January 18, 2021

गजल बचतको खोजी


कर्तव्यमा जुटी–जुटी गरौं सबै काम प्रिया
काम बिना संसारमा मिल्ने छैन माम प्रिया

चन्द्र सूर्य राष्ट्र ध्वजा यही स्वाभिमान हाम्रो
राष्ट्रप्रेम हुनै पर्छ हरेक नै याम प्रिया

संसारिक चोला हो यो हुन्छ दिन रात सधैँ
चाँदनीको वियोगमा उदाउँछन् घाम प्रिया

छाक टार्ने मात्र हैन बचतको खोजी गरौं
पसिना नै अमूल्य छ बचाउन दाम प्रिया

बल्न गयो अन्धो मन सपनीको दीप आज
,निभ्नै थाल्यो भनेपछि जपिन्छ है राम प्रिया

January 9, 2021

‘तीन युग एक कथा’, महाकाव्य : एक संक्षिप्त विवेचना

वि.सं २००३ साल साउन १ गते तदनुसार १५ मार्च सन् १९४७ मा पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स.को नुवार गाउँमा पिता कलाधर रिजाल र माता नन्दकली रिजालको कोखबाट जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी। कविता, कथा, उपन्यास, गजल, मुक्तक, नियात्रा आदि विभिन्न विधाका थुप्रै साहित्यिक कृतिहरूका साथै माटोलगायत कृषिसम्बन्धी वैज्ञानिक कृतिहरू प्रकाशित गरिसक्नुभएका सदानन्द सरकारी सेवाबाट निवृत्त भई साहित्य साधनामा निरन्तर लागिरहनुभएको छ।

वरिष्ठ साहित्यकार सदानन्द अभागीद्वारा रचित 'तीन युग एक कथा' महाकाव्य राणाशासनदेखि पञ्चायती व्यवस्था हुँदै लोकतान्त्रिक व्यवस्थासम्मको आर्थिक, सामाजिक, राजनीतिक परिवेशमा अनेकौँ पुस्ताहरूले भोगेको विषम जीवन भोगाइको कथा-व्यथा हो। १८ सर्ग एवं १०२+१० पेजमा समेटिएको प्रस्तुत महाकाव्य जगत प्रसाद रिजाल, भेषराज रिजाल 'विवश' र रामचन्द्र रिजालले प्रकाशन गर्नुभएको हो भने वरिष्ठ साहित्यकार चट्याङ मास्टरले यस महाकाव्यको भूमिका लेख्नुभएको छ। भलाकाजी राई र बद्री ओलीको टाइप, शोभा पनेरुको कभर डिजाइन तथा सिद्दार्थ प्रिन्टिङ प्रेसको मुद्रण रही वि.सं.२०६० साल वैशाखमा एकहजारप्रति प्रकाशन भएको यो कृति सदानन्दज्यूकी सहोदर बहिनी स्वर्गीय तुलसीदेवी अधिकारीमा समर्पण गरिएको छ।

'तीन युग एक कथा' महाकाव्यको कथानक कविका मेहनती पुर्खाको इतिहास जस्तो मात्र लागे तापनि समस्त नेपालीको यथार्थ परिघटना समेटिएको गहन काव्य हो। उहिले नेपालीहरू मेघालय, सिलोङ, असम, बर्मा आदि ठाउँमा गएर गाईपालन, दाउरा काटी बेच्ने, कुल्ली दरबानको काम गर्थे भने अहिले पनि खाडी, अष्ट्रेलिया, मलेसिया, कोरिया आदि मुलुकमा पुगेर जोखिमयुक्त काम गरिरहेछन् नेपालीहरू। अझ उदेकलाग्दो कुरो त के छ भने मुलुकका स्रोतसाधनमा सामन्त, दलाल, विचौलिया, तस्कर र गुण्डाहरूको हालीमुहाली छ। मुलुकको आर्थिक, सामाजिक, राजनीतिक परिपाटी असल अगुवाभन्दा पनि धनाढ्य र नवधनाढ्यहरूको मुठ्ठीमा केन्द्रित भइरहेछ भने नेपालीहरू शोक, रोग, भोक बोकेर रोजगारीको लागि विश्वका विभिन्न मुलुकमा भौतारिन परेको छ। यस्तै नेपाली यथार्थ धरातल टेकेर रचिएको छ 'तीन युग एक कथा' महाकाव्य।

पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स.मा पर्ने आफ्नै जन्मगाउँ नुवारस्थित गवदेको चौतारोमा भएको शिवकीर्तनमा सहभागी हुँदै कविले प्रस्तुत महाकाव्यको रचना गर्नुभएको हो। यस महाकाव्यको प्रथम सर्गमा नुवारगाउँ र सेरोफेरोको प्राकृतिक सुन्दरता, गाउँटोल एवं स्वच्छ गाउँले जनजीवनको स्पष्ट चित्रण गरिएको छ। उत्तरतिरका अग्ला चुली धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण आदिको चम्किलो लहर, कालीगण्डकी र मोदीको आत्मीय सङ्गम, अंधेरी, भयँरथान र राम्चेको मुलको रसिलो पानी तथा गाउँमाथि कालिज लुइँचे खेल्ने भरिलो जङ्गल उतार्नुभएको छ कविले महाकाव्यमा। स्यानाखेतको पलाँस, ठूलाघरका लौसी, राङथास, राक्सेखोला र सल्लाघारीको बाटो एवं राहालेपानीको माटोको सुगन्धसमेत पाइन्छ महाकाव्यमा। सानो खेत, ठूलो खेत, गोबानेको फाँट, भलपखराको पाखो, ठूलाघरे चौतारो, गोलाइँचाको रुख मात्र होइन डहरवरि र डहरपरिका टोलसमेत महाकाव्यमा सजाएर 'आमा र जन्मभूमि स्वर्गभन्दा ठूला हुन्' भन्ने भावनाले ओतप्रोत देखिनुहुन्छ कवि। दुइपाखेका जैसीकान्छा, टारका लामगादे, सुन्तले, ढुङ्गाना, सन्यासी, सिरानघरे आदि समस्त गाउँलेहरूप्रति कविको अगाध माया भेटिन्छ महाकाव्यमा।

धौलागिरि, माछापुच्छ्रे अन्नपूर्ण लहर
काली मोदी सङ्गमबीच कति राम्रो बगर
(प्रथम सर्ग, पृष्ठ २)

डहरवरि डहरपरि दुइटा टोलमहाँ
कति राम्रो देखासिकी रिस छैन जहाँ
उत्तरतिर खेतको गह्रा पश्चिमतिर बारी
प्रकृतिले लगाएकी छन् फूलबुट्टे सारी
(प्रथम सर्ग, पृष्ठ ४ र ५)

विशाल हृदय भएका सोखिन मधुसूदन बाजेले खेतका फाँट, सुनचाँदी आदि चलअचल धनसम्पत्ति खाएमासेर टाटपल्टेको र मृत्युपछि मुर्दालाई घाट लानुभन्दा पहिला साहु आइपुगेको हृदयविदारक कथानकले तत्कालीन समाजको आर्थिक सामाजिक परिवेश छर्लङ्ग पारिदिएको छ। मधुसूदन बाजेको निधनपछि जेठोछोरा यज्ञधरले बन्धकीमा गएको जग्गा फिर्ता गर्न तथा जीवन निर्वाह गर्नको लागि मुग्लान पसेको कारुणिक कथा छ महाकाव्यमा। मुग्लान जाने बाटोमा पर्ने फलेवास, मिर्मी, विर्घाका फाँट, गंगाकिनारको रानीघाट, श्रीनगरको डाँडो, ऋषेश्वर रिडी, शीतलपाटी, मस्यामको उकाली, बुटवल, खस्यौली र सुनौली आदि स्थानबारे वर्णित प्राकृतिक छटातिरभन्दा परदेशिन विवश यज्ञधरको विवशता चस्कन पुग्दछ पाठकको मनमुटुमा।

फलेवासको समतल, मिर्मी, विर्घा फाँट
पुग्नथाले यज्ञधर सुन्दर रानीघाट
हिँड्नथाले उकालीमा पसिनाको तप्कन
विदेश जाने स्वदेशीको विलिन भयो मुस्कान
हत्केलाले आँसु पुछी शीतलपाटी झरे
सबैकुरा सम्झिल्याउँदा हातखुट्टा मरे
(तृतीय सर्ग, पृष्ठ १६ र १७)

यज्ञधर नौतनवा, गोरखपुर हुँदै गौहाटी पुगेको, जागिरको सहारा खोज्दै विरानो परदेशी भूमिमा सहरसहर भौतारिएको, दाउरा काटी प्राण धानेको कथानकभित्र तत्कालीन नेपालीको सङ्घर्षशील जिन्दगीको यथार्थ भेटिन्छ। नोकरी, शैक्षिक गतिविधि आदिमा सर्वसाधारणको पहुँच नभएको तत्कालीन समाजमा परदेशिनुको विकल्प देखिँदैन। परदेशीको समृद्धिले समेत नेपालीलाई गिज्याएको वास्तविकता दर्शाउनुहुन्छ कवि-

छ छ पैसा छ छ पैसा रेलले भन्दै आउँथ्यो
छैन पैसा छैन पैसा मुटुको ढुकढुकीले भन्थ्यो
(चतुर्थ सर्ग, पृष्ठ २०)

खाना पहाड, नुनमाटी नेपालीको बास
दाउरा काटी विक्री भए मुखमा पर्छ गास
नेपाल गए कपालसँगै वर्म गए कर्म
छातीमाथि ढुङ्गा छ नि कसले बुझ्छ मर्म
(चतुर्थ सर्ग, पृष्ठ २१ र २२)

यज्ञधरले डिगबोईको तेलखातमा काम गर्न नपाए पनि परदेशी भूमिमा दाउरा बेचेरै नेपालमा जहान पाल्न पुग्ने खेतथलो जोडेको काव्य सरिताले पाठकको मन पनि हर्षविभोर हुनपुग्दछ।

त्यतिबेलाको समाजमा केटामान्छेको विवाह गर्न कि त धनदौलतले केटी किन्नुपर्ने कि त साटो हाल्नुपर्ने कुरीतिबीच यज्ञधरको विवाह भएको प्रसङ्ग उल्लेख गर्दै महाकाव्यमा बालविवाह, अनमेल विवाह, सतिप्रथा, छुवाछुत, जातभात, ल्याइते-विवाहितेको विभेद, कुष्ट रोगीलाई घृणा गर्ने आदि सामाजिक कुप्रथाहरूको विरोध गर्नुभएको छ कविले। सामाजिक संस्कार सुधारको अनेक कडीसमेत सुझाउनुभएको छ कविले-

हाड मासुको शरीर हो यो रगतको सञ्चार
निर्बललाई सबले हेप्ने कस्तो निष्ठुर संसार
कोही ठूलो कोही सानो छैन संसारमा
कर्म गर्ने ठूलो हुन्छ मेरो विचारमा
डुङ्गा तर्दा त्यहाँ हेर छुवाछुत हुन्न
पुल तर्दा पनि हेर खतबात हुन्न
(पञ्चम सर्ग, पृष्ठ ३७ र ३८)

यज्ञधरकी पत्नी नौलीले घरगृहस्थी सुन्दर, व्यवस्थित र मर्यादित बनाएको अनेक प्रसङ्गले महाकाव्यलाई जीवन्त बनाएको छ। नौलीका उद्गारहरू वर्तमान समाजमा समेत अनुकरणीय एवं सान्दर्भिक लाग्दछन्-

आशन राख्ने माटो छैन ढसरमालाई पुवा
सादा जीवन उच्च विचार नखेल्नु है जुवा
जिउँदो ज्यानले माड पाएन मरेकालाई खिर
जिउँदो छँदै खानदेउ पछि पोस्नुछैन भीर
सक्षम देश, सक्षम भेष, सक्षम बनोस् जन
स्वस्थ्य हवोस् यो शरीर स्वच्छ रहोस् मन
(सातौँ सर्ग, पृष्ठ ४१ र ४२)

पति यज्ञधरको निधनपछि पनि नौली बजैले घरव्यवहार सम्हालेको, एउटा नातिलाई डिगबोई पढ्न पठाएको, अर्को नातिलाई मेट्रिक पास गराएर शिक्षक बनाएको आदि सहासिक कार्यको चर्चाले नेपाली नारीको महानता दर्शाइएको छ महाकाव्यमा।

दुखजिलो जीवन यापन गर्दै यज्ञधर र नौलीले छोराछोरीको विवाह गरिदिएको कथानकमा नेपाली समाजको अपेक्षा र यथार्थ चित्रण छ। यज्ञधरकी बुहारीको शील, स्वभाव र रूप वर्णन गर्दै कविले सुशील नेपाली नारीको दुरुस्त चित्र उतार्नुभएको छ-

कन्या थिइन् अति सुशील रूपकी त खानी
सादा जीवन उच्च विचार राख्ने रैछ बानी
गहुँगोरो अनुहार रातो लाली छा'को
मखमली चोली तल लरे गुन्युँ ला'को
(आठौँ सर्ग, पृष्ठ ४७)

