| सन्तुमाया सदानन्द अभागी श्रीनगरको लामो डाँडोलाई सल्लाघारीले ढाकेको थियो। उत्तरतिर हेर्दा माछापुछ्रे धौलागिरिको चाँदी टल्कन र दक्षिणमा हेर्दा पाल्पाका धेरै गासिहरूको साथै माडीफाँटको लामो सुताइले सबैको मन लुट्दथ्यो। माडीफाँट र श्रीनगरको डाँडाको बीचमा सिद्धार्थ राजमार्गले सुन्दर पेटीकोरूप धारण गरेको थियो। तानशेनबजारले श्रीनगरको दक्षिण मोहडाको पाखामा आफ्नो सौन्दर्यता देखाएको थियो। बर्तुङ्गको सानो चोक, चोकबाट स्याङ्जा जाने र तानसेन जाने बाटोको बिभाजन यसै अनुसार यातायातको व्यवस्था, आडैमा ठाडो उकालो यो उकालोबाट तानसेन जाने पैदल बाटो, सानो बजार आदि आदि सौन्दर्यताको खानी तानसेन पाल्पा जिल्लाको कमानी, यसको सौन्दर्यताले डाक्छ। सबैको सुन्दर जवानी र सबैले यसलाई हर्दछन् आँखा तानी तानी। बर्तुङ्गबाट अल्लि अघि गए पछि एउटा सुन्दर पानीको प्राकृतिक पँधेरो, त्यो पँधेरोको आडमा एउटा विशालघर, त्यही विशालघरको आडमा अवस्थित ओझेलमा परेको एउटा सानो गरिबको झोपडी, त्यही झोपडीमा सन्तुमायाको जन्म भएको थियो। सन्तुमाया रूपमा गोरी, बाबु आमाकी एकमात्र छोरी, उनको पेट भराउने गर्थिन आमाले स्तन निचोरी निचोरी, सानोमा निकै खेल्ने मोरी, साथीहरूसँग नखोज्ने जोरी, कुतकुताउँदो वैसमा बन्नगई कुलबहादुरकी जोडी। बास्तवमा भन्न त यहाँ भनिसकियोकी कुतकुताउँदो वैसमा बन्नगई कुलबहादुरकी जोडी। यो जोडी बन्न के कसरी सम्भव भयो त यसको घटना यहाँ जोड्न अति आवसयक छ। साचिचनै दिलबहादुर पनि कहाँ कम थियो र? ऊ पनि दिलको धनी, प्रेम बाड्नमा पुष्ट कमानी, उसको पनि आएको थियो राम्रो जवानी, त्यसो हुनाले सुनाउँदथ्यो उसले सबैलाई मुरलीको स्वरमा कहानी। दिलबहादुर साच्चिकै दिलको धनी अवस्य थियो तर उसको जीवनी भने अति दर्दले भरिएको थियो। त्यो दर्दलाई उसले निकै राम्रो स्वरमा मुरलीको धुनमा प्रसारण गर्दथ्यो। आज तानसेन बजारमा मेला लागेको थियो। राम्रो मेला, त्यो राम्रो मेलामा तानसेन बाट मात्र नभै अरुठाउँ तथा जिल्लाबाट हुन जान्थे हज्जारौ मानिसको भेला, वरिपरिबाट हेर्दथे सबैले चटकेको खेला, खेलामा मानिसको रेला तथा हुनजान्थ्यो मानिसको ठेलम्ठेला, यही ठेलम्ठेलामा राम्रो सांस्कृतिक कार्यक्रम भएको थियो। दिलबहादुरले दिलै लुट्ने गरि मुरलीबाट अलाप छाडेको थियो। यो मेलामा सन्तुमाया पनि त गएकी थिई। मुरलीको धुनले पोखेको अलापले सन्तुमायाको दिल लुटी सकेको थियो। मानिसलाई थाहै नलागिकन पनि त दिलले दिललाई बिजुलीको झट्काले समात्दाझैं समात्दो रहेछ। सन्तुमायाको दिल दिलवहादुरको गीतले नै समाती सकेको थियो। तर यो कुरा दिलबहादुरलाई थाहै थिएन। थाहा होस् पनि कसरी? किनकी यी दुवै एक अर्कामा चिनजान नै थिएन। जव भोलि पल्ट सन्तुमाया र दिलबहादुरको जम्का भेट होलङ्दीमा हु147दा पो एक अर्कोमा प्रष्टिन पाए। हिजो राती भएको मेलाको मुरलीको स्वरले चोरेको दिल त आज अगिल्तिर नै छट पटाई रहेको थियो। दिलवहादुरको घर पाल्पाबाट निकै टाढा थियो कामको खोजीमा ऊ पाल्पा आएको थियो। भाग्यले साथ दियो। उसले वागवानी केन्द्र पाल्पामा ज्यालेदारमा काम पायो। ऊ मस्त जवानीले भरिएको, रूपमा गह147ु गोरो जुल्पि्क पालेको, छरी काटेको, हातमा घडी बाधेको ,दा147तमा पनि सुन टल्केको आदि आदि आकर्षणले गर्दा दिलबहादुरलाई सबै तरुनीले एकटकस147ग हेर्दथे। ऊ सङ्गीत र नाच गानमा पनि निकै सिपालु थियो। सन्तुमायालाई देखे पछि दिलवहादुर पनि मोहित भयो। कताकता सन्तुमायाको रूपले उसको मन पनि त लुटियो। यो दिल लुटाईमा आपसमा भने कसैलाई थाहै थिएन। योवनको चुम्बकले ताने पछि सन्तुमाया र दिलबहादुरको बीचमा गाढाप्रेमले जरो गाढ्यो। जसको नतिजा दिलबहादुरले पाल्पामा आएर सन्तुमायालाई जीवन साथी बनाउन सफल भयो। यो सफलताले गर्दा उसले आफूलाई भाग्यशाली ठानेको थियो। यी जोडीको जीवनयापन सुमधुर सम्वन्धमा वितिरहेको थियो। यसरी नै दिन रात सफलताको साथमा बितेको दुवैले महसुस गरेका थिए। दिनभरी दुवैजना वागवानीमा काम गर्दथे। बेलुका डेरामा आफ्नो दैनिकी गुजरा चलिरहेको थियो। कृषिमा पिउन पद खालि भयो। दिलवहादुर जागीरमा स्थाई भयो। अव दिलवहादुरको जीवनमा नयँा खुड्किलोको चढाव सुरु भयो। दुबै जनाको जीवन कर्म उज्वल बन्दै गएको थियो। मायाको वीजरोपणले अङ्कुरण थप्ने समय आयो। सन्तुमाया दोजिया भइन्। अवत दिलबहादुर अझै रमायो। उसको यो प्रगतिले उसको बंशमा नया सदस्य थपिने मात्र नभै उसको सफल जीवनको सूचक बन्ने वाला थियो। वास्तवमा उसको कुलमा ऊ एक्लो थियो। बाबु आमा सानै उमेरमा उसलाई छाडेर बाटो तताइ सकेका थिए। फुपूले उसलाई लालन पालन गरेकी थिइन्। उसलाई पालन पोषण गर्ने बहानामा, उसको सबै सम्पती आ207नो बनाइ सकेकी थिइन्। दिलबहादुरले बाबु आमाबाट प्राप्तहुने माया कहिलै पाउन सकेको थिएन। फुपू र फुफाज्यूबाट पनि उसले माया पाउन सकेको थिएन। फुटेको चाँदो जस्तो थियो त्यस्तै उसले व्यहोर्न वाध्य थियो। सानोमा उसलाई कसैले गाली गर्दा टोकाहा पुछाहा र अभागीको नामले बोलाइन्थ्यो। हुन पनि उसको कर्म त्यस्तै थियो। आमाको गर्भमा भएका बेला उनका बाबुको मृत्यु भएको थियो। बाबुको मृत्यु भए पछि आमाको मायाले उसलाई पुलपुलाएको थियो। बाबु मरे पछि आफन्तले पनि आमालाई राडी भन्दै निकै सताएका थिए। उसलाई कसैकसैले गालि गर्न पर्यो भने राँडीको वहान भन्दथे। दुवै आमा छोराको सन्तोषको साथमा जीवन बित्न पाएको थिएन। गर्भे छोरोको पालन र घरको समस्यालाई उनले जेनतेन प्रकारेण छिचोल्दै गएकी थिइन्। गाउँमा विषम जरोले पकड्यो। उनी जरोको विमारी भएर ओछयानमा पल्टे पछि पुन उठन सकिनन्। यो संसारबाट बिदा लिदा उनका नयन रसाउँदै दिलबाहादुरलाई हेरेकी थिइन्। दिलबहादुरले थाहा सम्म पाउन सक्ने थियोकी अव उसकी आमा यस संसारमा छैनन्। यति बेला दिलबहादुर खुवै रोयो। चिल्लायो, आमाको लाशलाई झम्टयो। लाशको साथसाथै जाने प्रयास गर्यो। आमा आमा भनि चिल्ल्यायो तर उसले आमाको आवाज पाउन सकेन बरु "खाइस् टोकाहा " भन्दै अर्को घरकी महिलाले उनको घरतिर लगेकी थिइन्। आमाको मृत्युको केही दिन पछि "एउटा भदालाई म नै पाल्दछु " भनेर फुपूले दिलबहादुरलाई लगेकी थिइन् । फूपुले आडम्वर देखाउने काममा पछि परिनन् तर दिन पर्ने माया भने उनले दिन सकिनन्। फूपुको त्रु्करतामा दिलबहादुर टिक्न सकेन र ऊ आफ्नो गाउँ छाडेर जागिरको खोजीमा भौंतारिदै पाल्पा पुगेको थियो। आज दिलबहादुर अति नै खुसी थियो। उसले बजार गएर फलफूल मिष्टान्न किनेर ल्याएर श्रीमतीलाई खुवायो। राती अवेर सम्म दुवैजना बसेर खुसी मनाए। भावी जीवनमा एउटा सानो घर, घरमा एकजोडा खाट, बस्ने कुर्सी, टेबुल र खानाखाने ठाउँकोलागि भान्साकोठा, दिसा पिसावकोलागि एउटा चर्पी अतिन्युन आधारभूत कुराहरूको जोगेडासम्म गर्न सकेमा कस्तो हुन्थ्यो भन्ने कल्पनालाई दुबै जनाले जोडेर कल्पनाको भावनामा बगे। भावनामा बग्दाबग्दै दुवैजना एकअर्कामा अङ्कमालगर्दै निदाए। औंशीको रात थियो। सन्तुमाया सुत्केरी व्यथाले कहराइरहेकी थिइन्। दिलबहादुर प्रसुती कोठा बाहिरको गेटमा कुरीरहेको थियो। केही क्षणमा नर्स आएर छोरी जन्मेको जानकारी दिइन्। दिलबहादुरले सन्तोषको सास फेरो र भगवानलाई धन्यबाद दियो। घरमा एक बालिका थपिइन्। बालिका दुवैकी प्यारी थिइन्। उनको पनि दिनदुना रात चौगुणा बढ्ने क्रम जारी थियो। दिन गुजरा यस्तै यस्तै गरेर बितेको थियो। कर्मचारीको स्थायित्व तवमात्र हुन्छ जव ऊ जागिरबाट बाहिरिन्छ नत्र भने सरूवा, बढुवा, खोसुवा, आदि जागिरमा निरन्तर चल्ने प्रकृया हुन्। यो प्रकृयामा राम बहादुरको सरूवा जिल्ला कृषि विकास कार्यालय नवलपरासीमा भयो। परासीमा सरे पछिको बसाई अझै रमाइलो थियो। कार्यालयमा बस्ने कोठा, समय समयमा बाहिरी काज, कहिलेकहीँ श्रीमतीको पनि ज्यालेदारमा काम आदिले गर्दा दिलबहादुरको सानो कल्पनाले आकार देला जस्तो लाग्दथ्यो। समयचक्र भावीको लेखनी संसारिक भोग आदि कसले कसको बारेमा के नै कल्पना नै गर्न सक्दछ र? मानव जीवनको के भरोसा? आज छ भोलि छैन। दिलबहादुरलाई पनि टाइफाइडले समात्यो र ऊ यस लोकलाई कहिलै नहेर्ने गरि बिदालियो। यता सन्तुमायाको सौलो संसार डढेर खरानी भयो। मरे पछि पनि जीवनमा बाच्नेवालालाई समाजले सुख दिदैन। समाजमा विभिन्न किसिमका बाधा व्यवधानहरूबाट पारगर्नु पर्दछ। आज सन्तुमायाको श्रीमानको किरिया गर्ने केाही छैन। उनी सिवाय अर्को नभएको हँुदा सन्तुमायाले श्रीमानको किरिया कर्म आफै गरिन्। उनले आफै डिकुरो सजाउछिन्। डिकुरो फोर्दछिन् र धार्मिक कर्मलाई उनले सबै कर्म पुर्याएर श्रीमानको अत्येष्टि सक्दछिन्। आज सिङ्गार विहिन सन्तुमायाकी एक मात्र छोरी उनको साथमा छन्। छोरी सिवाय उनको आदरकर्ता र सहोयकर्ता कोही छैनन्। उनको नजिक उभिनेवालाहरू केवल उनको जवानीमा आँखा गाड्ने, मुखमा आएका शबै शब्द मजाकमा बगाउँदै गर्दछन्। यी सबै कुराहरू सुन्न उनकोलागि कर्ण तीखो छ, कसैले केही भन्यो भने सुनिहाल्छिन्। मुख मूक छ,, सुनेका कुराहरूको जवाफ उनी दिनचाहादिनन् तर रिसउठ्ने नै भयो त्यसो हुँदा रिसले गर्दा उनका आँखा राता हुन्छन्। यी सबैकर्म कुकर्मका शब्दावलीलाई कवचले छेकेर बस्न सक्ने उनमा धैर्यता छ। त्यसैले जति तीखो बाण छाडे पनि उनले सजिलै पचाइ दिन्छिन्। उनमा सहास छ – दर्द पिउने र मुस्कान छाड्ने। तीखा काँडाको घोचाइलाई उनले सजिलेरी पचाई दिन्छिन् र मल्हम लगाउँन्छिन् घाउलाई निको पार्दछिन्। यस्तै कर्ममा उनको जीवनक्रम गुज्रदै छ। श्रीमान खसेको आलो घाउमा कार्यालयले ज्यालेदारीमा काम लगाउँदछ। देशको बिगं्रदो परिस्थिति आदि कारणले गर्दा र बजेटको कटौती भएकोले त्यो ज्यालेदारी पनि त हट्दछ। बसेको क्वाटर पनि शनैः शनैः हटाउने प्रयास गरिन्छ र उनलाई भनिन्छ –"तपाइँलाई कति दिन सहयोग गर्ने?" यसको जवाफ उनीसँग छैन। उनी हिड्दछिन् उनकी सानी नानीसँग। आफ्नो जीवन ज्योतिको प्याला खोज्दछिन्। जति हिडे पनि त अनन्त छ। यो बाटो कहाँ पुग्न सकिन्छर न त उनले जीवन ज्योतिको प्याला भेट्दछिन् न त जीवन सारकोलागि ज्योति बाल्ने तेल / घिउ र बाती पाउन सक्दछिन्। सानी नानीले बाबु / बाजे / बजैबाट प्राप्तहुने मायाबाट बञ्चित छन्। उनलाई बाबुको / बाजेको/ बजैको मायाको खाँचो छ। त्यसैले त उनी बाजे / बजै हुन् भनिदिंदा काखमा हामफाल्दछिन्। यस्तै हो संसार कसैलाई कसैको मायाको खाँचो छ भने कसैबाट कसैलाई घृणा र तिरस्कारको बोली। दिलबहादुरको घर ठेगाना केही छैन। त्यसो हुनाले उनको मृत्युको खवर पनि त जान पाएन। सम्पती खाने वालाले त झनै खोजी किन गर्ने? समाजले भन्दछ– "यो जवानीमा पोइ मर्यो, त्यो छोरीले उनलाई धेरै अल्झन पारि, कति भारी बनेकी होली त्यो छोरी? यति राम्री छे यदि छोरी नहुँदिहो त गुलावको फूल जस्तै कसैले चुँडी हाल्थ्यो। " तर सन्तुमायाको लागि भने त्यो छोरी, त्यो छोरीको हँसिलो मुहार उनको जीवन–फूलबारीको सौन्दर्य भएको छ। त्यो फूलबारीमा उनले दिलबहादुरको हँसिलो अनुहार पाउँदछिन्। छोरीको मुस्कानमा उनले दिलबहादुरको मुस्कान नै पाउँदछिन्। छोरीको मीठो बोलीमा दिलबहादुरको सुधाबाणी पाउँदछिन् र भन्दछिन् –"साक्षात् उहाँकै औतार हो यो छोरी।" छोरीले अङ्कमाल गर्दा दिलबहादुरकै अङ्कमाल गरेको भान हुन्छ। छोरी खेल्न गएको बेला उनी टोलाउँछिन्। त्यतिबेला भने दिलबहादुरको यादले उनलाई सताउँदछ। अनि भन्दै उठ्छिन् – "मर्ने मरे पनि बाच्नेले आफ्नैलागि / देशकोलागि / संसारकैलागि भए पनि केही न केही गर्नै पर्दछ।" |
April 2, 2012
सन्तुमाया
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment