नलजाऊ प्रिय मित्र, खान सम्म खाऊ
चिप्लाचाप्ला कार्यपत्र बाँचीकन आऊ
देश जावोस् जतासुकै, टाइसुट कस
सर्बथोक हत्याउन चाकडीमा धाऊ
नलजाउ केको लाज गजलकार भन्न
कर्के आँखा छड्के चश्मा दह्रो गरी समाऊ
सृजनाको पोखरीमा डुबुल्किनै मार्दा
शुद्धताको आवरण सकेसम्म सजाऊ
सफलता विफलता हुन्छ जीवनमा
सही कर्म शुद्धफल पर्न सक्छ दाऊ
२०६७÷८÷३, सन्धिखर्क
नारा जुलुस
जे छ कुर्सी छ प्राप्त गर्न जानु पर्छ सती
कुर्सी टुट्यो भने हेर दुःख हुन्छ कति
आज भोलि कुर्सी ताक्ने भए अति धेरै
ठूलाठालु भनाउँदाकै बिग्रदो छ मति
अर्थतन्त्र डमाडोल, छैन बजेट पास
देश दुःखयो भन्ने सोच छैन एक रति
बिग्रदो यो चालामाला हेर्दाखेरि सबै
अविवेकी कर्मकाण्ड बढेको छ अति
नारा जुलुस गरे पनि उनको भत्ता पाक्छ
जनतालाई भार पर्छ देशको हुन्छ खति
२०६७÷८÷३, सन्धिखर्क
22Radha Tiwari, Khem Sharma Paudyal and 20 others
1 Share
Share
No comments:
Post a Comment