| माटो र बिरुवाले भोक लाग्यो भन्छन् (कृषि काव्य) अध्याय एक ( प्रार्थना ) हे धरती माता,गास, बास, कपासकी दाता म आएँ शरणमा, दुर्ई चार शव्द, कोरेर यहाँ, चढाएँ चरनमा,
छातीको रस, चुसेर हामी, बाँचेका यहाँ छौ, त्यसैले हेर, भावना धेर, स्तुति गर्दछौ, बाँचुन्जेल देर, आखिरी हेर, तिमी मै मिल्द छौ, यो जीवन क्षणिक बिताउन यहाँ तिमीमै नाच्दछौ,
कोदाका फल्दा, सुनका डल्ला, कृषक हाँसुन् है, धानका बाला, खेतमा झुल्दा, संसार नाचुन् है, स्याउ र अनार, सुन्तला सबले, यो देश भरुन् है, साल र सल्लो, गुराँस सबले, सुन्दरता छरुन् है,
भू ― क्षय ठूलो, यस देशको शत्रु, यसबाट बचाइदेउ, बसन्त सधै डाकेर तिम्ले माहुरी नचाइ देउ कृषकका ओठ, जोर भंैसी गोठ, रसिलो पारिदेउ एक एक कर्म, कृषकको धर्म, अमृत झारी देउ
कृषक नाचुन्, कृषक बाँचुन् तिम्रै काखमा डाँफे र मजुर, सधै नै नाचुन्, यो देशका पाखामा कोइली गाओस्, न्याउली भागोस्, योदेशको वनमा परेवा बासोस्, संसार नाचोस्, शान्तिको पथमा
यो देशको शान्ति, हरित क्रान्ति, कृषकमा पलाओस् काम धेनु गाईले, दूधका धारा, कृषकमा चढाओस् अन्न है पूर्ण चाँदिको छादन, सह नै ल्याइदिओस् मेरो त बिन्ति, यो मेरो माटो, सवल छाइदिओस्
सगरमाथा, विश्वको ताज, स्वर्णित पारिदेउ, हे हाम्री माता, हाम्रो है बिन्ति, तिमीले सुनिदेउ, कृषकका सबै, दुख र कष्ट, तिमिले टारिदेउ, शान्तिको दीप, कृषकको सीप प्रकाश छरिदेउ,
कस्तुरी बढोस्, चौरी नाचोस्, हिमाली पाखामा, कृषक सबको, गौरव बढोस्, खुसीको साथमा, सबैको मन स्वास्थ है तन, तिम्रै काखमा, श्री खण्ड बढोस्, श्रीफल फलोस् सुन्दर पाखामा,
यो मेरो बाँणी, सुधारस बनी, सबैमा पुगुन् है, यो हाम्रो मर्म, कृषकको धर्म सबैले बुझुन् है कृषकका एक एक पसिना हेर अमृत बनुन् है नर र नारी समता बनी खेत―बारी खनुन् है।
अध्याय दुई (अभिव्याक्ति) कृषि कर्म मानव धर्म सवल कर्म हो यो कर्म गर्न भावना धर्न सबैको धर्म हो हलो र जुवा डोको र नाम्लो कृषकको साथी हो यो साथी छाडी भाग्ने मानिस साह्रै नै लाक्षी हो
भन्दछन् सबै कृषि कर्म असाध्यै दुःखी हो विश्वका जन सवको तन कृषक मुखी हो गास वास कपास, अमृत समान काम धेनु गाई हो कर्ममा धर्म राखेर हिड्छन् कृषक भाइ हो
कान्छीले बोक्ने मलको डोको चुवाले बुनेको कान्छाले बोक्ने हलो र जुवा काठले बनेको जेठाले हेर खोला है खेत क्या राम्रो खनेको सिँचित गर्ने त्यो झर्नाबाट सुधारस बगेको
हिमाल भन्छ, कोइली गाउँछ कृषक बनिदेउ किताब पढ सुकर्म गर खेत पनि खनीदेउ धानका बाला मकैका घोगा खेतमा फलाईदेउ एक एक तिम्रा ती श्वेत बुंद मोतिमा टल्काइदेउ
लाली है गुराँस वनबाट बोल्छ सोत्तर म दिम्ला सूर्य नै बोल्छ आकाशबाट प्रकाश छर्दिम्ला नदी त बोल्छ सुसाइ हिड्छ सिँचित गर्दिम्ला माटो है बोल्छ मलिलो बनाउ भकारी भरदिम्ला
बीउले भन्छ मलार्ई रोप संसार ढाक्दिम्ला उत्पादन बोल्छ बजारमा बेच रुपियां गन्दिम्ला बजार बोल्छ वेदना खोल्छ हाटैमा किन्दिम्ला किसान बोल्छ, पसिना पोख्छ उत्पादन गर्दिम्ला
कृषिक कर्म असल धर्म उत्पादन बिकेन सारा है कर्म गरदा पनि पसिना टिकेन कम्मर भाँचे गास पनि साँचे लगानी उठेन यो सर्वकर्म कृषकको मर्म केही पनि जुटेन
क्रेताले भन्छ महगो भयो किन्न नै सकिन व्यापारी भन्छ सस्तोमा दिने छाँट मैले देखिन सरकार भन्छ उत्पादन बढाउ खाएर, बाँचन सञ्चित गरि अनाज राख अनिकाल टारन
ताल र मेल कृषकको खेल सरकारले लगाइदेउ एक एक गरि प्रविधिसार कृषकमा पुर्याइदेउ असल कर्म त्यही हो धर्म कृषकले ठानीदेउ सत्कर्म गर्दा सतबीज छर्दा मोक्ष छ मानिलेउ।
अध्याय तीन (नेपालको भौगोलिक माटोको वर्णन) वायु है आउँछ पानी नै पर्छ यो माटो बग्दछ एक एक कण माटोलार्ई जोगाउ यो मुटु भन्दछ असल कर्म सवल पक्ष कसरी बन्दछ सरल सत्य प्रविधि पाउँ मस्तिष्क सोच्दछ
भूमिको नाश उठि है वास सबैलार्ई पार्दछ उर्वरक माटो बगेर जान्छ रुखो नै बन्दछ त्यसैले हेर जमिनलार्र्ई बनाउनु पर्दछ अघिका गल्ति भएका जति सच्याउनु पर्दछ
बारीका पाटा एक एक गरि गह्रामा बदल नाङ्गो जमिन हरित पार्दा बन्दछ सवल भेलकाटी फाल, अमृसो पाल वर्षाको त्यो काल वायोग्यास बाल वनलार्र्ई पाल गोबर सङ्गाल
भू–क्षय रोक्दा उर्वरक माटो रोकिन्छ गह्रामा पोटिला राम्रा अनाज दाना आउँछन् डालामा गरिबको उत्थान हुँदैजान्छ प्रत्येक बालीमा वासमती चामल मग र मग चरेसको थालीमा
सानो मा सानो यो हाम्रो देश क्षेत्र त पाँच छन् क्षेत्रको रुपमा माटोको बर्ग फरक पर्दछन् कृषक बर्ग सबै है ठाउँमा कम्मर कस्दछन् उत्तर–दक्षिण कलकल गर्दै नदी त बग्दछन्
नदीको वेग धारिलो हेर माटोलार्र्ई काट्दछ मलिलो कण कृषकको धन वगर पार्दछ लेकका ठूला ढुँङ्गा र मूढा व्याँसीमा झार्दछ मलिलो कण ढाकेर सबै बगर पार्दछ
तराई प्रदेश अन्नको खानी दोमट माटो छ माटोको मुटु जीवाङ्स हेर अति नै कमी छ गोबर बन्छ गुइँठा हेर बन पनि कमी छ मलको प्रयोग नहुँदा खेरी उब्जनी कमी छ
चुरे है माला ढुङ्ग्यान छाला भिरालो जमिन छ यो प्रदेश हेर, कुरा छन् धेर पैराको खानी छ भिरालो ठाउँमा खेती त गर्ने कृषकको बानी छ कङ्कडे ढुङ्गा अति नै धेरै काम गर्न कठिन छ
लेक र व्याँसी जीवनको साथी झर्ना त झरर पिठ्यूँमा डोको तालुमा नाम्लो पसिना तरर रातो है माटो टारको बाटो गीत जान्छ सरर लेकको डाँडो अति नै जाडो मजेत्रो फरर
मध्य है पहाड, उतार र चढाव गेगे्रठे माटो छ धारिलो बग्ने किनारा काट्ने नदीको धार छ यतिले मात्र न पुगी ठूलो पैराको भार छ धान र मकै कोदो र फापर अनिकाल टार्दछ
यो ठाउँमा पनि वाढी र पैह्रो भू–क्षय बढी छ कही त हेर खोरिया फँाड्ने कृषकको बानी छ भिरालो जमिन खेतीको लागि अति नै बढी छ बाढी र पैह्रो धेरै नै जान्छ यो ठूलो कडी छ
गर्मीको महिना जङ्गलमा हेर डढेलो लाउंँछन् बोट र जन्तु सबले हेर दुःख नै पाउँछन् माटो र बोट दुबै नै जली खरानी पर्दछन् वर्षा है सुरु हुँदा है खेरी पहिरो त बग्दछन्
वनमा लाउने डढेलोलार्र्ई राम्ररी रोक है वन विनास हुँदा विचल्ली हुन्छ सबैले जोख है हरियो वन प्रकृतिक धन सबैले घोक है अतिक्रमण गरने काम सबैले रोक है
उच है पहाड गेग्रेटे कण ठुङ्ग्यान माटो छ चालिस डिग्री भन्दा माथी भिरालो पाइन्छ आलु वेथे उवा र फापर खेती नै गरिन्छ पतझड फलफूल खेती त हेर राम्ररी लाइन्छ
काजजीबदाम, नास्पती, स्याऊ, ओखर लाइन्छ तरकारी बीज बनाउन सके धन पनि पाइन्छ यो क्षेत्र धनी जडी र वुटी औषधी पाइन्छ घाँस है चरन लुलु र चौरी यहाँ त पालिन्छ
भिरालो अति वढ्न गए खेतीलार्र्ई बन्देज गह्रा है सुधार गरनु पर्छ, किसानलार्र्ई सन्देश संरक्षित बाली प्रणाली गर्न सबै त विवश नाङ्गोलार्ई पार हरा र भरा सबैलार्र्ई सन्देश
हिमाली क्षेत्र चाँदीको चित्र हिमनदी बग्दछ हिमको प्रभाव माटोमा पर्दा माटो नै गल्दछ बलौटे माटो खस्रा त कण पातलो तह छ खेती र पाती कम हुन्छ तर मौसमी चरन छ
चट्टानयुक्त ढुङग्यानयुक्त माटोका कणहुन् मनाङ्ग,मुस्ताङ्ग डोल्पामा केही खेतीका पकेटछन् सोलुखुम्वु जील्लामा पनि खेतीका पकेटछन् खेतीका पकेट नगण्य तर मौसमी चरनहुन्
यो क्षेत्र हेर चार महिना जति हिउँले ढाक्दछ हिउँले छाडे पछि त हेर चरन घाँस बढ्दछ स्याउ ओखर आलु र उवा खेतीमा रोजिन्छ सवल पक्ष माटोको रक्षा सवल पथ खोजिछ।
अध्याय चार (माटोको निर्माण) माटोको निर्माण चट्टान खिइ बनेको पाइन्छ वालुवा,पाँगो,चिम्टेकण त्यहाँ त चाहिन्छ यी सबै हेर चट्टा नै बाट खियाइ ल्याइन्छ अग्नेय, पत्रे परिबर्तित चट्टान नामले बोलाइन्छ
पृथ्विको त्यो खुकुलो तह बिरुवा उम्रन्छ खाद्य है तत्व स्वसेसर हेर बिरुवा सप्रन्छ खेती र पाती गर्नलार्र्ई बाली सजिलै सकिन्छ प्राङ्गारिक बस्तु विघटित हुँदा जीबाङ्स थपिन्छ
माटोमा हेर ठोस, तरल, ग्यास पनि भेटिन्छ प्राङ्गारिक खनिज, जल र वायु चार अंस देखिन्छ खनिज माटो प्राङ्गारिक माटो दुई भागमा बाँडिन्छ मुख्य र सहायक खनिज दुबै हेर यसैमा पाइन्छ
माटोको भौतिक गुणको वर्णन यहाँ त गरिन्छ समानुपातिक वितरण कणलार्ई बुनौट भनिन्छ यी पनि हेर कणको नापले तीन भागमा वाँडिन्छ बलौटे,पाङ्गो, चिन्टे भनि नामले जानिन्छ
बलौटे माटो खस्रा कण पानी त चुहिन्छ राम्रोसँग व्यवस्था गर्न गोबर चाहिन्छ जरेबाली आलु है जस्ता यसमा लाइन्छ प्राङ्गारिक मलको मात्रा घटे धोका नै खाइन्छ
साना साना ती अदृश्य कण चिम्टेमा गनिन्छन् मलिलो पनि पानी है अड्ने यसैलार्ई भनिन्छन् धान, उखु, जुटबाली लाउन असल मानिन्छन् जोत र खन, काम समेत गर्न कठीन ठानिन्छन्
उत्तम मा उत्तम मझौला कण दोमट लिइन्छ सबै है बाली लगाउनलार्ई उत्तम ठानिन्छ जोत र खन, काम समेत गर्न असल मानिन्छ प्राङ्गारिक मलको व्यवस्था पनि सबैमा चाहिन्छ
माटोको बुनौट कसरी जान्ने कौतुहल जाग्दछ हातले छामी महसूस गर्दा पत्ता है लाग्दछ हाइड्राे है मिटर पिपेट मेथड, असल मान्निछ चालनी बाट चाल्दा पनि पत्ता है लाग्दछ
बुनौट जान्दा खेती है गर्दा धेरै नै फाइदा छ कर्म र सिँचाइ भू–क्षय समेत जानिने काइदा छ आयन शोषण बिनिमय दर यसले जनाउँछ प्राङ्गारिक मल राख्दै जाँदा सन्तुलन बनाउँछ
माटोका कण आपसमा जुटी बनौट बन्दछ प्राकृतिक रुपमा बनेको डल्लो पेड नै कहलाउँछ कृतिम रुपले बनेको डल्लो डल्लो नै गनिन्छ दानेदार रुपको बनौट हेर असल नै ठानिन्छ
थाली आकार, दानेदार, व्लक छेदितघनक्षेत्र बनौटयुक्त बनौट विहिन देख्दछन् यी नेत्र दानेदार बनौट खेतीलार्ई छनौट सतह त्यो क्षेत्र प्राङ्गारिक मल, खेतीलार्ई जल चाहिन्छ विचित्र
घनत्व, छिद्र, दृढता, अनि माटो त तन्किने पारगम्य, पानी र रंग तापकर्म, जानिने माटोको भौतिक गुणमा हेर यिनलार्ई गनिने यी सबै वुझे सबैले सुझे असल ठानिने
पवित्र जल, अमृतफल जीवलार्ई चाहिने यो पनि हेर, के कुरा धेर माटो मै पाइने यो पानी दिन, बिरुवाले लिन, छिद्र नै चाहिने माटोमा पानीधारण बढ्न गोबर चाहिने
आद्रता रुपी पानी त हेर गतिशील हुँदैन पातलो झल्ली समाती वस्छ बिरुवा छुँदैन गुरुत्वाकर्षण रुपी है पानी बिरुवा खाँदैन नजम्ने पानी, नवग्ने पानी बिरुवा छाड्दैन
माटोको चिस्यान जैविक शक्ति कृयाशील पार्दछ बिरुवा खाना घुलनशील पारी आपूर्ति गर्दछ माटोको निर्माण जैविक कृया प्रवल पार्दछ बीउ को उमार वातावरण सन्तुलन पार्दछ
अध्याय पाँच (माटो महिमा)
माटोको गुण सबैले सुन खाना त प्रदान हो खानाको प्रदान, ईस्वरको बरदान कृषक जन हो रसायन गुण माटोमा हुने खनिज तत्व हो सहायक खनिज चिम्टेकण रसायनिक गुण हो
यी शुच्मकण पनि त हेर धेरै छन् प्रकार यी प्रकार मिलि सजिलैसँग दिएका आकार बाली गुन माटो माटो गुन बाली नबन दोधार मलिलो माटो निर्माण भए पालिन्छ संसार
सिलिका एलमुना मिलेर हेर काउलीनाइट बन्दछ यी दुबै पाता बलियोसँग अक्सिजिन वाँद्धछ एक एक अनुपातका पाता यसका अंशमा पर्दछ टाँसिने, खुम्चिने,फुल्ने, तन्किने गुण अति कम देखिन्छ
आद्रिय, उष्ण, विषुवत रेखा यसको जन्म ठाँउ ख्रसाहै कण, चुहिने काम, काउलीनाइट यस्को नाउँ समुह यसमा, धेरैछन् जसमा खनिज गुण नाउँ प्रोफाइल वन्दै आफनो रुप भन्दै समाउँछ आफनो ठाँउ
प्राङ्गारिक बस्तु माटोमा थपी मलिलो बनाउ यी बस्तु जोड्न सजिलै खोज्न पाखामा लगाउ बाँस रोप वनमा ,जागरुक जनमा भू–क्षय जोगाऊ असूरो पाती वनमारा हाली कम्पोष्ट बनाउ
खेतको पेटमा,पेटको खेतमा यो पनि वुझदेउ खोला र खोल्सा, सीमान्त ठाँउमा डालेघाँस रोपिदेउ पोषिलो घाँस कान्लामा रोप, बस्तुलार्ई खानदेउ खेतका आली बारीका कान्ला मासले भरिदेउ
सय भाग तत्व पेटमा जाँदा असी त फर्कन्छ बीस भाग मात्र नाइट्रोजन तत्व शरीरमा अट्दछ त्यो असी भाग गोबर र गहुँत बनेर फर्कन्छ संरक्षण गर खेतमा पुर बाली त सप्रन्छ
शरीर वन्ने ती तत्व सबै बालीमा पाइन्छ जीवले जती फाल्दछ गोबर बोटलार्ई चाहिन्छ स्वस्थ है बोट स्वस्थ है खाना खेत बाटै पाइन्छ प्राङ्गारिक खेती प्रयोग गर्दा रसायन त्यागिन्छ
प्राङ्गारिक खेती, आजको माग विश्वको चाहना सत्य र तथ्य अँगाली राख नगर बहाना रसायन घटाउँ प्राङ्गारिक वढाउँ कृषकको चाहना अंगाली राख प्रविधि पाठ बन्ने छ जोखाना
प्राङ्गारिक खेती भनेको एउटा उत्पादन पद्धती जैविक रुपमा निर्माण गरि छरिन्छ ओखती (विषादी) प्राङ्गारिक मल शुद्ध है जल पाइन्छ जे जती प्रयोग गर्दा ,दीगो रुप लिन्छ हुंदैन विमती
प्राङ्गारिक खेती गर्यो है भने दीगोपन आउँछ वातावरण स्वच्छ है वनी सुद्धता छाउँछ उत्पादन वढ्छ रोग कीरा घट्छ स्वस्थता ल्याउँछ दिर्घ है कालिन उर्वराशक्ति स्थिरता आउँछ
आधुनिक खेती प्रणाली मा त रसायन थपिन्छ औजार मूलक जोताइ खनाइ हाइवि्रड रोपिन्छ यसमा कुनै शङ्का छैन उत्पादन बढ्दछ व्यवस्थित रुपमा मलको अभाव रुखोपन बढ्दछ
आधुनिक खेती प्रणालीलार्ई घटाउने होइन सकरात्मक पक्ष अँगाल्दै जाँउ अरु त होइन विषादीक संसार बढाउन अव केही गरि भइन प्राङ्गारिक बस्तु प्रयोग गर रसायन होइन
प्राङ्गारिक स्रोतको विनाश हैन विकास गरिदेउ वनका र घरका जीवजन्तु संरक्षण गरिदेउ मल र जल संरक्षित गरि चुहावट रोकिदेउ भू–क्षय ठूलो रोग हो देशको पाठ है धोकीदेउ
बिरुवा वढन्, कम्पोष्ट बन्न तापक्रम चाहिन्छ चिस्यान ताप नमिल्दा खेरी दुःखनै पाइन्छ चिस्यानको मात्रा मुठी है पार्दा तप्कने चाहिन्छ जीवाणुलार्ई क्रियाशील पार्न जोरन चाहिन्छ
खेतमा पानी कति पो दिने क्षेत्र है क्षमता न त है जम्ने, न त है वग्ने वायुको समता बालीको लागि उन्नत जात पानीको गुण ता मूलको पानी, असल मानी प्रयोग ममता
खेतमा चिस्यान, नभए सम्म बीउ त रोपिन्न शु73म है जैविक कृया है कलाप त्यो पनि सप्रिन्न खाद्य है तत्व घुलनशील पनि केही गरि हुँदैन खानाको अभाव बढ्दै जाँदा उत्पादन बढ्दैन
जीवाणुलार्ई नियाली हेर्दा आंँखाले देखिन्न यिनको गुणको व्याखान गर्दा अरु त लेखिन्न असङ्ख्य तिनको सङ्ख्या हुन्छ गनेर सकिन्न लाभदायक मात्रै हुन्छन् हेर भन्न त सकिन्न
प्राङ्गारिक बस्तु विघटन गर्न जीव्ााणु चाहिन्छ नाइट्रोजन स्थिरिकरण गर्ने शक्ति यिनैमा पाइन्छ स्व पोषित गुण पनि लौ हेर यिनै पाइन्छ परपोषित गुण पनि हेर यिनैमा देखिन्छ
ढुसी है जति, परहै जीवि हरितकण रहित प्राङ्गारिक बस्तु विघटन गरि रोगसार्ने सहित च्याउको सेवन अति नै मीठो सब पर्दछन् मोहित ठूसी रोग लाग्दा, उत्पादन भाग्दा बन्दछ चिन्तित
काइ पनि हेर के कुरा धेर पानीमा पाइन्छन् हरितकणयुक्त भएर यिनले नाइट्रोजन थप्दछन् हरियोनीलो, हरियोपहेंलो हरियो रङ्गमा पाइन्छन् बायुम48डलीय नाइट्रोजन हेर तान्नलार्ई चाहिन्छन्
कोशेबाली लगाउनलार्ई प्रोत्साहित गर्नुछ जीवाणु मलले यिनलार्ई हेर उपचार गर्नुछ जीवाणुमलका, आफ्नै छन् जात यिनलार्ई छान्नु छ स्वजाती छानी उपचार गरि बीउलार्ई छर्नु छ
बीजोपचार गर्दा तरिका जान्दा नाइट्रोजन थपिन्छ रासायनिक मलको कटौती गरि डलर साँचिन्छ माइकोराइजा, प्रयोगमा काइदा,बालीलार्ई चाहिन्छ भामको प्रयोग गर्दा खेरि उत्पादन थपिन्छ
इन्डो र एक्टो यी पनि हेर दुर्ई थरी पाइन्छन् यी दुबै मिलि फस्फोरस तत्व घुलनशील पार्दछन् निमाटोड घट्छ, उत्पादन वढ्छ जरा सुरक्षित पार्दछन् फलाम र जस्ता धातुलार्ई हेर अवशोषण गराउँछन्
माटोमा भएका सबै जीवाणु, माटोको गुणस्तर सपार्ने मात्र नभै, यिनले रोग पनि सार्दछन् , हेर ढुसी, पातथोल्पे, कालोपोके, सिँदुरे, दाग,जराकुहिने ओइलाउने, आदि आदिले बालीलार्ई हानि गर्दछन्, माटोको जुकाले जरामा घाऊ पार्ने, तरकारीका जरामा गाँठा पार्ने, गहुँको एयरककल जस्ता रोग निम्त्याउँछन्, यी रोग सार्ने जीवाणुलार्ई, पहिचान गर र बाली जोगाउ, पहिचान गर र बाली जोगाउ।
अध्याय छ (माटो जाँच) माटोको जांचको आवश्यकता, माटाको उर्वराशक्तिको जानकारी लिन चाहिन्छ, कृषकलार्ई आवश्यक सिफारिस दिनुपर्दछ, यसले, माटोको पि एच को जानकारी दिन्छ खाद्यतत्वहरुको स्थितिको जानकारी दिन्छ माटो सुधारको प्रयोग कति गर्ने जानकारी दिन्छ माटो जाँचले सजिलै, खाद्यतत्वको अवस्थाको जानकारी दिन्छ, बास्तवमा माटो जाँच गर्न माटाको नमुनाको सङ्कलन सही र प्रतिनिधित्व गर्ने गरि गर्नु आवश्यक हुन्छ, सही नमुनाको सङ्कलन नै विश्लेषणको विशेषता हो, सहि नतिजा र सिफारिस नै उत्पादनको कडी हो, नमुना लिदा छोटा जरा हुने बाली र लामाजरा हुने बालीको, अलग अलग गरि लिनु पर्दछ, अन्न बाली र तरकारी बालीको नमुना, करिब नौ इञ्चको गहिराइ सम्म लिइन्छ, फलफूलको लागि तीन फिटको खाडल खनी, तीन भाग गरि तीन तहमा, एक एक फिटको अन्तर गरि लिइन्छ, यी नमुनामा राम्रो विवरण तालिका दिइन्छ, नमुनाको सङ्कलन गर्दा, घाममा न भै छायामा सुकाउने, झारपात, जरा ढुङ्गा प्ा््कयाक्ने, मिश्रीत नमुना तयार पार्ने, काम सावधानीमा गर्ने, विवरण तालिका अवस्य भर्ने, आफ्नो नमुनाले आँफुलाई चिनाउने, गरेर मात्र प्रयोगशालामा पठाउने, प्रयोगशालाले विश्लेषण गर्छ, नतिजा र सिफारिस पठाउँदछ, विश्लेषण नतिजा प्राप्त भएपछि, सिफारिसलार्ई कार्यान्वयन गर्ने, अनि मात्र, माटो जाँचको सार हुन्छ, नत्र भने देशलार्ई, माटो जाँच खर्चको भार हुन्छ, माटौ जाँच प्रयोगशालामा गरिन्छ, त्यति मात्र नभै, जिल्ला जिल्लामा अभियानको रुपमा, पनि माटो जाँच गरिन्छ, माटो जाँच आवश्यक्ता हो, यो परीक्षण गर्ने, गराउने र मलको आवश्यक्ताको पहिचान गर्ने, एउटा माध्यम हो र यो माध्यमबाट प्राप्त सिफारिको सहि प्रयोग गर्दा माटो मलिलो बन्न जान्छ, बातावरण सप्रन्छ, उत्पादन वढाउँदछ, यहि नै आजको आवश्यक्ता, माटोको उर्वरा शक्तिको, सहि जानकारी दिनु, माटो जाँचको विशेषता माटो जाँचको विशेषता।
अध्याय सात (खाद्यतत्व व्यवस्थापन)
बिरुवाको जीवन सञ्चालनमा सोह्रवटा तत्व आवश्यक पर्दछन् यी सोह्र तत्व तीन वर्गमा बाँडिएका मुख्य तत्वमा हेर, नाइट्रोजन, फस्फोरस, पोटास, सहायक तत्वमा हेर, क्याल्सियम, म्याग्नेसियम र गन्धक सू73म तत्वमा हेर, फलाम, तामा, जस्ता, मोलिब्डेनम, सुहाग, म्याग्नेज, र ल्कोरिन, यिनको आफ्नै काम छ, माटो बाट बिरुवाले लिने माम छ, उत्पादन बढे पछि कृषकले पाउने दाम छ, नाइट्रोजन म मूकभाषमा बोल्छु, म माटोमा प्राङि्गकरणमा रहन्छु, खनिजीकरणमा मेरोेरुप, दुई देखि तीन प्रतिशत मात्र हुन्छ, म जीवनको आधारभूत अंशहुम्, मेरोेकाम हरित कण निर्माणमा हो, म प्रकाशसंस्लेषणमा सहभागी हुन्छु, म शक्ति पद्धती भिटामिन र एमिनो एसिडको अङ्ग हुम् त्यसो हुँदा मेरोे प्रत्यक्ष रुपमा, प्रोटिन निर्माणमा दायित्व छ, मलार्ई भोक लाग्दा, म बिरुवामा पा48डुरुपमा देखिन्छु, बिरुवाका फेदका पात, टुप्पाबाट मध्यनसा तिर, पहेंलोपना बढ्दै जान्छ, पछि बिरुवा सबै पहेलिन्छ, अनि भन्दछ मलार्ई ठिक्क देउ, बढी भए चुहिदिन्छु, हावामा उडिदिन्छु, माटोमा बगिदिन्छु, बिरुवालार्ई हर्लक्कबढाइदिन्छु, त्यतिमात्र नभएर बिरुवालार्ई ढलाइ दिन्छु, तिमीले दिएको मेरोे मात्रा, बिरुवाले, पचास देखि साठी प्रतिशत शोषण गर्छ, त्यसो हुँदा मलार्ई राम्ररी पहिचान गर, गन्धक, फलाम, म्याग्नेसियमले पनि, मेरै जस्तो रुपमा भोक लाग्यो भन्दछन्, तर मेरो रुवाइ बुढापातबाट सुरुहुन्छ, गन्धकको रुवाइ नयाँ पातबाट सुरुहुन्छ, पातको रङ्गको फिक्का हरियो हुन्छ, फलामको रुवाइ पनि नयाँपात बाट सुरुहुन्छ, मैले पहेँलेापना देखाउँदा, नसा हरियो राखेर देखाउँदछु मेरोे भोक यी बाट अलग्गै अलिगन्छ, यतिमात्र कहँा हो र फुजारियम भर्टिसिलियम र रुटनटले, बुढापातमै पहेंलो पना देखाउँदछन् , ध्यान दिए म चिनिन्छु, यिनको लक्षण म भन्दा फरक हुन्छ, दिउसै ओइल्याउने पहेंलो पना एकनासको नहुने, आफ्नै रुपमा यिनीहरु प्रस्टिन्छन्, यसरी नै हेर्नु होस्, माटोको जुकाको आक्रमणलार्ई, जरामा गाँठा पर्ने रुप देखिन्छ, पहिचान गर्न यसैबाट सकिन्छ, मेरो कहिले खनिजीकरण कहिले प्राङि्गकरण, कहिले नाइटि्रफिकेशन कहिले डिनाइटि्रफिकेशन, कहिले एमोनिफिकेशन जस्ता रुप देखिइ रहन्छन्, मेरो भोक मार्न, प्रसस्त प्राङ्गारिक मलदेउ, त्यस्मा पनि गहुँत बढ्तादेउ, हरियोमल, एजोला, रात्रीमल, मेरो राम्रा खानाहुन्, कोशेबालीले म मा नाइट्रोजन थप्दछ, वायुमण्डलीय नाइट्रोजनलाई उपयोगमा ल्याउँछ, प्राङ्गारिक मल दिंदा विघटित मल दिनुहोस्, यी स्रोत छैनन् भने, नाइट्रोजनयुक्त मल माटोमा मिलाउ, शून्य दशमलव दुई देखि दुई दशमलव पाँच प्रतिशत, युरियाको झोल छर, तर ठीक मात्रामा देउ नत्र म उडि दिन्छु, बगिदिन्छु साथै चुहिदिन्छु, बढ्ता भए रोग कीरा डाकिदिन्छु, र बिरुवा ढाली दिन्छु, वातावरणमा असर पारी दिन्छु, त्यसो हुँदा, वातावरण बचाइ राख वातावरण बचाइ राख।
