December 25, 2024

ठूलो स्वप्नाध्याय सपनाफल विचारमा विवेचना  
सदानन्द अभागी
परिचय
ओमप्रकाश अधिकारी माता श्री पदम्कुमारी उपाध्याय र पिता श्री केदारनाथ उपाध्याय अधिकारीका सुपुत्र हुनुहुन्छ ।  उहाँ रकुवा ५ ओटाङ (हालको बुङ्दीकाली –३) मा जन्मनु भयो र हाल कावासोती नगरपालिका वार्ड नं १६ तीनघरेचोक डण्डामा स्थायी रूपमा बसोबास गर्नु हुन्छ । उहाँ आध्यात्मज्ञानी( थुप्रै धार्मिक कृतिहरूका लेखक सम्पादक), साहित्यकार ( कविता, कथा, संस्मरण, आदि), पेशागतरूपमा एक शिक्षक,रुचिको हिसावले पत्रपत्रिका संंकलन अध्ययन वाचानालय स्थापना कर्ता हुनु हुन्छ  भाषागतरूमा संस्कृति, नेपाली र हिन्दीको ज्ञाता, सम्लग्नताको हिसावले त्रिवेणी साहित्य प्रतिष्ठानको आजीवन सदस्य,सम्मानको हिसावले नइ कीर्र्तिरत्न(२०७९)ले विभुषित हुनुहुन्छ ।  । उहाँको र मेरो परिचय टेलीफोनबाट २०८१।२।३२मा भए पनि २०८१ । ७ । २४ गते उहाँ मेरो घरमा आउनु भएको थियो । यही अवसरमा केही मिनट वार्तालाप भएर साक्षाकार भएको हो । यस अवसरमा हामीले किताप आदान प्रदान गरेम् । उहाँले मलाई ''ठूलो स्वप्नाध्याय" सपनाफल विचार प्रदान गर्नु भयो भने मैले राम ज्ञवाली द्वारा सिर्जित '' सदानन्दको जीवन कर्म र व्यक्तित्व" र मेरो महाकाव्य ''सिंहवाहिनी " प्रदान गरें  । कता कता मलाई साहित्यमा लाग्नुको मुख्य उद्देश्य के होला भन्ने प्रश्न राख्न मन लाग्यो । उहाँले सहजै भन्नु भयो – ''जीवनलाई, सवल, सक्षम र आनन्दित बनाई मानव जीवन प्राप्त भएको गौरव अनुभूति गर्न ।" आजको परिपेक्षमा साहित्यमा लगानी गर्नु उत्पादनहीन हो भनिन्छ । लेख्या,े छापो, विक्री हुँदैन, उपहारमा दिए पनि लानेले पढेर प्रतिकृया दिंदैन, यसमा तपाइँको प्रतिकृया के छ ? मेरो यो जीज्ञाशामा पनि उहाँको प्रतिकृया यसरी आयो – '' मलाई साहित्यमा लागेर असन्तुष्टी, निराशा, दुःख वा पछुतो केही पनि छैन । मेरो समय अध्ययन अध्यापन, लेखन मनन् मै बिति रहेको छ । " मलाई लाग्यो बास्तवमा लेखकको काम लेख्ने हो । यसपछि उहाँ साहित्यमा लाग्नु कस्को प्रेरणाबाट हो भनेर मैले प्रश्न राखे । उहाँको छोटो उत्तर थियो '' पिताश्री " । साहित्यलाई कसरी प्रवर्धन गर्न सकिन्छ भनी सोधनी गर्न मन लाग्यो र सोधी पनि हाले । उहाँको धारणा यसरी आयो –''नवोदित÷उदीयमान लेखक साहित्यकारहरूलाई अझ थप हौसला बढाइदिने, कृतिहरू प्रकाशन गर्न चाहानेहरूका लागि सहजी करणा गरिदिने भयो भने साहित्यमा त्यस्ता व्याक्तिहरूलाई थप प्रेरणा प्राप्त हुनेछ ।" उहाँ हतारमा हुनु हुन्थ्यो तर मलाई भने धेरै जानकारी लिने चाहना थियो ,पछि भेटहुने सर्तमा हामी विदा भयौं ।
ठूलो सप्नाध्यायलाई अध्ययन गर्ने बिचार पलायो । यस कृतिलाई अध्ययन गर्दा उहाँका स्वलिखित र सम्पादित गरी ५५ ओटा कृतिहरू बजारमा आइसकेका रहेछन् । यिनको विवरण तल दिएको छु । सपना के हो भनी परिभाषित गर्न सहज छैन । सपना हामी सबैले देख्छौं । यी सपनाको फल पनि मिल्छ। सपना राम्रो फल दिने र नराम्रो फल दिने हुन्छन् । केही विद्वानहरूले यसलाई यसरी परिभाषित गरेका छन् – इरिक सुनी –९भ्चष्अ कगलष्, कतबाा धचष्तभच० र अलेस डिमिट्रियु (ब्भिह म्ष्mष्तचष्ग, एकथअजष्बतचष्कत० ले यसरी परिभाषित गरेका छन् – ब्भिह म्ष्mष्तचष्ग, एकथअजष्बतचष्कत०।(सपनाहरू मानसिक, भावनात्मक, वा संवेदी अनुभवहरू हुन् जुन निद्राको बेलामा हुन्छन्। )
अर्थसरोकार पत्रिकामा  २९ आश्विन २०७३मा लेखिएकोछ –'' सपना भनेको मनमा आउने विचार, चित्र, र अनुभूतिहरूको श्रृंखला हो जुन मानिस सुत्दा अनुभव गर्छ। यो प्रायः मानिसका चासो, डर, वा दैनिक जीवनका घटनाहरूसँग सम्बन्धित हुन्छ।"
सदानन्द अभागीले गजलमा सपनालाई यसरी प्रस्तुत गरेका छन् –
सपना त कल्पना हो देख्न सके देख हजुर
भावनाको पोखाइ हो लेख्न सके लेख हजुर
पृष्ठ ४३८, अभागीको प्रेमविहारको षष्ठामृत
अवलोकन ीबकत ग्उमबतभमस् ःबच ज्ञछ, द्दण्द्दघ को पत्रिकामा  लेखिएको छ – ''सपने वे कहानिया और चित्र होते हैं जो हमारा दिमाग सोते समय बन्ते हैं ।"  
माथिका यी परिभाषामा नजिक नजिक पुगे पनि एकरूपता देखिदैन । हामीले सपनाफलको बारेमा भने धेरै लेखहरू पढ्न पाउँछौं । अनुसन्धान कर्ताहरूले धेरै प्रयास गरेको पाएका छौं ती प्रयासलाई ओमप्रकाश अधिकारीले ठूलो स्वप्नाध्यायमा समेट्ने प्रयास गर्नु भएको छ । यो पनि एक अथक प्रयास र खोज हो । जस्लाई सहज रूपमा लिन सकिदैन । उहाँको प्रयासमा के कति कृति सिर्जना भए त्यसतिर लागौं ।
उहाँका टीकाकार÷सङ्कलन ÷ सम्पादक ÷सह लेखन र लेखन कृतिहरूको विवरण – कर्तव्य दर्पण –(मानवधर्म रहस्य दर्शन ), मानवधर्म (पद्यमा पूर्वभाग), ज्ञानरत्नमाला (पद्यमा , उत्तरभाग), धर्मोपदेशमाला (पद्यमा), चाणक्य  नीति दर्पण (नेपाली भाषा–टीका श्लोकसहित) तिलक रहस्य दर्पण –तिलक सम्बन्धमा विशद् विवेचना ), संसारदेखि लाग्छ साह्रैउराठ (पद्यमा), दिव्यमधृ (अर्थात मौरीको गुनासो, कवितासङ्ग्रह), सुदामनको कनिका –कवितासङ्ग्रह), गंगामहात्म्य (महिमा नेपालीमा), हिंसक कृषक तुलना –(मासु र हलोको तुलाना), आयुर्वेद सार दर्पण (घरेलु वैद्य, प्रथम भाग), सिद्धगणेशस्तोत्रम् (श्री गणेश स्तोत्रावली) ,बैलोक्यमङ्गल सूर्यस्तोत्र तथा सूर्य उपासना परिचय (सूर्य हात्म्य, नेपालीमा), सरस्वती उपाशना पचिचय एवं पूजाविधि(ने.भा.टीका सहित) स्तोत्र पुष्पाञ्जलि (अति उपयोगी स्तोत्रहरूको सङ्ग्रह) , पञ्चायन स्तोत्राञ्जलि (अति उपयोगी स्तोत्रहरूको सङ्ग्रह, गजेन्द्रमोक्षस्तोत्र (नेपाली भाषा–श्लोक र अर्थ सहित ), चुड्का भजन सङ्ग्रह, श्री कृष्ण चरित्र र हरितालिका माहात्म्य (तीजको गीतको भाकामा), श्रीमद्देवीभागवत नवाह चन्द्रिका (नेपालीमा),गुलाफको पूmल र मौरीहरू (सायरीसङ्ग्रह), कलियुग (हास्य–व्यङ्ग्य) कश्यप÷काश्यप गोत्रीय अधिकारी संक्षिप्त परिचय तथा कुलपूजा विधि (नेपालीमा), अग्निस्थापना पद्धति (नेपाली भाषा–टीका सहित) श्राद्ध पद्धति (नेपाली भाषा–टीका सहित ),(साथमा, आफ्ना यजमानका पितृहरूको नामावली लेख्ने, आठ पेजजति खाली पृष्ठ र संक्षिप्त थर गोत्र र प्रवरसहित) , अन्त्यक्रिया पद्धति (नेपाली भाषा–टीका सहित ) (नेपाल तथा भारतका विशिष्ट विद्वानहरूद्वारा अनुमोदित) चतुर्विंशति रत्न दीपिका (कर्मकाण्ड) मङ्गलचौथी पूजाविधि तथा मालासंस्कारसहित चौबीस थरीका विषयबस्तुहरूकोे सङ्ग्रह), कालसर्पयोग कारण र निवारण –नेपाली भाषा–टीका सहित ), वास्तुशान्ति र शिलान्यास विधि – नेपाली भाषा–टीका सहित), शव संस्कारविधि – घाटको कर्म , नेपाली भाषा–टीका सहित), मङ्गलचौथी पूजाविधि ब्रत कथा( नेपाली भाषा–टीका सहित), ऋषिपञ्चमी पूजाविधि ब्रतकथा ( नेपाली भाषा–टीका सहित), नारी संध्याविधि , क्षत्रिय सन्ध्याविधि र १०८ गायत्री मन्त्र सन्ग्रह( दीक्षामन्त्र सहित), गोदान, तुलादान र दशदान पद्धति( नेपाली भाषा–टीका सहित) वटपिप्पल प्रतिष्ठा पद्धति( नेपाली भाषा–टीका सहित), शनिप्रदोष ब्रत (शनित्रयोदशी ) पूजाविधि ब्रतकथा( नेपाली भाषा–टीका सहित) सत्यनारायण पूजाविधि ब्रत कथा ( नेपाली भाषा–टीका सहित), लक्षवर्ती पूजाविधि ब्रत कथा ( नेपाली भाषा–टीका सहित), बालबोधिनी रुद्राभिषेक पद्धति (रुद्री)नवग्रह पूजा तथा शान्ति विधि (नेपाली भाषा–टीका सहित), दुई घन्टे विविह पद्धति ( नेपाली भाषा–टीका सहित), ऋषितर्पणी यज्ञोपवीत मन्त्रणा विधि (श्रावणी प्रयोग, नेपाली भाषा–टीका सहित), विश्वकर्मा पूजा पद्धति ( नेपाली भाषा–टीका सहित), श्रीयन्त्र पूजन विधि ( नेपाली भाषा–टीका सहित), इच्छा अनुसार छोरा या छोरी पाउने तरिका, भूतप्रेतसँग जम्काभेट, केदारनाथ अधिकारीको आत्मवृतान्त , कल्पनाले साँचेको सम्झना (कल्पना अधिकारीको आत्मवृतान्त),बोक्सी के हो ? हुन्छ कि हुँदैन), आँखाको नानीमा तिमी (सायरीसङ्ग्रह) वाराणासीका केही नेपाली प्रकाशकहरूको सङ्क्षिप्त परिचय, सपना–फल विचार (ठूलो), श्रीमद्भागवतगीता (नेपालीमा श्लोक र अर्थ सहित ), अष्टाबक्रगीता (नेपाली पद्यानुवादसहित), श्रीशिवगीता (नेपाली पद्यानुवादसहित), जीवनमुक्ति गीता (नेपाली भाषामा अर्थ सहित)  ।
कृतिको संरचना – यस कृतिलार्ई दुर्गा साहित्य भण्डार, वाराणसीले प्रकाशन गरेको छ । मूल्य भा.रू ७० राखिएको छ । पाँचौं संस्करणसम्म प्रकाशित भै सकेको यस कृति ८४ पृष्ठको आकारमा छ । यस कृतिमा कसैको भूमिका छैन । स्वयम् सम्पादकले '' सानो पूस्तकको थोरै भनाइ" शीर्षकमा पाठकको चाहनाअनसुारको यो स्वप्नाध्याय (सपना फल विचार) प्रस्तुत गरिएको भन्ने धारणा राख्नु भएको छ । यसमा मुख्य १५ शीर्षहरू छन् । १४ शीर्षक (केही उपयोगी विचारहरू) मा ११ उपशीर्षक पनि समावेश गरिएका छन् ।
 ठूलो स्वप्नाध्याय –यस अध्यायमा ७६ श्लोक छन् । यी श्लोकका भावसार (साभारसार) यस प्रकार छन् –नन्दबाबा र श्रीकृष्ण बीच स्वप्न सम्बन्धमा वार्तालाप हुन्छ । नन्दबाबाले निन्द्रामा देखेका स्वप्नाले कस्तो फल दिन्छ भनी मधुसूदन (कृष्ण)सँग .सोधनी गर्दा भगवान कृष्णले स्वप्नको बारेमा सामवेदको  काण्वशाखामा राम्रो वर्णन गरिएको छ । यसमा उल्लेख गरिएको स्वप्नमा रात्रीको पहिलो प्रहरमा देखिएको स्वप्नाको फल एकवर्षमा पाइन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुने, तेस्रो प्रहरको फल ३ महिना र चौथो प्रह्रमा देखिएको फल १५ दिनभित्रमा मिल्छ । अरुणोदयमा स्वप्न देखेको फल एकै दिनमा प्राप्त हुने । स्वप्न देखेर निदाउन नहुने, दिनमा मनमा आएका तर्क वितर्क र रोग चिन्तमा गाडिएकाको सपनाको फल भने प्राप्त हुँदैन । यसरी नै  सपना देखेर  सुत्न नहुने,राती नै कसैलार्ई भन्न नहुने, काश्यप गोत्रका व्यक्तिलार्ई सुनाउन नहुने सुनाए आपत्ति पाउने, फल प्राप्त नहुने ।
सपनाहरू थरीथरीका देखिन्छन । सबै सपनाको राम्रो या नराम्रो फलप्राप्त हुँदैन । कृष्ण भगवान भन्नु हुन्छ कि होसहराएको, साह्रै डराएको, दिशा–पिसापले च्यापेको,नाङ्गै सुतेको, वा कपाल फुकाएर सुतेको अवस्थामा देखिएको सपनाको कुनै फल हुँदैन । राम्रो सपना त देखियो तर सपना देखेपछि सुतेको खण्डमा पनि फल प्राप्त हुँदैन । काश्यप र कश्यप गोत्र एकै हुन भने सपना सुनाउन नहुने तर यी गोत्र फरक भएमा काश्यप गोत्रीलार्ई सपना देखेको सुनाउन नहुने, सुनाइयो भने आपप्ति पाउन सक्ने । दुर्गतितिर लागेको व्यक्ति साथै नीचलार्ई सुनाएको खण्डमा रोग लाग्ने, शत्रुलाई सुनाएमा भयप्राप्त हुने, मूर्खलार्ई सुनाए विवाद हुने, नारीलार्ई सुनाए धन हानी हुने, रात्रीमा सुनाए चोरको डरहुने, राम्रो सपना देखेर सुतेमा चिन्तामा पर्न सक्ने यस्तो अवस्थामा काश्यपगोत्रीका बाहेक पण्डितलाई सुनाए इच्छित काम बन्ने धारणा कृष्णजीले नन्दबाबालाई सुनाएपछि पुन कृष्णजीले नन्दबाबालाई स्वप्नाको फल यसरी बताउनु हुन्छ –सपनामा हात्ती, घोडा , गाई, पर्वत, दरबार, देवल, रुखमा चढ्नु तथा त्यही बसेर केही खानु, रोयको देख्नु, धन बाँडेको देख्नु, हातमा वीणा लिएको देखेमा भूमिलाभ हुने । यसरी नै सपनामा शस्त्र अश्त्रले चोट लाग्नु, कीरा पर्नु, झडा लाग्नु वा रगत–मासी पर्नु वा रगतमा मुच्छिएको देखे त्यसलाई धनलाभ हुने । अगम्यमा गमनगर्दा राम्री स्वास्नी पाउने, पिशाव शरीरमा छरे, आफ्नो वा अरुको वीर्य खायमा वा मलमूत्रमा गाडिएमा, रत्नयुक्त शहरमा प्रवेश गरेमा, समुद्रभित्र प्रवेश गरेमा, मदिरापान गरेको सपना देखे र।म्रा कुरा सुनिने र प्रशस्त धनलाभ हुने । यसरी नै सपनामा सुन, गोरु, गाई, हात्ती, अन्न, बत्ती, कन्या, फलपूmल रथ ध्वजा, छात्ता, यत्ति (सन्यासी) देखेमा पविार बढ्ने, यश–कीर्ति फैलिने,यदि सपनामा जलले भरिएको घडा, ब्राह्मण, बल्दोआगो, पूmल, उत्तम घर, सेतो धान, नटुल, वेश्या देखेमा धनलाभ हुने । सपनामा गाई, घ्यू दूध, नर, वेश्या देखिएमा पुण्य–कार्य सम्भव छ, यसमा इच्छितकार्य सफल हुने र धनलाभ पनि सम्भव छ । सपनामा कमलको पातमा पायस, दही, घिउ, केही मिष्ठान्न आदि नदी किनारमा बसेर खाएको देखेमा राजासमान पूज्य र प्रतिष्ठित हुनेछ ।  सपनामा मानिस या पंक्षीको मासु जस्ले देख्ला, सुभसमाचार सुन्ने र इच्छा गरेको उत्तम फल प्राप्त गर्ला । सपनामा आपूm सरदार भएर सेना पछि लगाइ हिड्छ भने त्यो विपनामा पनि त्यस्तै हुनेछ र फलपूmल लागेको वृक्ष देखेमा इच्छाएको द्रव्य प्राप्त गर्द छ । सपनामा सर्पले टोके अकस्मात धनलाभ ह्ने र चन्द्र–सूर्य देखेमा कठिन रोगबाट मुक्त हुने । सपनामा क¥याङकुरुङ्को पोथी, घोडा कु्खुरी आदि, देख्दा राम्री श्रीमती प्राप्त गर्ने । सपनामा झ्यालखानामा परेको देखे ठूलो प्रतिष्ठा र उत्तम छोरो पाउने छ । नदीकिनारमा बसेर दही–भात, खीर  खायो वा फाटेको भए पनि कमल–पत्र देख्न पायो भने त्यो राजा वा राजा समान प्रतिष्ठा पाउने छ । सपनामा जुका, सर्प, बिच्छी देखेमा धन पुत्र, विजय प्रतिष्ठा पाउने छ । दाह्राभएको सुँगुर, सीङ्हुने जानवर, वानरले कष्ट दिएको सपना देखेम ाअकस्मात धन प्राप्त गरी राजा वा उच्च पदमा आसीन पनि हुनसक्ला । सपनामा माछा, मासु, मोती, शङ्ख, श्रीखण्ड, हीरा  देख्छ वा पाउँछ भने इच्छित सम्पत्ति अनायास प्राप्त गर्नेछ ।  सपनामा रक्सी, रगत, सुवर्ण र विष्ठा  देखेमा अवस्यमेव धन पाउनेछ  । देवप्रतिमा वा शिवलिङ्ग देखेमा विजय र धनलाभ हुनेछ । सपनामा वेलको वृक्ष फलेपूmलेको र आँपको वृक्ष देखिएमा अकस्मात धन पाउला, बल्दो आगो देखेमा धन, बल, बुद्धि र ऐश्वर्य सहजै पाउनेछ ।  सपनामा आमलाको दाना, लप्सी, रातो कमल–पूmल देख्यो भने धन र देवता, विप्र, गाई, पितृ योगीजनले जे दिन्छन् विपनामा पनि त्यही प्राप्त हुनेछ । सपनामा सेतो वस्त्र पहिरेको, माला पनि सेतो धारण गरेको स्त्रीजनले अङ्कमाल गरेको देखिएमा लक्ष्मी प्राप्त हुने र सबैबाट सुखशान्ति प्राप्त हुनेछ । सपनामा पहेंलो माला र पहेंलो वस्त्र, गहना, चन्दन लगाएकी नारीले अंकमाल गरेमा सबैबाट कल्याण हुनेछ ।  यदि सपनामा सेतो बस्तु जस्तै खरानी हाड लगायत सबै सेतो बस्तु कपासबाहेक देखेमा लाभदायक हुने ।  यदि सपनामा लुगा कपडा लगायकी नारी तथा विप्र (ब्राह्मण)हरू हाँस्दै घरमा पसेको देखेमा जे चिताए पनि प्राप्त हुन्छ । यदि सपनामा, देवता, ब्राह्मण देवकन्या, ब्राह्मणीहरूले जस्लाई जेफल दिन्छन् त्यसलाई गुणी सन्तान हुनेछ । कृष्णजीले नन्दबाबालाई सम्बोधन गर्दै भन्नुहुन्छ – यदि सपनामा ब्राह्मणले आशीर्वाद दिए त्यसको ठूलो सम्मान हुनेछर पद–पदमा सुखप्राप्त हुनेछ । सपनामा गाई पाएकोमा त्यसलाई भूमि र उत्तम पतिब्रता नारी प्राप्त हुने छ । सपनामा हात्तीका सूँढले उचालेर आफ्नो मस्तष्कमा बसाल्यो भने निश्चय राज्य प्राप्त हुनेछ । सपनामा प्रसन्न भएका ब्रह्मणले अङ्कमाल गरेमा तीर्थस्नान र धनागमन हुनेछ । सपनामा पुण्यात्म व्यक्तिलाई ब्राह्मणले पूmल दिएमा विजय प्राप्ति हुनेछ साथै धनी तथा तीर्थ स्नान गर्न पाउने छ । तीर्थमहल धन–रत्न सपनामा देखिएमा जयलाभ, धनवान र तीर्थाटन गर्न पाउने छ । जलपूर्णघडा दिएको सपना देखिएमा धन र उत्तमपुत्र प्राप्ति हुन्छ । उत्तम गहना राम्रा बस्त्र पहिरेकी नारी हातमा पाथी लिएर जस्को घरमा प्रवेश गर्दछे त्यस घरमा लक्ष्मी प्रवेश भएर सुखी हुनेछ । यसरी नै जस्को घरमा राम्री नारी आएर दिसा पिशाव गरेर जानेछ त्यसको धनसम्पत्ती अकास्मात बढ्यो भन्ने जान्नु । जुन घरमा  ब्राह्मण ब्राह्मणी आएको देखिन्छन् त्यसले सपनामै शिव– पार्वती वा लक्ष्मी – नारायण आएको जान्नु । त्यहाँ धनागमन होला । सपनामा ब्राह्मण –ब्राह्मणी मध्ये एउटाले धान या अञ्जलिभरी पूmल दिए भने त्यसलाई लक्ष्मी प्राप्त हुन्छिन् र सुख होला ।  यदि ब्राह्मणले सपनामा मोतीको हार , पूmलको माला, श्रीखण्ड,चन्दन दिएमा त्यो व्यक्ति धनी हुनेछ र सुख शान्ती प्राप्त हुनेछ । गोरोचन (पहेंला र सुगन्धी डाँठहुने तथा घोटेर चन्दन बनाइने एककिसिमको बुटी), पताका तथा हर्दी , उखु सपनामा पाउँछ भने चारैतर्फबाट सुख र धनको प्राप्ति हुनेछ । सपनामा ब्राह्मण या ब्राह्मणीले छाता ओढाइदिने या सेतो पूmलको माला शिरमा लगाइ दिए वा शरीरमा ओढाइदिए त्यो व्यक्ति राजा हुनेछ । सपनामा ेितो पूmलको माला लगाएर रथमा बसी दही वा पायस खाएमा त्यो व्यक्ति राजा बन्छ, शंका छैन । ब्राह्मण्म या ब्राह्मणीले  सफापात्रमा राखी दूध दही दिन्छन् त्यो व्यक्ति राजा हुनेछ भन्ने जान्नु, यदि यस्तो सपनादेखेमा प्रतापी होला धन, भूमि, छोराछोरी पाउला, पण्डित वा ठूलो धनाड्य होला अथवा राजा होला । सुन्दरी नारी जस्ले रङ्गीचङ्गी कपडा लगाएकी हुन्छे र कसैप्रति प्रसन्न हुन्छे त्यो व्यक्ति कवि वा पण्डित हुन्छ । त्यस्ती स्त्रीले पुस्तक दिन्छे त्यो  लोकमा  ठूलो पण्डित हुन्छ र कवि पनि हुन्छ । जुन व्यक्तिलाई राम्री स्त्रीले आफ्नो पुत्रलाई पढाए झै पढाउँछे भने ऊ सरस्वतीकै पुत्र ठहर्छ र त्यो जति ठूलो पण्डित कोही हुँदैन । यसरी नै कुनै विप्रले छोरोलाई झै पढाएमा ठूलो पण्डित हुने छ । सपनामा बाटोमा कुनै व्यक्तिबाट पुस्तक प्राप्त गरेमा त्यो ठूलो पण्डित होला र प्रख्याती कमाउला । सपनामा ब्राह्मण या ब्राह्मणी जस्ले भए नि कुनै देवताको मन्त्र सुनाएमा त्यो व्यक्ति ज्ञानी धनी गुणवान, बुद्धिमान र यशस्वी हुनेछ । सपनामा जसलाई मन्त्र दियो या शिला ढुङ्गाको प्रतिमा दियो भने त्यसले जपेको मन्त्र सिद्ध हुन्छ । जस्ले सपनामा विप्र वा ब्राह्मण समूहलाई नमस्कार गरी अशीर्वाद पाएमा त्यो ठूलो भूपति वा विख्यात पण्डित हुन सक्छ । यदि सपनामा स्वेत–पुष्प विछाएको भूमि ब्राह्मण प्रसन्न भएर जस्लाई दिन्छ त्यो व्यक्ति राजा हुन्छ । यदि सपनामा विज्ञब्राह्मणले अनेक थरिका स्वर्ग निर्माण गरी रथमा बसालेर देखाएमा चिरञ्जी भई प्रसिद्ध धनी होला । ब्राह्मण या ब्राह्मणीले विधिपूर्वक कन्यादान गरेर दिएमा त्यो व्यक्ति धनी वा कुनै देशको राजा पनि हुन सक्छ । सपनामा नदी, तलाउ, गङ्गा, समुद्र, नदी, सेतो सर्प, सेतो पर्वत देख्यो भने अकस्मात धन पाउने छ।  सपनामा आपूm मरेमो देख्दा आयु बढ्ने, निरोगीले रोगीलाई देखे दुखी हुने र सुखीलाई देख्यो भने स्वयम् सुखी हुनेछ । यदि सपनामा कुनै नारीले मेरो स्वामी बन भनेमा त्यो पुरुष अवस्य राजा बन्नेछ । सपनामा स्फटिकको माला लिएकी कन्याकुमारीलाई देख्यो वा इन्द्रेणीमा सेतो मेघ देख्यो भने त्यलिे प्रतिष्ठा पाउने र कीर्ति बढ्ने । सपनामा जसलाई ब्राह्मण आएर 'तँ मेरो दास भइस्' भने त्यसले नारायणको दास र उनको भक्ति पाउने र पछि त्यो वैष्णव पनि हुनेछ । सपनामा ब्राह्मण देखे नारायण वा महादेव भन्ने जान्नू, ब्राह्मणी देखे पार्वती वा लक्ष्मी भनी जान्नु, सेतोवस्त्र पहेरीकी नारी देखे गायत्रीवा गङ्गा अथवा सरस्वतीको दर्शन भएको बुझ्नु पर्दछ । सपनामा यदि गोपिनीको पोशाक पहिरेकी कन्या देखेमा राधीका भनी जानू, त्यस्तै बालक देखे बालगोपालको अनुमन गर्नू भन्ने कुरा सपनाका ज्ञाताहरूले बताएका छन् । यति कुरा भनीसकेर श्रीकृष्णले नन्दबाबालाई 'हेनन्दबाबा पुण्य बढाउने अनेक सपनाको सविषयमा मैले सुनाएँ ,अब तपार्र्इँलाई के सुन्ने क्ष्च्छा छ भन्नुहवस्, म सुनाउँछु ।' यसरी ब्रह्मवैवर्ते महापुराणको शुभस्वप्न दर्शन समप्त हुन्छ । यहाँ ६८,६९,७०, ७१,७२, ७३ श्लोक दोहोरिएका छन् ।  सारसंक्षेप भने पनि मैले साभारकै रूपमा यहाँ प्रस्तुत गरेको छु ।
अशुभ स्वप्न विचार– अशुभ स्वप्न विचार ५९ श्लोकमा प्रस्तुत गरिएका छन् । यिनको पनि भावसार (साभारसार) यसप्रकार छन् । यसमा पनि नन्दबाबा र श्रीकृष्णबीच अशुभ सपना सम्बन्धमा सवाल जवाफ हुन्छ । नन्दबाबाले शुभ सपनाको सबै फल सुनीसकेको र नजाति सपनाको बारेमा जानकारी  लिन चाहान्छु भनेपछि कृष्णजीले भन्नुहुन्छ – सपनामा हाँस्नु, विवाह भएको देख्नु नाचगान गर्नु जस्तो देख्छ आपूm वा अन्यलाई विपत्ति पर्नेछ । दाँत फुक्लेको वा हल्लेको देख्दा पीडा र धननाश हुन्छ । अङ्गमा तेल घसेर भैंसीमाथि चढेर दक्षिणतिर जान्छ त्यसको मृत्यु शीघ्र हुनेछ । यसमा शङ्का छैन । सपनामा चूर्ण, जपापुष्प, अशोक पुष्प, करवीर पुष्प, तिलको तेल नून इत्यादि देख्छ त्यसलाई विपत्ति आइलाग्छ । नाङ्गी स्त्री, काली नारी, नाक काटिएकी स्त्री सुद्रकी विधवा र खप्पर देखेमा शोक पर्ने ।  सपनामा रिसाएको विप्र देख्छ त्यसको घरबाट लक्ष्मी निस्कन्छिन् र अनेक थरीका विपत्तिहरू आइपर्छन् । रातो गुराँसको पूmल पूmलेको, पलाँश, कपास सेतो वस्त्र सपनामा देख्दा दुखपाइने । कालो पोशाक लाएकी र हाँसेकी वा गाना गाएकी नारी अथवा काली स्त्री, विधवा सपनामा देखापरी भने  त्यो मानिस ६ महिनाभित्र मर्ने छ । सपनामा देवताले नाच–गान हाँसी–ठट्टा गर्दै उफ्रेको वा दकुरेको देखेमा त्यसको देश तत्काल शत्रुले जितेर लिनेछन् । यदि निद्राले लठ्ठ परेको वेला दिसा–पिसाव, उल्टी, वीर्य, चाँदी, सून देखो भने त्यो मानिस दश महिना बाँच्दछ भन्ने जान्नु । कालो वस्त्र पहिरेकी, कालै माला चन्दन लगाएकी स्त्रीलाई अङ्कमाल ग¥यो भने त्यसको मृत्यु शीघ्र हुनेछ । यदि सपनामा मृगको बच्चा मरेको वा मनुष्यको खप्पर र हाडको माला पायो भने  त्यसलई ठूलो विपत्ति पर्ने छ । सपनामा दूध, दही, मखन, शक्खरले मर्दन गरेको देखियो भने ठूलो पीडा हुने । सपनामा उट र गधा जोतिएको रथमा नो एक्लै बस्दछ अथवा त्यस्मै बसेर निद्रा खुल्यो भने त्यो भयङ्कर दुर्घटना भएर मर्नेछ । सपनामा रातो पोसाक, रातो चन्दन, लगायकी नारीलाई अङकमाल हाल्यो भने त्यसलाई भयङ्कर रोग लाग्ला । आफ्नै रौं नङ, भूमिमा खसेको देख्छ अंङ्गार देख्छ खरानीले भरिएको चिता देख्छ  त्यो व्यक्ति छिटै नै मृत्युमा प्राप्त होला । श्मशानका काठ, तृर्ण, फलाम झारपात वा कालो मसी सपनामा देख्यो भने निकै कष्ट पाउने छ । सपनामा खराउ, फलक भयानक रक्तपुष्पको तथा माला, मास–मुगी, देख्यो भने त्यसलाई कतै घाउ–चोट लाग्ला । यदि सपनाकमा गिद्ध, काग, भालू, बाँदर, विष, पीप देहको मयल देखेमा सबै रोग डाक्ने कारणा जान्नु । सपनामा फुटेको पात्र, घाउ चोट लागेको शूद्र, रातो बस्त्र लगाएको रोगी ,सन्यासी, बँदेल, भैंसी, गदहा देखेमा निकै कष्ट पाउला । सपनामा घोर अन्धकार तथा डरलाग्दो मुर्दा उठेर आएको वा सपनामा लिङ्ग योनी देख्यो भने अवस्य रोगाउला । यदि सपनामा नराम्रो भेषधारी म्लेच्छ देखियो वा डरलाग्दो यमराजको दूत देखियो भने, हातमा पाश (पाशो) लिएको वा शस्त्राश्त्र देखियो भने त्यो मानिस ६ महिनाभित्र मर्नेछ ।  रिसाएको ब्राह्मण, तिनको कुमार वा कन्याले आफ्ना सन्तान घरबाट निकाले भने थरी थरीका दुःख भोग्ला । कालो पूmलको माला वा केवल कालो पूmल रातमा डोरी र शस्त्र लिएको मुसलमान देखियो भने त्यो मानिस छिटै मर्नेछ । सपनामा यदि बाजा बजाएको नाच–गान गरेको, रातो पोशाक लगाएको र मृदङ्ग बजाएको देख्यो भने कष्ट पाउने छ ।  सपनामा प्राण क्षाडिसकेको देखेमा मृत्यु हुने, मत्स्यादि धारणा गरेको देखेमा भाइ छोराको मृत्यु हुने । सपनामा छिन्न भएको, कबन्ध तथा विकृत आकारको अगाडी आएर वेगले नाच्न लाग्यो भने त्यो व्यक्ति तीन महिना भित्र नै मर्ने छ । यदि सपनामा जीवित या मरेको कुनै डरलाग्दो मुसलमानले अङ्कमाल ग¥यो भने त्यस व्याक्तिको एकसालभित्रै दुर्घटनामा मृत्यु हुने छ । दाँत फुक्लिएको, रौं झरेको देखेमा धनहानी हुने र शरीरमा अनेक कष्ट हुने । यदि दाह्रा भएको बँदेल, सीङ हुने जानवर या राँगो आदिले बालकहरुलाई डराएर उपद्रव गर्छ भने त्यसलाई राजाको निकै डरहुन्छ । भुस , छुरा, रक्त, अंगार, खरानी आदि वृष्टि भएको सपना देखिन्छ भने कष्ट भोग्नु पर्छ ।, सपनामा घर, रथ, पर्वत, वृक्ष, घोडा हात्ती आकाशबाट भूमिमा खसेको देखिन्छ भन अनेक थरीको आपत्ति आइलाग्छ ।  कसैको शिरको छाता कुनै बलवान्ले खोसेर लग्यो भने त्यसको पिताको वा गुरुको नाश हुन्छ । सपनामा बाच्छोसहितको गाई कराएर घरबाट भागेको देख्यो भने  घरकी लक्ष्मी र भूमि पनि हातबाट खस्ने छ । यमदूत तथा मुसलमानहरूले जस्लाई पास या डोरीले बाँधेर तान्दै लग्यो भने त्यसको चाँडै मृत्यु हुन्छ । ब्रामण –ब्रामणी रिसायर श्राप दिएमा त्यो विपत्तिमा पर्छ ।  शत्रु, कुकुर, काग, भालु ,वेगसित आइ टोक्छ  त्यसको मृत्यु शीघ्र हुन्छ । भालु भैंसी, ऊँट, सुँगुर। गदाहा यी रिसायर पछि लखेट्छन् ,त्यो व्यक्ति, अवस्य रोगाउँछ । अशुभ सपना देखेमा रक्तचन्दन घ्यूमा मुछेर गायत्रीले हजार आहुती दियो भने शान्ति हुन्छ । मधुसूदनको नाम एकहजार भक्ति पूर्वक जप गरेमा अशुभ  सपनाले पनि सुख दिने हुन्छ ।  अच्युत, केशव, विष्णु, हरि, सत्य, हंस र नारायण यी आठनाम कल्याणा कारका छन् । जसले पूर्व फर्केर आफ्नो नित्यकर्म समाप्त गरी यी माथिका नाम १०८ पटक जप गर्दछ भने ती पाप रहित भएर दुस्वप्न नष्ट पारी शुभ फल पाउँछन् । यी दशनाम पूर्वतिर फर्की पवित्र भएर श्रद्धायुक्त मनले जप गर्दछ भने ती व्यक्ति पापमुक्त भएर घटिया सपना बाट पनि शुभ फल पाउन सक्ने छन् । यी कल्याण कारक १० नाम १०८ पटक दिनहुँ जपेमा त्यसका देहबाट रोग पलायन हुनेछन् । १० नाम एकलाख जपगर्दा बन्धनबाट मुक्त, बाँझी नारीले दशलाख नाम जपे, सन्तानयुक्त हुने, पवित्र भएर हविष्य(पवित्र) भोजन गरी दशलाख जप्न सके मानिस सुखी र धनवान हुनेछ ।  यी दशनाम एककरोड पटक जपे जीवन–मुक्त हुने इच्छित सबै सिद्धि पाई देह त्यागेर नारायण लोकमा बस्न पाउने छ ।  शिव, दुर्गा, गणपति, स्वामी कार्तिकेय, धर्म गङ्गा, राधा, दक्ष्मी, तुलसी र सरस्वती, दशनामलाई जलमा स्नान गरी जसले जप गर्दछ त्यसले मनमा चिताएको फल पाउँछ र घटिया सपना पनि सुखद बन्न सक्दछन् ।ॐह्रींक्रीं पूर्वदुर्गति नाशिन्यै महामायायै स्वाहा यो सत्र अक्षरको मन्त्र संसारको कल्पवृक्ष समान छ । पवित्र भएर दश पल्टमन्त्र जपे पनि घटियाँ सपनाले घटिया सपनाले उत्तम फल दिने हुन्छ । त्यसै गरी सयलाख  जपग¥यो भने साधकको मन्त्र सिद्ध हुन्छ ।त्यस सिद्धमन्त्रले इच्छित सबै सिद्धि प्रदान गर्दछ । ॐनमो मृत्युञ्जयाय स्पाहा  यो दश अक्षरको मन्त्र एकलाख जपगरे आपूm सपनामा मरेको देखे पनि त्यो व्यक्ति पूर्ण आयुसम्म जीवित रहने छ ।  
जाति नजाति सपना सुनाउने विधि – उत्तम सपना देखेपछि जागा रहने ,स्नान गरी पवित्र हुने, पूर्व या उत्तरतिर फर्केर पण्डितलाई सुनाउने । काश्पगोत्र हुने, नीचकर्म गर्ने, या नीच जातिको व्यक्ति, देवता ब्राह्मण धर्मशास्त्रको निन्दा गर्ने या द्रोहगर्ने व्क्तिलाई सुनाउन नह्ुने । भनेजस्ता विद्वान प्राप्त नभएमा ज्योतिषी, ब्राह्मण, पितृसंस्थान, शिवालयमा गएर देवता अथवा आफ्ना मान्ने मानिस या हितैसी मित्रलाई सुनाउनु । भगवान श्रीकृष्णले नन्दबाबालाई सकलपाप नाश गर्ने, धन जल र आयुष्य बढाउने सबै संक्षेपमा विन्ति गरिसकेको र अब हजुरको के सुन्ने इच्छा छ भन्नुहवस्, म विस्तारले सुनाउने छु । यसरी ब्रह्मवैवैते दुःस्वप्नदर्शनंन नाम भाषा समाप्त भएको छ ।
 यस स्वप्न बिचारले मानिसमा उब्जाउने  जिज्ञाशा, कौतुहल्तालाई प्रष्ट पार्दछ  ।
कवि शिखरनाथ सुवेदीद्वारा लिखित स्वप्नफल सम्बन्धमा–
 यस कृतिमा कवि शिखरनाथ सुवेदीद्वारा लिखित स्वप्नफल पनि समावेश गरिएको छ । ४ हरफका ४४ ओटा श्लोकहरू छन् ती श्लोकले पनि ठूलो स्वप्नाध्ययले दर्शाएका फल नै मिल्दाजुल्दा देखिन्छन् केही उदाहरण यसप्रकार लिन सकिन्छ –
स्वप्नाध्याय जति देखियो  उती सबै,् पैला प्रहरमा भए
सालभर्मा फल मिल्छ  आठ महिना , दोस्रो परहरमा भए ।
तेस्रो तीन महिना छ एक महिना, चौथो प्रहरमा भए  
रातको चार घडि बाँकिमा छ दश दिन् त्यै बख्त वीहान भए ।
श्लोक २
ठूलो स्वप्नाध्ययको श्लोक ५र ६को भावशारसँग तुलना गरेर हेरौं –  
यसमा उल्लेख गरिएको स्वप्नमा रात्रीको पहिलो प्रहरमा देखिएको स्वप्नाको फल एकवर्षमा पाइन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुने, तेस्रो प्रहरको फल ३ महिना र चौथो प्रह्रमा देखिएको फल १५ दिनभित्रमा मिल्छ । अरुणोदयमा स्वप्न देखेको फल एकै दिनमा प्राप्त हुन । यी दुबै स्वप्न विचारमा मिल्दा जुल्दा पाइन्छन् । दुबैको अध्यन गर्दा शुभ र अशुभ सपनाको बारेमा राम्रो ज्ञान हु्न्छ । अशुभ सपना देखेपनि शुभ फल पाउन सकिने (शान्ति गर्नु भगवानको नाम जप्नु जस्ता) उपाय यहाँ दर्शाइएका छन् ।
केही अशुभ सपनाहरू– यहाँ केही स्वप्न र तिनको फलप्राप्ति दर्शाइएको छ – जस्तै कपास देखे हानी हुने, पुलिस देखे विपत्ति पर्ने, तेल देखे रोग लाग्ने,आदि
अन्य केही अशुभ सपनाहरू–  यहाँ कुन सपना देख्दा कुन रोगबाट मृत्यु हुन्छ भन्ने विवरण पनि दिइएको छ जस्तै मानिस स्वप्नमा कुकुर गधा या उँट चढेर दक्षिणशिातिर गयो भने टी.वी.रोगले मर्छ । सपनामा नाङ्गो भएर शरीरभरी घिउ वा तेल लगाएर अथवा नबलेको आगोमा हवन गरेको देख्नु वा छातीमा कमल उम्रेको देखेको खण्डमा कुष्ठ भएर मर्छ  आदि ।
कुन सपना देख्दा कस्तो फल मिल्छ – यो विश्वास गरिन्छ कि सपनाले भविष्यमा हुने घटनाक्रमलाई अग्रिम संकेत गर्दछ । सपनाका बारेमा हाम्रा धर्मा ग्रन्थले दिएको मार्गदर्शनलाई अनुकरण गरेको खण्डमा  सपनाफललाई सफलरूपमा कार्यन्वयन गर्न सकेमा निश्चय पनि सुन्दर जीवन बिताउन सकिन्छ । हाम्रा पुराणहरू जस्तै अग्निपुराण, वाल्मीकि रामायण आदिमा सपनाको बारेमा थुप्रै जानकारी दिइएको पाइन्छ । यस शीर्षकमा ओमप्रकाश अधिकारी 'वेफुर्सदी' ले सपना र तिनको फल भनी २७५ ओटा विवरण दिनु भएको छ । हेरौं केही उदाहरणहरू–आँखामा गाजल लगाएको सपना देखे शारीरिक कष्ट भोगिने । गोवर देखे पशुपालनमा लाभ, मासु देख्नु आकस्मिक धन लाभ हुनु, ,पर्खाल देखे सम्मान बढ्नु ,अलि अलि वादल लागेको देखेमा रोगबाट मुक्ति पाइनु ,सपनामा योगी , महात्मा वा सिद्ध पुरुष देखियो भने चिताएको वस्तु प्राप्त हुनेछ ।  
सपनाका केही शुभ–अशुभ फल – यस शीर्षकमा तीस ओटा शब्दको सपनाफल दिएको छ ।  कहिले काँही सपनामा आगो देख्छम् केरा देख्छम् । तिनको सपनापल कस्तो हुन्छ भन्ने सपनाफल यसरी प्रष्ट पारिएको छ । सपनामा केरा खाएको देखे सन्तान प्राप्ति हुने , सपनामा राम्रो गहना र कपडा लगाएकी हातमा पाथी लिएर घरभित्र प्रवेश गरेको देखेमा लक्ष्मी प्राप्त हुने, सपनामा बाजा बजाएर नाच गान गरे ठूलो कष्ट पाउने आदि सपना फल यहाँ  दर्शाइएको छ ।
सपनाको फल बिचार –यस शीर्षकमा पनि तिनै विचारहरूआएका छन् जुन बिचार ठूलो स्वप्नाध्यायमा उल्लेखित छन् तापनि थप प्रष्ट पार्ने प्रयास गरिएको छ । जस्तै दिनमा देखिएको सपना महत्व हीन हुन्छ । उत्तम सपना देख्दा ननिदाउने तर नराम्रो सपना देख्दा निदाउनु राम्रो हुने । सबैले देखेका सपना फलदायी हुन्छन् भन्ने छैन । जस्तै बृद्ध, बिमारी, होश हराएको, डराएको, दिसा पिसाबले च्यापेको, केश फिँजाएर वा निर्वस्त्र भई निदाएको वेलाको सपना निस्फल हुन्छ भन्ने धारणाहरू आएका छन् ।
सपनाले स्वास्थलाई प्रभावित पार्छ –यस विषयमा यस शीर्षकमा लेखिएका कुरामा जानु भन्दा पहिला मेरो अनुभवमा यदि लामो सपना देखेमा, सपनामा कुस्ताकुस्ती परेमा या सपनामा लामो यात्रा गरेमा, सपनामा राती कुनै रतिकृडा  गरेमा अथवा सपना देख्दै उठ्दै सुत्दै गर्दाको विहान उठ्दा आलस्य महसूस हुन्छ । अब यस लेखमा लेखिएको  विवरणलाई सारतिर लागौं ।  सन् १८६१मा ए मोरे नामक व्यक्तिले सपनाको रहस्यलाई वैज्ञानिक ढंगबाट विश्लेषण गरेको धारणा, २० सौं शताव्दीमा  सिग्मण्ड फ्रायाडले एनालिसिस अफ ड्रिम्स पुस्तक लेखेर भनेका थिए – '' मानिस सपनाको माध्यमबाट मुख्यरूपले आफ्नै अतृप्त यौन कामना पुरा गर्दछन् ।" यसलाई अल्फ्रेड एल्डरले अतृप्त यौन कामना मात्र पुरा गर्दैन  यसले धन, शक्ति, सत्ता, र लोक प्रियता प्राप्त गर्नुसँग पनि सम्बन्ध राख्छ भन्ने धारणा, कार्लयुगले समाज शिक्षा, प्रतृकता, देश, काल रपरिस्थितिसँग पनि सपनाको सम्बन्ध राख्ने र नक्षत्र, ग्रह आदिले पनि प्रभाव पर्ने धारणा आएका छन् । १९५३ मा मनोवैज्ञानिक हाललेको भनाइ अनुसार ''सोही जव हामी केही सोच्दछौं तब त्यसको निष्कर्षको रूपमा एक विचार उत्पन्न हुन्छ । जागृत अवस्थामा यो विचार हाम्रो दिमागमा शब्द समूहको रूपमा घुम्ने गर्दछन् भने सुतेको वेला सोही विचार शब्दको बदला दृश्यको रूपमा देख्ने गर्दछौं ।" कोई जे एलेनले लेखेको किताप द क्यामेष्ट्री अफ कन्सस स्ट्रृट्समा मानिसको निद्रा र जागृत अवस्थामा तन्त्रिका (नशा)ले नार एपिनेफ्रिन रसायनको उत्पादन गर्दछन् । जब हाम्रो मस्तिष्कमा यस रसायनको प्रभाव आएको वेला हामी जागृत हुन्र्छौ ।सपना देख्दा न्युरोट्राँन्समिटर एसिटिलकोलिन स्तर बढ्ने र सपना देख्ने कुराहरू,यहाँ उल्लेख गरिएका छन् र साथै हब्सनले सपनाबाट तीन किसिमका फायदा हुने कुरा बताएकोमा जागृत अवस्थामा भएको अनुभवलाई स्मृति कोषमा अंकित गर्न मद्दत गर्ने, यसैको माध्यमबाट वितेको अनुभवलाई विश्लेषण गर्न सहयोग पुग्ने, सपनाको माध्यमबाट हाम्रो मस्तिष्कको लागि आवस्यक तत्वबाट समृद्ध हुन सकिन्छ जस्ता धारणा आएका छन् । (यो लेख ओमप्रकाशजीले युवामञ्च शारदा पाण्डेबाट साभार लिनु भएको र त्यसको सारभाव मैले यहाँ प्रस्तुत गरेको हो)
सपनासम्बन्धी केही धारणा –यो लेख ओमप्रकाश अधिकारीले अन्नपूर्ण, अंकुर, शनीबार २ साउन, २०७२ बाट साभार गर्नु भएको छ । यसमा ११ ओटा धारणाहरू समाबेश गर्नु भएको छ । यसमा लेखिएका धारणाहरू मध्ये केही धारणा यस प्रकार छन् –जन्मजात आँखा नदेख्नेहरूले पनि सपना देख्छन् ।  प्रत्येक मानिसले सपना देख्छन् । जनावरले पनि सपना देख्छन्  आदि ।
सपना ः केही सत्य प्रसङ्ग – यो लेख ओमप्रकाशजीले गोरखापत्र ,सुवर्ण विक्रम थापाको लेखबाट लिनु भएको हो । । यसको भावसारमा सपना अनादि समय देखिनै देखिदै आएको,आजको समाजमा 'जो मानव सपना देख्दैन ऊ जीवित छैन भन्ने कथन प्रचलित छ ।' मानिसले निद्रा र जागावस्थामा सपना देख्ने, जागावस्थामा देपिखने सपना दार्शनिक र कविसँग सम्बन्धित हुने जस्लाई कल्पनाको संज्ञा दिइन्छ ।  निद्रा अवस्थाको निदाएको अवस्थामा देखिने सपना थकावटबाट देखिने मानिन्छ । यी दुबै सपना भिन्न प्रकारका हुने, सपनाले मानिसको मस्तिष्को विभिन्न भारबाट मुक्त गर्ने, सपना देख्ने शक्तिक्षिण भए मानसिक रोगले पिडित हुने । सपनाको बारेमा फ्रायडको धारणा,कहिलेकाँही विलक्षण सपना देखिने, सपना अनुरूपको सपना पनि देखिने जस्तै जोनआफकेनेडीले देखेको सपना अनुरूप नै उनको हत्या भयो । यसरी नै रोमका सम्राटकी श्रीमतीले सिजरको हत्या उनका विरोधीले गरेको सपना देखिन र श्रीमानलाई दरबार नजान रोकिन तर सिजर गए र सपना अनुसार नै हत्या भयो । यस प्रकारका घटना यहाँ अरु पनि बताइएका छन् । सपना जस्ताको तस्तै फलदायी हुन्छन् भन्ने कुरामा म पनि विश्वास गर्दछु जव म स्यानो थिए । मलाई हिसाव निकै मन पर्दथ्यो । परीक्षाको समयमा अघिल्लो राती विहानी हुन हुन लाग्दा शिक्षकले यो हिसाब तैले हेरेको छैनस् हेर यसरी हल गर्ने भनेर पुरा हल गराएर छाड्थे र परीक्षामा जाँदा त्यही हिसाव आएको हुन्थ्यो तर पछि यस्तो सपना कहिलै देखिन ।
सपनाद्वारा आपूmलाई  लाभदायी बनाउन सकिन्छ – यो लेख युवामञ्च, २०५६, कार्तिक, वेदनाथ पन्थीकोबाट साभार गरिएको र यसबाट केही कुरा प्रस्तुत गरिएको छ । यस लेखमा सोचेका कुरामात्र सपनामा देखिन्छन् भन्ने हैन नसोचेक कुरा पनि सपनामा देखिन्छन् । वैज्ञानिकहरूको भनाई अनुसार हामी सबैमा सपनालाई आफ्नो बसमा राख्न सकिने क्षमता भएकोले बसमा पार्न सकिएमा समस्याको मूलजरो स्वयम् पत्ता लगाई कयौं रोगहरूबाट बच्न सकिने,ल्युसिडड्रिम देख्नु भनेको आफ्नो चाहना बमोजिम सपना देख्नु । यस्तो सपना देख्न सपनाको विविधतामा नरहेर आफ्नो चेतनाको स्तरमा रहनु हो । सपना देख्ने वित्तिकै हराउनेलाई अभ्यास द्वारा नियन्त्रण गर्न सकिन्छ र कस्तो सपना देख्ने भन्ने कुरा सार्थक तुल्याउन सकिने, मानसिक तनाउ र फोविया लगायतलाई मनो वैज्ञानिक उपचार गर्न सकिने जस्ता धारणाहरूलाई केलाउँदै ओमप्रकाशजीले कस्तो समय र निद्रामा कस्तो सपना (रेम र नन्रेम सपना), सपनाका फाइदा (लुसिडसपनाबाट फाइदामात्र हुने), सपना कसरी आउला सपना त सबैले देख्छन् तर सपना देखेको थाहा नहुन सक्छ तर थाहा पाउने बानी बसाल्नु पर्छ । सपनाको लागि आराम अति आवश्यक हुन्छ आदि धारणा समेटिएका छन् ।
केही उपयोगी विचारहरू– यश शीर्षकमा ११ उपशीर्षक समेटिएका छन् । यी ११ उपशीर्षक यस प्रकार छन् –
पैसाबाट के मिल्छ के मिल्दैन भन्ने ११ ओटा धारणा यहाँ दर्शाइएको छ । जस्तै भौतिक सुख मिल्छ  शान्ति मिल्दैन, भोजन मिल्छ भोक मिल्दैन ,मूर्ति मिल्छ भगवान मिल्दैन आदि । मेरो बिचारमा पैसा साधन हो तर साध्य हैन । पैसाबाट सबै प्राप्त गर्छु कसैले भन्छ भने त्यो सम्भव छैन ।
के गर्नुस् ?–ओमप्रकाशजीले सुख, शान्ति,मुक्ति आदि प्राप्त गर्नको लागि ७ ओटा यथार्थता पस्कनु भएको छ जस्तै विस्तारै वोल्नुहोस  शान्ति मिल्ने छ, आदि ।
गर्न नहुने– के गर्न हुँदैन भन्ने सुझावमा १५ ओटा धारणा राख्नु भएको छ ।जस्तै लिन नहुने चिन्ता,गर्न नहुने अपराध, टार्न नहुने मौका मार्न नहुने आशा आदि ।
कसको आँखामा के– यस सम्बन्धमा ओमप्रकाशजीले १३ ओटा धारणा राख्नु भएकोछ– जस्तै पुलिसको आँखामा अपराधी, शत्रुको आँखामा प्रतिसोध, आमाको आँखामा माया कसलाई के नदिनु – १५ ओटा धारणा यहाँ पढ्न पाइन्छ जस्तै अपरिचितलाई साथ नदिनु, मूर्खलाई उपदेश नदिनु, गरिबलाई बचन नदिनु काँतरलाई क्षमा नदिनु, आदि ।
के नभएको राम्रो – यसमा ओमप्रकाशजीले सातओटा धारणा राख्नु भएको छ – जस्तै नलागेको राम्रो रोग, नखाएको राम्रो नशा, नउठेको राम्रो रिस आदि
जीवन के हो ?– ओमप्रकाशजीले जीवन के हो भन्नेमा १५ ओटा धारणा राख्नु भएको छ । जस्तै जीवन चुनौती हो मुकाविला गर, जीवन यात्रा हो पूर्ण गर, जीवन प्रेम हो उपभोग गर, जीवन स्वप्न हो प्राप्त गर, जीवन संघर्ष हो स्वीकार गर, जीवन सौन्दर्य हो पूजा गर, जीवन नरक हो निन्दा गर आदि
कसको के उत्कृष्ट?– यसमा १५ धा।णा आएका छन् रामको जस्तो चरित्र, शीवजीको जस्तो नेतृत्व, दधिचिको जस्तो त्याग, धु्रवको जस्तो दृढता, प्रल्हादको जस्तो भक्ति ।
ख्याल राख्नुपर्ने कुराहरू–यसमा १९ओटा धारणा खाएका छन् जस्तै नभुल्नु ऋण,राष्ट्र र मित्रलाई, फर्कदैन गोली,बोली र प्राण, गर्न नभुल्नु उपकार,उद्देश्य र उदारता आदि बैगुनी मान्छै – केही मानिसको प्रबृत्ति यस्तो हुन्छ ,गुन गर्दा पनि गुन देख्दैन । ओमप्रकाशजीले १४ ओटा धारणा राख्नु भएको छ । जस्तै आश्रय दियो टाउकोमा टेक्छ । क्षमा दियो काँतर सम्झन्छ,  प्रेम ग¥यो घात गर्छ, उपकार ग¥यो वास्ता गर्दैन, जानेको छ बताउँदैन, सल्लाह दियो अपमान सम्झन्छ , आदि ।
आमा – आमा शब्द नै महान हो । आमामा यस्ता अमिट भावना हुन्छन् जो पैसाले किन्न सकिदैन, आमामा सन्तानको लागि सर्वस्व त्याग्न सक्ने क्षमता हुन्छ ।यसम्बन्धमा ओमप्रकाशजीले १५ ओटा धारणा राख्नु भएको छ जस्तै संसारमा पैसाले किन्न नपाउने बस्तु के हो ? आमा  यसरी नै सर्वश्रेष्ठ तीर्थ  आमा हुन् ।  गुरू भन्दा श्रेष्ठ को हो भनियो भने पनि आमाकै नाम आउँछ, सहनशीलताकी प्रतिमूर्ति को हो भने आमाकै नाम आएँछ  आदि ।
 यस कृतिको सम्पूर्ण सारभाव मैले माथि नै लेखिसकेको छु । यिनै कुरालाई दोहो¥याइ राख्न आवश्यक देखिदैन । यो कृतिमा सपनाको संदेश दिन निकै प्रयास भएको छ । टीकाकार÷सङ्कलन ÷ सम्पादक ÷सह लेखन र लेखक ओमप्रकाशको यो प्रयास अति प्रशंसनीय छ र उहाँको भावी जीवन प्रकाशमय रहोस् भन्दै विदा चाहान्छु ।  
च्भाभचभलअभ
म्चभबmकस् ध्जथ त्जभथ ज्बउउभल ७ ध्जबत त्जभथ ःभबल
अर्थसरोकार पत्रिकामा  २९ आश्विन २०७३
अभागीको प्रेमविहारको षष्ठामृत । २०७०

