June 25, 2024

डक्रसको छोटो परिचय

सदानन्द अभागी
 रेडक्रस संस्था एउटा बहुहीतकारी मानवीय संस्था हो । यसको स्थापना ईस्वी सम्वत १८६३ मा हेनेरी ड्युनाबाट भएको थियो । यसको मुख्यालय जेनेभा स्विजरल्याण्डमा छ । यस संस्थाका  संस्थापकको बारेमा केही जानकारी लिन राम्रो होला । हेनेरी डुनान्टको जन्म ईस्वी संवत ८ मे १८२८ मा व्यपारी जीन–जैक्स ड्यूनेन्ट र एंटोनेट ड्यूनेंट–कोलाडोनका जेठा छोराको रूपमा भएको थियो  । उनको परिवारलाई कैल्विनवादीको रूपमा चिनिन्थ्यो । यिनको परिवारलाई जेनेभा समाजमा महत्वपूर्ण रूपमा लिइन्थ्यो । उनका माता पिता पनि समाजसेवी थिए । । हेनेरी ड्युना पनि व्यपारी थिए । उनलाई स्विस व्यपारीको रूपमा मात्र चिनिदैन थियो । उनी एक सामाजिक कार्यकर्ता पनि थिए । फ्रान्सेली अल्जेरिया र ट्युनिसियामा व्यपारगर्ने उनको रुचि  थियो । १८५९मा नेपोलियन ३सँग भेट्न जाँदा उत्तरी इटालीको सोलफेरिनको युद्धलाई दख्ने मौका मिल्यो । यस युद्धमा घाइते भएका सिपाहीहरूप्रति कसैको ध्यान गएको थिएन । घाइते सिपाहीको कारुणिक पीडालाई देखे र उनको मनमा दया पलायो । स्थानीयहरूलाई सहायताको लागि अनुरोध गरे । स्थानीय महिला र उनी प्राथमिक उपचारमा लागे । यसपछि उनी जेनेभा फर्के र आफ्नो यो घटनालाई 'ए मेमोरी अफ सेल्फिनेरो " उनको कितापमा समावेस गरे । यस कितावमा उनले घाइते सिपाहहरूलाई कुनै भेदभावविना  राहत प्रदान गर्नु पर्छ भन्ने धारणा राखे ।  संगठन बनाउन पर्ने धारणा उनमा पलायो । यसरी १८६३ मा अन्तराष्ट्रिय रेडक्रस सोसाइटीका स्थापना भयो ।  १८६३ अन्तराष्ट्रिय रेडक्रस संस्थाको स्थापना गरेर रेडक्रसका संस्थापक बने । उनले यस क्षेत्रमा राम्रो काम गरेवापत १९०१ मा पहिलो शान्ति नोबेल पुरस्कारबाट सुसोभित पनि भए ।  ।
उद्देश्य – यसको मुख्य उद्देश्य युद्ध वा विपदमा परेका मानिसलाई राहत उपलब्ध गराउनु हो ।
नेपाल रेडक्रस सोसाइटी – नेपालमा रेडक्रसको स्थापना १९६३मा भएको थियो । संस्थापक राजकुमारी प्रिन्सेप शाह हुनुहुन्थ्यो । यसको उदेश्य पनि अन्तराष्ट्रिय रेडक्रस सोसाइटीकै सरह मानवीय सहायता नै हो ।  आज यसको विस्तार नेपालकै ७७ जिल्लामा नै भएको छ ।
रेडक्रस अभियानका सिद्धान्तहरू–
मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकताको आधारमा यो संस्थाका मूलभूत सिद्धान्तहरू रहेका छन् । यिनै सिद्धान्तको आधारमा रेडक्रस संस्थाहरू चलिरहेका छन् ।
रेडक्रसले गर्दै आएका कामहरू – "जहाँ दुःख त्यहाँ रेडक्रस" नाराको साथमा अगाडी बढेको रेडक्रस संस्था एउटा मानवीय संस्था हो । यसले भेदभाव रहित दुःखमा परेका सबै मानिसलाई निष्पक्ष सेवा गर्दछ । सर्वप्रथम रक्तदान महादान नारामा आधारित रहेर रक्तदान कार्यकर्म व्यापक रूपमा सञ्चालन गर्दै आएको छ । रगतदान गर्न त्यति सहज छैन । स्वस्थ मानिसको रगत नै संकलन गर्नु पर्छ ।  सबै मानिसको रगत एकै समुहको हुँदैन । त्यसो हुँदा यसरी विभिन्न समुहको रगत सञ्कलन गरेर रक्त अभावमा मृत्युशैयामा पुगेका मानिसलाई समुह मिल्दो रगत रेडक्रसले उपलब्ध गराएर मानिसलाई जीवनदान गर्दछ  । यो एउटा महत्पूर्ण काम हो । रक्तको अभावमा मानिस अकाल मृत्युवरण गर्न पर्दैन । खास गरेर रक्त कमी भएका विमारीलाई रगतको खाँचो पर्दछ तापनि अपरेशन गर्दा, दुर्घटनामा परेका व्यक्ति, क्यान्सरका पीडित आदिलाई अरू विमारी भन्दा बढ्ता रगतको खाँचो पर्दछ । नेपाल रेडक्रस सोसाइटी रक्तदान कार्यक्रम सञ्चालन गर्ने एकमात्र अधिकारिक संस्था हो । यो सन १९६६मा स्थापना भएको हो ।
एम्बुलेन्स सेवा उपलब्ध गराउनु – बाटो भएको क्षेत्रमा रेडक्रसले एम्बुलेन्स सेवा उपलब्ध गराएर बिरामलाई हस्पिटन पु¥याउने काम पनि गर्दछ । यो पनि महत्वपूर्ण काम हो । यसबाट विमारीहरूले सुविधा जनक रूपमा हस्पिटल पुग्दछन्।
दैविक या प्राकृतिक प्रकोप – नेपालमा प्राकृतिक प्रकोपबाट धेरैले जान गुमाउनु परेको छ । तराईमा गर्मी समयमा तातो हावा चल्छ । जस्लाई लू भन्ने गरिन्छ । यसबाट पनि मानिसहरूको मृत्यु भएको पाइन्छ । वर्षाको समयमा तराईमा डुवान र पहाडमा बाडी पैरोको कारणले गर्दा धेरै मानिसको ज्यान गएको पाइन्छ ।  पहाड तथा तराईका जङ्गलमा  आगो लाग्ने चलन र घर गोठमा लाग्ने आगोको कारणाले पनि धनजनको क्षती पुगेको पाइन्छ ।  शीतलहरले पनि मानव जीवन तथा पशु पंक्षीको स्वास्थमा ठूलो असर पार्दछ । भू–कम्पबाट पारेको क्षती आदि यस्तो अवस्थामा रेडक्रसले ठुलो सहयोग गरेको पाइन्छ । हुनत धेरै संस्थाहरू विपद व्यवस्थापनमा जुटेका छन् तापनि रेडक्रसको काम प्रभावकारी देखिन्छ । स्वास्थ सेवा ,प्राथमिक उपचार जस्ता स्वास्थ सेवाबाट मानिसले सहयोग पाइरहेका हुन्छन् ।
स्वास्थसेवा विविध कार्यक्रम–   रेडक्रसले समुदायको हितको लागि प्राथमिक उपचार, मोतिया विन्दुको अप्रेशन, स्वास्थ हेरचाह, समुदायको क्षमता अभिबृद्धि ,आदि काम गरेको पाइन्छ ।  नेपाल रेडक्रस सोसाइटीले सन १९९० देखि मध्यपश्चिमाञ्चल (कर्णाली प्रदेश) मा आँखा हेरचाह केन्द्र (सुर्खेत, दैलेख, जाजरकोट र बर्दिया) र स्विस रेडको सहयोगमा आउटरिच कार्यक्रम मार्फत आँखाको हेरचाह सेवालाई प्रमुख अंगको रूपमा व्यवस्थापन गर्दै आएको छ । सामुदायिक विकास कार्यक्रममा खानेपानी तथा सरसफाई, समुदायिक स्थिरता, मानवीय मूल्य , संचार, लिङ्ग र समावेशी करण, संस्थागत विकास, सामान्य सेवा र समन्वयको क्षेत्र,  जुनियर र युवा रेडक्रस कार्यक्रम , मानव संसाधन विकास, वित्तिय स्रोतको व्यवस्थापन आदि कार्यक्रमहरू रेडक्रसले सञ्चालन गरेको देखिन्छ ।
रेडक्रसले गरेका महत्वपूर्ण कार्यक्रमको जति वर्णन गरे पनि नपुग नै हुन्छ । रेडक्रस संस्था जति बलियो बनाउन सकियो त्यति सेवा बढाउन सकिन्छ । जति सेवा बढाउन सकियो त्यति सबैलाई राहत मिल्छ भन्दै सानो लेखलाई यही समाप्त गर्न चाहान्छु ।
 सान्दर्भिक सामाग्री –
ड्ड ब्ललगब िचभउयचत  (व्गथि द्दण्ज्ञट– वगलभ द्दण्ज्ञठ, ल्भउब िचभमअचयकक कयअष्भतथ
ड्ड ध्ष्पष्उभमष्ब, तजभ ाचभभ  भलअथअयिउभमष्ब , ल्भउब िच्भमअचयकक कयअष्भतथ
ड्ड टुकराम लामिछाने ,वि.सं.२०८१ जेठ १३ आइतबार, साझा विहानी  