यज्ञधर र छोरा गंगाधरले नयाँ चाँदीका मोहर रोक्का भएको थाहा नपाई व्यापार गर्न जाँदा ती मोहर जफत भएको, गंगाधर मुग्लान भासिएको, यज्ञधरका भाइ वासुदेवको निधन भएको आदि आपतविपद्का घटनाहरूले पाठकका आँखा ओभाना रहँदैनन्। दैनिक उपभोग्य सामग्री लिन नौडाँडा पारिको बटौली-खस्यौली जानुपर्दाको पीडासमेत अभिव्यक्त भएको छ महाकाव्यमा-

बुटवलको नुनतेल नुवारको बास
कष्टदायी फट्के तराई खसे जानी सास
त्यसो हुँदा घरका जहान दिन गन्न थाल्थे
ईश्वरको नाम जप्दै घिउको दियो बाल्थे
(आठौँ सर्ग, पृष्ठ ५४)

स्वदेशमा जीवन निर्वाहको कुनै आधार फेला नपारेपछि गजाधर भारतको असमस्थित डिगबोई शहर पुग्दछन्। शुरुमा दाउरा बेचेर गुजारा चलाए पनि एकपटक लगातार दिनदिनसम्म दाउरा विक्री नहुँदा पानीबाहेक केही खान नपाई बेहोश भएर ढलेको र साथीले पानी मुखमा हालिदिएर बचाएको कारुणिक घटनासमेत उल्लेख छ महाकाव्यमा। पछि कम्पनीमा भर्ती भई लाहुरे बनेर घरको ऋण तिरी परिवारको जीवनयापन सहज हुनजान्छ।

भारतमा शासन गरिरहेको अङ्ग्रेजले डिगबोई शहरमा विकास गर्न कम्पनी सञ्चालन, खेती, पशुपालन आदिमा नेपालीको सहयोग लिएको वर्णन छ महाकाव्यमा। डिगबोई सहरको भौतिक विकासका साथै साहित्यको उत्थानमा समेत नेपाली कवि साहित्यकार लागिपरेको उन्मादी प्रसङ्ग भेटिन्छ महाकाव्यमा-

हरिभक्त, अग्नि साथै चिन्तामणि पनि
त्यै शहरमा रमाएका साहित्यका धनी
चन्द्रकला पनि बनिन् शिक्षिका त त्यहाँ
साहित्यको पान गर्दै शब्द भर्थिन जहाँ
सदानन्द, भविलाल, युद्धवीर आदि पनि
साहित्यमै रमाएका बाल कवि बनी
(आठौँ सर्ग, पृष्ठ ५६ र ५७)

यज्ञधरको नातिप्रतिको माया, आँगनको आँखितरेको घाँस काट्न जाँदा हाँगो चोइटिएर यज्ञधरको निधन हुनु, ठूलो इञ्जिनियर बन्ने आकांक्षाले डिगबोईमा पढिरहेको नाति हजुरबाको निधनको खबरले घर आउनु, माझघरे नरहरिले नाति हुँ भनी यज्ञधरको अन्तिम अवस्थामा पानी दिनु आदि घटनाहरू महाकाव्यमा उल्लेख गरेर नेपाली समाजको यथार्थ चित्रण गर्न सफल हुनुभएको छ कवि। रसिक यज्ञधरको गीत लहरीको माध्यमबाट पनि नेपाली जनमानसलाई आह्लादित बनाउन सफल हुनुभएको छ कवि-

खान्छ्यौ कि गोरी बटौलीको मिठाईँ
गर्छ्यौ कि गोरी जुन जाने बिठ्याइँ
... ... ... ... ... ...
लाउँछ्यौ कि गोरी कानै लाउने सुनिया
फेर्छ्यौ कि गोरी टाटेपाटे गुनिया
... ... ... ... ... ...
जान्छ्यौ कि गोरी नौतुनाको रेलैमा
लाउँछ्यौ कि गोरी माया प्रीति बेलैमा
(बाह्रौँ सर्ग, पृष्ठ ७२ र ७३)

लगन, मेहनत र विवेक सही मार्गमा लगाउन सके घर, समाज र देश उँभो लाग्न बेर लाग्दैन। र त, मानव साधनको सर्वोपरि महत्व रहन्छ उन्नतिमा। यस महाकाव्यमा पनि गजाधरले मुग्लानमा बसेर कमाउने, गजाधरको ठूलो छोरा सरकारी जागिरमा र कान्छो छोरा मास्टरी पेशामा लागेर घरको प्रगतिमा बढोत्तरी भएको छ। त्यसैले त कविले उन्मादी गीत गुञ्जाउनुभएको छ-

रातपछि पुन: हेर दिन पलाउँछ
अन्धकार मेटिनलाई सूर्य उदाउँछ
यस्तै छ यो संसारको रीतिथिति हेर
सबै मार्ग खुला बने विकास कति बेर
(सोह्रौँ सर्ग, पृष्ठ ९३)

यज्ञधर, नौली बजै, चन्द्रकला, जेठीछोरी आदि परिवारका सदस्यको निधन भई एक्लो जीवन व्यतित गर्दा गजाधरले जिन्दगीलाई निस्सार र निरस देख्दछन्। तैपनि आमा नौली बजैजस्ती साहसकी धनी, असल आचरण र दयाधर्मकी खानी, बाबु यज्ञधरजस्ता कर्मवीर पुरुष तथा पत्नी चन्द्रकलाजस्ती धन र ज्ञानकी दीपलाई गौरवसाथ मनमनै स्मरण र नमन गर्दछन्। शक्ति कमजोर भए पनि जीवनभर आर्जेको ज्ञान र विवेकले निचोड निकाल्दछन्- पुर्खाको पौरख र गौरवले एउटा जिउँदो इतिहास रच्न सम्भव भएको छ। गरिब परिवारको संघर्षका अनेकौँ घटनाले स्वर्णाक्षरमा लेखिएको छ- एउटा अमर कथा।

महान नायक यज्ञधर, ममता, साहस, धैर्यता र सहनशीलताकी प्रतिमूर्ति नौली बजै तथा उनीहरूका सन्तति गजाधर, चन्द्रकला आदि पात्रहरूका आध्यात्मिक र मानवीय आदर्शको पृष्ठभूमिमा रचिएको छ 'तीन युग एक कथा' महाकाव्य। पर्वतको नुवार गाउँदेखि भारत असमको डिगबोई सहरसम्मको आर्थिक, सामाजिक, प्राकृतिक र राजनीतिक परिवेशमा पात्रहरुका जन्मदेखि मृत्युपर्यन्तका घटनाक्रमलाई समेटी रचिएको छ प्रस्तुत महाकाव्य। राणाकालीन बन्द समाजको दु:खमय जीवनबाट सङ्घर्ष गरी भारतीय भूमिमा पुगेर जीवन निर्वाहको बाटो पहिल्याएको यज्ञधरको पारिवारिक सङ्घर्षको कथा केलाएर तत्कालीन आर्थिक, सामाजिक, राजनीतिक परिपाटीको विरोध गरिएको छ महाकाव्यमा। मुग्लान भासिनु परे तापनि पात्रहरुमा गाउँ, समाज र देशप्रतिको अगाध माया हुनाको साथै पारिवारका सदस्यहरूमा पनि एकअर्काप्रतिको समर्पण, त्याग र प्रेमका साथै विश्वबन्धुत्वको गहिरो भावना पाइन्छ महाकाव्यमा। तत्कालीन समाजमा व्याप्त अन्धविश्वास, कुरीति एवं कुप्रथाहरूप्रति विरोध जनाउँदै सभ्य समाज निर्माण गर्नुका साथै पुर्खाको मेहनत, सङ्घर्ष र बलिदानीको गौरवशाली इतिहास बचाउँदै सन्ततिलाई मेहनत, इमान, न्याय, संस्कार आदि सिकाउने उद्देश्यले रचिएको हो प्रस्तुत महाकाव्य। समाज समस्यायुक्त र जटिल बन्दै जाँदा यस महाकाव्यले जीवन जिउने अनेक सरल उपायहरूसमेत सुझाएको छ। यस महाकाव्यको कथावस्तु तत्कालीन नेपाली समाजमका हरेक बस्तीको कथाजस्तो लाग्ने हुँदा कथावस्तुमा मौलिकता र नवीनता पाइन्छ। महाकाव्यमा वीर रसको अलावा करुण, श्रृङ्गार, भयानक आदि रसको प्रयोग गरी भावानुकूल बिम्व, अलंकार, उपमा र तत्कालीन समाजमा प्रचलित जनबोलीको प्रयोग गरिनुका साथै गेयात्मक लोकलयमा सजिएको छ महाकाव्य। महाकाव्यमा हृदय छुने कथानक, भाषाशैली र प्रस्तुती रहेको छ। 'कवि कविता होस् कविता कवि होस् तब पो कविता हुन्छ' भन्ने नेपाली साहित्यमा प्रतिपादित सिद्दान्तअनुरूप महाकाव्यको सम्पूर्णतालाई समेट्न सकेकोले नै प्रस्तुत 'तीन युग एक कथा' महाकाव्यको भूमिकामा चट्याङ मास्टरले उद्घोष गर्नुभएको छ- 'सदानन्दको सादा जीवन आफैमा एक रोचक र पूर्ण महाकाव्य हो।'


पुण्य तीर्थ

तातो रातो रगतले सिञ्चित छ यो छाती
ज्वारभाटा समुद्रमा उठ्छ दिन अनि राती
सपनाका धरोहर उच्चाइमा पुग्दा खेरि
संयम हामी अपनाऊँ हिड्न हुन्न माती
सद्भाव सद्गुण जीवधारीले थामौं थामौं
मौका पाएँ भनीकन गर्नु हुन्न भाँती भाँती
हामी सबै लाग्नु पर्छ सत्मार्गको यात्रा पथमा
मौका सबले पाउनु पर्छ ननिकालौं काती
मातृभूमि पृण्यभूमि जन्म दिने आमा सबै
पुण्यतीर्थ यिनै बन्छन् बन्न हुन्न कुनै घाती

January 8, 2021

राजेन्द्र पहाडीको शिक्षा चिन्तनमा मनन गर्दा

धेरै समय पछि म पर्वत पुगें । जब म पर्वत जान्छु तब मैले सकेसम्म कुश्माका साहित्यिक मित्रहरूलाई भेट्ने प्रयास गर्छु । साहित्यिक भेटघाटकै क्रममा साहित्यिक क्षेत्रमात्र नभै शिक्षा क्षेत्र र सामाजिक क्षेत्रमा समर्पित युवा साहित्यकार राजेन्द्र्र पहाडीजीसँग भेट भयो । उहाँले समुदायलाई सक्षम बनाउनको लागि तथा समाजलाई गतिशील पार्नको लागि "समुदाय र सृजना" त्रैमासिक पत्रिका प्रकाशन गर्दै आउनु भएको छ । यस पत्रिकामा पहिला पहिला उहाँले समाजलाई उत्पादनशील बनाउनको लागि प्राविविधक लेखहरू प्रकाशन गर्दै आउनु भएको थियो भने हाल उहाँले साहित्यलाई पनि जोड्नु भएको छ । समुदायको विकासको लागि के चाहिंदैन, सबै चीज चाहिन्छ । शिक्षा, स्वास्थ, अर्थ, चाडपर्व,, वन, कृषि, संस्कृति, प्रकृति, प्रविधि, उर्जा , राजनीति आदि आदि सबै सबै चीज समुदायको लागि अति आवश्यक हुन्छ । "समुदाय र सृर्जना" जो यस पटक मेरो हातमा परे सरसर्ती हेरे खुसी लाग्यो । समाजलाई आवश्यक पर्ने तत्त्वहरू समुदाय र सृजनाले समेटेको पाएँ ।

 "महिलाविरुद्ध हिंसा"(२०६६)  कृतिको  प्रकाशनबाट कृतिकार बनेका राजेन्द्रले पहिलो पटक नै नेपालका नारीले भोग्न परेको हिंसालाई गहन रूपमा उठाएर समाजको अघि प्रकट भएका थिए । य कृति माजिक विवेचनाको रूपमा आएको छ । आज नेपाली समाजमा महिला हिंसा नियन्त्रण भन्दा बाहिर छ ।

"शान्ति नारायण श्रेष्ठको कवितामा समाजशास्त्रीय चिन्तन(२०६७) ।" यो दोस्रो कृति हो । शान्तिनारायण श्रेष्ठ पर्वतका एक वरिष्ठ साहित्यकार हुन् । उनका कवितामा सामाजिक  यथार्थताको पहिचान गरी विश्लेषण गर्नु चानचुन कुरा हैन । यसमा मैले दुई चार शब्द कोरीसकेको छु । कविताको सुन्दर विश्लेषण गरिएको छ । यसै वर्ष राजेन्द्रको अर्को कृति "पर्वत साहित्य सङ्गमःसंक्षिप्त सिंहावलोकन" (२०१७)आएको छ । पर्वत साहित्य सङ्गम पर्वतको एउटा पुरानो साह्त्यििक संस्था हो । यस संस्थाको यथार्थता हामीले यस  कृतिमा अध्ययन गर्न सकिन्छ । यसरी नै सामाजिक सर्वेक्षणका लागि आधारभूत तरिकाहरू(२०६७), सर्वदलीय घरको समाजशास्त्रीय नालीवेली (२०६८)नेपालमा समाजशास्त्र र मानवशास्त्रको परिचय (२०६८,सहलेखन) नेपालको शान्तिप्रकृयामा स्थानीय शान्ति समिति,तथा अन्य सरोकारवालाहरूको, भूमिका (२०६८), नेपालमा महिला हिंसा (२०६९), बोल्नेको पीठो बिक्छ (२०६९) शिक्षामा सुशासन (२०६९), बियाड (२०७०), विद्यालय सुधार योजना, र शिक्षामा नागरिक सहभागिता (२०७१) शिक्षा चिन्तन(२०७६), र सृष्टिमा दृष्टि गरी कूल १४ थान कृतिहरू हामिले पढ्न पाएकाछौं ।

