April 2, 2012

गरिबी निवारण

गरिबी निवारण

सदानन्द अभागी

       सुन्दर बजारले भरिएको चरीकोट, दोलखा जिल्लाको सदरमुकाम हो। यहाँ साधारण देखी राम्रा राम्रा होटेलहरू पनि छन्। एउटा विसाल होटेलको डाइनिङ्ग हलको एउटा छेउको सजिसजाउ टेबुलमा धनपति र एउटा धनाढ्य बसीरहेका छन्। गरिबहरूकोलागि महगो र सुन्दर होटेल प्रयोग गर्न कहाँ सम्भव हुन्छ र? गरिबहरूले त साधारण होटेल त्यसमा पनि खाना खाइदिए बापत बासबस्न तथा सुत्न समेत पाइने नै रोज्दछन्। धनपति धनाढ्यको निमन्त्राणामा त्यहाँ पुग्न सफल भएको थियो। धनपति आज धेरै राम्रो होटेलमा रमाइ रहेकोछ। होटेल सजिसजाउ छ। स्वदेशी तथा विदेशी पाहुनाहरूले होटेल खचाखच भरिएको छ। यहाँ हातमा फायलहरू, स्केचप्याडहरू, कम्प्युटर, पिन्टर आदि लिएर कार्यशाला शन्चालनमा ब्यस्तरहेका तथा तलमाथी गर्ने महिला तथा सज्जन हरूले अझै होटेलको सोभा बढाइ रहेका छन्। यी स्वदेशी तथा विदेशीहरू गरिबी कसरी निवारण गर्ने भनि कार्यशाला गोष्ठीमा सहभागी भैरहेका छन्। तिनको मुखार विन्दुबाट नेपालको गरिबी हटाउने भनि भावनाहरू बगेका थिए। यिनीहरू गरिबी निवारणको लागि दत्तचित्तसँग लागिरहेका थिए। अति व्यस्ततामा उनीहरू देखिन्थे र कुराहरू पनि महिला पुरुषको मुखबाट त्यस्तै सुनिन्थ्यो। गरिबदेशको अर्थतन्त्रलाई सवल तुल्याए र गरिबी घटाउन यी जमघटमा जुटेका महानुभावहरूले छलफल र गोष्ठीको कार्यकर्म समाप्त पारेर तल डाइनिङ्गहलमा झरे। धनपतिको ध्यान तिनै तिर थियो। उनीहरू आज खुसी थिए। कार्यशाला गोष्ठी सफल भएकोमा। गोष्ठी समाप्त भएपछि रात्रीभोजको कार्यक्रर्म रहेछ। जसलाई ककटेल पार्टी पनि भन्दारहेछन््। टेवुलकुर्सीहरू सजाइएका थिए। सवैजना महिला तथा सज्जन मंहानु भावहरूको आगमन भयो। उनिहरू आफ्नो रात्रीभोज क्षेत्रमा प्रवेश गरे र उनीहरूको आफ्नो कार्यकर्म सुरु गरे।  धनपति र धनपतिलाई निमन्त्रणा गर्ने धनाड्य पनि आज त्यही रात्रीभोज गर्ने होटलको एक छेउको एउटा सजाइएको टेबुल र कुर्सी को प्रयोग गरि बसीरहेका थिए। ती महानुभावहरूका कुराहरू सुनिरहेका थिय। ती राम्रा कुराहरू जहाँ गरिबी निवारण देखि देश विकास गर्ने बहुआयमिक  भावना र चिन्तनहरू यहाँ पोखिन थालेका थिए। थरीथरीका रक्सीहरू, वियरहरू , कोक र फयान्टाहरू आदि जस्लार्ई जे मन पर्दछ त्यही सेवन गर्न पाइन्थ्यो। यी खाद्य तथा पेय पर्दाथको उपयोग पनि त्यही रूपमा गरिन्थ्यो। जति जति वियर र रक्सीको मात्रा थपिदै जान्थ्यो त्यहाँ त्यति त्यति देश विकास र गरिबहरूको उत्थान कसरी हुन्छ भन्ने चिन्तन बढ्दै जान्थ्यो। धनविनाको धनपति पनि आज कुनै रइस मित्रको फर्माइसमा डुबिरहेको थियो। धनपति, आज भोजमा, मोज गर्दा र यी विशाल भावना वोकेर विशाल होटेलमा रक्सी र वियरमा निस्केका देश विकासको चिन्तन मनन मा जुटेकाहरूको शब्दहरू आफ्नो कानले सुन्न पाउ147दा ऊ आफूलाई भाग्यशाली सम्झन्थ्यो तर उता भोजको त्यो चिन्तन मननको गरिबको उत्थान र यता धनपतिको यथार्थको चिन्तन कता कता धेरै फरक थियो। ऊ निकै गम्भिर हुन्छ। गहिरो सोचाइमा डुब्दछ र भन्दछ "नेपाल गरिब देश, यस देशका गरिबको उत्थानको लागि छुट्टिने स्वदेशी तथा विदेशी बजेटको ठूलो आयतन। त्यो आयतनलाई सही उपयोगमा लगाउन गरिने ठूला ठूला कार्यशाला गोष्ठी, कार्ययोजना, यी योजनालाई कार्यन्वयनगर्न खरिदहुने विदेशी महगंा सवारी साधन, कार्यशालको लागि गरिने ठूलो धनरासीको खर्च अनि गरिबको लागि उत्थान गर्न बाँडिने एउटा बाख्रा एउटा बङ्गुर , कुनै मुनै कार्यकर्ममा त त्यो पनि पाठा पाठी वाड्ने सर्तमा"। धनपतिले यसदेशका धेरै योजनाहरू हेरेको छ। दिर्घकालिन योजना देखि पञ्चवर्षिय योजनाहरू समेत उसले देखेको देखेकै छ। चुनावमा विभिन्न पार्टीहरूले (दलहरूले ) प्रतिवद्धता दर्शाई प्रकाशित घोषणा पत्रहरू पढेको पढेकै छ। सरकारले बनाएको बजेटमा गरिबी निवारणको लागि छुट्याएको बजेटको आयतन हेरेको हेरेकै छ। आदि आदिको प्रतिवद्धताले यसदेसका गरिबको गरिबी निवारण भएको पाउ147दैन र लामो सास फेर्दछ र भन्दछ–"देशमा गरिबी बढेको बढेकै छ। ठूला ठूला योजन बनेका बनेकै छन्। कार्यक्रम योजना तर्जुमा, कार्यन्वयन र मूल्याङ्कन ( अनुगमन ) को लागि कर्मचारिहरूको साथै विदेशी सल्लाहाकारहरू नियुक्त भएकैछन््। गाडि दकुरेकै छन्् तर गरिबको गरिबी निवारणको कार्यक्रमले गरिबको एक छाकटार्न सकेको छैन, आदि आदि चिन्तनमा ऊ गम्भिर सोचमा पर्दछ। कता कता उसका आँखा झ्यालको आँखीझ्यालबाट वाहिर पुग्दछन्। उसका आँखाले देख्दछन्–" गाडिको छतमा भारीसमाउन पुग्ने ती गरिब भारिबोकाहरूको दैनिकी। जो छिटो भारी छोप्न सक्दछ र निकाल्न सक्दछ, त्यसले मात्र भारी प्राप्त गर्न सक्दछ। निर्बलहरूले हेर्नु सिवाय कुनै कुरा रहदैन। देशको दिन प्रतिदिनको दयनीय अवस्था जहाँका लाखौ युवाहरू बेरोजगारी छन्् र रोजगारीको लागि, विदेश पलायन भैरहेका छन्। गाडिमा पुगेका ती नयनहरूले, उसले चालै नपाउने गरि एक पलमै एउटा भोको फुटपाथे बालकको नग्न शरीरमा, प्रहार गर्दछन््। बालक सुन्दर छ। उसको पेट भोको छ। उसले त्यो भोको पेट भर्न फालिएका भातका सिताहरू टिप्दै मुखमा राख्दै गरेको वेहाल धनपतिले देख्दछ। उसका नयन रसाउँदछन्। मन मनै आजको यो मिष्टान्न देखि सुरा समेत पेटमा गएकोमा उसले आफूलाई नै धिकार्दछ। उसले एकटक्ले हेर्दछ।" ती स्वदेशी तथा विदेशी महिला तथा पुरुषहरूको गरिबी निवारणको गम्भिर चिन्तन जहाँ ल्पेटमा थरीथरीका पकवान छन््। माछा मासु सलादलाई भिजाउने र जीब्रोबाट पेटतिर बगाउनका लागि प्रयोग गरिने थरी थरीका वियर रेडलेबल बल्याकलेबल हिवस्की तथा रक्सी तथा रक्सीहरूको स्वाद अनि कती मीठा ती कुराहरू गरिबि निवारणको। एक जना नेपालिले अर्को विदेशीलाई अर्थाइ रहेको थियो " अति विपन्न वर्गका जनतालाई समुहमा आवद्ध गराउने, तिनीहरूलाई एक एक वटा बाख्राका पाठी बाँड्ने। त्यसबाट जन्मेका पाठी मध्य एउटा पाठी अर्को गरिबलाई बाँडे पछि माउ त्यो गरिबको निजी हुन्छ" त्यसरी नै दलितहरूमा एउटा बङ्गुर बाड्ने, त्यो बङ्गुरबाट जन्मेको पाठी एउटा अर्कोलाई दिए पछि माउ त्यो गरिब दलितको निजी हुने। कति मीठो बिचार? कति प्रवल योजना? गरिबको गरिबी घटाएर नै लाने,  बिचरो त्यो गरिबले जसको एकछाक खाने जमिनको उत्पादा छैन, उसले त्यो ब्यवास्था कहाँबाट पुर्‍याउने? बितरित एकहज्जार रुपियाँबाट कहाँबाट बाख्रा या बङ्गुर किन्ने? उसले आँफैमा प्रश्न राख्छ र आँफै निरुत्तर बन्दछ। धनपतिले ट्वाल ट्वाल्ति तिनै गरिबका शुभचिन्तकहरूलाई हेर्दछ। अनि सुन्दछ "ती गरिबी निवारणको लागि कम्मर कसेर, पाँचतारे होटेलमा बसेर मोज मस्तिमा आङ्खनो जीवन स्तर उठाउन लागि परेका कर्मठ स्वदेशी र विदेशी महानुभावकहरूका रक्सीको सुरमा गुन्जिएका ती सुमधुर वाणीहरू र चिन्तनका आभासहरू"। धनपतिको कान यिनै आवाजले भरिन्छ। सारा घटनाहरू उसका आँखाका नानी अघिल्तिरै दर्शिन्छन््। आज उसले आफ्नो साथिलाई हेर्दछ र मन मनै धन्यावाद दिन्छ। "धन्य मित्र तिमीले यो यथार्थता देखिने ठाउँको दर्शन गरायौ "। यदि उसलाई कुनै धनाढ्यले नवोलाएको भए धन विनाको धनपतिले यत्रो रमाइलो घटना कसरी देख्दथ्यो? उसलाई यी सवै कथा बन्दथे। उसलाई भ्रम हुन्छ,–"कही यो जे देखिरहेको छ, त्यो असत्य त हैन?" पुन उसले आँखा तानेर हेर्दछ,– उसले पत्रपत्रिका, रेडियो आदिबाट पढेका र सुनेका कुराहरू सम्झन्छ अनि पूर्ण विस्वास को साथमा भन्दछ "आज देशमा गरिबी निवारणका कार्यक्रमहरू तीव्ररूपमा सञ्चालन भएका छन््। जता हर्‍यो उत,ै सबै सरकारी गैह्रसरकारी संघ संस्थाहरूको  मूल उद्देश्य गरिबको जीवनस्तर उठाउने तर गरिबहरू झन् झन् गरिबहँुदै गएका छन््। विदेशी सहयोगको पनि कमी छैन्"। उसले धैर्यताको सास फेर्दछ र पुन भन्दछ "ऋणले नेपाल र नेपालीलाई नडुबाउ। सहयोग ल्याएर आफ्नो गरिबी निवारण गर्दछौ भने गर तर ती निमुखा गरिब र दलितको नाम बेचेर नहिड।" यो उसको आत्माको चित्कार थियो। उसले हेर्दा हेदै समयले विदा माग्यो। पाँचतारे होटेलको गरिबी निवारणको भब्य कार्यक्रम उसको जीवनको अविस्मरणीय घटना बन्न पुग्यो। उसले लामो सास फेर्दै "धन्य हौ गरिब र दलित हो तिमीहरू" तिम्रो भजन गर्दै सबै बाँचेकाछन् अनि गरिब र दलितका शुभचिन्तकहरू सबै पनि धन्य हौ। गरिबको भजन गर्दा शुभचिन्तकहरू सबैको गरिबी पनि घटेर गएको छ। त्यसैले सबै धन्यवादका पात्रछन् किनकी गरिबको गरिबी घटोस् नघटोस् गरिबका र दलितका सुभचिन्तकको गरिबी भने अवस्य घटेकोछ। 

औंशी स्नान

औंशी स्नान

 सदानन्द अभागी

स्वर्णभद्रा पूर्णभद्रा र पावन नारायणी नदीको सङ्गम स्थल, वैदेही जगज्जननी सीताजीको कल्पवास, वालयोद्वा लवकुशको जन्म स्थल, बाल्मिकी ऋषिको तपोभूमि, गजेन्द्रमुक्तिपुरी, शालीग्राम क्षेत्र, कहलित त्रिवेणी धाम एउटा ऐतिहासिक स्थल हो। यो स्थलको पूर्व राष्टिृय निकुञ्ज चितवनको हरियाली जङ्गल, वन्य जन्तुको क्रीडास्थल, यसको सौन्दर्यता,यहाँका मठमन्दिर, देवालय शिवालय, शंख घण्टको गुञ्जायमान ले यहाँको सौर्न्दयतामा सुनमा सुगन्ध भरि दिएको छ। यहाँ पनि माघे औशीमा मेला लाग्दछ। माघे औंशी नुहाउने कर्ममा यहाँ हज्जारौ भक्तजनको जमघट हुन्छ। यसै क्रममा जीवलाल पनि औशी स्नानार्थ त्रिवेणी धाम पुगेको थियो। त्रिवेणी धाम पुगेपछि जीवलाल अनेकैा तर्क बितर्कमा बिचलित भएको थियो। सर्ब प्रथम त उसले यो स्थानको भ्रमणको कर्ममा सीताको कल्पवासमा अल्भि्कयो र उसले सीताको कल्पवासलाई रामद्वारा गरिएको अन्याय हो भनि भावामा लिन्छ र यो राम द्वारा गरिएको अन्यायमा ऊ निकै तड्पिन्छ। ऊ भावनामा लङ्का पुग्दछ। लङ्कामा पनि रावणको अशोक बाटिकामा नै पुग्दछ, जहाँ रावणले सीतालाई हरेर लगेर सुसंरक्षितरूपमा  राखेको थियो। रावणले सीतालाई हरेको, जटायुले सीतालाई रावणबाट छुटाउन लडेको र मरेको  सीतालाई फर्काउनको लागि रामले रावणसँग गरेको युद्व, त्यो युद्धमा गर्नको लागि र रावणबाट हरण गरिएकी सीतालाई फर्काउनको लागि राम चनद्रले सुग्रिवको सहायता लिएर बालीलाई लुकेर मारेको घटना, राम र रावणबीच ठूलो युद्व, लङ्का दहन गरे पछि सीतामा गरिएको अग्निपरीक्षा, परीक्षामा सतीत्व नडगाइएको भनि स्वीकारेकी सीतालाई आदि घटनाहरूलाई ऐना हेर्दा आफ्नो अनुहार देखेझै कल्पना र भावनामा उसले छर्लङ्ग देख्दछ। ती पवित्र सावित भएकी सीतालाई एउटा धोबीको कुरा सुनेर रामले गर्भवती सीतालाई वनमा लगि छाड्न दिएको आदेशआदि आदि  घटनाको अध्ययनले ऊ धेरै बिचलित हुन्छ। उसले यहाँ तीन शब्दहरू मात्र सम्झन्छ " मर्यादा पुरुषोत्तम राम, सीताको कल्पबास र भगवानको लीला" अनि सारांसमा भन्दछ–"ठूला बडाको सबै कुकर्म लीला बन्दछन््।"

