार आदि अवस्थालाई हेर्दा कवियित्रीलाई एसीवाला कारमा बस्दा पनि भतभत पोलेको अनुभूति हुन्छ र यी सबै बाट मुक्तहुनको लागि कवियित्रीले शक्षमव्यक्तिलाई 'देशको कालो मैलो हटाउन आउनु पर्छ भन्दै आह्वान गरेकी छन् ।
श्रद्धाञ्जली कवि शिरोमणीप्रति –यस कवितामा कवि शिरोमणीलाई श्रद्धाञ्जली अपर्णण गर्दै कवियित्रीले देशको मार्मि यथार्थता पस्केकी पिञ्जडाको सुगा र पिञ्जडाको खियालागेको अवस्थालाई समाउँदै आजको राजनीतिमा कानुन, धर्म र इज्जतको पालना नगरिएको कुर्सीको लागि लुकामारी र हानाहान र बन्दुकको साटासाट , जनताको रगतकमा होली खेल्ने, विदेश पठाइएका माता पिताबको मृत्युमा अन्त्येष्टिमा सहभागी हुन सक्दैनन् । देश हेर्ने सपना चकनाचुर बन्दै गएका छन् ।पिञ्जडा पनि विदेशबाटै आयत हुन थालेको नैतिकता सिकाउन सकुनी पनि विदेशबाटै आयत भएका, कौरवहरूलाई भेटी चढाउने यतैकाले गर्ने गरेको आज देशमा केही पनि बाँकी नरहेको हुँदा तिमी जस्तै सपुत जन्माउने गर्भ देऊ भन्ने धारणा आएका छन् ।
सलाम भानुभक्त –भाानुभक्तकाले नेपाली साहित्यमा गरेको योगदान, रामयाण लेखेका कुरा,घाँसीबाट शिक्षा लिएका कुरा आदि वर्णन गर्दै भनिएको छ –"हे भानुभक्त, तिमी जीवितै छौ उर्जा दिएर नेपाली भाषालाई अनन्त, अनन्त, अनन्त ।"
भलायो –
कोशीको पानीले विदेश सपारो
नेपाललाई अन्धकार बनायो
नेपालको मनसुनले बाली मात्र विगा¥यो
दिल्लीको भनसुनले देशलाई हल्लायो
पृष्ठ ३२
यस कविताले विदेशी हस्तक्षेपलाई समाएको छ , नारायण हिटीमा मौरी र अरिङ्गालको गुँड भएको र त्यो पनि चालबाजीमै भक्तिएको मौरी हराएर अरिङ्गाले मानिसलाई चिल्न सम्म चिलेका , नयाँ नेपालका कल्पबृक्ष वर पिपल उदाए तर पार्टी जति छद्मभेषी हुँदै भलायो भै पलाए । कवियित्री अचम्मित हुन्छिन् । भन्छिन् आमाले त बारीका कान्लामा भलायो रोपेका थिएनन् । यो कसरी पलायो हली खेतला, गोठाला, मालिक सबैलाई चिलायो , वाँकी राखेन कसैलाई खुवै पो सतायो । "
स्वागत सरस्वती पुत्रलाई– यस कवितामा कवियित्रीले ओरल्याण्डबासीहरूको तर्फबाट महाकावि लक्ष्मीप्रसाद देवकोटाको एकसयदुईऔं शतबार्षिकीमा कोटी कोटी प्रणाम समर्पण गरिएको छ । यस कवितामा महाकविलाई नेपाली साहित्यका अथाह सागर भएको, सम्मेलनमा डट् शीर्षकमा कविताको अविरल व्याख्या गरी देशको छवि राखेको र "उद्देश्य के लिनु उडी छुनु चन्द्र एक " जस्ता उनका महान कार्यको वर्णन गरिएको छ ।
घुम्न कता जाम– विदेशबाट स्वदेशमा घुम्न आउँदा नयाँ नेपालको नाम सुनिए पनि नयाँ प्रगति केही नभएको । कार्यालयमा कामगराउन गए मोटो खाम खोज्ने, देशभित्र परदेशी अनुभूति हुने, तेलको अभावमा सवारी साधनको जाम, मायोवादी खाओवादी सबै राजधानी केन्द्रित भएका, महङ्गी चुलिइ सकेको, जनताले विकास चाहेको तर भोट दिएर पठाएकाले भत्ता खाएर लडेका छन् भन्ने धारणा आएको छ कवितामा ।
धन्यवाद दिवस –यो कवितामा विदेशिनु बाध्यता रहेको, विरानो ठाउँमा आफन्तको खोजी हुनु, बोलाएको समयमा जान नसक्नु, देशका हरेक कार्यक्रमको याद, टर्कीको धँन्यवाद दिवस, शुख शान्ति वैभव खोज्नलाई आएको तर यतै कतै नहराऔं आदि धारणा सहित कवियित्री भन्नुहुन्छ –
सन्तानलाई चम्किला तारा बनाउने सपना
कतै औंसीको रातमा उल्केतारा झै नझरुन्
डिस्कोको भिलिमिलीलाई प'र्नेको रात नसझिउन्
दिनभरी चारा खोज्न उडे पनि गोधूलीमा सँगै बसी पर्व मनाऔं
पृष्ठ ३९
मैनका घोडा – यस कवितामा कपवियित्रीले मैनका घोडामा चढी नेताहरू कान्तिपुरी नगरी घुमी रहेका छन् । विकासको नाममा हेर्दा भानुले देखेका २२ धारा सुकेका छन् । ६०१ ज्ना मैनका घोडा चढीरहेका छन्, जथाभावी कुदी रहेका छन् । भ्रष्टचार भै रहेको छ भ्रष्टचारी घुमी रहेका छन् । सदन थर्काइ रहेबका छन्, तबेला रित्याइ रहेका छन् । यी चिजबाट आजित भएर कवियित्रीले लेख्नु हुन्छ –
हे भानु कहाँ छ तिम्रो छडी ?
बिति सक्यो परीक्षणको घडी
कति हेनुनिर्दोृ नेपाली मरेको तड्पी तड्पी
हान्ने पर्ने भो कोर्रा घोडसवारहरूबाटै हड्पी ।
पृष्ठ ४१
निर्दाेश पर्खाल–कवियित्रीले पर्खाललाई बिम्ब बनाएर देशको विकासको क्रमलाई प्रष्ट्याउने प्रयास गरिएको छ । नेपालमा कुनै पनि काम सञ्चालन गर्नको लागि कार्यालय प्रमुखदेखि मन्त्रिमण्डल परिवर्तन हुँदासम्मको प्रभावलाई प्रष्ट पार्न खोजीएको देखिन्छ ।
आमा छोरी संवाद – नेपाल देश हो कि उपनिवेश जस्ता छोरीले आमासँग सोधनी गर्नु । नेपाल सार्वभौमदेश हुँदा हुँदै पनि नेपालका शासक वर्ग नेतृत्व वर्गको कारणले गर्दा सीमा मिचिएका छन् , कसैले भत्ता खाएर मस्ती गरिरहेका छन् ।पासा गुडाई रहेका छन् । ताल न वेताल देश हाँकी रहेका छन् । देश कङ्गाल बनाइ रहेका छन् । देश अति कङ्गाल भै रहेको छ कि जन्ती जान जन छैनन् । लास बोक्न मलामी छैनन् भन्दै देशको यथार्थ स्थितिलाई प्रष्ट्याइएको छ ।
आशाहरू पालि रहें– सङ्खुवासभामा जन्मेर सगरमाथा हेर्ने रहर पुगेन आशाहरू पाली रहें भन्ने धारणा आएको छ
बनी द्वारपाल –यस कवितामा कवियित्रीले प्राकृतिक सौन्दर्यलाई वर्णन गर्दै यस देश आज किन बन्यो जर्जर,देश आफ्नो हुँदा हुँदै पनि भागवण्डा किन? लुछाचँुडी किन, देश सती जान नपरोस् भन्ने धारणा आएको छ ।
राँको बाली – यस कवितामा पनि देशमा नेतृत्व वर्गप्रति लक्षित गर्र्दै कवियित्रीले लेख्नु हुन्छ –
भुस्याहा कुकुरहरू छाडेनन् भुक्न अनेक तरह
छद्मभेषी लुटाहाहरू घुम्म थाले चारैतिर
बिराएर बाटो पालेहरू हिड्नेछन् अनकन्टार
यति मात्र नभएर कवियित्रीले नेपाली आकाश ढाकी उड्ने त्रूmर गिद्धहरूलाई धपाउन पाइने या नपाइने जस्ता धारणा राख्दै कवियित्रीले भन्नुहुन्छ –
ओर्ल अव वीर वीराङ्गना , राँको लिएर हातमा
अनकन्टार पुगेकालाई बाटो देखाउन साथमा
सहिदको आलो रगतले सिँचिएको यस माटामा
गरौं न खेती धपक्क बल्ने प्रजातन्त्र ज्योति
यही अमर भूमिमा ।
पृष्ठ ५३
मान्छे –स्वार्थी र निस्वार्थी मानिसलाई तुलना गरिएको छ कवितामा । स्वार्थी मानिस इच्छा विपरित भए आफैभित्र नअटाउन सक्छ तर निस्वार्थी मानिस सृष्टिको विलक्षण प्रतिभाहो र उसले आफ्ना रहरहरूलाई खाल्टामा पुरेर अर्काका रहर पुरा गर्न सक्छ भनिएको छ ।
नेताको नियति –यस कवितामा देशको मन्त्रि मण्डल निर्माणमा भारतीय प्रभावलाई नेपालीले निम्त्याउने आशय देखाइएको छ ।
युरोप यात्रा – यस कवितामा युरो रेलमा यात्रा गर्दा सुविधा युक्त सिट , हरियाली फाँटको अवलोकन, सिँचाइको सुविधा, मलबोक्ने,खेत जोज्ने, रोप्न,े काट्ने आदि सबै मेशिनबाटै, चिटिक्क परेका घर, मनमोहक आकृतिलाई क्यामेरामा कैद गर्र्दै, यो देश र नेपालको तुलना गर्दै, छोरीले यो आनन्ददायी यात्रा मिलाएकोमा धन्यवाद दिइएको छ ।
मन –यस कवितामा मनको बहुरूपी स्वरूपको वर्णन गरिएको छ । मन तन भित्र ,सुन्दर रूपमा, चारैतिर डुल्दै, जोख्न र नाप्न नसकिने, मनै शकुन मनै दुर्गुण, कठोर अभिमान निकाल्ने, स्वाभिमान सिकाउने, क्षणमै भगवान बनाउन सक्ने, हसाउन सक्ने, रुवाउन सक्ने, स्वर्गमा, नर्कमा पु¥याउन सक्ने, शूलीमा चढाउन सक्ने,पत्तै नदिएर चिहानमा पु¥यादिन्छ मनले भनिएको छ ।
खोटो माया – यस कवितामा खोटो मायाले पार्ने असर बरेमा प्रष्ट्याइएको छ । मुटुमा घाउ बनाउनु, यो घाउलाई बाहिरबाट कसैले देख्दैन, चिरेर पनि देखाउन सकिदैन, यस्तो काम गर्ने आफन्त नै पर्ने , झापट पनि दिन नसकिने, मायाबाट सम्झाउँदै भविष्य चौपट पार्न हुँदैन भन्दै गर्दा र उनको भलाइ गर्दा आफैलाई गाल परेको धारणा आएको छ ।
क्याक्टसको जिन्दगी – क्याक्टस भनेको नेपालीमा सिउँडी हो तर यसका धेरै जात हुन्छन् । सुखा जमिनमा(मरुभूमिमा) हुने काँडाले भरिएका विरुवो प्राय गमलामा सुन्दरताको लागि रोपिन्छ । कवियित्रीले जिन्दगीलाई क्याक्टससँग तुलना गर्दै कविता लेख्नु भएको छ । जिन्दगीमा सुख दुःख, हाँसो रोदन,आदिलाई मानिसले भोग्दै आएको छ । यिनै भोग्दै गर्दा निधारमा मुजा पर्न थाल्छन्। सपनाहरू धुजा धुजा पर्न थाल्छन् । यिनै जिन्दगीका भावनाहरूलाई कवियित्रीले यसरी पस्केकी छन् –
कति कष्टले उब्जाएका भावनाहरू
मुटुभित्र साँच्दा साँच्दै
छरपस्ट भइ सकेछन् मरूभूमिको बालुवासँग
प्यास मेट्ने प्रतीक्षामा छटपटाउँदै
क्याक्टस झैं फुलि सकेछ जिन्दगी ।
पृष्ठ ६४
दुई ध्रुव तारा –यस कवितामा दुई धु्रवताराको नाम उल्लेख नगरी तानाशाही दाह्रा झार्न र देश मुक्तिको लागि लागिपरेका प्रखर वक्ता, आडम्वर नभएका, प्रभावशाली नेता,राष्ट्रले भोगी रहेका व्यथा, आर्तनादका कथा, पढाउँदै गरेका गहन सृजनायुक्त पाठ, जनसत्ता दिलाउन मिलाउँदै परिपाठ, व्वाँसोको हुलबाट तिम्रो हत्या भयो । यसको परिणति "कलिलो प्रजातन्त्रकओ जहाज पल्ट्यो । सत्रुको समस्या सुल्ट्यो । राष्ट्रको व्यथा उल्ट्यो । धपकप्पै निभ्यो राँकाको पुल्ठो ।" कवियित्रीले इतिहास पढेर युवा चाँडै उठेर, सहिद लडाकुले धावा बोलोस्, निभेको बत्ति पुन बलोस् र 'खसेको ध्रु्रवतारा जन्मेर अनन्त अनन्त चम्कि रहोस् ' भन्ने धारणा पस्केकी छन् ।
कमली – कमलीको व्यथालाई यसमा समेटिएको छ । ऊ पात्र बोल्छ सुनेर पनि उसको मुख थुन्न सक्दिन, उसले अगाल्दा हात भएर पनि छेक्न नसक्नु, फकाउँदा इन्कार गर्न नसक्नु, उसले मूल्य तोक्दा आँसु खसाउनु, लानेले लान्छ विना स्वीकृति नै । ऊ सम्पन्न उनी विपन्न परिवार पाल्ने जिम्मा भएकोले उनी जिउँदो लास हुनु र गिद्धहरूले हाना लुछी गर्नु आदि धारणा साथ कवियित्रीले लेख्नुहुन्छ – "सिङ्गो स्वाभिमान बोकेको मुटु थियो उनीसँग तर विद्रोह हुन सकेन किन ? महिला मुक्तिका नाममा बुझ्न र बुझाउन अझ धेरै बाँकी छ ।"
पर्खाइ–प्रेममा आधारित कवितामा मन धुनु, आँखा रसाउनु, तर बगेको खोला फर्कन सम्भव होला तर निर्मोही माया फर्कने कहिले होला कि नहोला ? भगवानलाई पुजेसरी पुजे पनि, धैर्यगरी पर्खे पनि नआउने सन्देश पाएपछि मनमा फुलाउने बेली र चम्पालाई मर्न नदिने, मनमा बेली र चम्पा फुलाएरै छाड्ने र जिन्दगीलाई बेवफा बन्न नदिने प्रण गरेको धारणा आएको छ ।
खेल खेलौं – खेल खेलौं मित्रताको साथमा, जाल झेल रहित, सिर्जनाका गीत गाउँ, बाजे बजुका उपदेश सुनौ, नराम्रा कुरा नसुनौ, कोपिलाबाट हावाहुरी सहँदै पूmल फुल्छ गमलामा राखे पनि सुवास छर्छ भन्ने धारणा आएका छन् कवितामा ।
पूmलमाला चढाउनु छ – यस कवितामा मानिस जिन्दगी जिउँदा साना ठूला दुर्घटनाबाट पनि जोगिनु पर्छ । जिवन जिउनु भनेको संघर्ष गर्नु हो । त्यो पनि गरियो । बाल्यकाल सहज थियो , रोइदिए पुग्थ्यो । यौवनकाल हाँसी दिए पुग्थ्यो । तव पनि जिन्दगी कहिले पूmल, कहिले शूल,कहिले क्याक्टस कहिले शिरीष बनेर वित्यो आदि धारणा राख्दै कवियित्रीले समर्, धर्म र कर्म सिकाउने जन्मदाता, हुर्काइ संसार देखाउने धर्तीमातासँग यस दुनियामा अझै रमाउनको लागि,अर्ती र साथको आवश्यक्ता छ । पूmलमाला र धूप तिम्रो नाममा देउरालीमा चढाउन बाँकी छ भन्ने धारणा आएको छ कवितामा ।
पौरखी हातहरू –जान्दिन भनेर सधैंभरी कसको भर पर्ने र आश गर्ने । पौरखी हात लिएर आफ्नै देशमा इलम हेर्नु पर्ने, स्रोत र साधनको प्रयोग गर्नु पर्ने, विदेशतिर किन लाग्ने, छोटो जिन्गीमा समयको सदुपयोग गरेर देशलाई माथी उठाउँ र सुनौलो इतिहास कोरौं भन्ने धारणा आएको छ ।
शुभ कामना –यस कवितामा नयाँ वर्षले आउँदाको उमङ्ग र शुभकामना आदान प्रदान, नयाँ योजनाको निर्माण गर्न र पुराना गल्तीलाई होस गर्न पाठ सिकायो । नयाँ वर्ष स्वदेशमा मात्र नभएर विदेशमा पनि नयाँ वर्ष आएको र सुख दुःख विर्षाएर वनभोज खाएर शान्ति सुख समृउद्धिको सन्देश आदान प्रदान गरेर नयाँवर्ष मनाएको धारणा आएकोछ ।
सन्तानको माया –यस कवितामा कवियित्रीले नानी बाबुहरूप्रति बावा आमाको अटुट मायाममताबाट हुकार्उने कुराहरू वर्णन गर्दै सन्तानबाट के आसा भरोसा रहन्छ त भन्ने धारणा कवियित्रीले यसरी राख्नु भएको छ –
मुना त पक्रेर पूmल भएको पत्तै भएन
छातीमा गद्गद् हर्षको सीमै रहेन
किनारा पुगेको जिन्दगीको तिमी हाम्रो आशा
धैयै गर सत्य बोल हामी गर्छौ तिम्रो भरोसा ।
पेष्ठ ७७
झिनो आशा –जीवनमा मानिसका असंख्य आशा हुन्छन् । ती आशालाई पुरा गर्ने प्रयास गर्दा पनि पूर्णतामा जान सकेन भने जीवनको कुनै अर्थ हुँदैन र बाँच्न नै व्यर्थ भएको अनुभूति हुन्छ । कसैको रक्तिम किरणसँग उदाएने मन हुन सक्छ, तर तुवाँलोले ढाकिदिन सक्छ । चराहरूसँग गाउने ,नील गगनमा उड्ने बिचार वगैंचामा पूmल बनी सुवास छर्ने बिचार गोधुलीमा बास दिने बाचा थियो । मातृत्वको छाती बोकी ममता बाँड्ने बिचार हुँदा हुँदै यिनलाई पुरा गर्न नसकेपछि जीवनको कुनै अर्थ रहँदैन र बाँचेको वेकार लाग्छ भनने धारणा आएको छ कवितामा ।
जम्काभेट –
लाली गुराँस लेकैभरि वनै घमाइलो
तिम्रो माया पाएपछि मनै रमाइलो
चौतारीको गफ हाम्रो बसिवियाँलो
भन्ज्याङ्को लुकामारी हाँसो मिलायो ।
पृष्ठ ८०
रमाइलो प्राकृतिक वर्णन, प्रेम र जीवनको विवरणलाई लिएर कविताले जीवनलाई पूmलजस्तै फुलाउने कल्पना, प्रेममा मुनामादनको कल्पना, आकाशबाट जुनतारा झार्ने अठोट, सपनामा आउने तरङ्ग, विपनीमा भने डरले थरङ्ग,आदि भावना पोख्दै कवियित्रीले भन्नुहुन्छ–
तिम्रो मेरो जम्काभेटले भाग्यरेखा कोरियो
ठट्टैठट्टामा मनको कुरा सबै पोखियो
द्योहोरी गाउँदा गाउँदै तिमीलाई जोखियो
मयाप्रीति पाउने मृगतृष्णा मेटियो ।
पृष्ठ ८१
प्रीतको अङ्कुर–यस कवितामा प्रेमको वीज जब रोपिन्छ त्यसपछि अङ्कुरण हुन्छ, अङ्कुरण भएपछि पलाउँदै जान्छ,प्रेम पलाएपछि प्रेमी प्रेमिका बीचम निद्रा हराउँछ,त्यतिमात्र कहाँ हो र दुबै एक अर्कामा हराउँछन् दुवै आपसमा विलाउँछन् । सपनामा मदहोस हुँदै मध्युप्याला पिएको भान हुन्छ । प्रेमको पोखरीमा डुबुल्की मारेको, हिउँदमा चिसो मुटु पग्लने मनमा आगो बलेको जस्ता आभास मिल्नु, छोटो मिलनमा नै आँखाको नानीले तस्विर खिच्नु,हृदय साटिइ सक्नु, लुकेको बदनभित्र स्पन्दनले बास माग्नु जस्ता धारणा आएको छ कवितामा ।
जिन्दगी –यस कवितामा कवियित्रीले जिन्दगी र प्रेमको सवलताको चाहना, हिमालको उच्चता, पहाडको अडिगता, विश्वासको अथाहता, नदीको बहावता, पूmलझै ढकमक्क फुलाइ, लटरम्म फलाइ होस् भन्न चाहना कवितामा प्रस्तुत गरिएको छ ।
खवरदार –यस कवितामा पनि कवियित्रीले देश दुखेको कुरा, शान्ति छाउन नसकेको, दिन दिनै नेपालको इज्जत लुटिएको, नेताको नाङ्गो नृत्यबाट भएको बेइज्जत, आपैmमा दलिन गएको कालोमोसो, विदेशी सँग सहाराको माग, छिमेकको राष्ट्रघाती भावना जान्दा जान्दै खुट्टा समाउन पुग्ने प्रवृत्तिप्रति कटाक्ष गरेकी छन् ।
माइती बचाऔँ – नेपाल कवियित्रीको मात्र माइति नभएर भृकुटीको र सीताको पनि भएकोमा भृकुटी देश बचाउन तिब्बत पुगिन । सीतालाई रावणले हरण गर्दा पनि आफ्नो सतीत्व बचाएर राष्ष्ट्रको अस्तित्व जोगाइन् । नेपाल बुद्धको जन्म भूमि हो । राष्ट्रको सुखभोग त्यागेर, बुद्धत्व प्राप्त गरी संसारमा नेपाललाई चिनाए । जनकले हलो जोते, आदर्श सिकाए र ज्ञानी दानी पराक्रमी भएको यश फैलाए । अमरसिंह, बलभद्र,र सहिदहरूले लडेर देश बचाए तर आज देशको वेथिति देखेर कवियित्रीले देश सबैको हो त्यसो हुँदा–
"झेला जुवाडे जस्तै च्याखे थाप्न पाइन्न ।
पासा गुडाउन राष्ट्रिय ढुकुटी रित्याउन दिइन्न
स्वच्छ उच्च हिमाललाई झुकाउन पाइन्न
इमानदारी र वीरताको इतिहासमा कालो पोत्न पाइन्न
सत्यम शिवम् सुन्दरम्को गरिमामयी नेपाललाई
आँच पु¥याउन पाइन्न" भनिएको छ
पृष्ठ ८७
माया –यस कवितामा कवियित्रीले मायाको राम्रो व्यख्या गर्र्नु भएको छ । "माया भन्नु गुन्द्रुक जस्तो पकाउन सजिलो स्वाद अमिलो ।" यो खान पनि मिठो तर पचाउन असजिलो । मया लगाउन सजिलो भए पनि फुकाउन असजिलो हुन्छ । माया हतारमा लगाउने पनि होइन,रूपको रूपमा बेच्ने पनि होइन,नारित्व जोगाउनु पर्छ, मानवीय वरदानको रूपमा लिन पनि हुंँदैन । जिन्दगी विग्रन सक्छ । अधिकार भए पनि जिर्णोद्वार गर्नेगरी माया लगाउन हुँदैन । लगाऊ माया परिवार हँसाउन
स्वर्ग सरि धरवार जमाउन
नलाऊ माया दुनियाँ हँसाउन
लगाऊ माया इज्जत कमाउन
तिमी पनि सँगसँगै रमाउन ।
पृष्ठ ८९
पागल पन्छी –कवियित्रीले एउटा पागल पंन्छीको क्रियाकलापलाई यसरी वर्णन गर्नु भएको छ –
विछ्याउन खोज्छ जताततै मायाको जाल
अधरमा मुस्कान ल्याई मिलाउँछ बाल
पागल प्रेमी नमुना स्वरूप बनाउँछ यो हाल
डुबिने र फुट्ने थाहा छैन मलाई यो गहिरो ताल
पृष्ठ ९०
मयाको धङधङी –मानव जन्मन्छ ।बालक बाट युवा बन्दै जान्छ । जवानीको हावा चल्न थाल्छ । निद्रा विझाउन लाग्छ, पिरतीको राप रन्कन थाल्छ । तनमन जलाउन थाल्छ । मात लाग्न सक्छ ।बात पनि लाग्न सक्छ । यसमा कसरी छुट्कारा पाइएला भन्ने प्रश्न कवियित्रीले उठाउनु भएको छ –
बत पनि लाग्यो चोट पनि लाग्यो तर्न खोज्दा प्रीतिको जँघार
कसरी तरूँ कहाँ बाट सरूँ थाहा छैन मलाई
डुब्ने हो कि प्रेमको डुङ्गा नपाई मझदार
फुकाउन प्रीति लिएर तरबार को आउला मलाई ?