कृतिको संरचना आवरण पृष्ठ बाहेक १४२ पृष्ठमा संरचित यस कृतिको प्रकाशन शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिई) जिल्ला समन्वय समिति, पर्वतले गरेको छ । यसको मूल्य २५०।–रू व्यक्तिगत र ५००।– रु संस्थागत राखिएको छ ।

यस कृतिको सिर्जनाको बारेमा स्वयम् कृतिकारले लैखकीयमा लेख्छन् –"विभिन्न सन्दर्भमा शैक्षिक अन्तरक्रिया, गोष्ठी तथा छलफल कार्यक्रमहरूमा आप्mना कुराहरू राख्नेक्रममा अभिव्यक्त, गरिर्एका बिचारहरूलाई  संग्रहित गर्ने प्रयासको उपज हो यो ।" यसको अर्थ यी सबै पूर्व प्रकाशनमा आएका सामाग्रीको उपज हो भन्ने हो र स्वयम्ले यी रचनाहरू विभिन्न जर्नल र पत्रिकामा प्रकाशन भै सकेका धारणा राखेका छन् ।

कृेत्रिभित्र प्रवेश गर्दा यस कृेतिले पस्केका धारणा भन्दा पहिला मैले  आपूmलाई लागेका केही कुरा राख्न चाहान्छु ।शिक्षा के हो भन्नु भन्दा पनि शिक्षा के होइन भन्न मन लाग्छ मलाई । शिक्षा मानव जीवनको अभिन्न अङ्ग हो र जीवनको लागि आवश्यक पर्ने साधनहरूमा शक्तिशाली साधन हो अग्रकदमको लागि यो महान मार्गदर्शन हो । यसबाट मानिसले आप्mनो जीवनकालमा मात्र नभएर आप्mना सन्ततीको लागि पनि महत्वपूर्ण उपलब्धी हाँसिल गर्ने पाठ सिक्न पाउँछ । यो कितापमामात्र आधारित हुँदैन ।विभिन्न सिकाइहरू पनि शिक्षानै हो ।औपचारिक शिक्षामा मापदण्ड( प्रमाणपत्रले विभूषित गरेको) हुन्छ तर अनौपचारी शिक्षमामा मानिसले अथाह ज्ञान हाँसिलगर्न सक्छ तर मापन प्रमाण हुँदैन । अव म राजेन्द्र पहाडीको शिक्षा चिन्तनतिर लम्कन्छु । यस कृतिको थालनी (प्रथम शीर्षक) "द्वन्द्वपीडित बालबालिकाका लक्षित अवस्था चित्रण"यस शीर्षकमा लेखकले २०५१ देखि सञ्चालन भएको १० वर्षे जनयुद्धले  गर्दा बालबालिकामा पारेको नराम्रो प्रभाव पारेका, कोही युद्धमा प्रत्यक्ष सहभागी भएका कसैले आप्mना अभिभावक गुमाउनु, जस्का कारण बालबालिका शिक्षा आर्जन गर्न नपाउनुर तिनको लागि सहिद प्रतिष्ठान नेपाल अन्तर गत सार्वजनिक शैक्षिक गुठीको विधान २०६६ शिक्षा नियमावली २०५९ को नियम ११ को उपनियम १ को परिधिमा रहि सहिदस्मृति आवासीय मावीहरू देशका पाँच विकास क्षेत्रमा एक एक वटाका दरले खुलेर सञ्चालनमा रहेका छन् । यी विद्यालयहरू सहिद प्रतिष्ठान नेपालको मातहतमा रहेर संस्थागत विद्यालयको ढाँचामा सञ्चालन भैरहेका छन् । यी स्कूलहरूको सञ्चालन ढाँचा, पठनपाठनको अवस्था, समग्र विद्यालय व्यवस्थापन तथा सञ्चालन प्रणाली के कस्तो छ भन्ने अध्ययन गर्दै भावी प्रभावकारी सञ्चालनके कसरी गर्न सकिन्छ, वर्तमानमा शिक्षक व्यवस्थापन विद्यार्थी भर्ना प्रकृया, आदि  को यो एउटा अध्ययन हो ।

अध्ययनको उदेश्य कुनै पनि अध्ययनको खास उद्देश्य हुन्छ यसको पनि सहिदस्मृति आबासीय माद्यमिक विद्यालयहरूको बर्तमान शैक्षिक तथा भौतिक अवस्थाको साङ्गो पाङ्गो अवस्थाको आङकलगर्ने रहेको छ ।

सीमाङ्कन अध्ययनको सीमाङ्कन हुन्छ । यसले पनि सबै विद्यालय नभएर पाँचवटा विद्यालयलाई लिएको छ । यो सवल पक्ष र सुधार पक्षमा केन्द्रित रहेको छ । भावी सञ्चालनको लागि सरकारवालाको बिचार सङ्कलन र  प्राप्त नतिजालाई  सरोकारवालालाई सुझाव दिनु रहेको छ ।

अध्ययनको विधिकुनै पनि अनुसन्धान तथा अध्ययन गर्दा सही विधिको प्रयोग गर्दा नतिजा पनि विश्वासिलो हात लाग्दछ । यस अध्ययनमा अध्ययनकर्ताले स्थलगत अवलोकन, विद्यालय सञ्चालक समिति, शिक्षक, विद्यार्थी र अभिभावकसँको कुराकानी साथै पूर्व साहित्यको अध्ययनलाई विधिको रूपमा लिएका छन् ।

पूर्व साहित्यको अध्ययनअध्ययनकर्ताले यस सम्बन्धमा पूर्व कसैले अध्ययन गरेको छ या छैन सो सम्बन्धमा अध्ययन गर्नु पर्ने हुन्छ । यदि कसैले सो सम्बन्धमा अध्ययन गरेको छ भने त्यसले  गरेको अध्ययनमा के कति सुधारका पक्ष छन् र थप सुधारका पक्ष या अध्ययन गर्न छुट भएका पक्ष समेत केलाउन पर्ने हुन्छ । यहाँ राजेन्द्रजीले नेपालको संविधानको धारा ३ मौलिक हक अन्तर गत धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी हकले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क, माध्यमिकतह सम्मको शिक्षा निःशुल्क राजनीति दलका चुनावी घोषणपत्रमा प्रतिवद्धता जनाइएका शिक्षासम्बन्धी कुराहरू,, बालबालिका सम्बन्धी बनाइएका विविध कानुन, एसएसडीपीको दस्तावेज, श्रीप्रसाद, देवकोटाको सोध पुस्तक, आदि पूर्व साहित्यको अध्ययन, गरेको देखिन्छ । अध्ययनकर्ताले अध्ययनको नतिजालाई पनि यहाँ प्रषट्रयाएका छन् । "शिक्षा नैसर्गिक अधिकार हो र यस मध्ये पनि द्वन्द्व प्रभावित, युद्धका घाइते, सहिदका छोराछोरी, हिंसा पीडित, सीमान्तकृत अल्पसंख्यक, अपाङ्गता भएका तथा विशेष अवस्थाका बाबालिकाहरूलाई विशिष्ट व्यवस्था पनका साथ, शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा द्विविधा रहने ठाउँ छैन ।" यी विद्यालयलाई सरकारको शैक्षिक संरचनाभित्र ल्याउनु पर्ने कुरा पनि यहाँ आएका छन् ।

स्थलगत अध्ययनबाट प्राप्त भएका सूचना अध्ययनक्रममा पाँच विद्यालयको स्थलगत अध्ययन गरिका छन् । सहिदस्मृति मावि कास्कीमा कक्षा १२ सम्म पढाइ साइन्स र मानविकी विषय, कूल विद्यार्थी संखा २७०, शिक्षक २० कर्मचभारी ६, सुनसरीमा कक्षा सञ्चालन १२,, विषय व्यवस्थापन, जम्मा विद्यार्थी ४१७, शिक्षक २० कर्मचारी ८, दाङ, कक्षा १२ सम्म, व्यवस्थापन, जम्मा विद्यार्थी ४५१, शिक्षक २०, कर्मचभारी ७,, दोलखामा कक्षा १० सम्म, जम्मा विद्यार्थी २२९ शिक्षक १५, कर्मचारी ७, कक्षा १२ सम्म सन्चालन गर्ने योजना । सबै स्कुलका कूल विद्यार्थी १६२५ रहेकोमा छात्राको संख्या, ९० रहेको । यी स्कुल केही हदसम्म समान रहे पनि भौतिक सुविधाम एकसमान न रहेको धारणा यहाँ आएका छन् ।

सवल पक्ष भौतिक निर्माणमा सबै खर्च सहिद प्रतिष्ठानले व्यहोरेको, निशुल्क पढाइ , व्यवहारिक ज्ञान र आए आर्जनको लागि पशुपालन, कृषि, तरकारी खेती, , स्थानीय बालबकालिकाले पनि पढ्न पाउने, शिक्षकको सञ्चयकोषको व्यवस्था, डोटी बाहेक अन्य स्थानका स्कूलको प्रसस्त जग्गा, अङगे्रजी  माध्यमबाट पढाई आदि धेरै सवल पक्षहरू रहेका विवरण समावेश गरिएका छन् ।

विद्यालयहरुले अनुभव गरेका चुनौतीहरूयस अध्ययनमा विविध पक्षका चुनौतीका सामना गर्न पर्ने धारणा पनि समेटिएका छन् । विद्यार्थीको अनुपातमा शिक्षकको कमि, तथा उपलब्धताको कमी, कुनै विद्यालयमा जग्गाको कमी भएर भाडामा जग्गा लिनु पर्ने स्थिति, खटाई अनुकुल सेवा सुविधा कमी, विद्यालयबाट विद्यार्थी भागेका, किशोर अवस्थामा देखिने लक्षणलाई व्यवस्थित गर्न कठिन,आदि थुप्रै दुर्वल पक्ष पनि अध्ययनले समेटेको छ ।

विद्यालयका आर्थिक आम्दानी तथा आम्दानीका स्रोतहरूनेपाल सरकारबाहेक राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरू, स्थानीय निकाय र सरकारी कार्यालयहरू,सांसद विकास कोष, स्थानीयस्तरका संगठनहरू

विद्यालयगत अध्ययन विवरण

स्हिद स्मृति आवासीय मावि चाउथे कास्की–– स्थापना  २०६६ मा भाडाको घरमा, अध्यापान सुरु भै हाल सुविधा सम्पन्न भवन, सरकारी तथा सहिद प्रतिष्ठान नेपाल अन्तरगत सार्वजानिक शैक्षिक गुठीको विधान २०६६को शिक्षानियमावली २०५९को नियम ११को उपनियम१को परिधिमा रहेर यो विद्यालय पोखरा मनपा अन्तर गत मधmेरी पाटनमा१४मा ७० रोपनी जग्गामा स्थापना भएको र व्यवहारिक ज्ञानको लागि, गाई÷भैंसी,बंगुर, कुखुरा पालन,गरिएकोव्यहोरा यहाँ समेटिएको छ । उपलब्धीको हिसाबले २७४ सालको एसइइमा २७ जना सहभागीभै उत्कृष्ट नतिजा हाँसिल, विज्ञान तर्फ २० जना विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा सहभागी भै उत्कृष्ट नतिजा प्राप्त, खेलकुदमा २०७४को जुनियरताकवोण्डो  रनिङशिल्डर राष्ट्रपति कपको उपाधी लगातार हाँसिल गरी, शिल्ड स्कूलमै रहेको, आदि विवरणहरू यहाँ समावेस गरिएकोछ ।विद्यालयमा कार्यरत शिक्षकले सामुदायिक विद्यालयका शिक्षकले सरह तलव र श्रेणी प्राप्त गर्न नसक्नु पेशागत सुनिश्चित नहुनु, रणनीतिको अभाव, प्राविधिकधार तर्फ जोड्न समन्यको कमी, विद्यालयप्रति अपनत्वको कमी, १२ पासपछि छात्रबृत्ति पाउन नसक्दा अलपत्रको स्थिति, अभिभावको विद्यालयप्रति अपनत्वको कमी आदि समस्या विद्यालयले व्यहोर्न परेको धारणा आएका छन् ।विद्यालयले विविध निमार्णहरू गराउने भावी योजनाहरू रहेकाछन् ।

स. स्मृति मा.वि. इटहरी यो विद्यालय २०६६ साल जेष्ठ १ गते इटहरी उपम.न.पा.वार्ड न्ं २५, भवानीपुरमा स्थापना गरिएको र १९ कठ्ठा १४ धुर जमिनमा विविध निर्माण गरिएको र यहाँ माओवादी द्वन्द्वमात्र नभै मधेश आन्दोलनका र विद्यालय वरिपरिका गरिब, सीमान्तकृत, उत्पीडित बर्गका बालबालिकाले अध्ययन गर्न पाएका छन् ।यस विद्यालयलाई प्लान नेपाल सामुदायिक प्रतिष्ठानबाट निमार्ण सहयोग गरेक,अरु दिद्यालय सरह यस विद्यालयका समस्याहरू रहेकाछन् ।

