परिचय
यही २०७६ साल माघ १६ गते नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संंघ लिमीटेड (नेप्mस्कून)को प्राविधिक सहयोग र पौरखी बचत तथा ऋण सहकारी संस्था कावासोतीको आयोजनामा संचालित संस्थागत विकास तालिमको लागि चितवन जिल्लाको रमणीय पर्यटकीय क्षेत्र सौराहका लागि हामी रमाना भयौंं । सोही दिन बेलुका तालिमको उद्घाटन भयो । तालिमलाई प्रभावकारी रूपमा संचालन गर्नको लागि तालिमको उद्देय, प्रशिक्षक र प्रशिक्षार्थी बीचको परिचय सामान्य नियम तीन ्िेदने तालिमका लागि सहभागीबाटै संयोजक, प्रतिवेदक, समीक्षक र मनोरञ्जन कर्ताको छनौट गर्ने काम भयो । कक्षा संचालनमा अवरोध र असहज अवस्था नआवस् भनि दुई ओटा पहेंलो पास (छोटो अवधीको लागि) र रातो पास (लामो अवधीको लागि) बनाए र सबैले देखिने गरि राखियो । समयतालिका अनुसार १६ गतेको कार्य समाप्त भयो र सबै आफ्नो शयनकोठातिर लागियो ।
दोस्रो दिन १७ गते विहानै आठ बजेबाट सहाकारीको परिचय तथा परिभाषामा तिर लाग्यौं । साकोस ९क्ब्ऋऋइक्० शाकोस अंग्रेजी शब्द हो । यसको अर्थ क्बखष्लन बलम अचभमष्त ऋय(यउभचबतष्खभ कयअष्भतथ हुन्छ । शाकोस शब्दको अर्थ प्रष्ट पार्दै प्रशिक्षकले सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समान कार्य वा सँग–सँगै गरिने कामलाई बुझाउँछ भन्दै सहकारीको साधारण परिचयको जानकारी पाइयो ।
वास्तवमा सहकारीमा सहकार्य, हुन्छ । सहकार्य के को लागि यस सम्बन्धमा हामी एक सामाजिक प्रणी हौं। हाम्रो आफ्नै समाज छ हाम्रो आफ्नै संस्कृति छ र हामीसंग आर्थिक जीवन पनि छ । यी सबै पक्षमा हामीले आफ्नो हैसियतलाई माथि उठाउनु पर्ने हुन्छ । सबै काम एक्लै सम्भव हुँदैन । सबैको सहयोग चाहिन्छ । भनिने गरिन्छ सयजनाको लौरो एउटाको लागि गह्रुँगो भारी हुन्छ । हुनत हाम्रो परम्परा र दर्शनलाई गहिरिएर हे¥यो भने अैँचोपैँचो, अर्मपर्म, जीए जन्त मरे मलामी सरसापटी आदि विविधखाले सामाजिक, आर्थिक, धार्मिक आदि कामहरू मानिस उत्पत्तिको साथ साथै भएको देखिन्छ । तर आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो ।ृ आज संसार भरी आधुनिक रूपमा विविध नाममा सहकारीहरू खोलिएका छन् । पौरखी सहकारी संस्थाको २०६७।०७।०७मा विधिवत स्थापना भएको र यसमा हाल २३४५ (९५४महिला र १३९१ पुरुष) शेयर सदस्य रहेको, ''सम्पूर्ण बित्तीय सक्षमता, सहितको सबल सुरक्षित संस्था र समृद्ध सदस्य'' परिकल्पना गर्दै स्थापना भएको विवरण व्यवस्थापक नीलकण्ठ पराजुलीले जानकारी गराउनु भएको थियो । यस तालिममा पौरखी सहकारीका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, ऋण समिति शिक्षास समिति लगायतका पदाधिकारीहरू सहभागी भएका थियौं । यस तालिममा बचत तथा ऋण सहकारी संस्थाको दर्शन, सिद्धान्त र इतिहास एवं आफ्नै साकोसकोे इतिहासको वारेमा जानकारी गराइएको थियो । कुनै पनि सरकारी होस् या गैर सरकारी संस्था होस् त्यसलाई राम्रो सँग सञ्चालन गर्नको लागि नीति नियम,र त्यसको पालना र वैधानिक मुद्दाहरुको सम्बन्धनमा कम्तिमा पनि सामान्य जानकारी हुनु पर्छ । यस सम्बन्धनमा पनि प्रशिक्षक द्वय गणेश तिमिल्सिना र वीदुर खड्काले जानकारी गराउनु भएको थियो । सहकारीको तथा कुनै पनि संस्थको प्रगतिको लागि त्यस संस्थामा आवद्ध सदस्यहरू, तिनीहरूको योगदान, संस्था परिचालनको लागि चुनिएका सञ्चालक समितिको रणनीति कार्ययोजना , कर्मचारिको भरपर्दो र सहज रूपमा प्रदान गर्ने छिटो क्षरितो सेवा, र यसमा प्रयोग गरिएका प्रविधि आदिमा निर्भर रहन्छ । यसो हुँदा वित्त र वित्तीय विवरण अध्ययन र समीक्षा गर्नु पर्दछ । हाल दिइरहेको सेवा र नयां सेवा वा सदस्यहरुले चाहना गरेका आवश्यक सेवा, वित्त वजारको कुन चांहि क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको छ र वित्त वजारका हालका जल्दा वल्दा सवालहरु के छन् । सदस्यहरुलाई प्रदान गर्ने वित्तीय सेवाको लागि उपलब्ध प्रविधीहरु र तिनका विशेषताहरु के छन् आदि सैधान्तिक तथा व्यवहारिक सिकाई तालिममा भएको थियो । कुनै पनि संस्थाको सक्षमताको रूपमा सञ्चालन गर्नको लागि सक्षम नेतृत्वको आवश्यक्ता पर्द छ । किनकी , जनशक्ति व्यवस्थापन, योजना तथा वजेट, सूचना प्रविधि, वजार र बजेट (दाजेर हेर्ने),स्थानिय, राष्ट्रिय र अन्तराष्ड्रिय आर्थिक र सामाजिक वातावरण तथा साकोसको विकासमा देखिने विभिन्न असर साथै साकोसको संचालन, कर्मचारी नीति, रणनीतिक योजना र अन्य नीतिहरु जसको लागि संचालक समिति जिम्मेवार हुन्छ । सचालक समितिमा यी कुराहरु जाच्ने,र बुझ्न आपूmसँग विविध संघ संस्था आवद्ध भएका जिल्ला के्न्द्र तहका संस्थाहरुको क्रियाकलाप सँग सहकार्य र ती संस्थाबाट प्राप्त गर्ने आवश्यक सहयोगलाई परिचालन गर्न सक्ने क्षमता संचालक समितिमा हुनु पर्दछ । संस्थामा मानव श्रोतको व्यवस्थापन गर्ने, व्यवस्थापक छान्ने,कार्य तथा लक्ष्य तोक्ने, कार्य मूल्यांकन गर्ने, सेवा सुविधाको निर्णय गर्ने,भावी व्यवस्थापकको लागि समेत योजना निर्माण गर्ने आदि यस तालिमबाट हामीले थुप्रै ज्ञान हाँसिल गर्न सकियो । संस्थालाई कस्तो बनाउने भन्ने कुरा सञ्चालक समितिमा निर्भर हुन्छ ।
अलिकति प्रसङ्ग बदलौं बचत तथा ऋण सहकारी संस्था भने पछि बचत संकलन र,ऋण लगानीका कामहरू हुने नै भए । ऋण लगानी गर्दा ध्यान दिइएन भने सहकारी संस्थाहरू डुब्ने खतरा बढेर जान्छ । यहाँ हामीलाई मानिसको स्वभाव ऋण लिंदा दिंदा कस्तो हुन्छ र तिर्दा कस्तो हुन्छ भन्ने एउटा तस्विरबाट प्रष्ट्याइएको थियो । मानिस बिरालो भएर ऋण लिन जान्छ तर तिर्ने वेलामा भने ऊ बाघ भएर दर्शिन्छ । त्यसो हुँदा सदस्यहरुले तिर्न सक्ने क्षमताको आधारमा ऋण लगानी गर्नुपर्छ । असल ऋणीमा ठहरिएको तथा तिर्ने क्षमता भएको सदस्यलाई ऋण लगानी गरिएन भने असुलीमा बाधा पर्छ । त्यसो हुँदा ऋणलगानी गर्दा राम्रोसंग जांचबुझ गरेर मात्र लगानी गर्नु पर्छ । ऋण शेयर सदस्यको अन्तरनिहित अधिकार भन्दा पनि सुविधा मात्र हो भन्ने जानकारी गराइ राख्नु पर्छ । भाखा नघाईरहेकोे सदस्यलाई कुनै पनि ऋण थप दिन हुँदैन
व्यापारिक, विशेष पकेट क्षेत्र र कृषि ऋणका लागि अर्थात आत्मनिर्मर हुन सक्ने परियोजनाका लागि ७०% लगानी संस्थाको र शेयर सदस्यको ३०% हुनु पर्दछ । सदस्यको तिर्ने क्षमता र चरित्र अर्थात शेयर सदस्यको इमान्दारिता, प्रतिष्ठा, आदिलाई पनि ध्यान दिनु पर्छ । विश्वासिलो धितो राख्नु पर्छ । ऋण भाखा नाघ्नु भनेको संस्था तथा ऋण लिनेकर्ता दुबैको लागि क्यान्सर रोग लाग्नु हो । यसरी समयमै ऋण असुली गरिएन भने लगानीकर्ताको संचालनको सम्पूर्ण मुख्य क्षेत्रहरुलाई असर गर्दछ । त्यसो हुँदा क्षमतामा आधारित लगानी गरियो भने मात्र भाखा नाघ्ने प्रवृत्तीलाई कम गर्दछ साथै भाखा नाघ्ने ऋणीले यसलाई निरुत्साहित गर्दछ । सहकारीको संस्थागत विकास गर्नको लागि सुन्दर परिकल्पना गर्नु पर्छ र यस परिकल्पनालाई पूर्णता दिनको लागि दिर्घ सोच राख्नु पर्छ । अहिले हामी कहाँ छौं र हामी कहाँ पुग्ने हो । कुन विकल्पको छनौट गर्दा लक्ष हाँसिल गर्न, सक्षम, सुरक्षित र स्वस्थ्य संस्था बनाउन, सदस्यहरुलाई उच्चस्तरको विशिष्ट सेवा प्रदान गर्न, संस्थालाई प्रतिष्पर्धी र व्यवसायिक वनाउ सकिन्छ भन्ने सोचको आधारमा योजना बनाउनु पर्दछ । आजको संसारमा हरेक चिजमा प्रतिस्पर्धा छ । यस्तो प्रतिस्पर्धामा पुग्न रणनीतिक सोच चाहिन्छ । रणनीतिक सोचलाई व्यवहारमा उतार गर्नको लागि रणनीतिक योजना बनाउनु पर्छ साथै रणनीतिक रूपमै बनाइएको योजनालाई उद्देश्य अनुरूप कार्यहरु निश्चित समय भित्र पूरा गर्ने सङ्कल्प, समय, समयमा अनुगमन , मूल्यांकन तथा समीक्षा समेत गर्नु पर्दछ र दृढ सङ्कल्प पनि चाहिन्छ ।
आज देशमा मौलाएको भ्रष्टचार सहकारीमा पनि भएको पाइन्छ । त्यसो हुँदा व्यवस्थापन पक्ष र कार्यन्वयन पक्ष दुबै चनाखो हुन पर्छ । बचत संकलनदेखि ऋण लगानीसम्म राम्रो निगरानी राख्नु पर्छ । अधिकार सम्पन्न लेखा समितिले यस सम्बन्धमा ध्यान दिनु पर्दछ ।
यस तालिममा संस्थाको विकासमा राजनैतिक परिस्थिती(ऋण लगानी लगायत सहकारी संस्थामा कुनै किसिमको हस्तक्षेप हुनु हुँदैन,तर राज्यले लागु गरेका नीति नियमहरू भने पूर्णरूपमा पालन गर्नु पर्ने) ,आर्थिक अवस्था, सामाजिक मूल्य मान्यता, प्रविधिको अवस्था, चार खाता( पूँजी तथा दायित्व खाता, सम्पत्ति तथा जायदात खाता,खरिद तथा खर्च खाता, बिक्रि तथा आम्दानी खाता), पूँजी ,वासलात नाफा नोक्सान, संस्थागत पूँजी, लागत सहितको पुँजी तथा दायित्व,(शेयर, बचत निक्षेप, बाह््य ऋण, कूल ऋणआदि), जम्मा लगानी गरिएको ऋण, खुद ऋण, भाखा नाघेको ऋणको लागि आवश्यक व्यवस्था घटाउदा बाँकी रहेको ऋण अपलेखन गरिएको खराब ऋण ÷१वर्ष भन्दा बढी भाखा नाघेको ऋण रकम आदि विषयमा सैधान्तिक तथा व्यवहारिक रूपमा विस्तृत छलफल भएको थियो ।
अन्त्यमा सबै भन्दा राम्रो के हुनसक्छ परिकल्पना गरौं(सपना देखौं),सबै भन्दा राम्रो कसरी हुनेछ निर्धारण ग¥यौं (संरचना बनाऊँ), यसको लागि कहाँ के भै राखेको छ अनुसन्धान गरौं पत्ता लगाउँ र यी नै मान्यताको आधारमा स्वच्छ, पारदर्शी,, सेवामूलक रूपमा सहकारीलाई सञ्चालन ग¥र्यौं भन्दै विदा माग्दछु ।
(यो लेख, बिरालो र बाघको तस्विर तालिममा प्रशिक्षकले प्रस्तुत गरेका धारणालाई साभार गर्दै तयार पारिएको हो)
धन्यवाद

No comments:
Post a Comment