June 23, 2024

बृद्धपाको गन्थन

कथा
सदानन्द अभागी
जेठको गर्मी , तातो हावा , पहाडको खोच, दुई जना बुढाहरू घरको नजिकै पिपलको छहारीमा बसेर दुखेसे पोखि रहेका थिए । उमेरले करिव एक जना ९० वर्ष काटिसकेका थिए निरोगी भएको कारणाले अझै लौरो टेक्न परेको थिएन भने एक जना ८०को हाराहारीमा थिए ।  ९० वर्षे बृद्ध जस्को नाम मनप्रसाद थियो । धन, धान, पुत्रपुत्रीको हिसावले पनि निकै धनी थिए । ८० वर्षे बृद्ध जसको नाम श्यामप्रसाद थियो तर अलिक कमजोड थिए । ९० वर्षेले ८० वर्षेलाई भने जति समय घर्किदै गयो उती कष्टदाई जीवन बिताउन बाध्य हुनु पर्दो रहेछ । छैनन् भनौं भने चारभाइ छोरा छन् । दुईबहिनी छोरी छन् । दुई श्रीमती छन् ।  छन् भनौं भने उमेरले डाँडो काटेको बेलामा म बुढोलाई एक्लै छाडेर आफ्नो आफ्नो बाट्यो लागे । ८० वर्षेले भन्यो हो त नी ठूलदाइ मलाई पनि अचम्मै लाग्यो । अनि भाउजुहरू त दुबै हजुरसँगै हुनुहुन्छ होला नी ?  कहाँ हुनु ! माहिलाले आफ्नी आमालाई पहिल्यै देखि पाल्दै आएको थियो । अहिले पनि जेठी श्रीमती माहिलासँगै बसेकी छन् । उनलाई पनि सहज त छैन । उनीले मेरो अंश हरायो भन्दै गुनगुनाउँछिन् । हैन ठूलदाइ जेठी भउजूलाई अंश दिएको हैन र ? किन नहुनु दिएको हो नी । आमालाई फकाइ फुलाइ हामी तराइमा भएको मौका छोपी कुश्मा अड्डामा लगेर बकस गरेछ छोराले । केही दिन अरू छोरा बुहारी कराए । मलाई गन गन सुनाए । मैले पनि बकस दे भनेको होइन । जाउ अड्डामा मुद्दा हाल । मसँग नकराऊ । उसले आमा पालेकै छ । सबै छोरा सक्षम थिए र मुद्दा लडेर कति नै पाइन्छ र भनेर चुप लागेर बसे । हो अन्यायमा परेर सहेर बस्न त नहुने हो । झै झगडा गर्नु पनि राम्रो त होइन । श्यामले सोध्यो –अनि कान्छी भाउजु नी दाई कता हुनु हुन्छ ? कान्छी श्रीमती पनि निकै रोगी थिइन् । पानी सारेर पनि खान सक्ने अवस्थामा थिइनन् । कान्छी बुहारीले निकै माया दिई । ऊ कान्छातिर नै बस्ने भनेर गाउँबाट सहरतिर लागी । मलाई पनि कान्छा र कान्छीले सहर जाउँ बा भनेका थिए । मेरो मनले मानेन ।  म एक्लै भए पनि गाउँमै बस्ने निधो लिएँ । सानो उमेरदेखि नै मेरो रगत पसीना यही माटोमा भिज्यो । यहाँका जग्गामा , बिरुवा सारें, बाबुआमाको एक्लो छोरो, म सानो छँदा बाबा बडारको बोटबाट लड्नु भयो । अपाङ्ग बाबुलाई पालन पोषण गरें । पहिलो विवाह गरें । छोरा छोरी नभएका पनि होइनन्। छोरा छोरी वर्षैपिच्छे लगातार जन्मन थाले । बाबा अपाङ्ग, आमाले घरको काम गर्न नसकेपछि । घरमा काम गर्ने मानिसको अभाव खड्कियो । म दोधारमा परें । के गरुँ के गरुँ दोधारे मन भयो । गाउँमै एकदमै परिश्रमी नानी थिइन् । कहिलेकाँही कसै कसैले  तेरो घर धान्न सक्ने त यो केटी छ विवाह गर्छस् ? सौता माथि अनि तीन तीन ओटा छोराछोरी माथि कसले केटी दिन्छ र विवाह गर्ने ? म मन मनै प्रश्नवाची हुन्थे । एक दिन लहड चल्यो  रामले यो केटी विवाह गर्छस् भनेको थियो । रामेलाई नै धनेले छोरी दिन्छ भने माग्न त भन्न मन लाग्यो । रामेले मेरो काम गर्न पाएकोमा निकै रमायो । भनुँ, साच्चि हो ? उसले प्रशन तेस्र्यायो । मैले पनि विश्वास दिलाउने गरेर साँचो हो भने । ऊ दौडेर धनेकोमा पुग्यो ।  कुरा राख्यो । धनेले पत्याउन सकेन । ऊ प्रश्नवाची भयो साच्चै हो र ? मेरी छोरी त्यत्रो साहुको छोराले विवाह गर्छ त ? ऊ बाध्यतामा छ । श्रीमती वर्षेनी सुत्केरी भएकी छ । घरमा काम गर्ने मानिस छैन । गरिबका छोरी धनीले विवाह गर्ने भनेको यस्तै वेलामा र यस्तै अवस्थामा त हो नी । सौता भएर के भयो ? कान्छी श्रीमती हुन्छे । सम्पत्ति उसैका हातमा हुन्छ । धने धेरै बेर अल्झियो । सौता साथै झटकेला झटकेली भएको घरमा, धनसम्पत्ति धेरै छ भन्दैमा छोरीको विवाह गरिदिंदा भोली छोरीले दुःख पाउन पनि सक्छे । दिनभरी काम गरेर एक माना कमाएर आनन्दसँग श्रीमान श्रीमती बसेर हाँसी हाँसी खानु नै स्वर्गको आनन्द पाउनु हो । मेरो छोरीमा के छैन ? रूप छ ,सीप छ, अनुशासन छ,आमाको निगरानीमा बसेकी छ , कर्मशील छ छोरी । धने अलमलमा परेको देखेर रामेले के सोच्दै छस् त ? छोरीले दुःख पाउँछे भनेर हो ? धन्दा नमान दुःख पाउँदिन विश्वास लाग्दैन भने गैरी खेत नै जिउनी लेखाइ दिन्छु । धनेले त्यसो केही हैन  गोडधुवा, जन्ती खर्च केही जोडजाम गर्न सक्दिन । एकदिनको इज्जत राखिदिनै प¥यो । धनको अभावले गर्दा त छोरीको उमेर बढेर गएको हो ।धनेका कुरा सुनेर रामेले, धन्दा नमान सकेसम्म विवाह खर्च पनि मागिदिम्ला भन्यो । छोरी बेच्ने काम त म गर्दिन । गरिब छु तर हरिप छैन धनेले भन्यो । घर सल्लाह त गर्नै प¥यो नि श्रीमती ले के भन्छिन् ।  हुन्छ ! हुन्छ ! कि मैले नै राखिदिउँ कुरा । पर्दैन म नै कुरा गर्छु । किन दवाव हाल्ने ? धनेले रामेलाई भन्यो । भोली तपार्इँले जवाफ पाउनु हुनेछ ।  धने निकै चिन्तित मुद्रामा खेतबाट घर आयो । उसको मनमा कौतुहलता उठ्छ बिलाउँछ । घरमा श्रीमतीले खाना बनाएर बसेकी हुन्छिन् । उसलाई खाना खान पनि मन छैन । श्रीमानको चिन्ताजनक अवस्थालाई देखेर श्रमितीलाई पनि खुलदुली उठ्यो तर धैर्यता लिइन् र खाना खान जाउँ भनिन् । खाना खाने काम सकियो । धने बिस्तरातिर लाग्यो ।  श्रीमतीले  खाएका भाँडा माझेर श्रीमानको आडामा गएर बसिन् । बिस्तारै्र दुबैको भलाकुसारी चल्न थाल्यो । धनेले आज एउटा सन्देश आएको छ भनेर श्रीमतीलाई कुरा सुनायो । सुन्तलीले गम्भिर रूपमा के सन्देश होला भनेर कुरा कोट्याई । धनेले अकमकिदै डाँडा घरे साहुले दोस्रो विवाह गर्ने अरे छोरी माग्न पठाएका छन् । सुन्तली झस्किदै भनी छोरा छोरी भै सकेका छन् किन विवाह गर्न प¥यो अरे ।  घरमा काम गर्ने मानिसको खाँचो भयो अरे विवाह नगरी भएन अरे । रामेले त्यही कुरा लिएर आएको थियो । मैले निधो दिएको छैन । तिम्रो विचार के छ सोधेर भोली कुरा गरौंला भनेर पठाएँ । सुन्तली निकै भावुक भई । आफ्नो घरको स्थिति केलाई, छोरीको विवाहको समय पनि गुज्रदै थियो । घरी घरी सौता माथी छोरी दिने भन्दै झस्किन्थि भने घरी घरी दुई तीन विवाह नभएका घरै थिएनन् । गाउँका धनीहरूले दुई तीन विवाह गरेकै छन् ।सम्पत्तिको रेलोखेलो छ । निकै सोचमा परी । भोली छोरीले दुःख त पाउँदिन हो बुढा ? सुन्तलीको मुखबाट आवाज निस्कन्छ । धनेले पीर मान्न पर्दैन जिउनी लेखाइ दिन्छु पनि भनेको छ । ठीक छ सर्वप्रथम साहुलाई बोलाम र दोस्रो विवाहको कारण सोधौं । त्यत्रो ठूलो मानिसले दिएको बचन निश्चय पनि खेर जाँदैन होला ? छोरी मात्रै खोजेको हो कि सम्पत्ति पनि ? मेरी छोरीलाई भोली कसरी रेखदेख गर्छ । सबै कबोल गराएर मात्र निधो गरौंला सुन्तलीले भनी  । मानिस विवसताको दास हो । लामो समय सम्म धने र सुन्तलीले छोरीको विवाहको बारेमा मनन् चिन्तन गरे । विवस परिस्थितिले  निम्त्याएको असहजतालाई कसरी पार लगाउने भन्ने चिन्ताले सताउँदा सताउँदै दुबै निदाए ।
म धनेको घरमा पुगें । सुन्तली हुनेवाली सासूले आफ्ना जिज्ञासाहरू राखिन् । मैलै पनि उनको धारणालाई बुझे। उनलाई विश्वास दिलाएँ र मैले दोस्रो विवाह गरें । यसरी दुई विवाह गरे पनि धेरै छोरा छोरी जन्माए पनि हाम्रो उखान नै छ कि बाह्र छोरा  तेह्र नाति  बुढाको थैलो काँधै माथि । अहिले यही अवस्थामा गुज्रेको छ मेरो जिन्दगी । मनप्रसाद एकोहोरो बोली रहेकोमा उनी बोल्न छाडे र श्यामप्रसादतिर फर्केर मैले सारा जीवन कथा बताउन लागें श्याम भाइ अब तिम्रा कुरा पनि सुनौं न त के छ घरको सन्चो विसन्चो? कसरी चलेको छ जिन्दगी ? भन्दै मनप्रसाद श्यामप्रसादतिर हेर्न थाले ।
के भनौं दाइ जीवनका हरेक कदम संघर्षमा जुटेका छन् । धन हुनेका धन्दा हुन्छन् भने जस्तै म तपाई जस्तो धनी पनि भइन र गरिब नै भनेर खानै नपुग्नेमा पनि रहिन । मेरो जिन्दगी तपाइँको भन्दा निकै फरक छ र मलाई सन्तोष पनि छ । दुई सन्तान ईश्वरको वरदान भने जस्तै धेरै छोराछोरी बनाउने भाग्य मैले पाइन । प्रकृतिले जे जति दिए त्यतिमै सन्तोष लिएँ । हुन त मलाई पनि दोस्रो विवाह गर भनेका थिए । समय त्यस्तै थियो । दुईटी नहुनेलाई   नामर्द रहेछ भन्ने चलन पनि थियो । मैले श्रीमती थुपारेर मर्द बन्न चाहिन । कानुनले पनि दुई विवाहमा बन्देज लगाएको पनि थियो ।  मैले कानुनको पालना गरें । दुई विवाह गर्ने गल्ती गरिन । मानिसले मजाकमा भन्ने गर्दछन् –'तीन गोरुको हल पक्का दुई जोईको घरपक्का ।' यतिमात्र कहाँ हो र 'जस्का छोरा उसको धन, जस्का भैंसी उसको वन ' । यी सबै उखानलाई मनन् गर्दै समयको परिवर्तनलाई ख्याल गर्दे  शनै शनै यी दुबै उखानले पनि बाटो लिइसकेका छन् भन्ने मनमा धारणा पलायो ।  हामी जन्मदाको समय र हाम्रो यो बृद्धपाको समयमा धेरै परिवर्तन आइसकेको छ । एकातिर युवाहरू विदेश पलायन भएका छन् । खेतबारी बाँझो बन्दै छ । धेरै छोराछोरी हुनेवालाको दुर्गति बढ्दो छ । व्यवस्थापन मिलाउनै गाह्रो । धेरै छोराछोरी भएभने बुढेसकालमा हेरबिचार गर्दछन् । त्यो पनि हुँदो रहेनछ । आज म हजुरको अघि खडा छु । खोइ त तपाइँको भावनालाई कदर गरेको । तपाइँकोमा त कोही न कोही आखिरमा काम लाग्ने जोई र पोइ भन्ने उखानले पनि काम गरेन । दुई दुईटी श्रीमती मर्ने वेलामा साथमा एउटै छैनन् । सुन्छु आमा पाल्नेले पनि बुढ्यौली चाहियो भनेर गन गन सुनाई रहेका छन् अरे । बुढेसकाल निकै कठिन हुँदो रहेछ । मानिस भाग्य मानी तब हुँदो रहेछ । जब घरपरिवार मिलेको होस् । आटोपीठो बाँडीचुँडी खान पाइयोस् । सन्तान धेरै किन चाँहिदो रहेछ र हाम्रो धर्म शास्त्रले नै भनेको छ –१०० मुर्ख सन्तान हुनु भन्दा एक गुणवान पुत्र नै असल हुन्छ । हुन पनि हो । मैले धेरैका छोरा देखेको छु गुणवान छन् कर्मशील छन् मातापितालाई देवता सम्झन्छन् । बुहारी पनि सुशील छन् । बुढाबुढीको सेवा गर्छिन् । छोरीले दिने माया बुहारीले दिन्छिन् । घर नै मन्दिर बनाएका छन् । यस्तै हो दाइ, छोरा बुहारीले पनि धेरै सन्तान जन्माउन चाहँदैनन् । हामी दुई हाम्रा दुई भनाइलाई चरितार्थ पार्दै गएका छन् । कुरा गर्न त धेरै मन थियो तर के गर्ने ? छोरीको घरमा जान हिडेको । जान पनि एक लर्कन नै बाँकी छ । आखिरमा बुढेसकाल निकै कष्टकर हुन्छ । यसलाई सहज बनाउने काम हाम्रो पनि हो । मनकारी छोराबुहारी रोज्नु होस् र मधेसमै झर्नु होस् । ल त दाइ विदा पाम् ....।  

