May 8, 2022

७.४ पत्रकारहरूका दृष्टिमा

यसमा सदानन्द अभागीप्रति विभिन्न पत्रकार, सम्पादक एवम् रेडियोकर्मीका धारणा प्रस्तुत गरिने छ –

खिमानन्द पोखरेल (पत्रकार÷सम्पादक  हिमाली गुराँस)
"एकदमै फुरेर भिजेर र पग्लेर लेख्नुहुन्छ । पढेर लेख्नुहुन्छ ।"
उहाँले लेख्नु परेपछि सबै विधामा लेख्नुहुन्छ । एकदमै फुरेर भिजेर र पग्लेर लेख्नुहुन्छ ।पढेर लेख्नु हुन्छ । उहाँको कृति समीक्षामा विशेष दख्खल छ । हिमाली गुराँसमा पनि उहाँले लेखरचनाहरू छपाइ रहनुहुन्छ । पाएसम्म, क्षमताले भेटाएसम्म लेखनमा नयाँ प्रयोग गर्नुहुन्छ । उहाँ गजललगायतका अरू विधामा राम्रै लेखन छ । समीक्षामा चिरफार नै गरेर लेख्नुहुन्छ । उहाँ एकदमै निडर जे देख्यो त्यही भन्ने मान्छे हो । खरो र दह्रो नै मूल्याङ्कन गर्नुहुन्छ उहाँ । उहाँले मलाई कार्यक्रममा नवलपुर बोलाएर अभिनन्दन पनि गर्नुभएको हो । उहाँ उमेरले पाको भए पनि साहित्यमोह भएको नमूना मान्छे हो । उहाँले हिमाली गुराँसको नाटक विशेषाङ्कको निकै अध्ययनका साथ गम्भिर विश्लेषणात्मक समीक्षा गर्नुभएको छ । २५÷२६ पेजको विश्लेषण छ उहाँको । उहाँ हिमाली गुराँसको आजीवन सदस्य पनि हुनुहुन्छ । यस पत्रिकामा निरन्तर लेखरचना पठाइरहनु हुन्छ । आलोपालोअनुसार म उहाँका लेखरचना छापिरहेको छु । म उहाँलाईश्रद्धेय पात्र ठान्छु । उहाँका लेखरचनामा सम्पादन र छनौट गर्न आवश्यक पर्दैन । राम्रो लेख्नुहुन्छ। लेखाइ लामो भएपनि अर्थपूर्ण त हुन्छ तापनि उहाँलाई छोटो लेख्न सुझाउँछु ।

नवराज रिजाल (साहित्यकार, सम्पादक, बारा, सिमरा)
"बाँचुञ्जेल केही गर्नुपर्छ माटोका लागि"
सदानन्द रिजाल जैसी अभागीका लेखरचनाहरू हिमाली गुराँसलगायतका पत्रपत्रिकामा छापिएका छन् । मित्र खिमानन्द पोखरेलले मलाई पनि उहाँको लेख पठाइदिएका कारण मैले पनि नवप्रज्ञापनमा छापेको छु । देखेसुनेअनुसार राम्रो स्रष्टा हो भन्ने लाग्छ । बाँचुञ्जेल केही गर्नुपर्छ माटोका लागि केही गर्नुपर्छ भन्ने सोच भएको असल व्यक्ति हो भन्ने सुनेको पनि छु । छापिएका आधारमा हेर्दा लेखरचना राम्रै लाग्छन् । प्रत्यक्ष देखभेट नभए पनि उहाँको लेखरचनासँग मेरो देखभेट भइरहन्छ । साहित्यमा लागेर लेख्नु ठूलो कुरा हो ।

रामकुमार श्रेष्ठ
"सेतै फुलेका युवा साहित्यकार"
उमेरले बाबु छोरा भन्न मिल्ने भए पनि हामी साथी जस्तै छौँ । ७५ बर्ष पुगिसके पनि साहित्य लेखनमा युवा जोस देखाउने सदानन्द अभागी जैसीले गजल, कथा, कविता, मुक्तक, काव्य, महाकाव्य, उपन्यास आदिमा कलम चलाई सकेका छन् ।
साहित्यकार अभागी र मेरो भेट हुँदा अभागीलाई मैले एउटा कृषिलाई साहित्यमा ढालेर लेख्न खप्पिस साहित्यकारको रूपमा परिचित थिए । अभागीको माटोले पनि भोक लाग्यो भन्छ कविता सङ्ग्रह निक्कै चर्चित छ ।
अभागी र मेरो सहयात्रामा अभागीका केही कृतिहरू पनि प्रकाशित ग¥यौँ । कहिले नयाँ मौसम पाक्षिक पत्रिकाका प्रकाशक रहेर त कहिले दाउन्ने साप्ताहिक पत्रिका प्रकाशक रहेर । अभागीका केही कृतिहरूलाई मैले नै कम्प्युटर सेटिङ्ग गर्ने र केही कृतिको आवरण डिजाइन गर्ने मौका पनि पाए ।
नवलपुरका साहित्यिक भूमिलाई उर्वर बनाउन अन्य साहित्यकारहरूको जति योगदान छ । साहित्यकार अभागीको पनि उत्तिकै योगदान छ । समाज परिवर्तनको पक्षमा साहित्यमा वकालत गर्ने अभागी र मेरो नियमित भेटघाटमा हामी नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपालका नेताहरूले देशका लागि भन्दा पनि आफ्नो लागि मात्र गरेको चितन्तका बारेमा पनि बहस गर्ने गर्दछौँ ।
७५ कटिसकेर पनि अझै सामाजिक सेवा गर्न रुचाउने अभागी अझै पनि कावासोतीका  स्थानीय संघसंस्थामा रहेर समाज सेवामा सक्रिय रहेका छन् । एक बर्षमै ३÷४ वटा कृतिहरू समेत बजारमा ल्याउने साहित्यकार अभागीका कृतिहरूमा युवा पुस्ताका प्रेमदेखि राष्ट्रप्रेम, समाज परिवर्तनका आवाज उठ्न गर्दछ ।
समग्रमा साहित्यकार अभागीको लेखनमा खोट लगाउने ठाउँ नभए पनि अभागीको लेखहरू लामा लामा हुने र सरल भाषाहरू प्रयोग गर्ने भएका कारण उनका साहित्यिक कृतिहरूले जति चर्चा पाउनु पर्ने हो त्यो पाउन सकेका छैन ।
त्यसो त अभागी अहिले साहित्य लेखनमा लामा लामा लेख लेख्ने साहित्यकारको रूपमा पनि चिनिन्छन् ।

रूपिन्द्र "प्रभावी" जोशी  (पोखरा, रेडियोकर्मी)
"किताब अद्योपान्त पढी समालोचकीय दृष्टि राख्नुहुन्छ"
अग्रज लगनशीलव्यक्तित्वहुनुहुन्छ उहाँ । उहाँको लगनशीलतालाई म एकदमै सम्मान गर्छु । निवृत्त जीवनमा पनि साहित्यमा उहाँले जुन लगाव राख्नु भा'छ एकदम सलामयोग्य काम छ । उहाँको अध्ययनमा पनि लगाव छ । किताबअद्योपान्त पढी समलोचकीय दृष्टि राख्नुहुन्छ । सानादेखि बृहत् ठेलीसम्मका कृति छाप्नुभएको छ । उहाँ सबै विधामा लगनशील भएर कलम चलालउनु हुन्छ । स्रष्टाहरूसँग निरन्तर सम्पर्क गर्ने र साहित्यिक अन्तरक्रियामा पनि जोडिने एक शार्थक स्रष्टाका रूपमा चिन्छु । उहाँले आफ्ना अधिकांश जस्तो कृति छपाएपछि मलाई पठाउनुहुन्छ । सामाजिक रूपमा लोकप्रिय हुनुहुन्छ । कृषि वैज्ञानिक भएर पनि उहाँले महत्त्वपूर्ण योगदान गरेको कुरा स्मरणीय छ । पोखरा आउँदा भेट्नुहुन्छ वार्तालाप गर्नुहुन्छ । सरलता उहाँको अर्को पहिचान हो । नयाँ पुस्ताले पनि उहाँबाट धेरै कुरा सिक्न सक्छन् ।