फस्फोरस म न्यूक्लिकएसिड, फाइटिन र फोस्फोलिपिडको अभिन्न अङ्ग म कोशविभाजन, जराबृद्धि, बीउको निर्माण, समयमा बाली पकाउने आदि काममा सहभागी हुन्छु, म कमी हुँदा नाइट्रोजन जस्तै, बिरुवामा पहेंलो पना देखाइ दिन सक्दछु, जराको विकास रोकिदिन्छु, पातलाई बैजनी रङ्गगमा परिणत गरिदिन्छु, फल पाक्न ढिलो गरिदिन्छु, स्त्रीकेशरको विकास रोकिदिन्छु, सावधान, ज्वालामुखीबाट निर्मित माटोमा, र धेरै अम्लिय र धेरै क्षारिय माटोमा, म अघुलनशील यौगिकमा जान्छु जानीराख मलार्ई अम्लिय माटोमा, एल्मुनियम फलामले समाउँछ, यसै गरि क्षारिय माटोमा क्याल्सियमले समाउँछ, अम्लिय र क्षारिय माटो सुधार गर, िप एच.छ र सात को विचमा बनाउ, म सजिलै बिरुवाको खाना बन्दछु, सोच्नुहोस् कहिले काँही, गोलभेंडा, बन्दा, भूइँकाफल का पातहरू, कम ताक्रमको कारणले गर्दा, वैजनी रङ्गमा देखिन सक्छन्, त्यतिमात्र कहाँ हो र भाइरसको कारणले पनि त, गोलभेंडा का पातका किनारा, राता रङ्गका देखा पर्दछन्, सावधानी अपनाउ हामी प्रस्टिन्छौ, आफ्नै रूपमा दर्शिन्छौं मलाई प्राङ्गारिक मल खुवाउन सक्छौ, असूरो, तीतेपाती कालो बनमारा, झुसेतिल, कालो सिरिस, खिर्रो, मेरो राम्रा स्रोत हुन् , अम्लिय करण रोक, माइकोराइजा प्रयेागमा ल्याउ, यतिले नपुगे, फस्फोरस मल देउ, अनि सुन, पोटासियम फस्फेट र क्याल्सियम फस्फेट (मनोवेसिस)को, शून्य दशमलव तीन देखि शून्य दशमलव पाँच प्रतिशतको झोल, पातमा छर, सुपरफस्फेट र डिए पी मेरो राम्रा स्रोत हुन् यिनैबाट म आफनो आहार पाउन सक्छु उत्पादनमा तिम्लाई टेवादिन्छु। जति फस्फोरसयुक्त मल दिछौं आधारमात्रामा दिन सिक बढी दिन थालेऊ भने जस्ता, फलामलाई वाँधिदिन्छु यिनकेा भोक देखाइ दिन्छु यिनकेा भोक देखाइ दिन्छु। पोटास म वनस्पतीको कोशद्रव्यमा पाइन्छु, स्टार्च, चिनी, प्रोटिन, क्लोरोफिल बन्न म चाहिन्छु, बोटको पराल तथा डाँठ कडा पार्न, रोग बिरुद्ध प्रतिरोधक क्षमताबढाउन,, दाना पोटिलो पार्न मेरोे भूमिका हुन्छ, माटोमा म कमी भएमा, मौन भाषामा बिरुवाबाट सन्देश दिन्छु पुराना पातका किनारा जलेसरी मर्ने गर्दछु, रोग र कीराको आक्रमण वढ्ने गर्छन , अन्तर गाँठा छोटा हुन्छन्, बिरुवा दाना चाऊरी पर्दछन्, नाइट्रोजन बढता दिदा मेरोे अभाव हुन सक्छ, तिमीले प्रयोग गरेको मेरोे मात्रा साठी देखि असी प्रतिशत जतीमात्र बिरुवाले माटो बाट शोषण गडर्छ, मेरेा अनुरोध, गहुँतमा म बढता हुन्छु, गोवर गहुँत जोगाउ र प्रयोग गर, म सजिलै बिरुवाको खाना बन्छु, मलाई प्राङ्गारिक मल खुवाउन सक्छौ, असूरो, तीतेपाती कालो बनमारा, झुसेतिल, कालो सिरिस, खिर्रो, मेरो राम्रा स्रोत हुन् , खरानीको प्रयोगगर्दा मेरो मात्रा वढ्न सक्दछ, मेरो स्रोतको प्रयोग गर्दा पोटासियम सल्फेट राम्रो हुन्छ, नेपालमा पोटासियमल्कोराइड धेरै मात्रामा भएको पाइन्छ, मेरो क्लोराइडकोररूप गुणस्तर बािलकाे लागि राम्रो मानिदैन, शून्य दशमलव तीन प्रतिशतको पोटासियम फस्फेट, मनोवेसिसको झोल पातमा छर्न मिल्छ, कार्नेलाइट, फेल्डस्पार, मस्कोभाइट, वायोटाइट, मेरो राम्रा स्रोत हुन्, मेरो प्रयोग चिम्टे दोमट माटोमा आधार मात्रामा नै छर, बलौटे माटोमा खण्ड खण्ड गरि छर, मलाई घुलनशील र बिनियमको रुपमा बिरुवाले बढ्ता लिन्छ, विलासिताको उपभोगको लागि मेरो प्रयोग गर्नुहुन्न, भू–क्षय त रोक्नै पर्दछ मलाई बग्न दिनु हुन्न मलाई बग्न दिनु हुन्न।
क्याल्सियम म केशिकाको बोक्रा निर्माण गर्छु, केशिका विभाजन गर्ने गर्छु प्राङ्गारिक तेजावको विषालुपना घटाउँछु, अम्लिय माटोलार्ई मै सुधार गरिदिन्छु, मेरोे कमी हुँदा सुन बिरुवाको मुना / कोपिला मर्छ, नयाँ पालुवा बटारिएर निस्कन्छ, गोलभेंडामा व्लुजुमइण्डरट हुन्छ भूइँकाफलमा टुप्पो डड्दछ, तरवुजामा फल कुहिने गर्छ, सेलेरीमा पात कुहिने, चाइनिज बन्दामा व्ल्याक हर्ट, जिरीकोसागमा र प्याजमा टुप्पा कुहिने हुन्छ, गाजरमा क्याभिटी स्पोट, बदाम र सोपमा कालो मुटु, यस्तै यस्तै भाषामा म बोल्छु, सावधानी अपनाउ बलौटे, अम्लिय, सर्पेनटाइनबाट, निर्मित माटोमा म कमी हुन्छु, अनि कुरिलो, सिमी, कपास, जौ, बन्दा, केराऊ, चुकन्दर, सूर्यमुखी, पालुङ्गोले मलाई धेरै खान्छन् यी बालीहरू लगाएको ठाँउमा, पनि म कमी हुन्छु अनि मैले भोक लाग्यो भन्छु, मेरो स्रोत हेर सबै प्रकारका प्राङ्गारिकमलहरू साथै डोलोमाइट, क्याल्साइड, अपाटाइट, क्याल्सियम, फेल्डस्पार, एम्फीवोल्स आदि, प्रयोग गर म बलियो बन्छु, माटोमा यो तत्वले पूर्ण भै दिन्छु, सावधानी बोरन पनि म जस्तै भएर आउँदछ, तर यसले छेउ छेउबाट चिरिदै आउँछ, म भने, लम्वाइबाट खैरो सुकेको दाग भएर आउँदछु, यतिमात्र कहाँ हो र, भाइरस पनि म जस्तै भएर आउँदछ, अरु रोगले पनि मेरो रूप देखाउँदछन्, त्यसो हुँदा गहिरो अध्ययन गर, म अरु भन्दा अलग्गै देखिन्छु, मेरो भोक मार्न, शून्य दशमलव तीन देखि शून्य दशमलव पाँच प्रतिशतको, क्याल्सियम ल्कोराइडको घोल, पातमा सात,सात दिनमा छर, माटोमा ठिक्क मात्रामा कृषि चून राख, मैले खान पाउँदछु, उत्पादनलाई बढाइ दिन्छु, जब मेरो मात्रा धरै बढायौ भने, फलाम म्याग्नेज जस्ता सुहाग तामा, बिरुवाले लिन सक्दैन, यी तत्वको कमी देखिन्छ, मलाई ठीक मात्रा देउ माटोलार्ई उर्वरक बनाउ, दीगो उत्पादन लिन सिक दीगो उत्पादन लिन सिक।
म्याग्नेसियम म हरित कणको मौलिक अंश, मैले क्याल्सियम,फस्फोरस,ओसार पसार गर्छु, तेल कार्वोहाइडे्रड, प्रोटिन, भिटामिन,निर्माणमा सहयोग गर्छु, विभिन्न इन्जायमलाई उत्तेजित पार्दछु, मेरो कमीमा बिरुवाले अन्तर नसीय पहेंलोपना देखाउँछन्, पातहरु झर्दछन्, त्यतिमात्र नभएर, म्याग्नेसियम कमी भएको पशुहरुले घाँस खाँदा, घाँसे टिटानी देखाउँछन्, भूइँकाफलमा मेरो रूपहेर अन्तरनसीय पहंेलोपनाको, साथै ठूला ठूला काला कता कता नमिल्दा धव्वामा देखिन्छन् गुलाफमा पनि मेरो रुप यस्तै यस्तै हुन्छ, अरुबालीमा पनि मेरो रूप अन्तरनसीय पाण्डुरता नै हो, तरबूजा, गोलभेडा, अङ्गुरले, फललाग्ने बेलामा भोक लाग्यो भन्छन्, यस बेला डोलोमाइट म्याग्नेसियम फस्फेट, प्राङ्गारिक मलहरु मलाई खानदेउ ल्कोराइड, चक, पाइरोक्सिन, कालो अभ्रख, सर्पेन्टाइनले पनि मलाई खाना दिन सक्दछन्, एक /दुई प्रतिशतको मेरो स्रोतको घोल, तीन चार पटक छरिदेउ यसैबाट मैले भोक मेट्छु सुन, मेरो रूप धारण गर्ने धेरै मित्र छन्, पोटासले पनि मेरो रुप देखाउँदछ भोक लाग्यो भन्दछ, सावधानी लिनुभयो भने म अन्तरनसीय भै प्रष्टिदिन्छु, उ पनि दह्रो भै पछिल्तिर वटारिन्छ, आफनो रुपमा अँफै प्रस्टिदिन्छ, आफनो रुपमा अँफै प्रस्टिदिन्छ।
फलाम म हरितकणको मौलिक अंश हैन, तर हरितकण निर्माणमा क्याटालिष्ट बनि दिन्छु, प्राणवायु संयोजन र वियोजनमा, धेरै इन्जायमको लागि, म पनी आवश्यक परिदिन्छु, मलाई भोक लाग्दा, बिरुवाका नयाँ पात पहेलिन्छन्, तर मुख्य नसा हरियो राख्छु, मेरो रुप बाली बालीमा फरक छ, भन्टा नसा सहित हल्का पहेंलो, गोलभेंडामा अरु पहेंलो नसा हरियो, काँक्रो फर्सिमा, नयाँ पात पुरै पहेंला,े सक्रमकमा पातको किनारा सेतो र मर्ने, बिरुवाको वृद्धिदर कम भए पनि नरोकिने मेरो गतिविधि यस्तै यस्तै छन् सावधानी , म प्रस्ट हुँदा हुँदै पनि, माटो धेरै क्षारिय भए म बिरुवाको खाना बन्न सक्दिन, धेरै अम्लिय माटोमा म धेरै पग्लन्छु यस्तो अवस्थामा म विषालु बनिदिन्छु, तामा र म्याग्निज बढ्ता प्रयोगमा, मेरो क्रियाशीलता घट्दछ म माटोमा हुँदा हुँदै पनि, बिरुवाले पाउन सक्दैन, म्याग्नेज म सँग मिल्दो जुल्दो देखिन्छ, साँच्चि नै छुट्याउन कठिन पर्दछ, शून्य दशमलव एक प्रतिशत फेरस सल्फेट छरेर हेर्नु पर्दछ, हैन भने म्याग्नेजको तन्तु जाँच गर्नु पर्दछ, मेरो भोक मार्न फेरासल्फेट प्रयोग गर्नुपर्दछ, शून्य दशमलव एक देखि शून्य दशमलव दुई प्रतिशत को दरले, फेरासल्फेटको घोल छर्नु पर्दछ, फेरासल्फेटको घोल छर्नु पर्दछ,
बोरन मेरो आवश्यक्ता केशिका विकास र विभाजनमा पर्दछ, म परागकणको उमार, कार्वोहाइडे्रड मेटावोलिज्म, हर्मनहरुको गतिशीलता कार्यशीलतामा महत्वपूर्ण मानिन्छु, चिनिको परिवहन गर्ने गर्छु, मेरो कमीमा, बिरुवाको नयाँ पातको बृद्धि रोकिन्छ, कोषको वृद्धि घट्दछ, फलमा चिरा देखिन्छ, बन्दामा म चिरिएर देखिन्छु,चुकन्दरको क्याङ्करमा देखिन्छु सुपको काण्ड विदरणमा देखिन्छु, गहुँमा थारोरुपमा देखिन्छु, जापानी मूला र सलगममा मेरोरुप व्राउनहर्ट हुन्छ तोरीमा दाना नलाग्ने अङ्गुरमा हर्टरटको रुप स्याउमा फोसि्रने रुपमा देखिन्छु, म एक दलिएमा भन्दा दुई दलियमा बढ्ता चाहिन्छु, म खाद्यान्नमा भन्दा अरुबालीमा, बढ्ता चाहिन्छु, ख्यालगर, क्याल्सियमले म जस्तै रुप देखाउँछ, हामी दुबै पेक्टिनसँग मिलेका हुन्छौं, तर मेरोरूपमा वाहिरी भाग फुट्छ, साथै तन्तु कडा काठ जस्तो हुन्छ, यस्को आधारमा म छुट्टिन्छु, यति मात्र हैन फ्युजारियमको पहेंलो रूप, राइजोक्टोनियाँको, वोक्रा खैरो भै चिरिने रूप, जान्थोमोनासको कालो कुहिने रूप, माटोको जुकाले जरामा पुर्याउने क्षतीमा, जराको बाहिरी भागमा खस्रो दागदेखिंदा, मेरो रूप भनि झुकिन सकिन्छ, तर ध्यान दिएर हेर्नु भयो भने म अवस्य प्रस्टिन्छु, यसरी नै सुलसुलेको क्षतीले,भन्टा,भेडेखुर्सानी, भूइँकाफल काँक्रो, तरवुजा, सिमीमा मेरो रुप लिएको पाइन्छ, सूक्ष्मदर्शक यन्त्रले हेर्दा, यिनको रूप प्रस्टिन्छ, अव मेरो स्रोत हेर, प्राङ्गारिक मल सबै भन्दा ठूलो स्रोत हो, सोडियम बोरेट, वोरिक एसिड, पनि माटो र पातमा छर्न सकिन्छ, शून्य दशमलव पचीस देखि शून्य दशमलव पाँच के जी बोरेक्स, प्रति रोपनी माटोमा मिसाउ, शून्य दशमलव एक देखि शून्य दशमलव पचीस प्रतिशत, बोरेक्सको घोल पातमा छर, म यसैमा सन्तुष्ट हुन्छु, म यसैमा सन्तुष्ट हुन्छु, म्याग्निज मेरो काम हरितकण बनाउन, अक्सिकरण, विघटन र प्रकाश संस्लेषण या औग्जीन तह वढाउन, इन्जायममा सहभागी हुन, म आवश्यक पर्दछु, माटोमा म कम भए पछि, बिरुवाको नयाँपातले, मरेका केशिका देखाउँदछ, अन्तरनशीय पहेंलो पना देखाउँदछ, साना नसा हरिया रहन्छन्, पुराना पातमा पनि लक्षण देखिन्छ, अनाज बालीमा खैरो दाग, जवीमा खरानी रंगको दाग, केराउमा जलग्रही दाग,पालुङ्गो र सिमी पहेलिनु, उखुमा खनिज रोग लाग्नु, आदि समस्याको साथमा, बिरुवामा मेरो रूप देखिन्छ, बलौटे माटो, कमेरे माटो, प्रङ्गारिक माटोमा म कमी हुन्छु, ठूलो मात्रामा चून प्रयोग गर्दा पनि म कमी देखिन्छु, तरकारी फलफूल र भटमासले मलाई धेरै खान्छन्, धेरै क्षारिय माटोमा, म छँदा छँदै पनि बिरुवाले खान सक्दैन, धेरै अम्लिय माटोमा, म धेरै पग्लि दिन्छु, बिरुवाले बढ्ता खाइदिन्छ, अनि विषालुपना देखाइदिन्छ, सावधान फलाम र जिङ्कले, मेरोे रूप धारण गर्दछन्, अन्तरनसीय पहेंलो पना देखाउँदछन्, जिङ्कको कमी पुराना पातमा देखिन्छ, म प्रस्ट प्रस्टिन सक्दिन, सावधानी रूपमा हेर्र्नु भयो भने, हामी सजिलै प्रस्टन्छौ, मलाई म्याग्नेज अक्साइड, बीस देखि पचास के जी/हे देउ अथवा शून्य दशमलव दुई देखि शून्य दशमलव पाँच प्रतिशतको, म्याग्नेज सल्फेटको घोल पातमा छर्कीदेउ, मलाई बढ्ता प्रयोग नगर म विषालु बनि दिन्छु, धेरै अम्लिय र क्षारिया माटो सुधार गर, बिरुवाले मलाई सजिलै लिन सक्छ, बिरुवाले मलाई सजिलै लिन सक्छ। जस्ता (यस पछि "म" म इन्जायम प्रणालीको मौलिक अंश हुँ मैले प्रजनन हर्मन बढाइ दिन्छु, औग्जीन बनाउन मेरो आवश्यक पर्दछ ग्लाईकोलार्ईटिक पाथ वे र साइटि्रकएसिड चक्रमा, धेरै इन्जाइमलाई उत्पेरित गर्छु, मेरो कमी हुँदा बिरुवाले नयाँ र पुराना दुबै पातमा खैरो कमीको लक्षण देखाउँछन् । पात झुप्प पर्नु खैरो रङ्गको दाग, पातको डाँठ र, अन्तरनसामा देखिनु, धेरै जसो गोलभेडा, काँक्रा, सलगम, चुकन्दरमा देखापर्नु मेरो लक्षण हो, धानमा नयाँ पातमा पहिला सेता, त्यस पछि मध्यनसातिर वढ्छु, अनि खैरो रङ्मा परिणत हुन्छु, यो कृया बुढापातमा देखाउँछु बाघे घर्सा या करङ्गे धर्सा देखिनु मेरो रूप हाे सुन्तलामा औग्जीनको कमी हुन्छ, अन्तर गाँठा छोटा हुन्छन्, मकैमा सेतो कोपिला, कपासमा सानो पात, सुन्तलामा रंगिन पात, आदि कर्म देखाउँछु, बिरुवा बढ्न सर्क्दैन, होचो हुन्छ,आदि आदि लक्षण छन्, सुन, म क्षारिय माटोमा, बिरुवाले लिने रूपमा हुन्न, स्याऊ, नासपाती, ओखर, सुन्तला, अङ्गुर, सिमी, भटमास, मकै धान र प्याज आदिले, मलाई धेरै उपयोग गर्दछन्, धेरै अम्लिय माटोमा, म धेरै घुलनशील हुन्छु, विषालु रूप लिन्छु, मेरो कमीमा बिरुवामा, कुलप्रोटिन र एमाइड घट्दछ, इण्डोल एसेटिक एसिड र राइवो न्यूल्किक एसिडको मात्रा घट्दछ, बास्तवमा जिङ्कसल्फेट जिङ्कचिलेट, जिङ्कअक्साइड, जिङ्कक्लोराइड, मेरो राम्रा स्रोत हुन्, ताजा मूत्र त्यसमा पनि सुंगुरको मूत्रमा म बढ्ता हुन्छु, एक के.जि. जिन्क सल्फेट प्रति रोपनी माटोमा प्रयोग गर्ने, या शून्य दशमलव एक देखि शून्य दशमलव पाँच प्रतिशत को, जिङ्कसल्फेटको घोल, पातमा छर्के मेरो मात्रा पुग्दछ, सावधान, म कमीको लक्षण, बुढापातमा, देखिदा, नाइट्रोजन म जस्तो देखिन सक्छ, मकैमा मेरो रुप फलाम र गन्धकले लिन्छ सुन्तलाको बाघेधर्सा, म्यान्ेसियम र म्याग्नेजसँग मिल्लाजुल्ला जस्तो हुन्छ सावधानी रूपमा हेर्यो भने मेरो रुप चौडा रुपमा देखिन्छ, अनि नसा हरिया रहन्छन्,
तामा म बिरुवाका सबै प्रकारका, तामायुक्त इन्जायमहरूमा पाइन्छु, आणविक प्राणबायु र इलेक्ट्रोनको परिवहन गर्छु एमिनो एसिड र प्रोटिनको यौगिक वनाउँछु, प्रस्वासलार्र्ई निरन्तरता दिन्छु मेरो धेरै काम छन्, मेरो कमीमा, बिरुवाको नयाँपात ओइल्याउने, पाण्डुरता देखिने, नयाँ पातको विकास रोकिने सिलिन्डर जस्तो भै दोवि्रने माझको पात ओइल्याउने, पात गाढा हरियो रहने पुलिङ्ग वाँझो रहने, परागकोठा र परागकण, खास गरेर गहुँमा, सानो भएर जाने जस्ता रूप मैले बिरुवा मार्फत देखाउँछु, सुन्तलामा गम पकेट पात झर्नु वहुकोपिला देखिनु, अन्तर गाँठा छोटिनु, फल पाक्नु अगावै झर्नु, आदि बिरुवा मार्फत मेरो कमीको रूप दर्शिन्छ, सावधानी म कमी हुनको मुख्य कारण पैतृक पदार्थमा नै कम भएर हो, पराल, पात–पतिङ्गर, तोरीको बोट तथा नलहरु अविघठित प्रङ्गारिक बस्तु माटोमा पुर्यो भने, म प्रङ्गारिक बस्तु सँग वाँधिन्छु र मेरो कमी देखिन्छ, मेरोे माटोमा मात्रा कम भएर पनि म माटोमा देखिन सक्दिन, क्षारिय माटोमा म भए पनि बिरुवाले पाउन सक्दैन, प्रसस्त मात्रामा,नाइट्रोजन फस्फोरस, पोटासको प्रयोगले पनि, मेरो प्राप्यता घट्दछ, मेरो स्रोत भनेका, कपरसल्फेट, कपरअक्साइड, माटोका खनिजहररू, प्रङ्गारिक मलहरू हुन् , निलोतुथो पाँच देखि दश के जी प्रति हेक्टर, छरेर मेरो कमीको पूर्ति गर्न सकिन्छ, त्यति नभए, शून्य दशमलवदुई देखि शून्य दशमलव चार प्रतिशतको, निलो तुथोको घोल, आधामात्रा क्यास्लियमअक्साइडमा मिलाएर छर्नु पर्दछ, यसो गर्दा म बिरुवाको खाना बन्छु म बिरुवाको खाना बन्छु।
मोलिब्डेनम मैले, वायुमण्डलीय, नाइट्रोजन स्थिरिकृत गर्न सहयोग गर्छु , फलामको उपयोग र परिवहनमा म आवश्यक पर्दछु, मैले नाइटे्टलाई घटाउँदछु, मेरो कमी भएमा पातका किनारा साँगुरिन्छन्, कोशेबालीमा वायुम48डलीय नाइट्रोजन, कम स्थिरिकृत हुन्छ, बिरुवाले पाण्डुरता देखाउँदछ, बिरुवा वढ्न सक्दैन, प्रङ्गारिकमल मेरो स्रोत हो, अम्लिय माटो सुधार गर्दा, मेरो उपलव्धता वढ्छ, सय देखि एकसय पचिस ग्राम प्रति हेक्टर, एमोनियम मोलिब्डेनम माटामेा मिलाउ, म बिरुवाको लागि उपलव्ध हुन्छु, काउली, दालबाली, सुन्तला, पालुङ्गोले, मलाई धेरै खान्छन्, माटोमा थपेन भने, म माटोमा कमी हुन्छु, बिरुवाले भोक लाग्यो भन्दछन् बिरुवाले भोक लाग्यो भन्दछन्।
ल्कोरिन म औग्जिनको मौलिक अंश हुम् प्रकाशसंस्लेषणमा पनि आवश्यक पर्छु मलार्ई गाजर, बन्दा ,जौ, गहँु, कपासले बढ्ता खान्छन्, मेरो स्रोत वर्षातको पानी र पोटासियम ल्कोराइड हो, मेरो कमीमा बिरुवाका, पातका किनारा ओइल्याउँछन् पातका किनारा ओइल्याउँछन्, अध्याय आठ (बिरुवाले माटो बाट खाना लिने तरिका) बिरुवाले म मा भएको खाना, तीन तरिकाले लिने गर्छ, यी तरिका आम बहाव, विसरण, र जराबाट लिने तरिका हो, (ःबकक ायिध, मषागकष्यल, बलम चययत ष्लतभचअभउतष्यल० म मा भएको खाना पानीले घोल्छ घोल बगेर जरातिर जान्छ, बिरुवाको जरा भित्र प्रवेश गर्छ, अनि करिव, असी भाग आमबहावबाट, बिरुवाकेा जराभित्र प्रवेश गर्छु, विसरणमा गाढा मात्राबाट पातलो मात्रमा, परमाणुहरु वग्दै जान्छन्, अनि बिरुवाले प्राप्त गर्छ, जराहरू खाद्यतत्व भएतिर बढ्दै गएर खाद्यतत्व लिन्छन्, यति मात्र नभै बिरुवाले बिनिमयकोरुपमा खाद्यतत्वहरू लिन्छ, बिरुवाले पातबाट पनि खाना लिन्छ, सबै सूक्षमतत्व यसरी नै बिरुवालार्ई दिन राम्रो हुन्छ, खाद्यतत्वहरू गतिशील हुन्छन्, कोही म मा गतिशील देखिन्छन्, कोही बिरुवामा गतिशील देखिन्छन्, म मा गतिशील र बिरुवामा, गतिशीलमा केही फरक छ, म मा गतिशील देखिने तत्वहरू अति घुलनशील हुन्छन् मेरो चिम्टे कणले यो घोललाई समात्न सक्दैन, यी नाइट्रेट, सल्फेट, बोरेट, ल्कोरिन र म्याग्नेज हुन्, कम घुलनशील तत्वहरू पानीमा घुल्दछन्, तर यिनलाई मेरो चिम्टेकले समात्दछ, यी छिटो गतिशील हुन सक्दैनन् यी तत्वहरू एमोनिया, पोटास, क्याल्सियम, म्याग्नेसियम र कपर हुन् , अगतिशील तत्व फस्फेट र जिङ्क हुन्, यी अति प्रतिकृयात्मक हुन्छन् म मा नै स्थिरिकृत भैदिन्छन्, बिरुवाले चाहे जती लिन सक्दैन, यति मात्र कहाँ हो र यी तत्वहरू मबाट बिरुवामा ग्ए पछि पनि, यिनको गतिशीलता बिरुवामा कम बेसी देखिन्छ, नाइट्रोजन, फस्फोरस र पोटास, बिरुवामा अति गतिशील हुन्छन्, यी बिरुवाको फेदबाट टुप्पातिर लाग्दछन्, यिनले आफ्नो कमीको लक्षण बुढा पातमा देखाउँदछन् जस्ता मध्यम गतिशील तत्व हो, यसको कमीको लक्षण नयाँ र पुरानापात दुबैमा देख्नसकिन्छ, गन्धक, फलाम, म्याग्नेज, तामा, मोलिब्डेनम, र ल्कोरिन, यी तत्वहरू कम गतिशील हुन्छन्, यिनको कमीको लक्षण नयाँ पातमा देखिन्छन्, क्याल्सियम र बोरन तत्व बिरुवामा अगतिशील हुन्छन्, यिनले पनि नयाँ पातमा लक्षण देखाउँदछन् खाद्यतत्वहरूको प्राप्यतालार्ई धेरै तत्वहरूले असर पार्दछन् माटो पैत्तृक पदार्थबाट बन्छ, बास्तवमा पैत्तृक पदार्थ नै चट्टान र खनिज हुन्, यी तत्वहरूले कति मात्रामा र कस्तो तत्व बिरुवालाई प्रदान गर्दछन्, त्यसमा भर पर्ने कुरा हो, म मा भएको पि.एच. मानले खाद्यतत्व आपूर्तिमा असर पार्छ, कृषकले कतिमल राख्छ, प्राङ्गारिक या रासायनिक, त्यसले पनि खाद्यतत्व आपूर्तिमा असर पार्दछ, त्यति मात्र कहाँ हो र सूक्ष्मजीवााणुले खाद्यतत्व प्रदान गर्न, ठूलो भूमिका खेलेका हुन्छन्, माटोको तापक्रम, चिस्यान, हावाको आवागमनले पनि, खाद्यततत्व प्रदान गर्न भूमिका खेल्दछन्, मेरो आपूर्ति कस्तो छ छुट्याउन सङ्केत बिरुवाहरू छन्, यी बिरुवाले म मा कुन तत्व कमी छ, सो को जानकारी मूकभाषामा दिन्छन्, काउली, तोरी, स्याउ, सुन्तला र मकैले, म मा नाइट्रोजन कमी भएको, शन्देस दिन्छन् मकै, जौ, जिरीको साग र गोलभेंडाले, म मा फस्फोरस कमीको शन्देस दिन्छन्, आलु सिमी, सुर्ती, काँक्रो, कपास, गोलभेंडा मकैले, म मा पोटास कमीको शन्देस दिन्छन्, आलु, काउली र लुसर्न घाँसलेे, म मा म्याग्नेसियम कमीको लक्षण देखाउँदछन्, यी सबै तत्वहरु गतिशील हुने भएकाले, पुराना पातमा यिनका लक्षण देखिन्छन् , काउली, बन्दा, लुसर्नले म मा, क्याल्सियम तत्व कमीको सङ्केत दिन्छन्, काउली, गाजर, स्याउ र आरुले म मा बाेरन तत्व कमीको सङ्केत दिन्छन्, सम्झनु होस् क्याल्सियम र बोरन दुबै तत्वको कमीमा गुभोको पात पहेलिने गुभो/मुना/कोपिला मर्ने हुन्छन् बास्तवमा खाद्यतत्व फेदका पातबाट, माथिल्लो भागतिर परिवहन हुन कठिन पर्दछ, रायो, लसुन, ल्कोभरले म मा , गन्धकतत्वको कमी भएको को सङ्केत दिन्छन्, धान, सुन्तलाले म मा जिङ्क तत्वको कमीको सङ्केत दिन्छन्, जौं, सुन्तला जात, आरु धानले म मा, फलाम तत्व कमीको सङ्केत दिन्छन्, स्याउ, खुर्सानी, सिमी, सुन्तला, मकै, केराऊ, मूला, जौंले म्याग्नेज तत्व कमीको सङ्केत दिन्छन्, स्याउ, सुन्तला जौं मकै, जिरीको साग, प्याज, सुर्ती टमाटरले ताँवा तत्व कमीको सङ्केत दिन्छन्, जिरीको सागले म मा ल्कोरिन तत्व कमीको सङ्केत दिन्छ, काउली समूह सुन्तला, दलहन, पालक जवीले, म मा मोलिब्डेनम तत्व कमीको सङ्केत दिन्छन्, सम्झनु होस् यी खाद्यतत्वको कमीको लक्षणमा, गुवो / मुना / कोपिला मर्दैनन् , अनि खाद्यतत्वको लक्षण हेरेर ठोकुवा गरेर भन्न कठिन पर्दछ, समस्या एक अर्कामा मिल्दाजुल्दा हुन्छन्, ध्यान दिनुहोस् राम्ररी हेर्दा छुट्याउन सकिन्छ, माटो र बिरुवाले खान माग्दा, हाम्रो ध्यान जान सके सवै समस्या हल हुन्छ, राम्रोसँग कर्म गरे राम्रै फल पाउन सक्छ, राम्रोसँग कर्म गरे राम्रै फल पाउन सक्छ।
अध्याय नौ (मलको वर्णन ) मेरो अनुरोध मेरो खाना भनेका मल हुन्, मलको प्रयोग गर म मलिलो बनिदिन्छु, बिरुवालार्ई आवश्यकतत्व दिन्छु, बिरुवा हलक्कै वढ्छ तिम्रो भकारी अवश्यक भर्छ, अनि म आँफै बोल्छु, यिनको बर्गिकृत गर्छु, प्राङ्गारिक र रासायनिकमा, प्राङ्गारिकले मलार्ई दीगो रुपमा मलिलो बनाउँछ, मेरो संरचना सपार्दछ, पानी अड्ने क्षमता बढाउँछ, सबै खाद्यतत्व थप्दछ, सू73मजैविक क्रियाकलाप बढाउँछ, माटोलार्र्ई उर्वरक बनाउँछ थोरै मात्रामा भए पनि, माटोमा सबै खाद्यतत्व थप्दछ, तर रासायनिक मलमा यस्तो गुण पाइँदैन, रासायनिक मलले त मेरो संरचना बिगार्दछ, सीमित रूपका खाद्यतत्व दिन्छ, सूक्ष्मजैविक क्रियाकलाप घटाउँछ, अव सुन, प्राङ्गारिक मलका स्रोत भन्दछु गोबर/ गोठेमल /कम्पोष्ट मल,यी धेरै प्रयोग हुन्छन् , गोबर गुहँुत को संरक्षण गर, गोबरको दोबर गहुँतमा, नाइट्रोजनको मात्रा हुन्छ, गोबर गहुँत दुबै सङ्गाल, यतिमात्र कहाँ हो र? गहुँत त बिरुवामा सोझै प्रयोग गर्न सकिन्छ, यदि आलो छ भने, पाँच /सात भाग पानी मिसाउ, विघटित छ भने चार भाग पानी मिसाउ अनि छर/प्रयोग गर, यसले पानी र खाना दिन्छ र रोग र कीराको, आक्रमण रोक्छ, प्राङ्गारिक मलका स्रोत धेरै छन्, जस्तै बिरुवाको अवशेषको मल बन्छ, त्यसलार्ई राम्ररी म मा पुर, बिघटित बनि दिन्छ, अनि मलाई मलिलो बनाइ दिन्छ, चराकोबिष्टा कुखुराको सुली पनि, राम्रा प्राङ्गारिक मलका स्रोतहुन्, यिनको प्रयोगमा ध्यानदेउ, बोटमा सोझै टाँसिदा नराम्रो रूपमा जलाइ दिन्छ, भेडा–वाख्राको जुतोको प्रयोगमा ध्यानदेउ, वर्किम्ला फोरेर छ र नफोरे माटोमा मिल्न समय लाग्छ, बर्षाको भेलले बगाएर लान्छ, हरियोमल एजोलाको प्रयोगले म साह्रै मलिलो बनिदिन्छु, यस्को प्रयोग गर्ने गर, यसरी नै हेर, जैविकमलको महिमा अझै ठूलो छ, यी पनि दुई थरिका छन्, स्वतन्त्र रूपमा बस्ने, र म मा नाइट्रोजन थप्ने, परआसि्रत भै बस्ने र म मा नाइट्रोजन थप्ने, जस्तै राइजोवियम जातले कोशेबालीको गिर्खामा बसी, वायुम48डलीय नाइट्रोजन तान्छ, एजोटोव्याक्टर/ क्लोष्ट्रोडियमले स्वतन्त्ररुपमा वायुमण्डलीय, नाइट्रोजन तानेर मलाई दिन्छ, के तपाइंलाई थाहा छ– मानिसको दिशा पिसाव पनि त राम्रो मलको स्रोत हो, यसलारई रात्रीमल भन्दछन् रात्रीमलको नाम जस्तै, खाद्यतत्वको प्रदान उस्तै यस्को सही प्रयोग गर, आलो हैन कम्पोष्ट बनाउ मलाईदेउ म मलिलो बनिदिन्छु, बिचार गर त एउटा मानिसले औषत एकसयचौध ग्राम, दिशा पिसाव गर्दछ, आफै भन राम्रो प्रयोग गर र हेर नेपालमा रासायनिक मल किन्न आवश्यक पर्दैन, यसैले पुग्दछ यति मात्र कहाँ होर, गोबर ग्यास बनाउ गुइँठा पोल्न पर्दैन, गृहणीको धम्की भगाउँछ, आँखा जोगाउँछ, वन जोगाउँछ, मर्न लागेको माटोलार्ई, यसले जिउँदो बनाउँछ, जान्दा फाइदै फाइदा, प्रयोग गर्न अति काइदा, तर कृषकहरुले यस्को प्रयोग गर्न जानेका छैनन् काइदा, प्रयोगगर भन्दा नाक खुम्चिन्छ, रिसको झोकमा,गालि सुनिन्छ, आलो प्रयोग गर्न हुन्न रोग सर्ने डर हुन्छ, कम्पोष्ट बनाउँदा, मल बढ्दा हुन्छ फाइदा, कम्पोष्ट बनाउने कसरी सिधान्त त एउटै हो, तर कस्को कम्पोष्ट बनाउने,मानिसको दिसा पिसाव, सहरी कम्पोष्ट, गँडेउलाबाट या झारपात आदिको कम्पोष्ट, सिद्धान्त एउटै हो प्रयोग विधि फरक हो, तर पनि यो सजिलो छ खेत/वारीको छेउमा, खाडल/थुप्रो जे बनाउनु छ बनाउ, र सामानहरु तह तह पारेर राख, हरेक तहमा जोरन राख, धेरै सुकेको बस्तुमा, लचक्कै भिज्ने गरि पानी छर, खाडल भए भरे पछि माटोले छोपीदेउ, थुप्रोलारई राम्रो गरि लिपीदेउ या प्लाष्टिकले ढाकीदेउ, एक महिनाको फरकमा तीन पटक पल्टाइदेउ, बस्तु विघटित भैदिन्छ अतिराम्रो मल बनिदिन्छ, हातमा लाग्दैन, पानीमा घुल्दैन, राखेको बस्तु चिनिदैन, कति राम्रो मल बन्छ, सबै खाद्यतत्व मलाई दिन्छ, कम्पोष्ट पनि त धेरै थरिकाछन्, सहरी फोहोर मैलाको कम्पोष्ट, गँडेउलाबाट तयार पारेको कम्पोष्ट, वायोग्यासबाट निस्केको लेदोको कम्पोष्ट, माथी नै भनियो यी सबै कम्पोष्टको, बनाउने तरिका नजाँनिदो फरक छ, र खाद्यतत्वको मात्रा पनि फरकै हुन्छ, मलाई छिटो खुवाउन रासायनिक मल राम्रो हुन्छ, यी पनि त फरक फरक छन्, नाइट्रोजनयुक्त, फस्फोरसयुक्त, पोटासयुक्त, र सूक्ष्मतत्वयुक्त, यिनको स्वाभाव पनि फरक फरक छ, नाइट्रोजन चाँडैं माटोमा पग्लन्छ, यो बग्दछ, उड्दछ, यति मात्र नभै चुहिन्छ, यस्को प्रयोग गर्दा, खण्ड खण्ड गरि गर्नुपर्छ, फस्फोरसको आफ्नै स्वाभाव छ, माटोमा गएर स्थिरिकृत भै दिन्छ, यो चुिहदैन, उड्दैन, तर, पानीकेा भेलले र भू–क्षयले यसलाई बगाएर लगिदिन्छ, बिरुवालाई सुरुबाटै चाहिन्छ तर माटोले समाइ दिन्छ, सुस्त सुस्त बिरुवाले पाउँछ, त्यसो हुँदा, जमिनको अन्तिम तयारीमा यसलाई छर्नु पर्छ, पोटास को पनि आफ्नै स्वाभाव, म मा यसले पार्छ आफ्नै प्रभाव, यो अलि अलि चुहिन्छ, यो अलि अलि फैलिन्छ, बिरुवालाई जीवन चक्र भरी चाहिन्छ, आलु, सखरखण्ड, सुर्ती बालीले, यसलार्ई ठूलो मात्रामा लिन्छन्, म मा राखिएको पोटास पचास देखि असि भाग मात्र बिरुवाले लिने गर्छ, मेरो कण बलौटे भए चुहिदिन्छु, पोटासलाई बढ्ता प्रयोग गर्दा, बिरुवाकेा विलासी खाना हुन्छ, त्यसो हुँदा आवश्यक्ता जती मात्र देउ, बिरुवालाई स्वस्थ र रोग कीराको, आक्रमण सहन सक्न्े बनाउ, सूक्ष्मतत्वको प्रयोग अतिकम गर्नु पर्छ, बढता भए विषालु बन्छ, म मा कमी भए बिरुवाले भोक लाग्यो भन्छ, सुहाग, जस्ता, मोलिब्डेनमको म मा कमी छ, यस्को प्रयोग, बाली हेरी गर्नै पर्छ, मूला काउलीमा बोरन, धान बालीमा जिङ्क, काउलीमा मोलिब्डेनम, प्रयोग नगरे भोकै हुन्छन्, मात्रा फरक फरक छन्, सिफारिस मात्रा छर, उत्पादन बढ्दछ भर पर, सुन, मलको प्रयोग सन्तुलित छर मलको प्रकार, मलको स्वभाव, बिरुवाको आवश्यकतामा पार्छ प्रभाव, बिरुवाको जरा पद्धती, सिँचाइ व्यवस्था, माटोको ताप, झारको प्रकोप, सूक्ष्मजैविक क्रियाकलाप, माटोको पि .एच. नाप आदिको अध्ययन गर, रोग कीराको आक्रमण आदि आदि मलको प्रयोग को प्रभावकारीताको जानाकारी लिएर मात्र मल छर, थोरै लगानीमा भकारी भर, थोरै लगानीमा भकारी भर। अध्याय दश ( बाली व्यवस्थापनको विविध पक्ष ) मेरो प्रभावकारीता, मेरो उर्वराशक्तिको स्थिति, बाली व्यवस्थापन गर्दा थाहा लाग्न सक्दछ, म गुना बाली, बाली गुना म, हामी दुवै प्रयाबाची हौ, मैले भनि सकेको छु म विभिन्न कणकेा निर्माण हुँ, म मा भएको खाद्यतत्व लिन म मा चिस्यान चाहिन्छ, म मा भएको पानी संरक्षण गर, बढता पानीको निकाश गर, छापोदेउ, खनजोत मिलाउ, कम पानीमा सिँचाइदेउ, वर्षाको पानीको फसल लेउ, सिंँचाई गर्दा गुणस्तर पानी छान, जुनसुकै पानी दिन राम्रो हुन्न मान, नेपाल पानीको स्रोतको धनि देश, यसको सदुपयोग गर्नु वेश, सिँचाइ गर्दा भेल बग्ने गरि पानीको मात्रा दिन हुँदैन, पानीलाई धेरै बेर जमाउन हुँदैन हावाको आवागमन रोकिन्छ, बिरुवा पहेलिन्छ, औद्योगिक क्षेत्रको पानीको गुणस्तर जाँचेर लगाउ, नुन बढ्ता भएको पानीमा नुन सहने बालीके प्रयोग गर, जौ कपास र कुरिलोले, नुन बढ्ता मन पराउँछन्, मेवा, भूइँकटहर बोडी जवी भटमास,गहुँ र रेपले, मध्ययम नुन चाहान्छन्, सिमी, मकै, कोदो ,बदाम धान, उखु, सूर्यमुखी, ब्रोकाउली, बन्दा, काउली, काँक्रो, भन्टा, सलाम, खुर्सानी, खर्बुजा, आलु, फर्सी, मूला, पालक, टमाटर, सलगम, अङ्गुरले नुन थोरै चाहान्छन्, नास्पाती, आरु, आरुवखडा, आँप, गाजर, रामतोरिया, प्याज, स्याउले नुन सहन सक्दैनन्, यस्तै हो सिँचाइका पनि तरिका छन्, सतह, उपसतह स्पि्रङ्कल र थोपाथोपा सिँचाइमा, उपयुक्त तरिका छान् अनि तरिका रोज र पानीदेउ, यतिमात्र कहाँ हो र कति पानी दिने, बिरुवाको चाहाना कति, बिरुवालाई पानी नभै नहुने महत्वपूर्ण समयको छनौट, पानीको बचावट र सही आपूर्तिकोलागि दिनपर्ने सावधानी, आदि आदिको अध्ययन गर, बास्तवमा बिरुवालाई, पानी नभै नहुने अवस्था भनेका, बृद्धि अवस्था, फूल फुल्दा, दाना लाग्दा, गाना लाग्दा, गाँज राख्दा, बन्दा डल्लो पर्दा, कोशेबालीमा कोशा पर्दा, पानी नभै कसै गरि हुँदैन, पानी दिन नसके राम्रो फल्दैन, त्यसो हुँदा पानीको प्रयोग आवश्यक्ताको पहिचान गरि गर, पानी ठीक मात्रामादेउ, पानी बढता भए निकाश गर, निकासका पनि तरिका छन्, सहतको पानी निकास, उपसतहको पानी निकास, आवश्यक्ता पहिचान गर, उपसतहबाट पानी निकास गर्दा, सतहको माटोको पानी सुक्छ, जोतखन सजिलो पर्छ, सूक्ष्मजीवाणुको क्रियाकलाप बढ्छ, माटोको ताप बढ्छ, बीउको उमारशक्ति बढ्छ, जराको गहिराइ बड्छ, नुनको समस्या घट्छ, पानीको निकासले काम गर्न सजिलो हुन्छ, यसरी नै बाली व्यवस्था पनमा, कृषिकर्म गर्न जोतखन गर्नु पर्छ, जोतखनमा परम्परा हलोको प्रयोग, आधुनिक हलो, कल्टिभेटरको प्रयोग, हार्भेष्टर, बीउड्रिल आदि आदि, औजारहरुको प्रयोगले, कृषि कर्मलार्ई धेरै धेरै सजिलो पारिदिएको छ, नेपालको भौगोलिक वातावरणमा, सुहाँउदो औजारको निर्माण आवश्यकता भएकोछ, व्याड देखि रोपाइसम्म जमिनको तयारी देखि, झारपातको नियन्त्रण सम्म, जोताइको आवश्यक्ता छ, जोताइ पनि भू–क्षय हुने ठाउँमा संरक्षितजोताइ, बालीप्रणालीको छनौट पनि महत्वपूर्ण मानिन्छ, बोटबिरुवाले खाद्यतत्व खान्छन्, मलाई रुखो बनाएर छाड्दछन्, कोशेबालीले म मा नाइट्रोजन थप्दछ, वर्षभरिमा एक बाली कोशेबाली लगाउ, बायुम48डलीय नाइट्रोजन थप, माटोको पि –एच मान हेर, माटो सुधार गर्न पर्ने भए माटो सुधार गर, हेर त उत्पादनमा बालीका जातको कति गहन भूमिका हुन्छ– उन्नत जातको प्रयोगले मात्र, बालीले बीस देखि पच्चिस प्रतिशत उत्पादन वढाउँछ, वर्णशङ्कर को उपयोग गर्दा मलको मात्रा वढी खान्छ , स्थनीय जातले थोरै खान्छ, थोरै उत्पादन दिन्छ , उन्नत जात, सन्तुलित मल, समायनुसार दिनुहोस् जल, राम्रो उत्पादन राम्रो फल, सन्तुलन मिलाउ चाँहिदैन बल, तर उत्पादनकोलागि बिरुवाकेा सङ्ख्याको पनि ठूलो भूमिका हुन्छ, आवश्यक दूरी, आवशयक सङ्ख्या, उत्पादनमा बृद्धि, धेरै पातलोमा बोट कमी, धेरै वाक्लोमा, मल र प्रकाशको कमी, उत्पादनमा कमी, त्यति मात्र ध्यानले पुग्दैन, रोप्ने समयको पनि महत्व छ, सबै बालीको आफ्नै समय हुन्छ, ढिलो र चाँडो रोप्दा/छर्दा उत्पादनमा ह्रास हुन्छ, फेरी मेरोे (माटोको) उर्वराशक्ति, उत्पादनकेा लागि महत्वपूर्ण मानिन्छ, नेपालमा उर्वराशक्ति घट्दोछ, उर्वराशक्ति घट्नुको कारण, भू–क्षय, सघन कृषि प्रणाली, असन्तुलित रासायनिक मलको प्रयोग, प्रांँगारिक मलको प्रयोगमा कमी, गोबरको इन्धनमा प्रयोग, बन विनास, अम्लिय करण, मरुभूमि करण आदि आदि छन्, यी कारणले गर्दा उत्पादनमा ह्रास छ, बाली व्यवस्थापनमा अरु धेरै कुराछन्, रोप्ने गहिराइ रोप्ने दूरी, यसरी नै, बाली संरक्षण पनि महत्वपूर्ण पक्ष हो, रोग कीराले बालीलाई आक्रमण गर्दछन् बालीको उत्पादन घट्छ, त्यसो हुँदा कीराको रोक थाम गर्न, मित्र कीट र शत्रु कीटको पहिचान गर, जैविक प्रविधि अपनाउ रासायनको प्रयोग घटाउ, विषालु संसारबाट मूक्त पार प्राङ्गारिक संसार रच, आइ पि एम पद्धती अपनाउ, रोग र कीराबाट बाली बचाउ, आँफुले पेटभरी खाउ अनि पेटभरी खुवाउ, सुन बालीको विकासमा अवरोध ल्याउने झार, बाली उत्पादनको शत्रु हो, हातले गोड बालीचक्र आपनाउ, झारनाशकको कम प्रयोग गर, राम्रो खनजोत, राम्रो गोडमेल, झार नियनत्रणको कडी हो बगंैचामा छापो देउ, झारबाट बिरुवा बचाउ र बाली व्यवस्थापनको विविध पक्षहरू अङ्गाल, प्रत्येक कर्ममा अनुभब सँगाल, प्रत्येक कर्ममा अनुभब सँगाल। अध्याय एघार (माटोको प्रतिकृया) मेरो प्रतिकृयाको जानकारी लिनु महत्वपूर्ण पक्ष हो, म तटस्थत, अम्लिय र क्षारिय प्रकारको छु, मेरो प्रतिकृयाको जाँच गर, मेरो प्रतिकृयाको एकाइलाई पि.एच. भन्ने गरिन्छ यस्को नाप पि.एच मिटरले गर्छ , पि.एच को जानकरीले बिरुवाले खाद्यतत्व उपलब्धताको वोध गराउँदछ, सिधान्त अनुरूप, सात पि. एच तटस्थ सात भन्दा तल अम्लिय, सात भन्दा माथी क्षारिय, बास्तवमा क्षारिय माटो भन्दा प्राय सबै बालीहरूले, थोरै अम्लियपन मन पराउँछन्, खाद्यतत्व उपलव्धताको पि. एच मान आफ्नैै प्रकारको छ, नाइट्रोजनको उपयोग छ देखि साढे छ, फलामको उपयोग चार देखि छ, म्याग्नेजको उपयोग पाँच देखि साढे छ, फस्फरस्को उपयोग साढे पाँचबाट साढे सात, सुहागको उपयोग पाँच देखि सात, तामाको उपयोग पाँच देखि सात, जस्ताको उपयोग पाँच देखि सात, मालिब्डेनमको उपयोग सात देखि साढे आठ नाइटि्फिकेशनको लागि साढे आठ,
सूक्ष्मजैविक क्रृया कलापमा पि एचकोे ठूलो भूमिका हुन्छ, धेरै अम्लिय र धेरै क्षारियमा सू73मजैबीक क्रियाकलाप घट्छ, माटोको अम्लिय पना माटोको क्षारिय पना सुधार कसरी गर्ने, माटो सुधारकको प्रयोग अम्लियमा चुनको प्रयोग, क्षारियमा जिप्समको प्रयोग, वढाउ प्राङ्गारिक मलको प्रयोग, उपयुक्त बालीको प्रयोग बालीको वर्गिकरण गर, धेरै चुन मन पराउने बाली अल्फाअलफा, कुरिलो, जौ, सिमी, कपास, केराउ, भटमास, पालुङ्गो, चुकन्दर, सूर्यमुखी, मध्ययम चुन मन पराउने बाली, बन्दा, मकै, जुनेलो, जिरीको साग, बदाम, चना, सखरखण्ड सुर्ती, गहुँ कम चुन मन पराउने बाली, फापर, जवी, आलु, बदाम, अैसेलु, धान, भूइँकाफल आदि, धेरै कम चुन चाहिने बाली, फापर, जवी, वदाम, आलु, धान आदि, अति कम चुन मन पराउने बाली चिया, कफी, भूइँकटहर, गुराँस, नेपियर घाँस, बालीको ब्यवस्थापन गर्नु, राम्रो उपाय हो उत्पादन लिनु राम्रो उपाय हो उत्पादन लिनु अध्यायः बाह्र (बिभिन्न बालीमा मलको प्रयोग) धानबाली एउटा प्रमुख बाली, यस्को लागि प्राङ्गारिक मल एजोला, हरियो मलको प्रयोग,यतिले न पुगे रसायनिक मल नाइट्रोजन ,फस्फोरस, पोटासको सन्तुलित प्रयोग गर, जिङ्कको आवश्यक छ, जिङ्कको प्रयोग नभूल, नाइट्रोजनको प्रभाव बढाउन पातको रंगिन तालिका हेर, जापानमा धानको पातसँग दाँजेर हरित कणको आधारमा, नाइट्रोजनले टपड्रेशिङ् गर्ने गर्दछन्, यस्को उपयोग गरी नाइट्रोजनले टपडे्रसिँग गर, गहुँका उत्पादनको लागि, प्राङ्गारिक र रासायनिक मलको प्रयोग, भूसिने समस्यामा सुहागको प्रयोग, मकैमा पनि अरुसरह नै सन्तुलित मलको प्रयोग, सूक्ष्मतत्वमा जिङ्क र बोरन सिफारिस बमोजिमको प्रयोग, दाल बालीमा मलको प्रयोग गर्दा सूक्ष्मजैवीक मलको बिजोपचपार गर, यसले वायुमण्डलीय नाइट्रोजन तान्छ, यस्का जरामा गिर्खा हुन्छन्, यिनको सङ्ख्या वढाउन र वायुमण्डलीय नाइट्रोजनको स्थिरिकृत बढाउन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियिम, गन्धक, बोरन, मोलिब्डेनमको आवश्यक पर्छ, यिनको आपूर्ति मिलाउ, माटोमा वायुमण्डलीय नाइट्रोजन, स्थिरिकृत गराउ र उत्पादन बढाउ, बढ्ता मलले गांज झ्याङि्गन्छ, कोशा पातलो लाग्दछ उत्पादन घट्छ, तेल बालीमा मलको प्रयोगगर्दा, प्राङ्गारिक मलको राम्रो प्रयोग गर गन्धक यसले मन पराउँंदछ तेलको उत्पादन वढाँउदछ, बोरन र मोलिब्डेनम पनि यसलार्ई चाहिन्छ, सिफारिसलार्ई ध्यान राख, धेरै मलले बोट झ्याङि्गन्छ, कोशा पातला लाग्छ, उत्पादन घट्दछ, कपासकोलागि पनि प्राङ्गारिक मल सन्जिवनी हो, नाइट्रोजन को टपडे्रसिँग गर्दा, बोटको छटनी गर्दा (पतल्याउँदा) फूल फुल्दा, बल्ब लाग्दा, प्रयोग गर्नु आवशयक छ, उखुमा मल प्रयोगगर्दा नयाँ बालीको लागि,खुट्टी बालीको लागि, नाइट्रोजन फरक फरक छ, खुट्टीबालीमा नाइट्रोजन बढ्तादेउ, सुर्तीमा मलको प्रयोग, रापमा सुकाउने र घाममा सुकानेको, मलको मात्रा फरक फरक छ, सुर्तीको लागि पोटास आवश्यक छ, तर बढ्ता प्रयोग गर्नु छैन, पोटासियम सल्फेट राम्रो हुन्छ, सल्फरले सुर्तीको गुणस्तर बढ्छ, नाइट्रोजन बढ्ता भए गुणस्तर घट्छ पाक्न ढिलो हुन्छ, फस्फरकको बढता प्रयोगले सुर्तीलार्ई चाँडै पकाउँछ, पातकोे विकास हुन सक्दैन, यसरि नै, पोटासियम क्लोराइडले क्लोरिनको मात्रा थप्दछ, सुर्तीको गुणस्तर घटाउँछ, चियामा मलको प्रयोग गर्दा, चिया र छाया दिने रुखको लागि, आवश्यक मलको प्रयोग गर्नु पर्छ, सिफारिस बमोजिम, चियाको लागि मल दिदा, जिङ्कको प्रयोग आवशयक छ, मल सबै बालीकोलागि चाहिन्छ, सिफारिस बमोजिम प्रयोग गर्नु पर्छ, त्यसो हुँदा माटो जाँच गराइ, सिफारिसलार्ई प्रयोग गर्नुहोस््, मेरो अनुरोध, माटो जाँच गराउन कहिलै नभूल्नुहोस् सिफारिस मलको मात्रा प्रयोग गर्नुुहोस्
अध्याय तेह्र (कृषिवन) हरियो बन नेपालको धन, नाङ्गा डाँडा कृषि वनमा लान, आजको आवश्यक्ता हाे मरुभूमिकरण घटाउन, डाले घाँसको मात्रा वढाउन, वन्यजन्तुको संरक्षण गर्न, दाउरा, काठको आपूर्ति गर्न, घाँस, चरन र सोत्तरको, आपूर्ति बढाउन, भू–क्षय घटाउन, उर्वराशक्ति बढाउन जैविक विविधता बढाउन,जीव जन्तुको विविधता बढाउन हरित गृहप्रणालीलाई संरक्षण गर्न, कृषि वन प्रणालीको आवश्यकता, कृषिवनमा सीमान्त जमिनको प्राथमिक्ता, सबैले उपयोग गरी ल्याउँ व्यापकता, कृषि वन प्रणालीमा चरन घाँसे बाली प्रणाली एक हो, यसमा रुख र घाँस लगाउन,े कृषि रुख घाँसे बाली प्रणालीमा अर्को हो यो प्रणालिमा डिलमा रुख रोपौं, अनि कान्लामा घाँस रोपौं, सीमान्त भूमिलाई उपयोगमा ल्याउँ, उच्च मूल्य बाली प्रणाली अर्को पक्ष हो, यसमा रुख रोपौं साथै चिया, अलैची, जडीवुटी थपौं कृषि रुख बाली प्रणाली पनि अर्को पक्ष हो, खेतको डिल कान्लामा रुख लगाउन,े गह्रामा अन्तरबाली लगाउन सकिन्छ, यो रह्यो कृषि वनको उपयोग किन कसरि गर्ने? यसको उपयोगमा खेर गएको जमिनको उपयोग, भू–क्षयको गतिमा ह्रास, आय आर्जन बढ्ने, कम मेहनत वढी आय बातवरणमा सुधार, वन विनासको ठूलो असरको सबै भन्दाठूलो शत्रु त वनमा लाग्ने डढेलो हो,यसले वन विनाश गर्छ, जैविक विविधतामा ह्रास, वातावरणमा आउने विनाश, यति मात्र पुग्दैन,सामाजिक आर्थिक पक्षमा पर्ने ठूलो असर, त्यसो हुँदा सुन्नुपर्छ सवैले वनको गुहार, गर्नुपर्छ सबैले खेतीको सुधार। अध्याय चौध (सुख्खा जमिनको खेती व्यवस्था)
आकाशे भरको खेती नेपालमा छ कति हो कति, यस्को सुधारमा जावोस मति, बास्तवमा, विश्वको मरु भूमिकरणको कारण, वढी तथा अव्यवस्थित खनजोत, ज्यादा पशुबस्तुहरुको चरिचरन, जमिन माथिको मानव क्रियाकलाप, प्राकृतिक विनाश साथै भू–क्षय अत्याधिक, भूमिगत जलसतह घटनुआदि आदिले मरुभूमि निम्त्याएकोछ, बास्तवमा सुख्खा जमिनको व्यवस्थापन आजको आवश्यकता, सबैको चाहिन्छ पूर्णता तव मात्र बढ्दछ प्रवलता, सुख्खा क्षेत्रको सुधार आवस्यक्ता प्राङ्गारिक मलको अधिक प्रयोग, रासायनिक मलको कटौती, पानीको संरक्षण, पानीको फसल लिने, आवश्यक्तामा सिँचाइ दिने, छोटो अवधीको बालीको प्रयोग, दलहन चरनको उपयोग, लामा जरा बालीको खेती, खडेरी सहने बालीको प्रयोग, चिम्टे माटो मा घाँस र स्याना दाना बाली, सबै बालीको लागि राम्रो माटो दोमट, स्यानीय स्रोतको अत्याधिक प्रयोग, कम पानी चाहिने वालिको उपयोग, रासायनिक मल पातमा छर्ने, राम्रो प्रविधिको खोजी गर्ने, नाङ्गा डाँडा हरियालीले भर्ने, नाङ्गा डाँडा हरियालीले भर्ने
अध्याय पन्द्र (वातावरण संरक्षण) बास्तवमा म खाद्यतत्वको भण्डार, सबैजीव जन्तुको आश्रयघर, गास, कपासको उव्जने ठाँउ, भौतिक, रासायनिक र जैविक चाल्नु, म–पशु–बिरुवा–मानिस लगातार चक्र, एक अर्कामा हामी छौ आसि्रत, एकको ठाँउमा असर पर्दा, हामी सबै बन्छौं पिडित, यो बातावरणीय असन्तुलन ल्याउनेमा जिममेवार को त– आजको वढ्दो जनसङ्ख्या, खाद्यान्नको उत्पादन मा कमी, उर्वराशक्तिको ह्रास स्थिति, भू–क्षयको वढ्दो स्थिति, रासायनिकमलको अव्यवस्थित प्रयोग, अवैज्ञानिक बालीचक्र आदि आदि सबै हुन्, नाइट्रोजनको चुहावटले गर्भको पानी मलिलो हुन्छ, मेथेग्लोविनोमिया, क्यान्सर र प्रश्वास रोग निम्तिन्छ, अल्गाईको मात्रा बढ्न जान्छ, पानीमा प्राणवायु घट्दा, प्राकृतिक गृहप्रणालीमा पुरै असर पर्न जान्छ, तेजावी वर्षाको क्षती, ओजन तह रित्तिनु, आदि बातावरणमा असर देखिन्छन् , सही कर्म भनेको, भू―क्षयको न्यूनता, नाङ्गा डाँडामा आवोस् वहारता, वातावरणीय ब्यवस्थापन, संरक्षण गर्ने सबैको जावोस् मन, यो त एउटा अमूल्य धन, प्रभावित हुने प्रत्येक जन, पाखा पखेरा हरियालीले भर्यौं, खोल्सा खोल्सीमा कृषिवनले भर्यौं, उच्चमूल्य बालीको उपयोग गर्यौं, भूमि उपयोग योजनाको निमार्ण गर्यौं, वैज्ञानिक सिँचाइको व्यवस्थापन, जमिनमा बढोस् सधै हरियोपन, स्वच्छ बनोस् भवना स्वस्थपन, वातावरण स्वस्थताको अमृतधन, वातावरण स्वस्थताको अमृतधन।
अध्याय सोह्र (एकीकृत खाद्यतत्व व्यवस्थापन) यो एउटा पद्धती हो, यस्मा माटो, मल, पानी, र बालीको उचित व्यवस्थापन द्वारा, जमीनबाट धेरै र दिगो उत्पादन, लिनुको लागि खाद्यतत्वका स्रोतहरुके समुचित, र सन्तुलिन प्रयोग गरिन्छ, बास्तवमा यो पद्धतीले कृषकलाई परीक्षणको आधारमा, यो मूल्यांकन, निर्णय, र कार्यान्वयनमा आधारित हुन्छ, आँफैले गरेर आँफै निर्णय लिने र क्षमताको वृद्धि गराउँछ, माटोको उर्वराशक्तिको जानकारी, भएको उर्वराशक्तिले बिरुवालाइर्, खाद्यतत्वको आवश्यक्ताको परिपूर्ति हुने, या आवश्यकक्ताकेा परिपूर्ति नुहुने, आवश्यक्ता पूर्ति नभए, सम्भाव्य स्रोतको उपयोग गरि, दिगो माटोको उर्वराशक्ति बढाउने, दिगो उत्पादन र उत्पादकत्य बढाउने, यस्को सिधान्त हो, यस्मा स्थानीय स्रोतको प्रभावकारी परिचालन, बातावरणको सुधार र खाद्यतत्वको सदुपयोग, प्रयोगमा प्रभावकारीता, स्थानीय सिपको उपयोग, सम्स्यको सही पहिचान गरि प्राप्त हुने ज्ञान, माटोको अवस्थाको अध्ययन, माटो व्यवस्थानको कर्यान्वयन, एकीकृत खाद्यतत्व हुन जाने व्यवस्थापन, बाली व्यवस्थापनको प्रकृया, सो को लागि खाद्यतत्व व्यवस्थापन, आदि आदिको बारेमा कार्यान्वयन गर्न, निर्णायक अवस्थाको भूमिका को एकीकृत प्रकृयाहो, माटोको अवस्थाको जानकरीमा, माटोको बुनोट तथा बनौट, पि.एच.मानको अवस्था, प्राङ्गारिक पदार्थको स्थिति, जानकारी लिएर यिनको व्यवस्थापन गरिन्छ, यसरी नै बाली व्यवस्थापन यस्मा कोशेबालीको बालीचक्र, लक्षित उत्पादनको अनुमान, सो को लागि उपयुक्त जातको छनौट, अन्तरबाली प्रणालीको व्यवस्था, उचित समयमा चिस्यानको व्यवस्था, उचित रोप्ने समय र तरिकाको वोध, ठीक समयमा झारपातको नियन्त्रण, रोग कीराको प्रभावकारी रोकथाम, आदिके समुचित व्यवस्थापन, बाली व्यवस्थापनको मुख्य आधार, यस्को लागि खाद्यतत्वको व्यवस्था, खाद्यतत्वको स्थानीय स्रोतके प्रयोग, गोठेमल / कम्पोष्टमको गुणस्तर निर्माण हरियोमलको प्रयोगमा कोशेबाली, प्राङ्गारिक पदार्थ/बाली अवशेषको, समुचित प्रयोग व्यवस्थापन, वायुम48डलीय नाइट्रोजन स्थिरिकरण, प्राङ्गारिक स्रोतको नपुगमा, रासायनिक मलको सन्तुलित प्रयोग, उचित मात्रा, उचित समयको उपयोग, सू73मतत्वहरु को आवश्यक प्रयोग, मध्यनजर राख्दै गर्दै जानु पर्दछ प्रयोग, बालीको उत्पादन के को लागि? उपयोग गर्न र गराउनके लागि, निर्णायक अवस्थाहुन्छ केको लागि, त्यो त बजारको पहुँचको लागि, बजार फेरि, उत्पादन खरिद विक्री गर्ने ठाँउ, यसको अभावमा उत्पादनके के काम, त्यसो हुँदा आवश्यकताको पहिचान गरि, बालीको प्रयोग र उत्पादन ताजा ताजा बजारमा जान, योजना बद्ध कर्म जान उत्पादनले बजार पाउँछ मान, कृषकले मेहनतको दाम पाउँछ, खेतबारीमा काम गर्न मन जाग्छ, त्यसको लागि कामदारको आवश्यक्ता पर्छ, यस्को अभावले पनि उत्पादनमा प्रभाव पार्छ, बाली उत्पादनमा राम्रो व्यवस्था चाहिन्छ, परम्परा खेतीले जान केवल खाँंचो टार्छ कामदारको अभावमा काम रोकिन्छ उत्पादन गर्न कर्म रोकिन्छ भावना भएर के गर्ने कार्यान्वयनमा अभाव रहन्छ प्राकृतिक स्रोत साधन प्रचुरता नभएमा, आवश्यक चाहानको निर्माण रोकिन्छ, निर्णायक अवस्थामा, कता कता वाधा पुग्छ , सबै कर्म कता कता लुक्छ। अध्याय सत्र (माटो सर्भे) मेरो सर्भे गर्दा राष्ट्रको प्राकृतिक स्रोत, नक्सामा उतार गरिदिन्छ, मेरो सर्भे भनेकेा कुनै जग्गाको क्रमिक, परीक्षण,अधययन, व्याख्या, वर्गीकरण र नक्सा तयार गर्नु हो, मेरो सर्भेमा मेरो गुण, मेरो वर्गिकरण, भूमि विभाजन, बालकिो प्रयोग, वनस्पती उपस्थिती आदिकेा अध्ययन गरिन्छ, अव मेरोे सर्भे कसरी त, मेरोे सर्भे गर्दा उदेस्य के त? उदेश्यको निर्धारण गर्ने, उदेश्य निर्धारण गरे पछि कहिले, कसरी, कस्ले, कहाँ? गर्ने, सो को कार्य योजना वनाउ, कार्य योजना बने पछि कुन तरिकाको सर्भे, बिस्तृत रुपमा, साधरण रुपमा या बिस्तृत र साधरण रुपमा, सर्भेको तरिका प्रष्ट हुनुपपर्छ, बिस्तृत रुपमा सर्भे गर्दा कुनै जग्गाको बिस्तृत अध्ययन, विवरणात्मक नक्सा बनाउन यो सर्भे गरिन्छ, साढेदुई सय मिटरको नक्साकेा लागि, एक से.मी काे नाप लिइन्छ, नक्सा, जती ठूलो बनाउन चाह्यो, त्यति ठूलो बनाउन सकिन्छ, नक्सामा धेरै विवरणको समायोजन, कृषि योजनामा उपयोग, हवाई नक्सा हुन्छ प्रयोग, साधारण जानकरीको लागि एक से.मी.मा एक किलो मिटर, नक्सालाई आकार दिदैं टोपोशिटको आधारमा सर्भे गरिन्छ, मेरोे फराकिलो रुपको जानकारी दिन्छ, योजना तर्जुमाकोलागि उपयोगि कमखर्चिलो, हुने हुँदा यस्को आफ्नै महत्व छ, बिस्तृत र साधारण सर्भे, माथीका दुबैको उदेश्यलाई राम्ररी समेट्दछ साधारण सर्भेलार्ई समेटेर महत्वपूर्ण ठाउँमा विस्तृत सर्भेगरिन्छ यस्को अध्ययनले आवश्यकता अनुरुप विस्तृत जानकारी, र साधारण जानकारीको समायोजन गर्दछ, दुबै प्रयोजनमा काम दिन्छ, अब सुन्नुहोस् सर्भेमा प्राकृतिको सबै घटना, मेरो भौतिक ,रसायनिक, जैविक गुणहरु सबैलार्ई समेटेर विवरण तालिका बनाउ, आज कल भौगोलिक सुचना प्रणालीको उपयोग, यसैको माध्यम बाट बन्न जान्छ नक्साको प्रयोग, म पारदर्शि भइ प्रस्टि दिन्छु मेरो सुन्दरतालाई छरिदिन्छु सारा सन्देश भनि दिन्छु उपयोगमा आइ दिन्छु अध्याय अठार भू–क्षयको विवरण नेपालमा म धेरै बगेर जान्छु, म बग्नु पर्ने कारण, बाढी पैरो नदीको कटानले हो , पहाडी जग्गा भए पनि बैज्ञानीक खेतीको अभाव हो, जङ्गल फडानी, आगजनी आदि आदिले, मेरो क्षय बोलाउने कारण हो मेरो क्षयको मुख्यकारणमा बर्षा पहिलोमा पर्दछ मलाई मुस्ताङ्गमा चल्ने हावाले उडाए जस्तै, हावाले पनि उडाएर लान्छ, बास्तवमा मेरो क्षय भने के के हो त– यो एउटा प्रकृया हो मलाई सतहबाट अलग्याइन्छ, कुनै माध्यम द्वारा अन्यत्र लगि थुपारिन्छ, दुबै ठाउँलाई रुखो बनाइन्छ, मलाई पानीले बगाउँछ, मलाई हावले उडाउँछ, पानीको थेाप्लाले मलाई पिट्छ, मेरो एक एक कणहरु छुट्याउँछ अनि बगाउँछ, सुन्नुहोस् मेरो पुकार, नौसय चौध से.मी.प्रतिसेके48डको, दरले आउने बर्षाको बलले मलाई दुर्ई फिटमाथी उफार्दछ, पाँच फिटटाढा सम्म फाल्छ, यदि मलाई माया नै गर्ने हो भने, हरियालीले भरि दिनुहोस्, मेरो एक एक कणले राहत पाउँछन्, बिरुवाले सहेको यो पिटाइलाई मैले पानी साँचि दिन्छु, हरियाली भरिदिन्छु मलाई पानीले बर्ग बर्गमा बाँडीदिन्छ, सतह या च्यादरको रुपमा, स्यानो तथा ठूलो खोल्से रुपमा, यसले मेरो कणहरु बगाएर लान्छ, मलाई काट्दा काट्दा, गल्लि पनि पारिदिन्छ, सतहको कण बगेको थाहा पाउन गाह्रो पर्छ, धमिलो पानीले मेरा कणहरु वगेको जानकारी दिन्छ, स्यानाे खोल्सेलाई जोतेर पुरिन्छ, तर पुरेर के गर्ने– माटो रुखो बनिदिन्छ, बर्षाको घनत्व, भिरालोको आकार, प्राङ्गारिक पदार्थको मात्रा, मेरो निमार्ण कमलो या साह्रो, मानिसको क्रियाकलाप (जोताइ,खनाइ) आदिले मलाई सानोखोल्से ठूलो खोल्से,"यू" आकारको गल्लि या "भी" आकारको गल्लि, आदिमा बदल्दछ, मेरो निर्माण कमलो भए, "यू" आकारको गल्लि बन्छ, मेरो निमाण साह्रो भए, "भी" आकारको गल्लि बन्छ, यस बेला मलाई जोगाउन बाँध बान्न पर्ने हुन्छ, जलप्रवाह भू–क्षयमा त, नालाको प्रकार साँघुरा र फराकिला, त्यसमा पानीको बेगले देखाउँछ कला, म र ढुङ्गा बग्ने र पैरो जाने यसै बेला, सांसारिक जीवहरु बग्नेजस्ता देखिने खेला, यस्ता बेग रोक्न मेरो बनावटको आकार, म माथी पानीले गर्ने प्रहार र क्षेत्रको बनावटको प्रकार, आदिको निमार्णलार्ई हेरी मानिसले दिनुपर्दछ गुहार, यस्तो अवस्थामा तपार्इँले भिरालो जमिनको सुन्नु पर्छ पुकार, गह्रा बनाउ, छादनबाली लगाउ, प्राङ्गारिकमल प्रयोग प्रकार, जोताइमा ध्यानदेउ, कम जोताइ, पर्खाल चिनाइ, नियन्त्रण बाँध बनाइ, बिचार गरि देउ सिँचाइ, म राम्ररी जोगिन्छु उर्वरक बनिदिन्छु आवश्यक उत्पादन दिन्छु आवश्यक उत्पादन दिन्छु।
अध्याय उन्नाइस ( भूमि उपयोग) मेरो बर्गिकरण आफ्नै आफ्नै पाराको तरिकाले गर्ने गरेको पाइन्छ, अवल, दोयम, सिम, चाहार, खोलाखेत, सिमखेत, खेत बगर, घोल खेत, दलदल खेत,गैह्री खेत कान्ले खेत,पाटन खेत,फोगोटा खेत, पाटा बारी, घरबारी, खरबारी, कान्ले बारी, टार बारी, सुर्केबारी, फुर्के बारी, करालो बारी, खोरिया बारी, हावा पानीको हकमा लेक व्याँसी र कक्षाड, यस्तै यस्तै बर्गिकरणमा माटोको कण हेरौं, गेग्रेन, मसिनो ,खस्रा कणले बनेको जमिन, रङ्गको रुपमा यस देशका कृषकले माटोलार्ई, कालो, रातो, कमेरे, खैरो, फुस्रो, खरानी , र जोगी माटोको नाम दिएका छन्, खेती पातीको लागि भन्न त रातो माटेा राजा, कालो माटो काजी अरु माटो पाजी भनिन्छ, तर उर्वरकको रुपमा कृषकले कालो माटो लिन्छन् कामको आधारमा हलुको र गह्रुङ्गो माटो, तहको आधारमा गहिरो र उत्रेका माटोेे, पानीमा भिज्दा लिस्याइलो,खस्रो र चिल्लो माटोेे, यस्तै यस्तै नाम बाट मलाइ कृषकले बाँडेका छन्, यो देशको अधिकाम्स जमिनको बनावट पहाडै पहाड छ, यहाँ हरेक जाती र भाषको आफ्नै फूलबारी छ, अनफ्नै आफ्नै नामले बोलाइन्छ, अनि आफ्नै आफ्नै प्रयोजनमा प्रयोगमा ल्याइन्छ, मेरोे बर्गिकरण धेरै देशहरुले आफ्नै किसिमले गरेका छन्, बैज्ञानिक तरिकमा अमेरिकाको पद्धतीलाई हेरौं अमेरिकाको भूमि उपयोगलाई, आठ भागमा बाँडिएको छ, यो बर्ग बिभाजन खेती प्रयोग आधारमा छ, एक देखि चार भागको जमिनलाई, खेती योग्य जमिनमा लिइन्छ, अरु सबै ब्र्ग्गलार्ई खेती योग्य मानिदैन, अति सघन खेतीको लागि प्रथम श्रेणी, सघन खेतीको लागि दोश्रो श्रेणी, ठीकै खेतीको लागि तेस्रो श्रेणी, सीमित खेतीको लागि चौथो श्रेणी, सघन चरनको लागि पाँचौ श्रेणी, ठीकै चरनको लागि छैटौं श्रेणी, सीमित चरन र बनको लागि सातौ श्रेणी वन्यजन्तुको लागि आठौ श्रेणी, पहिलोमा कुनै सीमितता छैन सबै बाली को लागि उपयुक्त,उत्पादित,उर्वरक, सवल माटो, दोस्रो तहमा भूमी नजाँनिदो झुकेको भू―क्षय अलि हुने माटो, प्राय सबै बाली लगाइने माटो, तेस्रोमा ठीकैको बाली सधै लगाइने तर अल्लि भिरालो माटो, भु– क्ष/हावापानीको समस्या/उर्वराशक्तिमा कमआदि आदि, माटो व्यवस्थापन गर्नुपर्ने, जोताइ, खनाइमा ध्यान दिनुपर्ने, चौथो दर्जाको भूमिमा, स्थाइ सीमितता, पानी जम्ने/सुख्खा/भू―क्षय बढी/कम उर्वरक, खेतीमा धेरै असर, चरनमा उपयोगि, यसरी नै पाँचौ दर्जाको जमिन, यहाँ खेतीको सम्भाव्य छैन, यो भिजेको हुन सक्छ, ढुङ्ग्यान हुन सक्छ, तर जमिन पहाडको फेदिमा, पहाडको घाँटीमा पाइन सक्दछन्, त्यसो हुँँदा भू–क्षय कम हुन्छ, घाँस, झाडी तथा चरनमा उपयोगी, छैटौं दर्जाको भूमिलाई, चरन र जङ्गलमा प्रयोग, उत्रेको माटो, धेरै भिरालो भू–क्षय धेरै, चरनमा पनि, यस्तो जमिनलाई प्रयोग गर्न नहुने, सातौ श्रेणीको जमिनमा धेरै स्थाइ, समस्याहुन्छन्, चरनमा पनि सीमितता, आठौ श्रेणीको जमिनमा खेती चरन, आदिमा माटो योग्य रहदैन, वन्य जन्तुको लागि प्रयोग गरिन्छ, यो रह्यो वैज्ञानिक सत्य तथ्य तर हाम्रो खेती गराइमा, यसलार्ई ध्यान अति कम, पहाडै पहाडको भूमि, दिनु परेको छ अति ध्यान,
व्यवस्थित गर्ने आजको काम, तव मात्र बढ्छ थालमा माम, सवल बनाऔं कृषिकाम, नर नारी मिली गरौं कृषिकाम,
अध्याय बीस (माटोको ह्रास क्यष् िमभनचबमबतष्यल) वास्तवमा मेरो ह्रास भनेको त्यो ह्रास हो, जहाँ बर्तमान र निहित मैले दिन सकेको सेवाको, क्षमता घट्तै जान्छ,मेरो क्षमताको ह्रास हुन्छ, मेरो क्षमताको ह्रास गुणत्मक हुन सक्छ, संङ्ख्यात्मक हुन सक्छ, शनै शनै हुन सक्छ, छिटो छिटो हुन सक्छ, आकाश्मिक हुन सक्छ, यो जहिले पनि हुन सक्छ, जहाँ पनि हुन सक्छ, यो हुनमा वातावरणीय सन्तुलनमा भर पर्दछ,, मेरो ह्रासले खेती योग्य जमिनमा असरपर्छ, प्राकृतिक संसारमा असर पर्दछ, म मा कसरी ह्रास आउँछ– यसका धेरै कारणहरु छन्, कारण हेर्र्नुहोस् जङ्गलको विनास, बढ्ता चरिचरन, अव्यवस्थित खेती पाती बढ्दो जनसङ्ख्या, बढ्दो उद्योगकोस्थापना, असन्तुलन रसायनको प्रयोग आदि आदि समस्याहरुको कारण, मेरो ह्रास हुने क्रिया बढ्दोरूपमा छ, यसले गर्दा समस्या निम्त्याएको छ, भू–क्षयलाई बढाएको छ, बनको विनास गराएको छ, गलत जोतखन गराएको छ, घुम्ति बाली प्रणलीलाई अपनाएको छ,, छाडा र अतिक्रमण चरन गराएको छ, पहाडै पहाडमा बाटो खन्न लगाएको छ, चैत बैशाख को खडेरीमा वनमा आगो लगाएकोछ, यति मात्र कहाँ हो र– मनसुनी बर्षाले मलाई साह्रै पिट्दछ, मलाई खोल्स्याउँदछ, उफार्दछ र बगाउँदछ, कहिले काँही त पहाडै पल्टाई दिन्छ, घरगोठ सबै पुरि दिन्छ र बगाइ दिन्छ, यो बाट त मानिस तथा पशु पंछी सबै बग्छन्, मानवताको दया यसमा देखिदैन, यस्मा कुनै उजुरी लाग्दैन, यसले कसैको पुकार पनि सुन्दैन, हेर्र्नुहोस् यस्तै यस्तै छ मेरो विनाश, खोज्छन् मानिस गर्न विकास, कहीं छैन तिनलाई निकास, सुन्नुहोस् मरुभूमि करणले पनि, यो देशमा मलाई शनै शनै छुँदैछ हरियालिको विनासमा, उच्च पहाडको नाङ्गो डाँडो रुँदैछ, कस्तो विडम्बना चारमहिने मौसमी बर्षा, कहीं भेल कहीं सुख्खा, कहीं मुसल धारे, कहीं असिना, आठ महिनाको लामो खडेरी, नाङ्गो जमिनमा खडेरीको भार, हरियालीमा पर्ने राम्रै विकार, देख्नु भयो, प्राकृतिले म माथी कति कति अन्याय गर्छ, मानिसको शोषण पनि म माथी कम छैन, उत्पादन लिन मानिसले म माथी अतिक्रमण गर्दछन्, अवैज्ञानिक जोताइ खनाइ अवैज्ञानिक खेती गराइ, असन्तुलित मल छराइ अति भिरालोमा खेती गराइ, सघनबाली प्रणालिको खेती गराइ, आँफु हिडडुल गर्न नमिल्ने ठाउँमा बाटो खनाइ आदि, धेरै धेरै मानिसले पनि मलाई दुखदिन्छन्, मेरोे खाना विभिन्न तत्वहरु हुन्, यी तत्वहरुमा नाइट्रोजन, फस्फोरस, पोटास, मैले भेरै मात्रामा लिन्छु, यिनको प्रयोगको पनि अनुपात छ, चार, दुई र एक को मात्रामा दिने, यो कहाँ दिन्छन् र बाली हरियो देख्न युरिया मात्र दिन्छन्, यसले पनि मेरो संरचनामा असर पारेको छ, मेरो प्रतिकृया सबै अमिलो बनाइ दिएको छ, जोतखन गर्न असजिलो पारिदिएको छ, हेर्नुहोस् असन्तुलित मलको प्रयोगले, प्राङ्गारिक मलको प्रयोगको कमीले, माटोको प्राङ्गारिक पदार्थ रित्तिदै छ, विषादिको प्रयोग मात्रा बढ्दै जाँदा, म मा प्रदुषणको मात्रा थपिदै गएको छ, म र मबाट उत्पादित बस्तु विषादित बन्दैछन्, विषादित उत्पादनको उपभोगबाट म र उपभोक्ता सबै बिषादित बन्दैछम्, जैविक, अजैविक, गह्रु्रङ्गा धातु, सहरको फोहोरको अव्यवस्थितले, घरेलु औधोगिक आदि फोहोरले म मा विषालु पना थप्दै छ आणविक हातहतियारको निर्माण, अम्लिय करण, क्षारिय करण आदिले, मेरोे प्राकृतिक रूप नै विगार्दै छन्, हेर्नुहोस् यो दुर्दशा नेपालमामात्र हैन, संसार भरिबाटै म अति पिडित छु, त्यसो हुँदा मलाई प्राकृतिक संसारमा बाँच्न देउ, आफ्नै पनमा नाच्न देउ, म तिमिहरुलार्ई स्वस्थता दिन्छु, हैन भने, मेरो पुकार, मलाई बचाउ, तिमी बाँच, सुव्यवस्थापन मिलाउ, म तिमीलाई चाहिएको, उत्पादन गुणस्तररूपमा दिन्छु स्वस्थ माटो, स्वस्थ खाना, स्वस्थ खाना स्वस्थ जीवन, स्वस्थ खाना स्वस्थ जीवन।
अध्याय एक्काईस भन्छन् साहित्य समाजको दर्पण हो समाजको क्रियाकलापको एकीकृतरुप साहित्य हो कसैले प्रश्न गर्ला, के मेरो पनि साहित्यिक जीवन छ साहित्यिक अभिव्यक्ति हुन्छ र? के मेरोे पनि समाज हुन्छ र? मेरोे जवाफ छ, हुन्छ त्यसो हुँदा हेर, मेरो ठूलो समाज छ, त्यही समाजले नै मेरो अस्तित्व छ, मेरो समाज भनेको, जीव, जन्तु–वनस्पती, पहाड, नदी, नाला पोखरी, ताल, तलैया, समुद्र, लेक, व्याँसी, कक्षाड हुन्, यिनको आफ्नै संस्कृति छ, यिनका आफ्नै भाषा छन्, आफ्नै सङ्गीत छन् आफ्नै राज्य छ, आफ्नै राजनीति छ, यहाँ विषमता नै विषमताले भरिएको छ, यही विषमतामा समाज रमाएको छ, सवै म मा आसि्रत छन्, यी म मा आसि्रत सवै समाजको, क्रियाकलापहरू जीवन शैली हो, यो जीवन शैलीको आधार म हुँ, त्यसैले बैज्ञानिकहरु मलार्ई जीवित मान्दछन् , साहित्यकारले मलार्ई धरती माता भन्छन् , कृषकले अन्नको भकारी ठान्छन्, कोदाली लिएर खन्न थाल्छन्, म बाटै सवैले आवश्यक्ताको पूर्ति गर्दछ् कतै म मा मन्दिर बन्छन्, कतै म मा चियान खन्छन् यसरी मेरो हरेक अङ्ग, विभाजन गरिएको छ, म मा विषमता भरिएको छ, प्राकृति संसारमा हरेक प्राणीले (जीवजन्तुले), मलाई राज्यमा वदलेका छन्, आफनो अधिकार जमाउन, एक अर्कामा लडेकाछन्, यो मेरो समाजको क्रियाकलाप हो, यो समाजमा मृत्यु छ, जीवन छ, यी सबै म मा नै उब्जन्छन्, म मा नै विलाउँछन्, यो मेरो कर्म संसार हो, यो कर्म संसारका समाजको म ठूलो दर्पण हुँ, त्यसैले म साहित्य हुँ / म काव्य हुँ, म मा थरिथरिका काव्य लेखिन्छन्, त्यो भित्र मेरो अभिव्यक्ति देखिन्छन्, तर अभागीको यो काव्य, मेरो जीवनशैलीको एकमात्र खण्ड हो, त्यस्मा म मा भएका भौतिक, रसायनिक र जैविक, समाजको (गुणको) क्रिया कलापको एउटा स्यानो चित्रण हो, यो चित्रणमा वृत्ति विकासलाई मेरो स्यानो पुकार हो, म बेाल्छु, बिरुवा बोल्छन् आफ्नो वेदना आँफै खोल्छन् त्यसो हुँदा यी हाम्रा आवाज सुनेर, संसारमा चल्न सिक, हामीमा भएको अमृतलाई, उपभोगमा ल्याउन सिक, तव मात्र हामी तिम्रो, जीवनसार बनि दिन्छौं, तिम्रो भकारी भरिदिन्छौं, तिम्रो भकारी भरिदिन्छौं। समाप्त
|
March 14, 2012
माटो र बिरुवाले भोक लाग्यो भन्छन् माटो र बिरुवाले भोक लाग्यो भन्छन्
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment