June 22, 2023

डोलेश्वर महादेवदेखि गंगासारसम्म

सदानन्द अभागी
सुन्दरप्रसाद जोशी 'वादल', साहित्यिक क्षेत्रको एउटा क्रियाशील साहित्यिक नाम हो । २००३ साल मंसिर १५ गते पर्वत कुश्मामा पिता स्व. श्यामप्रसाद जोशी र माता स्व. चिनकुमारी जोशीका पुुत्र रत्नको रूपमा जन्म लिई यस संसारमा आफ्नो दायित्वलाई पुरा गर्दै "२००७ साल कुश्माका प्रजातान्त्रिक योद्धाहरू"(२०७१) कृतिबाट कृतिकारको रूपमा परिचित जोशीका विभिन्न पत्रपत्रिकामा आफ्ना साहित्यिक सिर्जनाले सिङ्गार्दै सात कृतिले नेपाली साहित्यको भन्डारलाई प्रवलता प्रदान गरेका छन् । उनका विविधताले सजिएका साहित्यिक कृतिले कवि, कथाकार,निवन्धकार, हाइकुकारको रूपमा चिनाए पनि कृति प्रकाशनलाई हेर्दा उहाँ यात्रास्मरण( नियात्राकार)को रूपमा अग्रणी देखिनु हुन्छ ।
आज म सुन्दरप्रसाद जोशीजीको श्री डोलेश्वर महादेवदेखि गंगासागरसम्म (यात्रासंस्मरण)को अध्ययनमा जुटेको छु । यस कृतिमा १२ ओटा लेखहरू सजाइएका छन् । यी लेखको भावसारलाई पस्कने अनुमति चाहान्छु । श्री डोलेश्वर महादेव मन्दिर, भक्तपुर जिल्ला सूर्य विनायक न.पा. सिपाडोलमा स्थित छ । यस मन्दिरमा सुरेन्द्रकुमार जोशीका सपरिवारहरू दर्शनको लागि गएको र उक्त मन्दिरमा बनेका संरचना र गुरुयोजनाले सुरेन्द्रकुमार जोशीलाई प्रभावपारी आफ्ना पुर्खा भाजुविर जोशीको नाममा धर्मशाला निर्माण गर्ने भावना पलायर आउनु र आफ्नो दाजुभाइलाई यस सम्बन्धमा धारणा राख्दा सुन्दरप्रसाद जोशी लगायतले हौसला थप्दै २०७४ साल फागुन १ गते निर्माण कार्य थालनी गरि २०७७ साल फाल्गुण १५ गते शिवरात्रीका दिन संस्कृतिविद ्शतावदीपुरुष सत्यमोहन जोशीज्यूले तीर्थयात्रीहरूलाई सुविधाजनक  विश्राम गर्न आवश्यक बिछ्यौना,खाट, पलङ व्लाङ्केट,स्नान गृह्य,शौचालय,समेतको १०÷१० कोठाको धर्मशाला जो ५६,००,०००मा निर्माण भएको थियोलाई उद्घाटन र सुन्दरजी द्वारा लेखिएको "नफर्काएको नाशो " कथा सङ्ग्रहलाई विमोचन गरिएको थियो ।  
 यस लेखमा श्री डोलेश्वर महादेव मन्दिरको निर्माण द्वापरको अन्त्यतिर भएको धारणा र यो धर्मशालाको निर्माण भाजुवीरका काठमाडौ, कुश्मा, बुटवल, वालिङ, चितवनमा बसोबास गरेका १३ जनाको योगदान रहेको  लगायत थुप्रै विवरण समावेश गरिएका छन् ।
खानेपानीको अध्ययन भ्रमण , तिब्बतको खासामा किनमेल–यस लेखमा जापानी रेडक्रसको आर्थिक सहयोगमा दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिएका जुनियर खाने पानीको अवलोकन भ्रमण गर्न पर्वत जिल्ला रेडक्रस अन्तरगतका श्री माटोदेवल जनसहयोगी मा.वि. र श्री जनक मा.वि. थुम ज्ञादीका जुनियर विद्यार्थी,शिक्षक, अभिभावक गएको विवरण यसमा समावेश गरिएको छ ।  दोलखाका विद्यार्थीले स्वागत गान र नृत्यपछि , सहभागी विद्यार्थी बीच हाजिरी जवाफ प्रतियोगिता गरिनु, राज कुलेश्वर नि.मा.वि.मा निर्माण गरिएका खानेपानीको जानकारी पाउनु, सरसफाईमा सहभागी हुनु, भिमसेन मन्दिर, कालिका मन्दिर र त्रिपुरासुन्दरी मन्दिरमा दर्शन तथा पूजा गर्नु, चाइनामा भोटेकोशी नाम भएको नदीलाई नेपाल प्रवेशपछि तामाकोशीको नामले बोलाइनु, दोलखा शाखाले धामी समूहमा तयार पारेको कार्यक्रम अवलोकन,सिन्धुपालचोक,जिल्ला अन्तरगत तातो पानी पुग्नु, तातो पानीमा स्नान गर्नु, तातो पानी नि.मा.विमा भएको कार्यक्रम अवलोकन गर्नु, कोदारी मा.वि चौकीडाँडा मा पुग्नु, त्यहाँका विद्यार्थीले भोटे पोसाकको पहिरनमा मातृभाषा(तामाङ)मा गीत र स्वागत नृत्य प्रदर्शन गर्नु,, मितेरी पुल पुग्नु र खासा बजारमा मालसमान किन्न लाग्नु आदि विस्तृत वर्णन यस लेखमा आएको छ । खासामा ध्यान दिनु पर्ने  कुरा त्यहाँका वेपारीले ग्राहकलाई जब्बरजस्ती माल समान किन्न लगाउने हुँदा सावधानी अपनाउनु पर्ने विवरण सहित सहभागीहरू आफ्नो आफ्नो गन्त्व्यतिर लागेको विस्तृत विवरण यहाँ प्रस्तुत गरिएको छ ।
स्वेत बस्त्र भ्रम निवारण – यस लेखले म्याग्दीमा शिक्षकको रूपमा काम गर्दा मन्त्री र प्रशासनको कुदृष्टिको हेर।इले गर्दा म्याग्दीमा काम गर्न असहज भै शिक्षा निर्देशनालयमा काजमा काम गर्दा स्वेत बस्त्रधारी २० । २५ महिला लामबद्ध भई हिडेको देखी यती धेरै विधवा भन्ने मनमा तर्कना उठ्नु र यस विषयमा जानकारी लिने प्रयास गर्दा ब्रह्मकुमारी,ब्रह्मकुमार ओमशान्तिका साधकहरू सबैले सेतो रङ्ग शान्तिको प्रतीक पहिरन गर्दा रहेछन् भन्ने जाकारी पाउनु र भ्रम निवारण हुनु । सुन्दरजीले यस केन्द्रमा गएर ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालयका स्थापन कर्ता, यसको धार्मि दर्शन आदिलाई समेटिएको छ । संक्रमित रोग अध्ययन, देवदर्शन स्मरण– यस लेखमा नियात्राकारको उदेश्य संक्रमक रोगको अध्ययन भ्रमणमा चेन्नई(मद्रास) ट्रिचीशहरमा रहेको पिपुल डेभलेपमेन्ट इन्टेटिभमा तीन दिनसम्म एच. आइ. भि. एड्स सम्बन्धि जनकारी लिने र आफ्नो जिल्लामा सञ्चालित कार्यक्रमको जानकारी दिने, ५ देह व्यपार केन्द्रमा व्यवहारिक अध्यन गर्नु, त्य अवसरमा पवित्र तीर्थस्थल कन्याकुमारीमा पुग्नु, आफ्ना लगाएका कपडा उतारी त्यहींकै कपडा पहिरेर, पूजापाठ गर्नु र स्वामी विवेका नन्दको मूर्ति समुद्रको माझमा स्थापना गरिएको देख्नु, हावाको कारणले गर्दा कुनै तीर्थयात्रीको १५००० रुपियाँ उडेका पाउँनु, कसले दावी नगर्नु यसपछि रामेश्वरधामतिर लाग्नु, रामेश्वर धाममा, नेपाली धर्मशालामा, आफ्ना झोलाहरू राख्नुको साथै ज्योतिलिङ्गको दर्शन, २५ कुण्डमा स्नान, लङ्का पार गर्ने पौराणिक पूलको अवलोकन,फर्कने क्रममा सुन्दरजी साथीहरूबाट हराउनु,निकै समस्यामा पर्नु, बडा प्रयत्नको साथमा साथी भेट्दै नेपाल फर्कनु, नेपाल फर्किएपछि कार्य समितिमा कार्यक्रमको अनुभव प्रस्तुत गरिएका विवरणहरू सविस्तार यसमा वर्णन गरिएका छन् ।
सहकारीमा संलग्नता , यात्रा अध्ययन भ्रमण –सुन्दरजीले २०१३चैत्र २० गते चितवनमा बखान ऋण सहकारी संस्स्थाका स्थापना सहित सहकारीको जनहीतकारी, कानुनी मान्यता, सहकारीका मूल्य मान्यता, सिद्धान्त अदिको लामको भूमिका सहित २० जनाको टोली पूवी नेपालका सहकारीको अध्ययन भ्रमणमा जानलागेको विवरण यहाँ प्रस्तुत गरिएको छ । टोलीले अध्ययनमा गरेका सहकारीहरू यस प्रकार छन १. गौरीशैकर बचत तथा ऋण सहकारी संस्था कास्की हेम्जा २.कामधेनु गाइपालन संस्था च्याङ्लिन फाँट गोर्खा एकल व्यक्तिको प्रयासमा ६७४ गाई पालन र  र ७०० लिटर दूध उत्पादन, दुहुन मेसिनको प्रयोग । ३. प्रभाथ सहकारी संस्था भरतपुर चितवन, यो संस्था महिलाहरूबाट सञ्चालित गरिएको, हाल सदस्य संख्या २७८५ रहेका र विविध अनुकरणीयकार्यहरू गरिएका , ४.साना किसान कृषि सहकारी संस्था खैरेनी नगर पालिका, चितवन, पशु विमा नविकरण लगायत विविध कार्यक्रम सञ्चालित ५.सगुन बचत तथा ऋण सहकारी संस्था हरिवन,सर्लाही , चारतले लिफ्ट भएको आफ्नै भवन, शेयर सदस्य ७२३१, एम्बुलेन्स सेवा सञ्चालन सहित विविध कार्यक्रमहरू सञ्चालन, ६.उप्रेती गाई पालन उद्योगको अवलोकन, ५० गाई पालन र ३०० लिटर लूध उत्पादन, ७. मनकामना बचत तथा ऋण सहकारी संस्था पथरी, शनिश्चरे, ८. ऋण सहकारी संस्था मोरङ, कुल शेय् सदस्य ४५४४जना,पेशा र व्यवसायमा ऋण लगानी, ९. कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरी, विविध कृषि कार्यक्रम अवलोकन, १०. वालेन होमस्टे इलाममा बसी होमस्टे सञ्चालन कार्यक्रमको जानकारी,११.सेती महिला समूह, महिलाहरू २१०० सदस्यले शेयर लगानी गरी १०करोडको कारोबार भएको, १२.दार्जिलिङ भ्रमण, मिकिर पोखरी र पार्कको अवलोकन,स्व. श्री ५ विरेन्द्र सरकारले अध्ययन गरेको जोसेफ स्कुल, रेलवे लिग,केवल कार, रेलवे स्टेशन, रक गार्डेन,वौद्धस्तुपा, तञ्जिङ्सेर्पा स्मारक,गार्डेन, चिडिया खाना,हिमाल चढ्ने सामाग्रीहरूर म्युजियम अवलोकन,आदि स्थानमा अध्ययन अवलोकन,गरी फर्कदा, जानकी मन्दिर, दर्शन पूजापाठ, छठी पर्वको अवलोकन गरी कुश्मा फर्कने काम भएका लगायत थुप्रैकुराहरूको अध्ययन गर्दै सिक्ने काम भएकोछ ।
स्वर्गद्वारी दर्शन –यस नियात्रामा वेदवेदाङ्ग पाठशालाको आयोजनामा २०७६ कार्तिक ६ गते कुश्मा बाट यात्रा थालनी गरिन्छ ।पोखरामा विन्द्यावासिनी देवीको पूजा, पाठशालाको अवलोकन,चितवन क्षेत्रपुर स्थित लक्ष्मीनारायण्न आश्रममा वास, देवघाटमा देवस्थलहरूको दर्शन,गलेश्वर बाबा आश्रममा पूजा गर्नु,हरिहर मन्दिर महेश संस्कृत विद्यालय,सांसद मैयादेवी क्याम्पस,मैयादेवी धर्मशाला, राजा मणिमुकुन्दशेनले तयार पारेको चक्रशिला शिवालयको साथै गणेश, सूर्य, विष्णु, र देवीको मन्दिरहरुको भग्नावशेषको यहाँ निर्मित सबै मठमन्दिर आश्रम आदिको अवलोकन,विष्णुको वामन अवतार,गरी वलीसँग तीनपाउ जमिन माग्नु,देवदहको निर्माण, आदि चर्चा पनि यहाँ आएका छन् ।
चौधरी स्वास्वतधाम(मन्दिरहरू) को अवलोकनपछि त्रिवेणीधाम प्रस्थान । त्रिवेणी धाममा मुक्तिनारायण मन्दिर,गजेन्द्र मोक्ष धाम,नारायणी स्वर्णभद्रा र पूर्णभद्रा नदीको संगमस्थल(विेणीधाम)को अवलोकन, मुक्ति नाथ बाबाको चर्चा,आदिमा पूजा दर्शन र अवलोकन पछि लुम्विनी प्रस्थान। लुम्विनीमा मायदेवीको मन्दिर, बौद्ध स्तुपा,आदिको अवलोकन गर्दै बौद्धका मावली गाउँको अवलोक गर्दै स्वर्गद्वारी प्रस्थान गर्नु,। स्वर्गद्वारीमा चारै दिशामा पञ्चायन चार मन्दिर, एकसय आठहात गोलाई भएको  यज्ञशाला बाहिरबाट हेर्दा  नौ गजुर भएको ९ओटा मन्दिरजस्तो लाग्ने देवमन्दिर, गौशाला, गुफा, शिवालय, सिद्धस्थान आदिमा पूजा दर्शन र अवलोकनको वर्ण गरिएको छ । स्वर्गद्वारी यज्ञभूमिको रूपमा प्रख्यात,वेदव्यासले ठूलो यज्ञ गरेका, पञ्चपाण्डवले तपस्या गरेर स्वर्ग प्रस्थान गरेका, सत्य युगमा प्रजापति ब्रह्माले ठूलो यज्ञगरी शक्ति सञ्चयन गरी सृष्टि गरेका, साथै यसको संरक्षण र सम्बद्र्धनको  लागि स्वर्गद्वारी महाप्रभूले १०० विघा जमिन खरिद गरिदिनु भएको आदि सहित विविध विवरणले सजिएको छ यो यात्रा ।
मेरो रेडक्रस यात्रा –यो सुन्दरजीको रडक्रसको विभिन्न वहोदामा रहँदको लेख हो । यसमा सुन्दरजीले जाँ हेनरी ड्युना आष्ट्रिया,फ्रेन्च,र इटली बीच भएको युद्धमा४० हजार सेनाको मृत्यु भएको, हजारौं सेना घाइते भएका र उनको रेखदेख गर्ने कोही नभएको देख्दा, डयुना दुखित भै १८६२, नोभेम्वरमा सल्फे रिनोको युद्ध नामक पुस्तक लेख्नु, १८६३ मा जेनेभा अन्तराष्ट्रिय सम्मेलन गरिएको,र इन्टर नेशनल स्टाडिङ्गकमिटी गठन गर्नु, क्रमस यो रेडक्रसको नामाकरण भएर संसार व्यापी हुन गएको विवरण यस लेखमा आएको छ । नेपालमा  यस्तो सेवाको काम दयावीर कंसकारले थालनी गरेको र, २००३ मा नेपालमा हैजा फैलिनु मानिसहरू मर्न लागेको र रत्नकाजीलाई रक्तदान गरेर बचाउनु, रेडक्रसको स्थापनाको महसूस हुनु र तत्कालिन स्वास्थमन्त्री श्री नागेश्वरप्रसाद सिंहको अध्यक्षतामा बैठक बसी तत्कालीन  युवराज्ञी प्रिन्सेश शाहको अध्यक्षतामा तदर्थ समिति गठन भै आवस्यक व्यवस्था मिलाई प्रिन्सेश शाहकै अध्यक्ष्तामा २२ सदसीय कार्यसमिति गठनभै बैधानिक रुपमा नेपालका विभिन्न जिल्लामा रेडक्रस सोसाइटी स्थापना गर्र्नुु ,पर्वतमा पनि २०३० बटुक बहादुर गुरुङको अध्यक्षतामा तदर्थ समति गठन भै २०३४मा बागलुङ्ग जिल्लामा राष्ट्रिय महाधिवेशन भयो, पर्वतको लागि स्व.लक्ष्मीवम मल्लको अध्यक्षतामा वैधानिक समितिको गठन गर्नु यस पछि क्रमस २०३८ मा लोखनाथ  आचार्य , ४२ देखि २०५२ सम्म मथुरा कुमार जोशी,२०५१ देखि २०५४ सम्म काशी कुमारज्योशी अध्यक्ष,२०५५ देखि२०७१ सम्म सुन्दरप्रसाद जोशी अध्यक्ष रहेको र मथुरा कुमार जोशीको प्रथम कालमा सुन्दरजी सदस्य एवम् दोस्रो कालमा कोषादक्ष रहनुको साथै केन्द्रिय स्वास्थ समितिको सदस्य पश्चिमाञ्चल क्षेत्रीय समितिको उपाध्यक्ष  भएको विवरण यस लेखबाट जानकारी हुन्छ । सुन्दरजीले रेडक्रसमा हूँदा विविध कामहरु जिल्लाव्यापी सञ्चालन गर्नु विविध स्थानमा शैक्षिक तथा अनुगमन भ्रमण गर्नु भएको विवरण यसमा उल्ले गरिएको छ ।
 आफ्नै जीवनयात्रा – जीवन पनि एउटा यात्रानै हो ।  सुन्दरजीले यस लेखको शीर्षक आफ्नै जीवन यात्रा राख्नु भएको छ र उहाँको जीवन घटना कर्मलाई यस लेखले समेटेको छ । आफ्ना पूर्खाहरूको विवरणात्मक परिचय दिंदै भाजुवीर जोशी मुक्तिनाथ दर्शनपछि कुश्मलाई कर्म थलो बनाएको रयिनै भाजुवीरका खानदानमध्ये स्व. श्याम प्रसाद जोशी र स्व. चिनकुमारी जोशीका पुत्र रत्न हुन सुन्दर् प्रसाद जोशी । २००३ साल पुस १५ गते जन्मेका सुन्दरले साढे १ वर्षको  उमेरमै पिताको निधन भयो १६ वर्षको उमेरमा ९ कक्षामा अध्ययन गर्नु, र मेलेरिया रोगको रोगथाममा ४जनाको नेतृत्वगर्दै कामको थालनी गर्नु एक वर्षपछि पुन  चुवामा रहेको मंगलादयमा अध्यापन कार्यमा लाग्नु,२०२१, पौष देखि नारायन मिडिलमा शिक्षक,२०२३ ÷२÷२०, र.प.अ.नि.मा नियुक्त,२०२६ मा एस.एल.सी. परिक्षमा सम्मिलित, २०२७ सालमा स्थायी प्रमोशन२०३०÷६÷८मा जिल्ला शिक्षा कार्यालय पाल्पा सरुवा, सोही कार्यालयमा रा.प.अ.नं.प्रथम श्रेष्णीमा का.मु. मुकररभै सहायक जिल्ला शिक्षा अधिकारी हुनु, २०३३ ÷८÷२४मा म्याग्दी सरुवा,
मराङ नि.मा. वी.मा बसन्त सि.के.को नियुक्तिमा मन्त्री भीमप्रसाद गौचन र प्र.जि.अको कुदृष्टि पर्नु, काठमडौ पुगी, कुश्मामा सरुवा, वहाकी मा.वी.मा। रेडक्रसको ३ दिने कार्यक्रम, रातमा माओवादी कार्यकर्तासँग भेट,आफ्ना कुरा राखे, सुन्दरजीले सहयोग गर्न नसक्ने भन्नु,४ घण्टा कब्जामा पर्नु,,गुप्तेश्वर क्याम्पसको स्थापना,दाजु र आपूm मिली २६३०००।–चन्दा दिनु, बहुदलपक्षमा लाग्नु रा.पं.स. र जिल्ला सभापतिले अवकासको लागि सम्बन्धित निकायमा सिफारिस पठाउनु, सार्वजानिक मुद्दामा परि धरपकडमा पर्नु, २०४६ सालको कार्यक्रममा सकृय हुनु, एमालेको ९ महिने कार्यकालमा म्याग्दीमा सरुवा गर्नु, माओवादीहरूले चन्दा माग्नु, रेडक्रसको कार्यक्रम भएको र चन्दा दिन नसक्ने धारणा राख्नु ,आदि यस लेखमा विविध घटनालाई सुन्दरजीले समावेश गर्नु भएको छ ।
ॐ कार शब्दमा रमाउँदा– सुन्दरजीले यस लेखमा ॐ कार परिवारको बारेमा महत्वपूर्ण सन्देश दिनु भएको छ । उहाँ लेख्नु हुन्छ –हिन्दु,वौद्ध , जैन, शिख र किरात धर्मका अनुआयीहरू ॐ परिवारभित्र पर्दछन् । ॐ शब्द भित्र ्३ वटा अक्षर ( अ,उ,म), अ त्र्रह्मको प्रतिक, ओ बाट विष्णुको प्रतिक, म महेश्वरको प्रतिक हो । ्३ वटा अक्षर ( अ,उ,म) मिलेर यो अक्षर बन्दछ । ॐ कार ध्वनीलाई पवित्र मानिन्छ । यसलाई शान्तिको प्रतिकको रूपमा पनि लिइन्छ । ंॐको सिधा सम्पर्क ईश्वर सँग हुन्छ । सुन्दरजीले यस विषयमा पुरा विवरण पेश गर्नु भएको छ ।
निरंकुशताको पराकाष्ठ – यस लेखमा सुन्दरजीले म्याग्दीमा वसन्त सि.के.लाई मराङको स्कुलमा शिक्षकमा नियुक्ती दिलाएको विषयलाई लिएर पञ्चहरू खास गरेर मन्त्री भीमप्रसाद गौचन र र प्र.जि.अ.ले सुन्दरजीलाई अराष्ट्रिय तत्वलाई किन जागिर खुवाएको भनि कष्ट दिएको वर्णन आएको छ ।
क्याम्पसहरूको शैक्षिक अध्ययन भ्रमण –यस लखमा सुन्रजीले क्याम्पसले अंगिकार गरेको क्यु.ए.ए गुणस्तर सुनिश्चित तथा प्रत्यापन गने लक्ष अनुसार्र  यो तरिका अपनायका क्याम्पसमा शैक्षिक, अध्ययन भ्रमण गर्ने सिलसिलामा २०७६।९।१९देखि कुश्मा बाट स्याङजा हुँदै पाल्पा पुग्नु र पाल्पामा नै बास बस्नु । सबैभन्दा पलिा उठेर सुन्दरजीले ,शितलपाटी,भगवती मन्दिर, तानसेन दरवार, बालमन्दिर,नारायण टोल, टुँडिखेल, नारायण मन्दिर घुम्नु र होटेल फर्कनु, त्यपछि सबै मिलेर रानीमहल हेर्न सबै लाग्नु, बाटोमा पर्ने भैरव मन्दिरको दर्शन गर्नु र रानी महल पुग्नु । वि.सं. १९९४ मा खड्ग शम्शेरले रानी तेजकुमारीको स्मृतिमा बनाएको यो  रानी महलको परिसरमा शिवालय,, गंगाको मूर्ति, लहरै तीनवटा मूर्ति निर्माण भएका छन् । मन्दिरको बगलमा रानी तेजकुमारीको नाम लेखिएको ठूलो घंटी राखिएको र गुठीहरू स्थापना गरिको आदि अवलोकन गरी श्रीनगरको डाँडाको टावरबाट तानसेनबजार, माडीफाँट,मस्यामको डाँडो, रिडीबजार, लगायत धौलागिरी लगायतका पहाडहरूको अवलोकन गरी बुटवलको मणिमुकुन्द सेन बाटिका मा ३ घण्टा लगायर हेरेर होटेलमा गै बास बस्नु ।२०७९ ।०९।२१लुम्बिनी प्रस्थान गरी मायादेवीको मन्दिर लगायतलाई अवलोकन गरेर त्रिवेणी धाममा पुग्नु । त्रिवेणी मोक्षधाममा नारायण,मुक्तिनाथ भगवान, शिशमहलको अवलोकन र भारतीय बजारमा गएर किनमेल गर्नु र मिति २०७९ ।०९।२२मा मध्यविन्दु क्याम्पसमा अध्ययनको लागि सहभागी हुनु, यसमा क्यु.ए.ए सम्बन्धमा छदफल गरी १६ बुँदाहको निष्कर्ष सहित कार्यकर्म समाप्त भै नारायण घाटप्रस्थान गरेका । २०७९ ।०९।२४ शहिद बहुमुखी क्याम्पस  टाँडिमा मा क्यु.ए.ए प्रमाणपत्र प्राप्त गर्न सफल भएको विधिहरू मध्यविन्दुले नै आपनाएको विधि अपनाउनु पर्ने जानकारी हुनु र सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनमा सहभागी भै छलफल गर्दा पनि मध्यविन्दुले अपनाए सरह नै भएको जानकारी भए पछि कुश्माको लागि प्रस्थान हुनु,। सुन्दरजीले यस लेखको उदद्देश्य अनुरूप अध्ययन सफल भएको प्रतिकृया दिनु भएको छ ।
 जिन्दगीमा गंगासागर तीर्थ एकबार–
तीर्थयात्रा जानु भन्दा पहिला यसको विषयमा भरपर्दो तरिकाले तीर्थ यात्रा सफल पार्नको लागि गरिएका कामको लामो विवरण सहित २०५६ ।९। २४ देखि यात्रा थालनी हुन्छ । देवघाट दर्शन गरी विरगञ्जबास बसिन्छ ।२०५६ ।९। २५गते नियात्राकार उनकी श्रीमतीले देवी भगवतीका दशन गरी भारत तर्पm प्रस्थान गर्नु । २०५६ ।९। २६ गते पुन पुन पुग्नु मुण्डन गर्नु , गयातर्फ लाग्नु, गया पुग्नु, फाल्गुनदीको पानी अलप भएको कथा नियात्राकारले यहाँ पस्कनु । भगवान रामचन्द्र र सीता गयामा श्राद्ध गर्न जाँदा राम पण्डित खोज्न जानु सीताले सामाग्री कुर्दा सामाग्री कुनै जनावरले खाइएिको र रामले श्राद्ध गर्ने सामाग्री सोधनी गर्दा दशरथ आएर सामाग्री गहण गरी गएको भनि झुटा बोलेको र प्रमाणको लागि सीताले साक्षी गाईलाई र फल्गु नदीलाई राखेकोमा रामले यो झुटो साँची बकेकोमा गाईलाई मुख अपवित्र भै जावस् र फल्गु नदीलाई अलप भै जा भनेको हुँदा गाईको मुखलाई अपवित्र मानिनु र फल्गु नदीमा पानी सतहमा नभएको किम्बदन्ति यहाँ लेखिएको छ ।
२०५६।२।२७ गते गयामा श्राद्ध गर्ने काम गर्नु । विष्णु पादुका मन्दिर गएर दर्शन गर्नु, बुद्ध गुम्बाको दर्शन गर्नुको विवरण सहित गयातीर्थमा श्राद्धगरे पितृ श्वर्ग जाने मान्यतालाई पनि यहाँ दर्शाइएको छ । २०५६ ।९। २८मा वैद्यनाथेश्वर ज्योतिर्लिङ्गको पूजा तथा दर्शन गरियो । यस सम्बन्धमा रावणले शिवको तपस्या गरेर शिर हवन गर्दै जानु नवौ शिर हवन गरेपछि शिव खुसी हुनु,९वै शिरपुरा गराई वलवान हुने वरदान दिनु, रावणले शिवलाई लंका आउने अनुरोध गर्नु,शिवले यो श्रेष्ठ शिवलिङ्ग जहाँ राख्ने छौ त्यही आउने आश्वासन दिनु तर रावणले शिवलिङ्ग लिएर जाँदा पिसाव लाग्नु ,। रावणले शिवलिङ्ग गोपलाई दिनु,गोपले लिङ्गको भार थाम्न नसकी पृथ्वमिा राखिदिनु र लिङ्ग वैद्यनाथमा स्थिर हुनु  र वैद्यनाथेश्वरको नामले पख्यात हुनु ।
२०५६ ।९। २९ गते गंगासागर जानको लागि कलकत्ता पुग्नु,सामाजिक संस्था हरियाणा चेरिटेवलको स्वगतमा हसिरयाण भवनमा बसोबास गर्नु , संस्थाको नियम अनुसारल त्यही खानपिन हुनु,
२०५६ ।९। ३० गते गंगासागर जान रमाना हुनु, नामखाना पुग्नु, नामखानाबाट पानी जहाजमा चढ्नु, चेमागुढी हुँदै गंगासार पुगेर बास बस्नु, बासस्थान प्राप्त गर्न कठिनाई हुनु ।
२०५६ ।१०।१ मा गंगा सागरमा स्नान र पिण्डदानमा सम्लग्न हुनु पर्ने भएकोमा दुईजना साथी हराउनु, धेरै अवेरसम्म नआएपछि पिण्डदान गरेर साथी खोज्न लाग्नु कपिलदेव भगवानको दर्शन गर्नु, कलकत्ता फर्कनु ।
२०५६ ।१०।२ हुग्ली नदीको कालीघाटमा स्नानगरी कालिमन्दिरको पूजा र दर्शन गर्नु , साथी हराउनु, साथी देहव्यपारको संजालमा फसेको आसंका गर्नु । २०५६ ।१०।३ गते बालेश्वर मन्दिरको दर्शन, भुवनेश्वरीको पूजा गर्नु, उडिसा सहरको घुमफिर र किनमेल,गरेर त्रिमूर्ति होटेलमा बास ।
२०५६ ।१०।४ गते जगन्नाथपुरीको यात्रा, नेपाली धर्मशालामा बसोबास,पूजा दर्शन,यहाँको प्रसाद भात भएको र सोको ग्रहण गरेको ।
२०५६ ।१०।५ गते जगन्नाथ पूजा दर्शन गरी पण्डाले वितरण गरेको दालभात प्रसादीको रूपमा ग्रहण गरिनु, साँक्षी गोपाल जगन्नाथपुरीको लागि रमाना हुनु, र पुगेर पूजा गर्नु ।
२०५६ ।१०। ६ गते रामपुरीस्थत बञ्जरीमा दर्शन र गाइपालन हेर्नु, रापुरबासबस्नु ,
२०५६ ।१०।७ गते उज्जेनको लागि प्रस्थान,महाराजपुर पुग्नु र बास बस्नु ।
२०५६ ।१०।८ गतेमा नर्मदा नदीमा पुगी स्नान पूजा गरी सूर्यनारायणलाई अर्घ अर्पण गरी गाडी अघि बढ्नु ।
२०५६ ।१०।९ गते गाडी उज्जेनको लागि रमाना भयो,उज्जेनमै बास ।
२०५६ ।१०।१० गते महाँकालेश्वर ज्योर्तिलिङ्गको दर्शनको लागि कडा जाँचबाट उत्रिण भएर महाँकालेश्वर ज्योर्तिलिङ्ग जाज्वल्यमान,भाष्कर तेज्वसी रूपको दर्शन गर्नु यसको बारेमा जानकारी लिनु ।
२०५६ ।१०।११ गते उज्जयनपुगी बास ।
२०५६ ।१०।१२ गते चित्रकुटको, राम मन्दिरको पूजा दर्शन गर्नु ।
२०५६ ।१०।१३ गते प्रयागराजमा गंगा, जमुना, र सरस्वतीको त्रिकोणमा पुगी स्नान र पूजा गर्नु, खुला गुफाभित्रका देवीददेवताको पूजा, विन्ध्याचलको दर्शन गरिएको विवरण ।
२०५६ ।१०।१४ गते  काशी स्थित गंगा नदीमा स्नान,आ–आफ्ना पितृहरूलाई पिण्डदान, विश्वेश्वर ज्यार्तिलिङ्ग गंगा दशाश्वमेघ विन्दुमाधव, केशव,आदिको पूजा दर्शन गरी अयोध्याको लागि रमाना ।
२०५६ ।१०।१५ गते अयोध्याको लागि रमाना,अयोध्यामा रामक मन्दिर लगायतका मन्दिरहरुमा पूजा, अयोध्यको अवलोकन, राम सीताको विवाह कसरी भयो भन्ने चर्चा  । २०५६। १०।१६ गते नेपाल फर्कनेक्रममा रहेर १७ गते कुश्ममा अवतरण भएको विवरण यस नियात्रामा आएको छ ।
यस कृतिमा यात्रा र लेख समेटिएका छन् । लेख तथा नियात्रामा कृतिकारले विषय बस्तु, यात्राको उद्देश्यलाई समेटेका छन् । उदेश्य अनुरूप यात्रा गर्दा सहजता असहजता, उपलब्धता, आनन्दता, स्वच्छता, पारदर्शिता,आदि विविधतालाई सुन्दरजीले सहज र सरल रूपमा प्रष्ट्याउने   प्रयास प्रयास गरेका छन् । लेखहरूले पनि विषय बस्तुलाई समेटेको पाइन्छ ।यात्रा लेखनमा कुन स्थानमा गएको हो ।त्यहाँको समाजिकस्थिति,तथा धेरै जसो यात्रा धार्मिक स्थल भ्रमण , दर्शन, पूजा आदिलाई समेटिएको छ । पण्डाले दिने दुख तथा धन आर्जन गर्ने प्रयासलाई निरुत्साहित गर्नु, समाज सेवामा लागेका संस्था, संस्थाका व्यवस्थापक, खटिएका सहयोगीहरू, व्यवस्थापन, निशुक्ल खाना खुवाउने संस्थाहरू, भारतीय मात्र नभएर नेपाली धर्मशालाहरू र त्यसको सुन्दर व्यवस्थापन, ठूलो समूहमा जाँदा साथीहरू हराउने सम्भावना र खोज्दा हुने असहजता, यी घटना पनि यस यात्रामा घटेका यथार्थता,सुन्दरजीले टपक्कै टिपेर लपक्कै टाँसेको पाइयो ।
यात्रामा अर्को महत्वपूर्ण पक्ष भनेको समयको व्यवस्था पन, दिन गते, बार, आदिमा लेखकले समयको अभिलेख राख्दछ । यी विवरणलाई उल्लेख नगरिई कन यात्रा लेखन गर्न थालियो भने विस्वसनीय नदेखिन सक्छ । सुन्दरजीले यात्राको थालनी, कहाँ खाना खाइयो, कहाँ बास बसियो कहाँ खाजा खाईयो, आदि विवरणमा  घडी, मिनेट सेकेण्ड समेतलाई प्राथमिकताका साथ प्रस्तुत गर्नु भएको छ ।
  यसरी नै यात्रा लेखकले गरिने यात्रा यथार्थतामा आधारित हुनु पर्छ  । यस कृतिका कृतिकारले जुन धर्म स्थानको भ्रमण गरेका छन् । त्यस मन्दिरको स्थापना कसरी भयो, त्यो मन्दिरको दर्शन गरिने तथा पूजा गरिने, प्रसादी ग्रहण,आदि सत्यतथ्यलाई जानकारी दिन प्रयत्नशील छन् । जगन्नाथपुरीमा भातलाई प्रसादको रूपमा वितरण गरिएको कुरा उल्लेख गरिएको छ ।यसलाई सुन्दरजीले जातीय समानताको ( जातीय विभेदको अन्त्यको) सन्देश प्रवाह गरेका छन् ।
  नियात्राकारले कुनै कुरा लेख्छ भने, त्यहाँ प्रस्तुत गरिने  त्यसको सिर्जनामा उसको सहभागिता, तथा उसले प्राप्त गर्ने अनुभूति, लेख्न चाहेको धारणालाई समावेस गराउन चाहेका कुरा, अन्तर आत्माले देखेका  कुरा त्यस लेखमा समावेश भएकै हुन्छ ।  ॐ कार परिवारमा उनको आकर्षण,सेता पहिरानका कुरा, हरेक विहान उठेर गरिने नित्यकर्म (यसलाई हरेक विहान सबैले गरिने भएकोले लेखी नरहे पनि हुने )लाई नियात्राकारले निरन्तरता दिएको देखिन्छ । लक्षलाई हाँसिल गर्न गरिएको नियात्राकारको प्रयास उदाहरणीय देखिन्छ ।
  नियात्रा तथा लेखरचनालाई विवरणात्मक र रसिलो रुपमा प्रस्तुत गर्नु पनि अति आवश्यक देखिन्छ । सुन्दरजीले आफ्ना यी सिर्जनालाई सबैको मन जित्ने रूपमा, कौतुहलता दर्शाउने रूपमा प्रस्तुत गर्नु भएको छ । संक्षेपमा भन्नु पर्दा नियात्रा तथा लेखहरू विवरणात्मक छन् र आकर्षक देखिन्छन् ।
नियात्रालाई प्रभावयुक्त बनाउन धेरै तत्वको समायोजन हुन आवश्यक छ ।। यहाँ विषयगत केन्द्रित हुनु, यात्रास्थलप्रति अपनत्व जगाउनु, चिन्तनशील हुनु,तुलनात्मक दृष्टिकोण प्रस्तुत गर्नु,गतिशीलता हुनु, स्वच्छन्द रूपमा प्रस्तुती गर्नु जस्ता तत्वलाई मध्यनजर राख्दै लेख रचना सिर्जना गर्नु पर्दछ । सुन्दरजीको सिर्जनामा यी तत्वतिर प्रयासरत रहेको पाइन्छ । उनले आफ्नो लेखन सिर्जनामा निकै लगनशीलता प्रदर्शन गरेका छन् । लेखन शैली सरल छ । सबै स्तरका पाठकलाई पठनयोग्य छ ।यहाँ लेखिएका यात्राविवरण यतिसम्म प्रष्ट छन् कि कुनै पनि पाठकले आफै त्यस ठाउँमा पुगेको महसूस गर्न सक्छ तथा यस कृतिलाई मार्ग दर्शकको रूपमा प्रयोग गर्न सक्छ ।  यसरी लेखिरहँदा के यी सिर्जना पूर्ण छन् त भन्ने प्रश्न उठाउन सकिन्छ । संसारमा सबै चिज पूर्ण छन् भन्न सकिदैन । पूर्णतातिर लम्किनु नै सवलता हो । यस विषयमा समालोचकको दृष्टिकोणले पनि फरक
धन्यवाद
कावासोती, नवलपुर , २०८० असार ७ गते  

No comments:

Post a Comment