मनको बाँसुरी एक झलक

 कृति/समीक्षा  सदानन्द अभागी  December 22, 2024, 4:29 am  

सदानन्द अभागीसदानन्द अभागी

परिचय:
यो कवितासङ्ग्रकी कवयित्री हुन् शोभा खनाल कोइराला । उनी सत्यनारायण खनाल र गौरी खनालकी द्वितीय सन्तती हुन् । उनी गैडाकोट–१४ नवलपरासीमा जन्मिन, स्नात्कोतरसम्म अध्ययन गरिन, ३० वर्षसम्म शिक्षण पेशा अपनाइन् र हाल साहित्य र समाजसेवामा लागिरहेकी छन् । उनका हालसम्मका प्रकाशित कृतिहरू ,संयुक्त गजलसङ्ग्रह (संयुक्त२०७७, चैत), संयुक्त कविता सङ्ग्रह २०७८), मनको बाँसुरी (कवितासङ्ग्रह , २०८१) को साथै विद्यालय, विभिन्न स्थानीय संघस्ंस्था, पत्रपत्रिकाहरूमा फुटकर कविता, र गजल, प्रकाशित भएका छन् । उनको साहित्य संस्थामा आवद्धता यसप्रकार देखिन्छन् । आजीवन सदस्य – त्रिवेण साहित्य प्रतिष्ठान, नवलपरासी (बसपू) र नारी साहित्य प्रतिष्ठान ( नवलपरासी –बसपू) ।प्रज्ञा सभा सदस्य, गैडाकोट, गैडाकोट नगरप्रज्ञा प्रतिष्ठान नवलपरासी), केन्द्रीय सदस्य, साहित्यिक चौतारी,नेपाल) र शाखा संयोजक साहित्यिक चौतारी नेपाल गण्डकी प्रदेश, सञ्चालक सदस्य सारथि साहित्य परिवार, काठमाडौ, सञ्चालक सदस्य, मनको आँकुरा साहित्य समूह काठमाडौ र उपाध्यक्ष उषाकालीन साहित्य समाज ,नवलपरासी (बसपू)
कृतिको संरचना –यस कृतिको प्रकाशन त्रिवेण साहित्य प्रतिष्ठान,नवलपरासी (बसपू)ले गरेको छ । मूल्य २५५÷– राखिएको छ । यस कृतिलाई पितामह कवि रामनाथ खनाल, मातामही देवकादेवी खनालमा एक श्लोकबाट समर्पण यसरी गरिएको छ –
शोभामा छ अभाव पावन कला खट्केर आत्मा पनि
अज्ञानी छु भनी परें शरणमा आमा र वावा भनी ।
कस्तो भो कविता समर्पण गरे बुन्दै गएँ अक्षर
आशीर्वाद दिनुहोस् झुके चरणमा मेरा दुवै ईश्वर ।।
(समर्पण पृष्ठ ग)
यस कवितासङ्ग्रहले इन्द्रराज पौडेलको प्रकाशकीय, प्रा. डा. नारायणप्रसाद खनालको 'मनको बाँसुरी ' बजाउँदाको आनन्द शीर्षकमा भूमिका र गोविन्दराज विनोदीको शुभेच्छाका शब्दपुष्पहरू, पूर्व माननीय सांसद सत्य नारायण खनालको आशीर्वचन र शोभा खनाल कोइरालाका आफ्ना मनको कुरा, पाएकोछ । आवरण पृष्ठ बाहेक कदेखि ल सम्म विविध विष र ६४ कविताहरू ७० पृष्ठमा प्रस्तुत गरिएका छन् । कृति अग्र आवरण कलम सहितको सुन्दर चित्र निलो पृष्ठ भूमिमा सजिएको छ भने पछिल्लो आवरणमा शोभा खनाल कोइरालाको तस्विर सहित व्यक्तिगत विवरण दिइएको छ ।

कविता भित्र प्राकृतिक सुन्दता:
माथि नै भनीसकिएको छ कि शोभाका ६४ कविताहरू यसमा समावेस गर्एिका छन् । यी कविता विविधताले सजिएका छन् । शोभा वर्तमान परिवेशलाई केलायकी छन् । प्राकृतिक सुन्दरतालाई समाएकी छन् । हेरौं प्राकृतिक सुन्दताको एक झलक –
चरी प्यास मेटे फिजाएर पंख
रमाएर मौरी बनेझैं छ चङ्ख ।
गुनी केशरी गुनगुनाइन् कुनामा
अझै भुन्भुनाइन् भँगेरी मुनामा ।।
(पृष्ठ १,श्लोक ३, वर्तमान परिवेश)
आजको परिवेशमा मानवले आफ्नाप्रतिको श्रद्धाभाव हराएको छ । आफ्नै जन्मदातालाई चिन्दैन, जिउँदो छँदा माड दिंदैन,मरेपछि पिण्डबटार छ देवता समान मातापितालाई बृद्धाश्रम पठाउँछ संस्कार मान्दैन आदि आदि । कति राम्रो छ कवयित्रीको भावना ।

मातृभूमि –सबैले ग्रहण गर्दै आएको धारणा आमा, जन्मभूमि स्वर्ग भन्दा पनि प्यारी हुन्छिन् ।शोभाले पनि आमा र मातृभूमिप्रति अगाध श्रद्धाभाव पस्केकी छन् । सुन्दर शान्त, सौम्य, स्वर्ग समान, देवी देवता रमाउने यस पूण्य भूमिमा आमाले जन्माएका सपूतप्रति शोभा यसरी प्रस्तुत भएकी छन् –
जन्मे शान्ति बुनेर बुद्ध भृकुटी श्रद्वेय सीता सती
छर्दै ज्ञान चिरे तमाधिक सधैँ ंव्यापी बनी विश्व ती ।
चारैतर्पm हिमाल उर्वरक अहा ! पीयूष झन ओखती
सारन जीव लिएर सिर्सिर चले टापू चिसो वायु ती ।।
(पृष्ठ ४ श्लोक ३, मातृभूमि)

यस कवितासङ्ग्रहमा देश भक्तिका धारणा, देशद्रोहीसित राजनीति, अपराध, कुकर्मले देश विगार्ने, छोरी भएर बस्न चाहने, बलबालिकालाई नेपालको मूल हुन पर्ने छ भन्ने आग्रह, मुलुक भरमा शान्ति प्याला निभेको,भ्रान्ति ज्वाला फिँजेको, हिजोका साहासी देशप्रेमी र वीर राष्ट्र प्रेमीका गाथा पढिन्थ्यो आदि राष्ट्रियताले भरिएका धारणा सहित सबैमा यस्तो आग्रह गरिएको छ –
सुम्पी योद्धा रगत पसिना राष्ट्रका निम्ति त्याग
बिर्सी नेता सहिद सपना पूर्ण के बन्छ आज ।
तिम्रै आशा छ जति जननी जन्म देऊ सपूत
शान्तिप्रेमी सब जन बनुन् जन्मियुन् फेरि बुद्ध ।।
(पृष्ठ ५५ , श्लोक ५, सपूत)

विदेशीएका युवालाई फर्कने आह्वान:
आज देशको मुख्य समस्या भनेको युवा युवतीहरूको स्वदेश नफर्कने गरी विदेश पलायन हो । यसमा कवयित्रीले फर्केर आउ र आफ्नै पसिना आफ्नै देशमा लगाउ, तिमीलाई आमा कुरेर बसेकी छन् भन्ने आग्रह समय सान्दर्भिक छ । उनी भन्दछिन् –
गुन्जेर मीठो धुन बाँसुरीको
पुन्जेर थुप्रो वन माधुरी यो ।
आई तराई पहरा रसाऊ
मुस्कान ल्याई जननी हँसाऊ ।।
(पृष्ठ ६२ श्लोक ५,फर्की आऊ)

सहिदको सपना–सहिदको वलिदानबाटै हामीले चाहेको व्यवस्था ल्यायौ, राज्यसत्ता चलायौं, सहिदले चाहेको सुन्दर, समृद्ध देश सुखी नेपालीको सट्टा उपहास निम्त्यायौं । सहिदको वलिदान बिना संसारका कुनै पनि देश स्वतन्त्र भएनन् । कडा शासनमा जनता पिल्सिएका थिए । नेपालीले पनि राणाशासन, पञ्चायती क्रुरता र दमनलाई व्यहोरेकै थिए । यस्तो व्यवस्था फाल्न सहिदले छातिमा गोली थापे, रगतको खोला बग्यो आजको राज्यसत्ता सञ्चालमा आयो सहिदका सपना पुरा हुन सकेनन् त्यसको परिणतीमा कवयित्री यसरी प्रस्तुत भएकी छन् –
हिमाल झुक्दैछ सपूत साथ
सम्झेर रुन्छे धरणी प्रभात ।
पुग्दैन श्रद्धा दिन एक मात्र
हुँदैन पूरा सपना सुपात्र ।।
(पृष्ठ ५, श्लोक १, सहिदको सपना)
ंविकृति र विसङ्गति– कवयित्रीले कुप्रभथा हटाउन चाहान्छिन् । विशुद्ध भावनाले भर्न चहान्छिन् । अघोष कम्प र बीभत्सकाण्ड मास्नु र उम्रिदो काल जण्ड फ्याक्नु छ भन्ने भावना र कामना यसरी प्रस्तुत गर्दछिन् –
चलेछ आज विगिँ्रदै पिपासु साथ पाषण
हरेक क्षेत्र मौलिँदै छ आज पाप व्यापक ।
भएन आश खै कतै सुरम्य शान्ति उज्ज्वल
लिएर बुद्ध भावना मनुष्य हुन् सुनिश्चल ।।
(पृष्ठ ६ श्लोक ५, कामना)

पर्यावरण र सम्पदा:
नेपाल पर्यावरण र सम्पदाले धनी देश हो । सबले बुझ्न पर्ने कुरा के भने यो देश सस्तो छैन । पर्यावरण, सम्पदा, वातावरण, माटो, पानी, रगत पसिनाले निर्मित यो देश स्वर्ग तुल्य भएको धारणा राख्दै इतिहास केलाउँदै कवयित्री भन्छिन् –
पुर्खौलीका परिचय कुनै शक्तिले मेटिँदैन
तातो –रातो रगत पसिना भक्तिले भेटिँदैन ।
बाँकी केही भन न छ भने देहको श्वास तुल्य
हाम्रो पर्यावरण अहिले सम्पदा हो अमूल्य ।।
(पृष्ठ १०,श्लोक ५, पर्यावरण र सम्पदा)

अध्यात्मवादी चिन्तन:
यस कविता सङ्ग्रहमा ईश्वरप्रतिको चिन्तन व्यापक रूपमा आएको छ । हातमा थाली लिएर अहोरात्र पूजा गरेको, देह र आत्मा समेत टकारीएको, ईश्वर कहाँ मिल्छ ईश्वर प्राप्त गर्न कुन मार्ग समाउनु पर्छ, सबै जीव ईश्वरकै साझा हुन्, महादेव, पार्वती, राम सीताको स्मरण कतै, कतै शरण को माग,कतै शिवजीको रूपको वर्णन, संसार भर्ता संहारकर्ता, दक्षको तिरस्कारले गर्दा सतीले अग्निकुण्डमा देह त्याग गर्दा, दक्षको यज्ञमा बाधा पु¥याउने कर्ता भन्दै गोमाप्रतिको व्यवहारलाई यसरी प्रस्तुत गरिएको छ –
लिई कष्ट गोमा सदा त्याग बन्दै
दिई निष्ट आत्मा परीक्षा समेल्दै ।
उनै बाट भोगी भयौ पाप ठानी
बडो दुःख बोकी लिई श्राप मानी ।।
(पृष्ठ ३६ श्लोक ५ शिवभक्ति)
सुखमा मानिसले मानिस के ईश्वरलाई पनि खोजदैन, कतै देव तन भित्रभित्र छन् भनिन्छ आदि थुप्रै धारणा आएका छन् ।
सहित्यकारप्रतिको धारणा –यससङ्ग्रहमा मोतीराम भट्टको सँझना, राष्ट्रकविप्रति श्रद्धासुमन चढाइएको छ । युवा कवि मोतीराम भट्टको योगदान भानुभक्तका रामायण छपाउजु सृङ्गार रसमा गजल लेखनप्रति उच्च महिमामा गान गाइएको छ । राष्ट्रकविप्रति राष्ट्रका लालपूmल, साहित्यका मूल, गौरी शोक काव्य रच्दै राष्ट्रसम्मान प्राप्त गर्ने प्यारा कविप्रति पूर्णश्रद्धा सुशब्द अर्पण गरिएको छ ।

