सदानन्द अभागी
नवराज रिजालको छोटो परिचय –नवराज रिजालको जन्म २०२२ सालजेठ २९ गते पश्चिम १ नम्बर धादिङमा भएको हो । उहाँ माता देवी रिजाल र पिता ठाकुरप्रसाद रिजालको सुपुत्र हुनुहुन्छ । जन्म धादिङमा भए पनि लेखाई पढाई र बुझाइ भने उहाँको बारा जिल्लामा नै भएको हो । बारा पुग्नुको यथार्थता त माता पिताको बसाई सराइको कारणले हुन गयो । बाल्यकालमा पढाइको महत्व ठूलो हुन्छ । तीनकक्षा मात्र उनको गाउँको स्कुलमा पढाई हुन्थ्यो । तीनकक्षा भन्दा माथि पढ्नको लागि नेरामावी डुमरवानामा जान प¥यो । नेरामावी डुमरवानामा सातसम्म पढेपछि आठ कक्षादेखि माथि पढ्नको लागि बारा गइ पढन थालेको र नौ कक्षामा गएपछि स्कुलले उपलब्ध गराएको छात्रबासमा बसेर पढ्न थाल्नु । छात्रकासमा पढाई, लेखाई र खेलकुदमा निकै प्रतिस्पर्धा हुने भएकोले यी काममा राम्रो वातावरण मिल्नु र पुस्तकालगमा पत्रपत्रिका पढ्ने अवसर पनि पाइने भएकोले मातृभूमि पत्रिकामा २०३९ सालमा, "पागलको कथा" नामक कथा मातृभूमिमा पकmा्राशन भएपछि उनको साहित्यिक यात्राको थालनी भएको देन्छि । रिजालजीको कथन छ –"अहिले सम्झँदा मुख्य अभिपेरकहरू त्यो छात्रबास ,त्यहाँको वातावरण , प्रतिस्पर्धी साथीहरूर पशुपति पुस्तकालय हुन्कि जस्तो लाग्छ । अदृश्य पीडा (लघुकथा ः २०५७) प्रकाशन गरी कृतिकारको रूपमा देखिनुभएका नवराज रिजाल यही कृतिको मूल्याङ्कनमा २०५७ को नारायणी वाङ्मय पुरस्कार जित्न सफल हुनु भयो । रिजालजीका हालसम्म दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशनमा आएका छन् । करिव डेडदर्जन पुरस्कार÷ सम्मानले उहाँ विभूषित भै सक्नु भएको छ । लघुकथा, बालकथा, खोज अनुसन्धान, बाल कविता, बालउपन्यास, गजल, व्याकरण, निबन्ध, नियात्रा र मुक्तक आदि विद्यामा उहाँको कलम चलेको हामीले देख्न÷पढ्न पाउँछौ । यस्ता वहुमुखी प्रतिभाका धनी साहित्यकारको अर्को दरविलो पक्ष भनेको सम्पादन÷प्रकाशन पनि हो । उहाँले करिव एक दर्जन पत्रिका ÷ विविध सिर्जना सम्पादन÷प्रकाशन गर्नु भएकोछ । नवप्रज्ञापनं साहित्यिक पत्रिकाको २०५० साल देखिहाल २०८०साल साउन २२ गते सोमबारका दिन सम्ममा शतक अंक विमोचन गराउनु भयो । यिनमा करिव डेड दर्जन भन्दाबढी विविध विधाका विशेषाङ्कहरू प्रकाशित भैसकेका छन् । यति धेरै सम्पादन÷प्रकाशन गर्न सक्नु भनेको महान काम हो ।
कृतिको संरचना –आवरण पृष्ठ बहेक ३२ पृष्ठ अगणनीय र २७६ पृष्ठ गणनीय गरी ३०८ पृष्ठमा "अनि तिमी" मुक्तकसङ्ग्रहको सिर्जना भएकोछ । साहित्यकार वियोगी बुढाथोकी र डा. रमेश सुभेच्छुको भूमिका रहेको कृतिको प्रकाशन तन्नेरी प्रकाशन, काठमाडौले गरेको छ । आवरणको अग्रभाग शेषराज गौतमजीको सुन्दर चित्रले सजिएको छ भने आवरणको पछिल्लो भागमा नवराज रिजालजीको तस्विर सहित व्यक्तिगत विवरणले सजिएको छ । यस कृतिमा विविधताले सजिएका ५२६ मुक्तक,४३ साहित्यिक पत्रिकाहरूलाई साभार ÷ आभारको साथै एक परिशिष्ट शीर्षकमा मुक्तकवार्ता समावेश गरिएको छ । सबै मुक्तक चतुष्पदी छन् । मुक्तक कसैले शीर्षक दिएर लेखेका छन् भने रिजालले शीर्षक रहीत संख्यादिएर लेखेका छन् ।
