January 25, 2021

गजल शुद्ध फल

नलजाऊ प्रिय मित्र, खान सम्म खाऊ
चिप्लाचाप्ला कार्यपत्र बाँचीकन आऊ
देश जावोस् जतासुकै, टाइसुट कस
सर्बथोक हत्याउन चाकडीमा धाऊ
नलजाउ केको लाज गजलकार भन्न
कर्के आँखा छड्के चश्मा दह्रो गरी समाऊ
सृजनाको पोखरीमा डुबुल्किनै मार्दा
शुद्धताको आवरण सकेसम्म सजाऊ
सफलता विफलता हुन्छ जीवनमा
सही कर्म शुद्धफल पर्न सक्छ दाऊ
२०६७÷८÷३, सन्धिखर्क
नारा जुलुस
जे छ कुर्सी छ प्राप्त गर्न जानु पर्छ सती
कुर्सी टुट्यो भने हेर दुःख हुन्छ कति
आज भोलि कुर्सी ताक्ने भए अति धेरै
ठूलाठालु भनाउँदाकै बिग्रदो छ मति
अर्थतन्त्र डमाडोल, छैन बजेट पास
देश दुःखयो भन्ने सोच छैन एक रति
बिग्रदो यो चालामाला हेर्दाखेरि सबै
अविवेकी कर्मकाण्ड बढेको छ अति
नारा जुलुस गरे पनि उनको भत्ता पाक्छ
जनतालाई भार पर्छ देशको हुन्छ खति
२०६७÷८÷३, सन्धिखर्क
22Radha Tiwari, Khem Sharma Paudyal and 20 others
1 Share
Share

January 23, 2021

गजल


हेर मेरो नाति

हेर मेरो नाति गर्छ नाना भाँती
हेर्न थाल्छ बसी कमिलाको ताँती

दिनभरि पढ्छ बेलुकामा खेल्छ
पाठ पढी सकेर अनि सुत्छ राती

सफा नाना लगाई बाबालाई फकाई
साइकलमा चढेर घुम्न मान्छ जाती

आमाआमा खान देऊ दुदु भात भन्छ
पाठशाला जानलाई खोज्छ असल साथी

असलमा असल छ सुवासिलो बानी
सुकर्ममा चल्छ हिड्दैन त्यो माती

गजल

कर्कलाको पानी
कलिलैमा मुना टिप्यौ, पूmल फुल्ने छाँट छैन
माली बनी वाग सिच्ने तिमीसँग आँट छैन
तिम्रो विचार गर्दा गर्दै गयो मेरो यौवन
लाखौं कसम खायौ तिम्ले म पनि त ढाँट छैन
कर्कलाको पानी सरी मन भयो अतिचञ्चल
मनवेग शान्त पार्ने तिमीसँग आँत छैन
जथाभावी बोलाइको कहीं कतै मूल्य हुन्न
प्रस्तुतिमा मिठास हुन्छ तिमीसँग भाँत छैन
नभतल जतातता भौंतारिदैं हिडे पनि
यथार्थको धरातलमा त्यहाँ कुनै जमात छैन
शङ्का
लाए माया हाका हाकी लाउनु पर्छ सुन हजुर
मर्म जति बुभ्mनु पर्छ दिगो प्रेम हुन हजुर
यथार्थमा झुले पछि गुलाफ पूmल फुलेपछि
अन्तरआत्मा मिले पछि पर्ने छैन रुन हजुर
संसार हो यो रङ्गशाला सकेजति खेल्नै पर्छ
प्रीति गाँस्ने मायालुको मन पर्छ धुन हजुर
आदर्शका भाकाहरू कति राम्रो गुञ्जिएको
सरलता भावुकता सक्छ दिल छुन हजुर
जले जलोस् लङ्का हेर मैले शङ्का गरेकै हो
प्रचण्ड त्यो गर्मी चढ्यो खोजेको हो जून हजुर

January 21, 2021

जिन्दगी छोटो ठाने

जिन्दगी छोटो ठाने जिउने रहर भयो मेरो
घटना जति घटे घटुन् बाँच्ने ठहर भयो मेरो
खडेरीले जति चुसेचुसोस् ओइल्याउने भा'छु
आखिर पर्दा खडेरी नै सिञ्चित नहर भयो मेरो
विषाक्त यो मघुशाला सहज पिउन सक्ने भएँ
गोमन सर्पदंश सुधासरि जहर भयो मेरो
म आकाश चुम्ने भावानाका उचाइमा पुग्दा
पृथ्वीलाई यसै छाडौं चन्द्रमा नै सहर भयो मेरो
55Bhesh Raj Rijal, Khem Sharma Paudyal and 53 others
6 Comments
Share

Comments

View 2 more comments

कर्कलाको पानी

गजल
कर्कलाको पानी
कलिलैमा मुना टिप्यौ, पूmल फुल्ने छाँट छैन
माली बनी वाग सिच्ने तिमीसँग आँट छैन
तिम्रो विचार गर्दा गर्दै गयो मेरो यौवन
लाखौं कसम खायौ तिम्ले म पनि त ढाँट छैन
कर्कलाको पानी सरी मन भयो अतिचञ्चल
मनवेग शान्त पार्ने तिमीसँग आँत छैन
जथाभावी बोलाइको कहीं कतै मूल्य हुन्न
प्रस्तुतिमा मिठास हुन्छ तिमीसँग भाँत छैन
नभतल जतातता भौंतारिदैं हिडे पनि
यथार्थको धरातलमा त्यहाँ कुनै जमात छैन
शङ्का
लाए माया हाका हाकी लाउनु पर्छ सुन हजुर
मर्म जति बुभ्mनु पर्छ दिगो प्रेम हुन हजुर
यथार्थमा झुले पछि गुलाफ पूmल फुलेपछि
अन्तरआत्मा मिले पछि पर्ने छैन रुन हजुर
संसार हो यो रङ्गशाला सकेजति खेल्नै पर्छ
प्रीति गाँस्ने मायालुको मन पर्छ धुन हजुर
आदर्शका भाकाहरू कति राम्रो गुञ्जिएको
सरलता भावुकता सक्छ दिल छुन हजुर
जले जलोस् लङ्का हेर मैले शङ्का गरेकै हो
प्रचण्ड त्यो गर्मी चढ्यो खोजेको हो जून हजुर
17Keshav Raj Amodi, Loknath Kharel and 15 others
Share

January 18, 2021

मेरो प्यारो कुसुम

परिचय

 "मेरो प्यारो कुसुम" कवितासङ्ग्रका कवि हुन् सुन्दरप्रसाद जोशी जसको साहित्यिक उपनाम सुन्दरप्रसाद "बादल" हो । सुन्दरजीले, २००३ साल मार्ग १५ गते पिता स्व. श्यामप्रसाद जोशी र माता स्व. चिनकुमारी जोशीका सुपुत्रको रूपमा कुश्मा नगरपालिका वार्ड नं ८ शान्ति टोल , पर्वतमा पदार्पण गर्नु भयो । उहाँ मेरो समकालिन साहित्यिक व्याक्ति हुनुहुन्छ । हामी दुईको जन्म हुँदा अध्ययन त्यति सहज थिएन । हालको पर्वत जिल्ला निकै दुगर््म थियो । न पढ्ने सुविधा न बाटोघाटो नै सहज थियो । सुन्दरजीको जीवनी केलाउँदा  उहाँको बाल्यकाल निकै पीडादायक देखिन्छ । उहाँ जन्मेको डेडवर्षमा नै पिताको स्वर्गारोहण भएकोले आमाले नै घरको सबै बोझ उठाउन परेको थियो । कष्टमय जीवनलाई अग्रसरता दिंदै प्राथमिक पाठशालाबाट अध्ययन थालनी गरी निजीप्रयासले (स्वअध्ययन बाट)  आइएसम्मको अध्ययन पुरा गरेको उहाँको जीवनीले दर्शाउँछ ।  अध्ययन संद्दर्षलाई पार गर्दै , उहाँ लामो समयसम्म नेपाल सरकारको सेवागरी अधिकृत स्तरबाट सेवा निवृत्त हुनु भयो । साहित्यि लेखनमा उहाँँको थालनी २०२०२०२१बाट भयता पनि कृतिकारको रूपमा भने  २००७ सालका सशस्त्र क्रान्ति, पर्वत कुश्माका प्रजातान्त्रिक योद्धा (२०७१) कृति लिएर हामी समक्ष दर्शिएका छन् । हालसम्म उहाँका कृतिहरू–"मेरो सुन्दर कुसुम" कवितासङ्ग्रह,(२०७३), "मुक्तिनाथ  धामदेखि युरोपसम्म" यात्रास्मरण २०७५ गरी तीन कृतिहरू बजारमा आइसकेका छन् ।त्रिवेणी संस्मरण प्रकाशनको तयारीमा छ । स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा  उहाँका थुप्रै रचनाहरू प्रकाशित भएका छन् । साहित्यिक जीवनमा मात्र बादलजी रमाउनु हुन्न उहाँ एक कर्मठ समाज सेवक पनि हुनु हुन्छ । " मानव सेवा नै सर्वोत्कृष्ठ" हो भन्ने धारणा बोकेका वादल कतै संस्थापक अध्यक्ष, कतै, कतै संयोजक, कतै सदस्य गरी विभिन्न २०ओटा संस्थामा आवद्ध भएर सेवा दिंदै आउनु भएको छ । रेडक्रस जस्तो पवित्र संस्थामा उहाँले पु¥याएको योगदान अतुलनीय देखिन्छ । साहित्य र समाजिकक्षेत्रमा उहाँको सम्लग्नता पनि प्रशंसनीय देखिन्छ । इन्टरनेशनल पीस फर फेडेरेशन शान्तिदूत २०६८, नेपाल, रेडक्रस सोसाइटी दीर्घ सेवा २०७० सम्मानको साथै दीर्घ सेवा पदक, नेपाल सरकार दीर्घ सेवा पदक, नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त गरी सक्नु भएका सुन्दरप्रसाद बादल अन्य संस्थाहरूबाट पनि विभुषित भै सक्नु भएको छ ।

कृतिको संरचना यस कृतिलाई बादलले पिता स्व. श्यामप्रसाद जोशी र माता स्व. चिनकुमारी जोशीमा सादर समर्पण गर्नु र्भको छ । यस कृतिको प्रकाशन प्रजातान्त्रिक विचार समाजले गरेको छ । मूल्य व्यक्तिगत रु १५० र संस्थागत रु २५० राखिएको छ । यस कृतिमा सुन्दरप्रसाद जोशीले  कलकलाउँदा १२० कुसुमका बिरुवाहरूले सुन्दर वगैंचा निर्माण गर्नु भएको छ । वगैंचाको आकार आवारण पृष्ठ वाहेक २०१ पृष्ठको छ । अग्र आवरणमा मन्दिर,, गुप्तेश्वर गुफा,समुह तस्विर,घर र प्राकृतिक सौन्दर्यले सजिएको र पछिल्लो आवरणमा कविको जीवनविवरणले सजिएको छ ।

साहित्यकारहरूको कृति र कृतिकारप्रतिको धारणा प्रा.डा.खेम कोइराला बन्धु "पर्वतसगरमाथासुन्दर "वादल" शीर्षक दिएर यस कृतिको सारगर्भित भावसार दिंदै भन्दछन् –"उनको यस "मेरो सुन्दर कुसुम" कविता सङ्ग्रहको यात्रालाई म हार्दिक इमान्दारी पूर्ण अभिनन्दन गर्दछु" । यस कृतिको मीठो भूमिका राजेन्द्र पहाडीले लेखेका छन् । राजेन्द्र पहाडीले वादलको लेखन शैलीलाई मूल्याङ्कन गर्दै लेख्नु हुन्छ कवि,कविता,र काव्य सिर्जंनाको क्षेत्रमा देखापरेका विभिन्न राय मत, विचार, प्रवृत्ति, र लेखनधारासँग कुनै पनि सम्बन्ध नराखीकन,पर्वतको साहित्य आकासमा उदायका पाका प्रतिभा हुन्र सुन्दरप्रसाद वादल ।" राजेन्द्रजीको लेखनलाई सकरात्मक रूपमा विश्लेषण गर्दा जो कोहीले नयाँ बाटो खन्दै अगाडी बढ्छ भने तथा नयाँ शैलीलाई भित्र्याउँछ भने राम्रो काम हो । आप्mनो स्व अस्तित्व कायम गर्न सफल बनुन् बादल यही मेरो पनि सुभकामना । यस कृतिले दिन खोजेका केही धारणालाई यहाँ  प्रष्ट पार्नका लगि बर्गिकृत रूपमा कृतिभित्र प्रवेश गर्न चाहान्छु

ईश्वरसँग सम्बन्धी कविताहरू श्री गणेश वन्दना, ईश्वर पुकार, गुरु वन्ँदना, मधुवेन त्रिवेणी, श्री गणेश, भीमेश्वर नारायण प्रार्थना, गुप्तेश्वर महादेव, नवदुर्गा भवानी प्रार्थना, ईश्वरप्रति भत्तिःभाव राखेर लेखिएका कविता हुन् । श्री गणेश वन्दना कविताबाट कविले कविताको थालनी गरेका छन् । कविता लेख्दै छु शरण पर्दै छु भन्दै कविले काव्य रचना गर्दा मङ्गलाचरण लेखेसरी नै कविता लेखन थालेको देखिन्छ । यी कवितामा कसै समानताको लागि, कतै हक अधिकारको लागि,प्रार्थना गरिएको छ । गुरु कवितामा निरक्षर हटाएर साक्षरताको कामना गरिएको छ । मोदीवेनी विेणीमा शालग्रामको महत्वलाई दर्शाइएको छ । अर्को श्री गणेश शीर्षकमा कविले वर्तमान परिस्थितिलाई केलाउँदै गणेशलाई चढाएको लड्डु छुचुन्द्रो वाहनले खाएको उदाहरण दिंदै आजको संसारमा नेतृत्व वर्गको झुटो आश्वाशनले जनताले धोखा पाएको धारणा आएको छ । पार्वती माताको क्रीडास्थल भएको गुप्तेश्वर महादेव गुफाको सुन्दर चित्रण गर्दै  यसको पत्तालगाएको वर्णन समेत यहाँ दर्शाइएको छ । नवदुर्गा भवानीको महिमा र प्रर्थना गरिएका, इश्वरप्रतिको भक्तिभावले भरिएका यी कवितामा कविले सत्यम् शिवम् सुन्दरम्को चाहना र मानव कल्याणको महिमालाई दिल खोलेर पस्केका छन् ।

सहीदहरूलाई श्रद्धाभाव अमर सहीदहरूलाई श्रद्धाञ्चली चढाउन आह्वान गरिएको छ ।सहिदहरूले नै आप्mनो प्राणको आहुती दिएर १०४ वर्षे राणाशासन अन्त्य गराएको, वीरहरूकै बलिदानले गर्दा प्रजातन्त्र दिवस मनाउन पाइएको, सहीदको नाशवान शरीर नाश भए पनि उनको अमरत्व कहिल्यै नमाशिने,आदि सहीदप्रतिको असीम श्रद्धाभाव कविताले समेटेको छ ।

राष्ट्रियताले भरिएका कविताहरू यस सङ्ग्रहमा हाम्रो देश नेपाल, सन्देश बाट, दिव्य सन्देश, पर्वते हामी, विभूति जन्माउने देश, प्यारो नेपाल, राष्ट्रिय गौरव, माया गरौं देशप्रति, मेरो आकाङ्क्षा, देशको माया, नेपालीको आह्वान, मेरो देश र रेडक्रस, सहदैनौ अन्याय, खण्डित नबनाऊँ नेपाल र हाम्रो राष्ट्रियता कहाँ गयो, यी राष्ट्रियताले भरिएका कविताहरू हुन् । यी कवितामा कविले राष्ट्र निर्माणको लागि गहन भावना पस्केका छन् । नेपालीको जातीय एकता, स्वदेशको माटोको सवलता, राष्ट्र निर्माणमा राष्ट्र निर्माताको दिव्य उपदेशको पालनागर्नु पर्ने,, विविध खानीले भरिएको देशको उत्थान यिनैको सदुपयोगमा सम्भव भएको, प्राकृतिक सौन्दर्यले पूर्णता दिने देशले राष्«िय विभूतिको जन्म दिएको, मन्दिरै मन्दिरको देश, राष्ट्रिय गौरवले पूर्ण देश, देशको माया प्राण भन्दा पनि प्यारो हुन्छ, वीरताको गाथा गाउँदै सगरमाथाको गौरव बचाउनु पर्नेमानव सेवामा निस्वार्थ भावले सेवा दिने रेडक्रस र देशले असाहायलाई सहयोग गर्ने  धारणा, देशलाई खण्डित बनाउन नहुने, हाम्रा राष्ट्रियता बचाउनु पर्ने, भावनाको साथै यी माथिका कविताले विविधतालाई समाएका छन् , राष्ट्र निर्माण भावनालई  सजाएका छन् र कविको राष्ट्रप्रतिको अथाह प्रेमलाई दर्शाएका छन् । देशप्रतिको धारणाको एक श्लोक

खेतबारी देशको माटो मेची महाकाली,

बचाई राखौं आप्mनो गौरव उच्च छौं हामी नेपाली

पसिना बगाई कर्म पौरख गरौं हामी नेपाली

राष्ट्रिय चिन्ह गुराँस फुलले सजाई राखौं नेपाली

(पृष्ठ १११, नेपालीको आह्वान)

स्थान विशेषलाई महत्य दिएका कविताहरू  कुसुम नगरी, रानीघाट दरबार, धवलागिरी अञ्चल, मेरो सुन्दर कुसुम( यही कविताबाट यस कृतिको नामाकरण गरिएको छ), कुशुमपुर कुश्मा बजार, ठूलो पोखरी अग्लो पिपलको रूख, देउरालीमा उब्जेका तरङ्ग, भ्रमण मधुवन, प्रकृतिक छटा धवलागिरी र मानव शरीर मेरो पर्वत जिल्ला, र  युरोप भ्रमण मेरो,स्थान विशेषमा लेखिएका कविता हुन्  । कुशुम नगरी भनेको कुशै कुशले भरिएको नगरी, यस ठाउँलाई देवताहरू बासस्थान, कृष्णगण्डकी जहाँ शालग्राम पाइन्छ । कविले यसलाई आत्मीयताका साथ मेरो सुन्दर कुसुममा भन्छन्

प्राकृतिक,ऐतिहासिक,धार्मिक र पर्यटकीय मेरो सुन्दर कुसुम

अनुपम रमणीय स्थलहरूले भरिपूर्ण मेरो सुन्दर कुसुम

कला संसकृति , सामाजिक वैशिष्टयताले भरिपूर्ण मेरो सुन्दर कुसुम

विश्व समुदायसम्म उजागर हुन सके स्वर्ग हुन्छ मेरो सुन्दर कुसुम

"पृष्ठ५८ मेरो सुन्दर कुसुम "

 कुश्मा बजारको सुन्दरता, अवस्थिति, धार्मिक, शिव पार्वतीको बास स्थान गुप्तेश्वर, देउरालीको प्राकृतिक सौन्दर्यता,मधुवन अलकापुरी नगरीजस्तै सुन्दर,धवलागिरीको प्रकृतिक सुन्दरता मुक्तिनाथ दामोदर कुण्ड, गलेश्वर धामजस्ता धार्मिक क्षेत्रले मानव जीवनमा पर्ने प्रभाव, तानसेन शहरको रमणियता, रानी महल जसलाई नेपालको ताजमहल पनि भनिने गर्छ को, वर्णन गरिएको छ । यहाँ कविले राणहरूको शान र मान दुबैलाई प्रष्ट्याएका छन् ।पर्वत जिल्लाको अवस्थितिबेल्जियम लग्जमवर्ग,आदिको रमणीयता र त्यहाँ मनाइएको भाइटीका सुन्दर वर्णनले सबैलाई आनन्द दिन्छ । कृति पढौ्रं पढौं लाग्छ । 

राजनीतिमा आधारित कसिताहरू एक तन्त्री शासन पछि, निर्वाचित सरकार, जनताको प्रजातन्त्र, हाम्रो संविधान हामीलाई नाका बन्दी, सहमति सहकार्य, जनमत सङ्ग्रह कुठाराघात, निरङ्कुश मुर्दावाद, प्रजातन्त्र जिन्दावाद, गणतन्त्र जिन्दावाद, आदि कविता राजनीतिप्रति कटाक्ष गरी लेखिएका कविता हुन् । यी कविताले १०४ वर्षे जहानिया राणशासनले दिएको जनतालाई यातना,र यसको अन्त्य, प्रजातन्त्रको थालनी २०१७ सालमा निर्वाचित सरकारलाई महेन्द्र राजाबाट गरिएको कु, जनताको संघर्षले ल्याएको जनताको प्रजातन्त्र, ज्ञानतेन्द्र राजाले ल्याएको निरंकुशतन्त्रमा जनताले लगाएको मुर्दावादका नारा र जनसंघर्षबाट प्रजातनत्र बहाली गराइएको मा जिन्दावाद गर्दै मनाइएको खुसीयाली, २०६५साल जेष्ठ १५ गते  नेपालमा गणतन्त्र आएको , २०७२ सालमा भूकम्पले अस्तव्यस्त बनाएको अवस्थाको साथसाथै भएको संविधानको घोषणामा भारतले लगाएको अघोषित नाकाबन्दी आदि  विवरणको साथै राणशासनदेखि गणतन्त्र बहाली नहुँदासम्म राजनीति घटनालाई यी कविताले प्रष्ट पारेका छन् ।

व्याक्तिपरक अभिव्यक्ति प्यारो बुबा श्यामप्रसाद, आमा कहाँ छौ, श्रद्धासुमन श्यामप्रसाद चिनकुमारी, आमाको गुनासो छोरीप्रति, महामानव वी.पी. कोइराला, वी.पी.को १०२ औं जन्म जयन्ति स्मरण, समाजका अग्रणी श्री अमृतप्रसाद जोशी, भानुभक्तको संझना, कविताले यी व्यक्तिप्रति उच्च आदरभाव प्रकट गरेको देखिन्छ ।मातापिता  सबैका पुज्यनीय हुन्छन् । कविले सानोमा बाबुलाई गुमाउनु परेको मार्मिक व्यथा। बाबुको अभावमा बालक कालमा भोग्न परेको पीडादायी बचपन, आमाको खोजी, आमाले गर्भ धारण गर्दाको पीडा दूध खुवाउँद तथा हुर्काउँदा व्यहोर्न परेको कष्टदायी जीवन, पितामाता दुबै वितेपछिको स्मरणमा मार्मिक धारणाहरू आएका छन् कवितामा । आमाले छोरीलाई दिन पर्ने माया, आमाको दायित्व पुरा गर्दा पनि छोरीले आमाप्रति दिन नसकेको आदरभावलाई कवितामा गुनासोको रूपमा दर्शाइएको छ । यसरी महामानव नै वी.पी.लाई एसियाकै शिखर पुरुष,, प्रजातन्त्र  समाजवादका हिमायतीको संज्ञा दिंदै राणा शासन फाल्ने, भारतको स्वतन्त्रताका उच्चपुरुष, प्रथम जन निर्वाचित प्रधान मन्त्री आदि थुप्रै वी.पी.ले गरेका कामको विवरण यी कविताले समेटेका छन् । "समाजका अग्रणी  श्री अमृतप्रसाद जोशी" शीर्षकमा अमृतप्रसाद जोशीको जीवनी,२००७ सालपछिका राजनीतिक कार्यक्रममा उनको सहभागिता, समाज उत्थानमा उनको लगनशीलता, शिक्षासेवी, लार्के जिल्लालाई पर्वत जिल्ला बनाउन लागिपरेका नेता, उनी र उनीसँग समबन्धित धेरै काँग्रेशी पर्वते नेताहरूको प्रजातन्त्रप्रतिको प्रतिवद्धतालाई यस कसिवताले समेटेको छ साथै यहाँ नेपाली भाषा र साहित्यमा आदिकवि  भानुभक्तले गरेको योगदानको पनि मुक्तकण्ठले प्रशंसा गरिएको छ ।

विविधताले सजिएका अरू कविताहरूको भावसार माथि उल्लेखित कविता बाहेक कविले नववर्षको सवै नेपालीलाई मङ्गलमय शुभकामना दिएका छन् । सबैलाई साक्षर बनाउन चाहान्छन् । कविले अनन्तकालसम्म सम्झना छ भन्न पनि पछि पर्दैनन् ।सौन्दर्यले भरिएको एक अपरिचितले उनलाई निकै आकर्षित गर्दा गर्दै कवि गिरीराज लता सँग सम्बाद गर्न पुग्दछन् तर के गर्नु  वियोगको कारणले कविले सपनाको इच्छापूर्ति गर्न सक्दैनन् । कविले जनताको  धारणा के छ भनि बुझ्दै जाँदा विविध चुनाव चिन्नलाई प्रष्ट्याउँदै देशको सेवा  गर्नेलाई मत दिएमा मात्र मतदानको अस्तिको रहने धारणा राख्दछन् ।

 कविले जीवन जगतलाई राम्ररी बुझेका छन् । उनी निराशावादी हुन हुन्न आशावादी भएर जीवनलाई बचाउने सुझाव दिन्छन् । सम्झन पुग्दछन् बालककाललाई । बालककाल एउटा महत्वपूर्ण समय हो र यसलाई सदुपयोग गर्न सकेमात्र पछिल्लो जीवन सफल हुने धारणा राख्छन् । निद्रा लाग्छ । मानिसले सपना देख्छन् तर सपनालाई विपनामा उतार्न सक्नु पर्छ । विकृतिपूण कर्महरूलाई त्याग्नु पर्छ ।मनको खुसी बोलाउनु पर्छ । आप्mनो जन्मोत्सव आफै मनाउनु पर्छ र आनन्द लिनु पर्छ ।झरेको आँसुले बाटो छेक्छ त्यसो हुँदा रुने वातावरण सिर्जना गर्नु हुन्न, । माया ममतालाई सङ्गाल्दै मानवतालाई बचाउनु पर्छ किनकी मानव शरीर  र प्राणशत्तिः अमूल्य छ । स्त्री र पुरुषको समागमले नै गर्भधारण हुन्छ । बालक जन्मन्छ । उसको कर्मबाटै  ऊ माथि उठ्न सक्छ । युवा हुन्छ। उसमा चाहना हुन्छ । आप्mनो लागि घर परिवारको लागि कच्ची होस् या पक्की घर बनाउँछ ।अपरिचित कोही भए परिचय गर्छ, उसलाई दायित्वको बोध हुन्छ । जीवन उत्थानको लागि उद्योग खोल्छ । धर्म कर्म , चाड पर्व मनाउने काम गर्छ आदि थुप्रै विषयमा आप्mना धारणाहरू राखेका छन् कविले ।भूमिसुधारको आवश्यक्ता र महत्व, पर्वत जिल्लामा पर्यटको आवश्यक्ता, हाम्रो जङ्गे पिलरको खोजीमा भारतले सीमा अतिक्रमण गरेकोमा कविको आक्रोस पोख्नु, देशले रोजगार दिन नसकेकोले देशका युवा मलेशिया, कतार आदि विदेशमा पलायन हुन परेको कुरा, नेतृत्वमा देखिएको छद्म भेषि रूप, आजकल देखिन थालेको भ्रूण हत्याको अपराधी कर्म, भूकम्पले निम्त्याएको धनजनको क्षति, कुलतको त्याग, बढ्दो वायुप्रदुषण,परीक्षाप्रति जनतामा देखिएको नकरात्मक सोचहरू, आप्mनो हक अधिकारको खोजी, भ्रान्तिबाट माथि उठ्न पर्ने धारणा, हामी र हाम्रो योजनाहरूमा राम्रा र ,टिकाउपूर्ण बनाउन पर्ने र कार्यन्वयन समेत गर्नु पर्ने, हामीमा हुनुपर्ने सहयोगी भावनाहरू, निवृत्त कर्मचारीहरूले "सेवाहिपरमो धर्म" को धारणा सहित देश सेवाको लागि प्रतिबद्ध रहेको धारणा आदिलाई कविले प्रष्ट पारेका छन् ।

रोग केन्द्रित कविता रोगले आक्रान्त जनता, मुटु स्वच्छ राखौ, मुटुको विरामी म, शरिरको मुख्य अंग मुटु नै रहेछ , यी कविता मुटु रोगसँग सम्बन्धित छन् । कविले यी रोग कसरी लाग्छन् यिनमा लिनु पर्ने सावधानीलाई प्रष्ट्याएका छन् । कविले यस कृतिमार्फत देशमा देखिएका विविध पक्षलाई समेट्ने प्रयास गरेका छन् । ंकविले समस्यालाईमात्र उठान गर्ने नभै  समस्या समाधानलाई पनि सुझाएका छन् ।

भाषा शैली भाषा सरल छ । लेखन विवरणात्मक रूपमा छ । स्वच्छन्द रूपमा कवि दर्शिएका छन् र जे देखेका छन् त्येसैलाई टपक्क टिपेर लपक्क  टाँसेका छन् ।

शीर्षक यस कृतिको नामाकरण कविले आप्mनै जन्मस्थान कुश्मालाई महत्व दिएर राखेको देखिन्छ । "मेरो सुन्दर कुसुम" सम्बन्धी कविताबाट गरिएको नामा करण सान्दर्भिक छ ।

अन्तमा कविले पस्केका कविताहरूले विविधतालाई बोकेका छन् ।प्राकृतिक सौन्दर्यता,, सिङ्गारिकता, प्रजातन्त्र, गणतन्त्र, प्राकृतिक प्रकोप( भूकम्प), द्वन्द्व,  

 आदि समाजमा घटेका, समाजले व्यहोरेका,, राष्ट्र राष्ट्रियताप्रतिको गहिरो  चिन्तन बोकेका (सुन्दरजी ले यथा नाम तथा गुण भने जस्तै ) सुन्दर कविताको  सिर्जना गरेका छन् र नेपाली साहित्य भण्डारमा एउटा सुन्दर कृति थपेका छन्  । गहन भावनालाई प्रस्तुत गर्न सक्ने कविजीको दीर्घ आयुको कामना गर्दै  विदा माग्दछु ।  

धन्यवाद,

समयको गति

गजल
विकृतिको महलमा विकारको भण्डार हुन्छ
सज्जनको सूक्ष्मस्थल भ्रष्टको त संसार हुन्छ
मूल्य वस्तु शानै हुन्छ जस्तै आँखा नानी सरि
निर्धा बन्छन् बलात्कारी उनका लागि बिहार हुन्छ
सौम्यताको संसारमा रम्यताको फूलबारी
गुणीको क्रीडास्थल बैगुनीलाई बेकार हुन्छ
सूर्य, चन्द्र, तारागण आफ्नै कर्म आफ्नै ठाम
प्रकृतिहीन पदयात्रा तरवारको धार हुन्छ
सत्यताको ठूलो संसार त्यसैमा रमौंँ रमाऔंं
समयले आफ्नो गति लिने तारन्तार हुन्छ

Like
Comment
Share

Comments