January 21, 2024

मुक्तक
यहाँ हेर स्वार्थी धेरै पाएसम्म लुट्छन्
स्वार्थ पूर्ति नभएमा भाषणले चुट्छन्
अघि बढ्ने मन भए शुद्ध बाटो खन
नत्र भने तिमीलाई भुट्नसम्म भुट्छन्
मुक्तक
नहान भो भकुण्डोलाई साह्रै मार खायो
चारै दिशा भाग्नलाई धाउन सम्म धायो
खुट्टामा लटपट्याउँदै किक सम्म हान्छन्
पछारिन्छ ठाउँ ठाउँमा साह्र दुःख पायो
मुक्तक
नामर्दको बुद्धिले के नै सोच्न सक्छ
हरेस नै खायो भने रक्सी नै धोक्छ
हुतिहारा नबनौ  दृढता नै बोकौं
दृढता समाए सगरमाथा बोक्छ
मुक्तक
किनहोला आज भोली कोलाहाल छाको
मार्ग दर्शकले बाटो  छाडी छाडी आको
बुर्कुसी मार्न पाए विदेश सम्म  जान्छन्
मौकामा उसको बोली अति ठूलो भाको
मुक्तक
गणतन्त्र आयो देशमा दीपवाली बल्यो
अमनचैन होला भन्दा सम्पन्नता ढल्यो
नेता हिड्छन् कुर्ली कुर्ली भै उपलब्धीहीन
गास बास कपास खोज्दैे जन मन जल्यो

No comments:

Post a Comment