श्रीराम सिग्देल
."माटे बुढो" त "साहित्यकार" पो रहेछन्
कृषि मन्त्रालय अन्तरगतको माटो विभागका हाकिम, औलामा गन्न सकिने माटो वैज्ञानिक मध्येका वरिष्ठ हुन् भन्थे । २०६० साल तिर हो म कावासोतीको एउटा महिला सहकारी संस्थाले केरा खेती र माटो विषयक शीर्षक राखेर गरिएको कार्यक्रममा समाचार संकलन गर्न एउटा रिपोर्टरको रूपमा त्यहाँ पुगेको थिए । मेरो मानसपटलमा माटो वैज्ञानिक भनेको मान्छे पक्कै पनि टिपटप होला है भन्ने भान थियो । तर कार्यक्रममा पुगिसकेपछि त्यहाँ देखिएको व्यक्ति सर्ट पाइन्ट पनि मिलाएर लगाएको थिएन, चर्काे चर्काे स्वरमा कृषि फसल उत्पादनमा माटो को प्रभाव वारे वताइरहेको थियो, केरा खेतीको रूपमा प्रसिद्धि कमाएको कावासोतीका किसानहरूलाई केरा उत्पादन बढाउन आवश्यक प्रक्रिया र त्यसमा प्रयोग हुने रसायनिक मलको गुण र अवगुण बताइरहेको थियो । माटोमा हुने "अम्ल र क्षार" का कुरा गरीरहेको थियो । प्रशिक्षकको रूपमा प्रस्तुती सकिएपछि आयोजकले उहाँहरू पत्रकार भन्दै हामी र उहाँ माटो वैज्ञानिक भन्दै सदानन्द जैसीको परिचय गराए । म सँगै समाचार संकलनमा गएका तात्कालीनस्पेशटाइम्स दैनिकका लागि नवलपरासीबाट रिपोर्टिङ्ग गर्ने नारायण भण्डारी पनि गएका थिए । भण्डारीले मसँग भने श्रीराम "यस्तो मान्छे– कान पनि राम्रो सँग सुन्दो रहेनछ, पाइन्टमा वेल्ट पनि राम्रो सँग कसेको छैन , झोले स्टाइलको पनि रहेछ है भन्दै सदानन्द प्रतिको पहिलो प्रतिक्रिया सुनाए, जुन आजपनि अझै ताजा नै छ ।
देशमा माओवादी द्वन्द्व थियो, संकटकाल थियो, उनी आए, एकैछिन भलाकुसारी गरीयो, थाहा भयो उनको घर पनि कावासोतीमा रहेछ । यसरी वैज्ञानिकको रूपमा मेरो मानसपटलमा छाप बनाएका व्यक्तिले एकपटक मेरो हातमा एउटा पुस्तक थमाए र भने यो किताब मैले लेखेको हो , पढेर प्रतिक्रिया दिनुहोला है । मैले सोचे माटोको बारेमा होला , तर त्यो त कविकाता सङ्ग्रह पो रहेछ, किताबको नाम थियो "आफ्नै व्यथा" र "बुढो जवानी"। त्यस पछि यी व्यक्ति त साहित्यकार पनि पो रहेछन् भन्ने लाग्यो र शोधे माटो को कुरा गर्ने तपाईँ कता फेरी यो उपन्यास, कथा , गजल तिर लाग्नु भो त ? जैसीले साहित्यिक क्षेत्रमा चालेको कलम प्रेरणादायी छन् । उनले लेखेको भुटानी शरणार्थीको व्यथा नामक पुस्तक होस्् या कृषि क्षेत्रको प्रवद्र्धनका लागि लेखेको माटो र विरुवाले भोक लाग्यो भन्छन् नामक कृषि काव्य नै किन नहोस्् मर्मस्पर्शी र प्रेरणादायी छन् ।
जव कावासोतीबाट मेरो सम्पादकीय नेतृत्वमा हामीले मध्यविन्दु पत्रिका (शुरुमा साप्ताहिक र पछि दैनिक) को प्रकाशन ग¥यौँ, त्यसमा उहाँले नियमिति रूपमा स्तम्भ लेखेर हामीलाई हौस्याउने काम गर्नुका साथै मोफसलमा एउटा वलियो स्तम्भकारको रूपमा उभ्याउने काम गर्नुभयो । जागीरबाट निवृत्त भएको बुढो शरीर, कान कम सुन्ने भएपनि आफ्नो काममा तल्लीन रहने बानीले मलाईसधैँ उहाँप्रति सम्मान गर्न बाध्य बनायो । युवा पुस्ताका हामी पत्रकारहरू कम्प्युटरमा टाईप गरेर ईमेलमा समाचार पठाउनुको साटो हातैले समाचार लेखेर फ्याक्स गर्न रहर मान्थ्यौ , तर त्यो वुढो शरीर रातभरी कम्प्युटरमा वसेर टाईप गरेर कहिले सिडि मा त कहिले पेनड्राइभमा लेख बोकेर आउथेँ र हामीलाई प्रकाशनको लागि दिन्थे र भन्थे सबैले प्रयास गर्नुप¥यो, कम्प्युटरमा टाईप गर्न सिक्न प¥यो र आफुलाई अपडेट गर्नुप¥यो नि ।
नवलपुरे पत्रकारहरूमाझ माटे बुढोको रूपमा पहिचान बनाएका जैसीले पछिल्लो समय लक्ष्मीस्मृति साहित्य प्रतिष्ठानको स्थापना गरेर साहित्य क्षेत्रमा कलम चलाउनेहरूलाई बर्षेनी लक्ष्मीपूजाको दिन जम्मा गराउदै सेलरोटी खुवाउदै सम्मान गर्दै नवलपुरमा साहित्यिक गतिविधि बढाउन थाले । जैसीको विवेचनात्मक शैलीले लोभ्याएको छ । कसैले कुनै पुस्तक लेखेर विवेचना गर्न दियो भने उक्त पुस्तक भन्दा ठूलो उनले विवेचनात्मक पुस्तकनै तयार गरेका छन् ।
सदानन्द जैसी यति मात्र होईन उनमा भएको सरलता , सादा जीवन , उच्चविचार र समाजका सबै तह र तप्कासँग घुल्न सक्ने क्षमता अद्भुत छ । वृद्धवृद्धाहरूको लागि स्थापना गरिएको ज्येष्ठ नागरिक संघ नवलपुरको अध्यक्ष समेत रहेका जैसीले भर्खर जुँगाको रेखीसहित पत्रकारितामा लागेकाहरू देखी लिएर राजनितिज्ञ, समाजिक संघ संस्थाहरूमा समेत आफुलाई तर्कसहित स्थापित गराउने खुबी अचम्मैको लागेको छ । लोभ नभएको व्यक्तिको रूपमा चिनिएका जैसीको जो कोहीले पनि "हैन आज तपाईँ मसँग फलानो ठाउँमा जानु प¥यो" भनेर भन्दा बिना हिचकिचाहट हिड्न तम्सने, जाँगर र फुर्ति निकाल्ने बानी नै उनको यथेष्ट परिचय हो भन्ने लाग्छ ।
विभिन्न संघ संस्थाका प्रतिवेदन, स्मारिका , निर्माणमा समेत खट्ने सदानान्द जैसी (माटे बुढो) सबैको प्रेरणाको स्रोत बन्न सकुन्, एउटा विद्यालय बन्न सकुन् , जहाँ सिकारुहरूले अध्ययन र अनुसन्धान गर्न पाउन् । उनी त्यस्ता पात्र हुन् , जो मोफसलमा वसेर दिनहूँ कलम चलाउछन् र केही न केही लेखिरहन्छन् र भन्छन् , लौन सेटिङ्ग हेरिदिनु प¥यो । जिल्लामा रहेका साहित्यकारहरू मध्ये लेख, रचना र पुस्तक प्रकाशन गर्नेमा अग्रपक्तिमा रहेका जैसीले साहित्यिक क्षेत्रमा पु¥याएको योगदानलाई अझ बढाउदै लैजाऊन्, शुभकामना  ।

हरिनारायण रेग्मी (पत्रकार र मानव अधिकारकर्मी)
"कामप्रतिको लगाव प्रशंसनीय र अनुकरणीय छ"
अहिले पनि साहित्यिक, सामाजिक, राजनीतिक र कृषि क्षेत्रमा माटो विशेषज्ञका रूपमा सक्रिय सदानन्द कृषकका घरखेतमा पुग्नु उनको दैनिकी जस्तो छ । उनको यो जीवनको गतिशिलता र कामप्रतिको लगाव  प्रशंसनीय र अनुकरणीय छ । उनको लेखनशैली पनि अनौठो  किसिमको छ । जुनसुकै विषयमा पनि लेखरचना आवश्यक भयो भन्दा तत्क्षणमा नै स्तरीय लेखरचनाहरू लेखी उपलब्ध गराउन सक्नु एउटा प्रखर लेखकको उदाहरण हो जस्तो लाग्छ । उनका लेखरचनाहरू समसामयिक अति सरल सहज सारगर्भित राष्ट्रप्रेमले भरिएका विसङ्गति र विकृतिमा प्रहार गर्न सक्ने र सबल सिर्जनशील समाजलाई निर्माण गराउने खालका छन् र म उनको लेखाइमा निकै प्रभावित भएको छु । उनले जे लेखे पनि स्वच्छन्द रूपमा लेख्छन् शायद उनी माटो वैज्ञानिक भएर होला उनको लेखाइ साहित्यिक नियममा रहेर लेखिएको पाइदैन । उनी आफै भन्छन् ।" यो लेखाइ अभागी छन्द हो र अभागी लय हो ।" हुन पनि उनको लेखाइ बोलाई समाज र राष्ट्रप्रतिको धारणालाई केलाएर हेर्यााै भने नवीन विचार र उद्देश्य राखेर हामीसामू उभिन सफल देखिएका छन् भन्न करै लाग्छ । अभागी जस्ता व्यक्तित्वको पर्याप्त शोधीखोजी नहुनु दुःखको कुरा हो ।

७.५ समाजसेवी व्यक्तित्वका दृष्टिमा
 यस शीर्षकमा विविधव्यक्तिका धारणालाई समावेश गरिएको छ ।
किशन शर्मा गैरे (कावासोती नवलपुर)
"बाँचुञ्जेल सहकार्य गर्दै अगाडि बढौँ सामाजिक विकासको लागि, देशको लागि"
उहाँ सिर्जनशील रचनात्मक व्यक्तित्व हो । वर्ष वर्षमा लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा कार्यक्रम गर्नुहुन्छ । सो संस्था लक्ष्मीस्मृति को अध्यक्ष हुनुहुन्छ । प्रगतिशील र समाजसुधारक चेतनाबाट अभिप्रेरित भएर नयाँ पुस्तालाई केही सिकाउनुपर्छ भनेर लागिरहनु भएको छ । यस्तो कार्य  समाजका लागि राम्रो हो । निकै उमेर ढल्किसकेपछि पनि केही गर्नुपर्छ भनेर समर्पित भइरहनुभएको छ । उहाँका केही कृतिका आधारमा केही भन्नुपर्दा उहाँले अध्यात्मवादी कुरा पनि राख्नुभएको छ । अध्यात्मवादी कुरा नै भए पनि त्यसमा समाज सुधारको बाटोबाट प्रगितशील कोणबाट राख्नुभएको छ । हुन त द्वन्द्वबादका कुरा पनि छन् । उहाँका सिर्जनामा गरीखाने जनसमुदाय श्रमजीवी वर्गलाई सम्झेर, अध्यात्मवादी पाटोबाट कलम चलाउदा पनि त्यो कुरा बिर्सनु भएको छैन । यो महत्त्वपूर्ण कुरा हो । अध्यात्मवाद र भौतिकवाद ठूलो बहसको विषय हो । उहाँले अध्यात्मवादी कोण अँगाल्दा पनि वर्गीय पक्षधरतालाई बिर्सनु भएको छैन । त्यो एउटा सबल पक्ष हो । उहाँको उमेर समूहका धेरै मान्छे निरास भएर बर्बाद भयो यस्तो भयो उस्तो भयो भन्ने कुरा गरीरहँदा पनि उहाँले भने हामीले अझै दौडधुप गर्न नसके पनि रचना वा साहित्य मार्फत् जनताको सेवा गर्नुपर्छ, जागरण ल्याउनुपर्छ, नयाँ पुस्ताहरूलाई उज्जालो देखाउनुपर्छ भनेर निरन्तर लाग्नु उहाँको जीवनको असाध्यै राम्रो पक्ष हो । यतिबेला उहाँको जीवन उत्तराद्र्धमा हो । नवलपुरका साहित्यिक कार्यक्रममा उहाँको नियमित उपस्थिति रहन्छ । उहाँको साथमा दीपक सोतीजी पनि आउनुहुन्छ । सदानन्द जी सबैलाई असाध्यै माया गर्नुहुन्छ सद्भाव देखाउनुहुन्छ । आफूभन्दा ६०mर ७० वर्षका कान्छाहरूलाईपनि माया सद्भाव देखाउनुहुन्छ । नयाँ पुस्ता उहाँको नजिक जाँदा रमाउनुहुन्छ । हाम्रो समाजमा पुस्तान्तरको समस्या छ । बुढापाका मान्छेहरूसँग नयाँ पुस्ताका मान्छहरू व्यक्ति घुलमिल नहुने यी बूढाहरू भन्ने नयाँपुस्ताले बूढापुस्ताले पनि यी केटाकेटीहरू भन्ने । आजकालका युवाहरूले  हाम्रो कुरा सुन्दैनन् भनी जुन तर्कने बानी छ । त्यस अवस्थामा पनि उहाँ भने भिन्न हुनुहुन्छ । १८ र २० वर्षका युवाहरू पनि साहित्यिक कार्यक्रमा लिएर जानुहुन्छ । म पनि बेलामौकामा ती साहित्यिक कार्यक्रममा पुग्छु । त्यहाँ  पुगेपछि असाध्यै मिलेर बस्ने , म ठूलो हुँ भन्ने, जान्ने हुँ भन्ने त्यस्तो घमण्ड कहिल्यै नदेखाउने यस्तो गुण मिलनसारिताको हिसाबले महत्त्वपूर्ण छ । यो स्मरणयोग्य कुरा हो । प्रजातान्त्रिक आन्दोलन, बाम आन्दोलन  र समग्र रूपान्तरणको आन्दोलनमा मिलेर जान पाए हुन्थ्यो भन्ने धारणा ध्येय छ । केही केही विषयमा विमति भयो भने पनि विमति देखाउने वा छलफल गर्ने उहाँको आफ्नै पारा छ । शैली छ । चित्त नबुझ्दा वा असहमति जनाउनु पर्दा पनि शिष्टतापूर्वक मलाई यस्तो लाग्छ नि यसमा यो गर्न सकिन्छ यसरी सोच्न सकिन्छ भनेर कुरा राख्नुहुन्छ । उहाँमा भड्काउ स्वभाव कत्ति पनि देखिन्न । सहज ढंगले आफ्ना कुरा राख्नु उहाँको विशेषता हो । उहाँमा कडा शब्द व्यक्त गर्ने स्वभावै भेटिन्न मलाई यस्तो लाग्छ तपाईँलाई त्यस्तो लाग्नु एउटा पाटो होला अथवा कोही साथीलाई यही विषयमा अर्काे विचार पनि आउनसक्छ यिनै शैलीमा आफ्ना मतभेदका कुरा राख्नुहुन्छ अर्काको विचारको कदर गर्नुहुन्छ ।
"बाचुञ्जेल सहकार्य गर्दै अगाडि बढौँ, सामाजिक विकासको लागि, देशको लागि भन्नु हुन्छ" । समाजको विकृति, विसङ्गति, भ्रष्टचार, अन्याय अत्याचार, वेथिति, बलात्कार जस्ता कुराहरू र समाजमा विकास निर्माणको पाटोबाट पर्यावरणको पाटोबाट युवाहरूले नयाँ ढंगले काम गर्नुप¥र्याे भन्ने कुराहरू पनि उहाँको रहेको छ । हामी उहाँसँगै सहकार्यमै छौँ ।