जीवन जगत:
जीवनसँग सम्बन्धित कविताहरू यस कविता सङ्ग्रहमा समावेश गरिएका छन् । जीवन भन्दा जन्मदेखि मृत्युवरण हुने वेलासम्म लिइन्छ । यस अवस्थामा मानिसले सुख दुःख उतार चढाव थुप्रै घटनासँग सङ्घर्ष गर्नु पर्ने हुन्छ । कवयित्री अधुरो जीवन यात्रामा अडिन परेको छ । कवयित्रीको सुखसित जिउने चाहना हो तर त्यसो हुन सकेको छैन । त्यसो हुँदा निभ्ने दियामा तेल किन थप्ने भन्ने धारणा, घरभित्रै बसेर बाँचौ बचाउँ, पुन यस पृथ्वीमा पुनर्जन्म हुन्छ या हुँदैन यही जुनीमा राम्रो काम गरौं । गरिब मारिएका छन् । दिनरत पसिना बगायर चारा बाँडेर खाना पाएका छैनन् भन्दै कवयित्री यसरी प्रस्तुत हुन्छिन् –
ब्रह्माण्डमा डर भयावह रूप कस्तो
हे देव आज ! किन भोग्न परेछ यस्तो
छायौ अहो ! किन जगै सब हुन् कि दास
खायौ हरे ! भुवनमा मनु छन् निराश ।।
(पृष्ठ २० श्लोक ५, वर्तमान अवस्था¬)

मिति लेखिएको छैन तर यो कविताले कोभिड १९को संकेत गर्दछ ।यस सङ्ग्रहमा जीवन भोगाईका धारणा यत्रतत्र पोखिएका छन् ।
नारी वादी चिन्तन् – विश्वमा आधा आकाश ओगटेका नारी तिनले भोगेका सुख दुःख, संघर्ष, थिचोमिचो, सन्ततीप्रतिको माया राष्ट्रप्रतिको योगदानमा कवयित्रीका धारणा बुलन्द बनेर आएका छन् । छोराको चाहना राख्ने हाम्रो समाजमा छोरी जन्मदा नाक खुम्च्याउने चलन व्यापक छ । कवयित्रीले 'पुत्रीश सु–स्वागत' कवितामा यसरी प्रस्तुत भएकी छन् –
ब्रह्माण्डै अधुरो छ सृष्टि जगमा नारी विनाको कथा
फिज्दै यी ममता अपार रसमा सन्तान नै शारदा ।
नारी पुज्छ भने अथाह तिनमा रम्ने सदा ईश्वर
लक्ष्मी रूप धरी सहर्ष म गरूँ पुत्रीश सु–स्वागत ।।
(पृष्ठ ६८,श्लोक ४, पुत्रीश सु–स्वागत)

छोराछोरी जन्मे पछि हुर्कन्छन् बढ्छन् र छोराको विवाहमा बुहारीलाई हर्षाेलास साथ भित्र्याइन्छ र छोरीलाई आँसुको साथ अन्माइन्छ । यहाँ कवयित्रीले छोरीलाई अन्माउँदा यसरी आशीर्वाद दिएकी छन् –
सन्ताप शोक नलिई बढ हर्ष साथ
बाधा हटाउन तिमी अब काँध थाप ।
स्वर्गेै समान गृहमा बन जून तारा
आफ्नो स्वयं वन अनन्त सदा सहारा ।।
(पृष्ठ ५४,श्लोक ५,छोरी विदाइ)

प्रेमप्रणय:
यो संसार मायाले भरिएको छ । कवयित्री पनि मायावी संसारकी एक सदस्य भएको नाताले उनको यस सङ्ग्रहमा प्रेमका धारणा पोखिएका छन् । उनका कवितामा शुद्ध प्रेमका धारा बग्दछन् –
कलाकी म तिम्री पुजारी र रानी
सही दुःख पीडा हिमाली सिरानी ।
तिमी अग्नि हुन्छौ भने जिन्दगानी
गरी प्रेम चोखो म बन्नेछु पानी ।।
(पृष्ठ २६,श्लोक १, निश्छल प्रेम)
पवित्र हुन्छ सिर्जना सुभाव भित्र उब्जँदा
हुँदैन स्वार्थ त्यागमा हुनेछ शुद्ध सर्वदा ।
परेर आज मोहमा सुगन्ध बास रच्दछु
तिमी भएर प्रीतिमा अमूल्य हर्ष साँच्दछु ।।
(पृष्ठ ५६,श्लोक ३ प्रणय दिवस)
सुद्ध,पवित्र, मर्यादित प्रेमकी पुजारी कवयित्रीले, 'सच्चा प्रेम रची सजेर लिउँला आए दिलै खोलन' भन्दछिन् ।

विविध धारणाहहरू:
मानिसले पहिचानको खोजी गर्छ । कवयित्री कतै वियोगका कुरा गर्छिन,् कतै युवाहरू विभूमिका दास पाउँछिन् । कहिले भान्से खटाउँछिन् र भान्से बन्नेले भान्सेबन्न सहज छैन भन्छन् । पहाडी शिलामा धेरै कम्पन भएको धारणा राख्छिन् । मन सफा राख्नु पर्ने धारणा राख्दै भन्छिन् –
लड्ने छु वैचारिक द्वन्द्व धेरै
बढ्ने छु पोख्दै सु–विचार मेरै ।
आऊ दिँदै साथ लिएर आस
जाऊ लिँदै रात चिरेर खास ।।
(पृष्ठ ३५, श्लोक १,धारणा)
यस कवितासङ्ग्रहमा त्रासादीले गर्दा आशा मर्नु ,निराशा बढ्नु, तपो भूमि जस्तो देश पाप कुण्डमा परिणत हुनु,, मानवताको ह्रास, गैडाकोटको महिमा, विजया दशमी तथा नवदुर्गाले सन्तोष, उमङ्ग, समृद्धि छाओस् अनि वैषम्य हटोस् भन्ने शुभेच्छा, शशी झै नभमा रहने,सबैको दिलमा रसले भर्ने, ममतालाई बुझ्ने,जीवित छँदा लोभ रही रहने,जे भए पनि जति भए पनि एक दिन छोड्न पर्ने, बलेको आगो ताप्ने, नत्र परपर भाग्ने, मानिसको आवश्यक्ता जिए जन्त मरे मलामी, मरेपछि चाँहिदैन सलामी, माता पितामा जिउँदै छँदा दिनु पर्छ माड कुन पितृले खाए हाम्रो पिण्ड दान, गुरु ब्रह्मा, विष्णु र शिवभन्दा माथि छन् र मैन जल्दा झै जलेर ज्ञान दिन्छन्, ब्रह्मबाटै रीति चलेको हो,त्यागबाट नै शुद्ध प्रीतिको निर्माण हुने हो, त्यसो हुँदा भ्रम पाल्न नहुने,निराशाले भरेमा धड्कन बढ्छ ,नास्तिक भाव भर्न नहुने,रगत सबैको रातो हुन्छ मानिस मानिसमा विभेद किन ?ठूलो सानो पानी चल्ने नचल्ने भनेर जातीय विभेद गर्न नहुने, यसरी नै कतै धन्यवाद दिइएको छ ,कतै एकतामा बलियो समाज भनिएको छ ,कतै विधाताले सिर्जना गरेको यस सृष्टिमा चन्द्रमा छुने सपना पनि अधुरो रहने भनिएको छ, कतै राज्यमा दुराचार बढेको पाइन्छ, कतै नेताले मिठो बोलेर आफ्नो स्वार्थ पूर्ति गरेर देशको अर्थ भ्याएको धारणा आएको छ, कतै अग्नि विना नै किन मुटु जल्छ भनि प्रश्न सोधिएको छ आदि विविधताले सजिएको यस कृतिको अन्तिम कविता छद्मभेषको अन्तिम श्लोक प्रस्तुत गर्न मन लाग्यो–
फिँजाएर द्वन्द्वै लिए युद्ध व्योम
भए आज दुष्टै हराएछ प्रेम ।
थिए साधु जस्ता भए भेष मुण्ड
तपो भूमि यस्तो बन्यो पाप कुण्ड ।।
(पृष्ठ ७०, श्लोक ५, छद्मभेष)

भाषाशैली:
छन्दमा लेखिएका कविता भएकोले लयदार र गायनयुक्त देखिन्छन् । विविध रसले सजिएका कविता पढ्न सरल र सहज छन् ।सुन्दर पु्रस्तुति छ ।
शीर्षकी करण –मनको बाँसुरी शीर्षकमा कुनै कविता छैन । प्रतीकात्मक रूपमा शीर्षक राखिएको छ । फर्की आऊ शीर्षकमा 'गुन्जेर मीठो धुन बान्ँसुरीको 'शब्द आएको देखिन्छ तापनि कविता भनेको मनमस्ष्किको भावनात्मक अभिव्यक्ति हो । यी कविता सबै लयात्मक छन् । मुरलीमा बजाउँदा स्वरकम्पनको आभास मिल्छ । धुन भन्दा मनको वेग,सुर, लहड,ताना आदिलाई जनाउँछ । कृष्णले बाँसुरी बजाउँदा गोपिनी मोहित भएझै लय हालेर पढ्दा उनका कविता मनमोहक छन् । यसरी शिर्षक सार्थक छ ।
कविता सबै गुणै गुणले सजिएको र यसमा कुनै कमी कमजोडी छैन त भन्ने प्रश्न उठ्न सक्छ । स्वभाविक हो । सबै चिजमा पूर्णता हुन्छ भन्न सकिन्न । पाठक तथा विश्लेषकको सोच तथा बिचारमा निर्भर रहन्छन् । लेखनको निरन्तरताले यस्ता कमी कमजोडी सुधार हुँदै जान्छन् ।
अन्त्यमा मैले यस कविताको सारभाव माथि नै पस्किसकेहो हुँदा यिनै धारणालाई दोहो¥याउन चाहन्न । एक शब्दमा भन्दा कविता मनमोहक छन् , पठनीय छन् ।शिक्षासेवाबाट साहित्य सेवामा समर्पित उनको भावी जीवन साहित्यमय बनोस् भन्दै उज्ज्वल भविष्यको कामना गर्दछु ।

November 27, 2024

माटो र बाली व्यवस्थापन एक झलक

सदानन्द अभागी
नेपाल एउटा कृषिप्रधान देश हो । यहाँको आर्थिक स्रोतको मेरुदण्ड पनि कृषि नै हो । यहाँ सबै किसिमका बालीहरू लगाइन्छ जस्तै धान(हिउँदे र वर्षे) मकै, गहँु, कोदो, जौ, फापर मसुरो, चना, रहर,मास, भटमास, गहत, खेसरी, तोरी, सर्यू, रायो, बदाम, सूर्यमुखी, झुसेतिल, तिल, उखू, जुट ,कपास, फलफूल सादबहार (आँप लिची,केरा, सुन्तला, कागती, निबुना आदि) फलफूल पतझड ( स्याउ, नास्पति, आरु आरुबखडा ओखर) तरकारी (आलु काउदी मूला, सलगम, रायो साग, प्याज, गोलभेंडा, बन्दा, तनेबोडी, घिउसिमी, भेडे खुर्सानी, खुर्सानी, भण्टा ,काँक्रो, स्क्वायस फर्सी ,स्वीसचार्ड, तीतेकरेला, रामतोरियाँ, पालुङ्गो, ब्रोकाउली, तरबुजा, फर्सी, लौका, पाटे घिरौंला, धनिया, चिचिण्डो, कुरिलो, पार्सले, ग्याँठकोपी, जिरीको साग, चुकन्दर, चाइनिजबन्दा, चमसुर, लट्टे, सिमी, घाँसेबाली( विभिन्न जातका जस्तै जै,बर्सिम सेतो क्लोभर, राई, टियोसेन्टी, कमनभेच, स्टाइलो, कक्सफुट नेपियर), अलैची, अदुवा, बेसार, खुर्सँर्नी तथा लसुनबाली, चिया, कफी, माछा, रेशम, रबर, कपास, मह, च्याउ आदि लगाउने गरिन्छ । जैविक विविधताले सजिएको देशको साथै, तराई, पहाड, उच्चपहाड, हिमाल जस्तो उच्चाइको कारणाले हावापानी सुहाउँदो भएकोले गर्दा यहाँ सबै किसिमका बाली उत्पादन गर्न सहज देखिन्छ । बास्तवमा भन्ने हो भने हावापानीको हिसावले यहाँ  कदम कदममा हामीले सबै किसिमका बाली उत्पादनमात्र न भै आर्थिक उत्पादनको हिसावले सुन उत्पादन गर्न सकिन्छ । हाम्रो कृषि व्यवसाय आधुनिक कृषिपद्धति भन्दा  परमपरागत खेतीबालीमा नै आधारित रहेकोले हाम्रो बालीको उत्पादकत्व विकसित देशको तुलनामा निकै कम छ । उत्पादकत्व बढाउन हामीले माटो, मल, बीउ,, सिञ्चाइ, बालीसंरक्षण, उन्नत प्रविधिमा ध्यानन दिनु पर्दछ । हेरौ यी बाली उत्पादनतत्वको भूमिकालाई –
माटो – माटो बिरुवाको खाद्यतत्वको भण्डार हो । बिरुवाले खाना माटोबाट लिन्छ ।  माटोमा प्राङ्गारिक मल थप्दै जानु पर्छ नथपेमा माटो उत्पादनशील रहँदैन ।खेती योग्य माटो सानाकणहरू मिलेर बनेको हुन्छ । यी कणको आधारमा पनि धेरै कुरा पत्ता लगाउन सकिन्छ । खासगरी ठूलाकण भएको बलौटे माटो रुखो हुन्छ, पानी खाद्यतत्व अडाएर राख्न सक्दैन, जोतखनलाई सजिलो भए पनि यो माटोमा खेती गर्दा माटो व्यवस्थापनमा (मल, सिचाई, बाली आदिमा) ध्यान दिनु पर्दछ । माटाको कणको आधारमा यस प्रकारको माटोलाई बलौटे माटो भनिन्छ । यस्तो माटोमा जरा फैलिने बाली जस्तै खरबुजा, तरबुजा, गाजर, मूला ,आलु ,लेटुस, सिमी, टमाटर, काँक्रो, कुरिलो आदि लगाउँदा उत्पादन बढाउन सकिन्छ । दोमट माटोः भन्दा बालुवा, पाँगो र चिम्टेकणको सन्तुलित(बराबर) भागहरू मिलेर बनेको हुन्छ । प्राय सबै बालीहरू, फलपूmल बोटहरू, तरकारीहरू, पूmलहरूलाई लगाउन सकिन्छ । चिम्टे माटो भनेको अति मसिना कण भएको माटो हो ।  यो माटोमा काम गर्न कठिन हुन्छ । पानीको मात्र यसले समातेर राख्छ । सुक्दा चिरिन्छ अनि पानीमा हिलो भएर लर्किन्छ । यस्तो माटोमा पानी अड्ने अर्थात जम्ने भएकोले धान बाली राम्रो हुन्छ । चिम्टे माटोमा फल्ने फलहरूमा ब्ल्याकबेरी, रास्पबेरी र स्याउ आदि लगाउन सकिन्छ । यसको व्यवस्थापनमा ध्यान दिनु पर्दछ ।प्राङ्गारिक मलको प्रयोग बढाउनु पर्छ । रसायनिक मलको मात्रा घटाउनु पर्छ । हरियोमलको प्रयोग गर्दा माटो खुकुलो हुन्छ र खनजोत गर्न सजिलो हुन्छ ।
सिँचाइ –नेपालको करिब ४० प्रतिशत कृषि जमिन सिँचिात हुन्छ । करिब १९ प्रतिशत जमिनले वर्षभरी सिँचाइ पाउँछ । अरु जमिन आकाशको (वर्षको) भरमा खेती गरिन्छ । विरुवा बढ्नको लागि माटोमा पानीको आवश्यक्ता पर्छ । । प्रकाश संश्लेषणको लागि पानी चाहिन्छ । बिरुवाले चाहिने पानी माटोबाट लिन्छ । माटोमा चिस्यान लगभग १५ बारको तनावमा रहेको अवस्थासम्म माटोबाट बिरुवाले पानी लिन्छ । यस भन्दा माथि बिरुवाले पानी लिन सक्दैन । यस सीमामा, माटोमा अतिरिक्त पानी आपूर्ति गरिएन भने, धेरैजसो बिरुवाहरू मर्छन् । बिरुवाले ओइलायर माटोमा पानी नभएको संकेत गर्छ । सिचाई गर्नु पर्दछ नत्र बिरुवा ओइलाएर मर्छ । माटोमा भएका खनिज पदार्थ घोलेर बिरुवाले लिन सक्ने अवस्थामा लान (खनिजीकरण गर्न) माटोमा चिस्यान चाहिन्छ । बिरुवाले खाना लिन सक्ने भएपछि मात्र खाद्यतत्व बिरुवाले लिन्छ । माटोमा रासायनिक र जैविक गतिविधिहरू हुन माटोमा चिस्यान चाहिन्छ । माटोकोे चिस्यानले माटोकोे तापक्रमलाई संंतुलनमा ल्याउने काम गर्छ । पानी माटोको कणमा हुन्छ । एउटा माटोको कणमा खनिज पदार्थ लगभग ४० देखि ४५ प्रतिशत हुन्छ । प्राङ्गारिक पदार्थ करिव ५ प्रतिशत, पानी २५ प्रतिशत र माटोको मात्राको लगभग २५ प्रतिशत हुन्छ ।
 बिरुवाको बृद्धिको लागि हावा अति आवश्यक हुन्छ । माटोमा प्राणवायुको अभावमा बिऊ उम्रन सक्दैन र उमे्रपछि पनि बिरुवाको बृद्धिमा असर पर्दछ । माटोमा  सूक्ष्म जीवाणुहरू हुन्छन् । यिनको श्वासप्रश्वासको लागि पनि हावाको आवश्यक्ता पर्दछ । माटोमा हावाले बिरुवाहरूको समग्र स्वास्थ्यको लागि महत्त्वपूर्ण भूमिका खेल्छ, । पर्याप्त हावा बिना, बिरुवाको जराले पानी र पोषक तत्वहरू प्रभावकारी रूपमा स्वसेर लिन सक्दैन ।
 यसरी नै माटोमा तापक्रम पनि हुछ । किनकी भौतिक र रसायनिक प्रतिकृयाको लागि, जराको विकासको लागि, बीउको अंकुरणको लागि गाज। पूmलकोभी, ब्रोकाउलीको लागि ७ डि. देखि ३० डि. से.तामक्रम चाहिन्छ  मकैको लागि १५ डि.से.देखि ३५डि.सें.मा उमार्न सकिन्छ । र घुलनशील पदार्थ (पोषक तत्व) को माटोमा) घोल्नको लागि, आधारभूत जैविक प्रक्रियाहरू (माइक्रोबियल गतिविधि बढाउन) र पोषक तत्वको उपलब्धतामा उपयुक्त तापक्रम  बिना, बिरुवाको जराले पानी र पोषक तत्वहरू प्रभावकारी रूपमा लिन कठिन पर्दछ । चिसो माटोमा बिरुवा द्रुत गतिले उम्रन र बढ्न सक्दैन । त्यसो हुँदा विरुवा बढ्नको लागि करिव (३२ डि.से.) ताप चाहिन्छ । धेरै तापमा (६०डि.से.) जमिनमा रहेका ब्याक्टेरियाहरू गर्मीमा बाँच्न सक्दैनन्।  
माटोको खनिज पदार्थ–  माटोको खनिज पदार्थ हामीले माटो बन्ने पैतृक पदार्थबाट प्राप्त गर्दछौं । यी अकार्बनिक कणहरू हुन्छन्। यसमा सामान्यतया बालुवा, पाँगो र चिम्टे कण हुन्छन् । यी कणले माटोको बनावट, पानीको निकास, पोषक तत्वको उपलब्धता, बिरुवा विकासमा टेवा र वातावरण संतुलन राख्नको लागि महत्त्वपूर्ण खेल खेल्छन् । बिरुवाको लागि १६ ओटा तत्वहरु आवस्यक पर्दछन् । यी बिरुवाको पोषक तत्वका स्रोत हुन् जस्तै बिरुवाले; कार्वन, अक्सि र हाइड्रोजन प्राकृतिक स्रोतबाट लिन्छ । यी बाहेक माटोबाट लिने मुख्यतत्वहरु जो बिरुवालाई ठूलो मात्रा चाहिन्छन (मुख्य तत्व) ती नाइट्रोजन, फस्फरस, पोटास, हुन् । मध्यम मात्रामा चाहिने तत्वलाई सहायक तत्व भनिन्छ ती क्याल्सियम म्याग्नेसियम, गन्धक ( क्गािगच० हुन् र यी बाहेक थोरै मात्रामा चाहिने तर नभै नहुने तत्वहरू जसलाई सूक्ष्म तत्व पनि भनिन्छ ती फलाम, म्याङ्नेज, जिंक(जस्ता),तावाँ, सुहाग मोलिबडेम्, क्लोरिन हुन् । यी विना बिरुवाले जीवनचक्र पुरा गर्न सक्दैन । त्यसैले यिनीहरूलाई बिरुवाको आवश्यक खाद्यतत्व भनिएको हो । केही तत्वहरू जस्तै सोडियम, कोवाल्ट, भेनेडियम र सिलिकनको प्रयोगले बिरुवाको विकास राम्रो हुने धारणाहरू आएका छन् ।
प्राङ्गारिक पदार्थ –प्राङ्गारिक पदार्थ माटोको मुटु हो । यसले बिरुवालाई चाहिने सबै खाद्यतत्व उपलब्ध गराउँछ । यसको स्रोत भनेको प्राङ्गारिकमलहरू( गोवर, कम्पोष्ट, बाख्राको जुतो, पिना, हरियोमल, कुखुराको सुली, मानिसको दिसा पिसाव, एजोला, शहरको फोहोर मैला, सूक्ष्म जैविक मल (एजेटोव्याक्टर, राईजोवियम) आदि) हुन् । यसले माटोको संरचना सपार्छ, पानीको धारण गर्ने शक्ति बढाउँछ,, सूक्ष्मजीवहरूको लागि खाना दिन्छ, तापक्रमको नियन्त्रण तथा संतुलन मिलाउँछ । एकपटक राख्दा अर्कोबालीलाई पनि विरुवाले पाउन सम्छ । बालिमा मिठास( चिनी)को मात्रा थप्दछ , ।
 सूक्ष्म जैविक क्रियाकलाप –बिरुवाको विकासको लागि माटोमा भएका सूमजीवाणुको पनि गहन भूमिका हुन्छ । माटोमा यिनको संख्या प्रस्सत पाइन्छ । माटो भित्र  बसेर पोषक तत्वहरूको चक्रमा महत्वपूर्ण भूमिका खेल्दछन् । माटोबाट प्रदूषकहरू हटाउँछन् । यी लाभ दायक र हानिकारक दुबै हुन्छन् । माटोमा ब्याक्टेरिया, फंगी, एकटिनो माइसेट, प्रोटोजोआ भाइरस, नीलो–हरियो अल्गाई, नेमाटोड पाइन्छन्।
 व्याक्टेरीयाका केही जातले जस्तै राइजोवियमले कोशेबालीका जरामा बसी वायुमण्डलीय नाइट्रजनलाई माटोमा स्थिरीकरण गरेर बिरुवालाई नाइट्रोजन उपलब्ध गराउँछन् । यिनलाई कोशे(दलहन) बालीको बिउको उपचार गरेर या सोझै माटोमा प्रयोग गर्न सकिन्छ । यिनको प्रयोग कोशेबालीको जात अनुरुप हुने भएकोले अलग अलग कोशेबालीको लागि अलग अलग सूक्ष्मजीव  प्रयोग गर्नु पर्दछ जस्तै

