परिवर्तन सदानन्द अभागी भूमिपालले लक्ष्मीमायालाई विवाह गरेको पच्चीस बसन्त वितिसकेको छ। लक्ष्मीमायालाई भूमिपालले वडो धुमधामसँग, नौमती बाजा बजाएर, तीन नाल बन्दुककरु पडकाएर, तामदानमा सजाएर, घोडाको लस्कर लगाएर देउराली र कुललाई ध्वजा चढाएर, इष्टमित्र सबै बोलाएर, सुरिलो गीत गाएर फुर्तिलोसँग नाचेर, आफनो झोपडीमा घुम्टो उघारेको थियो । बास्तवमा सामाजिक परिपाटीले उसलाई राम्रै सताएको थियो। यो विवाह उसको लागि निकै महगो थियो। जे होस्, उसले आफ्नो जीवन साथी राम्ररी भिउन सफल भयो । यो वैवाहिक कर्ममा मात्र उसले समय दिएर मात्र पुगेको थिएन। यति बेला देश |
March 26, 2012
परिवर्तन
परिवर्तन
परिवर्तन सदानन्द अभागी भूमिपालले लक्ष्मीमायालाई विवाह गरेको पच्चीस बसन्त वितिसकेको छ। लक्ष्मीमायालाई भूमिपालले वडो धुमधामसँग, नौमती बाजा बजाएर, तीन नाल बन्दुककरु पडकाएर, तामदानमा सजाएर, घोडाको लस्कर लगाएर देउराली र कुललाई ध्वजा चढाएर, इष्टमित्र सबै बोलाएर, सुरिलो गीत गाएर फुर्तिलोसँग नाचेर, आफनो झोपडीमा घुम्टो उघारेको थियो । बास्तवमा सामाजिक परिपाटीले उसलाई राम्रै सताएको थियो। यो विवाह उसको लागि निकै महगो थियो। जे होस्, उसले आफ्नो जीवन साथी राम्ररी भिउन सफल भयो । यो वैवाहिक कर्ममा मात्र उसले समय दिएर मात्र पुगेको थिएन। यति बेला देश आन्दोलित थियो । जनताका रौं ठाडा भएका थिए । विद्यार्थी देखि जनतासम्म एकाबिहा नै सडकमा उत्रेका थिए। मुखिया तथा जिम्वाल बाले आन्दोलनकारीहरूलाई मीठो स्वरमा लरक्क पार्र्दै, आन्द्रा भूँडी दुहेर पुलिसको खोरतिर पठाउँदथे। मुठ्ठीभर अराष्ट्रियतत्व भन्ने शव्द निकै प्रचलित थियो। आन्दोलन कारीहरूलाई मुठ्ठीभर अराष्ट्रियतत्व भन्दै समातेर आन्दोलन कुल्चनुलाई बहादुरी सम्भि्कइन्थ्यो। यस्तै यस्तै रूपमा देश अघि वढेको थियो । नव दुलहादुलही, नयां जोस, देशमा बलेको आन्दोलनको आगोले भूमिपाल र लक्ष्मीमायालाई पनि तताएको थियो। दुवै आन्दोलनको भुङ्ग्रोमा होमिएका थिए । आगो बल्दैगयो । भूमिपाल र लक्ष्मीमाया पनि आफ्नो पूर्ण ताकत लगाएर आगोमा घिउ थप्दै गए । यो आगोको रापलाई सहन सकिएन र जनमत सङ्ग्रहको घोषणा भयो । आन्दोलनरूपी आगोको ज्वाला मत्थरींदै गयो। पञ्चशक्तिको सूर्यको प्रकाशले पहेलो पुन्जलाई सिन्दूर पहिराइ दियो। अवत पहेंलो सारीको सिउँदोमा सिन्दूरको टिकाको लाली टल्केको थियो तर यो ऐभाँतलाई जनता, भूमिपाल र लक्ष्मीमायाको लागि स्वीकार्य थिएन। भूमिपाल र लक्ष्मीमायाले एकतन्त्रीय शासनबाट गरिबको उत्थान हुन्छ भनेर कहिल्यै विश्वास राख्दैनथे। यी दुई आत्मा पूर्ण प्रजातन्त्रको लागि राजनीतिमा होमिए। ओठ निचोरे दूध आउने बेला देखि नै यी दुबै जनआन्दोलनमा लाग्दा मुखियाबाले धेरै सम्झाए तर भूमिपाल र लक्ष्मीमाया मान्ने वाला थिएनन् । किन हो किन मुखियाबाको यी दुवै प्रति आदर जाग्यो। त्यसो हुँदा उनको कुरा नमाने पनि मुखियाबाले पुलिसको खोरमा यी दुवैलाई पठाउने साहस भने कहिल्यै गरेनन् । विवाहको दुई बसन्त पुग्न लागेको के थियो, लक्ष्मीमायाले एकै वेतमा तीन छोरा जन्माइन् । बालरविको प्रकाशले सुनौला रङ्ग छरे जस्तै यी तीन भाइ छोराले भूमिपालको घरलाई सुन्दर बनाएका थिए। तिनको रुवाइ त सङ्गीत बन्दथ्यो । घरै गुञ्जायमान भएर जान्थ्यो । यो गीत रोक्न लक्ष्मीको छातीको सामर्थ्य थिएन । एकातिर हर्षको सीमा छैन। अर्कोतिर आमाको छातीले बच्चाथाम्न नसके पछि, भूमिपाललाई ठूलो समस्या आइपर्यो । उनी छटपटिए। अब धेरै दूध दिने भैंसी या गाईको आवश्यकता थियो । उनको हातमा एक सुका थिएन। तीन भाइ छोरा धान्ने भैसी मुखियाबाको घरमा भरखर मात्र ब्याएका थिए । एकातिर लैनू भैसी बिना पैसा कसरी दे भन्ने, यदि बिना पैसा नदिए के गर्ने? अर्कोतिर राजनैतिक मर्यादालाई कसरी बचाउने । ऊ धर्म सङ्कटमा पर्यो। आखिर भूमिपाल मुखियाबा कहाँ जानु नै उचित सम्झो । उसलाई थाहा थियाे मुखियाबा व्याजका लोभी छन्। डिक राखेर मात्र ऋण दिन्छन्। ऋणखानु भनेको घीन हो । यो घीनको लागि मित्र भन्दा शत्रुकहाँ जानु नै बेस भनि भूमिपाल मुखियाबा को घरमा लुरुलुरु गयो। गरिबको दुःखको गौडो कुरेर वस्ने मुखियाबालाई यो जस्तो सुनौलो मौका के हुन्थ्यो र उनले पनि मीठो स्वरमा प्रश्न राखेः– "आज के को लागि भूमिपाल" भूमिपालले "एउटा लैनो भैंसी दिनु हुन्छ कि भनेर "आफनो कुरा राख्यो।" "भैसी रोजेर लैजा तर पैसा खुरमा गन्नु पर्दछ" मुखियाबाले सुनाउँदै थिए। भूमिपालले आफ्नो विबसता दर्शायो । खोलाखेत डिकराख्न तयार भयो । जनमत सङ्ग्रहको आलो घाउको खाता बसिसकेको थिएन। मुखियाबाले पुन कुरा थपिहाले –"मैलेमात्र सहयोग गर्ने त हो नि, तिमीहरूको सहयोग कहिल्यै पाउँदिन । भूमिपालले शीर झुकाउँदै "हजूरको बचन कहाँ काटेको हो र मौलिक हकको प्रयोगपो गरेको हो।" भन्दै थियो मुखियाबालाई झोक चल्यो। मौकाको फाइदा उठाइ हाले र उनको मुखबाट फुत्त निस्क्यो– "तिमी पाजी यस्तै भन्छौ र दुःखपर्दामात्र कपाल कनाउँदै आउँछौ । भूमिपाललाई यति वेला ठूलो सङ्कट परेको थियो। स्वाभिमानी आत्मा कताकता रोयो तर पनि उसले मुखियाबालाई आफ्नो आत्मरक्षाको लागि "सत्य कुरा त जहिले पनि त मानेकै नै छौ।" भनेर नम्र स्वरमा भनेको थियो। खोलाखेतजस्तो असल खेत डिक पाउँदा मुखियाबा किन चुक्थ्ये –"यस पटक जे भयो, भयो, अव फरक नपरोस्" भन्दै मुखियाबाले भूमिपाललाई रोजा भैंसी फुकाई दिए।" मुखिया त्यति बेला खाँटी व्यवस्थावादी थिए। उनी बोले पछि अड्डाअदालत कहीँ फरक पर्ने कुरै भएन । त्यसो हुँदा भूमिपाललाई मुखियाबाबाट खतरा पनि कम थिएन । के गर्ने मानिस परिस्थितिको दास हो। जे परे पनि सहनै पर्यो। भूमिपाल मुखियाबा कहाँबाट भैंसी ल्याएर गोठमा बाँध्न बाध्य थियो। भैंसी ल्याएर गोठमा बाँध्याे। तीन भाइ छोराको भूँडी सजिलै भरिने भयो र अव गीत सुन्न पर्ने भएन। छोरा जन्मेकाे छ दिन भयो। धुमधामले छैटी मनाइयो। दिन बित्ने क्रममा एघारौं दिन पनि बियायो। पण्डित आए न्वारान गरे। बालकको नाम कमलकान्त, अग्निधर र शान्तिनारायण राखियो। कमलकान्त सुधो बानीको थियो। अग्निधर अलि तेजिलो थियो र शान्तिनारायण शान्त स्वभावको थियो। यी तिम्ल्याहा छोराहरू दिन गन्दै अघि वढेका थिए। भूमिपाल र लक्ष्मीमाया पनि खुशी थिए। समय–चक्रको परिक्रमामा अघि वढ्दै जाँदा गरिबीले भूमिपाललाई निकै सतायो । भएको खेत डिकमा आम्दानीको श्रोत शून्य तर पनि भूमिपाल हरिप थिएन। ऊ कर्मको शक्त, विचारमा दृढ, नैतिकताको भकारी, अनुशासनको पूजारी, दृढताको प्रतिमूर्ती र राजनैतिक व्यवहारमा निश्चल थियो । गरिबीले जति सताए पनि उसले भावनालाई बचाएर नै राख्यो। प्रजातान्त्रिक आन्दोलनमा, सबै त्यागेर पनि ऊ सधै अग्रपङ्क्तिमा हुन्थ्यो। जन आवाज बढ्दै गयो, छयालीस साल लाग्यो । चलिरहेको व्यवस्थाको झण्डा फालियो र देशले नयाँ व्यवस्थाको झण्डा ओढ्यो। भूमिपाल र लक्ष्मीमाया साहै् खुशी भए। तीन भाइ छोरालाई स्नेहपूर्वक चुमे। ठूलो सास फेर्दै भनेका थिए "गरिबका दिन आए, कानूनी राज्यको स्थापना भयो, युवाहरूलाई रोजगारी देशमै हुने भयो, अब चाँडै नै देशबाट गरिबी हट्ने भयो," आदि आदिको आशाको पोको दुवैले बोकेर बसेका थिए। गास, वास, कपासको आपूर्तीको साथै भावी कार्यक्रमको बाटो कुरेका थिए। शुद्ध सास र स्वच्छ वातावरणको कल्पनामा डुवेका भूमिपाल र लक्ष्मीमायाले सारा आकाश नै आफ्नो सम्झेका थिए। अवत मुखियाबा को सेखी झर्यो होला भन्ने कल्पनामा उनीहरू डुबेका थिए। मुखियाबाको हली एकाबिहानै भूमिपाललाई बोलाउन आयो। भूमिपालको सबै आनन्द पानी पानी भयो । उसको निधार पसिनाले भरियो । उसलाई लाग्योः– "मुखियाबाले निश्चय पनि उसको घरखेत राजीनामा माग्न बोलाएका हुन्"। भूमिपाल यस्तै चिन्तामा डुब्दै मुखियाबा को घरतिर लाग्यो। मुखियाबाको घर पुग्दा नपुग्दा भूमिपालले देशको पुरानो र सबै भन्दा ठूलो पार्टीको ठूलो झण्डा मुखियाबाको आगनमा फहराएको देख्यो। मुखियाबाको वैठक कोठामा नेताको फोटो फूल मालाले ढाकिएको थियो। टेवुल फूलदानीले सजिएको थियो। फूलका माला र फूलका गुच्छाले कसैको स्वागतलाई पर्खि रहेको थियो। मुखियाबा अव त खाँटी बहुदल वादी पार्टीका कट्टर कार्यकर्ता भै सकेका थिए। उनमा ठूलो परिवर्तन आएको थियो। उनी निकै प्रसन्न थिए। भूमिपाललाई देख्ने वित्तिकै "जय नेपाल" भन्दै अङ्कमाल गरे। भूमिपालले " जय नेपाल" भन्दै , ऊ ठिङ्ग उभियो। भूमिपालका चञ्चले आँखा जिम्वाल बा को आगनमा पुगे। त्यहाँ पनि त रौनक थियो। जिम्वालबाको आगनमा आगनै ढाक्ने खालको अर्को पार्टीको झण्डा फहराइ रहेको थियो। उनको वैठक कोठामा नेताको ठूलो चित्र झुण्डिएको थियो। फूलका माला र फूलका गुच्छाले त्यहाँ पनि कसैको स्वागतलाई कुरिरहेको