भूमिकाकारका धारणा – भूमिका भन्दा थुप्रै अर्थ लाग्छ । कुनै कृतिमा भूमिका लेखिदा ÷लेखाइँदा मलाई लाग्छ त्यो कृतिको ऐना बन्न सकोस् । साँच्चि नै यहाँ दुईओटा साहित्यकारले यस मुक्तकसङ्ग्रहप्रति विहङ्गम दृटि राखेका छन् । वियोगी बुढाथोकीको प्रस्तुती रोमान्चित रूपमा आएको छ । मुक्तम लेखनको इतिहास केलाउँदै २०१० सालमा भीमदर्शन रोकाबाट मुक्तकको वीजारोपण गरेकोदेखि नवराज रिजालसम्म आइसक्दा मुक्तकले ठूलो प्रगति हासिल गरेको धारणा बुढाथोकीले दिएका छन् । बुढाथोकीको यस भूमिका लेखाई पढ्दा अनन्द आउँछ । अष्ट्रेलियाको प्राकृति सौन्दर्यता, वाग बगैचा, समुद्री किनारको रमाइलो दृश्यलाई वियोगी बुढाथोकीले नियालेकामात्र छैनन् नवराज रिजालका मुक्तकको रसस्वादनलाई त्यसमा मिलाएर मिश्रित घोल बनाएर आनन्दसँग पिइराखेका छन् र भन्छन् –"भन्नै पर्दा हिजो विहान अष्ट्रेलिया, मेलवोर्नस्थित च्यथब िःभदियचगचलभ द्ययतबलष्अब िन्बचमभल घुम्दैगर्दा यहाँभित्र एकहजार भन्दा बढी फलपूmल, बोटबिरुवाहरूलाई समेटिएको वगैंचामापुग्दाको आनन्द अनि तिमी भित्र पाएँ । हो पनि रिजालका मुक्तकलाई केलाएर हेर्दा त्यहाँ हजारौं, भावना बगेका छन् ।
यसरी नै अर्का भूमिकाकार हुन् डा.रमेश शुभेच्छु । उहाँको भूमिका लेखनको शैली पनि फरक देखिन्छ । डा. रमेशजीले भूमिका लेखनको सहजताको लागि तथा भूमिका लेखनमा पूर्णता आवस भनेर नवराजसँग मुक्तक वार्ता गर्नु भएको छ । करिव १२ पृष्ठको मुक्तक वार्ता लिएर 'अनि तिमी' मुक्तक कृतिभित्र अभिव्यञ्जित नवराज रिजालको मुक्तककारिता शीर्षक दिएर २५ पृष्ठको भूमिका लेख्दै भन्नु हुन्छ – 'समग्र दृष्टिले उनका मुक्तक, सिर्जना पठनीय दीर्घप्रभावी छन् ।निर्धक्कसँग भन्न सकिन्छ उनी 'अनि तिमी' मार्फत प्रतिनिधि नेपाली मुक्तककारका रूपमा उभिएका छन् ।
प्रकाशकीयको कलमबाट, 'यी मुक्तकहरूमा जीवनका पीडा, अभाव, असन्तुष्टि र अतृप्तिलाई छुने तथा आघातलाई सुमसुम्याउने क्षमता समेत् देखिन्छन् , यसैबाट सांसारिक सन्तुलनको चाहना पनि अभिव्यञ्जित भएको प्रतित हुन्छ' भन्ने धारणा आएको छ ।
विषय प्रवेश –'अनि तिमी' भित्र धोत्लिंदा, हामीले धेरै चिजहरू प्राप्त गर्न सकिन्छ । सामाजिक, अर्थिक, शैक्षिक,सांस्कृतिक, राजनीतिक,ऐतिहासिक,बौद्धिक,मानवतावाद,वातावरण क्षिमेकीको बेलाई आदि आदि धारणाले मुक्तक भरिएका छम् । रिजालको प्रस्तुति बिम्बात्मक हुन्छ । उहाँ बिम्बमा प्रस्तुत हुन मन पराउनु हुन्छ । यहाँ हेरौं –
हिजो वर्गका कुरा गर्नुहुन्थ्यो, छाड्नु भएको छ
हिड्न थालेका बाटाहरूसबै मोड्नु भएको छ
एक पटक गम्भीर बनेर सोच्नोस् त ! महाशय
विगतका बाचाबन्धन सबै तोड्नु भएको छ
मुक्तक १, पृष्ठ १
मुक्तक ए,ए,बी, ए को संरचनामा निर्माण गरिन्छ पहिलो ए को अनुप्रासमा भावको थालनी तथा उठान गर्छ । दोस्रो ए को अनुप्रासमा भावमा गति प्रदान तथा विकास गरिन्छ अनि बी तेस्रो हरफमा बैचारिक निष्कर्षमा परिवेश निर्माण गरिन्छतथा पाठकमा कौतिहल्ता जगाउँछ र चौथो अनुप्रस ए मा विचारलाई पूर्णता दिइन्छ तथा पूर्णता दिन्छ । रिजालको मुक्तक १ ले छोड्नु, मोड्नु,र तोड्नुले चोटिलो प्रहार गरेको छ । मुक्तक सशक्त छ । रिजालका सबै मुक्तक यसरी नै निर्माण भएका देखिन्छन् । जनतालाई आस्वासन बाँडिएका मुक्तक यस सङ्प्रहमा प्रसस्त भेटन पाइन्छ ।
द्वन्दमा आधारित गजलहरू – हिजो देशले धेरै घटना व्यहोरो । यी घटनामा कति मरे कति मारिए । त्यसको नतिजा आज सकरात्मक हुनुको सट्टा नकरात्मक रूपमा परिणत भएको पाइएको छ । भाइ भाइमा लडाई भयो । एकले अर्कोलाई मारो यसरी कसैका घर खाली भए कसैका बालबालिका टुहुरा भए । युवती विधवा भए । बृद्ध बृद्धा सहराहीन भए तर उपलब्धी शून्य भयो । त्यसको उपलव्धीलाई यसरी पो देखिन थालिएको छ –
हेर्नोस त ! मार्ने र मारिने सबै मिलेकाछन् आज
कालकुट विषहरू पनि सँगसँगै निलेकाछन् आज
अत्यान्तै अनौठो परिदृश्य ! यो देख्नु हुँदैछ तपार्इँ
वनमारा र तिउरी एकसाथ मजै खिलेकाछन् आज
मुक्तक ७, पृष्ठ १४
मुक्तककारको भनाईमा मिल्न हुँदैन भनेको होइन । अमिल्दो मिलनले सकरात्मक उपलब्धी दिन सक्दैन भन्ने यथार्थ हो ।
ं द्वन्द्वले कसैलाई राम्रो गर्दै, उ, लड्छ अनि अरूलाई लडाउँछ औकात देखिन्छ नतिजा समय बर्बाद बनाउँछ –
आपूmत लड्यौ लड्यौ धेरैलाई लडाएर गयौ
समय नआइ जोश जाँगरहरू डढाएर गयौ
हिजै देखिएका ती तिम्रा औकात आज देखियो
र, पछि पछि लाग्नेहरूका समय सडाएर गयौ
मुक्तक ४९६, पृष्ठ २४८
आज नेपालका आन्दोलन, आपसमा कलह, नारा जुलुस बाट गरिएका कर्महरू बाट उपलब्धी त हात लाग्न सकेको छैन यसमा मुक्तकारको धारणा यसरी प्रस्फुटित भएको छ –
हामीलाइ जीवनभर लडाउने काम भयो
एकअर्काको विपक्षमा चढाउने काम भयो
के किन र कसरी हामीले पनि त भनेनौ
त्यसैले अहिले सम्म सढाउने काम भयो ।
मुक्तक ४३५, पृष्ठ २१८,
मुक्तकसङ्ग्रह र राजनीति –मुक्तक साहित्यको एउटा अङ्ग हो र साहित्य भनेको समाजको दर्पण हो । यो समाजको कल्याणको लागि सिर्जना गरिन्छ ।यसको सम्बन्धलाई केलाएर हेर्ने हो भने मानिसको मन र हृदयसँग रहन्छ । साहित्यकारले स्वछन्द र स्वतन्त्र चिन्तनमा बिचार राख्छ । यो यथार्थताको जगतलाई कल्पनामा उतार्छ तथा यो सुन्दर कलात्मक सिर्जना हो भन्न सकिन्छ । यसरी राजनीति केहो त भन्दा समाजलाई चलायमान गराउने एउटा नीति ÷दर्शन हो । समाजसँग यी दुबैको घनिष्ट सँबन्ध छ भन्न सकिन्छ तर राजनीति साहित्यभित्रको सम्बन्ध अलिक फरक हुन्छ । सत्तापक्ष र प्रतिपक्ष जस्तो गंतिविधि हो । साहित्यकार कुनै न कुनै दर्शनसँग आवद्ध हुनसक्छन् । साहित्यकारले राजनीतिक विकृति विसङ्गतिलाई कटाक्ष गर्दछ । यहाँ नवराज रिजालको मुक्तकसङ्ग्रहमा थुप्रै धारणाहरू आएका छन् । सत्ता गुमेको नेतृत्वको अनुभूतिलाई यसरी प्रस्तुत गरिको छ–
सत्ता गुम्योे पानी विनाको माछा बन्न परेको छ
छातीमा ढुङ्गा राख्दै केही न केही भन्नू परेको छ
सधैं पीडा लुकाउन व्यस्त नै हँुने रहेछन् मान्छे
विडम्बना आफ्नो चिहान आफँै खन्नु परेको छ
मुक्तक ४८४ पृष्ठ २४२
आज नेपालमा राजनीति जनसेवाको रूपमा नभएर खेतीको रूपमा लिएको धारणा यसरी आएको छ –
राजनीति यो खेती रहेछ गरिरहेछन् कोही
विश्वासलाई बगाएर पेट भरिरहेछन् कोही
सर्बसाधारण त हजुर सधैं पछिपछि हुन्छन्
निेषेध जता थियो ! त्यतैनै सरिरहेछन् कोही
मुक्तक ३१८, पृष्ठ १५९
नेपालमा थुप्रै राजनीतिक दल छन् । यिनको बानी कहिले फुट्ने र कहिले जुट्ने प्रबृत्तिको छ –
जुटाउने र फुटाउनेको लर्को लागेको छ
फुटाउनेलाई जुटाएको झर्को लागेको छ
पीडाभित्र रम्ने जम्मै झुमेका छन् यत्रतत्र
तिनी बाँच्या जिन्दगीमा धर्को लागेको छ
मुक्तक २२०, पृष्ठ ११०
सत्तामुखी राजनीति –राजनीति गर्नु भनेको सत्ताहाँक्नु पनि हो। राजनाीति गरेर सत्तामा गएर देशको बागडोर लिएर जनताई सेवा गर्नु र राज्यलाई प्रगतिपथमा लम्काउनु हो । तर आज नेपालका राजनेताहरूको काम सत्तामा टाँसिनु तथा सत्ता बाहिर एकक्षण पनि रहन नसक्नु देशको माटोप्रतिको माया नहुनुमा मुक्तककारको तलका दुई धारणा राखेका छन् –
सत्ता छाडेर अलि पर बस्नुस् त हजुर
सक्नु हुन्न भने खरानी घस्नुस् त हजुर
देश तपाईको बपौती हुन सक्दैन कवै
चुपी लिएर कुनाकानी पस्नुस् त हजुर
मुक्तक १९७ पृष्ठ ९९
सत्तामा मात्र पर्छन् नजर अचेल किन होला
झोली तुम्बा उठने गर्छन् अचेल किन हाला
रोइला बढ्छन् यता धेरै चिन्ता समेत हुन्छ
देशको माटो छुँदै छुन्नन् अचेल किन होला
मुक्तक ३४०, पृष्ठ १७०
मुक्तकमा राष्ट्रियता –रिजालका मुक्तकहरूमा राष्ट्रियताप्रति गहिरो चिन्तन भेटिन्छ । उनका मुक्तकहरू मैले माथि नै भनिसकेको छु धेरै जसो बिम्बमा प्रस्तुत गरिएका हुन्छन । उहाँले पस्केका केही उदाहरणहरू–,
देश रहे मात्र हजुर ! बाँच्न सक्नु हुन्छ
तब कम्मर भाँची भाँची नाच्न सक्नु हुन्छ
अनुरोध गर्छु थोरै माटो दलियोस् शिरमा
मनको अभिलाषा तव साँच्न सक्नु हुन्छ
मुक्तक ३२५, पृष्ठ १६३
मार्मिक धारणा आएको छ । नेपाल रहे न नेपाली रहिन्छ ।यथार्थ त यही हो । त्यसर्थ देशप्रति समर्पण भाव हुनुपर्छ । देशप्रतिको रिजालको समर्पण भाव यसप्रकारको छ –
हाम्रो बगैंचामा ऊ बाँच्न खोजीरहेको छ ।
विश्वासको पर्खाल भाँच्न खोजीरहेको छ ।
सायद त्यसैका निम्ति गरिहेछ यो बखेडा
हो, त्यो स्वाभिमान जाँच्न खोजीरहेको छ ।
मुक्तक १८२, पुष्ठ ९१
आज देशको स्थिति दयनीय छ । आर्थिक अवस्था दिनप्रति दिन गिर्दो अवस्थामा छ । महगाईले सीमा नाघी सकेको छ । राज नेताको भाषणहरू तीब्र गतिमा ठूलोस्वरमा कुर्लीरहेका छन् । जनताको लागि कुनै चिजमा राहत मिल्दैन । यस सम्बन्धमा कसैको नाम नलिइकन मुक्तककार लेख्नुहुन्छ –
देश दुःखेको दुख्यै छ तर ती हाँसीरहेका छन्
पूजा गर्ने नाममा अझै माला गाँसिरहेका छन्
यस्तो छ विडम्बना परिभाष गर्नै छ कठिन
कसैका चर्कोस्वर घरैबाट ती बासिरहेका छन्
मुक्तक ११०, पृष्ठ ५५
देशमा फेरिइ राख्ने सरकारको अदल बदल तथा, सरकार गिराउने सत्तामा आलोपालो गर्नेप्रतिको व्यङ्ग यसरी आएको छ–हो पालैपालो यो देशमा धामी फेरिएका छन्
झारफुकमा तयार हामी फेरिएका छन्
जति जोगी आए पनि कान चिरिएका मात्र
धनी गरिब जे भए पनि दामी फेरिएका छन्
मसक्तक २३९ पृष्ठ १२०
सत्ता गुम्यो पानी विनाको माछा बन्नु परेको छ

सधैं पीडा लुकाउन व्यस्त नै हुँदा रहेछन् मान्छे
विडम्बना आफ्नो चिहान आफै खन्नु परेको छ
मुक्तक ४८४, पृष्ठ २४२
सत्ता प्राप्ति गर्न गरिने कर्ममा व्यङ्ग यसरी आएको छ । –
देख्नु भो ! सत्ताका लागि केके गरिँने रहेछ यहाँ
त्यसले कहिले वर कहिले पर सरिँने रहेछ
असम्भव भन्ने त राजनीतिमा केही हुँदै नहुने
स्वार्थ पूरा भए दुर्गन्धित् नाली पनि तरिने रहेछ
मुक्तक ४९८, पृष्ठ २४९
प्रेममा आधारित मुक्तकहरू – रिजालका प्रेम सम्बन्धी मुक्तकहरू यहाँ पाइन्छन् । ती मुक्तकहरू शिष्ट भाषामा लेखिएका छन् । हेरौं केही उदाहरण –
सम्झनामा थियौ तिमी धाउँदै धाउँदै आएँ म
विचारको पर्खाल चढेर गाउँदै गाउँदै आएँ म
अठोट वा संयोग जे भन सामु नै आएको छु
विश्वास गर आस्थामा माया लाउँदै आएँ म
मुक्तक १५ पृष्ठ ८
प्रेमिकासँग प्रेमीले उपस्थिति गलत भए मुख खोल्न, हिड्न पर्ने बाटाहरू केही भए बोल्न र परिस्थितिलाई काँधमा बोकेर हिडेको मानिसलाई विश्वास गर्ने भएमा त्यति जोखिम मोले हुन्छ भन्दै अगाडी बढ्दा प्रेमी सफल हुन सकेन किनकी उसकी प्रेमिका झेली परी । यहाँ अरु प्रेमसम्बन्धी मुक्तकहरूछन् तर म त्यता लाग्नि ।
नैतिकता सम्बन्धी मुक्तक – बास्तवमा नैतिकता भनेको विवेकपूर्ण सचेतना हो । यसले मानवीय मूल्य मान्यतालाई नीति अनुसार चल्न र मानवीय व्यवहारमा सुधार ल्याउन सिकाउँछ मानिसलाई इमान्दारी बनाउँछ । हाम्रो नैतिकतामा ह्रास आएको अनुभूति गर्दै मुक्तककारले लेख्नुहुन्छ –
नैतिकताका धरातल खस्कँदै गएको छ किन
पराए मौलिकताहरू मस्कँदै गएको छ किन
आशङ्कामा छ वर्तमानका क्रियाकलाप पनि
परचक्रीका गतिविधि पस्कँदै गएको छ किन
मुक्तक २५८, पृष्ठ १२९
कोरोनाप्रति मुक्तककारको धारणा –कोरोना महामारिले संसारलाई हल्लायो । नेपाल पनि अछुतो रहन सकेन । यस सम्बन्धमा जनताले भोग्न परेका समस्या हल होला भन्नुको सट्टा मुक्तककारले देखेको यथार्थ यस प्रकार छ –
कोरोनाको कहरमा स्वार्थ फलेका छन्
शाक्तिशाली हिँडाउन बत्ती बलेका छन्
सामथ्र्यको पूजा सधैं भैरहेछ संसारमा
अशक्तको मन र मुटु तब जलेका छज्
मुक्तक ३१६, पृष्ठ १५८
स्वनिर्भरताको खोजी –देश दिन प्रतिदिन परनिर्भरतातिर दौडी रहेछ ।मुक्तककारले स्वनिर्भरको खोजी गरेका छन् –
स्वनिर्भरताको गीत गाउँने वेला आयो अब
सहजता भित्र प्रीत लाउने वेला आयो अब
अस्तित्वको खोजी नगर्नु थियो नै कमजोरी
वसन्त आमन्त्रणमा धाउने वेला आयो अब
मुक्तक २८५, पृष्ठ १४३
विदेश पलायन –आज कोही पढाइको लागि कोही रोजगारीको लागि भनेर विदेश पलायन भएका छन् । अभिभावकहरू यसैमा गर्व गरिरहेकाछन् तर भोलीको तस्विर विर्सिएका धारणा साथै विदेशमा रोप्ने सीपलाई नेपालमै रोप्ने आग्रह यसरी आएको छ मुक्तकमा –
सन्तानहरूको पलायनमा गर्व गर्छन् बाबु आमा
छातीको विश्वास डढ्दा गर्व गर्छन् बाबु आमा
यही श्वाश्वत सत्य भए कसैलाई भन्नु छैन मेरो
भोलीको तस्वीर बिर्सिएर गर्व गर्छन् बाबा आमा
मुक्तक २५३, पृष्ठ १२७
उता रोप्ने श्रम सिप ती नमन गर्छु यतै रोपौंँ