       जीवलाल कल्पनामा डुब्दै त्रिवेणीधाम घुम्दै गर्न थाल्दछ। केही पश्चिमतिर लागे पछि ठूलो बाँध बाँधेको देख्दछ। धेरै पानी भारततिर लगेको देख्छ अनि नेपालमा थोरै पानी एउटा कुलोमा बगेको पाउँदछ। अनि सोच्दछ " आफनो सम्पती जति अरुलाई सुम्पेर आफू नाङ्गो हुने! कस्तो नामर्दीपना! नेपाल जलस्रोतको धनी देश अरे, आफ्नो बालीनाली पानी नपाएर सुक्न,े आफ्नो देशमा विजुली नपुगेर जनताले टुकी बाल्न बाध्य हुनु पर्ने " आदि आदि उसले मनमा तर्कहरू खेलाउँछ र भन्दछ "यहाँ नामर्द त कोही छैनन्। हामी वीर गोर्खाली हौं,

धेरै जल, उसकै देशमा बगेर गएको छ, उसले आफ्नो देशमा गएको जल प्रयोग गरेको हो, अलिकति यतातिर पानी छाडेको छ त्यो पनि दियो, यो पनि ठूलो कुरा हो।" नेपालका सबै राजनैतिक हल्लामात्र हुन्।" "हैन! हैन!!  यो राजनैतिक हल्लामात्र नभएर यहाँ केही सत्यतथ्य अवस्य छ। " ऊ पुन बडबडाउँदछ–"लैजावस उसको भूमिमा गए पछि तर नेपाललाई किन डुवानमा पार्ने? नेपालको सिमानामा नै बाँध किन बाध्नुपर्ने"  यस्तै तर्क वितर्कमा आफै भन्दछ "एक छाकटार्न नसक्ने गरिब जीवलालले केको राष्ट्रियचिन्तन गर्न सक्दछ।" फेरि बडबडाउँदछ "अनि दृढ भएर भन्दछ आधा छाक र आधा पेट खाएर पनि राष्ट्रप्रति चिन्तन हुनै पर्दछ। " ऊः त्रिवेणाीधाम आउनुको उद्देश्यसम्झन्छ र भन्दछ "म यहाँ आएको औंशी नुहाउन पो हो। यो बेला एकाग्र भएर धर्म पो गर्नु पर्दछ। राष्ट्रिय चिन्तन बोक्ने त राजनेताहरू छन्, सत्ता चलाउनेवाला छन्।"

        अव जीवलाल धर्मतिर झुक्यो। धर्ममा नै तल्लिनहुन असल ठान्यो। विचलित मनस्थिति कहाँ एकाग्र हुन सक्दछ र? आज उसलाई सीता लवकुश, त्रिवेणीधाम, त्यो पानीको बाँध, ती रामचन्द्र भगवान आदि आदि सोचाइले उसको मानसपटललाई साह्रै सियोले घोचेसरी घोचेकोछ।" लवकुश दुईवटा बच्चाको नाम हो की एकको? अनि उसले सुनेको थियो कुश त कुशबाट निर्मित हुन अरेनी? हुन सक्छ " आफैले जवाफ दिन्छ "बाल्मिकीले रामायण लेखेका थिए, सीता लवकुशलाई पनि संरक्षण गरेका थिए। हो! ऊ दृढ भएर आफैले देखेसरी भन्यो। "यो पवित्र धाममा लवकुशले रामचन्द्र भगवानको फौजलाई हराएका थिए? नैतिकताले की बलले?" ऊ फेरि आफूले आफूलाई जवाफ दिन्छ "रामयण पढ" अनि थाहा लाग्दछ। पुन उसले सोच्दछ "कुलको छोरा मूलको पानी" भन्ने उखान अनि निस्कर्ष निकाल्दछ "लवकुशको यो बहादुरी रामलाई परास्त गर्ने क्षमाता रामकै छोरा भएको हुनाले सम्भव हो। " उसले मनमनै भन्दछ "युद्वमा छोराबाट परास्त भए पछि रामले आफ्ना छोरा भनि स्वीकारे।" पुन आफूमा नै प्रश्न राख्दछ "होइन होला?" जवाफ दिन्छ "रामायण पढे पो थाहा लाग्दछ।" अझै जीवलाल तीन छक पर्दछ। भगवानका कर्म जेजस्ता भए पनि लीला सम्भि्कन्छन्। धोवीले आ207नी श्रीमतीलाई चरित्र हनन भएको सम्भि्कन्छ र भन्दछ " म रामजस्तो हैन अर्काले लगेकी श्रीमती राखुँ। " यो शब्द रामकहाँ पुग्दछ। यो शव्द रामले सुन्दैमा सीतालाई वनवास पठाउने पनि राम नै हुन् र अग्निपरीक्षा लिने पनि त रामै हुन्। ऊ यस्तै रन्कोमा फन्को मार्‍यो। ऊ आज राम चन्द्र भगवानसँग अझै झोक्किन्छ। उसले रामायणका हरेक शब्द शब्द केलाएर यस्मा भएका कमजोडीलाई छरपष्ट पार्न चाहान्छ तर यो पनि उसलाई सहास आँउदैन। धर्ममा आधात पुग्यो भने धार्मिक उपद्रव मचिन्छ। जीवलालले त्रिवेणीमा नुहायो। तन्त्रमन्त्र (गायत्री) जप्यो। यो कर्म समाप्त भए पछि जीवलाल नजिकैको सुन्दर होटेलमा पुग्यो। होटेल गाउँमा थियोे। गाउँले होटेल भए पनि महगो थियो। उसले रात विताउनु पर्ने भएको बास बस्नको लागि कतिरुपियाँ लाग्दछ भनि सोधनी गर्‍यो तर मेलाकोबेला भएर होला बास बस्नको लागि भाडा महगै तिर्न परेकोले बासबस्ने सहास भने गरेन। होटेल मालिक र जीवलाल बीचमा लनमै बातचित भयो। गफ गर्दैजाँदा होटेल मालिकले आफूलाई जैसी भन्ने जानकारी दिए र भने "म कुशल, सक्षम, प्रखर जैसी हुम्। मैले हात हेर्दछु, चिना हेर्दछु , बाजी ठोकेर सबै कुरा भन्दछु।" यस्ता धुरन्धर भविष्य बक्ता जैसी भेटे पछि जीवलाले पनि आ207नो भावी कर्म रेखा हेराउन थाल्यो। अव जैसीले भटभट्याउन थाल्यो "सबै ग्रह राम्रा छन््। शनी उच्चा छ। मङगल ग्रहको शान्ति पाठ गर्नु पर्दछ।", भन्ने कुरा दोहोर्‍याउने बाहेक केही भनेनन्। जीवलाललाई यी ज्योतियाीको फुर्तीफार्ती देखेपछि एउटा उखान सम्झन्छ "भूक्ने कुकुरले टोक्दैन " अनि अर्को हिन्दी उखान पनि सम्झन्छ " जो गरजता है बह वरषता नही " गर्जने मेघले पानी पार्दैन। उसले हात हेराउन राखेको दानलाई वेकारमा खेरगएको महसुस गर्‍र्दछ र भन्दछ "औशीको दान भयो। नवग्रह शान्ति भए। तर उसको मन मानेन। उसलाई छटपटि चल्यो र उसले पुन उखान सम्झ्यो "हराएको गाई सूर्यलाई दान " पुन बडबडायो र भन्यो "यो कदापी हुन सक्दैन। यो दान हैन, यो त हात हेराए वापत दिएको निमक हो।" यस्ता तर्क गर्दै जीवलाल धुनीतिर लम्कन्छ। धुनीतिर लम्के पछि उसले देख्दछ "खरानी घसेका सन्तमहन्तहरू। " उसले एकक्षण आनन्द पाउँछ र हेर्दछ र भन्दछ "कति राम्रो जीवन " "खरानि घस्यो वस्यो" "यिनलाई के को दुःख?  के को चिन्ता?, गाँजा खायो जय भोले भन्यो।" कस्तो उसको सोचाइ, यो सोचाइमा ऊ धेरै बेर रहदैन र उसले यो पनि मान्ने वाला छैन, ऊ प्रश्न वाची हुन्छ "के यी जोगीहरूले सिद्धि प्राप्त गरेर देश, जनता , धर्म, कर्ममा टेवा पुर्‍याउँछन् ऊ आफै पुन तर्क भन्दा बाहिर आउन खोज्छ तर सक्दैन। ऊ तर्क वितर्कमै रुमलिएको छ र भन्दछ "काम गर्नका दुःखले जोगी भया,े जोगी भएको दोस्रो दिन भोकै रह्यो।" यी धेरै तर्कना उसमा झुण्डिएका छन्। यी तर्कनामा बिचार गर्दछ र फेरि आफ्नो तर्क पोख्दछ "बास्तबमा सबै योगी योगगर्न योगी बन्दैनन्। कोही घरबाट दुःख पाएर, अपहेलित भएर मानसिक विरक्तताले पनि त जोगी बन्दछन्। सामाजिक मर्यादा मात्र नभएर सामजिक तिरस्कारले पनि मानिस जोगी बन्दछ जोगी भएर भोगी हुन पनि कसैले चाहेको हुन सब्दछ आदि आदि तर्क?" फेरी उसले तर्क छाड्दछ फेरि मनमनै भन्न थाल्दछ "यिनको जीवन के जीवन? धुनी बालो, गाजा खायो। पनि मस्तराम भएर "जय भोले " गर्‍यो।" अनि पुन सोच्दछ र आफैले मनन गर्दछ र भन्दछ "जीवनमा प्राप्त गर्ने भनेको उपलब्धि खरानी घस्तैमा हुने होइन, खरानी घसेको त देखाउने आडम्बर मात्र हो। आडम्वर भित्रको सही चरित्रनै वास्तविकता हो। वास्तविकता भन्दा बाहिरी आडम्वर भनेको त फोस्रोधाक हो। बाख्ाले बाघको छाला ओढ्दैमा बाघ हुने होइन। जीवलालले एकातिर सकरात्मक भावनामा धेरै अघि बढ्दछ भने पुन क्षणिकतामा नै ऊ साह्रै नकरात्मक बन्दै जान्छ र भन्दछ "दुई दिनको जीवन विताउन हो जसरी विताए पनि हुन्छ। मन विचलनमा गए पछि के गर्ने? ऊ विचलिन हँुदै जान्छ। भौतारिदै जान्छ। जे जे सोचने हा,े त्यही सोच्दै जान्छ। उसले सकरात्मक मात्र नभएर नकरात्मक पनि सोच्दै जान्छ। त्यो खरानी घस्ने जोगीहरूको तर्कबितर्कलाइ छाडेर जीवलाल त्यहाँबाट अघि बढ्दछ। अघि बढ्दै जाँदा उसले त्यहाँ एउटा मगन्ते बालक देख्दछ। बालक सुन्दर छ, निधार चौडा छ, अनुहार चिल्लो छ र बालक उज्वल पनि छ। जीवलालले ईश्वरलाई धिकार्दछ "निर्माणकर्ता, पालनकर्ता, र हरण कर्ता नै ईश्वर मानिन्छन्। ईश्वर तिमीमा के कमी थियो र यस्तो बालकले पेट छाम्दै माग्दै गर्न पर्ने बनायौ?" उसले पुन ठूलो सास फेर्छ र भन्दछ "ईश्वर भन्नु मात्र , ईश्वरमा विवेक छैन। विवेक भएको भए यस्तो होनहार बालकलाई भिखारी बनाइने थिएन।" विकृति र विसङ्गतिको मुहान त ईश्वरले नै निम्त्याए जस्तो ठान्दछ जीवलालले अनि भन्दछ "ईश्वर तिमीले विकृति मुक्त संसारको श्रृजनागर।" ऊ आफै विचलित मन मस्तिष्कको मानिस न हेा जीवलाल। उसले आफ्नो तर्क फेर्दछ र भन्दछ "ईश्वरलाई दोष दिनुमात्र हो। संसारमा मानिस बनाउने मिसिन थपिएका थपिएकै छन्। यिनै मानिस बनाउने मिसिनको करामत हो। ईश्वरलाई गाली गर्नु मात्र हो। घरको वातावरण स्वच्छ राख्नु पर्दछ, सवल परिवार हुनु पर्दछ, आफ्नो भाग्यको निर्माण आफै गर्नु पर्दछ .....। त्यो नगरेको कारणले त आज विश्व वातावरण बिग्रेकोछ।" ऊ फेरी भन्दछ "प्रकृतिको आफ्नै नियम छ। यो सँतुलन प्रकृतिले नै मिलाउँदछ। " "यस्तै हो संसार सफल भए जो कोही ले आफै गरेको भन्दछन् र विगे्र अरुलाई दोष दिन्छन्।" उसको तर्क यस्तै यस्तै सुनिन्छन् । फेरि "अलमले चालले जसले जे गरे पनि कर्ममा मर्म पार्न भने हुँदैन" भन्दै अल्लि पर पुग्दछ। यति बेला सम्म झमक्क साँझ परिसकेको थियो। छेउकै बोटको आडलागेर एक युवा जोडीले कसैको पर्वाह नै नगरी माया प्रीती बाँडी रहेको देख्दछ। उसले मनमनै उखान सम्झन्छ –,"पशुपतिको जात्रा सिद्राको व्यापार " यहाँ त्रिवेणीको स्नान मात्र हैन, प्रेमकोसागरमा डुब्नु पनि महा धर्म हो। के गर्ने आजको एक्काइसौ सताप्दिमा पनि प्रेमको प्रष्टतागर्न पाइदैन। प्रष्ट हुन नसके पछि लुकी लुकी यस्तै हुन्छ। आफ्नो सम्झाउनु बिर्साउनु प्रेमसागरमा डुब्दा डुब्दै विछोडमा परेका जोडीहरूको  र जवानीले आत्तिएकाहरूको मिलन विन्दु पनि त यही हो। भावनाका लहरहरू बगाउँने, प्रेमका छालहरू गन्ने, वोदनाका मुठाहरू खोल्ने र एक अर्काको मनको भारी बिसाउने स्वर्णथलो यस्तै मेलाको बेलाको पूण्यस्थल नै त होन्ी? के होइन र?" 

उसले कता कता सुनेको थियो पश्चिमी देशहरूमा युवा र युवती बीच आफ्नो भावनालाई पोखन पाइन्छ रे। यो भावनाको पोखाइ पछि भावनामा फरक आयो भने सरी भन्न पनि पाइन्छरे। यो हो होइन उसलाई भने थाहा छैन। जे होस् मानिस मनबाटै स्वतन्त्र हुन पाउनु पर्दछ। पुन नकरात्मक बनेको जीवलाललाई यो भावनामा विरोध गर्न मन लाग्दछ र फेरि भन्दछ "यो पू48य थलो पूण्य कर्मको लागि हो। यहाँ विकृतीका पोका खोल्न र खोतल्न मिल्दैन तर विकृतिमुक्त हुन्छु भन्न भने अवस्य पाइन्छ। " 

       जीवलालका चरणकमल चलेका चलेकै छन्। उनि अल्लि पर पुग्दछन्। यसो भट्टीतिर पस्दछ। रक्सी र मासुको साथै माछाहरू विकृी भएका थिए। ऊ फेरि कड्किन्छ र भन्दछ "आज पनि मासु?  नियममा त औशीमा एकादशीमा काटमार गरिदैन भनिन्छ नि" उसले आफैले भन्दछ "कुना काप्चामा नियम खोज्न किन जाने अनि फेरि तर्क गर्दछ "सबै ठाउँमा नियम खोजेर पनि त भएन। यतिका मानिस भोली कहाँ पाउने?  लुकी लुकी गर्नेले के गर्दछन्, के गर्दैनन्।आज वेपारको दिन हो ब्यपारमा यो पनि त गर्नै पर्‍यो।"  जीवलाल ब्राहमण भए पनि पहिला पहिला त लुकी लुकी रक्सी र मासु खान्थ्यो। आजकल सबैलाई हेपी सकेकोछ। यो दृश्यमा उसले मन थाम्न सकेन। अव त रात पर्‍यो, मासु र रक्सी खान के नै हुन्छ ऊ प्रश्न बाची भयो र आफ्नै मनले भन्यो "आत्माका देवलाई खुसी तुल्याए पो परमात्मा खुसी हुन्छन्।" भन्दै उसले पनि पिउन थाल्यो। उसले यति धेरै पियोकी थलाबाट उठ्नै नसब्ने गरी पियो  र ऊ त्यही  ढल्यो।  

हजूरबा

हजूरबा

सदानन्द अभागी 

       जीवन बाबुको जीवनको धरहरा धेरै अग्लो छ। त्यो धरोहरालाई जीवनबाबु आँफै सजाउँदछन् र उनी आफै रमाउँदछन्। उनी दुरदर्शी पनि छन््। वृधपाले सताउने बेला नभए पनि पाकेका सेतारौले जीवन बाबुलाई निकै बुढो देखाउँदछ। सही अर्थमा भावनामा, कल्पनामा, जोश र जाँगरमा भने जीवन बाबु कहिलै पनि बालक र बुढो दुवै भएनन्। उनको बालपा भनौ या बृधपा परिपक्कतामा बित्यो। त्यति मात्र कहाँ हो र फेरि उनले आफूलाई सधै सोह्र बर्षे लोर्के ठीटो सम्झन्यथे। उनको जवानीको सारा सौन्दर्य प्रति साहै्र गर्व थियो। उनले आँनो मनको लडडु घिउसँग खान्थे। ऊनी हिड्ने बाटाहरूमा ऊ जहाँ जान्छन् । त्यहाँ नया अनुभव तथा नया सृजनाका सुमार्गहरू पाउने गरेका छन् । ऊ आँफैमा अचम्ममा पर्दछन्। उनले सोच्दछन्"उनले सम्झने भावना र कल्पनामा यो संसार किन अट्न सक्दैन? उनले सोच्ने गरेका, गर्ने गरेका तर्क र वितर्कका भुँमरीहरू साच्चिकै समुद्रमा आउने भूमरी तथा ज्वारभाटा बन्न जान्छन्। यी ससाना पानीका लहर देखि समुद्रमा आउने ज्वाराभाट बनेको जीवनको यो तीतो मीठो आँधीबेरीले उनलाई कहिलेकहीँ, समुद्रमै लगेर मिलाए जस्तो भान उनले महसुस गर्दछन्। जव उनी कुनै गाडीमा चढ्दछन्। उनलाई कन्डक्टरले "बुढाबा अल्लि अघि सर्नुहोस् " भनेर आदरभाव पोख्दछ। आज देशमा चलेको द्धन्दले सारा नेपाली आत्तिएका र सत्तिएका छन्। सबैको नेत्रहरू शान्तिको परेवा नेपालको गगनमा उडेको देख्न सकिन्छ कि भनेर अडिरहेका छन्। भाइले भाइलाई गोली र गोलाले ढलाई रहेका छन् । यो ढलाई कसैले वीर गति प्राप्त गर्दछन् भने कसैले आतङ्ककारीको बिल्ला भिरेर उनैको समुहले लगेको शन्देश रेडियोले फुकिरहेको हुन्छ। यथार्थतामा दुवै एउटै नेपाली माताका सपूत हुन्। दुवै यस देशका नागरिक हुन। दुवैको कर्मले यो देशको विकास अग्रसर हुने छ। यी दुवै भाइभाइ को मातृत्वमा कलङ्क लागेको देख्दा कता कता यो छाती चिरिएर आउँदछ। यी बारुदको खेतीवालाले बाहादुरिता पोखिरहेका छन्। भने सारा नेपाली नारीहरूको सदृदय गोलीको आवाजले छिया पारेको छ। यहाँ सुर212ाजाँच हुन्छ। टाढा टाढा झोलावोकेर हिडाइन्छ। यस्तै क्रममा जीवन बाबु पनि सुरक्षाजाँच मा जान झोला वोकेर हिड्न थाल्दछन्। सुरक्षामा खटाइएका सुरक्षा कर्मीहरूले "बुढो मानिस बसे हुन्छ, हिडन पर्दैन " भन्ने आवाज सुनेपछि बसको सिटमा वस्दछन्। उनको मनमा बुढो मानिस भनेको शब्दले कता कता सियोले कोपे झै कोप्दछ। उनि घोरिन्छन् र भन्दछन्् "म कति बुढो भएँ छु र " अनि उसले सारा शरीर नियाल्दछन्। कता कता जीवन बाबुलाई दपर्ण हेर्ने मन जाग्दछ। यस्तो दर्पणहेर्ने मन जागेको पनि पहिलो पटक हो ।  उनले कहिलै दर्पण हेर्ने गर्दैनथे। जीवन दर्पणको अघि उभिन्छन््। उनलाई पत्ता लगाउँनु थियो उनी कति बुढा भएकाछन््। जव जीवनले ऐना हेर्दछन्, उनको कपाल पुरै सेतो भैसकेको उनले पाउँदछन्  तर अरु शरीर भने ठीकै लाग्दछ। गाला चाउरी पनि त परेका छैनन्। यस्तै यस्तै दुर्दशामा वितिरहेको बुढौलीलाई अझै अनौठो तव लाग्दछ जव उनी बसेको छेउकै घरमा वस्ने एक जोडिकी महिलाका घरका वृद्व महिला र उनका सबै छोरा छोरीले जीवन बाबुलाई अङ्कल भन्दछन्। जीवनले विचार गर्दछन् ती महिला र उनको श्रीमतीको उमेर हारा हारीमा छ छोरा छोरी जीवनका छोराछोरी भन्दा कम उमेरका छैनन्। जव ती महिलाले जीवनलाई अङ्कल भने पछि उनलाई धेरै रमाइलो लाग्दछ। उनले मनमनै भन्दछन् "कस्तो तीखो आँखा मलाई पनि बुढो देख्ने " अनि उनी सोचमा डुब्दछन्, अनि जीवन बाबु निर्णयमा पुग्दछन् "यो आदर्शवाची शब्द हो " अव कुरा आउँदछ। जीवन वाबु दुई नाती र तीन नातीनीका हजूरबा भैसकेका छन्। उनका सबै छोरा छोरीको विवाहा भैसकेको भए त दर्जन भन्दा बढ्ता नाती नातीनीहरू भैसक्ने थिए। त्यसो हुँदा उनी हजूर बा भैसकेका छन्। हजूरबा त घर बाहिरको साना साना नानी बाबुहबरको कुरामा उनी शङ्खमूलमा डेरा वस्दाको कुरा सम्झन्छन् "जव उनी कोठाबाट वाहिर निस्कन्थे त्यति वेला त्यो घरमा बहालमा बस्ने हरूका छोराछोरीहरूले हजूरबा भनेर हात मिलाएर बिदा गर्दथे र जव उनी जागिर बाट फर्कन्थे, त्यति बेला पनि ती वाल बालिकाहरूले हजूरबा आउनु भयो भनेर हात मिलाउँदथे। जीवन बाबु जागिरमा थिए। उनी सरकारी कामको शीलशीलामा ठाउँ ठाउँ जान पर्दथ्यो। बाहिर जाँदा जहाजबाट जानिआउने गर्दा जहाजमा चकलेट बाडिन्थ्यो। जीवन बाबुले चकलेट खादैनथे तर दुई चार चकलेट पकेटमा राख्दथे। डेरामा फर्कदा जीवन बाबुले थप चकलेट किनेर ती साना बच्चा हरूलाई बाँडदथे। अव त ती सबै नाती नातीनीहरूले भन्न थाले–"हजूर बा  हजूर बा जहाज चढेर पर गएर आउने है।"

       यस्तै रमाइलोमा जीवन बाबुले आफ्नो दैनिक जीवन विताउँदै थिए। सरकारले बुढो घोषण गर्‍यो। तर जीवन बाबुले बुढापा स्वीकारेनन्। उनी अव गैह्रसरकारी संस्थामा काम गर्न थाले। अव त उनलेे हजूरबा को पदवी सजिलै स्वीकार्न थाले। अव उनी साच्चिकै हजूरबामा परिणत भए। उनले हजुरबामा आफूलाई घोषणा गरे। अव त जीवन बाबुले हजुर बा शब्दलाई मीठो मान्दछन््। अब उनी हजुरबा शब्दमा झस्किदैनन् लामो समय पछि जीवन बाबु पाल्पा र नवलपरासी को केही गाउँ विकासहरूमा गएका थिए। नवलपरासीमा उनको बसाइ कृषि विकास कार्यालयको पाहुनाकोठामा भयो। उनी विहान चारै बजे उठ्ने गर्दथे। विहान उठेर व्यायम गर्ने हिडने उनको नित्य क्रिया भएको थियो। उनी जव पाहुना कोठाबाट वाहिर आँउदछन् । गेटमै एउटा चिया पसल भेटदछन्। बाबु बितेर आमाले हुर्काएकी ती सानी नानी उनको नजिक आउन थालिन्। उनले चिया बनाउने महिलासँग धेरैकुराहरू गर्दछन्। जीवन बाबुलाई दया जाग्दछ। सहानुभूतीको शब्द वाहेक के नै हुन सक्दछ र उनले जीवन गुजरा चलाउने कर्ममा जुट्ने र अघिबढने सान्त्वना दिन्छन्। ती सानी वच्चीले जीवन बाबुको परिचय आमासँग मागिन्। आमाले "हजुरबाके  हजुरवा " के भन्पाएकी थिइन्। ती सानी नानी उनको काखमा चढिन्। जीवन बाबुको दाह्री मुसार्न थालिन्। काखमा धेरै बेर बसिन्। जीवन बाबुको गालामा हजूरबा भन्दै म्वाइँ खाईदिइन। अव त जीवनबाबु ले उनलाई हजूरबाको माया बाँडे। उनी सोचमा डुबे। उनी प्रती प्रेमको गहिरो छाप जीवनले महसुस गरे र भने "म सबैको हजुरबा। यो हजरबा बन्नेप्रेणा सधै सधै नै मिलोस् " उनको यो प्रेमको शब्द को अमरत्वको लागि सूर्यको लाली पूर्ण यौवनतिर उनको शिर निहुरियो।