April 1, 2012

शान्तिमायको अधुरो सपना

शान्तिमायको अधुरो सपना

सदानन्द अभागी

       नारायणगढबाट बुटवल लाग्दा एउटा राम्रो बजार, बजारको माझबाट पूर्ब पश्चिम राजमार्ग, बाटोबाट तलतिर झर्दा, स्यानो खोल्सो, खोल्सो पारगर्दा साथ जोडिएको एउटा सानो खेतको फोगटो, त्यो फोगटाेमा एउटा सानो झोपडी, झोपडीमा धनवीर र सुनमायाले गरिबीका दिन काटीरहेका थिए। यी दुईको मिलन पनि गरिबीको ढोकाबाटै सुरु भएको थियो। दिन बित्तै गए। मनवीर नामको छोरा जन्म्यो । छोराे जन्मेकोमा खुसीयाली राम्रैसँग मनाइयो। मनवीरको जीवन सुख र दुःखसँग बित्तै गयो । बाबु आमाको सुखमा उसले पनि सुख पाउँथ्यो, दुःखमा उसले पनि दुःख झेल्न पर्दथ्यो। धनवीर पूँजीबाट गरिब भए पनि मनबाट त आफूलाई कहिलै गरिब सम्झेन। सुनमायाको पनि शरीर सुनबाट बञ्चित थियो तर भावनाबाट उसको शरीर सुनैसुनले ढाकिएको थियो । भावना जति धनी भए पनि के गर्ने? आखिरमा घरव्यवहार चलाउनलाई, धनको आवश्यक्ता पर्दथ्यो। धनवीरको वीरताको झोकले केही गरेन। न त उसले छोरा पढाउन नै सक्यो, न त घरकीलाई, राम्रो टालोले जीउ ढाक्न नै सक्यो। सम्पतीको नाममा उसको एटा घडेरी र एक कट्ठा घोलखेत मात्र थियो। यति जग्गाले खान लाउन पुग्ने कुरै भएन। आफ्नो दैनिक गुजरा चलाउन धनवीर र मनमाया, निमक खान जानु पर्दथ्यो। निमक खान पनि त खेतीपातीको मौसम अनुसार हुनपर्‍यो । जीवन धान्न धौ धौ भएका धनवीरलाई मन मायाले पल्लाघरे लाहुरेसँग सल्लाहा गरेर, धनवीरेलाई पनि एकदुई बर्ष लाहुरजाने सल्लाहा दिई। उसको आशा थियो, लोग्नेले केही सम्मती कमाओस्, घरमा टिनहाल्न सकिओस्, एकहल भए पनि खेत जोरिओस् र एउटा राम्रो टालोले जीउ ढाकिओस्। श्रीमतीको भावना सुन्दा धनवीरेलाई अङ्गमा साह्रै घाम लाग्यो। पल्लाघरे, साइँलादाइको साथमा धनवीरे पञ्जावतिर लाग्यो। सुनमाया र धनवीरेको घरयासी सल्लाहामा छोरा मनवीरेलाई पनि साथैमा लाने कुरामा सहमती भयो। धनवीरेले सोचेको थियो, लाहुर जाने बित्तिकै, राम्रो नोकरी पाउँदछु। नोकरी पाए पछि, छोरालार्र्ई पनि पढाउन थाल्दछु तर त्यसो हुन सकेन। यता सुनमायालाई घर चलाउने पुरै जिम्मा आयो।

"नेपाल गए कपालसँगै, ब्रह्म गए कर्मसँगै" धनवीरेको कर्म साह्रै खोटी रहेछ। उसले कुनै किसिमको जागिर पाउन सकेन। जालन्धर, चण्डिगढ, लुधियानाका सबै कारखाना चाहार्‍यो तर जागिरको नाममा हातलाग्यो शून्य भए पछि, रेलवे स्टेशनमा कुल्लीको काम गर्न थाल्यो। मनवीरले के गर्ने ऊ पनि आफ्नो बाबुको पछि पछि लाग्यो। धनवीरेले छोरालाई पढाउन सकेन। उसले बोकेका सपना कुनै पनि सफल भएनन्। प्रगतिको बाटो रोकियो दिनभरि गरेको मेहनतको फल पनि उसले पाउन सक्दैनथ्यो। यस्तै क्रममा रेलकोलिग पारगर्न खोज्दा भारी निकै गह्रुँगो थियो। ऊ ढल्यो सुपरफाष्ट टे्नबाट उसको जीवनलीला समाप्त भयो। बाबुको जीवनलीला समाप्त भए पछि, आफ्नो धार्मिक कृयाक्रम गरेर र उसले होटलमा भाँडा माझ्न थाल्यो। एता धनवीरेको मृत्युको खवर सुन्ने बित्तिकै, सुनमायाको सारा सपनाहरू पानी पानी भए। उसले यो घाउलाई सहन सकिन र मुर्छापरी। यो मुर्छा नै उसको चिरनिद्रा थियो।

मनवीर सानो थियो तर निकै चलाक पनि थियो, त्यसो हुँदा, भाँडामझाइबाट जीवन गुजरा नचल्ने देखिए पछि, उसले शीप सिक्ने कोसिस गर्‍यो। शीप सिक्दा तलव नपाउने, तलव नभए खान नपाउने भए पछि, उसले शीप सिक्न छाडेर पुन फुटपाथमा बसेर चिठा बिक्रीगर्न थाल्यो। यो कामबाट पनि हातमुख जोड्न बाहेक उसको केही चलेन । यो भन्दा त देशमै गएर, आफ्नो जीवनकर्म अघि बढाउने तर्फ निधोलियो र स्वदेश फर्क्यो। घरमा फर्कदा मनवीरले  आफ्नो घर पुरै माकुराको जालोले भरेको बाहेक केही पाउन सकेन। जीवनको सानो क्षणमा नै उसले ठूलो दुख र शोक व्यहोर्न पर्‍यो। मनवीरले आफ्नो जीवनलाई संघर्ष सम्झो। यो संघर्षबाट पार पाउन उसले बिक्रम ट्याम्पोको खलासी भयो। उसको शीप र कार्य कुशलताले गर्दा ऊ आफ्ै ड्राइभर बन्यो। ट्याम्पो चलाउँदा चलाउँदा उसले टयाक्सी चलाउन थाल्यो। अव त उसले आफ्नो काममा सफलता मिले पछि एउटी राम्री सुकुमारीलाई श्रीमती बनाएर भित्र्याउन ऊ सफल भयो। शान्तिमाया र मनवीरको जीवन सफलसँग बित्न थाल्यो। ड्राइभर कामबाट मनवीर त्यति खुसी थिएन। उसले पैसा कमाउन पनि सकिरहेको थिएन। उसलाई यो पेशामा दुई वटा रोगले सतायो। सबै भन्दा ठूलो रोग त काठमाण्डौको ट्राफिक जाम थियो यतिलेमात्र नभएर कहिले लाईसेन्स खोसिने, कहिले गाडी नै बग्गिखाना पुग्ने आदि आदि रोगले उसलाई सताएको थियो। दोश्रो रोग भनेको राती गाडी नचलाए पैसा नकमिने र राती गाडी चलाउँदा, गुण्डाहरूले पैसा नतिर्ने। यी दुवै रोगको उपचारलाई उसले निकै सावधानी अपनाउन पर्दथ्यो।

दिनबित्ने क्रम जारी छ। यो दिन बित्ने क्रममा शान्तिमायालाई पनि धनी बन्ने रहर जाग्यो। अरब देशबाट ड्राइभरको माग भएको, पैसा बढ्ता कमाउन पाइने भने पछि शान्तिमायालार्र्ई श्रीमानलाई अरब पठाउने रहर जाग्यो। उनले बचाएको पैसाबाट थप रकम आमा र मामासँगबाट काढेर भए पनि खर्चको जोगो गर्ने काम भयो। उसलार्र्ई कुवेतकोलागि छनौट गरियो। छनौट प्रकृयामा यो कम्पनी निकै ठूलो छ र समय समयमा गाडीलिएर कुवेत पुग्नु पर्दछ भनिएको थियो। शान्तिमाया पनि श्रीमान वैदेसिक रोजगारमा राम्रो पैसा आउनेमा जान पाउने भए पछि निकै खुसी थिई। कानुनी प्रकृयामा जुन देश गए पनि त के थियो र? कस्तो दुर्दशा, एउटा म्यानपाउरलाई पैसा तिर्‍यो, अर्को म्यानपावरबाट ऊ उड्यो। जाने क्रममा आवुधावी, बहराइन् हुँदै ऊ कुवेत पुग्यो। कुवेतमा उसलाई भीमकाय ट्रली चलाउन लगाइयो। उसले यो ट्रली चलायो पनि तर चालकमा असफल भएको जानकारी दिइयो। अव ऊ ज्यामी बन्ने बाहेक कुनै उपाय रहेन। उसलाई ज्यामी बनाइयो। कामको प्रकृया मोडिनुको साथै, कामगर्ने स्थान पनि परिबर्तन हुने कुराहरू आए। तलव मान आश गरे भन्दा बढ्ता नै थियो।  पैसा कमाउन गएकाहरूले बढ्ता पैसा पाए पछि मनमा आशा जाग्नु स्वभाविक थियो। अव उनीहरू इराक जाने तरखरमा लागे तर भिसा पनि त थिएन, कम्पनीले लाने भए पछि उनीहरूले भिसाको कुनै ख्याल गरेनन्। कुवेतबाट रातको दुई बजे इराक प्रवेश गर्ने तयारीमा जुटेका मनवीरे र साथीहरूका आँखा अलजजिरा टेलीभिजनमा पुग्यो। त्यहाँ त बाह्रजना नेपालीको हत्याको प्रसारण भइरहेको थियो। बाह्रजनामा एकजनाको निर्मम् हत्या गरिएको थियो। यो दृश्यले मनवीरे र साथीहरूमा आफ्नो जान पनि जोखिममा परेको महसुस भयो। 

ऊ सानै उमेरमा विदेशमा गएको, विदेशमा भोग्नपर्ने सारा समस्या उसले भोगेको र आज पुन जीवन चक्रमा दुर्भाग्यले समाएको, त्यसमा पनि दह्रो दलालले इराक जानपर्ने भनेर फसाएको, अव त सङ्घर्ष सिवाय अरू केही थिएन। मन वीरे र साथीहरू इराक नजाने भनेर जुटे। उसको नेतृत्वलार्र्ई साम्य पार्न स्वदेशी तथा विदेशी दलालका मानिस जुटे। छलफल भयो, बार्ता भयो, प्रलोभन देखाइयो तर मनवीरे मान्यवाला थिएन। अव त मुड्की ताकियो, ज्यानैलिने धम्किको आवाज गुञ्जीयो, उनीहरू बस्ने कोठाको पङ्खा र बिजुली काट्टियो। यो कारुणिक यातनामा पनि मनवीरेले आफ्नो आवाज अझै सशक्त पार्‍यो। साथीहरूले डटेर साथ दिए। तर अरण्यरोदनलाई कसले सुन्ने। अव त मनवीरे दलालहरूको आँखाको कसिङ्गर भैसकेको थियो। उसको पत्तासाफ पार्नु नै दलालहरूको एकमात्र सपना साकार पार्ने उपाय थियो। उसलेे ज्यान जोगाउँनु बाहेक कुनै उपाय थिएन। ऊ त्यहाँबाट भाग्यो। रातको बेला जाने नै कहाँ सक्दथ्यो र बुद्धिले साथ दियो र पानी टङ्कीको सहारा लिएर रात गुजार्‍यो। शुभ विहानीको सङ्केतमा ऊ त्यहाँबाट भागेर नेपाली होटल मालिकको सरणमा पुग्यो। नेपाली जुटे राजदूताबासलाई थाहा लाग्यो। ऊ आफू बाँच्यो र अरुलाई पनि बचायो।

मनवीरेले आफ्नो ज्यान र गौरव बचाएर देश फर्क्यो तर ऋणको बोझ भने उसले ठूलै बोकेको छ तर पनि मनवीर र शान्तिमाया अझै हरेस खाएका छैनन्। त्यो ऋण चुक्ता गर्ने अभिलाशा बोक्दै मनवीर काठमाण्डौको गल्लि गल्लिमा टयाक्सी दौडाई रहेको छ। शान्तिमायाले साैभाग्यको सिन्दूर बोकेर परिश्रमको पसिना बगाउँर आफ्नो जीवन यात्रा पुरागर्ने अठोठ्तामा जुटेकी छन्। उनले आफूलाई सासू भन्दा भाग्यशाली सम्झेकी छन् । त्यहि भाग्यमा उनी रमायकी छन् र आफ्नै देशलाई सबै जुटेर विकास गर्न आह्वान गरेकीछन्।

 

March 26, 2012

परिवर्तन

परिवर्तन

सदानन्द अभागी

       भूमिपालले लक्ष्मीमायालाई विवाह गरेको पच्चीस बसन्त वितिसकेको छ। लक्ष्मीमायालाई भूमिपालले वडो धुमधामसँग, नौमती बाजा बजाएर, तीन नाल बन्दुककरु पडकाएर, तामदानमा सजाएर, घोडाको लस्कर लगाएर देउराली र कुललाई ध्वजा चढाएर, इष्टमित्र सबै बोलाएर, सुरिलो गीत गाएर फुर्तिलोसँग नाचेर, आफनो झोपडीमा घुम्टो उघारेको थियो । बास्तवमा सामाजिक परिपाटीले उसलाई राम्रै सताएको थियो। यो विवाह उसको लागि निकै महगो थियो। जे होस्, उसले आफ्नो जीवन साथी राम्ररी भिउन सफल भयो । यो वैवाहिक कर्ममा मात्र उसले समय दिएर मात्र पुगेको थिएन। यति बेला देश

परिवर्तन

परिवर्तन

सदानन्द अभागी

       भूमिपालले लक्ष्मीमायालाई विवाह गरेको पच्चीस बसन्त वितिसकेको छ। लक्ष्मीमायालाई भूमिपालले वडो धुमधामसँग, नौमती बाजा बजाएर, तीन नाल बन्दुककरु पडकाएर, तामदानमा सजाएर, घोडाको लस्कर लगाएर देउराली र कुललाई ध्वजा चढाएर, इष्टमित्र सबै बोलाएर, सुरिलो गीत गाएर फुर्तिलोसँग नाचेर, आफनो झोपडीमा घुम्टो उघारेको थियो । बास्तवमा सामाजिक परिपाटीले उसलाई राम्रै सताएको थियो। यो विवाह उसको लागि निकै महगो थियो। जे होस्, उसले आफ्नो जीवन साथी राम्ररी भिउन सफल भयो । यो वैवाहिक कर्ममा मात्र उसले समय दिएर मात्र पुगेको थिएन। यति बेला देश आन्दोलित थियो । जनताका रौं ठाडा भएका थिए । विद्यार्थी देखि जनतासम्म एकाबिहा नै सडकमा उत्रेका थिए। मुखिया तथा जिम्वाल बाले आन्दोलनकारीहरूलाई मीठो स्वरमा लरक्क पार्र्दै, आन्द्रा भूँडी दुहेर पुलिसको खोरतिर पठाउँदथे। मुठ्ठीभर अराष्ट्रियतत्व भन्ने शव्द निकै प्रचलित थियो। आन्दोलन कारीहरूलाई मुठ्ठीभर अराष्ट्रियतत्व भन्दै समातेर आन्दोलन कुल्चनुलाई बहादुरी सम्भि्कइन्थ्यो। यस्तै यस्तै रूपमा देश अघि वढेको थियो ।

       नव दुलहादुलही, नयां जोस, देशमा बलेको आन्दोलनको आगोले भूमिपाल र लक्ष्मीमायालाई पनि तताएको थियो। दुवै आन्दोलनको भुङ्ग्रोमा होमिएका थिए । आगो बल्दैगयो । भूमिपाल र लक्ष्मीमाया पनि आफ्नो पूर्ण ताकत लगाएर आगोमा घिउ थप्दै गए । यो आगोको रापलाई सहन सकिएन र जनमत सङ्ग्रहको घोषणा भयो । आन्दोलनरूपी आगोको ज्वाला मत्थरींदै गयो। पञ्चशक्तिको सूर्यको प्रकाशले पहेलो पुन्जलाई सिन्दूर पहिराइ दियो। अवत पहेंलो सारीको सिउँदोमा सिन्दूरको टिकाको लाली टल्केको थियो तर यो ऐभाँतलाई जनता, भूमिपाल र लक्ष्मीमायाको लागि स्वीकार्य थिएन। भूमिपाल र लक्ष्मीमायाले एकतन्त्रीय शासनबाट गरिबको उत्थान हुन्छ भनेर कहिल्यै विश्वास राख्दैनथे। यी दुई आत्मा पूर्ण प्रजातन्त्रको लागि राजनीतिमा होमिए। ओठ निचोरे दूध आउने बेला देखि नै यी दुबै जनआन्दोलनमा लाग्दा मुखियाबाले धेरै सम्झाए तर भूमिपाल र लक्ष्मीमाया मान्ने वाला थिएनन् । किन हो किन मुखियाबाको यी दुवै प्रति आदर जाग्यो। त्यसो हुँदा  उनको कुरा नमाने पनि मुखियाबाले पुलिसको खोरमा यी दुवैलाई पठाउने साहस भने कहिल्यै गरेनन् ।

       विवाहको दुई बसन्त पुग्न लागेको के थियो, लक्ष्मीमायाले एकै वेतमा तीन छोरा जन्माइन् । बालरविको प्रकाशले सुनौला रङ्ग छरे जस्तै यी तीन भाइ छोराले भूमिपालको घरलाई सुन्दर बनाएका थिए। तिनको रुवाइ त सङ्गीत बन्दथ्यो । घरै गुञ्जायमान भएर जान्थ्यो । यो गीत रोक्न लक्ष्मीको छातीको सामर्थ्य थिएन । एकातिर हर्षको सीमा छैन। अर्कोतिर आमाको छातीले बच्चाथाम्न नसके पछि, भूमिपाललाई ठूलो समस्या आइपर्‍यो । उनी छटपटिए। अब धेरै दूध दिने भैंसी या गाईको आवश्यकता थियो । उनको हातमा एक सुका थिएन।  तीन भाइ छोरा धान्ने भैसी मुखियाबाको घरमा भरखर मात्र ब्याएका थिए । एकातिर लैनू भैसी बिना पैसा कसरी दे भन्ने, यदि बिना पैसा नदिए के गर्ने? अर्कोतिर राजनैतिक मर्यादालाई कसरी बचाउने । ऊ धर्म सङ्कटमा पर्‍यो। आखिर भूमिपाल मुखियाबा कहाँ जानु नै उचित सम्झो । उसलाई थाहा थियाे मुखियाबा व्याजका लोभी छन्। डिक राखेर मात्र ऋण दिन्छन्। ऋणखानु भनेको घीन हो । यो घीनको लागि मित्र भन्दा शत्रुकहाँ जानु नै बेस भनि भूमिपाल मुखियाबा को घरमा लुरुलुरु गयो। गरिबको दुःखको गौडो कुरेर वस्ने मुखियाबालाई यो जस्तो सुनौलो मौका के हुन्थ्यो र उनले पनि मीठो स्वरमा प्रश्न राखेः "आज के को लागि भूमिपाल" भूमिपालले "एउटा लैनो भैंसी दिनु हुन्छ कि भनेर "आफनो कुरा राख्यो।" "भैसी रोजेर लैजा तर पैसा खुरमा गन्नु पर्दछ" मुखियाबाले सुनाउँदै थिए। भूमिपालले आफ्नो विबसता दर्शायो । खोलाखेत डिकराख्न तयार भयो । जनमत सङ्ग्रहको आलो घाउको खाता बसिसकेको थिएन। मुखियाबाले पुन कुरा थपिहाले "मैलेमात्र सहयोग गर्ने त हो नि, तिमीहरूको सहयोग कहिल्यै पाउँदिन । भूमिपालले शीर झुकाउँदै "हजूरको बचन कहाँ काटेको हो र मौलिक हकको प्रयोगपो गरेको हो।" भन्दै थियो मुखियाबालाई झोक चल्यो। मौकाको फाइदा उठाइ हाले र उनको मुखबाट फुत्त निस्क्यो "तिमी पाजी यस्तै भन्छौ र दुःखपर्दामात्र कपाल कनाउँदै आउँछौ । भूमिपाललाई यति वेला ठूलो सङ्कट परेको थियो। स्वाभिमानी आत्मा कताकता रोयो तर पनि उसले मुखियाबालाई आफ्नो आत्मरक्षाको लागि "सत्य कुरा त जहिले पनि त मानेकै नै छौ।" भनेर नम्र स्वरमा भनेको थियो। खोलाखेतजस्तो असल खेत डिक पाउँदा मुखियाबा किन चुक्थ्ये "यस पटक जे भयो, भयो, अव फरक नपरोस्" भन्दै मुखियाबाले भूमिपाललाई रोजा भैंसी फुकाई दिए।" मुखिया त्यति बेला खाँटी व्यवस्थावादी थिए। उनी बोले पछि अड्डाअदालत कहीँ फरक पर्ने कुरै भएन ।  त्यसो हुँदा भूमिपाललाई मुखियाबाबाट खतरा पनि कम थिएन । के गर्ने मानिस परिस्थितिको दास हो। जे परे पनि सहनै पर्‍यो। भूमिपाल मुखियाबा कहाँबाट भैंसी ल्याएर गोठमा बाँध्न बाध्य थियो। भैंसी ल्याएर गोठमा बाँध्याे। तीन भाइ छोराको भूँडी सजिलै भरिने भयो र अव गीत सुन्न पर्ने भएन। छोरा जन्मेकाे छ दिन भयो। धुमधामले छैटी मनाइयो।  दिन बित्ने क्रममा एघारौं दिन पनि बियायो। पण्डित आए न्वारान गरे। बालकको नाम कमलकान्त, अग्निधर र शान्तिनारायण राखियो। कमलकान्त सुधो बानीको थियो। अग्निधर अलि तेजिलो थियो र शान्तिनारायण शान्त स्वभावको थियो। यी तिम्ल्याहा छोराहरू दिन गन्दै अघि वढेका थिए। भूमिपाल र लक्ष्मीमाया पनि खुशी थिए।

