September 18, 2023

मधेस मधेस प्रदेशका नेपाली कथामा सामाजिक यथार्थमा अनुशीलन

दानन्द अभागी
परिचय–
नवराज रिजालका करिव दुई दर्जन कृतिहरू अध्ययन गर्ने  मौका मिल्यो । रिजालजीले बालकथा, लघुकथा र कथा सिर्जनामा ठूलो योगदान  पु¥याउनु भएको छ । वि.सं. २०३९सालमा मातृभूमि सप्ताहिकमा 'पागलको चाहना' शीर्षकमा कथाप्रकाशन गराएर कथाबाट साहित्यिक यात्रा थालनी गर्नु भएका रिजालजी दुई दर्जन कृतिका सिर्जनाकार हुनुहुन्छ । 'अदृश्य पीडा'(२०५७) कथासङ्ग्रको प्रकाशन भएपछि कृतिकारको रूपमा परिचित रिजालजीले साहित्यका विविध विधमा मात्र नभएर एटा अनुसन्धानकर्ताको रूपमा आपूmलाई परिचित गराउनु भएको छ । डुमरवाना गाउँपालिकाकोे अध्ययन अनुसन्धान गरेर एउटा सुन्दर मार्गदर्शन प्रदान गर्नु भएको छ । मधेस प्रदेशका नेपाली कथामा सामाजिक यथार्थको अध्ययन उहाँको दोस्रो अनुसन्धान कृति हो ।  हुनत अध्ययन अनुसन्धानको कार्य कहिल्ये सकिदैन । यो निरन्तर चलिरहने कार्य हो तापनि रिजालको यो प्रयास निकै गहिरो रहेको देखिन्छ । मधेस प्रदेश भन्दा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी गरी आठ जिल्ला पर्दछन् । यस अध्यनमा मधेश प्रदेशमा नेपाली लेखन परम्परा,कहिले देखि सुरु भएको थियो, तत्कालिन समयका कथाकार को को हुन् तिनका कथामा सामाजिक यथार्थता कस्तो थियो, आदिमा गहिरो अध्ययन गरी प्रस्तुत यथार्थता यस कृतिको गहन नतिजा हो । यस कृतिमा ख्यातिप्राप्त कथाकारहरूमा मनुब्राजाकी, डा.ध्रुवचन्द्र गौतम , प्रेमा शाह, राजेन्द्र विमल, इस्लामी आदि पर्दछन् ।  यी साहित्यकारले राष्ट्रिय स्तरमै ख्याति कमाएका छन् भने खेमराज पोखरेल, विश्वास अधिकारी, धीरकुमार श्रेष्ठ, गोपाल अश्क नवराज रिजाल र श्याम शाहा यस क्षेत्रका भविष्यलाई साहित्यिक क्षेत्रमा प्रकाश छर्ने उज्ज्वल कर्णधार ह्न् । यसरी नै यस क्षेत्रमा द्रोण शमशेर राणा, कुलचन्द्र कोइराला, भीम विराग,दुर्गाप्रसाल श्रेष्ठ,उपेन्द्र मुरारी अधिकारी,ओममणि शर्मा ,निर्मोही व्यास, रमेश गोर्खाली, नारायण गोदार,डा. श्याम भट्टराई, गणेशप्रसाद लाठ, यमकुमार श्रेष्ठ, सपूत कार्की, अमरत्यागी, विभू अधिकारी, चन्द्रमणि पौडेल, कार्तिकेय, घिमिरे, महेश थापा, यशुश्रेष्ठ लगायतका स्रस्टाहरूले कथा क्षेत्रमा कलम चलाईरहेका छन् । नवराज रिजालले २०७९ सम्मका कथाक्षेत्रमा कलम चलाएका स्रष्टाहरूलाई समेट्ने प्रयास गरेका छन् । यस कृतिको निर्माण अगणनीय आवरण पृष्ठ बाहेक, १२ पृष्ठहरू र गणनीय पृष्ठ ३९६ गरी ४०८ पृष्ठमा भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको यस कृतिको मूल्य ४९५ राखिएको छ । यसमा परिच्छेद पाँच, परिशिष्ट खण्ड एक र प्रमुख सन्दर्भग्रन्थ सूची एक समावेश गरिएका छन् ।
परिच्छेद एक –
 यस परिच्छेदमा कथाको सैद्धान्तिक स्वरूपको वर्णन गरिएको छ । यसले परिचय, कथा उत्पत्ति र परिभाषा कथाको परिभाषा, पूर्वीय साहित्यमा कथासम्बन्धी परिभाषामा भामबाट थालनी भएको, दण्डी , वाण भट्ट, वामन, अग्नि पुराण, रुद्रट, ध्वनीवादी आचार्य आनन्दवद्र्धन, हेमचन्द्र, र विश्वनाथका परिभाषलाई समावेश गरेका छन् । रिजालले यी सबै परिभाषाबाट प्राप्त सन्देशलाई यसरी निशारण गरेका छन् –"उपर्युक्त परिभाषहरूको अध्ययनोपरान्त एउटा कुरा के स्पष्ट हुन्छ भने पूर्वीय विद्वानहरूले कथालाई आख्यायिका भनेर परिभाषित गरेका छन् ।" माथिका कथाकारको थप विश्लेषण् गर्दै रिजाल भन्छन्–"यसरी पूर्वीय विद्वानहरूका विचारमा कथा एउटा यस्तो आख्यायिका हो जसमा सपुष्टता,सौन्दर्ययुक्त र श्रुतिमधुर कथाका साथै, प्रारम्भमा छाडी, खलनायिकीको वर्णन गरिएको होस् । "
पाश्चात्य साहित्यमा कथा सम्बन्धी परिभाषामा रिजालले पाश्चात्य कथाकारले कथालाई कसरी परिभाषित गरेका छन् भनि समेट्ने प्रयास गरेका छन् ।  रिजालको कथनमा अहिले गरिने कथाका कुराहरूको विकास १९ यौं शताब्दीमा अमेरिकाबाट भएको हो भन्ने छ । पाश्चात्य जगतमा कथालाई प्राचिन, मध्यकालिन तथा आधुनिकरूपमा गरिएको भन्दै यहाँ आधुनिक परिभाषाकार एडगर एलेन, इन्साइक्लोपेडिया, इ.एम फोष्टर, वबेन्डर म्याथ्युज, जे.वगर्, एसेनवाइन, विल्सन आर. थार्नलेले, जे डब्ल्यु रेमुहलका परिभाषालाई प्रस्तुतको साथै यिनको विशलैषण गर्दै रिजालले पाश्चात्य विद्वानहरूमद्धे, एडगर लेनले तार्किक ढङ्गले परिभाषित गरेकालाई यहाँ बढी जोड दिएका छन् –"कथा एउटा यस्तो आख्यान हो, जुन छोठो अकारको हुन्छ, एकै बसाइमै पढेर सिद्ध्याउन सकिन्छ , जसमा जीवनको सानो खण्ड , आनयाम वा समाजको चित्रण हुन्छ र पाठकमा गहिरो प्रभाव पार्दछ ।" यिनका परिभाषाको साथै रिजालले आफ्नो परिभाष यसरी दिएका छन् –"बस्तुत कथा एउटा आधुनिक कलारूप हो, अर्थात यसले जीवनप्रतिको हाम्रो निजी रुचिलाई कविचा र नाटका अपेक्षामा राम्रो तरिकाले पेश गर्दछ । "
 यस परिच्छेदमा नेपाली साहित्यमा बरिष्ठ कथाकारले प्रस्तुत गरेका कथासम्बन्धी परिभाषा १३ जनाको यहाँ प्रस्तुत गरेका छन् । मलाई लाग्छ मानिस समाजिक प्राणी भएकाले समाजका यथार्थ घटनाक्रमलाई टपक्कै टिपेर सवल र सशक्त मानव जीवनलाई गतिशीलता प्रदान गर्ने÷ गरिने कथ्यलाई कथा भनिन्छ ।  
रीजालले हिन्दी साहित्यको कथासम्बन्धी परिभाषलाई पनि केलाउँदै कथा एवम् उपन्यास सम्राट प्रेम चन्दको परिभाषको साथै पं राम चन्द्र शुक्लको परिभाषलाई पनि यहाँ प्रष्ट्याएका छन् ।  कथालाई रिजालले सङ्क्षिप्त उपन्यास,उपख्यान, दृश्यलेख तथा कथासार, आत्मकथा र खिस्सा होइन भनेका छन् । किन होइन भन्ने तर्कका साथ  उनले कथा के हो त भन्ने धारणा यसरी पस्केका छन् – "कथा एक सङ्क्षिप्त कसिलो कल्पनाप्रसूत विवरण हो, जसमा एउटा प्रधान घटना हुन्छ र एउटा प्रमुख पात्र हुन्छ । यसमा एउटा कथाबस्तु हुन्छ । जसको विवरण यति सूक्ष्म तथा निरूपण यति सङ्गठित हुन्छ कि त्यसले पाठकमा एक निश्चित प्रभाव छाड्छ ।"
 कुनै पनि निर्माणमा तत्वहरूको आवश्यक्ता पर्छ । कथा बन्नमा पनि ेकही तत्वहरू हुन्छन् । रिजालजीले कथाका तत्त्वहरूलाई यसरी दर्शाएकाछन् । कथानक, पात्र विधान÷चरित्र चित्रण, परिवेश, संवाद वा कथोपकथन, दृष्टिबिन्दु, शैली र भाषा, कथाका तत्त्वहुन् र यिनका विवरणत्मक व्याख्या गरिएका छन् ।
कथामा उच्च प्रयुक्ति, मध्यम प्रयुपक्ति,  र निम्मन प्रयुक्तिका भाष प्रयोगमा ल्याइने कुरा, कथा लेखनको उदेश्य हुने कुरा, कथाका वर्गिकरणका (अन्तरर्विषयका आधारमा र शैलीका आधारमा), सामाजिक कथा, मनोवैज्ञानिक कथा, प्रगतिवादी कथा, अस्तित्ववादी विसङ्गतिवादी, आञ्चलिक कथा स्वच्छन्दतावादी कथा, पौराणिक ÷धार्मिककथा, ऐतिहासिक कथा,, राजनीतिक कथा, सास्कृतिक कथा, विज्ञान कथा, डायस्पोरिक कथा, दार्शनिक कथा, अभिघात कथा वा द्वन्द्वकथा र शैलीका आधारमा (घटना प्रधान, चरित्रप्रधान, पात्रात्मक कथा, दैनिकीय कथा, प्रतिक र बिम्बवादी कथा ,प्रयोगवादी कथा, हास्यव्यङ्गकथा, परम्परावादी र आदर्शवादी) विभाजनको साथै यी कथाको बारेमा परिभाषितरूपमा प्रस्तुत गरिएको छ ।  विवरण पनि दर्शाइएको छ ।    
परिच्छेद दुई – यस परिच्छेदमा मधेस प्रदेशमा नेपाली कथालेखनको परम्परा र प्रवृत्तिका बारेमा वर्णन गरिएको छ । नेपाली भाषामा कथा लेखनको थालनी २५२ वर्ष भएको, पहिलो लिखित रूप वि.सं. १८२७ को शक्ति बल्लभको 'विराटपर्व' ,त्यसपछि पीनासको कथा (१८७२), गोरखापत्रको (१९५८) प्रकाशनपछि नेपाली कथाले अग्रसरता लिएको धारणा रिजालजीले पस्कनु भएको छ । आदिमहाकवि उदयानन्द अर्याल (१८१२–१८९४) ले पहिलो खण्डकाव्य, 'सोमेश्वर विजय वर्णन' (वि.सं १८४२.) र पहिलो महाकाव्य 'पृथ्वीन्द्रोदय¬'(१८४२) नेपाली साहित्यको भण्डारमा थपेका थिए । ंशक्तिबल्लभ अर्यालले १८२७  मा महाभारत विराटपर्व कथा लेखेर नेपाली कथालेखनमा तीब्रता आएको धारणा, शक्तिवल्लभ अर्याल, शिवभक्त,  भानुदत्त, लक्ष्मी नारायण जोशी आदिले प्ररम्भिक गद्याख्यानको आरम्भ गरेको कुरा, उदयानन्दले बेताल पच्चिसी नेपालीमा उल्था गरेको विवरण यहाँ आएका छन् ।
मधेस प्रदेशका कथालेखनको परम्परा र प्रवृत्ति (फुटकर कथाहरूको प्रकाशन र कृतिप्रकाशन) कालविभाजन र चरणगत प्रमुख नेपाली कथाकारको विवरण ( यसमा धेरै विद्वानहरूले फरक फरक ढङ्गले काल विभाजन गरेका र यिनमा ईश्वर बराल, तारानाथ शर्मा,दयाराम श्रेष्ठ, मोहनराज शर्मा,राजेन्द्र सुवेदी, घनश्याम नेपाल,शरद्चन्द्र शर्मा भट्टराई,कृष्ण धरावासी,रोशन थापा, हरिप्रसाद शर्मा, खगेन्द्रप्रसाद लुइटेल,देवीप्रसाद गौतम,कृष्णप्रसाद घिमिरे गोपीन्द्र पौडेल लक्ष्मणप्रसाद र्गौतमका काल विभाजन समावेश भएका छन् र यी कालविभाजनमा रिजालजीको ठम्याइमा "मधेस प्रदेशमा देखिएको नेपाली  कथालेखनपरम्परा र तिनमा आएको राजनीतिक, सामाजिक, सांस्कृतिक  गतिविधि र स्थापित भएको औचित्यको आधारमा गोपिन्द्र पौडेलद्वारा गरिएको नेपाली कथा सम्बन्धी, कालविभाजन अलिक बढी वैज्ञानिक तथा उचित देखिन्छ ",
गोपीन्द्र पौडेलको काल विभाजन यस प्रकार छ –
क. पहिलो चरण (१९९२ – २००७), ख. दोस्रो चरण (२००८–२०१६), ग. तेस्रो चरण (२०१७–२०३५) घ. चौथो चरण ( २०३६– २०४५),र पाँचौ चरण (२०४६ देखि वर्तमानसम्म (पौडेल, २०७०ः २०–२९)ं
 मधेस प्रदेशको कथा लेखनलाई पनि यसैलाई आधार मानेर गरिएको धारणा रिजालबाट आएको छ ।
मधेस प्रदेशको कथा लेखनको विभाजन पाँच चरणमा गरिएको छ । पहिलो चरण (१९९२–२००७) मा द्रोण शमशेर राणको (१९७९) 'अवला'( कथासङ्ग्रह २००३) प्रकाशन भएको र लेखन स्वतन्त्रा नभएकोले नै यसलाई प्रमुख उपलब्धि मान्न सकिने धारणा रिजालजीको छ ।
 दोस्रो चरण (२००८ देखि २०१६)– प्रजातन्त्रको बहालीपछि वि.सं. २००८ सालमा वीरन्जबाट श्यामप्रसाद शर्माको सम्पादकत्वमा 'सेवा'नामक पत्रिकाको प्रकाशन भएको , यसै पत्रिकामा २००८ सालमा धनुषचन्द्र गौतम (ध.च.गोतामे)(१९८९)को कहानीको प्लाट प्रकाशित २००९मा परोपकार नामक, पत्रिकामा कुलचन्द्र कोइराला (१९८५–२०५०ं) 'एक पैसा' कथा प्रकाशन भएको र यिनैलाई उपलब्धि मानिएको साथै यिनै कथाहरूको जगमा नेपाली कथाको विशाल महल खडा भएको धारणा रिजालजीको छ । तेस्रो चरण (२०१७ –२०३५) पञ्चायती काल भए पनि यस समयमा केही मधेश प्रदेशका स्रस्टाहरूका कथाहरू फाटफुट तथा कृति प्रकाशनमा आएका विवरणहरू यहाँ आएका छन् । २०१७ देखि २०३५ को अवधीमा मधेस प्रदेशमा कथालेखन उर्वरक देखिन्छ । यथार्थवादी कथा लेखनको समय भएको र उत्तराद्र्ध यथार्थवादी कथा लेखन अभिमुख रहेको धारणा रिजालजीले पस्कनु भएको छ । चौथो चरण (२०३५–२०४५) – यसमा २०३५÷२०३६को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहपछि आधुनिक नेपाली कथा लेखनमा नयाँ चेतनाको उदय भएको कथा लेखनले नयाँ मोड लिएको र धीर कुमार श्रेष्ठ , नवराज रिजाल, धीरेन्द्र प्रेमर्षिै लगायत नवस्रष्टाका कथा पत्रिकाहरूमा प्रकाशन भएका र पुराना स्रष्टा मनु ब्रजाकीका (अवमूल्यन २०३८ र आकाशको फल (२०४२), ओममणि शर्माको छाप (२०४२) धु्रवचन्द्र गौतमको गौतमका प्रतिनिधि कथाहरू (२०४४) प्रकाशनमा आएका धारणा आएका छन् । पाँचौ चरण( २०४५देखि वर्तमानसम्म)– २०४६ को जनआन्दोलन, २०५२ देखि २०६२ सम्म माओवादी द्वन्द्व, २०६२÷०६३ मा मधेश केन्द्रित आन्दोलन हुनु त्यसको प्रभाव नेपाली कथा तथा साहित्यमा देखिनु, आन्दोलनको उपलव्धि सङ्घीय गणतान्त्रिक व्यवस्थाको स्थापना हुनु , पहिलै देखि सक्रिय कथाकारको साथै नयाँ कथाकारहरूले पनि कथा सिर्जनाका कृतिहरू प्रकाशनमा आउनु जस्ता  थुप्रै कथाकारका कथाकृतिहरू विवरण रिजालजीले प्रस्तुत गर्नुभएको छ । रिजालजीको निष्कर्षमा मधेस प्रदेशमा कथा लेखनको सुरुआत प्राथमिक कालदेखि नै भएको आदिमहाकवि उदयानन्द अज्र्यालका बेताल पचिसी अनुवादबाट कथालेखनको परम्पराको थालनीभएको, आधुनिक काल(१९९२) देखि तीब्रता आउँदै गरेको, आधुनिक अनेक वैचारिक धाराहरू प्रयोगमा आएका आदि धारणाहरू रिजालजीले दर्शाउनु भएको छ ।
मधेस प्रदेशका कथाकार र तिनका कथाकृति–यस शीर्षकमा नेपाली कथाको विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेका प्रतिनिधि नेपाली कथाकारको परिचय र तिनका मूल वैशिष्ट्य प्रस्तुत गरिएको विवरण यहाँ देखिन्छ ।
 द्रोणशमशेर राणा (१९७९) पुरनिया दरबार गौर,कृति 'अवला कथासङ्ग्रह, यसमा ६ ओटा कथाहरू समावेश गरिएका छन् । यी कथाहरूले नारीको विधवा अवस्था तथा कुनै पनि अवस्थामा भोग्न परेका पीडा अन्याय, नारीको उदात्त कोमल मन, सौहार्द भाव र प्रणयी रूपको साथै गरिबी आदिलाई स्वच्छन्दतावादी शैलीमा सुन्दर चित्रण उतारेको धारणाहरू पस्केका छन् रिजालले ।
कुलचन्द्र कोइराला (१९८५–२०५०) चन्द्रनिगाहपुर–६, रौतहट, चर्चित साहित्यकार, 'एक पैसा' कथासङ्ग्रह (११कथाहरूं), स्वच्छन्दवादी शैली, मानव सभ्यताको आदिकालका तथ्यको आख्यानीकरण, सामाजिक विकृतिको चित्रण,बर्गीय शोषण, समसामयिक राजनीतिक भित्रका विकृतिको चित्रणको बारेमा धारणा आएका छन् । भीम विराग (१९९१–२०६८) माईस्थान बिरगञ्ज , कृति आठ टुक्रे वादल (२०२९) मानसिक अभिघात,यौन भावको रागात्मक रूप, नारीमाथि गरिने यौन दुराचारको चित्रण गरेको विवरण आएको छ । दुर्गाप्रसाद श्रेष्ठ 'उपेन्द्र' (१९९५)सवेला बजार महोत्तरी, नेपाली र हिन्दी भाषामा समान्तररूपका लेखक, 'सम्झनाको बादल' कथाकृतिमा १० ओटा कथा समावेश गरिएका् कथामा पारस्परिक प्रेम अनुरागमा हुने आकर्षण, समर्पण भाव, आर्थिक वैज्ञानिक सामाजिक,आदि कारणले नारीले भोग्न वाध्य निराशा र कुण्ठा,नारी भित्रका सौहार्दता सौम्यभावको साथै जीवनका दुर्नियतका दुष्परिणामहरू आदि धारणाहरू आएका छन् कथामा ।  
मनु ब्राजाकी (१९९–२०७४) नैनीगैरी, औरही महोत्तरी, कथाकार र गजलकारमा चर्चित , आठ ओटा कथाकृतिहरू प्रकाशित छन् ।यी कृतिहरू यस प्रकार छन् – अवमूल्यन (२०३८) , आकाशको फल(२०४२), तिम्री स्वस्नी र म (२०४६), भविक्ष्उात्रा (२०५२), पारदर्शी मान्छे ((२०६०), मनु ब्राजाकीका छोटा कथाहरू (२०७०), अन्नपूर्णको भोज (२०७०) र जनजीवनका जीवन गाथा (२०७३) । रिजालले उनको विश्लेषण यसरी गरेका छन् –''कथाकार मनु ब्राजाकीले एकातिर मान्छेको यौनिक जीवनका संवेदनालाई प्रस्तुत गरेका छन् भने अर्कोतिर मान्छेभित्रको बर्बर मानो बृत्तिको खुलासा गरिदिएका छन् । समग्रमा उनले आफ्ना कथाहरूमा समाज भित्रका नग्न यथार्थहरूको जीवन्त चित्रण गरेका छन् ।" सामाजिक विश्लेषण्मा उनका कथामा सामाजक यथार्थता, यौनमनोविज्ञान, प्रकृतिवादी यथार्थ, आलोचनात्मक यथार्थ, दाशनिक चिन्तन,व्यङ्ग्यात्मकता, आञ्चलिकता वर्हिमुखी यौनमूलकता, स्वतन्त्रता पीडा, विकृतिप्रति आक्रोश, नारी जागरण, नारी हक अधिकार, विकृति विसङ्गति, नारीप्रति पुरुषको हेर्ने दृष्टिमा बदलाव, विदेसिने संस्कार, चेलीवेटी वेचविखन, छोरी बेच्ने, अकार्की छोरी लुट्ने, धर्म निरपेक्षाता,आदि धारणामा विश्लेषण गर्दै रिजाल भन्छन्–'यिनले, आफ्ना कथामा आम नेपालीले जीवन जिउनेक्रममा भोग्न परेको दुर्नियत तथा समाजिकसमस्याका स्वरूपहरूको, दर्शन  गराई दिए ।' ंंंंंंंंंंंंंंंंंंंंंंं  
मुरारी अधिकारी (२०००)– पदमपुर सिराह, आधुनिक नेपाली,कथाका प्रमुख कथाकार,उनको 'अस्वीकृत" (२०५१) एउटा कथासङ्ग्रह प्रकाशन भएको छ । उनको यस सङ्ग्रहमा जीवनमा भोग्न परेका विसङ्गति,पूर्वी तराईको लोकजीवनको चित्रण, नारी हिंसा, गरिबी देहव्यपार, र प्रतीकहरूको सुन्दर प्रयोग सम्बन्धमा विवरणहरू आएका छन् ।  
ध्रुवचन्द्र गौतम,(२०००)– वीरगञ्ज, ध्रुवचन्द्र गौतमः समग्र कथाहरू(सं २०७२) सहित आठ ओटा कथासङ्ग्रहरू प्रकाशनमा र्आएका छन् । यी कथासङ्ग्रहरू यस प्रकार छन् – अँध्यारो द्वीपमा(२०३५),गौतम का केही प्रतिनिधि कथाहरू(२०४४) संरक्षक((२०४८),ध्ूवचन्द्र गौतमका एकाउन्न कथा (२०५८), साठीवर्षमा हृदयघात (२०६०),पहिलो प्रेमको संस्करण(२०६६),बीचबजारमा मुद्रावोध (२०७२), धु्रवचन्द्र गौतमसमग्र कथाहरू(२०७२) । नेपाली साहित्यमा आख्यानपुरुषको रूपमा चिनिने र नेपाली आख्यानमा विशिष्ट योगदान पु¥याउने साहित्यकार हुन् गौतम ।उनी अनौपचारिक कथा लेखनका प्रवर्तकको रूपमा देखापरेकाछन् । यी कथासङ्ग्रहमा १५०को हाराहारिमा  कथाहरू प्रकाशनमा आएका छन् । यी मध्येमा २० ओटा कथाहरू प्रतिनिधि कथाको रूपमा अध्ययन गरिएको छ ।  ध्रुवचन्द्र गौतमको कथा सम्बन्धमा नवराज रिजालजी लेख्नु हुन्छ –गौतमले एकातिर आजका मान्छेभित्र, विकसित भइरहेका नकरात्मक प्रवृत्तिहरूको पर्यवेक्षण गरेका छन् भने अर्कोतिर मानवीय प्रेम र यौनभावभित्रका कलुषित तत्त्वहरू देखाएका छन् ।"  ध्रुवचन्द्रका यी कथाहरूले बोकेका विविध पक्षलाई रिजालजीले राम्रोसँग विश्लेषण गर्दै लेख्नु हुन्छ –"सामाजिक आर्थिक, राजनीतिक, प्रशासनिक  आदि क्षेत्रमा  देखिएका सङ्गतिहीनतालाई प्रस्तुत गरेका छन् । " यिनका कथाहरूलाई मुख्य पारिवारिक, कर्मचारीतन्त्र, राजनीतिक विषय, प्रयोग शैली तथा प्रतिकात्मक रूपमा अध्ययन गर्न सकिने, कर्मचारी तन्त्रमा घुसखोरी, नेपाली समाजको भोक, गरिबी तथा त्यसबाट उत्पन्न पारिवारिक एवम् सामाजिक विसङ्गति, आशा निराशा, वैयतिक सन्तोष असन्तोष, आदिको साथै आलोचनात्मक वर्णन, अस्तित्व, स्वैरकल्पना, वेश्यावृत्ति, आदि धारणालाई रिजालले प्रस्तुत गरेका छन् ।  
प्रेमा शाह (२००२–२०७४)–२००२मा श्रीपुर वीरगञ्जमा जन्मेकी शाह, सीमान्कृत मानिसहरूको पीडा र संवेदनालाई व्याक्त गर्ने विद्रोही कथाकारको रूपमा चिनिन्छिन् र विसङ्गत जीवनका प्रस्तोता हुन् भन्ने धारणा रिजालजीले राखेकाछन् । उनका दुई कथा कृति(पहेँलो गुलाफ(२०२३) र विषयान्तर(२०२८))हरू प्रकाशन भएका छन् । यिनमा जम्मा १८ कथाहरू सङ्ग्रहित छन् । ंयी कथामा उनले मानवीय यौनाचारका मनोयथार्थको जीवन्त चित्रणको साथै, नारीहरूको यौन संवेदना र संवेगको अकथाको माध्यमबाट नयाँ शिल्पविधान सौन्दर्यहरू बोध, विषङ्गतिवोध,, नारी अस्तित्व,तथा स्वतन्त्रताको खोजी,तथा एक शब्दमा भन्ने हो भने यिनका कथाहरूमा सामाजिक यथार्थको जीवन्त चित्रण पाइन्छ भन्ने धारणा रिजालबाट आएका छन् ।
ओममणि शर्मा (२००३) भीमफेदी मकवानपुर,जन्म भै हाल जीतपुर सिमरा, उनको 'छाप' (२०४२) कथासङ्ग्रह प्रकाशनमा आएको छ । यसमा १५ ओटा कथाहरूसङ्गृहीत छन् । मानवीय प्रेम र संवेदना, पारिवारिक सुखदुःख, पतिपत्नी बीचको चिसो पनाको साथै सामाजिक यथार्थलाई जीवन्तताका साथ प्रस्तुत गरेको विवरण रिजालले दिएका छन् ।  
 राजेन्द्र विमल (सन् १९४७)– जनकपुर, यिनका दुई कृतिहरू प्रकाशनमा आएका छन् । यिनी नेपाली र मैथिली भाषाका सशक्त चर्चित स्रष्टा हुन् । यिनी आधुनिक नेपाली कथा परम्पराको परावर्तनको युगका स्रष्टाको रूपमा चिनिनु, पहाडे धपाऊ आन्दोलनका अन्तरङ्ग यथार्थलाई अत्यान्त संंवेदनशीलताका साथ कथाको रूप दिएको कुरा, त्यस आन्दोलनले ल्याएको नकरात्मक परिणतीहरू देखाउँदै आपूmमा भएको ्राष्ट्रियतालाई व्यक्त गरेको धारणाको साथै आञ्चलिक कथाकार भएकोले पूर्वी तराईका मानिसको लोकजीवनमा आएको परिवर्तन समेतलाई दर्शाएको धारणा आएका छन् । राजेन्द्र विमलका कथाहरू(वि.२०६२) र समयका आँखा (सं २०६९) गरी दुई कृति प्रकाशन,जम्म ३६ ओटा कथाहरू रहेकोमा ९ ओटा कथाको प्रतिनिधिको रूपमा अध्ययन गरिएको छ । उनका यी कथाहरूमा मान्छे द्वारा मान्छेमा गरेका अनमेल व्यवहार,  उत्पीडन, डर त्रास, गरिबी, सन्त्रास, राजनीति प्रदूषण, नेपाली समाजमा आदर्श, मूल्य, मानवता, आदिमा आएको ह्रास, पैसाकमएर धनाढ्य बन्ने प्रवृत्ति, माओवादी द्वन्द्वबाट उत्पन्न समस्या, छोराछोरी जेजति कपूत भए पनि बाबु आमा कपूत हुँदैनन् भन्ने यथार्थतालाई कथाबाट सन्देश प्रवाह गर्ने खाटी यथार्थवादी सामाजिक कथाकार हुन् भन्ने धारणा छ ।
निर्मोही व्यार्स (२००९)–भवानीपुर बारा कलैया, स्वयम्भुका आँखाहरू(२०४७) एकल कृति, एसमा १० ओटा कथाहरू सङ्गृहीत छन् । तराईको जनजीवनको प्रस्तुति ,समाजमा विद्यामान रहेको जातीय,र वर्गीय भेदभाव, हिमाल, पहाड,  तरार्ईका बासिन्दा बीच हुनुपर्ने सद्भावको साथै अहिलेको तह नमिलेको समाज व्यवस्थाप्रति प्रहार गरेका धारणा छन् र्।  
रमेश गोर्खाली (२०१०)– समालोचक र कथाकारमा चिनिएका, नवचेतना युगका कथाकार, आपूmभित्रको स्वच्छन्दतावादी चेतनालाई शब्दमा रूपान्तरण, मान्छेभित्रको संवेग र संवेदनालाई कथामा व्याक्त, नाटकीय शैलीमा घटना प्रसङ्ग जोड्ने क्षमता भएकाका कथाकार हुन् । दुई कथा सङ्ग्रह(तिमी हाँसिदेऊ, म गीत गाउँछु ,(सं २०३०) र रमेश गोर्खालीका कथाहरू(सं २०३३) प्रकाशित भएका छन् । यी दुई कथा सङ्ग्रहमा २५ कथाहरू सङ्गृहीत छन् ।
नारायण गोदारे (२०११)– नारायणप्रसाद बास्कोटा, धनुषा, कवि तथा कथाकारमा चर्चित, प्रकाशित कथासङ्ग्रह 'देवघाट' ,यसमा १५ ओटा कथा सङ्गृहीत छन् । मान्छेले गरेको द्वन्द्व र परिवारिक उतार चढाव र नैतिक दायित्वका प्रसङ्गलाई दशाएका धारणा आएका छन् ।
इस्माली (२०१२)– महेश्वरप्रसाद उपाध्याय, औरही –४ महोत्तरी,नवचेतना युगका प्रगतिवादी कथाकार, समसामयिक राजनीतिमा देखिएका विकृति विसङ्गति, दुर्नियति, राजनेता द्वारा गरिने भ्रष्टचार र अत्याचार प्रति कटाक्ष, नागरिकमा आएको निराशाम, असन्तोष र आक्रोस आदि पक्षमा धाराण प्रस्तुत गरिएकाछन् । ६ कथासङ्ग्रहहरूको प्रकाशन भएका यी कथाहरू (माछो माछो भ्याकुतो, २०५२, घाम घामजस्तो छैन (२०५८,काट्जर्किन डी(२०६४), एस्मालीका प्रीतनिधिकथाहरू (२०६७), श्रीको खोजी (२०७३) र कामरेडको कोट (२०७७) मध्ये २० ओटा कथाहरूलाई प्रतिनिधि कथाको रूपमा लिइएको छ । यिनका कथाहरूमा सानो ठूलोको भेदभाव, वर्गीय शोषण, दमन, उत्पीडन, थितोमिचो, भारतको विरोध गर्दा तरार्ईका नेपालीलाई दुःख दिने, भारतको विरोध गर्दा राष्ट्रवादी भइने, विदेशी वातावरण र परिवेशको आधारमा राजनीति गर्ने गरेको, प्रेम गर्दा कसैको केही भनाइ आदिमा प्रवाह राख्न नहुने कुरा, विदेश पलायन र सिर्जित समस्या,मधेस आन्दोलन र निम्त्याएको कहाली लाग्दो समस्या, चुनावमा गरिने प्रचार प्रसार,बुथ क्याप्चर, झुटा आश्वाशन, महिलामा बोक्सी आरोप,हिन्दु मुस्लिमबीचको संघर्ष, मजदुर किसान, सुकुम्बासी गरिबहरूका निर्विकल्प विद्रोह,दाइजोको चलन र निम्त्याएको विसङ्गति आदि विवरणको साथै पिछडिएका जातीहरूको लोकजीवनको चित्रण,उच्च वर्गको बर्बर प्रबृत्ति, नारी शोषण, व्यङ्गको सटिक प्रयोग, मानिसभित्रको संवेदनहीन र मनोवृत्तिको पर्दाफास गर्ने,माक्सैवादी वैचारिक चिन्तनबाट प्रभाबीत र दीक्षीत कथाकार हुन् भन्ने आदि धारणा आएका छन् ।
खेमराज पोखरेल (२०१३)–रूपनगर–२ सप्तरी, अमेरिकामा बस्दै आएका, समकालिन धाराका कथास्रष्टा सामाजिक स्तरका ंमानिसको मनोवृत्तिको उद्घाटन कर्ता, मान्छेको नीचप्रवृत्तिको पर्दाफास, घरेलुहिंसा, नारीमा आउने चेतनामा स्वतन्त्रताको चाहना, देशको सम्पूर्ण परिवेश नै भ्रष्टचार, अनाचार, विकृति राजनैतिक दुराचार, आदिबाट प्रदूषित भएको, व्यङ्गद्वारा कथ्यलाई रोचक बनाउने कथाकार हुन् भन्ने धारणा आएका छन् । कथाका पाँच कृतिहरू(उनको डल्लो, सं. २०७३, दह्रो लौरी (सं २०७३), पछौरीको आइसक्रिम, (२०७३), पगाहा (सं. २०७५)ं, सीमानामा आमा(विं २०७५), रामशाहको चौतारा (२०७६)े, प्रकाशनमा आएका छन् । यी कथा र लघु कथागरी ३२२ ओटा कथा लेखिएका छन् । प्रकाशित कथामद्धे पाँच ओटा कथा प्रतिनिधि कथाको रूपमा लिइएको छ । यिनले अनेक प्रकारका समस्यालाई कथामा प्रतिबिम्बित गर्नु, नारीमाथिको शोषर्ण मानवीय यौनाचार, यौनकर्मीको संवेदना, विकृति आदिको सपुष्ट छ, समाजमा व्याप्त रहेका सङ्गति विसङ्गतिको सजीव वर्णन रहेको छ ।'
विश्वराज अधिकारी (२०१५) –छनौता, सर्लाही, आञ्चलिक कथाकारमा परिचित, अमेरिकामा बसेपनि नेपालप्रतिको आकर्षण, कथामा आञ्चलिक भर्ने र सामाजिक यथार्थको जीवन्त चित्रण गर्ने कथाकारको रूपमा चिनिन्छन् । आठ ओटा कथासङ्ग्रहहरू (सूर्य, २०५४, बहलीया, २०५८ अभिनय, २०६०¬, मधुर मिलन, २०७०, मिसिसिपीको किनार, २०७१, रानीघाट, २०७२, अन्तिम निर्णय (२०७३) र नलेखिएका कथाहरू, २०७६)) प्रकाशित भएका छन् । यी कथा सङ्ग्रहमा लघुकथा (११८)  कथाहरू (६२)गरी १८० कथाहरू सङ्गृहीत भएका छन् । यी कथाहरूले मध्ये १० कथालाई प्रतिनिधि कथाको रूपमा अध्ष्ष्न गरिएका छन् । यिनी सामाजिक यथार्थवादी कथाकार हुन् ।  तरार्ईको जीवन संस्कृति, समाजमा व्याप्त रहेका विभिन्न विसङ्गति, विकृतिहरूलाई कथमा मिसाएर जीवन्त तरिकाले कथा लेख्छन् । समाजिक, आर्थिक, अवस्थालाई प्रष्टिने गरी कथा लेखेका छन् । कतै परिवार खास गरेर पति पत्नी बीच आउने तनावका कारक तत्वमा दुबै बीचमा सम्झौताको कमी,कतै पति पत्नी बीचको मत्रुर मिलन, गाउँघरमा हुने गोप्यरूपको वेश्यावृत्ति, समाज सुधारको पक्षमा आवाज, तरार्ईका भोजपुरी जनजीवनको चित्रण, नेताको भ्रष्टता, पाप धुरीबाट कराउने, साइवर संस्कृतिको ंअङ्कन, नारी स्वषण, हिंसा ,सामाजमा हुने गरेका बलत्कार र तिनबाट मुक्तिको लागि अपनाउने कानुनी आधार, युवा अध्ययन, रोजगारी, आदिको लागि विदेश पलायनको विषय बनाएर कथा लेख्नु, यिनका कथामा सामाजिक यथार्थको विभिन्न रूप र रङ्ग देख्न पाइने आदिको विवरण सहित रिजालजी भन्नु हुन्छ –'अधिकारी एक खाँटी सामाजिक यथार्थवादी कथाकार हुन् ।'  
श्याम भट्टराई (२०१८)–ओखलढुङ्गाको जन्म, हरिऔन, सर्लाहीको स्थायी बसोबास गर्दै आउनु भएका कथाकार श्यामले , डम्पिङ साइट (२०७७) नामक कथासङ्ग्रह प्रकाशन गरेृका छन् । यस कृतिमा २० ओटा कथाहरू सङ्गृहीत गरिएका छन् । ,असहज राजनीतिक चिन्तनमा व्यङ्ग। ,मानवीय कमीकमजोरीप्रति औंला ठड्याउनु, नैतिकता जीवनको सवल पक्ष हो भन्ने धारणाको साथै भ्रष्टचार र वेथितिले विद्रोह निम्त्याउँछ  जस्ता धारणा यिनका कथामा पाइन्छन् ।
धीरकुमार श्रेष्ठ (२०१८)– पकरी–६,सर्लाही, कथाकार र उपन्यासकारमा चर्चित, आधुनिक नेपाली कथा–परमपराका नवचेतनाको युगका कथास्रष्टा, कथामा मानिसभित्रका नाना मनोविकृत्ति, दुराग्रहपूर्ण अवस्था र भग्न मूल्य चेतनालाई देखाउने काम गर्नु, दशवर्षे द्वन्द्वकालमा भोग्नु परेका ज्वरोको तापको प्रस्तुति, छुवाछुत प्रथा, लैङ्गिक विभेद, वैदेशिक रोजगारका दुष्परिणामको चित्रण, आदिलाई समेट्दै दुई कथा कृति (आरम्भ अर्थात सुरुआत (२०६३), नजन्मिनुपर्ने मान्छे (सं २०७०) प्रकाशनमा आएका छन् । यिनका दुबै कृति गरेर ३० कथाहरू प्रकाशनमा आएका छन् । यिनमा ५ ओटा कथा प्रतिनिधिको रूपमा अध्यन गरिएका छन्, घर छोड्दाको पीडाको जीवन्त चित्रण, सामाजिक समस्याको जीवन्त ढंगबाट प्रस्तुति, भ्रष्टचार, आदिको प्रस्तुति सहित रिजालले लेख्छन् –धीरकुमार श्रेष्ठका कथाहरूमा नेपाली समाजमा व्याप्त रहेका अनेकौं समस्याहरूको स्वरूप देख्न पाइन्छ र ती समस्याबाट मुक्ति पाउनका लागि, समाधानका उपायहरूसँग साक्षत्कार पनि गर्न पाइन्छ ।'  ं
गोपाल अस्क( २०१८)–भेडीहारी –१, पर्सा, अस्क नेपाली, भोजपुरी र हिन्दी भाषामा समान अधिकारले कलम चलाउने,नेपाली कथा–परम्पराको परावर्तन युगका कथा स्रष्टा हुन् । जीवनका ओराली उकालीमा मानवीय मूल्यलाई स्वीकार्दै नारी पीडा, पतिपत्नी बीचको द्वन्द्व तनाव र विघटनको अवस्था, मानवीय यौनाचारको पृष्ठभूमिमा राख्न खोजेको आफ्नो धारणा प्रशंसनीय रहेका छन् । नेपालमा लघुकथासम्बन्धी सिद्धान्त तथा विवेचना गरिएको पहिलो कृति'लघुकथा प्रकृया र पाठ (२०६५), गोपाल अस्कका कथाहरू (२०७०) र निदाउन नसकेका रातहरू(२०७२) गरीतीन कृति प्रकाशनमा आएका छन् । उनका ४६ कथामध्येबाट पाँच कथाहरूलाई प्रतिनिधि कथाको रूपमा अध्ययन गरिएका छन् । अस्कका कथामा हामीले सिङ्गो समाज,समाजमा  बोल्न नसक्नेका आवाज,थिचोमिचो गर्नेहरूप्रति आक्रोश, विद्रोही चेत, जातीभेद र रङ्ग भेदमा खुलेर विरोध ,तरार्ई पहाड र हिमालका सुख दुःख, विचार र विश्वासहरू, आस्था र अठोटहरू, जिन्दगीका सपना र भोगाईहरूउनका कथामा पाइन्छन् । उनको कथाकारितामा रिजाल भन्छन् –'अस्क, साँचो अर्थमा मानवतावादका पक्षपाती कथाकार हुन् । उनले आफ्ना कथमा सामाजिक यथार्थलाई जीवन्त ढङ्गले प्रस्तुत गरेका कुरा प्रष्टिएका छन् ।'  
गणेशप्रसाद लाठ(२०२१)–वीरगंज पर्सा, नेपाली कथा परम्पराको परावर्तन युगका स्रष्टा, व्यङग्य कथाकारमा चर्चित, सामाजिक, राजनैतिक,आर्थिक,विसङ्गति प्रतिबिम्बित हुने खालका कथाको रचनाकार, एक कथासङ्ग्रह छमिया (२०७५) प्रकाशित छ । पत्नीबाट पीडित पतिका मनोदशाको प्रतिबिम्ब कथा लेखन आदि धारणा आएका छन् ।
नवराज रिजाल (२०२२)–स्वाभिमानबस्ती, जितपुर सिमरा, बारा, लेखन यात्रा कथाबाटै थालनी । यिनी आधुनिक नेपाली कथा–परम्पराको नवचेतना युगका विसङ्गतिवादी, कथास्रष्टा हुन् । यिनको बारेमा दयाराम श्रेष्ठ लेख्छन्– "यिनी आधुनिक नेपाली कथा परम्पराको नवचेतना युगका विसङगतिवादी कथा स्रष्टा हुन् । यिनले प्रतिकुल परिस्थितिबाट सिर्जना भएको  विसङ्गतिपूर्ण क्षण र अनुभूतिलाई देखाउने काम गरेका छन् । त्यसैले यिनको दृष्टिमा मानव जीवन नकरात्मक भावना र सोचमा फसेको कारणले सन्त्रास, विरोधाभास, र कुण्ठाद्वारा आक्रान्त छ । यिनले प्रतिलोम परिस्थितिका कारण द्वन्द्वको चरम उत्कर्षमा पुगेको मान्छेको विडम्बना, आपूmभित्रको पासविक, प्रवृत्तिका कारण आफैले भोग्नुपरिरहेको मान्छेको दुर्नियति र विरोधाभासहरूलाई पालेर अन्ततः भित्रै देखि नाङ्गिएको मान्छेको यथार्थ रूपलाई प्रस्तुत गर्ने काम गरेका छन् । "  नवराज युगीन चेतना भएका संवेदनशील कथासर्जक, राजनीतिक क्षेत्रमा भएका विकृति, भ्रष्टचार, दुराचार, प्रशासनिक क्षेत्रका वेथिति, नेतृत्व वर्गका स्वार्थपूर्ण प्रवृत्ति, गरिवीका पीडा, नारी हिंसा ,वैदेसिक रोजगारीका दुष्परिणाम, वन्द हडताल, बाल श्रम शोषण, नैतिक मूल्यको खोजी, मानवतावादमा देखिएको ह्रास, आदिमा मध्यनजर राख्दै कथा लेखन गर्ने सर्जक हुन् र यिनका 'अदृश्य पीडा' (२०५७) 'विखण्डित प्रवाह'(२०६३), 'माटो खोज्दै (२०६७)ै, अवउप्रान्त (२०७८), कृतिहरू प्रकाशनमा छन् । यिनले नेपाली गाउँ बस्ती उपनगर, नगर र महानगर आदिका पात्र र चरित्रको जीवन्त चित्रण गर्दै नेपालीको प्रगति चेत र प्रष्ट आत्मछवि दर्शाएका छन् । तरार्ईको भोजपुरी क्षेत्रको लोकजीवन जीवन्तताका साथ प्रस्तुत गर्नु , राजनीतिका नाममा गरिएका कुकर्र्म तिन्ले निम्त्याएको विविध समस्या, देशप्रेम, देशको सीमा रेखा, दशवर्से सशस्त्र द्वन्द्वले निक्त्याएको सन्त्रास र पीडा, समाज परिवर्तन गर्छु भन्ने नै बनेका बाधक आदि थुप्रै विविधतालाई रिजालले समाएका र प्रष्ट्याएका छन् । रिजालका लघुकथा र कथाहरूगरी १८९कथाहरू संगृ्रहीत मध्येबाट ५ ओटा कथाहरू प्रतिनिधिको रूपमा अध्ययन गरिएका छन् । सामाजिक यथार्थथालाई केलाएर हेर्दा नवराजका कथामा रिजालको स्थान र कथाले दिने सन्देशलाई यसरी म्रल्याकन गर्न सकिन्छ–'नवराज रिजाल समाज र मान्छेका मनमस्तिष्कका वेथिति, विकृति विसङ्गति, समस्या अप्ठेरा सजिला, असमेल, ढिलासुस्ती र छाडापन लगायतका समस्याहरूलाई जीवन्त ढङ्गबाट प्रस्तुत गर्न रुचाउने कथा स्रटा हुन् ।'  
यमकुमार श्रेष्ठ (२०२३)– चन्द्र निगाहपुर–१, रौतहट, यिनका कथाकृतिका केही रचनामा मनोवादी चिन्तन,पाइने, 'सीमारेखा' एकमात्र कथाकृति प्रकाशित भएको र यसमा १२ कथाहरू समाविष्ट छन् । आपूm बसेको स्थानको चासो हुनु स्वभाविक हो । यसरी नै पति पत्नी बीचको अन्तर द्वन्द्व , देशप्रेम र देशको सीमा रेखाप्रति चासोको साथै धनी गरिबमा देखिने असमनता आदिमा प्रकाश पारेका छन् ।
सपूत कार्की (२०२३) – पौराही, रौतहट, सामाजिक यथार्थता र राजनीति विशङ्गतिलाई कथामा प्रस्तुत गर्ने कथाकार, एकमात्र कथा कृति 'पागल' प्रकाशित भएको छ । यस कथामा ९ ओटा कथा समावेश गरिएका छन् ।यी कथाले  मानिस पागल हुने स्थिति कसरी हुन्छ,आफ्नो आत्मलाई चिन्न नसके कस्तो पीडा भोग्न पर्छ जस्ता प्रसङ्ग उठाएका छन् ।
अमर त्यागी, (२०२५)–कलैया बारा, नेपाली साहित्यमा कवि र कथाकारको रूपमा चर्चित स्रष्टा, 'अन्धसत्ता' एक कथा कृति, यस कथा कतिमा ७२ ओटा सूत्रकथा सङ्गृहीत छन् । यिनले नोपालको  समाज र शैक्षिक क्षेत्रमा रहेका विसङ्गति, राजनीति क्षेत्रका भ्रष्टचार, नारीप्रति गरिने शोषण, हत्या, हिंसा, आदिमा प्रकाश पारेका छन् ।
विभू अधिकारी (२०२६)–पथलैया,बारा, कविता र कथा लेखक । यिनले समाजमा देखिने व्याप्त विसङ्गति रलmाई प्रस्तुत गर्ने कथाकार, 'रोकिदैन लेखिनेक्रम' कथासङ्ग्रका कृतिकार, कृतिमा वीस ओटा कथा समावेश गरिएकाछन् । व्याक्ति, समाज,र राजनीतिलाई छाम्दै, नारीवर्गको विरोध र विद्रोहको स्वरलाई प्रष्ट पार्दै, प्रहरीहरूको यन्त्रणाको पर्दाफास गर्दै पत्रकारको जीवन खतराबाट गुज्रिने धारणा सहित रिजालले भन्छन् –'आर्थिक ,राजनैतिक,तथा समाजिक संघर्षले दिइने चोटलाई उदाङ्गो पारेका छन् । '
चन्द्रमणि पौडेल(२०२७)– राजविराज, सप्तरी, बाँसुरीभित्र रोएको मान्छे, शीर्षकको कथा लेखक, यसमा ९ ओटा कथा समावेश गरिएका छन् । जिन्दगीमा मान्छेको रोदन, सहानुभूतिको अभावमा उत्पन्न पीडा, पागल बन्ने धारणा र नराम्रकाम गरेवापत पश्चताप गरिने धारणा आदि उनका कथामा प्रस्तु भएका छन् ।
कार्तिकेय घिमिरे ( २०३३) –,हरिऔन–२ सर्लाही,बाल साहित्यकारमा चर्चित व्यक्तित्व, कथा लेखनबाट साहित्यिक यात्रामा सरिक,आधुनिक कथा–परम्पराको परावर्तन युगका कथा स्रष्टा, 'निर्दोष हत्यारा कथासङ्ग्रह'का सर्जक । १५ ओटा कथा कृतिमा समावेश गरिएका छन् । नेपाली जनजीवनमा रहेको भोकको महत्व र पीडा, मनका कथाहरू,आदि धारणा कथामा आएका छन् ।
महेश थापा (२०३४) – हरिवन सर्लाही, थापाजी मोटर न्युरोन डिजिजबाट पूर्णरूपमा प्रभाबीत भएर मसल स्वचालित छैन दायाँहातको माझी औंला बाहेक कुनै ङ्गले काम गर्दैन तर मस्तिष्क सशक्त भएकोले लेखनी सशक्त र अब्बल छ । हाल काठमाडौ बास छ र 'मरीचिका ' (२०७५) कथा सङ्ग्रह प्रकाशनमा आएको छ । यस कृतिमा सामान्य आकारका १६ कथाहरू समावेश छन् ।  थापाजीका कथाले समाज, राजनीति, अर्थनीति अधिकार कर्तव्य आदिप्रति व्यङ्ग, जीवन र यसको रहस्यप्रति आशावादिता, विश्वास र विचारप्रति अडिग रहने सन्देश बोकेका छन् ।
यसु श्रेष्ठ (२०३९) –चन्द्र निगाहपुर रौतहट, बाल साहित्यकार, विशेषत, कथाकारमा चर्चित छन् । आपूmबाँचेको समयमा जीवनलाई जीवन्त राख्न चाहाने श्रेष्ठको 'आँसुको पूmल' कथासङ्ग्रह प्रकाशित छ । यिनका कथामा तरार्ईका जीवनपद्धति, रीति रिवाज,समाज, व्याक्ति, राजनीति, विकृतिका युगीन यथार्थ, द्वन्द्वजन्य परिवेशको जीवन्त चित्रण, तराईली जीवनका दारुण बिम्ब उतारिएका छन्
श्याम साह (२०४२) –गोलबजार ,सिराहा , तरार्ई मधेशका बास्नालाई कथाबाट प्रवाहित गर्ने युवापुस्ताका शक्तिशाली कथाकार हुन् । यिनले माक्र्सवादी विचारलाई आफ्ना कथामा कुनै न कुनै रूपमा प्रस्तुत गर्दछन् । कथा सरल तर वैचारिक पक्ष बेजोड भएका श्याम शाहका 'अब्बा' (२०७१) र पथेर (२०७७) दुई कथा सङ्ग्रह प्रकाशन, भएका छन् । यी दुई कथासङ्ग्रहमा २३ कथाहरू समावेश गरिएका छन् । यि कथामध्येबाट ५ कथाहरू प्रतिनिधि कथाको रूपमा अध्ययन गरिएका छन् । यिनी मधेसको मनो दशा र त्यहाँको जीवन्त नियाल्ने कथाकार हुनुको साथै, कथामा समाजमा व्याप्त गरिबी, वेरोजगारी भ्रष्टचार, नेपाल विशेष गरी तरार्ईमा मनाइने चाडपर्व, नेपालमा भएका गरिने नाकाबन्दी, दलित निम्न, वर्गीय विषमताले उत्पादन गरेको पाखण्ड, विद्रुपीकरणको कोपभाजनमा परेकाको दुरावस्था, मधेसको मनोदशा र त्यहाँको जनजीवनको चित्रण आदि विविध विषयमा कथा लेखेका छन् ।
 उपरोक्त भावसार नवराज रिजालका परिच्छेद दुई र चारमा आएका साहित्यकारहरू मधेसप्रदेशका नेपाली कथामा सामाजिक यथार्थ विश्लेषणको विवरण हो । रिजालजीले यहाँ निष्कर्ष पनि लेख्नु भएको छ । निष्कर्षमा माथि उल्लेख भएकै साहित्यकारहरूको योगदान ( मधेसप्रदेशको )प्राथमिक काल देखि नै भएको विवरण सूत्रकथाको सैद्धान्तिक मान्यता पनि ध्रुवचन्द्र गौतमबाट भएको भन्ने यथार्थताको साथै सबै कथाकार को जन्म मिति, ठेगाना, माता पिताको नाम, प्रकाशन कृतिको नाम प्रकाशित मिति, कथा संख्या, कृतिले व्यक्त गरेका  सन्देश आदिलाई प्रष्टरूपमा प्रस्तुत गरिएको छ । यति गहन कार्य रिजालले संक्षिप्त रूपमा प्रस्तुत गर्नु एउटा प्रशंसनीय काम हो ।
परिच्छेद तीन –यस परिच्छेदमा रिजालजीले समाज,साहित्य, यथार्थ र समाजिक यथार्थमा प्रकास पार्नु भएको छ ।  यस परिच्छेदमा परिचयशीर्षक दिएर मानिस समाजिक प्राणी भएको हुँदा समाज विना मानिस बस्न नसक्ने धारणा लगायत, मानिसको एक अर्कामा सम्बन्धका कुरा सम्बन्धको तानावाना बुनिनुलाई  समाजशास्त्रमा समाज भनिने कुरा, आदिको विश्लेषण गर्दै रिजालले भन्नुहुन्छ –'साहित्यका माध्यमबाट व्यक्ति समाज, देश, र राजनीतिलाई सम्यक् दिशा निर्देशन दिन सकिन्छ , साहित्यमा यथार्थको कलात्मक प्रकटीकरण गरेर समाजमा सुमधुरताको सुगन्ध छर्नसकिन्छ ।'साहित्य समाजको दर्पपण हो । त्यसो हुँदा समाजका हरेक सक्रयाकलापले साहित्यलाई प्रभाव पार्दछ ।'
समाज–बास्तवमा एकै स्थानमा बस्ने ् मानिसहरूको समुहलाई समाज भनिन्छ । फरकफरक विज्ञानले आआफ्नैकिसिमले समाजको परिभाषा गरेको पाइन्छ । नवरज रिजालले समाजको परिभाषा यसरी दिएका छन् –'समाज त्यो संस्थाको नाम हो जसमा मानिस आफ्नो सम्पूणरीति नीति धर्म संस्कृति साथ बसेको हुन्छ ।'
व्याक्ति––रिजाल जीको भनाइमा व्यक्ति समकाजको सानो एकाइ हो ।' व्यक्तिविना समाज बन्दैन । व्यक्ति व्यक्ति मिलेर नै समाजको निर्माण हुने हो ।  
परिवार–  विभिन्न विद्वानको परिभाषलाई रिजालले विश्लेषण गरेका छन् र उनको परिभाषामा –'नातागोताबाट भरिएको संसारलाई 'परिवार' नामक संस्थाको रूपमा चिनिने गरिन्छ ।  
छरछिमेक –रिजालको धारणा अनुसार एउटा परिवारको छेउछाउमा बसोबास गर्नेहरूलाई छरछिमेक वा छिमेकी भन्दछन् ।
वर्ण र जाती –विभिन्न  धर्म अनुसार वर्णको व्याख्या गरेको हुन्छ ।  हिन्दु धर्म अनुसार मानवसमाजलाई चार जातमा विभाजन गरिएको छ।  यी हुन् ब्रह्मण, क्षत्री, वैश्य र शूुद्र, । यी जातहरू मानव शरीरमा पनि विभाजन गरिएको छ । शिर ब्राह्मण, हात क्षेत्री, पेट वैश्य र खुट्टा शूद्र । यिनको कामको वर्णनमा ब्राह्मणले  अध्ययन गर्नु गराउनु, दान लिनु दिनु, हातले शत्रूबाट बचाउनु , वैश्यले व्यपार र शूद्रले सबैको सेवा गर्नु भनिएको छ । रिजालले यी विभाजनलाई आजको समाज÷ धर्म आदिसँग तुलना गर्दै यिनका समस्यालाई केलाउँदै, निष्कर्षमा जातीय विभाजन रोग जस्तो भएको र सामाजिक विसङ्गति हो भन्ने निकालेका छन् । बास्तवमा यो विभाजन आज पनि विकराल रूपमा छ ।
समाजः सांस्कृतिक– पक्ष –यसमा सुखमय जीवनको चिन्तन गर्दा साहित्य, सङ्गीत कला आदिको निर्माण हुने, सबै देशमा सांस्कृतिक समुदायको सत्ता हुने, भाष हुने, धर्म हुने, तथा सकरात्मक पक्ष हुनुको साथै नकरात्मक पक्षहरू पनि हुने आदि पक्षमा रिजालले गहिरो विश्लेषण गरेका छन्
समाज आर्थिक पक्ष – यसमा अर्थको गहन भूमिका हुने, मानवीय आवश्यक्ता एक्लै पुरा गर्न कठिन हुने, आयआर्जन गर्न केही न केही काम गर्न पर्ने आदि विविध पक्षलाई केलाउँदै, समाजका उच्च वर्ग, मध्यम वर्ग, निम्न वर्गमा भएका अर्थिक विविधतामा  प्रष्ट्याउने प्रयास गरेको देखिन्छ ।
समाजः राजनीति पक्ष –रिजालले समाज र राजनीतिको सम्बन्ध केलाउँदै, सत्ता चलाउनेको कार्यलाई विश्लेषण गर्दै 'हामी सुरुदेखि नै सत्ता धारीका हातका कठपुतली बन्दै आएका छौ' भन्ने निष्कर्ष निकालेका छन् ।
साहित्य –यसमा रिजालले साहित्यको परिभाषा गर्ने व्यक्तिका परिभाषामा विश्लेषण गर्दै यसरी परिभाषित गरेका छन् –'अतः जीवनसँग जोडिएको सामाजिक यथार्थलाई कलाकृतिको रूपमा अङ्कन गर्नु नै साहित्य हो र त्यसको परिवेशको चित्रण यथार्थ हो ।'
साहित्यको प्रयोजन–स्वास्थ मानव समाजको परिकल्पना गर्न,मानव –समाजको संस्कारको कार्य गर्न, मानव जीवनको बीचे नबीचेको इतिहास हो र वर्तमानसँग जाडिएको हुन्छ र भविष्यको काममा विशिष्ट भूमिका खेल्ने तथा मान जीवनको लेखा जोखागर्ने  भएको धारणालाई केलाउँदै रिजालले साहित्यको प्रयोजनको धारणा यसरी राखेका छन्–'स्वस्थ समाज र त्यसको निरन्तर विकासका लागि साहित्यको उपस्थिति निकै आवश्यक हुन्छ ।'
साहित्यको आङ्गोपाङ्गो– रिजालजीले साहित्यमा समाजको नाङ्गो यथार्थ हुँदैन भन्दै साहित्य निर्माण आवश्यक महत्वपूर्ण अवयवको धारणा राख्दै लेख्नु हुन्छ –'अतः साहित्यका अंगहरूको रूपमा कल्पना यथार्थ , रूप–पक्ष एवम् कला–पक्षको विशेष महत्व रहेको हुन्छ ।'
कल्पना –यसमा रिजालको धारणा यस प्रकारको छ –'साहित्य कल्पनाको रङ्गमा रङ्गिएर समाज सापेक्ष भैहाल्छ ।'
यथार्थ–  रिजालजीको कथन छ –'यथार्थको अनिवार्यता कथा साहित्यमा निर्विवाद हो ।'
रूप–पक्ष –साहित्यमा रूप–पक्ष आवश्यक हुन्छ भन्दै रिजालजीले एउटा सुन्दर धारणा व्यक्त गर्नु भएको छ –'जमिनको अनुपस्थितिमा वैचारिक फसलको रोपाई सम्भव हुँदैन ।'
कला–पक्ष –रचनालाई सुन्दर र सर्वग्राह्य बनाउन कला पक्षको आवश्यक हुन्छ भन्दै रिजालजी लेख्नु हुन्छ –'कला अर्थात भाषा शैलीबाट साहित्यकारले रचनामा जीवन्तता प्रदान गर्छ ।  
यथार्थ –रिजालजीको कथन छ कि जुन परिवेशमा कथाकार हुर्केको हुन्छ त्यो परिरवेशको असर त्यसमा पर्दछ ।कथा साहित्यमा यथार्थ र सामाजिक यर्थाको विश्लेषण गर्नु भन्दा पहिला यथार्थको परिभाष तथा अर्थ जान्न आवश्यक हुन्छ।
यथार्थ शब्दको उत्पत्ति र परिभाषा– यसमा यथार्थ शब्दको उत्पत्ति ल्याटिन भाषको रेस(च्भक०बाट भएको हो भनिएको छ । रिजालजीको कथनमा –'यथार्थ'को अर्थ हुन्छ जस्ताको तस्तै वास्तविक अथवा, जो यथा स्थिति हो,त्यसको प्रस्तुति गर्नु नै 'यथार्थक'को अङ्कन हो ।'
यथार्थवाद– यथार्थ र यथार्थवादका बारेमा रिजालजीले विभिन्न  परिभाष तथा अभिव्यक्तिमा विश्लेषण गर्दै भन्नु हुन्छ –'यथार्थलाई कलात्मक स्तरमा अभिव्यक्त गर्नु नै यथार्थवाद कहलाउँछ ।' 'यथार्थवादको कच्चामाल यथार्थबाट प्राप्त हुन्छ ।' यथार्थवाद एक किसिमको दार्शनिक अवधारणा हो । विद्वानहरूले, विभिन्न आयममा विभाजन गरी विश्लेषण गरेका छन् ।  
प्रकृतवाद–(प्राकृतिक यथार्थवाद)– यसवादको बारेमा रिजालजीले विविध साहित्यकारका धारणालाई प्रस्तुत गर्नु भएको छ  भन्नु हुन्छ –' प्राकृतिक यथार्थवाद, यथार्थको फाटोग्राफिक शैलीमा चत्रित गर्नमा विशेष जोड दिन्छ , जसमा लेखकको संवेदना र निजत्वको  कुनै महत्व हुँदैन ।'
अतियथार्थवाद –यसमा पनि रिजालजीले थुप्रै साहित्यकारका धारणालाई केलाउनु भएको छ । यस सम्बन्धमा थुप्रै कुराहरू आएका छन् र यसमा उनी भन्छन् –'बास्तवमा अतियथार्थवादमा समाजमा कुत्सित सत्यलाई, विना कुनै,आवरण जस्ताको तस्तै प्रकट गरिन्छ । यसमा नैतिकताको कुनै मूल्य हुँदैन । त्यसेले निषिधसत्यलाई प्रकट गर्नमा रचनाकारलाई कुनै अपठ्यारो पर्दैन ।'
आदर्र्शोन्मुख यथार्थता – 'यथार्थसँगै जहाँ आदर्शको समावेश हुन्छ , त्यो मञ्च आदर्शोन्मुख यथार्थवाद कहलाउँछ । आदर्श निहित  भए पनि यसमा जीवन सत्यको सम्पूर्ण चित्र दृष्टिगोचर हुन्छ । ..... आदर्शोमुख यथार्थमा व्यक्तिको चरित्रको पुन रचना हुन्छ ।'
मनोवैज्ञानिक यथार्थवाद –'मनोवैज्ञानिक यथार्थवादमा मानव मनका आन्तरिक सत्यलाई  यथार्र्थका रूपमा प्रस्तुत गरिन्छ ।' यसमा मानवका मन्तर मनमा लुकेर बसेका रहस्यलाई प्रकट गर्दछ ।यी बालमनोविज्ञान, यौनमनोविज्ञान आदिमा रचनाकारले प्रस्तुति गर्दछ ।  
ऐतिहासिक गथार्थवाद–'जबरचनाकारले ऐतिहासिक सन्दर्भलाई लिएर वर्तमान समस्याहरूको समधान खोज्ने प्रयास गर्छ , अनि त्यसलाई ऐतिहासिक यथार्थवाद भनिन्छ ।' रिजालजीको यो भनाईको साथमा थुप्रै सन्देश आएका छन् जस्तै प्राचिनताको नाममा अन्धानुकरण  गर्न मिल्दैन आदि ।
आलोचनात्मक यथार्थवाद – माक्र्सवादी रचनाकारहरूले यसलाई 'वुर्जूवा'  यथार्थवादको नामले सम्बोधित गर्दछन् । 'पूजीवादी समाजको शोषण, दमन, अन्याय, अत्याचार आदि विकृतिहरूप्रति व्यङ्ग र आलोचना हुनेकारणले गर्दा यसलाई आलोचनात्मक  यथार्थवादको नाम दिइयो । '
समाजवादी यथार्थवाद – रिजालजीले यसमा पनि विभिन्न विद्वानका धारणालाई विश्लेषण गर्ने प्रयास गर्नु भएको छ र भन्नु हुन्छ –'यथार्थवादी कला आन्दोलनको उत्तरवर्ती र नव्यतम सोपान हो समाजवादी यथार्थवाद । .... पूजीवादी समाज व्यवस्थालाई हटाएर समाजवादी समाज व्यवस्थालाई स्थापित गर्नु समाजवादी यथार्थवादको परम ध्येय हो ।'
जादुइ यथार्थवाद– 'जादुइ यथार्थवादमा जीवनको वास्तविकतालाई मिथक र परिकथाहरूका माध्यमबाट चित्रित गरिन्छ । रचनाकारले, आफ्नो कल्पना र प्mयान्टेसीको माध्यमले यस्तो वास्तविकतालाई अभिव्यक्त गर्दछ ,जो अनौठो र विलक्षण हुन्छ ।'
सामाजिक यथार्थ –'सामाजिक यथार्थको सामान्य अर्थ हो समाजको यथार्थ तथा समाजको वास्तविकताको चित्रण ।' रिजालको यो परिभषामा उनको थप धारणामा साहित्यमा जस्ताको तस्तै प्रस्तुत गरिदैन यसमा साहित्यकारको  अनुभव एवम् कल्पनाको सुन्दर रूप मिसिएको हुन्छ अर्थात बास्तविक घटनामा कथाकारको अनुभव र कल्पनाले स्थान लिएको हुन्छ  भन्ने हो ।
यथार्थका विविधपक्ष र सामाजिक यथार्थ –रिजालको कथन छ कि आधुनिक युगको साहित्यले मुख्य प्रवृत्तिको रूपमा यथार्थले आफूलाई स्थापित गरिसकेको छ, साहित्य ग्राह्य हुन जीवन सत्यसँग जोडिनु पर्ने,यथार्थको स्वरूप समयअनुकुल परिवर्तन हुने, यसलाई सामाजिक, आर्थिक, भौतिक, पारिवारिक, भ्रष्टचार आदि आदिको रूपमा हेर्न सकिने धारणाराख्दै रिजालले भन्नुहुन्छ –'सामाजिक यथार्थ , समाजको यथार्थ चित्रण हो । यसका माध्यमले नै वृहत्तर सत्यलाई प्रस्तुत गर्न सकिन्छ ।'
समाज, साहित्य,यथार्थ तथा सामाजिक यथार्थको पारस्परिक अन्तर सम्बन्ध र अन्योन्याश्रिता एक अर्कोसँग जोडिएका हुन्छन् । साहित्य समाजको दर्पण हो ,यो ज्ञानराशीको कोष हो साथ साथै मानिसका विविध अनुभवज्ञानको कलात्मक  रूप पनि हो भन्ने धारणा आएको छ ।
मधेस प्रदेशका नेपाली कथामा देखिएका प्रमुख ऐतिहासिक धारा –यस शीर्षकले नेपाली कथाका चारधारा (सामाजिक यथार्थवाद, मनोविज्ञानवाद, प्रगतिवाद,र नवचेतनावाद) लाई समेटेको छ ।
सामाजिक यथार्थवाद –आधुनिककाल १९९२ बाट थालनी भएको,जननिर्वाचित सरकारको गठन भए पनि छिटै राजनीति परिर्तन पञ्चायतले स्थान लिएको, यसको प्रभाव कथाकारमा परेको, गुरूप्रसाद मैनालीका कथामा सामाजिक आदर्शोन्मुख यथार्थवादको धारा वगेको, मधेस प्रदेशका द्रोण शमशेर र।णा,इस्माली,राजेन्द्र विमल, रमेश गोर्खाली, गोपाल अस्क, धीरकुमार श्रेष्ठ र नवराज रिजालका कथाहरूमा यो धारामा लेखिएका धारणा यहाँ प्रष्ट पारिएको छ ।
मनोविज्ञानवाद – यस धाराको प्रवर्तन १९९२ मा विश्वेश्वरप्रसादबाट भएको र भधेस प्रदेशमा प्रेमा शाह र मनुब्राजाकीका कथामा पाइन्छ भन्ने धारणा आएको छ ।
प्रगतिवादी धारा –कथाकार इस्माली, धीर कुमार श्रेष्ठ, र नवराज रिजाल प्रगतिवादी धारका सशक्त कथाकार हुन् ।
नवचेतनावाद– मधेसप्रदेशमा जन्मेर सम्पूर्ण सिङ्गो नेपाली आख्यान जगतमा प्रमुखस्रष्टा ध्रुवचन्द्र गौतम यस धारमा पर्छन्।
विसङ्गतिवाद र अस्तित्ववाद–आख्यान पुरुष, ध्रुवचन्द्र गौतमलाई 'नवचेतनाको युग'का विसङ्गतिवादी  कथाकार मानिन्छन् । मनुब्राजाकीको कथामा पनि यस किसिमका समस्यालाई चित्रण गरेको पाइन्छ भन्ने धारणा आएका छन् ।
 यस परिच्छेदमा रिजालजीले विभिन्न विश्लेषणकर्ताका उदाहरण सहित समाज, साहित्य, यथार्थ र सामाजिक यथार्थ को परिभाषा, यिनका विश्लेषणका तत्वहरू, यसमा प्रयोगमा आएका वादहरू, यी वादमा आधारित भएर लेख्ने कथाकारहरू नोली साहित्यका वादमा आधारित रहेर कथा लेख्ने कथाकारको विश्लेषणात्मक पुष्ट्याइँहरू,पाश्चात्य विद्वानहरूको धारणा र नेपाली साहित्य तथा कथाहरूमा प्रभावहरू आदिमा गहनरूपमा अध्ययन गरी गरेको विश्लेषण र अन्त्यमा दिइएको निष्कर्ष अति मनन योग्य छ ÷ अनुकरणीय छ । निष्कर्षमा अन्तिममा रिजालले दिइएको एक लाइन सहित यस परिच्छेदबाट विदा लिन्छु –'मधेस प्रदेशका नेपाली कथाकारहरूमा पाश्चात्य वैचारिक ऐतिहासिक धाराहरूको प्रशस्त तथा प्रवल प्रभाव परेको छ  ।'
परिच्छेद चार –यस परिच्छेदमा मधेस प्रदेशका नेपाली कथामा समाजिक यथार्थको विश्लेषण गरिएको छ । भधेस प्रदेशमा द्रोण शमशेर राण (१९७९)को ६ ओटा कथाहरूको सङ्ग्रह अवला (२००२) बाट थालनी भयोको थियो र हाल आएर निकै मौलाएको धारणा पाइन्छ । यहाँ रिजालजीले मधेस प्रदेशमा जन्मेर जन्म स्थानमा बसेर साहित्य सिर्जनाकार र मधेसमा बसाइसराई गरेर कथा सिर्जनामा लागेका कथाकारहरूका प्रतिनिधि कथाह्ररूको विश्लेषण गर्नु भएको छ । बहुप्रतिभाका धनी साहित्यकारहरू जो कथामा निरन्तरता दिएका छन् तिनलाई पनि यस अध्ययनमा सहभागी गराएका छन् । कथाकार कथाकारका कृतिले झल्काएको समाजिकतालाई कथा दुईमै विश्लेषण गरिएकोले यहाँ विश्लेषण गरिएको छैन ।
परिच्छेद पाँच –यस परिच्छेदमा रिजालजीले यस अध्ययनलाई निसारण गर्ने प्रयास गर्नु भएको छ  र शीर्षक दिनुभएको छ उपसंहार । यो परिच्छेद आवश्यक पनि छ किनकी कुनै पाठकले यत्रो विशाल ग्रन्थ अभ्ययन गर्ने समय अभावमा छोटो पढाइमा जानकारी लिन चाह्यो भने सारभाव यसबाट लिन सकिन्छ । बास्तवमा मानव जीवन नै एउटा सग्लो कथा हो । मानव जीवनको उत्पत्तिबाटै कथाको थालनी हुन्छ भन्दा अतियुक्ति हुँदैन होला ?रिजालजीको धारणा पनि यस्तै यस्तै देखिन्छ । कथालाई बोलाइचलाइमा कहिले कसैले 'गल्प' भन्ने गरेको र कसैले 'खिस्सा' भन्ने गरेकोे र कसैले 'कहानी'   भन्ने गरिएको भए पनि रिजालजी भन्नुहुन्छ –"संस्कृतको कथ् धातुमा टाप्(आ) प्रत्यय लगाउँदा कथा शब्दको निर्माण हुन्छ । यसले कुनै कुरा कथ्नु वा भन्नु भन्ने अर्थ बुझाउँछ  कथाको शाब्दिक अर्थ भन्नु वा बताउनु हो ।" विभिन्न देशले जस्तै अङ्ग्रेजले पहिला 'सर्ट टेल' भने पछि 'सर्ट स्टोरी' नामले नामाकरण गरे वंगालीहरूले यसलाई 'गल्प' भने भने हिन्दीमा कहानी भनिन्छ । आधुनिक नेपाली कथाका कथाकार गुरुप्रसाद मैनालीले 'कथा' शब्द प्रयोग गरे भने महाकवि लक्ष्मीप्रसाद देवकोटाले  'छोटा खिस्सा' भन्न मन पराए । शिवकुमार राईले 'कहानी'शब्दको प्रयोग गरको कुरालाई उदाहरण सहित रिजालले प्रष्ट्याएका छन् । जर्मनी, फ्रान्स, रुस र अमेरिकाका कथाकारले सिद्धान्तको सूत्रपात गरेपछि मात्र कथा वा लघुकथाले स्वतन्त्र साहित्यिक विधाको रूपमा मान्यता पाएको हो । नेपाली कथा लेखनको इतिहास केलाउँदा साढे दुईसय वर्ष देखिन्छ । १८२७मा शक्तिबल्लभले महाभारत विराट पर्वको अनुवाद थालनी भयो । गोरखा पत्र गोर्खा संसार,शारदा र गोर्खाली नामक पत्रिका प्रकाशनपछि नेपाली कथाले तीव्रता पायो ।गोर्खाली पत्रिकाम विज्ञान विलासको 'उपन्यास' नामक कथा छापियो यसैलाई मौलिक कथामा लिइएको छ ।  नेपाली साहित्यलाई संरक्षण र सम्बद्र्धन गर्नको लागि मधेस प्रदेशको गहन भूमिका रहेको छ । आदि महाकवि उदयानन्द अर्याले १८४२ मा सोमेश्वर विजय वर्णन पहिलो खण्डकाव्य र पृथ्वीन्द्रय पहिलो महाकाव्यको सिर्जना गरे । यसपछि द्रोणशमशेरको अवला कथासङ्ग्रह (२००३) आयो । २००७ सालपछि नेपाली कथामा समाजवादी यथार्थको जन्म भयो । रिजालजीले यथार्थ, सामाजिक यथार्थवादर्, ऐतिहासिक एथार्थवाद, आलोचनात्मक यथार्थवाद, आदिको परिभाषित गर्दै विभाजन पनि गर्नु भएको छ । ंपूँजीवादी समाज व्यवस्था र समाजवाद, समाजवादले पूजीवादी संस्कृति वा बुर्जुवा संस्कृतिको विरोध गर्ने उद्देश्य रहेको, यसको लागि पूर्ण क्रान्तिको आश्यक्ता रहेको ,समाजवादी यथार्थवाद अन्य यथार्थवादको भन्दा नजिक रहेको, आदि धारणा रिजालबाट आर्एका छन् ।
वि.सं. २०२० देखि नवयुग वा नवचेतनावादी वा प्रयोगवादी धाराको उदयमान भयो ।ंयसमा ध्रुवचन्द्र गौतम,प्रेमा शाह, मनुव्राजाकी सामाजिक यथार्थवादका आधारमा कलम चलाए। यसपछि २०३६ सालको जनमतसंग्रहको घोषणा र सडके कविता क्रान्ति (२०३६)ले पनि नेपाली कथा लेखनमा प्रवृत्तिगत वरिवर्तन ल्याउनु २०४६ सालको जनआन्दोलनको प्रभाव पनि मधेस प्रदेशमा परेको र कथा लेखनमा विस्तार आएको देखिन्छ ।  यसपछि ०२५२÷०५३ को माओवादी सशस्त्र द्वन्द्वले निम्त्याएको विविध पक्ष र साहित्य सम्बन्धमा यसको असरलाई नवराज रिजालले यसरी प्रस्तुत गर्नु भएको छ–"मूलतः नेपाली जनजीवनमा अप्रत्यासित रूपमा परिवर्तन आएको र त्यस द्वन्द्वले निम्त्याएको विकृति र विसङ्गतिबाट आम नेपाली प्रभावित भएको तथ्य मधेस प्रदेशका कथामा प्रकट भएको छ । " यसरी २०६२÷२०६३ लोकतान्त्रिक गणतान्त्रि र मधेश आन्दोलनबाट मधेस प्रदेशका प्रतिनिधि कथा विषय विस्तारका साथ गतिशील देखिने धारणा रिजालबाट आएको छ । रिजालले व्यक्त गरेका वादहरू जो माथि नै आई सकेका कुराहरू म यहाँ दोहो¥याउन चाहन्न तर  रिजालले विश्लेषण गर्दै पस्केका अन्तिम हरफहरू भने यहाँ उद्धृत गर्ने अनुमति चाहान्छु–"वर्तमान समयमा मधेस प्रदेशमा लेखिने नेपाली कथामा विनिर्माण विधाभञ्जन, नारीवादी चेतना, लैङ्गिक चेतना, ,समलिङ्गिय चेतना डायस्परिकचेतना सशस्त्र ,द्वन्द्वजन्य अभिघात, युगीन सङ्गति हिनता र सन्त्रास, सीमान्तीय चेतना आदि बहुलवादी प्रवृत्ति पाइनुका साथै युगीन यथार्थको प्रकटी करण पाइन्छ । यसका साथसाथै सामाजिक यथार्थवादी र मनो वैज्ञानिक, यथार्थवादी समाजवादी यथार्थवादी, नवचेतनावादी, वा प्रयोगवादी र समसामयिक वाम उत्तरवर्ती, उत्तरआधुनिकतावादी, वहुलवादी धारा प्रवाहित भएको पाइन्छ । "
रिजालको यो अनुसन्धान कृति हो । यो मधेस प्रदेश (पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा सप्तरी)का कथाकारहरूको परिवेशमा लेखिएको भए पनि नेपाली साहित्यको इतिहासलाई कोट्याउँदै गर्दा नेपालका विभिन्न स्थान(तराइ, पहाड र हिमाल) र अमेरिका, जर्मनी, फ्रान्स, रूसका  विद्वानहरूका उदहरण दिंदा यस्ले ठूलो परिवेश ओगटेको देखिन्छ ।
 यो कृतिमा नेपाली भाषामा लेखिएको छ । फाटफुट÷नगण्य रूपमा भोजपुरी, मैथली, हिन्दी र अ‍ेग्रेजी शब्दहरू कथाहरूको सामाजिकताको वर्णन गर्दा प्रयोगमा आएका छन् । लेखनमा भाषाको अति आवश्यक्ता पर्छ । रिजालको लेखनमा तार्किकता,कुशल वाक्यगठन, स्पष्टता, गतिशीलता, यथार्थता आदि झल्किएको हुन्छ । उनको लेखन शैलीलाई केलाउँदा रिजालकै शब्दमा व्याक्ति नै शैली हो र शैली नै व्याक्ति हो भने जस्तै उनको लेखन शैली तथा उनका लेखनमा छोटा बाक्य,बिम्बको प्रयोग,स्थान विशेष उखानको प्रयोग,भावनाको अभिव्यक्ति सहजता आदिलाई विश्लेषण गर्दा उनको लेखनशैली वैशिष्ठ्य छ भन्न सकिन्छ । कृतिको नामाकरणमा अध्ययनको उद्देश्य अनुकुल भएकोले अर्थात मधेस प्रदेशका नेपाली कथामा सामाजिक यथार्थ भएकोले शीर्षकीकरण सार्थक देखिन्छ ।
 अन्त्यमा नवराज रिजालको मधेस प्रदेशका नेपाली कथामा सामाजिक यथार्थ नामक अनुसन्धान कृति पढ्ने र दुईचार शब्द कोर्ने मौका जु¥यो ।यसभित्र घोत्लिन पुगें । हुनता सबै कुरा माथि नै आइसकेका छन् । दोहो¥यायर लेखि रहँदा मिठो लाग्दैन तैपनि के भन्न मन लाग्छ भने ३० ओटा साहित्यकारका ७० कथासङ्ग्रहको अध्ययन एउटा चुनौतीपूर्ण काम हो ।  यो चुनौतीलाई स्वीकार्दै,कथाको सैधान्तिक स्वरुप, कथाकोउत्पत्ति, परिभाष,पूर्वीय साहित्यकार र पाश्चात्य साहित्यकारका परिभाषा, कथा के हो या के होइन, कथाको रचना विधान,वा तत्त्वहरू (कथानक, पात्र विधान, परिवेश, संवाद,दृष्टि बिन्दु,शैली भाषा कथाको वर्गीकरण( विभिन्न आधारहरूमा), कधेस प्रदेशमा नेपाली कथा लेखनको परम्परार प्रवृत्ति, काल विभाजन ( चरणगतरूपमा), प्रमुख नेपाली कथाकारहरूको जन्म मिति ,जन्मस्थ।न मातापिता, कथाकारको युगान्तर बर्गीकरण, कथाकृति प्रकाशन वर्ष, कथासङ्ग्रहमा सङ्गृहीत  कथासंख्या, कथाले पोखेका धारणको सारभाव,मधेस प्रदेशका नेपाली कथामा यथार्थको विश्लेषण, र विस्तृत विश्लेषणको लागि प्रतिनिधि कथाचयन, चयनका आधारको साथै विश्लेषण गरीएको र अन्तिममा उपसंहार पस्केर एउटा सुन्दर अनुसन्धनात्मक कृतिको सिर्जना गर्नु भएको छ । यति गहन काम सुसम्पन्न गर्नु भएकोमा नवराज रिजाल र यस्तो महत्वपूर्ण कामको अभिारा बोकायर कृति प्रकाशनमा ल्याएको नेपाल प्रज्ञा–प्रतिष्ठान दुुवैमा धन्यवाद प्रदान गर्दे, प्रज्ञाप्रतिष्ठानलाई सबै विधामा सवै प्रदेशका साहित्यिक गतिविधिको अनुसन्धान होस भन्ने अनुरोध गर्दै विदा चाहान्छु ।
 धन्यवाद
 भदौ ३१ गते दरखाने दिन ।      

प्रदेशका नेपाली कथामा सामाजिक यथार्थमा अनुशीलन
सदानन्द अभागी

No comments:

Post a Comment