थियो। आज जिम्वालबाको जिभ्रोको टुप्पोमा "लाल सलाम" झुण्डिएको थियो। अघि पछि बोलाउने गरेका जिम्वालबाले त भूमिपाललाई कर्के आँखाले पनि हेरेनन्। हिजोका एकै खालका बाहरूको आगोपानी बाराबार भएको छ अरे । यसै क्रममा एक घर अर्को घरसँग, एक व्यक्ति अर्को व्यक्तिसँग, अर्म–पर्म, लेन–देन, विवाह, मर्दापर्दाको सहयोग आदि सबै काममा बारना चलि सकेको छ अरे । हिजोका व्यवस्थाका पूर्ण बफादार खाँटी बाहरूमा यत्रो परिवर्तन भूमिपाल अचम्ममा पर्यो र उसको मुखबाट निस्क्यो "बहुदल, आयो बहुदलीय आचरण आएन"। यता मुखियाबाले भूमिपाललाई भन्दै हुनुहुन्थ्यो –"म तिमीहरू र जनता भन्दा कहाँ ठाढा छु र भित्र भित्रै पार्टीलाई सघाएको थिएँ। तिमीहरूलाई पुलिसबाट बचाएको थिएँ। आन्दोलनलाई पूर्णसमर्थन गरेको थिएँ। त्यसैले त आज नेताजी पार्टी अफिस खोल्न आउँदै हुनुहुन्छ। पार्टी अफिस खोल्दा तिमीलाई कसरी नबोलाउने? मुखियाबा ले प्रश्न गर्दै हुनुहुन्थ्यो। भूमिपाललाई धेरै बेर कुर्न परेन। मुखियाबा कहाँ र जिम्वाल बा कहाँ नेताजीहरू आए। यी बाहरूले गलाभरिको फूलको मालाले स्वागत गरे। भूमिपालले राम्ररी हेरिरहेको थियो। नेताजी सरासर सोफासेटतिर लाग्नु भयो। ऊ आडैमा थियो तर नेताजीले भूमिपाललाई चिन्न सकेनन् । चिनुन् पनि त कसरी? भूमिपाल नेताजी भन्दा वरिष्ठ कार्यकर्ता थियो। उसलाई चिन्दा आसन ग्रहण गराउनु पर्दथ्यो। पार्टीको मुख्य पदमा बस्न आग्रह गर्नु पर्दथ्यो। भूमिपालको राजनैकि सकृयता, जेलपरेको, पुसिको पिटाइ खाएको, राजकाज अपराध ऐन अन्तरगतको मुद्दा चलेको, आदि आदि नेताजीको नजर वरिपरि घुमिरहेको थियो। भूमिपाललाई चिन्नु भन्दा नचिन्नु नै वेश थियो। यो कृयाकर्म कता कता नेताजीको राजनैति दरिद्रताको उदाहरण थियो। नेताजीले भूमिपाललाई नचिने पछि मुखियाबा साह्रै रमाए। अब त भित्रभित्रै मुखियाबाले एकछत्र कार्यकारिणीको चयन गर्न थाले। नेताजीले फूलको मालालाई मुसार्दै पार्टी कार्यालयको उद्घाटन गर्नुभयो। लामो भाषण गयो। मुखियाबा निर्विरोध पार्टी सभापतीमा चयन भए। भित्र भित्रै मुखियाबाले एकछत्र कार्यकारिणीको चयन गरिसक्नु भएकोलाई नै निर्बिरोध कार्यकारिणीमा चयन गरियो। भूमिपाल र उसका प्रतिबन्धित पालाका कार्यकारिणीका सदस्य सबै बाहिरिए। भूमिपाल एउटा छेउमा बसेर कार्यक्रम हेरिरह्यो। नेताजी बिदा भए पछि भूमिपाललाई अझै अचम्म लाग्यो । उसले सोचेको भन्दा फरक र यति चाँडै ठूलो परिवर्तन आएको थियो शनैः शनैः राष्ट्रिय चुनावको मिति घोषणा भयो। पार्टीहरूले आ–आफ्ना उमेदवारहरू खडा गरे। नेताजीले नै उमेदवारी पाउनु भयो । अव त भूमिपालको शक्त महसुस गरियो। मुखियाबा र जिम्वालबाका पार्टीको शक्त प्रतिस्पर्धा थियो । जनताले भूमिपाल र लक्ष्मीमायालाई खोजेका थिए। त्यसो हुँदा, भूमिपाल र लक्ष्मीमायाको सक्रियता नभए नेताजीको हार हुने निश्चित थियो । भूमिपाल र लक्ष्मीमायाको सक्रिय आत्मा मरिसकेको थियो तर पनि पार्टीप्रतिको लगावले गर्दा मनलागि नलागि चुनावको प्रचार प्रसारमा जुटे। आफ्नो मताधिकारको प्रयोग गरे। नेताजीले विजयको माला पहिरनु भयो। विजय जुलुस भयो। मुखियाबाको भुरि भुरि प्रशंसा भयो तर दुःख पाएका कार्यकताको नाम पनि आएन। भूमिपालले यो सोचिसकेको थियो। ऊ विजय भाषण हुँदा नहुँदा आफनो घरतिर लागि सकेको थियो । सिद्धान्तमा ऊ प्रतिवद्ध थियो। गलत मानिसलाई नेता चयन गरिएको महसुस उसलाई भयो तर के गर्ने कसलाई के भन्ने ऊ मुटु छामी छामी बस्यो। दिन यस्तै कर्ममा गुज्रँदै थियो। कहिलेकहीँ कसैै कसैले भूमिपाललाई "जय नेपाल" भन्दथे। "जय नेपाल |
March 21, 2012
पत्र–सञ्चयन एक अध्ययन, एक पत्र
|
'ममताको आँचल' नियाल्दा
कृति प्रकाशन
हालसम्म उनका कृतिहरू अध्यात्मिक ,िचन्तनका प्रथम पाइला (छन्दोबद्ध कविता २०६२), इजरायली भूमिमा नेपाली कलमहरू (संयुक्तसङ्ग्रह, २०६८) र ममताको आँचल (गीति कवितासङ्ग्रह, २०६८) बजारमा आइसकेका छन् भने विभिन्न विधामा उहाँका कलमले बिश्राम पाएको छैन।
पुरस्कार तथा सम्मान
उहाँ उत्कृष्ट महिला उद्यमी पुरस्कार २०५८बाट सम्मानित भैसक्नु भएको छ।सुन्दछु धेरै पुरस्कार प्राप्त गर्नु भएको अरे तर आधिकारिकरूपमा जानकारी प्राप्त गर्न सकेको छैन , त्यसो हुँदा यहाँ प्रस्तुत गर्न पनि सकिन।
कृतिको संरचना
'ममताको आँचल'को निमार्ण ममता र आँचल दुई शब्दको संयोजनबाट भएको छ। नेपाली बृहत शब्दकोशमा ममता भन्ने शब्दको अर्थ खोज्यो भने मम मेरो भन्ने भाव, विशेषता वा समझ, स्नेह, अनुराग, माया, मनमा हुने कुनै प्रकारको मोह वा लोभ, म ठूलो हूँ भन्ने अभिमान, घमNड भन्ने अर्थ्याएको पाइन्छ, यसरी नै आँचलको अर्थ सारी, दोपट्टा, छेउको भाग, सप्को, पछयौरा, विवाहमा लग्ने गाँठो पार्ने कपडा भनेर लेखेको पाइन्छ। साधारणतय आँफूआफूले बुझ्ने क्रममा कवियित्रीले जुनभावमा कविताको नामाकरण गरे पनि मेरो बुझाईमा र कविताको अध्यन गर्दा कविताले पोखेका भावलाई केलाउँदा उनले रचेका कविताले देशप्रतिको माया ममताले विशाल क्षेत्र ओगटेको छ त्यसो हुँदा मैले यसको अर्थ मायाको सप्को या मायाको लग्ने गाँठो भन्ने लगाएँ। यस कविता सङ्ग्रहमा ४५वटा गीतिकविता समायोजन गरिएका छन्। प्रकाशक रामजीप्रसाद पौडेल हुनुहुन्छ। किताप वि.सं. २०६८ कार्र्तिक १ गतेमा प्रकाशन भएको र मूल्य दक्षिण पूर्ब एसियामा ने.रु.१२५/– युएस् डलर १५, सेकेल २५ राखिएको छ। समर्पण पनि गद्यकविताबाटै रचिएको छ। कवियित्रीले 'स्मृतिमा' शीर्षक दिएर विद्वान आचार्य गुरुवर स्वामी श्री जगन्नाथ शर्मा कँडेल र हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश श्री १०८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको स्मरण गर्नु भएको छ र “अध्यात्मिक चिन्तनको प्रथम पाइला” मा जगन्नाथद्वारा लिखित दुई पंक्ति पनि यसमा समावेश गर्नु भएको छ –
सुमत्रिा झै सुमित्रा हुन,सुमित्रा पुत्र ल73मण!
बनुन् गर्दछु यो भक्ति श्रीरामा प्रभुमा मन!!
प्रकाशकीयमा रामजीप्रसाद पौडेल लेख्नु हुन्छ –'उनीले भन्ने गर्थिन संघर्ष नै जिउनको सार्थकता र सफलता हो।' हुन पनि मैले अध्ययन गर्दा उनका कवितामा संघर्ष शब्द व्यापकरूपमा प्रयोग गरेको पाइन्छ जस्तै–
असल गर्दा परेनी विध्न लडेर मर्ने छु
संघर्षित जीवन उत्रेको भाव यात्राले भर्ने छु
(पृष्ठ ८८ ,जीवनको यात्रा)
दुख र सुख अमूल्य पथ जीवन ज्योति हो
संघर्ष गरी खुसीले बाँच्नु त्यही नै जाती हो
(पृष्ठ ३९, समर्पण)
ममताको आँचल नियाल्दा शीर्षक दिएर डा. बमबहादुर थापा जितालीले राम्रो विवेचना सहितको भूमिका लेख्नु भएको छ उहाँले लेख्नु भएको भूमिकाको उपशीर्षक परिचयका केही शब्द हेर्यौंय–“कवियित्री सुमित्रा पौडेलको वास्तविक परिचय लोकछान्दिक, शिल्पसाधना, समसामयिक भावधार, स्वच्छन्दवादी भाववाहमा विदेशिन बाध्य नारीको मनोदशा झल्किएको पाइन्छ भने यही ममताको आँचल भित्र उनको सासामयिक काव्य चेतना मूल्य र मान्यताका विशेषता पाइन्छन्।”ममताकी खानी सुमित्रा शीर्षक दिएर अनेसास च्याप्टरका अध्यक्ष कथाकार साहित्यकार कृष्णपक्ष थापालेख्नु हुन्छ –
'बादल उठी आकाश ढाक्यो मेघ पनि गर्जियो।
थिएन ओत ढाकियो देश असिना बर्षियो ।।
सुन्दर अभिव्यक्ति सहित प्रेम, सौन्दर्य, मातृत्व वियोग, विवशता, राष्ट्रप्रेम विद्रोह जस्ता सबै खाले विषयहरू समेटिएका छन्।' हरि मानन्धर विवश सचिव अनेशानn] लेख्नु हुन्छ –'हजार सलाम छ एउटी नेपाली नारी जो इजरायलमा बसेर परिवारको लालनपोषणसँगै नेपाली साहित्यलाई उजागर गर्नु भएको छ।' 'शुभ कामनाको' शीर्षकमा साहित्यकार दिप्स शाहले लेख्नु हुन्छ–'विशेष दिदीको लेखाईमा सार भनेको आध्यात्मिक चिन्तन र देश प्रेम नै भेटेको छु मैले।' 'मेरो अन्दाजको सार्थकता' शीर्षक दिएर इराकबाट देवबहादुर थापा लेख्नु हुन्छ –'परदेशी जीवनमा व्यस्तताको वावजुद पनि एक्लोपनमा अधैर्य मनबाट उब्जिएका अनगिन्ती भावना र अनुभूतिहरूको सँगालो हो ममताको आँचल।' 'संघर्षको अर्को नाम सुमित्रा' शीर्षक दिएर यु. एन. मिसन, लिवियाबाट केशव बाँसतोला लेख्नु हुन्छ – 'उनको यो दोस्रो कृतिको रूपमा रहेको ममताको आँचल उनको साहित्यप्रतिको अनुराग र निरन्तर लगावको एउटा प्रकाश हो। 'ममतामयीको ममतामा रमाउँदा' शीर्षक दिएर भगवती वस्नेतले लेख्नु हुन्छ –'आमा मानव जीवनकी स्रष्टा हुन्, आमा धर्ती हुन्, जसले निजलाई आफ्नो गर्भमा राखेर जीवन अंकुराउँछिन्, दया करुणा र वात्सल्य आमाका स्वभावगत गहना हुन्। यिनै गहनाले सुसज्जित सुमित्रा दिदी.......एक सकृय लेखिका हुनुहुन्छ।'