     ं

April 30, 2024

क्ृmति विवेचना जि.मु हरिलाल सुवेदी बन्धुवृत्त कृतिको छोटो विवेचना सदानन्द अभागी कृति परिचय – जि.मु हरिलाल सुवेदी बन्धुवृत्तमा स्मरण ग्रन्थ हो ।यसमा होमनाथ सुवेदी, बुद्धिप्रसाद सुवेदी, गंगाधर सुवेदी, डा. कल्पना सत्याल , कल्पना सुवेदी र नरेन्द्र पौडेलका भावना र धारणा आएका छन् । कृति अन्तराष्ट्रिय साहित्य समाज वासिङगटन डी.सीले प्रकाशन गरेको छ । कृतिको मूल्य नेपाल र दक्षिणपूर्व �

क्ृmति विवेचना
क्ृmति विवेचना
जि.मु हरिलाल सुवेदी बन्धुवृत्त कृतिको छोटो विवेचना
सदानन्द अभागी
कृति परिचय –
जि.मु हरिलाल सुवेदी बन्धुवृत्तमा स्मरण ग्रन्थ हो ।यसमा होमनाथ सुवेदी, बुद्धिप्रसाद सुवेदी, गंगाधर सुवेदी, डा. कल्पना सत्याल , कल्पना सुवेदी र नरेन्द्र पौडेलका भावना र धारणा आएका छन् । कृति अन्तराष्ट्रिय साहित्य समाज वासिङगटन डी.सीले प्रकाशन गरेको छ । कृतिको मूल्य नेपाल र दक्षिणपूर्व एसियामा नें रु २०० र दक्षिणपूर्व एसिया बाहिर यूएस डलर १० राखिएको छ । यस कृति सम्बन्धमा होम नाथ सुवेदी लेख्नु हुन्छ–"यसमा लेखकका कल्पनाभन्दा जि.मु. हरिलाल सुवेदीको बन्धुवृत्तमा के कस्तो सम्बन्ध थियो र के कसरी बन्धुको वंशमा उनको वंशबृद्धि भएको छ त्यसको वस्तुगत सूचनाहरूलाई स्थापित  गर्ने प्रयत्न गरिएको छ ।"
यस कृतिले समेटेका विषयहरू– जि.मु.हरिलाल सुवेदीको एक ज्वलन्त व्यक्ति र व्यक्तित्वको अवसान शीर्षकमा बुद्धिप्रसाद रेग्मीले उनको जीवनी (जन्म मिति वि.सं. १९७९ वैशाख २१ र मृत्यु मिति जुन १३, २००९)उहाँका पारिवारिक विवरण, राजनैतिक, धार्मिक, सांस्कृतिक,समाजसेवी, कृषि व्यवस्थापन आदि कार्य विवरणलाई प्रस्तुत गर्दै भन्नु हुन्छ–" जि.मु.हरिलाल एक मानव थिएनन्, महामानव थिए ।" ंगङ्गाधर सुवेदी ले 'स्व. हरिलाल उपाध्याय मेरो नजरमा' शीर्षकमालेख्नु हुन्छ –"उहाँको विचार ताकम गाउँलाई म्याग्दी जिल्लाको नै एउटा उत्कृष्ट सबै गाउँ भन्दा सम्पन्न बनाएर देखाउने उद्देश्य थियो ।"  जीबाको सम्झनामा शीर्षकमा डा. कल्पना सत्याल लेख्नु हुन्छ–"आपूm चढेका घोडामा आपूm नचढेर रुझेर हिँडी मलाई घोडामा चढाएर ताकम लगेको, बोर्डिङ्ग स्कुलमा हात समाती डो¥याएर लगेको, हाम्रो घर ताकुम, काठमाण्डौ, भैरहवा,र अमेरिका आवत जावत गरेर हामीलाई बढाएको जीवाको त्याग र वलिदान भावी सन्ततिसहित हामी सबैको लागि उदाहरणीय छ ।" जीबा कल्पनाको सम्झनामा शीर्षकमा कल्पना सुवेदी लेख्नुहुन्छ–"हुन त जीवन र मृत्यु जीवनका दुई पाटा भए तापनि मृत्युको बारेमा त्यति कुरा गर्न रुचाउँदैनौं हामी । उहाँको मृत्यु देख्दा मलाई लागिरहेको थियो –उहाँ कति भाग्यमानी आफन्तहरू सबै ओरिपरि माला बनेर बसिरहेका थिए । उहाँको शव वरिपरि पनि प्रकाश छरिरहेको थियो ।" नरेन्द्र पौडेलले हरिलाल दाजुको सम्झनामा शीर्षक दिएर हरिलालसँग मावली जाँदाको सम्झनालाई यसरी पस्कनु भएको छ – "जिम्मुवाल दाजु गाउँ जाँदा "एक पन्थ दुई काज " हुँदो रहेछ , कहीं तालुकदारी उठाउने, कतै चिना चपेटा हेर्ने, कहीं सत्यनारायणको पूजा गराउने, कहीं श्राद्ध गराउने, कहीं जनप्रतिनिधिको रूपमा विकासका काम गर्ने, योजना तर्जुमा गर्ने ।" बहुआएमिक कर्मका धनी ।          
जि.मु.हरिलाल सुवेदी –बन्धुबृत्तमा शीर्षक दिएर यसमा निजका जेष्ठ सुपुत्र होमनाथ सुवेदीज्यूले जन्मदेखि अन्त्य सम्मको विवरणलाई यहाँ प्रष्ट्याउने प्रयास गर्नु भएको छ । जि.मु. हरिलाला सुवेदी आफ्ना नातिनातिना र पनातिका काख र रोहवरमा सबैले हेर्दाहेर्दै एक एक सास गनेर आरामसित जुन १३ , २००९, शनिवारको दिन अमेरिकाबाट नै स्वर्गारोहण हुनु भएको थियो । जि.मु.हरिलाल सुवेदीको पिताको नाम कलाधर, माताको नाम भद्रकला पौडेल सुवेदी, पितामह छविलाल सुवेदी, र बुढीआमाको नाम राधा पौडेल सुवेदी थियो । छविलालकी पहिली श्रीमती सावित्री अधिकारी सुवेदीजीबाट भूमिश्वर जन्मेका थिए । तर उनी रहेनन् । छलिलालका पिता रत्नाखर उपाध्याय र माताको नाम ज्ञानधरा, रत्नाखर भन्दा माथि कालु(कालिदास) र कालुकी श्रीमती मणिदेवी भनी विवरण यहाँ आएको छ । होमनाथ सुवेदीजीले आमा बुढीआमातिरका माता पिताको नाम समावेश गर्नु भएको छ । पुरानो परम्परा अनुसार छोटो नाम (जस्तै कालिदासलाई कालु )लेख्ने परम्परा रहेको विवरण पनि यहाँ होमनाथजीले पस्कनु भएको छ । हरिलाल १२ वर्षको उमेरमा पिता कलाधरको देहावसान भएको, टिका कुमारी गर्भमानै छँदा पिता वितेका कारण भदकला्रलाई ठूलो परिवार चलाउन परेको थियो । यो शीर्षकमा होमनाथजीले घरपरिवार सम्बन्धमा विवरणात्मकरूपमा प्रस्तुत गर्नु भएको छ ।
ताकुम गाउँ – यो गाउँ धौलागिरी पर्वतारोहीको मुख्य बाटोमा पर्ने, मल्ल राजाका ेराजधानी, मगर छन्त्याल थापा र मल्ल राजाको पनि राजधानी रहेको थियो भन्ने भनाइ छ । प्रथम थापा राजा कालु थापा – (वि.सं. १२४६) ले ताकममा राज्य स्थापना गरेका र थापाहरूको राज्यकाल ३०० वर्ष रहेको धारणा यहाँ आएकाृ छ । डिम्बबम मल्लले थापालाई हराएर विशाल पर्वत राज्य स्थापना गरेका थिए र पछि रणबहादुर शाहको पालामा बहादुर शाहले नेपाल अधिराज्यमा गाभेपछि म्याग्दि पनि नेपाल अधिराजयको एक अभिन्न अङ्ग बन्यो । यस लेखमा गौचरनका कुरा, पुस्तकालयका कुरा, हरिलालले स्नान गर्ने पानी पधेंरो ,गाउँ पालिकाको विवरण, ताकमदेखि अमेरिका, अमेरिकाको ग्रीनकार्ड होल्डर, अमेरिकामा पनि कुलदेवता पूजा गर्न मिल्ले धारणा, पूर्णाखर (कान्छा भाइ), स्व.डिल्लीराज उपाध्या( माहिला भाई) परिवारको विवरण, होमनाथ सुवेदीका दुई भाइ छोरा (पुरुषेत्तम सुवेदी र प्रकाश सुवेदी)को कार्य विवरण र पारिवारिक विवरण, होमनाथ सुवेदीका छोराछोरीका विवरण, हरिलाल सुवेदीको  दिवङ्गति( जुन १३, २००९), जि.मु. हरिलाल सुवेदीकी धर्मपत्नीको दिवङ्गति (वि.सं. २०५१ मंसिर १४ गते) ताकम नेपालमा भएको, जि.मु. हरिलाल सुवेदीकी छोरीको विवाह मल्लाजका मुकुन्द आचार्यसँग भएर मल्लाजका आचार्य थरमा सम्बन्ध गाँस्एिका कुरा र यिनको सन्ततीको विवरण , जगन्नाथ आचार्यका छोराको विवरण, दया सुवेदीका हजुरबा छविलालका सन्ततीका विवरण,  योगनाथ आचार्यको विवाह हरिदेवीसित भएको विवरण, ताकुमका सुवेदीको वंशावली, पुर्खा रत्नाखरको विवरण, पुर्खा हरिलाल उपाध्यायको विवरण, होमनाथ सुवेदीको विवरण, जि.मु. हरिलाल उपाध्या(सुवेदी)को शाखाको विवरण, होमनाथ सुवेदीले आफ्ना पिता  जि.मु. हरिलाल उपाध्यायसँग दिसम्बर ९, २००७ को दिन लिएको रत्न वार्ता लापको विवरण जि.मु. हरिलाल सुवेदीका जेष्ठ पुत्र होमनाथ सुवेदीको जीवन विवरण(जन्म अक्टुवर ५, १९४७, ताकम जफीदी, म्याग्दी, नेपाल हाल अगस्त ३०, १९८१ द्येखि ब्रुडब्रिज भर्जिनिया, अमेरिका, पिता जि.मु. हरिलाल सुवेदी, माता तुलसीदेवी सुवेदी,  संस्थापक अध्यक्ष अनेसास केन्द्र, अमेरिका,
पुरस्कार अभिनन्दन र सम्मानः "अंकुर"अक्टुवर ५, १९४७, रत्न  श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार २०५४, सूर्यनारायण पुरस्कार गुठी बाट, सूर्यनारायण पुरस्कार २०६२, अनेसास रोहणी शर्मा धवलागिरीबाट आप्रवासका सुसेली कवितासङ्ग्रका लागिअनेसास रोहिणी शर्मा धवलागिरी उत्कृष्ट पुस्तक पुरकार,२००७, लगायत १० पुरस्कार, अभिनन्दन र सम्मान ७, प्रकाशित कृतिहरू (उपन्यास दश, कवितासङ्ग्रह ५, खण्डकाव्य २, महाकाव्ज्य दुई, लोक साहित्य तीन, पत्र साहित्य दुइर्, कथा तीन, समालोचना चार, सम्पादन चार, समूह सम्पादन–९, जसमा लिखित ३१,सम्पादित १३, नेपाली लोक कथा एक –अनुसन्धान,  मुक्तक र गजलसङ्ग्रह ३ आदि लगायत जम्मा ४४ कृति प्रकाशन, पुरस्कार, अभिनन्दन र सम्मान ९, पुरस्कार ३०,को विवरण यहाँ प्रस्तुत भएका छन् । होमनाथ सुवेदीको बारेमा धेरै अनुसन्धानपत्र प्रकाशित भएका विवरण यहाँ प्रस्तुत गरिएका छन् । जि.मु. हरिलाल सुवेदीले नातिनातिनीका नाम अमेरिकामा बस्दा व्यवस्थित गरेर राखेको विवरण यहाँ प्रस्तुत भएको पाइन्छ । सागर सुवेदी, कविता सुवेदी, आकाश सुवेदी प्रिया सुवेदी, आलोक सुवेदीहरूको जन्मस्थान, न्वारान्को नाम र बोलाउने नाम यहाँ प्रस्तुत गरिएका छन् ।
 जि.मु. हरिलाल सुवेदीकाका माहिला भाइ डिल्लीराज वितेपछि पितृवियोगी छोरा नमराज सुवेदीले  पिताको नाममा छपाउन केही श्रद्धाञ्जलिका शब्द कविताको रूपमा लेखिएको दस्तावेजको रूपमा यहाँ प्रस्तुत गरिएको छ ।
 डिल्लीराज उपाध्याको विवाह अर्थुङ्गेका सुब्बा हरिदत्त सुब्बाकी जेठी छोरी रुक्मिणीसित भएको र तिनका सन्ततीको विवरण,जि.मु. हरिलाल सुवेदीका कान्छाभाइ पूर्णाखर उपाध्यय सुवेदी वंशजको विवरण, मणिश्वर सुवेदी (पूर्णाखरका कान्छिपट्टीका जेठा छोरा) को विवरण, जि.मु. हरिलाल सुवेदीका ज्येष्ठपुत्र होमनाथको सन्तती विवरण, नन्दादेवी राक्सेको वंश विवरण,हरिलाल सुवेदीका कान्छा छोरा ऋषिनाथ सुवेदीको वंश विवरण, जि.मु.हरिलाल सुवेदीका नाति पुरुषोत्तम सुवेदी र नातिनी बुहारी कल्पना सत्याल सुवेदी र सत्याल परिवारमा कल्पनाको विवाहको वर्णन, कल्पनाका माता पितातिरको विवरणहरू, सत्याल परिवारसँग सम्बन्ध, डा. कल्पना सुवेदीको विवाह वासु सत्याल सँग भएको र सत्यालको वंश विवरण, शिवप्रसाद सत्याल 'पीठ' को  जीवनी प्रकाशित कृति, जि.मु. हरिलाल उपाध्यायका प्रिय भ्राता बुद्धिप्रसाद सुवेदीको वंश विवरण, बुद्धिका प्रकाशन कृति विवरण, जि.मु. हरिलाल सुवेदीको ताकमका पौडेलसँग बाहुनदाइ र भाइको नाताबाट सम्बन्ध जोडिएको , रत्नाखर उपाध्याएकी छोरी कान्छी सुशीला ताकमका नै रामचन्द्र पौडेलकी श्रमिती र नरपति पौडेलकी आमा भएको विवरणहरू यहाँ प्रस्तुत गरिएको छ ।
 जि.मु. हरिलाल सुवेदीकी काँहिली बहिनीकी जेठी छोरी काली बहिनीको  विवाह धारापानी, महाजन  भीमलाल भीमदेवी पौडेलका साँहिला छोरा डिल्लीराज पौडेलसँग वैवाहिक सम्बन्ध रहेको । रत्नाखर उपाध्ययकी दुर्गा, लक्ष्मण, सुमित्राकाको वैवाहिक र सन्तान विवरण, जि.मु. हरिलाल सुवेदीको सिर्कुमका आचार्य परिवारमा सम्बन्ध र यिनको वंश विवरण, जि.मु. हरिलाल उपाध्य सुवेदी र रुन्माको विवरण, जि.मु हरिलाल सुवेदी मामली बहिनी राधिकाको विवाह रुन्मामा भएको र तिनका सन्तती विवरण । रत्नाखर उपाध्यायका छोरा जेठाको हाँगाको विवरण, जि.मु.हरिलाल सुवेदी कान्छा बुढा हजुरबा श्री कृष्ण उपाध्याय सुवेदीको वंश विवरण, जि.मु. हरिलाल उपाध्यकी जेठी दिदी धनकुमारीको वंश विवरण, जि.मु. हरिलाल सुवेदीकी माहिली दिदी जमुनादेवीको विवाह पाङ खुर्कोट मोहदत्तसित भएको थियो तर भारत गएर विलाएको, साहिँली कालिका दिदीको विवाह राक्से हुमगाई थरका रिजालँग भएको र उनका वंशको विवरण, जि.मु.हरिलाल सुवेदीकी कान्छी बहिनीको विवाह पुलाचौेरका दधीलाल पौडेलसँग भएको र उनको वंश विवरण, जि.मु. हरिलाल सुवेदीका पुर्खाको विवरण,रवि उपाध्याय सुवेदी ताकमको वंश विवरण, जि.मु. हरिलाल सुवेदीकी माता भ्रकला पौडेल सुवेदी माइतितिरका वंश विवरण, जि.मु.हरिलाल सुवेदीकी पुत्रबधू नन्दा देवी र पौडेल सुवेदी (यसमा नन्दा र पौडेल देउपतिको वंश विवरण प्रस्तुत गर्रिको छ ) ।राम प्रसाद सुवेदी –जमुना खर्कका पुर्खाहरू को विवरण ,नन्दका काकाहरूको वंश विवरण, जि.मु. हरिलाल उपाध्याको सम्बन्ध तोरीपानीका भानुभक्त रिजालसित गुरु शिष्यको साथै वैवाहिक सम्बन्धको विवरण । जि.मुचु हरिलाल उपाध्ययकी कान्छीपुत्रबधू खड्गेश्वरी र रेगमीहरूको सम्बन्ध र वंश विवरण ,जि.मु. हरिलाल सुवेदीका साहिंला  पितामह र रङ्गनाथ सुवेदीको वंश र ज्ञादिका पौडेलसँगको सम्बन्ध ( यसमा टुहुरी फुपू को विवाह ज्ञादी पर्वत पण्डित थरका नरनाथ पौडेलसँग भएर सम्बन्ध जोडिएको) । जि.मु. हरिलाल सुवेदीकी सानीआमा(छामा) पराजुली ,पातलेखेतको पराजुली कुलसित – (यसमा पनि लामै सम्बन्ध जोडिएको विवरण आएको छ), जि.मु. हरिलाल सुवेदी र कौडिन्य गोत्रीय आचार्य चुवाली सितको सम्बन्ध , पुलाचौर,.( यसमा पनि वैवाहिक सम्बन्ध जोडिएको छ), जि.मु. हरिलाल सुवेदीका दुवै सम्धिनी चुवालीका लक्ष्मीधर आचार्यका छोरीहरू हुन् ), जि.मु. हरिलाल सुवेदीकी,जेठी दिदिको विवाह बलेवा सरङ्गेका डण्डपाणि पौडेल सँग भएको यिनको वंश विवरण , जि.मु.हरिलाल सुवेदीकी धर्मपत्नी,तुलसीदेवी पौडेल सुवेदीका पिता गुणनिधि पौडेल भएको साथै वंश विवरण , जि.मु. हरिलाल र सोमनाथ पौडेल बलेवाको सम्बन्ध पनि वैवाहिक रहेको र यिनको वंश विवरण प्रस्तुत भएको छ । जि.मु. हरिलाल सुवेदीकी सालीको विवाह पाङ,पर्वतका दुर्गादत्त सुवेदीसँग भएको विवरण,जि.मु.हरिलाल सुवेदीकी फुपूसासुको विवाह पाङ्न्वारका कलाधर अर्यालसँग भएको र कलाघर अर्यालका पुर्खाहरूको वंशावली विवरण, जि.मु. हरिलाल सुवेदी र कुश्माका भवानीशंकर पौडेल वैवाहिक सम्बन्ध,नातो सम्बन्धि विवरण यहाँ समावेश गरिएको छ । जि.मु हरिलालका भाईहरू ताकमका खरेली सुवेदीहरू यस शीर्षकमा पर्वत ख¥याहबाट भएका ब्राह्मणतर्फको वंशावली यसमा समेटिएको छ । रामुका पनाती पर्वत ख¥याहाबाट ताकम बसाइ सराई गरेर गएको यिनीहरूको वंशविवरण यहाँ समाबेश गरिएको छ । जि.मु. हरिलाल सुवेदीको ताकुमका पङाली पौडेलको सम्बन्ध पनि ताकुमबाट पाङ्गएर फेरि ताकुम फर्केका ध्र्रुवका सन्तानहरूको विवरण यहाँ प्रस्तुत गरिएको छ । जि.मु. हरिलालको सम्बन्ध तीनाने घतानका सुवेदी टीकानन्दको शाखासँग भएको सम्बन्धलाई यहाँ समावेश गरिएको छ ।टिकानन्दको परिवारिक विवरण, जि.मु. हरिलाल सुवेदी र पुलाचौरका सुवेदीसँग सम्बन्ध र तिनीहरूो वंश विवरण, ताकमका चापागाईसित जि.मु. हरिलाल उपाध्याय सुवेदीको सम्बन्ध र वंश विवरण, जि.मु. हरिलाल उपाध्याय सुवेदीका मीतहरूो विवरण, एस.पी. हरिलाल श्रेष्ठ मीत बुवाको विवरण तमामका मितबुबाका छोरा नभएको कुरा, ताकमका मीतबुबा मु. हेमबहादुर थापा,को विवरण आदि विवरण यहाँ प्रस्तुत गर्रिएका छन् ।
संस्कार त्रय– हामीले जन्मसंस्कार, विवाहसंस्का र मृत्य संस्कार)को पालना गर्दै आएका छौं । संस्कार पालना नगरिने ठाउँमा जि. मु. हरिलालको उपस्थिति हुँदैनथ्यो । विवाहका नियमहरू पालन गर्नु पर्ने, ।  सपिण्डीमा विवाह गर्न नहुने ।सपिण्डी भन्दा छोरापट्टि ७ पुस्ता र छोरीपट्टि ६ पुस्ता मानिन्छ । तीन डोली काटेको परिवारमा विवाह गर्न मिल्ने भन्ने भनाइ पनि रहेको पाइन्छ ।सगोत्रीमा विवाह गर्न नहुने । भा।द्वाज गोत्रका थरहरू, कौशिक गोत्रका थरहरू,कौडिण्य गोत्रका थरहरू आदि यस कृतिले समेटेको छ ।
परिवेश– यो कृति जि.मु.हरिलालको जन्मस्थान ताकुम या म्याग्दी जिल्लाका विभिन्न स्थान, पर्वत जिल्लाका विभिन्न स्थानहरु, वाग्लुङ जिल्लाका विभिन्न स्थानहरू काठमाडौ, अमेरिका,का विभिन्न स्थानहरूको परिवेशमा लेखिएकाृे जीवनवृतान्त हो ।
भाषा शैली – सरल भाषमा लेखिएको यस कृतिलाई सहजै सबैले पढ्न सक्दछन् ।
निष्कर्ष – यो कृतिले हरिलाल जीवनवृतान्तमात्र नभएर बन्धुवृतसँगको सम्बन्ध र तिनीहरूको वंशबृद्धि कसरी भएको थियो नाताहरू को को थिए । तिनीहरूको विविध थार्थतालाई प्रष्टपारेको छ । जि.मु हरिलाल सुवेदीका जीवनका विभिन्न बस्तुतथ्यमा प्रकाश पारिएको छ । बहुलेखकले सजिएको यस कृतिमा पुरुषको मात्र नभएर नारीका पनि वशवृत्तिलाई यसमा समावेश गरिएको छ । यति गहन तरिकाले विश्लेषण गरिएको जि.मु.हरिलालको वंशजको मात्र नभएर उनका नाताहरू यतिसम्मकी मीतहरूको समेत विवरणलाई समेटिएको देखिन्छ । यस कृतिले जि.मुृ हरिलाल सुवेदीको गहिरो अध्ययन गरेको छ । त्यसोहुँदा जि.मु. हरिलालको बारेम कसैले खोज अनुसन्धान गर्न चाहेमा सहज र उपयोगि बनाइ दिएको छ । उनका योगदानहरू पनि यस कृतिमा समेटिएको पाइन्छ । संस्कारको बारेमा  सगोत्रमा विवाह गर्न नहुने कुरालाई पनि यहाँ बताइएको छ ।  यस कृतिलाई साहित्यकार एवम् जि.मु. हरिलालका ज्येष्ठ सुपुत्र होमनाथ सुवेदीजीले यसरी मूल्याङ्कन गर्नु भएको छ –" वंशावलीको पक्षबाट अवलोकन गर्दा यो यसप्रकारको कृति प्रथम नै  हुन सक्छ, जहाँ मातापिता दुवैको वंशावली समावेश गरिएको छ ।"
यस कृतिमा वंशावलीमात्र नभएर साहित्यकार होमनाथ सुवेदी,नमराज सुवेदी, शिवप्रसाद सत्याल पीठका लेख, कृति विवरण,आदिलाई पनि समेटिएका छन् । कृति अनुकरणीय छ ।  यस्ता गहनकृति मार्फत जि.मु. हरिलाल सुवेदीजीलाई अमरत्व प्रदान गर्नु हुने सुवेदी परिवार धन्यवादका पात्र हुनु हुन्छ भन्दै विदा चाहान्छु ।

January 23, 2024

 मुक्तक

मन यस्तो चीज हो तारा समेत झारिदिन्छ
सगरमाथा चुचुरोमा भिलिमिली पारिन्छि ।
मनको लड्डु खाँदा खेरी के स्वाद मिल्छ साथी
संसारका सारा राज्य सपनीमा सारिदिन्छ

मुक्तक
हामी पनि उस्तै छौं यिनकै पछि लाग्दै छौं
भ्रष्ट चारको भारी हेर्दै सुशासन माग्दै छौं
गर्ने भए गर्थे यिनले यत्रो वर्ष खाइसके
सुयोग्य व्यक्ति खोज्न किन हामी भाग्दै छौं
मुक्तक
चोखो प्रेम भयो भने टु््टन कहाँ सक्छ सानु
जीवनको भावी रेखा मेट्न कहाँ सक्छ सानु
अलक झलक माया प्रीति अमिट कहाँ हुन्छ
यस्तो प्रेम जीवनमा जुट्न कहाँ सक्छ सानु

January 21, 2024

मुक्तक
यहाँ हेर स्वार्थी धेरै पाएसम्म लुट्छन्
स्वार्थ पूर्ति नभएमा भाषणले चुट्छन्
अघि बढ्ने मन भए शुद्ध बाटो खन
नत्र भने तिमीलाई भुट्नसम्म भुट्छन्
मुक्तक
नहान भो भकुण्डोलाई साह्रै मार खायो
चारै दिशा भाग्नलाई धाउन सम्म धायो
खुट्टामा लटपट्याउँदै किक सम्म हान्छन्
पछारिन्छ ठाउँ ठाउँमा साह्र दुःख पायो
मुक्तक
नामर्दको बुद्धिले के नै सोच्न सक्छ
हरेस नै खायो भने रक्सी नै धोक्छ
हुतिहारा नबनौ  दृढता नै बोकौं
दृढता समाए सगरमाथा बोक्छ
मुक्तक
किनहोला आज भोली कोलाहाल छाको
मार्ग दर्शकले बाटो  छाडी छाडी आको
बुर्कुसी मार्न पाए विदेश सम्म  जान्छन्
मौकामा उसको बोली अति ठूलो भाको
मुक्तक
गणतन्त्र आयो देशमा दीपवाली बल्यो
अमनचैन होला भन्दा सम्पन्नता ढल्यो
नेता हिड्छन् कुर्ली कुर्ली भै उपलब्धीहीन
गास बास कपास खोज्दैे जन मन जल्यो

January 14, 2024

मुक्तक – १
काँडा बिज्न सक्छ साथी कुबाटोमा हिड्दा
जे जे पनि हुन सक्छ आन्दोलनमा भिड्दा
शान्तिमय पदयात्रा हुन्छ नौनी जस्तै कोमल
कति  मर्म पर्न जाला एकले अर्कोलाई गिड्दा

मुक्तक–२
जमाना उल्टा भयो कोपिला नै निमोठिन्छन्
अनमोल कोपिलालाई अंकुरण मै उखेलिन्छन्
पलास र श्रीखण्डलाई कोही छैन चिन्नेवाला
अल्लिडको काठ सम्झी गल्लिमा फ्याकिदिन्छन्

मुक्तक–३
प्रकृतिको सुन्दरतामा सबै मोहित हुन्छन् सानु
मधुरसले टमाटम भए मधुमख्खी झुल्छन् सानु
यो संसार कुचक्र छाडी सुचक्रमा चल्नु पथ्र्यो
लेक छाडी व्याँसी रोप्दा गुराँस कहाँ फुल्छन् सानु
मुक्तक
काँडा बिज्न सक्छ साथी कुबाटोमा हिड्दा
जे जे पनि हुन सक्छ आन्दोलनमा भिड्दा
शान्तिमय पदयात्रा हुन्छ नौनी जस्तै कोमल
कति मर्म पर्न जाला एकले अर्कोलाई गिड्दा
Like
Comment
Share