April 2, 2012

सन्तुमाया

सन्तुमाया

सदानन्द अभागी 

       श्रीनगरको लामो डाँडोलाई सल्लाघारीले ढाकेको थियो। उत्तरतिर हेर्दा माछापुछ्रे धौलागिरिको चाँदी टल्कन र दक्षिणमा हेर्दा पाल्पाका धेरै गासिहरूको साथै माडीफाँटको लामो सुताइले सबैको मन लुट्दथ्यो। माडीफाँट र श्रीनगरको डाँडाको बीचमा सिद्धार्थ राजमार्गले सुन्दर पेटीकोरूप धारण गरेको थियो। तानशेनबजारले श्रीनगरको दक्षिण मोहडाको पाखामा आफ्नो सौन्दर्यता देखाएको थियो। बर्तुङ्गको सानो चोक, चोकबाट स्याङ्जा जाने र तानसेन जाने बाटोको बिभाजन यसै अनुसार यातायातको व्यवस्था, आडैमा ठाडो उकालो यो उकालोबाट तानसेन जाने पैदल बाटो, सानो बजार आदि आदि सौन्दर्यताको खानी तानसेन पाल्पा जिल्लाको कमानी, यसको सौन्दर्यताले डाक्छ। सबैको सुन्दर जवानी र सबैले यसलाई हर्दछन् आँखा तानी तानी।

       बर्तुङ्गबाट अल्लि अघि गए पछि एउटा सुन्दर पानीको प्राकृतिक पँधेरो, त्यो पँधेरोको आडमा एउटा विशालघर, त्यही विशालघरको आडमा अवस्थित ओझेलमा परेको एउटा सानो गरिबको झोपडी, त्यही झोपडीमा सन्तुमायाको जन्म भएको थियो। सन्तुमाया रूपमा गोरी, बाबु आमाकी एकमात्र छोरी, उनको पेट  भराउने गर्थिन आमाले स्तन निचोरी निचोरी, सानोमा निकै खेल्ने मोरी, साथीहरूसँग नखोज्ने जोरी, कुतकुताउँदो वैसमा बन्नगई  कुलबहादुरकी जोडी। बास्तवमा भन्न त यहाँ भनिसकियोकी कुतकुताउँदो वैसमा बन्नगई  कुलबहादुरकी जोडी। यो जोडी बन्न के कसरी सम्भव भयो त यसको घटना यहाँ जोड्न अति आवसयक छ।

       साचिचनै दिलबहादुर पनि कहाँ कम थियो र? ऊ पनि दिलको धनी, प्रेम बाड्नमा पुष्ट कमानी, उसको पनि आएको थियो राम्रो जवानी, त्यसो हुनाले सुनाउँदथ्यो उसले सबैलाई मुरलीको स्वरमा कहानी। दिलबहादुर साच्चिकै दिलको धनी अवस्य थियो तर उसको जीवनी भने अति दर्दले भरिएको थियो। त्यो दर्दलाई उसले निकै राम्रो स्वरमा मुरलीको धुनमा प्रसारण गर्दथ्यो।

        आज तानसेन बजारमा मेला लागेको थियो। राम्रो मेला, त्यो राम्रो मेलामा तानसेन बाट मात्र नभै अरुठाउँ तथा जिल्लाबाट हुन जान्थे हज्जारौ मानिसको भेला, वरिपरिबाट हेर्दथे सबैले चटकेको खेला, खेलामा मानिसको रेला तथा हुनजान्थ्यो मानिसको ठेलम्ठेला, यही ठेलम्ठेलामा राम्रो सांस्कृतिक कार्यक्रम भएको थियो। दिलबहादुरले दिलै लुट्ने गरि मुरलीबाट अलाप छाडेको थियो। यो मेलामा सन्तुमाया पनि त गएकी थिई। मुरलीको धुनले पोखेको अलापले सन्तुमायाको दिल लुटी सकेको थियो। मानिसलाई थाहै नलागिकन पनि त दिलले दिललाई बिजुलीको झट्काले समात्दाझैं समात्दो रहेछ। सन्तुमायाको दिल दिलवहादुरको गीतले नै समाती सकेको थियो। तर यो कुरा दिलबहादुरलाई थाहै थिएन। थाहा होस् पनि कसरी? किनकी यी दुवै एक अर्कामा चिनजान नै थिएन। जव भोलि पल्ट सन्तुमाया र दिलबहादुरको जम्का  भेट होलङ्दीमा हु147दा पो एक अर्कोमा प्रष्टिन पाए। हिजो राती भएको मेलाको मुरलीको स्वरले चोरेको दिल त आज अगिल्तिर नै छट पटाई रहेको थियो। दिलवहादुरको  घर पाल्पाबाट निकै टाढा थियो कामको खोजीमा ऊ पाल्पा आएको थियो। भाग्यले साथ दियो। उसले वागवानी केन्द्र पाल्पामा ज्यालेदारमा काम पायो। ऊ मस्त जवानीले भरिएको, रूपमा गह147ु गोरो जुल्पि्क पालेको, छरी काटेको, हातमा घडी बाधेको ,दा147तमा पनि सुन टल्केको आदि आदि आकर्षणले गर्दा दिलबहादुरलाई सबै तरुनीले एकटकस147ग हेर्दथे। ऊ सङ्गीत र नाच गानमा पनि निकै सिपालु थियो। सन्तुमायालाई देखे पछि दिलवहादुर पनि मोहित भयो। कताकता सन्तुमायाको रूपले उसको मन पनि त लुटियो। यो दिल लुटाईमा आपसमा भने कसैलाई थाहै थिएन। योवनको चुम्बकले ताने पछि सन्तुमाया र दिलबहादुरको बीचमा गाढाप्रेमले जरो गाढ्यो। जसको नतिजा दिलबहादुरले पाल्पामा आएर सन्तुमायालाई जीवन साथी बनाउन सफल भयो। यो सफलताले गर्दा उसले आफूलाई भाग्यशाली ठानेको थियो। यी जोडीको जीवनयापन सुमधुर सम्वन्धमा वितिरहेको थियो। यसरी नै दिन रात सफलताको साथमा बितेको दुवैले महसुस गरेका थिए। दिनभरी दुवैजना वागवानीमा काम गर्दथे। बेलुका डेरामा आफ्नो दैनिकी गुजरा चलिरहेको थियो। कृषिमा पिउन पद खालि भयो। दिलवहादुर जागीरमा स्थाई भयो। अव दिलवहादुरको जीवनमा नयँा खुड्किलोको चढाव सुरु भयो। दुबै जनाको जीवन कर्म उज्वल बन्दै गएको थियो। मायाको वीजरोपणले अङ्कुरण थप्ने समय आयो। सन्तुमाया दोजिया भइन्। अवत दिलबहादुर अझै रमायो। उसको यो प्रगतिले उसको बंशमा नया सदस्य थपिने मात्र नभै उसको सफल जीवनको सूचक बन्ने वाला थियो। वास्तवमा उसको कुलमा ऊ एक्लो थियो। बाबु आमा सानै उमेरमा उसलाई छाडेर बाटो तताइ सकेका थिए। फुपूले उसलाई लालन पालन गरेकी थिइन्। उसलाई पालन पोषण गर्ने बहानामा, उसको सबै सम्पती आ207नो बनाइ सकेकी थिइन्। दिलबहादुरले बाबु आमाबाट प्राप्तहुने माया कहिलै पाउन सकेको थिएन। फुपू र फुफाज्यूबाट पनि उसले माया पाउन सकेको थिएन। फुटेको चाँदो जस्तो थियो त्यस्तै उसले व्यहोर्न वाध्य थियो। सानोमा उसलाई कसैले गाली गर्दा टोकाहा पुछाहा  र अभागीको नामले बोलाइन्थ्यो। हुन पनि उसको कर्म त्यस्तै थियो। आमाको गर्भमा भएका बेला उनका बाबुको मृत्यु भएको थियो। बाबुको मृत्यु भए पछि आमाको मायाले उसलाई पुलपुलाएको थियो। बाबु मरे पछि आफन्तले पनि आमालाई राडी भन्दै निकै सताएका थिए। उसलाई कसैकसैले गालि गर्न पर्‍यो भने राँडीको वहान भन्दथे। दुवै आमा छोराको सन्तोषको साथमा जीवन बित्न पाएको थिएन। गर्भे छोरोको पालन र घरको समस्यालाई उनले जेनतेन प्रकारेण छिचोल्दै गएकी थिइन्। गाउँमा विषम जरोले पकड्यो। उनी जरोको विमारी भएर ओछयानमा पल्टे पछि पुन उठन सकिनन्। यो संसारबाट बिदा लिदा उनका नयन रसाउदै दिलबाहादुरलाई हेरेकी थिइन्। दिलबहादुरले थाहा सम्म पाउन सक्ने थियोकी अव उसकी आमा यस संसारमा छैनन्। यति बेला दिलबहादुर खुवै रोयो। चिल्लायो, आमाको लाशलाई झम्टयो। लाशको साथसाथै जाने प्रयास गर्‍यो। आमा आमा भनि चिल्ल्यायो तर उसले आमाको आवाज पाउन सकेन बरु "खाइस् टोकाहा " भन्दै अर्को घरकी महिलाले उनको घरतिर लगेकी थिइन्। आमाको मृत्युको केही दिन पछि "एउटा भदालाई म नै पाल्दछु " भनेर फुपूले दिलबहादुरलाई लगेकी थिइन् । फूपुले आडम्वर देखाउने काममा पछि परिनन् तर दिन पर्ने माया भने उनले दिन सकिनन्। फूपुको त्रु्करतामा दिलबहादुर टिक्न सकेन र ऊ आफ्नो गाउँ छाडेर जागिरको खोजीमा भौंतारिदै पाल्पा पुगेको थियो।