आफ्नै मनको कुनाबाट शीर्षक दिएर स्वयम् कवियित्री लेख्नु हुन्छ –'जीवनलाई अहिलेसम्म हेर्न नसकेको कोणबाट मज्जाले हेर्दै छु यतिखेर।' सुमित्राजीले मुनामदनबाट प्रभावित भएर साहित्यिक पथमा लम्केको भावना प्रकट गर्नु हुन्छ र साहित्य अनुरागी भने सानैबाट भएको अनुभूति हुन्छ उनमा । यसकृतिमा ३८पृष्ठको स्थान भूमिका शुभकामना र आफ्नै मनको कुराबाट भरिएका छन्। गहन अध्ययनमा जाँदा उनको बारेमा लेखिएका बाक्यहरूलाई विश्लेषण गर्योट भने पनि एउटा किताप नै तयार हुन सक्छ।
कवितासङ्ग्रहको विवेचना
माथी भनि सकिएको छ कि यस सङ्ग्रहमा ४६वटा कविताहरू समायोजन गरिएका छन्। कविता एकसे एक भावना संवेदना र राष्ट्रिय चिन्तले भरिएका छन्। यी सबैको प्रस्तृत चित्रण कविताहरू लोकलयमा रचिएका छन्। गीति कविता भएकोले सबै गाउन सकिने छन्। कविता विविधताले भरिएका छन्। सबै कविताका शीर्षकहरू अभिधात्मक, विचारको संकेत उद्घाटक र परिसूचक, कवितामा राष्ट्रप्रतिको दृष्टिकोण प्रवल, विदेशको पीडाले छटपटी, देशप्रतिको मायाप्रेम, छोराछोरी र परिवारतिरको चिन्ता, देशले भोग्न परेको द्वन्द्व,आदि विषयलाई समेटेर, विविध भावनाहरूलाई सलल बग्नेगरी रचिएका छन् कविताहरू। साहित्यमा प्राकृतिक छटाको बर्णन पनि कम छैन जस्तै–
एकान्त वनमा फुलेर फूल सिंगार्छु समाज
पोषिलो बन्यो खसेको आँसु काँडाको यो माझ
पृष्ठ ४२
हुनत इजरायल एकान्त वन हैन, विकसित देश हो तर कवियित्रीको मनमा परदेशमा बसेर,तथा फुलेर पनि नेपालको समाजलाई सिङ्गारने धारणा राख्नुहुन्छ। मातृत्वको सम्झनाले पोखेका अभिव्यक्तिले उनको कृतिको उच्चाइ राम्रैसँग उठाएको छ। विदेशी भूमिमा बसेर भोग्न परेका पीडालाई केलाउँदा अति मार्मिकरूपमा हामीले मनन गर्न सक्छौ। विदेशीनु वाध्यता हो, विवशिता हो, घर फर्कर्ने असीम धारणा छ तर केगर्नु गरिबीको भेल यति भयानक छ त्यो भेल तर्न सकिदैन, यदि तर्न सफल भए पनि गास बास कपासको कुनै आधार छैन b]zdf । जसको कारणले भित्र बलेको आगाको ज्वालालाई वन डढेको सबैले देख्छन् भने मन डढेको कसैले देख्दैनन् भन्ने उखानलाई चरितार्थ पारेको छ। मनको वह कतै न कह भने जस्तै यहाँ पोखिएका शब्द यति मार्मिक छन् त्यसलाई कमलो मनवाला व्यक्तिले पोख्न सक्दैन कवियित्रीका मार्मिक अभिव्याक्तिलाई कवियित्रीले यसरी पोखेकी छन् –
फर्कन्थे घर बढ्दै छ भेल कसरी तरु म
आधार छैन गास र बासको के वयान गरुँ म
बल्दैछ भित्र आगाको ज्वाला देखाउँ कसरी
छैटौं र दिन यै लेख्यो भाग्य मेटाउँ कसरी
पृष्ठ ४४
माथीका पंक्तिहरूलाई केलाउँदा कवियित्री कर्मवादीमात्र नभएर भाग्यवादी पनि देखिएकी छन् तर भाग्य छ भनेर डोकामा दूध दुहेर कहाँ अडिन्छ र। कर्मगर्दामात्र भाग्यले साथदिन्छ। आमा र छोरी बीचको सँवादमा कवियित्रीले मार्मिक व्यथालाई समायोजन गर्नु भएको छ। उहाँका प्रस्तुति आत्मपरक शैलीमा प्रस्तुत भएको पाइन्छ। छोरीको विलापलाई आत्मसाथ गर्दै आमा विदेशीन बाध्य भएको छोराछोरी को भविष्य सुधार्न नै भन्ने कवियित्रीको धारणा यसरी प्रस्तुत भएको छ –
हे प्यारी छोरी नभन त्यसो निष्ठुरी छैन मन
भविष्य तिम्रै सोचेर आएँ सुखलाई हैन धन
विषयबस्तु तथा भाव विधान : –
बास्तवमा कुनै कुरा सुन्नमा आयो भने जानकारी हुन्छ। त्यो बस्तुलाई देख्न पाइयो भने विश्वास गरिन्छ र प्रयोगमा ल्याइयो भने व्यवहारमा उतार्न सकिन्छ। सुमित्राजीका कवितालाई मनन् चिन्तन् गर्दा व्यवहारिक छन् भोग्य छन् समाजपरक छन्। उनका कवितामा प्रबृतिलाई समाएर, प्रकृतिमा सजाएर, संस्कृतिलाई भावनामा बगाएर, राष्ट्र, राष्ट्रियभावनालाई फुराएर, राष्ट्रिय अखणडतालाई ध्यान दिएर, मानव स्वाधिनतालाई सुदृढ पार्ने धारणा राखेर बर्तमान आर्थिक, राजनीतिक र सामाजिक यथार्थतालाई केलाएर विकृति विसङ्गति, अन्याय अत्याचार दुराचार, भ्रष्टचार र द्वन्द्वलाई समेटेर आफ्नो आवाज बुलन्द पारिएका छन्।
कवियित्रीको राष्ट्रवादी चिन्तनका केही उदाहरण हरूः–
विश्वको सामु त्यो सगरमाथा हसाउँ विहानै
बुद्धको देश एकादेश कतै नबनोस् विरानै
लाग्दैन विरानो, पृष्ठ १०३
पुर्खाकोे त्योे इतिहास जोेगाउनुपर्छ
संसारको सामु त्यसले हाम्रो गौरव बढ्छ
मेरो देश, पृष्ठ १११
मुटुमा छ नि देशकोे माया कहिल्यै मर्दैन
प्यारा मारेर मर्दैन
श्रीमती, मायाले भन्छिन् पृष्ठ १२६,
कवियित्रीको प्रेमप्रणयका चिन्तनका केही उदाहरण : –
श्रृङ्गाररसेकोे महत्व गहन हुन्छ। श्रृङ्गार विनाकोर् साहित्य खल्लो लाग्दछ। सुमित्राजीको कवितामा पनि प्रेमप्रणयका कुृराहरू पाइन्छन् तर उच्छृङ्खल नभएर सुललित, मर्यादित खाले पाइन्छन् जस्तै
सुन्दर लाग्छ सृष्टिको लाली जगत सुहाउने
नारी र पुरुष भमरा फूल संसार भुलाउने
पृष्ठ ८०, प्रेम गाथा
आँखामा आँसु लिएर चिनो मर्दलेे नबसेे
प्रेमको हीरा यो टुट्ने छैन अवश्य फर्कन्छे
पृष्ठ ८१, प्रेम गाथा
प्रेेमको परिभाषा व्यापक छ। प्रेम भनेको रतिरङ्गमात्र हैन। राष्ट्र–प्रेम भातृ–प्रेम, मातृ–प्रेम मानवले मानवप्रति गरिन माया ममता आदि सबै कुनै न कुनैरूपको प्रेम हामीले पाउँछम्। भनिन्छ घृणामा पनि मानिसको एक छेउमा प्रेमले स्थान लिएको हुन्छ भने सुमित्राका कवितामा हामीले, प्रेममा विविधता देख्न पाउँछौं। मातृत्वप्रेम, राष्ट्रप्रेम इष्टमित्र दिदीबहिनीप्रतिको प्रेम, पतिप्रेम साहित्य कलासंस्कृतिप्रतिको प्रेम, मातृभूमिप्रतिको प्रेम, प्राकृतिक सम्पदाप्रतिको प्रेम आदि प्रेमको भावनाले ओतप्रोत भएका कविताहरू पाउँदछौं जस्तै
बाबाको साथ तारा र जून छन् तिम्रा साहारा।
सकिन दिन मातृत्व छाया माया छ अपार।।
पृष्ठ ६४, ममताको आँचल
सुनौलो ठाउँ रमाइलो गाउँ छाडेर म आएँ।
शिरको फूल त्यो झर्न नदिई त्यसैमा रमाए।।
पृष्ठ १०४, म हाँसिरहेछु
रोपेका फूल फुल्ने छ भोली,लिने छौं सुवास।
झरेनी पात पलाउँछ मुना नमान उराठ।।
फाट्दै छ बादल उज्यालो दिन जुनेली रातको।
मीठो छ खाली पेटमा सिता राखेनी पातको।।
तिम्रो सम्झनामा पृष्ठ ७६
कवियित्री र नारीवादी चिन्तनः–
सुमित्रा कवियित्री भएर होला भनौ या आजको जमनामा समता मुलक समाजको निर्माणको महसूस गरेर हो, उनका किवतामा नारीवादी चिन्तनको गहिरो छाप छ। 'नारी तिमी को हौ?' भन्ने कविताले नारी धर्ती, आकाश, कालो बादल, आभास, समुद्र, पहाड, सुन्दरता, उजाड, छहरा, फूल, संसारको मूलखम्वा, आमा,आदि सबै नै नारी हुन् भन्ने अभिव्यक्ति पोखेको छ जस्तै –
आकाशको तारा तिमी
धरतीकी पानी,
समुद्रझै दिल तिम्रो
मायाकी हौ खानी
देश निमार्णको लागि नेपाली नारी र नेपाली आमाको गौरव बढाउनुप्रने धारणा उनका कवितामा हामीले पढ्न पाउँछौं।
स्व. रीनाको सम्झनामा, परदेशिएकी आमासँग छोरीको गुनासो, आमाको सम्झनामा , रुदैछिन् आमा, नारी तिमी को हौ?, नेपाली आमा कविता मा नारीप्रति पोखिएका नारी आवाजहरूमा नारीको जीवन्त चित्रण देख्न पाइन्छ।
देश द्वन्द्व र कविता सङ्ग्रह –
आज देशले भोग्न परेको द्वन्द, अर्थिक संकट, बेरोजगारी नेतृत्वकोे उदाशिनता शान्ति सुरक्षाका राजनीतिक अस्थिरता नेताहरुको दुई जिब्रे बोली बारेमा साहित्यकारहरूले मार्मिकरूपमा आफ्ना भावनाहरूलाई पोखेको पाइन्छ। यहाँ सुमित्रा पनि यस प्रकारको चित्रणलाई समेट्न सफल देखिनु भएको छः –
बुद्धको देश नेपाल हाम्रो के भयो आज यो
अहिंसा बढी शान्तिको दीयो त्यो किन निभिगो
पृष्ठ ५० बुद्धको देश नेपाल
मैले भन्ने गरेको छु कि जुनदेशका युवायुवतीको पलायन हुन्छन् बृद्धहरूले आँगन कुर्छन् भने त्यो देश अपाङ्ग बन्नजान्छ। खेतीयोग्य भूमि बाँझो बन्न जान्छ। यसमा कवियित्रीको धारणा पनि यस प्रकार छ –
गुमायो सारा देशले आज युवाको पसिना।
ती पाखा बारी उराठ होलान् श्रमको खाँचोमा।।
छन्द र लय विधानः–
छन्द र लय विधानमा सुमित्राको आफ्नै धारणा अनुसार लोकलय(मुनामदनको लय) बाट प्रभावित भएको त्यसै अनुसरण गरेको भन्ने यथार्थतामा पनि लोकलयले पूर्ण स्थान ओगटेको देखिन्छ। कवितालाई जीवन्त बनाउनको लागि बिम्ब, प्रतिक, अलंकार, भाषाशैलीको पनि अहम् भूमिका हुन्छ। उनका कवितामा घाम, जून, झरी बादल, नदी, बाटो, पहाड, सुन,चाँदी, हीरा, मोती, माटो, अँध्यारो, उज्यालो आदि विविधखालेे बिम्ब र प्रतिकको प्रयोग गरेको पाइन्छ। भाषशैली अति सरल सरस, लयात्मक र अर्थपूर्णरूपमा प्रस्तुति गरिएको पाइन्छ।
अन्तिममा कवियित्री सुमित्रा पौडेेलको यो गीति कविता सङ्ग्रहले नेपाली साहित्यमा एउटा दर्बिलो इटा थपेको छ। कविता सङ्ग्रह पठनीय छ, गीतकारहरूको लागि अनुकरणीय छ। सुन्दर कृतिको लागि सुमित्राजी धन्यवादकी पात्र हुनु हुन्छ। मेरो तर्फबाट कवियित्री प्रति केही भावना कविताबाटै पोख्ने अनुमति चाहान्छु –
धन्य हौ तिमी सुरिलो स्वर विदेशी भूमिमा
गुञ्जायमान गदैछौ आज बिगुलको ध्वनिमा
नेपाली मन जहाँकहीं हुन्छ नेपाल झल्किन्छ
त्यो श्रमशक्ति लगानी गर्दा ढुङ्गा नै पग्लिन्छ
अन्तर्मनका चित्कारहरू हिमालमा ठोकिन्छन्
वेदनाभाव जे जति हुन्छन् मनैमा बोकिन्छन्
लेखनी तिम्रो दर्बिलो रैछ ती वेदना पोखन
मातृत्वभाव झल्कदो रैछ वोधगम्य जोखन
श्रमले रेत हरियो पार्ने खुबी त्यही नै पाइन्छ
त्यै खुबी सिके दायित्व बुझे यहीं काम पाइन्छ
कविता पढे अत्यन्तै गढे करुणा रसैमा
संसारिक जीवन यस्तै नै रैछ कोही छैन बसैमा
कविता लेख्दा मार्मिक भाव पोखेर लेखिछ्यौ
शीर्षक छान्दा संसारै अट्ने शब्द नै देखिछ्यौ
प्रगाढ बन्छ साहित्यिक यात्रा साधनारतमा
अर्को कृति पाउने छु पढ्न आनन्द साथमा
March 15, 2012
बढ्दो सहरीकरण र ग147ड्यौली कम्पोष्टको आवश्यकता
| सदानन्द अभागी नेपालमा दिन प्रतिदिने सडक छेउछाउका जमिनहरु सानातिना बजारहरु सहरको रुपमा परिणत भै रहेकाछन्। सहरको फोहोरमैलाले वातावरणमा ठूलो असर पारेको छ। सहरको फोहोरमैला कता लगेर फाल्ने भन्ने समस्याले पनि सताइ रहेको छ। हामीलाई थाहा छ की सहरको फोहोरलाई दुई तरिकाबाट मोहोरमा परिणत गर्न सकिन्छ। पहिलो तरिका सहरको फोहोरलाई ग147ड्यौलीमलको रुपमा र दोस्रो तरिका सहरको फोहोरलाई सहरी कम्पोष्टमा परिणत गरी उपयोगमा ल्याउन सकिन्छ। नेपाल जस्तो कृषि प्रधान देशमा एउटा पनि रासायनिक मलको कारखाना छैन तर विदेशबाट आयत गरी रासायनिक मलको प्रयोग अन्धाधुन्दा तरिकाबाट गरिदै आइएको छ। असन्तुलित रासायनिकमलको प्रयोगबाट माटोको संरचना विग्रदै गएको छ। माटाको उर्वराशक्ति घट्दो क्रममा छ। विदेशबाट आयत गर्दा समयमा रासायनिकमल पाउन, सकिएको छैन। त्यसो हुँदा हरेक सहरहरुमा समस्याको रुपमा रहेको फोहोरलाई गड्यौलामलमा परिणत गर्न सके नेपाल जस्तो कृषिप्रधान देशका किसानलाई सजिलै प्राङ्गारिकमल उपलब्ध गराउन सकिने र मल किन्न पर्ने ठूलो धनरासीको बचत गर्न सकिने कुरा सर्बबिदितै छ। मल बनाउन सहरको फोहोरको बर्गिकरण जैविक र अजैविक दुई किसिमका फोहोरमैलाहरु सहरमा पाइन्छन्। यी जैविक फोहोरहरुलाई सजिलेरी गड्याौली कम्पोष्ट या सहरी कम्पोष्टमा परिणत गर्न सकिन्छ। अजैविक फोहोरहरु कुनै पुनःचक्रमा ल्याउन सकिन्छन् जस्तै धातुजन्य र पलाष्टिकका सामानहरु र कुनैलाई पुनःचक्रमा ल्याउन सकिदैन। पुनचक्रमा आउने फोहोर जतिलाई अलगरुपमा छुट्याइ सम्बन्धित निकायमा बिक्रीवितरण गर्न सकिन्छ र पुनचक्रमा ल्याउन नसकिने बस्तुहरुलाई ल्या48डफिल्डमा लगेर फाल्नु पर्दछ। मल बनाएर या पुनचक्रमा आउने फोहोरलाई पुनःचक्रमा ल्याई सहरको फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ। गड्यौलाको विविध प्रयोजनको लागि उपयोग गड्यौला पालन र गड्यौला मलको सम्बन्ध अति घनिष्ट छ किनकी गड्यौलाबाट नै गड्यौली मल बनाइन्छ। गँड्यौंलाले जैविक पदार्थहरू खान्छन्। खाएको प्राङ्गारिक बस्तुको ५–१० भाग मात्र गड्यौलाले शरीरमा उपयोगको लागि प्रयोग गर्द छन् र अरू बाँकी भाग शरीर बाहिर निष्कासन गर्दछन्। यो निसकासन गरिएको गड्यौलाको निस्कासनलाई गँड्यौलीमल भन्दछन्। गड्यौलाबाट मलमात्र नबनाई युनानी पद्धतीबाट घाऊ, पित्ताशय, नपुंसकत्व, अल्काई(एष्भिक) ,घुँडा दुख्ने, पहेंले रोग आदि दवाइको रुपमा पनि प्रयोग गर्दै आएको पाइन्छ। गड्यौलाबाट क्रिम, सौन्दर्य सामाग्री, नङ्पालिस, साबुन बनाउनकनो साथै, कुखुरा हाँस, माछाको खानाको रुपमा प्रोटिनको स्रोतको रुपमा, भोजनको रुपमा, अमलेट तथा केकको रुपमा र सूपको रुपमा प्रयोगमा ल्याइएको पाइन्छ। ग147ड्यौलीमलको महत्व यो मलमा बिरुवालाई आवश्यक पर्ने सबै खाद्यतत्वहरु सन्तुलित रुपमा पाइन्छन्। यसमा भएका खाद्यतत्वहरू पानीमा घुलनशील हुने भएकाले बिरुवाले सजिलैसँग लिन सक्दछ। गड्यौलीमलमा जैविक क्रियाशील यौगिकहरु जस्तै एमिनो एसिड, औजिन, जिब्बेरालिन्( न्ष्ददभचबष्लिक) ऋथतयपष्लष्लक, भिटामिन, एमिनोएसिडहरु प्रसस्त मात्रामा पाइन्छन्। यी बस्तुहरु बिरुवाको लागि आवश्यक पर्दछन्। यो मलमा नाइट्रोजनलाई स्थिरिकरण गर्ने, फोस्फोरसलाई घुलनशील पार्ने जिवाणुको साथै एक्टिनोमाइसिटिज, फंजाई, सेलुलोज र लिगनिनलाई विघटन गर्ने जस्ता पोलिमर्सहरुको साथै बिरुवाको विकाशको लागि आवश्यक पर्ने ह्युमिकअम्ल पनि पाइन्छ। यो मलमा कीराका फुल, रोगका जीवाणु, घाँस, झारपातका बीउ हुँदैनन्। यो मल पि. एच. मानको हिसाबमा पनि तटस्थ हुन्छ। यो मलले माटोमा जैविक, भौतिक र रासायनिक गुणमा टेवा पुर्याउँदछ र नेपाल जस्तो अम्लियपना अधिक भएको माटोको लागि अति उ207तम हुन्छ। यो मल जलग्रही हुन्छ र यसले पानीलाई आफैमा स्वसेर राख्न सक्दछ। यो मलको कार्बन नाइट्रोजन अनुपात १२ देखि १५ हुने हुँदा बिरुवाले यो मललाई सजिलै प्रयोगमा ल्याउन सक्दछ। यो मलले माटोमा छिद्रको सँख्या बढाउने काम गर्दछन्। हावाको आवागमन राम्रो हुन्छ। यति मात्र नभएर गँड्यौलाको काष्टमा कोकन पनि हुन्छन्। कोकनबाट बच्चा जन्मन्छ, जसलाई पछि मल बनाउन प्रयोग गरिन्छ। गड्यौलाको खानाहरु र खानाको प्रयोग तरिका गँड्यौेउलाको भोजनको लागि चिस्यानयुक्त धेरै प्रकारका प्राङ्गारिक वस्तुहरूलाई प्रयोगमा ल्याई कम्पोष्ट बनाउन सकिन्छ। सहरको जैविकफोहोर, खेतबारीको जैविक बस्तुहरु, पशुहरुको मल–मूत्र, कृषि उद्योगबाट निसकेका फोहोरहरु, घरबाट निस्केका फोहोरहरु, भूसहरु, उखुबालीबाट निस्केका पात तथा खोष्टाहरु, आदि गड्यौलाको खानाको रुपमा प्रयोगगर्न सकिन्छ। गड्यौलाले यसलाई खाएर मलकोरुपमा फाल्दछ। सडेगलेका बस्तुहरुलाई प्रयोग गर्दा ताप बढ्ने गरि प्रयोग गर्न हुन्न। हावाको आवागमन राम्रो हुनु पर्दछ। गड्यौला कम्पोष्ट बनाउन खाडल बनाउनै पर्दछ भन्ने छैन, अर्ध बिघटित बस्तुहरुलाई तह बनाएर राख्ने र गड्यौला छाडिदिनु पर्दछ। ०.५ वर्ग मिटरको सामग्रीको लागि २ मुठी माटो राख्न राम्र्रो हुन्छ तर गड्यौलालाई सूर्यको किरणबाट भने जोगाउनु पर्दछ। सुकेको फोहोर मैलामा चिस्यानको मात्रा मिलाउनु पर्दछ। करिब ४० –५० प्रतिशत चिस्यान चाहिन्छ। काँचो तथा ताजा प्राङ्गारिकबस्तु प्रयोगमा ल्याउनु हुँदैन। आंशिक पचेको कम्पोष्ट र माटोलाई प्रयोगमा ल्याइएको पाइन्छ। यही प्रविधि भारतमा हेर्यौं भने फरक पाइन्छ। भारतमा काठको धूलो, कागज, पराल आदिलाई ७–१० दिन अगावै थुप्रो पारेर राखिन्छ। त्यसपछि गड्यौंला त्यसमा राखेर हुर्काइन्छ। फिलिपिन्सको प्रयोग प्रविधिमा वस्तुको मल ७५ भाग र २५ भाग केराको बोक्रा (सुप्ला) राखेर कीराहरू राख्ने गरिन्छ। कीराहरू हुर्काउने भाँडो काठको वा इँटाहरूले बनाएको हुन सक्दछ। ल्पाष्टिकको भाँडोपनि प्रयोगमा ल्याउन सकिन्छ। भाँडो कत्रो बनाउने भन्ने प्रश्न उठन सक्दछ। भाँडोको गहिराइ ३०–४० से.मी. भन्दा गहिरो बनाउनु हुँदैन किनकी गहिराइ बढ्दै जाँदा हावाको आवागमन घट्दै जान्छ। हावाको आवागमन घट्दै जाँदा गड्यौलालाई हावा पुग्दैन तर लम्बाइ, चौडाइ आवश्यकता अनुरूप तयार पार्न सकिन्छ। छानो दिन सकिन्छ किनकि, छायाको आवश्यकता पर्दछ। कमिला मुसा बर्षाको भेलबाट बचाउनु पर्दछ। कीराहरु लागेमा निमलाई प्रयोग गरेर रोकथाम गर्न सकिन्छ। गड्यौलालाई प्रसस्त खाना दिनु पर्दछ। ६ घनफिटको भाँडोमा करिब दुई हजार गड्यौला अट्न सक्छन् र तिनको लागि करिब करिब १० –१५ दिन जति सडाएको १ के जी प्राङ्गारिक पदार्थ खानाको रुपमा प्रति दिन आवश्यक पर्दछ। गड्यौलाले धेरै चिसो र मरुभूमि जस्तो माटोमा हुर्कन सक्दैन। यसको लागि उपयुक्त तापमान २०– ३० डि. से. राम्रो हुने भएता पनि यसलवाई अन्ध्यारो ठाउँमा राखिने भएकोले २५ देखि ४५ डिग्री तापमानमा पनि गड्यौली कम्पोष्ट बनाउन सकिन्छ। गड्यौली कम्पोष्ट निर्माणको संछिप्त तालिका गड्यौलाको छनौट गड्यौली मल बनाउनको लागि गँड्यौंला छनौट गर्दा बढी भन्दा बढी कम्पोष्ट बनाउन सक्न,े ताप, चिस्यान र जलवायु सहने खालका जातका गँड्यौंलाको छनोट गर्नु पर्दछ।सबै गड्यौलाले मल बनाउने काम गर्दैनन्। आइसीनिया फेटिडा, युडी्रलस युजेनी, पैरियोनिक्स एक्जावेटस, लुब्रिकस रुबीलस आदि जातका गड्यौलाहरुले मल बनाउने काम गर्दछन्। यिनै जातका गड्यौलाको प्रयोग गर्न सके देखि राम्रो हुन्छ। ग147ड्यौली कम्पोष्ट तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू कम्पोष्ट तयार पार्न राखिएका फोहोर वस्तुहरू लचक्क पानीले भिजेको हुनु पर्दछ। हातले मुठी पारी निचोर्दा ३ देखि ४ थोपा जती पानी झर्न सकोस्। सामान राख्दा माथी नै भनि सकिएको छ कि ताजा प्राङ्गारिक बस्तुको प्रयोग गर्न हुँदैन, ताजा प्राङ्गारिक बस्तु बिघटन हुँदा तापक्रम बढ्छ अनि गड्यौलाले ताजा बस्तु खाँदैन। कम्पोष्ट बनाउँने वस्तुहरूमा मासु र बोसो प्रयोग गर्न हुँदैन। मासु खाने जन्तु तथा पशुपंक्षीको गोबर पनि प्रयोगमा ल्याउन हुँदैन। अतः गँड्यौलाबाट गुणस्तरमल बनाउँदै गँड्यौला बेची पैसा आर्जन पनि हुन्छ। मल छुट्याउने तरिका र मलको प्रयोग गड्यौलाले फोहोर खाँदै जान्छन् काष्ट फ्याक्दै जान्छन्। यो काष्ट थुप्रिन थाले पछि चिसो ओभाउने गरि हावामा सुकाउने र गँड्यौंला माथिल्लो भागबाट तल जान थाले पछि मल निकाल्दै जानु पर्दछ। अर्को कुरा तयार भएको कम्पोष्ट अलग्याउन एउटा छेउमा खाने वस्तुहरू (प्राङ्गारिक वस्तुहरू) राखिदिंदा गँड्यौंला कम्पोष्टबाट अलगिन्छन् र मल निकाल्न थाल्नु पर्दछ। यसरी निकालेको मललाई माथी तालिकामा देखाए जस्तै चालेर प्याक बनाउन सकिन्छ या तयार भएको मललाई फलफूल बालीलाई बोटको अवस्था अनुसार करिब १ दखि १० के.जी. प्रति बोटका दरले राख्न सकिन्छ। अरू बालीकोलागि २५० के.जी प्रति रोपनीका दरले प्रयोग गर्न सकिन्छ तर मलको प्रयोग गर्दा काष्टमात्रै नगरी अरुमलसँग मिलाएर गर्दा राम्रो हुन्छ। सहरी कम्पोष्ट बनाउने तरिका माथीनै भनिएको छ कि सहरमा फालिएका फोहोरहरू मध्ये बिघटन गराउन सकिने वस्तुहरूलाई कम्पोष्ट बनाउन सकिन्छ। सहरबाट निस्किएका फोहोरलाई कम्पोष्ट बनाउँदा सहर भन्दा बाहिर हावाको आवागन (वेग) कम हुने ठाउँ अथवा सहरको विपरीत दिशातिर हावा बग्ने ठाउँको छनौट गरि कम्पोष्ट बनाउनु पर्ष्दछ। एसो गर्दा दुर्गन्ध आउँदैन। कम्पोष्टको खाडलमा नै कम्पोष्ट बनाउन पर्छ भन्ने छैन थुप्रो पनि पार्न सकिन्छ तर खाडलबनाउँदा सधैंलाई हुने र हिउँदको समयमा चिस्यान कम हुने अवस्थालाई पनि राम्रो हुने हुँदा खाडल गराउनु राम्रो हुन्छ। खाडल कत्रो बनाउने या थुप्रो कत्रो बनाउने भन्ने कुरा फोहोरको मात्रामा निर्भर गर्दछ। करिब १ देखि १.२ मिटर चौडाई र ७५ से.मी. गहिराइको साथै आवश्यकता अनुसारको लम्बाइ लिएर कम्पोष्ट खाडल खन्न सकिन्छ। सामान तहतह पारेर राख्नु पर्दछ। सामान राख्दा मानिसको दिशा पिसाव प्रयोग गरिएको छैन भने जोरनको रुपमा वनकोे/पोखरीको माटो, रासायनिक मल, खरानी, गोबर र गहुँतको घोल बनाएर राख्न सकिन्छ। ६ इञ्चको तह बनाउँदै सामानहरु राख्दै जानु पर्दछ। खाडल भरिए पछि जमिन भन्दा आधा फिट जति अग्लो भएपछि माटोले ढाकिदिनु पर्दछ। थुप्रो पारिएको ख48डमा थुप्रो २.५ मिटर चौडाईको परिधिमा जैविक बस्तुहरु तह तह पारेर राख्नु पर्दछ र १.५ मिटर अग्लो बने पछि माटो र गोबरले लिपि दिने तथा चित्रमा देखाए जस्तै छानो दिनु पर्दछ या केही चिजले छोपी दिनु पर्दछ। स्रोत गोठेमल तथा कम्पोष्टमल व्यवस्थापन तालिम पुस्तिका एस. एस. एम. पी. डकुमेन्ट नं ३९ खाडल थुप्रो जे भए पनि सूर्यको किरण,बर्षाको पानी/ भलपानीबाट मललाइ जोगाउनु पर्दछ। कम्पोष्टमल बनाउन राखिएका बस्तुहरूलाई कम्पोष्ट खाडल या थुप्रोमा हावाको सञ्चार गराउन, सू73मजीवाणुको आक्रमणकोलागि ताजा सतह उपलव्ध गराउन, थुप्रोको तापक्रम नियन्त्रण गर्न, र चिस्यान ठीक भए नभएको जानकारी लिनको लागि पल्टाउन पर्दछ। पल्टाउँदा बाहिरका रोगका जिवाणु, झारपातका बीउ, आदि भित्र जान्छन् र कम्पोष्ट बन्दाउँदा उत्पन्न हुने तापले गर्दा सबै हानिकारक बस्तुहरु मर्दछन्। पल्टाउन नसके चित्रमा देखाए जस्तै विकल्पको रुपमा बाँसमा/पाइपमा प्वाल पारी राखिदिनु पर्दछ। लको थुप्रोमा प्वाल भएका बाँसका किला वा पाइप गाडेको स्रोत गोठेमल तथा कम्पोष्टमल व्यवस्थापन तालिम पुस्तिका एस. एस. एम. पी. डकुमेन्ट नं ३९ फोहोरको प्रकृति अनुसार मललाई २–३ पटक पल्टाउनु पर्छ। गर्मी क्षेत्रमा, कमला/कलिला बस्तुहरू राखिएको र उपयुक्त चिस्यान भएको अवस्था छ भने एक पटक पल्टाउँदा पनि हुन्छ।यसरी पल्टाउँदा कम्पोष्ट बनाउन सुरु गरेको एक महिनामा प्रथमपटक र त्यसपछि अर्को एक महिनामा दोस्रो पटक र दोस्रो पटक पल्टाएको एक महिनापछि तेस्रो पटक गरी ३ पल्ट पल्टाउनु पर्दछ। राखिएका सामान र वातावरणले साथ दिएमा करिब ३ महिनामा कम्पोष्ट तयार हुन्छ। राम्ररी तयार पारिएको कम्पोष्ट मलमा करिब १.४ प्रतिशत नाईट्रोजन १ प्रतिशत फास्फोरस र १.४ प्रतिशत पोटास पाउन सकिन्छ। अन्त्यमा गाउँ सहर हाम्रो सफा बनोस् देशको वतातावरण सुद्ध छाओस् सबको स्वस्थजीवन दिर्घ हओस् खेतबारीले सन्तुलित मल पाओस् हरेकको खेतबारीमा सुनाफलोस् फोहोरको राजनीति सधैं हराओस् फोहोरको राजनीति सधैं हराओस् सन्दर्भ सामाग्री ,कालिदास सुवेदी( पिएच डी), सदानन्द जैसी, तेजबहादुर सुवेदी, सत्य नारायण म48डल, बिष्णु कुमार धिताल ( पिएच गोठेमल तथा कम्पोष्टमल व्यवस्थापन तालिम पुस्तिका एस. एस. एम. पी. डकुमेन्ट नं ३९ ० गड्यौली कम्पोष्ट– शान्ति भट्टराई, माटो विज्ञान महा शाखा, २०५८ डा. धर्म सिंह मुख्य वैज्ञानिक एवं प्रभारी कृषि विज्ञान केन्द्र बाडमेर, एचबअतष्अब ि: बलवगब िया खभच्कष् अय्कउयकतष्लन , ब्नचय द्यष्यक ९73लमष्ब० रु सदानन्द जैसी , ज्बलम द्यययप या 73लतभनचबतभम उबिलत ल्गतचष्भलतक क्थकतझ, माटो परिक्षण तथा सेवा शाखा, २०५८ |
सिन्धुलीका तीन कृतिहरूको संङ्क्षिप्त विवेचना
| सिन्धुलीका तीन कृतिहरूको संङ्क्षिप्त विवेचना सदानन्द अभागी हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनको बार्षिक उत्सब तथा समकालिन गजलसङ्ग्रहको विमोचन कार्यक्रममा सिन्धुलीका केही गजल कृतिहरू समीक्षार्थ प्राप्त भए। सर्बप्रथम त सिन्धुलीका साहित्यिक स्रष्टाहरू जस्ले यी कितापहरू समीक्षार्थ प्रदान गर्नु भयो उहाँहरूलाई धन्यवाद दिन चाहान्छु। साहित्य समाजको दर्पण हो त्यसो हुँदा जुन देशको साहित्य दर्विलो बन्दै जान्छ त्यो देश सवल बन्दै जान्छ भन्ने मेरो धारणा छ। यहाँ पनि यी तीनथान कितापहरू (सुनगाभा, अमलाका गजलहरू र आशाका ती फूलहरू) जो मलाई प्राप्त भएका छन् तिनले सिन्धुलीको साहित्यिक गतिविधिको बारेमा केही जानकारी गराउँछन् जस्तो लाग्यो। पढदा के आभास मिल्यो भने त्यहाँको साहित्य मौलाउँदै अघि बढिरहेको छ र नेपाली साहित्यमा सिन्धुलीले ठूलै योगदान पुर्याएको छ। अब म यी तीन कृतिमा केही कुराहरूका प्रस्तुतितिर लाग्ने अनुमति माग्दछु। सुनगाभाको संक्षिप्त अध्ययन : – सिन्धुली वाङमय प्रतिष्ठानको मुखपत्र 'सुनगाभा' २०६८,बषर््ा–३, अङ्क–५ अर्धबार्षिक प्रकाशन ८० पृष्ठको छ। यसको सम्पादकमा नन्दलाल श्रेष्ठ "भावुक" र धु्रवचन्द्र खड्का हुनुहुन्छ। यस सिन्धुली वाङ्मय प्रतिष्ठानको निम्ति सिन्धुलीगढी प्रकाशनद्वारा प्रकाशित कृतिको मूल्य व्यक्तिगत सहयोग भनि रु ५०/– र संस्थागत सहयोग रु१००/– राखिएको छ। पहिलो पृष्ठमा मननीय अभिव्यक्ति भनेर हेनरी जाँन इन्सेनका अभ्वियत्तिः राखिएको छ जस्तै–'संसारमा सबभन्दा बलियो मान्छे त्यही हो जो सबभन्दा एक्लो भैकन अडिन सक्छ '। साहित्यको सामर्थ्य शीर्षकमा भावुकले सारगर्भित सम्पादकीय पस्केनु भएको छ। उहाँका दुई पंक्ति यहाँ जोड्न मन लाग्यो –'मनोचित्रणभित्र यथार्थ पक्षहरूलाई उठान गर्दै सिर्जित सिर्जना साहित्य बन्न सक्छ। साहित्यको रस सेवन नगरेकाहरूका नजरमा त साहित्यकार र पागलप्रेमी उस्तै –उस्तै लाग्न सक्छन् '। मुखपत्रको प्रकाशकीयमा अञ्जुलको उद्गार पनि सारगर्भित छ हेरौं – कोही फूलैमा फूलमात्र देख्छन् केाही फूलैमा परी–नृत्य देख्छन् त्य दिव्य–दृष्टि मनको खुलाई गाऊन् यहाँ वाल्मीकि व्यास आई यी भावनाले सजिएका उद्गारमा हामी के भन्न सकिन्छ भने यस देशमा भ्रष्ट र दुष्टमात्र नभै वाल्मीकि र व्यास पनि छन् तर ती ज्ञानीहरूलाई राज्यले पहिचान गरेर स्थान दिनमात्र नसकेको हो। 'कृष्ण विक्रम थापा सङ्गीत र विकास कोष र सपनाहरू' शीर्षकको अञ्जुलले लेखेको लेख अध्ययन गर्दा उमानाथ स्मृति वाङ्मय पुरस्कार, मोतीराम भट्ट वाङ्मय गजल पुरस्कारको साथै कृष्णविक्रम थापा गायन पुरस्कार स्थापना गरी सिन्धुलीले नेपाली साहित्यका साहित्यकार गजलकार र गायक र यी विधालाई सम्बर्धन गर्नको लागि उत्प्रेणा जगाएको छ र साहित्यिक लेखनलाई प्रतिस्पर्धी बनाएको छ। आफ्नो तागतमा आफै उठौं हामीलाई कसैले उठाइदिंदैन भन्ने उद्घोष निर्माणको प्रतिक लाग्यो। यसरी नै सिन्धुली वाङ्मय प्रतिष्ठानले नेपाली साहित्यलाई सम्बर्धन गर्न थालेका कार्यहरू राम्रा र अनुकरणीय देखिए। यष्स्तै अनुकरणीय बुँदाहरू यहाँ धेरै समावेश गरिएका छन् जस्तै – ड्ड सिन्धुली वाङ्मय प्रतिष्ठानले महाकवि ल73मीप्रसाद देवकोटालाई राष्ट्रिय साहित्यिक विभूति घोषणा गरेको र सुनगाभाको हरेक अङ्कमा महाकविको रचना समावेश गर्ने एक अनुकरणीय कामको थालनी भएको छ। ड्ड सुवानन्द दास देखि बर्तमानसम्मका ख्यातिप्राप्त नेपाली स्रष्टाहरूलाई सुनगाभाको सम्मानित राष्ट्रिय साहित्यिक व्यक्तित्व स्थायी स्तम्भमा क्रमस समावेस गर्दै जानेजस्तो महत्वपूर्ण कामको थालनीको जानकारी पाउँदा सबै विधाका स्रष्टाहरू खुसी हुनु स्वभाविक हुन्छ। ड्ड साढेउन्नाइसको कलिलो उमेरमा दःुखद बस दुर्घटनामा परी २४ बैशाख २०४८मा निधन भएका प्रतिभाशाली कवि विमल गुरुङ्गलाई सिन्धुली वाङ्मय प्रतिष्ठान सम्मानित राष्ट्रिय साहित्यिक व्यक्तित्वको रूपमा सम्मान गर्नु र उनको 'एक किलो जङ्गल कविता सुनगाभामा समावेश गरिएको देख्दा साहित्यकारलाई उचित कदर गरेको पाइयो। ड्ड फाल्गुणी शर्मा तिमल्सिनाज्यूले कवि सिन्धुलियाका डायरीका ४वटा पा48डुलिपि उमानाथ स्मृति पुरस्कार गुठीलाई उपलब्ध गराएको र ती सिन्धुलीय सूक्तिहरू सुनगाभामा प्रकाशन गरिएको। ड्ड अञ्जुल काव्य जगतकी 'नीलो फरक लगाएकी केटीप्रतिको सारगर्भित कविता समावेश गरिएको। ड्ड नेपाल भित्र र नेपाल बाहिरका स्रष्टाहरूको लेख रचना समावेश गरिने निर्णयले क्षेत्र विस्तार गरिएको छ। ड्ड खोजी शीर्षकमा तृष्णा सुनुवार जस्ती १० बर्षकी अवोध बालिकाको सिर्जनालाई समावेश गरिएको। ड्ड मानवजन्मको सार्थकताको लागि कला सिर्जना गरी जरबुट्टाकला सङ्ग्रहालय स्थापना गर्ने कलाकार विश्वम्भर लामिछानेको अन्तर्वाता र कला त्रेच्दा कलाकारको मृत्यु हुन्छ भन्ने उनको धारणाको प्रस्तुति। ड्ड विश्वसाहित्यमा रुडयड किप्लिङको सिर्र्जनालाई ईश्वर गजुरेलले अनुवाद गरेको मोतीगज नामक मानव र पशुबीचको अगाध स्नेह भएको मनोवैज्ञानिक कथाले यो कृतिको उच्चाई थपेको। उमानाथ स्मृति ग्रन्थ विशेष, सिन्धुली साहित्य विशेष, कथा कविता, गजल, निवन्ध, गीत, मुक्तक, रुवाई समालोचना, अन्तर्वाता, विश्व साहित्य, खोजी, वाङ्मय गतिविधि पत्र–मञ्जुषालाई समेटेर सुनगाभाले आफ्नो प्रकासन प्रवलतालाई दर्शाएको छ। लेख रचना स्तरीय छन्। गजल र कविताको वाहुल्यता छ। सिन्धुली वाङ्मय प्रतिष्ठानले सुनगाभा अर्धबार्षिक प्रकाशन मार्फत योजना कार्यन्वयन र साहित्यस्तरलाई सम्बर्धन गर्ने अठोटलाई धन्यवाद दिंदै पूर्ण सफलताको कामना गर्दछु। आशाका ती फूलहरू सरसर्ती पढ्दा ं कृतिको संरचना– आशाका ती फूलहरू सिन्धुलीको दोस्रो कृति हो मैले पढेको। गजलकार हुन् सारदाप्रसाद पहाडी। प्रकाशन कुलचन्द्र स्मृति पुस्तकालयले गरेको छ। यो गीत र गजलको संयुक्त सङ्ग्रह हो। यो आवरण सहित १०२ पृष्ठको छ। यो कृतिको व्याक्तिगत मूल्य रु ७५/– र संस्थागत मूल्य रु १५०/– राखिएको छ। 'आशाका ती फूलहरू'मा ४०वटा गजल र २०वटा गीतहरूको समायोजन गरिएको छ। कृतिकारको चिनारीः– शारदाप्रसाद पहाडीको जन्म, सन् १९६८डिसेम्बर २५ सोल्पाठानागा् वि. स. –३ सिन्धुलीमा माता विष्णुकुमारी र पिता कालीप्रसाद पहाडीको सुपुत्रकोरूपमा, भएको थियो। कृतिकारले विविध क्षेत्रबाट, उत्कृष्ट शिक्षक पुरस्कार(२०५२), जिल्लास्तरीय कविता प्रतियोगितामा सान्त्वना पुरस्कार (२०५७), दैवीप्रकोप उद्धार सेवा पदक (२०६१), प्रसंसा पत्र सम्मान(०६४), खुृला कविता प्रतियोगितामा प्रथम पुरस्कार(२०६७), र मा.वि.स्तरीय कविता प्रतियोगितामा द्वितीय, २०४२ प्राप्त गर्नु भएको छ। उहाँ शिक्षण पेशाको साथै नेपाल रेडक्रस सोसाइटी कार्यलयमा विविध पदमा कार्यरत रहेर पनि साहित्यमा आफ्नो सक्रियता बढाउनु भएको छ। उहाँ विभिन्न संथाहरूमा पनि आवद्ध हुनु हुन्छ। उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठान सिन्धुलीको संस्थापन कोषाध्यक्ष, संस्थापक सचिव तथा आजीवन सदस्य शहीदस्मृति पुस्तकालय, आजीवन सदस्य नेपाल रेडक्रस सोसाइटी, संस्थापक अध्यक्ष जनकल्याण समाज, नेपाल २०६३, आजीवन सदस्य जनज्योति उ.मा.वी. फोस्रेटार २०६० मा उहाँको सम्लग्नता देखिन्छ। गजल तथा गीत कृतिप्रति विभिन्न साहित्यकारको शुभकामना तथा भूमिकाहरू – यो कृतिको प्रकाशकीयमा कुलचन्द्रस्मृति पुस्तकालय खाङसाङ–९,सिन्धुलीका संयोजक मदनकृष्ण पहाडी लेख्नु हुन्छ –'गजलकार शारदाप्रसाद पहाडीका अधिकांश गजलले आफ्नो जन्मभूमि कर्मभूमि तथा बर्तमान राजनैतिक र सामाजिक विसङगतिप्रति असन्तोष र आफ्नो गीत सङ्ग्रहमा केही चेतना मूलक र प्रेम–प्रणयका प्रस्तुतिले यसका पाठकहरूलाई केही बास्तबिकता र आनन्दको अनुभूति दिने कुरामा म विस्वस्त छु। 'पाटन संयुक्त क्यामपसका उप प्रध्यापक ढुण्डिराज पहाडी समीक्षको बाटोबाट तर्किएर शुभकामनाको वहानामा मेरो भनाइ भन्दै लेख्नुहुन्छ –'देशप्रेम,सामाजिक जागरणर प्रणय रसका स्वादिला गीत गजल, रच्ने र यो अमर कृति दुनियालाई अर्पने शारदा पहाडीलाई मेरो साधुवाद छ।' यसरीनै फाल्गुणी शर्मा तिमल्सिना अध्यक्ष उमानाथ शास्त्री सिन्धुलीया साहित्यिक प्रतिष्ठान,सिन्धुली र पवन पाखि्रन सिन्धुली साहित्य प्रतिष्ठान सिन्धुली, साहित्यकार द्वयले संयुक्तरूपमा शुभकामना दिंदै लेख्नु हुन्छ –'लानु के छ र भोली, शीर्षकबाट कविले सेवा नै पवित्र धर्म हो भन्ने सन्देश छर्दै एक मानवले अर्को मानवप्रति मानवोचित व्यवहार गरोस् भन्ने कामना समेत गर्नु भएको छ। ' 'आशाका ती फूलहरूमा रमाउँदा' शीर्षक दिएर म्याग्दी साहित्य समाजका अध्यक्ष धु्रवलाल शर्मा लेख्नु हुन्छ – 'ाहित्यकर्मीको लेखनीलाई, ठाउँले छेक्दैन,उसलाई भाउ र नाउले छेक्दैनन्,अभय वा भय ले कुनै बस्तुले छेक्न सक्दैन उसकालागि सबै बिब्ल्याँटा सप्ल्याँटाहरू साहित्यिक सिर्जनाका स्रोत र उर्जा भइदिन्छन्।' यी शब्द सिन्धुली जन्म थल्यो भै हाल कर्मथलो म्याग्दी बनाएका गजलकार शारदाका लागि पोखिएका हुन् तापनि विश्वका सबै साहित्यकारहरूलाई लागु हुने वाक्यहरू हुन्।। यसरी नै सिन्धुली वाङ्मय प्रतिष्ठानको तर्फबाट अध्यक्ष नन्दलाल श्रैष्ठ 'भावुक' लेख्नुहुन्छ –'उहाँ नै अग्रज प्रतिभाशाली साहित्यकारले फुलाएका फूलहुन् –'आशाका ती फूलहरू'। 'आशाका ती फूलहरू नियाल्दा शीर्षकमा प्रगतिशील लेखक सङ्घ म्याग्दीका अध्यक्ष भक्त कार्की लेख्नु हुन्छ –'स्रष्टा शारदा पहाडीको आशाका ती फूलहरूका शब्दमा शक्ति छ भावमा उर्जा छ, सौन्दर्य र शिल्प छ। मानवतावादी सोच चिन्तन, दया माया करुणा, देश भक्ति, पूर्ण भाव, मानवीय चरित्र, शब्द शब्दबाट उद्घाटन गरेका छन्।' दामोदर रिजाल 'घताने ' अध्यक्ष मधुसूदनस्मृति साहित्य प्रतिष्ठान म्याग्दी लेख्नु हुन्छ –'म्यग्देलीहरू भन्ने गर्छन् म्याग्दी खोलाको पानी खाएको मान्छे गीताङ्गे(गायक) हुन्छ'। 'यो शब्द पनि शारदामा चरितार्थभएको सन्दर्भमा लेखिएको हो। शुभकामनाको क्रममा नै कविता शर्मा सङ्घर्ष लेख्नु हुन्छ – 'लाग्छ आफ्नो कर्तव्य र राष्ट्रियता विर्षनेहरूलाई दरो झपड लगाउने छ यो कृतिले।' गजल सरोवर सिन्धुलीका अध्यक्ष वरुण लामिछाने लेख्नु हुन्छ – सिन्धुलीका साहित्यकार श्री शारदाप्रसाद पहाडी पनि गजलकारको रूपमा नाम दर्ज गर्न अघि सर्नु भएको छ। उपप्राध्यापक , म्याग्दी बहुमुखी क्याम्पसकी रेखाकौशल रेग्मीले े–'आशाका ती फूलहरू सुन्दर आँखाका सुन्दर दृष्टि शीर्षक दिएर राम्रो विवेचना गर्नु भएको / भूमिका लेख्नु भएको छ। रेखाकौशल रेग्मीले – 'मानवीय सहज अनुभूति, सामाजिक। राजनीतिक बस्तुको अङकन यो समग्र कृतिको बस्तुरूप हो ' भन्नु हुन्छ। शुभकामनाको कलमबाट डा. कृष्णहरि बरालले सिन्धुलीले राष्ट्रिय राजनीति र साहित्यिक गतिविधिमा पुर्याएको योगदान स्मरण गर्दै लेख्नु हुन्छ –'सिन्धुली जिल्लाले राजनीतिक इतिहासका सन्दर्भमा जसरी आफूलाई चिनाएको छ त्यसै गरी साहित्यिक गतिविधिका सन्दर्भमा पनि यसले राष्ट्रलाई ठूलो योगदान पुर्याएको छ।' गजलकार तथा गीतकार सारदाप्रसाद पहाडीका कृतिका केही विशेषताका उदाहरणहरू : – शुभकामना तथा भुमिका लेखाईमा आएका विविध अवधारणामा मध्यनजर राख्दै गजल तथा गीतसङ्ग्रहको अध्ययन गर्दा प्रथम गजलसङ्ग्रह भए पनि गजल तथा गीतकार प्रस्तुतिमा सफल देखिएका छन्। उनले प्रस्तुत गर्न खोजेका शब्द संयोजन अति उत्कृष्ट छन्। हेरौं केही शब्द संयोजनहरू –विषाक्त लोलाजस्तो, मानवता रोलाजस्तो, चुहिने झोलाजस्तो, डामिने साँढे, मैखाउँ मैलाउँ, यस्ता विविध शब्द संयोजनले कृतिलाई रसिलो बनाएको छ। गजलमा विविधता छ। गजलमा प्रेम प्रणयले अग्रस्थान ओगट्नु स्वभाविक नै ठान्नु पर्दछ किनकी गजल नै प्रेयसीसँगको सुखदुःखको वार्तालाप हो भनिन्छ। कृष्णहरि बरालको उनको गीत गजलप्रतिको धारणलाई उदाहरणको रूपमा हेर्न सकिन्छ –'माया साटासाट गर्ने सन्दर्भमा होस् या राष्ट्रियताको जगेर्ना गर्ने सन्दर्भमा उहाँ प्रखर देखिनु भएको छ।' सङक्षेपमा भन्नुपर्दा गीत र गजलले स्वदेशमा भोग्न परेका भोक, रोग, द्वन्द्व बन्दहड्ताल आर्थिक सामाजिक र राजनीतिकविविध पक्षलाई समेट्ने प्रयास गरिएको छ। गजल तथा गीत दुबैलाई सुन्दररूपमा, लयबद्धरूपमा,बिम्ब, प्रतिकलाई सजाएर प्रस्तुत गरिएको छ। आजको राजनीतिक प्रबृतिप्रति गजलकारको धारणाः– बास्तवमा सामन्तीहरूको प्रभावलाई राजनीतिक परिवर्तनले केही फरक पारेन। शोषणको रूपमात्र बदलियो। राजनीतिक परिवर्तनले सामजलाई परिवर्तनको आभाष दिन सकेन। राष्ट्र राष्ट्रियताप्रति राज नेताको चिन्तनमा ह्रास देखिएको छ। राजनीति र दलगतस्वार्थको लागि देश लुट्ने, पासपोर्ट बेच्ने र जनतालाई आँखामा छारो हाल्ने काममात्र भएको छ। देश र जनता आज ठूलो मारमा परेका छन्। महगाइले चरमसीमा नाधेको छ। दीन दुखीमा गास,वास र आवासको अभाव छ चारैतिर अभावै अभावले ढाकिएको छ देश। हेरौं गजलकारको धारणा– जनता रोए, देशै रोयो, तिम्रो हाँसो रोकिएन शकुनीको चालाचली पराइ घर धायौ नेता पृष्ठ ५ वीर अमर, वलभद्रको आँसु लाग्ला तिमीलाई आमा विर्स्यौ, माटो बिर्स्यौ प्रदूषण छायौ नेता पृष्ठ ५ शोषण दमन थिचो मिचो आज पनि उस्तै हुँदा जनतालाई फेिर रुवाए गाउँका मुखियाले पृष्ठ ६ पासपोर्ट बेच्नुहोस् सांसदज्यू, संििधान किन लेख्ने? झोक चले दुईचार जना मार्दा पनि मंत्री भैने पृष्ठ३३ यो राष्ट्रलाई साँच्चै हामी माया गर्छौ भने आफ्नै श्रम दीगो हुन्छ, देश लुट्न हुन्न साथी पृष्ठ१५ कर्मक्षेत्रमा पनि गजलकारले दायित्वलाई निभाएका छन् जस्तै स्वयम् सेवी भावनाले, विश्वभर फैलिएको आकाश जस्तै फराकिलो, छाती रहेछ रेडक्रस पृष्ठ ९ कुलतमा लागेकालाई गजलकारको ललकारः – तिम्रो नजिक आउँ भने, ह्वास्स ह्वास्स गनाउँ छु चुरोट, खैनी, सूर्तीहरू, रोगी बन्न चर्छौ किन पृष्ठ १० प्रेमप्रणय र गजलकारः– माथिनै भनिसकेको छु श्रृङ्गाररस त गजलको मौलिकता नै हो त्यसो हुँदा यहाँ प्रेमप्रणयलाई हेरौं– चञ्चल त्यो बानी अनि, भरिएको यौवनमा मगमगाउँदो फूलबारी, रमाउने ठाउँ लाग्यो पृष्ठ११ स्वाबलम्बी स्वभाव देख्दा मेरो पनि मन छोयो परिश्रमी हातसँग, न्यानो हात मिलाउँ लाग्छ पृष्ठ १२ सामाजिक विकृति र गजलकार वास्तवमा नेपाली समाजमा चाकडी चम्चागिरी, हातमोल्ने, टाउको कनाउने र हीनताभाव दर्शाउने जस्ता विकृतिहरू पनि नभएका हैनन्। यस्तो मनस्थितिबाट समाज मुक्त हुनु आवश्यक छ। गजलकारले आफ्नो धारणालाई यसरी पस्कन्छन् – कुमारले काम गर्ने पुरस्कार गणेश पाउने कुरा चिल्ला भए पनि परिवर्तन भा'को छैन पृष्ठ १८ नारीवादी चिन्तन गजलकारले आफ्नो गजलमा नारीहरूलाई उच्च आदर्शको साथमा हेरेका छन् – आधा आकाश ढाक्नेलाई अवसर दिनै पर्छ समाजमा सुसंस्कारका मूल हुन् नारीहरू
अव आमी गीतसङ्ग्रहतिर लागौं। गीत ख48डमा जम्मा २०वटा सन्देशमूलक, प्राकृतिकछटाले सजाएका मीठा गीतहरू समावेश गरिएका छन्। गीत समाजलाई चेतनामूलक सन्देश दिने खालका छन्। एच आइ भी एड्सबाट होसियार हुने सन्देश, घरपरिवार छाड्दाको पीडा, छातीभित्र चल्ने आँधी हुरी, भूगोल टाढा भए पनि माया नजिक हुने, दुश्मनको लागि हाम्रो मादलको पनि ललकार, पुस्तकालयले दिने चेतना, असल मान्छेको असल चरित्र र त्याग, हृदयविहीनको दुष्ट चरित्र, नेपाली आमाको बिलौना, जात अनेक भएजनि भावना एकीकृत हुनपर्ने धारण, संस्कृति(तीज)कवि भूपिशेरचनप्रति श्रद्धासुमन आदि सामाजि पक्षलाई यस सङ्ग्रहले समेटेको छ। गीत विविधतामा छरिएको, सुन्दर शैलीमा सजिएको, प्रेमप्रणयले भरिएको, दोहोरी गीत पनि समावेश गरिएको छ। गीत र गजलमा भाषामा सरलता, व्यङ्ग, अध्यात्मक दर्शन समावेशी, पारिवारिक जीवनको भोगाई, नैतिकताको रोजाई, बहादुरी साथ लड्ने योद्धाहरूको कदर, राष्ट्रियताको जगेर्णा आदि विविधताले भरिएको छ र एकीकृत प्रस्तुतिमा सफल बनेको छ आशाका ती फूलहरू गजल तथा गीतसङ्ग्रह। गजल तथा गीतसङ्ग्रहमा केही सुधारका पक्ष पनि नभएका होइनन् तर यी निरन्तरताले परिमार्जन हुँदै जाने पक्ष हुन्। गजलकार शारदाप्रसाद पहाडीले एउटा सुन्दर कृति नेपाली साहित्यमा थपिएको छ। उहाँलाई धन्यवाद दिंदै विदा हुन्छु। धन्यवाद अमला' गजलसङ्ग्रहको सङ्क्षिप्त विवेचना भूमिका 'अमला' गजलसङ्ग्रह सिन्धुलीको तेस्रो कृति मैले अहिले पढदै छु अनि मनमा लागेका केही अभिव्यक्तिहरू पनि यहाँ पस्कदै छु। यो 'अमला' गजलङ्ग्रहकी कृतिकार अमला अधिकारी हुन्। उनीसँग चितवनका साहित्यिक कार्यक्रममा एक दुई पटक भेट भएको थियो र उनको गजल लेखन र गजल बाचनको प्रस्तुतिलाई सुन्दा,( पहिलो साहित्यिक कार्यक्रममा उनले प्रस्तुत गरेका गजलका शेरले) मेरो मन रमायो र उनको गजलकारिताको तस्विर मेरो नजरमा उत्रियो / छापियो। उनी गजल क्षेत्रकी एउटी आशालाग्दी गजलकार हुन् तर भविष्य निर्माणमा निरन्तरताको खाँचो भने अवस्य रहन्छ। बर्तमानमा उनको गजलप्रतिको चम्कदो ज्योतिलाई तेल थप्दै जाने हो भने अवश्य पनि उनी नेपाली गजल साहित्यकी एक अद्वुुतीय गजलकारको रूपमा नेपाली गजल साहित्यमा चम्कन सक्छिन् भन्ने मलाई लाग्छ। गजल–संरचना 'अमला' गजलसङ्ग्रह भूमिका, शुभकामना र गजलहरू गरी ८० पृष्ठको छ। यो कृतिको प्रकाशन गजल सरोवर सिन्धुलीले २०६८ बैशाखमा गरेको छ। मूल्य व्यक्तिगत रु ५५/– र संस्थागत रु १००/– राखिएको छ। गजलसङ्ग्रहको पछिल्लो भागमा उनको तस्विर छ र त्यसमा आमा रत्नादेवी अधिकारी र पिता कृष्णप्रसाद अधिकारीको नाम र वाहुन तिल्पुङ , सिन्धुलीको साथै धेरै साहित्यकारका अमूल्य शब्दावली समावेश गरिएको छ। आवरण पृष्ठ निकै आकर्षक छ। अमलाले समर्पण पनि गजलका दुई शेर बाटै गरेकी छन् – प्रेणका दह आमा–बुबालाई, भगवान सरह आमा बुबालाई प्यारी छोरीको स–भक्ति समर्पण यो सिङ्गै सङ्ग्रह आमा–बुबालाई विभिन्न साहित्यकारहरूको नजरमा अमला अधिकारीः– यो गजलको भूमिका बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले लेखेका छन्। 'युगले खोजेजस्ति गजलकार' शीर्षक दिएर लेखिएको छ भूमिका। ज्ञानुवाकर पौडेलकोमा भूमिका लेखाउन युवा चर्चित गजलकार बाबु त्रिपाठीले अमलाका गजलको पा48डुलिपि लिएर गएका छन्। त्रिपाठीले गजललाई हेरिदिनु पर्यो भन्दै अनुनयविनय गर्दा ज्ञानुवाकर पौडेल नकार्दै आफैले लेखेका छन् –'नहेरूँ भो ....... हाम्रो आफ्नो जरुरी काम हुँदैन र के हाम्रो समय त्यति सस्त्ोा छ? जस्ता शक्ब्द प्रयोग गर्दा गर्दै पनि उनले भूमिका लेखेका छन्। पा48डुलिपि पढे पछि उनले यो पनि महसुस गरेका छन् कि अमलाका गजलहरू पढेर उनको मन छोए पछि उनले पुन लेखेका छन् – 'पढ्दै नपढी यो गजलसङ्ग्रह फर्काईदिएको भए कोपिलाएको एउटा राम्रो गजलप्रतिभाप्रति अन्याय हुनेमात्र होइन, एउटा राम्रो गजलसङ्ग्रहको मन्तव्य लेख्न पाउनुको सुखबाट समेत बञ्चित हुन लागेथें म आफै पनि।' उनको भूमिकाको एउटा अंश यसप्रकार छ –'के छैन अमलाका गजलहरूमा, जागरणका सन्देश छैन कि अँध्यारोको विरुद्ध आशाका किरण छैन कि, खासमा यिनले आफ्ना गजलहरूमा स्त्रीसुलभ रोदन देखाउन नचाहेर आजको अन्धकार सधै नरहला भन्दै उज्यालोको खोजीमा हिडेकी एउटी संवेदनशील तर जागरुक कवियित्री पनिहुन् भन्ने परिचय दिएकी छिन्।' मैले आजसम्म प्राप्त गरेका कृतिहरूको विवेचना गर्दा, कृतिभित्रका शुभकामना र भूमिकाका केही शब्दहरू समावेश गर्ने गरेको छु। मलाई कस्तो लाग्छ भने भूमिका लेखाउँदैमा कृति उच्चकोटीको हुने र भूमिका नलेखाउँदैमा कृति निम्न कोटीको हुने होइन। कृति उच्चकोटकिो हुनता 'दम' चाहिन्छ। दम भनेको रोग हैन कि शक्ति हो। यहाँ ज्ञानुवाकरले ओकलेका बाणीहरू यस कृतिमामात्र नभएर अन्य उनको अभिव्याक्तीमा पनि पढेको छु। त्यो ज्यूँकात्युँ उतार्न त सकिन तर भावर्थमा भूमिका लेख्नु भन्दा– समालोचना गर्नु राम्रो भन्ने रुवाई पाएको छु। नवसाहित्यकारहरूले भूमिका र शुभकामनाका शब्दहरू कृतिको हाराहारीमा लेखाएको पाइन्छ। त्यो कति औचित्य हुन्छ जब त्येसको मूल्याङ्कन गर्दा बास्तविक भूमिका नभएर भूमिकाको लागि भूमिका लेखेर आफ्नो नाम उच्चकोटीको साहित्यकारमा दर्ज गराएको पनि देखिन्छ। जब कुनै समालोचकले अध्ययन गर्दछ त्यतिवेला मूल्याङ्कनमै व्यवधान पैदा हुन्छ। म कता कता बहिरिए जस्तो लाग्यो। अब पुनः अमलाको 'अमला'तिरै जाने अनुमति चाहान्छु। शितल कादम्विनीको नजरमा अमला शितल कादविनीको मूूल्याङ्कनलाई गजलकै दुई शेरलाई पढ्यौः – तिम्रो गजल भित्र लाखौं दीन–दुःखी भेटें कतै शान्त अनुहार कतै ज्वालामुखी भेटें
खै कस्तो कस्तो लाग्थ्यो चिसिएजस्तो लाग्थ्यो तिम्रो तातो गजल छाम्दा मेरै ढुक48ुकी भेटे ंं पुष्प अधिकारी 'अञ्जलि'ले पनि गजलका शेरबाटै अमलाई मूल्याङ्कन गरेका छन्ः– देश माटो र आमाको ममता लेख्छे अमलाले गजलबाटै देश बनाउने सपना देख्छे अमलाले अवसर पाए यो चेलीले के नै गर्न सक्दिन र उत्साहका पाइतालाले शिखर टेक्छे अमलाले वियोगी बुढाथोकी र अमलाका गजल 'आशा लाग्दो प्रतिभाको उदय भएको छ' शीर्षकमा वियोगी बुढाथोकीले आफ्नो धारणा राख्दै लेखेका छन् कि उनी काफियामा लोभिए, भोक र तिर्खा उनीबाट टाढिए विविधताले लपक्क भिजेको पाए। उनलाई इर्शालाग्यो र खर्चिएको समयको मूल्य उठाए, गजलको रसपानले दुई दशक वितिसक्दा पनि प्यास नमेटिएर अमलाका गजलका शेरहरूले च्यास्स छोएछ र उनले पनि एक शेर पस्किहाले– सफेद कपडामा म पनि गजल सिउँदै छु अमलाको गजल पढ्दा लाग्यो मात पिउँदै छु। बाबु त्रिपाठीको अमलाको गजलकारीतामा धारणा बाबु त्रिपाठीको शीर्षक छ 'अमला गुुलियो हुनै सक्दैन'। बाबु त्रिपाठीले अमलालाई अमला गुलियो छ कि अमिलो भनी सोधनी गर्दा अमलाले अमिलो छु दाई भन्ने जवाफ पाएको र बिाबु त्रिपाठीले पढ्दा पनि गज्जबको अमिलो पाएकोले उनले पनि अमला गुलियो हुनै सक्दैन र हुनु हुँदैन पनि भन्ने अभिव्यत्तिः्क पोखेको पाइन्छ। बाबु त्रिपाठीले गजलको अध्ययन गर्दा उनले धेरै नारी गजलकारहरूमा अमला सिङ्गो सङ्ग्रह बनेर जोडिएको, अमलाले गजललाई बुझेको र बुझाइको अन्त्य कहीं नभेटिनु, बुझ्नेक्रम जिन्दगी रहेसम्म जारी रहनु , यिनै कुरा सिधै पोखे नारा बन्नु र कला थपे साहित्य बन्नु साथै अमलाको पोखाइ सबै साहित्य भएको महसुस गर्दै तलको एक शेरबाट त्रिपाठी विदा माग्दछन् – कायम आफ्नो पहिचान राख्नु जारी तिम्रो त्यो उडान राख्नु सुधाशाही, गजल र गजलकार 'जहाँ पूर्णत्ाा आउँछ, त्यहाँ प्रगति टुङि्गन्छ ' शीर्षक दिएर डा. शुधा शाही लेख्नु हुन्छ–'कुनै पनि कुरामा कसैले पूर्णता पाउँदैन कहीं कतै अलिकति कमीकमजोरी हुन्छ नै र जहाँ पूर्णता आउँछ त्यहाँ प्रगति टुङ्गिन्छ। ..........अमलाका गजलले पूर्णता पाउने छ।' भन्दै उनले मनपराएका गजहहरू मध्येबाट एक शेर एकदिन मान्छेले आकाशको शल्यकृया गर्नेछ बढेदैगा'को विचारले त्यही संकेत दिन्छ
अमला ह्याग्रीव आचार्यको नजरमा 'फुल्दै जाऊ तिमी ' शीर्षकमा आचार्यले गजलका पाँच शेर पस्कनु भएको छ त्यसमा एक शेरलाई यहाँ हेर्यौं– मान्छेलाई मान्छेबाट साह्रै तल झार्ने अहङ्कार, क्रोध, ईर्श्या भुल्दै जाऊ तिमी भीमप्रसाद अधिकारीले शुभकामना शीर्षकमा लेख्नु हुन्छ–'स्वस्थ विचार र स्वस्थ कल्पना नै साहित्य हो।' साहित्यलाई परिभाषित गर्दै गजल साहित्यमा मलजल पुर्याउन सकोस् भन्दै शुभकामना व्यक्तगरेका छन्। यसरी नै दुर्गा प्रसादअधिकारीको धारणामा अमला –' वैयक्तिक , सामाजिक, राजनीतिक र आर्थिक विषमताको आरनमा उसको धारिलो प्रतिभा माथि पाइन चढ्दै गायो। आज ऊ जे छ, त्यो त्यसैको उपज हो। ........ अमलाले सम्पूर्ण नेपाली साहित्य पारखीहरूलाई प्रसस्त भिटामिन 'सि' प्रदान गर्नेमा कुनै सन्देह छैन।' यसरी नै रावत भन्दछन् –'अमला एक फलको नाम , जसमा भिटामिन 'सी' प्रसस्त पाइन्छ। अर्को अमला अधिकारी, जसमा गजलको भिटामिन प्रखरमात्रामा रहेछ।' सबैका अभिव्यक्तिलाई हामीले माथी नै चाखी सक्यौं। अब अमलाले 'अमला'को बारेमा लेखेका कुरा पढौं – अमलाको अभिव्यक्ति छ –' हरेक मान्छेले आफ्नो यात्रा आफ्नै खुट्टाले टेकेर पुरा गर्नु पर्दछ नत्र व्यर्थैमा थुप्रै श्रम, समय र पैसा खचर् हुँदोरहेछ।' उनको शनीबारको रुटिन छ बाख्रा चराउनु। उनको बाख्राको नाम सानामा लस्करी राखिएको थियो पछि गएर छुचो र बाख्राको नेतृत्व गर्न थाले पछि यसको नाम परिवर्तन भएर लस्करे तोइवा भयो रे। आजकल तोइवामात्र भनिन्छ रे। त्यै तोइवालाई शनिबार ढाल्ने र चिलाउनेका पोथ्राले ढाकेको सानो जङ्गल, त्यही कान्लामा झपक्कै फलेका अमलाको रुख जटामसीको पहाड छिचोलेर बगेको जरुवा पानी, एउटा चिप्लेटी ढुङ्गो, त्यही तोइवाको खस्य्राकखुस्रुक प्रायः उनका गजलको परिवेश हो भन्ने धारण अमलाको छ। यसगजल सङ्ग्रहको नामा करण पनि बाबुदाईले शनीबार पारेर राखिदिनु भएको र ज्योतिषसँग हेराएर –'तिम्रो सन्तान भाग्यशाली रहेछ भनिदिनु भएछ। अमलाले लेख्नु हुन्छ –गजलको महफिलमा आज युद्ध चलिरहेको छ विचारको।' उनको आशा छ उनको शन्तानले पनि विचारको युद्ध जित्ने छ। 'यो सन्तानले आमाको भन्दा मामाको माया बढ्ता पाएको छ। आफ्नो सन्तानको माया सबैलाई लाग्छ। सबैले काखमा बसालुन् मायाले चुमुन् र भनुन् कस्तो ज्ञानी, कस्तो राम्रो।' यी माथकिा अभिव्यक्ति र गजलका शेरहरूको गहिरो अध्ययनबाट मलाई पनि भन्न मनलाग्यो ठीक छ अमला तिम्रो 'अमला'लाई सुसाइतमा जन्माएकी रहिछ्यौ, राम्रैसँग हुर्काएकी छ्यौ, न्यानो माया दिएकी छ्यौ, सुवासले अवश्य स्थान लिन्छ। ढुक्क भएर अघि बढ, बीचमै थाकेऊ भने अवश्य सृर्जनाले निरन्तरता पाउन सक्दैन प्रगतिको नौका माझधारमा अडिन्छ। वाहना चलाऊ नौकाको अवतरण समुद्रपार हुन सक्छ। गजलभित्रका कुरा गजमा के छ? र कस्तो छ? विविधपक्षहरूमा धेरै गजलकार/ साहित्यकारहरूको टिकाटिप्पणीहरूबाटै गजलको बारेमा अवगत भएको छ तर पनि विवेचना भने पछि आफ्नो पनि धारण केही पोख्नु मनासिव हुन्छ। आजको संसारमा हामी विकासमा लम्केको ठान्छौं, आफूलाई सभ्य भन्छौं तर आँफै नाङ्गिदै गएको थाहै लाग्दैन। त्यसमा गजलकारले कटाक्ष गरेकी छन् – अर्धनग्न जमातको चर्चा छ चारैतिर नाङि्गउँ कि कुर्था खोली सोचिरहेछू गजल–१, पृष्ठ२१ नास्तवमा हाम्रो संस्कार नाङ्गिनु होइन। समाज त्यतैतिर ढल्कि रहेको छ। अमलाका गजल युगसापेक्ष छन्। अमलाले जीवन र जगतलाई राम्ररी चिनेकी छन्। त्यसो हुँदा अमलाका गजललाई युगवोधी, समाजवोधी, जीवन र जगतवोधी, राष्ट्र र राष्ट्रियताबोधी र अस्तित्ववोधीको रूपमा लिन सकिन्छ। गजलका विविध चिन्तनहरू : – अमला गजलहरूमा नारीको रुन्चेस्वरमा नभै एउटा दृढता बोकेकी गजलकारको रूपमा उभिएकी छन्। उनी उज्यालोको खोजीमा छन्। उनमा नारी हृदय छ र नारीको धारणा उनले बोकेकी छन्। नकरात्मक पथलाई त्याग्दै सकरात्मक पथको अबलम्बन देखिन्छ यिनका गजलहरूमा। एक सुशिक्षित सक्षम सुकुमारीको आफ्नो भावी घरको कल्पना कस्तो हुन्छ त्यसको पनि उदाहरण पेश गरेकी छन् साथै नारी समनताका कुरा गर्नेहरूलाई तीखो प्रहार छ उनका गजलमा, जातीवादी चिन्तनमा उनले छुवाछुत मुक्त समाज चाहान्छिन्। राष्ट्रवादी चिन्तनमा सवलराष्ट्रको धारणा राख्छिन् – शिक्षा साहित्य कला अभिबृद्धिमा चेतनाको उज्यालो बालेको घर होस् गजल ४ पृष्ट२४ नारी समानताका कुरा गर्छौ भने सुन चुल्हो– चौकोको काम अधिया हुनुपर्दछ गजल १० पृष्ठ ३० म जम्मै पुराना संस्कार भत्काइ दिन्छु यी मान्छेका थोत्रा बिचार भत्काइ दिन्छु नारी–पुरुषका भेद कायम रह्यो भने म सृष्टिका सबै आधार भत्काइ दिन्छु गजल ६०, पृष्ठ ८० ऊ पिएको पियै भए म हेरेकी हेर्यै भएँ के उदय, के अस्तय म हेरेकीे हेर्यै भएँ
आज न्यायको धरातल कस्तो छ त, न्याए सुलभ छ/ छैन, सानालाई ऐन ठूलालाई चैन छ त्यसको लागि गजलकारले ठाडो प्रश्न तेर्स्याएकी छन् – मेरो एउटा राय हुन्छ कि हुँदैन निमुखालाई न्याय हुन्छ कि हुँदैन गजल ६, पृष्ठ २६ न्यायधिशले आज एउटा मान्छे मार्यो उसैलाई सजाए हुन्छ कि हुँदैन गजल ६, पृष्ठ २६ सामाजिक विकृति र विसङ्गति माथि धेरै आवाज उठाएकी छन् अमलाले जस्तैः– मान्छेको नै व्यपार गरी मान्छे बने अरु मान्छे जबर्जस्ती किनबेच हुने तपाइँ हामी 'पाठा' मान्छे प्रेमप्रणयका कुराहरमा पनि अमलाका गजलले उच्चस्थान बोकेका छन्। प्रेम यस्तो चिज हो जो कसैका हृदयबाट अलगिन सक्दैन जस्तै तिम्रो तस्वीर लुकाएर सिरानीभित्र राखेकी छु झर्छौ भनी यो आँखाको नानीभित्र राखेकी छु गजल ४१,पृष्ठ ६१ उनका हरेक गजलले सबैको मन छुन्छ, पढौं पढौं लाग्छ, व्यवहारमा उत्रन पर्छ भन्ने धारणा पलाउँछ राष्ट्रलाइ उठाउन पर्छ भन्ने भावना जागृत गराउँछ, समसामयिक घटनाक्रमलाई जोडेको छ। गणतन्त्रको बारेमा देशको द्वन्द्वको बारेमा, आजका सरकारको कमीकमजोडीमा , नयाँसोचको अवलम्बन र विविध क्षेत्रमा गजल बोलेको छ / गजलले ओगटेको छ त्यसैले गबै गजल पठनीय छन् अनुकरणीय छन्। अन्त्यमा अमला 'अमला' जस्तै अर्को कृतिको प्रति73यामा छु भन्दै धन्यवाद दिंदै म पनि आफ्नो धारण पस्किहालुँ – कर्मका48ड मानवको जिउनको आधार कर्मछाडी कहीँ कतै गर्नु हुन्न व्यपार उब्जिएका यी भावाधार सजाएर लग अमृतबृक्ष उम्री सक्यो मलजलमा सार जन्म घर सिन्धुली कर्मघर होला कहीं तिम्रो भाव बगिरहोस् सदा लगातार अमृतमूल फुटे पछि कस्ले सक्ने रोक्न मूल सुक्न दिनु हुन्न सम्झ बारंबार गजलकी जून–तार, भावनाकी सूर्य गजलवाग गोड्नु पर्छ हलगोरु नार निष्कर्ष डा.कृष्णहरी बरालको 'सिन्धुली जिल्लाले राजनीतिक इतिहासका सन्दर्भमा जसरी आफूलाई चिनाएको छ, त्यसै गरी साहित्यिक गतिविधिका सन्दर्भमा पनि यसले ठूलो योगदान दिएको छ' ,भन्ने अभिव्यक्तिको साथै नेपाली साहित्यका धरोहर, नेपालको राजनीतिमा समाजवादका प्रवर्तक तथा विशिष्ट परिचायक विश्वेश्वरप्रसाद कोइरालाको पुर्ख्यौली थलोको स्मरण हुने वित्तिकै सिन्धुलीले नेपालको राजनीति र साहित्यमा के कति योगदान पुर्याएको छ भन्ने कुरालाई सायद भनिरहन पर्दैनजस्तो लाग्यो। अव रह्यो मैले अध्यन गरेका तीन कृतिहरू (सिन्धुली वाङमय प्रतिष्ठानको मुखपत्र 'सुनगाभा' अर्धबार्षिक प्रकाशन, आशाका ती फूलहरू गीत गजलसङ्ग्रह र र अमला गजलसङ्ग्रह)ले पनि यस जिल्लाको साहित्यलाई सम्बर्धन गर्न एउटा कोशेढुङ्ग थपेका छन्। तीनै कृति उत्कृष्ट छन् र यिनले सिन्धुलीको साहित्यिक गतिविधिलाई प्रतिनिधित्वगरेका छन् भन्दै मेरो सानो विवेचनायही बिट मार्दछु।
धन्यवाद, मिति २०६८/१०/१ |