च्। भिनगmष्लयकबचगm, च्। वबउयलष्अगm, च्। उजबअभयष् िआदि । बअतष्लयmथअभतभक ले कम्पोस्ट निर्माण र नाइट्रोजन स्थिरीकरण, स्थिरह्युमसको गठन, कडा बोट अवशेषहरू जस्तै सेल्युलोज र जनावरहरूको अवशेषहरू टुक्¥याउन र माटोको जैविक सन्तुलन कायम राख्ने काममा आउँछ । यसलाई कोशेबाली भन्दा अरू बालिमा प्रयोग गरिन्छ ।  प्रोटोजोआ को संक्रमणबाट बिरुवाहरू, जनावरहरू र केही समुद्री जीवनहरू सहित विभिन्न प्रकारका जीवहरूलाई असर गर्छ। माटोमा पाइने रोगजनक ब्याक्टेरियाले बिरुवामा विभिन्न प्रकारका रोगहरू निम्त्याउन सक्छ।
माटोको प्रतिक्रिया (उज्) – माटोको प्रतिक्रिया भनेको माटोका अम्लिय र क्षारिय पनाको बारेमा जानकारी लिनु हो । यसलाई पिएच मिटरबाट जाँच गरिन्छ । पिएच मिटरले देखाएको मानलाई  पिएच मान भनिन्छ । पिएच ७  तटस्थ माटो भनिन्छ । पिएच ७ भन्दा माथि गयो भने क्षारिय माटो र सात भन्दा तल झरे अम्लिय माटो भनिन्छ । बिरुवाको विकासको लागि पिएच मान ६ र ७ का बीचमा हुनु पर्दछ ।यो तहमा फस्फरस बिरुवाले पाउन सक्छ ।  धेरै अम्लिय माटोमा विरूवाले म्याग्नेसियम क्याल्सियम, पोटासियम। मोलिबडेनम लिन सक्दैन । पिएच मान ५.५ भन्दा तल झरे फलाम, म्यागनेज, जस्ता, तावाँ, कोवाल्ट, अलमुनियम आदि धेरै घुलनशील भएर विषालु बन्दछन् । नवलपरासीको माटोको प्रतिक्रिया कस्तो छ ? भन्ने प्रस्नमा दाउन्नेको डाँडादेखि पूर्वको माटो प्रतिकृया अम्लिय प्रकारको छ । समथर एरियाको भन्दा पहाडी क्षेत्रको माटो अझै अम्लिय छ ।  माटो अम्लिय कसरी बन्छ भन्दा माटो बन्ने सामान (पैतृक पदाथ)अम्लिय भएको कारणले माटो अम्लिय बन्छ । जस्तै आग्नेय चट्टान, सिलिका, क्वार्ट्ज, फेल्डस्पार पैतृक पदार्थबाट बनेको माटो अम्लििय हुन्छ । अमोनियम–आधारित एसिड–बनाउने मलहरूको बारम्बार प्रयोग गर्दा, धेरै वर्षको कारणले छारयुक्त पदार्थ चुहेर गएमा, बिरुवाहरूले क्याटआयनहरू लिने र एनयनहरू छोड्ने क्रममा माटोको अम्लीय पना बढेर जान्छ । अम्लिय माटो कृषि चुनको प्रयोग गरेर सुधार गर्न सकिन्छ यसरी नै  क्षारिय माटो जिपसम प्रयोग गरेर सुधार गर्न सकिन्छ । कृषि चुन र जिपसम प्रयोग गर्दा माटो जाँच गरेरमात्र प्रयोग गर्नुपर्छ ।चुन प्रयोग गर्दा खडाबालीमा प्रयोग गर्न हुँदैन । चुन प्रयोग गरेपछि जोतेर माटोमा मिलाउनु पर्छ र १०–१५ दिन बाली लगाउन हुँदैन । अम्लिय माटोमा हुने बालीहरू जस्तै  धान, जई, मकै, आलु ,सखरखण्ड, चिया, कपास कफी, रबर, सूर्ती, बोडी आदि लगाउनु पर्छ । ६ देखि माथि पिएच मानमा प्राय सबै तरकारी बालीहरू,भटमास, आदि बाली लगाउन सकिन्छ ।
 बाली संरक्षण – बालीमा रोग लाग्छन्, कीरा लाग्छन्, पशुपंक्षीले खान्छन् । मुसा लाग्न सक्छ र झारपातले पनि नोक्सान पु¥याउँछन् । बालीलाई यिनबाट जोगाउनु पर्छ । बाली संरक्षण हामीले जोताई खनाई, बाली बालीचक्र, जैविक र सिंथेटिक कीटनाशक प्रयोग, खेत अनुगमन, आदि बाट गर्न सकिन्छ । रसायनिक विषादिको प्रयोग सकेसम्म नगर्ने र जैविक विषादिको प्रयोग गर्ने । सकिन्छ भने प्राङ्गारिक मलको प्रयोग गर्ने । प्राङ्गारिक खेती गर्न सके माटो दीर्घ कालिन रूपमा स्वस्थ बन्दै जाने । स्वस्थ माटोमा रोग किरा कम लाग्छ ।  उत्पादन स्वस्थ हुन्छ । स्वस्थ उत्पादनको प्रयोगले मानिस, पशुपंक्षी, बोट बिरुवा सबै स्वस्थ हुन्छन् । हामीलाई थाहा छ कि माटो, वनस्पति, मानिस र पशुपंक्षी एक अर्कामा आश्रित हुन्छन् । यिनमा कुनै एक प्रदुषित हुन हुँदैन ।एउटा प्रदुषित भयो भने सबै प्रदुषित हुन्छन् ।  
 उन्नत प्रबृद्धि – बाली लगाउँदा धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ । आजको जलबायु परिवर्तनको समयमा सधैं गर्दै आएको प्रविधिमा निर्भर रह्यो भने उत्पादन लिन सकिदैन । बीउ प्रसोधन, जोताइ, बिरुवा लगाउँदा चाहिने उपयुक्त समय, बोटदेखि बोटसम्मको दूरी (हरेक बालीको फरक हुन्छ), सिँचाई( बालीको कुन अवस्थामा दिने ) तालिका, माटोको अवस्था (बलौटे, दोमट, चिम्टे) पहिचान गरेर माटो अनुकुलको बाली लगाउने,वैज्ञानिक खेतीप्रविधिको अवलम्बन, बाली संरक्षण (सकेसम्म जैविक विगादिको प्रयोग, रसायनिक विषादिको प्रयोगमा छोटो समयमा बाली प्रयोग गर्न सकिने विष को प्रयोग, मलको प्रयोग (स्थानीयजातलाई कम मल, उन्नत तथा हाइब्रिड जातलाई बढीमल)बाली भित्र्याउने समयको पहिचान( काँचै काटेको अनाजमा छिटै किरा लाग्ने, राम्रोपाकेको बाली भित्र्याउने), उत्पादन लिएको बालीलाई भण्डारण कसरी गर्ने आदिमा ध्यान दिनु पर्दछ ।
बजारको पहुँच –बाली उत्पादनमा तीब्रता ल्याउने बजारको पहुँचले पनि हो । उत्पादन सामाग्री किन्न र उत्पादित बस्तु सहजै विक्री गर्न पाइने सुविधा भएमा उत्पादनले पनि तीब्रता ल्याउँछ । मौसमी र वेमौसमी बाली, कुन लगाउँदा बजारमा बिक्री गर्न सहज हुन्छ, बढी मूल्यमा बिक्री गर्न सकिन्छ ध्यानदिने ।
अन्त्यमा माटो व्यवस्थापन र बाली उत्पादन गर्नको लागि धेरै नै जानकारी हुनु पर्ने  हुन्छ । एउटा सानो लेखमा सबै समेट्न सहज छैन । आवश्यक जानकारी लिन कृषि सेवा केन्द्र कृषि ज्ञान केन्द्र, अनुसन्धान केन्द्र, कृषि फर्म, वागवानी फर्म जुन नजिक पर्छ त्यहाँ गएर ज्ञान हाँसिल गर्न सकिन्छ ।