       आज दिलबहादुर अति नै खुसी थियो। उसले बजार गएर फलफूल मिष्टान्न किनेर ल्याएर श्रीमतीलाई खुवायो। राती अवेर सम्म दुवैजना बसेर खुसी मनाए। भावी जीवनमा एउटा सानो घर, घरमा एकजोडा खाट, बस्ने कुर्सी, टेबुल र खानाखाने ठाउकोलागि भान्साकोठा, दिसा पिसावकोलागि एउटा चर्पी अतिन्युन आधारभूत कुराहरूको जोगेडासम्म गर्न सकेमा कस्तो हुन्थ्यो भन्ने कल्पनालाई दुबै जनाले जोडेर कल्पनाको भावनामा बगे।                                                                                भावनामा बग्दाबग्दै दुवैजना एकअर्कामा अङ्कमालगर्दै निदाए।

       औंशीको रात थियो। सन्तुमाया सुत्केरी व्यथाले कहराइरहेकी थिइन्। दिलबहादुर प्रसुती कोठा बाहिरको गेटमा कुरीरहेको थियो। केही क्षणमा नर्स आएर छोरी जन्मेको जानकारी दिइन्। दिलबहादुरले सन्तोषको सास फेरो र भगवानलाई धन्यबाद दियो। घरमा एक बालिका थपिइन्। बालिका दुवैकी प्यारी थिइन्। उनको पनि दिनदुना रात चौगुणा बढ्ने क्रम जारी थियो। दिन गुजरा यस्तै यस्तै गरेर बितेको थियो।

       कर्मचारीको स्थायित्व तवमात्र हुन्छ जव ऊ जागिरबाट बाहिरिन्छ नत्र भने सरूवा, बढुवा, खोसुवा, आदि जागिरमा निरन्तर चल्ने प्रकृया हुन्। यो प्रकृयामा राम बहादुरको सरूवा जिल्ला कृषि विकास कार्यालय नवलपरासीमा भयो। परासीमा सरे पछिको बसाई अझै रमाइलो थियो। कार्यालयमा बस्ने कोठा, समय समयमा बाहिरी काज, कहिलेकहीँ श्रीमतीको पनि ज्यालेदारमा काम आदिले गर्दा दिलबहादुरको सानो कल्पनाले आकार देला जस्तो लाग्दथ्यो। समयचक्र भावीको लेखनी संसारिक भोग आदि कसले कसको बारेमा के नै कल्पना नै गर्न सक्दछ र? मानव जीवनको के भरोसा? आज छ भोलि छैन। दिलबहादुरलाई पनि टाइफाइडले समात्यो र ऊ यस लोकलाई कहिलै नहेर्ने गरि बिदालियो। यता सन्तुमायाको सौलो संसार डढेर खरानी भयो। मरे पछि पनि जीवनमा बाच्नेवालालाई  समाजले सुख दिदैन। समाजमा विभिन्न किसिमका बाधा व्यवधानहरूबाट पारगर्नु पर्दछ। आज सन्तुमायाको श्रीमानको किरिया गर्ने केाही छैन। उनी सिवाय अर्को नभएको हँुदा सन्तुमायाले श्रीमानको किरिया कर्म आफै गरिन्। उनले आफै डिकुरो सजाउछिन्। डिकुरो फोर्दछिन् र धार्मिक कर्मलाई उनले सबै कर्म पुर्‍याएर श्रीमानको अत्येष्टि सक्दछिन्। आज सिङ्गार विहिन सन्तुमायाकी एक मात्र छोरी उनको साथमा छन्। छोरी सिवाय उनको आदरकर्ता र सहोयकर्ता कोही छैनन्। उनको नजिक उभिनेवालाहरू केवल उनको जवानीमा आँखा गाड्ने, मुखमा आएका शबै शब्द मजाकमा बगाउँदै गर्दछन्। यी सबै कुराहरू सुन्न उनकोलागि कर्ण तीखो छ, कसैले केही भन्यो भने सुनिहाल्छिन्। मुख मूक छ,, सुनेका कुराहरूको जवाफ उनी दिनचाहादिनन् तर रिसउठ्ने नै भयो त्यसो हुँदा रिसले गर्दा उनका आँखा राता हुन्छन्। यी सबैकर्म कुकर्मका शब्दावलीलाई कवचले छेकेर बस्न सक्ने उनमा धैर्यता छ। त्यसैले जति तीखो बाण छाडे पनि उनले सजिलै पचाइ दिन्छिन्। उनमा सहास छ दर्द पिउने र मुस्कान छाड्ने। तीखा काँडाको घोचाइलाई उनले सजिलेरी पचाई दिन्छिन् र मल्हम लगाउँन्छिन्  घाउलाई निको पार्दछिन्। यस्तै कर्ममा उनको जीवनक्रम गुज्रदै छ।

