सदानन्द अभागी
परिचय–
हाइकु सङ्ग्रह "युगीन पर्दा" प्रकाशन गरी कृतिकारको रूपमा परिचित विमल शर्मा पौडेलले हाम्रो अगि "अम्लान "नामक बाछिटासङ्ग्रह लिएर प्रस्तुत हुनु भएको छ । पेशाले पशुचिकित्सक विमलजी साहित्यिक सिर्जनामा लाग्नु मात्र नभएर माधुरी साहित्य प्रतिष्ठानको संरक्षक भै नवमाधुरी जस्तो प्रेस काउन्सिल नेपालबाट "क" वर्गमा वर्गिकृत साहित्यिक विविधताको पत्रिका प्रकाशनमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ । नवमाधुरीसाहित्यिक पत्रिकाकी सम्पादक सरस्वती शर्मा जिज्ञासु, एक बहु प्रतिभाकी धनी हुनुहुन्छ । विमलजी र सरस्वतीको साहित्य र समाज क्षेत्रमा पु¥याउँदै आएको योगदान एक प्रशंसनीय र उदाहरणीय काम हो सहजै भन्न सकिन्छ ।माधुरी साहित्य प्रतिष्ठान२०५९मा स्थापना गरी यसलाई सँरक्षण र सम्वर्धनको लागि२०७५ साल श्रावण १३ गते,सरस्वती शर्मा जिज्ञासुको स्वर्र्ण जन्मोत्सवको सुअवसरमा पाँच लाख पाँच हजार पाँच सय पाँच रुपियाँको अक्षय कोश खडागरी हरेक वर्ष स्रस्टाहरूलाई नगद पुरस्कार सहित सम्मान गर्ने गरिन्छ यस्तो साहित्यिक भव्य कार्यकर्ममा म पनि पुरस्कृत भएको छु । सामाजिक सेवा अलवा सरकारी सेवामा कायरत रहँदा जुन कर्म चारीले बफादारी, इमान्दारीसँग अफ्नो दायित्वलाई् निभाएको खण्डमा सरकारले पनि त्यस्ता कर्मचारीलाई पुरस्कृत गर्दछ । विमलजीले पनि जिल्ला पशुसेवा कार्यालयबाट "उत्कृष्ट सेवा " सम्मान पाप्त गर्नु भएको छ । विमलजीका कृति प्रकाशनको साथ साथै विविध पत्रपत्रिकामा प्रकाशन भएका रचनाले पनि सुन्दर सन्देश बोकेका छन् । रेडक्रस,लायन्स कल्ब लगायत करिव एक दर्जन संस्थामा आबद्ध विमलजी हरेक क्षेत्रमा सेवा पु¥याउन ललायित देखिनु हुन्छ । "युगीन पर्दा" महत्वपूर्ण हाइकु सङ्ुग्रहले नै विमलजीको लेखनकलामा देखाएको दखलतालाई यस अम्लान बाछिटा सङ्ग्रहले पुन उहाँको लेखनमा दक्षता थपेको प्रमाणित गरेको छ ।
बास्तवमा म बाछिटा लेख्दिन यसको बृहत ज्ञान पनि छैन । केवल यसको संरचना तीन पाँच तीन अक्षरको हुन्छ र यही संरचनामा बाछिटा लेखिन्छ भन्ने कुरा जान्दैमा समालोचना गर्न त्यति सहज हुँदैन । विमलजीका यी ४०० बाछिटा ,अध्यन गरें । बाछिटाले दिन खोजेका भावहंरू यहाँ पस्कने प्रयास गरेको छु ।
''अम्लान' शब्दलाई बृहत शब्दकोशले यसरी परिभाषित गरेको छ –नओइल्याएको , च्याउरी नपरेको, म्लान नभएको, फुलेको, प्रफुल्ल आदि । विमलजीले यस कृतिमा पस्केका बाछिटा, शव्दकोषले परिभाषित गरे सरह नै, भावनाले भरिएका, प्रकृतिले सजिएका र समसामयिकतालाई समेटिएका छन् ।
विमलजीले बाछिटा लेखनको थालनिमै यसरी प्रस्तुत हुनु भएकोछ –
अम्ल्यान विमल स्वदेश
पुष्प पराग विवेक विम्व भक्ति सागर
प्रज्ञान कमल सन्देश
विमलजीका यी तीन अभिव्यक्ति गहन छन् । प्राकृतिक सौन्दर्यतालाई सजाइएको छ, सौन्दर्यतालाई अटाइएको छ र राष्ट्र प्रेमलाई सजाइएको छ। जीवन जगतसँग सजिएका बाछिटाहरू– मानव जीवनमा के छैन ? दुख, सुख ,हाँसो रोदन, भोक, रोग, शोक, आदिले मानव जीवनलाई सिङ्गारेको छ । विमलजीले मानवले जीवनमा भोग्न परेका यथार्थलाई सुन्दर रूपमा पस्केका छन् –
जोवन काँडाको शोकको
पूmलको वाग धार दिलमा हुरी भौतिक
जीवन पीडाको भोकको
सम्पन्न वगर जिन्दगी
मानव चित्त जीपन ग्रीष्म भोक जालमा
विपन्न कहर बन्धकी
विकृतिविसङ्गतिप्रति लेखिएका बाछिटा– समाजमा सुकृति मात्रै पनि हुँदैनन् । यहाँ धेरैै किसिमका विकृतिले पनि स्थान लिएका छन् ।विविध क्षेत्रमा मौलाएका विकृतिलाई विमलजीले समेट्नु भएको छ –
विकृति पोषण कुकर्म
कलुष हुँदैन श्रमशक्तिको कलुष पन
स्वीकृति शोषण अधर्म
नेतृत्व वर्गको यथार्थता – राजनीति यस्तो खम्बा हो जस्ले देशको विकास मार्गदर्शन प्रदान गर्दछ । नेपालमा राजनेताको क्रियाकलापले देशलाई प्रगतिको बाटोमा अगाडी लाने काम होला भन्दा गतिहीनतामा डो¥याउँदै लगेको देखिन्छ । राजनीतिमा विमलजी यसरी प्रस्तुत हुनु भएको छ –
शासक बाँगियो देशमा
शकुनीस्वार्थ नेतृत्व बृक्ष नेता नागको
घातक नाङ्गियो भेषमा
नारीवादी चिन्तन– विमलजीका बाछिटामा नारीका क्रियाकलापलाई पनि समेट्ने प्रयास गरिएको छ –
सुन्तली निर्मम जहिले
ग्रामिण वाला महिला हिंसा सृष्टिमा नारी
पुतली अधम पहिले
सहर र ग्रामिण परिवेशमा आधारित बाछिटा –आज मानिसहरू ग्रामिण जीवनको प्रकृतिप्रदत्त उपहारलाई त्याग्दै सहरमुखी हुँदै गएको धारणा यस कृतिमा आएका छन् –
नगर सहर गाउँको
स्वार्थै स्वार्थको जीवन आँधी जुनी भिरालो
बगर कहर ठाउँको
राष्ट्रियताले भरिएका बाछिटा–विमलजीका यस सङ्ग्रहमा आमा, मातृभूमि, देश आदि धारणाले भरिएका बाछिटाहरू थुप्रै पढ्न पाइन्छन् । आमाले जन्म दिन्छ् ् िधर्तीमाताले गास, बास, कपासले प्राणी जगतलाई पालन पोषण गर्छिन् । माता, धर्तीमातामा र राष्ट्रप्रति सदा प्रेम हुनु पर्छ । यी धारणा बोकेका केही बाछिटाहरू–
जनता नेपाली नेपाल
देशका शक्ति गरिमा गर्व शान्त साङ्ग्रिला
ः उच्चता, हिमाली, चिमाल
नेपाल स्वदेब नेपाली
मातृभूमि भक्तिको भाव वीरता चुली
शीतल निश्शेष हिमाली
आशावादी र निराशा वादी आवाजहरू पनि विमलले उठाएका छन् –
निराश चाहना
मन शिशिर फल्ने र फुल्ने
उदास भावना
युवा विदेश पलायन–आज देशले रोजगार दिन सकेको छैन । बरू रोजगार सिर्जना गर्नुको सट्टा, युवालाई विदेश पलायन गराउने काममा सकृय रहेको देखिन्छ –
खाडीमा
जिन्दगी भोग
झाडीमा
विमलजीका यी बाछिटालाई केलायर हेर्दा यहाँ के छ भन्दा के छैन भन्न सकिन्छ । चाड पर्व, प्रकृति प्रेम, न्यायको खोजी, नैतिकता, भाग्यवादी सोच, पितृत्वप्रतिको आदर भाव, लुटको कालो सम्पत्ति,प्रकृतिको दोहन गर्न नहुने, शिरको स्वभा गुराँस, वैंसका कुरा, झर्ना प्रकृतिको गहना, भमराको झुमाई ,हितका कुरा मितका कुरा, सामन्ती संस्कारका कुरा, खोलाको अटुट गति,धीरता, ध्यान, इमान,स्थिरता, वीरता,भूकम्प, अमिलो इखले मन धमिलो, धनप्रतिको अदृश्य मोह, मन्दिर, शालिक, विकासको चाहना, युवा देशका रक्षक, साहित्य, पिपलको शीतलता, मदेश सुवर्णको खानी आदि धारणालाई विमलजीले स्वच्छ, स्वतन्त्र भावमा प्रस्तुत गर्नु भएको छ ।
विमलजीको लेखन शैली सरल र सहज छ । भावना सलल बगेका छन् ।
विमलजीप्रति डा. षडानन्द पौड्यालले पस्केका यी धारणा सहित विदा चाहान्छु – " कविताको सैद्धान्तिक चेतनासहित बाछिटाको रचनाम गरिएको छ ।शिल्प पक्ष सुन्दर छ । बाछिटाले अपेक्षा गर्ने व्यङ्ग्य, बिम्ब, प्रतीक, प्राकृतिक चेत,प्रकृतिसँगको सान्निध्यता, तन्मयता, मन्मयता,इन्द्रिय सैवेद्यता, औचित्यता, धन्यात्मकता,ध्वन्यात्मकता प्रयोग भएको छ ।"
धन्यवाद

No comments:
Post a Comment