| सिन्धुलीका तीन कृतिहरूको संङ्क्षिप्त विवेचना सदानन्द अभागी हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनको बार्षिक उत्सब तथा समकालिन गजलसङ्ग्रहको विमोचन कार्यक्रममा सिन्धुलीका केही गजल कृतिहरू समीक्षार्थ प्राप्त भए। सर्बप्रथम त सिन्धुलीका साहित्यिक स्रष्टाहरू जस्ले यी कितापहरू समीक्षार्थ प्रदान गर्नु भयो उहाँहरूलाई धन्यवाद दिन चाहान्छु। साहित्य समाजको दर्पण हो त्यसो हुँदा जुन देशको साहित्य दर्विलो बन्दै जान्छ त्यो देश सवल बन्दै जान्छ भन्ने मेरो धारणा छ। यहाँ पनि यी तीनथान कितापहरू (सुनगाभा, अमलाका गजलहरू र आशाका ती फूलहरू) जो मलाई प्राप्त भएका छन् तिनले सिन्धुलीको साहित्यिक गतिविधिको बारेमा केही जानकारी गराउँछन् जस्तो लाग्यो। पढदा के आभास मिल्यो भने त्यहाँको साहित्य मौलाउँदै अघि बढिरहेको छ र नेपाली साहित्यमा सिन्धुलीले ठूलै योगदान पुर्याएको छ। अब म यी तीन कृतिमा केही कुराहरूका प्रस्तुतितिर लाग्ने अनुमति माग्दछु। सुनगाभाको संक्षिप्त अध्ययन : – सिन्धुली वाङमय प्रतिष्ठानको मुखपत्र 'सुनगाभा' २०६८,बषर््ा–३, अङ्क–५ अर्धबार्षिक प्रकाशन ८० पृष्ठको छ। यसको सम्पादकमा नन्दलाल श्रेष्ठ "भावुक" र धु्रवचन्द्र खड्का हुनुहुन्छ। यस सिन्धुली वाङ्मय प्रतिष्ठानको निम्ति सिन्धुलीगढी प्रकाशनद्वारा प्रकाशित कृतिको मूल्य व्यक्तिगत सहयोग भनि रु ५०/– र संस्थागत सहयोग रु१००/– राखिएको छ। पहिलो पृष्ठमा मननीय अभिव्यक्ति भनेर हेनरी जाँन इन्सेनका अभ्वियत्तिः राखिएको छ जस्तै–'संसारमा सबभन्दा बलियो मान्छे त्यही हो जो सबभन्दा एक्लो भैकन अडिन सक्छ '। साहित्यको सामर्थ्य शीर्षकमा भावुकले सारगर्भित सम्पादकीय पस्केनु भएको छ। उहाँका दुई पंक्ति यहाँ जोड्न मन लाग्यो –'मनोचित्रणभित्र यथार्थ पक्षहरूलाई उठान गर्दै सिर्जित सिर्जना साहित्य बन्न सक्छ। साहित्यको रस सेवन नगरेकाहरूका नजरमा त साहित्यकार र पागलप्रेमी उस्तै –उस्तै लाग्न सक्छन् '। मुखपत्रको प्रकाशकीयमा अञ्जुलको उद्गार पनि सारगर्भित छ हेरौं – कोही फूलैमा फूलमात्र देख्छन् केाही फूलैमा परी–नृत्य देख्छन् त्य दिव्य–दृष्टि मनको खुलाई गाऊन् यहाँ वाल्मीकि व्यास आई यी भावनाले सजिएका उद्गारमा हामी के भन्न सकिन्छ भने यस देशमा भ्रष्ट र दुष्टमात्र नभै वाल्मीकि र व्यास पनि छन् तर ती ज्ञानीहरूलाई राज्यले पहिचान गरेर स्थान दिनमात्र नसकेको हो। 'कृष्ण विक्रम थापा सङ्गीत र विकास कोष र सपनाहरू' शीर्षकको अञ्जुलले लेखेको लेख अध्ययन गर्दा उमानाथ स्मृति वाङ्मय पुरस्कार, मोतीराम भट्ट वाङ्मय गजल पुरस्कारको साथै कृष्णविक्रम थापा गायन पुरस्कार स्थापना गरी सिन्धुलीले नेपाली साहित्यका साहित्यकार गजलकार र गायक र यी विधालाई सम्बर्धन गर्नको लागि उत्प्रेणा जगाएको छ र साहित्यिक लेखनलाई प्रतिस्पर्धी बनाएको छ। आफ्नो तागतमा आफै उठौं हामीलाई कसैले उठाइदिंदैन भन्ने उद्घोष निर्माणको प्रतिक लाग्यो। यसरी नै सिन्धुली वाङ्मय प्रतिष्ठानले नेपाली साहित्यलाई सम्बर्धन गर्न थालेका कार्यहरू राम्रा र अनुकरणीय देखिए। यष्स्तै अनुकरणीय बुँदाहरू यहाँ धेरै समावेश गरिएका छन् जस्तै – ड्ड सिन्धुली वाङ्मय प्रतिष्ठानले महाकवि ल73मीप्रसाद देवकोटालाई राष्ट्रिय साहित्यिक विभूति घोषणा गरेको र सुनगाभाको हरेक अङ्कमा महाकविको रचना समावेश गर्ने एक अनुकरणीय कामको थालनी भएको छ। ड्ड सुवानन्द दास देखि बर्तमानसम्मका ख्यातिप्राप्त नेपाली स्रष्टाहरूलाई सुनगाभाको सम्मानित राष्ट्रिय साहित्यिक व्यक्तित्व स्थायी स्तम्भमा क्रमस समावेस गर्दै जानेजस्तो महत्वपूर्ण कामको थालनीको जानकारी पाउँदा सबै विधाका स्रष्टाहरू खुसी हुनु स्वभाविक हुन्छ। ड्ड साढेउन्नाइसको कलिलो उमेरमा