November 17, 2024

ठूलो स्वप्नाध्याय सपनाफल विचारमा विवेचना
सदानन्द अभागी
परिचय
ओमप्रसाद अधिकारी माता श्री पदम्कुमारी उपाध्याय र पिता श्री केदारनाथ उपाध्याय अधिकारीका सुपुत्र हुनुहुन्छ ।  उहाँ रकुवा ५ ओटाङ (हालको बुङ्दीकाली –३) मा जन्मनु भयो र हाल कावासोती नगरपालिका वार्ड नं १६ तीनघरेचोक डण्डामा स्थायी रूपमा बसोबास गर्नु हुन्छ । उहाँ आध्यात्मज्ञानी( थुप्रै धार्मिक कृतिहरूका लेखक सम्पादक), साहित्यकार ( कविता, कथा, संस्मरण, आदि), पेशागतरूपमा एक शिक्षक,रुचिको हिसावले पत्रपत्रिका संंकलन अध्ययन वाचानालय स्थापना कर्ता हुनु हुन्छ  भाषागतरूमा संस्कृति, नेपाली र हिन्दीको ज्ञाता, सम्लग्नताको हिसावले त्रिवेणी साहित्य प्रतिष्ठानको आजीवन सदस्य,सम्मानको हिसावले नइ कीर्र्तिरत्न(२०७९)ले विभुषित हुनुहुन्छ ।  । उहाँको र मेरो परिचय टेलीफोनबाट २०८१।२।३२मा भए पनि २०८१ । ७ । २४ गते उहाँ मेरो घरमा आउनु भएको थियो । यही अवसरमा केही मिनट वार्तालाप भएर साक्षाकार भएको हो । यस अवसरमा हामीले किताप आदान प्रदान गरेम् । उहाँले मलाई ''ठूलो स्वप्नाध्याय" सपनाफल विचार प्रदान गर्नु भयो भने मैले राम ज्ञवाली द्वारा सिर्जित '' सदानन्दको जीवन कर्म र व्यक्तित्व" र मेरो महाकाव्य ''सिंहवाहिनी " प्रदान गरें  । कता कता मलाई साहित्यमा लाग्नुको मुख्य उद्देश्य के होला भन्ने प्रश्न राख्न मन लाग्यो । उहाँले सहजै भन्नु भयो – ''जीवनलाई, सवल, सक्षम र आनन्दित बनाई मानव जीवन प्राप्त भएको गौरव अनुभूति गर्न ।" आजको परिपेक्षमा साहित्यमा लगानी गर्नु उत्पादनहीन हो भनिन्छ । लेख्या,े छापो, विक्री हुँदैन, उपहारमा दिए पनि लानेले पढेर प्रतिकृया दिंदैन, यसमा तपाइँको प्रतिकृया के छ ? मेरो यो जीज्ञाशामा पनि उहाँको प्रतिकृया यसरी आयो – '' मलाई साहित्यमा लागेर असन्तुष्टी, निराशा, दुःख वा पछुतो केही पनि छैन । मेरो समय अध्ययन अध्यापन, लेखन मनन् मै बिति रहेको छ । " मलाई लाग्यो बास्तवमा लेखकको काम लेख्ने हो । यसपछि उहाँ साहित्यमा लाग्नु कस्को प्रेरणाबाट हो भनेर मैले प्रश्न राखे । उहाँको छोटो उत्तर थियो '' पिताश्री " । साहित्यलाई कसरी प्रवर्धन गर्न सकिन्छ भनी सोधनी गर्न मन लाग्यो र सोधी पनि हाले । उहाँको धारणा यसरी आयो –''नवोदित÷उदीयमान लेखक साहित्यकारहरूलाई अझ थप हौसला बढाइदिने, कृतिहरू प्रकाशन गर्न चाहानेहरूका लागि सहजी करणा गरिदिने भयो भने साहित्यमा त्यस्ता व्याक्तिहरूलाई थप प्रेरणा प्राप्त हुनेछ ।" उहाँ हतारमा हुनु हुन्थ्यो तर मलाई भने धेरै जानकारी लिने चाहना थियो ,पछि भेटहुने सर्तमा हामी विदा भयौं ।
ठूलो सप्नाध्यायलाई अध्ययन गर्ने बिचार पलायो । यस कृतिलाई अध्ययन गर्दा उहाँका स्वलिखित र सम्पादित गरी ५५ ओटा कृतिहरू बजारमा आइसकेका रहेछन् । यिनको विवरण तल दिएको छु । सपना के हो भनी परिभाषित गर्न सहज छैन । सपना हामी सबैले देख्छौं । यी सपनाको फल पनि मिल्छ। सपना राम्रो फल दिने र नराम्रो फल दिने हुन्छन् । केही विद्वानहरूले यसलाई यसरी परिभाषित गरेका छन् – इरिक सुनी ––(Eric suni, staff writer) र Alex Dimitriu, Psychiatrist) ले यसरी परिभाषित गरेका छन् –Alex Dimitriu, Psychiatrist) (सपनाहरू मानसिक, भावनात्मक, वा संवेदी अनुभवहरू हुन् जुन निद्राको बेलामा हुन्छन्। )
अर्थसरोकार पत्रिकामा  २९ आश्विन २०७३मा लेखिएकोछ –'' सपना भनेको मनमा आउने विचार, चित्र, र अनुभूतिहरूको श्रृंखला हो जुन मानिस सुत्दा अनुभव गर्छ। यो प्रायः मानिसका चासो, डर, वा दैनिक जीवनका घटनाहरूसँग सम्बन्धित हुन्छ।"
सदानन्द अभागीले गजलमा सपनालाई यसरी प्रस्तुत गरेका छन् –
सपना त कल्पना हो देख्न सके देख हजुर
भावनाको पोखाइ हो लेख्न सके लेख हजुर
पृष्ठ ४३८, अभागीको प्रेमविहारको षष्ठामृत
अवलोकन ीबकत ग्उमबतभमस् ःबच ज्ञछ, द्दण्द्दघ को पत्रिकामा  लेखिएको छ – ''सपने वे कहानिया और चित्र होते हैं जो हमारा दिमाग सोते समय बन्ते हैं ।"  
माथिका यी परिभाषामा नजिक नजिक पुगे पनि एकरूपता देखिदैन । हामीले सपनाफलको बारेमा भने धेरै लेखहरू पढ्न पाउँछौं । अनुसन्धान कर्ताहरूले धेरै प्रयास गरेको पाएका छौं ती प्रयासलाई ओमप्रकाश अधिकारीले ठूलो स्वप्नाध्यायमा समेट्ने प्रयास गर्नु भएको छ । यो पनि एक अथक प्रयास र खोज हो । जस्लाई सहज रूपमा लिन सकिदैन । उहाँको प्रयासमा के कति कृति सिर्जना भए त्यसतिर लागौं ।
उहाँका लिखित तथा सम्पादित कृतिहरूको विवरण – कर्तव्य दर्पण –(मानवधर्म रहस्य दर्शन ), मानवधर्म (पद्यमा पूर्वभाग), ज्ञानरत्नमाला (पद्यमा , उत्तरभाग), धर्मोपदेशमाला (पद्यमा), चाणक्य  नीति दर्पण (नेपाली भाषा–टीका श्लोकसहित) तिलक रहस्य दर्पण –तिलक सम्बन्धमा विशद् विवेचना ), संसारदेखि लाग्छ साह्रैउराठ (पद्यमा), दिव्यमधृ (अर्थात मौरीको गुनासो, कवितासङ्ग्रह), सुदामनको कनिका –कवितासङ्ग्रह), गंगामहात्म्य (महिमा नेपालीमा), हिंसक कृषक तुलना –(मासु र हलोको तुलाना), आयुर्वेद सार दर्पण (घरेलु वैद्य, प्रथम भाग), सिद्धगणेशस्तोत्रम् (श्री गणेश स्तोत्रावली) ,बैलोक्यमङ्गल सूर्यस्तोत्र तथा सूर्य उपासना परिचय (सूर्य हात्म्य, नेपालीमा), सरस्वती उपाशना पचिचय एवं पूजाविधि(ने.भा.टीका सहित) स्तोत्र पुष्पाञ्जलि (अति उपयोगी स्तोत्रहरूको सङ्ग्रह) , पञ्चायन स्तोत्राञ्जलि (अति उपयोगी स्तोत्रहरूको सङ्ग्रह, गजेन्द्रमोक्षस्तोत्र (नेपाली भाषा–श्लोक र अर्थ सहित ), चुड्का भजन सङ्ग्रह, श्री कृष्ण चरित्र र हरितालिका माहात्म्य (तीजको गीतको भाकामा), श्रीमद्देवीभागवत नवाह चन्द्रिका (नेपालीमा),गुलाफको पूmल र मौरीहरू (सायरीसङ्ग्रह), कलियुग (हास्य–व्यङ्ग्य) कश्यप÷काश्यप गोत्रीय अधिकारी संक्षिप्त परिचय तथा कुलपूजा विधि (नेपालीमा), अग्निस्थापना पद्धति (नेपाली भाषा–टीका सहित) श्राद्ध पद्धति (नेपाली भाषा–टीका सहित ),(साथमा, आफ्ना यजमानका पितृहरूको नामावली लेख्ने, आठ पेजजति खाली पृष्ठ र संक्षिप्त थर गोत्र र प्रवरसहित) , अन्त्यक्रिया पद्धति (नेपाली भाषा–टीका सहित ) (नेपाल तथा भारतका विशिष्ट विद्वानहरूद्वारा अनुमोदित) चतुर्विंशति रत्न दीपिका (कर्मकाण्ड) मङ्गलचौथी पूजाविधि तथा मालासंस्कारसहित चौबीस थरीका विषयबस्तुहरूकोे सङ्ग्रह), कालसर्पयोग कारण र निवारण –नेपाली भाषा–टीका सहित ), वास्तुशान्ति र शिलान्यास विधि – नेपाली भाषा–टीका सहित), शव संस्कारविधि – घाटको कर्म , नेपाली भाषा–टीका सहित), मङ्गलचौथी पूजाविधि ब्रत कथा( नेपाली भाषा–टीका सहित), ऋषिपञ्चमी पूजाविधि ब्रतकथा ( नेपाली भाषा–टीका सहित), नारी संध्याविधि , क्षत्रिय सन्ध्याविधि र १०८ गायत्री मन्त्र सन्ग्रह( दीक्षामन्त्र सहित), गोदान, तुलादान र दशदान पद्धति( नेपाली भाषा–टीका सहित) वटपिप्पल प्रतिष्ठा पद्धति( नेपाली भाषा–टीका सहित), शनिप्रदोष ब्रत (शनित्रयोदशी ) पूजाविधि ब्रतकथा( नेपाली भाषा–टीका सहित) सत्यनारायण पूजाविधि ब्रत कथा ( नेपाली भाषा–टीका सहित), लक्षवर्ती पूजाविधि ब्रत कथा ( नेपाली भाषा–टीका सहित), बालबोधिनी रुद्राभिषेक पद्धति (रुद्री)नवग्रह पूजा तथा शान्ति विधि (नेपाली भाषा–टीका सहित), दुई घन्टे विविह पद्धति ( नेपाली भाषा–टीका सहित), ऋषितर्पणी यज्ञोपवीत मन्त्रणा विधि (श्रावणी प्रयोग, नेपाली भाषा–टीका सहित), विश्वकर्मा पूजा पद्धति ( नेपाली भाषा–टीका सहित), श्रीयन्त्र पूजन विधि ( नेपाली भाषा–टीका सहित), इच्छा अनुसार छोरा या छोरी पाउने तरिका, भूतप्रेतसँग जम्काभेट, केदारनाथ अधिकारीको आत्मवृतान्त , कल्पनाले साँचेको सम्झना (कल्पना अधिकारीको आत्मवृतान्त),बोक्सी के हो ? हुन्छ कि हुँदैन), आँखाको नानीमा तिमी (सायरीसङ्ग्रह) वाराणासीका केही नेपाली प्रकाशकहरूको सङ्क्षिप्त परिचय, सपना–फल विचार (ठूलो), श्रीमद्भागवतगीता (नेपालीमा श्लोक र अर्थ सहित ), अष्टाबक्रगीता (नेपाली पद्यानुवादसहित), श्रीशिवगीता (नेपाली पद्यानुवादसहित), जीवनमुक्ति गीता (नेपाली भाषामा अर्थ सहित)  ।
कृतिको संरचना – यस कृतिलार्ई दुर्गा साहित्य भण्डार, वाराणसीले प्रकाशन गरेको छ । मूल्य भा.रू ७० राखिएको छ । पाँचौं संस्करणसम्म प्रकाशित भै सकेको यस कृति ८४ पृष्ठको आकारमा छ । यस कृतिमा कसैको भूमिका छैन । स्वयम् सम्पादकले '' सानो पूस्तकको थोरै भनाइ" शीर्षकमा पाठकको चाहनाअनसुारको यो स्वप्नाध्याय (सपना फल विचार) प्रस्तुत गरिएको भन्ने धारणा राख्नु भएको छ । यसमा मुख्य १५ शीर्षहरू छन् । १४ शीर्षक (केही उपयोगी विचारहरू) मा ११ उपशीर्षक पनि समावेश गरिएका छन् ।
 ठूलो स्वप्नाध्याय –यस अध्यायमा ७६ श्लोक छन् । यी श्लोकका भावसार (साभारसार) यस प्रकार छन् –नन्दबाबा र श्रीकृष्ण बीच स्वप्न सम्बन्धमा वार्तालाप हुन्छ । नन्दबाबाले निन्द्रामा देखेका स्वप्नाले कस्तो फल दिन्छ भनी मधुसूदन (कृष्ण)सँग .सोधनी गर्दा भगवान कृष्णले स्वप्नको बारेमा सामवेदको  काण्वशाखामा राम्रो वर्णन गरिएको छ । यसमा उल्लेख गरिएको स्वप्नमा रात्रीको पहिलो प्रहरमा देखिएको स्वप्नाको फल एकवर्षमा पाइन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुने, तेस्रो प्रहरको फल ३ महिना र चौथो प्रह्रमा देखिएको फल १५ दिनभित्रमा मिल्छ । अरुणोदयमा स्वप्न देखेको फल एकै दिनमा प्राप्त हुने । स्वप्न देखेर निदाउन नहुने, दिनमा मनमा आएका तर्क वितर्क र रोग चिन्तमा गाडिएकाको सपनाको फल भने प्राप्त हुँदैन । यसरी नै  सपना देखेर  सुत्न नहुने,राती नै कसैलार्ई भन्न नहुने, काश्यप गोत्रका व्यक्तिलार्ई सुनाउन नहुने सुनाए आपत्ति पाउने, फल प्राप्त नहुने ।
सपनाहरू थरीथरीका देखिन्छन । सबै सपनाको राम्रो या नराम्रो फलप्राप्त हुँदैन । कृष्ण भगवान भन्नु हुन्छ कि होसहराएको, साह्रै डराएको, दिशा–पिसापले च्यापेको,नाङ्गै सुतेको, वा कपाल फुकाएर सुतेको अवस्थामा देखिएको सपनाको कुनै फल हुँदैन । राम्रो सपना त देखियो तर सपना देखेपछि सुतेको खण्डमा पनि फल प्राप्त हुँदैन । काश्यप र कश्यप गोत्र एकै हुन भने सपना सुनाउन नहुने तर यी गोत्र फरक भएमा काश्यप गोत्रीलार्ई सपना देखेको सुनाउन नहुने, सुनाइयो भने आपप्ति पाउन सक्ने । दुर्गतितिर लागेको व्यक्ति साथै नीचलार्ई सुनाएको खण्डमा रोग लाग्ने, शत्रुलाई सुनाएमा भयप्राप्त हुने, मूर्खलार्ई सुनाए विवाद हुने, नारीलार्ई सुनाए धन हानी हुने, रात्रीमा सुनाए चोरको डरहुने, राम्रो सपना देखेर सुतेमा चिन्तामा पर्न सक्ने यस्तो अवस्थामा काश्यपगोत्रीका बाहेक पण्डितलाई सुनाए इच्छित काम बन्ने धारणा कृष्णजीले नन्दबाबालाई सुनाएपछि पुन कृष्णजीले नन्दबाबालाई स्वप्नाको फल यसरी बताउनु हुन्छ –सपनामा हात्ती, घोडा , गाई, पर्वत, दरबार, देवल, रुखमा चढ्नु तथा त्यही बसेर केही खानु, रोयको देख्नु, धन बाँडेको देख्नु, हातमा वीणा लिएको देखेमा भूमिलाभ हुने । यसरी नै सपनामा शस्त्र अश्त्रले चोट लाग्नु, कीरा पर्नु, झडा लाग्नु वा रगत–मासी पर्नु वा रगतमा मुच्छिएको देखे त्यसलाई धनलाभ हुने । अगम्यमा गमनगर्दा राम्री स्वास्नी पाउने, पिशाव शरीरमा छरे, आफ्नो वा अरुको वीर्य खायमा वा मलमूत्रमा गाडिएमा, रत्नयुक्त शहरमा प्रवेश गरेमा, समुद्रभित्र प्रवेश गरेमा, मदिरापान गरेको सपना देखे र।म्रा कुरा सुनिने र प्रशस्त धनलाभ हुने । यसरी नै सपनामा सुन, गोरु, गाई, हात्ती, अन्न, बत्ती, कन्या, फलपूmल रथ ध्वजा, छात्ता, यत्ति (सन्यासी) देखेमा पविार बढ्ने, यश–कीर्ति फैलिने,यदि सपनामा जलले भरिएको घडा, ब्राह्मण, बल्दोआगो, पूmल, उत्तम घर, सेतो धान, नटुल, वेश्या देखेमा धनलाभ हुने । सपनामा गाई, घ्यू दूध, नर, वेश्या देखिएमा पुण्य–कार्य सम्भव छ, यसमा इच्छितकार्य सफल हुने र धनलाभ पनि सम्भव छ । सपनामा कमलको पातमा पायस, दही, घिउ, केही मिष्ठान्न आदि नदी किनारमा बसेर खाएको देखेमा राजासमान पूज्य र प्रतिष्ठित हुनेछ ।  सपनामा मानिस या पंक्षीको मासु जस्ले देख्ला, सुभसमाचार सुन्ने र इच्छा गरेको उत्तम फल प्राप्त गर्ला । सपनामा आपूm सरदार भएर सेना पछि लगाइ हिड्छ भने त्यो विपनामा पनि त्यस्तै हुनेछ र फलपूmल लागेको वृक्ष देखेमा इच्छाएको द्रव्य प्राप्त गर्द छ । सपनामा सर्पले टोके अकस्मात धनलाभ ह्ने र चन्द्र–सूर्य देखेमा कठिन रोगबाट मुक्त हुने । सपनामा क¥याङकुरुङ्को पोथी, घोडा कु्खुरी आदि, देख्दा राम्री श्रीमती प्राप्त गर्ने । सपनामा झ्यालखानामा परेको देखे ठूलो प्रतिष्ठा र उत्तम छोरो पाउने छ । नदीकिनारमा बसेर दही–भात, खीर  खायो वा फाटेको भए पनि कमल–पत्र देख्न पायो भने त्यो राजा वा राजा समान प्रतिष्ठा पाउने छ । सपनामा जुका, सर्प, बिच्छी देखेमा धन पुत्र, विजय प्रतिष्ठा पाउने छ । दाह्राभएको सुँगुर, सीङ्हुने जानवर, वानरले कष्ट दिएको सपना देखेम ाअकस्मात धन प्राप्त गरी राजा वा उच्च पदमा आसीन पनि हुनसक्ला । सपनामा माछा, मासु, मोती, शङ्ख, श्रीखण्ड, हीरा  देख्छ वा पाउँछ भने इच्छित सम्पत्ति अनायास प्राप्त गर्नेछ ।  सपनामा रक्सी, रगत, सुवर्ण र विष्ठा  देखेमा अवस्यमेव धन पाउनेछ  । देवप्रतिमा वा शिवलिङ्ग देखेमा विजय र धनलाभ हुनेछ । सपनामा वेलको वृक्ष फलेपूmलेको र आँपको वृक्ष देखिएमा अकस्मात धन पाउला, बल्दो आगो देखेमा धन, बल, बुद्धि र ऐश्वर्य सहजै पाउनेछ ।  सपनामा आमलाको दाना, लप्सी, रातो कमल–पूmल देख्यो भने धन र देवता, विप्र, गाई, पितृ योगीजनले जे दिन्छन् विपनामा पनि त्यही प्राप्त हुनेछ । सपनामा सेतो वस्त्र पहिरेको, माला पनि सेतो धारण गरेको स्त्रीजनले अङ्कमाल गरेको देखिएमा लक्ष्मी प्राप्त हुने र सबैबाट सुखशान्ति प्राप्त हुनेछ । सपनामा पहेंलो माला र पहेंलो वस्त्र, गहना, चन्दन लगाएकी नारीले अंकमाल गरेमा सबैबाट कल्याण हुनेछ ।  यदि सपनामा सेतो बस्तु जस्तै खरानी हाड लगायत सबै सेतो बस्तु कपासबाहेक देखेमा लाभदायक हुने ।  यदि सपनामा लुगा कपडा लगायकी नारी तथा विप्र (ब्राह्मण)हरू हाँस्दै घरमा पसेको देखेमा जे चिताए पनि प्राप्त हुन्छ । यदि सपनामा, देवता, ब्राह्मण देवकन्या, ब्राह्मणीहरूले जस्लाई जेफल दिन्छन् त्यसलाई गुणी सन्तान हुनेछ । कृष्णजीले नन्दबाबालाई सम्बोधन गर्दै भन्नुहुन्छ – यदि सपनामा ब्राह्मणले आशीर्वाद दिए त्यसको ठूलो सम्मान हुनेछर पद–पदमा सुखप्राप्त हुनेछ । सपनामा गाई पाएकोमा त्यसलाई भूमि र उत्तम पतिब्रता नारी प्राप्त हुने छ । सपनामा हात्तीका सूँढले उचालेर आफ्नो मस्तष्कमा बसाल्यो भने निश्चय राज्य प्राप्त हुनेछ । सपनामा प्रसन्न भएका ब्रह्मणले अङ्कमाल गरेमा तीर्थस्नान र धनागमन हुनेछ । सपनामा पुण्यात्म व्यक्तिलाई ब्राह्मणले पूmल दिएमा विजय प्राप्ति हुनेछ साथै धनी तथा तीर्थ स्नान गर्न पाउने छ । तीर्थमहल धन–रत्न सपनामा देखिएमा जयलाभ, धनवान र तीर्थाटन गर्न पाउने छ । जलपूर्णघडा दिएको सपना देखिएमा धन र उत्तमपुत्र प्राप्ति हुन्छ । उत्तम गहना राम्रा बस्त्र पहिरेकी नारी हातमा पाथी लिएर जस्को घरमा प्रवेश गर्दछे त्यस घरमा लक्ष्मी प्रवेश भएर सुखी हुनेछ । यसरी नै जस्को घरमा राम्री नारी आएर दिसा पिशाव गरेर जानेछ त्यसको धनसम्पत्ती अकास्मात बढ्यो भन्ने जान्नु । जुन घरमा  ब्राह्मण ब्राह्मणी आएको देखिन्छन् त्यसले सपनामै शिव– पार्वती वा लक्ष्मी – नारायण आएको जान्नु । त्यहाँ धनागमन होला । सपनामा ब्राह्मण –ब्राह्मणी मध्ये एउटाले धान या अञ्जलिभरी पूmल दिए भने त्यसलाई लक्ष्मी प्राप्त हुन्छिन् र सुख होला ।  यदि ब्राह्मणले सपनामा मोतीको हार , पूmलको माला, श्रीखण्ड,चन्दन दिएमा त्यो व्यक्ति धनी हुनेछ र सुख शान्ती प्राप्त हुनेछ । गोरोचन (पहेंला र सुगन्धी डाँठहुने तथा घोटेर चन्दन बनाइने एककिसिमको बुटी), पताका तथा हर्दी , उखु सपनामा पाउँछ भने चारैतर्फबाट सुख र धनको प्राप्ति हुनेछ । सपनामा ब्राह्मण या ब्राह्मणीले छाता ओढाइदिने या सेतो पूmलको माला शिरमा लगाइ दिए वा शरीरमा ओढाइदिए त्यो व्यक्ति राजा हुनेछ । सपनामा ेितो पूmलको माला लगाएर रथमा बसी दही वा पायस खाएमा त्यो व्यक्ति राजा बन्छ, शंका छैन । ब्राह्मण्म या ब्राह्मणीले  सफापात्रमा राखी दूध दही दिन्छन् त्यो व्यक्ति राजा हुनेछ भन्ने जान्नु, यदि यस्तो सपनादेखेमा प्रतापी होला धन, भूमि, छोराछोरी पाउला, पण्डित वा ठूलो धनाड्य होला अथवा राजा होला । सुन्दरी नारी जस्ले रङ्गीचङ्गी कपडा लगाएकी हुन्छे र कसैप्रति प्रसन्न हुन्छे त्यो व्यक्ति कवि वा पण्डित हुन्छ । त्यस्ती स्त्रीले पुस्तक दिन्छे त्यो  लोकमा  ठूलो पण्डित हुन्छ र कवि पनि हुन्छ । जुन व्यक्तिलाई राम्री स्त्रीले आफ्नो पुत्रलाई पढाए झै पढाउँछे भने ऊ सरस्वतीकै पुत्र ठहर्छ र त्यो जति ठूलो पण्डित कोही हुँदैन । यसरी नै कुनै विप्रले छोरोलाई झै पढाएमा ठूलो पण्डित हुने छ । सपनामा बाटोमा कुनै व्यक्तिबाट पुस्तक प्राप्त गरेमा त्यो ठूलो पण्डित होला र प्रख्याती कमाउला । सपनामा ब्राह्मण या ब्राह्मणी जस्ले भए नि कुनै देवताको मन्त्र सुनाएमा त्यो व्यक्ति ज्ञानी धनी गुणवान, बुद्धिमान र यशस्वी हुनेछ । सपनामा जसलाई मन्त्र दियो या शिला ढुङ्गाको प्रतिमा दियो भने त्यसले जपेको मन्त्र सिद्ध हुन्छ । जस्ले सपनामा विप्र वा ब्राह्मण समूहलाई नमस्कार गरी अशीर्वाद पाएमा त्यो ठूलो भूपति वा विख्यात पण्डित हुन सक्छ । यदि सपनामा स्वेत–पुष्प विछाएको भूमि ब्राह्मण प्रसन्न भएर जस्लाई दिन्छ त्यो व्यक्ति राजा हुन्छ । यदि सपनामा विज्ञब्राह्मणले अनेक थरिका स्वर्ग निर्माण गरी रथमा बसालेर देखाएमा चिरञ्जी भई प्रसिद्ध धनी होला । ब्राह्मण या ब्राह्मणीले विधिपूर्वक कन्यादान गरेर दिएमा त्यो व्यक्ति धनी वा कुनै देशको राजा पनि हुन सक्छ । सपनामा नदी, तलाउ, गङ्गा, समुद्र, नदी, सेतो सर्प, सेतो पर्वत देख्यो भने अकस्मात धन पाउने छ।  सपनामा आपूm मरेमो देख्दा आयु बढ्ने, निरोगीले रोगीलाई देखे दुखी हुने र सुखीलाई देख्यो भने स्वयम् सुखी हुनेछ । यदि सपनामा कुनै नारीले मेरो स्वामी बन भनेमा त्यो पुरुष अवस्य राजा बन्नेछ । सपनामा स्फटिकको माला लिएकी कन्याकुमारीलाई देख्यो वा इन्द्रेणीमा सेतो मेघ देख्यो भने त्यलिे प्रतिष्ठा पाउने र कीर्ति बढ्ने । सपनामा जसलाई ब्राह्मण आएर 'तँ मेरो दास भइस्' भने त्यसले नारायणको दास र उनको भक्ति पाउने र पछि त्यो वैष्णव पनि हुनेछ । सपनामा ब्राह्मण देखे नारायण वा महादेव भन्ने जान्नू, ब्राह्मणी देखे पार्वती वा लक्ष्मी भनी जान्नु, सेतोवस्त्र पहेरीकी नारी देखे गायत्रीवा गङ्गा अथवा सरस्वतीको दर्शन भएको बुझ्नु पर्दछ । सपनामा यदि गोपिनीको पोशाक पहिरेकी कन्या देखेमा राधीका भनी जानू, त्यस्तै बालक देखे बालगोपालको अनुमन गर्नू भन्ने कुरा सपनाका ज्ञाताहरूले बताएका छन् । यति कुरा भनीसकेर श्रीकृष्णले नन्दबाबालाई 'हेनन्दबाबा पुण्य बढाउने अनेक सपनाको सविषयमा मैले सुनाएँ ,अब तपार्र्इँलाई के सुन्ने क्ष्च्छा छ भन्नुहवस्, म सुनाउँछु ।' यसरी ब्रह्मवैवर्ते महापुराणको शुभस्वप्न दर्शन समप्त हुन्छ । यहाँ ६८,६९,७०, ७१,७२, ७३ श्लोक दोहोरिएका छन् ।  सारसंक्षेप भने पनि मैले साभारकै रूपमा यहाँ प्रस्तुत गरेको छु ।
अशुभ स्वप्न विचार– अशुभ स्वप्न विचार ५९ श्लोकमा प्रस्तुत गरिएका छन् । यिनको पनि भावसार (साभारसार) यसप्रकार छन् । यसमा पनि नन्दबाबा र श्रीकृष्णबीच अशुभ सपना सम्बन्धमा सवाल जवाफ हुन्छ । नन्दबाबाले शुभ सपनाको सबै फल सुनीसकेको र नजाति सपनाको बारेमा जानकारी  लिन चाहान्छु भनेपछि कृष्णजीले भन्नुहुन्छ – सपनामा हाँस्नु, विवाह भएको देख्नु नाचगान गर्नु जस्तो देख्छ आपूm वा अन्यलाई विपत्ति पर्नेछ । दाँत फुक्लेको वा हल्लेको देख्दा पीडा र धननाश हुन्छ । अङ्गमा तेल घसेर भैंसीमाथि चढेर दक्षिणतिर जान्छ त्यसको मृत्यु शीघ्र हुनेछ । यसमा शङ्का छैन । सपनामा चूर्ण, जपापुष्प, अशोक पुष्प, करवीर पुष्प, तिलको तेल नून इत्यादि देख्छ त्यसलाई विपत्ति आइलाग्छ । नाङ्गी स्त्री, काली नारी, नाक काटिएकी स्त्री सुद्रकी विधवा र खप्पर देखेमा शोक पर्ने ।  सपनामा रिसाएको विप्र देख्छ त्यसको घरबाट लक्ष्मी निस्कन्छिन् र अनेक थरीका विपत्तिहरू आइपर्छन् । रातो गुराँसको पूmल पूmलेको, पलाँश, कपास सेतो वस्त्र सपनामा देख्दा दुखपाइने । कालो पोशाक लाएकी र हाँसेकी वा गाना गाएकी नारी अथवा काली स्त्री, विधवा सपनामा देखापरी भने  त्यो मानिस ६ महिनाभित्र मर्ने छ । सपनामा देवताले नाच–गान हाँसी–ठट्टा गर्दै उफ्रेको वा दकुरेको देखेमा त्यसको देश तत्काल शत्रुले जितेर लिनेछन् । यदि निद्राले लठ्ठ परेको वेला दिसा–पिसाव, उल्टी, वीर्य, चाँदी, सून देखो भने त्यो मानिस दश महिना बाँच्दछ भन्ने जान्नु । कालो वस्त्र पहिरेकी, कालै माला चन्दन लगाएकी स्त्रीलाई अङ्कमाल ग¥यो भने त्यसको मृत्यु शीघ्र हुनेछ । यदि सपनामा मृगको बच्चा मरेको वा मनुष्यको खप्पर र हाडको माला पायो भने  त्यसलई ठूलो विपत्ति पर्ने छ । सपनामा दूध, दही, मखन, शक्खरले मर्दन गरेको देखियो भने ठूलो पीडा हुने । सपनामा उट र गधा जोतिएको रथमा नो एक्लै बस्दछ अथवा त्यस्मै बसेर निद्रा खुल्यो भने त्यो भयङ्कर दुर्घटना भएर मर्नेछ । सपनामा रातो पोसाक, रातो चन्दन, लगायकी नारीलाई अङकमाल हाल्यो भने त्यसलाई भयङ्कर रोग लाग्ला । आफ्नै रौं नङ, भूमिमा खसेको देख्छ अंङ्गार देख्छ खरानीले भरिएको चिता देख्छ  त्यो व्यक्ति छिटै नै मृत्युमा प्राप्त होला । श्मशानका काठ, तृर्ण, फलाम झारपात वा कालो मसी सपनामा देख्यो भने निकै कष्ट पाउने छ । सपनामा खराउ, फलक भयानक रक्तपुष्पको तथा माला, मास–मुगी, देख्यो भने त्यसलाई कतै घाउ–चोट लाग्ला । यदि सपनाकमा गिद्ध, काग, भालू, बाँदर, विष, पीप देहको मयल देखेमा सबै रोग डाक्ने कारणा जान्नु । सपनामा फुटेको पात्र, घाउ चोट लागेको शूद्र, रातो बस्त्र लगाएको रोगी ,सन्यासी, बँदेल, भैंसी, गदहा देखेमा निकै कष्ट पाउला । सपनामा घोर अन्धकार तथा डरलाग्दो मुर्दा उठेर आएको वा सपनामा लिङ्ग योनी देख्यो भने अवस्य रोगाउला । यदि सपनामा नराम्रो भेषधारी म्लेच्छ देखियो वा डरलाग्दो यमराजको दूत देखियो भने, हातमा पाश (पाशो) लिएको वा शस्त्राश्त्र देखियो भने त्यो मानिस ६ महिनाभित्र मर्नेछ ।  रिसाएको ब्राह्मण, तिनको कुमार वा कन्याले आफ्ना सन्तान घरबाट निकाले भने थरी थरीका दुःख भोग्ला । कालो पूmलको माला वा केवल कालो पूmल रातमा डोरी र शस्त्र लिएको मुसलमान देखियो भने त्यो मानिस छिटै मर्नेछ । सपनामा यदि बाजा बजाएको नाच–गान गरेको, रातो पोशाक लगाएको र मृदङ्ग बजाएको देख्यो भने कष्ट पाउने छ ।  सपनामा प्राण क्षाडिसकेको देखेमा मृत्यु हुने, मत्स्यादि धारणा गरेको देखेमा भाइ छोराको मृत्यु हुने । सपनामा छिन्न भएको, कबन्ध तथा विकृत आकारको अगाडी आएर वेगले नाच्न लाग्यो भने त्यो व्यक्ति तीन महिना भित्र नै मर्ने छ । यदि सपनामा जीवित या मरेको कुनै डरलाग्दो मुसलमानले अङ्कमाल ग¥यो भने त्यस व्याक्तिको एकसालभित्रै दुर्घटनामा मृत्यु हुने छ । दाँत फुक्लिएको, रौं झरेको देखेमा धनहानी हुने र शरीरमा अनेक कष्ट हुने । यदि दाह्रा भएको बँदेल, सीङ हुने जानवर या राँगो आदिले बालकहरुलाई डराएर उपद्रव गर्छ भने त्यसलाई राजाको निकै डरहुन्छ । भुस , छुरा, रक्त, अंगार, खरानी आदि वृष्टि भएको सपना देखिन्छ भने कष्ट भोग्नु पर्छ ।, सपनामा घर, रथ, पर्वत, वृक्ष, घोडा हात्ती आकाशबाट भूमिमा खसेको देखिन्छ भन अनेक थरीको आपत्ति आइलाग्छ ।  कसैको शिरको छाता कुनै बलवान्ले खोसेर लग्यो भने त्यसको पिताको वा गुरुको नाश हुन्छ । सपनामा बाच्छोसहितको गाई कराएर घरबाट भागेको देख्यो भने  घरकी लक्ष्मी र भूमि पनि हातबाट खस्ने छ । यमदूत तथा मुसलमानहरूले जस्लाई पास या डोरीले बाँधेर तान्दै लग्यो भने त्यसको चाँडै मृत्यु हुन्छ । ब्रामण –ब्रामणी रिसायर श्राप दिएमा त्यो विपत्तिमा पर्छ ।  शत्रु, कुकुर, काग, भालु ,वेगसित आइ टोक्छ  त्यसको मृत्यु शीघ्र हुन्छ । भालु भैंसी, ऊँट, सुँगुर। गदाहा यी रिसायर पछि लखेट्छन् ,त्यो व्यक्ति, अवस्य रोगाउँछ । अशुभ सपना देखेमा रक्तचन्दन घ्यूमा मुछेर गायत्रीले हजार आहुती दियो भने शान्ति हुन्छ । मधुसूदनको नाम एकहजार भक्ति पूर्वक जप गरेमा अशुभ  सपनाले पनि सुख दिने हुन्छ ।  अच्युत, केशव, विष्णु, हरि, सत्य, हंस र नारायण यी आठनाम कल्याणा कारका छन् । जसले पूर्व फर्केर आफ्नो नित्यकर्म समाप्त गरी यी माथिका नाम १०८ पटक जप गर्दछ भने ती पाप रहित भएर दुस्वप्न नष्ट पारी शुभ फल पाउँछन् । यी दशनाम पूर्वतिर फर्की पवित्र भएर श्रद्धायुक्त मनले जप गर्दछ भने ती व्यक्ति पापमुक्त भएर घटिया सपना बाट पनि शुभ फल पाउन सक्ने छन् । यी कल्याण कारक १० नाम १०८ पटक दिनहुँ जपेमा त्यसका देहबाट रोग पलायन हुनेछन् । १० नाम एकलाख जपगर्दा बन्धनबाट मुक्त, बाँझी नारीले दशलाख नाम जपे, सन्तानयुक्त हुने, पवित्र भएर हविष्य(पवित्र) भोजन गरी दशलाख जप्न सके मानिस सुखी र धनवान हुनेछ ।  यी दशनाम एककरोड पटक जपे जीवन–मुक्त हुने इच्छित सबै सिद्धि पाई देह त्यागेर नारायण लोकमा बस्न पाउने छ ।  शिव, दुर्गा, गणपति, स्वामी कार्तिकेय, धर्म गङ्गा, राधा, दक्ष्मी, तुलसी र सरस्वती, दशनामलाई जलमा स्नान गरी जसले जप गर्दछ त्यसले मनमा चिताएको फल पाउँछ र घटिया सपना पनि सुखद बन्न सक्दछन् ।ॐह्रींक्रीं पूर्वदुर्गति नाशिन्यै महामायायै स्वाहा यो सत्र अक्षरको मन्त्र संसारको कल्पवृक्ष समान छ । पवित्र भएर दश पल्टमन्त्र जपे पनि घटियाँ सपनाले घटिया सपनाले उत्तम फल दिने हुन्छ । त्यसै गरी सयलाख  जपग¥यो भने साधकको मन्त्र सिद्ध हुन्छ ।त्यस सिद्धमन्त्रले इच्छित सबै सिद्धि प्रदान गर्दछ । ॐनमो मृत्युञ्जयाय स्पाहा  यो दश अक्षरको मन्त्र एकलाख जपगरे आपूm सपनामा मरेको देखे पनि त्यो व्यक्ति पूर्ण आयुसम्म जीवित रहने छ ।  
जाति नजाति सपना सुनाउने विधि – उत्तम सपना देखेपछि जागा रहने ,स्नान गरी पवित्र हुने, पूर्व या उत्तरतिर फर्केर पण्डितलाई सुनाउने । काश्पगोत्र हुने, नीचकर्म गर्ने, या नीच जातिको व्यक्ति, देवता ब्राह्मण धर्मशास्त्रको निन्दा गर्ने या द्रोहगर्ने व्क्तिलाई सुनाउन नह्ुने । भनेजस्ता विद्वान प्राप्त नभएमा ज्योतिषी, ब्राह्मण, पितृसंस्थान, शिवालयमा गएर देवता अथवा आफ्ना मान्ने मानिस या हितैसी मित्रलाई सुनाउनु । भगवान श्रीकृष्णले नन्दबाबालाई सकलपाप नाश गर्ने, धन जल र आयुष्य बढाउने सबै संक्षेपमा विन्ति गरिसकेको र अब हजुरको के सुन्ने इच्छा छ भन्नुहवस्, म विस्तारले सुनाउने छु । यसरी ब्रह्मवैवैते दुःस्वप्नदर्शनंन नाम भाषा समाप्त भएको छ ।
 यस स्वप्न बिचारले मानिसमा उब्जाउने  जिज्ञाशा, कौतुहल्तालाई प्रष्ट पार्दछ  ।
कवि शिखरनाथ सुवेदीद्वारा लिखित स्वप्नफल सम्बन्धमा–
 यस कृतिमा कवि शिखरनाथ सुवेदीद्वारा लिखित स्वप्नफल पनि समावेश गरिएको छ । ४ हरफका ४४ ओटा श्लोकहरू छन् ती श्लोकले पनि ठूलो स्वप्नाध्ययले दर्शाएका फल नै मिल्दाजुल्दा देखिन्छन् केही उदाहरण यसप्रकार लिन सकिन्छ –
स्वप्नाध्याय जति देखियो  उती सबै,् पैला प्रहरमा भए
सालभर्मा फल मिल्छ  आठ महिना , दोस्रो परहरमा भए ।
तेस्रो तीन महिना छ एक महिना, चौथो प्रहरमा भए  
रातको चार घडि बाँकिमा छ दश दिन् त्यै बख्त वीहान भए ।
श्लोक २
ठूलो स्वप्नाध्ययको श्लोक ५र ६को भावशारसँग तुलना गरेर हेरौं –  
यसमा उल्लेख गरिएको स्वप्नमा रात्रीको पहिलो प्रहरमा देखिएको स्वप्नाको फल एकवर्षमा पाइन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुने, तेस्रो प्रहरको फल ३ महिना र चौथो प्रह्रमा देखिएको फल १५ दिनभित्रमा मिल्छ । अरुणोदयमा स्वप्न देखेको फल एकै दिनमा प्राप्त हुन । यी दुबै स्वप्न विचारमा मिल्दा जुल्दा पाइन्छन् । दुबैको अध्यन गर्दा शुभ र अशुभ सपनाको बारेमा राम्रो ज्ञान हु्न्छ । अशुभ सपना देखेपनि शुभ फल पाउन सकिने (शान्ति गर्नु भगवानको नाम जप्नु जस्ता) उपाय यहाँ दर्शाइएका छन् ।
केही अशुभ सपनाहरू– यहाँ केही स्वप्न र तिनको फलप्राप्ति दर्शाइएको छ – जस्तै कपास देखे हानी हुने, पुलिस देखे विपत्ति पर्ने, तेल देखे रोग लाग्ने,आदि
अन्य केही अशुभ सपनाहरू–  यहाँ कुन सपना देख्दा कुन रोगबाट मृत्यु हुन्छ भन्ने विवरण पनि दिइएको छ जस्तै मानिस स्वप्नमा कुकुर गधा या उँट चढेर दक्षिणशिातिर गयो भने टी.वी.रोगले मर्छ । सपनामा नाङ्गो भएर शरीरभरी घिउ वा तेल लगाएर अथवा नबलेको आगोमा हवन गरेको देख्नु वा छातीमा कमल उम्रेको देखेको खण्डमा कुष्ठ भएर मर्छ  आदि ।
कुन सपना देख्दा कस्तो फल मिल्छ – यो विश्वास गरिन्छ कि सपनाले भविष्यमा हुने घटनाक्रमलाई अग्रिम संकेत गर्दछ । सपनाका बारेमा हाम्रा धर्मा ग्रन्थले दिएको मार्गदर्शनलाई अनुकरण गरेको खण्डमा  सपनाफललाई सफलरूपमा कार्यन्वयन गर्न सकेमा निश्चय पनि सुन्दर जीवन बिताउन सकिन्छ । हाम्रा पुराणहरू जस्तै अग्निपुराण, वाल्मीकि रामायण आदिमा सपनाको बारेमा थुप्रै जानकारी दिइएको पाइन्छ । यस शीर्षकमा ओमप्रकाश अधिकारी 'वेफुर्सदी' ले सपना र तिनको फल भनी २७५ ओटा विवरण दिनु भएको छ । हेरौं केही उदाहरणहरू–आँखामा गाजल लगाएको सपना देखे शारीरिक कष्ट भोगिने । गोवर देखे पशुपालनमा लाभ, मासु देख्नु आकस्मिक धन लाभ हुनु, ,पर्खाल देखे सम्मान बढ्नु ,अलि अलि वादल लागेको देखेमा रोगबाट मुक्ति पाइनु ,सपनामा योगी , महात्मा वा सिद्ध पुरुष देखियो भने चिताएको वस्तु प्राप्त हुनेछ ।  
सपनाका केही शुभ–अशुभ फल – यस शीर्षकमा तीस ओटा शब्दको सपनाफल दिएको छ ।  कहिले काँही सपनामा आगो देख्छम् केरा देख्छम् । तिनको सपनापल कस्तो हुन्छ भन्ने सपनाफल यसरी प्रष्ट पारिएको छ । सपनामा केरा खाएको देखे सन्तान प्राप्ति हुने , सपनामा राम्रो गहना र कपडा लगाएकी हातमा पाथी लिएर घरभित्र प्रवेश गरेको देखेमा लक्ष्मी प्राप्त हुने, सपनामा बाजा बजाएर नाच गान गरे ठूलो कष्ट पाउने आदि सपना फल यहाँ  दर्शाइएको छ ।
सपनाको फल बिचार –यस शीर्षकमा पनि तिनै विचारहरूआएका छन् जुन बिचार ठूलो स्वप्नाध्यायमा उल्लेखित छन् तापनि थप प्रष्ट पार्ने प्रयास गरिएको छ । जस्तै दिनमा देखिएको सपना महत्व हीन हुन्छ । उत्तम सपना देख्दा ननिदाउने तर नराम्रो सपना देख्दा निदाउनु राम्रो हुने । सबैले देखेका सपना फलदायी हुन्छन् भन्ने छैन । जस्तै बृद्ध, बिमारी, होश हराएको, डराएको, दिसा पिसाबले च्यापेको, केश फिँजाएर वा निर्वस्त्र भई निदाएको वेलाको सपना निस्फल हुन्छ भन्ने धारणाहरू आएका छन् ।
सपनाले स्वास्थलाई प्रभावित पार्छ –यस विषयमा यस शीर्षकमा लेखिएका कुरामा जानु भन्दा पहिला मेरो अनुभवमा यदि लामो सपना देखेमा, सपनामा कुस्ताकुस्ती परेमा या सपनामा लामो यात्रा गरेमा, सपनामा राती कुनै रतिकृडा  गरेमा अथवा सपना देख्दै उठ्दै सुत्दै गर्दाको विहान उठ्दा आलस्य महसूस हुन्छ । अब यस लेखमा लेखिएको  विवरणलाई सारतिर लागौं ।  सन् १८६१मा ए मोरे नामक व्यक्तिले सपनाको रहस्यलाई वैज्ञानिक ढंगबाट विश्लेषण गरेको धारणा, २० सौं शताव्दीमा  सिग्मण्ड फ्रायाडले एनालिसिस अफ ड्रिम्स पुस्तक लेखेर भनेका थिए – '' मानिस सपनाको माध्यमबाट मुख्यरूपले आफ्नै अतृप्त यौन कामना पुरा गर्दछन् ।" यसलाई अल्फ्रेड एल्डरले अतृप्त यौन कामना मात्र पुरा गर्दैन  यसले धन, शक्ति, सत्ता, र लोक प्रियता प्राप्त गर्नुसँग पनि सम्बन्ध राख्छ भन्ने धारणा, कार्लयुगले समाज शिक्षा, प्रतृकता, देश, काल रपरिस्थितिसँग पनि सपनाको सम्बन्ध राख्ने र नक्षत्र, ग्रह आदिले पनि प्रभाव पर्ने धारणा आएका छन् । १९५३ मा मनोवैज्ञानिक हाललेको भनाइ अनुसार ''सोही जव हामी केही सोच्दछौं तब त्यसको निष्कर्षको रूपमा एक विचार उत्पन्न हुन्छ । जागृत अवस्थामा यो विचार हाम्रो दिमागमा शब्द समूहको रूपमा घुम्ने गर्दछन् भने सुतेको वेला सोही विचार शब्दको बदला दृश्यको रूपमा देख्ने गर्दछौं ।" कोई जे एलेनले लेखेको किताप द क्यामेष्ट्री अफ कन्सस स्ट्रृट्समा मानिसको निद्रा र जागृत अवस्थामा तन्त्रिका (नशा)ले नार एपिनेफ्रिन रसायनको उत्पादन गर्दछन् । जब हाम्रो मस्तिष्कमा यस रसायनको प्रभाव आएको वेला हामी जागृत हुन्र्छौ ।सपना देख्दा न्युरोट्राँन्समिटर एसिटिलकोलिन स्तर बढ्ने र सपना देख्ने कुराहरू,यहाँ उल्लेख गरिएका छन् र साथै हब्सनले सपनाबाट तीन किसिमका फायदा हुने कुरा बताएकोमा जागृत अवस्थामा भएको अनुभवलाई स्मृति कोषमा अंकित गर्न मद्दत गर्ने, यसैको माध्यमबाट वितेको अनुभवलाई विश्लेषण गर्न सहयोग पुग्ने, सपनाको माध्यमबाट हाम्रो मस्तिष्कको लागि आवस्यक तत्वबाट समृद्ध हुन सकिन्छ जस्ता धारणा आएका छन् । (यो लेख ओमप्रकाशजीले युवामञ्च शारदा पाण्डेबाट साभार लिनु भएको र त्यसको सारभाव मैले यहाँ प्रस्तुत गरेको हो)
सपनासम्बन्धी केही धारणा –यो लेख ओमप्रकाश अधिकारीले अन्नपूर्ण, अंकुर, शनीबार २ साउन, २०७२ बाट साभार गर्नु भएको छ । यसमा ११ ओटा धारणाहरू समाबेश गर्नु भएको छ । यसमा लेखिएका धारणाहरू मध्ये केही धारणा यस प्रकार छन् –जन्मजात आँखा नदेख्नेहरूले पनि सपना देख्छन् ।  प्रत्येक मानिसले सपना देख्छन् । जनावरले पनि सपना देख्छन्  आदि ।
सपना ः केही सत्य प्रसङ्ग – यो लेख ओमप्रकाशजीले गोरखापत्र ,सुवर्ण विक्रम थापाको लेखबाट लिनु भएको हो । । यसको भावसारमा सपना अनादि समय देखिनै देखिदै आएको,आजको समाजमा 'जो मानव सपना देख्दैन ऊ जीवित छैन भन्ने कथन प्रचलित छ ।' मानिसले निद्रा र जागावस्थामा सपना देख्ने, जागावस्थामा देपिखने सपना दार्शनिक र कविसँग सम्बन्धित हुने जस्लाई कल्पनाको संज्ञा दिइन्छ ।  निद्रा अवस्थाको निदाएको अवस्थामा देखिने सपना थकावटबाट देखिने मानिन्छ । यी दुबै सपना भिन्न प्रकारका हुने, सपनाले मानिसको मस्तिष्को विभिन्न भारबाट मुक्त गर्ने, सपना देख्ने शक्तिक्षिण भए मानसिक रोगले पिडित हुने । सपनाको बारेमा फ्रायडको धारणा,कहिलेकाँही विलक्षण सपना देखिने, सपना अनुरूपको सपना पनि देखिने जस्तै जोनआफकेनेडीले देखेको सपना अनुरूप नै उनको हत्या भयो । यसरी नै रोमका सम्राटकी श्रीमतीले सिजरको हत्या उनका विरोधीले गरेको सपना देखिन र श्रीमानलाई दरबार नजान रोकिन तर सिजर गए र सपना अनुसार नै हत्या भयो । यस प्रकारका घटना यहाँ अरु पनि बताइएका छन् । सपना जस्ताको तस्तै फलदायी हुन्छन् भन्ने कुरामा म पनि विश्वास गर्दछु जव म स्यानो थिए । मलाई हिसाव निकै मन पर्दथ्यो । परीक्षाको समयमा अघिल्लो राती विहानी हुन हुन लाग्दा शिक्षकले यो हिसाब तैले हेरेको छैनस् हेर यसरी हल गर्ने भनेर पुरा हल गराएर छाड्थे र परीक्षामा जाँदा त्यही हिसाव आएको हुन्थ्यो तर पछि यस्तो सपना कहिलै देखिन ।
सपनाद्वारा आपूmलाई  लाभदायी बनाउन सकिन्छ – यो लेख युवामञ्च, २०५६, कार्तिक, वेदनाथ पन्थीकोबाट साभार गरिएको र यसबाट केही कुरा प्रस्तुत गरिएको छ । यस लेखमा सोचेका कुरामात्र सपनामा देखिन्छन् भन्ने हैन नसोचेक कुरा पनि सपनामा देखिन्छन् । वैज्ञानिकहरूको भनाई अनुसार हामी सबैमा सपनालाई आफ्नो बसमा राख्न सकिने क्षमता भएकोले बसमा पार्न सकिएमा समस्याको मूलजरो स्वयम् पत्ता लगाई कयौं रोगहरूबाट बच्न सकिने,ल्युसिडड्रिम देख्नु भनेको आफ्नो चाहना बमोजिम सपना देख्नु । यस्तो सपना देख्न सपनाको विविधतामा नरहेर आफ्नो चेतनाको स्तरमा रहनु हो । सपना देख्ने वित्तिकै हराउनेलाई अभ्यास द्वारा नियन्त्रण गर्न सकिन्छ र कस्तो सपना देख्ने भन्ने कुरा सार्थक तुल्याउन सकिने, मानसिक तनाउ र फोविया लगायतलाई मनो वैज्ञानिक उपचार गर्न सकिने जस्ता धारणाहरूलाई केलाउँदै ओमप्रकाशजीले कस्तो समय र निद्रामा कस्तो सपना (रेम र नन्रेम सपना), सपनाका फाइदा (लुसिडसपनाबाट फाइदामात्र हुने), सपना कसरी आउला सपना त सबैले देख्छन् तर सपना देखेको थाहा नहुन सक्छ तर थाहा पाउने बानी बसाल्नु पर्छ । सपनाको लागि आराम अति आवश्यक हुन्छ आदि धारणा समेटिएका छन् ।
केही उपयोगी विचारहरू– यश शीर्षकमा ११ उपशीर्षक समेटिएका छन् । यी ११ उपशीर्षक यस प्रकार छन् –
पैसाबाट के मिल्छ के मिल्दैन भन्ने ११ ओटा धारणा यहाँ दर्शाइएको छ । जस्तै भौतिक सुख मिल्छ  शान्ति मिल्दैन, भोजन मिल्छ भोक मिल्दैन ,मूर्ति मिल्छ भगवान मिल्दैन आदि । मेरो बिचारमा पैसा साधन हो तर साध्य हैन । पैसाबाट सबै प्राप्त गर्छु कसैले भन्छ भने त्यो सम्भव छैन ।
के गर्नुस् ?–ओमप्रकाशजीले सुख, शान्ति,मुक्ति आदि प्राप्त गर्नको लागि ७ ओटा यथार्थता पस्कनु भएको छ जस्तै विस्तारै वोल्नुहोस  शान्ति मिल्ने छ, आदि ।
गर्न नहुने– के गर्न हुँदैन भन्ने सुझावमा १५ ओटा धारणा राख्नु भएको छ ।जस्तै लिन नहुने चिन्ता,गर्न नहुने अपराध, टार्न नहुने मौका मार्न नहुने आशा आदि ।
कसको आँखामा के– यस सम्बन्धमा ओमप्रकाशजीले १३ ओटा धारणा राख्नु भएकोछ– जस्तै पुलिसको आँखामा अपराधी, शत्रुको आँखामा प्रतिसोध, आमाको आँखामा माया कसलाई के नदिनु – १५ ओटा धारणा यहाँ पढ्न पाइन्छ जस्तै अपरिचितलाई साथ नदिनु, मूर्खलाई उपदेश नदिनु, गरिबलाई बचन नदिनु काँतरलाई क्षमा नदिनु, आदि ।
के नभएको राम्रो – यसमा ओमप्रकाशजीले सातओटा धारणा राख्नु भएको छ – जस्तै नलागेको राम्रो रोग, नखाएको राम्रो नशा, नउठेको राम्रो रिस आदि
जीवन के हो ?– ओमप्रकाशजीले जीवन के हो भन्नेमा १५ ओटा धारणा राख्नु भएको छ । जस्तै जीवन चुनौती हो मुकाविला गर, जीवन यात्रा हो पूर्ण गर, जीवन प्रेम हो उपभोग गर, जीवन स्वप्न हो प्राप्त गर, जीवन संघर्ष हो स्वीकार गर, जीवन सौन्दर्य हो पूजा गर, जीवन नरक हो निन्दा गर आदि
कसको के उत्कृष्ट?– यसमा १५ धा।णा आएका छन् रामको जस्तो चरित्र, शीवजीको जस्तो नेतृत्व, दधिचिको जस्तो त्याग, धु्रवको जस्तो दृढता, प्रल्हादको जस्तो भक्ति ।
ख्याल राख्नुपर्ने कुराहरू–यसमा १९ओटा धारणा खाएका छन् जस्तै नभुल्नु ऋण,राष्ट्र र मित्रलाई, फर्कदैन गोली,बोली र प्राण, गर्न नभुल्नु उपकार,उद्देश्य र उदारता आदि बैगुनी मान्छै – केही मानिसको प्रबृत्ति यस्तो हुन्छ ,गुन गर्दा पनि गुन देख्दैन । ओमप्रकाशजीले १४ ओटा धारणा राख्नु भएको छ । जस्तै आश्रय दियो टाउकोमा टेक्छ । क्षमा दियो काँतर सम्झन्छ,  प्रेम ग¥यो घात गर्छ, उपकार ग¥यो वास्ता गर्दैन, जानेको छ बताउँदैन, सल्लाह दियो अपमान सम्झन्छ , आदि ।
आमा – आमा शब्द नै महान हो । आमामा यस्ता अमिट भावना हुन्छन् जो पैसाले किन्न सकिदैन, आमामा सन्तानको लागि सर्वस्व त्याग्न सक्ने क्षमता हुन्छ ।यसम्बन्धमा ओमप्रकाशजीले १५ ओटा धारणा राख्नु भएको छ जस्तै संसारमा पैसाले किन्न नपाउने बस्तु के हो ? आमा  यसरी नै सर्वश्रेष्ठ तीर्थ  आमा हुन् ।  गुरू भन्दा श्रेष्ठ को हो भनियो भने पनि आमाकै नाम आउँछ, सहनशीलताकी प्रतिमूर्ति को हो भने आमाकै नाम आएँछ  आदि ।
 यस कृतिको सम्पूर्ण सारभाव मैले माथि नै लेखिसकेको छु । यिनै कुरालाई दोहो¥याइ राख्न आवश्यक देखिदैन । यो कृतिमा सपनाको संदेश दिन निकै प्रयास भएको छ । टीकाकार, सङ्कलक तथा सम्पादक ओमप्रकाशको यो प्रयास अति प्रशंसनीय छ र उहाँको भावी जीवन प्रकाशमय रहोस् भन्दै विदा चाहान्छु ।  
Reference
Dreams: Why They Happen & What They Mean
अर्थसरोकार पत्रिकामा  २९ आश्विन २०७३
अभागीको प्रेमविहारको षष्ठामृत । २०७०

November 10, 2024

खड्गोसँग पाँठेजोरी खेल्दा, एक विवेचना र अनुभूति
सदानन्द अभागी
नेपाली बृहत् शव्दकोषमा हेर्दा खड्गोलार्ई यसरी परिभाषित गरेको पाइन्छ –''ज्योतिषशास्त्र  राशिअनुसार जन्म कृण्डलीमा मारकेश स्थान अर्थात लग्नदेखि दोस्रो र सातौं स्थानमा पर्ने राशिका स्वामीको भोग परेको समय वा त्यस्तो समयमा परेका व्यक्तिलार्ई ठूलो आपत्ति आइपर्ने र मरणासन्न बिरामी हुने अवस्थामा पु¥याउँछ भनि मानिने जोग । बोलीचालिमा खड्गो भन्दा मर्ने योग परेको समय जस्मा विरामी मानिस मर्न सक्ने अवस्थामा पुग्नु या मर्नु भन्ने जनाउँछ । यो अवस्थालार्ई पारगरेपछि खड्गो काट्नु या पार लगाउनु भन्ने बुझिन्छ । मानिसका जीवनमा यति ओटा खड्गो छन् यी पार गरेमा मानिस  यति उमेरसम्म बाँच्न सक्छ र पुन अर्को खड्गो आउन सक्छ भन्ने कुरा ज्योतिषशास्त्रीहरूले बताउँछन् । चिना( जन्म कुण्डली) ठीक मिलेको छ र दक्ष ज्योतिषशास्त्री छ भने उसले चिना हेरेर भनेका कुराहरू पुग्न जान्छन् । पहिला पहिला मैले चिना हेराउने कामलार्ई त्यति विश्वास गर्दैनथें । पारिवारिक घटनाक्रममा चिना हेराउने काम हुँदा केही घटना ज्योतिषशास्त्रीले भनेबमोजिम मिलेको हुँदा ममा विश्वास बढेर आयो ।मानिसका जीवनमा धेरै घटनाहरू घट्छन् । कोही साना हुन्छन् भने कुनै मरणासन्न अवस्थाका हुन्छन् । जीवन संघर्ष हो । विभिन्न संघर्षबाट सफलता प्राप्त गर्नु नै सफल जीवन हो । मैले पनि जीवनमा धेरै संघर्ष गरें । यी संघर्षबाट सफल भएँ अर्थात ज्योतिषशास्त्रीहरूको भाषामा खड्गो काटें । ज्योतिषशास्त्रीहरूले भूतकालमा, वर्तमानकाल र भविष्यमा घट्ने घटनाहरूलार्ई बताए अनुसार आज मैले आफ्नै कति खड्गोहरू काटेर त्यस समयको कस्तो अनुभूति भयो त भन्ने धारणालार्ई यहाँ बताउन गइरहेको छु । हरेक चीजको प्रमाणीकरणको लागि मितिको जानकारी हुन आवश्यक हुन्छ तर मैले मिति या दैनिक घटनाक्रमलार्ई अभिलेख राख्ने गरेको छैन । त्यसले गर्दा यहाँ उल्लेखित घटनाकर्म कति वेला कुन महिना कुन वर्ष घटेको भन्न सकिने अवस्था छैन । मित्र नारायणप्रसाद तिवारी (गैडाकोट निवासी)ले म बिमार भएको अवस्थामा अनुभूति कस्तो हुँदोरहेछ एउटा लेख, लेख भन्नु भएकोले आज कलम चलाउँदै छु । सानातिना घटनाहरू  धेरै घटे तर यहाँ देखाइएका घटनाहरू मृत्युवरण गर्ने खालका थिए र छन् ।
मेरो पहिलो खड्गो –राणाकालमा जन्मे(बि.सं.२००३) । प्रजातन्त्रमा हुर्के । पढ्न जाने समयमा (म निकै सानो छँदा करिव ७÷८ वर्षमा)  गोरु चराउन खेतमा लाने गर्दथे । पढ्नको लागि स्कुल थिएनन् । एकदिन गोरु लाहुरे सापकोटाको खेतमा (जहाँ मकै छरिएको थिएन ) चराउन लिजुवाइँएर गएको थिएँ । साल थाहा नभए पनि महिना भने जेठ थियो ।गोरु अति सागुरो गह्रामा गयो । फर्कन त्यति सहज थिएन र त्यहाँ भन्दा अगाडि बढे  गोरु फर्कन नसकी अग्लो कान्लो बाट लडेर मथ्र्यो । बाल बुद्धिले काम गरेन । गोरुको पुच्छर समातेर फर्काउन खोज्दा गोरु त एनकेन फक्र्यो म भने त्यो अग्लो कान्लोबाट खसें ।  तल दर्शन ढुङ्गाको ठूलो चट्टान थियो । त्यो चट्टानमा डाँडाका कान्छाबा बस्नु भएको थियो । उहाँले चट्टानमा पर्न नदिएर बीचैमा समात्नु भयो । म खसेकोमा सबैले राम राम भने तर म भने सकुसल बाँचे । कसैले गाली गरे, कसैले ठूलो खड्गोबाट बचेको कुरा सुनाए । म भने थरथरी कामि रहेको थिएँ ।  म गोरु लिएर घर आउने साहस भएन । निकै कमजोड भएको महसुस भयो । आमा गएर गोरु र मलार्ई लिएर घर आउनु भयो ।  
मेरो दोस्रो खड्गो – वि.सं. २०७८ सालको दशैंको कुरा हो । दशैंमा मेरो हातबाट टीका थाप्नेको संख्या निकै ठूलो हुन्थ्यो । यसपटक टीका थाप्ने मानिसको संख्या कतै सुत्केरो र कतै जुठो परेको हुँदा निकै कम भयो । चितवनको बुढौलीमा मेरी माइजू बस्नुहुन्छ । ८४ वषर््ा काटीसक्नु भएको हुनाले उहाँको हातको टीका लगाउन मनले माग्यो । मेरा खगेस्वर जुवाइँलार्ई मैले बुढौली जाउँ भने उहाँले सहस्र स्वीकार्नु भयो । गैडाकोट मेरो भाइकोमा जुवाइँले टीका लगाउने कुरा निकाल्नु भयो । मैले हुन्छ जाउँ भनेर भाइको घरमा गयांै. । टीकालगाएर बुढौली जाने कुरा चलेपछि भाइले पनि नारायणघाट गएर बस लिने त्यहाँसम्म जुवाइँको मोटरसािइकलमा जाने भनेर हामी नारायणघाटतिर लागेम् ।दशैंको दिन भएकोले मोटरसाइकलमा तीनजना हिडेको देखेपछि हामी पनि अगाडि बढ्यौं । ज्यामिरे पुग्नलार्ई करिव १ किलोमिटर हुँदोहो । हामीले ओभर टेक गर्न खोज्यौ तर बस पेलेर आएपछि  मोटरसाइकल खडा गरेर साइडतिर लाग्ने गरी उभियौं । कार रफ्तारमा आएर हामी माथि चढ्यो । हामी रोडमा हामी माथि मोटरसाइकल र मोटरसाइल माथि कार भयो । मोटरसाइकल चलेको अवस्थामा हुन्थ्यो भने ठूलो दुर्घटना हुन्थ्यो । जुवाइँको दाहिने खुट्टा भाँचियो, मेरो दाहिने खुट्टामा दुई ठाउँमा पोलेका जस्ता दुई घाउ भए । संयोगबस भाइलार्ई कुनै घाउ देखिएन । हामी लडेको ठाउँबाट मानिसहरू फटाफट आएर समाएर बाटो भन्दा बाहिर ल्याए । यस पटक के भएको हो भन्ने थाहै भएन जस्तो लाग्यो भनौ या के भनौं । दिमाग खाली भयो आवाज निस्कन सकेन आफन्त आए । उनीहरूलार्ई ट्वालट्वाल्ती हेर्ने बाहेक कुनै बिचार प्रकट भएन । हामीलार्ई सि.एम्.सी भरतपुरमा ल्याएर भर्ना गरियो । एक महिनासम्म मैले कष्ट भोग्न प¥यो । दाहिने खुट्टाबाट पानी निकालेर फाल्न प¥यो । पानी फाल्ने कुरामा डाक्टरको एकमत देखिएन । कुनै डाक्टरले पानी निकाल्न राम्रो हुँदैन शरीरमै दवाइबाट सुकाउनु पर्छ भने । मैले उपचार गराएको डाक्टरले भने एक दिन विराएर पानी निकाल्दै गए । केही समयपछि पानी निकाल्न छाडियो ।एक महिनामा पछि बिस्तारै हिडडुल गर्न त सके तर बसेर दिसापिसाब गर्न भने मलार्ई निकै कठिन भयो । अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्न प¥यो । हालसम्म पनि साधारणा शौचालयमा दिशा गर्न निकै कठिन हुन्छ । बाँचेकोमा भगवानको नाम लिएँ । ्
मेरो तेस्रो खड्गो– यसै वर्षको फागुनमा पर्वत ग्यादीचौरमा मेरो भतिजीको विवाह थियो । फागुन तीन गते म अम्बिका भतिजी , भतिजी जुवाइँ र उनका छोराछारी गरी ५ जना हामी पर्वततिर लागियो। जुवाइँको आफ्नै गाडी भएकोले सहजसँग पर्वत पुगियो । पर्वत पुग्दा कोही गेट बनाउँदै ,कोही ४ गतेको खानाको लागि खसी काटने, तरकारी छिल्ने काम भै रहेको पाउँदा रमाइलो लाग्यो । हामी पनि काममा सहभागी भयौ । ४ गते विवाहको रमाइलो मै वित्यो । ५ गते खाना नखाई चितवनतिर लागियो ।  मलार्ई ग्यास्ट्रिक लगायत जरोले समाति सकेको रहेछ । पेट फुल्न थाल्यो, खाना मन लागेन, भोकै कावासोती फर्के । ६ गते वेलुकाबाट शरीर काम्न थल्यो । सि.एम. सी. भरतपुरमा गएर भर्ना भएँ । जरो कम होला भन्दा दिन प्रतिदिन चाप्दै जान थाल्यो । जरो कन्ट्रल यहाँ हुँदैन भने काठमाडौ लाने भन्ने कुरा छोराहरूले चलाए । अब हामी दुई दिन हेर्छौ जरो नथामिएमा हामीले सल्लाह दिने छौ भनेर सुझाव पाइयो । कडा औषधी प्रयोग भएको र सुगर निकै बढ्छ नआत्तिनुहोस् भन्दै दवाई खुवाइयो । एकातिर सुगर बढेर गयो शरीर निकै कमजोड भयो । मेरो आडैको बिस्तारामा एक जना महिला थिइन् । उनको स्वर्गबास भयो । मलार्ई भेट गर्न आउने नातापाताको संख्या पनि निकै बढेर गयो । भेट्न आउनेको ताँती बढेपछि त मेरो मस्तिष्कमा अनौठो भावना खेल्न थाल्यो । मस्तिष्कमा गलत भावनाले स्थान लियो । म मर्ने समय आए छ । नत्र यति धेरै मानिस किन आउनु । मेरो दिमाखमा यस्तै यस्तै भावनाले स्थान लियो । म टोलाउन थाले । छोराछोरीले किन टोलाएको भन्न थाले । मैले केही होइन भनेर जवाफ दिन्थे । बाँचने आयु भएपछि कता कता मनमा एउटा दीर्घसङ्कल्पले जन्म लियो । जन्मेपछि त मर्नु निर्विकल्प नै हो । मर्नुबाट के को डर ? अव त मेरो मनको डर भाग्यो । चेहेरा चिल्लो भएर आयो अरे । म हँसिलो देखिएँ अरे । जरो घट्दै गयो । भोक लाग्न थाल्यो । खाटबाट तल झर्न पनि आँट आउन थाल्यो ।  अस्पतालबाट विदा भएर घरमा आएँ । गाउँका  दाजुभाइ छर छिमेकीहरूसँग भेट भएपछि म निकै रमाएँ । मेरो आधा बिमार त गाउँको वातावरणले नै भगायो ।
मेरो चौथो खड्गो – यो घटना अप्रिय हुँदाहुँदै पनि अलि अनौठो खालको छ । मिति वि.सं. २०७९ साल असार ७ गते घटेको यो घटना कावासोती नगरपालिकाको २ नम्बर ओडाको मुख्य बजार पञ्चकन्या चोकको नजिकै योगप्रसाद रिजालको घर अघिको हो । म र योगप्रसाद रिजाल रिजालको घरबाट दुम्किबास ज्येष्ठ नागरिक नगरसंघका अध्यक्ष वितेको हुँदा सोकसभा सहभागीको लागि जान निक्लेका थियौंं । अचानक बँदेल आएर आक्रमण गरेछ । मलार्ई थाहा भएन । म वेहोस भएर लडेछु । योगप्रसालार्ई पिडौलामा मजाले हानेछ । पिडौंला सुनिएको थियो । तत्कालै एउटा टेक्सी कता जान आएको रहेछ । बुढोत मरेजस्तो छ तैपनि अस्पताल लगौं भनेर नवलपुर अहस्पतालमा लगे छन् । मेरो देबे्रकोखादेखि नाभीको छेउसम्म पूजामा पण्डितले रेखीहाले झै पातलो तरिकाले छालाको भाग उप्कायर छाडे छ, बोसोको तहले आन्द्रा भुँडी बाहिर निक्लनबाट जोगिएछ । गर्मी समय भए पनि मैले अलिक बाक्लो कमेज लगाएको थिएँ , त्यसलार्ई छेडेर करङमा दारा पुगे जस्तो लाग्यो । मेरो कमिजमा रगत देखिएको थियो । त्यो सेतो  धर्सा  आज पनि देखिन्छ । म होसमा आउँदा नवलपुरको आकस्मिक कोठाको बिस्तरामा पल्टिरहेको थिएँ । खाटको ओरिपरि मानिसहरूले घेरेका थिए ।  योगप्रसाद रिजालका सबै परिवर त्यहाँ उपस्थित थिए । केही क्षणमा पुलिसहरू पनि आए र जानकारी लिएर गए । म अन्यौलमा परें । सोच्दै नसोचेको यस्तो घटनाले मलार्ई आश्चर्य तुल्यायो । अरु मानिसहरू पनि आश्चर्य माने । कसैले बराहले माया गरेर गएछ भने, कसैले झण्डै आन्द्राभुँडी ननिक्लेको भने, कसैले अव चौरासीसम्म त सहजै बाँच्छस् भन्न थाले । त्यसदिन म लगायत ६ जनासँग बँदेलको जम्काभेट भएछ । आखिर जिल्ला प्रहरी कार्यालय हुँदै जङ्गलतिर प्रवेश गरेछ । सबै हेरेको हेरै भए छन् ।
पाँचौं खड्को– अक्टुवर १ मा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएर म काठमाडौतिर लागें  । म विमारी अवस्थामा नै थिए । नजाउँ भने टिकट काटीसकिएको थियो । जाउँ भने बिमारी अवस्थामा छु । देशका ठूलाबडा नेताहरू उपचार ग।ाउन अमेरिका जान्छन् भने म बिरामी भए अमेरिका मै औषधी गराउनु पर्ला भन्ने शोचमा  अमेरिका जाने निर्णय लिएँ र अमेरिका  गएँ । त्यहाँ पुगेपछि थाहा लाग्यो कि उपचार गराउन निकै महगो रहेछ । तातो पानीकै भरमा बसियो । रोगले बढता दुःख दिएन । ३ महिना बसियो र फर्केर नेपाल आइयो । अमेरिका यात्राको सानो एउटा  पुस्तक तयार गर्ने काम भयो । किताप तयार त भयो तर प्रकाशन गर्न भने सकेको छैन ।  २०८० –१०– २२ मा वीरहस्पिटलमा विमारी भएर भर्ना भएँ  र २०८०–११– १३मा अस्पतालबाट निस्केर घरमा आएँ । यसपटकको अस्पताल बसाई निकै कष्टकर भयो । अस्पताल गएको दाहिने पेटको तल्लो भाग दुःखेर भर्ना हुन पुगेको । फोक्सोमा पानी जमेको भनी फोक्सोबाट ७०० एमएल पानी निकालियो र टि.बी.को औषधी चलाईयो ।  पेटको कुनै दवाइ भएन । साथमा तारा भाइ थिए । विहानको खाना ल्याउे काम छोरा जगतले गर्दथे । छोरा भेषराज समय मिलाएर साथमा हुन्थे । राती छोरा जगत मेरो साथमा हुन्थे । मासु अण्डा, दाल तरकारी छोरा जगते ल्याउने गर्दथे, दाल बाहेक कुनै खाना खान भने सक्दैनथें । उराठ लाग्थ्यो । नजिकका इष्टमित्र बाहेक म रिामी भएको कर्सैलार्ई थाहा थिएन । फेसबुकमा राख्न पनि छोराले मानेन् । मेरो मोबायल पनि यसै समयमा विग्रेको हुँदा मैले पनि कसैसँग सम्पर्क गर्न सकिन । म वीरअस्पतालमा २२ दिन बस्दा सबैले थाहा पाउन सकेनन् । कता कता साहित्यकार नवराज रिजाललार्ई भने जानकारी पुगेछ । उहाँ भने  मलार्ई भेट्नको लागि आउनु भयो । बुहारी दोय विमला र भावना भेट गर्न शनिबार भने नाति नातिनी सहित र अरू बेला आआफ्नै तरिकाले आइनै रहे । छोरी इन्दिरा नातिनी दोय जुवाइँ चन्द्रविलास भूर्तेल, सीता भतिजी, नाति जीवन र जुवाइँ चुडामणि, पर्वत ज्ञादीबाट जेठान करुणाराज लामिछने, साला राजिव, लगायतका घरपरिवरका सदस्यहरू ( छोरीहरू राधायसोदा, उमा ) इन्द्र जुवाइँ, मेरा दुवै श्रीमती डिलकुमारी र पार्वती  नातेदारको उपस्थिति रह्यो । उपचारका लागि केही रुपियाँ मेरो पैन्टको गोजीमा थिए । धेरै असक्त हुँदा पनि मेरो हात गोजीमा पुग्दा रहेछन् । पैसा हराउँछ भन्ने चेतना भने जागा नै रहेछ । त्यो कुरा मेरो श्रीमतीलेपछि सुनाइन् ।हस्पिटलमा समय समयमा सेवा दिने त नर्स नै हुन्छन् । समयमा दवाई खुवाउने, सलाईन चढाउने, इन्जेक्सन लगाउने, विमारीलाई सचेत गराउने काम उनीहरूको नै हुन्छ । वीरहस्पिटनमा २२ दिनको बसाइमा मैले तीन जना नर्सको आदरता निकै ठूलो पाएँ । आउँदा बाँ नमस्कार कस्तो छ हजुरलार्ई भन्ने सोधाइ र जाने बेलामा पनि बा म घरतिर लागें भन्ने समय समयमा दवाई पानी गर्दा पनि मीठो बोलीको व्यवहार देख्दा मेरो बिमार कम भएको अनुभूति हुन्थ्यो । एक जान अधबैंसै नर्सले लामो समयसम्म दबाई खाइरहनपर्दा अस्पतालमा बस्नु भन्दा त घरमा जानु राम्रो हुने धारणा राखिन् । हुन पनि हो मेरो हकमा टिबी भनेपछि ६ महिना दबाइ खानु पर्ने भएकोले अरु के नै काम हुन्थ्यो र उनले अस्पताल भन्दा घर किन राम्रो हुन्छ भन्ने धारणा पनि यसरी राखिन् । अस्पतालमा कमजोरी अवस्थामा धेरै रोगले आक्रमण गर्ने,घरमा सुरक्षित भइने, खानपानको व्यवस्था राम्रो हुने । वातावरण पनि राम्रो हुने, आफन्तसँग भेटघाट हुने आदि कुरा सुन्दा मलार्ई सही कुराजस्तो लाग्यो ।एकातिर ती अधबैंसे नर्सको यस्तो सुझाव अर्कोतिर छोराले दिल्ली लाने तरखर, मेरी जेठी श्रीमतीको घरमा लगेर वैतरणी गराई दिने धारणा, डाक्टरहरूले हस्पिटलमा राख्न पर्ने कुरा सबै सुन्दै गएको थिएँ । तल्लोपेटको मन्द मन्द दुखाई यथावत कायमै थियो । यसतर्फ कसैले ध्यानै दिएनन् । जरोआउने समय लम्बिंदै थियो । टिबीको दवाइ खाने र जरो आए दुई टेबलेट सिटामोल खाने, दिनभर विस्तरामा सुत्ने बाहेक कुनै कामै थिएन । म निकै कमजोड त छदै थिएँ । खाना पटक्के रुच्दैनथ्यो । एक कचौरा दालको भरमा दिन बित्तथ्यो । एक मनले भन्थ्यो अठहत्तर वर्षको उमेरमा अस्पतालमा बसेर अर्थहीन बाँचेर र के औचित्य भन्ने मनले सोच्दथ्यो । अर्को मनले भन्दथ्यो विमार सन्चो भएमा अझै केही न केही गर्न त सक्छुनी । किन यस्तो निराशा बोक्ने । मनले भन्छ – ''सिर्जनशील व्यक्ति कहिल्यै बुढो हुँदैन । तँ अझै ब्ुढो भएको छैनस् । किनकी तँ मा केही न केही गरौं भन्ने धारणा छ ।" यस्तै यस्तै धारणा मनमा खेलाउँदा खेलाउँदै एक टोली डाक्टरहरू बा के छ ? हालखवर भन्दै आए ठीकै छ भन्ने जवाफ दिएँ र भने अब म घर जान्छु । तर डाक्टरहरूले तपाइँलार्ई यस्तो अवस्थामा घर पठाउन सक्दिैन । मैले प्रश्न राखें  किन ? तपाइँलार्ई जरो आइरहेको छ । निकै कमजोड हुनुहुन्छ । वान्ता हुन सक्छ । त्यसो हुँदा अझै एक हप्ताजति बस्नु होस् अनि बिचार गरौंला । मैले डाक्टरलार्ई सोधे जरो आउँदा सिटामोल खाने न हो अनि टिबीको दवाई खाने हो । अरू दवाइ त मैले खान परेको छैन । यी दवाइत मैले घरमा बसेर पनि खान सक्छु । १७÷१८ दिन हुन थाल्यो म झन भन्दा झन सकिदै गएको छु यही अबस्था रह्यो भने त म चाँडै नै यस लोकलाई छाड्छु । तर डाक्टरहरू सुन्ने वाला छैनन् र छोराहरू पनि यस्तो अवस्थामा घर पठाउन सहमत देखिदैनन् ।डाक्टरहरूले काठमाडौमा बस्ने सल्लाह दिन्छन् । मलार्ई काठमाडौमा बस्ने मन नै छैन । मेरो हठको अगाडी कसैको केही लागेन । म कावासोतीको घरमा आउन सफल भएँ । जहाजबाट भरतपुर हुँदै म कावासोती साँढमा आएँ । यस समयमा मेरा नजरले ३ जना मानिसलार्ई खोज्यो । मानिसलार्ई प्राण जान धौ भएपछि इच्छा के छ भनि सोधनी गरिन्छ । सायद मेरो अन्तिम धोको त होइन भन्ने अनुभूति गरे । एक जना स्याङ्जा गएका रहेछन् पछि भेट भयो तर दुई जनामा एक जनाले म आउँछु भनेर पनि आउनु भएन । अर्कासँग कुरै भएनन् । म क्रमैसँग निको हुँदै गएँ । छ महिनासम्म टिबीको दवाई खाएँ । मधुमेहको उपचार भन्दा अरू केही उपचार गर्न परेन तर दाहिनेकोखो भने दुःखि नै रह्यो । यो दुखाईलार्ई डाक्टरलार्ई जानकारी गराउँदै गएँ तर केही छैन, ठीक छ भनि जनकारी गराइयो । मनले मानेन । मिति २०८१ साल साउन १४ गते पुन चितवन मेडिकल कलेज लि.मा शितल अधिकारीकोमा जचाउनु राम्रो भन्ने जानकारी बमोजिम त्यहाँ गएँ र एक्सरे गरेर  हेरियो तर सबै ठीक छ भन्ने जानकारी भयो । केही औषधी लिएर घर फर्के । तर नरम दुखाई यथाबत नै रहीरह्यो ।
 छैटौं खड्गो –  यस पटकलार्ई खड्गो नै ठानेको थिइन तर मधुमेह निकै बढेर गयो । इनसुलिन लगाउँदा पनि कन्ट्रोलमा न आएपछि एम्बुलेन्स लिएर सिएमसीमै गएँ र इमर्जेन्सीमा भर्ना भएँ । जरोपनि आएको रहेछ ।  डाक्टरले के भयो वा भनेर सोधनी गर्दा मेरो लामो समयदेखिको दाहिने कोखो दुःखाइलार्ई सर्वप्रथम बताएँ , जरो र मधुमेह त छँदै थियो । डाक्टरले सहजै छामेर भन्यो । हजुरको दाहिने कोखोमा गोलो गाँठो छ । भिडियो एक्सरे गरेर हेर्नु पर्छ, विहान हेरौंला भन्ने जवाफ पाएँ । निश्चय नै यो एउटा करिव नौ महिना पछिको जानकारी थियो । भिडियो एक्सरे गर्दा पीप बनिसकेछ । ८० एमएल पीप निकालियो । अवत  दिन दिनै पीप निकाल्ने काम भयो । मेरो हस्पिटल बसाई लम्बियो । अपरेशनका कुरा निस्के तर मैले विजयदशमीको टीका अगिल्तिर अपरेशन गर्न मानिन । डाक्टरले र मेरा सम्बन्धीले खतरा हुन्छ भन्दै थिए मैले खतरा भए अन्तिम यात्रा मृत्यु नै हो, त्यो ग्रहण गर्न तयार छु, बिस्तरामै सुतेर पनि सबैलार्ई टीका लगाइदिने रहर छ । म घरमा जान्छु भनेर विदा मागे । डाक्टरले पाइप जोडेर पीपबाहिर आउने सर्तमा विदा दिए । २०८१÷०६÷२३ गते पीप निस्केको संकलन गर्ने थैली बोकेर घर आएँ । पीप निकाल्ने समएमा जब पीप तान्ने सुर्ईरो पेटमा घुसारियो गरुड पुराणमा लेखिएको वैतरणी नदीमा उल्लेखित कीराका लामा लामा सुँडले डसे जस्तो अनुभूति भयो । पीप देख्दा पीपकुण्डमा डुबेजस्तो अनुभूति भयो । मनले भन्यो मरेपछि वैतरणीनदीमा खसिन्छ भनेर पुराणमा पढेको थिएँ तर म त जिउँदै वैतरणी नदीमा खसे जस्तो लाग्यो । यो दिन किन हो किन मेरो मन निकै विरक्तियो । मेरो मुखबाट जिन्दगीको कालोदिन भनेर निस्कियो । दशैंको वेला पूजापाठ  गर्न सकिन । एनकेन दुर्गास्थापना गरें । दशैंको टीकाको दिन पीपवाहिनी नली र त्यसमा जोडिएको पीप संकलन थैली साथमा भिरेर दुर्गा उठाउने काम गरें । टीकाको समय भएपछि टीका लगाइदिन बसें ।सबै जना आगन्तुले कस्तो छ भनी प्रश्न गर्दा नराम्रो शब्द प्रयोग गर्न मनले मानेन । जवाफमा पुच्छर उम्रो, हनुमान भइयो अव राम हुन बाँकी छ भन्ने जवाफ दिंदै गएँ । सबै हाँसे । कार्तिक ५ गते पुन अस्पताल गएर पीप झर्न छाडेपछि  पीपवाहिनी नली निकालियो र मंसिरमा कोलोनोकपी गरेर आवश्यक परे अपरेशन गर्ने सुझाव ग्रहण गर्दै घर फर्किएँ । भगवानसँग अब शरीर काट्न नपरोस् भन्दै प्रार्थना गर्दैछु । यो खड्गो पार गर्न अझै समय लाग्ने भयो । यस पटकको अस्पताल बसाइमा सकरात्मक र नकरात्मक पक्षले ममा स्थान लियो । सकरात्मक पक्षमा पीप निकाल्दा थाहै नपाइ निकालियो । डाक्टरको कुशल दक्षतामा मलाई निकै खुसी लाग्यो । पीपबाहक नली जोड्दा पनि मलाई थाहै लागेन, उठ्नुहोस् भन्दामात्र थाहा लाग्यो कि नली जोडिए छ । नकरात्मक पक्षमा सलाइन र दवाई चढाउने सुर्र्ई घुसार्दा भने सारा नशाहरूमा प्रयास गर्दा पनि नर्स सफल नभए पछि डाक्टर आएर देब्रे खुट्टाको जोर्नीको हाडको आडबाट सुर्र्ई घुसार्न सफल त भए तर यसले दुखाई निको हुन भने लामो समय लियो ।
खड्गो शब्दको प्रयोग ज्योतिष शास्त्रमा धेरै प्रयोग गरिने गरिन्छ । यसको अर्थ मरणासन्न अवस्थामा पुग्नु र मर्नु भन्ने हो । मरणासन्न अवस्था काटेपछि  खड्गोबाट पार हुनु भन्ने हो । यस अवस्थामा बिमारीले कष्ट भोग्नु त स्वभाविक हुन्छ । घरपरिवार पनि निकै पीडित बन्दछन् ।रोगको पत्ता लगाउने कुशल चिकित्सक भएमा चिकित्सकको पनि प्रसिद्धि फैलिने हुँदो रहेछ । बास्तवमा खड्गो मानव जीवनमा आइनै रहने गर्दो रहेछ । सबभन्दा ठूलो कुरो त आत्मविश्वासमा दृढता, मर्नु त निर्विकल्प छ भने मर्नुमा केको डर भन्ने निर्भयता र निश्चितता हुनु पर्दो रहेछ र भयरहीत जीवन बाँच्नु पर्दो रहेछ भन्ने अनुभूतिले स्थान लियो ।
धन्यवाद
मिति २०८१ कार्तिक २६ गते