पृष्ठ ९१
विवसतामा हाँसि रह्यौ–यस कवितामा मानिसले कसरी मानिसलाई विवस बनाउँछ भन्ने धारणा पोखिएको छ । देवताझै पूजा गर्दा ढुङ्गा निस्किनु , सीता बन्दा रावण बनी झस्काउनु, यस्तो अवस्थामा कवियित्री विवस हुँदै लेख्नु हुन्छ –
न राक्षस भन्दै नकार्न सकें
न भगवान भनी मान्न सकें
न वेदना लुकाउन सकें
न साथीभाइलाई फुकाउन सकें
पृष्ठ ९२
यो विवसतामा प्रेमी विवसतामा हाँसछ । झुटा बाचा लगाएर अन्त्यै माया साट्छ । साँचो बन्धन फुकाउँछ । नक्कली मायाल गाएर दुनिया हसाउँछ । दन्त्य कथा सुनाउँछ । बालुवाको घर बनाउँछ । माइतीको कन्यादन अपवित्र बनाउँछ, विवाह बन्धन असफल बनाएर निर्मल नारीत्वको कडा परीक्षा लिन्छ भन्ने धारणा आएको छ कवितामा ।
सिम्ले वारि सिम्ले पारि–यो कविता पनि प्रेममा आधारित छ । प्रेममा विविध पक्षलाई समेट्दै कवियित्रीले भन्नुहुन्छ – फक्रोस माया मन मोहक बनेर पूmल
नबनोस् माया कतै धिक्कारको भूल
सुवास छर्दै बगैंचामा झुले झै पूmल
नउडोस् माया बनेर तुच्छ धूल
पृष्ठ ९४
आँसु बनेर नझर्नू –
सुन्दर संसार हेर्न सिक निश्चय नयनले
आँसु बनेर कहिल्यै नझर्नू
झर्न परे मोती बनेर झर्नू
उज्यालो संसा।र बनाउन सिक ।
नामर्द बनेर मर्न हुँदैन मर्न परे सहिद भएर मर्नु पर्छ । तलाउ सान्त भए पनि लहरले गर्दा चलाए मान हुन्छ । प्रकृतिको विशाल क्षेत्र छ, जे चाहे पनि आपूर्ति गर्छ । झर्नाले सङ्गीत दिन्छ, जर्जर भूमि उर्वरक बनाउँछ । आदि धारणा सहित कवियित्रीले भन्नु हुन्छ–
लहर बनेर आऊ जीवनमा
धेरै गर्न बाँकी रह्यो फाँटमा
आकाश बनेर फैलनू जीवनमा
बादल हटाउन बाँकी छ यस पाटोमा
पृष्ठ ९६
यस माटोमा धेरै उमार्न बाँकी छ र चन्द्रमा भएर अन्धकार हटाउनु छ भन्ने धारणा आएको छ कवितामा ।
लामो प्रतीक्षा–यो पनि प्रेममा आधारित कविता हो । प्रेममा विविध कर्महरू हुन्छन् । यस कवितामा कवियित्रीले एउटा प्रेमिकाले प्रेमिसँग यस्तो उद्गार पोखेकी छन् –
सक्छौ भने तिमी बाँच लिई मेरो जिन्दगी पनि
हाँस्छौ भने तिमी हाँस लिई अधर मेरो बनी
दिन्छौ भने वाचा अरूलाई मसँगको यात्रा भनी
विताउँछु दिन यादमा तिमीसँगको साथ गनी गनी
पृष्ठ ९८
रित्तो बोत्तल– रक्सी तीन तरिकाबाट प्रस्तुत भएको छ । पहिलो भट्टी पसलमा सजिदा महगो रूपमा दर्शिने, टेवुलमा आएपछि अरूको दर्द मेटाउन सक्ने महान अस्तित्वको रूपमा उभिने, प्यालामा खस्दै गर्दा मोतीका थोपा जस्तै लाग्ने मूल्यवान तरल पदार्थ जस्को सेवन गर्दा दरिद्रले पनि महल बनाउन सक्ने । दोस्रो अभिव्यक्तिमा रक्सी सेवनले धोकाखाएकाले पनि कथाव्यथा भुलिदिन्छन् । कसैलाई धोका दिएर आएका छन् भने पिएर रमाइलो मनाउँछन् । यति बेलासम्म रक्सी,सकिन्छ र रित्ता बोत्लमा पुग्छ यति वेला स्वार्थी मानिसले लात्तले गुडाउँछन् भन्ने धारणा आएको छ कवितामा ।
बेताल जिन्दगी – जिन्दगीको वेताललाई यसकविताले यसरी प्रस्तुत गरेको छ । मनमा विरहले स्थाान लिन्छ लुकाएर राखेकोमा मनमा आगो जल्छ, यसलाई कसैलाई सुनाएको अवस्थामा हलुको महसुस हुन्छ । मुक्तको रुपमा सुनाए हाँसोमा उडाउने कविताको रूपमा उडाए बौलाहको संज्ञा दिन्छन् । गीत बनाएर गाउन खोजे सारङ्गी नै रोइदिने मादल बजाएर ताल दिंदा मादलमै प्याल पर्ने । नाटकबनाएर मञ्चन गराउन खोजे थरी थरीका पात्र भेटिने र आफैनै उदाङ्गो बनिने, स्वार्थी दर्शकले अण्ज्ञढज्ञको वेदनामा मजा लुटि दिन्छन् । अर्को दृश्य पर्खदा पर्दा नै खसिदिन्छ भन्ने धारण आएको छ । जिन्दगी वेलताल भएको खण्डमा मानिसले आफ्नो जीवनको तालमेल मिलाउन सक्दैन ।
रित्तो डुङ्गा– मानिसको जीवनलाई नदी किनारमा उभिएको रित्तो डुङ्गासँग दाजिएको छ । माझि र यात्रीहरू भएनै पार लाग्छ ।यसरी रित्तो डुङ्गा हुनुमा, कसैको यदाले तड्नु, कसैको प्रेमपीडाको अनुभूतिपाउनु र सपनीमा भए पनि कसैको छायाँ पाएको, बादलुको संसारमा उडाइ लाने मन, अवासनमा ह।राइ जाने तन, याद भित्र लुकाइ राख्न अद्वितीय धन प्राप्त गरे पनि यथार्थता उनले केही प्राप्त गर्न सकेकी छैनन् । त्यसो हुँदा उनी निरास छन् । जीवनमा बसन्त डाक्न कोयली डाक्नु तर कोइलीको कुहुकुहुसँगै आफै हराउनु औंसीको जिन्दगीमा उज्यालो छर्न जूनलाई बोलाएको तर विषको प्याला रित्याउन परेको धारणा आएबको छ कवितामा ।
बैगुनी माया – यसमा पनि कवियित्रीले बैगुनी माया लाई गुनीमा परिणत गर्न धेरै प्रयास गर्दा पनि "अधमरो भएर पिँधिन्छ कि बलीदान मायाको चेप्टिएर भित्र निर्दयी जाँतो" भन्ने आशंकामा छिन् कवियित्री ।
रानीवन– यस कवितामा प्रेमीको गुलावी आँचलभित्र लुक्दै ,पवनको हल्का छालसँग झुल्दै, रानीवन घुमेको अब त अति भै सकेको भए पनि कवियित्रीले भन्छिन्–
सुकोमल बाहुले मलाई अँगालो हाल्दै
चन्द्रमा जस्तो मुहारमा मुस्कान छर्दै
गरेको बाँचा तिम्रो सत्य मान्दै
हराएँ कि त्यस वेला तिम्रो भावनामा बहकिँदै ।
पृष्पठ १०६
यति घनिष्टता हुँदा हुँदै पनि प्रेम सफल हुन सकेन । प्रेमिका कुटिल प्रेमको चितामा जली बाँच्न परेको अवस्थामा पनि ' फुलि रहनू तिमी प्रीतको पूmलबारीमा प्रेम पारखी बन्दै, बिदा माग्दछु अविश्वासका बाचासँग वितेका अनुभूतिहरू कल्पदै ' जस्ता कारूणिक धारणामा शुभ इच्छा प्रकट गरिएको छ ।
बाडुल्की –विदेशीएको पतिलाई पत्नीले विदेशमा काम गर्दाको कष्टलाई खानपान भए नएको सम्झेर बाडुल्की लागे नलागेको आदि भावना केलाउँदै घर आउने आग्रह यसरी गरेकी छन् –
मुनाले जस्तै बिन्ति गर्छु आऊ भनी फर्केर
मदन जस्तै नपर्नु बिमार परदेशमा भड्केर
गाउँबेसी गर्दै सिर्जना फलाउँला आपसमा मिलेर
बाँचौला हामी विश्वास भरी मायालाई साटेर र ।
पृष्ठ १०७
बुद्धिमान भमरा –यो बाल कविता हो । यस कवितामा भमरा बुद्धिमान छ । पूmलमा बस्छ रस चुस्छ । बालकहरू आकाशमा उठेको जहाज देखेर सडकमा कुद्दै छन् । बालकले जहाज उडाउन चाहे धेरै पढ्नु पर्छ भन्दै बालबालिकालाई कवियित्रीले यसरी सन्देश दिएकी छन् –
खराब सङ्गत छाडेर असल साथी रोज्नु छ
स्कुलको नियमलाई पालन गर्नु छ
आमा बाबु पुजेर आशीर्वाद लिनु छ
आदर गरी गुरूको पाठ सबै नै सिक्नु छ ।
पृष्ठ १०८
सिमाना –नेपालको प्राकृतिक वर्ण गर्दै सीमा अति क्रमण सम्बन्धमा कवियित्रीले यसरी धारणा राखेकी छन् –
दूरबिन राखी सगरमाथा बाटै सिमाना नापूँ कि?
मिचेको जमिन पाउनलाई खम्बा नै बनूँ कि ?
बुद्धलाई साक्षी राखेर बरू दक्षिण झाँकूँ कि ?
आमाको आँसु पुछ्नलाई आँफै रुमाल बनूँ कि ?
पृष्ठ १०९
काँडासँग सिकौं–यस कवितामा काँडा र गुलाबको सम्वादको रूपमा प्रस्तुत गरिएको छ । गुलाबले भन्छिन् काँडा यसरी निष्ठुर नबन तर काँडा भन्छ तिमी मेरी भएकीले तिम्रो रक्षा गर्नु मेरो कर्तव्य हो । सही मनसायले तिमीलाई मलजल गर्न आए बारबेर गर्न आए सहि दिन्छु तर टिप्न आए भलासरी रोपि दिन्छु । यहाँ कवियित्रीले पूmललाई देश र काँडालाई यसका संरक्षण कर्ताको रूपमा दर्शाएकी छन् । बगैंचा भूपरिवेष्ठित भएको हुँदा संरक्षण कर्ता राम्रो नभएमा कोपिलामै मारिन्छु कि भन्ने धारणा आएको छ कवितामा ।
कस्तो जीवन –सोह्र बर्से जवानी साउनको भेल जस्तो हुन्छ । यसको ख्याल नगरे बगाउन सक्छ । प्रेमलापमा पनि इष्र्याले जो कोहीलाई पनि खरानी पार्न सक्छ । उदाउँदो पे्रमको विहानी कस्तो थियो भन्दा रक्तिम किरणको लालिमाले सजाएर स्वर्णिम हिमाल बनाए जस्तो स्वर्णिम थियो । अन्त्यमा केटाले सोधनी गर्छ 'कस्तो थियो हाम्रो सुनहरा जिन्दगानी ? केटीले भन्छिन्–
'सुनौलो अक्षरले लेखिएको छ हाम्रो जीवनी
जे कोही युगल जोडीले पढ्ने छन् हाम्रो अमर कहानी ।
पृष्ठ ११२
अदृश्य पीडा –नारी पीडालाई समेट्ने प्रयास गरेको यस कवितामा यसरी प्रस्तुत भएको छ –
नावालक छँदा मेरो पीडामा
छर्लंग रात काटी सुमसुम्याउने आमा
यति खेर
म तिम्रो दनदनी बली रहेको शरीर हेरी रहेको छु
घरेलु हिंसाका भागीदारहरू
यतै चुड्छन् यतै कोपर्छन्
जताततै चिथोर्छन्
नील डाम र घाउको प्रकृति
वर्ण गर्न सकिन्न
पतिको हत्या भएको थाहै छैन । यस्तो पीडित अवस्थालाई कवियित्रीले यसरी वलर्णन गरेकी छन् । पीडित रोगी, कुपोषित, बालबालिकाबिच
कंसले निर्घात तिम्रो अस्मितामा गाँजी रहेको वेला
शिथिल तिम्रा औंलाहरू
च्यातिएको चौबन्दीका तुना खोजी रहेछौं
फाटेक पेटीकोटले
घुँडा छोप्ने चेष्टा गरि रहेका छौं ।
मर्मिक छ कविता । दुर्गन्धित राजनीतिले गर्दा मङ्गल सूत्र डाका डालिएको छ । उत्तेजित भिडका नाइकेले तिमीलाई कुल्चदै पदासीन भएका छन् । हृदय विदारक तिम्रा चित्कार लत्त्याएर अपवित्र गठबन्धन बनाएर दुर्गन्धित कोढी हातहरू छातीमा राखेर शपथ खाइरहेका छन् र मिथ्या बोली बोलीरहेका छन् । असम्भव आश्वासन बाँडिरहेका कुराहरू यहाँ आएका छन् । यतिसम्म कि पिल्सीएका शरीरका हरेक अंगप्रत्यंग समेत काटेर छोइला, कचिला, बनाएर भोज खाने तयारीमा छन् कंसहरूले । तिम्रो स्तनपान गराउन पुतना पठाएका कुरा, आमाले सहन नसेका कुरालाई हामी अब बालिग भै सकेका छौं , हामी सपुत भै सकेकाले दूधको भारा तिर्न प्रण गरौं भन्ने जस्ता राष्ट्रियताले भरिएका गहन धारणा आएका छन् ।
थोत्रो छाता– थोत्रो छाता किने पछि छातामा प्याल पर्नु स्वभाविक हो । छाताको डण्डीमा खिया लाग्नु पनि स्वभाविक हो । पानी थेग्न पनि नसक्नु धेरै करङको छाता खोज्दा वाङ्गा टिङ्गा करङ बन्न पुग्नु, स्वभाविक हो । कवियित्रीको धारणा छ कि समय अनुकुलको छाता किन्न पर्छ र नत्र गिद्धको विष्टा शीरमा पर्न सक्छ भन्ने धारणा छ ।
बादल –यस कवितामा बादलको गुनगान गाउँदै कवियित्रीको धारणा यसरी आएको छ –
विजुली चम्काउँदै तिमी रिसाएको देखे
सयौं भोल्टले ब्रह्माण्ड सजाएको भेटें
तिमीलाई मत्थर पार्न वैज्ञानिकले उपाय खोजे
तिम्रै प्रेरणाले आविस्कारमा जुटे
पृष्ठ ११९
तलाउ – तलाउको सुन्दरता कमल फुलाउन सकिने, हरियो निलो रङ्ग देखिने, लहरसँग रमाउने, रुखबाट पात झर्ने, चराहरू चिरविर गर्ने, माछा खुसी भएर बुर्कुसी मार्ने यस्तो प्रकृतिको सौन्दर्यतामा जाल हानी माछा मार्न मन लाग्दैन जस्ता धारणा राख्दै बरु कवियित्रीले तलाउ सँग ज्ञान सिक्न आग्रह गर्दछिन् । –
हतारमा स्थिर हुन तलाउसँग सिकौं
अधैर्यमा पनि तलाउ जस्तै धैर्य बटुलौं
आलस्यतामा पनि छाल जस्तै चञ्चल बन्न सिकौं
पौडिनेहरूलाई शान्त बन्दै किनारा दिलाऔं
पृष्ठ १२०
जिन्दगीको लहर – बास्तवमा जिन्दगी सम्बन्धी धेरै कविताहरू यस कृतिमा समावेश भएका छन् । धाम पानी, सुख दुःख, जन्म अनि मृत्यु, खुसी अनि रहर, तृष्णा अनि अहङ्कार आदि भोगिए । समयले वितें भनेर तार पठाउँदैन त्यसो हुँदा जिन्दगी हार मानेर विताउनु हुँदैन । बालक कालमा डर हुँदैन, रुन्छ कराउँछ, भोक लागे माग्नु खानु, अबोध बालकको स्वभावले घर संसार रमाउँछ । यी सबै नै आमाको सानो उपहार हो भन्ने धारणा आएको छ कवितामा ।
वनचरीको माया –वनचरीको बिम्बको रूपमा विदेशीएका महिलाको नेपालप्रतिको राष्ट्र प्रेमलाई दर्शाइएको छ । विदेशीए पनि देशप्रतिको माया अटुट भएकोले नेपालमा भएका हरेक क्रियाकलापले मन छुनु स्वभाविक हो । देशलाई सवल बनाउन स्वदे्श विदेशका भएका सबै जुट्नु पार्ने आदि धारणा सहित कवियित्रीले लेख्नु हुन्छ –
मेरो देश विग्¥यो भने म यहाँ रुन्छु
देश त्यहाँ जल्यो भने खरानी म हुन्छु
लाली गुराँस टिप्न यहाँ सपनीमा डुल्छु
डाँफे मुनालसँग उडी नेपाललाई चुम्छु
नेपाल दुख्दा घर चरीलाई नदुखे पनि वनचरीलाई दुख्छ भनिएको छ । राष्ट्रियता भरिएको छ कविता ।
नेपाली चेली –यस कवितामा प्राकृतिकको सुन्दर चित्रण गरिएको छ । हेरौ केही श्लोक –
दमाहा र पञ्चेवाजा रन्की रन्की बज्छन्
न्याउली कोइली भाखा फेरी फर्क फर्क भन्छन्
मारुनीलाई फकाई फकाई गाइने दाइ नाच्छन्
मेची काली बाहु फैलाई अङ्गालो हाल्छु भन्छन्
पृष्ठ १२३
नेपाअमेरी बच्चा – यस कथामा बच्चा विविध प्रकारका क्रियाकलाप गर्दछन् । बच्चामा कच्चा पनि हुन्छन् । बच्चालाई समयमा सच्चा बनाउनु पर्छ । यो ख्याल गर्नु पर्छ कि माछो माछो भ्याकुतो हातमा पार्न हुन्न । भ्याकुताले पोखरी पनि मेरै अनि जमिन पनि मेरै भन्छ, पुतली पाए निल्दै जान्छ । सागर भेंटै भन्दै माछो पानी माथि उफ्रदा बकुल्लाले निल्न सक्छ । आदि विविध प्रतिकृया जनाउँदै कवियित्रीले समयानुकुल सही मार्गमा हिड्नु पर्छ र माता पिताको रित्तो काख बनाएर विदेशमा बस्न हुँदैन भन्ने धारणा आएको छ कवितामा ।
जितको सिँढी –
विरहमा नरोईकन जस्ले हिम्मत गर्छ
पक्कै एकदिन उसले नै हाँस्ने मौका पाउँछ
हारलाई नै हार भनी जसले स्वीकार गर्छ
पक्कै एक दिन उसैले नै जितको सिँढी चढ्छ
पृष्ठ १२६,
जित हात पार्ने कडीलाई कवियित्रीले यसरी लिएकी छन् । मौका आउँदा मौका गुमाउनु हुन्न । चौकाको दाउ हान्न पनि नियमलाई जान्नु पछ । जालझेल गरे झेल परेर दुःख भोग्नु पर्छ । स्वार्थी बन्नु भनेको अन्धकारलाई निम्त्याउनु हो र अन्धकार हटाउन ज्योति बाल्नु पर्ने हुन्छ । ज्योति बालेर मात्र हुँदैन तेल थपीराख्नु पर्छ, नत्र भने ज्योति निभछ र अन्धकार नै बन्छ । हावा लाग्न सक्छ हावालाई छेक्नु पर्छ र मात्र अन्धकार हटाउन सकिन्छ । यसरी नै कवियित्रीको भनाइ छ कि "भाग्यमा भर नपरेर कर्म गर्नु पर्छ अनि मात्र सफलताले मनुष्यलाई चुम्छ ।"
आदि कवि र सुलसुले – रविमा किरण भएर मात्र रवि भएका हुन् र कविता लेखेर मात्र कवि बन्दछन् । यी आफ्ना स्थानमा कसैसँग दवेर बस्दैनन् । आजको डिम्बना भनेको त्यस्तो छैन । आफैले आफैमा बढी जान्ने र आकाश टुने प्रवृति देखिन थालेको छ । राजनीतिले साहित्यलाई बटारेको छ । गाली गलौज गर्ने भएकाले सुलसुलेको संज्ञा पाए । त्यसो हुँदा आदि कविलाई सुलसुले मार्न रविको रूप लिएर उदाउनु प¥यो र साहित्यलाई धमिलिन दिनु भएन भन्ने धारणा आएको छ कवितामा ।
ज्ञ। लपाने –गौरव मय इतिहास बोकेको देश नेपाल आज लपाने बनाउन पुगियो । आज विदेशमा पौरख गर्ने नेपाली हेपेर बहादुरको नाममा बोलाइँदा शीर नै झुक्छ ।गर्व विथोलिएको छ । कसरी लपाने नामलाई सपार्लान् भने धारणा आएका छन् ।
दसैं कि दशा – नेपालको गरिबीको एक झलक –
भदौमा भाँचे मकै
साहुकै घर भित्रै सबै
जति नै गरे नि दुःखै
सुत्नु पर्छ पविार भोकभोकै
यसरी गरिबीको कारण घरको छानो चुहेर सुत्न नसकिने, साहुले चुहिने घर पनि हत्याउने प्रयास गर्नु, दशैं नजिकै आउनु गरिबीको कारणले गला रेट्नु, अरुको घर सजाउन रातोमाटो बोकेर साहुलाई दशैं टार्न गोडामा ढोग्नु र दशैं नसकिदै परदेश धाउनु परेको धारणा आएको छ कवितामा
यस कृति भित्र भएका ७३ कविताहरूको भावसार पस्कने प्रयास गरें ।कितावले दिन चाहेका सबै धारण, भावना, आदिलाई हामीले भावसार बाट बुझ्न सकिन्छ । सबै कवितामा राष्ट्रप्रेम र राष्ट्रियताका भावनाहरू छता छुल्ल भएका छन् । देशमा राष्«िटय एकताको चाहना देशमा देखिएका राजनीतिक विकृतिले विखण्डित हुन्छ कि भन्ने त्रास, विदेशमा भए पनि स्वदेशको चिन्ता निकै मार्मिकताको साथमा उठाइएका छन् । नेपाललाई एकिकरण गर्ने पृथ्वी नारायण शाह महाकवी लक्ष्मी प्रसाद देवकोटा, आदिकवि भानुभक्त , कविशोरोमणी, महाकावी लक्ष्मी प्रसाद देवकोटाको योगदान र स्मरण । राष्ट्र, भाषा साहित्यको समृद्धिको लागि यिनको देशमा पुन आगमन हुनु पर्ने धारणा आएका छन् ।कवियित्री शान्ति चाहान्छिन् । नेपाली आमाको मुहार सधैं उज्वल देख्न चाहान्छिन् । नेतृत्व वर्गको कार्यशैली, विदेशी हस्तक्षेपका कुराहरू, युवा युवतीहरू विदेशिन बाध्यता, तिन्ले भोगेक कष्ट तिनले गरेको देश प्रतिको आर्थिक लगानी, र देशप्रतिको माया आदिलाई कवितामा कवियित्रीले प्रष्टसँग दर्शाएकी छन् । नेपाली विदेशिए पनि नेपाली संस्कृतिलाई भुलेका छैनन् । कवियित्रीमा पनि नेपालका भाषा साहित्य साँस्कृतिप्रति अगाध माया छ । जीवनजगत प्रति उनी निके संवेदनशील छन् यस । कवितासङ्ग्रहमा
थोत्रो छाता– थोत्रो छाता किने पछि छातामा प्याल पर्नु स्वभाविक हो । छाताको डण्डीमा खिया लाग्नु पनि स्वभाविक हो । पानी थेग्न पनि नसक्नु धेरै करङको छाता खोज्दा वाङ्गा टिङ्गा करङ बन्न पुग्नु, स्वभाविक हो । कवियित्रीको धारणा छ कि समय अनुकुलको किन्न पर्छ र नत्र गिद्धको विष्टा शीरमा पर्न सक्छ भन्ने धारणा छ ।
बादल –यस कवितामा बादलको गुनगान गाउँदै कवियित्रीको धारणा यसरी आएको छ –
विजुली चम्काउँदै तिमी रिसाएको देखे
सयौं भोल्टले ब्रह्माण्ड सजाएको भेटें
तिमीलाई मत्थर पार्न वैज्ञानिकले उपाय खोजे
तिम्रै प्रेरणाले आविस्कारमा जुटे
पृष्ठ ११९
तलाउ – तलाउको सुन्दरता कमल पुलाउन सकिने, हरियो निलो रङ्ग देखिने, लहरसँग रमाउने, रुखबाट पात झर्ने, चराहरू चि रविर गर्ने, माछा खुसी भएर बुर्कुसी मानेृ यस्तो सौन्दर्यतामा जाल हान्न मन नलाग्ने आदि धारणा राख्दै कवियित्रीले तलाउ सँग ज्ञान सिक्न आग्रह गर्दै लेख्नु हुन्छ –
हतारमा स्थिर हुन तलाउसँग सिकौं
अधैर्यमा पनि तलाउ जस्तै धैर्य बटुलौं
आलस्यतामा पनि छाल जस्तै चञ्चल बन्न सिकौं
पौडिने हरूलाई शान्त बन्दै किनारा दिलाऔं
पृष्ठ १२०
जिन्दगीको लहर – बास्तवमा जिन्दगी सम्बन्धी धेरै कविताहरू यस कृतिमा समावेश भएका छन् । धाम पानी, सुख दुःख, जन्म अनि मृत्यु, खुसी अनि रहर, तृष्णा अनि अहङ्कार समयले विते भनेर तार पठाउँदैन त्यसो हुँदा जिन्दगी हार मानेर विताउनु हुँदैन बालक कालमा डर हुँदैन, रुन्छ कराउँछ, भोक लागे माग्नु खानु, अबोध बालकको स्वभावले घर संसार रमाउँछ । यी सबै नै आमाको सानो उपहार भन्ने धारणा आएको छ ।
वनचरीको माया –वनचरीको बिम्बको रूपमा विदेशीएका महिलाको नेपाल प्रतिको राष्ट्र प्रेमलाई दर्शाइएको छ । विदेशीए पनि देशप्रतिको माया अटुट भएकोले नेपालमा भएका देशभित्र उठेदेखि विदेशमा भएका जुट्ने आदि धारणा सहित कवियित्रीले लेख्नु हुन्छ
मेरो देश विग््रो भने म यहाँ रुन्छु
देश त्यहाँ जल्यो भने खरानी म हुन्छु
लाली गुराँस टिप्न यहाँ सपनीमा डुल्छु
डाँफे मुनालसँग उडीनेपाललाई चुम्छु
नेपाल दुख्दा घर चरीलाई नदुखे पनि वनचरीलाई दुख्छ भनिएको छ ।
नेपाली चेली –यस कवितामा प्राकृतिकको सुन्दर चित्रण गरिएको छ । हेरौ केही श्लोक –
दमाहा र पञ्चेवाजा रन्की रन्की बज्छन्
न्याउली कोइली भाखा फेरी फर्क फर्क भन्छन्
मारुनीलाई फकाई फकाई गाइने दाइ नाच्छन्
मेची काली बाहु फैलाई अ,ङ्गालो हाल्छु भन्छन्
पृष्ठ १२३
नेपाअमेरी बच्चा – यस कथामा बच्चा विविध प्रकारका क्रियाकलाप गर्दछन् । बच्चामा कच्चा पनि हुन्छन् । बच्चालाई समयमा सच्चा बनाउनु पर्छ । यो ख्याल गर्नु पर्छ , माछो माछो भ्याकुतो हातमा पार्न हुन्न । भ्याकुताले पोखरी पनि मेरै अनि जमिन पनि मेरै भन्नु, पुतली पाए निल्दै जानु, सागर भेंटै भन्दै माछो पानी माथि उफ्रदा बकुल्लाले निल्यो आदि विविध प्रतिकृया जनाउँदै कवियित्रीले समय अनुकुल सही मार्गमा हिड्नु पर्ने माता पिताको रित्तो काख बनाएर विदेशमा हुँदैन भन्ने धारणा आएको छ कवितामा ।
जितको सिँढी –
विरहमा नरोईकन जस्ले हिम्मत गर्छ
पक्कै एकदिन उसले नै हाँस्ने मौका पाउँछ
हारलाई नै हार भनी जसले स्वीकार गर्छ
पक्कै एक दिन उसैले नै जितको सिँढी चढ्छ
जित हात पार्ने कडीलाई कवियित्रीले यसरी लिँदै मौका आउँदा मौका गुमाउनु हुन्न, चौकाको दाउ हान्न पनि नियमलाई जान्नु पर्छ जालझेल गरे झेल परेर दुःख भोग्नु पर्छ । स्वार्थी बन्नु भनेको अन्धकारलाई निम्त्याउनु हो र अन्धकार हटाउन ज्योति बाल्नु पर्ने हुन्छ ज्योति बालेर मात्र हुँदैन तेल थपीराख्नु पर्छ, नत्र भने ज्योति निभछ र अन्धकार नै बन्छ । हावा लाग्न सक्छ हावालाई छेक्नु पर्छ र मात्र अन्धकार हटाउन सकिन्छ । यसरी नै कवियित्रीको भनाइ छ कि "भाग्यमा भर नपरेर कर्म गर्नु पर्छ अनि मात्र सफलताले मनुष्यलाई चुम्छ ।"
आदि कवि र सुलसुले – रविमा किरण भएर मात्र रवि भएका हुन् र कविता लेखेर मात्र कवि बन्दछन् । यी आफ्ना स्थानमा कसैसँग दवेर बस्दैनन् । आजको डिम्बना भनेको त्यस्तो छैन । आफैले आफैमा बढी जान्ने र आकाश छुने प्रवृति देखिन थालेको छ । राजनीतिले साहित्यलाई बटारेको छ । गाली गलौज गर्ने भएकाले सुलसुलेको संज्ञा पाए । त्यसो हुँदा आदि कविलाई सुलसुले मार्न रविको रूप लिएर उदाउनु प¥यो र साहित्यलाई धमिलिन दिनु भएन भन्ने धारणा आएको छ कवितामा ।
लपाने –गौरव मय इतिहास बोकेको देश नेपाल आज लपाने बनाउन पुगियो । आज विदेशमा पौरख गर्ने नेपाली हेपेर बहादुरको नाममा बोलाइँदा शीर नै झुक्छ ।गर्व विथोलिएको छ । कसरी लपाने देश नामलाई सपार्लान भने धारणा आएका छन् ।
दसैं कि दशा – नेपालको गरिबीको एक झलक –
भदौमा भाँचे मकै
साहुकै घर भित्रै सबै
जति नै गरे नि दुःखै
सुत्नु पर्छ पविार भोकभोकै
यसरी गरिबीको कारण घरको छानो चुहेर सुत्न नसकिने, साहुले चुहिने घर पनि हत्याउने प्रयास गर्नु, दशैं नजिकै आउनु गरिबीको कारणले गला रेट्नु, अरुको घर सजाउन रातोमाटो बोकेर साहुलाई दशैं टार्न गोडामा ढोग्नु र दशैं नभसकिदै परदेश धाउनु परेको धारणा आएको छ कवितामा ।
यस कृति भित्र भएका ७३ कविताहरूको भावसार पस्कने प्रयास गरें ।कितावले दिन चाहेका सबै धारण, भावना, आदिलाई हामीले भावसार बाट बुझ्न सकिन्छ । सबै कवितामा राष्ट्रप्रेम र राष्ट्रियताका भावनाहरू छता छुल्ल का छन् । देशमा राष्«िटय एकताको चाहना देशमा देखिएका राजनीतिक विकृतिले विखण्डित हुन्छ कि भन्ने त्रास, विदेशमा भए पनि स्वदेशको चिन्ता निकै मार्मिकताको साथमा उठाइएका छन् । नेपाललाई एकिकरण गर्ने पृथ्वी नारायण शाह महाकवी लक्ष्मी प्रसाद देवकोटा, आदिकवि भानुभक्त, कविशोरोमणी, महाकावी लक्ष्मी प्रसाद देवकोटाको योगदान र स्मरण । राष्ट्र, भाषा साहित्यको समृद्धिको लागि यिनको देशमा पुन आगमन हुनु पर्ने धारणा आएका छन् ।कवियित्री शान्ति चाहान्छिन् । नेपाली आमाको मुहार सधैं उज्वल देख्न चाहान्छिन् । नेतृत्व वर्गको कार्यशैली, विदेशी हस्तक्षेपका कुराहरू, युवा युवतीहरू विदेशिन बाध्यता, तिन्ले भोगेक कष्ट तिनले गरेको देश प्रतिको आर्थिक लगानी, र देशप्रतिको माया आदिलाई कवितामा कवियित्रीले प्रष्टसँग दर्शाएकी छन् । नेपाली विदेशिए पनि नेपाली संस्कृतिलाई भुलेका छैनन् । कवियित्रीमा पनि नेपालका भाषा साहित्य साँस्कृतिप्रति अगाध माया छ । जीवनजगतप्रति उनी निके संवेदनशील छन् । देशले भोग्न परेको आर्थिक अभाव , गरिबी, आतङ्क, आपसमा विभाजन, विदेशी हस्तक्षेप आदि विविध पक्षमा कवियित्री निकै चिन्तित देखिन्छिन् । कवितामा प्राकृतिक सौन्दर्यलाई प्राथमिकताको साथमा उठाईएको छ । जस्ले कवितालाई रसिलो र आकर्षक तुल्याएको छ । कवियित्रीले आफ्ना धारणा राख्न कतै पनि हिचकिचाएको पाइँदैन । भनिन्छ दुधको दुध पानीको पानी भन्ने युक्तिलाई उना कविताले चरितार्थ गरेका छन् ।उनका कविता स्वच्छन्द रूपमा बगेका छन् ।
शीर्षकी करणा – यस कृतिको नाम आमाको पुकार राखिएको छ । यसभित्रका कवितालाई अध्ययन गर्दा यथा नाम तथा गुण भन्न सकिन्छ । यस कवितामा समावेश गरिएका कविताले नेपाली आमाको मयाप्रति आमले सन्तानप्रति दिने माया ममता, मार्गदर्शन, राष्ट्र, राष्ट्रियताप्रति लक्ष राखी लेखिएका छन् । उनका कवितामा नेपालको भूगोल, राष्ट्र, राष्ट्रियता, संस्कृति तथा देशका चाडपर्व, संस्कार आदि बोल्दछन् त्यसो हुँदा शीर्षक सार्थक छ ।
भाषाशैली–भाषा सरल छ । आधुनिक शैलीमा मात्र नभएर लयात्मकरूपमा कविताहरू लेखिएका छन् ।कतै गीत छन् । कतै लोकलयमा कविता कोरिएका छन् । उखानहरू पनि ठाउँ ठाउँमा समावेस गरेको पाइन्छन् जस्तै "लथालिङ्ग देशको भताभुङ्ग चाला जता जता जाला जोगी उतै उतै खाला ","भाइ फुटे गवार लुटे," आदि ।
अन्त्यमा– हुन त लेखकको लेखनशैली आफ्नै आफ्नै किसिमको हुन्छ । यसमा यो सुधार त्यो सुधार भन्नेवालाका पनि अर्काको नजरमा, बुझाईमा कमी कमजोडी हुन सक्छन् । सबै चीजमा पूर्ण कोही हुँदैन । मीनाजीका भावना सारगर्भित छन् । राष्ट्रप्रतिको माया देश विकासका भावना, प्राकृतिक सौन्दर्यताका वर्णन अति मिठा र उच्च देखिन्छन् ।उनका लेखनमा अर्थात एउटै कवितामा पनि धेरै विषयको उठान भएको पाइने र भावसार बुझ्न त्यति सहज नदेखिने भएको हुँदा एउटै विषयमा ध्यानकेन्द्रि हुँदा सुनमा सुगन्ध थपिने थियो कि भन्ने लाग्छ ।
प्रदेशमा बस्दा आफ्नै समस्याले सताएको हुन्छ । त्यसमा पनि अमेरिका जस्तो अति व्यस्त र कमाएर आफ्नो जीविका चलाउन पर्ने देशमा बसेर नेपालको विकासको चिन्ता लिनु, समाजमा देखिएका विकृतिलाई गहिरिएर हेर्नु, राजनीतिले निम्त्याएको आजको विकराल स्थितिलाई केलाउनु, नेपालबाट युवायुवतीहरू कोही अध्ययनको लागि कोही रोजगारीको लागि विदेश पलायन हुनु, गाउँ सहर युवा रहित हुनु, खेती योग्य जमिन बाँझिदै जानु, नारी अस्मिता बेचिनु, देशको आर्थिक अवस्था विग्रदै जानु, विदेशमा पाइने कष्ट, हेपाई आदिलाई समेटेर समग्रमा एउटा उच्चतम दस्तावेज तयार गर्नु एउटा गहन कार्य हो । यस्तो अनुकरणीय कविता ङ्ग्रह तयार पार्नु भएकोमा मीना जी धन्यवादकी पात्र हुनुहुन्छ , उहाँको सुस्वास्थ र दीघस्आयुको कमाना सहित विदा चाहान्छु ।
धन्यवाद
जनवरी ९,२०२४, पुस २४ गते २०८० , हाल कावासोती नवलपुर, नेपाल