January 3, 2022

हो आज यस्तै छ


हो आज यस्तै छ
न्याय दिने वाला आन्दोलनमा
न्याय लिन जानेवाला अन्यौलमा
न्यायको लागि गुहारेकै छन्
कर्णकटु भाषण गरेकै छन्
कानमा तेल हाल्नेले हालेकै छन्
तलव भत्ता पकाएकै छन्
जनतालाई कष्ट दिएकै छन्

हो आज यस्तै छ
सदनको बैठक बसेको छ
सदन अवरोध गर्नेको
सदन भित्र आगो बलेकै छ
तलव भत्ता पाकेकै छ
कुर्सीमोहले स्थान लिएकै छ
नैतिकतामा ह्रास आएकै छ

 हो आज यस्तै छ
भ्रष्टचारको बृक्ष मौलाएकै छ
दिन प्रतिदिन महगाइ बढ्दो छ
महगाइ–मारमा जनता बौलाएकै छ

हो आज यस्तै छ
कोरोना भाइरस बढ्दो छ
कोरोना भन्दा त्रास धेरै फैलिदो छ
उपचारको अभावमा
निर्धनहरूको ज्यान गएकै छ
देशको अर्थतन्त्र चौपट भएकै छ

हो आज यस्तै छ
युवाहरू पलायन भएकै छन्
बृद्ध–बृद्धाले आगन कुरेकै छन्
देशका खेतबारी बाँझिएकै छन्
निर्यातको बाटहरू भत्केकै छन्
आयतबाट जनता पालिएकै छन्

हो आज यस्तै छ
दशगजाको कम्मर दुखेकै छ
कालापानी लिपुलेकमा
भारतका फौज तैनात छन्
भारतले सडक बनाएकै छ
सरकार मौनव्रत साधनामा छ
नेपाली जनता रोएकै छन्
हो आज यस्तै छ
एमसिसी वहस चलेकै छ
एमसिसी खारेजी आन्दोलन चलेकै छ
जनता साह्रै भ्रममा छन्
शेरको अडान कटीबद्ध छ
नेताको दाउपेच चलेकै छ
विदेशी चलखेल बढेकै छ
विदेशी चलखेल बढेकै छ 

No comments:

Post a Comment