सहिद स्मृति माध्यमिक विद्यालय राजपुर डोटी–  यो विद्यालय पनि अन्य विद्यालय सरह २०६६ सालमा १५ रोपनी जमिनमा प्राथमिक तहको अनुमति लिएर, सञ्चालन गरिएको र २०६७ मा नि.मा.वि. र २०७० मा मावि स्ञचालन गरिएको पछिल्लो समय ११ र १२ को लागि विज्ञान र व्यवस्थापन संकायको स्वीकृतिको लागि अस्थायी सम्बन्धको लागि पहल गरिएको । एकै समयमा स्थापना गरिएको भए पनि यसको भौतिक लगायतका विविध पक्षमा पछाडी रहेको छ । विद्यालयको अध्यापनमा गणित विषयका अतिरिक्त अन्य विषयमा राष्ट्रिय तथा जिल्ला स्तरमा उच्च रहेको, जिलला स्तरीय कार्यालयहरूसँग समन्य गरिएको र जिल्ला शिक्षा कार्यालयले शौचालय निर्माण, जिल्ला प्राविधिक कार्यालयबाट दुई कोठे भवनको निर्माण लगायतका कामहरू, भएतापनि यस विद्यालयका चुनौतीहरू अन्य विद्यालय भन्दा फरक र जटिल रहेकालाई यहाँ राम्ररी समेटिएका छन् ।

सहिद स्मृति माध्यमिक विद्यालय , तुल्सीपुर १७, वनकट्टी, दाङयस विद्यालयको स्थापना २०६६ सालमा अन्य स्कूलको नियमानुसार भएको, यस विद्यालयमा हाल मध्य पश्चिमाञ्चलका १५ जिल्ला र कपिलबस्तु गरी १६ जिललाका सहिद, घाइते, अपाङ्ग, वेपत्ता योद्धाका सन्ततीहरू लगायत अति विपन्न दलित, अल्पसंख्यक ,सिमान्तकृत बालबालिकाहरूले अध्ययन गर्नै गरेका ११ र १२ मा व्यवस्थापन सञ्चालन रहेको, विवरण, निरन्तर खट्ने व्यवस्थापन समिति, अङंगेरजी माध्यममा पठनपाठन पर्याप्त संख्यामा विद्यार्थी, विद्यालय भवन र पाकघर, आदिको व्यवस्था, प्रयाप्त कम्पुटर लगायतको ल्याव, खेलमैदन, मनोरम वातावरण समन्य र खेल आदि विषयमा विवरण यहाँ आएका छन् । उपलब्धीको साथसाथै धेरै चुनौतीहरूपनि यहाँ दर्शाइएका छन् । सबै द्वन्द्व पीडित बालबालिकाले अध्ययन गर्न नपाएका, पूर्व प्राथमिक कक्षको व्यवस्था नभएको, खेलकुद सामाग्री प्रयाप्त नभएको,, कम्पाउण्डबार नभएको आदि लगायत थुप्रै समस्याहरू, विद्यालयका अपेक्षाहरू, विद्यालयका आगामी कार्य योजनालाई पनि अध्ययनले समेटेको छ ।

सहिद स्मृति माध्यमिक विद्यालय ,जिरी नगर पालिका वडा नं ६ , दोलखायस पाठशालाको पनि अन्य विद्यालय सरह स्थापना २०६६ सालमा १२ रोपनी जमिनमा गरिएको, । अध्ययन अवधीसम्म यस विद्यालयले एसएलसीका ३ व्याचलाई उत्रिण गराइसकेको अंङ्ग्रैजीमा पठनपाठन,, ११ र १२ को कक्षा सञ्चालनको लागि गर्दै जाने तयारी, अन्य विद्यालय भन्दा यहाँ  लोपोन्मुख, अतिसिमान्त्कृत, तीन नम्बर प्रदेशमा पर्ने भुकम्पमा परी बाबु आमा गुमाएका बालबालिकालाई यसले समेटेको विवरण, २०७२ साचलको भूकम्पले  यस विद्यालयका १५ कोठे भवनका ५ कोठाहरू पूर्ण रूपमा क्षती गरेको र एनसेटमार्पmत रेट्रो फिटिङको लागि इष्टिमेट तयार  आदि विवरण यहँ आएका छन् । एक लाखको अक्षय कोष खडा गरी एसइईपरीक्षामा उत्कृष्ट हुनेलाई पुरस्कार व्यवस्था, सतप्रतिशत व्दिार्थी उत्रिण गर्न विद्यालय स फल,विद्यार्थीको सर्वाङ्ग विकासको लागि अतिरिक्त क्रियाकलाप, तेक्वान्डो खेल, मासु व्यवस्थापनको लागि बंगुरपालन, विद्यालय परिसरमा समार्टसेलले भाडामा टावर राखेको र सो रकमबाट राहतको शिक्षक राखिएको, आदि विवरण समेटिएका छन् । अन्य विद्यालय भन्दा जस्तै थुप्रै समस्या यहाँ पनि देखिएका छन् । त्यो भन्दा बढ्ता समस्यामा भूकम्पले पु¥याएको ,जाडोमा तातोपानकिो लागि सोलारको आवश्यक्ता, शैक्षिक सामाग्रीको मर्मतको लागि बजेटको अभाव, न्यानो कपडाको कमी, सम्बन्धित निकायबाट अनुगमको कमी , इनटरनेट जडान नभएको आन्तरिक रूपमा भए पनि शिक्षकलाई स्थायी गर्नु पर्ने, सहिद प्रतिष्ठानले सहयोग गर्ने शैक्षिक सामाग्री शैक्षिकसत्रको सुरुमा उपलब्ध गराइ दिनु पर्ने, जिल्ला शिक्षा कार्यालयले सरकारी विद्यालयलाई दिने गरेकोृ सुविधा यस विद्यालयलाई पनि दिनु पर्र्ने  आदि थुप्रे समस्यालाई यहाँ दर्शाइएको छ ।

यस अध्यनको समुच्च सुझाव र निश्कर्ष पनि यहाँ दिएको छ । सरकारले आप्mनो संरचनाभित्र ल्याएर सञ्चालन गर्नु पर्ने, सार्वजनिक शिक्षाको क्षेत्रमा प्रदान गर्ने रकम एकद्वार प्रणलीमा गरिनु पर्ने र गाउँपालिकामा २ र महा/उप/ नगरपालीकामा आवश्यक्ता अनुसारको आवासीय विद्यालय खोलिनु पर्ने, विभिन्न छात्रबृत्तिलाई सुविधा सम्पन्न विद्यालय सञ्चालनमा रुपान्तरण गरिनु पर्ने, यसप्रकार विद्यालयहरु क्लष्टरवेस्ड वा जोनिङ अवधारणामा चलाउनु पर्ने, थप गरिएका नमुना विद्यालयलाई यी विद्यालय जस्तै आवासीयको रुपमा सञ्चालन गर्न सकिने, सुरक्षा तथा विपत् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनु पर्ने, आवश्यक्ता अनुसार प्राविधिक धारका विषय कक्षा सञ्चालन गरिनु पर्ने, शान्ति प्रकृयाबाट विद्यार्थी संख्या घट्ने अवस्थामा समुदायका सबै प्रकारका विद्यार्थीलाई भर्ना गरेर सञ्चालन गरिनु पर्ने, स्थानीय अभिभावको सहभागिता, विनियमावलीमा परिमार्जन, यी विद्यालयका विद्यार्थीले नेपाल सरकारका छात्रबृत्ति तथा अन्य सेवा सुसविधामा प्रतिष्पर्धा गर्न पाउनु पर्ने, शैक्षिक गुणस्तर सुधार्न र शिक्षकको मनोबल उच्च राख्न शिक्षकलाई स्थायी गर्नु पर्ने, शिक्षकको तलव तथा अन्य सुविधामा सरकारले प्रदान गर्ने सरह एकरूपता हुनु पर्ने, सञ्चयकोष कट्टी रकमलाई वैंकको चल्ती खातामा नभै सञ्चयकोषको कार्यालयमा जम्मा गरिनु पर्ने, सहिद स्मृति विद्यालयमा प्रारम्भिक समयदेखि कार्यरत शिक्षकले शिक्षा ऐनको पछिल्लो संसोधनले गरेको गोल्डेन ह्यण्डसेकम सुविधा प्राप्त गर्नु पर्ने, शिक्षकको विषयगत तालिमको व्यवस्था हुनु पर्ने र जिल्ला शिक्षा कार्यालयले समय समयमा प्रदान गर्ने तालिममा यी शिक्षकलाई पनि सहभागी गराउनु पर्ने, व्यवहारिक शिक्षा तथा ज्ञानसीपमा केन्द्र तथा स्थानीय सरकारले ध्यान दिनुपर्नेआवासीय विदालयमा २४सै घण्टा स्वास्थ सेवा, कृषिको लागि जेटिए र पशुपालनको लागि भिटिएको व्यवस्था हुनुपर्ने, अनुशासन, मर्यादा, र नियम बाँधेर, शिक्षक कर्मचारी तथा व्यवस्थापन समिति परिचालन गर्दा तुलनात्मक रूपमा सन्तोष जनक नतिजा आएँछ भन्ने  प्रमाण यी स्कुलले प्रमाणित गरेका कुरा, १११२ अध्ययनपछि उच्चशिक्षा तथा तथा रोजगारीको व्यवस्थापन सरकारले व्यवस्था मिलाउने कुरा, शिक्षालयका लागि व्यवस्थित र पूर्ण पुस्तकालय एवम् प्रयोगशालको व्यवस्थापन हुनुपर्ने कुरा, जनमानसमा यो स्कूललाई माओवादी स्कूलको रूपमा हेरिने गरिएकोमा यसको लागि समुदायका इच्छाएका व्यक्तिका बालबालिकालाई पठनपाठन गराउन पर्ने कुरा ,वित्त लगायतका शैक्षिक सामाग्री पु¥याउन सम्बन्धित निकायले ध्यान दिनु पर्ने,दुर्गम र सुगम स्थानका विद्यालयलाई बजेट विनियोजन गर्दा फरकरूमा गरिनु पर्ने, आर्थिक कारोवारमा आर्थिक पारदर्शी र आर्थिक सुशासनमा प्रत्याभूतिकाो बातवरण सुनिश्चित गर्न ध्यान दिनु पर्ने,सार्वजनिक स्रोतको पहिचान गरी योजना बनाएर जुटाउनु पर्ने, विद्यार्थी र शिक्षकलाई शैक्षिक भ्रमण, अवलोकन गराउन पर्ने, स्थानीय आवश्यक्ता अनुसार बहुभाषीक पाठ्यक्रम र शिक्षकको व्यवस्था गरिनु पर्ने र शिक्षक कर्मचारीको लागि सरुवा, बढुवा, तथा पुरस्कृत गरिने धारणा कृतिकारले सप्रमाण तथा पुष्टिगत धारणा सहित प्रस्तुत गरेका छन् । यहाँ निश्कर्ष पनि प्रस्तुत गरिएको छ जो माथि आएकै धारणा यहाँ प्रस्तुत गरिएका छन् । त्यसो हुँदा मैले सानो धारणा यसरी राख्न चाहें समग्र अध्यनले विद्यालयलाई नतिजामूलक सञ्चालन गरिनु पर्ने विद्यालय भौतिक रूपमा सम्पन्न हुनुपनेर्, शिक्षक र कर्मचारीलाई सरकारले अन्य विद्यालयमा दिए सरह सुविधा प्रदान गर्नु पर्ने, जन आन्दोलन र मधेश आन्दोलनका पीडित बालबालिका बाहेक अन्यबालबालिकाले अध्ययन गर्न पाउने व्यवस्था मिलाउन पर्ने जस्ता गहन विषय उठान गर्दै त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भनी सुझाव समेत यस अध्ययनले दिएको छ । अतः अध्ययनले शिक्षा क्षेत्रका सबै पक्षलाई समेट्ने प्रयास गरेको छ । 

यस अध्ययनको दोस्रो शीर्षक छ "विद्यालय सुशासनः कस्को दायित्व ?" यस शीर्षकमा थुप्रै उपशीर्षक छन् । यी उपशीर्षकमा सवाल प्रारम्भ, शिक्षामा सुशासनको सन्दर्भ, हामीले खोजेको विद्यालय शिक्षा, विद्यालीय शिक्षा विकासको दिशा, शिक्षा अधिकारको खाँचो, संवैधानिक व्यवस्था, हालको अवस्था र उपलब्ध अवसर, विद्यालय शिक्षाका वर्तमान दशा, विद्यालय शिक्षासँग गाँसिएका जन अपेक्षा विद्यालय सुशासनमा सरोकार वाला, शिक्षामा भ्रष्टचार, अनियमितता र वेथिति सम्बन्धमा अध्ययन कर्ताले दिल खोलेर सवालको प्रारम्भ गरेका छन् । लोकतन्त्रको लागि सार्थक र सम्बर्धन योग्य शिक्षाको आवश्यक्ता, सुशासनको आवश्यक्ता सक्षमताको आवश्यक्ता, जनमुखी तथा व्यवहारिक एवम् गुणस्तरीय शिक्षा जसबाट शिक्षा आर्जन गरेपछि विद्यार्थी सवल होस्, आप्mनो खुट्टामा उभिन सकोस्, नयाँ सोच र अग्रगामी विचार, अघि बढ्न सकोस्, सरकारले सबैको पहुँच पुग्ने गरी शिक्षा सञ्चालन गर्नु पर्ने , संविधानले तोकेको अधिकारलाई व्यवहारमुखी गराउने, वर्तमान अवस्थामा सामुदायिक विद्यालयलाई कसैले पनि अपनत्व नदेखाएको अवस्था, असल शासनको कमी, आदिलाई नियाल्दै अध्ययनकर्ता लेख्छन् –"हिजो आज पनि शिक्षा क्षेत्रमा तदर्थवाद, अनियमितता,अस्थिरता,अन्यौलता,र अकर्मण्यता,हाभी भै रहेको देखिन्छ ।" यी सबै यथार्थता केलाउँदै अध्ययनकर्ताले सुशासनको निम्ति अवको दिशा निर्दिष्ट गर्दै सरकारको दायित्व, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक, संघको दायित्व ,प्रधानाध्यापकको दायित्व, शिक्षकको दायित्व, विद्यार्थीको दायित्व, अभिभावकको दायित्व, राजनैतिक दलको दायित्वलाई प्रष्ट पार्दै विद्यालयमा सुशासनका पूर्वशर्तको केही बुँदाहरू,, विद्यालय सुशासनका चुनौतीहरू, शैक्षिक क्षेत्रमा सुशासनका लागि सहयोगी आधारहरूलाई प्रष्ट्याउँदै  यसोगरे के होला भन्दै शिक्षालाई प्रभावकारी रूपमा  अगाडी बढाउन सुझावहरू प्रस्तुत गरेका छन्

"शिक्षामा सुधारका लागि सरोकारित व्यक्तिको आचारण संस्कार, बानी व्यहोरामा परिवर्तन ल्याउनु पर्छ ।" यसो गर्दा इमान्दारी पूर्वक काममा खटिदा सुधार हुने धारणा आएका छन् ।

"नागरिकलाई विवेकशील, उद्यमी, नवीन सोचयुक्त, सेवक र हितकारी चरित्र युक्त, सदाचार, संस्कारयुक्त, र सभ्य नबनाउँदासम्म बास्तविक समृद्धि सम्भव छैन ।" शिक्षबाटै यो सम्भव हुन्छ भन्ने धारणा ।

"मुलुक बनाउने नागरिकले हो ।" देश निर्माण गराउने नागरिकलाई बहुआयामिक ज्ञान सीपको आवश्यक्ता हुन्छ । यो केवल शिक्षाबाटै सम्भव छ भन्ने धारणा "शिक्षालाई मानव विकासको इन्जिनको रूपमा मान्ने गरिन्छ ।" यसको लागि इन्जिन बलियो हुनु पर्छ । त्यसको लागि गुणात्मक शिक्ष नै आवश्यक पर्दछ भन्ने धारणा ।शिक्षाक्षेत्रमा शिक्षक नियुक्ति लगायत पाइला पाइलामा राजनीतिक हस्तक्षेप गरिएको देखिन्छ ।यति सम्मकी विद्यालय र कलेज समेत काँग्रेशका र कम्युनिष्टका भनि अलग्याउने गरिन्छ । यो शिक्षा आर्जन गर्न चाहने सबैको लागि घातक हो । यस विषयमा अध्ययन कर्ताको धारणा यसरी प्रस्तुत भएको छ –"नेपालको समग्र शैक्षिक सुधारको लागि, शिक्षा क्षेत्रमा अराजनीतिकरण प्राथमिक खाँचोको विषय हो ।" शिक्षाप्रणालीलाई राजनीति मुक्त बनाउनु पर्ने, विद्यालयलाई शान्तिक्षेत्र बनाउन सबैको सहमति हुनु पर्ने , "विद्यालय शिक्षाको विभिन्न सूचकमध्ये सुशासन मुख्य हो ",सुशासन भन्दा असल शासन भन्ने बुझिन्छ यसको लागि "विद्यालय शिक्षाको सुशासनमा पनि  जवाफ देहिता,पारदर्शिता, जिम्मेवारी रुपान्तरण हस्तान्तरण भ्रष्टचारविहीनतालगायतका अन्य पक्षहरू रहन्छन् ।यी सबै कुराहरूलाई सकरात्मक ढङ्गले सम्बोधन गरेर नीति र नियतमा तादम्यता मिलाएर अधि बढ्दा मात्र विद्यालयमा सुशासन स्थापना भएको मान्न सकिने आधार तय हुनेछ ।"

विद्यालय शान्तिक्षेत्र र सरोकारवालाहरूको भूमिका यस शीर्षकमा अध्ययन कर्ताले १० ओटा उपशीर्षकमा अप्mना धारणा राख्ने र ११औं उपशीर्षकमा निश्कर्ष पस्किने गरेको देखिन्छ । विषय प्रवेशमा विद्याको महत्व,देशको सर्र्वाङ्ग विकासमा शिक्षाको महत्वपूर्ण भूमिकालाई केलामउँदै –"बालबालिकाले दण्ड र त्रास रहित शान्तिपूर्ण वातावरणमा लेख्न पढ्न र हुर्कन पाउनु पर्छ ।" साथै "मूलतः विद्यालयमा अध्ययनरत बालबालिकाको कुनै पनि नामको द्वन्द्व ,युद्ध, हिंसा, विरोध, प्रतिरोध आदिसँग प्रत्यक्ष सरोकार हुँदैन ।"आदि धारणा, शान्तिको अर्थबोधका कुरा,शान्तिको आत्मिक र बस्तुगत अर्थ,, समस्याको चुरो,बादलमा चाँदिको घेरा,शिक्षा क्षेत्रको सीमा, प्रमुूख चुनौतीहरू, शान्तिशिक्षा आजको आवश्यक्ता,आदि धारणालाई गहन विश्लेषण गर्दै विद्यालयमा शान्ति शिक्षालाई प्रवर्धन गर्ने तत्वहरूको किटान गर्दै जस्तै विविधतालाई स्वीकार गर्ने, समन्ष्य सहकार्य, प्रभावकारी सञ्चार भावनाहरूको सकरात्मक प्रस्तुति द्वन्द्वको अहिंसक तथा सिर्जनात्मक समाधान, सुशासनको विकास,, व्यापक जनसहभागिता, जवाफ देहिता,र समावेशीता । यी तत्वहरूलाई व्यवहारमा उतारिन्छ भने अवश्य शिक्षालाई सहजै प्रवर्धन गर्न सकिन्छ । सरोकारवाला को हुन् भन्नेतर्फ पनि  व्याक्तिगत तह, परिवार तह, समाज तथा समुदाय तह,संस्थागत तह र राज्यको तहलाई समेट्दै सरकारी गैरसरकारी, विद्यालय, विद्यार्थी , राजनैतिक दल अभिभावक लगायत पत्रकार र सञ्चारमाध्यमहरूसमेत सरोकारवालामा अध्ययन कर्ताले प्रष्ट पारेका छन् । विद्यालयलाई शान्तिक्षेत्र बनाउन चालिनुपर्ने कदमलाई पनि समेटिएको छ । यी काम त सर्वप्रथम सरकारको दायित्व हो । सरकारको दायित्व भनेर कोही पनि सरोकारवाला पन्छिन पाउनु हुँदैन । सबैको एकिकृत प्रयास नै विद्यालयलाई शान्ति क्षेत्रमा परिण गर्न सकिन्छ । अध्ययन कर्ताले सरोकारवालाको यहाँ लामो सूची प्रस्तुत गरेका छन् । अन्त्यमा निश्कर्षमा पुग्दै भन्छन् –"संविधानमा व्यवस्था भएका यी प्रवाधानहरूलाई  कडाइको साथमा पालना गरिएमा शान्ति स्थापनाको जनचाहना पुराहुन सक्छन् ।" द्वन्द्व निम्त्याउने खालका सबै प्रकारका जातीय शोषण, विभेदको अन्त्य हुनुपर्ने, शान्ति क्षेत्रबन्दा विद्यार्थीले अध्ययन गर्न पाउने, यसरी "शान्तिका लागि हामी", ",शान्ति सबैको साझासवाल,"  "सबैतिर शान्तिशान्ति क्षेत्र,","शान्तिको लागि समुदायको पहल" जस्ता कार्यक्रमको व्यापकरूपमा परिचालन,गर्नुको साथै अध्ययनकर्ताको धारणाणामा आदर्श समाजको निर्माण गर्नको लागि शान्ति समानता, एकता र न्यायको संस्कृतिको निर्माणा हुनुपर्ने "शान्तिपूर्ण परिवेशमा हुर्केका र पढेका जनशक्तिबाटमात्र नयाँ नेपालको परिकल्पनालाई, सार्थक बनाउने हैषियत रहन्छ ।" भन्ने धारण यहाँ आएका छन् ।

अपाङ्गता भएका बालबालिकाका शैक्षिक सवाल र सरोकारवालाको भूमिका यस शीर्षकले नयाँ शिक्षा पद्धति २०२८ ले व्यवस्था गरे अनुसार शिक्षमन्त्रालयले वि.सं. २०३० सालमा शिक्षा परिषदको स्थापनागरी विशेष प्रविधिको माध्यमबाट दृष्टि विहीनलाई ब्रेलिपी,र शान्तेकितभाषको माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको, अपाङ्ग संरक्षण तथा कल्याण ऐन २०३९ को दफा ६ उपदफा "" "" बमोजिम देशभरीका सरकारी विद्यालय र त्रिभुवन विश्व विद्यालयका आङ्गिक क्याम्पसहरूमा निःशुल्क शिक्षकोव्यव्स्था गरिएको र विभिन्न समयमा विभिन्न निकायले तयार पारेका ऐन, नियम, निर्देसिका लगायत नेपालको संविधान२०७२ भाग ३ मौलिक हक अन्तरगत धारा ३१ को उपधारा ३ ले समेत अपाङ्ग भएकालाई उच्चशिक्षासम्म निशुल्क शिक्षा दिने व्यवस्था भएको धारणा समेटिएको छ। हालसम्म १६९ वटा बहिरा बालबालिका को लागि स्रोत कक्षाको व्यवस्था यसरी नै ११९ वटा बौद्धिक अपाङ्गताको लागि,स्रोत कक्षा र ८१ वटा दृष्टिविहीन बाालबालिकाहरूको लागि स्रोत कक्षा सञ्चालन गरिएका, रु १०० देखि ३०,०००सम्म छात्रबृत्ति, हाल ७५६३३ जना अपाङ्गता भएका बालबालिका विभिन्न विद्यालयमा अध्यापन गरेका विवरणहरू यहाँ समेटिएका छन् । यहाँ चुनौतीहरू,सरोकारवालाको अपेक्षित भूमिका लाई समेट्दै, निश्कर्षमा अध्ययनकर्ताले भन्दछन् – "अपाङ्गता भएका व्यक्तिहरू पनि अन्य व्यक्तिसरह सम्मानित र गौरवान्वित हुन सक्छन् भन्ने तथ्यलाई बुभ्mन र उनिहरूको विशेष आवश्यक्तालाई यथोचित सम्बोधन गर्न सरोकारवाला पक्ष तयार हुँदा मात्रै चुनौतीलाई सम्बोधन गनशर््सकिने अवस्था छ ।"

दलीय राजनीतिले निम्त्याएको शैक्षिक उल्झन यस  शीर्षमा कृतिकारले "यहाँ अराजक,असन्तुलित र हठवादी राजनीतिले शिक्षालाई पुच्छर बनाएर अघि बढ्ने भय देखिएको छ ।ज्ञान विज्ञानको आलोक छर्ने विद्यालयहरू राजनैतिक फोहोरी खेलको मैदानका रूपमा परिणत गराइँदैछ ।" यी उपरोक्त पंङ्तिबाटै शिक्षामा राजनैतिक प्रभाव कस्तो छ भन्ने यथार्थता प्रष्ट हुन्छ । शिक्षक र विद्यार्थीले यस देशको राजनीतिलाई थामिदिनु परेको छ ।स्कुलमा कुनै पदमा बहाली गर्नु परेको खण्डमा सक्षम व्याक्तिले भन्दा कुनै दलको नेताको झोला बोक्ने कार्यकताले नियुक्ति पाएको हुन्छ यस लेखमा राजनीतिक दलहरू मार्पmत गराईएका क्रियाकलापलाई प्रष्ट पार्दै कृतिकारले लेख्छन् –. "...., जिम्मेवार राजनीति  दलहरूले विद्यालयमा कुनै पनि बहानामा राजनैतिक हस्तक्षेप नगर्ने र आप्mना भगिनी संगठनहरूलाई पनि विद्यालयमा राजनीति नगर्न हेतु प्रतिबद्धता सार्वजनिक रूपमा गर्न र त्यसको कार्यन्वयन गरेर देखाउनु आवश्यक छ ।"

शिक्षा क्षेत्रको धमिलो ऐना नेपालमा औपचारिक शिक्षको पा्ररम्भ करिब १६० वर्ष भए तापनि २००७ सालपछि सर्वसाधरण जनताले अध्ययनको अबसर प्राप्त भएको भन्न सकिन्छ । त्यतिवेला ५ प्रतिशत रहेको साक्षरता २०१८ सम्म आइपुग्दा शिक्षा ७४ प्रतिशतमा पुगेता पनि ४ प्रतिशत बालबालिका शिक्षाको पहुँच बाट बञ्चित छन् । शिक्षालाई जीविको पार्जनमुखी बनाउन नसक्नु, समय सापेक्ष शिक्षानीति बनाएर लागु गर्नु पर्ने,।शिक्षामा सुधार आउनु पर्ने, शिक्षको लागि २० प्रतिशत बजेट छुट्टिनु पर्ने, कतिपय सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी कमजोर देखिनु र अनुशिक्षण द्वारा सक्षम बनाउन सकिने, सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थी नमिल्दा गुणस्तरमा कमी, व्यवसायिक, प्राविधिक, जीवनलाई सहज बनाउने शिक्षाको आवश्यक्ता, हाम्रो मुलुकमा शिक्षालाई राष्ट्रियआवश्यक्ता अनुरूप सामाजिक, आर्थिक प्रणालीसँग  आवद्ध गर्न नसक्नु, शिक्षा शैक्षिक बेरोजगार जन्माउने केन्द्र जस्तो बन्नु, शिक्षामा व्यपार, शैीक्षक प्रणाली नै फितलो,, शिक्षालयमा भौतिक सुविधाको कमी लठ्ठीमा विश्वास राख्ने शिक्षक, आदि धेरै चीजको कमीले गर्दा गुणस्तरीय शिक्षा बालबालिकाले प्राप्त गर्न सकेका छैनन् भन्ने धारण समेटिएको छ ।शिक्षा क्षेत्रका केही उल्झनहरू–  यस विषयमा पनि कृतिकारले धेरै कुराहरू उठाएका छन् ।आजको शिक्षा कसरी अगाडी बढिरहेको छ भन्ने यथार्थतालाई लेखकले यसरी प्रस्तुत गरेका छन् –"अचेल शिक्षाका नाममा व्यपारीकारण मौलाइरहेको छ ।शैक्षिक अराजकता, र मनपरितन्त्रले स्थान लिइरहेको छ ।"यसरी नै विद्यार्थीमा उच्छृङ्खलता बढ्नु सबैले जिम्मेवारीबाट टाढा भाग्नु, शिक्षहरूमा पनि अयोग्य र राजनीतिक दलका झोला बोक्नेले नै प्रशय पाउनु, अभिभावकले पनि आप्mना छोराछोरीलाई पु¥याउनु पर्ने आप्mनो दायित्वबाट पन्छिने प्रबृत्ति हावी भएको, शैक्षिक प्रमाणपत्र किनबेचको धन्दा, भौतिकवादी शिक्षाको सही प्रयोग नहुँदा यसले अमनचैनमा दखल पु¥याएको, गुरुचेला बीचको सम्बन्ध नराम्रोसँग धमिलिनु, आदरभावबाट टाढिनु, गुरु भनेका मैनबत्तीजस्तै हुन भन्ने भावनाबाट टाढिनु, र गुरुपनि आप्mनो मर्यादामा बस्न नसक्नु, उच्चस्तरको शैक्षिक वातावरण निर्माण गर्न इतिहासबाट सिक्नुपर्ने, आज श्रद्धेय गुरु र गुरुआमाको दृष्टिकोण, र व्यवहारले बाटो बिराएको, शिक्षक समयमा विद्यालय नजानु, ट्युसनले मलजल पाउनु,शिक्षमा बौद्धिक शोषण, दलीय भागबण्डाको आधारमा अवसरको बाँडफाँड, गरिनु आदि थुप्रै विकृतिलाई लेखकले उठाउँदै भन्दछन् –"जवसम्म मानको हृदयमा पसेर मानवलाई एक श्रेष्ठ जीवन स्वप्नले भरिदैन , त्यो शिक्षा हैन साक्षरतामात्र हो । साक्षरताको स्थितिले मात्र शिक्षाको उच्चाइलाई आत्मसाथ गर्न सक्दैन ।" विद्यार्थीले सिक्ने विभिन्न बाटा हुन्छन् । यी बाटोमा प्रमुख विद्यालय त आप्mनै घर हो र प्रथम गुरुबाबा र गुरुआमा त मातापितानै हुन् । यी बाहेक धेरै बाट सिक्न र सिकाउन सकिन्छ । लेखकले आश्यक के हो त भन्ने कुरामा यसरी उभिएका छन् ––"मूलत ः जीवनोपयोगी शिक्षामा कर्तव्यप्रधान जीवनदृष्टिको स्थापना अत्यान्त आवस्शयक कुरा हो  ।" "आर्य  ऋषिहरूको दृष्टिकोणमा विद्या त्यही नै हो ,जो अज्ञानको बन्धनबाट मुक्त गर्न  सक्दछ ।" यसरी पद्धमूर्ख उत्पादन गर्ने शिक्षा, सार्थक शिक्षा प्रदान नगर्ने काम, गैर जिम्मेवारी, बेइमान, धोकाधडी र चाकडीमा आस्था राख्नेको जमात तयार गर्न नहुने, पश्चिमवा संस्कृति भित्र्याउने काम, आदि शिक्षाले पार्ने प्रभावका सत्यतथ्य र विकृति के कति छन् भन्ने यथार्थतालाई लेखले विश्लेशण गरेको छ र साथै सहिमार्ग के हो र कसरी अगाडी बढाउने भन्ने मार्गदर्शन पनि लेखमा आएका छन् । आजको आवश्यक्ता भनेको आप्mनो खुट्टामा उभिन सक्नु हो । आप्mनु खुट्टामा उभिन आपूmले नै आप्mनो काम आफै गर्नु हो । नत हाम्रो संस्कृति ,शिक्षा नत शिक्षक, र नत अभिभावक कसैले पनि विद्याथर्गीलाई सिकाउन सकेका छैनन् । यस विषयमा कृतिकारले विविध पक्षलाई समेट्दै, शिक्षाको उदेश्य के त  भन्ने प्रश्नमा यसरी प्रस्तुत भएका छन् –"शिक्षको सबै भन्दा महत्वपूणर्  उद्देश्य विद्यार्थीहरूमा कर्तव्यपरायणता, कर्मशीलताको विकास गर्नु हो ।" कुनै विद्यार्थीले कर्तव्यको बोध छैन, काममा अग्रसरता दर्शाउँदैन स्वयम् आप्mनै लागि के गर्न हुन्छ के गर्न हुँदैन भन्ने बोध छैन भने त्यस्ता शिक्षा आर्जन गरेर के नै हुन्छ । यस लेखको अन्त्यतिर लेखकले भन्दछन्– "ज्ञानको सत्यता प्रयोगमा हुन्छ , व्यवहारमा हुन्छ, र ज्ञानको सार्थकता, त्यसको सदुपयोगमा हुन्छ, सदाचारमा हुन्छ, " यति मात्र हैन लेखकले आजको शिक्षको आवश्यक्त के हो भन्दै लेख्छन् – " जीवन र जगतलाई ठोस ढंगले बोध गर्न सक्ने बास्तविक र वैज्ञानिक शिक्षा आजको समयको आवश्यक्ता हो ।" यसको लागि सबै सरोकारवाला लाग्नु पर्ने लगायतका विविध बिचारको चिन्तन मनन गर्दै शिक्षा क्षेत्रका केही उल्झनहरूलाई प्रष्ट्याउने प्रयास भएको छ ।

शिक्षामा समावेशीकरण लेखकले यस विषयमा पनि थुप्रै धारणालाई विश्लेषणमा ल्यानु भएको छ । मेरो धारणामा समाबेशीकारण भनेको सरकारको हरेक क्षेत्रमा देशका सबै प्रकारका मानिसलाई न्यायोचितरूपमा सहभागी गराउने हो ।संविधान तथा नीति नियम, कानुन आदिमा समावेशी भनिए पनि सहजरूपमा र न्यायोचित रूपमा समावेशी भएको देखिदैन । शिक्षाको अधिकार सम्बन्धमा लेखकले चार ओटा आधारभूत विशेषता बतलाएका छन्– १ ती हु नअनिवार्य तथा निशुल्क  प्राथमिक शिक्षा, २ मााध्यमिक तथा उच्च शिक्षामा पहुँच ३ पाठ्यक्रम तथा शैक्षिक सामाग्री, र ४ शैक्षिक अवसर तथा स्वतन्त्रता । संविधान निर्माण भै सकेको हुँदा अबको शिक्षाले संघीय लोकतान्त्रिक गणतन्त्रको समग्र खाकालाई आत्मसाथ गर्नु जायज हुने कुरा,नयाँ नेपालको निर्माणको लागि  जमिन, जंगल, जल र जडिबुटीको भरपर्दो उपयोग गरी, राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउन सक्ने खालका योद्धा तयार गर्ने शिक्षाको आवश्यक्ता तथा आजको शिक्षाले थुप्रै महावीर पुनहरु जन्माउने जस्ता जनशक्ति उत्पादन गरेर देशलाई अगाडी लान सक्न्पर्ने कुरा यहाँ आएका छन् । शिक्षाको विकासको लागि विद्यालय सुधार योजनामा बनाउन जन सहभागिता हुनु पर्ने, राम्रा योजना बनाइनु पर्ने र यी सबै काममा विद्यालय व्यवस्थापन समिति, अभिभावकसंघ, शिक्षक सबैको कर्तव्य र दामयित्व बोध हुनु पर्ने हुन्छ । सबै मिलेर शिक्षित र दिक्षित बनेर बनाएर जीवन र जगतलाई सार्थक बनाउन सक्ने जनशक्तिको  आवस्यक हुन्छ । यस विषयलाई लिएर लेखक यसरी प्रस्तुत भएका छन् æशिक्षा क्षेत्रमा हावी भैरहेको तदर्थवाद, हैकमवादी प्रबृत्ति, व्यपारीकरण, मनपरितन्त्र, अनियमितता, मुढाग्रहलाई नजिकबाट चुनौती दिन जरुरी भैसकेको छ ।" लेखकको यो धारणालाई अगाडी लान सकिएन भने यिनै चीज बाधक बन्दछन् । लेखकले सक्रिय, दक्ष, क्रियाशील, ठगीखाने नभै गरिखाने शिक्षाको आवश्यक छ भन्दै आप्mनो लेखनीबाट विश्राम लिन्छन् ।

शिक्षा चिन्तन एउटा अनुसन्धान मूलक लेखको कृति हो । जनयुद्धले निम्त्याएको द्वन्द्वपीडित बालबालिकालाई लक्षित गरी खोलिएका सहिद स्मृति आवसीय विद्यालयको सम्बन्धमा विविध दृष्टिबाट अध्ययन गरी त्यस्मा प्राप्त यथार्थतालाई  विवरणात्मक रूपमा विश्लेषण गरिएको छ । अध्ययनको स्वरूप, अध्ययन कर्ता विशेष, स्थान विशेष, सामाजिक, परिवेश, घटनाको प्रकृति तया प्रवृत्ति, पूर्व  साहित्यको अध्ययन अल्पकालिन तथा दीर्घकालिन उद्देश्य, अध्ययनको तरिका,त्यसबाट प्राप्त नतिजा अनि त्यो नतिजाको विश्लेषणबाट प्राप्त सकरात्मक तथा नकरात्क नतिजा, सुझाव र निश्कर्षमा पुगेपछि त्यो अध्ययन समाप्त हुन्छ । यहाँ राजेन्द्रजीले स्थलगत अध्ययन, सम्बन्धीतहरूसँग अन्तरक्रिया सम्बन्धित निकायहरूका प्रतिवेदन, सम्बन्धित कानुन, संविधान, अदिको गहिरो अध्ययन गरेर यो कृति तयार पारेको देखिन्छ । अध्ययनका प्रयोग गरिएका सबै पक्षको संक्ष्ेप्तिकरण त्यति सहज हुँदैन तर पनि भावसारलाई पस्कने प्रयास गरेको छु ।कृति स्यानो (१४२) पृष्ठको छ तापनि यसले पस्केका शिक्षा सम्बन्धी यथार्थता  विशाल छन्। यस सम्ँबन्धमा लेखकको शिक्षा सम्बन्धी अथाह ज्ञान, प्रस्तुत शैली, तर्कयुक्त एवम् सटिक विश्लेषण,र सुझावहरू रहरलाग्दा छन् । निश्चय नै यसले दिएका सन्देशलाई सम्बन्धित निकायले कार्यन्यनमा लगेको खण्डमा देशको शिक्षाले कोल्टे फेर्ने छ र राष्ट्रलाई चाहिने जनशक्ति उत्पादन हुनेछ साथै देश विकासमा लम्किने छ भन्ने धारणा सहित राजेन्द्रजीको भावी जीवन उज्ज्वलताको कामना गर्दै विदा माग्दछु ।

धन्यवाद

मित २४ पुषा २०७७ 

January 4, 2021

भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर

exploreकाठमाडौं access_timeपुस २०, २०७७ chat_bubble_outline0
रातोपाटी
60Shares
facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
messenger sharing button
sharethis sharing button

 

 

-सदानन्द अभागी

साहित्यकार भेषराज रिजाल "बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)" बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लियो र देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै "देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)" सिर्जना गरे । देश प्रदेशको यात्रासँगै उनको लेखनीले निरन्तरता पाइरह्यो। यात्रामा उनका पाइला जति अघि बढ्थे, त्यति त्यहाँको आर्थिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक, भौगोलिक, धार्मिक आदि यथार्थतालाई कोर्दै २०६८ सालमा "मेरा पाइलाहरू" र २०६९ सालमा "छरिएका पाइला कोरिएका डोब" नामक नियात्रा सङ्ग्रहहरू पाठक सामु ल्याइपुर्‌याए। प्रथमतː आफूलाई कविको रूपमा चिनाउन सफल भएका भेषराजको कलम कविताबाट कहाँ अलग्गिन सक्थ्यो र ? २०७२ सालमा "अनमोल पुरस्कारहरू" नामक कविता सङ्ग्रहमार्फत पाठकमाझ फेरि झुल्किए। आज भने रिजालको पछिल्लो साहित्यिक कृति "बिसौनी वल्तिर" (नियात्रा सङ्ग्रह, २०७७) मा घोत्लिन थालेको छु म। 

गन्तब्यमा पुग्न को कति सक्षम हुन पुग्छ त्यो त यात्रीमा निर्भर हुने कुरा हो, तथापि हाम्रो उद्देश्य भने जीन्दगीभर अविराम यात्रारत रहनु नै हो। बिसौनीमा पुगेपछि केहीबेर थकाइ मारे पनि फेरि यात्रा अगाडि बढ्नु पर्छ । जीवन बिसौनी वल्तिरकै उकाली ओरालीहरूमा क्रियाशील रहेको देख्न चाहने भेषराजको यात्रा पनि अविरल छ र सुन्दर साहित्यिक सिर्जनामै तल्लिन छ।    

कृतिको संरचनातर्फ हेर्दा, यस कृतिको प्रकाशन राधा बाँस्तोला रिजालले गरेकी छन्। प्रज्ञा रिजालको आवरण धारणामा सजिएको आवरण चित्र भने कवि एवं कलाकार रमेश पौडेलले तयार पारेका हुन्। आवरणमा सगरमाथासहितको सुन्दर हिमाली उचाइ चित्रित छ । यात्राका कठिन कुइनेटामा साथ दिने सहयात्रीहरूलाई समर्पण गरिएको यस कृतिमा नियात्राकार युवराज नयाँघरेको शुभकामना रहेको छ। यस कृतिमा नेपालको हिमाल, पहाड र तराईका विविधखाले २६ वटा नियात्राहरूलाई समावेश गरिएको छ। हरेक नियात्राकारका आफ्नै दृष्टि हुन्छन्, विचार हुन्छन्, मौलिकता हुन्छन् अनि प्रस्तुति पनि। त्यसो हुँदा एउटा स्रष्टाको लेखसँग अर्का स्रष्टाको लेखलाई तुलना गर्न मिल्दैन । तुलना गर्दा दुबैखाले रचनाको मौलिकतामा असर पर्न सक्छ। भेषराजको लेखनशैली पनि आफ्नै मौलिकतामा सजिएको छ। उनका पदयात्रामा दर्शिएका विविध सिर्जनाहरूको प्रस्तुति अतुलनीय छ। पाइला पाइलाको सहयोगमा गन्तव्यमा पुग्ने हो। पाइलाहरूमा टाँसिएका हरेक कणबाट सिर्जना भएको प्रतीत हुन्छ यो नियात्रा सङ्ग्रह। यी पाइलाका कथाहरूको थालनी सम्बन्धमा भेषराज यसरी प्रस्तुत भएका छन्– "एकाध हरफ भेटिएथे पाइलाको धुलोसँग टाँसिएर आइपुगेका। एकाध भावनाहरू छोइएथे मन पग्लेर बलेनीझैँ तप्किएका। धेरै सम्झनाहरू विथोलिएका थिए, छुटेका थिए र हराएका थिए। हृदयका पत्रमा स्नेहका अजम्बरी सम्झनाहरू बटुल्न खोजेँथेँ। मान्छेहरूको मन जोडिएको गाउँबस्तीका भूगोल, प्रकृति र जनजीवनले मोहित भएँथेँ र त्यहाँबाट सुरू भएका हुन् पाइलाका कथाहरू।" 

यात्राका क्रममा देखिएका सबै कुराहरू मन–मस्तिष्कमा रहिरहन अवश्य सक्दैनन्। नियात्रा लेखनमा दिनुपर्ने सन्देशहरू यस कृतिमा समेटिएका छन्। प्रस्तुत नियात्राकै सन्दर्भमा भेषराजको धारणा यस्तो छ– "कोर्न मन थियो ढुकढुकीका जीवन गीत, लेख्न मन थियो आँखाले क्षितिजका पानामा झैँ, कति लेखियो कति लेखिएन।" एउटा लेखकले पाठकलाई दिन चाहेका सन्देशहरू निश्चय नै पूर्णरूपले नसमेटिन सक्छ तर जुन उद्देश्यलाई लिएर कलम चल्छ, अवश्य त्यसले यथार्थ धरातल छिचोलेमा पाठकलाई सन्तुष्टि पनि मिल्छ। हो,यस कृतिलाई पनि गहन अध्ययन गरेमा नियात्राकारका धारणालाई सहज रूपमा फेला पार्न सकिन्छ । भेषराज पनि भन्छन्– "यी हरफका भाव,चाहना र सपना मेरा मात्र रहेनन्, पढ्ने हरेक स्नेही मनका हुने छन् यी।" हो, भेषराजले खोतलेका यथार्थता र भोगेका भोगाइहरू पाठकले आत्मसात गर्ने खालका छन् । उनले नियात्रालाई रहर लाग्दो रूपमा पस्केका छन्। यस सङ्ग्रहमा उनिएका उनका धारणाहरूलाई आत्मसात गर्दै केही विशेषतालाई उद्धृत गर्न चाहन्छु यस लेखमा-

"सगरमाथासँग छ त केवल सुन्दरता, स्वाभीमान, र सर्वोच्चता।" (पृष्ठ५) यस कृतिको पहिलो नियात्रा हो "सगरमाथा छोएको क्षण"। सुनकोसी किनारबाट सुरु भएर सगरमाथा देखिने उँचो धरा पत्तालेसम्म पुग्दाका रोचक अनुभूतिले रङ्गिएको छ यो नियात्रा।

"टिम्बुरबोटेको ओढारमा लुकेर बसेका अठारजना योद्धाहरू सेनाको घेरामा परे । सम्बत् २०३१ साल पुष १ गते बिहान सवेरै सेनाको गोली र ग्रिनेड बर्सँदा तेह्रजना योद्धा ओडारमै ढले ।" (पृष्ठ १०) "टिम्बुरबोटेको बाटो" नियात्राबाट लिइएको पङ्ति हो यो। वि.पी.ले प्रजातन्त्र ल्याउनको लागि गरेको सशस्त्र क्रान्तिमा कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा सोलुखुम्वु व्यारेक हान्न जाँदाको घटनालाई श्रुतिस्मृतिका आधारमा उतार्नुका साथै प्रजातन्त्र बहालीका लागि गरिएको सशस्त्र क्रान्तिमा होमिएर सहिद भएका योद्धाहरूको नाम समेत समेटिएको छ यसमा। टिम्बुरबोटे सहिद स्मारकस्थलमा पुग्दाको प्राकृतिक चित्रण गर्दै डरलाग्दो वनको यात्रालाई समेत प्रस्तुत गरिएको छ यस नियात्रमा।  

"शुक्लाफाँटामा एकबिहान" नियात्रामा जङ्गल र घाँसे मैदानमा रमाइरहेका विभिन्न जातका जङ्गली जनावर र चराचुरुङ्गीहरूको मोहक वर्णन छ । "छोरीसँग चिडियाखाना" नामक नियात्राले बालबालिकाको चाहनालाई अभिभावकले र वृद्ध बाबुआमाको भावना छोराछोरीले बुझिदिनुपर्छ भन्ने सन्देश बोकेको छ। यसमा एकातिर बालचाहना अनुसार चिडियाखानाभित्र छोरी रम्दा नियात्राकार आफ्नो बाल्यकालका क्रीडाहरूको सम्झनामा हराएका छन् भने अर्कोतिर विदेशमा रहेका छोराबुहारी असक्त अवस्थाकी आमालाई भेट्न नआउनु र मृत्युपछि क्रियाकर्मसम्म गर्न नसकेको वर्तमान सामाजिक अवस्था चित्रित छ। आफ्नी आमा बितेपछि छोरीले क्रियाकर्म गर्नुका साथै पुर्‌याएको सेवाभावको मनछुने परिघटना समेत वर्णित छ यो नियात्रामा ।

२०७२ सालको भूकम्पका अनुभव र अनुभूति समेट्दै दोलखा, जिरी, रामेछापलगायतका स्थानमा भूकम्पले पुर्‌याएको जनधनको क्षतिको मार्मिक प्रस्तुति रहेको छ "भूकम्प ओच्छिएको भूगोल" मा। "राप्तीको रुवाइ" नियात्राले प्युठानदेखि दाङसम्मको रात्रिबसको यात्रालाई समेटेको छ। यसमा २०७२ सालको माघीको दिन घोराहीस्थित बाह्रकुनेदह किनारमा काटिएका भेडाका पाठाहरूबारे नियात्राकारको कारुणिक भावना प्रस्तुत छ। स्वर्गद्वारीको दर्शन, बिग्रेको मोटर चढ्दाका अनुभूति एवं २०६५ सालमा राप्ती नदीमा बस खस्दा मारिएका यात्रुसँग नाम मिल्न जाँदा नियात्राकारको परिवारमा परेको शोक सम्झनाको कारुणिक चित्रसमेत उतारिएको छ यस नियात्राले ।

"अन्नपूर्णको आँगन" मा लमजुङको बेँसीसहरबाट मनाङ पुग्दासम्मको यात्रा वृत्तान्त समेटिएको छ। यात्रा मर्स्याङ्दीको किनारैकिनार अघि बढी खुदीको सुरुङमार्ग, उपल्लो मर्याङ्दीको पावरहाउस, अर्खलेवेँसीबाट देखिने हिमालको दृश्य, राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मगाउँ भीरपुस्तुन, लिलीभीर, तारेभीर, च्याम्चे झर्ना, म्यार्दीभीर, तिमाङको छहरो, कोतोबजार हुँदै अघि बढ्छ। कहालीलाग्दा भीरहरूको साथै नार, फू र काङ्लापास जाने बाटो छोडेर चामे जानु पर्ने, लमजुङ हिमाल, माथिल्लो मनाङ, भार्ताङको स्याउबारी (सायद दक्षिण एसियाकै ठूलो स्याउबारी), स्वर्गद्वारी, पिसाङगाउँ, ध्यारुगाउँ, हुण्डे विमानघाट आदि स्थानका प्राकृतिक सौन्दर्य र कष्टकर यात्राको सुन्दर प्रस्तुति गरेका छन् नियात्राकारले । स्वर्गद्वारी गएकाहरु फर्कँदैनन् रे, मृङ्क्यू अर्थात् घर बिर्साउने जल खाएपछि मानिस घरै फर्कन्न रे भन्ने जस्ता किम्बदन्तिहरू, माक्पा अर्थात् घरज्वाइँ बस्ने प्रचलन एवं बौद्धमार्गी संस्कृति बारे पनि प्रष्टिएका छन् नियात्राकार । उनी तिलीचो ताल पुग्न नसकेकोमा पाठकलाई पनि थकथकी लाग्दछ नियात्रा पढ्दा। 

खप्तड यात्रालाई खप्तड टेक्दाको दिन, प्रकृतिको फूलबारी र खप्तडी क्षितिजमा गरिबीको छायाँ गरी तीनवटा नियात्रामा वर्णन गरिएको छ। "खप्तड टेक्दाको दिन" नियात्रामा बझाङे तमेल काटेर जडारीगाडको किनारैकिनार छन्नागढी, गढीगाउँ, खुडुली दुदली माताको मन्दिर, पपल्क्यापाटन, माझपाटन, धर्मशाला हुँदै दोभानको काठको पुल तरेर गोठमा बास बस्छन् नियात्राकार र सहयात्रीहरू । उकाली ओराली जुकाको समस्या,जुकाबाट बच्न नुनको प्रयोग, बाटोभर हजारी फूल र सारङ्गी फूलको सुन्दरता, गनालो र मेथी मिसाएर बनाएको चियापत्ती बिनाको चियाको स्वाद आदिको लोभलाग्दो प्रस्तुति समेत समावेश गरिएको छ यसमा। दोस्रोदिनको यात्रा "प्रकृतिको फूलबारी" मा उनिएको छ । शीर्षक अनुसार नै खप्तडको प्रकृतिको अनुपम सुन्दरता वर्णन भेटिन्छ यसमा। रोटी अचार र कलु–कडी (नियालोको टुसासँग मोही मिसाएर पकाएको कडी) खाएर यात्राले निरन्तरता लिन्छ ।

जरैजराको उकालो चढेर हिँड्दै जाँदा घोडादाउने पाटन पुगिन्छ । यहाँ मानिस पातलो देखिए पनि जता हेर्‌यो उतै रमाइलो छ। फुर्के पाटन, खप्तडी पाटन, मखमली पाटन, घोडा दाउने पाटन, छेडी पाटन, खप्तडबाबाको कुटी, सैनिक गुल्म,पर्यटन कार्यालय, खप्तड राष्ट्रिय निकुञ्ज आदिको वर्णन उस्तै जीवन्त छ। यहाँको प्रकृतिक सौन्दर्यलाई नियात्राकारकै शब्दमा हेरौँ– "खप्तडी पाटनका सबचिज अद्वितीय, पाटनका फूल,पाटनका घाँसपात, पाटनका गाईवस्तु, पाटनको जमिन । सबै चिज ओजिलो,– पाटनको सुन्दरता,पाटनको शीतलता,पाटनको विशालता, पाटनको निर्मल आकाश त्यस्तै। पाटनको सुन्दरता पोख्छ घाम,पाटनमा सुन्दरता खन्याउँछ हावा । पाटनमा सुन्दरता उमार्छ प्रकृति ।" तेस्रोदिनको यात्रा "खप्तडी क्षितिजमा गरिबीको छायाँ" मा समेटिएको छ । खप्तडी प्रकृति देखेर मोहित भए पनि खप्तडी खर्कमा भेटिएका गोठालाहरूको अवस्थाले विक्षिप्त हुँदै नियात्राकार लेख्छन्– "गरिबीको रूप, रङ, गन्ध र आकार हुँदैन भनेर कसले भन्न सक्ला ? (खप्तडी क्षितिजमा गरिबीको छायाँ, पृष्ठ ७१)

"बिसौनी वल्तिर" नियात्राको शीर्षकमा कृतिको नामाकरण समेत गरिएको छ । म्याग्दी र पर्वतको सीमानाको महावीर पुनको जन्मगाउँसम्मको यात्रामा निस्कँदा नियात्राकार जलवियोजनले ग्रसित भएको मार्मिक घटनालाई समावेश गरिएको छ यस नियात्रामा। 

देवचुली नवलपुर जिल्लाका साथै तराई−मधेशको सबैभन्दा अग्लो चुचुरो हो। यसको उचाई १९३६ मिटर रहेको छ । नियात्राकार, उनकी आमा र टिकाराम धिताल देवचुलीको शिखरतर्फ यात्रा गर्छन् । रामबास, मुण्डे, पोखरी, फेदी हुँदै देवचुली चढ्न थाल्छन् उनीहरू। देवचुली मुन्तिरको छानोरहित त्रिशूल गाडेको पूजास्थललाई मगर समुदायले तीनकन्यामाई र थारू समुदायले कुमारवर्तीमाइको रूपमा पूजा गर्ने सांस्कृतिक पक्षसमेत उजागर भएको छ "देवचुली" नियात्रामा। पोखरीबाट तीन घण्टा लगाएर देवचुलीको चुचुरो पुगेको, हिमाल, तराई र पहाडका सुन्दर दृश्यहरूको अवलोकन गरेको र देवचुलीको काखमा लुटपुटिएका वरचुली लगायतका साना चुचुराहरू हेर्दै कठिनसाथ पहाडी बाटोबाट फर्केको रोमाञ्चक यात्रा अनुभूति समेटिएको छ यस नियात्रामा। 

"गाईघाटे सम्झना" नियात्रामा काठमाडौं उपत्यकाको आवागमन अस्तव्यस्तताबाट यात्रा प्रारम्भ हुन्छ। जानकी मन्दिर, राम मन्दिर, गंगासागर, धनुषसागर आदि जनकपुरका सम्पदा र जनक, सीता, विश्वामित्र, गौतम, याज्ञबल्यक, अष्टबक्र आदि विभूतिहरूको चर्चा गरिएको छ यसमा। महेन्द्रनगर, कदमाहा चुरियामाइको आँगन, त्रियुगा हुँदै गाईघाट पुगे पनि रिस्कु, रौतामाई, कटारी र कोशी किनारका फाँटहरूमा पुग्न नपाएको पछुतो पनि छ नियात्राकारमा । 

सरकारी कामको सिलसिलामा धनगढीबाट टिकापुरतिरको यात्रा डोर्रिएको छ। अत्तरियाको चहलपहल, खुटियाको बगर एवं चौमाला, राजीपुर, पहलमानपुरहरूको गाउँले दिनचर्या टिपिएको छ यसमा। रामसार सूचीमा सूचीकृत घोडाघोडी तालमा घोडा र घोडीको आकर्षक मूर्तिसँग लोभिएका छन् नियात्राकार। श्रापित लक्ष्मी घोडी भएपछि विष्णु पनि घोडा भई आएका रे भन्ने किम्बदन्तिले झन् सुन्दर लाग्छ घोडाघोडी। सडकपुर, बौनिया पुगेपछि टिकापुरतिर तानिन्छ यात्रा। टिकापुर घटना घटेको ठाउँ, खड्कचोकमा रहेको खड्कको विशाल सालिक, टिकापुर पार्क, बनाना रेष्टुरेन्ट आदिका सौन्दर्यले मोहित पार्न सफल भएको छ "टीकापुरतिर" नियात्रा। 

"हावाहुरीको हुण्डरी" मा चन्द्रपुरबाट गौरतर्फ सोझिन्छ यात्रा। सन्तपुरमा धुर्मुस सुन्तलीको मेहनतले रमेको नियात्राकारको साहित्यिक मन मधेशको असिना, हावाहुरी, धुवाँधुलो र गरिबीले प्रताडित भएको छ। "तालिएको सम्झना वेगिएको मन" नियात्रामा पोखरा र फेवातालको सौन्दर्यको मनमोहक वर्णन छ भने "बुटवल पोखरा" नियात्रामा सिद्धबाबाको डरलाग्दो भीर, मानव इतिहाससँग जोडिएको रामापिथेकसको अवशेष भेटिएको ठाउँको मूर्ति आदि अनुभूतिहरू। बर्तुङ, माडीफाँट, आर्यभञ्ज्याङ, राम्दीपुल र आँधिखोलाको किनारबारे लोभिन्छन् नियात्राकारसँगै पाठक पनि। श्रवण कुमारका बाबुआमाका आँसु उहिल्यै निख्रिसके पनि विकासको नाममा भत्काइएका गाउँपाखाको माटो बग्दा रगतले लतपतिएझैँ देखिने खोलानालाको धमिलो पानी देखेर क्षुब्ध छन् नियात्राकार। सतीदेवीको शेष अङ्ग पतन भएको छायाक्षेत्रमा पुग्दा गाडी बिग्रनुलाई अनौठो संयोग मान्दै ठट्टा समेत मिसाउँछन् उनी। 
"कोशी किनारको एकझोक्का हावा" मा कोशीटप्पु आरक्षण क्षेत्रको वर्णन गरिएको छ । कोशी टप्पु आरक्षण कार्यालयमा पुग्दा रसायनिक घोलमा डुबाएर राखिएका अर्नाको बच्चा, हात्तीको छावा र हडियाल गोहीको बच्चा देख्दा भावुक भएका छन् नियात्राकार। अर्नाको राजधानीमा अर्ना देख्न नपाउनाले निराश उनलाई कोशी किनारका बस्तीमा उर्लने कोशीको भेल र वन्यजन्तुको त्रासको भयले समेत विक्षिप्त बनाएको छ। 
"सिमकोटे उचाइ" नियात्रामा हुम्लाको अद्वितीय प्रकृति र हिमाली संस्कृतिको सुन्दर वर्णन छ। पञ्चमुखी हिमाल, मानसरोवर र कैलाश पर्वतको रमणीयता थाहा पाएपछि नियात्राकार भन्छन्– "ती हिमालको पत्रपत्रमा थियो हिमाली सौन्दर्यको जलप र लेकाली मुटुको माया ।" 

"भेरीको किनारै किनार" नियात्रामा जाजरकोट लगायतका स्थानमा पुग्दाको कठिनाई, भेरीको धमिलो पानी खान पर्ने बाध्यता, जनयुद्धताका त्यसक्षेत्रमा मारिएका सहिदहरू आदिको स्मरण गरिएको छ। नियात्राकार लेख्छन्− "रोग, भोक, अशिक्षा, पछौटेपनको, पृष्ठभूमिमा गरिबीले झन् ठूलो मुख बाएको रहेछ त्यहाँ"। हातको मैलो र मुखको उदासी पखाल्न नसक्नुको कारुणिक यथार्थता यसरी पोख्छन् उनी– "भेरीको धमिलो पानीमा आँसुको भेल देखेँ । भेरीको किनारमा रगतको रह देखेँ । भेरीको भुमरीमा पसिनाको खोलो देखेँ । गाउँलेका आँसु पसिना र रगतका खारले अजीर्ण, प्यासी र रोगी भएर रुँदै बगिरहेथ्यो भेरी ।" 

कतिपय नियात्राहरू अपेक्षाकृत संक्षिप्त लाग्छन्। तथापि नियात्रा लेखनमा फरकरूपमा प्रस्तुत भएका छन् नियात्राकार। उनले हरेक नियात्रामा त्यो ठाउँको प्राकृतिक, सामाजिक, धार्मिक, राजनीतिक यथार्थता, मानवीय सम्वेदनशीलता, सरकारको दायित्व, मानवीय प्रवृति र प्रकृति, हरेक घटनालाई सामाजिक यथार्थता र आफ्नो जीवनचक्रसँग जोड्दै विकृति विसङ्गतिप्रति तीक्ष्ण प्रहार गरेका छन्। सुन्दर, समृद्ध समाज र राष्ट्र निर्माणको समेत ध्येय छ नियात्राकारमा । प्राकृतिक सौन्दर्यताको प्रचुरता, सुसभ्य सिङ्गारिक वर्णन, मानवीय प्रवृति, प्रकृतिको यथार्थता, जीवन जगतको भोगाई, गरिबीले थिचेको क्रन्दन, महङ्गाई, नेतृत्व वर्गको उदासिनता, दायित्व निर्वाहमा देखिएको ह्रास, भ्रष्टाचारको व्याप्तता आदिलाई इङ्गित गरेका छन् नियात्राकारले। सबैका दुखमा आँसु बगाउँदै र सुरम्य प्रकृतिमा रमाउँदै नियात्रालाई नवीन शैलीको लेखन साँचोमा ढालेका छन् नियात्राकारले। नियात्रामा कतै कविता मिसिएका छन्, कतै गीतहरू। ती स्वाभाविक लाग्छन्। भाषा सरल र सुवोध्य छ । आलङ्कारिक शैलीमा बिम्ब, प्रतिकको प्रस्तुति छ। रचनामा कतै दार्शनिकता झल्किएको छ भने कतै छङ्छङिएर प्रकृति बोलेको छ । लेखन यथार्थ लाग्छ र मीठासपूर्ण पनि। 

बिसौनी वल्तिर नियात्रा सङ्ग्रहका केही नवीन प्रस्तुतिहरू माथि उल्लेख गरिसकेको छु तापनि केही पङ्क्तिहरू यहाँ थप्न चाहन्छु –
"ती भोटेनीहरूको रातो गालामा औधी सुहाएको थियो मधुर मुस्कान । लत्रेका परेली र फक्रेका अधरमा समेटिएको थियो संसारको सबै खुसी ।" (अन्नपूर्णाको आँगन, पृष्ठ ५०)
"सुबिधाको भन्दा थकाइको बिच्छौनामा लाग्दो रहेछ मीठो निद ।" (प्रकृतिको फूलबारी, पृष्ठ ५८)
"घावैघाउले थिलथिलिएको शरीरको मुटु कहाँ होला र सद्दे ?" (चक्रपथको गोलचक्कर, पृष्ठ ७७)
"हावाभन्दा हलुको, पानीभन्दा पातलो र धुलोभन्दा सुक्ष्म जिन्दगी बोकेर हिँडेको हुँदो रहेछ मान्छे ।" (बिसौनी वल्तिर, पृष्ठ ११२)
"ऊ कुलमान मात्र हैन मुलुकमान हो । भुँडीमानहरू घटेर मुलुकमानहरू बढे हुन्थ्यो मुलुकमा ।" (सौराहा सयर, पृष्ठ ११९)
"यहाँ मोवाइल भयो ज्ञान बिनाको किताव जस्तो, उपयोग बिनाको प्रविधि जस्तो, आम्दानी बिनाको खर्च जस्तो ।" (गाईघाटे सम्झना, पृष्ठ १२९)
 "वसन्तपुरमा राम्ररी हाँस्न सकेको छैन वसन्त। शिशिरपुरमा खुम्चिएको छ धर्तीको सौन्दर्य। मान्छे दुख्दा ऋतुपुरभरि मच्चिएको छ कोलाहल।" (टीकापुरतिर, पृष्ठ १३८)
"समय भट्टी र जुवाघरतिर बह भएर भुल्न थालेको छ ।" (बुटवल–पोखरा, पृष्ठ १५६)
 "ज्ञात भयो, प्राप्तिको धरातलभन्दा रहरको उच्चाई निकै अग्लो हुँदो रहेछ ।" (कोशी किनारको एक झोक्का हावा, पृष्ठ १६१)
"आगो र कलको बीउ धेरै चाहिँदैन ।" (सिमकोटे उचाइ, पृष्ठ १६६)
"द्ररिद्र मन भएका धनाढ्य र धनाढ्य प्रवृत्तिका गरिबहरू धेरै रहेछन् नेपालमा ।" (भेरीको किनारै किनार, पृष्ठ १६८) ।

नियात्राकार खास उद्देश्य लिएर यात्रामा निस्के पनि आफ्नो दायित्व निभाउँदै जहाँ पुग्यो त्यहाँको विविधतालार्ई स्वच्छन्दरूपमा टपक्क टिपेर हामीलाई जुन सन्देश प्रवाह गर्नुभएको छ त्यो अनुकरणीय छ, प्रसंशनीय छ। जनजीवनको यथार्थ चित्रणसहितको साहित्यले समाजलाई सही मार्गदर्शन गर्न सक्छ भन्ने वास्तविकताको दर्पण हो बिसौनी वल्तिर नियात्रा सङ्ग्रह।