June 21, 2023

मोदीवेनी तीर्थस्थलको संक्षिप्त विवेचना

सदानन्द अभागी
नेपाल एउटा अति सुन्दर हिमालले धेरेको देश हो । जलस्रोतको हिसावले विश्वमा नै दोस्रोस्थान ओगटेको छ ।उच्चाइको हिसावले विश्वको सबै भन्दा उच्च टाकुरो सगरमाथा (८८४८ मिटर) यही देशमा पर्दछ ।  पूर्व मेची देखी पश्चिम महाकाली नदीसम्म फैलिएको यो देशमा कोशी, गण्डकी(नारायणी), भेरी, रापती र कर्णाली आदी लगाएर करिव ६०००नदी नालाले देश ढाकिएको छ । यिनै नदीहरूको जलले देशलाई सिञ्चित गरेका छन् । यी नदीहरूको महत्वलाई  पुराणहरूले पनि गुणगान गाएको पाइन्छ । संसारमा दुईओटा महत्व पूर्ण नदी छन् । ती महत्वपूर्ण नदी मध्ये नेपालमा बग्ने कालीगण्डकी एक हुन् । शालीग्रामको रूपमा विष्णु भगवान मुक्तिनाथमा अवस्थित हुनुहुन्छ । अर्को भारतकी नर्मदा नदी हुन । जहाँका हरेक शिलालाई शिवलिङ्गको रूपमा लिइन्छ । अब म काली गण्डकीमा पाइने शालीग्राम शीलामा विष्णु भगवानको बास कसरी हुन गयो भन्ने तर्फ जाने अनुमति माग्दछु । जालन्धरले लक्ष्मी र पार्वतीमा आँखा लगाउने प्रयत्न ग¥यो । लक्ष्मीले जालन्धरसँग दिदी भाइको सम्बन्ध जोडिन् । त्यसपछि ऊ पार्जतीतिर लम्क्यो । यही कारणबाट शिव र जालन्धरको युद्ध भयो । शिवको शक्तिले कुनै काम गर्न सकेन । विष्णुले यस अवस्थामा शिवजीलाई सहयोग गर्ने काम गर्नु भयो । जालन्धरकी पत्नी बृन्दा पतिवर्ता नारी थिइन् । पतिबर्ता धर्मको आडमा जालन्धर निकै शक्तिशाली थियो । बृन्दाको सतीत्व नष्ट नगरेसम्म जालन्धरलाई मार्न कसैले पनि सक्नेवाला थिएनन् ।यो कुरा विष्णुलाई थाहा थियो ।त्यसो हुँदा विष्णु बृन्दाको सतीत्व नष्ट गर्न जालन्धरको रूप बनाएर जालन्धरको घरमा गए र सतित्व नष्ट गरिदिए । वृन्दाको सतीत्व नष्ट भएपछि शिवले जालन्धरलाई मारिदिए ।  वृन्दालाई यो कुरा जानकारी भयो ।  वृन्दाले विष्णुलाई श्राप दिइन् । उनले विष्णुलाई झार हुनु परोस् भन्ने श्रापमा तुलसी, घाँस हुनु परोस ्भन्ने श्रापमा कुश, रुख हुनु परोस् भन्ने श्रापमा पिपल, अनि ढुंगा हुनु परोस् भन्ने श्रापमा शालिग्राम बन्नुपरेको हुँदा विष्णु भगवान शालिग्राम भएर मुक्तिनाथमा बस्न परेको धारणा श्री स्वस्थानी ब्रत कथामा अध्ययन गर्न पाइन्छ । यसरी विष्णु भगवानले शालीग्रामको रूप धारणा गरेको यो पवित्र स्थलमा विराजमान भएको हुँदा । मानिसहरू पहिला कागवेनीमा पिण्डदान गरी  शालिकग्रामरूपी विष्णु भगवानको दर्शन तथा पूजा गर्न मुक्तिनाथ जान्छन् । यो हिन्दुमात्रको नभै बौद्धमार्गी समेतको पवित्र स्थल हो । यहाँ हिन्दु मन्दिरमात्र नभएर बौद्ध गुम्बा पनि छ । यहाँ हिन्दु र बौद्ध धर्मावलम्वीहरू जाने गर्दछन् । एकसय आठ धाराको स्नान गर्छन् । ज्वालामाईको दर्शन गर्छन् । नेपालीमात्र नभएर विदेशीहरू ( खास गरेर हिन्दु भारतीयहरू) पनि यस स्थानमा धार्मिक उद्देश्यको साथसाथै प्राकृतिक सौन्दर्य अवलोकन गर्न जाने गर्दछन् । मोदी नदी अन्नपूर्ण हिमालको पूर्वी भाग र माछापुछ«े हिमालको पश्चिमीबाट उत्पत्ति भएर पर्वत जिल्लाको कुस्मादेखी करिव आधाकोश दक्षिणमा पुगेर कालीगण्डकीमा मोदी नदी मिसिन्छिन् । यही काली गण्डगी र मोदीको सङ्गमस्थललाई मोदीबेनी भनिन्छ । काली गण्डकी नदी संसारको सबै भन्दा गहिरो गल्छी बनाएर बग्ने नदी हो । यो नदी तिब्बतमा उत्पत्ति भएर मुस्ताङ जिल्लामा प्रवेश गर्छ । मुक्तिनाथबाट निस्कने काग खोला र मुस्ताङ खोला कागवेनीमा मिसिन्छ र यसपछि यसलाई कालीगण्डकी भनिन्छ । विजयराज पन्तले लेख्नु हुन्छ कि –"यस नदीले बोन,मष्ट, बौद्ध,तथा हिन्दु सम्प्रदायको जीवन पद्धतिसँग राख्छ । " विजय राज पन्तको लेखको अध्यन गर्दा "वराह पुराण अनुसार महर्षि गण्डककी सुपुत्री गण्डकीले श्रीकृष्णको तपस्या गरी आपूm गण्डकी नदी र कृष्णलाई सुपुत्रको रूपमा प्रकट गरेको उल्लेख छ ।" यस्ता उदाहरणहरू हामीले पुराणहरूमा अध्ययन गर्न पाउँछम् । काली गण्डकी नदी किनारमा विभिन्न अनगिन्ति धार्मिक स्थल तथा घाटहरू छन् जहाँ मानिसहरूले स्नान गर्ने यज्ञहरू गर्नेदेखि लिएर दाहसंस्कार समेत गर्दछन् । दामोदर कुण्ड, मुक्तिनाथ,कागवेनी, गलेस्वर, मोदीवेनी, सेतीवेनी,रिडी, राम्दी,केलादी घाट, देवघाट, त्रिवेणी (गजेन्द्र मोक्षधाम) थुप्रै धार्मिक स्थानहरू यस कालीगण्डकी तथा नारयणी नदी किनारमा अवस्थित छन् ।ती सबै अति महत्वपूण रुपमा अवस्थित देखिन्छन् । पितृ तार्नको लागि जो कागवेनी र मुक्तिनाथ जान सक्दैनन् तिनीहरूले यिनै काली गण्डकीको तिरमा रहेका धाममा गएर पितृलाई तर्पण दिने गर्दछन् ।  
प्राचिनकालदेखि नै भारत नेपाल र तिब्बतँिग आवत जावतको बाटो पनि यही कृष्ण गण्डकीको किनारबाटै हुने गरेको विवरण हामीले अध्ययन गर्न पाउँदछम् । यस्तै सिलसिलामा धार्मिक यात्रामा रहेका जयरामदास वैरागी मुक्तिनाथबाट फर्कदा वि.सं. १८९०मा मोदीबेनीमा (मोदी नदी र कृष्णगण्डकी बेनीमा) मन्दिर बनाएर शालीग्राम जम्मा गरी पूजा पाठ चलाए । यसै समयबाट भवन निर्माणका कामहरू थालनी भएको देखिन्छ तापनि यस क्षेत्रको गहिरो अध्ययन अनुसन्धान गर्नु पर्ने आवश्यक छ ।किनकी पौराणिक काल देखि नै यसको अस्तित्व भएको कुरा पुराणहरूले दर्शाएका छन् । कुश्मातिरको भागलाई भित्रीवेनी भनिन्छ भने मुडिकुवातिरको भागलाई बाहिरी वेनी भन्दछन् । राजेश परियारले गरेको अनुसन्धानमा भित्रवेनी ५२ रोपनी क्षेत्रफलमा फैलिएको विवरण आएको छ । भवनहरू (मन्दिरहरू) जे जति बनेका छन् ती सबै भित्रीवेनीमा नै अवस्थित छन् ।नृसिंह मन्दिर जो १८९०मा खरको छानो भएको साधारण रूपमा जयराम दासले बनाएका थिए त्यसलाई १९६०मा महन्त तुलसी दासले कास्की जिल्लाको मर्दिबाट ढुङ्गा झिकाएर ढुङ्गाले छाएको कुरा राजेश परियारले आफ्नो सोधपत्रमा लेखेका छन् । उनकै लेख अनुसार २०४२ सालमा नापी भएको र यो जग्गा गुठी बनेको थियो । गुठी बनीसकेपछि यस मन्दिरले २०५१÷०५२मा नयाँ निर्माण प्राप्त गरेको थियो । नयाँ निर्माण गर्दा मुख्य गर्भगृह्यको भागलाई यथावत कायम गरी आधुनिक सामाग्रीलाई प्रयोगमा ल्याई बनाइएको र पहिला ४ ढोका राखिएकोमा हाल पूर्व र पश्चिमतिर गरी जम्मा दुई ढोका राखिएको तीन तले मन्दिरको निर्माण भएको छ । दुखको कुरा नेपालका विभिन्न मन्दिरका मूर्तिहरू चोरी भए जस्तै यहाँ पनि मूर्तिहरू चोरी भएका र सिंहाकृति भएको शालिग्राम र अन्य विभिन्न आकार भएका शालिग्राम लाई पूजा गरिने गरिएको छ । यहाँ भएका सबै मूर्तितिर म जान चाहान्न तर महत्वपूर्ण मन्दिरहरूमा शिव मन्दिरमा रहेको श्री विष्णु मूर्ति आकर्षक रूपमा देखिन्छ । यहाँ मानव निर्मित गुफा पनि छ । यो आरुचौरे राजाले बनाएको भन्ने कुरा सुन्नमा आउँछ तर मसँग यो प्रमाणित गर्ने प्रमाण भने छैन ।
 वैरागी बस्ने अखडा पनि यहाँ निर्माण छन् । यी अखडा मन्दिरभन्दा पहिला निर्माण भएका हुन भन्ने कुराहरू चर्चामा आएको कुरा म सानो अवस्थामा छँदा सुनेको थिएँ । म २०२४ सालमा नारायण मा.वि.मा शिक्षक थिएँ ।मेरो घर शंकरपोखरी नुवार भएको हुँदा । कुश्मा विद्यालयमा जाने बाटो प्राय मोदीवेनीतिरबाटै हिड्ने गर्दथें ।यस समय प्रेमदास वैरागी, भगवानदास र भगवानदास वैरागीसँग मेरो मोदी वेनीको बारेमा कहिले काँहीं वहस हुन्थ्यो । उहाँहरूले टिकाराम वैरागी लगायत थुप्रै वैरागीका नाम लिनु हुन्थ्यो । अखडाका कुराहरू पनि गरिन्थ्यो । मुक्तिनाथ लगायतका तीर्थ जाने सन्त तथा साधुहरूलाई भोजन गराउने काम पनि हुन्छ भन्नुहुन्थ्यो ।  
   मुडिकुवातिरको भाग फराकिलो छ । यस स्थानमा पंचमुखी शिवमन्दिर छ । पौवा पनि छ । यो मन्दिर र पौवाका निर्माण कर्ता प्रधुम्न पनेरु हुनुहुन्थ्यो । य हाँ गुठी पनि राखिएका कुरा प्रधुम्न पनेरुका सन्तानले हाल पनि बताउँछन् । मोदीवेनी (मोदीखोला) वारिपारि दुवै ठाउँमा दाहसंस्कार गरिन्छ । अस्तु विसर्जन गर्न, तीर्थपिण्डदान दिन, तोरन तार्ने, एकादशी, सक्रान्ती, ग्रहण लाग्दा आदि पूण्यतिथिमा स्नान गर्ने श्रद्धालुजनहरू, पर्वत, स्या«ङ्जा, कास्की र बागलुङबाट ठूलो संख्यामा आउँछन् ।  माघे सक्रान्तिमा मैदानेगह्रो ( खेतका गह्राहरू) मा ठूलो मेला लाग्दथ्यो ।
बाग्लुङ नारायणस्थान देवल बगरतर्फ पनि रमापति श्री लक्ष्मीनारायण, राधाकृष्णका मन्दिरहरू छन् ।यसको विकासको पहल हुनु अति आवश्यक छ । यस विषयमा बाग्लुङ जिल्लाको ध्यान जानु अति आवश्यक छ ।
यज्ञ आदि गर्दा तथा मृत्युसंस्कारमा साँढेसाँढी छोड्ने चलन छ । यसरी छोडिएका साँढेसाँढीलाई काममा लगाउन नहुने राम्रो सुरक्षितसँग पालन पोषण गर्नु पर्ने भएकोले मोदीवेनीलाई सुरक्षित स्थानको रूपमा लिइन्थ्यो र त्यहाँ त्यस्ता बाच्छोबाच्छी लगेर छोडिने चलन थियो । आज आएर गौ संरक्षणको समस्या बढ्दोक्रममा छ ।  यस क्षेत्रलाई गौ संरक्षणको रूपमा पनि सम्बर्धन र प्रवर्धन गर्नु पर्ने देखिन्छ । गाउँघरमा चरन (गौचरन) क्षेत्रको अभाव छ ।कृषकले सघन कृषिप्रणालीमा खेती गर्ने चलन बढ्दो छ । सनातन धर्मालम्वीमा गाई दानको ठूलो महत्व छ । परमपराबाट गरिदै आएको यो चलन आज आएर लोप हुन जाने अवस्थामा छ । त्यसोहुँदा हरेक ठाउँमा गौसंरक्षणको आवश्यक छ ।  
कालीगण्डकीले आफ्नो गन्तव्य मार्गमा राम्रा राम्रा फाँटहरू निर्माण गर्दै अगाडी बढ्दै जाने गरेकोमा प्राणी जगतलाई गास बास कपासमा सहजता मिलेको छ । कालीगण्डकीको छेउ, छाऊमा प्राकृतिक सौन्दर्यताले सिङ्गारेको देखिन्छ । यसको क्षेउछाउमा गुफाहरूछन् । उदाहरणको लागि गुप्तेश्वर महादेवलाई लिन सकिन्छ । मोदीवेनीलाई एउटा कहत्वपूर्ण धार्मिक क्षेत्रको साथसाथै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नपर्ने हुनआउँछ । मोदीवेनी पर्वत जिल्लामात्र नभएर बाग्लुङ, स्याङजा जिल्लाका केही भाग, कास्कीका केही भागका र बाग्लुङ जिल्लाकाका केही भागको तीर्थस्थल तथा घाट भएकोले मोदीवेनीको विकाशमा एकीकृत प्रयासको खाँचो छ ।
  पौराणिक कालदेखि नै कालीगण्डकी सभ्यताको एउटा धरोहर हो । मुक्तिनाथदेखि लिएर त्रिवेणीधाम सम्ममा विभिन्न जातीको बसोबास छ र विभिन्न मातृभाषा,संस्कार, सभ्यताले यस क्षेत्रलाई सिङ्गारेको छ । हिन्दुहरूको लागि यो महान तीर्थ हो । बौद्ध धर्मावलम्बीहरूले पवित्र स्थलका रूपमा मान्दछन् । बोन( लामा–धर्म) मतावलम्बीको मुख्य धार्मिक स्थल पनि मुक्तिनाथ क्षेत्रभित्र नै पर्छ । यसरी हेर्दा  यो क्षेत्र (मुक्तिनाथदेखि त्रिवेणी धामसम्म) विविधताले सजिएको एकताको धरोहर हो । यो सद्भाव र यो संस्कृतिलाई अझै सशक्तरूपमा सम्बद्र्धन गर्नु पर्दछ । यसको महत्व र तीर्थालुजनको आवागमन बढ्ने सम्भावनाको प्रमाण काली गण्डकी लोकमार्गको निर्माण पनि हो ।
काली गण्डकी र मोदी नदी विद्युत उत्पादनको लागि पनि एउटा सवल क्षेत्र हो । यहाँ जलविद्युत आयोजनाहरू सञ्चालन भै सकेका छन् र अझै सञ्चालन गर्न सकिने सम्भावना छ । जलविद्युत उत्पादन गरेर यस क्षेत्रको सम्वद्र्धन गर्न सकिन्छ । यस क्षेत्रको विकासमा स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकारको ध्यान जान आवश्यक देखिन्छ ।
पवित्रस्थल मोदीवेनीको ऐतिहासिकि महत्व भएको कुरा पुराणहरूमै उल्लेख भएको हुँदा यस सम्बन्धमा धेरै लेखिरहनु भन्दा पनि यसलाई धार्मिक प्रयटकीय स्थलको रूपमा प्रवद्र्धन गर्नु अति आवश्यक छ र यसैमा सबैको ध्यान जानु पर्दछ भन्ने मेरो मान्यता छ ।
अन्त्यमा केशव दास वैरागी भाइले दुइओटा संंस्कृतका श्लोक अध्ययनको लागि मलाई पठाउनु भएको थियो । यसको स्रोत त मलाई थाहा भएन तर सबैलाई जानकारी तथा चिन्तन मनन हुन मनाशिव देखिएको हुन्दा यी दुई श्लोक यहाँ पस्कदै विदा चाहान्छु ।
शालिग्रामशिला यत्र तत्र द्वारवती शिला ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशय ।।४।।
आजन्मकृतपापाना ंप्रायश्चितं य इच्छति ।
शालिग्रामशिलावारि पापहारि नमऽस्तु ते ।।५।।
अकालमृत्युहरण सर्वव्याधिविनाशनम् ।
विष्णोः पादोदक पीत्वा शिरमा धारयाम्यहम् ।।६।।
शङ्खमध्ये स्थितं तोयं भ्रामितम् केशवोपरि ।
अङ्गलग्न मनुक्ष्याणांबूह्महत्यादिकं दहेत् ।।७।।
स्नानोदक पिविन्ननित्यं चक्राङ्गितशिलोद्भवम् ।
प्रक्षाल्य शुद्धं तत्तोयं ब्रमाहत्यां व्यपोहति ।।८।।
अनिष्टोमसहस्राणि वाजपेयशतानिच ।
सम्यक् फलमवाप्नोति विष्णोर्नैवेद्यभक्षणात् ।।९।।    
 
सन्दर्भ सामाग्री
ड्ड कालीगण्डकी र नदी संरक्षण वहस लेखक विजयराज शर्मा, नयाँ पत्रिका, २०७८ असार, २४ विहिवार
ड्ड पर्वत जिल्लाको पुरातात्त्विक र संस्कृतिक अध्ययन,सोधकर्ता राजेश परियार, नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रिय विभाग त्रिभुवन विश्वविद्यलय , कीर्तिपुर काठमाडा ,फागुन , २०६९
ड्ड नेपाली बृहत् शव्दकोष संशोधित परिवद्र्धित संस्करण,२०५५,नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, कमलादी काठमाडौ  










No comments:

Post a Comment