       श्रीमान खसेको आलो घाउमा कार्यालयले ज्यालेदारीमा काम लगाउँदछ। देशको बिगं्रदो परिस्थिति आदि कारणले गर्दा  र बजेटको कटौती भएकोले त्यो ज्यालेदारी पनि त हट्दछ। बसेको क्वाटर पनि शनैः शनैः हटाउने प्रयास गरिन्छ र उनलाई भनिन्छ "तपाइँलाई कति दिन सहयोग गर्ने?" यसको जवाफ उनीसँग छैन। उनी हिड्दछिन् उनकी सानी नानीसँग। आफ्नो जीवन ज्योतिको प्याला खोज्दछिन्। जति हिडे पनि त अनन्त छ। यो बाटो कहाँ पुग्न सकिन्छर न त उनले जीवन ज्योतिको प्याला भेट्दछिन् न त जीवन सारकोलागि ज्योति बाल्ने तेल / घिउ र बाती पाउन सक्दछिन्। सानी नानीले बाबु / बाजे / बजैबाट प्राप्तहुने मायाबाट बञ्चित छन्। उनलाई बाबुको / बाजेको/ बजैको मायाको खाँचो छ। त्यसैले त उनी बाजे / बजै हुन् भनिदिंदा काखमा हामफाल्दछिन्। यस्तै हो संसार कसैलाई कसैको मायाको खाँचो छ भने कसैबाट कसैलाई घृणा र तिरस्कारको बोली।

       दिलबहादुरको घर ठेगाना केही छैन। त्यसो हुनाले उनको मृत्युको खवर पनि त जान पाएन। सम्पती खाने वालाले त झनै खोजी किन गर्ने? समाजले भन्दछ "यो जवानीमा पोइ मर्‍यो, त्यो छोरीले उनलाई धेरै अल्झन पारि, कति भारी बनेकी होली त्यो छोरी? यति राम्री छे यदि छोरी नहुँदिहो त गुलावको फूल जस्तै कसैले चुँडी हाल्थ्यो। " तर सन्तुमायाको लागि भने त्यो छोरी, त्यो छोरीको हँसिलो मुहार उनको जीवनफूलबारीको सौन्दर्य भएको छ। त्यो फूलबारीमा उनले दिलबहादुरको हँसिलो अनुहार पाउँदछिन्। छोरीको मुस्कानमा उनले दिलबहादुरको मुस्कान नै पाउँदछिन्। छोरीको मीठो बोलीमा दिलबहादुरको सुधाबाणी पाउँदछिन् र भन्दछिन् "साक्षात् उहाँकै औतार हो यो छोरी।" छोरीले अङ्कमाल गर्दा दिलबहादुरकै अङ्कमाल गरेको भान हुन्छ। छोरी खेल्न गएको बेला उनी टोलाउँछिन्। त्यतिबेला भने दिलबहादुरको यादले उनलाई सताउँदछ। अनि भन्दै उठ्छिन् "मर्ने मरे पनि बाच्नेले आफ्नैलागि / देशकोलागि / संसारकैलागि भए पनि केही न केही गर्नै पर्दछ।"

उनी बौलाइन्

उनी बौलाइन्

सदानन्द अभागी 

       शान्तिमायाको विवाह भएको आज धेरै बसन्त पार भै सकेका छन्््। शान्तिमाया सानोमा स्वभावले तेजिली, काममा फूर्तिली रङ्गमा गहुँगोरी, चौडा निधार, राताराता पुष्ट गाला, पिपल पाते ओठ, काला आँखीभौं मोती दन्त, कोयलीकण्ठ, ब्रह्मा नाके, कर्ण बाँके, कृष्णकेश, कम्मर ढाक्ने चुल्ठो, कटीकेशरीको अनौठो दिव्यताले गर्दा उनी निकै सुन्दरी देखिन्थिन्। कसैको एकपटक नजर पर्‍यो भने उसका आँखा उनको शरीरमा गाडिइ रहन्थे। उनीसँग वैंशालु युवाहरूले मायापीरति गाँसु गाँसु गर्दथे।

       रूपमा रूपवती भए पनि हठमा निकै हठी, अर्काका कुरा कट्नमा निकै टाँठी बुद्धि नभए पनि आफूलाई ठान्ने निकै बाठी, रिसउठे समाउने लाठी, कुरकानीमा हुने च्याँठी अरु कुरामा गाँठी नगुठी, आदि आदिले गर्दा उनको कसैसँग मेल मिलाप केही थिएन। बाख्रा चराउँदा देखि लिएर घाँसकाट्न जाँदा पनि उनी आफ्नै पाराकी थिइन्।

       समयचक्र वित्न कति लाग्दो रहेछ र? अवत उनी तरूनी पनि भइन्। उनको विवाह पनि भयो। भनौ उनको विवाहको धेरै बसन्त पार पनि भै सकेकोछ। कता कता उनको विवाह हुन पनि त निकै कठिन भएको थियो। उनकी एउटी साथी थिइन्। उनको नाम कान्तिमाया थियो। नामले कान्ति भए पनि रूपमा भने उनी मध्यम खाले नै मान्नु पर्दछ तर पनि कुरूप भने भन्न सिकदैन। शान्तिमाया र कान्तिमाया भने निकै मिल्ने जोडी थिए। यी दुवै ब्राहमण पुत्री थिए। तव पनि दोहोरी गीत गाउँनमा यिनको जोडी अपूर्व थियो। दुर्भाग्यको कुरा के भने आजको जस्तो प्रतिस्पर्धामा जानेगरि यिनको जोडीलाई ब्राह्मण पुत्री भएकोले दोहोरी गीतमा सजिलै जान पाच्य भने थिएन। यिनलाइ वाहनाको खाँचो हुन्थ्यो। त्यसैले यिनीहरूले झुटा बहना भने अवस्य बनाउन पर्दथ्यो। यी दुवैको कहिले कान्तिमाया कहाँ जाने कहिले शान्तिमाया कहाँ जाने, कहिले दुवै कहिले सानीअमा , कहिलै ठूलीआमा र कहिले मामा आदि वहाना जुटाउनु पर्दथ्यो र लुकी लुकी यी दुवै दोहोरीमा जुट्दथे। बाबुलाई थाहै लाग्दैनथ्यो। शान्तिमायाले आमालाई भने फुरुक्क फुर्काउन जान्दथिन्। कान्तिमाया पनि कहाँ कमथिइन् र उनले पनि आमालाई फुरुक्क फुर्क्याउन जानेकी थिइन्। एक दुई पाकेट सिगरेट र एक दुई रुपियाँको नरिवल मिस्री ल्याइ दिए पछि यी दुबैका आमाहरू फुर्किन्थे।