दःुखद बस दुर्घटनामा परी २४ बैशाख २०४८मा निधन भएका प्रतिभाशाली कवि विमल गुरुङ्गलाई सिन्धुली वाङ्मय प्रतिष्ठान सम्मानित राष्ट्रिय साहित्यिक व्यक्तित्वको रूपमा सम्मान गर्नु र उनको 'एक किलो जङ्गल कविता सुनगाभामा समावेश गरिएको देख्दा साहित्यकारलाई उचित कदर गरेको पाइयो। ड्ड फाल्गुणी शर्मा तिमल्सिनाज्यूले कवि सिन्धुलियाका डायरीका ४वटा पा48डुलिपि उमानाथ स्मृति पुरस्कार गुठीलाई उपलब्ध गराएको र ती सिन्धुलीय सूक्तिहरू सुनगाभामा प्रकाशन गरिएको। ड्ड अञ्जुल काव्य जगतकी 'नीलो फरक लगाएकी केटीप्रतिको सारगर्भित कविता समावेश गरिएको। ड्ड नेपाल भित्र र नेपाल बाहिरका स्रष्टाहरूको लेख रचना समावेश गरिने निर्णयले क्षेत्र विस्तार गरिएको छ। ड्ड खोजी शीर्षकमा तृष्णा सुनुवार जस्ती १० बर्षकी अवोध बालिकाको सिर्जनालाई समावेश गरिएको। ड्ड मानवजन्मको सार्थकताको लागि कला सिर्जना गरी जरबुट्टाकला सङ्ग्रहालय स्थापना गर्ने कलाकार विश्वम्भर लामिछानेको अन्तर्वाता र कला त्रेच्दा कलाकारको मृत्यु हुन्छ भन्ने उनको धारणाको प्रस्तुति। ड्ड विश्वसाहित्यमा रुडयड किप्लिङको सिर्र्जनालाई ईश्वर गजुरेलले अनुवाद गरेको मोतीगज नामक मानव र पशुबीचको अगाध स्नेह भएको मनोवैज्ञानिक कथाले यो कृतिको उच्चाई थपेको। उमानाथ स्मृति ग्रन्थ विशेष, सिन्धुली साहित्य विशेष, कथा कविता, गजल, निवन्ध, गीत, मुक्तक, रुवाई समालोचना, अन्तर्वाता, विश्व साहित्य, खोजी, वाङ्मय गतिविधि पत्र–मञ्जुषालाई समेटेर सुनगाभाले आफ्नो प्रकासन प्रवलतालाई दर्शाएको छ। लेख रचना स्तरीय छन्। गजल र कविताको वाहुल्यता छ। सिन्धुली वाङ्मय प्रतिष्ठानले सुनगाभा अर्धबार्षिक प्रकाशन मार्फत योजना कार्यन्वयन र साहित्यस्तरलाई सम्बर्धन गर्ने अठोटलाई धन्यवाद दिंदै पूर्ण सफलताको कामना गर्दछु। आशाका ती फूलहरू सरसर्ती पढ्दा ं कृतिको संरचना– आशाका ती फूलहरू सिन्धुलीको दोस्रो कृति हो मैले पढेको। गजलकार हुन् सारदाप्रसाद पहाडी। प्रकाशन कुलचन्द्र स्मृति पुस्तकालयले गरेको छ। यो गीत र गजलको संयुक्त सङ्ग्रह हो। यो आवरण सहित १०२ पृष्ठको छ। यो कृतिको व्याक्तिगत मूल्य रु ७५/– र संस्थागत मूल्य रु १५०/– राखिएको छ। 'आशाका ती फूलहरू'मा ४०वटा गजल र २०वटा गीतहरूको समायोजन गरिएको छ। कृतिकारको चिनारीः– शारदाप्रसाद पहाडीको जन्म, सन् १९६८डिसेम्बर २५ सोल्पाठानागा् वि. स. –३ सिन्धुलीमा माता विष्णुकुमारी र पिता कालीप्रसाद पहाडीको सुपुत्रकोरूपमा, भएको थियो। कृतिकारले विविध क्षेत्रबाट, उत्कृष्ट शिक्षक पुरस्कार(२०५२), जिल्लास्तरीय कविता प्रतियोगितामा सान्त्वना पुरस्कार (२०५७), दैवीप्रकोप उद्धार सेवा पदक (२०६१), प्रसंसा पत्र सम्मान(०६४), खुृला कविता प्रतियोगितामा प्रथम पुरस्कार(२०६७), र मा.वि.स्तरीय कविता प्रतियोगितामा द्वितीय, २०४२ प्राप्त गर्नु भएको छ। उहाँ शिक्षण पेशाको साथै नेपाल रेडक्रस सोसाइटी कार्यलयमा विविध पदमा कार्यरत रहेर पनि साहित्यमा आफ्नो सक्रियता बढाउनु भएको छ। उहाँ विभिन्न संथाहरूमा पनि आवद्ध हुनु हुन्छ। उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठान सिन्धुलीको संस्थापन कोषाध्यक्ष, संस्थापक सचिव तथा आजीवन सदस्य शहीदस्मृति पुस्तकालय, आजीवन सदस्य नेपाल रेडक्रस सोसाइटी, संस्थापक अध्यक्ष जनकल्याण समाज, नेपाल २०६३, आजीवन सदस्य जनज्योति उ.मा.वी. फोस्रेटार २०६० मा उहाँको सम्लग्नता देखिन्छ। गजल तथा गीत कृतिप्रति विभिन्न साहित्यकारको शुभकामना तथा भूमिकाहरू – यो कृतिको प्रकाशकीयमा कुलचन्द्रस्मृति पुस्तकालय खाङसाङ–९,सिन्धुलीका संयोजक मदनकृष्ण पहाडी लेख्नु हुन्छ –'गजलकार शारदाप्रसाद पहाडीका अधिकांश गजलले आफ्नो जन्मभूमि कर्मभूमि तथा बर्तमान राजनैतिक र सामाजिक विसङगतिप्रति असन्तोष र आफ्नो गीत सङ्ग्रहमा केही चेतना मूलक र प्रेम–प्रणयका प्रस्तुतिले यसका पाठकहरूलाई केही बास्तबिकता र आनन्दको अनुभूति दिने कुरामा म विस्वस्त छु। 