विश्वासको पर्खालमा पसिनाको दाना कोपौँ
हामी भित्र केही छैन भन्ने दृष्टि थन्क्याऊँ अब
जाँगरिला पाखुरीहरूमा सिर्जनाको बिम्ब चोपौँ
मुक्तक ३०१, पृष्ठ १५१
नेपालमा लोकतन्त्र आयो , गणतन्त्र आयो तर त्यसको अवस्था कस्तो छ त –
लोकतन्त्र गणतन्त्र नामहरू भएका छन्
नारा मात्र हुन ती सुन्दर खाम भएका छन्
देखाउन काम लाग्छन् जतनसँग राखे हुन्छ
ठेकदारकै इशारामा काम जाम भएका छन्
मुक्तक १३८, पृष्ठ ६९
प्राकृतिकसँग रम्ने आकांक्षा –
सयपत्री र गोदावरी पूmलजस्तै फुल्न पाए
भमराझै डाली डाली रस चुस्दै डुल्न पाए
आकाङ्क्षा टुकी बोकी ठिङ्ग उभिएछ मन
पक्षीको चिरविरसँगै आकाशमा डुल्न पाए
मुक्तक १५०, पृष्ठ ७५
स्वार्थसँग आवद्ध मुक्तकहरू–मुक्तककारको कथन छ आज इमान र जमान दुलापसे, वैईमानले डाली पाए यसरी नै स्वार्थी दम्भी अघि बढे इमान्दार हूँ भन्नेले गाली खाएका छन् । अन्धकर र कुरपताले संसार ढाकेको छ भने व्यभिचारका ठेकेदारले सुन्दरशान्त ताली पाए छन् । मानिसले स्वार्थ पुरा गर्न के नै गरेको छैन, जीवनधारा फाल्दै गएकोछ ,जनमनका भावभाका ढाल्दै गएको छ यस्ता विकृतिपूर्ण काममा मुक्तककार सहमत छैनन् र भन्दछन् –
स्वार्थनिम्ति देशको अहित खोल्न सक्दिनँ म
बाँचने नाममा इतिहासलाई पोल्न सक्दिनँ म
किन अचेल एकथरी कुरूपता मात्र रोज्छन्
पित्तललाई सुन हो भनी बोल्न सक्दिनँ म
मुक्तक ३७, पृष्ठ १९
भ्रष्टचारमा आधारित मुक्तकहरू– देशमा भ्रष्टचार व्याप्त छ । ती भ्रष्टचारी कस्ता बनेकाछन् त भन्नेमा मुक्तककारको धारणा यस्तो छ –
भ्रष्टचारमा सघाउने सदाचारी बनेका छन्
एकातर्फ बन्द गर्दै अर्को बाटो खनेका छन्
अवमूल्य बोकी हिँड्नु आफैलाई विर्सनु हो
तर उनले आपूmलाई शक्तिमान गनेका छन्
मुक्तक १५८, पृष्ठ ७९
साझा हुनको चाहना – आज समाज हरेक कुरामा विभाजित छ । यो विभाजनले विकासलाई सघाऊ पु¥याउनुको सट्टा अवरोधक बनेको छ । मुक्तककारको धारणा यस्तो आएको छ –
निरन्तर अनुरोध गरिरहेकोछु साझा हुन सिक्नुहोस्
जीवनभरि बसन्त रितुझै ताजा हुन सिक्नुहोस्
विश्वासमा आस्था खोजे त नभेटिनै कुरै छैन
सङ्गीतको लालित्यभित्र बाजा हुन सिक्नु होस
मुक्तक ११३, पृष्ठ ५७
इतिहासको वीरता –हाम्रो आफ्नै गौरवमय इतिहाँस छ । हाम्रा आफ्नै परमपरा छन् । यो देश शहिदहरूको बलीदानले सिर्जना गरेको हो । पूर्खाको बहादुरीलाई विसर्न नहुने र बलभद्रको बहादुरीलाई कुहाउन नहुने धारणा आएकाछन् मुक्तकमा–
आदेशमा बाँच्यौ हामी इसारामा नाच्यौँ
बिर्सिएर आफन्तको खुट्टा पनि भाँच्यौ
असामान्य चिन्तन धारा बोकी मुटुमाथि
पुर्खा सबै विर्सिएर मात्र आपूm बाँच्यौँ
मुक्तक १६२, पृष्ठ ८१
अचम्म बलभद्रको बहादुरी कुहाँइदै छ अचेल
स्वाभिमानी विचार जम्मे तुहाइँदैछ अचेल
धाउँदैछन् उकालाओरालो ठेक्कापट्टा हत्याउन
खुट्टा टेक्न खोज्नेहरूलाई रूँवाइँदै छ अचेल
मुक्तक २३०, पृष्ठ ११५
सीमा अतिक्रमण – नेपाल दुई ठूला देशको बीचमा अवस्थित छ । उत्तरी सीमामा चाइनाको पर्दछ भने पूर्व पश्चिम र दक्षिणी सिमामा भारत पर्दछ । सीमा मिचेका कुरा बारंबार उठी रहेका छन् । यहाँ मुक्तककारले कसैको नाम नतोकिकन आफ्ना धारणायसरी पस्केका छन् –
हिजोदेखि आजसम्म,विचार मारिएका छन्
लाभका लागि देशका सिमा सारिएका छन्
कपुत जन्मेका छन् आमा तिम्रा कोखबाट
ती काँधको जुवामा बारबार नारिएका छन्
मुक्तक ३८७,, पृष्ठ १९४,
उहिल्यै देखि हामी माथी खेल्न थालिएको हो
रोटी बनाउन पिठोजस्तै बेल्न थालिएको हो
ओ हो ! छिः छि कति अचम्म मानसिकता
छेउमा बसेर भित्तातिर ठेल्न थालिएको हो
मुक्तक ७३, पृष्ठ३७,
जीवनको सोच – हामीले सोचे जस्तो जीवन छैन, यो विविधताले सजिएको छ । जीवन सम्बन्धी केही मुक्तकहरू–
म जीवन खोजी रहेछु पाइएको छैन हजुर
स्वार्थ घोलिएको दया चाहिएको छैन हजुर
तर तपाइँको परिभाषा बुझी नसक्नुको छ
तयार अन्तरामा गीत गाइएको छैन हजुर
्मुक्तक ३७६, पृष्ठ १८८
हो त आँसु नबग्ने जिन्दगी खोजी रहेछु म आज
पीडाको वगैँचामा विश्वास रोजीरहेछु म आज
जीवनबाट भाग्नेहरू हो त्यता विश्वास पाइन्नँ
इच्छित वृक्ष उमार्न नै दुरी सोचीरहेछु म आज
मुक्तक ७७, पृष्ठ ३९
न्यायप्रतिको धारणा–
न्याय दिन्छु भन्नेहरू नै अन्यायी बनेका छन्
हिँड्ने बाटा ठाउँ ठाउँमा विगार्न खनेका छन्
भुल भुलैयाले अलमल्याउनु अलमल्याएको छ
भरेङ चढ्न तिनिहरूले खनखन्ती गनेका छन्
मुक्तक ४२१, पृष्ठ २११
मैले माथि रिजालजीका मुक्तकमा देखिएका धारणा यहाँ पस्कने कोशिस गरें । यस कृतिमा पस्किएका मुक्तकहरू एकसे एक गहकिला छन् । कसैले यसकृतिलाई अध्ययन गरेपछि हामीले उसमा के पाउनु भयो भन्दा उसको उत्तर हुनेछ यसमा के छैन सबै चीज छ । कतै वर्गका कुरा छन्, कतै बाचा बन्धन तोडिएका कुरा छन् कतै विन्दाका सतित्व डगेका छन्, वर्तमानलाई मात्र नहेरी भविष्यलाई हेर्ने कुरा आएका छन्, इतिहासलाई अवमूल्यन गर्ने हरू रुनु पर्ने कुरा, आपूm आपूmभएर मात्र अरूका कुरा गर्नु पर्ने, हामी भरेङ भएकोले चढ्नेले चढिरकेका कुरा, विचार विस्तारै मरेका÷कुहिएका,आस्था चुहिएका, , कसैले आँसु कसैले रक्सि पिएका कुरा, डढेलाले वनमात्र नभै मन पनि जलाउने,विश्वास ढलेका÷कुहिएका, मान्छेले मान्छे चिन्न छाडेका कुरा, समय गणेश रहेकोले कुमारहरू हारिरहेका कुरा, देश भक्तिका कुरा गरेर सीमा सारीरहेका, कतै बाटा थुनिएका कतै विचार सुनिएका, कतै जाल बुनिएका, अस्तित्व बेच्न नहुने, आत्म सम्मान स्वाभिमानलाई बन्धकीमा राख्न नहुने, कुरा, स्वाभीमानका रागबोकी चाकडीमा रमाउने, पुच्छर समाउने,खुट्टा कमाउने, उधारो वेपार गर्नेवालाका कुरा, भरियाका भेषलाई नहेरिनु,दया माया, सद्भाव प्रेमले नघेर्रिका कुरा, स्वार्थको पोखरीमा पौडनु, देखाउने र भन्ने काममा फरक हुनु, जिउने नाममा देशका नक्शा मास्न नसकिने, छातिमा एक अङ्गालो विश्वास चुल्याउनु पर्ने हिजो देखि आजसम्म विवेक चोरिदै, कुवेरको भण्डार फोरिएको, त्यतिवेलाका भक्षक यतिवेला रक्षक बनेका, स्वदेशको खाएर प्रदेशको गाउनु, उतै मीत लाउनु ,आफन्ती भत्कायर पराय धाइरहनु, ंसानी आमा काख च्यापी आमालाई गिड्नु, हामी मदारीको खेलमा रमाउनु, झोलेहरू झोलिई रहनु उभिएको माटोको बिरुद्ध बोलिरहनु, जीवन भनेको सिङ्गो आस्था हो÷कर्तव्य हो यो खुल्नु पर्छ ,जीवन मृत्यु भनेको जीवनका नियमित पाटा हुन्,सपना सुन्दरताको पाटो हो, आकाश खसाल्ने कुराहरू, भाडामा जिउनेहरूको आफ्नो कुनै राह हुँदैन, वेथिति र विसङ्गति भत्काएर सिर्जनाको संसारमा बाच्ने कुरा, विश्वानस बोकिन्छ भने आस्थामा फलिन्छ ,माटो सबैको बराबर,लुकी छिपी हिँडेर समाधानको बाटो पाइदैन,आजीवन कुण्ठाबोकेर अघि बढ्न सकिदैन , दासहरूले गाउने भनेको दासताकै गीत हो, स्वअस्तित्व मेट्दै मालिकतिर धाउँछन्, चाकडीमा जमो भने उन्यूलाई फुलाउन सकिन्छ , ंबाधले रगत रुचाउँछ भन्ने सबले जान्नु पर्छ,, काजी भीम मारिएका कुरा, नाङ्गिन चाहाने जति नाङ्गिए पनि हुन्छ, आत्मघाती गोलमा हामी रमाएका छम् , सुताहाको सगरमाथा यात्रा हुँदैन,बाच्ने नाममा पटक पटक मरिरहेका छौँ , उपनिवेशै त भएनौ तर मन थिचिएको छ , चोरको स्वर ठूलो भएको छ, नङ्ग्याएको ठानौला आफै नाङ्गिएका छौ, नुन खाएपछि नुनको सोझो गनु पर्ने ,घर डढाएर खरानीको टिको लगाएको, बूढा बाघहरू शिकारमा हिडिरहेका छन् ,हामी इतिहासदेखि पेटमै मरेका रहेका कुरा, पाप धुरीबाट कहलाउनु, राम्रो देखेर परायको बाच्छो चाट्न नहुने, आफ्नै खुट्टामा बञ्चरो हान्न नहुने, तालीमा गाली फाउनु, आँफैलाई विर्सिएर बाच्नेहरू पनि छन् ,हल्लाको खेतीमा जुटुनु, आफै धामी र बोक्सी बन्नु, वेइमानी र वेइमानीको राज्य चलेको छ, आजकाल,औकातको खोजी गर्नु पर्छ ।कुर्सीका लागि लड्ने वालालाई धिक्कार, सुग्रीवबाट बालीले बारबार धोका पाएका छन्, सारङ्गीले आजकाल काम पाउनु र रावणको गीत पाउनु, राम र रावण खुट्याउन गाह्रो भएको, कुरीति झाङ्गीएको, जनता केवल गोटी भएका कुरा,नेताहरू कुर्सीमा लडिरहेका कुरा,विभिषण र सुग्रीवहरूजागेका छन् आज,भष्मासुरहरूका नाच चलिरहेका, शुम्भ निशुम्भ जम्मै तमासामा लागेका , फेसबुकमा हराउनु,आदि धारणाह यहाँ आएका छन् ।
शीर्षकीकरण –
'अनि तिमी' रिजालजीका मुक्तकसङ्ग्रको नाम हो । रिजालजीले मुक्तकहरूमा शीर्षक दिनु भएको छैन । मुक्तकहरू संख्यामा गणना गरिएको छ । उनका कृतिमा शीर्षकी करण नभएकोले यो नाम साझा नाम हो भन्न सकिन्छ ।
भाषाशैली– रिजालजीको लेखनमा बिम्बहरूको प्रयोग धेरै हुने भएकोले पाठकले पनि मन–मस्तिष्क लगाएर पढ्न पर्ने देखिन्छ । उनका लेख रचना वौद्धिक समुदायको लागि राम्रो खुराक हुन सक्छ । प्रस्तुति लयात्मक छ । उनका मुक्तकमा लोकोक्तिको प्रयोग पनि भएकामे पाइन्छ ।
अन्त्यमा रिजालजीका यी मुक्तकले नेपाली समजले भोगेका घटनाक्रमलाई समाएर,विविधतालाई सजाएर, राष्ट्र ् निर्माणम लाग्नुु पर्ने सन्देश बोकेर, आन्मनिर्भर हुनुपर्ने सन्देश प्रवाह गर्दै ,राजनीतिक,परिवारिक, विकृति र विसङ्गति कटाक्ष गरेर, आदर्श जीवनको खोजी गर्दै, एक सफल मुक्तककारको परिचय दिंदै एउटा सुन्दर कृति नेपाली साहित्यक्षेत्रमा थपेका छन् । सुस्वास्थ, दीर्घायु र सफल साहित्यिक यात्राको कामनाको साथमा विदा चाहान्छु ।
धन्यवाद
मिति २०८० साल भदौ ,१६ गते, कावासोती–७ शान्तिचोक,

No comments:
Post a Comment