       दिन बित्तै जाँदा गीत गाउँदै जाँदा यी दुवै तरुनीहरूको सम्पर्क एकजना खरदार साहाबसँग भयो। खरदार साहाव पनि कुराका चिप्ला, बातमार्न सिपालु, व्यवहार हेर्दा दयालु र मायालु, भित्री दिलले गोमनसर्प, जातले ब्राहमणपुत्र भरखर भरखर रक्सी खान सिकेर पढ्न जानेका कामसूत्र, कामसूत्र पढेपछि देखिने कामातुर, जनताको पैसा धुतेर कमाएका भरपूर। यही भरपूरतामा बनेका तिनी असूर र ती दुबै तरूनीको यौनस्वसण गर्नमा लाग्दथे प्रचूर। यिनी सफल पनि भए। दुवै तरुनीलाई आफूले गर्ने सेवन गराउने दिन भरी चुरोटको खिल्ली तनाउने र मनलागेको कुरा भनाउने र आफूले पनि मनलाएको कर्म गर्ने जस्ता क्रियाकलापहरू त्यहाँ सजिलै हुने गर्दथे। यी दुईटीलाई पनि त कुखुरे बैंसले सताएको थियो। त्यसो हुँदा शान्तिमाया र कान्तिमायाले सजिलै आफ्नो यौवन खरदार साहावलाई सुम्पि सकेका थिए। शान्तिमाया कान्तिमाया भन्दा पनि खरदार साहावलाई हत्याउन हप्ता हप्ता दिनमा सके सम्म कान्तिमायालाई उछिछीन् पुगि सकेकी हुन्थिन्। कान्तिमाया पनि के कम उनको पनि कृया यस्तै चल्दथ्यो। कहिलेकहीँ दुबैजना एकै चोटी हाँजिर हुन पुग्दथे। खरदार साहाबले दुवैजनालाई आफ्नो हृदयमा राख्न चाहेका थिएनन् पनि र दुबै जनालाई भूलभूलैयामा राख्दा खरदार साहाबलाई जे जति रमाइलो हुन्थ्यो त्यो रमाइलोपनालाई किन छाडने यही नै ख।रदार साहावको मूलभूत लक्ष थियो। कहिलेकहीँ भन्ने गर्थे " ए कति दिन पर्खने?" "सनाही बजाउने हैन? कान्तिमायालाई नभन्नुनी  भनेर शान्तिमायालाई भन्ने गर्दथे। यही कुरो कान्तिमाया एक्लै हुँदा गर्ने गर्दथे।"

       अव त कान्तिमाया र शान्तिमाया चुरोट र सुरामा पल्कि सकेका थिए।  जव खरदार साहावले सुराले यी दुवैलाई लठ्ठाउँथे तव यी दुवै सुन्दरीले आफ्नो अस्तित्वलाई भूलिदिन्थे। कहीलेकहीँ जव दुवैसँगै हुन्थे, त्यतिबेला उनले एकलाई धेरै रक्सि खाएर ढलाई दिन्थे या बजारमा केही किन्न पठाइ दिन्थे। अर्किलाई आफ्नो नजिकमा ल्याई सम्पर्कमा राख्दथे। अर्को दिन पनि अर्किलाई त्यस्तै गर्दथे। यो कर्म उनले सूर्यले आफ्नो रूप लुकाउन नपाउँदै समाप्त हुन्थो। चन्द्रमाको उदयहुनु अगावै शान्तिमाया र कान्तिमाया आफ्नो घर पुग्नु पर्दथ्यो। दिनभरी सुराको नशामा डुवेर सुत्नेवाली बजारमा समान किन्नेवाली र दिनभरी आफ्नो अस्तित्व बेच्नेवाली थकानमा परेर मन लागि नलागि घरतिर लाग्दथे। मानवले आफ्ना क्षणिक स्वार्थ पूर्ति गर्नको लागि जे पनि गर्न तयार हुने भएकोले नै विश्व वातावरणमा नकरात्मक प्रभाव पर्न गएको हो र जान्छ। सही अर्थमा हेर्दा खरदार साहवले आफ्नो घरमा आफ्नी जीवन साथी भि156याइ सकेका थिए। उनकी जीवन साथीले उनको स्वागतको लागि ढोका खुलेर प्रतीक्षा गरि रहेकी छन्््। यो जानकारी यी दुवैलाई तवमात्र थाहा लाग्यो जव उनीहरूले खरदार साहावले विवाहाको फोटाहरू छरपष्ट पारेर टेबुलमा राखेका थिए। अव त यी दुबैलाई खरदार साहावले नअगाल्ने सङ्केतको रूपमा लिएका थिए।

       यी दैनिकीको समयचक्र बित्तै जाँदा शान्तिमायाको विवाहा एकजना सुब्बासाहाबसँग भयो। सुब्बासाहाव निकै सज्जन थिए। उनको नाम सुद्धराम थियो। शान्तिमायाको बाबुले सुद्धरामको भोलापनमा वीजय प्राप्त गर्दै आफ्नी अर्कैले लुटेकी छोरीलाई हिलालाउन सफल भए। शान्तिमाया खरदार साहावकी रोमाञ्चित सुन्दरी बाट सुब्बा साहावकी गृह्यलक्ष्मी बनिन्। सुद्धराम नाम मात्र सुद्ध काम न सामका बुद्धुराम थिए। जति बुद्धुराम भए पनि शान्तिमायाको सुद्धरामसँग राम्रो सम्बन्ध हुन सकेको थिएन। उनी नामले शान्ति, कर्मले क्रान्ति, अनि हरेकपल उनमा देखिने भ्रान्तिले गर्दा शान्तिमाया र सुद्धरामले जीवनमा कहिले नै आनन्दता पाउन सकेनन् शान्ति, किनकी शान्तिमायाले आफूले गर्न चाहेको काममा सुद्धरामले जे भने पनि मान्नेवाला थिइनन्। घरमा मृत्युपर्दा पनि उनि कुनै प्रवाह नराखी झगडा गरेर होस् वा सल्लाहा बाट होस् खरदार साहावको नज्दिक पुग्दथिन्। कान्तिमायाले निर्धाराण गरेको दोहरी गीतमा सहभागी हुन पुग्दथिन। शान्तिमाया र कान्तिमायाले हाट बजार, मेलापर्व आदि कुनै पनि उत्सव छाड्दैनथे। यस्तै यस्तै कार्यक्रममा जीवन गुजरा चलिरहेको थियो। सरकारी जागिर कहिले कहा147, कहिले कहा147, सरुवा भैराख्ने गर्दछ। यहा147 पनि खरदार साहवको पनि सरुवा भयो। सरुवा भएको जानकारी खरदार साहवले कसैलाई दिएनन्। खरदार साहाव रातारात भागे। शान्तिमाया र कान्तिमाया उनलाई भेट्न जा147दा उनको डेरामा ठूलो ताला झुण्डिएको थियो। घरबेटीले मुसुमुसु हा147स्दै भने "तपाईहरूको ठिटो भागी सक्यो।" अवत शान्तिमाया र कान्तिमाया दुबैले मुखा मुख गर्ने सिवाय अरु केही वाँकी रहेन। यी दुवै तरुनीको जीवनको खुड्किलो निकै तीतो भयो। हुन त यी दुईवटी जति मुर्ख महिला कुनै हुन सक्दैन। दनदन जलेको आगाको ज्वाला हो भन्दा भन्दै त्यसमा हाम फालिन्छ भने निश्चय नै जलाउँदछ। यहाँ पनि यी दुवैले जान्न पर्ने सरल कुरा के भने "कुनै पनि लोग्ने मानिसले घरमा श्रीमती हुदाँ हुदै दुई दुई ठिटीलाई आपनो श्रीमती बनाउँदैन " पाती भन्दा पनि तीतो जीवनको अनुभव बटुल्दै शान्तिमाया र कान्तिमाया आफनो माइततिर लागे। शान्तिमाया नामकी मात्र शान्ति थिइन्। त्यसो हुँदा उनको जीवनमा उनले शान्तिको बाटो कहिलै पैल्याउन सकिनन्। उनले हरेक कुरामा श्रीमानसँग क्रान्ति गर्दछिन्। मीठो हँसाईको ओठमा मुस्कान कहिलै आउन सकेन। आँखामा आँसु बगाउँन, निधारमा गाँठापार्न झनक्क रिसाउन उनलाई कुनै समय लाग्नैनथ्यो र कुनै कारण पनि चाहिदैनथ्यो। दुवैको जीवनको खुसीयाली त मेटिएकै थियो त्यसमा पनि द्वन्दलको धारिलो खुकुरीले कतिवेला त्यो घरको समग्र वैभव समाप्त पार्ने हो त्यो समस्याको सम्झना उनीहरूले कहिलै सोचेनन्। तर सुद्धरामको सुधो पनाले गर्दा जति ठूलो अग्नि जले पनि राको ठूलो हुन पाउँदैनथ्यो। कान्तिमायाले धेरै दिन खरदार साहवलाई कुरेर बसेकी थिइन्। खरदार साहावले कुलेलम ढोके पछि आफ्नो भावी जीवन बिताउन विवाहा गर्ने निधो लिइन्। उनको विवाहा एक जना कुशल कृषक सँग भयो। कृषकको नाम थियो यसपाल सिंह यसपाल सिंह ठकुरी खानदानको मानिस थियो। यो विवाहामा कान्तिमायाका घरपरिवार खुसी थिएनन्। उनी भागेर गएकी थिइन्। भागेर गए पनि बैबाहिक जीवन भने सुमधुर सम्बन्धमा उनले विताउने कोशिश गरिन्। तर उनको हरेक प्रयत्न बाबजुद पनि उनको श्रीमानले उनलाई आनन्दका साथ अङ्गाल्न सकेनन्। उसले भगायर लाने गल्ति जुन गर्‍यो त्यसको  महसुस तवमात्र गर्‍यो जव उसले आँफ्नी श्रीमतीको सारा जवानी विवाहा अघि नै लुटिइसकेको थियो भन्ने कुरा शङ्का गर्न थाल्यो। शङ्का गर्दा लङ्का पिरर्दछ भन्ने उखानै छ। के गर्ने शङ्का को अव कुनै उपचार छ? मृत्यु पछि लासलाई दवाई खुवाए सरह नै त होनी? आफ्नो बन्धनबाट ऊ सजिलै बाहिर आउन सक्दैनथ्यो। सकोस् पनि कसरी? जे पायो त्यसैमा सन्तोष प्राप्त गर्न नसक्नु नै उसको मुर्खता थियो। ऊ आफैले सन्तोषको बाटो छाडेर यसपाल सिंहले निकै रक्सी पिउन थाल्यो। रक्सीको नशामा बडवडाउन थाले पनि उसले यथार्थत उकेल्न भने सक्दैनथ्यो। किनकी कान्तिमायाको जवानी लुटिएको न कुनै प्रमाण थियो र कुनै साक्षी।  यता जीवनका खुडकिला पुरा चढ्न नपाउँदै कान्तिमायालाई यो पृथ्वी छाड्न पर्‍यो। अति कलिलो र चढ्दो जवानीको कान्तिमायाको मृत्युले यसपाल सिंहको घर नवजात छोरा र तीन बर्षे छोरी संरक्षक बिहीन भए। कान्तिमायालाई जीवनभर सुराबाट पीडित श्रीमानको सेवागर्न परे पनि सुरापीडित श्रीमानले कहिलै दुखदिएनन्। आत्मग्लानिको कारणले गर्दा यसपाल सिंहले कान्तिमाया जीवितछन् देर उनको शिर कहिलै ठाडो भएन। उनले असफलताको जीवनको गोरेटोमा कान्तिमायाको श्रीमान पिल्सिएको वेदनाबाट अलगियो तापनि वास्तविक मर्म र मानवीय धर्मबाट भने ऊ आज ठूलो दुःखको भुमरीमा फसेको छ। समाजको फुसफुसे र घुसघुसे बचन भने अव सायद कतैबाट आउनेवाला छैनन् होला? कसैको तीखो बोली सुन्न पनि पर्ने वाला छैन होला? तर उसको जीवनभर साथ दिने र त्यति सुसिल श्रीमतीको मरणको पीरले उसलाई सताउनु अवस्य पनि स्वभाविक थियो। "भए सस्तो नभए कस्तो" ऊ तडपिएको छ। आज ऊ साह्रै सत्तिएको छ। यौवनको उर्लदोछाल यौवनसमुद्रमा छचल्कि रहेको छ। दुई साना साना नानीबाबुहरू घरमा माता विहीन भएका छन्््। अर्को विवाह पनि ऊ गर्न चाहादैन, किनकी यी दुई निर्दोष बालबालिकालाई सौताने आमाको बुहार्तन भोगाउँन ऊ चाहादैनथ्यो भने विवाह नगर्दा आफ्नो सौलो जीवन एकलो भएर बित्ने भयो। उसले आफूलाइ साह्रै एक्लो सम्झन थाल्यो। आज ऊ यथार्थको धरातलमा ओर्लिन्छ र भन्दछ "विवाह अघिको अल्लारे वंैसमा बहिले के भयो कहिले के गरियो कसैले के भन्यो कसैले के भनेन भनेर अल्भि्कनु र त्यसैमा पछि लागेर आफूलाई अलमल्याउनु  र मानसिक विचलनमा जानु मूर्खता हो। विवाह पछिको साराजीवन उसले ऊ प्रती निभाएको कर्तव्य, सेवा अनुशासन, आदि सबैकर्महरू पूर्ण पतिब्रता नारीका भन्दा उनमा के कमी थिए र? साक्षत ऊ सती नै त थिई।" पतिको हरेक चाहना, हरेक आवस्यक्ताको परिपूर्ति तर्फ ध्यान दिनु उसको नित्य कर्म थियो। कुसल गृहणीको कर्म, अतिथिको सेवा, पतिपरायणी उनी साक्षात देवी नै थिइन्। उनको यत्रो सेवामा पनि पतिदेव प्रफूल्ल नभएको देख्दा उनलाई कताकता विरक्तताले कहिलेकहीँ र जवानीका यादगारले पनि त सताउँदथ्यो होला? यी भावनाहरू कहिलै उनीबाट बाहिर आएनन्। पतिबाट प्राप्त असल र दुव्यवहार सबै पचाइदिईन् कान्तिमायाले। कान्तिमायले सिगरेट निकै पिउँथिन्। सायद यो सिगरेटको कारण नै होला उनलाइ सानै उमेरमा क्यान्सरले पकड्यो। यही कारणले उनको मृत्यु भयो।

 मानवले बिकृतिको मुहानलाई बिकृति ठानेन र त्यसैबाट आफूले अतृप्तिलिन खोज्यो भने सधैकोलागि ऊ भासिन्छ। बिकृतिलाई सुकृतिमा परिणत गर्न सक्नु नै त महानता हो।  सुधारिएको त्यो गुणमा जान नसकेर संकामा शान्तिका सारा वैभव त्याग्नु भनेको यसपाल सिंहको मुर्खता नै थियो। आज मात्र उसलाई मृतपत्नीको महान गुणले सताउँछ र त्यो गुणलाई मेटाउन चाहेर पनि मेटाउन सक्दैन। मनमा भरिएको दर्दलाई पचाउन उसले कुलतको बाटो समाउँदछ। यो उसको दोस्रो मुर्खता थियो र दोस्रो अशान्तिको बाटो थियो। अव त उसको जीवनसाथी भनेको रक्सीका सैाला बोत्तलहरू हुन्छन्। पेटमा र काखमा तिनै बोत्तलहरू उनले अङ्गाल्दछन् र रात दिन तिनैको सहारामा उनी बाच्ने गर्दछन्। उनको अवको कर्म दिन बिताउनु र काल कुर्नु उनको दैनिकी थियो।

       सुद्धरामले शान्तिमायालाई प्रेम दिल खोलेर दिन्थ्यो। भावना पोख्न चाहान्उ। धेरैकुराहरू सम्झाउँदथ्यो तर शान्तिमाया भने त्यो सम्झनेबाली थिइन। मुखमा आएका शब्दहरूको प्रयोग समाजमा बोल्न नहुने शब्दहरूको प्रयोग गर्दथिन्। जव उनी कलह गर्न थाल्दथिन् तव कुनै शब्द केलाउन चाहदैनथिन्। जीवनको सफलताको खाँचोमा सुद्धरामले फलामका चिउरा दिन प्रति दिन चवाउँदै थियो।

       शान्तिमायाको पनि दैनिकी बिग्रदै गएको थियो। उनलाई यौवनकालका हरेक घटनाले सताएका थिए। उनी बसेर टोलाउँदथिन् र सम्झन्थिन् "त्यो बाल्यकाल, त्यो जवानी, ती खरदार साहाव, त्यो मीठो रक्सी, त्यो खरदार साहावको पलङ्ग, दिउसै लुटाइएको त्यो जवानी तथा खरदार साहावको मीठो चुम्बन, त्यो दामी सिगरेट आदि आदि ...।" यी दृश्यहरू उनको आँखाको पर्दामा झरिरहेका छन्। सुद्धरामको घरको सार वैभव जति उनले केही अङ्गाल्न चाहिनन् र उनीमा त्यही ठूलो पश्चताप थियो जुन सुद्धरामकी पत्नी भएर दिन गुजरा गर्न परिरहेको छ । पश्चतापको अग्निमा उनी जलीरहेकी छन्। लुटेराको यादगार र मायामा उनी तड्पी रहेकी छन्। त्यै लुटेराको यादमा उनी सुकीरहेकी छन् ।

       संसार कस्तो छ? यहाँ कसैले दिएको सुद्ध मायालाई स्वीकारिदैन। कसैको लुटाईलाइ पनि लुटाइ नसम्झेर मायामा लिइन्छ र दिएको धोकालाई धोका सम्भि्कदैन। कस्तो माया, कस्तो याद, कस्तो पागल पन, सौलो मायाको महलमा आगो लगाएर खरानी बनाउने र पाइसकेको धोखा वितिसकेको यादगारमा आफ्नो प्राप्त सारा आनन्दता र वैभव आदिलाई मानसपटलबाट पन्छाउँदै बितिसकेका यादगारमा मानसिक सन्तुलन विगारेर भौंतारिनु?

       आज शान्तिमाया साच्चिकै पागल बनेकी छन् । यो पागलपन देश विकास, समाज विकास, घर विकास तथा स्वयम् आफ्नै विकासको लागि पनि त हैन। घरको मायाको सुधारुपी नदी नबगेको पनि त हैन। उनीमा बोलिछ मनपरी बोल्नको लागि, उनमा टाउको छ केवल कुसोचनको लागि र सोही  बाहिरी प्रदर्शनको लागि। आज उनी सोचन विहिन भएकी छन्। हिजोको त्यो सुन्दर मोटो शरीर आज शिथिल भएको छ। उनी निकै दुब्लाएकी छन्। आज सारा वैभव, त्यो मायारुपी सुधारस कता कता जहर हुन पुगेको छ। यो घर उनको लागि जेलखाना भएकोछ / स्मसान घाट भएको छ। सुद्धरामको हरेक बाणी उनको लागि जहर मिश्रीत तीर भएकोछ। अप्राप्य लुटेराको मायामा उनी पागल भएकी छन्। मानसिक डाक्टर कहाँ उनलाई लगिएकोछ। छोरा छोरी चिल्लाई रहेका छन्, तर सुद्धराम भने भगवानलाई पुकारी रहेका छन्–" हे भगवान यो उग्रचण्डीलाई यो जुनीमा व्यहोर्न परे पनि अर्को जुनीमा भने व्यहोर्न नपरोस्, नपरोस्, नपरोस्।"

 

 

जीवनाथको विचलन

जीवनाथको विचलन

सदानन्द अभागी

       इन्द्रावतीको निर्मल जल अविरल बगिरहेको थियो। इन्द्रावतीले मेलम्चीलाई राम्रैसँग आलिङ्गन गरेकी छन्। यी दुवै नदीको सङ्गम स्थलमा सानो तर अति सुन्दर बजार अवस्थित छ। मानौ वागको बीचमा सुन्दर फूलको थुँगो जस्तो रूपमा देखिने यो बजार एकातिर इन्द्रावतीको किनारमा छ भने अर्कोतिर भिरालो जमिनले काखमा लिएर च्यापेको छ। यो बजारको नाम अति प्रसिद्ध छ किनकी मेलम्ची खाने पानी आयोजनाले नेपालमा ठूलै हलचल निम्त्याएको थियो / छ। बास्तवमा भन्ने हो भने मेलम्ची खानेपानी योजनाले नेपालको राजनीति देखि काठमाण्डौमा बसोबास गर्ने सबै बासिन्दा हरूको काकाकुल जीवनमा असर पारेको थियो/छ। मेलम्ची खानेपानी आयोजनालाई कार्यन्वयन गर्र्दा ठूलै भष्टचार भयो भनेर पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा र प्रकाशमान सिंहसमेतलाई शाही आयोगले जेल नै पठाइदियो। यति मात्र नभएर यो आयोजनाको भविष्य कता जाने भन्नेकुरा पनि निश्चित छैन। इतिहासका पाना कता कता यस्तै यस्तै छन्। ती इतिहासका पानाहरूलाई राजनीतिज्ञहरूमा नै छाडि दियौ जस्तो लाग्दछ। त्यो तिर खोजी गर्दै जानु भन्दा सौलो बजारको रमणीयता त्यसमा पनि अविरल इन्द्रावती र मेलञ्चीको आलिङ्गन, त्यो अविरल वहनस्थलको माथि सुन्दर डाडाँकाडाँहरूको प्राकृतिक छटाको सौन्दर्यतामा रमाउनु नै जीवनाथले राम्रो मानीरहेको थियो। उसको अन्तर आत्मा त्यही सौन्दर्यताले छोइरहेको थियो। हातमा कलम साथमा झोला यी दुवै रूपसीको अविरल वगाइको कलकल छलछल सङ्गीतमा जीवनाथको अन्तरआत्मा नै बीउको प्रस्फुटन प्रस्फुरित भए सरी रमाइ रहेको थियो। जीवनाथको आत्माबाटै यो सुन्दरतामा कविता बग्नथाल्यो

"पवित्र जल छलछल कलकल सुन्दरताकी बिहानी

आलिङ्गको सुन्दर स्थल मृद जन्म हिमानी

हृदयधर जीवात सार मृदुल छ यो कहानी

मेलम्ची र इन्द्रावती रतिरङ्गको जवानी

सन्ध्या नानी रिसाउने बानी तमक्ताकी दिवानी

आतुर चकोर हिमांशु दृश्य नभ वाग फूलदानी

तिम्रो कर्म सकल धर्म पवित्रताकी हौ खानी

सारा जन डुबुल्की तन मोक्षताकी तामदानी

आदि " शब्दहरूको गुनगुनमा जीवनाथले गुनगुनाउँदै कविता कोर्नथाल्यो।

     हिजो मात्रैको कुरा हो। जीवनाथको यात्रा माथीको गुराँस फुल्ने लेकमा भएको थियो। त्यो गुराँस फुल्ने लेकमा नेपालको सौलो सिँगार देखिन्थ्यो। त्यहाँ त्यतिमात्र नभएर राष्ट्रियताको भावनाले भरिएको नेपालको सौलो समाज देखिन्थ्यो। राष्ट्रियताले भरिएका सुरिला आवाजहरू सुनिन्थे। हिजोको दिनभरीको यात्रामा अवलोकन गरिएका सारा दृस्यहरू जीवनाथले मेलम्ची होटेलको एउटा कुनामा बसेर स्मरणका लहरहरूमा बगिरहेको थियो। ऊ बग्दथ्यो, बग्दथ्यो इन्द्रावतीको बहनसरी। ऊ आज आफूलाई इन्द्रावतीको लहरको निरन्तरता भन्दा कम सम्भि्कदैनथ्यो। यस्तै थियो उसको बहन तर इन्द्रावतीको वहनको निरन्तरता र उसको बहनको निरन्तरतामा ठूलो अन्तर थियो। जीवनाथको बहन एउटा सानो मन्दिरमा अवस्थित रानी मौरीको सौन्दर्यता, अनुशासिता, लगनशीलता, कर्तव्यपरायणता, उदार र विशाल भावनामा लिप्सित थियो। इन्द्रावतीको वहनको अन्त त महासागरको अन्तर आत्मामा प्रवेशको यात्रा थियो। इन्द्रावती तवसम्म बगिरहन्छिन् वगिरहन्छिन् जबसम्म उनी विशाल समुद्रको आत्मामा गएर विलय हुदिनन्। यहाँ बग्न त दुबै बगेका थिए। यो बगाइमा क्षणिक र अनन्त, जविनको अन्त र निरन्तरतामा मात्र फरक थियो। यो फरक जीवनाथको बहन मेलम्चीको एउटा होटेलको कोठामा, जाडोले कठ्याङि्ग्रएको अवस्थामा मात्र सिमित थियो। उसले आफ्फ्नो जीवनको हरेक क्षण सम्झन्थ्यो र ती रानी मौरीको घारको सौन्दर्यता अनुशासिता, लगनशीलता, कर्तव्यपरायणता, उदार र विशाल भावनासँग दाज्दथ्यो। कति मीठो थियो, त्यो घारको सौन्दर्यता, अनुशासिता, लगनशीलता, कर्तव्यपरायणता, उदार र विशाल भावनाको भकारी। त्यहाँ सुन्दर रानी मौरी थिइन्। रानीको सौन्दर्यता अनुशासिता, लगनशीलता, कर्तव्यपरायणता, उदार र विशाल भावना नै त्यो घारको सुन्दरता, विशालता र महानता थियो। त्यहाँ मुस्कान थियो। त्यहाँ अमृतको पोखरी थियो। बास्तवमा भन्ने हो भने त्यहाँ थियो स्वर्गको आनन्द, जसलाई मानवले भावना र कल्पनामा मात्र अनुभूति गर्न सक्दछ। उपभोग गर्नु भनेको त आकाशको फल आँखातरि मर नै हो। जीवनाथ आज लामो सोचमा छ रानी मौरीको गोलोको आकार कत्रो छ। कति परिवारको बसोबास छ आदि आदि सोचमा ऊ डुबीरहेको छ। एक बृद्ध भाले मौरी (रानीको ससुरा) , एक रानी मौरीकी सासू, एक भाले विहिनकी मौरी(आमाजू), सुन्दर भाले मौरी  र मौरीका बच्चाहरूले भरेको गोलो कति सुन्दर छ। साच्चिकै यो त मन्दिर नै जस्तो लाग्दथ्यो। त्यो सुन्दर गोला, ती सुन्दर रानी भएको त्यो गोलामा जीवनाथको नजर घुम्दथ्यो। रानी मौरीको नयनकिरणको साथमा जव उनको मुस्कान मुस्किन्थ्यो त्यतिवेला जीवनाथका नयनतीर उनका नयनतीरसँग जु137न सक्दैनथ्यो। त्यो आनन्दलाई हेरौ हेरौ हुँदाहुँदै पनि उसका नजर झुक्दथे। उसले सोच्दछ "यो सौन्दर्यदाता को होला? यतिराम्रो मूर्तिको सर्जन को होला? सर्जनलाई यति राम्रो मूर्ति सृजित गर्दा कति दुःख भयो होला? कति राम्रो कुँदाइ होला? आदि आदि, जव रानी मौरीका नयनतीर र मुस्कान जीवनाथको हरेक कर्म तथा भावनाको पोखाइमा गएर अडिन्थे, त्यतिबेला जीवनाथ लजाएर आफ्नो शीर  निहुराउँथ्यो। रानीमौरी ताइको फुरौला सरह घुमीरहेकी हुन्थिन्। रानीमौरीको ससुराको अवस्था निकै नाजुक अवस्थामा थियो। ती बृद्ध भाले मौरी दिनभर रातभर गुनगुन गरिरहेका हुन्छन्। न उनी चल्न सक्दछन्््। चार कोरी दुई बर्ष पार गरेका ती भालेको अचल अवस्थालाई देख्दछ, अनि उनकी जीवन साथीलाई हेर्दछ। उनकी जीवन साथी भने त्यति बृद्धाजस्ति लाग्दिनथिन्। उनीले त्यो घरमा न्यानो माया बाँडेकी थिइन्। उनको भावनाले मानवहरू सबैलाई ईश्वर नै सम्झदो रहेछ। अतिथीहरूको सेवा नै परम धर्म सम्झने उनी पनि आफ्नो समयमा त अवस्य पनि सात्छात् ईश्वरी नै थिइन् होला? आज पनि उनी त्यो घारकी संरक्षिका छन् । सासू गुणकी बहू भन्दछन्। त्यसैले होला ती रानी मौरी सबै काममा अग्रगामी थिइन्।

       जीवनाथले धेरे कुराहरू सोच्दछ। उसको तर्क बृद्ध तथा बृद्धाको बीचको उमेरमा अडिन्छ। दुई बीचको उमेरमा धेरै फरक भएको जस्तो लाग्दछ। अनि भन्दछ कस्तो परम्परा? कस्तो नीति? कस्तो कानुन र कस्तो अनमेल विवाह? आदि आदि। जीवनाथ यस्तै यस्तैमा रूमलिन्छ। अनि पुन ऊ सोच्दछ यस्तै यस्तै हो। अनेकतामा एकता बन्नु नै सवलता हो। प्रकृतिको खेलमा यो संसारका जीवात सबैको दिन गुजि्र रहेको छ। ऊ विचलित हुन्छ। जीवनाथ आज मानसिक द्वन्दमा अल्भि्करहेको छ। कताकता ऊ सोचाइमा डुब्द छ। अनि भन्दछ मानव जीवनमा अहम्ता र विवशता दुवै फरक पथ हो । मानव विवशतामा बाच्नु पर्दा र कसैको अहम्ताले गर्दा भोग्न पर्ने कठिनाइको दर्द भोग्न पर्दा कति आहतमा पर्दछ ऊ। बृद्ध मौरीको रातभरीको कचकच सुनेकै हो।  सपनाको संसारले उनलाई सताइ रहेको छ। रात भरि सपनै सपना भनौ या बृद्धपाको कमजोडिको कारणबाट उत्पादित विरक्तताले भनौ उनी आँखा चिम्लिरहेका अनि कल्पित कुराहरू उनले फलाकेको फलाकेकै हुन्छन् । जीवनाथले लामो कुरा हैन छोटो कुरा ती बृद्धसँग सोधेको पनि थियो "रातभरी बोल्नु हुँदो रहेछ?" ती बृद्धले पनि त जवाफ दिएका थिए "अँ के के हो के के सपना देखिन्छ अनि तिनैसँग कुरा गरिन्छ।" जीवनाथले पुन सोच्दछ "हिजो बेलुका उनले सपनामा जुवाइँ आउनुभयो भनेका थिए।" कति राम्रो बातचित गरिरहेका थिए। "छोरीको सुख नै जुवाइँ मेरो सुख हो" भनि रहेका थिए। ऊ यसैमा घोत्लिन्छ। उसले त्यो घारमा एउटा सिँदुर विहिन अधवैंसे मौरी देख्दछ। उसले बृद्धा मौरीको मुखबाटै खाना खाँदा भनि रहेकी थिइन् "छोरीको बोली प्रष्ट छैन। जुवाइँ बिते, देवर जेठाजुले घरमा टिक्न दिएनन्, यतै पाल्न परेको छ।" हुन पनि ती अर्धवैसेको क48ठ तीख्खर छैन तर रूपमा भने तिनी रूपसी नै छन्। ती बृद्धाले थपिरहेकी थिइन् "घरका सबैले कुखुराको भालेले ठुङ्गे सरी ठुङ्गछन् रे!!" जीवनाथले यो सुन्दर घारमा पनि शान्ति र सुखको अनुभूति पाउन सकेन र उसले सोच्यो बाबु र आमामा छोरा छोरी प्रति कति गहिरो माया र सम्वेदनशीलता हुँदो रहेछ। उनका घरका पाहुनालाई यति चाँडै सबै कुरा किन भन्नुपरेको? उसले सोच्दछ–"बृद्धलाइ पाहुना देख्दा जुवाइँको अनुभूति भयो र बुढाले रातभरी छोरीको मर्कालाई पोखी रह्यो। यता बृद्धाले सारा बेदना पोखेर क्षणिक आनन्द लिईन्।"जीवनाथ भन्दछ "हो त! जीवनमा वोकी राखेको गह्रौं भारीलाई एकै छिन् बिसाउन पाए पनि त क्षणिक हलुङ्गो हुन्छ र आनन्द मिल्दछ।" आज जीवनाथ साह्रै विचलित छ। उसका भावना कता कता मोडिई रहन्छन्। उसले पुन सोच्दछ "त्यति लामो आयुसम्म बाँच्न पाउनु पनि त राम्रै हो। विश्वको रङ्गमञ्च परिवर्त सबै देख्न पाइन्छ। तर राम्रो स्वास्थमा मात्र। यहाँ त उनका गनगनलेे सारा स्वच्छ घार नै प्रदुषित भएको छ।" अव फेरि जीवनाथले आफ्नो निस्कर्ष निकाल्दछ र भन्दछ "आर्थिक आयु र सवल आयु अर्को अर्थमा कमाउन सक्ने र आफ्नो खुट्टामा उभिन सक्ने आयु नै सफल आयु हो।" 

       जीवनाथ पुनः समाजमा बिधवाको स्थान र समाजमा देखिने लोभको भकारी तथा अनैतिक आर्जनको भावनामा मानव किन त्यसरी होमिन्छन््् भन्दै आफैमा प्रश्न बाची हुन्छ। ऊ ती विधवा मौरीले प्राप्त गरेका दुःखमा पुग्दछ। उसका मनभरी कुरा खेल्दछन् र ऊ गुनगुनाउन थाल्दछ "विधवाहरू समाजका र घरघरका कलङ्क हैनन्। किन तिनलाई हेपिन्छ " ऊ फेिर प्रश्नबाची हुन्छ। अनि आँफै भन्दछ लोभ मोहले संसार बिगारेको छ। विधवा समाजमा हेपिनुको कारण उसको श्रीमानको  सम्पती खानु नै त हो नी ?" ऊ आज साह्रै दुखित हुन्छ । मन मनै "संसार बुझीनसक्नु छ" भन्दै  सिँदुर विहिन मौरीको भावि जीवनमा ऊ पिरलिन्छ। पिरलोले आज उसलाई साह्रै सताउँछ र उसका भावनाहरू इन्द्रावतीको अविरल बगाइ सरह मेलम्ची होटेलको एक कुनामा बगिरहन्छन्। ऊ आज विचलित भै नै रहन्छ लामो रातसम्म। कतिवेला ऊ निदायो, उसलाई थाहै लाग्दैन र बसको हर्नको आवाजले ऊ ब्यूँझन्छ र झोलाबोक्दै आफ्नो कर्मतिर हानिन्छ।