| औंशी स्नान सदानन्द अभागी स्वर्णभद्रा पूर्णभद्रा र पावन नारायणी नदीको सङ्गम स्थल, वैदेही जगज्जननी सीताजीको कल्पवास, वालयोद्वा लवकुशको जन्म स्थल, बाल्मिकी ऋषिको तपोभूमि, गजेन्द्रमुक्तिपुरी, शालीग्राम क्षेत्र, कहलित त्रिवेणी धाम एउटा ऐतिहासिक स्थल हो। यो स्थलको पूर्व राष्टिृय निकुञ्ज चितवनको हरियाली जङ्गल, वन्य जन्तुको क्रीडास्थल, यसको सौन्दर्यता,यहाँका मठमन्दिर, देवालय शिवालय, शंख घण्टको गुञ्जायमान ले यहाँको सौर्न्दयतामा सुनमा सुगन्ध भरि दिएको छ। यहाँ पनि माघे औशीमा मेला लाग्दछ। माघे औंशी नुहाउने कर्ममा यहाँ हज्जारौ भक्तजनको जमघट हुन्छ। यसै क्रममा जीवलाल पनि औशी स्नानार्थ त्रिवेणी धाम पुगेको थियो। त्रिवेणी धाम पुगेपछि जीवलाल अनेकैा तर्क बितर्कमा बिचलित भएको थियो। सर्ब प्रथम त उसले यो स्थानको भ्रमणको कर्ममा सीताको कल्पवासमा अल्भि्कयो र उसले सीताको कल्पवासलाई रामद्वारा गरिएको अन्याय हो भनि भावामा लिन्छ –र यो राम द्वारा गरिएको अन्यायमा ऊ निकै तड्पिन्छ। ऊ भावनामा लङ्का पुग्दछ। लङ्कामा पनि रावणको अशोक बाटिकामा नै पुग्दछ, जहाँ रावणले सीतालाई हरेर लगेर सुसंरक्षितरूपमा राखेको थियो। रावणले सीतालाई हरेको, जटायुले सीतालाई रावणबाट छुटाउन लडेको र मरेको सीतालाई फर्काउनको लागि रामले रावणसँग गरेको युद्व, त्यो युद्धमा गर्नको लागि र रावणबाट हरण गरिएकी सीतालाई फर्काउनको लागि राम चनद्रले सुग्रिवको सहायता लिएर बालीलाई लुकेर मारेको घटना, राम र रावणबीच ठूलो युद्व, लङ्का दहन गरे पछि सीतामा गरिएको अग्निपरीक्षा, परीक्षामा सतीत्व नडगाइएको भनि स्वीकारेकी सीतालाई आदि घटनाहरूलाई ऐना हेर्दा आफ्नो अनुहार देखेझै कल्पना र भावनामा उसले छर्लङ्ग देख्दछ। ती पवित्र सावित भएकी सीतालाई एउटा धोबीको कुरा सुनेर रामले गर्भवती सीतालाई वनमा लगि छाड्न दिएको आदेशआदि आदि घटनाको अध्ययनले ऊ धेरै बिचलित हुन्छ। उसले यहाँ तीन शब्दहरू मात्र सम्झन्छ– " मर्यादा पुरुषोत्तम राम, सीताको कल्पबास र भगवानको लीला" अनि सारांसमा भन्दछ–"ठूला बडाको सबै कुकर्म लीला बन्दछन््।" जीवलाल कल्पनामा डुब्दै त्रिवेणीधाम घुम्दै गर्न थाल्दछ। केही पश्चिमतिर लागे पछि ठूलो बाँध बाँधेको देख्दछ। धेरै पानी भारततिर लगेको देख्छ अनि नेपालमा थोरै पानी एउटा कुलोमा बगेको पाउँदछ। अनि सोच्दछ – " आफनो सम्पती जति अरुलाई सुम्पेर आफू नाङ्गो हुने! कस्तो नामर्दीपना! नेपाल जलस्रोतको धनी देश अरे, आफ्नो बालीनाली पानी नपाएर सुक्न,े आफ्नो देशमा विजुली नपुगेर जनताले टुकी बाल्न बाध्य हुनु पर्ने " आदि आदि उसले मनमा तर्कहरू खेलाउँछ र भन्दछ –"यहाँ नामर्द त कोही छैनन्। हामी वीर गोर्खाली हौं, धेरै जल, उसकै देशमा बगेर गएको छ, उसले आफ्नो देशमा गएको जल प्रयोग गरेको हो, अलिकति यतातिर पानी छाडेको छ त्यो पनि दियो, यो पनि ठूलो कुरा हो।" नेपालका सबै राजनैतिक हल्लामात्र हुन्।" "हैन! हैन!! यो राजनैतिक हल्लामात्र नभएर यहाँ केही सत्यतथ्य अवस्य छ। " ऊ पुन बडबडाउँदछ–"लैजावस उसको भूमिमा गए पछि तर नेपाललाई किन डुवानमा पार्ने? नेपालको सिमानामा नै बाँध किन बाध्नुपर्ने" यस्तै तर्क वितर्कमा आफै भन्दछ –"एक छाकटार्न नसक्ने गरिब जीवलालले केको राष्ट्रियचिन्तन गर्न सक्दछ।" फेरि बडबडाउँदछ – "अनि दृढ भएर भन्दछ आधा छाक र आधा पेट खाएर पनि राष्ट्रप्रति चिन्तन हुनै पर्दछ। " ऊः त्रिवेणाीधाम आउनुको उद्देश्यसम्झन्छ र भन्दछ– "म यहाँ आएको औंशी नुहाउन पो हो। यो बेला एकाग्र भएर धर्म पो गर्नु पर्दछ। राष्ट्रिय चिन्तन बोक्ने त राजनेताहरू छन्, सत्ता चलाउनेवाला छन्।" अव जीवलाल धर्मतिर झुक्यो। धर्ममा नै तल्लिनहुन असल ठान्यो। विचलित मनस्थिति कहाँ एकाग्र हुन सक्दछ र? आज उसलाई सीता लवकुश, त्रिवेणीधाम, त्यो पानीको बाँध, ती रामचन्द्र भगवान आदि आदि सोचाइले उसको मानसपटललाई साह्रै सियोले घोचेसरी घोचेकोछ।" लवकुश दुईवटा बच्चाको नाम हो की एकको? अनि उसले सुनेको थियो कुश त कुशबाट निर्मित हुन अरेनी? हुन सक्छ " आफैले जवाफ दिन्छ – "बाल्मिकीले रामायण लेखेका थिए, सीता लवकुशलाई पनि संरक्षण गरेका थिए। हो! ऊ दृढ भएर आफैले देखेसरी भन्यो। "यो पवित्र धाममा लवकुशले रामचन्द्र भगवानको फौजलाई हराएका थिए? नैतिकताले की बलले?" ऊ फेरि आफूले आफूलाई जवाफ दिन्छ –"रामयण पढ" अनि थाहा लाग्दछ। पुन उसले सोच्दछ –"कुलको छोरा मूलको पानी" भन्ने उखान अनि निस्कर्ष निकाल्दछ – "लवकुशको यो बहादुरी रामलाई परास्त गर्ने क्षमाता रामकै छोरा भएको हुनाले सम्भव हो। " उसले मनमनै भन्दछ– "युद्वमा छोराबाट परास्त भए पछि रामले आफ्ना छोरा भनि स्वीकारे।" पुन आफूमा नै प्रश्न राख्दछ –"होइन होला?" जवाफ दिन्छ– "रामायण पढे पो थाहा लाग्दछ।" अझै जीवलाल तीन छक पर्दछ। भगवानका कर्म जेजस्ता भए पनि लीला सम्भि्कन्छन्। धोवीले आ207नी श्रीमतीलाई चरित्र हनन भएको सम्भि्कन्छ र भन्दछ– " म रामजस्तो हैन अर्काले लगेकी श्रीमती राखुँ। " यो शब्द रामकहाँ पुग्दछ। यो शव्द रामले सुन्दैमा सीतालाई वनवास पठाउने पनि राम नै हुन् र अग्निपरीक्षा लिने पनि त रामै हुन्। ऊ यस्तै रन्कोमा फन्को मार्यो। ऊ आज राम चन्द्र भगवानसँग अझै झोक्किन्छ। उसले रामायणका हरेक शब्द शब्द केलाएर यस्मा भएका कमजोडीलाई छरपष्ट पार्न चाहान्छ तर यो पनि उसलाई सहास आँउदैन। धर्ममा आधात पुग्यो भने धार्मिक उपद्रव मचिन्छ। जीवलालले त्रिवेणीमा नुहायो। तन्त्रमन्त्र (गायत्री) जप्यो। यो कर्म समाप्त भए पछि जीवलाल नजिकैको सुन्दर होटेलमा पुग्यो। होटेल गाउँमा थियोे। गाउँले होटेल भए पनि महगो थियो। उसले रात विताउनु पर्ने भएको बास बस्नको लागि कतिरुपियाँ लाग्दछ भनि सोधनी गर्यो – तर मेलाकोबेला भएर होला बास बस्नको लागि भाडा महगै तिर्न परेकोले बासबस्ने सहास भने गरेन। होटेल मालिक र जीवलाल बीचमा लनमै बातचित भयो। गफ गर्दैजाँदा होटेल मालिकले आफूलाई जैसी भन्ने जानकारी दिए र भने – "म कुशल, सक्षम, प्रखर जैसी हुम्। मैले हात हेर्दछु, चिना हेर्दछु , बाजी ठोकेर सबै कुरा भन्दछु।" यस्ता धुरन्धर भविष्य बक्ता जैसी भेटे पछि जीवलाले पनि आ207नो भावी कर्म रेखा हेराउन थाल्यो। अव जैसीले भटभट्याउन थाल्यो– "सबै ग्रह राम्रा छन््। शनी उच्चा छ। मङगल ग्रहको शान्ति पाठ गर्नु पर्दछ।", भन्ने कुरा दोहोर्याउने बाहेक केही भनेनन्। जीवलाललाई यी ज्योतियाीको फुर्तीफार्ती देखेपछि एउटा उखान सम्झन्छ – "भूक्ने कुकुरले टोक्दैन " अनि अर्को हिन्दी उखान पनि सम्झन्छ– " जो गरजता है बह वरषता नही " गर्जने मेघले पानी पार्दैन। उसले हात हेराउन राखेको दानलाई वेकारमा खेरगएको महसुस गर्र्दछ र भन्दछ – "औशीको दान भयो। नवग्रह शान्ति भए। तर उसको मन मानेन। उसलाई छटपटि चल्यो र उसले पुन उखान सम्झ्यो– "हराएको गाई सूर्यलाई दान " पुन बडबडायो र भन्यो –"यो कदापी हुन सक्दैन। यो दान हैन, यो त हात हेराए वापत दिएको निमक हो।" यस्ता तर्क गर्दै जीवलाल धुनीतिर लम्कन्छ। धुनीतिर लम्के पछि उसले देख्दछ –"खरानी घसेका सन्तमहन्तहरू। " उसले एकक्षण आनन्द पाउँछ र हेर्दछ र भन्दछ – "कति राम्रो जीवन " "खरानि घस्यो वस्यो" "यिनलाई के को दुःख? के को चिन्ता?, गाँजा खायो जय भोले भन्यो।" कस्तो उसको सोचाइ, यो सोचाइमा ऊ धेरै बेर रहदैन र उसले यो पनि मान्ने वाला छैन, ऊ प्रश्न वाची हुन्छ – "के यी जोगीहरूले सिद्धि प्राप्त गरेर देश, जनता , धर्म, कर्ममा टेवा पुर्याउँछन् ऊ आफै पुन तर्क भन्दा बाहिर आउन खोज्छ तर सक्दैन। ऊ तर्क वितर्कमै रुमलिएको छ र भन्दछ– "काम गर्नका दुःखले जोगी भया,े जोगी भएको दोस्रो दिन भोकै रह्यो।" यी धेरै तर्कना उसमा झुण्डिएका छन्। यी तर्कनामा बिचार गर्दछ र फेरि आफ्नो तर्क पोख्दछ –"बास्तबमा सबै योगी योगगर्न योगी बन्दैनन्। कोही घरबाट दुःख पाएर, अपहेलित भएर मानसिक विरक्तताले पनि त जोगी बन्दछन्। सामाजिक मर्यादा मात्र नभएर सामजिक तिरस्कारले पनि मानिस जोगी बन्दछ जोगी भएर भोगी हुन पनि कसैले चाहेको हुन सब्दछ आदि आदि तर्क?" फेरी उसले तर्क छाड्दछ फेरि मनमनै भन्न थाल्दछ – "यिनको जीवन के जीवन? धुनी बालो, गाजा खायो। पनि मस्तराम भएर "जय भोले " गर्यो।" अनि पुन सोच्दछ र आफैले मनन गर्दछ र भन्दछ –"जीवनमा प्राप्त गर्ने भनेको उपलब्धि खरानी घस्तैमा हुने होइन, खरानी घसेको त देखाउने आडम्बर मात्र हो। आडम्वर भित्रको सही चरित्रनै वास्तविकता हो। वास्तविकता भन्दा बाहिरी आडम्वर भनेको त फोस्रोधाक हो। बाख्ाले बाघको छाला ओढ्दैमा बाघ हुने होइन। जीवलालले एकातिर सकरात्मक भावनामा धेरै अघि बढ्दछ भने पुन क्षणिकतामा नै ऊ साह्रै नकरात्मक बन्दै जान्छ र भन्दछ –"दुई दिनको जीवन विताउन हो जसरी विताए पनि हुन्छ। मन विचलनमा गए पछि के गर्ने? ऊ विचलिन हँुदै जान्छ। भौतारिदै जान्छ। जे जे सोचने हा,े त्यही सोच्दै जान्छ। उसले सकरात्मक मात्र नभएर नकरात्मक पनि सोच्दै जान्छ। त्यो खरानी घस्ने जोगीहरूको तर्कबितर्कलाइ छाडेर जीवलाल त्यहाँबाट अघि बढ्दछ। अघि बढ्दै जाँदा उसले त्यहाँ एउटा मगन्ते बालक देख्दछ। बालक सुन्दर छ, निधार चौडा छ, अनुहार चिल्लो छ र बालक उज्वल पनि छ। जीवलालले ईश्वरलाई धिकार्दछ – "निर्माणकर्ता, पालनकर्ता, र हरण कर्ता नै ईश्वर मानिन्छन्। ईश्वर तिमीमा के कमी थियो र यस्तो बालकले पेट छाम्दै माग्दै गर्न पर्ने बनायौ?" उसले पुन ठूलो सास फेर्छ र भन्दछ– "ईश्वर भन्नु मात्र , ईश्वरमा विवेक छैन। विवेक भएको भए यस्तो होनहार बालकलाई भिखारी बनाइने थिएन।" विकृति र विसङ्गतिको मुहान त ईश्वरले नै निम्त्याए जस्तो ठान्दछ जीवलालले अनि भन्दछ– "ईश्वर तिमीले विकृति मुक्त संसारको श्रृजनागर।" ऊ आफै विचलित मन मस्तिष्कको मानिस न हेा जीवलाल। उसले आफ्नो तर्क फेर्दछ र भन्दछ –"ईश्वरलाई दोष दिनुमात्र हो। संसारमा मानिस बनाउने मिसिन थपिएका थपिएकै छन्। यिनै मानिस बनाउने मिसिनको करामत हो। ईश्वरलाई गाली गर्नु मात्र हो। घरको वातावरण स्वच्छ राख्नु पर्दछ, सवल परिवार हुनु पर्दछ, आफ्नो भाग्यको निर्माण आफै गर्नु पर्दछ .....। त्यो नगरेको कारणले त आज विश्व वातावरण बिग्रेकोछ।" ऊ फेरी भन्दछ – "प्रकृतिको आफ्नै नियम छ। यो सँतुलन प्रकृतिले नै मिलाउँदछ। " "यस्तै हो संसार– सफल भए जो कोही ले आफै गरेको भन्दछन् र विगे्र अरुलाई दोष दिन्छन्।" उसको तर्क यस्तै यस्तै सुनिन्छन् । फेरि "अलमले चालले जसले जे गरे पनि कर्ममा मर्म पार्न भने हुँदैन" भन्दै अल्लि पर पुग्दछ। यति बेला सम्म झमक्क साँझ परिसकेको थियो। छेउकै बोटको आडलागेर एक युवा जोडीले कसैको पर्वाह नै नगरी माया प्रीती बाँडी रहेको देख्दछ। उसले मनमनै उखान सम्झन्छ –,"पशुपतिको जात्रा सिद्राको व्यापार " यहाँ त्रिवेणीको स्नान मात्र हैन, प्रेमकोसागरमा डुब्नु पनि महा धर्म हो। के गर्ने आजको एक्काइसौ सताप्दिमा पनि प्रेमको प्रष्टतागर्न पाइदैन। प्रष्ट हुन नसके पछि लुकी लुकी यस्तै हुन्छ। आफ्नो सम्झाउनु बिर्साउनु प्रेमसागरमा डुब्दा डुब्दै विछोडमा परेका जोडीहरूको र जवानीले आत्तिएकाहरूको मिलन विन्दु पनि त यही हो। भावनाका लहरहरू बगाउँने, प्रेमका छालहरू गन्ने, वोदनाका मुठाहरू खोल्ने र एक अर्काको मनको भारी बिसाउने स्वर्णथलो यस्तै मेलाको बेलाको पूण्यस्थल नै त होन्ी? के होइन र?" उसले कता कता सुनेको थियो पश्चिमी देशहरूमा युवा र युवती बीच आफ्नो भावनालाई पोखन पाइन्छ रे। यो भावनाको पोखाइ पछि भावनामा फरक आयो भने सरी भन्न पनि पाइन्छरे। यो हो होइन उसलाई भने थाहा छैन। जे होस् मानिस मनबाटै स्वतन्त्र हुन पाउनु पर्दछ। पुन नकरात्मक बनेको जीवलाललाई यो भावनामा विरोध गर्न मन लाग्दछ र फेरि भन्दछ – "यो पू48य थलो पूण्य कर्मको लागि हो। यहाँ विकृतीका पोका खोल्न र खोतल्न मिल्दैन तर विकृतिमुक्त हुन्छु भन्न भने अवस्य पाइन्छ। " जीवलालका चरणकमल चलेका चलेकै छन्। उनि अल्लि पर पुग्दछन्। यसो भट्टीतिर पस्दछ। रक्सी र मासुको साथै माछाहरू विकृी भएका थिए। ऊ फेरि कड्किन्छ र भन्दछ– "आज पनि मासु? नियममा त औशीमा एकादशीमा काटमार गरिदैन भनिन्छ नि" उसले आफैले भन्दछ –"कुना काप्चामा नियम खोज्न किन जाने अनि फेरि तर्क गर्दछ – "सबै ठाउँमा नियम खोजेर पनि त भएन। यतिका मानिस भोली कहाँ पाउने? लुकी लुकी गर्नेले के गर्दछन्, के गर्दैनन्।आज वेपारको दिन हो ब्यपारमा यो पनि त गर्नै पर्यो।" जीवलाल ब्राहमण भए पनि पहिला पहिला त लुकी लुकी रक्सी र मासु खान्थ्यो। आजकल सबैलाई हेपी सकेकोछ। यो दृश्यमा उसले मन थाम्न सकेन। अव त रात पर्यो, मासु र रक्सी खान के नै हुन्छ ऊ प्रश्न बाची भयो र आफ्नै मनले भन्यो – "आत्माका देवलाई खुसी तुल्याए पो परमात्मा खुसी हुन्छन्।" भन्दै उसले पनि पिउन थाल्यो। उसले यति धेरै पियोकी थलाबाट उठ्नै नसब्ने गरी पियो र ऊ त्यही ढल्यो। |
April 2, 2012
औंशी स्नान
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment