November 27, 2024

माटो र बाली व्यवस्थापन एक झलक

सदानन्द अभागी
नेपाल एउटा कृषिप्रधान देश हो । यहाँको आर्थिक स्रोतको मेरुदण्ड पनि कृषि नै हो । यहाँ सबै किसिमका बालीहरू लगाइन्छ जस्तै धान(हिउँदे र वर्षे) मकै, गहँु, कोदो, जौ, फापर मसुरो, चना, रहर,मास, भटमास, गहत, खेसरी, तोरी, सर्यू, रायो, बदाम, सूर्यमुखी, झुसेतिल, तिल, उखू, जुट ,कपास, फलफूल सादबहार (आँप लिची,केरा, सुन्तला, कागती, निबुना आदि) फलफूल पतझड ( स्याउ, नास्पति, आरु आरुबखडा ओखर) तरकारी (आलु काउदी मूला, सलगम, रायो साग, प्याज, गोलभेंडा, बन्दा, तनेबोडी, घिउसिमी, भेडे खुर्सानी, खुर्सानी, भण्टा ,काँक्रो, स्क्वायस फर्सी ,स्वीसचार्ड, तीतेकरेला, रामतोरियाँ, पालुङ्गो, ब्रोकाउली, तरबुजा, फर्सी, लौका, पाटे घिरौंला, धनिया, चिचिण्डो, कुरिलो, पार्सले, ग्याँठकोपी, जिरीको साग, चुकन्दर, चाइनिजबन्दा, चमसुर, लट्टे, सिमी, घाँसेबाली( विभिन्न जातका जस्तै जै,बर्सिम सेतो क्लोभर, राई, टियोसेन्टी, कमनभेच, स्टाइलो, कक्सफुट नेपियर), अलैची, अदुवा, बेसार, खुर्सँर्नी तथा लसुनबाली, चिया, कफी, माछा, रेशम, रबर, कपास, मह, च्याउ आदि लगाउने गरिन्छ । जैविक विविधताले सजिएको देशको साथै, तराई, पहाड, उच्चपहाड, हिमाल जस्तो उच्चाइको कारणाले हावापानी सुहाउँदो भएकोले गर्दा यहाँ सबै किसिमका बाली उत्पादन गर्न सहज देखिन्छ । बास्तवमा भन्ने हो भने हावापानीको हिसावले यहाँ  कदम कदममा हामीले सबै किसिमका बाली उत्पादनमात्र न भै आर्थिक उत्पादनको हिसावले सुन उत्पादन गर्न सकिन्छ । हाम्रो कृषि व्यवसाय आधुनिक कृषिपद्धति भन्दा  परमपरागत खेतीबालीमा नै आधारित रहेकोले हाम्रो बालीको उत्पादकत्व विकसित देशको तुलनामा निकै कम छ । उत्पादकत्व बढाउन हामीले माटो, मल, बीउ,, सिञ्चाइ, बालीसंरक्षण, उन्नत प्रविधिमा ध्यानन दिनु पर्दछ । हेरौ यी बाली उत्पादनतत्वको भूमिकालाई –
माटो – माटो बिरुवाको खाद्यतत्वको भण्डार हो । बिरुवाले खाना माटोबाट लिन्छ ।  माटोमा प्राङ्गारिक मल थप्दै जानु पर्छ नथपेमा माटो उत्पादनशील रहँदैन ।खेती योग्य माटो सानाकणहरू मिलेर बनेको हुन्छ । यी कणको आधारमा पनि धेरै कुरा पत्ता लगाउन सकिन्छ । खासगरी ठूलाकण भएको बलौटे माटो रुखो हुन्छ, पानी खाद्यतत्व अडाएर राख्न सक्दैन, जोतखनलाई सजिलो भए पनि यो माटोमा खेती गर्दा माटो व्यवस्थापनमा (मल, सिचाई, बाली आदिमा) ध्यान दिनु पर्दछ । माटाको कणको आधारमा यस प्रकारको माटोलाई बलौटे माटो भनिन्छ । यस्तो माटोमा जरा फैलिने बाली जस्तै खरबुजा, तरबुजा, गाजर, मूला ,आलु ,लेटुस, सिमी, टमाटर, काँक्रो, कुरिलो आदि लगाउँदा उत्पादन बढाउन सकिन्छ । दोमट माटोः भन्दा बालुवा, पाँगो र चिम्टेकणको सन्तुलित(बराबर) भागहरू मिलेर बनेको हुन्छ । प्राय सबै बालीहरू, फलपूmल बोटहरू, तरकारीहरू, पूmलहरूलाई लगाउन सकिन्छ । चिम्टे माटो भनेको अति मसिना कण भएको माटो हो ।  यो माटोमा काम गर्न कठिन हुन्छ । पानीको मात्र यसले समातेर राख्छ । सुक्दा चिरिन्छ अनि पानीमा हिलो भएर लर्किन्छ । यस्तो माटोमा पानी अड्ने अर्थात जम्ने भएकोले धान बाली राम्रो हुन्छ । चिम्टे माटोमा फल्ने फलहरूमा ब्ल्याकबेरी, रास्पबेरी र स्याउ आदि लगाउन सकिन्छ । यसको व्यवस्थापनमा ध्यान दिनु पर्दछ ।प्राङ्गारिक मलको प्रयोग बढाउनु पर्छ । रसायनिक मलको मात्रा घटाउनु पर्छ । हरियोमलको प्रयोग गर्दा माटो खुकुलो हुन्छ र खनजोत गर्न सजिलो हुन्छ ।
सिँचाइ –नेपालको करिब ४० प्रतिशत कृषि जमिन सिँचिात हुन्छ । करिब १९ प्रतिशत जमिनले वर्षभरी सिँचाइ पाउँछ । अरु जमिन आकाशको (वर्षको) भरमा खेती गरिन्छ । विरुवा बढ्नको लागि माटोमा पानीको आवश्यक्ता पर्छ । । प्रकाश संश्लेषणको लागि पानी चाहिन्छ । बिरुवाले चाहिने पानी माटोबाट लिन्छ । माटोमा चिस्यान लगभग १५ बारको तनावमा रहेको अवस्थासम्म माटोबाट बिरुवाले पानी लिन्छ । यस भन्दा माथि बिरुवाले पानी लिन सक्दैन । यस सीमामा, माटोमा अतिरिक्त पानी आपूर्ति गरिएन भने, धेरैजसो बिरुवाहरू मर्छन् । बिरुवाले ओइलायर माटोमा पानी नभएको संकेत गर्छ । सिचाई गर्नु पर्दछ नत्र बिरुवा ओइलाएर मर्छ । माटोमा भएका खनिज पदार्थ घोलेर बिरुवाले लिन सक्ने अवस्थामा लान (खनिजीकरण गर्न) माटोमा चिस्यान चाहिन्छ । बिरुवाले खाना लिन सक्ने भएपछि मात्र खाद्यतत्व बिरुवाले लिन्छ । माटोमा रासायनिक र जैविक गतिविधिहरू हुन माटोमा चिस्यान चाहिन्छ । माटोकोे चिस्यानले माटोकोे तापक्रमलाई संंतुलनमा ल्याउने काम गर्छ । पानी माटोको कणमा हुन्छ । एउटा माटोको कणमा खनिज पदार्थ लगभग ४० देखि ४५ प्रतिशत हुन्छ । प्राङ्गारिक पदार्थ करिव ५ प्रतिशत, पानी २५ प्रतिशत र माटोको मात्राको लगभग २५ प्रतिशत हुन्छ ।
 बिरुवाको बृद्धिको लागि हावा अति आवश्यक हुन्छ । माटोमा प्राणवायुको अभावमा बिऊ उम्रन सक्दैन र उमे्रपछि पनि बिरुवाको बृद्धिमा असर पर्दछ । माटोमा  सूक्ष्म जीवाणुहरू हुन्छन् । यिनको श्वासप्रश्वासको लागि पनि हावाको आवश्यक्ता पर्दछ । माटोमा हावाले बिरुवाहरूको समग्र स्वास्थ्यको लागि महत्त्वपूर्ण भूमिका खेल्छ, । पर्याप्त हावा बिना, बिरुवाको जराले पानी र पोषक तत्वहरू प्रभावकारी रूपमा स्वसेर लिन सक्दैन ।
 यसरी नै माटोमा तापक्रम पनि हुछ । किनकी भौतिक र रसायनिक प्रतिकृयाको लागि, जराको विकासको लागि, बीउको अंकुरणको लागि गाज। पूmलकोभी, ब्रोकाउलीको लागि ७ डि. देखि ३० डि. से.तामक्रम चाहिन्छ  मकैको लागि १५ डि.से.देखि ३५डि.सें.मा उमार्न सकिन्छ । र घुलनशील पदार्थ (पोषक तत्व) को माटोमा) घोल्नको लागि, आधारभूत जैविक प्रक्रियाहरू (माइक्रोबियल गतिविधि बढाउन) र पोषक तत्वको उपलब्धतामा उपयुक्त तापक्रम  बिना, बिरुवाको जराले पानी र पोषक तत्वहरू प्रभावकारी रूपमा लिन कठिन पर्दछ । चिसो माटोमा बिरुवा द्रुत गतिले उम्रन र बढ्न सक्दैन । त्यसो हुँदा विरुवा बढ्नको लागि करिव (३२ डि.से.) ताप चाहिन्छ । धेरै तापमा (६०डि.से.) जमिनमा रहेका ब्याक्टेरियाहरू गर्मीमा बाँच्न सक्दैनन्।  
माटोको खनिज पदार्थ–  माटोको खनिज पदार्थ हामीले माटो बन्ने पैतृक पदार्थबाट प्राप्त गर्दछौं । यी अकार्बनिक कणहरू हुन्छन्। यसमा सामान्यतया बालुवा, पाँगो र चिम्टे कण हुन्छन् । यी कणले माटोको बनावट, पानीको निकास, पोषक तत्वको उपलब्धता, बिरुवा विकासमा टेवा र वातावरण संतुलन राख्नको लागि महत्त्वपूर्ण खेल खेल्छन् । बिरुवाको लागि १६ ओटा तत्वहरु आवस्यक पर्दछन् । यी बिरुवाको पोषक तत्वका स्रोत हुन् जस्तै बिरुवाले; कार्वन, अक्सि र हाइड्रोजन प्राकृतिक स्रोतबाट लिन्छ । यी बाहेक माटोबाट लिने मुख्यतत्वहरु जो बिरुवालाई ठूलो मात्रा चाहिन्छन (मुख्य तत्व) ती नाइट्रोजन, फस्फरस, पोटास, हुन् । मध्यम मात्रामा चाहिने तत्वलाई सहायक तत्व भनिन्छ ती क्याल्सियम म्याग्नेसियम, गन्धक ( क्गािगच० हुन् र यी बाहेक थोरै मात्रामा चाहिने तर नभै नहुने तत्वहरू जसलाई सूक्ष्म तत्व पनि भनिन्छ ती फलाम, म्याङ्नेज, जिंक(जस्ता),तावाँ, सुहाग मोलिबडेम्, क्लोरिन हुन् । यी विना बिरुवाले जीवनचक्र पुरा गर्न सक्दैन । त्यसैले यिनीहरूलाई बिरुवाको आवश्यक खाद्यतत्व भनिएको हो । केही तत्वहरू जस्तै सोडियम, कोवाल्ट, भेनेडियम र सिलिकनको प्रयोगले बिरुवाको विकास राम्रो हुने धारणाहरू आएका छन् ।
प्राङ्गारिक पदार्थ –प्राङ्गारिक पदार्थ माटोको मुटु हो । यसले बिरुवालाई चाहिने सबै खाद्यतत्व उपलब्ध गराउँछ । यसको स्रोत भनेको प्राङ्गारिकमलहरू( गोवर, कम्पोष्ट, बाख्राको जुतो, पिना, हरियोमल, कुखुराको सुली, मानिसको दिसा पिसाव, एजोला, शहरको फोहोर मैला, सूक्ष्म जैविक मल (एजेटोव्याक्टर, राईजोवियम) आदि) हुन् । यसले माटोको संरचना सपार्छ, पानीको धारण गर्ने शक्ति बढाउँछ,, सूक्ष्मजीवहरूको लागि खाना दिन्छ, तापक्रमको नियन्त्रण तथा संतुलन मिलाउँछ । एकपटक राख्दा अर्कोबालीलाई पनि विरुवाले पाउन सम्छ । बालिमा मिठास( चिनी)को मात्रा थप्दछ , ।
 सूक्ष्म जैविक क्रियाकलाप –बिरुवाको विकासको लागि माटोमा भएका सूमजीवाणुको पनि गहन भूमिका हुन्छ । माटोमा यिनको संख्या प्रस्सत पाइन्छ । माटो भित्र  बसेर पोषक तत्वहरूको चक्रमा महत्वपूर्ण भूमिका खेल्दछन् । माटोबाट प्रदूषकहरू हटाउँछन् । यी लाभ दायक र हानिकारक दुबै हुन्छन् । माटोमा ब्याक्टेरिया, फंगी, एकटिनो माइसेट, प्रोटोजोआ भाइरस, नीलो–हरियो अल्गाई, नेमाटोड पाइन्छन्।
 व्याक्टेरीयाका केही जातले जस्तै राइजोवियमले कोशेबालीका जरामा बसी वायुमण्डलीय नाइट्रजनलाई माटोमा स्थिरीकरण गरेर बिरुवालाई नाइट्रोजन उपलब्ध गराउँछन् । यिनलाई कोशे(दलहन) बालीको बिउको उपचार गरेर या सोझै माटोमा प्रयोग गर्न सकिन्छ । यिनको प्रयोग कोशेबालीको जात अनुरुप हुने भएकोले अलग अलग कोशेबालीको लागि अलग अलग सूक्ष्मजीव  प्रयोग गर्नु पर्दछ जस्तै

च्। भिनगmष्लयकबचगm, च्। वबउयलष्अगm, च्। उजबअभयष् िआदि । बअतष्लयmथअभतभक ले कम्पोस्ट निर्माण र नाइट्रोजन स्थिरीकरण, स्थिरह्युमसको गठन, कडा बोट अवशेषहरू जस्तै सेल्युलोज र जनावरहरूको अवशेषहरू टुक्¥याउन र माटोको जैविक सन्तुलन कायम राख्ने काममा आउँछ । यसलाई कोशेबाली भन्दा अरू बालिमा प्रयोग गरिन्छ ।  प्रोटोजोआ को संक्रमणबाट बिरुवाहरू, जनावरहरू र केही समुद्री जीवनहरू सहित विभिन्न प्रकारका जीवहरूलाई असर गर्छ। माटोमा पाइने रोगजनक ब्याक्टेरियाले बिरुवामा विभिन्न प्रकारका रोगहरू निम्त्याउन सक्छ।
माटोको प्रतिक्रिया (उज्) – माटोको प्रतिक्रिया भनेको माटोका अम्लिय र क्षारिय पनाको बारेमा जानकारी लिनु हो । यसलाई पिएच मिटरबाट जाँच गरिन्छ । पिएच मिटरले देखाएको मानलाई  पिएच मान भनिन्छ । पिएच ७  तटस्थ माटो भनिन्छ । पिएच ७ भन्दा माथि गयो भने क्षारिय माटो र सात भन्दा तल झरे अम्लिय माटो भनिन्छ । बिरुवाको विकासको लागि पिएच मान ६ र ७ का बीचमा हुनु पर्दछ ।यो तहमा फस्फरस बिरुवाले पाउन सक्छ ।  धेरै अम्लिय माटोमा विरूवाले म्याग्नेसियम क्याल्सियम, पोटासियम। मोलिबडेनम लिन सक्दैन । पिएच मान ५.५ भन्दा तल झरे फलाम, म्यागनेज, जस्ता, तावाँ, कोवाल्ट, अलमुनियम आदि धेरै घुलनशील भएर विषालु बन्दछन् । नवलपरासीको माटोको प्रतिक्रिया कस्तो छ ? भन्ने प्रस्नमा दाउन्नेको डाँडादेखि पूर्वको माटो प्रतिकृया अम्लिय प्रकारको छ । समथर एरियाको भन्दा पहाडी क्षेत्रको माटो अझै अम्लिय छ ।  माटो अम्लिय कसरी बन्छ भन्दा माटो बन्ने सामान (पैतृक पदाथ)अम्लिय भएको कारणले माटो अम्लिय बन्छ । जस्तै आग्नेय चट्टान, सिलिका, क्वार्ट्ज, फेल्डस्पार पैतृक पदार्थबाट बनेको माटो अम्लििय हुन्छ । अमोनियम–आधारित एसिड–बनाउने मलहरूको बारम्बार प्रयोग गर्दा, धेरै वर्षको कारणले छारयुक्त पदार्थ चुहेर गएमा, बिरुवाहरूले क्याटआयनहरू लिने र एनयनहरू छोड्ने क्रममा माटोको अम्लीय पना बढेर जान्छ । अम्लिय माटो कृषि चुनको प्रयोग गरेर सुधार गर्न सकिन्छ यसरी नै  क्षारिय माटो जिपसम प्रयोग गरेर सुधार गर्न सकिन्छ । कृषि चुन र जिपसम प्रयोग गर्दा माटो जाँच गरेरमात्र प्रयोग गर्नुपर्छ ।चुन प्रयोग गर्दा खडाबालीमा प्रयोग गर्न हुँदैन । चुन प्रयोग गरेपछि जोतेर माटोमा मिलाउनु पर्छ र १०–१५ दिन बाली लगाउन हुँदैन । अम्लिय माटोमा हुने बालीहरू जस्तै  धान, जई, मकै, आलु ,सखरखण्ड, चिया, कपास कफी, रबर, सूर्ती, बोडी आदि लगाउनु पर्छ । ६ देखि माथि पिएच मानमा प्राय सबै तरकारी बालीहरू,भटमास, आदि बाली लगाउन सकिन्छ ।
 बाली संरक्षण – बालीमा रोग लाग्छन्, कीरा लाग्छन्, पशुपंक्षीले खान्छन् । मुसा लाग्न सक्छ र झारपातले पनि नोक्सान पु¥याउँछन् । बालीलाई यिनबाट जोगाउनु पर्छ । बाली संरक्षण हामीले जोताई खनाई, बाली बालीचक्र, जैविक र सिंथेटिक कीटनाशक प्रयोग, खेत अनुगमन, आदि बाट गर्न सकिन्छ । रसायनिक विषादिको प्रयोग सकेसम्म नगर्ने र जैविक विषादिको प्रयोग गर्ने । सकिन्छ भने प्राङ्गारिक मलको प्रयोग गर्ने । प्राङ्गारिक खेती गर्न सके माटो दीर्घ कालिन रूपमा स्वस्थ बन्दै जाने । स्वस्थ माटोमा रोग किरा कम लाग्छ ।  उत्पादन स्वस्थ हुन्छ । स्वस्थ उत्पादनको प्रयोगले मानिस, पशुपंक्षी, बोट बिरुवा सबै स्वस्थ हुन्छन् । हामीलाई थाहा छ कि माटो, वनस्पति, मानिस र पशुपंक्षी एक अर्कामा आश्रित हुन्छन् । यिनमा कुनै एक प्रदुषित हुन हुँदैन ।एउटा प्रदुषित भयो भने सबै प्रदुषित हुन्छन् ।  
 उन्नत प्रबृद्धि – बाली लगाउँदा धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ । आजको जलबायु परिवर्तनको समयमा सधैं गर्दै आएको प्रविधिमा निर्भर रह्यो भने उत्पादन लिन सकिदैन । बीउ प्रसोधन, जोताइ, बिरुवा लगाउँदा चाहिने उपयुक्त समय, बोटदेखि बोटसम्मको दूरी (हरेक बालीको फरक हुन्छ), सिँचाई( बालीको कुन अवस्थामा दिने ) तालिका, माटोको अवस्था (बलौटे, दोमट, चिम्टे) पहिचान गरेर माटो अनुकुलको बाली लगाउने,वैज्ञानिक खेतीप्रविधिको अवलम्बन, बाली संरक्षण (सकेसम्म जैविक विगादिको प्रयोग, रसायनिक विषादिको प्रयोगमा छोटो समयमा बाली प्रयोग गर्न सकिने विष को प्रयोग, मलको प्रयोग (स्थानीयजातलाई कम मल, उन्नत तथा हाइब्रिड जातलाई बढीमल)बाली भित्र्याउने समयको पहिचान( काँचै काटेको अनाजमा छिटै किरा लाग्ने, राम्रोपाकेको बाली भित्र्याउने), उत्पादन लिएको बालीलाई भण्डारण कसरी गर्ने आदिमा ध्यान दिनु पर्दछ ।
बजारको पहुँच –बाली उत्पादनमा तीब्रता ल्याउने बजारको पहुँचले पनि हो । उत्पादन सामाग्री किन्न र उत्पादित बस्तु सहजै विक्री गर्न पाइने सुविधा भएमा उत्पादनले पनि तीब्रता ल्याउँछ । मौसमी र वेमौसमी बाली, कुन लगाउँदा बजारमा बिक्री गर्न सहज हुन्छ, बढी मूल्यमा बिक्री गर्न सकिन्छ ध्यानदिने ।
अन्त्यमा माटो व्यवस्थापन र बाली उत्पादन गर्नको लागि धेरै नै जानकारी हुनु पर्ने  हुन्छ । एउटा सानो लेखमा सबै समेट्न सहज छैन । आवश्यक जानकारी लिन कृषि सेवा केन्द्र कृषि ज्ञान केन्द्र, अनुसन्धान केन्द्र, कृषि फर्म, वागवानी फर्म जुन नजिक पर्छ त्यहाँ गएर ज्ञान हाँसिल गर्न सकिन्छ ।

November 17, 2024

ठूलो स्वप्नाध्याय सपनाफल विचारमा विवेचना
सदानन्द अभागी
परिचय
ओमप्रसाद अधिकारी माता श्री पदम्कुमारी उपाध्याय र पिता श्री केदारनाथ उपाध्याय अधिकारीका सुपुत्र हुनुहुन्छ ।  उहाँ रकुवा ५ ओटाङ (हालको बुङ्दीकाली –३) मा जन्मनु भयो र हाल कावासोती नगरपालिका वार्ड नं १६ तीनघरेचोक डण्डामा स्थायी रूपमा बसोबास गर्नु हुन्छ । उहाँ आध्यात्मज्ञानी( थुप्रै धार्मिक कृतिहरूका लेखक सम्पादक), साहित्यकार ( कविता, कथा, संस्मरण, आदि), पेशागतरूपमा एक शिक्षक,रुचिको हिसावले पत्रपत्रिका संंकलन अध्ययन वाचानालय स्थापना कर्ता हुनु हुन्छ  भाषागतरूमा संस्कृति, नेपाली र हिन्दीको ज्ञाता, सम्लग्नताको हिसावले त्रिवेणी साहित्य प्रतिष्ठानको आजीवन सदस्य,सम्मानको हिसावले नइ कीर्र्तिरत्न(२०७९)ले विभुषित हुनुहुन्छ ।  । उहाँको र मेरो परिचय टेलीफोनबाट २०८१।२।३२मा भए पनि २०८१ । ७ । २४ गते उहाँ मेरो घरमा आउनु भएको थियो । यही अवसरमा केही मिनट वार्तालाप भएर साक्षाकार भएको हो । यस अवसरमा हामीले किताप आदान प्रदान गरेम् । उहाँले मलाई ''ठूलो स्वप्नाध्याय" सपनाफल विचार प्रदान गर्नु भयो भने मैले राम ज्ञवाली द्वारा सिर्जित '' सदानन्दको जीवन कर्म र व्यक्तित्व" र मेरो महाकाव्य ''सिंहवाहिनी " प्रदान गरें  । कता कता मलाई साहित्यमा लाग्नुको मुख्य उद्देश्य के होला भन्ने प्रश्न राख्न मन लाग्यो । उहाँले सहजै भन्नु भयो – ''जीवनलाई, सवल, सक्षम र आनन्दित बनाई मानव जीवन प्राप्त भएको गौरव अनुभूति गर्न ।" आजको परिपेक्षमा साहित्यमा लगानी गर्नु उत्पादनहीन हो भनिन्छ । लेख्या,े छापो, विक्री हुँदैन, उपहारमा दिए पनि लानेले पढेर प्रतिकृया दिंदैन, यसमा तपाइँको प्रतिकृया के छ ? मेरो यो जीज्ञाशामा पनि उहाँको प्रतिकृया यसरी आयो – '' मलाई साहित्यमा लागेर असन्तुष्टी, निराशा, दुःख वा पछुतो केही पनि छैन । मेरो समय अध्ययन अध्यापन, लेखन मनन् मै बिति रहेको छ । " मलाई लाग्यो बास्तवमा लेखकको काम लेख्ने हो । यसपछि उहाँ साहित्यमा लाग्नु कस्को प्रेरणाबाट हो भनेर मैले प्रश्न राखे । उहाँको छोटो उत्तर थियो '' पिताश्री " । साहित्यलाई कसरी प्रवर्धन गर्न सकिन्छ भनी सोधनी गर्न मन लाग्यो र सोधी पनि हाले । उहाँको धारणा यसरी आयो –''नवोदित÷उदीयमान लेखक साहित्यकारहरूलाई अझ थप हौसला बढाइदिने, कृतिहरू प्रकाशन गर्न चाहानेहरूका लागि सहजी करणा गरिदिने भयो भने साहित्यमा त्यस्ता व्याक्तिहरूलाई थप प्रेरणा प्राप्त हुनेछ ।" उहाँ हतारमा हुनु हुन्थ्यो तर मलाई भने धेरै जानकारी लिने चाहना थियो ,पछि भेटहुने सर्तमा हामी विदा भयौं ।
ठूलो सप्नाध्यायलाई अध्ययन गर्ने बिचार पलायो । यस कृतिलाई अध्ययन गर्दा उहाँका स्वलिखित र सम्पादित गरी ५५ ओटा कृतिहरू बजारमा आइसकेका रहेछन् । यिनको विवरण तल दिएको छु । सपना के हो भनी परिभाषित गर्न सहज छैन । सपना हामी सबैले देख्छौं । यी सपनाको फल पनि मिल्छ। सपना राम्रो फल दिने र नराम्रो फल दिने हुन्छन् । केही विद्वानहरूले यसलाई यसरी परिभाषित गरेका छन् – इरिक सुनी ––(Eric suni, staff writer) र Alex Dimitriu, Psychiatrist) ले यसरी परिभाषित गरेका छन् –Alex Dimitriu, Psychiatrist) (सपनाहरू मानसिक, भावनात्मक, वा संवेदी अनुभवहरू हुन् जुन निद्राको बेलामा हुन्छन्। )
अर्थसरोकार पत्रिकामा  २९ आश्विन २०७३मा लेखिएकोछ –'' सपना भनेको मनमा आउने विचार, चित्र, र अनुभूतिहरूको श्रृंखला हो जुन मानिस सुत्दा अनुभव गर्छ। यो प्रायः मानिसका चासो, डर, वा दैनिक जीवनका घटनाहरूसँग सम्बन्धित हुन्छ।"
सदानन्द अभागीले गजलमा सपनालाई यसरी प्रस्तुत गरेका छन् –
सपना त कल्पना हो देख्न सके देख हजुर
भावनाको पोखाइ हो लेख्न सके लेख हजुर
पृष्ठ ४३८, अभागीको प्रेमविहारको षष्ठामृत
अवलोकन ीबकत ग्उमबतभमस् ःबच ज्ञछ, द्दण्द्दघ को पत्रिकामा  लेखिएको छ – ''सपने वे कहानिया और चित्र होते हैं जो हमारा दिमाग सोते समय बन्ते हैं ।"  
माथिका यी परिभाषामा नजिक नजिक पुगे पनि एकरूपता देखिदैन । हामीले सपनाफलको बारेमा भने धेरै लेखहरू पढ्न पाउँछौं । अनुसन्धान कर्ताहरूले धेरै प्रयास गरेको पाएका छौं ती प्रयासलाई ओमप्रकाश अधिकारीले ठूलो स्वप्नाध्यायमा समेट्ने प्रयास गर्नु भएको छ । यो पनि एक अथक प्रयास र खोज हो । जस्लाई सहज रूपमा लिन सकिदैन । उहाँको प्रयासमा के कति कृति सिर्जना भए त्यसतिर लागौं ।
उहाँका लिखित तथा सम्पादित कृतिहरूको विवरण – कर्तव्य दर्पण –(मानवधर्म रहस्य दर्शन ), मानवधर्म (पद्यमा पूर्वभाग), ज्ञानरत्नमाला (पद्यमा , उत्तरभाग), धर्मोपदेशमाला (पद्यमा), चाणक्य  नीति दर्पण (नेपाली भाषा–टीका श्लोकसहित) तिलक रहस्य दर्पण –तिलक सम्बन्धमा विशद् विवेचना ), संसारदेखि लाग्छ साह्रैउराठ (पद्यमा), दिव्यमधृ (अर्थात मौरीको गुनासो, कवितासङ्ग्रह), सुदामनको कनिका –कवितासङ्ग्रह), गंगामहात्म्य (महिमा नेपालीमा), हिंसक कृषक तुलना –(मासु र हलोको तुलाना), आयुर्वेद सार दर्पण (घरेलु वैद्य, प्रथम भाग), सिद्धगणेशस्तोत्रम् (श्री गणेश स्तोत्रावली) ,बैलोक्यमङ्गल सूर्यस्तोत्र तथा सूर्य उपासना परिचय (सूर्य हात्म्य, नेपालीमा), सरस्वती उपाशना पचिचय एवं पूजाविधि(ने.भा.टीका सहित) स्तोत्र पुष्पाञ्जलि (अति उपयोगी स्तोत्रहरूको सङ्ग्रह) , पञ्चायन स्तोत्राञ्जलि (अति उपयोगी स्तोत्रहरूको सङ्ग्रह, गजेन्द्रमोक्षस्तोत्र (नेपाली भाषा–श्लोक र अर्थ सहित ), चुड्का भजन सङ्ग्रह, श्री कृष्ण चरित्र र हरितालिका माहात्म्य (तीजको गीतको भाकामा), श्रीमद्देवीभागवत नवाह चन्द्रिका (नेपालीमा),गुलाफको पूmल र मौरीहरू (सायरीसङ्ग्रह), कलियुग (हास्य–व्यङ्ग्य) कश्यप÷काश्यप गोत्रीय अधिकारी संक्षिप्त परिचय तथा कुलपूजा विधि (नेपालीमा), अग्निस्थापना पद्धति (नेपाली भाषा–टीका सहित) श्राद्ध पद्धति (नेपाली भाषा–टीका सहित ),(साथमा, आफ्ना यजमानका पितृहरूको नामावली लेख्ने, आठ पेजजति खाली पृष्ठ र संक्षिप्त थर गोत्र र प्रवरसहित) , अन्त्यक्रिया पद्धति (नेपाली भाषा–टीका सहित ) (नेपाल तथा भारतका विशिष्ट विद्वानहरूद्वारा अनुमोदित) चतुर्विंशति रत्न दीपिका (कर्मकाण्ड) मङ्गलचौथी पूजाविधि तथा मालासंस्कारसहित चौबीस थरीका विषयबस्तुहरूकोे सङ्ग्रह), कालसर्पयोग कारण र निवारण –नेपाली भाषा–टीका सहित ), वास्तुशान्ति र शिलान्यास विधि – नेपाली भाषा–टीका सहित), शव संस्कारविधि – घाटको कर्म , नेपाली भाषा–टीका सहित), मङ्गलचौथी पूजाविधि ब्रत कथा( नेपाली भाषा–टीका सहित), ऋषिपञ्चमी पूजाविधि ब्रतकथा ( नेपाली भाषा–टीका सहित), नारी संध्याविधि , क्षत्रिय सन्ध्याविधि र १०८ गायत्री मन्त्र सन्ग्रह( दीक्षामन्त्र सहित), गोदान, तुलादान र दशदान पद्धति( नेपाली भाषा–टीका सहित) वटपिप्पल प्रतिष्ठा पद्धति( नेपाली भाषा–टीका सहित), शनिप्रदोष ब्रत (शनित्रयोदशी ) पूजाविधि ब्रतकथा( नेपाली भाषा–टीका सहित) सत्यनारायण पूजाविधि ब्रत कथा ( नेपाली भाषा–टीका सहित), लक्षवर्ती पूजाविधि ब्रत कथा ( नेपाली भाषा–टीका सहित), बालबोधिनी रुद्राभिषेक पद्धति (रुद्री)नवग्रह पूजा तथा शान्ति विधि (नेपाली भाषा–टीका सहित), दुई घन्टे विविह पद्धति ( नेपाली भाषा–टीका सहित), ऋषितर्पणी यज्ञोपवीत मन्त्रणा विधि (श्रावणी प्रयोग, नेपाली भाषा–टीका सहित), विश्वकर्मा पूजा पद्धति ( नेपाली भाषा–टीका सहित), श्रीयन्त्र पूजन विधि ( नेपाली भाषा–टीका सहित), इच्छा अनुसार छोरा या छोरी पाउने तरिका, भूतप्रेतसँग जम्काभेट, केदारनाथ अधिकारीको आत्मवृतान्त , कल्पनाले साँचेको सम्झना (कल्पना अधिकारीको आत्मवृतान्त),बोक्सी के हो ? हुन्छ कि हुँदैन), आँखाको नानीमा तिमी (सायरीसङ्ग्रह) वाराणासीका केही नेपाली प्रकाशकहरूको सङ्क्षिप्त परिचय, सपना–फल विचार (ठूलो), श्रीमद्भागवतगीता (नेपालीमा श्लोक र अर्थ सहित ), अष्टाबक्रगीता (नेपाली पद्यानुवादसहित), श्रीशिवगीता (नेपाली पद्यानुवादसहित), जीवनमुक्ति गीता (नेपाली भाषामा अर्थ सहित)  ।
कृतिको संरचना – यस कृतिलार्ई दुर्गा साहित्य भण्डार, वाराणसीले प्रकाशन गरेको छ । मूल्य भा.रू ७० राखिएको छ । पाँचौं संस्करणसम्म प्रकाशित भै सकेको यस कृति ८४ पृष्ठको आकारमा छ । यस कृतिमा कसैको भूमिका छैन । स्वयम् सम्पादकले '' सानो पूस्तकको थोरै भनाइ" शीर्षकमा पाठकको चाहनाअनसुारको यो स्वप्नाध्याय (सपना फल विचार) प्रस्तुत गरिएको भन्ने धारणा राख्नु भएको छ । यसमा मुख्य १५ शीर्षहरू छन् । १४ शीर्षक (केही उपयोगी विचारहरू) मा ११ उपशीर्षक पनि समावेश गरिएका छन् ।
 ठूलो स्वप्नाध्याय –यस अध्यायमा ७६ श्लोक छन् । यी श्लोकका भावसार (साभारसार) यस प्रकार छन् –नन्दबाबा र श्रीकृष्ण बीच स्वप्न सम्बन्धमा वार्तालाप हुन्छ । नन्दबाबाले निन्द्रामा देखेका स्वप्नाले कस्तो फल दिन्छ भनी मधुसूदन (कृष्ण)सँग .सोधनी गर्दा भगवान कृष्णले स्वप्नको बारेमा सामवेदको  काण्वशाखामा राम्रो वर्णन गरिएको छ । यसमा उल्लेख गरिएको स्वप्नमा रात्रीको पहिलो प्रहरमा देखिएको स्वप्नाको फल एकवर्षमा पाइन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुने, तेस्रो प्रहरको फल ३ महिना र चौथो प्रह्रमा देखिएको फल १५ दिनभित्रमा मिल्छ । अरुणोदयमा स्वप्न देखेको फल एकै दिनमा प्राप्त हुने । स्वप्न देखेर निदाउन नहुने, दिनमा मनमा आएका तर्क वितर्क र रोग चिन्तमा गाडिएकाको सपनाको फल भने प्राप्त हुँदैन । यसरी नै  सपना देखेर  सुत्न नहुने,राती नै कसैलार्ई भन्न नहुने, काश्यप गोत्रका व्यक्तिलार्ई सुनाउन नहुने सुनाए आपत्ति पाउने, फल प्राप्त नहुने ।
सपनाहरू थरीथरीका देखिन्छन । सबै सपनाको राम्रो या नराम्रो फलप्राप्त हुँदैन । कृष्ण भगवान भन्नु हुन्छ कि होसहराएको, साह्रै डराएको, दिशा–पिसापले च्यापेको,नाङ्गै सुतेको, वा कपाल फुकाएर सुतेको अवस्थामा देखिएको सपनाको कुनै फल हुँदैन । राम्रो सपना त देखियो तर सपना देखेपछि सुतेको खण्डमा पनि फल प्राप्त हुँदैन । काश्यप र कश्यप गोत्र एकै हुन भने सपना सुनाउन नहुने तर यी गोत्र फरक भएमा काश्यप गोत्रीलार्ई सपना देखेको सुनाउन नहुने, सुनाइयो भने आपप्ति पाउन सक्ने । दुर्गतितिर लागेको व्यक्ति साथै नीचलार्ई सुनाएको खण्डमा रोग लाग्ने, शत्रुलाई सुनाएमा भयप्राप्त हुने, मूर्खलार्ई सुनाए विवाद हुने, नारीलार्ई सुनाए धन हानी हुने, रात्रीमा सुनाए चोरको डरहुने, राम्रो सपना देखेर सुतेमा चिन्तामा पर्न सक्ने यस्तो अवस्थामा काश्यपगोत्रीका बाहेक पण्डितलाई सुनाए इच्छित काम बन्ने धारणा कृष्णजीले नन्दबाबालाई सुनाएपछि पुन कृष्णजीले नन्दबाबालाई स्वप्नाको फल यसरी बताउनु हुन्छ –सपनामा हात्ती, घोडा , गाई, पर्वत, दरबार, देवल, रुखमा चढ्नु तथा त्यही बसेर केही खानु, रोयको देख्नु, धन बाँडेको देख्नु, हातमा वीणा लिएको देखेमा भूमिलाभ हुने । यसरी नै सपनामा शस्त्र अश्त्रले चोट लाग्नु, कीरा पर्नु, झडा लाग्नु वा रगत–मासी पर्नु वा रगतमा मुच्छिएको देखे त्यसलाई धनलाभ हुने । अगम्यमा गमनगर्दा राम्री स्वास्नी पाउने, पिशाव शरीरमा छरे, आफ्नो वा अरुको वीर्य खायमा वा मलमूत्रमा गाडिएमा, रत्नयुक्त शहरमा प्रवेश गरेमा, समुद्रभित्र प्रवेश गरेमा, मदिरापान गरेको सपना देखे र।म्रा कुरा सुनिने र प्रशस्त धनलाभ हुने । यसरी नै सपनामा सुन, गोरु, गाई, हात्ती, अन्न, बत्ती, कन्या, फलपूmल रथ ध्वजा, छात्ता, यत्ति (सन्यासी) देखेमा पविार बढ्ने, यश–कीर्ति फैलिने,यदि सपनामा जलले भरिएको घडा, ब्राह्मण, बल्दोआगो, पूmल, उत्तम घर, सेतो धान, नटुल, वेश्या देखेमा धनलाभ हुने । सपनामा गाई, घ्यू दूध, नर, वेश्या देखिएमा पुण्य–कार्य सम्भव छ, यसमा इच्छितकार्य सफल हुने र धनलाभ पनि सम्भव छ । सपनामा कमलको पातमा पायस, दही, घिउ, केही मिष्ठान्न आदि नदी किनारमा बसेर खाएको देखेमा राजासमान पूज्य र प्रतिष्ठित हुनेछ ।  सपनामा मानिस या पंक्षीको मासु जस्ले देख्ला, सुभसमाचार सुन्ने र इच्छा गरेको उत्तम फल प्राप्त गर्ला । सपनामा आपूm सरदार भएर सेना पछि लगाइ हिड्छ भने त्यो विपनामा पनि त्यस्तै हुनेछ र फलपूmल लागेको वृक्ष देखेमा इच्छाएको द्रव्य प्राप्त गर्द छ । सपनामा सर्पले टोके अकस्मात धनलाभ ह्ने र चन्द्र–सूर्य देखेमा कठिन रोगबाट मुक्त हुने । सपनामा क¥याङकुरुङ्को पोथी, घोडा कु्खुरी आदि, देख्दा राम्री श्रीमती प्राप्त गर्ने । सपनामा झ्यालखानामा परेको देखे ठूलो प्रतिष्ठा र उत्तम छोरो पाउने छ । नदीकिनारमा बसेर दही–भात, खीर  खायो वा फाटेको भए पनि कमल–पत्र देख्न पायो भने त्यो राजा वा राजा समान प्रतिष्ठा पाउने छ । सपनामा जुका, सर्प, बिच्छी देखेमा धन पुत्र, विजय प्रतिष्ठा पाउने छ । दाह्राभएको सुँगुर, सीङ्हुने जानवर, वानरले कष्ट दिएको सपना देखेम ाअकस्मात धन प्राप्त गरी राजा वा उच्च पदमा आसीन पनि हुनसक्ला । सपनामा माछा, मासु, मोती, शङ्ख, श्रीखण्ड, हीरा  देख्छ वा पाउँछ भने इच्छित सम्पत्ति अनायास प्राप्त गर्नेछ ।  सपनामा रक्सी, रगत, सुवर्ण र विष्ठा  देखेमा अवस्यमेव धन पाउनेछ  । देवप्रतिमा वा शिवलिङ्ग देखेमा विजय र धनलाभ हुनेछ । सपनामा वेलको वृक्ष फलेपूmलेको र आँपको वृक्ष देखिएमा अकस्मात धन पाउला, बल्दो आगो देखेमा धन, बल, बुद्धि र ऐश्वर्य सहजै पाउनेछ ।  सपनामा आमलाको दाना, लप्सी, रातो कमल–पूmल देख्यो भने धन र देवता, विप्र, गाई, पितृ योगीजनले जे दिन्छन् विपनामा पनि त्यही प्राप्त हुनेछ । सपनामा सेतो वस्त्र पहिरेको, माला पनि सेतो धारण गरेको स्त्रीजनले अङ्कमाल गरेको देखिएमा लक्ष्मी प्राप्त हुने र सबैबाट सुखशान्ति प्राप्त हुनेछ । सपनामा पहेंलो माला र पहेंलो वस्त्र, गहना, चन्दन लगाएकी नारीले अंकमाल गरेमा सबैबाट कल्याण हुनेछ ।  यदि सपनामा सेतो बस्तु जस्तै खरानी हाड लगायत सबै सेतो बस्तु कपासबाहेक देखेमा लाभदायक हुने ।  यदि सपनामा लुगा कपडा लगायकी नारी तथा विप्र (ब्राह्मण)हरू हाँस्दै घरमा पसेको देखेमा जे चिताए पनि प्राप्त हुन्छ । यदि सपनामा, देवता, ब्राह्मण देवकन्या, ब्राह्मणीहरूले जस्लाई जेफल दिन्छन् त्यसलाई गुणी सन्तान हुनेछ । कृष्णजीले नन्दबाबालाई सम्बोधन गर्दै भन्नुहुन्छ – यदि सपनामा ब्राह्मणले आशीर्वाद दिए त्यसको ठूलो सम्मान हुनेछर पद–पदमा सुखप्राप्त हुनेछ । सपनामा गाई पाएकोमा त्यसलाई भूमि र उत्तम पतिब्रता नारी प्राप्त हुने छ । सपनामा हात्तीका सूँढले उचालेर आफ्नो मस्तष्कमा बसाल्यो भने निश्चय राज्य प्राप्त हुनेछ । सपनामा प्रसन्न भएका ब्रह्मणले अङ्कमाल गरेमा तीर्थस्नान र धनागमन हुनेछ । सपनामा पुण्यात्म व्यक्तिलाई ब्राह्मणले पूmल दिएमा विजय प्राप्ति हुनेछ साथै धनी तथा तीर्थ स्नान गर्न पाउने छ । तीर्थमहल धन–रत्न सपनामा देखिएमा जयलाभ, धनवान र तीर्थाटन गर्न पाउने छ । जलपूर्णघडा दिएको सपना देखिएमा धन र उत्तमपुत्र प्राप्ति हुन्छ । उत्तम गहना राम्रा बस्त्र पहिरेकी नारी हातमा पाथी लिएर जस्को घरमा प्रवेश गर्दछे त्यस घरमा लक्ष्मी प्रवेश भएर सुखी हुनेछ । यसरी नै जस्को घरमा राम्री नारी आएर दिसा पिशाव गरेर जानेछ त्यसको धनसम्पत्ती अकास्मात बढ्यो भन्ने जान्नु । जुन घरमा  ब्राह्मण ब्राह्मणी आएको देखिन्छन् त्यसले सपनामै शिव– पार्वती वा लक्ष्मी – नारायण आएको जान्नु । त्यहाँ धनागमन होला । सपनामा ब्राह्मण –ब्राह्मणी मध्ये एउटाले धान या अञ्जलिभरी पूmल दिए भने त्यसलाई लक्ष्मी प्राप्त हुन्छिन् र सुख होला ।  यदि ब्राह्मणले सपनामा मोतीको हार , पूmलको माला, श्रीखण्ड,चन्दन दिएमा त्यो व्यक्ति धनी हुनेछ र सुख शान्ती प्राप्त हुनेछ । गोरोचन (पहेंला र सुगन्धी डाँठहुने तथा घोटेर चन्दन बनाइने एककिसिमको बुटी), पताका तथा हर्दी , उखु सपनामा पाउँछ भने चारैतर्फबाट सुख र धनको प्राप्ति हुनेछ । सपनामा ब्राह्मण या ब्राह्मणीले छाता ओढाइदिने या सेतो पूmलको माला शिरमा लगाइ दिए वा शरीरमा ओढाइदिए त्यो व्यक्ति राजा हुनेछ । सपनामा ेितो पूmलको माला लगाएर रथमा बसी दही वा पायस खाएमा त्यो व्यक्ति राजा बन्छ, शंका छैन । ब्राह्मण्म या ब्राह्मणीले  सफापात्रमा राखी दूध दही दिन्छन् त्यो व्यक्ति राजा हुनेछ भन्ने जान्नु, यदि यस्तो सपनादेखेमा प्रतापी होला धन, भूमि, छोराछोरी पाउला, पण्डित वा ठूलो धनाड्य होला अथवा राजा होला । सुन्दरी नारी जस्ले रङ्गीचङ्गी कपडा लगाएकी हुन्छे र कसैप्रति प्रसन्न हुन्छे त्यो व्यक्ति कवि वा पण्डित हुन्छ । त्यस्ती स्त्रीले पुस्तक दिन्छे त्यो  लोकमा  ठूलो पण्डित हुन्छ र कवि पनि हुन्छ । जुन व्यक्तिलाई राम्री स्त्रीले आफ्नो पुत्रलाई पढाए झै पढाउँछे भने ऊ सरस्वतीकै पुत्र ठहर्छ र त्यो जति ठूलो पण्डित कोही हुँदैन । यसरी नै कुनै विप्रले छोरोलाई झै पढाएमा ठूलो पण्डित हुने छ । सपनामा बाटोमा कुनै व्यक्तिबाट पुस्तक प्राप्त गरेमा त्यो ठूलो पण्डित होला र प्रख्याती कमाउला । सपनामा ब्राह्मण या ब्राह्मणी जस्ले भए नि कुनै देवताको मन्त्र सुनाएमा त्यो व्यक्ति ज्ञानी धनी गुणवान, बुद्धिमान र यशस्वी हुनेछ । सपनामा जसलाई मन्त्र दियो या शिला ढुङ्गाको प्रतिमा दियो भने त्यसले जपेको मन्त्र सिद्ध हुन्छ । जस्ले सपनामा विप्र वा ब्राह्मण समूहलाई नमस्कार गरी अशीर्वाद पाएमा त्यो ठूलो भूपति वा विख्यात पण्डित हुन सक्छ । यदि सपनामा स्वेत–पुष्प विछाएको भूमि ब्राह्मण प्रसन्न भएर जस्लाई दिन्छ त्यो व्यक्ति राजा हुन्छ । यदि सपनामा विज्ञब्राह्मणले अनेक थरिका स्वर्ग निर्माण गरी रथमा बसालेर देखाएमा चिरञ्जी भई प्रसिद्ध धनी होला । ब्राह्मण या ब्राह्मणीले विधिपूर्वक कन्यादान गरेर दिएमा त्यो व्यक्ति धनी वा कुनै देशको राजा पनि हुन सक्छ । सपनामा नदी, तलाउ, गङ्गा, समुद्र, नदी, सेतो सर्प, सेतो पर्वत देख्यो भने अकस्मात धन पाउने छ।  सपनामा आपूm मरेमो देख्दा आयु बढ्ने, निरोगीले रोगीलाई देखे दुखी हुने र सुखीलाई देख्यो भने स्वयम् सुखी हुनेछ । यदि सपनामा कुनै नारीले मेरो स्वामी बन भनेमा त्यो पुरुष अवस्य राजा बन्नेछ । सपनामा स्फटिकको माला लिएकी कन्याकुमारीलाई देख्यो वा इन्द्रेणीमा सेतो मेघ देख्यो भने त्यलिे प्रतिष्ठा पाउने र कीर्ति बढ्ने । सपनामा जसलाई ब्राह्मण आएर 'तँ मेरो दास भइस्' भने त्यसले नारायणको दास र उनको भक्ति पाउने र पछि त्यो वैष्णव पनि हुनेछ । सपनामा ब्राह्मण देखे नारायण वा महादेव भन्ने जान्नू, ब्राह्मणी देखे पार्वती वा लक्ष्मी भनी जान्नु, सेतोवस्त्र पहेरीकी नारी देखे गायत्रीवा गङ्गा अथवा सरस्वतीको दर्शन भएको बुझ्नु पर्दछ । सपनामा यदि गोपिनीको पोशाक पहिरेकी कन्या देखेमा राधीका भनी जानू, त्यस्तै बालक देखे बालगोपालको अनुमन गर्नू भन्ने कुरा सपनाका ज्ञाताहरूले बताएका छन् । यति कुरा भनीसकेर श्रीकृष्णले नन्दबाबालाई 'हेनन्दबाबा पुण्य बढाउने अनेक सपनाको सविषयमा मैले सुनाएँ ,अब तपार्र्इँलाई के सुन्ने क्ष्च्छा छ भन्नुहवस्, म सुनाउँछु ।' यसरी ब्रह्मवैवर्ते महापुराणको शुभस्वप्न दर्शन समप्त हुन्छ । यहाँ ६८,६९,७०, ७१,७२, ७३ श्लोक दोहोरिएका छन् ।  सारसंक्षेप भने पनि मैले साभारकै रूपमा यहाँ प्रस्तुत गरेको छु ।
अशुभ स्वप्न विचार– अशुभ स्वप्न विचार ५९ श्लोकमा प्रस्तुत गरिएका छन् । यिनको पनि भावसार (साभारसार) यसप्रकार छन् । यसमा पनि नन्दबाबा र श्रीकृष्णबीच अशुभ सपना सम्बन्धमा सवाल जवाफ हुन्छ । नन्दबाबाले शुभ सपनाको सबै फल सुनीसकेको र नजाति सपनाको बारेमा जानकारी  लिन चाहान्छु भनेपछि कृष्णजीले भन्नुहुन्छ – सपनामा हाँस्नु, विवाह भएको देख्नु नाचगान गर्नु जस्तो देख्छ आपूm वा अन्यलाई विपत्ति पर्नेछ । दाँत फुक्लेको वा हल्लेको देख्दा पीडा र धननाश हुन्छ । अङ्गमा तेल घसेर भैंसीमाथि चढेर दक्षिणतिर जान्छ त्यसको मृत्यु शीघ्र हुनेछ । यसमा शङ्का छैन । सपनामा चूर्ण, जपापुष्प, अशोक पुष्प, करवीर पुष्प, तिलको तेल नून इत्यादि देख्छ त्यसलाई विपत्ति आइलाग्छ । नाङ्गी स्त्री, काली नारी, नाक काटिएकी स्त्री सुद्रकी विधवा र खप्पर देखेमा शोक पर्ने ।  सपनामा रिसाएको विप्र देख्छ त्यसको घरबाट लक्ष्मी निस्कन्छिन् र अनेक थरीका विपत्तिहरू आइपर्छन् । रातो गुराँसको पूmल पूmलेको, पलाँश, कपास सेतो वस्त्र सपनामा देख्दा दुखपाइने । कालो पोशाक लाएकी र हाँसेकी वा गाना गाएकी नारी अथवा काली स्त्री, विधवा सपनामा देखापरी भने  त्यो मानिस ६ महिनाभित्र मर्ने छ । सपनामा देवताले नाच–गान हाँसी–ठट्टा गर्दै उफ्रेको वा दकुरेको देखेमा त्यसको देश तत्काल शत्रुले जितेर लिनेछन् । यदि निद्राले लठ्ठ परेको वेला दिसा–पिसाव, उल्टी, वीर्य, चाँदी, सून देखो भने त्यो मानिस दश महिना बाँच्दछ भन्ने जान्नु । कालो वस्त्र पहिरेकी, कालै माला चन्दन लगाएकी स्त्रीलाई अङ्कमाल ग¥यो भने त्यसको मृत्यु शीघ्र हुनेछ । यदि सपनामा मृगको बच्चा मरेको वा मनुष्यको खप्पर र हाडको माला पायो भने  त्यसलई ठूलो विपत्ति पर्ने छ । सपनामा दूध, दही, मखन, शक्खरले मर्दन गरेको देखियो भने ठूलो पीडा हुने । सपनामा उट र गधा जोतिएको रथमा नो एक्लै बस्दछ अथवा त्यस्मै बसेर निद्रा खुल्यो भने त्यो भयङ्कर दुर्घटना भएर मर्नेछ । सपनामा रातो पोसाक, रातो चन्दन, लगायकी नारीलाई अङकमाल हाल्यो भने त्यसलाई भयङ्कर रोग लाग्ला । आफ्नै रौं नङ, भूमिमा खसेको देख्छ अंङ्गार देख्छ खरानीले भरिएको चिता देख्छ  त्यो व्यक्ति छिटै नै मृत्युमा प्राप्त होला । श्मशानका काठ, तृर्ण, फलाम झारपात वा कालो मसी सपनामा देख्यो भने निकै कष्ट पाउने छ । सपनामा खराउ, फलक भयानक रक्तपुष्पको तथा माला, मास–मुगी, देख्यो भने त्यसलाई कतै घाउ–चोट लाग्ला । यदि सपनाकमा गिद्ध, काग, भालू, बाँदर, विष, पीप देहको मयल देखेमा सबै रोग डाक्ने कारणा जान्नु । सपनामा फुटेको पात्र, घाउ चोट लागेको शूद्र, रातो बस्त्र लगाएको रोगी ,सन्यासी, बँदेल, भैंसी, गदहा देखेमा निकै कष्ट पाउला । सपनामा घोर अन्धकार तथा डरलाग्दो मुर्दा उठेर आएको वा सपनामा लिङ्ग योनी देख्यो भने अवस्य रोगाउला । यदि सपनामा नराम्रो भेषधारी म्लेच्छ देखियो वा डरलाग्दो यमराजको दूत देखियो भने, हातमा पाश (पाशो) लिएको वा शस्त्राश्त्र देखियो भने त्यो मानिस ६ महिनाभित्र मर्नेछ ।  रिसाएको ब्राह्मण, तिनको कुमार वा कन्याले आफ्ना सन्तान घरबाट निकाले भने थरी थरीका दुःख भोग्ला । कालो पूmलको माला वा केवल कालो पूmल रातमा डोरी र शस्त्र लिएको मुसलमान देखियो भने त्यो मानिस छिटै मर्नेछ । सपनामा यदि बाजा बजाएको नाच–गान गरेको, रातो पोशाक लगाएको र मृदङ्ग बजाएको देख्यो भने कष्ट पाउने छ ।  सपनामा प्राण क्षाडिसकेको देखेमा मृत्यु हुने, मत्स्यादि धारणा गरेको देखेमा भाइ छोराको मृत्यु हुने । सपनामा छिन्न भएको, कबन्ध तथा विकृत आकारको अगाडी आएर वेगले नाच्न लाग्यो भने त्यो व्यक्ति तीन महिना भित्र नै मर्ने छ । यदि सपनामा जीवित या मरेको कुनै डरलाग्दो मुसलमानले अङ्कमाल ग¥यो भने त्यस व्याक्तिको एकसालभित्रै दुर्घटनामा मृत्यु हुने छ । दाँत फुक्लिएको, रौं झरेको देखेमा धनहानी हुने र शरीरमा अनेक कष्ट हुने । यदि दाह्रा भएको बँदेल, सीङ हुने जानवर या राँगो आदिले बालकहरुलाई डराएर उपद्रव गर्छ भने त्यसलाई राजाको निकै डरहुन्छ । भुस , छुरा, रक्त, अंगार, खरानी आदि वृष्टि भएको सपना देखिन्छ भने कष्ट भोग्नु पर्छ ।, सपनामा घर, रथ, पर्वत, वृक्ष, घोडा हात्ती आकाशबाट भूमिमा खसेको देखिन्छ भन अनेक थरीको आपत्ति आइलाग्छ ।  कसैको शिरको छाता कुनै बलवान्ले खोसेर लग्यो भने त्यसको पिताको वा गुरुको नाश हुन्छ । सपनामा बाच्छोसहितको गाई कराएर घरबाट भागेको देख्यो भने  घरकी लक्ष्मी र भूमि पनि हातबाट खस्ने छ । यमदूत तथा मुसलमानहरूले जस्लाई पास या डोरीले बाँधेर तान्दै लग्यो भने त्यसको चाँडै मृत्यु हुन्छ । ब्रामण –ब्रामणी रिसायर श्राप दिएमा त्यो विपत्तिमा पर्छ ।  शत्रु, कुकुर, काग, भालु ,वेगसित आइ टोक्छ  त्यसको मृत्यु शीघ्र हुन्छ । भालु भैंसी, ऊँट, सुँगुर। गदाहा यी रिसायर पछि लखेट्छन् ,त्यो व्यक्ति, अवस्य रोगाउँछ । अशुभ सपना देखेमा रक्तचन्दन घ्यूमा मुछेर गायत्रीले हजार आहुती दियो भने शान्ति हुन्छ । मधुसूदनको नाम एकहजार भक्ति पूर्वक जप गरेमा अशुभ  सपनाले पनि सुख दिने हुन्छ ।  अच्युत, केशव, विष्णु, हरि, सत्य, हंस र नारायण यी आठनाम कल्याणा कारका छन् । जसले पूर्व फर्केर आफ्नो नित्यकर्म समाप्त गरी यी माथिका नाम १०८ पटक जप गर्दछ भने ती पाप रहित भएर दुस्वप्न नष्ट पारी शुभ फल पाउँछन् । यी दशनाम पूर्वतिर फर्की पवित्र भएर श्रद्धायुक्त मनले जप गर्दछ भने ती व्यक्ति पापमुक्त भएर घटिया सपना बाट पनि शुभ फल पाउन सक्ने छन् । यी कल्याण कारक १० नाम १०८ पटक दिनहुँ जपेमा त्यसका देहबाट रोग पलायन हुनेछन् । १० नाम एकलाख जपगर्दा बन्धनबाट मुक्त, बाँझी नारीले दशलाख नाम जपे, सन्तानयुक्त हुने, पवित्र भएर हविष्य(पवित्र) भोजन गरी दशलाख जप्न सके मानिस सुखी र धनवान हुनेछ ।  यी दशनाम एककरोड पटक जपे जीवन–मुक्त हुने इच्छित सबै सिद्धि पाई देह त्यागेर नारायण लोकमा बस्न पाउने छ ।  शिव, दुर्गा, गणपति, स्वामी कार्तिकेय, धर्म गङ्गा, राधा, दक्ष्मी, तुलसी र सरस्वती, दशनामलाई जलमा स्नान गरी जसले जप गर्दछ त्यसले मनमा चिताएको फल पाउँछ र घटिया सपना पनि सुखद बन्न सक्दछन् ।ॐह्रींक्रीं पूर्वदुर्गति नाशिन्यै महामायायै स्वाहा यो सत्र अक्षरको मन्त्र संसारको कल्पवृक्ष समान छ । पवित्र भएर दश पल्टमन्त्र जपे पनि घटियाँ सपनाले घटिया सपनाले उत्तम फल दिने हुन्छ । त्यसै गरी सयलाख  जपग¥यो भने साधकको मन्त्र सिद्ध हुन्छ ।त्यस सिद्धमन्त्रले इच्छित सबै सिद्धि प्रदान गर्दछ । ॐनमो मृत्युञ्जयाय स्पाहा  यो दश अक्षरको मन्त्र एकलाख जपगरे आपूm सपनामा मरेको देखे पनि त्यो व्यक्ति पूर्ण आयुसम्म जीवित रहने छ ।  
जाति नजाति सपना सुनाउने विधि – उत्तम सपना देखेपछि जागा रहने ,स्नान गरी पवित्र हुने, पूर्व या उत्तरतिर फर्केर पण्डितलाई सुनाउने । काश्पगोत्र हुने, नीचकर्म गर्ने, या नीच जातिको व्यक्ति, देवता ब्राह्मण धर्मशास्त्रको निन्दा गर्ने या द्रोहगर्ने व्क्तिलाई सुनाउन नह्ुने । भनेजस्ता विद्वान प्राप्त नभएमा ज्योतिषी, ब्राह्मण, पितृसंस्थान, शिवालयमा गएर देवता अथवा आफ्ना मान्ने मानिस या हितैसी मित्रलाई सुनाउनु । भगवान श्रीकृष्णले नन्दबाबालाई सकलपाप नाश गर्ने, धन जल र आयुष्य बढाउने सबै संक्षेपमा विन्ति गरिसकेको र अब हजुरको के सुन्ने इच्छा छ भन्नुहवस्, म विस्तारले सुनाउने छु । यसरी ब्रह्मवैवैते दुःस्वप्नदर्शनंन नाम भाषा समाप्त भएको छ ।
 यस स्वप्न बिचारले मानिसमा उब्जाउने  जिज्ञाशा, कौतुहल्तालाई प्रष्ट पार्दछ  ।
कवि शिखरनाथ सुवेदीद्वारा लिखित स्वप्नफल सम्बन्धमा–
 यस कृतिमा कवि शिखरनाथ सुवेदीद्वारा लिखित स्वप्नफल पनि समावेश गरिएको छ । ४ हरफका ४४ ओटा श्लोकहरू छन् ती श्लोकले पनि ठूलो स्वप्नाध्ययले दर्शाएका फल नै मिल्दाजुल्दा देखिन्छन् केही उदाहरण यसप्रकार लिन सकिन्छ –
स्वप्नाध्याय जति देखियो  उती सबै,् पैला प्रहरमा भए
सालभर्मा फल मिल्छ  आठ महिना , दोस्रो परहरमा भए ।
तेस्रो तीन महिना छ एक महिना, चौथो प्रहरमा भए  
रातको चार घडि बाँकिमा छ दश दिन् त्यै बख्त वीहान भए ।
श्लोक २
ठूलो स्वप्नाध्ययको श्लोक ५र ६को भावशारसँग तुलना गरेर हेरौं –  
यसमा उल्लेख गरिएको स्वप्नमा रात्रीको पहिलो प्रहरमा देखिएको स्वप्नाको फल एकवर्षमा पाइन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुने, तेस्रो प्रहरको फल ३ महिना र चौथो प्रह्रमा देखिएको फल १५ दिनभित्रमा मिल्छ । अरुणोदयमा स्वप्न देखेको फल एकै दिनमा प्राप्त हुन । यी दुबै स्वप्न विचारमा मिल्दा जुल्दा पाइन्छन् । दुबैको अध्यन गर्दा शुभ र अशुभ सपनाको बारेमा राम्रो ज्ञान हु्न्छ । अशुभ सपना देखेपनि शुभ फल पाउन सकिने (शान्ति गर्नु भगवानको नाम जप्नु जस्ता) उपाय यहाँ दर्शाइएका छन् ।
केही अशुभ सपनाहरू– यहाँ केही स्वप्न र तिनको फलप्राप्ति दर्शाइएको छ – जस्तै कपास देखे हानी हुने, पुलिस देखे विपत्ति पर्ने, तेल देखे रोग लाग्ने,आदि
अन्य केही अशुभ सपनाहरू–  यहाँ कुन सपना देख्दा कुन रोगबाट मृत्यु हुन्छ भन्ने विवरण पनि दिइएको छ जस्तै मानिस स्वप्नमा कुकुर गधा या उँट चढेर दक्षिणशिातिर गयो भने टी.वी.रोगले मर्छ । सपनामा नाङ्गो भएर शरीरभरी घिउ वा तेल लगाएर अथवा नबलेको आगोमा हवन गरेको देख्नु वा छातीमा कमल उम्रेको देखेको खण्डमा कुष्ठ भएर मर्छ  आदि ।
कुन सपना देख्दा कस्तो फल मिल्छ – यो विश्वास गरिन्छ कि सपनाले भविष्यमा हुने घटनाक्रमलाई अग्रिम संकेत गर्दछ । सपनाका बारेमा हाम्रा धर्मा ग्रन्थले दिएको मार्गदर्शनलाई अनुकरण गरेको खण्डमा  सपनाफललाई सफलरूपमा कार्यन्वयन गर्न सकेमा निश्चय पनि सुन्दर जीवन बिताउन सकिन्छ । हाम्रा पुराणहरू जस्तै अग्निपुराण, वाल्मीकि रामायण आदिमा सपनाको बारेमा थुप्रै जानकारी दिइएको पाइन्छ । यस शीर्षकमा ओमप्रकाश अधिकारी 'वेफुर्सदी' ले सपना र तिनको फल भनी २७५ ओटा विवरण दिनु भएको छ । हेरौं केही उदाहरणहरू–आँखामा गाजल लगाएको सपना देखे शारीरिक कष्ट भोगिने । गोवर देखे पशुपालनमा लाभ, मासु देख्नु आकस्मिक धन लाभ हुनु, ,पर्खाल देखे सम्मान बढ्नु ,अलि अलि वादल लागेको देखेमा रोगबाट मुक्ति पाइनु ,सपनामा योगी , महात्मा वा सिद्ध पुरुष देखियो भने चिताएको वस्तु प्राप्त हुनेछ ।  
सपनाका केही शुभ–अशुभ फल – यस शीर्षकमा तीस ओटा शब्दको सपनाफल दिएको छ ।  कहिले काँही सपनामा आगो देख्छम् केरा देख्छम् । तिनको सपनापल कस्तो हुन्छ भन्ने सपनाफल यसरी प्रष्ट पारिएको छ । सपनामा केरा खाएको देखे सन्तान प्राप्ति हुने , सपनामा राम्रो गहना र कपडा लगाएकी हातमा पाथी लिएर घरभित्र प्रवेश गरेको देखेमा लक्ष्मी प्राप्त हुने, सपनामा बाजा बजाएर नाच गान गरे ठूलो कष्ट पाउने आदि सपना फल यहाँ  दर्शाइएको छ ।
सपनाको फल बिचार –यस शीर्षकमा पनि तिनै विचारहरूआएका छन् जुन बिचार ठूलो स्वप्नाध्यायमा उल्लेखित छन् तापनि थप प्रष्ट पार्ने प्रयास गरिएको छ । जस्तै दिनमा देखिएको सपना महत्व हीन हुन्छ । उत्तम सपना देख्दा ननिदाउने तर नराम्रो सपना देख्दा निदाउनु राम्रो हुने । सबैले देखेका सपना फलदायी हुन्छन् भन्ने छैन । जस्तै बृद्ध, बिमारी, होश हराएको, डराएको, दिसा पिसाबले च्यापेको, केश फिँजाएर वा निर्वस्त्र भई निदाएको वेलाको सपना निस्फल हुन्छ भन्ने धारणाहरू आएका छन् ।
सपनाले स्वास्थलाई प्रभावित पार्छ –यस विषयमा यस शीर्षकमा लेखिएका कुरामा जानु भन्दा पहिला मेरो अनुभवमा यदि लामो सपना देखेमा, सपनामा कुस्ताकुस्ती परेमा या सपनामा लामो यात्रा गरेमा, सपनामा राती कुनै रतिकृडा  गरेमा अथवा सपना देख्दै उठ्दै सुत्दै गर्दाको विहान उठ्दा आलस्य महसूस हुन्छ । अब यस लेखमा लेखिएको  विवरणलाई सारतिर लागौं ।  सन् १८६१मा ए मोरे नामक व्यक्तिले सपनाको रहस्यलाई वैज्ञानिक ढंगबाट विश्लेषण गरेको धारणा, २० सौं शताव्दीमा  सिग्मण्ड फ्रायाडले एनालिसिस अफ ड्रिम्स पुस्तक लेखेर भनेका थिए – '' मानिस सपनाको माध्यमबाट मुख्यरूपले आफ्नै अतृप्त यौन कामना पुरा गर्दछन् ।" यसलाई अल्फ्रेड एल्डरले अतृप्त यौन कामना मात्र पुरा गर्दैन  यसले धन, शक्ति, सत्ता, र लोक प्रियता प्राप्त गर्नुसँग पनि सम्बन्ध राख्छ भन्ने धारणा, कार्लयुगले समाज शिक्षा, प्रतृकता, देश, काल रपरिस्थितिसँग पनि सपनाको सम्बन्ध राख्ने र नक्षत्र, ग्रह आदिले पनि प्रभाव पर्ने धारणा आएका छन् । १९५३ मा मनोवैज्ञानिक हाललेको भनाइ अनुसार ''सोही जव हामी केही सोच्दछौं तब त्यसको निष्कर्षको रूपमा एक विचार उत्पन्न हुन्छ । जागृत अवस्थामा यो विचार हाम्रो दिमागमा शब्द समूहको रूपमा घुम्ने गर्दछन् भने सुतेको वेला सोही विचार शब्दको बदला दृश्यको रूपमा देख्ने गर्दछौं ।" कोई जे एलेनले लेखेको किताप द क्यामेष्ट्री अफ कन्सस स्ट्रृट्समा मानिसको निद्रा र जागृत अवस्थामा तन्त्रिका (नशा)ले नार एपिनेफ्रिन रसायनको उत्पादन गर्दछन् । जब हाम्रो मस्तिष्कमा यस रसायनको प्रभाव आएको वेला हामी जागृत हुन्र्छौ ।सपना देख्दा न्युरोट्राँन्समिटर एसिटिलकोलिन स्तर बढ्ने र सपना देख्ने कुराहरू,यहाँ उल्लेख गरिएका छन् र साथै हब्सनले सपनाबाट तीन किसिमका फायदा हुने कुरा बताएकोमा जागृत अवस्थामा भएको अनुभवलाई स्मृति कोषमा अंकित गर्न मद्दत गर्ने, यसैको माध्यमबाट वितेको अनुभवलाई विश्लेषण गर्न सहयोग पुग्ने, सपनाको माध्यमबाट हाम्रो मस्तिष्कको लागि आवस्यक तत्वबाट समृद्ध हुन सकिन्छ जस्ता धारणा आएका छन् । (यो लेख ओमप्रकाशजीले युवामञ्च शारदा पाण्डेबाट साभार लिनु भएको र त्यसको सारभाव मैले यहाँ प्रस्तुत गरेको हो)
सपनासम्बन्धी केही धारणा –यो लेख ओमप्रकाश अधिकारीले अन्नपूर्ण, अंकुर, शनीबार २ साउन, २०७२ बाट साभार गर्नु भएको छ । यसमा ११ ओटा धारणाहरू समाबेश गर्नु भएको छ । यसमा लेखिएका धारणाहरू मध्ये केही धारणा यस प्रकार छन् –जन्मजात आँखा नदेख्नेहरूले पनि सपना देख्छन् ।  प्रत्येक मानिसले सपना देख्छन् । जनावरले पनि सपना देख्छन्  आदि ।
सपना ः केही सत्य प्रसङ्ग – यो लेख ओमप्रकाशजीले गोरखापत्र ,सुवर्ण विक्रम थापाको लेखबाट लिनु भएको हो । । यसको भावसारमा सपना अनादि समय देखिनै देखिदै आएको,आजको समाजमा 'जो मानव सपना देख्दैन ऊ जीवित छैन भन्ने कथन प्रचलित छ ।' मानिसले निद्रा र जागावस्थामा सपना देख्ने, जागावस्थामा देपिखने सपना दार्शनिक र कविसँग सम्बन्धित हुने जस्लाई कल्पनाको संज्ञा दिइन्छ ।  निद्रा अवस्थाको निदाएको अवस्थामा देखिने सपना थकावटबाट देखिने मानिन्छ । यी दुबै सपना भिन्न प्रकारका हुने, सपनाले मानिसको मस्तिष्को विभिन्न भारबाट मुक्त गर्ने, सपना देख्ने शक्तिक्षिण भए मानसिक रोगले पिडित हुने । सपनाको बारेमा फ्रायडको धारणा,कहिलेकाँही विलक्षण सपना देखिने, सपना अनुरूपको सपना पनि देखिने जस्तै जोनआफकेनेडीले देखेको सपना अनुरूप नै उनको हत्या भयो । यसरी नै रोमका सम्राटकी श्रीमतीले सिजरको हत्या उनका विरोधीले गरेको सपना देखिन र श्रीमानलाई दरबार नजान रोकिन तर सिजर गए र सपना अनुसार नै हत्या भयो । यस प्रकारका घटना यहाँ अरु पनि बताइएका छन् । सपना जस्ताको तस्तै फलदायी हुन्छन् भन्ने कुरामा म पनि विश्वास गर्दछु जव म स्यानो थिए । मलाई हिसाव निकै मन पर्दथ्यो । परीक्षाको समयमा अघिल्लो राती विहानी हुन हुन लाग्दा शिक्षकले यो हिसाब तैले हेरेको छैनस् हेर यसरी हल गर्ने भनेर पुरा हल गराएर छाड्थे र परीक्षामा जाँदा त्यही हिसाव आएको हुन्थ्यो तर पछि यस्तो सपना कहिलै देखिन ।
सपनाद्वारा आपूmलाई  लाभदायी बनाउन सकिन्छ – यो लेख युवामञ्च, २०५६, कार्तिक, वेदनाथ पन्थीकोबाट साभार गरिएको र यसबाट केही कुरा प्रस्तुत गरिएको छ । यस लेखमा सोचेका कुरामात्र सपनामा देखिन्छन् भन्ने हैन नसोचेक कुरा पनि सपनामा देखिन्छन् । वैज्ञानिकहरूको भनाई अनुसार हामी सबैमा सपनालाई आफ्नो बसमा राख्न सकिने क्षमता भएकोले बसमा पार्न सकिएमा समस्याको मूलजरो स्वयम् पत्ता लगाई कयौं रोगहरूबाट बच्न सकिने,ल्युसिडड्रिम देख्नु भनेको आफ्नो चाहना बमोजिम सपना देख्नु । यस्तो सपना देख्न सपनाको विविधतामा नरहेर आफ्नो चेतनाको स्तरमा रहनु हो । सपना देख्ने वित्तिकै हराउनेलाई अभ्यास द्वारा नियन्त्रण गर्न सकिन्छ र कस्तो सपना देख्ने भन्ने कुरा सार्थक तुल्याउन सकिने, मानसिक तनाउ र फोविया लगायतलाई मनो वैज्ञानिक उपचार गर्न सकिने जस्ता धारणाहरूलाई केलाउँदै ओमप्रकाशजीले कस्तो समय र निद्रामा कस्तो सपना (रेम र नन्रेम सपना), सपनाका फाइदा (लुसिडसपनाबाट फाइदामात्र हुने), सपना कसरी आउला सपना त सबैले देख्छन् तर सपना देखेको थाहा नहुन सक्छ तर थाहा पाउने बानी बसाल्नु पर्छ । सपनाको लागि आराम अति आवश्यक हुन्छ आदि धारणा समेटिएका छन् ।
केही उपयोगी विचारहरू– यश शीर्षकमा ११ उपशीर्षक समेटिएका छन् । यी ११ उपशीर्षक यस प्रकार छन् –
पैसाबाट के मिल्छ के मिल्दैन भन्ने ११ ओटा धारणा यहाँ दर्शाइएको छ । जस्तै भौतिक सुख मिल्छ  शान्ति मिल्दैन, भोजन मिल्छ भोक मिल्दैन ,मूर्ति मिल्छ भगवान मिल्दैन आदि । मेरो बिचारमा पैसा साधन हो तर साध्य हैन । पैसाबाट सबै प्राप्त गर्छु कसैले भन्छ भने त्यो सम्भव छैन ।
के गर्नुस् ?–ओमप्रकाशजीले सुख, शान्ति,मुक्ति आदि प्राप्त गर्नको लागि ७ ओटा यथार्थता पस्कनु भएको छ जस्तै विस्तारै वोल्नुहोस  शान्ति मिल्ने छ, आदि ।
गर्न नहुने– के गर्न हुँदैन भन्ने सुझावमा १५ ओटा धारणा राख्नु भएको छ ।जस्तै लिन नहुने चिन्ता,गर्न नहुने अपराध, टार्न नहुने मौका मार्न नहुने आशा आदि ।
कसको आँखामा के– यस सम्बन्धमा ओमप्रकाशजीले १३ ओटा धारणा राख्नु भएकोछ– जस्तै पुलिसको आँखामा अपराधी, शत्रुको आँखामा प्रतिसोध, आमाको आँखामा माया कसलाई के नदिनु – १५ ओटा धारणा यहाँ पढ्न पाइन्छ जस्तै अपरिचितलाई साथ नदिनु, मूर्खलाई उपदेश नदिनु, गरिबलाई बचन नदिनु काँतरलाई क्षमा नदिनु, आदि ।
के नभएको राम्रो – यसमा ओमप्रकाशजीले सातओटा धारणा राख्नु भएको छ – जस्तै नलागेको राम्रो रोग, नखाएको राम्रो नशा, नउठेको राम्रो रिस आदि
जीवन के हो ?– ओमप्रकाशजीले जीवन के हो भन्नेमा १५ ओटा धारणा राख्नु भएको छ । जस्तै जीवन चुनौती हो मुकाविला गर, जीवन यात्रा हो पूर्ण गर, जीवन प्रेम हो उपभोग गर, जीवन स्वप्न हो प्राप्त गर, जीवन संघर्ष हो स्वीकार गर, जीवन सौन्दर्य हो पूजा गर, जीवन नरक हो निन्दा गर आदि
कसको के उत्कृष्ट?– यसमा १५ धा।णा आएका छन् रामको जस्तो चरित्र, शीवजीको जस्तो नेतृत्व, दधिचिको जस्तो त्याग, धु्रवको जस्तो दृढता, प्रल्हादको जस्तो भक्ति ।
ख्याल राख्नुपर्ने कुराहरू–यसमा १९ओटा धारणा खाएका छन् जस्तै नभुल्नु ऋण,राष्ट्र र मित्रलाई, फर्कदैन गोली,बोली र प्राण, गर्न नभुल्नु उपकार,उद्देश्य र उदारता आदि बैगुनी मान्छै – केही मानिसको प्रबृत्ति यस्तो हुन्छ ,गुन गर्दा पनि गुन देख्दैन । ओमप्रकाशजीले १४ ओटा धारणा राख्नु भएको छ । जस्तै आश्रय दियो टाउकोमा टेक्छ । क्षमा दियो काँतर सम्झन्छ,  प्रेम ग¥यो घात गर्छ, उपकार ग¥यो वास्ता गर्दैन, जानेको छ बताउँदैन, सल्लाह दियो अपमान सम्झन्छ , आदि ।
आमा – आमा शब्द नै महान हो । आमामा यस्ता अमिट भावना हुन्छन् जो पैसाले किन्न सकिदैन, आमामा सन्तानको लागि सर्वस्व त्याग्न सक्ने क्षमता हुन्छ ।यसम्बन्धमा ओमप्रकाशजीले १५ ओटा धारणा राख्नु भएको छ जस्तै संसारमा पैसाले किन्न नपाउने बस्तु के हो ? आमा  यसरी नै सर्वश्रेष्ठ तीर्थ  आमा हुन् ।  गुरू भन्दा श्रेष्ठ को हो भनियो भने पनि आमाकै नाम आउँछ, सहनशीलताकी प्रतिमूर्ति को हो भने आमाकै नाम आएँछ  आदि ।
 यस कृतिको सम्पूर्ण सारभाव मैले माथि नै लेखिसकेको छु । यिनै कुरालाई दोहो¥याइ राख्न आवश्यक देखिदैन । यो कृतिमा सपनाको संदेश दिन निकै प्रयास भएको छ । टीकाकार, सङ्कलक तथा सम्पादक ओमप्रकाशको यो प्रयास अति प्रशंसनीय छ र उहाँको भावी जीवन प्रकाशमय रहोस् भन्दै विदा चाहान्छु ।  
Reference
Dreams: Why They Happen & What They Mean
अर्थसरोकार पत्रिकामा  २९ आश्विन २०७३
अभागीको प्रेमविहारको षष्ठामृत । २०७०

November 10, 2024

खड्गोसँग पाँठेजोरी खेल्दा, एक विवेचना र अनुभूति
सदानन्द अभागी
नेपाली बृहत् शव्दकोषमा हेर्दा खड्गोलार्ई यसरी परिभाषित गरेको पाइन्छ –''ज्योतिषशास्त्र  राशिअनुसार जन्म कृण्डलीमा मारकेश स्थान अर्थात लग्नदेखि दोस्रो र सातौं स्थानमा पर्ने राशिका स्वामीको भोग परेको समय वा त्यस्तो समयमा परेका व्यक्तिलार्ई ठूलो आपत्ति आइपर्ने र मरणासन्न बिरामी हुने अवस्थामा पु¥याउँछ भनि मानिने जोग । बोलीचालिमा खड्गो भन्दा मर्ने योग परेको समय जस्मा विरामी मानिस मर्न सक्ने अवस्थामा पुग्नु या मर्नु भन्ने जनाउँछ । यो अवस्थालार्ई पारगरेपछि खड्गो काट्नु या पार लगाउनु भन्ने बुझिन्छ । मानिसका जीवनमा यति ओटा खड्गो छन् यी पार गरेमा मानिस  यति उमेरसम्म बाँच्न सक्छ र पुन अर्को खड्गो आउन सक्छ भन्ने कुरा ज्योतिषशास्त्रीहरूले बताउँछन् । चिना( जन्म कुण्डली) ठीक मिलेको छ र दक्ष ज्योतिषशास्त्री छ भने उसले चिना हेरेर भनेका कुराहरू पुग्न जान्छन् । पहिला पहिला मैले चिना हेराउने कामलार्ई त्यति विश्वास गर्दैनथें । पारिवारिक घटनाक्रममा चिना हेराउने काम हुँदा केही घटना ज्योतिषशास्त्रीले भनेबमोजिम मिलेको हुँदा ममा विश्वास बढेर आयो ।मानिसका जीवनमा धेरै घटनाहरू घट्छन् । कोही साना हुन्छन् भने कुनै मरणासन्न अवस्थाका हुन्छन् । जीवन संघर्ष हो । विभिन्न संघर्षबाट सफलता प्राप्त गर्नु नै सफल जीवन हो । मैले पनि जीवनमा धेरै संघर्ष गरें । यी संघर्षबाट सफल भएँ अर्थात ज्योतिषशास्त्रीहरूको भाषामा खड्गो काटें । ज्योतिषशास्त्रीहरूले भूतकालमा, वर्तमानकाल र भविष्यमा घट्ने घटनाहरूलार्ई बताए अनुसार आज मैले आफ्नै कति खड्गोहरू काटेर त्यस समयको कस्तो अनुभूति भयो त भन्ने धारणालार्ई यहाँ बताउन गइरहेको छु । हरेक चीजको प्रमाणीकरणको लागि मितिको जानकारी हुन आवश्यक हुन्छ तर मैले मिति या दैनिक घटनाक्रमलार्ई अभिलेख राख्ने गरेको छैन । त्यसले गर्दा यहाँ उल्लेखित घटनाकर्म कति वेला कुन महिना कुन वर्ष घटेको भन्न सकिने अवस्था छैन । मित्र नारायणप्रसाद तिवारी (गैडाकोट निवासी)ले म बिमार भएको अवस्थामा अनुभूति कस्तो हुँदोरहेछ एउटा लेख, लेख भन्नु भएकोले आज कलम चलाउँदै छु । सानातिना घटनाहरू  धेरै घटे तर यहाँ देखाइएका घटनाहरू मृत्युवरण गर्ने खालका थिए र छन् ।
मेरो पहिलो खड्गो –राणाकालमा जन्मे(बि.सं.२००३) । प्रजातन्त्रमा हुर्के । पढ्न जाने समयमा (म निकै सानो छँदा करिव ७÷८ वर्षमा)  गोरु चराउन खेतमा लाने गर्दथे । पढ्नको लागि स्कुल थिएनन् । एकदिन गोरु लाहुरे सापकोटाको खेतमा (जहाँ मकै छरिएको थिएन ) चराउन लिजुवाइँएर गएको थिएँ । साल थाहा नभए पनि महिना भने जेठ थियो ।गोरु अति सागुरो गह्रामा गयो । फर्कन त्यति सहज थिएन र त्यहाँ भन्दा अगाडि बढे  गोरु फर्कन नसकी अग्लो कान्लो बाट लडेर मथ्र्यो । बाल बुद्धिले काम गरेन । गोरुको पुच्छर समातेर फर्काउन खोज्दा गोरु त एनकेन फक्र्यो म भने त्यो अग्लो कान्लोबाट खसें ।  तल दर्शन ढुङ्गाको ठूलो चट्टान थियो । त्यो चट्टानमा डाँडाका कान्छाबा बस्नु भएको थियो । उहाँले चट्टानमा पर्न नदिएर बीचैमा समात्नु भयो । म खसेकोमा सबैले राम राम भने तर म भने सकुसल बाँचे । कसैले गाली गरे, कसैले ठूलो खड्गोबाट बचेको कुरा सुनाए । म भने थरथरी कामि रहेको थिएँ ।  म गोरु लिएर घर आउने साहस भएन । निकै कमजोड भएको महसुस भयो । आमा गएर गोरु र मलार्ई लिएर घर आउनु भयो ।  
मेरो दोस्रो खड्गो – वि.सं. २०७८ सालको दशैंको कुरा हो । दशैंमा मेरो हातबाट टीका थाप्नेको संख्या निकै ठूलो हुन्थ्यो । यसपटक टीका थाप्ने मानिसको संख्या कतै सुत्केरो र कतै जुठो परेको हुँदा निकै कम भयो । चितवनको बुढौलीमा मेरी माइजू बस्नुहुन्छ । ८४ वषर््ा काटीसक्नु भएको हुनाले उहाँको हातको टीका लगाउन मनले माग्यो । मेरा खगेस्वर जुवाइँलार्ई मैले बुढौली जाउँ भने उहाँले सहस्र स्वीकार्नु भयो । गैडाकोट मेरो भाइकोमा जुवाइँले टीका लगाउने कुरा निकाल्नु भयो । मैले हुन्छ जाउँ भनेर भाइको घरमा गयांै. । टीकालगाएर बुढौली जाने कुरा चलेपछि भाइले पनि नारायणघाट गएर बस लिने त्यहाँसम्म जुवाइँको मोटरसािइकलमा जाने भनेर हामी नारायणघाटतिर लागेम् ।दशैंको दिन भएकोले मोटरसाइकलमा तीनजना हिडेको देखेपछि हामी पनि अगाडि बढ्यौं । ज्यामिरे पुग्नलार्ई करिव १ किलोमिटर हुँदोहो । हामीले ओभर टेक गर्न खोज्यौ तर बस पेलेर आएपछि  मोटरसाइकल खडा गरेर साइडतिर लाग्ने गरी उभियौं । कार रफ्तारमा आएर हामी माथि चढ्यो । हामी रोडमा हामी माथि मोटरसाइकल र मोटरसाइल माथि कार भयो । मोटरसाइकल चलेको अवस्थामा हुन्थ्यो भने ठूलो दुर्घटना हुन्थ्यो । जुवाइँको दाहिने खुट्टा भाँचियो, मेरो दाहिने खुट्टामा दुई ठाउँमा पोलेका जस्ता दुई घाउ भए । संयोगबस भाइलार्ई कुनै घाउ देखिएन । हामी लडेको ठाउँबाट मानिसहरू फटाफट आएर समाएर बाटो भन्दा बाहिर ल्याए । यस पटक के भएको हो भन्ने थाहै भएन जस्तो लाग्यो भनौ या के भनौं । दिमाग खाली भयो आवाज निस्कन सकेन आफन्त आए । उनीहरूलार्ई ट्वालट्वाल्ती हेर्ने बाहेक कुनै बिचार प्रकट भएन । हामीलार्ई सि.एम्.सी भरतपुरमा ल्याएर भर्ना गरियो । एक महिनासम्म मैले कष्ट भोग्न प¥यो । दाहिने खुट्टाबाट पानी निकालेर फाल्न प¥यो । पानी फाल्ने कुरामा डाक्टरको एकमत देखिएन । कुनै डाक्टरले पानी निकाल्न राम्रो हुँदैन शरीरमै दवाइबाट सुकाउनु पर्छ भने । मैले उपचार गराएको डाक्टरले भने एक दिन विराएर पानी निकाल्दै गए । केही समयपछि पानी निकाल्न छाडियो ।एक महिनामा पछि बिस्तारै हिडडुल गर्न त सके तर बसेर दिसापिसाब गर्न भने मलार्ई निकै कठिन भयो । अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्न प¥यो । हालसम्म पनि साधारणा शौचालयमा दिशा गर्न निकै कठिन हुन्छ । बाँचेकोमा भगवानको नाम लिएँ । ्
मेरो तेस्रो खड्गो– यसै वर्षको फागुनमा पर्वत ग्यादीचौरमा मेरो भतिजीको विवाह थियो । फागुन तीन गते म अम्बिका भतिजी , भतिजी जुवाइँ र उनका छोराछारी गरी ५ जना हामी पर्वततिर लागियो। जुवाइँको आफ्नै गाडी भएकोले सहजसँग पर्वत पुगियो । पर्वत पुग्दा कोही गेट बनाउँदै ,कोही ४ गतेको खानाको लागि खसी काटने, तरकारी छिल्ने काम भै रहेको पाउँदा रमाइलो लाग्यो । हामी पनि काममा सहभागी भयौ । ४ गते विवाहको रमाइलो मै वित्यो । ५ गते खाना नखाई चितवनतिर लागियो ।  मलार्ई ग्यास्ट्रिक लगायत जरोले समाति सकेको रहेछ । पेट फुल्न थाल्यो, खाना मन लागेन, भोकै कावासोती फर्के । ६ गते वेलुकाबाट शरीर काम्न थल्यो । सि.एम. सी. भरतपुरमा गएर भर्ना भएँ । जरो कम होला भन्दा दिन प्रतिदिन चाप्दै जान थाल्यो । जरो कन्ट्रल यहाँ हुँदैन भने काठमाडौ लाने भन्ने कुरा छोराहरूले चलाए । अब हामी दुई दिन हेर्छौ जरो नथामिएमा हामीले सल्लाह दिने छौ भनेर सुझाव पाइयो । कडा औषधी प्रयोग भएको र सुगर निकै बढ्छ नआत्तिनुहोस् भन्दै दवाई खुवाइयो । एकातिर सुगर बढेर गयो शरीर निकै कमजोड भयो । मेरो आडैको बिस्तारामा एक जना महिला थिइन् । उनको स्वर्गबास भयो । मलार्ई भेट गर्न आउने नातापाताको संख्या पनि निकै बढेर गयो । भेट्न आउनेको ताँती बढेपछि त मेरो मस्तिष्कमा अनौठो भावना खेल्न थाल्यो । मस्तिष्कमा गलत भावनाले स्थान लियो । म मर्ने समय आए छ । नत्र यति धेरै मानिस किन आउनु । मेरो दिमाखमा यस्तै यस्तै भावनाले स्थान लियो । म टोलाउन थाले । छोराछोरीले किन टोलाएको भन्न थाले । मैले केही होइन भनेर जवाफ दिन्थे । बाँचने आयु भएपछि कता कता मनमा एउटा दीर्घसङ्कल्पले जन्म लियो । जन्मेपछि त मर्नु निर्विकल्प नै हो । मर्नुबाट के को डर ? अव त मेरो मनको डर भाग्यो । चेहेरा चिल्लो भएर आयो अरे । म हँसिलो देखिएँ अरे । जरो घट्दै गयो । भोक लाग्न थाल्यो । खाटबाट तल झर्न पनि आँट आउन थाल्यो ।  अस्पतालबाट विदा भएर घरमा आएँ । गाउँका  दाजुभाइ छर छिमेकीहरूसँग भेट भएपछि म निकै रमाएँ । मेरो आधा बिमार त गाउँको वातावरणले नै भगायो ।
मेरो चौथो खड्गो – यो घटना अप्रिय हुँदाहुँदै पनि अलि अनौठो खालको छ । मिति वि.सं. २०७९ साल असार ७ गते घटेको यो घटना कावासोती नगरपालिकाको २ नम्बर ओडाको मुख्य बजार पञ्चकन्या चोकको नजिकै योगप्रसाद रिजालको घर अघिको हो । म र योगप्रसाद रिजाल रिजालको घरबाट दुम्किबास ज्येष्ठ नागरिक नगरसंघका अध्यक्ष वितेको हुँदा सोकसभा सहभागीको लागि जान निक्लेका थियौंं । अचानक बँदेल आएर आक्रमण गरेछ । मलार्ई थाहा भएन । म वेहोस भएर लडेछु । योगप्रसालार्ई पिडौलामा मजाले हानेछ । पिडौंला सुनिएको थियो । तत्कालै एउटा टेक्सी कता जान आएको रहेछ । बुढोत मरेजस्तो छ तैपनि अस्पताल लगौं भनेर नवलपुर अहस्पतालमा लगे छन् । मेरो देबे्रकोखादेखि नाभीको छेउसम्म पूजामा पण्डितले रेखीहाले झै पातलो तरिकाले छालाको भाग उप्कायर छाडे छ, बोसोको तहले आन्द्रा भुँडी बाहिर निक्लनबाट जोगिएछ । गर्मी समय भए पनि मैले अलिक बाक्लो कमेज लगाएको थिएँ , त्यसलार्ई छेडेर करङमा दारा पुगे जस्तो लाग्यो । मेरो कमिजमा रगत देखिएको थियो । त्यो सेतो  धर्सा  आज पनि देखिन्छ । म होसमा आउँदा नवलपुरको आकस्मिक कोठाको बिस्तरामा पल्टिरहेको थिएँ । खाटको ओरिपरि मानिसहरूले घेरेका थिए ।  योगप्रसाद रिजालका सबै परिवर त्यहाँ उपस्थित थिए । केही क्षणमा पुलिसहरू पनि आए र जानकारी लिएर गए । म अन्यौलमा परें । सोच्दै नसोचेको यस्तो घटनाले मलार्ई आश्चर्य तुल्यायो । अरु मानिसहरू पनि आश्चर्य माने । कसैले बराहले माया गरेर गएछ भने, कसैले झण्डै आन्द्राभुँडी ननिक्लेको भने, कसैले अव चौरासीसम्म त सहजै बाँच्छस् भन्न थाले । त्यसदिन म लगायत ६ जनासँग बँदेलको जम्काभेट भएछ । आखिर जिल्ला प्रहरी कार्यालय हुँदै जङ्गलतिर प्रवेश गरेछ । सबै हेरेको हेरै भए छन् ।
पाँचौं खड्को– अक्टुवर १ मा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएर म काठमाडौतिर लागें  । म विमारी अवस्थामा नै थिए । नजाउँ भने टिकट काटीसकिएको थियो । जाउँ भने बिमारी अवस्थामा छु । देशका ठूलाबडा नेताहरू उपचार ग।ाउन अमेरिका जान्छन् भने म बिरामी भए अमेरिका मै औषधी गराउनु पर्ला भन्ने शोचमा  अमेरिका जाने निर्णय लिएँ र अमेरिका  गएँ । त्यहाँ पुगेपछि थाहा लाग्यो कि उपचार गराउन निकै महगो रहेछ । तातो पानीकै भरमा बसियो । रोगले बढता दुःख दिएन । ३ महिना बसियो र फर्केर नेपाल आइयो । अमेरिका यात्राको सानो एउटा  पुस्तक तयार गर्ने काम भयो । किताप तयार त भयो तर प्रकाशन गर्न भने सकेको छैन ।  २०८० –१०– २२ मा वीरहस्पिटलमा विमारी भएर भर्ना भएँ  र २०८०–११– १३मा अस्पतालबाट निस्केर घरमा आएँ । यसपटकको अस्पताल बसाई निकै कष्टकर भयो । अस्पताल गएको दाहिने पेटको तल्लो भाग दुःखेर भर्ना हुन पुगेको । फोक्सोमा पानी जमेको भनी फोक्सोबाट ७०० एमएल पानी निकालियो र टि.बी.को औषधी चलाईयो ।  पेटको कुनै दवाइ भएन । साथमा तारा भाइ थिए । विहानको खाना ल्याउे काम छोरा जगतले गर्दथे । छोरा भेषराज समय मिलाएर साथमा हुन्थे । राती छोरा जगत मेरो साथमा हुन्थे । मासु अण्डा, दाल तरकारी छोरा जगते ल्याउने गर्दथे, दाल बाहेक कुनै खाना खान भने सक्दैनथें । उराठ लाग्थ्यो । नजिकका इष्टमित्र बाहेक म रिामी भएको कर्सैलार्ई थाहा थिएन । फेसबुकमा राख्न पनि छोराले मानेन् । मेरो मोबायल पनि यसै समयमा विग्रेको हुँदा मैले पनि कसैसँग सम्पर्क गर्न सकिन । म वीरअस्पतालमा २२ दिन बस्दा सबैले थाहा पाउन सकेनन् । कता कता साहित्यकार नवराज रिजाललार्ई भने जानकारी पुगेछ । उहाँ भने  मलार्ई भेट्नको लागि आउनु भयो । बुहारी दोय विमला र भावना भेट गर्न शनिबार भने नाति नातिनी सहित र अरू बेला आआफ्नै तरिकाले आइनै रहे । छोरी इन्दिरा नातिनी दोय जुवाइँ चन्द्रविलास भूर्तेल, सीता भतिजी, नाति जीवन र जुवाइँ चुडामणि, पर्वत ज्ञादीबाट जेठान करुणाराज लामिछने, साला राजिव, लगायतका घरपरिवरका सदस्यहरू ( छोरीहरू राधायसोदा, उमा ) इन्द्र जुवाइँ, मेरा दुवै श्रीमती डिलकुमारी र पार्वती  नातेदारको उपस्थिति रह्यो । उपचारका लागि केही रुपियाँ मेरो पैन्टको गोजीमा थिए । धेरै असक्त हुँदा पनि मेरो हात गोजीमा पुग्दा रहेछन् । पैसा हराउँछ भन्ने चेतना भने जागा नै रहेछ । त्यो कुरा मेरो श्रीमतीलेपछि सुनाइन् ।हस्पिटलमा समय समयमा सेवा दिने त नर्स नै हुन्छन् । समयमा दवाई खुवाउने, सलाईन चढाउने, इन्जेक्सन लगाउने, विमारीलाई सचेत गराउने काम उनीहरूको नै हुन्छ । वीरहस्पिटनमा २२ दिनको बसाइमा मैले तीन जना नर्सको आदरता निकै ठूलो पाएँ । आउँदा बाँ नमस्कार कस्तो छ हजुरलार्ई भन्ने सोधाइ र जाने बेलामा पनि बा म घरतिर लागें भन्ने समय समयमा दवाई पानी गर्दा पनि मीठो बोलीको व्यवहार देख्दा मेरो बिमार कम भएको अनुभूति हुन्थ्यो । एक जान अधबैंसै नर्सले लामो समयसम्म दबाई खाइरहनपर्दा अस्पतालमा बस्नु भन्दा त घरमा जानु राम्रो हुने धारणा राखिन् । हुन पनि हो मेरो हकमा टिबी भनेपछि ६ महिना दबाइ खानु पर्ने भएकोले अरु के नै काम हुन्थ्यो र उनले अस्पताल भन्दा घर किन राम्रो हुन्छ भन्ने धारणा पनि यसरी राखिन् । अस्पतालमा कमजोरी अवस्थामा धेरै रोगले आक्रमण गर्ने,घरमा सुरक्षित भइने, खानपानको व्यवस्था राम्रो हुने । वातावरण पनि राम्रो हुने, आफन्तसँग भेटघाट हुने आदि कुरा सुन्दा मलार्ई सही कुराजस्तो लाग्यो ।एकातिर ती अधबैंसे नर्सको यस्तो सुझाव अर्कोतिर छोराले दिल्ली लाने तरखर, मेरी जेठी श्रीमतीको घरमा लगेर वैतरणी गराई दिने धारणा, डाक्टरहरूले हस्पिटलमा राख्न पर्ने कुरा सबै सुन्दै गएको थिएँ । तल्लोपेटको मन्द मन्द दुखाई यथावत कायमै थियो । यसतर्फ कसैले ध्यानै दिएनन् । जरोआउने समय लम्बिंदै थियो । टिबीको दवाइ खाने र जरो आए दुई टेबलेट सिटामोल खाने, दिनभर विस्तरामा सुत्ने बाहेक कुनै कामै थिएन । म निकै कमजोड त छदै थिएँ । खाना पटक्के रुच्दैनथ्यो । एक कचौरा दालको भरमा दिन बित्तथ्यो । एक मनले भन्थ्यो अठहत्तर वर्षको उमेरमा अस्पतालमा बसेर अर्थहीन बाँचेर र के औचित्य भन्ने मनले सोच्दथ्यो । अर्को मनले भन्दथ्यो विमार सन्चो भएमा अझै केही न केही गर्न त सक्छुनी । किन यस्तो निराशा बोक्ने । मनले भन्छ – ''सिर्जनशील व्यक्ति कहिल्यै बुढो हुँदैन । तँ अझै ब्ुढो भएको छैनस् । किनकी तँ मा केही न केही गरौं भन्ने धारणा छ ।" यस्तै यस्तै धारणा मनमा खेलाउँदा खेलाउँदै एक टोली डाक्टरहरू बा के छ ? हालखवर भन्दै आए ठीकै छ भन्ने जवाफ दिएँ र भने अब म घर जान्छु । तर डाक्टरहरूले तपाइँलार्ई यस्तो अवस्थामा घर पठाउन सक्दिैन । मैले प्रश्न राखें  किन ? तपाइँलार्ई जरो आइरहेको छ । निकै कमजोड हुनुहुन्छ । वान्ता हुन सक्छ । त्यसो हुँदा अझै एक हप्ताजति बस्नु होस् अनि बिचार गरौंला । मैले डाक्टरलार्ई सोधे जरो आउँदा सिटामोल खाने न हो अनि टिबीको दवाई खाने हो । अरू दवाइ त मैले खान परेको छैन । यी दवाइत मैले घरमा बसेर पनि खान सक्छु । १७÷१८ दिन हुन थाल्यो म झन भन्दा झन सकिदै गएको छु यही अबस्था रह्यो भने त म चाँडै नै यस लोकलाई छाड्छु । तर डाक्टरहरू सुन्ने वाला छैनन् र छोराहरू पनि यस्तो अवस्थामा घर पठाउन सहमत देखिदैनन् ।डाक्टरहरूले काठमाडौमा बस्ने सल्लाह दिन्छन् । मलार्ई काठमाडौमा बस्ने मन नै छैन । मेरो हठको अगाडी कसैको केही लागेन । म कावासोतीको घरमा आउन सफल भएँ । जहाजबाट भरतपुर हुँदै म कावासोती साँढमा आएँ । यस समयमा मेरा नजरले ३ जना मानिसलार्ई खोज्यो । मानिसलार्ई प्राण जान धौ भएपछि इच्छा के छ भनि सोधनी गरिन्छ । सायद मेरो अन्तिम धोको त होइन भन्ने अनुभूति गरे । एक जना स्याङ्जा गएका रहेछन् पछि भेट भयो तर दुई जनामा एक जनाले म आउँछु भनेर पनि आउनु भएन । अर्कासँग कुरै भएनन् । म क्रमैसँग निको हुँदै गएँ । छ महिनासम्म टिबीको दवाई खाएँ । मधुमेहको उपचार भन्दा अरू केही उपचार गर्न परेन तर दाहिनेकोखो भने दुःखि नै रह्यो । यो दुखाईलार्ई डाक्टरलार्ई जानकारी गराउँदै गएँ तर केही छैन, ठीक छ भनि जनकारी गराइयो । मनले मानेन । मिति २०८१ साल साउन १४ गते पुन चितवन मेडिकल कलेज लि.मा शितल अधिकारीकोमा जचाउनु राम्रो भन्ने जानकारी बमोजिम त्यहाँ गएँ र एक्सरे गरेर  हेरियो तर सबै ठीक छ भन्ने जानकारी भयो । केही औषधी लिएर घर फर्के । तर नरम दुखाई यथाबत नै रहीरह्यो ।
 छैटौं खड्गो –  यस पटकलार्ई खड्गो नै ठानेको थिइन तर मधुमेह निकै बढेर गयो । इनसुलिन लगाउँदा पनि कन्ट्रोलमा न आएपछि एम्बुलेन्स लिएर सिएमसीमै गएँ र इमर्जेन्सीमा भर्ना भएँ । जरोपनि आएको रहेछ ।  डाक्टरले के भयो वा भनेर सोधनी गर्दा मेरो लामो समयदेखिको दाहिने कोखो दुःखाइलार्ई सर्वप्रथम बताएँ , जरो र मधुमेह त छँदै थियो । डाक्टरले सहजै छामेर भन्यो । हजुरको दाहिने कोखोमा गोलो गाँठो छ । भिडियो एक्सरे गरेर हेर्नु पर्छ, विहान हेरौंला भन्ने जवाफ पाएँ । निश्चय नै यो एउटा करिव नौ महिना पछिको जानकारी थियो । भिडियो एक्सरे गर्दा पीप बनिसकेछ । ८० एमएल पीप निकालियो । अवत  दिन दिनै पीप निकाल्ने काम भयो । मेरो हस्पिटल बसाई लम्बियो । अपरेशनका कुरा निस्के तर मैले विजयदशमीको टीका अगिल्तिर अपरेशन गर्न मानिन । डाक्टरले र मेरा सम्बन्धीले खतरा हुन्छ भन्दै थिए मैले खतरा भए अन्तिम यात्रा मृत्यु नै हो, त्यो ग्रहण गर्न तयार छु, बिस्तरामै सुतेर पनि सबैलार्ई टीका लगाइदिने रहर छ । म घरमा जान्छु भनेर विदा मागे । डाक्टरले पाइप जोडेर पीपबाहिर आउने सर्तमा विदा दिए । २०८१÷०६÷२३ गते पीप निस्केको संकलन गर्ने थैली बोकेर घर आएँ । पीप निकाल्ने समएमा जब पीप तान्ने सुर्ईरो पेटमा घुसारियो गरुड पुराणमा लेखिएको वैतरणी नदीमा उल्लेखित कीराका लामा लामा सुँडले डसे जस्तो अनुभूति भयो । पीप देख्दा पीपकुण्डमा डुबेजस्तो अनुभूति भयो । मनले भन्यो मरेपछि वैतरणीनदीमा खसिन्छ भनेर पुराणमा पढेको थिएँ तर म त जिउँदै वैतरणी नदीमा खसे जस्तो लाग्यो । यो दिन किन हो किन मेरो मन निकै विरक्तियो । मेरो मुखबाट जिन्दगीको कालोदिन भनेर निस्कियो । दशैंको वेला पूजापाठ  गर्न सकिन । एनकेन दुर्गास्थापना गरें । दशैंको टीकाको दिन पीपवाहिनी नली र त्यसमा जोडिएको पीप संकलन थैली साथमा भिरेर दुर्गा उठाउने काम गरें । टीकाको समय भएपछि टीका लगाइदिन बसें ।सबै जना आगन्तुले कस्तो छ भनी प्रश्न गर्दा नराम्रो शब्द प्रयोग गर्न मनले मानेन । जवाफमा पुच्छर उम्रो, हनुमान भइयो अव राम हुन बाँकी छ भन्ने जवाफ दिंदै गएँ । सबै हाँसे । कार्तिक ५ गते पुन अस्पताल गएर पीप झर्न छाडेपछि  पीपवाहिनी नली निकालियो र मंसिरमा कोलोनोकपी गरेर आवश्यक परे अपरेशन गर्ने सुझाव ग्रहण गर्दै घर फर्किएँ । भगवानसँग अब शरीर काट्न नपरोस् भन्दै प्रार्थना गर्दैछु । यो खड्गो पार गर्न अझै समय लाग्ने भयो । यस पटकको अस्पताल बसाइमा सकरात्मक र नकरात्मक पक्षले ममा स्थान लियो । सकरात्मक पक्षमा पीप निकाल्दा थाहै नपाइ निकालियो । डाक्टरको कुशल दक्षतामा मलाई निकै खुसी लाग्यो । पीपबाहक नली जोड्दा पनि मलाई थाहै लागेन, उठ्नुहोस् भन्दामात्र थाहा लाग्यो कि नली जोडिए छ । नकरात्मक पक्षमा सलाइन र दवाई चढाउने सुर्र्ई घुसार्दा भने सारा नशाहरूमा प्रयास गर्दा पनि नर्स सफल नभए पछि डाक्टर आएर देब्रे खुट्टाको जोर्नीको हाडको आडबाट सुर्र्ई घुसार्न सफल त भए तर यसले दुखाई निको हुन भने लामो समय लियो ।
खड्गो शब्दको प्रयोग ज्योतिष शास्त्रमा धेरै प्रयोग गरिने गरिन्छ । यसको अर्थ मरणासन्न अवस्थामा पुग्नु र मर्नु भन्ने हो । मरणासन्न अवस्था काटेपछि  खड्गोबाट पार हुनु भन्ने हो । यस अवस्थामा बिमारीले कष्ट भोग्नु त स्वभाविक हुन्छ । घरपरिवार पनि निकै पीडित बन्दछन् ।रोगको पत्ता लगाउने कुशल चिकित्सक भएमा चिकित्सकको पनि प्रसिद्धि फैलिने हुँदो रहेछ । बास्तवमा खड्गो मानव जीवनमा आइनै रहने गर्दो रहेछ । सबभन्दा ठूलो कुरो त आत्मविश्वासमा दृढता, मर्नु त निर्विकल्प छ भने मर्नुमा केको डर भन्ने निर्भयता र निश्चितता हुनु पर्दो रहेछ र भयरहीत जीवन बाँच्नु पर्दो रहेछ भन्ने अनुभूतिले स्थान लियो ।
धन्यवाद
मिति २०८१ कार्तिक २६ गते    



October 27, 2024

मेरो दायित्व

कथा
सदानन्द अभागी
सन्ते र जयन्तीको विवाह भएको आज करिव ७ वर्ष भयो । यिनीहरूको एक छोरा जन्मेको छ ।  छोरा अहिले ५ वर्षको भयो । विश्व निकेतनमा नर्शरीमा अध्ययन गर्छ । बालक चतुर छ । सज्जन छ । दिन बित्तै जान्छन् । सन्ते र जयन्तीको दिन राम्रोसँग चलिरहेको छ । दुबैले एक अर्कालाई माया गर्दछन् । आज पाठशालाको नतिजा प्रकाशनको दिन थियो , सन्ते र जयन्ती पनि छोराको नतिजा सुन्न विश्व निकेतन पुगे । सबै अविभाबक उत्सुकताको साथमा नतिजा पर्खी राखेका थिए । सन्ते र जयन्ती पनि निकै उत्सुक थिए । नर्शरीको नतिजा सुनाउने वेला भयो । माइकमा आवाज घन्कियो विभूषण प्रथम स्थानमा सफल भयो । विभूषणलाई अबिर र पुरस्कारले विभूषित गरियो । आमाबाबु र छोरा रमाइलोसँग घर फर्के । छोराको भर्नाको कुरा गर्दागर्दै सन्तेले कुरा निकाल्यो र भन्यो काठमाडौ जाने भनेको धेरै भयो । एक हप्ता काठमाडौ घुमेर आएर स्कुल भर्ना गर्ने कि, सन्तेले जयन्तीसँग कुरा राख्यो । जयन्तीले 'ठिक भन्नु भयो' भन्दै सहीथापी । अब सन्तेका पविार काठमाडौ जाने भए ।
बेलुकीको सूर्यको लालीमा चढ्दै थियो । सन्तेका पविारले खाना खाएर कपडा लाएर काठाण्डौ जाने तयारीमा जुटे । बेलुकाको सात बजेपछि उनीहरू बुटौल चारआलीमा पुगे ।दाङबाट आएको गाडी थियो ।चारआलीमा रोकियो । खलासीले काठमाडौ काठमाडौ भनेर यात्रीलाई बोलाइरहेका थिए । सन्तेका परिवार बस चढे ।गाडी केही मिनटमै नारायणघाटतिर बढ्यो । वरघाटमा खाना खुवायो । भाते निद भन्छन् । भात खाए पछि प्राय सबैलाई निद लाग्छ । रात्रीबसको ड्राइभरलाई पनि निदले निकै सतायो । निद भगाउन गीत लगायो । खलासीलाई बोलायो । खैनी बनाउन लगायो । खैनी खायो कुनै कुराबाट निदले छुटकारा दिएन । बसले बाटो छोडो र खोलातिर मोडियो । खलासी ढोकाको नजिक भएकोले फरालेर ज्यान बचायो तर ड्राइभर लगायत धेरैको मृत्यु भयो भने कोही घाइते भए । सन्तेका पति पत्नी दुबैले संसारबाट बिदा लिए । बिचरा बालक विभूषण थरथरी कामी रहेको थियो । पुलिस उद्धारको काममा जुट्यो । घाइते सबैलाई बुटवल पु¥याइयो । विभूषण पनि बुटवल हस्पिटालमा पु¥याइयो । भर्ना गरियो । ऊ आमा बाबुको खोजीमा थियो । आँखाबाट आँसु खसी रहेका थिए । ऊ सुक्क सुक्क गरेर रोइरहेको थियो । रजनीदेवीको शक्ति क्षिण हुँदै गयो । सूर्यदेवले लालिमा छर्दै अगाडि बढे. । पत्रपत्रिकामा बस दुर्घटनाको खवर छापियो । हस्पिटलमा आफन्तहरू आउन थाले । सन्तेको ससुराली पनि बुटवलमै थियो । पतिपत्नी बितेका र एउटा बच्चामात्र जीवित रहेको हल्ला चल्न थाल्यो सन्तेको जेठान पनि हस्पिटलतिर लम्क्यो । रोइरहेको विभूषणले मामा पायो । उसको रुवाई रोकियो । विभूषणलाई बाबाआमा मरेको जानकारी भयो । ऊ निकै रोयो ।
यता दाउन्नेमा लासको सनाखत गर्ने काम भै रहेको थियो । सन्ते र जयन्तीको लास आफन्तले बुझे । अन्तिम संस्कारको काम सकियो । विभूषण मामाको घरमा रहन थाल्यो । केहीदिन त उसले राम्रै सेवा पायो । तर उसको बसाई झनै कष्टकर हुन थाल्यो । ऊ पढ्न जाने कलिलो उमेरमा बाख्रा चराउन जान्थ्यो । न समयमा खानु थियो न समयमा सुत्नु थियो । अव त उसले टोकाहाको संज्ञा पाउन थाल्यो । मामा घरमा आजित भयो । एक दिन मामाको घर छाडेर ऊ निस्क्यो । गन्तव्यको कुनै थाहा थिएन । चौराहामा आयो बसमा चढ्यो । रातको समय थियो पछिल्लो सिटमा गएर बस्यो । कन्डक्टर कसैलाई मतलवै भएन उज्यालो हुँदा काठमाडौमा पुग्यो ।  काठमाडौ सहरमा उसको को नै थियो र । ऊ अलपत्र प¥यो । अत्र त ऊ सडक बालकमा परिणत भयो । माग्थ्यो, सबैका अगाडी हात पसाथ्र्यो, केही पाए खान्थ्यो, सडक पेटीमा फालिएका बोरा ओछ्याएर सुत्थ्यो, बोरा नै ओड्थ्यो । एक दिन माग्दा पनि केही पाएन, भोकले सतायो, होटेलको अगाडी फालिएका खाना खान थाल्यो । होटेल मालिकले देख्यो । दयालु थियो । बोलाएर सोधखोज ग¥यो । खाना पनि खुवायो । टेवल पुछ्ने र भाँडा माझ्ने काममा लगायो । अबत विभूषणले खान बस्न पायो । यो काम पनि उसलाई सहज त थिएन तर बाध्यता थियो गर्नै पर्ने ।
विभूषणको काम गराई, नम्रबोली, इमानदारिता, सहनशीलताले गर्दा विभूषणलाई घरका सबैले माया गर्थे । अब त ऊ साहुजीका छोराहरूको नजिक पनि जान पाउने भयो । उसले उनका किताव मागेर पढ्न पनि थाल्यो । उसको पढाइप्रतिको लगनशीलतालाई देखेर साहुजीको मन पलायो । साहुजीले पढ्ने हो भनेर सोध्यो । ऊ मुन्टो हल्लायो तर केही भन्न सकेन । साहुजीले हेर्दै गयो । उसको अध्ययन प्रतिको लगनशीलता देखेर मालिकलाई पढाउने मन भयो । विभूषणले अब त स्कुल जान पाउने भयो । स्कुल जानु, होटेलको काम गर्नु, फुर्सतको समय पारेर गृह्यकार्य गर्नु उसको नित्यकृया हुन थाल्यो । वार्षिक परीक्षाको नतिजामा स्कुल भरीमा प्रथम स्थान प्राप्त ग¥यो । विभूषणको यो प्रगति देखेर होटेल मालिक निकै प्रभवित भयो । उसलाई होटेलका कामको भारी कमगर्न थाल्यो । भाँडा माझ्ने काम बाट उसलाई, विल काट्ने पैसा लिने र रेखदेख गर्ने काममा लगायो । अव त विभूषणलाई कामको समय पढाइमा परिणत गर्न थाल्यो। आपूmलाई तोकेको काममा कहिल्यै कमि आउन दिएन । होटेल मालिकले उसको पढाइलाई कहिल्यै कमी आउन दिएन । आफ्ना छोराको दाँजोमा उसलाई राख्यो । आज १२को परीक्षको नतिजा निस्को । उसको नतिजा अब्बल निस्को अर्थात बोर्डमै ऊ प्रथम भयो । विभूषणको यो प्रगति देखेर होटेल मालिक निकै रमायो । क्याम्पसहरूले छात्रबृत्ति दिएर पढाउन तँछाड मछाड गर्न थाले र पत्रकारहरूले के पढ्ने के बन्ने इच्छा छ भनेर सोध्न थाले । विभूषणले के नै जवाफ दिन सक्थ्यो र तै पनि सहास ग¥यो र होटेल मालिकतिर मुख फर्काउँदै बाबाले के पढाउनु हुन्छ त्यही पढ्ने हो । होटेल मालिकले पनि उसको जिज्ञाशाा जान्ने बिचार राख्दै भने तिम्रो बिचार भनन सबैलाई । विभूषणले मेरो विचार त डाक्टर बन्ने छ भन्न जवाफ दियो । पत्रकारहरूले होटेल मालिकलाई सोधे तपाइँको के विचार छ । आजसम्म विभूषणको नामले बोलाउने होटेल मालिकले आज भने छोराको जे बिचार छ मेरो पनि त्यहि हो भनेर पत्रकारसँग प्रतिबद्धता जनायो । विभूषणलाई आफ्नो विगतको दुखद घटना सबै मेसिनको रफ्तारमा मस्तिष्कमा घुमिरहेका थिए । जे भए पनि होटेल मालिकको दयामा ऊ बाँचेको थियो । अध्ययन गरेको थियो ।होटेल मालिकको काममा पनि ऊ दिलो ज्यान लगाएर गरिरहेको थियो । उसको सपना पुरा गर्नु थियो । एउटा निजीक्याम्पसले उसलाई निशुल्क अध्ययन र आवासको व्यवस्था मिलाई दियो । होटेल मालिकसँग उसले आज्ञा माग्यो –'बाबा म पढेर घरमा आई होटेलको काम गरे के होला ?' होटेल मालिकले विभूषणलाई 'बाबु तिमीलाई अब होटेलको काम गर्न पर्दैन' भनेर उसलाई छात्रबासमा जाने सुझाव दियो । विभूषणले अव आफ्नो क्षमता हरेक चिजमा देखाउन पायो । त्यो विद्यलयलाई उसले हरेक क्षेत्रमा उच्चाइमा पु¥यायो । नेटको सहयोगमा वैदेसिक छात्र बृत्तिको खोजिमा लाग्यो । यु.के.मा उसले डाक्टरी पढ्ने  मौका पायो ।
केही दिनमै उसलाई युकेको भिसा, जहाजको टिकट र कलेजको भर्ना भएको जानकारी प्राप्त भयो । उसको सफलताको मार्गदर्शक त होटेल मालिक नै थियो  । हरेक विदाको दिनमा गएर होटेल मालिकलाई दर्शन गर्दथ्यो । यस पटक त उसले खुसीको खवर लिएर होटेल पुग्यो । होटेल मालिक पनि निकै खुसी भयो । होटेलमालिकले त्यो दिन सम्झ्यो जुन दिन त्यो बालकले खान नपाएर भाँडा माझ्ने ठाउँको खाना खाई रहेको थियो । उसले नाबालकलाई काम गराउनु कानुन बिपरित थियो तापनि काम माम र आश्रय दिएर 'मैले राम्रै काम गरेछु ' भन्ने महसुस ग¥यो । होटेल मालिकले भन्यो –'बाबु तिमी धन्य हौ , अब मैले गर्नु पर्ने सबै काम गरेर तिम्रो सहयोग गर्ने छु ।'
विभूषणलाई विदा गर्नको लागि क्याम्पसका सबै प्राध्यापक, विद्यार्थीहरु जम्मा भए उसलाई खादा र मालाले अभिनन्दन गरियो ।कलेजले आफ्नो गाडीमा राखेर होटेलमा लग्यो , होटेल मालिक मालिकिनी बच्चाहरू सबैले विदा गरे । होटेल मालिक र मालिकिनी दुबैले विभूषणलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा लगेर विदा गरे ।
क्रमस विभूषणको जीवनले नयाँ गोरेटो थप्यो । मेडिकल कलेजमा पनि उसको अध्ययन गहिराईमा चलेको थियो । हरेक परीक्षामा ऊ प्रथम नै हुन्थ्यो । पाँच वर्षमा उसले माष्टर अफ मेडिकल साइन्सको पढाई समाप्त गर्छ । सबै साथीहरूले देलायतमै जागिर खाने सल्लाहा दिन्छन् तर विभूषणले यो कुरा स्वीकार गर्दैन । साथीहरूले बल गर्छन् र भन्छन् –'नेपालमा के पाइन्छ ? यत्रो उच्च शिक्षा हाँसिल गरेर नेपालमा स्रोत साधन केही पाइँदैन, तिम्रो विद्वतालाई कसरी उपयोग गर्दछौं । तिमी त्यहाँ गएर निरुत्साही मात्र हुने हो ।' विभूषणले भन्छ – ' म जन्मेको नै नेपालको लागि हो । मेरो उच्च डिग्रीको उपयोग आफ्नै देशको स्रोत र साधनलाई उपयोग गरेर मेरै देशका विमारीको सेवामा जुट्ने हो । प्रकृतिले सजिएको देशमा केही छैन भन्नु भन्दा भएकैमा सहजीकरण गर्ने हो । मेरा देशलाई फुल्ने फल्ने बनाउने मेरो दाइत्व हो । नेपालमा भविष्य छैन भनेर विदेश पलायन हुनु त कायरता हो । मैले मेरो भविष्य नेपालमै निर्माण गर्नेछु । '
   
धन्यवाद
मिति 

September 10, 2024

भूकम्प कविता सङ्ग्रहमा कम्पनको गतिशीलता

समालोचना
सदानन्द अभागी
होमनाथ सुवेदीको जन्म अक्टुवर ५, १९४७, ताकम जफीदी, म्याग्दी, नेपालमा भएको थियो ।उहाँ जि.मु. हरिलाल सुवेदीका जेष्ठ सुपुत्र हुनु हुन्छ । माताकामे नाम तुलसीदेवी सुवेदी हो । अनेसासका संस्थापक अध्यक्ष हुनु हुन्छ ।  उहाँ प्रवासमा बसेर पनि नेपाली साहित्यलाई विश्वव्यापी गर्न सफल हुनुभएको छ । यस कृतिको प्रकाशनसम्म उहाँका प्रकाशित कृतिहरू (उपन्यास आठ, कवितासङ्ग्रह ५, खण्डकाव्य २, महाकाव्य एक, लोक साहित्य तीन, पत्र साहित्य १ कथा तीन, समालोचना चार, सम्पादन चार, सहसम्पादन–७, जसमा लिखित ३१,सम्पादित १२, नेपाली लोक कथा एक –अनुसन्धान,  मुक्तक संख्या १ र गजलसङ्ग्रह २ आदि लगायत जम्मा ४३ कृति (यस कृतिको प्रकाशनसम्म) प्रकाशित भएका छन् । । होमनाथ सुवेदीको बारेमा धेरै अनुसन्धानपत्रहरू प्रकाशित भएका छन् । यति धेरै कृति प्रकाशन गर्नु उहाँको लेखन दक्षताको प्रमाण हो । होमनाथजीले नेपाली डायस्परिक साहित्यलाई उच्चाइमा पु¥याउनु भएको छ ।
पुरस्कार अभिनन्दन र सम्मानः "अंकुर"अक्टुवर ५, १९४७, रत्न  श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार २०५४, सूर्यनारायण पुरस्कार गुठी बाट, सूर्यनारायण पुरस्कार २०६२, अनेसास रोहणी शर्मा धवलागिरीबाट आप्रवासका सुसेली कवितासङ्ग्रका लागि अनेसास रोहिणी शर्मा धवलागिरी उत्कृष्ट पुस्तक पुरस्कार, २००७, लगायत १० पुरस्कार, अभिनन्दन र सम्मान ३७ बाट विभूषित हुनु भएको छ ।
कृतिको संरचना –यस कृतिको अग्र आवरण पृष्ठ मा धरहरालगायत विभिन्न संरचनामा परेको असरलाई दर्शाइएको छ । पछिल्लो आरण पृष्ठमा कवको व्यक्तिगत विवरण दिइएको छ । कृति प्रकाशन अन्तराष्ट्रिय नेपाली साहित्य समाजले गरेको छ । मूल्य नेपालमा ने.रु. ३००÷– दक्ष्णि पूर्व यसियामा भा.रु. ३००÷– दक्ष्णि पूर्व यसिया बाहिर १०÷–डलर । यस कृतिलाई सम्पूर्ण भूकम्पपीडितमा कृतज्ञतासाथ समर्पण गरिएको छ । यस कृतिको प्रकाशकीय अनेसास वाशिङ्टन डी.सी.मेट्रो कमिटी संयुक्त राज्य अमेरिकाका अध्यक्ष रामप्रसाद खनालज्यूले लेख्नु भएको छ भने प्रा. डा. कपिलदेव लामिानेज्यूको भूमिका लेखन रहेको छ ।यस कृतिमा ८० कविताहरू समावेश गरिएका छन् । कुनै कविता ८ हरपका छन्, औसतमा कविता  २ पृष्ठका रहे पनि कुनै कुनै कविता पुग नपुग ३ देखि ४ पृष्ठ सम्मका छन् । कवितामा केही छन्दमा छन् भने अधिकांश कविता गद्यलयमा रहेका छन् । यसरी लयगत रूपमा हेर्दा विविधता पाइन्छ ।
कविताको सारसंक्षेप – यस कविता सङ्ग्रहमा ८० ओटा कविता समावेश गरिएका छन् । कविले वि.सं.२०७२ को महाभूक्म्पलाई प्रथम स्थान दिनु भएको छ भने अन्तिम कविता पनि भूकम्प नै छ । वि.सं. २०७२ साल वैशाख १२ गतेका दिन ७.६ रेक्टरको महाभूकम्प आयो , धनजनको ठूलो क्षती पु¥यायो । ती कविताको सारसंक्षेप यस प्रकार छ ।
२०७२को महाभूकम्प– नब्बेसालको विधंशकारी भूकम्पको ८२ वर्ष पछि हाहाकार बनाएर आयो कुचक्र यो । धरहरा छँदैछैन । यो भूगर्भीय समस्याले गर्दा नेपालमा भूकम्प आउने गर्दछ । ती भूगर्भीय समस्या भनेको टेक्टोनिक प्लेटहरू हुन् । इन्डिया प्लेट र उत्तरमा ओभरराइड युरेशिया प्लेटक  आपासमा टक्राएको कारणबाट नेपालमा भूकम्प आउँछ । भूकम्पका अरू कारणहरू पनि छन् । तर होमनाथजीले भूगर्भीय समस्या देखाउनु भएको छ । होमनाथजीले सात बिन्दु ६ रेक्टरको भूकम्प ठूलो भएकोले मानिसको मुटु हल्लिनु, थाक खोला, तिब्बत र सिलगुडी पनि काम्नु, वैज्ञानिकले संसारको गति जानेम् भने पनि भूकम्पको गति जान्न नसकेर संसारमा खती भएको हुन्छ भन्नु हुन्छ । सरचना भत्किए, सरकारनिष्प्रभ छ तर मोदीले औषधी पठाए भन्दै होमनाथज्यूले निकै कष्टकर धारणा पस्कनु भएको छ । चौद्ध सये मरेको जानकारी भएपछि मुटु टुक्रिनु आँखाबाट आँसु झर्नु, उद्धारमा सबै समर्पित हुन अनुरोध गर्दै भन्नु हुन्छ–
बन्धुको त्यो विधि नाश देखेर पढ्न सक्दिनँ
कविता यो यहीं रोक्छु बढ्न सक्दिन ।।
पृष्ठ २
अकथा – यस कवितामा चारहरफका ४ ओटा श्लोक छन् । यस कवितामा कवि भन्दछन् –
गएको थिएँ त्यो पुरानो खलोमा
किसानै थिएनन् मरेको थलोमा
थियो त्यो उही हो चिनेको सही हो
रछायाँ नबोली पस्यो त्यो कुलोमा
अकथा श्लोक  १
कविले पराइ भएर हो कि या विर्सीएको हो या अनाम हुँ या ऊ नापिएर हो नबोली कुलोमा पस्यो भन्ने धारण राख्दै उहाँको बिचार पलाउँ छ । धेरै वर्ष ग्याप रह्यो । यसरी ग्याप हुनको कारण प्रदेशी भएर हो । कविको धारणा भू–कम्पसँगको हो र अनिष्टकारी भू–क्म्पमा पैह्रो खसाल्छ प्रकृतिलाई विगार्छ, उजाड बनाउँछ । सुन्दरताले भरिएको भूलाई विक्रित बनाएर चिन्नै नसक्ने बनाउँछ । मानव जीवनसँग यी घटनालाई कविले यसरी जोड्छन्–
खसालेर पैह्रो पुरेको खलो भो
उजाडै थियो त्यो नचिन्ने 'म' को हो ?
नचिन्ने भएको चिनाउँ कसोरी ?
'म' मान्छे भएको जनाउँ कसोरी ?
श्लोक ३
मानिस जुन ठाउँमा जन्मिन्छ । जति टाढा भए पनि जन्म भूमिको याद आइरहनु स्वभाविक हो । धेरै कालको अन्तरालमा पुग्दा नयाँलाई देख्दा तर्सिरहनु पनि स्वभाविक हो । यस्तो अवस्थामा टुटेको कथा कसरी जोड्ने र भ्रम(विपर्याश) को कथालाई कसले भन्छ भन्दै कविले अकथा शीर्षकमा भावनात्मक अभिव्यक्तिलाई पस्किनु भएको छ ।
अनेक केन्द्र –यस कवितामा कविले केन्द्रको निर्माण सम्बन्धमा प्रकाश पार्नु भएको छ । मानव संस्कृतिका आधार, कला साहित्यक पनि प्राकृतिक द्वन्द्वकै आधारका परिणाम हुन् । मानिस सृष्टिको सिर्जना धेरै पुरानो छ । मानिस सृष्टिको साथसाथै युद्धहरू भए सभ्यताको विकास भयो सस्कृतिले स्थान लियो । यिनै संस्कृतिबाट विविध घटनाको उपज भयो । नयाँ नयाँ डायस्पोरा र डायस्पोराको इतिहास निर्माण भयो र मुद्दै मुद्दाका कलात्मक विवरण तयार भए ।
कविको धारणा छ एउटा केन्द्र बन्द भए पनि हजारौ अरु केन्द्र स्वतः स्पूmर्त रूपमा चल्दै जाने, अनेसासको विकेन्द्रित नियम जस्तै जसको केन्द्र नै छैन । केन्द्र नभए विकेन्द्रित केद्र त छन् ।  यी विकेन्द्रित केन्द्रहरू मौलाएका छन् । कविले यी मौलाएका विकेन्द्रितलाई हस्तछेप गर्न नहुने समाजको नियम छ । यदि पुराना केन्द्रलाई निषेध गरिन्छ भने नयाँ केन्द्रलाइ समाजका सदस्यले बढवा दिन्छन् । पुस्ताहस्तान्तरण क्रम निरन्तरता हो । कविको मार्गदर्शन मनन योग्य छ –
आज देखिएका यी द्वन्द्वका भूलहरू
भोली, कला र साहित्यिक शृङ्गारिक पूmल हुन्छन् ।
कविज्यूको धारणा स्पस्ट छ । इतिहासको सिर्जना यसरी नै हुन्छ ।
पृष्ठ ४
अर्धकदको मानिस – यस कवितामा पनि कविले भूकम्पबाट पारेको असरलाई वर्णन गर्नु भएको छ । अर्धकदको मानिसमा आधा अङ्ग पुरिएको मानिसको हो । मानिस शरीर, रुघा काँसो,तथा विविध रोगव्याधिले तथा आइ पर्ने प्राकृतिक प्रकोपले नासोको रूपमा सजिएको हुन्छ । भूकम्पले धन जन, विविध भौतिक साधन तथा जीव प्राणीहरूलाई नष्ट पार्दछ । यहाँ कविको धारणमा पूर्ण कदमा धुलो ध्वाँसो रहेकामा भूकम्पले गर्दा बगरको मालिक बन्नु र शरीरको तल्लो हर पुरिएर अर्धकदको मानिस बन्न पुग्नु हो । भू–कम्पबाट पु¥याउने यावत घटनाक्रमलाई कविले यसरी प्रस्तुत गर्नु भएको छ –
कुनै लट्केका छन् कति त थिचिएका नरहरू
कुनै दायाँ वायाँ कतिपय उँभो, ढल्दछ तरु
छ मुर्दैमुर्दाको रगतपसिना शोणित चरु
भए स्वाहा मान्छे, म पनि त सके जल्दछु बरु !
पृष्ठ ५
कविले पोखेका पीडा अति मार्मिक छन् । भू–कम्पले जमिनलाई प्रलयसरि ध्वस्त पार्दछ । घरगोठ पाटी पौवा, ढल्नु, आफन्तका मृतक शरीर गनाउनु मानिस अपाङ्ग हुनु, जस्ता कुराको साथै प्रकृति र पुरुषको कुरा उत्थान गर्दै लाटो जस्तो भएको र अपाङ्गताको गणना गर्न नसकिने, पिडालाई सहन नसकिने र यी सबैले जानेका तर नयन नखुलेर देख्न किन नसकेका आदि भावना पोख्दै कविले भन्नुहुन्छ –
'भएको'ले पीडा यदि म 'नभए' हुन्न सहन,
म आधा मान्छेको कवि–रचित अर्थै छ गहन
नजान्ने को होला अझ म त खुला स्तम्भ छु, सुन
कसैले देख्दैनन् , नयन नखुलेका किन ? किन ?
पृष्ठ ५
अनेक –डायोस्परा – यस कविताको भावसार पस्कनु भन्दा प्रा.डा. कपिलदेव लामिछानेले डायोस्परिक आन्दोलन बारेमा यस धारणालाई यहाँ पस्कने अनुभति चाहान्छु – ' नेपाली साहित्यमा अप्रवासी स्वर केही पहिलादेखि सुनिएको भए पनि एउटा सार्थक डायस्पोरिक आन्दोलन भने होमनाथ सुवेदीको आगमनको साथसाथै भएको हो ।' बास्तवमा होमनाथ अमेरिका पुगेपछि साहित्यिक सिर्जना, साहित्यिक संगठनको स्थापना र विस्तार र आपूmलाई साहित्यका विविध विद्यामा समर्पित भएर अगाडि बढेको पाइन्छ । अब अनेक डायस्पोरा कवितातिर लागौं ।
अनेक डायस्पराको पयोधरा
वासिङ्गटन डीसी हुन् यशोधरा
यहाँ छन् स्पेनिस, जापानिज, फिलिपिनो, एन्डोरा
नेप्लिज र व्ल्याक अफ्रिकन डायोस्परा
पृष्ठ ६
यहाँ मूल थलोलाई देवकी या कामधेनु होलिन् भन्दै समुद्र मन्थन गरेर जमुना पार गरेर जानु त्यति सहज हुँदैन । कविले कसरी वासिङ्गटन डीसी आइयो होला ? पाइयो होला, देवकी र यशोधरामा विभाजित किन भइयो होला, भनी प्रश्न उठाएका छन् । यहाँ तीन शब्द मनन योग्य छन् । देवकी कृष्णकी आमा हुन् र वासुदेवकी पत्नी । कंशले यिनीहरूलाई जेलमा राखेको थियो । देवकीको आठौं गर्भबाट जन्मने सन्तानले कंशलाई मार्ने छ  भनिएको थियो । भदौ महिनाको कृष्ण पक्षको अष्ठमी तिथिमा राती कृष्णको जन्म भयो बासुदेवले रातीमै यमुना नदी पार गरेर गोकुलमा नंद र यशोदाकाघरमा पु¥याए र यशोदाकी कन्यालाई लिएर आए । कामधेनु गाई मनोकामना पुरा गर्ने गाई हुन । यसोधरा गौतम बुद्धकी पत्नी हुन ।
 कविले भनेका छन्  समतूल्यमा तुलना हुन्छ, अमूल्यमा तुलना हुन सक्दैन, नेपालीहरू राष्ट्र, राष्ट्रमा बसेका छन् । तर ममता भने पुरानो र नयाँ दुबै ठाउँमा हुन्छ । डायस्पोरा राष्ट्र राष्ट्रको हुन्छ । आजको विश्व साइवरस्पेसमा चलेको छ , चन्द्रमामा नपुगेसम्म धर्तीमाता नै समष्टिको हो । अमेरिकामा मानिस सरासर पसेका, जो पस्यो त्यसले प्राकृतिक अधिकार बराबर पाएका छन् । अमेरिका भनेको स्वतन्त्रता मूर्तिको देश जो बनेको छ डायसपोराको धरोहर र यो नै बन्यो डायस्पोराको घर । यो विश्वको लागि राजधानीको समान छ । यसो भन्दा यो भन्न खोजिएको हैन कि टोकियो र सनमारियो सानो छ । यहाँ विशिष्टतामा विविधता छ । नेपाली डायस्पोरा अनेक छन् । यस कवितामा कविले नेपालका बागमती, विष्णुमति र जयन्ती, मङ्गला र कालीले बेनीको बजारमा कविको छातिमा मार्चपास गरेको जस्तो अनुभूति लागेको हुन्छ । अमेरिकाका पोटोम्याक नदीमा बागमती घोलिएको, एनाकोष्टिया नदीमा विष्णुमती रङ्गिएको भान कविमा भएको छ । अर्थात अमेरिकाका यी प्राकृति सम्पदामा देवकोटा जयन्ती पारेर नेपाली डायस्पोरा( साहित्यकार)हरू सहभागी भएर आनन्दाभूति लिएको देखिन्छ ।
कविले यस कवितामा विश्वब्रमाण्ड नै समावेश गर्ने प्रयास गर्नु भएको छ । आजको वैज्ञानिक प्रगतिले गर्दा विश्व निकै साँधुरिएको छ । किनकी इमेल, फेसबुक, र स्काइपहरूको प्रयोगमा विश्वलाई एउटा कोठा या,एउटा कुर्चीमा बसेर पनि नियाल्न सकिन्छ । उहाँको भनाइमा नयाँ डायस्पोराले जमाना बदलेको जस्तो लाग्छ ।
 आज नेपालीहरू जुन देशमा गए पनि त्यहाँ आफ्नो भाषा साहित्य,संस्कृतिलाई जोगाएको, बढाएको र र्फैल्याएको पाइन्छ । यहाँ होमनाथज्यू पनि यसरी प्रस्तुत हुनु भएको छ –
नेपाली साहित्यको यथार्थ प्राङ्गाणमा
उदयमान सूर्यको लालिमा जस्तै
धर्ती ढाकेर फैलिएको डायस्पोरा
भूमण्डलीकरण भएको छ
सांस्कृतिक विभिन्नताले
अनेक डायस्पोरा उदाएको छ ।
पृष्ठ ९,
नेपाली भाषा ,साहित्य र संस्कृतिलाई बढाउन अनेसासले नेृतृत्वदायी भूमिका खेलेको र लण्डन कन्फोरेन्स घोषणा–पत्रले यसलाई अग्रगतिमा लगेको छ । यसमा लैनो गाईको रूपमा वासिडङ्गटन डीसी रहेको छ र यसले सबैलाई दूध पिलाइरहेको, बृद्धिको लागि ओथारा लगाइ रहेको, अनेकतामा एकताको नेपाली पहिचानलाई प्रमाणित प्रकाशित गराएको र 'अनेक डायोस्पोराको एउटा आयम मुस्कुराएको छ ।'
जिउँदो सालिक – यस कवितामा भूकम्पका पराकम्पले दिएको विनाशलाई वर्णन गरिको छ । भूकम्पबाट गरेको धनजनको क्षतिलाई पराकम्पले पनि बढवा दिनु, बाबा, आमा, अनुज सबै लुटिनु, यी कम्प, परामक्पले सडक चिरा चिरा पार्नु, घरहरू ढल्नु, चउरमा लडेकालाई उठाउने कोही नहुनु, बस्ने बासको ठेगाना नहुनु, खाने सामाग्रीको पसल नखुल्नु,चुकल पनि नलाग्नु, भागाागको कारणले को मर्छ को बाँच्छ, थाहा नहुनु,एन आर एनले सहयोग गर्न धन र मन लिएर भूकम्प स्थल पुग्नु आदि धारणा सहित कवि भन्नु हुन्छ –
मृतात्मा हो तल्लो हर छ पुरिएको समरको
बचेको मान्छे हो नरक सममा अर्धकदको
महात्मा जस्तै छन् तर छुन गए पत्थर सरी
महाभूकम्पको उपज मनु यो सालिक मरी
पृष्ठ,  १० श्लोक ५
संस्थामा लोकतन्त्र –यस कवितामा लोकतन्त्रप्रतिको  विकृतिमा व्यङ्ग कसिएको छ । संस्थापकलाई मुद्दा हाल्ने धम्की दिनु,विधानलाई उछितो पार्नु, जति बगाबत गरे पनि कार्वाही नहुनु, के यो वाक स्वतन्त्रता, स्वतन्त्रताको परासीमा नाधेपछि लोकतन्त्रको मर्यदा भङ्ग हुन्न जस्ता प्रश्नवाची कुरा एक संस्थाका अध्यक्षले अर्को संस्थाका अध्यक्षलाई अविश्वासको प्रस्ताव राख्दा कार्वाही नहुनु, गाली गलौजमा आचार संहिता लागु नहुनु, निर्वाचनको मिति सारिएको छैन,मतदान दिन बञ्चित गरिएको छैन, सबै शाखा, सबै सदस्य स्वतन्त्र छन् र कसैमाथि कसैको कार्वाही लाग्दैन आदि धारणा राख्दै कविले लोकतन्त्रको अभ्यासले के भन्छ भनि धारणा यसरी राख्नु भएको छ –
लोकतान्त्रिक संस्था हो, प्रतिपक्षलाई विरोध खुला छ
तर
गरेको सही कामको मूल्याङ्कन पनि अनिवार्य छ
यौटा कार्यकालभन्दा बढी काम गर्नु
संस्थामा बन्डदेज छ, अभिशाप छ
धेरै खाए गुलियो पनि तीतो हुन्छ
लोकतन्त्रको अभ्यासले यही भन्छ ।
पृष्ठ १२
टुक्रिएको मान्छे–ड यस कवितामा पनि कविले  भू–कम्पको कारणले पैह्रो गएर ढुङ्गा टुक्रिन गएर नदीमा परेर सफा भएर नदीले बगाउँदा ठोकिएर कडा शालिग्राम जस्तो बन्न पुगेको,आदि धारणा राख्दै भन्दछन् –
न मेरा बाबा छन् न तनय बाँचेर दुहिता,
म टुक्रेको मान्छे नगरभरमा व्यापक हुँदा
सबै टुक्रा टुक्रा घटघट टुटेको निकट म
कसोरी हेर्ने हो जड हुन दिनुहोस् सालिक छु म ।
पृष्ठ १३
वैज्ञानिक दृष्टिकोणले भन्नुपर्दा चट्टानबाट ठूलो ढुङ्ग, ठूलो ढुङ्गाबाट  सानो ढुङ्गा, सानो ढुङ्गाबाट बालुवा, बालुवाबाट पाँगो आदि निर्माण हुँदै माटोको निर्माण हुन्छ ।पानीले बगाउने , थिउराउने, चुहाउने, विभिन्न खनिजसँग  मिलाउने आदि कामहरू गर्ने यथार्थतालाई साहित्यिक भावनामा प्रस्तुत गर्नु भएको छ ।
आँखा – साधारण अर्थमा आँखाको काम हेर्नु हो । स्वच्छ आँखाको दृष्टि लामो हुन्छ । आँखाको हेराइ उमेर अनुसार, रोग अनुसार विविध कारणले गर्दा अन्धो बन्न पनि आउँछ । यहाँ कविका कविताले विविधता दर्शाउँछ । उमेरले साठी काटे पछि हेर्ने शक्ति छिण हुन्छ । रोगको कारणले पनि आँखा देख्न सकिदैन, भारतीको आँखा देख्दा शीवलाई दर्द हुनु, गोविन्दको आँखामा निमोनिया भए जस्तो रोग हुनु । यहाँ कविले जीवदेखि ईश्वरसम्म आँखाको अवस्थाको धारणालाई राख्नुभएको छ । आँखा बन्द हुने रोग कम्प्युटर पनि बनेको छ । आँखामा आँसु उत्पादन र निकासी गर्ने संरचना पनि हुन्छन् । हाम्रा मृत्यु तथा विविध घटनालाई देखेर आँसु पनि झर्दछन् । यहाँ सुँगुरका आँखा असुद्धका कुरा, धोवीका जस्ता कुरा काट्ने आँखाका कुरा, लेख्न बस्दा, पेनले कागज छोप्न थाल्नु आदि धारणा सहित कविको एक श्लोक यहाँ प्रस्तुत गर्दछु –
साट्न पाए दुबै आँखा छोर।को साथमा अझै
पुरूरवा म नै हुन्थे नसोचु यो कथा कतै ।
श्लोक १५,
यी श्लोकमा विविध गाढा धडारणा समेटिएका छन् । सीतालाई रामले लंकाबाट फिर्ता ल्याएपछि धोवीले श्रीमतीलाई गाली गर्दा प्रयोग गरिएका शब्द, अयातिले छोरासँग वैंस साटेसरि कविले छोरासँग दुवै आँखा साटन पाए पुरूरवा हुने सकिने भएपनि यो कुरा नसोचौं भनेका छन् ।पुरुरवा, उर्वशी (स्वर्गकी सबै भन्दा सुन्दरडी अप्सरा)का मनुष्य पति हुन् । दुई दुई हरफका श्लोक भए पनि यिनका पृथक पृथक र महत्वपूर्ण धारणा आएका छन् ।  
इमान–यो कवितामा मानिस वेइमान  हुनु हुन्न इमानी हुनु पर्छ । अर्थात वेइमानै वेइमान भएको ठाउँमा इमानी खोज्न सकिदैन । स्वतन्त्रतामा आपूmले चाहेको गर्न पाउनु पर्छ अर्थात 'यदि आफ्नो आफै आत्महत्या गर्न पनि पाइँदैन भने स्वतन्त्रता खोज्न कहाँ जाने ?' कुनै काम गर्न चाहनेले नपाए स्वतन्त्रता छ भन्नुको तात्पर्य के ? कवि यसरी प्रस्तुत हुनुभएको छ –
साधु बन्न उत्तम हैन भने
धूर्त बन्न आँफै सिक
फलामले फलाम काट्न सक्छ
वेइमानीलाई वेइमानीले काट्न सक्छ
बह्दलीय समाजले 'चेक एण्ड व्यालेन्स' गर्न सक्छ ।
पृष्ठ १६
बेइमानीसँग इमान तोड्न सिक्नडु पर्छ । जस्तालाई त्यस्तै गर्न सिक्नु पर्छ र मात्र सहिमार्गमा ल्याउन सकिन्छ ।
कलम र कल्पना –कल्पना तथा भावनाका लहरहरू जव समुद्रको लहर जस्तै बग्न थाल्छन् । स्वप्निल संसारबाट सौन्दर्यका टुक्रा जोडेर कविताका प्रहार निर्माण हुन्छन् । लेखनको लागि कापी कलम आवश्यक हुन्छ । कापी कलम नभए कल्पना जाग्दैमा लेख्न सकिदैन । गाउँदा पनि गीतको बोललाई टिपी दिने मानिस चाहिन्छ । कल्पनालाई कविले कलम नदिनु, श्रव्य रेकर्डर पनि लगेको तर पीडा उक्सायर विरानो संसारमा अभिलेख राख्न नचाहेको,  देखेको भिडियो पनि उपयोग गर्न नसकेको, कापी कलम दिएर साथी बन्न नसकेको आत्मदान गरेर कल्पनामा विसर्जन हुन सकिन आदि धारणा सहित कविको भावना यसरी बगेको छ –
कल्पनाबिना साहित्य कस्तो होला
मैले सोच्न पनि सकिनँ
कलम र कल्पनाबिना
म नाँच्न सक्दिनँ
कल्वना नै जीवन हो कलमको
कल्पनाबिना बाँच्न सक्दिन
पृष्ठ १८
कविता कुसुम –यस कवितामा कविले प्राकृतिक सौन्दर्यतालाई सिङ्गारिक धारणामा प्रस्तुत गर्नु भएको छ । पछौटी पालुवा खडेरीको कारणले बढ्न नसकेर टक्क उभिएकी अविकसित मुलुककी मालिका जस्तै, कपाल काटेकी सुन्दर शारिरिक सम्रचना विना श्रृङ्गार नै उत्तरी क्षेत्रकी बालिका जस्तै नाताले मीत नातिनी, प्राकृतिक रूपमा छोरी 'अनि ममताकी अधिष्ठात्री देवी थिइन् ।' कविले यति वर्णन गर्दा पनि उनलाई चिन्न सक्दैनन् । कता गएको पनि थाहा पाउँदैनन् , अप्सराले झुक्याएको त हैन भनेर कवि प्रश्नवाची हुन्छन् । घरमा बोलाउँछन् तर उनी आउँदिनन् । जब मानिस कुनै चिजले आकर्षित हुन्छ । त्यसलाई पाउने चाहना राख्छ । ऊ बिमारी पर्छ । यहाँ कविको धारणा यसरी आएको छ –
'म विमारी थिएँ,
मलाई मेरो कान्तीको अभीष्ट कतै लुके जस्तै
म नजिक छु तर छुन नसकेको जस्तो
यो रमरम मजा पनि हुन सक्छ
कता कता मजा ल्टेको पनि हुन सक्छ
म वेचैन थिएँ दर्शनको लागि ।'
कविको यो वेचयनीलाई कविता 'कुसुम'को आगमनले कवि हर्ष विभोर हुन्छन् । कवितासँग कसुमलाई गाँथेर हेर्नु बैठक कोठा जहाँ कोठेकविहरू टन्न बसेका थिए, उनले सोमरस वितरण गर्नु, अपिरिचत बालिकाले सोमरस खसाल्दै कविता गुनगुनाउँदै गर्दा कविले मितनातिनीलाई प्रत्यक्ष  कविको माझमा भेट्नु, बेचैनी मेटियो,भन्दै कविको धारणा यस प्रकार आएको छ –
यो कविमण्डलीमा अमेरिका एक्लै बस्दाको
अविकसित देशको
आफन्तको भोक मेट्ने
मेरो मीतनातिनीलाई कवितामा नचएर
यो अमेरिकामा आनन्दको सास फेरें
कुसुम नै कविता बनेर दर्शन दियौ
मेरी नातिनी
तिमीलाई धन्यवाद दिएँ
कविहरूलाई कविता दिएँ ।
पृष्ठ २१
कहाँ जाउँ बाँच्न – निर्वासनमा रहेका कविले आफ्नो जन्म भूमिको यादमा मर्नु न बाँचनुको लागि कता जानु जस्ता भावना केलाउँदै मनै उदाङ्ग बनाउँदै, जिजीविषाका जिज्ञासाहरू भत्किएको अनुभूति गर्दै देशप्रतिको धारणा यसरी राख्नु भएको छ –
अन्धो भएको छु
देश नदेख्ने
यो निर्वासनको भावनाले
भक्तिएका छन् मेरा दिवारहरू
हृदय कम्पले भक्तिएका छन् धराहराहरू
पृष्ठ २२
निर्वासितआत्माहरू आफ्नो जन्मभूमिप्रति कति तड्पिएका हुन्छन् भन्ने राष्ट्रप्रेमका धारणा आएका छन् कवितामा।
किन रुन्छ रुख ? – आजको राजनीति विक्रितीप्रति रुखले पनि देशलाई कुन मार्गमा लान खोजेको हो आँसु खसाली रहेको र भनिरहेको छ भन्ने धारणा आएको छ । रुख भनेको जड हो । ऊ जीवित भए पनि बोल्न सक्दैन । देशको स्थिति यति नराम्रोसँग विग्रिएको छ । कविको भनाइ छ कि मानिसले देशलाई के बनाउने हो नरिवलको रुखमा सल्लाकोे खोटो पोति रहेको छ । अर्थात नहुने काम गरिरहेको छ । हेरौं कविको धारणा–
ककसको मस्तिष्कमा
निकास र विकास हैन
असहमति र अविश्वासले
सर्वाेच्चलाई पनि अधम् बनाएको छ ।
पृष्ठ २३,
 पीडितले पनि आक्रोसमा अपराधको सीमा नाधेका छन् । सत्तासीन तथा सत्ताहीनले अहम्ता बोकेका छन् । हलो अडकाउने गरेर अबरोध खडा गरेका छन््, पीडितको परिभाषाले पनि सीमा नाधेको छ । आज विधिको शासन कसैलाई मन्जुर छैन । यस्तो अवस्थामा समाजको भरोसामा छोड्नु पर्छ र समाजको फैसला नै सर्व मान्य हुन्छ । कविले पुन रुख किन रुन्छ र रुखभन्दा माथि चढ्न मानिस अझै फुल्नुफल्नु पर्छ । अर्थात प्रकृति भन्दा माथि कोही हुँदैन ।
के गर्ने – यस कवितामा १० ओटा नीतिश्लोक तथा दार्शनिक अभिव्यक्ति आएका छन् । मानिस एक्लै आउँछ एक्लै जान्छ । यो ध्रुव सत्य हो तर पनि मानिस ठूलो किन बन्दछ । कवि भन्दछन् –
छैन केही भने त्रास शान्ति नै सोच्नु पर्दछ
श्लोक ३, पृष्ठ २५
'न' मा बाच्नु  'न' मा शान्ति अक्षय ज्ञानबर्धक
जे छ यो देखिने पात्र यही मात्र छ साधक
श्लोक ४, पृष्ठ २५
सीमा आफ्नो कहाँ सम्म हो जान्नु पर्छ , सीमा नाघेर कुद्न हुँदैन, । क्षणभंगुर जीवनमा जीवित छँदै ज्यान दिनु पर्छ, । सुख शान्तिको लागि मानिस  ठूलो हो । मानिसले चेतना माथि नियन्त्रण लिनु पर्दछ । चेतना भन्दा पर परीक्षण गर्नु हुँदैन । नित्य र अनित्यमा अनित्व मान्ने नित्यभने परात्पर भएकोले अस्मितालाई चिनेर यही स्थललाई प्रभुद्ध राख्नु पर्छ । गीतामा कृष्णले अर्जुनलाई भने जस्तै कविले पनि ईश्वरीय धारणालाई यसरी पस्केका छन् –
जे हो यहाँ म हुँ तिम्रो यो भन्दा पर छैन क्यै
नजाऊ टाढिई मेरो , म भन्दा पर छैन क्यै ।
श्लोक ९ पृष्ठ २६,
लागेका मनमा मेरा भावना यी निरन्तर
यिनै हुन् सपना हाम्रा बाँकी जे छ त्यही गर ।
श्लोक १०पृष्ठ २६
 के छ यहाँ ! – मानिस आफ्नो पहिचान स्थापित गरेर बसेको ठाउँ छाड्दा मरेतुल्य ठान्दछ । उसको जे थियो त्यो सबै नेपालमै छाडेका हुन्छ । मानिसले चाहान्छ प्रकाशिलो जीवन तर त्यो प्राप्त गर्न नसक्दा ऊ यसरी प्रस्तुत भएको पाइन्छ–
अमेरिका पस्दै मरेको थिएँ
चिहानैमा केही मिरमिरे उज्यालो देखे जस्तो लाग्यो
अनि उही रात
मरेको छु
दिन त देख्नै पाइन
उसलाई त मैले
नेपालमा नै छोडेको छु ।
पृष्ठ २७
केराको डेरा– यस कवितामा कविले मूलदेशबाट अमेरिका पुगेको केरा त्यहाँको वातावरणमा सप्लाउँछ  । उसका पात झाङ्गिन छन् ।  ओतले साना झारपात बोटलाई ढाक्छ । केराका काँगिया काँगियाले भूँइ छोइएका छन् ,हेर्दा हात्तिको सूँड जस्तै देखिन्छ । शीर निहुरिएको छ । यो निहुराई केराका काँगियाको कारण नसम्झी लेखनाथ पौडेलको 'फलेको रुखको हाँगो नझुकेको कहाँ छ र ?' कविले झुकेको अर्थ ज्ञानी व्यक्ति भनेर लगाएको अर्थ तथा सोचाई गलत रहेछ भन्दै लेख्नु हुन्छ –
झुकेको भन्नु् हाम्रो सोचाइ गलत रहेछ
नेपाली भनेर के गर्नु ? अमरिकाको हावाको सुरत रहेछ
केराका स्तम्भहरूलाई क्रिम पाउडर लगाएर
आफ्ना ठूला ठूला चिप्ला चिप्ला ठिमाहा साँप्रा देखाइरहेछ ।
पृष्ठ २८
केरालाई बिम्ब बनाएर लेखिएको यस कवितामा अमेरिकामा पुगेका मानिसहरूले धन आर्जन गरेपछि घमण्डको पोको फुकाएको छ । एयरकन्डिशनको उपभोग गरी नौजवान ठिटाहरू शहरका तरुनीलाई लोभ्याएको छ । घमण्डको पोको फुकाएको छ, आफूभन्दा मुनीकालाई झार पात ठानेर ओसेपमा पारी जिउँदै मारेको छ  भन्दै कविका धारणा यसरी आएका छन् –
यो सप्रिएको केरा
फेरी सामन्त भएको छ
यसले रङ्ग फेरेर
अमेरिकामा सोझै डेरा जमाएको छ ।
पृष्ठ २९
लुटार – यहाँ कविले अमेरिका र तालिवानमा को लुटेरा हुन् भन्ने धारणा पस्केका छन् । कसैले आफ्नो खुकुरी खोसेर आपूmमा नै प्रहार गर्दा कती पीर पर्दो हो त्यो कुरा लुटेरालाई थाहा हुँदैन । उसको नीति खोस्नु हो, खोसेको बस्तु आफ्नो हो भन्ने र अर्कोलाई दोष लगाउने हो । मुद्दा उल्टाउने, यस्तो नीतिको अबलम्वन गर्ने अमेरिकाको हो या तालिवानको हो ? पशु हुनलाई चार खुट्टा हुनु पर्दछ तर उसका त दुई खुट्टा छन्  अनि मानिस भन्नलाई ईमान चाहिन्छ । ईमान नभएको त मानिस होइन ।त्यो त लुटेरा हो । मानिस हो भने कस्तो किसिमको मानिस हो ? यस सम्बन्धमा कविको धारणा यस्तो छ –
दुई खुट्टे जन्तु , मान्छेको रूपमा
बैमान लुटेरा हो
मानव सभ्यता र संस्कृतिको विकासमा
त्यो एक कुलाङ्गार हो ।
पृष्ठ ३०
यस्ता दुष्प्रवृत्ति भएका अमेरिका वा तालिवान जो भए पनि बहिस्कार गर्नु पर्छ र यस्ता अदृश्य चोरलाई कहिल्यै गर्न हुँदैन अङ्गिकार भन्ने कविको धारणा छ ।
 मौन मान्छे – भूकम्पको कारणबाट मानिस विवस हुन्छ । बोल्ने आधार केही हुँदैन र मौन रहन्छ । उसको अन्तर मनको कोक्याइलाई कविले यसरी प्रस्तुत गरेका छन् –
निशा आई छाई भनन कहिले फिर्दछ दिन ?
लियो भूकम्पले दिन पनि गयो ! आउँछ किन ?
पुननिर्माणको परिणति कुनै देख्न सकिनँ
रुदै वर्ष आयो छत पनि नभा ओत्दछ किन ?
पृष्ठ ३१,
माथिका श्लोक बाटै थाहा लाग्छ कि भूकम्पले प्राणीजगतमा अन्धकार छाइदिन्छ । तहस नहस पारेको संरचनालाई पुन निर्माण नगर्दा वर्षको पानीले प्राणीलाई भिजाउँछ । जगतलाई निर्जन बनाउँछ । विवशताले मौनता छाउँछ , कुटिलताको महसुस गराउँछ, अहम्ता बोक्नेहरूको दम्भलाई चिर्दछ । यो त प्रकृतिप्रदत्त सबै भन्दा ठूलो हो भन्दै कविले लेख्छन् –
उता घोप्टो पारी शिर जमिन भित्रै छ बहिनी
यता खुट्टो ठाडो हर तल परी रुन्छ बजिनी
तल हेर्दा हेर्दै म पनि पुरिएँ छैन सँगिनी
कराएको सुन्ने नरपशु नभै मौन छु –मुनि
श्लोक ४, पृष्ठ ३१,
अन्तिम श्लोकमा कविले पैह्रोले शिखर तान्यो, चिल्लायर भाग्न खोज्दा मदम उठ्दैन, मानिसको हलचल छैन, बोल्ने मानिस भए पनि मुख खुल्दैन भन्ने मार्मिक धारणा कविले प्रस्तुत गर्नु भएको छ ।
खोटो सिक्का– सिक्कालाई कविले बिम्बको रूपमा बहु आयामिक प्रयोगमा लगेर वर्णन गर्नु भएको छ । सिक्का बोल्दा भन्दा एउटा ढिक्का, अन्तर मनको रूपमा यौटा चक्का, प्रयोगमा मुद्रा बनाएर प्रयोग,खुद्रा बनाएर राष्ट्रले उपयोग, राष्ट्रियताले पनि छोडेन, डायस्पोराले आत्मा बनाएको छ, दुई चिरा पारेर  आदि धारणा सहित कविले सिक्का कसरी खोटो भएको छ त भनि यसरी प्रकाश पार्नु भएको छ –
छापाको मोहोर र ऐनाको के काम
सिक्का त पहिले नै खोटो भै सकेको छ
आप्रवासी नागरिकमा अङ्कित भैसकेको छ ।
पृष्ठ ३२
जसरी खोटो सिक्का चलनमा आउँदैन त्यसरी नै आप्रवासी ( विदेशको नागरिक) भएपछि स्वदेशको लागि खोटो सिक्का सरह नै हुन्छ ।
प्रतिबद्धता–
गद्दारी गरेर शासक बन्न चाहन्नँ
बरु म हाँसी हाँसी फाँसीमा चढ्छु
प्रतिबद्धतामा दागलाग्न दिन्नँ
म एक मान्छे हुँ
मेरो विकल्पको वरण गर्ने अधिकारमा
कसैलाई हस्तछेप गर्न दिन्नँ ।
पृष्ठ ३३,
कविको प्रतिवद्धता यथार्थ छ । उहाँ, प्रतिबद्धतामा धक्का सह्य नहुने, लुट्न नपाइने, प्रतिस्पर्दामा हराएर लान खोजे पाइने, कसैमाथि गद्ददारी गर्न नपाइने तर विधान अनुसार चुनावमा जितेर , हतियार चलाएर जितेरमात्र लान पाइने,  कसैको लोभलालच र फकाइमा नामको लागि प्रतिबद्धता बेच्न नहुने जस्ता धारणा पोख्नु भएको छ कविले ।
गाई गुलाम छ ! – गाईलाई बिम्ब बनाएर आजका मानिसको प्रबृत्ति, राजनीति कृयाकलाप तथा विकृत्तिप्रति कविले प्रकाश पारेका छन् । आज देशको राजनीति 'चोर, लुटेरा, बदमासको हातमा छ । उल्लूहरूले मनोमानी गर्न नपाएर भ्रष्टचार, दुराचारका ठेगेदारहरूले डाडुपन्यु आफै नचाउन नपाएमा  आरोपहरू लगाउँछन् । यी आरोपलाई एका को शिरोधार्य गर भाइ हो ।' यहाँ गाईलाई बिम्ब बनाएर कविले व्यङ्ग कस्दै भन्छन् –तिमीहरू त दिव्य दृष्टि भएका छौ । असली मान्छेलाई गद्दीबाट उतारी एकलौटी शासन गर भाइ हो । अपोजिशनलाई तर लगाएर काट मार मार । भ्रष्टचारीको एकलौटी राज्य बनाऊ।' यहाँ साँचो कुरा गर्नेलाई फाँसी दिनु पर्ने, चोर बैमानहरूले  साधुमाथी जवरजस्त गरेको इतिहाँस बनेको, मतान्तर राख्नेलाई चित्त नबुझाई जबर्जस्ती गर्छौ भने गर ।गाईले भन्छिन्  प्राणीहरू मध्ये नम्बर वन् चोर मानिस हुन् । गाई नादान, मूक प्राणी भएकोले धेरै के भन्न सक्छु र तिमीलाई सलाम छ तर तिम्रो गाई गुलाम छ भन्ने धारणा आएको छ । आजको विश्वमा देखिएको परिस्थिति, अमिल्दो राजनीतिक कृयाकलाप,त्यसमा सज्जन माथिको थिचोमिचो खराब तथा दुर्जन मानिसको साधुसज्जनलाई बनाएको गुलामीलाई कविले प्रष्ट पारेका छन् ।
चेरिब्लशम परेडमा –यस कवितामा दुई पंक्तिका छ ओटा श्लोक छन् । यी श्लोकमा श्रृङ्गारदेखि विविधताले सजिएका छन् । चेरीका पूmलको अवलोकनबाट कविता फुर्नु , कविता फुर्नको लागि कल्पनाको आवब्यक्ता हुन्छ । यी कविता , यी कल्पना प्रिय दर्शनको लागि रचियका हुन् । दया माया सद्भावको साथमा विदेशमा बसेर  आज प्रकाशिलो रूपमा नयाँ वर्ष मनाइएको छ । भन्दै कविले आफ्नो धारणा यसरी राखेका छन्–
सारेका बैसका रुख सक्रान्तिमा लदावदी
चेरीका पूmलले चम्के दया र पुरुका छवि
श्लोक ३, पृष्ठ ३६,
श्रृङ्गारिक भावनामा लेखिएका यो श्लोकमा कविले भन्न खोजेको के हो मैले बुझ्न सकिन होला तर मैले बुझेसम्म यौवन मस्त समयमा 'चेरीका पूmलले चम्के दया र पुरुका छवि । '  भन्दा यहाँ दया र पुरु को हुन् भन्ने यथार्थता केलाउँदा ।दया दक्षप्रजापतिकी छोरी तथा धर्मकी पत्नी हुन् र पुरु पुराण प्रसिद्ध राजा ययाति र शर्मिष्ठाका कान्छा पुत्र जसले आफ्ना पितालाई आफ्नो वैंस प्रदान गरेका थिए जो एक पिताभक्त छोरा थिए । ययाति, देवयानी र शर्मिष्ठा बीचको लामो कथा जोडिएको पाइन्छ ।
डी सीको परिवेशमा पारिस्थिकी (भ्अययिनथ) अनौठो भएको र 'वीलो ट्री' उपहारमा डायस्पोरा भएर चम्केको , नयाँ सूर्य प्रकाशले नभमा प्रकाशिलो देखिनु, नयाँवर्ष नेटको फेसमा चम्किनु, आदि धारणा सहित कवि भन्नुहुन्छ –
सागरै साथमा डीसी चढी त्यो मनुमेन्टमा
छोए आकाशको पूmल आशीर्वाद 'कमेन्टमा
श्लोक ६ पृष्ठ ३६,
छोरी चेतना –यस कवितामा चेतना छोरी मातातीर्थ औंसीको दिनमा आमाको मुख हेर्न आएको आमाले छोरीलाई अर्ती र उपदेश दिएको धारणा देखिए  पनि यस कविताले संस्कृति र दार्शनिक अभिव्यक्ति बोकेको छ । हेरौं कविले पस्केका केही पंक्तिहरू–
आज मातातीर्थ औंसीको दिन
आमाको मुख हेर्न आयौ,
छोरी चेतना,
म अलकनन्दाको आशीर्वाद छ
म प्राकृतिक आमाको वरदान छ
पृष्ठ ३७,
मानव बृद्धि र विकासमा चेतनाको नेतृत्व सर्वोपरि हुन्छ । मानव सभ्यता मानव संस्कृति, वृद्धि र विकासको चरम उपलब्धी चेतना हो अनि प्रकृतिको अनुपम उपहार पनि तिमी (चेतना) नै हौ । जीवनको अँध्यारोमा ज्योति दिने, आत्म संचेतना तिमी नै हौ भन्दै कवि लेख्नु हुन्छ –' छोरी हौ कल्पना, तिमी नै हौ र्'चेतना', नलगाऊ 'अधि ' आत्ममा,  'म' आत्ममा मात्र पर्याप्त हुन्छ । तिम्रो ज्योति चेतनाको मुखमा नै प्रज्वलित देखिन्छ, नलगाऊ 'पर' उपसर्ग चेतनालाई 'स' उपसर्ग लगाए हुन्छ यो आत्म–चेतनामै तृप्त हुन्छ ।' 'म' शब्द सर्वव्यापि छ । कवि गहिरो धारणामा पुगेका छन् । आत्मा र परमात्मा अर्थात म( परमात्मा)को घनिष्ट सम्बन्ध छ । चेतनामा 'स' उपसर्ग लगाउँदा सचेतना हुन्छ । यो आत्म चेतनामै तृप्त हुन्छ भन्ने धारणा कविको छ । गीतामा कृष्णले अर्जुनलाई म को भनेर आफ्नो विराटस्वरूप देखाएका छन् । कविले यहाँ पराचेतना र अपरा चेतनामा विभाजन गरेका छन् र छोरीलाई अपरा चेतना भनेका छन् तथा लौकिक छौ त्यसो हुँदा कल्पनाको क्रिम घसेर सौन्दर्य भर्नु पर्दैन, तिमी प्रकृतिमै सुन्दर छौ, स्वभावले नै शिव छौ,प्रत्यक्ष नै सत्य छौ । यी गुण भएकाले कविले छोरीलाई चेतना हौ भनेका छन् । मानव शरीर भौतिक वदार्थ (पञ्चमहाभूत, पृथ्वी, जल तेज, बायु र अकाश) बाट निर्माण भएको ठानिन्छ । कविले छोरीलाई 'तिमी भौतिक पदार्थको द्वन्द्वकै परिणाम हौ भन्नुको साथै चेतना के हो भनी यसरी परिभाषित गरेका छन् –
'म' र 'तिमी' कै उत्पे्ररक र प्रतिकृयाको संचेतना
तेस्रो शक्तिको नाम हो 'चेतना'
हे चेतना !
तिमी बस्तुजगत्मा निर्णायक भूमिका खेल्छौ
म जड छु तिमी सचेत
उत्प्रेरक बस्तुको प्रतिक्रियामा
चेतना ! तिम्रो उदय हुन्छ
तिमी विना न्यायकर्ता हुन्न
कविले भाषगत धारणा राख्दै चेतनालाई व्यक्त गर्ने भााषा आउँदैन तर पहिचान र अस्तित्व प्रमाणित गर्ने  तिमी नै  हौ । आज 'मोदर्स डे '  हैन मातातीर्थ औसीको दिन हो । यो पावन अवसरमा भेट्नु औपचारिकता हो । कविले लामो व्याख्या पछि आपूmले भन्न खोजेको कुरा यसरी प्रस्तुत गर्नु भएको छ –
' यो बस्तु जगत्मा
अस्तित्वको प्रमाण दिन खोजेको हो
तिमी नै मेरी आत्मा हौ
चेतना भन्दा अर्को परमात्मा छैन भन्न खोजेको हो
पृष्ठ ३९,
 पहिचानको निम्ति आमाको मुख हेर्ने दिन मनाएको, नेपाली ले मनाउँदै आएको दिनमा बस्तु जगतमा स्वतन्त्रता, आत्मा र पहिचानको सम्बन्ध जोड्दै आमालाई भेट्न आएकोमा शतायुको कामना ।मानवीय स्वतन्त्रताको सम्मानमा अस्तित्वको आभास दिएकी छौ, । तिम्रे अवधारणामा जिएको,जिजिविषाको यो युद्धमा परवशताबाट बच्न,तिम्रै नियन्त्रणमा भएको र तिमीलाई माया गर्छु, भन्दै कवि भन्नु हुन्छ –
छोरी सर्वदा आऊ
चेतना छोरी !
म तिम्रै आस्था विश्वास र भरोसामा पर्छु
तिमी मेरै हौ, म तिम्रै हुँ
यही तादात्म्यमै म मरेर बाँच्छु ।
पृष्ठ ३९
झरेर जाने पात – पातलाई मानव जीवनसँग जोडेर लेखिएको हविता हो यो । प्रकृतिले पातको आधारमा सदावहार वनस्पति र पतझड वनस्पति भनेर विभाजन गरेको छ । यहाँ कविले पात झर्ने वृक्षका झरेका पात र मानव जीवनसँग तुलना गर्दै मानव जीवन पनि झरेकै पात सरह हो भन्दै आफ्ना धारणा राखेका छन् । शरदऋतुमा पात हराभरा हुन्छन् शिशिरमा पहेंलपुर हुन्छन् र झर्न थाल्दछन् । झरेका पातलाई रूखमा लगेर टाँन सकिदैन । झरेर ल्याण्डफिल्डमा पुगिन्छ र डम्प हुइन्छ । यसरी डम्प भए पछि पातमात्र नभएर मानिस भए पनि केही दिनपछि अस्तित्व मेटिन्छ भन्दै कवि लेख्नु हुन्छ –
मान्छे नै भए पनि
सबैले विर्सिदिन्छन्
झरेर जाने पात
हाँसेर जाने जात
श्लोक ४१
झाँसीवाली रानी थी – यो कविता नारी चिन्नमा आधरित छ । कमलालाई बहादुर झाँसीकी रानीसँग तुलना गरिएको छ ।  झाँसीकी रानी (लक्ष्मीवाइ) एक देशप्रेमले ओतपोत, सहासी र बलिदानी महिलाको नाम हो । उनी अंग्रेजसँग लड्दा लड्दै वीरगति प्राप्त गरिन् । यिनै वीर नारीसँग कविले कमलालाई तुलना गर्दै कमलाले पेटमा शिशु बोकेर, मस्तिष्कमा सङ्गठन–चाबुक लिएर विजय हाँसिल गर्नको लागि डायस्पोरामा दौडिन्थिन् । अनेसासको सुरक्षाको लागि महिला आवाजलाई बुलन्द पार्दै,सुत्केरी भएकै दिनमा उमेदबारी घोषणा गर्दै विजय प्राप्त गर्न दौडेकी थिइन् कमला । नेपाली भाषा साहित्य रक्षाको लागि, सिड्नी, युके, अकेरिकामा संगठन विस्तार गर्दै अनेसासको चुनाव लड्नु, अन्याय को विरूद्ध बुलन्द आवाज उठाउँदै, झाँसीकी रानीको स्पिरिटलाई समाउँदै उनी चुनावमा अघि बढिन् । तर हारिन् । भनिन्छ हार्नेबालाको इतिहास हराउँछ तर झाँसीकी रानीको इतिहास हराउँदैन र कमलाको पालो घुमेर आउँछ । डायस्पोरामा नेपालीको पहिचान, नेपाली भाषा साहित्य कला र संस्कृतिको लागि महायात्रामा एक्लै लड्ने साहस जारी रहेमा अनेसासले कमलालाई एउटी झाँसीकी रानी सरह मान्ने छ भन्दै कविले लेख्छन् –  
नेपाली विश्वको माझमा अनेसास एउटा समराङ्गण हो
नैतिक युद्धको लागि निर्वाचन यौटा सुन्दर प्राङ्गण हो
हे युद्धवीर हो ! आऊ चुनाउ मैदानमा
जिते राज्य गरौंला हारे झाँसीकी रानी बनौला
पृष्ठ ४४
कमलामा साहस छ । दलित महिला र डायस्पोरामाथिको दमनसँग प्रतिरोध गर्ने क्षमता छ । कमला महिला भए पनि मर्दाना थिइन् । उनको वीरतालाई हेर्दा झाँसीकी रानी भन्दा कम थिइनन् । कमलाको क्रियाकलापलाई मूल्याङ्कन झाँसीकी रानीसँग गरेर एउटी नारीलाई उच्च सम्मान दिएर प्रोत्साहित गरेकोमा कवि धन्यवादका पात्र हुनुहुन्छ ।
टायम कार्ड – काममा जान भित्र पस्दा र बाहिर निस्कदा देखाउने समय पुस्तिका पेश गर्ने समय भयो  अथवा यस कवितामा 'पन्च' गर्ने वेला भो भन्दै कविले ५० वर्ष भन्दा माथिका व्यक्तिहरूले काममा पस्दा र निक्लँदा एक मिनटको लागि कुस्ताकुस्ती गर्नु केटा केटीको आदत जस्तो देखिनु ठिक होइन किनकी दुर्घटना हुन सक्छ । पन्च गर्ने वेला भयो भन्दै अमेरिका मान्छे तान्ने चुम्बक भएको र नेपालमा पञ्च गएको (पञ्चायत ढलेको) भन्ने धारणा सहित कविले भाँुहुन्छ –
'टायमकार्ड'मा सबैले युद्ध छेडिदिन्छन्
हरएक युद्ध आआफ्नै लागि हो ,
तर
मान्छेहरू परोपकारको लागि भनिदिन्छन् ्
कमाएको सबै यही छोडेर
आपूm, पञ्चआउट हुन्छन्
यो जानेर पनि
क्षणको लोभमा जीवन आहुती किन ?
पृष्ठ ४६
जीव मरणशील हुन्छ । ऊ नाङ्गै आउँछ नाङ्गै जान्छ भन्ने जान्दा जान्दै पनि क्षणिक लोभमा जीवन आहुती किन गर्ने भन्ने कविको प्रश्न छ ।
डायस्पोरा– यस कविता सङ्ग्रहमा डायस्पोरा शब्दले बाक्लो स्थान लिएको छ । डायोस्पोरा डायस्पाेिरक साहित्य, डायस्पोराको विविधताका बारेमा कविले मन खोलेर प्रस्तुत भएको पाइन्छ । यस डायस्पोरा कवितामा दुई पंक्तिका पाँच श्लोक छन् ।  कवितामा कविले आफ्नो संस्कृतिप्रति मोह, अरूको संस्कृतिप्रति घृणा, अप्रवासी समस्या,अतीतको स्मृति चेतना, अर्काको राष्ट्रमा भोग्न परेको कष्ट नर्क भन्दा पनि सयौं गुणा अधिक, जातीय भिन्नता चर्को, सीमान्तकृत कल्पना, भाषाको अल्पज्ञानले ज्ञानहीन बनिने,पहिचान हराएको, अस्तित्वहीनता, आदि धारणाको साथै एकता सूत्रता खोजेर बाँच्ने बाटो समाउँनु पर्छ भन्ने धारणा सहित कविको सुझाव छ –
आत्म–निर्वासनै ठानी सङ्घर्ष गर्नुपर्दछ
डायस्पोरा भएकोले चेतना भर्नु पर्दछ ।
पृष्ठ ४७
ताकमको छहरा – यस कवितामा दुई पंक्तिका १२ श्लोक छन् । सपना देखेर कवि मोहित भएका छन् । सपनामा कवि गुमानी, सन्तुको साथमा मालओढारमा छन् अनि हाँसेकी पार्वतीलाई काखमा लिएका छन् । लुक्ने, गुफामा घुरेको आवाज सुनेको, झर्नाको झर्भmरी शब्द ब्रह्मझै अति गूप्त छ । अवचेतनको बाटो अहंकारको सुषुप्तता, छहराको लहरामा इन्द्रेणीको सुन्दरता, शिव पार्वती झै कामी गुफामा मस्त भएको,आदि वर्णन सहित कवि भन्छन् –
यादव बुद्धिको साथ चिन्तामणि थिए तीनै
औंलो ठाडो गरी हाँसी आँखा छोप्ने थिए यिनै
श्लोक ५, पृष्ठ ४८
भेडाबाख्रा चराउँदा, वर्षामा, हुरीमा, ओतमा बस्ने, गुफा झर्ना र सारी(सारौं चरा).को कारणले सौन्दर्यताले पूर्ण थियो । यो देखेर हिमाल खित्का छोडेर हाँसन तयार हुनु, यस्तो सुन्दरतालाई छाडेको वर्णन कविले यसरी गरेका छन्–
छाडेर कलिलो माटो, छहरा गाउँको धनी
भागेको बैंसको बेला स्वप्न देख्छु अझै पनि
श्लोक ८ पृष्ठ ४९
 यौवन अवस्थामा गाउँ छाडे पनि स्वप्न भने देखीरहनुको कारण ताकुमको प्राकृतिक सौन्दर्यताले हो ।  ताकमको इतिहास केलाउँदा राजधानी हो ।यस विषमा इतिहास नलेखिएको कारण आज बिरानु भएको हो । त्यो छहरा लहराएको साहित्य सिर्जनाजस्तै आज नेपालको चिनो बहेको छ । रातीको सपनामा देखेता पनि ताकम कविसँगै भएको तथा कविको ताकम प्रतिको माया ममता साथमै रहेको र मालओडारमा पस्ताको रसिलोको अनुभव , अप्रवासी भए पनि मन भने ताकममा जान्छ र यो छहरा सपनामात्र नभएर ताकममा यथार्थतामै छहरा भएको धारणा कविले पस्केका छन् ।
तालु – यो कवितामा विविधताका सन्देश बोकेका दुई हरफका १२ श्लोक छन् । मानिसले तालुमा जे राखेको छ त्यही प्राप्त गर्दछ । तालुमा भालु राखेर आलु खोजे पाइँदैन । तालुको तल हुने त केशमात्रै हो । यो दिमागमा कालो आतङ्क या सेतो जेहोस् त्यो फुरेको माथमा चेतनाको तरङ्गमा देखिन्छ । गोलो दिमागमा अनेक गोलागोली हुनु  र ती भावनामा समष्टिमा निर्वासन भएर झुल्नु जस्ता धारणा राख्दै कविले प्रश्न राख्नु हुन्छ –
बालुवामा मिले स्वर्ण  केको फजिति हुन्छ र ?
चिन्तामा चिन्तनै पाए पावनै पनि हुन्न र ?
श्लोक ४, पृष्ठ ५०
कविको यो सुन्दर प्रश्नको उत्तर पनि गहिरिएर हेर्दा यहीं नै प्राप्त गर्न सकिन्छ ।किनी बालुवामा पनि सुन पाइन्छ । मानिसलाई दुख परेको तथा चिन्ता परेको अवस्थामा चिन्तन प्राप्त हुन्छ अर्थात गम्भिर रूपले स्वचेर समाधान निकालिन्छ भने त्यो पावन हुन्छ । अर्थात चिन्ता मेटिन जान्छ । अप्राप्तिले भरिएकोलाई प्राप्ति गर्न सहज छैन किनकी जीवनभरी नै चर्का समस्या अस्तव्यस्त छन् । दिमागमा तन्तुहरू बेरिएका छन् । भयन्कर समस्यामा रातोदिन डुवेपछि समस्याले थिचेपछि जो सुकै पनि पागल हुन सक्छ । त्यसो हुँदा तालुलाई सकृय अवस्थामा राख्नु पर्छ । सकृय बन्नको लागि प्रतिरोध गर्नु पर्दछ । प्रतिरोध गर्न नसके, कुहिएर मर्न सकिन्छ । कविका ११ र १२ औं श्लोकलाई यहाँ प्रस्तुत गर्न चाहान्छु ।
स्वतन्त्रता कुनै जन्तु वा नराधम हैन त्यो
तालुको आलु हो प्राप्ति विना चिन्ता रहन्न यो ।
श्लोक ११,
जानेर न जानेर तालुमा हात राख्दछु
बिसौना सरिको मानी चिन्तामै  मुक्ति खोज्दछु ।
श्लोक १२, पृष्ठ ५१
तुलसी– यस कवितामा दुई हरफका आठ ओटा श्लोक छन् । कविले तुलसीको महिमाको  वर्णन गरेका छन् । तुलसी पातको को माला लाएर नतमस्तक भएर उभिएको छ परीक्षक । तिमी मेरो पनि पुज्य थियौ । अहिले विदेशमा बसेर दश वर्ष बितेको हुँदा भेट गर्न भोको रहेको छु । तुलसी ऋतुका ऋतु फेरेर नझर्ने, उर्वशीलाई लात मारेर अर्जुन बन्ने, समका तिमी औषधी हौ, स्वरमा घिमिरे जस्तै भन्दै यस कवितामा कविले वनस्पति तुलसीलाई प्रतिक  बनाएर साहित्यकार बारेमा धारणा राखेको देखिन्छ । तुलसी बृक्षको शाखा विश्वमा फैलियोस् सधैं, काव्यमा भ्mयाङ्गियोस चम्किलो शैलीमा प्रस्तुति होस् । नेपालका तुलसीलाई अमेरिकामा फुलाउने र देवतालाई जस्तै डुलाउने कविको चाहना । , आफ्नो भन्नेमा काव्यको कलामात्र रहेको हुँदा यसलाई सुरिलो गला मिलाएर गाउँने अनुरोध गर्दै कविले लेख्छन् –
प्रशस्ति रूपको हैन सम्मान गर्छु प्यारले
माल्यार्पण गरी आज अभिनन्दन सारले
(श्लोक ८, पृष्ठ ५२)
 दिन्न म शुभकामना– हाम्रो परम्परा अनुसार शुभकार्य नयाँवर्ष प्रारम्भमा, चाडपर्वमा शुभकामना दिने चलन छ । यहाँ कविले लेखेको शुभकामना आशौचमा रहेकाले नपठाउने भएका छन् । क्षेत्रप्रताप अधिकारीलाई कालले खाइदिएकोले बदला लिने तर शुभकामना न दिएर समवेदना दिने ।हरिवोल, पराजुली अरू धेरैलाई तिमीले लुटेकाले कविले तिम्रो इज्जत भए काललाई यता नआऊ भनेका छन् । हामी सचेत रहनु पर्छ र कालको भरमा पर्नु हुँदैन भन्दै कवि लेख्छन् –
श्रद्धाञ्जली छ मातामा पितामा गर्छु तर्पण
अघोर कालको चाल ! क्षणमा हेर्छु दर्पण
श्लोक ८, पृष्ठ ५४
नववर्षलाई शुभकामना दिन्न बरु भूत उनैलाई दिन्छु समवेदना भन्दै कविताको बिट मारिएको छ ।
द्वन्द्व भाइभाइको – यस कवितामा निर्वाचन सम्बन्धी वातावरणलाई कविले प्रष्ट्याएका छन् । निर्वाचनमा जित्नेले विजय जुलुस निकाल्दछ भने हार्नेले नतिजा परिणामलाई स्वीकार्दैन । मतदाता सूचीमा सरकारले भित्रभित्रै हेरफेर गरेको आरोप लगाइन्छ । पुन निर्वाचनको माग गरिन्छ ।निर्वाचन आयोगले अस्वीकार गर्दछ । हार्नेवालाले राष्ट्रपति र प्रधान मन्त्रस्ीलाई अपदस्थ गरे । हार्ने पनि उपराष्ट्रपति र उपप्रधान मन्त्री थिए तर तिनीहरू स्वत कार्यवाहक उपराष्ट्र पति र उपप्रधान मन्त्री भएको सन्देश उद्घोष गरियो ।े  यो विधानमा लेखिएको छैन, तर निर्वाचन पदाधिकारीलाई अविश्वासको प्रस्ताव नलगी वरखास्त गर्न सकिदैन सबलै भने तर राष्ट्रपतिले ठाडै अनुशासन भङ्गगरी अपराध ठहर भएकालाई पजनी गरिदिनु,विधानमा नभएको अधिकार प्रयोग गरी निलम्बन गर्नु दुवै पक्षले विधान नमान्नु, यसरी विधान नमानेपछि पराजित र निस्कासित सबै आआफ्ना ठाउँमा बहाली हुनु पर्ने, बहाली नभए समानान्तर सरकार हुने, राष्ट्र राष्ट्रियता अखण्डता चकना चुर भयो ।  यसरी भाइ भाइको युद्धमा समानान्तर सरकार नभई भद्रसहमति , सहमति वा बहुमति पद्धति द्वारा एउटै सर्वमान्य सरकार बन्नु पर्ने र जित्नेले हार्नेलाई सम्मान गर्नु पर्छ भन्ने धारणा सहित कविले भन्नु हुन्छ –
हिजोको बिगो मान्न हुन्न
दिनु पनि हुन्न,
त्यो एउटा युद्ध थियो
भाइभाइको द्वन्द्वमा
तेस्रो शक्ति प्रधान बन्न हुन्न
पृष्ठ ५६
 देशमा धेरै द्वन्द्व भए, कविले नाम नतोकी देशमा भएको द्वन्द्वको विवरण त्यसबाट भएको धनजनको क्षती, विधानको परिपालन, समानान्तर सरकार नबनाई एउटै सरकारको निर्माण गरेर जानपर्ने धारणा पस्कनु भएको छ ।
धन्यवाद – यस कवितामा दुई पंक्तिका ४ श्लोक छन् । कविता गोष्ठीमा खकुरेल, धरावासी कवितारामहरू पाहुना बनेर गएको र जयन्तीमा कविता पाठ हुने भए पनि यसपटक काव्यका ख्यातानामाले काव्यलाई मन्थन गरेर घिऊ र मोही निकालेकोमा कविले भन्दछन्–
घिऊ लागोस् जिउ लागोस्, नलागोस् रङ्ग दोषको
गुण रीति रसात्माले अलङ्कृत स्वभावको
धन्यवाद सबैलाई आउनु उपाहार भो
भाषा साहित्यको लागि जे भयो होनहार भो
श्लोक ३ र ४ पृष्ठ ५७
अभिभाज्य पहिचान –  राष्ट्रियताले भरिएको यस कवितामा नेपाल एउटा अखण्ड राष्ट्र हो भैडाबाख्राको खोर होइन भन्ने कविको अभिव्यक्ति छ । देशको आफ्नो विधान हुन्छ , सरकार हुन्छ  नीति नियम हुन्छन् । कविको धारणा छ जो पायो उही बर्किम्ला छर्दै भित्र छिर्ने , बोकहरूको वगैंचा हैन यो । जो पायो उसैले गर्भाधान गर्ने । यो दुष्मनहरूको अखडा पनि हैन जस्ले घरभित्रका बासिन्दालाई धपाएर अधिकार जमाउने । राष्ट्र, राष्ट्रियता भित्रको अखण्डलाई खण्डित गर्ने मानिसको नामको  कलंक हैन यो ।  भावना छर्दै कविले लेख्नु हुन्छ । ठूला हुँ भन्नेले सानालाई झुक्याउन पाइँदैन । सानामाथि ठूलाले साम्राज्य  स्थापित गर्न पाइँदैन । यो अखण्ड राष्ट्र हो । यसको आफ्नै अभिभाज्य पहिचान हो र  मान्छे हुनको निशान हो ।
फाँसीको तख्ता –
शोषको मुन्टो तल,
खुट्टा माथि पारी झुण्ड्याउने
यो एउटा पवित्र तलाऊ हो ।
पृष्ठ ५९
कविले विक्रितिहरूलाई आंैल्याउँदै कविले पवित्र तलाउलाई पाइखाना हैन, कुकुर हैन, लाज नमानी खुट्टो उचालेर मुत्तै हिड्ने, साधुलाई देखे भुक्दै हिड्ने नारा र जुलुस लगाउँदै हिड्ने । भेडाबाख्राको खोर हैन भन्दै कविले लेख्छन् –
भेडा बाख्राको खोर हैन यो
माफियाको स्वरमा स्वर मिलाउँदै हिड्ने
साहित्यकारको नाममा माफिया व्यपार गरी हिड्ने
पत्रकारको नाममा पीत पत्रकारिता गर्ने
बेकारको कार मागेर खाने भाडो मात्रै हैन यो ।
पृष्ठ ५९
राजनीतिक विक्रितिमा प्रियालाई चुनौती दिदै कविले राजनीतिको नाममा बस्तुगत भएर राष्ट्रियता भित्र आउने भए आऊ , नआए पनि फाँसीको तख्तामा चढ्नु पर्ने हैन , जाने भए जाऊ । गजल लेख्दा यसका केही सिधान्त हुन्छन् । ती प्रयोग नगरी गजल बन्दैन तिनैको उदाहरण दिंदै कविले भन्दछन् –'तिमी बिना रोकिने गजल तखल्लुस नभएको मक्ता हैन यो । राष्ट्रियताको खोजी गर्दै, राष्ट्रियता नभएकालाई स्थान छैन भनेका छन् ।
नआए नआऊ– यो पनि राष्ट्रिय भावनाले ओतप्रोत भएको कविता हो । राष्ट्रियता नभएकालाई बहिस्कार गर्नु पर्छ भन्ने धारणा यसरी प्रस्तुत गरेका छन् –
यदि राष्ट्रको माया छैन भने
यदि राष्ट्रियता नै छैन भने,
तिमीलाई नमस्कार छ
मेरो छातीभित्र नै भए पनि
तिमीलाई बहिस्कार छ ।
पृष्ठ ६०
स्वस्थहुनु आवश्यक हुन्छ । मानिसमा धेरै प्रकारका रोग हुन्छन् । सबै रोग भन्दा वैचारिक रोग घातक हुन्छ । वैचारिक रोग लिएर नआऊ प्रिय भनि अनुरोध गरिएको छ । स्वार्थ सबैमा हुन्छ । बहुहिताय स्वार्थलाई स्वागत गर्न सकिन्छ तर वैचारिक रोगलाई स्वीकार्य हुँदैन । वेश्या कर्मलाई साथ दिन कुडाकर्कटहरू, दिसा, पिसाब बोकी हिड्ने कर्म हुन सक्दैन । राष्ट्र राष्ट्रियताप्रतिको प्रेमलाई नै स्वीकार्न सकिन्छ भन्ने धारणा आएको छ ।
नआए हुन्थ्यो बैंस – कविले बैंस नआए हुन्थ्यो किनकी सचेत बैंस अबोध बालक जस्तै रुख भएको छ , ऊ आपूmलाई अमरत्व ठान्छ,, तर कवि भने आफूले आपूmलाई हेरेर बैंस के हो भनेर दर्पण जस्तै सर्लक्क छन् र भन्छन् न आए हुन्थ्यो बैंस किनकी –
बैंसको थुङ्गामा जराका राग र मृत्युका पराग छन्
मीठो वासना चिप्लो ओक्राको तरकारीमा
घाम र पानीका लठारा छन्
आँधीबेरीका लपेटा छन्
मेरो शरीरमा त्यो ठिटाका झपटा छन्  ।
पृष्ठ ६१
चन्द्रमा र सूर्यको छातीमा राहु र केतुको कलङ्क छन् । वैंसमा पनि हलन्त छन् । प्यार कसैले गर्नै हुन्न ।यदि गरिन्छ भने प्यार नेपालसँग गर्नु पर्छ । राष्ट्र प्रेम चाहिन्छ । वैंसको पछि लाग्नेहरूमा जरा र मृत्यु देखिन्छ । आँखा छोपेर पनि नरक देखिन्छ यो जान्दा जान्दै पनि तन्नेरीले आनन्द लिएकै छन् । सौन्दर्यकापछि लागेकै छन् । बैंस देखी कविलाई दयालाग्छ । मानिसका मूल्यवान क्षणहरू त्यसै वितेका छन् । जान्ने हो भने बैंस त अक्षर हुन् तर निरक्षर बनाइएका छन् । मानिसले आफ्नो बैंस आफै देख्छ । उसले बुझ्न सक्दैन । उसमा अस्तित्वको घृणाले सताउँछ । उसले भाग्ने बाटो पाउँदैन । ऊ बालक पनि त हुन सक्दैन । यी समस्यालाई मध्य नजर गर्दै कविले भन्छन् –
यौनोन्मत्त सचेतना भन्छ
अवाक ! यो जड !
नआए हुन्थ्यो बैंस ।
पृष्ठ ६२
नझरिन्जेल हल्लिने गर – सकृय जीवन नै महत्वपूर्ण जीवन हो । कविको नझन्जिेल हल्लिने गर अर्था सकृय भै राख भन्ने संकेत हो । कविले पहेंलापात र मानव जीवनसँग झर्न पर्ने अवस्थाको प्रस्तुति गरेका छन् । यो संसारमा अमरत्व कसैले प्राप्त गरेको छैन । पात पहेंलिएपछि हाँसी हाँसी झर्छन र मानिस पनि हाँसी हाँसी झर्नु पर्छ । कविले यस झर्ने प्रकृयालाई यसरी वर्णन गरेका छन् –
लागेपछि पचहत्तर नसुकेको को छ र ?
झरे सत्याल,झरे खनाल,झरे सुवेदी र सन्थाल
मैले फर्काउन सकिन , म पनि झर्छु  बन्छु त्यही कङ्काल ।
पृष्ठ ६३
झर्नुलाई कविले नियतिको रूपमा लिएका छन् । मृत्युलाई सबैले अङ्कमाल गर्ने पर्छ । पतझड विरुवाको लागि शारदीय शोभा काटेपछि शिशिर लाग्छ । यस अवस्थामा पात पहेंलिन्छन् र तिनले निषेधको नियमलाई सहर्ष स्वीकार्नै पर्छ । अथवा झर्नै पर्छ । कविका यी दार्शनिक अभिव्यत्ति पातहरू हाँसी हाँसी झरिरहे पनि मानिसहरू त्रसित हुन्छन् । कविले अभय प्रदान गर भदछन् । निषेधको नियमको अवलम्बन गर्नु पर्छ भन्छन् । कविको निचोड छ –'जानेहरू गए पनि बाँच्नेहरू नझरिन्जेल हल्लिने गर ।' अर्थात हल्लिनुको अर्थ जीवन छन्देर कर्मशील भै राख ।
नमस्ते –यस कवितामा कविले कविता बाचनमा उपस्थित कविहरूलाई नमस्कार गर्नु भएको छ । लेखनमा बिम्ब र प्रतिबिम्ब रहने,कविका नाममा पूmल वर्षा हुने,ठूलो सानो कुनै नहुने काव्यमा समनता रहने भन्दै कविले आजका कविताको देनलाई यसरी प्रस्तुत गरेका छन् र उपस्थित कविकरलाई नमस्ते भनेका छन् –
फसाउने कुनै राजा हँसाउने कवि थिए
नहाँस्नु नरुनु पार्ने आजका कविता भए
पेज ६५
नारी–   खाधा आकाश ओगटेका नारीहरूको सम्बन्धमा कविले उच्च मूल्याङ्कन गर्नु भएकोछ ।हामीलाई थाहा छ कि नारी एक तर रूप अनेक छन् । नारी साहित्यको लागि उर्वरक जन्म भूमि हुन् । यिनीहरू बाटै कला संस्कृतको लागि अदम्य महिमा बन्न सक्दछ । सृष्टि सम्बन्धमा कवि भन्नुहुन्छ –
सृष्टिकी मूल हुन् नारी ममता, भूल हैन यो
पूmलझैं नित्य हाँसेर सृष्टि पार्छ प्रफुल्ल जो
श्लोक २ पृष्ठ ६६
नारीले लगाएका गुनबाट हामी कृतार्थ बन्नु पर्छ र उनीहरूले हार्न जान्दैनन् । दिलमा विशाल उदारता पनि मणितुल्य छ । अथवा नारी दिलमा उदार भावना बोक्दछिन् । यो उदारताको मूल्य मणि तुल्य हुन्छ । यिनले गर्ने प्रेम पनि सिर्जनाको लागि हुन्छ । कविले नारी सधैं शोषित हुन्छिन् र यो शोषणबाट मुक्त भएर ममतालाई राखेर यिनको उत्थान हवोस् सधैंभरी भन्ने कामना गर्दछन् ।कवि भन्छन् – 'स्वतन्त्रता र अस्तित्व नारीको मूलमा छ यो, सहअस्तित्व मानेर लेख्छन् भूल हैन यो ।' सीमा नाधेर काम गरिन्छ भने सचेत नारी लड्दछन् र लड्ने रहर नहँुदा नहुँदै हेप्नेको खाल काडेर  छाडद छन् । मेलमिलापमा नारी महामाया हुन् तर नमिल्दा कालारात्रीको रूप धारण गर्न सक्दछन् । कवि भन्छन् –'शुद्ध उद्देश्यमा लड्ने नारी युद्ध र बुद्ध हुन् ।' नारीमा क्रान्ति गर्ने क्षमता पनि छ र शान्ति र ज्ञान प्रदान गर्ने क्षमता पनि राख्छन् ।  कविले नारीको उच्च मूल्याङ्कन गर्दै नारी सीमान्तीकृत हुँदा हुँदै पनि नारीको रचना मार्च १ र २ को अनेसासले आयोजना गरेको अन्तराष्ट्रिय साहित्य सम्मेलनमा मूलधार बनेका र आगाको रूपमा देखिएका अन्तराष्ट्रसम्म फैलिेएकोले यिनलाई कसैले थुन्न सक्दैन भन्दै अन्तमा कविले शुभकामना यसरी प्रकट गरेका छन् –
अनेसास फलाएर पूmलपाती लगाउनू
नारी उत्थानको बिम्ब धराहरा बनाउनु
श्लोक ११, पृष्ठ ६७
पत्थर !– यस कवितामा कविले पत्थरको बहुआयमिक पक्षलाई प्रस्तुत गरेका छन् । पत्थर भन्दा साह्रो, स्थिर, सहनशील, प्रष्ट बक्ता, आँपूmमाथी कुल्चनेलाई पनि भलो गर्ने, मानव सभ्यताको मेरुदण्ड, पक्षपात विहीन भएको कुरा मुख फुटालेर प्रतिध्वनित भएर भनिदिने आदि धारणा पस्कदै कवि भन्छन् –
सुन्ने तिमीहरू भएकोले
म एक इतिहास बनिदिन्छु
तिमीहरू नभए
म पत्थरको के काम ?
छातीमा खोपिएका मूर्तिमा
तिम्रा कदमकदमका
मूर्तिहरू पनि मैभित्र राखिदिन्छु
पृष्ठ ६८,
न्याय र समताको बिरुद्धमा सम्झौता नगर्ने , सबैलाई हिड्न पाउने समथर सडक, जति कुल्चेपनि डेग नचल्ने एक जग भएकोले एक पत्थर हुँ जस्ता अभिव्यक्तिबाट कविता निर्माण भएको छ । ढुङ्गो जस्तो एक जड बस्तुलाई मानवीकरण गरेर कविले सुन्दर अभिव्यक्ति पस्केका छन् । कविता लेखनमा कविको यो महान कला हो ।
परदेशी –यस कवितामा कविले एकदेशको मानिस परदेशी भए पछि बिरानो बन्दै जाने, मूलमा नासिदै र नयाँमा पलाउँदै जाने,तर नासिनु निरन्तरता भए पनि पलाउनुको नाम छैन किन भने पहिचानको सङ्कट  द्वैध मनस्थिति भएर, यो डायस्पोरामा अमनचैन छैन जस्ता धारणा राख्दै कविले भन्नु हुन्छ –
विरानो मानिस विरानो हुँदै जान्छ
परदेशिएको मान्छे पुरिँदै जान्छ
छपाली सदा छपाली नै हुन्छ
यसबाट उद्धार रोजे के हुन्छ !
पृष्ठ ७०
पराकम्पन – भूकम्पपछि आउने सानतिना कम्पनलाई पराकम्पन भनिन्छ । यसले भूकम्पले खलबलाएका पैह्रो, भत्केका संरचनालाई भत्काउने काम गर्दछ । यसरी पराकम्प आउँदा भय र त्रास सिर्जना पनि गर्दछ । यो अवस्थामा चोर डाँकाको पनि डर हुन्छ । राहतको नाम पारेर आहत थपिन्छ । मरेका लाशका साथमा राजनीति पनि गरिन्छ । भूकम्प पहिरो खोलो सबै अक्रमणले नेपाली नै भुटिन्छन् । यस्तो अवस्थामा कविले नेपालको भलो गर्न भन्छन् –
प्रतिरोध, निरोधै हो निदान यो भूकम्पको
एक जुट भई सारा नेपालको गरौं भलो ।
श्लोक ५, पृष्ठ ७१
यस समयमा दातृ संस्थाहरू आएर निर्माणका काममा अघि बढ्दछन् । नवनिर्माण गर्दा पारदर्शिता हुनु पर्दछ  । यस्ता काम गर्दा उच्चस्तरीय संयन्त्रको गठन हुन्छ तिनीहरूले अनुगमन गर्दछन् । यिनको अनुगमन विस्वसनीय भएमा अनुदान थपिन्छ ।आप्रवासीले पनि यसमा उद्धार गर्दछन् भन्दै अन्त्यमा कविले मानव मनमा पनि पराकम्पन आउने धारणा यसरी राखेका छन् –
पराकम्पन धर्तीमा मान्छेको मनमा पनि
आप्रावासी कहाँ बच्थे ? गर उद्धार तैपनि ।
श्लोक ८, पृष्ठ ७१
पहेंलपुर – जब हरियापातहरू पहेंलिन थाल्छन्, रुख पहेंलपुर नै बन्दछ । अथवा पात पहेलिनु भनेको बृद्ध भएर झर्न थाल्नु हो । यी झर्न लागेका पातलाई कविले आश्वासन दिंदै मरेको नठान्नु अरु पनि त्यहीं झर्नेछन् र पहेंलपुरीमा झण्डा गाड्ने छन् भन्छन् । लासैलासलाई मान्छेहरू गासै गास ठान्ने छन् र मानिसले गाँस हाल्दा गिद्धले तिनलाई ठुँग्ने छन् भन्दै कविले लेख्छन् –
न यो मान्छेको समाज हो , न त्यो मसानको
रुखका पहेंंला पातले बनेको यो पहेंलपुरमा
मान्छे भन्दा यहाँ पशुपन्छी महान् छन् ।
पृष्ठ ७२
कवि यहाँ प्रश्नवाची बन्छन् । पहेंला पात मूलसँग जोडिनु र अलगिनुको के अर्थ किनकी जिउनको लागि सार चाहिन्छ । अधिकार चाहिन्छ । अधिकारबाट बञ्चित भएपछि पहेंलिनु सरह नै हो,। जिउनको लागि अस्तित्व चाहिन्छ । विना अस्तित्व  फाँसीमा लड्कनु सरह नै भएकाले मानव हुनु भन्दा पहेंलपुरको नागरिकता लिनु नै बेस भन्दै कविले भन्छन्– 'त्यो हरियो पातबाट पहेंलो वयःसन्धिमा सरेका डायस्पोरालाई जिउन गाह्रो छ ।' यो कुरा हरियो पालुवालाई थाहा हुँदैन र उनीहरू यहाँ आउन हतार गर्दछन् । रसिलो जीवन जिउन नपाई रुखो जीवन जिउन पर्छ भने झरेर जानेसँग झरेर र मरेर जानेसँग मरेर जानु नै असल हुन्छ  र मलखातामा खस्नु र बस्नु  प्यारो छ भन्दै कवि लेख्छन् –
यहाँको अनागरिक, अवज्ञानको जीवन सहनुभन्दा
पहेंलपुरको लास बन्नु प्यारो छ
मूल न भएपछि जिउनु गाह्रो छ ।
पृष्ठ ७३
पाटे–घोडा – यस कवितामा दुई पंक्तिका २६ ओटा श्लोक छन् । विविधताले सजिएका यी पंक्तिमा सानोमा चढ्ने गरेको मूल थलोको पाटे घोडालाई महत्व दिंदै कविले मूलथलो र डायस्पोराको गतिविधिलाई पस्केका छन् । घोडा कस्तो भने  पुरानो अन्धविश्वालाई कुल्चने, वायुपंखी घोडा,रक्सिको बोत्तल नभएर कवि वायुपंखी घोडा चड्दछन् । 'खुला आकाश पाएर सागर पारमा कवि पुगेकाछन्  र परमानन्दमा छन् । परमानन्दमा भए पनि आफ्नो मूलघरको पाटे घोडालाई कविले भूलेका छैनन् । भूस्वर्गमा बसेको हुँदा देहमुक्त ठानेका छन् ।देदिप्यमान भएर  आत्म ज्योति बलेको छ, अग्निका समिधा भएका र दिमागमा रहेका छन् अनि अमेरिकालाई कविले महान ठान्दछन्  तापनि नेपालको अवज्ञा भने गरेका छैनन् । कविका केही धारणाहरू अध्ययन गरौं –
घोडा नै दिलको साख, दिल नै अश्वयान हो
यही बोध गरदेखि जीवनमुक्ति समान भो ।
श्लोक ८
पहिचान महाननै हो यो अस्तित्वको जग
न भए मत्र्यको सत्ता को गन्थ्यो स्वर्गको खग
श्लोक ९ पृष्ठ ७५
 आज कवि अमेरिकामा छन् स्मृतिको होनहारको पाटे घोडा चढेका छन् न्युह्यामसारका अश्वारोहीलाई पनि घोडा चढेको देखेका छन् । सभ्यता पहिचान  हो तर मानिसले अस्तित्व खोज्छ । आत्माभित्र पसेर हे¥यो भने सर्वत्र अश्व भाग्दछन् । कविले अमेरिकामा बसेपनि अमेरिकामा नै पाटे घोडा देख्दछन् । उनलाई मूलघरसँग घनिष्टता छ । कविलाई नेपाल र पाटेघोडा बोकेर अमेरिकामा डायस्पोरा मनैभरि लिएर बस्दा पनि नेपाल छाडेको किन भनिन्छ । उनका बाबुबाजे चढेको पाटे घोडा  जवान थियो भन्ने कुरा कविले फोटो देखेर सम्झेका हुन् । न्युह्यामसारमा जम्मा भएका कविहरूलाई मूलभूमिका हुन् भनेर बन्दना गरेका छन् । कवि भन्दछन् संसारमा निष्कलंक कोही हुँदैन, चन्द्रमामा पनि दाग पाइन्छ तर 'अपेक्षाकृत शीर्षस्थ राष्ट्र हो विश्वग्राममा' । जस्ता धारणाका साथमा कविले नेतृत्वप्रति कटाक्ष गर्न पनि भूलेका छैनन् –
कराउने भए नेता मुक्ति हो वाक स्व्तन्त्रता
लेखेर कविले गाए , घोडामै छ पवित्रता
श्लोक २० पृष्ठ ७६
मित्रता गाँसेपछि भित्र भित्र काट्न नहुने, नचिनेर स्व तथा परको नाता साट्न नहुने, संम्झनामा जीवित अनुभूति र विर्सदा मरेजस्तो अस्तित्वहीनको अनुभूति आदि धारणा सहित कवि लेख्नु हुन्छ –
मान्छे बनेर बाँच्दा नै स्वर्गको अनुभूति हो
जहाँ छौं कवितासाथ यो मही महिमान हो
श्लोक २४पृष्ठ ७६
पाटे घोडाको यात्रारत कविजीले  यो श्लोक सहित घोडा रोक्दछन् –
विद्वतवर ! तपाइँको म्यान–चेष्टर भूमिमा
स्वतन्त्रता झुकाएर रोक्छु घोडा लगाममा
श्लोक २६, पृष्ठ ७६
पीडा – यस कवितामा कविले पीडाको दर्दलाई दर्शाएका छन् ।  'जो जहाँ छन् ती त्यहीँ रुन्छन्  जो जहाँ छैनन् ती पनि त्यहीं रुन्छन् । यो हुनु र नहुनुको पीडा मानिसलेमात्र बुभ्mछन्, पशुले पाए थुन्छन् ।' कविको धारणा छ चिन्ता मानिसले जन्मजात पाएको हुन्छ । यसलाई अभिशापको रुपमा लिनु पर्छ । पीडा सम्बन्धमा कविको भनाइ छ –
यही पीडालाई प्रयोग गरेर
फलामले फलाम काट्छ
पीडाले पीडा
भोगेर पीडाको नरक
मान्छेले मुक्तिको सास फेर्छ ।
पृष्ठ ७७
 पुनर्निमाण – यस कवितामा कविले भूकम्पले भत्काएकोलाई पुनर्निमाण गरौं भन्ने धारणा राखेका छन् । यस कवितामा दुई हरफका ८ ओटा श्लोक छन् । नेपालमा भूकम्पको केन्द्र भएकोले यसले विनाश गरेको मूल भूमि लाई उठाउन जुटौं र भूकम्प काल बनेर आएकोले नाता पाता बचाउन अहिले नै लागौ भनिएको छ । गएका क्षती भएका रोयर फिर्ता आउने हैनन् । त्यसो हुँदा स्मृति र विरह वेदना लेख्दा भविष्यमा ज्ञान दिन सकिन्छ । पुर्ननिर्माण गर्न थालेपछि विश्वले पनि सघाउँछ । हामी विभिन्न देशमा बस्छौ किनकी जन्म सार्थक पार्न र  जन्मदाताको पहिचानलाई सिङ्गार्न हो । आज हामी नेपाली विश्वको विभिन्न देशमा एकताको साथमा बसेता पनि हामी नेपाल भूमिमा जन्मेका हौं । जातमा सविता सरि हौं । भूकम्प कसरी हुन्छ भन्ने धारणा कविको यसरी आएको छ –
भूकम्प गर्वले हुन्न भूगर्भ शास्त्रको जति
अविज्ञय छ यो जाती जाती हुन्न परङ्गति
श्लोक ७, पृष्ठ ७८
यहाँ कविले पुनर्निमाणमा जुट्नु पर्ने धरणालाई प्रवल रूपमा उठाएका छन् । उनी भन्दछन् –
शिरमा पितृ राखेर काखमा बन्धुबान्धव
श्रद्धाञ्जली गरी राखौं पुनर्निर्माणको जग ।
श्लोक ८, पृष्ठ ७८
प्रतिरोध– आजको संसारमा न्याय खोज्दा पाइँदैन तथा न्याय छैन, साधु छैनन्, सत्यले ठाउँ पाउँदैन, भीडमा ज्यान जोगाउने, जागिर खाने, शान्ति गीत गाउने, एक्लै बस्ने, कसैसँग नरिसाऊने, शान्तिसँग मृत्युको बाटो समाउन पर्छ भन्ने धारणा कविले राखेका छन् । कविले अघि धारणा राख्दै अस्तित्व विहीन भएर हिड्न हुँदैन र जिस्काउनेलाई भष्म पार्न सक्नु पर्छ । स्वतन्त्रतामा बाधा पार्नेलाई प्रतिरोध गर्ने कुनै  संगठन छैन । त्यसोहुँदा आफ्नो प्रतिरक्षा आफै गर्नु पर्छ । स्वतन्त्रताको कुनै सीमा छैन भन्ने धारणा आएको छ कवितामा ।
बैंस – कविले यहाँ बैंसको दुई अर्थ दिएका छन् । एक खोलाको तिरमा हुने एक प्रकारको वृक्ष , पात साना र चिप्ला, हाँगा तर्केका र अर्को अर्थ बढ्दो जवानी,यौवन,बँैसे, बैँसालु । बैँस यत्र तत्र सर्वत्र छ । विदेशमा जानेवालाले राष्ट्रियता भन्दा माथि उठेर अन्तराष्ट्रिय बन्न पुगेका छन् । बैंस अनन्त हुन्छ । यसलाई कुनै धर्म वर्ण लिङ्ग जातजातिले बाँध्न सक्दैन र सर्वथा र सर्वदा सर्दै जाने र बढ्दै जाने गर्छ जस्ता धारणा राख्दै कवि भन्छन् –
बृद्धि र विकासको चेतनाको बँैंस
नयाँ देशमा बस्ने चाहनाको बैँस
काल र भूगोल नाघेर बढ्छ ।
पृष्ठ ८०
वैँसको चहना पहिचान हो । बैँसालुले बैंसलाई खान्छ, चल्न नसक्ने बनाउँछ, बैसले रुख बनाएकोछ र बैँस चेतनामा छाएको छ भन्दै कविले बैँसलाई परिभाषित गरेका छन् ।
प्रकृति पुरुषोत्तम –कविले यहाँ चाड पर्वको बर्णन गरेका छन् । चाडपर्व ज्ञानका प्रतिमूर्ति हुन् र सभ्यतामा उदाएका हुन् तर व्यवहारमा खर्चिला भए । मनोकान्छा पूरा हुनलाई धनको आवश्यक्ता पर्छ र प्यारीलाई प्रियले मनोहरा भए भनेर सम्बोधन गर्नुपर्छ । प्रियाले विदेशमा भएका पतिलाई वियोगमा टुट्नु हुँदैन बरु हामीलाई भूले पनि भन्ने धारणा राख्नु पर्दछ भन्दै प्रियाले प्रियलाई सोधनी गर्छिन् –
दशैं आयो, सबै आए, आएनौ प्रियले किन ?
प्रभूत्व कामना राखी चेतना शून्य छौ किन ?
पृष्ठ ८१
हरेक परदेशीलाई स्वदेशमा बस्ने प्रियाको सोध्ने प्रश्न हो यो । परदेशीलाई पनि घर आउने चाहना अवस्य हुन्छ । तर उसलाई छातीमा मुड्कीले हानेर सहनु बाध्यता छ । वर्षाको पीडादाई अवस्था पार गरेपछि चेतान फुर्दछ र दशैं तिहारमा आनन्द मनाउनु पर्छ । चाड पर्व किन आउँछन् भन्ने धारणा यसरी प्रस्तुत गरिएको छ –
शान्ति समृद्धिको लागि दशैं तिमहार आउछन्
चेतनाले बनाएको कविता सब गाउँछन्
धनधान्य तथा शान्ति दीर्घायु सुभकामना
दुर्गाको दृष्टि पाएर सल्बलाएछ चेतना
विना द्वन्द्व कतै हुन्न चाड यो अतिरन्जन
धन्यवाद दुबैलाई दुर्गा र चेतनोत्तम ।
पृष्ठ ८१
बाँच्ने कसरी –मान्छे सबै सामाजिक प्राणी हुन् । कविले मान्छे सबै पशु र पशु सबै मान्छे भन्दै यी दुईमा फरक भनेको मान्छेले नक्बरवान बैमान हुन सिक्यो भने पशु आफ्नो धर्ममा अडेको छ । यस्तो अवस्थामा बैमानको राज्यमा बस्न नसके जाने ठाउँ पनि त छैन । ठाउँ भए पनि पलायन गर्न हुँदैन भन्ने कृष्णको सन्देश छ । कविका भावनाहरू विभितताले सजिएका छन् । धोकेबाजको यो गङ्गामा टिक्न नसकेर आत्महत्या गर्न पनि औचित्य छैन । कविको सदेश छ जस्तालाई त्यस्तै व्यवहार गर्नु पर्छ भन्ने –
तिमीले जित्नुपर्छ बैमानीसित बैमानी गरेर
साँचोको नाममा आवश्यक परे कृष्ण–लिला गरेर ।
पृष्ठ ८२
 बास्तवमा कविका यी पङ्क्तिको व्याख्या गर्नको लागि श्रिमद्भागवत महापुराणको अध्ययनको आवश्यक पर्दछ । कृष्णले अर्जुनलाई जव अर्जुन आफन्तसँग कसरी लड्ने भन्दै आफ्नो गाण्डीव धनु बिसायर अलपत्र भै बसेको अवस्थामा कवि कृष्ण बन्दै यसरी प्रस्तुत भएका छन् –
हे धनुधर ! उठाऊ गाण्डीव
बाँच्नुपर्छ तिमीले युद्ध गरेर
लड्नुपर्छ तिमीले आफन्तसितै
बाँच्नुपर्छ बुद्ध बनेर ।
पृष्ठ ८
वीरक्त धनुर्धर( अर्जुन)ले कृष्णको दिव्यज्ञानलाई ग्रहण गरी महाभारतको युद्धमा विजय प्राप्त गरे आफ्नो कर्तव्यलाई पुरा गरेर बुद्ध भएर बाँचे । अब कविले मानवप्रति धारणा राख्दै भन्छन् 'मन्छे तिमी पशु हौ, पशुका पति पशुराज हौ, आत्म पहिचान गरेर जात जनाउ ।' कविले बाँचने आधार पनि बताएका छन् –
क्रुद्ध, रुद्र र माओवादीभन्दा हिंस्रक योद्धा बनेर बाँच
जीवन युद्धमा पाशविक शक्तिसित पशु नै बनेर बाँच ।
बहुदलीय लोकतन्त्रको यही समाजमा
दल,बल र विचारको संस्कृतिमा बाँच ।
पृष्ठ ८३
कविताले माआवादी द्वन्द्वको क्रुरता, मानवलाई पशुराज(पशुपति नाथ)को संज्ञा, श्री कृष्ण भगवानले अर्जुनलाई दिएको उपदेश आदिलाई सुन्दर रूपले प्रस्तुत गर्नु भएको छ ।  
बाँस – यस कवितामा कविले डायस्पोरा भएर बस्दा भोग्न परेका यावत कष्टलाई बाँसलाई प्रतीक बनाएर प्रस्तुत हुनु भएकोछ । अमेरिकामा लामो समय बस्दा पनि उठेको या ढलेको ऋतुले पनि देख्दैन । अस्तित्व हीन भएर बाँच्दा कसैको गणनामा परिदैन । चुत्रोले पनि थुक्दछ र कुकुरले पनि भुक्छ । बाँस हेर्दा अग्लो छ ।तर ट्रकले किच्दा बेत झैं नुहुन्छ । जङ्गली जनजातिमा उसको आफ्नो भन्ने कोही छैन ।पहिचान नभए पछि उसमा मात्र नभएर छोरा,नाति, पनातीमा आगो लाग्दछ । अर्थात जहाँ बसे पनि तथा जहाँ सरे पनि पहिचान र अस्तित्वको साथमा बस्नु पर्छ । युगको परिवर्तनले डायस्पोरा भएको हो । मूल नेपाल भएकोले नयाँ राष्ट्र पु¥याउँदा वातावरण नमिल्दा मरेतुल्य हुनु, पानी बिनाको माछा सरह तड्पिनु,जस्ता धारणा सहित कवि भन्दछन्–
यज्ञमा ठडिने बानी , यहाँ ट्रयास्क्यानमा म छु
ती लिङ्गा बाँसका पुज्थे यहाँ कूची समान छु ।
श्लोक ८, पृष्ठ ८५
नेपालमा सनातनी धर्ममा यज्ञमा लिङ्गा गाडिन्छ र तिनको पूजा गरिन्छ । बाँसको प्रयोग अमरिकामा यज्ञको लिङ्गोको रूपमा नभएर कूचीको रूपमा हुन्छ । भाषा बोल्न कठिन छ बोलाउँदा सुसेलेर बोलाउनु पर्छ तर रोएर पनि कहाँ कस्ले सुन्ने शून्यतामा हराइन्छ । बाँस प्रयोग बाँसुरीमा भएको । कठिन (मरणासन्न) अवस्थामा रहेकोले मानिसबाट सहयोग हुन नसकी ऋतु आएर बचाउनु पर्छ जस्ता धारणाको साथै कविले भन्छन्–
नेपाली बाँस हुँ आज खपेको छु विभिषिका
आप्रबासी भई मैले भोगेको छु अमेरिका
पृष्ठ८५, श्लोक १२
भन्दाभन्दै गरें लेट– यस कवितामा दुई हरफका १६ श्लोक छन् । कविले कविगोष्ठीमा आउँदा  कविहरूलाई कृति तिएर समयमै आउनको आग्रह गरिएको छ । साहित्यिक प्रश्नावली पनि दिएको तर जवाफ आएन, समयमा आएपछि  खाजा(पीजा) दुई बजे खाने डिनरको लागि घर जाने, बाटोमा कविता नलेख्ने , कविता पढेर मात्र सुनाउनु होस् भन्दै कविले द्वन्द्व मेट्नको लागि अनुरोध गरिएको छ –
आज्ञा आज्ञा महा आज्ञा केको यज्ञ धनुर्धर
निषेधाज्ञा लगाएर द्वन्द्व मेट्नोस कृपावर ।
श्लोक ७ पृष्ठ ८६
समयमा आउने, ट्राफिक जामको बहाना नबनाउने, कोठामा अटेमा कोठेगोष्ठि गर्ने, बढता भएमा नाचेर खाए पनि आगन प्रसस्त छ । द्विविधामा पर्नु छैन । कविता पाठ गर्न नआएर काल काट्नु पनि हुन्न । कविताका पारखीहरू आएर कविलाई भेटेर मजा लिनु, यसैमा छन् मोतीका सपनाहरू भन्ने धारणा आएका छन् ।
भूकम्पमा आप्रवासीको मन – मातृभूमिप्रति गहिरो चिन्तन बोकेको यस कवितामा तेरो मेरोको नीति राज्यको हो तर मजदुरको लागि एउटै विश्व नै विशिष्ट हो । नागरिक जहाँको हुन सक्ला तर मेरो तेरो भन्नु नै व्यर्थ छ  किनकी नेपाली मूलको मानिस जहाँ भए पनि नेपाली नै हो । नेपालमा पराकम्पन आयो भने नेपाली हुनका नाताले आँसु झर्दछ । हेरौं कविको विरक्त धारणा –
गए पनि नरोए है एकाकी हुन्छु लौ भनी
तिम्रो लागि म बग्ने छु आँसुको नदी नै बनी
श्लोक ४, पृष्ठ ८८
माता तपस्विनीलाई नरुनु र नतर्सनु भन्ने आग्रह गर्दै कविले तिम्रो दूधको भारा आएर सेवा गरेर तिर्ने छु भन्दछन् । अमेरिकामा बसे पनि सपना भने नेपालकै देखेको छु र आस्थाको गद्दीमा राखेर पूजा गर्ने छु । पूजारीको पनि खाँचो पर्ने छैन नेपाली आमाप्रति मनोबल भए पुग्दछ । आप्रवासी हामी सबैले मातृभूमिमा नगए मन रुन्छ र आमाको छातीको भारा अवस्य तिर्नु पर्दछ ।
पीडा भूकम्पकोपोखे साहित्यकारको सभा
विरही वेदना पोखी उठ्यो स्थानीय सम्पदा
श्लोक ९ पृष्ठ ८९
ऊ कस्तो छ ?–एउटा अठोट बोकेको यस कवितामा नाङ्गो भएर पनि प्रकृतिको विधानमाथि आक्रमण गरे ऊ बाङ्गो छ । उसले एकलौटी गर्दैन, निरङकुशता चाहादैन किनकी निरङ्कुशतामा काम गर्न सकिदैन । निरङ्कुशतामा काम गर्न डर लाग्नु स्वभाविक हो । लोकतन्त्रमा पारदर्शी हुन्छ । बहुमतको निर्णयलाई दवाउनेमा ऊ बाङ्गो छ । मतान्तर हुन सक्छ । मतान्तरमा बहुमतले निर्णय गर्दछ । बह्ुमतको निर्णयमा जित्ने र हार्ने दुबै पक्षमा सन्तोष हुन्छ । कविले लोकतन्त्रमा दुई तत्वमा खतरा हुने बताएका छन् । ।एक हार्नेवालाले हार स्वीकार नगर्ने र दोस्रो जित्नेवालाले हार्नेवालालाई नगन्ने । यस्ता प्रवृत्तिलाई कविले निरङ्कुश र उग्रवादीको संज्ञा दिएका छन् किनकी  यिनले आतङ्क निम्त्याउँछन् शान्ति कहिल्यै ल्याउँदैनन् । यस्ता प्रवृत्तिलाई स्वलोपोइजन दिनु पर्छ किनकी यिनले देश, राष्ट्र वा संस्थालाई घाटा पु¥याउँछन् । त्यसो हुँदा मानिस छान्दा माथि भनिएको ऊ पात्र जस्तै , निरङ्कुशतासित डराउने, छेरुवा, नाङ्गो जस्लाई जति गाली गरे पनि पिउन सक्ने र मतान्तर राख्नेलाई स्वागत गर्नेवाला जस्तालाई छान्नु पर्छ भन्ने धरणा राख्दै कविले उः कस्तो छ भनि यसरी परिभाषित गर्नु भएको छ –
ऊ कस्तो छ ?
उत्तरको ठेक्का मेरो हैन, मलाई नसोध
देखेका छौ –ऊ निरङ्कुश बन्न सक्दैन
ऊ छेरुवा छ
मतान्तर राख्नेलाई ऊ होनहार छ
निरङ्कुशताको लागि बाङ्गो उपहार छ ।
पृष्ठ ९१
सर्वहिताय मानिसको छनौट गर्नु पर्दछ भन्ने कविको धारणा छ ।
मनोकम्पन – यस कवितामा भूकम्पले विविध क्षतीको साथै मनोकम्पन बनाएर त्रास पार्छ भन्ने धारणा राखेका छन् । भूकम्प आएर पहाड ढलेर, पैरोले समथर र सहर पुरे पनि नेपालीको मनोकाङ्छा हल्लिएको छैन । विश्वव्यापक जानेर छानेर लिनु पर्दछ तर आस्था भने नेपालकै हुनु पर्ने धारणासहित कविले नेपालको अमरत्वको बारेमा भन्दछन् –
चन्द्र , सूर्य रहेसम्म ढल्दैन त्यो हिमालय
भूकम्पले सताए पनि गल्दैन त्यो शिवालय
श्लोक ३ पृष्ठ ९२
नेपालीको आस्था फाटेको छैन, भूकम्प नै आइसकेपछि पराकम्पासँग डराउनु पर्दैन जे हुनु थियो भै गयो अव नवनिर्माणमा लाग्नु पर्छ । यो भूकम्पको महामारीलाई रोक्न सक्नु पर्छ । विश्व एउटै बनाएर रोक्न नसके वर्षैपिच्छे सताउँछ जस्ता धारणा कविताले समेटेको छ ।
महिमा हैन नारिको– अनेसास विभाजन भएकोमा महिलाहरूले जोडेका आपसमा मिलेकामा फलुन्, फुलुन्, नारीहरू र एकता नटुटोस् , नरको अस्त्रशस्त्रले दवाउन सक्दैन र केही गल्ती भए क्षेमा दिनु पर्छ भन्दै कविले भन्नुहुन्छ –
नारीको महिना हैन गाएको वस्तुसत्य हो
नारी नेतृत्वमा आज आएको ध्रुवसत्य हो ।
श्लोक ४, पृष्ठ ९३
नारी चिन्तनका यी श्लोक अति उदाहरणीय छन् । न्यूयोर्कमा कुम्भमेला समानको जमघट भएर विधान निर्माणमा लागेर पूर्णता दिएर तथा नारीको कामना कहिल्यै अधुरो हुँदैन र सेवामा पुरुष लाग्दछन् र काम पूर्ण हुन्छ । नारी महिमाका केही श्लोक हरू –
धराहरा बनोस् अग्लो आँखी झ्याल कथाविधि
फैलिएर मन्योन्यास नारी हुन् विश्वका निधि
श्लोक ७ बन्न नहुने
कविले सिर्जनाले हिमालको जत्रो उच्चाई लियोस्, अन्तराष्ट्रिय भित्रमै नारीको पहिचान होस्, नारीवादी र रुढीको व्यथा हुननहुने नारीको स्वतन्त्रता रोकिन नहुने, स्व तथा परको सीमा चेतनामा भर पर्दछ ,व्यक्तिको भिन्नताले नै अस्तित्व सिद्ध गर्दछ । मानिस मानिसमा मतान्तर हुन्छ र यो प्रकृतिको विधान हो । मतान्तर भयो भनेर रिसाउनु हुँदैन । लोकतन्त्र भन्नु नै यही हो । कविको अन्तिम धारण यस प्रकार छ –
नारी, नारी स्वयम्सेवी, स्वयम् मुक्त स्वतन्त्र छन्
पराधीन बनाएमा विद्रोह गर्न पुग्दछन् ।
श्लोक १२, पृष्ठ ९४
माटोको सुवास – यस कवितामा माटो( देश) प्रति अगाध श्रद्धा राख्दै विश्वमा हाम्रो माटोको सुवासलाई गम्काई राख्ने धारणा राखेका छन् । कवि जब स्गानो हुन्ुहुन्थ्यो । नेपालमा गीत गाउनु हुन्थ्यो । आज पनि नेपाल सम्झेर प्रेमले गीत गाउनु हुन्छ । कोदाली बोकेर खनजोत गर्ने पूmल रोप्ने, गोडमेल गर्ने, पूmलबारीको नक्सामा नेपाली सीप कुद्ने, कीरा लागे कीरा फाल्ने, रङ्गीचङ्गी पूmललाई मीठो गीत सुनाउने, खेताल्नीले कुटो बोकेर मेलामा जाने, भीमलाई  स्याँक्न सक्ने बलको प्रयोग गर्ने, भाइ बहिनी मिलेर नेपाललाई बनाउने, सुनौला बालुवा छानेर माटोमा बिरुवा रोप्ने र खानीका ढुङ्गा फोरेर भारी बोक्ने,  सिलो खोजेर पूmलको भारी हाल्ने र क्यारीमा उमे्रका पूmल विश्वलाई देखाउने,जस्ता धारणा राख्दै कवि भन्नु हुन्छ–
माटोको गुण पूmलैमा सुवास किन चल्दैन ?
पूmलको भन्दा माटाको सुवास कम्ति हुँदैन ।
पृष्ठ ९६
 नेपाली माटोमा कपास रोपेर माटोको सुवासलाई विस्वमा गम्काउने चाहना हुँदा हुँदै सबै कुरा स्वप्नामा त्यतै हराए र माइतीले धकेलेर आप्रवासी बनाए भन्ने धारणा कविताले बोकेको छ ।
माता–तीर्थ – मातातीर्थ औंसीलाई आमाको मुख हेर्ने दिनको रूपमा लिने गरिन्छ । कविले आजको यथार्थतालाई केलाउँदै अर्थात वैदेशिक रोजगारमा गएकी आमाको मुख हेर्न कतार जानु पर्ने भएकोले अलकापुरीकी नन्दा हतारमा नदौड भनिएको छ । आज फेसबुक भरी मातातीर्थ देख्न पाइन्छ । कविले आमाप्रति श्रद्धाभाव राख्दै लेख्नुहुन्छ–
आमा हुन् सबकी आमा सम्झनु मात्र पर्दछ
जो आए नि भयो भेट श्रद्धाले ढोग्न पर्दछ ।
श्लोक ३, पृष्ठ ९७
विदेशमा रहेकी दिदीले फेसबुकमा आमाको मुख हेरेर ढोग दिनु जस्ता अभिव्यक्ति सहित कविले आमा कहाँ छैनन् भन्दै यसरी प्रस्तुत भएका छन् –
आस्थाको केन्द्रमा आमा, आमा छिन् मध्यमानमा
लक्षको अन्तमा आमा, अनादि र अनन्तमा ।
श्लोक ५, पृष्ठ ९७
मेरा भत्किएका संरचनाहरू – यस कवितामा कविले स्वदेशबाट परदेशी हुँदा छुटेका तन्नाहरू च्यातिएका, छन् संरचनाहरू भत्किएका, डायस्पोरा या विदेशींदा, न यताको नउताको हुँदा उत्तानो परेका छन् कामनाहरू, पुराना घर भत्किएको नयाँ घरको निर्माण नभएको, सबै संरचनाहरू भत्किएका छन् । सबै सिर्जनाहरू आजका जीवन जस्तै भएका छन् भन्ने धारणा आएका छन् ।
मेरो भन्नु केही छैन – यस कवितामा जङ्गल जानेहरूलाई विधानको पक्षमा रहन र जङ्गल जाने काम नगर्न आग्रह गरेका छन् । विधानका एक एक शब्द संसोधन हुनु तिम्रो नियतमा खरावी प्रमाणित हुनेछ र विधान बाहेकका सम्पूर्ण प्रमाण विपक्षी दलका नेतालाई दिने र नेता अभिनेतालाई सम्बोधन गर भन्दै कविले भन्दछन् –
तर कहिल्यै विश्वास नगर
ती डाँकाहरूलाई
ती डाँका सित तिमी डाँकै भएर
जुध्न सकेनौ भने
तिमीलाई यिनले जङ्गल पठाएर
चोर लुटार, बदमास र उल्लूहरूले
मनो मानी गर्न नपाएर €
भ्रष्टचार, दुराचारका ठेगेदारहरूले
डाडुपन्यू आफै नचाउन नपाएर
आरेप लगाई रहेछन्
जङ्गल पठाउन खोजी रहेछन् ।
पृष्ठ ९९,
कविले लगाएका आरोपलाई शिरोधार्य गर्न लोकतन्त्रको मुक्त परिवेशबाट तानाशाह र बदमासको हातमा आमसत्ता दिन हुँदैन र छद्मभेषी काममा अग्रसर हुनुहुन्न, बदमासहरूलाई छाला काट्न दिनु हुन्न, चोरहरूलाई छोड्न हुँदैन, साँढेलाई मौसम नआई गोठभित्र पस्न दिनु हुँदैन,मराउन दिनु हुँदैन, गोठ सार्न हुँदैन भनि कविले आफ्नो अठोट सुनाएका छन् । लोक तन्त्रमा मर्यादा नाघेर प्रतिक्रियावादीको कठघरामा जान नहुने, विधान बदल्न नहुने, कसैले कसैमाथि गद्दारी मोल्न हुँदैन भन्ने धारणा आएका छन् कवितामा ।
मौसम डायस्पोरा – यस कवितामा डायस्पोरा, नयाँडायस्पोरा र अनेक डायस्पोरा शब्दमा विकसित भएको र यो मौसममा मनसुन बनेर आएको धारणा आएको छ । कवि भन्छन् –
अघिल्लो ऋतुको लहरमा
कविको यो गोष्ठिको शहरमा
म मौसमले कविताको बालीनाली लाएको थिएँ
यौटा आन्दोलन बनाएको थिएँ
मैले कविताका हरफ हरफमा
परेड खेलाएको थिएँ
डायस्पोराको व्यायाम गराएको थिएँ
कहिल्यै सुन्न नचाहनेलाई पनि
डायस्पोरा शब्दको प्रयोगले हँसाएको थिएँ
रुवाएको थिएँ र डाह पैदा गराएको थिएँ  ।
पृष्ठ १०१,१०२
यो कविताले धेरै चिज समाएको छ । यो ऋतुको कथा, कविता,उपन्यास सबैमा उनान्सय प्रतिशत डायस्पोरा  हुने र मौसमा पाकेको बाली मीठो हुने, डायस्पोरा शब्द अनुवाद गर्न हुन्न प्रश्नमा यस शब्दले हाईवे समाती सकेको, सबैले प्रयोग गरीसकेको,प्रयोग गर्दिन भन्दापनि अनायास प्रयोगमा आउने गरेको, आदत बनीसकेको अर्थात सबैले आत्मसात् गरिएकोले अनुवाद गर्न नहुने, मिश्रित शब्द प्रयोग रोग बनिसकेको प्रश्नमा डायस्पोराको भाषा यस्तै हुने गरेको, अंग्रेजी प्रयोले रोगी बनाएको प्रश्मा कविले मौसम अनुसार आपूmनै परिवर्तन बन्नु पर्ने किनकी 'मौसम लागो भने त्यसलाई रोग भन्ने हैन बरु मौसमी पूmल र परागको स्वाद लिनु पर्छ ।'अर्को निदान खोज्नु, प्रतिकुलतामा लाग्नु भनेको पथ भ्रष्ट हो, डायस्पोरा शब्दलाई विर्सन नसकिने बरु नयाँ  डायस्पोराको प्रयोगगर्नु पर्ने,अनेक डायस्पोरालाई थप्नु पर्ने, कुरा काट्ने प्रवृत्तिलाई त्याग्नु पर्ने , यो मौसमको फल हो यसलाई खानु होला जस्ता धारणाबाट डायस्पोरालाई प्रष्ट्याउने प्रयास भएको छ ।
मौसम रहेछ जिन्दगी– कविले जिन्दगीलाई मौसमसँग तुलना गरेका छन् । समयलाई पर्दाको रूपमा लिएको र त्यसभित्र जिन्दगी देखिन्छ मौसमको रूपमा । मौसम अनुकुल(बसन्त ऋतुमा) पात पलाउँछन् हरियाली छाउँछ अनि मौसम अनुसार शरद ऋतु गएपछि (शिशिरमा) पात पहेंलिन्छन् अनि झर्न थाल्दछन् । खेल सकिएको रङ्गमञ्च बाट दर्शक निस्किएपछि मञ्च खाली भए सरह त्यहाँ दर्शिने भनेको रित्तो समय र रित्तो रुख । रित्तो मसान घाटको मञ्च मात्र भन्दै कविले जिन्दगीलाई यसरी परिभाषित गर्नु भएको छ –
समयको पर्दामा देखिने र मेटिने
एउटा मौसम रहेछ जिन्दगी
पृष्ठ १०७
मरणशील जिन्दगीमा समयसँग मौसम रित्तै, हामी सबै पहेंला पात झर्दा झैं झर्छौ ,हामी झरेपछि फर्किदैनौं र यो झर्ने जाने र नर्फने यो नियति हरेक पिढीमा लागु हुन्छ । एक दिन पात झरेर या झारेर सबै जान्छन्, सबैलाई लान्छ ।लगेपछि घर रित्तै मन रित्तै, मृत्युले भरेपछि जीवको सिसी रित्तै , यस्तो नाटक रहेछ जिन्दगी,मौसम रहेछ जिन्दगी, शिशिरमा सबै पात उड्दा झै उजाड बन्दो रहेछ जिन्दगी र मौसम रहेछ जिन्दगी जस्ता धारणा राखेका छन् कविले ।
राष्ट्रवादी बन्ने रहर छैन – कविले यहाँ विविध कारण देखाएर राष्ट्रवादी बन्ने रहर छैन भनेका छन् । राष्ट्रवादी हुनलाई राष्ट्रमा अपनत्व जगाउने बस्तु हुन पर्छ । कवि सपनामा मूल घरमा जान्छन् । राती घोडी मरिछ, पाटेघोडा बेचेछन् । मूल घरमा पूस्तकालय थियो त्यो छैन, क्लव थियो,त्यो पनि छैन, आमा, बाबा, छैनन् । गाउँले विदेशतिर लागेका, पुराना परिचित कोही छैनन्, कोही नभएको पर्ती जमिनमा कसरी खुट्टा टेक्ने भन्दै कविले यसरी प्रस्तुति गरेका छन् –
जे थियो मेरो, त्यो छैन,
भएको कुरो मेरो हैन
त्यसैले मलाई राष्ट्रवादी बन्ने रहर छैन ।
निर्वासन बाहेक मेरो अर्को विकल्प छैन,
यदि माइतीले किन आइस् भन्छन् भने,
मलाई पनि माइत आउनु रहर छैन
त्यर्सैले मलाई राष्ट्रवादी बन्ने रहर छैन
मेरो सपनामा विपनाको सहर छैन ।
पृष्ठ १०९
रुख – कविले रुखलाई  अनेक डायस्पोरालाई कल्पवृक्ष मानेका छन् । सबै निदाएको वेला  कवि  सुनसान अंधेरी रातमा हिडेको वेला एउटा रूखलाई मान्छेले काटी रहेको देख्छन् र रुख सस्वर सिरसिर कराइरहेको पाउँछन् । रुखको अभिव्यक्ति हाँगा रुखकै काटेर बिँड बनाएको, बाली लगाउनु, गोडमेल गर्नु,रुखलाई काट्दा पानीको मूल सुक्नु , यति हुँदा पनि रुख काट्न नछोडनु, रुख काट्ने पशु हैन मानिस हो,चिन्दछ तर रुख बोल्न सक्दैन, बोल्न नसक्दा हप्काउन सक्दैन , हिर्काउन सक्दैन, चिथोर्न सक्दैन, चपाउन सक्दैन, कारण रुख स्थिर छ ऊ बोल्न सक्दैन । रुख हाँगाबिँगा पात पतिङ्गरको स्वयम् आधार हो । बृद्धि र विकासको परिवार, मानिसको पनि सरकार साथै जीवनको आधार भएकोले मौन भएर छाती छियाछिया परिञ्जेल दुर्योधनलाई धृतराष्ट्र बनेर विकासलाई पालेर मतान्तरलाई बचाइ रखेको तर फेद काटिरहेको देख्दा मानिस जस्तो हीन कोही छैन जस्तो रुखले महसुस गर्दछ ।
कविले भन्छन् –
दुखेको छ
मातृभूमि हुँ
सन्तानलाई कसरी छासूँ
यो रुख देख्दा
म यौटा विचार हुँ जस्तो लाग्छ
काटेर काटिन्न
यौटा दर्शन हुँ जस्तो लाग्छ
एउटा खैरो रुख हुँ जस्तो लाग्छ
जरा गाडिई सकेको
अनेक डायस्पोराको
यौटा कल्पवृक्ष हुँ जस्तो लाग्छ ।
पृष्ठ १११
कविले आमालाई, रूपलाइर्, श्रीमतीलाई, वनस्पति अरु लडाकुहरुरूलाई, साथ दिने शुद्ध आत्माहरू, विरोधीहरूलाई, धन्यवाद दिँदै भन्छन्–
'मेरै घाँस खाएर मलाई नै काट्न आए, म मरेको छैन, म दृश्य पनि छैन, अकाट्य रुख भएर काटिएर कुँदिएको छु शालिग्राम जस्तै, यौटा रूखको आर्टमा सालिक झैं दर्शन बनेर उभिएको छु ।'
रुखको उपयोगितालाई पनि कविले प्रस्तुत गरेका छन् । रुखको खण्डन र मण्डन चलिरहोस्,आफूले आपूmलाई हेरेर हाँसीरहुँ,रातमा पनि फुलीरहुँ, लाशमा पनि सपना देखीरहुँ , अरूको घर निर्माणमा बलियो निदाल बनिरहुँ, ज्योति बनेर न्युयोर्कमा गीता बनीरहुँ । रुख काटिए पनि प्रयोग समिधामा होस् , जलाए पनि ज्योति बनोस्, खण्डन गरे दर्शनको रूप बनोस्, अनेक नेपाली डायस्पोरामा एउटा कल्पवृक्ष बनुँ जस्ता आकाङ्क्षा प्रकट गरिएको छ ।
कविताको अन्त्यतिर कविले सुनसानमा सुन्दासुन्दै भन्न थालेको भन्दाभन्दै मनको भावमा धामी जस्तै कम्पनको रूप बन्नु , रुख हराउनु, वासिङ्गटनको जरायोमा परिणत हुनु र फेद काट्ने मानिस पनि हराएको धारणा आएको छ ।
लोरो – यस कवितामा कविले लोरोकोे गुणलाई मर्द छोरोसँग तुलना गरिएको छ । लोरोलाई वेगवान पानीले  कुटेर शालिग्राम जस्तो गोलो बनाएको र यसको उपयोग मसला र चटनी पिस्ने हुन्छ । कविले छोरोलाई खारिएर शालिग्रामको आदरता प्राप्त गर्न सक्ने र उपयोगमा मसला र चटनी जस्तो मीठो स्वाद प्रदानकर्ता हुनु पर्ने । अरुलाई नबिझाउने लोरो सहज रूपमा निर्माण हुँदैन । खोलाको करामतबाटै लोरो निर्माण हुन्छ । छोरोलाई यसरूपमा पु¥याउन खोलारूपी अभिभावकको पनि गहन भूमिका हुन्छ । कविले भन्नु हुन्छ पछारे पनि झन उफ्रने हावा भरेको गोलो जस्तो हुनुपर्छ छोरो । वर्षै पिटिएर शालिग्रामको निर्माण भए जस्तै शिलामा पञ्चायन सम्झेर पूजिए सरह पूज्यनीय हुनु पर्छ छोरो ।भन्दै कविलेख्छन्–
जातीय रूपले हैन
पीडाको पवित्रताले गोरो देखिन्छ लोरो
कालो शालिग्राम पनि
सेतो सत्य देखिन्छ
कतै पनि छैन चोसो
कति गोलो , गुणले यो गोरो
मर्द छोरो जस्तै छ यो लोरा ।
पृष्ठ ११४
वन्दना –दुई हरफका ११ श्लोकले यो कविताको सिर्जना भएको छ । श्लोकमा महत्वपूर्ण धारणाहरू आएका छन् ।मार्चको पहिलो हप्ता नारी साहित्य सभाको आयोजना अनेसासले गरेकोमा कविले बन्दनाको महत्वलाई यसरी दर्शाएका छन्–
वन्दना नै महाशक्ति वन्दना नै महामना
वन्दनाले गरे पुग्छ फलप्राप्ति सयौं गुना
श्लोक २, पृष्ठ ११५,
विदेशमा वरदान बनेर आएको र  यसरी आउँदा वियोगको ज्वालाको सम्भावना पनि रहेको । वन्दना अनुरोध भए पनि भावनामा भने यो सत्य छ । यो वन्दना स्त्रिलिङ्गीलाई गरिए पनि यसमा कमि छैन, पूर्णता छ । कविले धन नभएर मनै ठूलो हो र सम्पत्ति भनेका साथीभाइ हुन् ,कुमारी वन्दना देवी को यो संयोजन फलोस् फुलोस् । नेतृत्वलाइ चयन गरियोस् । यो सम्मेलन बौधिक समुहको हो, यहाँ कला दर्शनका साथै सहित्यको बारेमा चिन्तन हुन्छ । वन्दनालाई न्युयोर्कमा गएर भेट्न सकिने किनकी नारी दिवस पारेर महिलाहरू न्युयोर्कमा जुटेका छन् । बन्दनाको मुखहेरेर सबै आउनको लागि निवेदन गर्दै स्रष्टा द्रष्टालाई स्वागत गर्दै नरनारी सबैलाई वन्दना यही गर्छु भन्ने धारणा कविले पस्केका छन् ।
शीतलहर – यस कवितामा कविले शीतलहरको असर, राजनीतिक नेताप्रतिको व्यवहार, डायस्पोराबाट यो प्राकृतिक सामाजिक प्रकोप विरुद्ध एटमवम छोड्नु परेको धारणा आएको छ ।  कविता शीतलहर भने पनि यसमा नेपालको राजनीतिलाई समाएको छ । नीलो गगनमा हुस्सु आयो संरचनामा  कहिं न कहीं चुहावट छ । नेताका बीचमा दरार छ । हुस्सुले घर, गाउँ, सहर बाटोघाटो, यातायातमा क््रयासपार्नु, मानिसमा आक्रमण गरी मार्नु, यो शीतलहर शीत–युद्ध भन्दा पनि चर्को छ , संचार माध्यम प्रयोगमा छैनन् आदिको वर्णन गर्दै कवि प्रश्नवाची हुन्छन् र भन्छन् – 'विकृतिको  यो विडम्बना शीत लहरको हो कि कसैको स्वार्थी पना ?' कविले गगन स्वच्छ हुनु पर्छ। समाज स्वच्छ हुनुपर्छ, कला गन्तव्य भएमा सेवा लक्ष हुनु यस माथि शीतलहर कहाँ बाट आयो प्रश्न राख्दै यस किसिमको असुद्धतालाई सुद्धिकरण गर्न अर्को जनयुद्ध हुनु पर्छ भन्ने कविको कथन छ ।
शीतलहरले गर्दा बृद्धबृद्धालाई मार्छ, । यस शीतलहरको आक्रमण रोक्न घाम लाग्नु पर्छ या घनघोर वर्षा हुनुपर्छ ।
कविको भावना नेताप्रति जान्छ । चुनाव जितेर गाउँ नफर्कने नेतालाई गाउँमा उतार्नु परेको छ भन्ने धारणा राख्दै कवि भन्नु हुन्छ –
हामी जो जहाँ बसेका छौ
त्यहीं डायस्पोराबाट
यो प्रकृतिक सामाजिक
प्रकोप विरुद्ध
यो शीतलहरको विरुद्ध
एटम बम छोड्नुपरेको छ ।
पृष्ठ ११९
कविले, 'अमेरिका बसेर हिट भए पनि नोपालका तराइका शीतलहरसित नेपालीले युद्ध लड्नै पर्छ मूल थलोको मायाले काँधमा यौटा बन्दुक राख्नै पर्छ ' भनेका छन् । बहुरूपी शीतलहरको स्वरूप दशानन र लामो हात भएको छ । भन्ने मौसम भन्छ तर तानाशाह बनेको छ । यसबाट मुक्ति पाउन जनजागृतिको आश्यक हुन्छ । कविले यसरी सतर्क बनाउनु भएको छ –
प्रतिरक्षा गर भाइ हो।
नत्र यो मान्छे खाँदै हिडेको छ
डायस्पोरामा समेत यो आएको छ
शीतलहर छाएको छ ।

सङ्कटमा –यस कवितामा कवि कल्पनामा छन् । कविले आएर छामेको कुरामा पुन उहाँ थिइन आइन, छामीन, ढाँटिन, त्यो धर्तीमा छैन,कल्पनामा छैन , यथार्थ जीवनमा छैन, रित्तो छु, खोक्रो छु , छु कहाँ ? म छैन, छम्दा शून्य मात्र छु आदि विचलित तथा अस्थिर धारणामा प्रस्तुत भएका छन् ।  उनी पुन सचेत धारणामा आउँछन् । कविको सोचाइ हुन्छ शून्यको पनि आकार हुन्छ । कल्पनाको  अभाव, कल्पनाको अभावमा हुने पीडा, एकाकीपनको राप र ताप, यी राप र तापबाट निस्कने स्वेद, पसिनाबाट लुछुप्प रुजेको  । रापतावबाट चढेको गर्मीलाई प्राकृतिक वर्षाबाट पनि शीतल नहुनु, कार नरोकिनु आदि संकटपूर्ण अवस्थामा बगेका कल्पनालाई कवितामा पोखेरमात्र कल्पना थुनिएको धारणा आएको छ ।
समुद्र – समुद्रलाई नेताकरण गरी नेतालाई गाली गरे गाली  सुन्नु पर्छ । जसरी समुद्रलाई खोलाले लात्ती हान्दा समुद्रले छुस्तै छुस्तैन । खोलामा बाढी आएर सागरमा हुत्तिदै गए पनि, पिट्न गए पनि समुद्रलाई चिमटे जस्तो पनि लाग्दैन ।चुनाउमा आक्रमण हुन सक्छ नेताले सागर बनेर पिइदिनु पर्छ । चुनाउमा जित्नेले बिरोधीलाई माया गर्नु पर्छ । कविले भन्नु हुन्छ –'लोकतन्त्रमा 'अपोजिसन को पनि 'पोजिसन' हुन्छ, सबैले सङ्गतिको अनुभव गर्न पाउनु पर्छ ।'
साँचो बोल्दा –यस कवितामा साँचो बोल्नु पर्छ । 'अन्याय देख्न भन्दा राम्रो त फाँसीमा चढ्नु हो  जस्ता सत्य, साँचो न्यायिक धारणालाई प्रस्तुत गरिएको छ । साँँचो बोल्नु पर्छ ,गलत कुराको विरोध गर्नु पर्छ, वेईमान भएर निर्वाचन आयोगमा बस्नु भन्दा बर्खास्त हुनु राम्रो हुन्छ । विपक्षीका सदस्यको नाम मतदाता सूचीबाट निकाल्न हुँदैन, वेथिति गर्न मिल्दैन, वेथिति गर्नु भन्दा झुण्डिन राम्रो हुन्छ । कसैले कसैलाई नाङ्गो भन्दा नाङ्गिइदैन बरु अनावरण हुन्छ । एकलौटी निर्वाचन हुन दिनु हुँदैन । निर्वाचन भनेको विश्वका सबै राष्ट्रको हो । एकलौटी गर्ने बहुलठ्ठी पन यो कसैबाट कहिल्यै सह्य हुँदैन । लोकतन्त्र सत्तापक्ष प्रतिपक्ष सबैको हो ।  'अपोजिसन'ले आफ्नो सङ्घर्ष बदल्दैन, मतदाताले मतदान गर्न नपाएसम्म यो प्रकरण टुङ्गिने हैन, पूर्णता पाएको मतदाता सूची नपाए स्वच्छ र स्वतन्त्र निर्वाचन हुन्न, बुथ क्याप्चर गर्न दिन्ुहुन्न, यस्तो अवस्थामा निर्वाचन नै बहिस्कार गर्नु पर्छ जस्ता धारणा आएका छन् कवितामा ।
लक्जेमबर्ग – यस कवितामा लग्जेम्वर्गमा भएको काव्य गोष्ठी र त्यसमा विभिन्न राष्ट्रका कविहरुको सहभागिमा खगेन्द्र लुइटेल,दीपेन्द्र केसी, होमनाथ सुवेदी, नन्दादेवी सुवेदी, इन्द्र, रमेश, शेखर, खड्ग पत्रकार अधिकारी, दुर्गा, जितु थापा,रहेकाको वर्णन गरिएको छ । काठमाण्डौ रेष्टुरेन्टमा खाजा खाएको धारणा सहित कविले लेख्नु हुन्छ –
भाषा साहित्यको सेवा तपाइँको सदारहोस्
आप्रवासी भयौं हामी नेपाली साथमा रहोस् ।
पृष्ठ १२५,
सिक्का – यस कवितामा दुई हरफका १५ श्लोक छन् । सिक्काको केही श्लोक अध्ययन गरौं –
सिक्का हुँ मनमा ढिक्का बोकेर वेदना कति
बाँचेको जीवनी यस्तो को पढ्छ ? द्वन्द्व भो अति
श्लोक १, पृष्ठ १२६
बास्तवमा सिक्काका दुई पाटाको कारणले गर्दा वेदना भएको, द्वन्द्व बोक्न परेको, सरासर नभएर बाँडिन परेको , सबैको हातमा भएको तर पालो आउँदा पछाडि पर्न परेको । यसरी दुई पाटा हुन नचाहे पनि वाध्यता सहनु परेको । सरकार यसमा खुसी भएको । यसरी दुई पाटा एकै चोटी हेर्न नसकिने । अघिको देख्दा पछिको देख्न नसकिन पछिको हेर्न जाँदा अघिको अदृश्य हुने । यो अदृश्य कहाँ छ त भनि कवि यसरी प्रस्तुत हुनु भएको छ –
दुई पाटो भयो नौलो अदृश्य मूलमा छ यो
आँखाको सामुमा राख्न नसक्दा घर ध्वस्त भो
श्लोक ६
दुबै पाट समाएर बाँचन खोज्नु , सिक्काको एउटै पाटो नहुनु ले सहज पनि त छैन  तर माया भने लाग्छ –माया लाग्छ दुबै पाटा मेरा हुन् भन्नुपर्दछ
दृष्टि मेरो नपुग्नाले एकाकी बस्नु पर्दछ ।
श्लोक ११
कविले सिक्का दुई पाटालाई आत्मा र देहसँग तुलना गर्दै भन्छन् –
यता उता दुबै पाटा सिक्कामा छन् विभाजित
बाँडिई देह औ आत्मा नपरोस् बाच्न क्वैसित
श्लोक १२
 नेपालको सिक्का अमेरिकामा आएर बसेको छ तर आत्मा भने नेपालमै छ तर नेरुको मूल्य तल गिरेकोमा सिक्का चिन्तित छ । अन्त्यमा कविको धारणा यसरी आएको छ –
अस्तित्वहीनता बोध सिक्कामा आज तीब्र छ
त्रीकोणमा जुधी बाँच्न सिक्का यो प्रतिवद्ध छ
श्लोक १५, पृष्ठ १२७
सुस्वागत – यस कवितामा दुई हरफका १० श्लोक छन् । कवि गोष्ठीमा कविहरूलाई स्वागत गर्न पाउँदा कविको आत्मा सिन्धु भएको धारणा आएको छ । यसमा प्रस्तुत गरिएका केही श्लोकलाई अध्ययन गरौं –
गीता–र समका तार गलामा हार झैं बुनी
काव्यका शृङ्खला ल्याई आएका छन् महामुनि
श्लोक २
वासिङ्गटन डी.सी.यो डायस्पोरा भए पनि
नेपाली विश्वको केन्द्र साहित्यमा छँदै छ नि ।
श्लोक ५
जीवनै काव्य हो यौटा ठानेर कवि वर्गले
बहाऊ रसको गङ्गा थाप्लामा शिव शक्तिले
श्लोक ८, पृष्ठ १२९,
यस कवितामा कविले हरेक कविलाई बाल्मीकिको रुपमा लिएका छन् । भनेका छन् –कविमात्र सत्यम् शिवम्  सुन्दरम् हुन सक्छन् । साहित्य सिर्जनामा व्याथा हुन्छ र विना सङ्घर्षको काव्यले अर्थ दिन्न निरन्तर जस्ता गहन भावहरू यहाँ प्रस्तुत भएका छन् ।
स्काइल्याण्ड ड्राइभमा –यस कवितामा कविले स्काइल्याण्ड ड्राइभ र नेपालका कैलास पर्वत,चोभार, चाँगुनारयण पूmलचोकी देखि वनेपा अनि रिङरोडमा खगेन्द्र लुइटेलसँग गुडेका अनुभूति लिएको धारणा सहित कवि भन्छन् –
सान्डाह उपत्याकामा नै काठमाण्डौ बसेको थियो
त्यहीं घन्टाघरको यौटा घन्टी सुने जस्तै लाग्यो
कसैले 'हर्न' दिएको मृत्युको आवाज सुने–
पछि फर्केर हेर्दा –
मेरो कार लडिसकेको थियो
पुलिसले मलाई टिकट दिइसकेको थियो ।
पृष्ठ १३१
नेदल्र्यान्ड– यस कवितामा नेदरल्यान्डको साहित्यि गतिविधिलाई प्रस्तुत गरिएको छ । बेल्जियममा गइएकोमा नेदरल्याण्ड पुगेर साहित्यिक गोष्ठी गरेको र सूर्य गिरी अध्यक्ष रहेका, युरोपका साथीहरू भेटिएका, सूर्यका परिवारले रेस्टुरेन्ट चलाएका र कविगोष्ठी चलाएर मिठाई खुवाएका , कविता गीतको साथमा समीक्षा गरिएको भन्दै कवि लेख्नुहुन्छ –
हामीलाई दिएको यो आतिथ्य अभिलेख भो
धन्य हो सूर्यको ज्योति नेदरल्यान्डभरी छ यो
पृष्ठ १३२
हरियो रुख – यसमा किवले रुखलाई बिम्बक बनाएर मानव प्रवृत्तिलाई प्रष्टयाएका छन् र प्रगतिको नाममा मान्छे नमार भूकम्प र महा भूकम्पको अगाडी ठूलो मानिस भए पनि माखै हो भन्ने सन्देश प्रवाह भएको छ  
हरियो रुखमा सुकेको पात
मृत्युको मुखमा मान्छेको जात
उही हो विरुवा उही हो थाँक्रो
आफैले खान्छ भएजति काँक्रो
पृष्ठ १३३
पकृतिलाई दोष दिन सकिदैन । चुनाउमा भोट मागिन्छ । जित्नेवालाले राज गर्छ । सत्य र न्याय पेवा बनाउँछ । यस अवस्थामा सके प्रतिरोध गर्ने हो । रोयर बस्ने हैन । गति सबैको यही हो । प्रगतिको नाममा मानिस नमार । कवि भन्छन् काटमार गरे पनि रुख (मानिस) रुखै हो । आफ्ना जातले आफैलाई काट्ने हो । भू कम्प र महाभूकम्पको अगाडी ठूलो मान्छे भए पनि माखै हो, पातलाई शिशिरले सुकाउँछ यसरी जाडो मौसममा तिमी सुकेका रुख हौ । उखेलिएपछि हरिया नै रहिरहन चाहेमा कविता लेखे झै सिर्जना गर अर्थात सिर्जनाले सबैलाई अमरत्व प्रदान गर्छ भन्ने कविको धारणा छ ।
जापानको भूकम्प–
अनेसास भयो सेतु घुम्न जापानमा गयौं
खुकुरी धारमा राखी बाँचेर घर फर्कियो ।
श्लोक ८, पृष्ठ १३५
जापानको मध्य रातको  पराकम्पनले उठेर भाग्न परेको, भाग्नु भन्दा पहिला नै पराकम्पन भागेको । जापानमा पराकम्पन आई रहने तथा भूकम्प गै रहने । यस्तो अवस्थामा रातकाट्न मुस्किल भएको धारणा आएको छ कवितामा ।
भूकम्प– यो कविता यस कवितासङ्ग्रहको अन्तिम कविता हो । यस कवितामा कविले भूकम्पको विनाशको साथै राजनीतिक अवस्थालाई पनि जोडेको पाइन्छ ।
हल्लियो पृथिवी सारा, भूकम्पीय प्रकम्पले
केन्द्र नेपाल पारेर, नेपालीमा प्रपञ्चले ।
श्लोक १, पृष्ठ १३६,
यस अवस्थामा ताप्लेजुङ्मा लगायत धेरै ठाउँमा पैह्रो गएको भए पनि म्याग्दीमा भने तर्कियो । जोखिमयुक्त बस्तिहरू सार्नु पर्ने थियो  वास्ता नगरिएकोले धेरै बगे ।भूकम्पले यथास्थिति भत्काए पनि यो परिस्थिति मिलाउन चार दललाई भने जोड्यो । परिस्थिति प्रतिकुलअवस्थामा सबै मिल्न पर्ने संदेशको साथै कवि भन्दछन् –
कल्पना देवी कोटीकी सिर्जना र विनाशकी
देखी छक्क परेको छु देवी विध्वंस सृष्टिकी
श्लोक ६
नेपालमा भूकम्प जानुको कारणमा चाइना र भारतीय प्लेटको जुधाई हो । तर कविले यो जुधाइलाई भूकम्पसँग मात्र सीमित नराखी संविधान निर्माणमा वाम र दक्षिणको युद्ध भएको कुरा, जनयुद्ध सम्बन्धमा कवि यसरी प्रस्तुत भएका छन् –
जनयुद्ध थियो ताप काल त्यो भूमिको गति
टक्कराए यहाँ आई गले नेता भए जति
श्लोक ८, पृष्ठ १३७
तापबाट डल्लिएका नेताले १६ बुँदे सम्झौता गर्नु, एन्टिभाइरसलाई विधानमा व्यवस्थित गर्नु भन्दै कविले शत्रुबाट सतर्क रहनपर्ने धारणा राखेका छन्–
शत्रु सानु हुँदैहुन्न किल्ला ठूलो बनाऊ है
नेपाल मूल भूमि हो अजरामर  पार है
श्लोक ११, पृष्ठ १३७
 नेपालका पार्टी फुटसँग कविको धारणा–
भूकम्पले चिरेका छन् ,कुनै पार्टी विशेषले
जनतालाई फुटे होलान् कुनै वर्ग विशेषले
श्लोक १२
कवि भन्दछन् जातले मात्र बन्दैन पहिचान चाहिन्छ र पुनर्निमाणमा लाग्नु पर्छ । पुनर्निमाणबाट नयाँ नेपालको निर्माण हुन्छ यसको लागि राहत दिनु पर्ने हुन्छ ।
नयाँ नेपालको बारेमा कवि भन्दछन्–
जे हुनु भैगयो भूत,भविष्य पूर्ण राख हे
नयाँ नेपालको झण्डा विश्वमा गाड्नु पर्छ हे ।
श्लोक १५, पृष्ठ १३७
भूकम्प कृतिका कविताहरूको भावसार मैले माथि पस्कने कोसिस गरें ।कविता विविधताले सजिएका छन् । यी कविताले ओगटेको क्षेत्रको बारेमा मलाई भूमिकाकार प्रा.डा. कविलदेव लामिछानेले लेख्नु भएका धाराणालार्ई यहाँ प्रस्तुत गर्न मन लाग्यो – प्रा.डा. कविलदेव लामिछानेले लेख्नुहुन्छ 'यस संग्रहका कवितामा मुख्य तया स्वदेशको अनुराग आप्रवासको भोगाइको अभिव्यक्ति छ । समकालिन विश्वबोध र युग बोधको अभिव्यक्ति छ । आत्मपहिचान र स्वतन्त्रताको खोजी छ । आप्रवासनका भौतिक सम्पन्नता र स्वदेशको अभावको चित्रण छ नेपाली जाती भाषा साहित्यप्रतिको लगाव, निष्ठा र आत्मियताको प्रकटीकरण छ । यसको अन्तरर्वस्तु र भाषाशैलीमा पनि सवल रूपमा सलबलाएको छ ।'(पृष्ठ च)  छोटो, मिठो र सार्थक धराणा यहाँ अएको छ । यो कवितासङ्ग्रह भित्रका कवितामा के छ भन्नु भन्दा पनि के छैन भन्न मनलाग्छ ।
लय– छन्दतिर मेरो अध्ययन नभएकोले यस कृतिभित्रका छन्द सम्बन्धमा म लाग्दिन तापनि डा. लामिछानेज्यूले औंल्याएका छन्दमा अनुष्टुप,शिखरिणी र भुजङ्गप्रयात छन् । यसरी हेर्दा होमनाथजीको यो सङ्ग्रह छन्दलय र मुक्तलयमा सिर्जना भएको छ ।
भाषा शैली– भाषा सरल छ । स्थानीय भाषा(भाषिकाको)प्रयोग भएको पाइन्छ । सुवेदीजीले डायस्पोरिक भाषा भन्न रुचाउनु हुन्छ । कहीं कहीं अंग्रेजी मिसिएको छ । समग्रमा सबैको लागि ग्राह्य हुने भाषा प्रयोग भएको भन्न सकिन्छ । प्रस्तुती पनि राम्रो छ । कतै कतै संक्षिप्त शन्द प्रयोगमा आएका छन् जस्तै अनेसास । कवितामा बिम्ब, प्रतीक, अलङ्कार, मिथक, उखान टुक्रा आदिको प्रयोगले गर्दा कविताहरू रसिला बनेका छन् ।
शीर्षकी करण –विश्वव्यापी विनाश निम्त्याउने भूकम्प, जस्ले नेपालमा वि.सं. २०७२ साल वैशाख १२ गते ठूलो धनजनको क्षती पु¥याएको थियो । यीनै भूकम्प र पराकम्प सम्बन्धि कविताले सजिएको कृतिको नाम 'भूकम्प' राखिएको हुँदा शीर्षक सार्थक छ ।
अन्त्यमा सबै कविताको सारभाव माथि आइसकेको छ । सुवेदीजीको डयस्पारिक साहित्यतिरको झुकावलाई जति वर्णन गरेपनि कमि नै हुन्छ । उनको नेपालतिरको प्रेम पनि गाढा छ । लोकतन्त्रतिर गहिरो झुकाव छ । पुन एक पटक प्रा.डा.कपिलदेव लामिछानेको धारणालाई यहाँ पस्कदै, होमनाथ सुवेदीजीको साहित्यक यात्राको निरन्तरता, दीर्घआयु र सुस्वास्थको कामना गर्दै विदा चाहान्छु –    'भाषाका निखरपना भन्दा युगानुकुल र आवश्यक्ताअनुसार, जुनसुकै भामषाका शब्द लिएर नेपाली भाषाको भण्डार भर्नुपर्ने उनको मान्यता रहेको देखिन्छ ।'