'पाटन संयुक्त क्यामपसका उप प्रध्यापक ढुण्डिराज पहाडी समीक्षको बाटोबाट तर्किएर शुभकामनाको वहानामा मेरो भनाइ भन्दै लेख्नुहुन्छ –'देशप्रेम,सामाजिक जागरणर प्रणय रसका स्वादिला गीत गजल, रच्ने र यो अमर कृति दुनियालाई अर्पने शारदा पहाडीलाई मेरो साधुवाद छ।' यसरीनै फाल्गुणी शर्मा तिमल्सिना अध्यक्ष उमानाथ शास्त्री सिन्धुलीया साहित्यिक प्रतिष्ठान,सिन्धुली र पवन पाखि्रन सिन्धुली साहित्य प्रतिष्ठान सिन्धुली, साहित्यकार द्वयले संयुक्तरूपमा शुभकामना दिंदै लेख्नु हुन्छ –'लानु के छ र भोली, शीर्षकबाट कविले सेवा नै पवित्र धर्म हो भन्ने सन्देश छर्दै एक मानवले अर्को मानवप्रति मानवोचित व्यवहार गरोस् भन्ने कामना समेत गर्नु भएको छ। ' 'आशाका ती फूलहरूमा रमाउँदा' शीर्षक दिएर म्याग्दी साहित्य समाजका अध्यक्ष धु्रवलाल शर्मा लेख्नु हुन्छ – 'ाहित्यकर्मीको लेखनीलाई, ठाउँले छेक्दैन,उसलाई भाउ र नाउले छेक्दैनन्,अभय वा भय ले कुनै बस्तुले छेक्न सक्दैन उसकालागि सबै बिब्ल्याँटा सप्ल्याँटाहरू साहित्यिक सिर्जनाका स्रोत र उर्जा भइदिन्छन्।' यी शब्द सिन्धुली जन्म थल्यो भै हाल कर्मथलो म्याग्दी बनाएका गजलकार शारदाका लागि पोखिएका हुन् तापनि विश्वका सबै साहित्यकारहरूलाई लागु हुने वाक्यहरू हुन्।। यसरी नै सिन्धुली वाङ्मय प्रतिष्ठानको तर्फबाट अध्यक्ष नन्दलाल श्रैष्ठ 'भावुक' लेख्नुहुन्छ –'उहाँ नै अग्रज प्रतिभाशाली साहित्यकारले फुलाएका फूलहुन् –'आशाका ती फूलहरू'। 'आशाका ती फूलहरू नियाल्दा शीर्षकमा प्रगतिशील लेखक सङ्घ म्याग्दीका अध्यक्ष भक्त कार्की लेख्नु हुन्छ –'स्रष्टा शारदा पहाडीको आशाका ती फूलहरूका शब्दमा शक्ति छ भावमा उर्जा छ, सौन्दर्य र शिल्प छ। मानवतावादी सोच चिन्तन, दया माया करुणा, देश भक्ति, पूर्ण भाव, मानवीय चरित्र, शब्द शब्दबाट उद्घाटन गरेका छन्।' दामोदर रिजाल 'घताने ' अध्यक्ष मधुसूदनस्मृति साहित्य प्रतिष्ठान म्याग्दी लेख्नु हुन्छ –'म्यग्देलीहरू भन्ने गर्छन् म्याग्दी खोलाको पानी खाएको मान्छे गीताङ्गे(गायक) हुन्छ'। 'यो शब्द पनि शारदामा चरितार्थभएको सन्दर्भमा लेखिएको हो। शुभकामनाको क्रममा नै कविता शर्मा सङ्घर्ष लेख्नु हुन्छ – 'लाग्छ आफ्नो कर्तव्य र राष्ट्रियता विर्षनेहरूलाई दरो झपड लगाउने छ यो कृतिले।' गजल सरोवर सिन्धुलीका अध्यक्ष वरुण लामिछाने लेख्नु हुन्छ – सिन्धुलीका साहित्यकार श्री शारदाप्रसाद पहाडी पनि गजलकारको रूपमा नाम दर्ज गर्न अघि सर्नु भएको छ। उपप्राध्यापक , म्याग्दी बहुमुखी क्याम्पसकी रेखाकौशल रेग्मीले े–'आशाका ती फूलहरू सुन्दर आँखाका सुन्दर दृष्टि शीर्षक दिएर राम्रो विवेचना गर्नु भएको / भूमिका लेख्नु भएको छ। रेखाकौशल रेग्मीले – 'मानवीय सहज अनुभूति, सामाजिक। राजनीतिक बस्तुको अङकन यो समग्र कृतिको बस्तुरूप हो ' भन्नु हुन्छ। शुभकामनाको कलमबाट डा. कृष्णहरि बरालले सिन्धुलीले राष्ट्रिय राजनीति र साहित्यिक गतिविधिमा पुर्याएको योगदान स्मरण गर्दै लेख्नु हुन्छ –'सिन्धुली जिल्लाले राजनीतिक इतिहासका सन्दर्भमा जसरी आफूलाई चिनाएको छ त्यसै गरी साहित्यिक गतिविधिका सन्दर्भमा पनि यसले राष्ट्रलाई ठूलो योगदान पुर्याएको छ।' गजलकार तथा गीतकार सारदाप्रसाद पहाडीका कृतिका केही विशेषताका उदाहरणहरू : – शुभकामना तथा भुमिका लेखाईमा आएका विविध अवधारणामा मध्यनजर राख्दै गजल तथा गीतसङ्ग्रहको अध्ययन गर्दा प्रथम गजलसङ्ग्रह भए पनि गजल तथा गीतकार प्रस्तुतिमा सफल देखिएका छन्। उनले प्रस्तुत गर्न खोजेका शब्द संयोजन अति उत्कृष्ट छन्। हेरौं केही शब्द संयोजनहरू –विषाक्त लोलाजस्तो, मानवता रोलाजस्तो, चुहिने झोलाजस्तो, डामिने साँढे, मैखाउँ मैलाउँ, यस्ता विविध शब्द संयोजनले कृतिलाई रसिलो बनाएको छ। गजलमा विविधता छ। गजलमा प्रेम प्रणयले अग्रस्थान ओगट्नु स्वभाविक नै ठान्नु पर्दछ किनकी गजल नै प्रेयसीसँगको सुखदुःखको वार्तालाप हो भनिन्छ। कृष्णहरि बरालको उनको गीत गजलप्रतिको धारणलाई उदाहरणको रूपमा हेर्न सकिन्छ –'माया साटासाट गर्ने सन्दर्भमा होस् या राष्ट्रियताको जगेर्ना गर्ने सन्दर्भमा उहाँ प्रखर देखिनु भएको छ।' सङक्षेपमा भन्नुपर्दा गीत र गजलले स्वदेशमा भोग्न परेका भोक, रोग, द्वन्द्व बन्दहड्ताल आर्थिक सामाजिक र राजनीतिकविविध पक्षलाई समेट्ने प्रयास गरिएको छ। गजल तथा गीत दुबैलाई सुन्दररूपमा, लयबद्धरूपमा,बिम्ब, प्रतिकलाई सजाएर प्रस्तुत गरिएको छ। आजको राजनीतिक प्रबृतिप्रति गजलकारको धारणाः– बास्तवमा सामन्तीहरूको प्रभावलाई राजनीतिक परिवर्तनले केही फरक पारेन। शोषणको रूपमात्र बदलियो। राजनीतिक परिवर्तनले सामजलाई परिवर्तनको आभाष दिन सकेन। राष्ट्र राष्ट्रियताप्रति राज नेताको चिन्तनमा ह्रास देखिएको छ। राजनीति र दलगतस्वार्थको लागि देश लुट्ने, पासपोर्ट बेच्ने र जनतालाई आँखामा छारो हाल्ने काममात्र भएको छ। देश र जनता आज ठूलो मारमा परेका छन्। महगाइले चरमसीमा नाधेको छ। दीन दुखीमा गास,वास र आवासको अभाव छ चारैतिर अभावै अभावले ढाकिएको छ देश। हेरौं गजलकारको धारणा– जनता रोए, देशै रोयो, तिम्रो हाँसो रोकिएन शकुनीको चालाचली पराइ घर धायौ नेता पृष्ठ ५ वीर अमर, वलभद्रको आँसु लाग्ला तिमीलाई आमा विर्स्यौ, माटो बिर्स्यौ प्रदूषण छायौ नेता पृष्ठ ५ शोषण दमन थिचो मिचो आज पनि उस्तै हुँदा जनतालाई फेिर रुवाए गाउँका मुखियाले पृष्ठ ६ पासपोर्ट बेच्नुहोस् सांसदज्यू, संििधान किन लेख्ने? झोक चले दुईचार जना मार्दा पनि मंत्री भैने पृष्ठ३३ यो राष्ट्रलाई साँच्चै हामी माया गर्छौ भने आफ्नै श्रम दीगो हुन्छ, देश लुट्न हुन्न साथी पृष्ठ१५ कर्मक्षेत्रमा पनि गजलकारले दायित्वलाई निभाएका छन् जस्तै स्वयम् सेवी भावनाले, विश्वभर फैलिएको आकाश जस्तै फराकिलो, छाती रहेछ रेडक्रस पृष्ठ ९ कुलतमा लागेकालाई गजलकारको ललकारः – तिम्रो नजिक आउँ भने, ह्वास्स ह्वास्स गनाउँ छु चुरोट, खैनी, सूर्तीहरू, रोगी बन्न चर्छौ किन पृष्ठ १० प्रेमप्रणय र गजलकारः– माथिनै भनिसकेको छु श्रृङ्गाररस त गजलको मौलिकता नै हो त्यसो हुँदा यहाँ प्रेमप्रणयलाई हेरौं– चञ्चल त्यो बानी अनि, भरिएको यौवनमा मगमगाउँदो फूलबारी, रमाउने ठाउँ लाग्यो पृष्ठ११ स्वाबलम्बी स्वभाव देख्दा मेरो पनि मन छोयो परिश्रमी हातसँग, न्यानो हात मिलाउँ लाग्छ पृष्ठ १२ सामाजिक विकृति र गजलकार वास्तवमा नेपाली समाजमा चाकडी चम्चागिरी, हातमोल्ने, टाउको कनाउने र हीनताभाव दर्शाउने जस्ता विकृतिहरू पनि नभएका हैनन्। यस्तो मनस्थितिबाट समाज मुक्त हुनु आवश्यक छ। गजलकारले आफ्नो धारणालाई यसरी पस्कन्छन् – कुमारले काम गर्ने पुरस्कार गणेश पाउने कुरा चिल्ला भए पनि परिवर्तन भा'को छैन पृष्ठ १८ नारीवादी चिन्तन गजलकारले आफ्नो गजलमा नारीहरूलाई उच्च आदर्शको साथमा हेरेका छन् – आधा आकाश ढाक्नेलाई अवसर दिनै पर्छ समाजमा सुसंस्कारका मूल हुन् नारीहरू
अव आमी गीतसङ्ग्रहतिर लागौं। गीत ख48डमा जम्मा २०वटा सन्देशमूलक, प्राकृतिकछटाले सजाएका मीठा गीतहरू समावेश गरिएका छन्। गीत समाजलाई चेतनामूलक सन्देश दिने खालका छन्। एच आइ भी एड्सबाट होसियार हुने सन्देश, घरपरिवार छाड्दाको पीडा, छातीभित्र चल्ने आँधी हुरी, भूगोल टाढा भए पनि माया नजिक हुने, दुश्मनको लागि हाम्रो मादलको पनि ललकार, पुस्तकालयले दिने चेतना, असल मान्छेको असल चरित्र र त्याग, हृदयविहीनको दुष्ट चरित्र, नेपाली आमाको बिलौना, जात अनेक भएजनि भावना एकीकृत हुनपर्ने धारण, संस्कृति(तीज)कवि भूपिशेरचनप्रति श्रद्धासुमन आदि सामाजि पक्षलाई यस सङ्ग्रहले समेटेको छ। गीत विविधतामा छरिएको, सुन्दर शैलीमा सजिएको, प्रेमप्रणयले भरिएको, दोहोरी गीत पनि समावेश गरिएको छ। गीत र गजलमा भाषामा सरलता, व्यङ्ग, अध्यात्मक दर्शन समावेशी, पारिवारिक जीवनको भोगाई, नैतिकताको रोजाई, बहादुरी साथ लड्ने योद्धाहरूको कदर, राष्ट्रियताको जगेर्णा आदि विविधताले भरिएको छ र एकीकृत प्रस्तुतिमा सफल बनेको छ आशाका ती फूलहरू गजल तथा गीतसङ्ग्रह। गजल तथा गीतसङ्ग्रहमा केही सुधारका पक्ष पनि नभएका होइनन् तर यी निरन्तरताले परिमार्जन हुँदै जाने पक्ष हुन्। गजलकार शारदाप्रसाद पहाडीले एउटा सुन्दर कृति नेपाली साहित्यमा थपिएको छ। उहाँलाई धन्यवाद दिंदै विदा हुन्छु। धन्यवाद अमला' गजलसङ्ग्रहको सङ्क्षिप्त विवेचना भूमिका 'अमला' गजलसङ्ग्रह सिन्धुलीको तेस्रो कृति मैले अहिले पढदै छु अनि मनमा लागेका केही अभिव्यक्तिहरू पनि यहाँ पस्कदै छु। यो 'अमला' गजलङ्ग्रहकी कृतिकार अमला अधिकारी हुन्। उनीसँग चितवनका साहित्यिक कार्यक्रममा एक दुई पटक भेट भएको थियो र उनको गजल लेखन र गजल बाचनको प्रस्तुतिलाई सुन्दा,( पहिलो साहित्यिक कार्यक्रममा उनले प्रस्तुत गरेका गजलका शेरले) मेरो मन रमायो र उनको गजलकारिताको तस्विर मेरो नजरमा उत्रियो / छापियो। उनी गजल क्षेत्रकी एउटी आशालाग्दी गजलकार हुन् तर भविष्य निर्माणमा निरन्तरताको खाँचो भने अवस्य रहन्छ। बर्तमानमा उनको गजलप्रतिको चम्कदो ज्योतिलाई तेल थप्दै जाने हो भने अवश्य पनि उनी नेपाली गजल साहित्यकी एक अद्वुुतीय गजलकारको रूपमा नेपाली गजल साहित्यमा चम्कन सक्छिन् भन्ने मलाई लाग्छ। गजल–संरचना 'अमला' गजलसङ्ग्रह भूमिका, शुभकामना र गजलहरू गरी ८० पृष्ठको छ। यो कृतिको प्रकाशन गजल सरोवर सिन्धुलीले २०६८ बैशाखमा गरेको छ। मूल्य व्यक्तिगत रु ५५/– र संस्थागत रु १००/– राखिएको छ। गजलसङ्ग्रहको पछिल्लो भागमा उनको तस्विर छ र त्यसमा आमा रत्नादेवी अधिकारी र पिता कृष्णप्रसाद अधिकारीको नाम र वाहुन तिल्पुङ , सिन्धुलीको साथै धेरै साहित्यकारका अमूल्य शब्दावली समावेश गरिएको छ। आवरण पृष्ठ निकै आकर्षक छ। अमलाले समर्पण पनि गजलका दुई शेर बाटै गरेकी छन् – प्रेणका दह आमा–बुबालाई, भगवान सरह आमा बुबालाई प्यारी छोरीको स–भक्ति समर्पण यो सिङ्गै सङ्ग्रह आमा–बुबालाई विभिन्न साहित्यकारहरूको नजरमा अमला अधिकारीः– यो गजलको भूमिका बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले लेखेका छन्। 'युगले खोजेजस्ति गजलकार' शीर्षक दिएर लेखिएको छ भूमिका। ज्ञानुवाकर पौडेलकोमा भूमिका लेखाउन युवा चर्चित गजलकार बाबु त्रिपाठीले अमलाका गजलको पा48डुलिपि लिएर गएका छन्। त्रिपाठीले गजललाई हेरिदिनु पर्यो भन्दै अनुनयविनय गर्दा ज्ञानुवाकर पौडेल नकार्दै आफैले लेखेका छन् –'नहेरूँ भो ....... हाम्रो आफ्नो जरुरी काम हुँदैन र के हाम्रो समय त्यति सस्त्ोा छ? जस्ता शक्ब्द प्रयोग गर्दा गर्दै पनि उनले भूमिका लेखेका छन्। पा48डुलिपि पढे पछि उनले यो पनि महसुस गरेका छन् कि अमलाका गजलहरू पढेर उनको मन छोए पछि उनले पुन लेखेका छन् – 'पढ्दै नपढी यो गजलसङ्ग्रह फर्काईदिएको भए कोपिलाएको एउटा राम्रो गजलप्रतिभाप्रति अन्याय हुनेमात्र होइन, एउटा राम्रो गजलसङ्ग्रहको मन्तव्य लेख्न पाउनुको सुखबाट समेत बञ्चित हुन लागेथें म आफै पनि।' उनको भूमिकाको एउटा अंश यसप्रकार छ –'के छैन अमलाका गजलहरूमा, जागरणका सन्देश छैन कि अँध्यारोको विरुद्ध आशाका किरण छैन कि, खासमा यिनले आफ्ना गजलहरूमा स्त्रीसुलभ रोदन देखाउन नचाहेर आजको अन्धकार सधै नरहला भन्दै उज्यालोको खोजीमा हिडेकी एउटी संवेदनशील तर जागरुक कवियित्री पनिहुन् भन्ने परिचय दिएकी छिन्।' मैले आजसम्म प्राप्त गरेका कृतिहरूको विवेचना गर्दा, कृतिभित्रका शुभकामना र भूमिकाका केही शब्दहरू समावेश गर्ने गरेको छु। मलाई कस्तो लाग्छ भने भूमिका लेखाउँदैमा कृति उच्चकोटीको हुने र भूमिका नलेखाउँदैमा कृति निम्न कोटीको हुने होइन। कृति उच्चकोटकिो हुनता 'दम' चाहिन्छ। दम भनेको रोग हैन कि शक्ति हो। यहाँ ज्ञानुवाकरले ओकलेका बाणीहरू यस कृतिमामात्र नभएर अन्य उनको अभिव्याक्तीमा पनि पढेको छु। त्यो ज्यूँकात्युँ उतार्न त सकिन तर भावर्थमा भूमिका लेख्नु भन्दा– समालोचना गर्नु राम्रो भन्ने रुवाई पाएको छु। नवसाहित्यकारहरूले भूमिका र शुभकामनाका शब्दहरू कृतिको हाराहारीमा लेखाएको पाइन्छ। त्यो कति औचित्य हुन्छ जब त्येसको मूल्याङ्कन गर्दा बास्तविक भूमिका नभएर भूमिकाको लागि भूमिका लेखेर आफ्नो नाम उच्चकोटीको साहित्यकारमा दर्ज गराएको पनि देखिन्छ। जब कुनै समालोचकले अध्ययन गर्दछ त्यतिवेला मूल्याङ्कनमै व्यवधान पैदा हुन्छ। म कता कता बहिरिए जस्तो लाग्यो। अब पुनः अमलाको 'अमला'तिरै जाने अनुमति चाहान्छु। शितल कादम्विनीको नजरमा अमला शितल कादविनीको मूूल्याङ्कनलाई गजलकै दुई शेरलाई पढ्यौः – तिम्रो गजल भित्र लाखौं दीन–दुःखी भेटें कतै शान्त अनुहार कतै ज्वालामुखी भेटें
खै कस्तो कस्तो लाग्थ्यो चिसिएजस्तो लाग्थ्यो तिम्रो तातो गजल छाम्दा मेरै ढुक48ुकी भेटे ंं पुष्प अधिकारी 'अञ्जलि'ले पनि गजलका शेरबाटै अमलाई मूल्याङ्कन गरेका छन्ः– देश माटो र आमाको ममता लेख्छे अमलाले गजलबाटै देश बनाउने सपना देख्छे अमलाले अवसर पाए यो चेलीले के नै गर्न सक्दिन र उत्साहका पाइतालाले शिखर टेक्छे अमलाले वियोगी बुढाथोकी र अमलाका गजल 'आशा लाग्दो प्रतिभाको उदय भएको छ' शीर्षकमा वियोगी बुढाथोकीले आफ्नो धारणा राख्दै लेखेका छन् कि उनी काफियामा लोभिए, भोक र तिर्खा उनीबाट टाढिए विविधताले लपक्क भिजेको पाए। उनलाई इर्शालाग्यो र खर्चिएको समयको मूल्य उठाए, गजलको रसपानले दुई दशक वितिसक्दा पनि प्यास नमेटिएर अमलाका गजलका शेरहरूले च्यास्स छोएछ र उनले पनि एक शेर पस्किहाले– सफेद कपडामा म पनि गजल सिउँदै छु अमलाको गजल पढ्दा लाग्यो मात पिउँदै छु। बाबु त्रिपाठीको अमलाको गजलकारीतामा धारणा बाबु त्रिपाठीको शीर्षक छ 'अमला गुुलियो हुनै सक्दैन'। बाबु त्रिपाठीले अमलालाई अमला गुलियो छ कि अमिलो भनी सोधनी गर्दा अमलाले अमिलो छु दाई भन्ने जवाफ पाएको र बिाबु त्रिपाठीले पढ्दा पनि गज्जबको अमिलो पाएकोले उनले पनि अमला गुलियो हुनै सक्दैन र हुनु हुँदैन पनि भन्ने अभिव्यत्तिः्क पोखेको पाइन्छ। बाबु त्रिपाठीले गजलको अध्ययन गर्दा उनले धेरै नारी गजलकारहरूमा अमला सिङ्गो सङ्ग्रह बनेर जोडिएको, अमलाले गजललाई बुझेको र बुझाइको अन्त्य कहीं नभेटिनु, बुझ्नेक्रम जिन्दगी रहेसम्म जारी रहनु , यिनै कुरा सिधै पोखे नारा बन्नु र कला थपे साहित्य बन्नु साथै अमलाको पोखाइ सबै साहित्य भएको महसुस गर्दै तलको एक शेरबाट त्रिपाठी विदा माग्दछन् – कायम आफ्नो पहिचान राख्नु जारी तिम्रो त्यो उडान राख्नु सुधाशाही, गजल र गजलकार 'जहाँ पूर्णत्ाा आउँछ, त्यहाँ प्रगति टुङि्गन्छ ' शीर्षक दिएर डा. शुधा शाही लेख्नु हुन्छ–'कुनै पनि कुरामा कसैले पूर्णता पाउँदैन कहीं कतै अलिकति कमीकमजोरी हुन्छ नै र जहाँ पूर्णता आउँछ त्यहाँ प्रगति टुङ्गिन्छ। ..........अमलाका गजलले पूर्णता पाउने छ।' भन्दै उनले मनपराएका गजहहरू मध्येबाट एक शेर एकदिन मान्छेले आकाशको शल्यकृया गर्नेछ बढेदैगा'को विचारले त्यही संकेत दिन्छ
अमला ह्याग्रीव आचार्यको नजरमा 'फुल्दै जाऊ तिमी ' शीर्षकमा आचार्यले गजलका पाँच शेर पस्कनु भएको छ त्यसमा एक शेरलाई यहाँ हेर्यौं– मान्छेलाई मान्छेबाट साह्रै तल झार्ने अहङ्कार, क्रोध, ईर्श्या भुल्दै जाऊ तिमी भीमप्रसाद अधिकारीले शुभकामना शीर्षकमा लेख्नु हुन्छ–'स्वस्थ विचार र स्वस्थ कल्पना नै साहित्य हो।' साहित्यलाई परिभाषित गर्दै गजल साहित्यमा मलजल पुर्याउन सकोस् भन्दै शुभकामना व्यक्तगरेका छन्। यसरी नै दुर्गा प्रसादअधिकारीको धारणामा अमला –' वैयक्तिक , सामाजिक, राजनीतिक र आर्थिक विषमताको आरनमा उसको धारिलो प्रतिभा माथि पाइन चढ्दै गायो। आज ऊ जे छ, त्यो त्यसैको उपज हो। ........ अमलाले सम्पूर्ण नेपाली साहित्य पारखीहरूलाई प्रसस्त भिटामिन 'सि' प्रदान गर्नेमा कुनै सन्देह छैन।' यसरी नै रावत भन्दछन् –'अमला एक फलको नाम , जसमा भिटामिन 'सी' प्रसस्त पाइन्छ। अर्को अमला अधिकारी, जसमा गजलको भिटामिन प्रखरमात्रामा रहेछ।' सबैका अभिव्यक्तिलाई हामीले माथी नै चाखी सक्यौं। अब अमलाले 'अमला'को बारेमा लेखेका कुरा पढौं – अमलाको अभिव्यक्ति छ –' हरेक मान्छेले आफ्नो यात्रा आफ्नै खुट्टाले टेकेर पुरा गर्नु पर्दछ नत्र व्यर्थैमा थुप्रै श्रम, समय र पैसा खचर् हुँदोरहेछ।' उनको शनीबारको रुटिन छ बाख्रा चराउनु। उनको बाख्राको नाम सानामा लस्करी राखिएको थियो पछि गएर छुचो र बाख्राको नेतृत्व गर्न थाले पछि यसको नाम परिवर्तन भएर लस्करे तोइवा भयो रे। आजकल तोइवामात्र भनिन्छ रे। त्यै तोइवालाई शनिबार ढाल्ने र चिलाउनेका पोथ्राले ढाकेको सानो जङ्गल, त्यही कान्लामा झपक्कै फलेका अमलाको रुख जटामसीको पहाड छिचोलेर बगेको जरुवा पानी, एउटा चिप्लेटी ढुङ्गो, त्यही तोइवाको खस्य्राकखुस्रुक प्रायः उनका गजलको परिवेश हो भन्ने धारण अमलाको छ। यसगजल सङ्ग्रहको नामा करण पनि बाबुदाईले शनीबार पारेर राखिदिनु भएको र ज्योतिषसँग हेराएर –'तिम्रो सन्तान भाग्यशाली रहेछ भनिदिनु भएछ। अमलाले लेख्नु हुन्छ –गजलको महफिलमा आज युद्ध चलिरहेको छ विचारको।' उनको आशा छ उनको शन्तानले पनि विचारको युद्ध जित्ने छ। 'यो सन्तानले आमाको भन्दा मामाको माया बढ्ता पाएको छ। आफ्नो सन्तानको माया सबैलाई लाग्छ। सबैले काखमा बसालुन् मायाले चुमुन् र भनुन् कस्तो ज्ञानी, कस्तो राम्रो।' यी माथकिा अभिव्यक्ति र गजलका शेरहरूको गहिरो अध्ययनबाट मलाई पनि भन्न मनलाग्यो ठीक छ अमला तिम्रो 'अमला'लाई सुसाइतमा जन्माएकी रहिछ्यौ, राम्रैसँग हुर्काएकी छ्यौ, न्यानो माया दिएकी छ्यौ, सुवासले अवश्य स्थान लिन्छ। ढुक्क भएर अघि बढ, बीचमै थाकेऊ भने अवश्य सृर्जनाले निरन्तरता पाउन सक्दैन प्रगतिको नौका माझधारमा अडिन्छ। वाहना चलाऊ नौकाको अवतरण समुद्रपार हुन सक्छ। गजलभित्रका कुरा गजमा के छ? र कस्तो छ? विविधपक्षहरूमा धेरै गजलकार/ साहित्यकारहरूको टिकाटिप्पणीहरूबाटै गजलको बारेमा अवगत भएको छ तर पनि विवेचना भने पछि आफ्नो पनि धारण केही पोख्नु मनासिव हुन्छ। आजको संसारमा हामी विकासमा लम्केको ठान्छौं, आफूलाई सभ्य भन्छौं तर आँफै नाङ्गिदै गएको थाहै लाग्दैन। त्यसमा गजलकारले कटाक्ष गरेकी छन् – अर्धनग्न जमातको चर्चा छ चारैतिर नाङि्गउँ कि कुर्था खोली सोचिरहेछू गजल–१, पृष्ठ२१ नास्तवमा हाम्रो संस्कार नाङ्गिनु होइन। समाज त्यतैतिर ढल्कि रहेको छ। अमलाका गजल युगसापेक्ष छन्। अमलाले जीवन र जगतलाई राम्ररी चिनेकी छन्। त्यसो हुँदा अमलाका गजललाई युगवोधी, समाजवोधी, जीवन र जगतवोधी, राष्ट्र र राष्ट्रियताबोधी र अस्तित्ववोधीको रूपमा लिन सकिन्छ। गजलका विविध चिन्तनहरू : – अमला गजलहरूमा नारीको रुन्चेस्वरमा नभै एउटा दृढता बोकेकी गजलकारको रूपमा उभिएकी छन्। उनी उज्यालोको खोजीमा छन्। उनमा नारी हृदय छ र नारीको धारणा उनले बोकेकी छन्। नकरात्मक पथलाई त्याग्दै सकरात्मक पथको अबलम्बन देखिन्छ यिनका गजलहरूमा। एक सुशिक्षित सक्षम सुकुमारीको आफ्नो भावी घरको कल्पना कस्तो हुन्छ त्यसको पनि उदाहरण पेश गरेकी छन् साथै नारी समनताका कुरा गर्नेहरूलाई तीखो प्रहार छ उनका गजलमा, जातीवादी चिन्तनमा उनले छुवाछुत मुक्त समाज चाहान्छिन्। राष्ट्रवादी चिन्तनमा सवलराष्ट्रको धारणा राख्छिन् – शिक्षा साहित्य कला अभिबृद्धिमा चेतनाको उज्यालो बालेको घर होस् गजल ४ पृष्ट२४ नारी समानताका कुरा गर्छौ भने सुन चुल्हो– चौकोको काम अधिया हुनुपर्दछ गजल १० पृष्ठ ३० म जम्मै पुराना संस्कार भत्काइ दिन्छु यी मान्छेका थोत्रा बिचार भत्काइ दिन्छु नारी–पुरुषका भेद कायम रह्यो भने म सृष्टिका सबै आधार भत्काइ दिन्छु गजल ६०, पृष्ठ ८० ऊ पिएको पियै भए म हेरेकी हेर्यै भएँ के उदय, के अस्तय म हेरेकीे हेर्यै भएँ
आज न्यायको धरातल कस्तो छ त, न्याए सुलभ छ/ छैन, सानालाई ऐन ठूलालाई चैन छ त्यसको लागि गजलकारले ठाडो प्रश्न तेर्स्याएकी छन् – मेरो एउटा राय हुन्छ कि हुँदैन निमुखालाई न्याय हुन्छ कि हुँदैन गजल ६, पृष्ठ २६ न्यायधिशले आज एउटा मान्छे मार्यो उसैलाई सजाए हुन्छ कि हुँदैन गजल ६, पृष्ठ २६ सामाजिक विकृति र विसङ्गति माथि धेरै आवाज उठाएकी छन् अमलाले जस्तैः– मान्छेको नै व्यपार गरी मान्छे बने अरु मान्छे जबर्जस्ती किनबेच हुने तपाइँ हामी 'पाठा' मान्छे प्रेमप्रणयका कुराहरमा पनि अमलाका गजलले उच्चस्थान बोकेका छन्। प्रेम यस्तो चिज हो जो कसैका हृदयबाट अलगिन सक्दैन जस्तै तिम्रो तस्वीर लुकाएर सिरानीभित्र राखेकी छु झर्छौ भनी यो आँखाको नानीभित्र राखेकी छु गजल ४१,पृष्ठ ६१ उनका हरेक गजलले सबैको मन छुन्छ, पढौं पढौं लाग्छ, व्यवहारमा उत्रन पर्छ भन्ने धारणा पलाउँछ राष्ट्रलाइ उठाउन पर्छ भन्ने भावना जागृत गराउँछ, समसामयिक घटनाक्रमलाई जोडेको छ। गणतन्त्रको बारेमा देशको द्वन्द्वको बारेमा, आजका सरकारको कमीकमजोडीमा , नयाँसोचको अवलम्बन र विविध क्षेत्रमा गजल बोलेको छ / गजलले ओगटेको छ त्यसैले गबै गजल पठनीय छन् अनुकरणीय छन्। अन्त्यमा अमला 'अमला' जस्तै अर्को कृतिको प्रति73यामा छु भन्दै धन्यवाद दिंदै म पनि आफ्नो धारण पस्किहालुँ – कर्मका48ड मानवको जिउनको आधार कर्मछाडी कहीँ कतै गर्नु हुन्न व्यपार उब्जिएका यी भावाधार सजाएर लग अमृतबृक्ष उम्री सक्यो मलजलमा सार जन्म घर सिन्धुली कर्मघर होला कहीं तिम्रो भाव बगिरहोस् सदा लगातार अमृतमूल फुटे पछि कस्ले सक्ने रोक्न मूल सुक्न दिनु हुन्न सम्झ बारंबार गजलकी जून–तार, भावनाकी सूर्य गजलवाग गोड्नु पर्छ हलगोरु नार निष्कर्ष डा.कृष्णहरी बरालको 'सिन्धुली जिल्लाले राजनीतिक इतिहासका सन्दर्भमा जसरी आफूलाई चिनाएको छ, त्यसै गरी साहित्यिक गतिविधिका सन्दर्भमा पनि यसले ठूलो योगदान दिएको छ' ,भन्ने अभिव्यक्तिको साथै नेपाली साहित्यका धरोहर, नेपालको राजनीतिमा समाजवादका प्रवर्तक तथा विशिष्ट परिचायक विश्वेश्वरप्रसाद कोइरालाको पुर्ख्यौली थलोको स्मरण हुने वित्तिकै सिन्धुलीले नेपालको राजनीति र साहित्यमा के कति योगदान पुर्याएको छ भन्ने कुरालाई सायद भनिरहन पर्दैनजस्तो लाग्यो। अव रह्यो मैले अध्यन गरेका तीन कृतिहरू (सिन्धुली वाङमय प्रतिष्ठानको मुखपत्र 'सुनगाभा' अर्धबार्षिक प्रकाशन, आशाका ती फूलहरू गीत गजलसङ्ग्रह र र अमला गजलसङ्ग्रह)ले पनि यस जिल्लाको साहित्यलाई सम्बर्धन गर्न एउटा कोशेढुङ्ग थपेका छन्। तीनै कृति उत्कृष्ट छन् र यिनले सिन्धुलीको साहित्यिक गतिविधिलाई प्रतिनिधित्वगरेका छन् भन्दै मेरो सानो विवेचनायही बिट मार्दछु।
धन्यवाद, मिति २०६८/१०/१ |
March 15, 2012
सिन्धुलीका तीन कृतिहरूको संङ्क्षिप्त विवेचना
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment