January 21, 2021

कर्कलाको पानी

गजल
कर्कलाको पानी
कलिलैमा मुना टिप्यौ, पूmल फुल्ने छाँट छैन
माली बनी वाग सिच्ने तिमीसँग आँट छैन
तिम्रो विचार गर्दा गर्दै गयो मेरो यौवन
लाखौं कसम खायौ तिम्ले म पनि त ढाँट छैन
कर्कलाको पानी सरी मन भयो अतिचञ्चल
मनवेग शान्त पार्ने तिमीसँग आँत छैन
जथाभावी बोलाइको कहीं कतै मूल्य हुन्न
प्रस्तुतिमा मिठास हुन्छ तिमीसँग भाँत छैन
नभतल जतातता भौंतारिदैं हिडे पनि
यथार्थको धरातलमा त्यहाँ कुनै जमात छैन
शङ्का
लाए माया हाका हाकी लाउनु पर्छ सुन हजुर
मर्म जति बुभ्mनु पर्छ दिगो प्रेम हुन हजुर
यथार्थमा झुले पछि गुलाफ पूmल फुलेपछि
अन्तरआत्मा मिले पछि पर्ने छैन रुन हजुर
संसार हो यो रङ्गशाला सकेजति खेल्नै पर्छ
प्रीति गाँस्ने मायालुको मन पर्छ धुन हजुर
आदर्शका भाकाहरू कति राम्रो गुञ्जिएको
सरलता भावुकता सक्छ दिल छुन हजुर
जले जलोस् लङ्का हेर मैले शङ्का गरेकै हो
प्रचण्ड त्यो गर्मी चढ्यो खोजेको हो जून हजुर
17Keshav Raj Amodi, Loknath Kharel and 15 others
Share

No comments:

Post a Comment