       समयचक्रको परिक्रमामा अघि वढ्दै जाँदा गरिबीले भूमिपाललाई  निकै सतायो । भएको खेत डिकमा आम्दानीको श्रोत शून्य तर पनि भूमिपाल हरिप थिएन। ऊ कर्मको शक्त, विचारमा दृढ, नैतिकताको भकारी, अनुशासनको पूजारी, दृढताको प्रतिमूर्ती र राजनैतिक व्यवहारमा निश्चल थियो । गरिबीले जति सताए पनि उसले भावनालाई बचाएर नै राख्यो। प्रजातान्त्रिक आन्दोलनमा, सबै त्यागेर पनि ऊ सधै अग्रपङ्क्तिमा हुन्थ्यो। जन आवाज बढ्दै गयो, छयालीस साल लाग्यो । चलिरहेको व्यवस्थाको झण्डा फालियो र देशले नयाँ व्यवस्थाको झण्डा ओढ्यो। भूमिपाल र लक्ष्मीमाया साहै् खुशी भए। तीन भाइ छोरालाई स्नेहपूर्वक चुमे। ठूलो सास फेर्दै भनेका थिए "गरिबका दिन आए, कानूनी राज्यको स्थापना भयो, युवाहरूलाई रोजगारी देशमै हुने भयो, अब चाँडै नै देशबाट गरिबी हट्ने भयो," आदि आदिको आशाको पोको दुवैले बोकेर बसेका थिए। गास, वास, कपासको आपूर्तीको साथै भावी कार्यक्रमको बाटो कुरेका थिए। शुद्ध सास र स्वच्छ वातावरणको कल्पनामा डुवेका भूमिपाल र लक्ष्मीमायाले सारा आकाश नै आफ्नो सम्झेका थिए। अवत मुखियाबा को सेखी झर्‍यो होला भन्ने कल्पनामा उनीहरू डुबेका थिए। मुखियाबाको हली एकाबिहानै भूमिपाललाई बोलाउन आयो। भूमिपालको सबै आनन्द पानी पानी भयो । उसको निधार पसिनाले भरियो । उसलाई लाग्योः "मुखियाबाले निश्चय पनि उसको घरखेत राजीनामा माग्न बोलाएका हुन्"। भूमिपाल यस्तै चिन्तामा डुब्दै मुखियाबा को घरतिर लाग्यो। मुखियाबाको घर पुग्दा नपुग्दा भूमिपालले देशको पुरानो र सबै भन्दा ठूलो पार्टीको ठूलो झण्डा मुखियाबाको आगनमा फहराएको देख्यो। मुखियाबाको वैठक कोठामा नेताको फोटो फूल मालाले ढाकिएको थियो। टेवुल फूलदानीले सजिएको थियो। फूलका माला र फूलका गुच्छाले कसैको स्वागतलाई पर्खि रहेको थियो। मुखियाबा अव त खाँटी बहुदल वादी पार्टीका कट्टर कार्यकर्ता भै सकेका थिए। उनमा ठूलो परिवर्तन आएको थियो। उनी निकै प्रसन्न थिए। भूमिपाललाई देख्ने वित्तिकै "जय नेपाल" भन्दै अङ्कमाल गरे। भूमिपालले " जय नेपाल" भन्दै , ऊ ठिङ्ग उभियो। भूमिपालका चञ्चले आँखा जिम्वाल बा को आगनमा पुगे। त्यहाँ पनि त रौनक थियो। जिम्वालबाको आगनमा आगनै ढाक्ने खालको अर्को पार्टीको झण्डा फहराइ रहेको थियो। उनको वैठक कोठामा नेताको ठूलो चित्र झुण्डिएको थियो। फूलका माला र फूलका गुच्छाले त्यहाँ पनि कसैको स्वागतलाई कुरिरहेको थियो। आज जिम्वालबाको जिभ्रोको टुप्पोमा "लाल सलाम" झुण्डिएको थियो। अघि पछि बोलाउने गरेका जिम्वालबाले त भूमिपाललाई कर्के आँखाले पनि हेरेनन्। हिजोका एकै खालका बाहरूको आगोपानी बाराबार भएको छ अरे । यसै क्रममा एक घर अर्को घरसँग, एक व्यक्ति अर्को व्यक्तिसँग, अर्मपर्म, लेनदेन, विवाह, मर्दापर्दाको सहयोग आदि सबै काममा बारना चलि सकेको छ अरे । हिजोका व्यवस्थाका पूर्ण बफादार खाँटी बाहरूमा यत्रो परिवर्तन भूमिपाल अचम्ममा पर्‍यो र उसको मुखबाट निस्क्यो "बहुदल, आयो बहुदलीय आचरण आएन"। यता मुखियाबाले भूमिपाललाई भन्दै हुनुहुन्थ्यो "म तिमीहरू र जनता भन्दा कहाँ ठाढा छु र भित्र भित्रै पार्टीलाई सघाएको थिएँ। तिमीहरूलाई पुलिसबाट बचाएको थिएँ। आन्दोलनलाई पूर्णसमर्थन गरेको थिएँ। त्यसैले त आज नेताजी पार्टी अफिस खोल्न आउँदै हुनुहुन्छ। पार्टी अफिस खोल्दा तिमीलाई कसरी नबोलाउने? मुखियाबा ले प्रश्न गर्दै हुनुहुन्थ्यो।   

भूमिपाललाई धेरै बेर कुर्न परेन। मुखियाबा कहाँ र जिम्वाल बा कहाँ नेताजीहरू आए। यी बाहरूले गलाभरिको फूलको मालाले स्वागत गरे। भूमिपालले राम्ररी हेरिरहेको थियो। नेताजी सरासर सोफासेटतिर लाग्नु भयो। ऊ आडैमा थियो तर नेताजीले भूमिपाललाई चिन्न सकेनन् । चिनुन् पनि त कसरी? भूमिपाल नेताजी भन्दा वरिष्ठ कार्यकर्ता थियो। उसलाई चिन्दा आसन ग्रहण गराउनु पर्दथ्यो। पार्टीको मुख्य पदमा बस्न आग्रह गर्नु पर्दथ्यो। भूमिपालको राजनैकि सकृयता, जेलपरेको, पुसिको पिटाइ खाएको, राजकाज अपराध ऐन अन्तरगतको मुद्दा चलेको, आदि आदि नेताजीको नजर वरिपरि घुमिरहेको थियो। भूमिपाललाई चिन्नु भन्दा नचिन्नु नै वेश थियो। यो कृयाकर्म कता कता नेताजीको राजनैति दरिद्रताको उदाहरण थियो। नेताजीले भूमिपाललाई नचिने पछि मुखियाबा साह्रै रमाए। अब त भित्रभित्रै मुखियाबाले एकछत्र कार्यकारिणीको चयन गर्न थाले। नेताजीले फूलको मालालाई मुसार्दै पार्टी कार्यालयको उद्घाटन गर्नुभयो। लामो भाषण गयो। मुखियाबा निर्विरोध पार्टी सभापतीमा चयन भए। भित्र भित्रै मुखियाबाले एकछत्र कार्यकारिणीको चयन गरिसक्नु भएकोलाई नै निर्बिरोध कार्यकारिणीमा चयन गरियो। भूमिपाल र उसका प्रतिबन्धित पालाका कार्यकारिणीका सदस्य सबै बाहिरिए। भूमिपाल एउटा छेउमा बसेर कार्यक्रम हेरिरह्यो। नेताजी बिदा भए पछि भूमिपाललाई अझै अचम्म लाग्यो । उसले सोचेको भन्दा फरक र यति चाँडै ठूलो परिवर्तन आएको थियो

शनैः शनैः राष्ट्रिय चुनावको मिति घोषणा भयो। पार्टीहरूले आआफ्ना उमेदवारहरू खडा गरे। नेताजीले नै उमेदवारी पाउनु भयो । अव त भूमिपालको शक्त महसुस गरियो। मुखियाबा र जिम्वालबाका पार्टीको शक्त प्रतिस्पर्धा थियो । जनताले भूमिपाल र लक्ष्मीमायालाई खोजेका थिए। त्यसो हुँदा, भूमिपाल र लक्ष्मीमायाको सक्रियता नभए नेताजीको हार हुने निश्चित थियो । भूमिपाल र लक्ष्मीमायाको सक्रिय आत्मा मरिसकेको थियो तर पनि पार्टीप्रतिको लगावले गर्दा मनलागि नलागि चुनावको प्रचार प्रसारमा जुटे। आफ्नो मताधिकारको प्रयोग गरे। नेताजीले विजयको माला पहिरनु भयो। विजय जुलुस भयो। मुखियाबाको भुरि भुरि प्रशंसा भयो तर दुःख पाएका कार्यकताको नाम पनि आएन। भूमिपालले यो सोचिसकेको थियो। ऊ विजय भाषण हुँदा नहुँदा आफनो घरतिर लागि सकेको थियो । सिद्धान्तमा ऊ प्रतिवद्ध थियो। गलत मानिसलाई नेता चयन गरिएको महसुस उसलाई  भयो तर के गर्ने कसलाई के भन्ने ऊ मुटु छामी छामी बस्यो। दिन  यस्तै कर्ममा गुज्रँदै थियो। कहिलेकहीँ कसैै कसैले भूमिपाललाई "जय नेपाल" भन्दथे। "जय नेपाल

March 21, 2012

पत्र–सञ्चयन एक अध्ययन, एक पत्र

आदरणीय वरिष्ठ वाङमयसेवी निराकारज्यू

सादर नमस्कार

सर्बप्रथम यहाँलाई पत्र–सञ्चयन किताप सादर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहान्छु । पत्र–सञ्चयलाई गहन अध्ययन गर्न नसके पनि सरसर्ती अध्ययन गरें । कितापको अध्ययनले मेरो साहित्यिक बुझाइलाई गहिरो प्रभाव पारो । तर बसिसकेको बानीलाई केही हदसम्म परिवर्ततन गर्न खोजे पनि ठूलो परिवर्तन भने अवस्य सम्भव छैन । म आप्mनो अवधारणामा धेरै अघि बढी सकेको छु र उन्नाईसवटा पुस्तकहरु प्रकाशनमा आई सकेका छन् । तर पनि मलाई, बिभिन्न साहित्यकारहरुले यहाँलाई दिएको सुझावले गर्दा, साहित्य लेखनमा विविध विधाका नीति नियमहरुलाई अनुसरण्न गर्नु पर्दछ भन्ने बोध गरायो र त्यसतर्फ लाग्न बाध्यतुल्याएको छ ।म कतातिर लाग्छु भविष्यले नै देखाउला ।

वनमाली सर यहाँमा भारतको कानपुर निवासी एउटा रेक्साचालक जसले ख्यातीप्रप्त कलाकारहरको हस्ताक्षर सङ्कलनमा लगाएको रुचि र परिश्रमको साथै हिन्दीको प्रसिद्ध मासिक पत्रिका "ज्ञानोदय" (नवम्बर–डिसम्बर १९६३)मा प्रकाशान पत्रले यहाँमा पलाएको हस्ताक्षर सङ्कलन अवधारणाले नेपाली साहित्यमा एउटा नयाँ अध्याएको थालनी भएको र यसले ऐतिहाँसिक दस्तावेजको रुपमा पहिलो स्थानलिन सफलहुनु भएकोमा पुन यहाँलाई धन्यवाद दिन सबैलाई करै लाग्दछ ।

पत्र–सञ्चयनमा ७० जना स्रष्टाहरुको साथै यहाँकै अभिव्याक्ति "एउटा पत्र पाठकका नाममा र "यो भूमिका हैन है वनमालीसर" (पत्रकै रुपमा लेखिएकोले) भन्दै लक्ष्मण प्रसाद गौतम द्वारा लेखिएको भूमिका सहित ७२ थान पत्रहरुको सङ्गालो अध्ययन गर्ने मौका मिल्यो । यी ७२ थान पत्रहरु नेपाली साहित्यको विविध विधाको लागि अति महÏवपूर्ण र बहुआयामिक रुपमा परिभाषित गरिएका दस्तावेज हुन् भन्ने मैले महसुस गरें । लक्ष्मण प्रसाद गौतमले यी पत्रहरुको राम्रोरुपमा चिरफार गर्नु भएको छ र उहाँले यी पत्रहरुका बारेमा लेख्नु हुन्छ –" यिनको साहित्यिक र ऐतिहासिक दुबै मूल्य विशिष्ट छ ।" उहाँले पुन लेख्नुहुन्छ –"स्रष्टाहरुका हिजोका मान्यता, विचार दृष्टिकोणसँग उनका आजका मान्यता विचार र दृष्टिकोणहरुको तुलना गर्न समिन्छ । " पाठकका नाममा लेखिएको पत्रको अध्ययनले यहाँले यो पत्र–ञ्चयनको लागि धेरै कठीनाइ भोग्न परेको यथार्थता ऐना हेरेसरि प्रष्टिएको छ । चाहना बमोजिमका पत्रहरु सङ्कलन हुन सकेनन् । तपाइँको आप्mनै अभिव्याक्तिमा भन्नुभएको छ –" ............ यसरी जति जम्मा हुन सके तिनै पत्रहरुलाई संयोजन गरी तपार्इँ पाठकहरुको जिम्मा प्रस्तुत गरिरहेको छु ।"

यी पत्रहरुलाई लक्ष्मण प्रसाद गौतमले साहित्यकारहरुका आ–आप्mना लेखन विधासँग केन्द्रित पत्रहरुलाई बर्गीकरण र पत्रमा अभिव्यक्त मुख्य धारणालाई प्रस्तुत गर्नु भएकोले किताप अध्ययनको लागि पाठकलाई सजिलो हुन पुगेको महसुस भएको छ । लक्ष्मण प्रसाद गौतमले विधागतरुपमा यी पत्रहरुलाई १३ भागमा बर्गिकरण गर्नु भएको छ । यो बर्गीकरण कुरोको चुरोको आधारमा गर्नु भएको गौतमजी बताउनु हुन्छ र मैले पनि अध्ययनगर्दा सहमत हुन पुग्दछु ।

वनमाली सर अव म पत्रहरुको विधागत अवधारणामा प्रवेशगर्न चाहान्छु। साहित्य ÷ कथा ÷ कविता ÷ समालोचना ÷कला र साहित्य÷ साहित्यमा आधुनिकता÷ हास्यव्यङ्ग्य÷ नाटक÷ निबन्ध÷ उपन्यास÷ लोक साहित्य संस्कृत साहित्य के हो ? कस्तो हुनुपर्दछ ? समकालिन कथा आधुनिक कथा आदि विविध पक्षमा यहाँले राख्नु भएको जिज्ञाशामा सबै पक्ष्यमा जवाफ प्राप्त हुन सकेको छैन तापनि कथा विधामा सबै भन्दा बढ्ता २५ जना स्रष्टाले आफ्नो धारण राखेका रहे छन् । अब कथाहरुको बारेमा स्रष्टाहरुले दिएका अभिव्याक्तिबाटै सुरुगरौं । परशु प्रधानको कथन छ –"आजका कथामा लेखकिय इमान्दारीको खाँचो छ । " हरीस वमजन भन्नु हुन्छ –"आजका कथाकारहरुले मान्छेका भित्रीबिरोध संवेदनाहरु, अन्तरद्वन्दहरु मर्म तथा पिडाहरु, उसभित्रका त्रास र भयहरुमा .......अभिव्याक्ति दिई रहेका हुन्छन् ।" कपुर ज्ञावली युगको जटिल समस्यालाई अँगाल्ने र अनुसन्धान गर्ने भन्नु हुन्छ । पोषण पाण्डे "कथा समयको एउटा तीब्र क्षण हो " भन्नु हुन्छ । कवीन्द्रमान सिंह "आजको कथा उहिलेझै सामुहिक होइन वैयक्तिक, बस्तुतान्त्रिक, वैज्ञानिक, मानविक, आदि हुनुमानै विशेषता राख्दछ" भन्नुहुन्छ । ऋषिकेशब रेग्मी भन्नु हुन्छ –" आधुनिक कथामा व्याक्त गरिएका जिउँदा मर्महरु युग सापेक्षित हुन्छन् ।" देवकुमारी थापा भन्नु हुन्छ–"कथा अरुकला जस्तै हृदयको अनुभूति हो । ग्रावियललेख्नु हुन्छ–" प्रवासका अधिकांश कथाकारहरु आज पनि घटना, कल्पना,र संवेगलाई विशेष महत्व दिएर कथा लेख्दै छन् ।" हरि अधिकारीको अभिव्याक्ति– "नेपाली कथा साहित्य अहिले पतनोन्मुख छ।" समग्रमा उहाँको धारणा कथाले जीवनको यथार्थ लेख्नु पर्दछ भन्ने पाइन्छ। रमेश श्रेष्ठको धारणामा –" ........कथाको रुप ( अर्थात साहित्यको हरेक विधाको ) फेरिदै जान्छ । " शैलेन्द्र साकारको धारणामा " कथा एउटा खुट्टा हो जसलाई विभिन्न रङ्गका जुत्ताभित्रराख्न सकिन्छ" । जगदिस घिमिरेको धारणामा "सर्जकले, लेखकले जेलाई कथा मान्दछ ,त्यो कथा हो ।" देवेन्द्रप्रताप शाहा लेख्नुहुन्छ –"बाँचिरहने व्याक्तिका कथा मेरा कथाहुन् ।" ध्रुव सापको्टाको धारणामा –"कथा अभिव्याक्ति हो नितान्त वैयक्तित।" किसोर नेपालको लेखाइमा– "कथा के हो मलाई थाहा छैन।" रमेश विकल भन्नु हुन्छ –"कथा कथा हो, एउटा जीवन हो।" " कृष्णवम मल्ललेख्नु हुन्छ "कथा लेख्दा सत्य र असत्य सामाजिक मान्यता र कल्याण पट्टी पनि मेरो ध्यान रहन्छ । रामलाल अधिकारीको धारणामा "कथा यस्तै हुनुपर्द छ भन्ने छैन । अशेष मल्लको धारणामा "हरेक युगमा साहित्यले आप्mनो बाटो आफै बनाउँदै ल्याएको हुन्छ ।" अविरल स्थापित लेख्नु हुन्छ –"म जे लेख्छु त्यो मेरो जीवनले, मेरो मानवीय सम्बन्धको लक्ष्मण रेखाले छोएको हुन्छ । किशोर पहाडी लेख्नु हुन्छ –" म केवल आप्mनो आनन्दको निम्ति कथा लेख्ने गर्दछु । .... कथा कथा हुनु पर्दछ । "सनत रेग्मीको धारणमा–" प्रजातन्त्रपछि यसमा आएका विकृति र त्यसले जन्माएको विसंगति र संकटले पनि अवको कथामा स्थान पाउनु पर्छ ।" मनु ब्राजाकी को धारणमा –"सम सामायिक नेपाली कथा लेखन निराश जनक छैन । " माया ठकुरीको धारणमा–" मानिसको जीवनमा भोगिएका र उसको अन्तस्करणमा सँगालिएका तीता मीठा अनुभवहरुको अभिव्यक्ति नै कथा हो । डा. ईश्वर बराल को अवधारणमा –"अनेक निष्प्रयोजन विजातीय पैठारीले नेपाली भाषाको गहना मासिने क्रम थालिएको मात्र होइन बिरुप वर्चस्वहीन देखिन थालेको छ ।"

समग्र साहित्यतर्फ स्रष्टा धारणा

साहित्य एकिकृत रुप हो र यस भित्र विविध विधाहरु छन् । समग्र साहित्यतर्फ नौ जना स्रष्टाहरुले आप्mनो अभिव्याक्ति अघि सारेका छन् । "बूँद रानाको धारणामा – "हाल हाम्रो साहित्ययुवा उग्र बिचार र प्रौढ अथवा बृद्धा आप्mनै किसिमका बिचारहरुका बीच बाँची नै रहेको छ । " भीमनिधि तिवारीको धारणामा –" आप्mनो जन्म थलो अति छ भलो स्वर्गीय प्रसाद हो । मोदनाथ प्रश्रितको धारणा तपसिल बमोजीमका दुई पंक्ती कविता हेर्न सक्दछौं

"छेक्ने सद्भावको पत्र, जहरिलो कालीमा उघ्रने छ

बालेछौ सूर्य नौलो, मनुज–हृदयको कोपिला फक्रने छ ।"

जीवराज आश्रित को धारणामा –"नेपाली साहित्यतिरको विकास अठारौं शताब्दीतिरैबाट हुन थालेको हो ।" विजय वजिमय को धारणामा "रचनालाई छोटो र आकर्षण शैलीमा अभिव्यक्त गर्नु पर्दछ ।" मदनमणि दीक्षितको धारणमा–"साहित्य गतिमान सिर्जनाशील हो ।" डा. ध्रुवचन्द्र गौतमको धारणामा – "नेपाली साहित्य अहिले त्यति ह्रासोन्मुख छैन जति भनिन्छ ।" सरुभक्तको धारणमा –"म साहित्यलाई मानवीय अहंकारको अभि व्याक्ति ठान्ने गर्दछु ।..........यात्रामा शून्यवादी दार्शनिक सोचहरु पनि हुर्कदै गए ।"

शरद क्षेत्रीको धारणामा –"नेपाल भित्र र नेपाल बाहिरको नेपाली साहित्यमा अभिव्याक्तिमा कतिपय भिन्नता पर्नु स्वभाविक हो ।" अत साहित्य के हो त भन्दा मेरो धारणामा साहित्य समाजको दर्पण हो । कस्तो हुनु पर्दछ भन्दा मेरो धारणामा समाज भित्रका यथार्थता सबै ऐना हेर्दा देएिसरि देखिन सक्नु पर्दछ र समाजलाई यसले सहीमार्गमा लैजान सक्नु पर्दछ ।

कविता तर्फ स्रष्टा अवधारणा

नेपाली साहित्यमा अधिक रुपमा लेखिने विधा हो । कविता तर्फ ९ जना स्रष्टाहरुले आप्mनो अवधारणा प्रस्तुत गरेको देखिन्छ । यी स्रष्टाहरुमा कुलमणी देवकोटा को धारणामा –" कविताको जन्म सीमित शब्दबाट हुँदैन ।" हरिभक्त कटुवालको धारणामा "स्वभावले नै मानिसलाई भोक लाग्छ र त्यो भोक केवल पौष्टिक आहाराको मात्र नभइ आध्यात्मिक ज्ञानको पनि हुन्छ ।" माधव प्रसाद देवकोटाको धारणामा –" साहित्यमा पनि अभिनव अनुभूति र नवनवरुपशिल्प आउनु मजै लाग्ेन कुरा हो ।" जगत बहादुर जोशीको कविता प्रतिको धारणा–"कुनै कविता प्रधान हुन्छन् भने कुनै भाव वा सङ्गीत प्रधान हुन्छन् । ...........त्यो जीवन दर्शन शून्य हुँदैन । सिद्धिचरण श्रेष्ठको् धारणामा –"आपूmले चाहेजस्तो जनताको सच्चाबोल अभिव्यक्त गरी नसकेको.......।" विश्ववि मोहन श्रेष्ठको धारणामा "सुते्कालाई ब्यूँझानु व्यूझेकालाई अघिबढाउनु र राष्ट्रलाई माथी उठाउनु यही नै आजको संभवत कविताको आवाज पनि हो ।" महेश प्रसाईको धारणामा – "......समाजमा विकृति फैल्याउने रचना होइन जीवन्त पक्षको वहादुरी इन्कलाव हुनु पर्छ । " माधव प्रसाद घिमिरेको धारणामा –"लय, सौन्दर्य र रसको संमिश्रण नै कविता हो ।" दिनेश अधिकारीको धारणमा –"विषय बस्तुलाई चौबाटोमा लगेर छोडिदिँदा पनि कविता कवितानै हुन्छ ।" मे्रो धारणामा कविता पनि साहित्यै भित्रको एउटा विधा भएकोल यो पनि समाजकै ऐना हो । यो स्वत स्फुरणमा लेखिने कला हो ।

कला र साहित्य तर्फ स्रष्टा अवधारणा

केवल दुई जना स्रष्टाहरुको अवधारणामात्र समावेस हुृन सकेका छन् । चित्र शब्दविनाको कविता हो भन्न सकिन्छ भने चित्र नै कविताको रुपमा प्रस्तुत हुन्छ । यसमा लैनसिंह वाङ्लदेलको अभिव्याक्ति–"........ साहित्यमा पाउन नसकेको आनन्द म चित्रकलामा पाउँदछु र चित्रकलामा पाउन नसकेको रस म साहित्यमा पाउँदछु ।" यसरी नै उत्तम नेपालीको धारणामा–" साहित्य र कलामा भेद भए पनि अन्तर भेद पटक्कै छैन ।"

नाटक केन्द्रित पत्रहरु केवल बालकृष्ण समको मात्र रहेको र चरण बिभाजनमा सन्तुष्ट नरहेको अभिव्याक्ति दिनु भएको छ । साहित्यमा चरण बिभाजन त हुनु पर्दछ तर वैज्ञानिक रुपमा हुनु पर्ने धारण उहाँको अभिव्याक्ति हो ।

हास्यव्यङ्ग्यमा स्रष्टा अवधारणा

चार जना स्रष्टाहरुले आप्mनो अवधारणा प्रस्तुत गरेका छन् । यसमा भैरव अर्यालको धारणामा–"हास्यव्यङ्ग्यले अलिकति भित्री ओठ मुस्कुराइदिए हुन्छ । पेटको लाम्टा दुख्ने गरी हाँस्नु पर्दैन ।" रामकुमार पाण्डेको धारणमा–" गहकिलो हास्यव्यङ्ग्यले वातावरण चहकिलो बनाउँछ ।"

विष्णु नवीनको धारणामा –"हास्यव्यङ्ग फाटमा चित्तबुभ्mदो बिकास भएको छ।" केशवराज पिंडालीको धारणामा –"............. हास्यव्यङ्ग्य साहित्यले विकास गर्दै छैन ............." र चोलेश्वर शर्माको धाराणामा – "हास्य र व्यङ्ग दुई अलग साहित्यिक प्रभाहुन्"

साहित्यको आधुनिकतामा स्रष्टा अवधारणा

यसमा पाँचजना स्रष्टाहरुले आप्mनो अवधारणा प्रस्तुत गरेकाछन्। महानन्द सापकोटाको कथन –"दर्शनमा भित्री आनन्द छ । फेशनमा बाहिरी ।" पारिजातको अभिव्यक्ति–"युगले आधुनिकतालाई जन्माउँछ ।" मोहन कोइराला भन्नु हुन्छ –"युगवोध नै आधुनिक कविता भन्नु पर्दछ ।" ईश्वर बल्लभको अभिव्याक्तिमा –"आधुनिकता निर्वाधमा होइन वोधमा निर्भर छ, पलायनमा होइन संलग्नतामा छ ।" किशोर नेपाल लेख्नु हुन्छ– "फेशन ,रक्सी, भ्रष्टचार, टोयटा मोटर सिनेमालाइ म कसरी आधुनिक मानु।" आधुनिकता भन्दा समाजमा आउने सकारात्मक परिवर्तनलाई आत्मसात गर्दै राष्ट्रलाई माथी उठाउने हो । नकारात्मक प्रभावलाई अँगाल्ने आधुनिकताले समाजलाई नै विकृतिमा लान्छ । यस्तो आधुनिकतालाई तिरस्कार हुनुपर्दछ ।

समालोचनातर्फ स्रष्टा अवधारणा

यदुनाथ खनालको अभिव्याक्ति –"साहित्यमा समालोचनाको विशिष्ट महÏव छ ।" चूडानाथ भट्टरायको अभिव्याक्ति –समालोचनाको सिद्धान्त विशद छ । कृष्णचन्द्रसिंह प्रधान कृतिको निष्पक्ष निरिक्षण, विवेचना, र जाँचबुझ गरीत्रुटी रहित र श्रेष्ठ रचना गर्ने तर्फ उत्साहित लगर्ने समालोचनाको आवश्यक्ता छ ।" डा. वासुदेव त्रिपाठीले लेख्नु हुन्छ–" वस्तुता र मूल्यको निरुपण नै समालोचना हो । वामदेव पहाडी को धारणमा –"नेपाली समालोचना उपयुक्त सान्दर्भित तथ्य र सिधान्तको अन्वेषण हुनु पर्दछ ।" रत्नध्वज जोशी को अवधारणामा –" समालोचनामा उत्कृष्ट कृतिले स्थान पाउनु पर्दछ ।"

लोक साहित्यमा धर्मराज थापाको केवल एक पत्ररहेको उहाँको अवधारणामा – "लोक साहित्यको स्थान नेपाली साहित्यमा सर्बोपरि रहेको छ" र संस्कृति साहित्यमा डा. टिकाराम पन्थीको अवधारण रहेको र नेपाली साहित्यमा संस्कृत साहित्यले ठूलो प्रभाव पारेको धारणा राख्नुभएको छ । निबन्धतर्फ स्रष्टा अवधारणा

केवल दुईजना स्रष्टाले आप्mनो अवधारण राखेको पाइन्छ। यसमा कृष्ण धरावासीको धारणमा निबन्ध –" पढ्दा सुन्दा झर्को लाग्ने भएता पनि प्राज्ञिक महÏव कविताको भन्दा निबन्धकै ठूलो छ । श्यामप्रसाद शर्माको धारणमा–"नेपाली साहित्यको बर्तमान स्थिति सामान्य नै लाग्ने गरेको छ ।"

केदारमान व्याथितले वनमाली सरलाई –"तपार्इँ सौन्दर्यनिष्ठ हुनु हुँदोरहेछ ।" भन्नु भएको छ भने कमल दीक्षितले आँफु भाषा प्रेमी भएको अभिव्याक्ति दिनु को साथै "स्रष्टा र साहित्य" भन्ने किताब पढ्ने सुझाव दिएको पाइन्छ ।

वपनमाली सर चिठी लेख्ने रहर त गरें तर ढङ्ग पु¥याउन सकिन जस्तो छ। जेहोस् मलाई "पत्र–सञ्चयन" एउटा अमूल्य रत्न हो, यो रत्नको शन्देश सबै साहित्य अनुरागी मित्रहरुसँग पुगोस् भन्ने धारण राखेर यो पत्र लेख्ने कोशिस गरेको मात्र हो । यो ज्ञानको भण्डारको यथार्थता प्रष्ट्याउन यो एउटा सानो पत्रद्वार सम्भव छैन ।


'ममताको आँचल' नियाल्दा

सुमित्रा पौडेल (वास्तोला) इजरायल हुनुहुन्छकी भरतपुर नगर पालिका–५ चितवन नेपाल , त्यो मलाई थाहा भएन तर उहाँको ममताको आँचल गीति कवितासङ्ग्रह भने मैले पढीरहेको छु। यो किताप मौका भनौ या संयोग भनौं म कताकता साहित्यकार पुस्प अधिकारी 'अञ्जलि'को घरमा पुगेको थियो। उहाँले सरलाई यो किताप उपहारस्वरूप भन्दै यो कृतिका प्रकाशक रामजीप्रसाद पौडेल ज्यूबाटप्राप्त भएको पनि विदित गाराउन चाहान्छु। यस कितापको बाहिरी आवरणको पछिल्लो पन्नालाई अध्ययन गर्दा उहाँ स्वास्थ सेवा, समाज सेवा, प्रशिक्षण, महिला तथा मानवअधिकार, महिला उद्यमीविकास र महिला सहकारी अभियानको कार्यकारिणी आदिमा अनुभवी भएको जानकारी हुन्छ। विश्वशान्ति महिला संघ र साहित्य संञ्जाल नेपालको आजीवन सदस्य र आनेसास इजरायल च्याप्टरको कार्यकारी सदस्य पनि हुनुहुन्छ। वैदेशिक भूमिमा रहेर पनि उहाँले साहित्यिक क्षेत्रमा आफूलाई समर्पित गरेर पुर्यािएको योगदानलाई धन्यवाद दिनै पर्दछ।
कृति प्रकाशन
हालसम्म उनका कृतिहरू अध्यात्मिक ,िचन्तनका प्रथम पाइला (छन्दोबद्ध कविता २०६२), इजरायली भूमिमा नेपाली कलमहरू (संयुक्तसङ्ग्रह, २०६८) र ममताको आँचल (गीति कवितासङ्ग्रह, २०६८) बजारमा आइसकेका छन् भने विभिन्न विधामा उहाँका कलमले बिश्राम पाएको छैन।
पुरस्कार तथा सम्मान
उहाँ उत्कृष्ट महिला उद्यमी पुरस्कार २०५८बाट सम्मानित भैसक्नु भएको छ।सुन्दछु धेरै पुरस्कार प्राप्त गर्नु भएको अरे तर आधिकारिकरूपमा जानकारी प्राप्त गर्न सकेको छैन , त्यसो हुँदा यहाँ प्रस्तुत गर्न पनि सकिन।
कृतिको संरचना
'ममताको आँचल'को निमार्ण ममता र आँचल दुई शब्दको संयोजनबाट भएको छ। नेपाली बृहत शब्दकोशमा ममता भन्ने शब्दको अर्थ खोज्यो भने मम मेरो भन्ने भाव, विशेषता वा समझ, स्नेह, अनुराग, माया, मनमा हुने कुनै प्रकारको मोह वा लोभ, म ठूलो हूँ भन्ने अभिमान, घमNड भन्ने अर्थ्याएको पाइन्छ, यसरी नै आँचलको अर्थ सारी, दोपट्टा, छेउको भाग, सप्को, पछयौरा, विवाहमा लग्ने गाँठो पार्ने कपडा भनेर लेखेको पाइन्छ। साधारणतय आँफूआफूले बुझ्ने क्रममा कवियित्रीले जुनभावमा कविताको नामाकरण गरे पनि मेरो बुझाईमा र कविताको अध्यन गर्दा कविताले पोखेका भावलाई केलाउँदा उनले रचेका कविताले देशप्रतिको माया ममताले विशाल क्षेत्र ओगटेको छ त्यसो हुँदा मैले यसको अर्थ मायाको सप्को या मायाको लग्ने गाँठो भन्ने लगाएँ। यस कविता सङ्ग्रहमा ४५वटा गीतिकविता समायोजन गरिएका छन्। प्रकाशक रामजीप्रसाद पौडेल हुनुहुन्छ। किताप वि.सं. २०६८ कार्र्तिक १ गतेमा प्रकाशन भएको र मूल्य दक्षिण पूर्ब एसियामा ने.रु.१२५/– युएस् डलर १५, सेकेल २५ राखिएको छ। समर्पण पनि गद्यकविताबाटै रचिएको छ। कवियित्रीले 'स्मृतिमा' शीर्षक दिएर विद्वान आचार्य गुरुवर स्वामी श्री जगन्नाथ शर्मा कँडेल र हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश श्री १०८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको स्मरण गर्नु भएको छ र “अध्यात्मिक चिन्तनको प्रथम पाइला” मा जगन्नाथद्वारा लिखित दुई पंक्ति पनि यसमा समावेश गर्नु भएको छ –
सुमत्रिा झै सुमित्रा हुन,सुमित्रा पुत्र ल73मण!
बनुन् गर्दछु यो भक्ति श्रीरामा प्रभुमा मन!!
प्रकाशकीयमा रामजीप्रसाद पौडेल लेख्नु हुन्छ –'उनीले भन्ने गर्थिन संघर्ष नै जिउनको सार्थकता र सफलता हो।' हुन पनि मैले अध्ययन गर्दा उनका कवितामा संघर्ष शब्द व्यापकरूपमा प्रयोग गरेको पाइन्छ जस्तै–
असल गर्दा परेनी विध्न लडेर मर्ने छु
संघर्षित जीवन उत्रेको भाव यात्राले भर्ने छु
(पृष्ठ ८८ ,जीवनको यात्रा)
दुख र सुख अमूल्य पथ जीवन ज्योति हो
संघर्ष गरी खुसीले बाँच्नु त्यही नै जाती हो
(पृष्ठ ३९, समर्पण)
ममताको आँचल नियाल्दा शीर्षक दिएर डा. बमबहादुर थापा जितालीले राम्रो विवेचना सहितको भूमिका लेख्नु भएको छ उहाँले लेख्नु भएको भूमिकाको उपशीर्षक परिचयका केही शब्द हेर्यौंय–“कवियित्री सुमित्रा पौडेलको वास्तविक परिचय लोकछान्दिक, शिल्पसाधना, समसामयिक भावधार, स्वच्छन्दवादी भाववाहमा विदेशिन बाध्य नारीको मनोदशा झल्किएको पाइन्छ भने यही ममताको आँचल भित्र उनको सासामयिक काव्य चेतना मूल्य र मान्यताका विशेषता पाइन्छन्।”ममताकी खानी सुमित्रा शीर्षक दिएर अनेसास च्याप्टरका अध्यक्ष कथाकार साहित्यकार कृष्णपक्ष थापालेख्नु हुन्छ –
'बादल उठी आकाश ढाक्यो मेघ पनि गर्जियो।
थिएन ओत ढाकियो देश असिना बर्षियो ।।
सुन्दर अभिव्यक्ति सहित प्रेम, सौन्दर्य, मातृत्व वियोग, विवशता, राष्ट्रप्रेम विद्रोह जस्ता सबै खाले विषयहरू समेटिएका छन्।' हरि मानन्धर विवश सचिव अनेशानn] लेख्नु हुन्छ –'हजार सलाम छ एउटी नेपाली नारी जो इजरायलमा बसेर परिवारको लालनपोषणसँगै नेपाली साहित्यलाई उजागर गर्नु भएको छ।' 'शुभ कामनाको' शीर्षकमा साहित्यकार दिप्स शाहले लेख्नु हुन्छ–'विशेष दिदीको लेखाईमा सार भनेको आध्यात्मिक चिन्तन र देश प्रेम नै भेटेको छु मैले।' 'मेरो अन्दाजको सार्थकता' शीर्षक दिएर इराकबाट देवबहादुर थापा लेख्नु हुन्छ –'परदेशी जीवनमा व्यस्तताको वावजुद पनि एक्लोपनमा अधैर्य मनबाट उब्जिएका अनगिन्ती भावना र अनुभूतिहरूको सँगालो हो ममताको आँचल।' 'संघर्षको अर्को नाम सुमित्रा' शीर्षक दिएर यु. एन. मिसन, लिवियाबाट केशव बाँसतोला लेख्नु हुन्छ – 'उनको यो दोस्रो कृतिको रूपमा रहेको ममताको आँचल उनको साहित्यप्रतिको अनुराग र निरन्तर लगावको एउटा प्रकाश हो। 'ममतामयीको ममतामा रमाउँदा' शीर्षक दिएर भगवती वस्नेतले लेख्नु हुन्छ –'आमा मानव जीवनकी स्रष्टा हुन्, आमा धर्ती हुन्, जसले निजलाई आफ्नो गर्भमा राखेर जीवन अंकुराउँछिन्, दया करुणा र वात्सल्य आमाका स्वभावगत गहना हुन्। यिनै गहनाले सुसज्जित सुमित्रा दिदी.......एक सकृय लेखिका हुनुहुन्छ।'
आफ्नै मनको कुनाबाट शीर्षक दिएर स्वयम् कवियित्री लेख्नु हुन्छ –'जीवनलाई अहिलेसम्म हेर्न नसकेको कोणबाट मज्जाले हेर्दै छु यतिखेर।' सुमित्राजीले मुनामदनबाट प्रभावित भएर साहित्यिक पथमा लम्केको भावना प्रकट गर्नु हुन्छ र साहित्य अनुरागी भने सानैबाट भएको अनुभूति हुन्छ उनमा । यसकृतिमा ३८पृष्ठको स्थान भूमिका शुभकामना र आफ्नै मनको कुराबाट भरिएका छन्। गहन अध्ययनमा जाँदा उनको बारेमा लेखिएका बाक्यहरूलाई विश्लेषण गर्योट भने पनि एउटा किताप नै तयार हुन सक्छ।
कवितासङ्ग्रहको विवेचना
माथी भनि सकिएको छ कि यस सङ्ग्रहमा ४६वटा कविताहरू समायोजन गरिएका छन्। कविता एकसे एक भावना संवेदना र राष्ट्रिय चिन्तले भरिएका छन्। यी सबैको प्रस्तृत चित्रण कविताहरू लोकलयमा रचिएका छन्। गीति कविता भएकोले सबै गाउन सकिने छन्। कविता विविधताले भरिएका छन्। सबै कविताका शीर्षकहरू अभिधात्मक, विचारको संकेत उद्घाटक र परिसूचक, कवितामा राष्ट्रप्रतिको दृष्टिकोण प्रवल, विदेशको पीडाले छटपटी, देशप्रतिको मायाप्रेम, छोराछोरी र परिवारतिरको चिन्ता, देशले भोग्न परेको द्वन्द्व,आदि विषयलाई समेटेर, विविध भावनाहरूलाई सलल बग्नेगरी रचिएका छन् कविताहरू। साहित्यमा प्राकृतिक छटाको बर्णन पनि कम छैन जस्तै–
एकान्त वनमा फुलेर फूल सिंगार्छु समाज
पोषिलो बन्यो खसेको आँसु काँडाको यो माझ
पृष्ठ ४२
हुनत इजरायल एकान्त वन हैन, विकसित देश हो तर कवियित्रीको मनमा परदेशमा बसेर,तथा फुलेर पनि नेपालको समाजलाई सिङ्गारने धारणा राख्नुहुन्छ। मातृत्वको सम्झनाले पोखेका अभिव्यक्तिले उनको कृतिको उच्चाइ राम्रैसँग उठाएको छ। विदेशी भूमिमा बसेर भोग्न परेका पीडालाई केलाउँदा अति मार्मिकरूपमा हामीले मनन गर्न सक्छौ। विदेशीनु वाध्यता हो, विवशिता हो, घर फर्कर्ने असीम धारणा छ तर केगर्नु गरिबीको भेल यति भयानक छ त्यो भेल तर्न सकिदैन, यदि तर्न सफल भए पनि गास बास कपासको कुनै आधार छैन b]zdf । जसको कारणले भित्र बलेको आगाको ज्वालालाई वन डढेको सबैले देख्छन् भने मन डढेको कसैले देख्दैनन् भन्ने उखानलाई चरितार्थ पारेको छ। मनको वह कतै न कह भने जस्तै यहाँ पोखिएका शब्द यति मार्मिक छन् त्यसलाई कमलो मनवाला व्यक्तिले पोख्न सक्दैन कवियित्रीका मार्मिक अभिव्याक्तिलाई कवियित्रीले यसरी पोखेकी छन् –
फर्कन्थे घर बढ्दै छ भेल कसरी तरु म
आधार छैन गास र बासको के वयान गरुँ म
बल्दैछ भित्र आगाको ज्वाला देखाउँ कसरी
छैटौं र दिन यै लेख्यो भाग्य मेटाउँ कसरी
पृष्ठ ४४
माथीका पंक्तिहरूलाई केलाउँदा कवियित्री कर्मवादीमात्र नभएर भाग्यवादी पनि देखिएकी छन् तर भाग्य छ भनेर डोकामा दूध दुहेर कहाँ अडिन्छ र। कर्मगर्दामात्र भाग्यले साथदिन्छ। आमा र छोरी बीचको सँवादमा कवियित्रीले मार्मिक व्यथालाई समायोजन गर्नु भएको छ। उहाँका प्रस्तुति आत्मपरक शैलीमा प्रस्तुत भएको पाइन्छ। छोरीको विलापलाई आत्मसाथ गर्दै आमा विदेशीन बाध्य भएको छोराछोरी को भविष्य सुधार्न नै भन्ने कवियित्रीको धारणा यसरी प्रस्तुत भएको छ –
हे प्यारी छोरी नभन त्यसो निष्ठुरी छैन मन
भविष्य तिम्रै सोचेर आएँ सुखलाई हैन धन

विषयबस्तु तथा भाव विधान : –
बास्तवमा कुनै कुरा सुन्नमा आयो भने जानकारी हुन्छ। त्यो बस्तुलाई देख्न पाइयो भने विश्वास गरिन्छ र प्रयोगमा ल्याइयो भने व्यवहारमा उतार्न सकिन्छ। सुमित्राजीका कवितालाई मनन् चिन्तन् गर्दा व्यवहारिक छन् भोग्य छन् समाजपरक छन्। उनका कवितामा प्रबृतिलाई समाएर, प्रकृतिमा सजाएर, संस्कृतिलाई भावनामा बगाएर, राष्ट्र, राष्ट्रियभावनालाई फुराएर, राष्ट्रिय अखणडतालाई ध्यान दिएर, मानव स्वाधिनतालाई सुदृढ पार्ने धारणा राखेर बर्तमान आर्थिक, राजनीतिक र सामाजिक यथार्थतालाई केलाएर विकृति विसङ्गति, अन्याय अत्याचार दुराचार, भ्रष्टचार र द्वन्द्वलाई समेटेर आफ्नो आवाज बुलन्द पारिएका छन्।
कवियित्रीको राष्ट्रवादी चिन्तनका केही उदाहरण हरूः–
विश्वको सामु त्यो सगरमाथा हसाउँ विहानै
बुद्धको देश एकादेश कतै नबनोस् विरानै
लाग्दैन विरानो, पृष्ठ १०३
पुर्खाकोे त्योे इतिहास जोेगाउनुपर्छ
संसारको सामु त्यसले हाम्रो गौरव बढ्छ
मेरो देश, पृष्ठ १११
मुटुमा छ नि देशकोे माया कहिल्यै मर्दैन
प्यारा मारेर मर्दैन
श्रीमती, मायाले भन्छिन् पृष्ठ १२६,
कवियित्रीको प्रेमप्रणयका चिन्तनका केही उदाहरण : –
श्रृङ्गाररसेकोे महत्व गहन हुन्छ। श्रृङ्गार विनाकोर् साहित्य खल्लो लाग्दछ। सुमित्राजीको कवितामा पनि प्रेमप्रणयका कुृराहरू पाइन्छन् तर उच्छृङ्खल नभएर सुललित, मर्यादित खाले पाइन्छन् जस्तै
सुन्दर लाग्छ सृष्टिको लाली जगत सुहाउने
नारी र पुरुष भमरा फूल संसार भुलाउने
पृष्ठ ८०, प्रेम गाथा
आँखामा आँसु लिएर चिनो मर्दलेे नबसेे
प्रेमको हीरा यो टुट्ने छैन अवश्य फर्कन्छे
पृष्ठ ८१, प्रेम गाथा
प्रेेमको परिभाषा व्यापक छ। प्रेम भनेको रतिरङ्गमात्र हैन। राष्ट्र–प्रेम भातृ–प्रेम, मातृ–प्रेम मानवले मानवप्रति गरिन माया ममता आदि सबै कुनै न कुनैरूपको प्रेम हामीले पाउँछम्। भनिन्छ घृणामा पनि मानिसको एक छेउमा प्रेमले स्थान लिएको हुन्छ भने सुमित्राका कवितामा हामीले, प्रेममा विविधता देख्न पाउँछौं। मातृत्वप्रेम, राष्ट्रप्रेम इष्टमित्र दिदीबहिनीप्रतिको प्रेम, पतिप्रेम साहित्य कलासंस्कृतिप्रतिको प्रेम, मातृभूमिप्रतिको प्रेम, प्राकृतिक सम्पदाप्रतिको प्रेम आदि प्रेमको भावनाले ओतप्रोत भएका कविताहरू पाउँदछौं जस्तै
बाबाको साथ तारा र जून छन् तिम्रा साहारा।
सकिन दिन मातृत्व छाया माया छ अपार।।
पृष्ठ ६४, ममताको आँचल
सुनौलो ठाउँ रमाइलो गाउँ छाडेर म आएँ।
शिरको फूल त्यो झर्न नदिई त्यसैमा रमाए।।
पृष्ठ १०४, म हाँसिरहेछु
रोपेका फूल फुल्ने छ भोली,लिने छौं सुवास।
झरेनी पात पलाउँछ मुना नमान उराठ।।
फाट्दै छ बादल उज्यालो दिन जुनेली रातको।
मीठो छ खाली पेटमा सिता राखेनी पातको।।
तिम्रो सम्झनामा पृष्ठ ७६
कवियित्री र नारीवादी चिन्तनः–
सुमित्रा कवियित्री भएर होला भनौ या आजको जमनामा समता मुलक समाजको निर्माणको महसूस गरेर हो, उनका किवतामा नारीवादी चिन्तनको गहिरो छाप छ। 'नारी तिमी को हौ?' भन्ने कविताले नारी धर्ती, आकाश, कालो बादल, आभास, समुद्र, पहाड, सुन्दरता, उजाड, छहरा, फूल, संसारको मूलखम्वा, आमा,आदि सबै नै नारी हुन् भन्ने अभिव्यक्ति पोखेको छ जस्तै –
आकाशको तारा तिमी
धरतीकी पानी,
समुद्रझै दिल तिम्रो
मायाकी हौ खानी
देश निमार्णको लागि नेपाली नारी र नेपाली आमाको गौरव बढाउनुप्रने धारणा उनका कवितामा हामीले पढ्न पाउँछौं।
स्व. रीनाको सम्झनामा, परदेशिएकी आमासँग छोरीको गुनासो, आमाको सम्झनामा , रुदैछिन् आमा, नारी तिमी को हौ?, नेपाली आमा कविता मा नारीप्रति पोखिएका नारी आवाजहरूमा नारीको जीवन्त चित्रण देख्न पाइन्छ।
देश द्वन्द्व र कविता सङ्ग्रह –
आज देशले भोग्न परेको द्वन्द, अर्थिक संकट, बेरोजगारी नेतृत्वकोे उदाशिनता शान्ति सुरक्षाका राजनीतिक अस्थिरता नेताहरुको दुई जिब्रे बोली बारेमा साहित्यकारहरूले मार्मिकरूपमा आफ्ना भावनाहरूलाई पोखेको पाइन्छ। यहाँ सुमित्रा पनि यस प्रकारको चित्रणलाई समेट्न सफल देखिनु भएको छः –
बुद्धको देश नेपाल हाम्रो के भयो आज यो
अहिंसा बढी शान्तिको दीयो त्यो किन निभिगो
पृष्ठ ५० बुद्धको देश नेपाल
मैले भन्ने गरेको छु कि जुनदेशका युवायुवतीको पलायन हुन्छन् बृद्धहरूले आँगन कुर्छन् भने त्यो देश अपाङ्ग बन्नजान्छ। खेतीयोग्य भूमि बाँझो बन्न जान्छ। यसमा कवियित्रीको धारणा पनि यस प्रकार छ –
गुमायो सारा देशले आज युवाको पसिना।
ती पाखा बारी उराठ होलान् श्रमको खाँचोमा।।
छन्द र लय विधानः–
छन्द र लय विधानमा सुमित्राको आफ्नै धारणा अनुसार लोकलय(मुनामदनको लय) बाट प्रभावित भएको त्यसै अनुसरण गरेको भन्ने यथार्थतामा पनि लोकलयले पूर्ण स्थान ओगटेको देखिन्छ। कवितालाई जीवन्त बनाउनको लागि बिम्ब, प्रतिक, अलंकार, भाषाशैलीको पनि अहम् भूमिका हुन्छ। उनका कवितामा घाम, जून, झरी बादल, नदी, बाटो, पहाड, सुन,चाँदी, हीरा, मोती, माटो, अँध्यारो, उज्यालो आदि विविधखालेे बिम्ब र प्रतिकको प्रयोग गरेको पाइन्छ। भाषशैली अति सरल सरस, लयात्मक र अर्थपूर्णरूपमा प्रस्तुति गरिएको पाइन्छ।
अन्तिममा कवियित्री सुमित्रा पौडेेलको यो गीति कविता सङ्ग्रहले नेपाली साहित्यमा एउटा दर्बिलो इटा थपेको छ। कविता सङ्ग्रह पठनीय छ, गीतकारहरूको लागि अनुकरणीय छ। सुन्दर कृतिको लागि सुमित्राजी धन्यवादकी पात्र हुनु हुन्छ। मेरो तर्फबाट कवियित्री प्रति केही भावना कविताबाटै पोख्ने अनुमति चाहान्छु –
धन्य हौ तिमी सुरिलो स्वर विदेशी भूमिमा
गुञ्जायमान गदैछौ आज बिगुलको ध्वनिमा
नेपाली मन जहाँकहीं हुन्छ नेपाल झल्किन्छ
त्यो श्रमशक्ति लगानी गर्दा ढुङ्गा नै पग्लिन्छ
अन्तर्मनका चित्कारहरू हिमालमा ठोकिन्छन्
वेदनाभाव जे जति हुन्छन् मनैमा बोकिन्छन्
लेखनी तिम्रो दर्बिलो रैछ ती वेदना पोखन
मातृत्वभाव झल्कदो रैछ वोधगम्य जोखन
श्रमले रेत हरियो पार्ने खुबी त्यही नै पाइन्छ
त्यै खुबी सिके दायित्व बुझे यहीं काम पाइन्छ
कविता पढे अत्यन्तै गढे करुणा रसैमा
संसारिक जीवन यस्तै नै रैछ कोही छैन बसैमा
कविता लेख्दा मार्मिक भाव पोखेर लेखिछ्यौ
शीर्षक छान्दा संसारै अट्ने शब्द नै देखिछ्यौ
प्रगाढ बन्छ साहित्यिक यात्रा साधनारतमा
अर्को कृति पाउने छु पढ्न आनन्द साथमा

March 15, 2012

बढ्दो सहरीकरण र ग147ड्यौली कम्पोष्टको आवश्यकता

 सदानन्द अभागी
नेपालमा दिन प्रतिदिने सडक छेउछाउका जमिनहरु सानातिना बजारहरु सहरको रुपमा परिणत भै रहेकाछन्। सहरको फोहोरमैलाले वातावरणमा ठूलो असर पारेको छ। सहरको फोहोरमैला कता लगेर फाल्ने भन्ने समस्याले पनि सताइ रहेको छ।  हामीलाई थाहा छ की सहरको फोहोरलाई दुई तरिकाबाट मोहोरमा परिणत गर्न सकिन्छ। पहिलो तरिका सहरको फोहोरलाई ग147ड्यौलीमलको रुपमा र दोस्रो तरिका सहरको फोहोरलाई सहरी कम्पोष्टमा परिणत गरी उपयोगमा ल्याउन सकिन्छ। नेपाल जस्तो कृषि प्रधान देशमा एउटा पनि रासायनिक मलको कारखाना छैन तर विदेशबाट आयत गरी रासायनिक मलको प्रयोग अन्धाधुन्दा तरिकाबाट गरिदै आइएको छ। असन्तुलित रासायनिकमलको प्रयोगबाट माटोको संरचना विग्रदै गएको छ। माटाको उर्वराशक्ति घट्दो क्रममा छ। विदेशबाट आयत गर्दा समयमा रासायनिकमल पाउन, सकिएको छैन। त्यसो हुँदा हरेक सहरहरुमा समस्याको रुपमा रहेको फोहोरलाई गड्यौलामलमा परिणत गर्न सके नेपाल जस्तो कृषिप्रधान देशका किसानलाई सजिलै प्राङ्गारिकमल उपलब्ध गराउन सकिने र मल किन्न पर्ने ठूलो धनरासीको बचत गर्न सकिने कुरा सर्बबिदितै छ।
मल बनाउन सहरको फोहोरको बर्गिकरण
जैविक र अजैविक दुई किसिमका फोहोरमैलाहरु सहरमा पाइन्छन्। यी जैविक फोहोरहरुलाई सजिलेरी गड्याौली कम्पोष्ट या सहरी कम्पोष्टमा परिणत गर्न सकिन्छ। अजैविक फोहोरहरु कुनै पुनःचक्रमा ल्याउन सकिन्छन् जस्तै धातुजन्य र पलाष्टिकका सामानहरु र कुनैलाई पुनःचक्रमा ल्याउन सकिदैन। पुनचक्रमा आउने फोहोर जतिलाई अलगरुपमा छुट्याइ सम्बन्धित निकायमा बिक्रीवितरण गर्न सकिन्छ र पुनचक्रमा ल्याउन नसकिने बस्तुहरुलाई ल्या48डफिल्डमा लगेर फाल्नु पर्दछ। मल बनाएर या पुनचक्रमा आउने फोहोरलाई पुनःचक्रमा ल्याई सहरको फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ।  
गड्यौलाको विविध प्रयोजनको लागि उपयोग
गड्यौला पालन र गड्यौला मलको सम्बन्ध अति घनिष्ट छ किनकी गड्यौलाबाट नै गड्यौली मल बनाइन्छ। गँड्यौंलाले जैविक पदार्थहरू खान्छन्। खाएको प्राङ्गारिक बस्तुको ५–१० भाग मात्र गड्यौलाले शरीरमा उपयोगको लागि प्रयोग गर्द छन् र अरू बाँकी भाग शरीर बाहिर निष्कासन गर्दछन्। यो निसकासन गरिएको गड्यौलाको निस्कासनलाई गँड्यौलीमल भन्दछन्। गड्यौलाबाट मलमात्र नबनाई युनानी पद्धतीबाट घाऊ, पित्ताशय, नपुंसकत्व, अल्काई(एष्भिक) ,घुँडा दुख्ने, पहेंले रोग आदि दवाइको रुपमा पनि प्रयोग गर्दै आएको पाइन्छ। गड्यौलाबाट क्रिम, सौन्दर्य सामाग्री, नङ्पालिस, साबुन बनाउनकनो साथै, कुखुरा हाँस, माछाको खानाको रुपमा प्रोटिनको स्रोतको रुपमा, भोजनको रुपमा, अमलेट तथा केकको रुपमा र सूपको रुपमा प्रयोगमा ल्याइएको पाइन्छ।  
ग147ड्यौलीमलको महत्व
    यो मलमा बिरुवालाई आवश्यक पर्ने सबै खाद्यतत्वहरु सन्तुलित रुपमा पाइन्छन्।  यसमा भएका खाद्यतत्वहरू पानीमा घुलनशील हुने भएकाले बिरुवाले सजिलैसँग लिन सक्दछ। गड्यौलीमलमा जैविक क्रियाशील यौगिकहरु जस्तै एमिनो एसिड, औजिन, जिब्बेरालिन्( न्ष्ददभचबष्लिक) ऋथतयपष्लष्लक, भिटामिन, एमिनोएसिडहरु प्रसस्त मात्रामा पाइन्छन्। यी बस्तुहरु बिरुवाको लागि आवश्यक पर्दछन्। यो मलमा नाइट्रोजनलाई स्थिरिकरण गर्ने, फोस्फोरसलाई घुलनशील पार्ने जिवाणुको साथै एक्टिनोमाइसिटिज, फंजाई, सेलुलोज र लिगनिनलाई विघटन गर्ने जस्ता पोलिमर्सहरुको साथै बिरुवाको विकाशको लागि आवश्यक पर्ने ह्युमिकअम्ल पनि पाइन्छ। यो मलमा कीराका फुल, रोगका जीवाणु, घाँस, झारपातका बीउ हुँदैनन्। यो मल पि. एच. मानको हिसाबमा पनि तटस्थ हुन्छ। यो मलले माटोमा जैविक, भौतिक र रासायनिक गुणमा टेवा पुर्‍याउँदछ र नेपाल जस्तो अम्लियपना अधिक भएको माटोको लागि अति उ207तम हुन्छ। यो मल जलग्रही हुन्छ र यसले पानीलाई आफैमा स्वसेर राख्न सक्दछ। यो मलको कार्बन नाइट्रोजन अनुपात १२ देखि १५ हुने हुँदा बिरुवाले यो मललाई सजिलै प्रयोगमा ल्याउन सक्दछ। यो मलले माटोमा छिद्रको सँख्या बढाउने काम गर्दछन्। हावाको आवागमन राम्रो हुन्छ। यति मात्र नभएर गँड्यौलाको काष्टमा कोकन पनि हुन्छन्। कोकनबाट बच्चा जन्मन्छ, जसलाई पछि मल बनाउन प्रयोग गरिन्छ।  
गड्यौलाको खानाहरु र खानाको प्रयोग तरिका  
गँड्यौेउलाको भोजनको लागि चिस्यानयुक्त धेरै प्रकारका प्राङ्गारिक वस्तुहरूलाई प्रयोगमा ल्याई कम्पोष्ट बनाउन सकिन्छ। सहरको जैविकफोहोर, खेतबारीको जैविक बस्तुहरु, पशुहरुको मल–मूत्र, कृषि उद्योगबाट निसकेका फोहोरहरु, घरबाट निस्केका फोहोरहरु, भूसहरु, उखुबालीबाट निस्केका पात तथा खोष्टाहरु, आदि गड्यौलाको खानाको रुपमा प्रयोगगर्न सकिन्छ। गड्यौलाले यसलाई खाएर मलकोरुपमा फाल्दछ। सडेगलेका बस्तुहरुलाई प्रयोग गर्दा ताप बढ्ने गरि प्रयोग गर्न हुन्न। हावाको आवागमन राम्रो हुनु पर्दछ। गड्यौला कम्पोष्ट बनाउन खाडल बनाउनै पर्दछ भन्ने छैन, अर्ध बिघटित बस्तुहरुलाई तह बनाएर राख्ने र गड्यौला छाडिदिनु पर्दछ। ०.५ वर्ग मिटरको सामग्रीको लागि २ मुठी माटो राख्न राम्र्रो हुन्छ तर गड्यौलालाई सूर्यको किरणबाट भने जोगाउनु पर्दछ।  सुकेको फोहोर मैलामा चिस्यानको मात्रा मिलाउनु पर्दछ। करिब ४० –५० प्रतिशत चिस्यान चाहिन्छ। काँचो तथा ताजा प्राङ्गारिकबस्तु प्रयोगमा ल्याउनु हुँदैन। आंशिक पचेको कम्पोष्ट र माटोलाई प्रयोगमा ल्याइएको पाइन्छ।  यही प्रविधि भारतमा हेर्‍यौं भने फरक पाइन्छ। भारतमा काठको धूलो, कागज, पराल आदिलाई ७–१० दिन अगावै थुप्रो पारेर राखिन्छ। त्यसपछि गड्यौंला त्यसमा राखेर हुर्काइन्छ। फिलिपिन्सको प्रयोग प्रविधिमा वस्तुको मल ७५ भाग र २५ भाग केराको बोक्रा (सुप्ला) राखेर कीराहरू राख्ने गरिन्छ। कीराहरू हुर्काउने भाँडो काठको वा इँटाहरूले बनाएको हुन सक्दछ। ल्पाष्टिकको भाँडोपनि प्रयोगमा ल्याउन सकिन्छ। भाँडो कत्रो बनाउने भन्ने प्रश्न उठन सक्दछ। भाँडोको गहिराइ ३०–४० से.मी. भन्दा गहिरो बनाउनु हुँदैन किनकी गहिराइ बढ्दै जाँदा हावाको आवागमन घट्दै जान्छ। हावाको आवागमन घट्दै जाँदा गड्यौलालाई हावा पुग्दैन तर लम्बाइ, चौडाइ आवश्यकता अनुरूप तयार पार्न सकिन्छ। छानो दिन सकिन्छ किनकि, छायाको आवश्यकता पर्दछ। कमिला मुसा बर्षाको भेलबाट बचाउनु पर्दछ। कीराहरु लागेमा निमलाई प्रयोग गरेर रोकथाम गर्न सकिन्छ। गड्यौलालाई प्रसस्त खाना दिनु पर्दछ। ६ घनफिटको भाँडोमा करिब दुई हजार गड्यौला अट्न सक्छन् र तिनको लागि करिब करिब १० –१५ दिन जति सडाएको १ के जी प्राङ्गारिक पदार्थ खानाको रुपमा प्रति दिन आवश्यक पर्दछ। गड्यौलाले धेरै चिसो र मरुभूमि जस्तो माटोमा हुर्कन सक्दैन। यसको लागि उपयुक्त तापमान २०– ३० डि. से. राम्रो हुने भएता पनि यसलवाई अन्ध्यारो ठाउँमा राखिने भएकोले २५ देखि ४५ डिग्री तापमानमा पनि गड्यौली कम्पोष्ट बनाउन सकिन्छ।  
गड्यौली कम्पोष्ट निर्माणको संछिप्त तालिका
  गड्यौलाको छनौट
गड्यौली मल बनाउनको लागि गँड्यौंला छनौट गर्दा बढी भन्दा बढी कम्पोष्ट बनाउन सक्न,े ताप, चिस्यान र जलवायु सहने खालका जातका गँड्यौंलाको छनोट गर्नु पर्दछ।सबै गड्यौलाले मल बनाउने काम गर्दैनन्। आइसीनिया फेटिडा, युडी्रलस युजेनी, पैरियोनिक्स एक्जावेटस, लुब्रिकस रुबीलस आदि जातका गड्यौलाहरुले मल बनाउने काम गर्दछन्। यिनै जातका गड्यौलाको प्रयोग गर्न सके देखि राम्रो हुन्छ।  
ग147ड्यौली कम्पोष्ट तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू
कम्पोष्ट तयार पार्न राखिएका फोहोर वस्तुहरू लचक्क पानीले भिजेको हुनु पर्दछ। हातले मुठी पारी निचोर्दा ३ देखि ४ थोपा जती पानी झर्न सकोस्। सामान राख्दा माथी नै भनि सकिएको छ कि ताजा प्राङ्गारिक बस्तुको प्रयोग गर्न हुँदैन, ताजा प्राङ्गारिक बस्तु बिघटन हुँदा तापक्रम बढ्छ अनि गड्यौलाले ताजा बस्तु खाँदैन। कम्पोष्ट बनाउँने वस्तुहरूमा मासु र बोसो प्रयोग गर्न हुँदैन। मासु खाने जन्तु तथा पशुपंक्षीको गोबर पनि प्रयोगमा ल्याउन हुँदैन। अतः गँड्यौलाबाट गुणस्तरमल बनाउँदै गँड्यौला बेची पैसा आर्जन पनि हुन्छ।
मल छुट्याउने तरिका र मलको प्रयोग  
    गड्यौलाले फोहोर खाँदै जान्छन् काष्ट फ्याक्दै जान्छन्। यो काष्ट थुप्रिन थाले पछि चिसो ओभाउने गरि हावामा सुकाउने र गँड्यौंला माथिल्लो भागबाट तल जान थाले पछि मल निकाल्दै जानु पर्दछ। अर्को कुरा तयार भएको कम्पोष्ट अलग्याउन एउटा छेउमा खाने वस्तुहरू (प्राङ्गारिक वस्तुहरू) राखिदिंदा गँड्यौंला कम्पोष्टबाट अलगिन्छन् र मल निकाल्न थाल्नु पर्दछ। यसरी निकालेको मललाई माथी तालिकामा देखाए जस्तै चालेर प्याक बनाउन सकिन्छ या तयार भएको मललाई फलफूल बालीलाई बोटको अवस्था अनुसार करिब १ दखि १० के.जी. प्रति बोटका दरले राख्न सकिन्छ। अरू बालीकोलागि २५० के.जी प्रति रोपनीका दरले प्रयोग गर्न सकिन्छ तर मलको प्रयोग गर्दा काष्टमात्रै नगरी अरुमलसँग मिलाएर गर्दा राम्रो हुन्छ।
सहरी कम्पोष्ट बनाउने तरिका
  माथीनै भनिएको छ कि सहरमा फालिएका फोहोरहरू मध्ये बिघटन गराउन सकिने वस्तुहरूलाई कम्पोष्ट बनाउन सकिन्छ। सहरबाट निस्किएका फोहोरलाई कम्पोष्ट बनाउँदा सहर भन्दा बाहिर हावाको आवागन (वेग) कम हुने ठाउँ अथवा सहरको विपरीत दिशातिर हावा बग्ने ठाउँको छनौट गरि कम्पोष्ट बनाउनु पर्ष्दछ। एसो गर्दा दुर्गन्ध आउँदैन। कम्पोष्टको खाडलमा नै कम्पोष्ट बनाउन पर्छ भन्ने छैन थुप्रो पनि पार्न सकिन्छ तर खाडलबनाउँदा सधैंलाई हुने र हिउँदको समयमा चिस्यान कम हुने अवस्थालाई पनि राम्रो हुने हुँदा खाडल गराउनु राम्रो हुन्छ। खाडल कत्रो बनाउने या थुप्रो कत्रो बनाउने भन्ने कुरा फोहोरको मात्रामा  निर्भर गर्दछ। करिब १ देखि १.२ मिटर चौडाई र ७५ से.मी. गहिराइको साथै आवश्यकता अनुसारको लम्बाइ लिएर कम्पोष्ट खाडल खन्न सकिन्छ। सामान तहतह पारेर राख्नु पर्दछ। सामान राख्दा मानिसको दिशा पिसाव प्रयोग गरिएको छैन भने जोरनको रुपमा वनकोे/पोखरीको माटो, रासायनिक मल, खरानी, गोबर र गहुँतको घोल बनाएर राख्न सकिन्छ। ६ इञ्चको तह बनाउँदै सामानहरु राख्दै जानु पर्दछ। खाडल भरिए पछि जमिन भन्दा आधा फिट जति अग्लो भएपछि माटोले ढाकिदिनु पर्दछ। थुप्रो पारिएको ख48डमा थुप्रो २.५ मिटर चौडाईको परिधिमा जैविक बस्तुहरु तह तह पारेर राख्नु पर्दछ र १.५ मिटर अग्लो बने पछि माटो र गोबरले लिपि दिने तथा चित्रमा देखाए जस्तै छानो दिनु पर्दछ या केही चिजले छोपी दिनु पर्दछ।  
 स्रोत गोठेमल तथा कम्पोष्टमल व्यवस्थापन तालिम पुस्तिका एस. एस. एम. पी. डकुमेन्ट नं ३९
खाडल थुप्रो जे भए पनि सूर्यको किरण,बर्षाको पानी/ भलपानीबाट मललाइ जोगाउनु पर्दछ।
कम्पोष्टमल बनाउन राखिएका बस्तुहरूलाई कम्पोष्ट खाडल या थुप्रोमा हावाको सञ्चार गराउन, सू73मजीवाणुको आक्रमणकोलागि ताजा सतह उपलव्ध गराउन, थुप्रोको तापक्रम नियन्त्रण गर्न, र चिस्यान ठीक भए नभएको जानकारी लिनको लागि पल्टाउन पर्दछ। पल्टाउँदा बाहिरका रोगका जिवाणु, झारपातका बीउ, आदि भित्र जान्छन् र कम्पोष्ट बन्दाउँदा उत्पन्न हुने तापले गर्दा सबै हानिकारक बस्तुहरु मर्दछन्। पल्टाउन नसके चित्रमा देखाए जस्तै विकल्पको रुपमा बाँसमा/पाइपमा प्वाल पारी राखिदिनु पर्दछ।
 लको थुप्रोमा प्वाल भएका बाँसका किला वा पाइप गाडेको  
    स्रोत गोठेमल तथा कम्पोष्टमल व्यवस्थापन तालिम पुस्तिका एस. एस. एम. पी. डकुमेन्ट नं ३९
 फोहोरको प्रकृति अनुसार मललाई २–३ पटक पल्टाउनु पर्छ। गर्मी क्षेत्रमा, कमला/कलिला बस्तुहरू राखिएको र उपयुक्त चिस्यान भएको अवस्था छ भने एक पटक पल्टाउँदा पनि हुन्छ।यसरी पल्टाउँदा कम्पोष्ट बनाउन सुरु गरेको एक महिनामा प्रथमपटक र त्यसपछि अर्को एक महिनामा दोस्रो पटक र दोस्रो पटक पल्टाएको एक महिनापछि तेस्रो पटक गरी ३ पल्ट पल्टाउनु पर्दछ। राखिएका सामान र वातावरणले साथ दिएमा करिब ३ महिनामा कम्पोष्ट तयार हुन्छ। राम्ररी तयार पारिएको कम्पोष्ट मलमा करिब १.४ प्रतिशत नाईट्रोजन १ प्रतिशत फास्फोरस र १.४ प्रतिशत पोटास पाउन सकिन्छ। अन्त्यमा  
गाउँ सहर हाम्रो सफा बनोस्
देशको वतातावरण सुद्ध छाओस्
सबको स्वस्थजीवन दिर्घ हओस्
खेतबारीले सन्तुलित मल पाओस्
हरेकको खेतबारीमा सुनाफलोस्  
फोहोरको राजनीति सधैं हराओस्
फोहोरको राजनीति सधैं हराओस्
 
सन्दर्भ सामाग्री
    ,कालिदास सुवेदी( पिएच डी), सदानन्द जैसी, तेजबहादुर सुवेदी, सत्य नारायण म48डल, बिष्णु कुमार धिताल ( पिएच  गोठेमल तथा कम्पोष्टमल व्यवस्थापन तालिम पुस्तिका एस. एस. एम. पी. डकुमेन्ट नं ३९
०     गड्यौली कम्पोष्ट– शान्ति भट्टराई, माटो विज्ञान महा शाखा, २०५८
    डा. धर्म सिंह मुख्य वैज्ञानिक एवं प्रभारी कृषि विज्ञान केन्द्र बाडमेर, एचबअतष्अब ि: बलवगब िया खभच्कष् अय्कउयकतष्लन , ब्नचय द्यष्यक ९73लमष्ब०
रु    सदानन्द जैसी , ज्बलम द्यययप या 73लतभनचबतभम  उबिलत ल्गतचष्भलतक क्थकतझ, माटो परिक्षण तथा सेवा शाखा, २०५८