झपेन्द्रबहादुर जी. सी.(पाल्पा)
"जनता कहाँ जहाँ जस्तो अवस्थामा पनि पुग्न सक्ने फिल्ड मार्सल हो"
उहाँ पाल्पा रहँदा जे.टी.ए.(जुनियर टेक्निकल असिष्टेन्ट) हुनुहुन्थ्यो । उहाँको विशेषता भनेको जनसम्पर्क राख्ने थियो । उहाँको बसोवास प्रभात सहकारी संस्था वाँसटारीमा थियो । त्यो सरकारी पाल्पाको धेरै ठाँउको केन्द्र र नमूना पनि थियो । त्यसको सेवा क्षेत्र भइरवस्थान, कोलडाँडा, तानसेन, मदनपोखरा, ठिमुरे, मस्याम, दोभान, बन्दीपोखरालगायत रहेको थियो । यी ठाँउका कार्यक्षेत्रमा किसानहरूलाई  सहजीकरण गर्ने, रातदिन दौडधुप गर्ने उहाँको बानी थियो । यो २०३२ ÷०३३ सालतिरको कुरा हो । यसरी गर्नोस, उसरी गर्नोस, भनी पूरा समय र ज्ञान दिएर उहाँ खटिनु हुन्थ्यो । तात्कालीन अवस्थामा खटिएका कोही जान्थे, कोही जान्नथे । नियम त थियो । फिल्डमै जानुपर्छ भन्ने तर कार्यान्वयन समस्या पहिला पनि थियो । कतिले जिल्लामा छु भन्ने तर आफ्ना घरतिर समय बिताउने गर्थे तर सदानन्द सच्चा काम गर्नुहुन्थ्यो । कामप्रति वफादार हुनहुन्थ्यो । उहाँ निरन्तर रूपमा ड्युटीफूल भएर किसान कहाँ पुग्नुहुन्थ्यो । यसर्थ उहाँ असल चरित्र भएको व्यक्तित्व र प्राविधिक हो । पछि २०६१÷६३ को जनआन्दोलन पूर्व माघ ५ गते पाल्पा आउनुभएको थियो । मदनपोखरातिर माटोसम्बन्धी तालिम दिन खोज्नु भएको थियो । त्यस कार्यक्रमको चिफ गेष्ट म थिएँ । त्यो भव्य कार्यक्रमको उद्घाटन गर्ने, भाषण गर्ने र अनि मैले उहाँसँग साँझ बसेर राम्ररी कुरा गर्ने भन्ने सोच गरेको थिएँ । उद्घाटन सकेर म तानसेन तिर लागेको त प्रशासनले मलाई गिरफ्तारी गरिहाल्यो । त्यसपछिबाट उहाँसँग मेरो भेट हुन पाएन । संयोगले फेरि २०७७ सालमा भेट भयो मदनपोखराको बाटोमा हिड्दै गर्दाको बेलामा अकस्मात् भएको भेट पछिल्लो हो । उहाँजस्ता जे.टी , जे.टी.एको नेपालमा निकै अभाव छ । मुखले कुरा गरेर जागीरपचाउने 'सरकारी काम कहिले जाला घाम' जस्तो गर्ने धेरै छन् समाजमा । बाहिर सदाचारको कुरा गर्ने तर भित्रभित्र समय दुरूपयोग गर्ने, ड्युटीफुल नहुने भ्रष्टचारी छन् । तर उहाँ जनस्तरको फिल्डस्तरको मान्छे हो । योदेशमा केही गर्नुपर्छ भन्ने उच्च पवित्र भावना भएको मान्छे हो ।  म  २०३२÷०३३ सालतिर प्रभाव सहकारी संस्थाको कर्मचारी थिएँ । त्यसो हुनाले मैले उहाँलाई जान्न पाएँ । किसानको घरघरमा पुगेर निस्वार्थ र पवित्र कर्म गर्ने उहाँलाई त्यसबेलाकाले अहिले पनि राम्रो मान्छे गुन गरेको मान्छे भनेर सम्झन्छन् । नेपालको पहिलो फिल्ड मार्सल केशर शमशेर भन्थे । त्यस्तै जनता कहाँ जहाँजस्तो अवस्थामा पनि पुग्न सक्ने फिल्ड मार्सल हो उहाँ । फिल्ड मार्सल सदानन्द रिजाल भनेर हामी सम्झन्छौँ । मैले उहाँलाई टेक्निकल पार्ट र जनसम्पर्क फाँटमा बढी चिन्न पाएको थिएँ । कामप्रतिको लगाव उहाँको विशेष चिनारी भएकाले म उहाँप्रति हार्दिक श्रद्धाभाव प्रकट गर्दछु । अन्तयमा सदानन्द प्रति
"सदानन्दम हृदयारवृन्द् भवं भवानीसहितं नमामि" यो उक्ति भनिरहन मन लाग्छ।
.
भूपेन्द्र शर्मा जन्म (कावासोती साँढ, हालः क्यानाडा)
"मेरो व्यक्तिगत जीवनमा पनि प्रेरणाका स्रोत हुनुहुन्छ"
हामीहरू, गाउँका सबैखाले मानिस सदानन्द अभागीज्यूलाई हाकिमसाहब भनेर चिन्ने गरीन्थ्यो ।  त्यसो त नेपाल टेलिभिजनको कृषि कार्यक्रममा माटो विशेषज्ञको रूपमा उहाँका अन्तर्वार्ताहरू आईनै रहन्थे र सबै नेपालीहरूको नजरमा सदानन्दज्यू साहित्यकार भन्दा पनि कृषि विज्ञ बढी हुनुहुन्थ्यो त्यतिबेला । २०५५ र ५६ ताका हामीले शान्ति समाज सेवा नामक संस्था स्थापना गरेका थियौँ तात्कालीन कावासोती गाविस वडा नम्बर १ साढु मा । संस्थाको तर्फबाट हामीले विभिन्न कार्यक्रमहरू आयोजना गरीनै रहन्थ्यौँ । त्यही समय आसपासमा मैले अभागी ज्यूको कथा  "टोकाही" पढ्ने अवसर पाएको थिए । त्यो कथा नै मैले पढेको पहिलो साहित्यिक रचना थियो अभागी ज्यूको।
त्यस समयताका गाउँघरमा पढेलेखेका युवाहरू पनि धेरै नै थियौँ । दशै तिहार मनाउन सबैजना जम्मा हुने हुँदा त्यस वर्ष २०५६ मा शान्ति समाज सेवा संस्थाले लक्ष्मीजयन्ती मनाउने निर्णय गरीयो । उक्त कार्यक्रममा १९ वटा कविताहरू वाचन गरिएको थियो जसलाई अभागी ज्यूले "कावासोतीका १९ थुंगा फूल" नामक सानो पुस्तक प्रकाशन गर्नुभएको थियो उक्त कार्यक्रमपछि लक्ष्मीस्मृति साहित्य समाज स्थापना गरी हरेक वर्ष लक्ष्मीजयन्ती मनाउने निर्णय गरीयो अध्यक्ष रूपमा अभागी ज्यू र सचिवको रूपमा मलाई जिम्मेवारी प्रदान गरियो । त्यस समयबाट लक्ष्मीस्मृति साहित्य समाजले अभागी ज्यूको नेतृत्वमा प्रत्येक वर्ष स्रष्टा सम्मान र साहित्यिक कार्यक्रमहरू गर्दै आइरहेको छ । अत्यन्त सरल र सबैलाई उत्तिकै महत्त्व दिने अभागीज्यू मेरो व्यक्तिगत जीवनमा पनि प्रेरणाका स्रोत हुनुहुन्छ ।  मैले आफ्नोव्यक्तिगत कारणले गर्दा संस्थालाई नजिकबाट सहयोग गर्न सकिरहेको छैन । उता शान्ति समाज सेवा केन्द्र पनि निष्क्रिय प्रायः नै छु । विगत दुई दशकदेखि लक्ष्मीस्मृति साहित्य समाजको बत्ती अविच्छिन्न रूपमा बालीरहने सदानन्द अभागज्यूको साहित्यिक यात्रा निरन्तर चलिनै रहेको छ । एउटा सानो कार्यक्रमबाट स्थापना गरिएको  संस्थालाई अभागीज्यूले प्राण दिइरहनु भएको छ साथै उहाँको साहित्यिक यात्रा पनि धेरै नै फराकिलो भएको र निरन्तर चलिरहेको छ । अभागीज्यूप्रति समर्पित हुँदै किताब प्रकाशन हुन लागेकोमा मलाई औधी खुसी लागेको छ । यसै सन्दर्भमा यहि सन्देश मार्फत् उहाँप्रति शुभेच्क्षा प्रकट गर्न चाहन्छु । धन्यवाद ।

यमबहादुर थापा (अध्यक्षः पौरखी बचत तथा ऋण सहकारी संस्था, कावासोती)
"साधारण मानिस भएतापनि व्यक्तित्व र दृष्टिकोणको हिसाबले महान्हुनुहुन्छ"
सदानन्द अभागी जैसी व्यक्ति व्यक्तित्वरूपमा एक सरल स्वभाव, सबैसँग खुला र प्रष्ट विचार राख्ने, समाज सेवाको भावना बाट ओतप्रोत , इमानदार बौद्धिक व्यक्तिको रूपमा चिन्दछु ।
उहाँ कृषि विषयमा विज्ञता हासिल गरी उच्चतहको सेवा देशको लागि गर्नुभएको छ । उहाँको विषय विज्ञताको लाभ देशले र देशका कुना कन्दरामा बस्ने हाम्रा किसान दाजुभाइहरूले प्रत्यक्ष पाउनु भएको छ ।
उहाँको व्यक्तित्व नेपाली साहित्यको क्षेत्रमासमेत प्रखररूपमा रहेको छ ।  उहाँले नेपाली साहित्य क्षेत्रलाई समेत थुप्रै सिर्जनाहरू, कृतिहरू ( महाकाव्य, खण्डकाव्य, लघुकाव्य, कथासङ्ग्रह, गजलसङ्ग्रह,र उपन्यास)रचना गरी अमूल्य योगदान पु¥याउनु भएको छ ।
उहाँ सामाजिक भावनाले ओतप्रोत व्यक्ति भनेर यसरी पनि बुझ्न सकिन्छ ।किनकि हाल ७५ वर्षको उमेरमा समेत अनवरत रूपमा सामाजिक संघसंस्थाहरूका विभिन्न जिम्मेवारीमा रहेर कार्य गरिरहनु भएकै छ । उहाँ जेष्ठ नागरिक जिल्ला संघ नवलपुरका अध्यक्ष,लाईन्स वाङमय चितवनका डाइरेक्टर, लक्ष्मीस्मृति साहित्य समाजका संस्थापक अध्यक्ष एवम् हालको अध्यक्ष हुनुहुन्छ । यसै गरी उहाँ दर्जनौँसामाजिक संघसंस्थामा आबद्धहुनुहुन्छ । यसै क्रममा उहाँ हाम्रो संस्था पौरखी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक भइ हालसम्म अनवरत रूपमा सल्लाहकार समितिमा रही सल्लाह र सहयोग गरिरहनुभएको छ । बास्तवमा उहाँको बौद्धिकता,पारदर्शी र स्पष्ट विचारबाट हाम्रो संस्थाले संस्थाको महत्त्वपूर्ण सवालहरूमा दिशा निर्देश प्राप्त गर्न सकेको छ ।
उहाँमा ७५ वसन्त पार गरिसक्दासमेत उहाँको समाजप्रति ,नेपाली साहित्य क्षेत्रमा अझ बढी लगाव र सक्रियता हामी पाउन सक्छौँ । उहाँको संसारमा भएका रहेका हरेक वस्तु चलाईमान छन्, परिवर्तनशील छन्  भन्ने दृष्टिकोण  र सोहीअनुसार हामी पनि परिवर्तनशील हुन सक्नुपर्छ भन्ने विचार साँच्चि नै अग्रगामी विचार, परिवर्तनशील विचारको द्योतक हुन् ।यस्ता बहुमुखी प्रतिभाका धनी पारदर्शिता र इमानदारीका परिचयक, हरेक काममा दृढ इच्छाशक्ति राख्ने आत्मविश्वास भएका श्री सदान्द जैसी अभागीको बारेमा दुईशब्द लेख्न दिनु भएकोमा हाम्रो संस्था पौरखी बचत तथा ऋण सहकारी संस्था कावासोती र मेरो तर्फबाट हार्दिक आभार र धन्यवाद दिन चाहान्छौँ ।
उहाँ व्यक्तिको रूपमा साधारण मानिस भएतापनि व्यक्तित्व र दृष्टिकोणको हिसाबले उहाँ महानहुनुहुन्छ ।उहाँका आगामि दिनहरू अझै सफल होऊन् भन्ने कामना गर्दछु । 

७.६ कलाकारको चिनाइ

ं यसमा सदानन्द प्रतिको कलाकारका धारणाा समावेश गरिएकाछन् ।

चेतन कार्र्की (वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक)
"देशको माटोलाई बढी माया गर्ने उहाँ त ज्यादै भाग्यमानी"
कृषि शास्त्री भइकन कृषि कविका रूपमा ख्याति आर्जन गरिकन माटो विशेषज्ञ सदानन्द ज्यूले किन आफ्नू साहित्यक उपनाम  'अभागी' राख्न रूचाउनुभो  कुिन्न? सर्वसाधरण भन्दा आफ्नो देशको माटोलाई बढी माया गर्ने उहाँ त ज्यादै भाग्यमानी हुनुहुन्छ भन्ने लाग्छ मलाई, किनभने उहाँले विभिन्न रूपमा निरन्तर देशसेवा गर्दै आउनुभएको छ । सबैभन्दा अभाागी त त्यो कृतघ्न हुन्छ  जसले आफू जन्मेको र हुर्केको माटोलाई माया गर्दैन ।

यादवचन्द्र भुर्तेल (कलाकार–साहित्यकार, पोखरा कास्की)
"साहित्य भनेपछि खान–सुत्न पनि नपर्ने यस्तो साहित्यको भोको मान्छे"
उहाँलाई मैले त्यति पहिलेदेखि चिनेको त होइन । जब म कृषि शिक्षक भएर अमरसिंह हाइस्कुलमा टिचिङ गर्दै थिएँ । विद्यार्थीहरूलाई अवलोकनका सिलसिलामा उहाँको फारम मालेपाटन  क्षेत्रीय कृषि निर्देशनालयमा लैजादा त्यतिखेर उहाँ शाखा अधिकृत हुनुहुदोरहेछ । त्यहीँबाट मैले उहाँको सामान्य परिचय पाएको हुँ । विशेष परिचय भने हाम्रो सम्बन्ध जोडिएपछि मात्र हो । हामी साथीहरूबाट मैले उहाँको नाम धेरै सुनिरहन्थे । मैले साथीहरूको कुरा पेटबोलीमा सुनेर बस्थेँ । त्यसपछिबाट मात्र थाहा भयो कि उहाँले साहित्य र समाजका लागि राम्रै गरीराख्नु भएको रहेछ । उहाँको १÷२ किताब भेटाएँ भक्तपुरबाट जनमत सदानन्द विशेष  पनि भेटाएँ । जनमतमा कभर फोटोसहितका विभिन्न खाले सामग्री  पढ्न पाउँदा छाती फुलेर आयो । उकुसमुकुस भएँ । मैले उहाँसँग भेट्ने मौका खोजिरहेको थिएँ एकै छिन औतालिएँ पनि । बाराही एफ.एम.लगायतमा उहाँको अन्तर्वार्ता पनि सुन्ने मौका पाएँ । त्यस आधारमा उहाँ एउटा लेखक व्यक्तित्वहुनुहुदोँरहेछ भन्ने जान्न पाएँ । उहाँका केही कविता पनि पढेँ । कविता छोटा तथा मार्मिक लाग्यो । टु दि प्वाइन्टमा लेख्नुहुदोँ  रहेछ । उहाँका सिर्जनाहरू थकाइ नलागिकनै पढी टुङ्गिन्छन् । उहाँ एउटा चर्चित लेखक नै हुनुहुन्छ । युएस.एड प्लानमा पढेर आउनु भएका उहाँ साँच्चै प्रतिभाशाली व्यक्ति हो । उहाँ निष्पक्ष वफादार र आफ्नो योग्यताबाट र चाकडी–चाप्लुसीबिना अघि बढी पढाइका सिलसिलामा लुधियानाबाट विभूषित भई आउनु भएको हो । हामी दुबै कृषि क्षेत्रका मान्छे पनि परेछाँै । लुधियानाको  पढाइ समाप्तिपछि श्री ५ को सरकारको निजामती सेवामा सेवा गर्दै सहसचिवबाट निवृत्त हुनुभयो । उहाँ एकदम निष्पक्ष व्यक्तित्व हो । छक्कापञ्जा भित्र उहाँ पर्दैपर्नुहुन्न । उहाँको नकारात्मक पाटो मैले भेटाउन सकेको छैन । केही सुझाव दिऊँला भनेको ठाँउ नै पाइन । उहाँले मलाई केही गल्तीहरू औल्याइदिन भन्नुहुन्छ तर मैले सुझाव दिने ठाँउ भेटिनँ । साहित्यकार साथीहरूलाई म उहाँको बारेमा धेरै शोधेँ तर उहाँहरू बाट पनि सकारात्मक धारणा नै आयो । उहाँ पैसा कमाउनको लागि लेखरचना सार्वजनिक गर्ने व्यक्तित्व होइन । साहित्यको लागि कसैले निमन्त्रणा गर्यो भने पैदल पनि त्यँहा पुगेरै छाड्नुहुन्छ । त्यो एउटा ठूलो विशेषता मैले पाएँ । साहित्य भनेपछि खान पनि नपर्ने, सुत्न पनि नपर्ने यस्तो साहित्यको भोको हुनुहुँदोरहेछ । सानैदेखि साहित्यप्रति इच्छुकहुनुहुँदो रहेछ । त्यो समयदेखि नै ग्रन्थ लेख्न लागेको भए निकै राम्राराम्रा लेख्न सक्नुहुन्थ्यो । लियो टल्सटय जस्तो पनि हुन सक्नुहुन्थ्यो शायद । त्यतिखेरको अवस्था उहाँलाई अनुकुल भएन ।
सदानन्द र मेरो लाईन करिबकरिब मिल्दो छ । हाम्रो बेलाबेलामा वार्तालाप भइरहन्छ । उहाँको पारिवारिक पृष्ठभूमि धेरै राम्रो छ । उहाँका छोराहरू पनि लगनशील नै हुनुहुन्छ । आफ्नो आफ्नो क्षेत्रमा हुनुहुन्छ । छोरी पनि लगनशील र विदुषी छन् । जुन मैले माहिली बुहारीको रूपमा पाएको छु । उहाँको र मेरो अत्यन्त मीठो हार्दिक र अविस्मरणीय सम्बन्ध छ ।

लक्ष्मण चापागाईँ, स्याङजा, हाल काठमाडौँ (लोक गायक)
"जस्तो देखे अभागी तेहि लेख्ने"
सरल जीवन विचार महान्,
सदानन्द अभागी नेपाली साहित्यका जहान

 जन्मेको ठाउँ पर्वतको नुवार  
नामै सदा हसिलो मुहार
सरल जीवन ......
राष्ट्रले नै पर्ने हो  चिन्न
उनको गुणगान गाएरै सकिन्न
सरल जीवन......
 सरल कलम चलाउने कवि हुन्
यी नेपाली साहित्यका रवि हुन्
सरल जीवन.......
 साहित्यकार हुनदर्जनौँ कृतिका
त्यसैमा झन वैज्ञानिक कृषिका
सरल जीवन........
 सबै विषय साधारण देख्ने
जस्तो देखे अभागी तेहि लेख्ने
सरल जीवन .....
 कथा, गजल, उपन्यास गीत
कृषिकाव्य छन् अरू चर्चित
सरल जीवन ....

हरिदेवी कोइराला (पोखरा)
"कृषिको फाँटमा अक्षरको खेती सुम्पियौ जीवन"

गण्डकी अञ्चल संस्कृति खानी भू–स्वर्ग पर्वत
जन्मियौ कवि हे सदानन्द रिजाल सुपुत्र
तिमीले खेली  हुर्केको गाऊँ शंकरपोखरी
 हे कवि तिम्ले काव्यमा कृषि उता¥यौ कसरी

ती नन्दकली आमाको तिमी मनको मोती हौ
ती कलाधर पिताको तिमी उज्यालो ज्योति हौ
पोख्यौ नि कवि काव्यमा धारा यी जनजनका
लेख्यौ नि कवि मुटुको मर्म नेपाली मनका

साहित्यमात्र लेखेनौ तिम्ले राष्ट्रको सेवामा
कृषिकोक्रान्ति कृषिको विकास कृषिको टेवामा
उर्वराशक्ति कसरी बढ्छ यो हाम्रो माटोमा
कृषिमा नयाँ प्रविधि खोज्दै प्रगति बाटोमा

कृषि साहित्य रचना गरी किसानी हितमा
त्यो माटो विज्ञान त्यो कृषि विज्ञान जोडेर प्रितमा
कृषिको फाँटमा अक्षरको खेती सुम्पियौ जीवन
मलजल कीट फलपूmल अनेक बीऊ र विजन

गाउँ र घर देश र विदेश सन्देश फिजाउँदै
साहित्य मार्फत् कृषिको विधि विधान सुनाउँदै
जैविक ज्ञानको प्रचार गरी छरेर चेतना
 उत्पादन बढाइ समृद्धि ल्याउने राष्ट्रको सपना

हे कवि तिम्रो कलम जाग्यो कृषक जगायौ
कृषिमा नौलो आयम थप्यौ राष्ट्रलाई गुनलाईौ
हरेक विधा कवितादेखि त्यो महाकाव्यमा
 बहु आयमिक तपसी बनी चलाईो कलम

सम्मान हो यो सम्झना हो यो दुइचार हरफको
उधिन्न एैले सकिन मैले त्यो यात्रा जीवनको
सुभेच्छा छ है दीर्घायु जीवनको नमन गरँे है
हे कवि अझै साहित्यभण्डार रसले भरे है ।

७.७ छिमेकीहरूको दृष्टि
यस शीर्षकमा सदानन्दप्रति छिमेकीको दृष्टि कस्तो छ त भन्ने धारणालाई समेट्ने प्रयास गरिएको छ । यो प्रतिक्रिया कसैसँग लिखित र कसैसँग मौखिकमा समेट्ने प्रयास गरिएको छ ।

जिताराम महतो
"संक्षेपमा भन्नुपर्दा हामी असल छिमेकी"
सदानन्द अभागीको घरसँग दक्षिणतिर जोडिएको घर जिताराम महतोको पर्छ । जीतारामसँग जिज्ञासा राख्दा जितारामले यसरी जवाफ दिएका छन् । रामजी सदानन्द बुबा र उहाँका परिवारसँग हामी छिमेकी भएर बस्न थालेको २०४४÷४५ सालदेखि  हो । उहाँ एक विद्वान छिमेकी हो । उहाँको भावना अति पवित्र छ । उहाँले हामीलाई राम्रो सुझाव दिनुहुन्छ । संक्षेपमा भन्नुपर्दा हामी असल छिमेकीमा हुने सबै गुण हाम्रा दुई घरसँग छ । उहाँ एक असल मार्गदर्शक हो । म विदेश जाँदा पनि उहाँ र उहाँको परिवारलाई घरमा समस्या परे हेरिदिनुहोला भनेर विदेश जान्थेँ । सधैँ सहयोग पाएको छु ।हामीबीच कुनै समस्या छैन अनि कुनै झँैझगडा पनि छैन । धन्यवाद रामजी मलाई सम्झिनुभएकोमा ।

विष्णु पौडेल
"हाकिम एउटा राम्रो मान्छे, पेटमा केही नराख्ने, धोएको मुलाजस्तै सफा"
एकाबिहानै मोबाइलको घण्टी बज्यो । नम्बर हेरेँनम्बर नचिनेको प¥यो । हेलो गरेँ । जवाफ आयो नमस्कार म राम ज्ञवाली पाल्पाबाट बोलेको । भन्नुहोस्् के कामको लागि एकाबिहानै फोन गर्नुभयो । मैले के सहयोग गर्न सक्छु । सहयोगकै लागि हो जवाफ दोहोरियो । उहाँले सदानन्दलाई  कसरी चिननुहुन्छ? कस्तो मानिस हो ? त्यसको कस्तो प्रभाव छ वरिपरि, लेखन क्षेत्रमा कत्तिको प्रभाव छ । मलाई छोटोरूपमा सरासर भनिदिनुहोस्् । मैले रामजीलाईहुन्छ म उहाँलाई चिन्दछु उहाँको बारेमा मैले सदानन्दलाई जुनरूपमा लिएको छु । त्यही रूपमा एउटा लेखै लेख्छु  । यति भएपछि मैले सोच्न थाले सदानन्द र हामीबीचका समानता र हामी मध्यमवर्गीय सामाजिक संरचनाका मानिसलाई तातो दूध निल्नु न उकेल्नु जस्ता समस्या, ती समस्याबाट कसरी पार पाउने आदि प्रश्न ममा उब्जिनु स्वाभाविकहुन आउँछ ।
सर्वप्रथम मेरो जन्म पवर्तको थापाठानामा भयो । सदानन्दको जन्म छिमेकी गाउँ शंकरपोखरीमा भयो । छिमेकीको हिसाबले उमेरमा मभन्दा जेठा सदानन्दलाई कावासोती साँढमा उहाँको बसाई सरेपछि हाकिम नामले मात्र परिचय भयो । उहाँ जागीरे हुनुहुँदो रहेछ । साक्षात्कार हुने सौभाग्य उहाँ बसाइसरेको २–४ महिनापछि मिल्यो । मैले हाकिम हुन् भन्नेमात्र सुनेको थिएँ । उहाँले शुरुमा शिक्षक जागीर खानु भएको थियो रे । शिक्षकलाई माष्टर भन्ने चलन थियो । मेरी सानीमा (वेलकुमारी)ले कुरैकुरामा भन्नु भएको थियो सदानन्द माष्टर भएपछि सबैले माष्टर भन्न थाले उसको यो माष्टर शब्द बालबालिकाले सुन्दा आकर्षक हुँदो रहेछ । खोरियाका टेकनाथ सानो बालक थियो । दाइलाई माष्टर मलाई किन माष्टर नभन्ने भनेर झगडानै गर्ने गरेर त्यो सानो बालकलाई माष्टर भनेर बोलाउनै थालियो । आखिरमा ऊ पनि पढेर माष्टर भएर नै छाडो । यो शब्दले मलाई कौतुहलता जगायो । हाकिम भन्दा कस्ता मान्छेलाई भन्छन् । हाकिम शब्दले कति बालबालिकमा हाकिम हुने जिज्ञाषा पलाईो होला ? कहिलेकाँही घरमा आउँदा सबैलाई बोलाउने बालबालिकालाई पढ्नुपर्छ भनेर सुनाउने, हामीलाई राम्ररी पढ्नु पर्छ भन्ने यस्तै कर्महरू चल्दै गयो । मेरो बाबा आसामबाट घरमा आउनु भयो । मेरो बाबा(काशिराम) र सदानन्दबीचको सम्बन्ध गहिरिदै गयो । दुबै जना व्यवहारिक र प्रष्टबक्ता , विकास प्रेमी, शिक्षा प्रेमी, मेरो बाबा काशिराम गाउँमा बस्ने र उहाँ जागीरे कहिलेकाँही घरमा आउने दुबै जना हरेक काममा दुबै जनाको सरसल्लाहमा काम हुने यसरी उहाँको र मेरो घरको सम्बन्ध गाढा हुँदै गयो । २०६१ सालपछि उहाँ पनि पेन्सनमा घर आउनु भयो । त्यसपछि हाम्रो सम्पर्क अझै गहिरियो ।
मेरो बाबाको नजरमा उहाँको मूल्याङ्कन यसरी गरिन्थ्यो– "हाकिम एउटा राम्रो मान्छे, पेटमा केही नराख्ने, धोएको मुलाजस्तै सफा व्यवहार,सबैलाई कल्याण चाहने, एउटा माटोको वैज्ञानिक कृषि कर्ममा सबै लागेर देशलाई आत्मनिर्भर गराऊँ भन्ने, लोभ रहित एउटा बहुआयमिक विद्वान आदि आदि ।"
उहाँले मैले र मेरा परिवारले कहिल्यै भुल्नै नसक्ने धेरै गुण लगाउनु भएको छ । ती गुण मध्य एउटा उदाहरण यसप्रकार छ । मेरो बाबाले उहाँलाई समस्या राख्नु भयो । भन्दा सुन्दा समस्या केही जस्तो देखिदैन तर छोराछोरीको जिद्वीको अगाडि बाबु आमालाई पन्छिने काम भने सहज हुँदो रहेनछ । छोरीलाई वि.वि.ए. पढ्नु पर्ने, प्रायःभेट क्याम्पसमा पढाउन मेरो खर्चले भ्याउन नसक्ने, बालकुमारीमा छोरीले नाम निकाल्न सक्ने नसक्ने हामीले यकिन गर्न नसकेको अवस्थामा सल्लाह मागियो । उहाँले मलाई लिएर बालकुमारीमा पढाउने राजु पौडेलको घर भरतपुरमा  जानु भयो । राजु उहाँले पढाएको विद्यार्थी रहेछन् । घरका सबैले सदानन्दलाई आदरको भावले हेर्दा रहेछन् । हामी दुबैलाई खानपान गराइयो । धेरै वर्षसम्म नआउनाको कारण र आज आउनु परेका कारण हरिबाजे (राजु पौडेलका बाबा) ले शोधनु भयो । राजुतिर फर्के र मता गुरु दक्षिणा लिन आएको । हरिबाजेले छोरातिर हेरेर तेरो अध्ययनमा प्रगतिको शीखर त यिनै गुरुहुन् भन्दै मुस्कुराउनु भयो ।
"सदानन्दले मेरो लोटेर भाँचिएर काटेर फाल्नु परेका हात देखाउँदै यहाँका शारीरिक अवस्था यस्तो छ । घरको स्थिति नाजुक छ । छोरीको वि.वि.ए .नपढी नहुने रडाको छ  । बालकुमारीमा कसरी पढाउने हो पढाइ दिनको जिम्मा दिनको लागि आएको हो । भर्ना फिस पनि तिर्न सक्ने अवस्था छैन । त्यति नानीको वि.वि.ए. पढाइ दिएमा मेरो गुरु दक्षिणा असुल हुन्छ ।" यी शब्द भनेपछि उहाँ चुप लाग्नु भयो । राजुले सदानन्दतिर हेरेको हेरेइ गर्नु भयो तर हरिबाजेले "भोली पठाइ दिनुहोस््,  यस्ले जेजसरी व्यवस्था मिलाउने हो मिलाउँछ ।" "गोत्रको हिसाबले मेरी पनि छोरी रहिछन् भोली कक्षामा पठाइ दिनु ।" राजुले पूर्ण भर्ना गराउने जिम्मा लिएँ भनेपछि हामी घर फक्र्यौा । यतिमात्र हैन उहाँले तपाईँको सहयोग चाहियो भन्दा उहाँले जस्तोसुकै अवस्थामा पनि नाइ भन्नु हुन् । उहाँमात्र हैन उहाँका घरका सबै परिवार सहयोगी खालकै छन् । उहाँको काम र नाम उचाइमा डाहा गर्ने पनि छन् तर सबैको अघि उनको बिरोध गर्न मुख खोल्न सक्दैनन् किनकि उहाँ प्रति धेरैको आदर भाव छ । एउटा छिमेकीको दायित्व, कर्तव्य र सद्भाव जे जस्तो हुनुपर्ने हो त्यो सबै उहाँमा मौजाद छ ।
ल त रामजी मलाई सदानन्दप्रति केही पोख्ने मौका दिनु भयो यसको लागि तपाईँमा धन्यवाद ।

विष्णु रिजाल
"मेरो छिमेकी, मेरो दाइ र मेरो गौरव"
राम ज्ञवालीले मलाई फोन गनर््ुभयो र शोधनु भयो  । मैले उहाँलाई जवाफ दिएँ–हो उहाँ मेरो छिमेकी, मेरो दाई र मेरो गौरव हो । सदानन्द जैसी मेरा लागि गुरु र मार्गदर्शक हुनुहुन्छ । साहित्य जगत्मा राम्रो ख्याति प्राप्त गर्नु भएका सदानन्दलाई साहित्यिक क्षेत्रमा सदानन्द अभागी भनेर समेत चिनिन्छ । उहाँले सरकारी सेवा मार्फत् देश र जनताको निस्वार्थ सेवा गर्नुभएको उदाहरण मेरा आँखा अगाडि छ । उहाँको खुला हृदय, सरल बोलिचाली तथा सहयोगी भावनाले उहाँसँगको आत्मियता बेग्लै छ । उहाँको छत्रछायामा आफुले थुप्रै कुरा सिकेको अनुभूति म अहिले समेत गर्दछु  । उहाँको कुसल नेतृत्वदायी भावनाले म र मेरा जस्ता परिवारलाई उहाँले सधैँ र सदावहार सहयोग गर्नुभएको छ । उहाँको सहयोग तथा हौसलाले थुप्रै व्यक्तिको भलो र उन्नति भएको छ । उहाँ शालीन र अध्ययनशील समेत हुनुहुन्छ । उहाँको प्रकाशित कृतिले थुप्रै युवामा जोस र जाँगर भर्ने काम गरेको छ । युवापुस्तामा एउटा राम्रो लेखक, समाजसेवी तथा सहयोगी व्यक्ति भनेर समेत चिनिनुहुन्छ । म सम्झन्छु उहाँले सरलता नै जीवनको सुख हो भन्नु भएको । उहाँको त्यो इमानदार पथको एउटा यात्रु म समेत हुँ र उहाँ नाताले मेरो दाज्यू हो, घरको नजिकै भएकाले छिमेकी पनि हो र उहाँको योगदानले हामीलाई गौरवान्वित गराएकोले उहाँ हाम्रो गौरव समेत हो । उहाँलाई आगामी दिनमा अझै अगाडि बढ्न साहस मिलोस तथा हरेक कार्यमा सफलताको शुभकामना व्यक्त गर्दछु ।एउटा  छिमेकीको प्रतिक्रिया जान्ने मौकामा मलाई सम्झनु भएको मा राम ज्ञवालीलाई पनि मुरी मुरी धन्यवाद ।

सीता काफ्ले
"सिर्जनशील व्यक्ति कहिल्यै बुढो हुँदैन र मर्दैन"
एका बिहानै मोबाइलको घण्टी बज्यो । कुनै अपरिचित व्यक्तिको नम्बर देखियो उठाउँ नउठाउँ दोमन हुँदै फोन उठाएँ । उताबाट नमस्कारको आवाज आयो नमस्कार भन्दै जवाफ फर्काएँ । म पाल्पाको राम ज्ञवाली हुँ । हजुरले सदानन्द अभागीलाई चिन्नु हुन्छ भने पछि मैले चिन्छु भनेँ । उहाँका बारेमा के जानकारी छ । अहिले नै फोनबाट मलाई टिपाई दिनुहोस्् न । उहाँको गाउँको बोलाउने प्रचलित नाम कृषिको हाकिम हो । उहाँको बारेमा खडाखडी के भन्ने मलाई केही समय दिनुहोस्् म लेखेर कसलाई दिनेहो उसैको नामबाट पठाइ दिने छु । धेरै मानिससँग उहाँको बारेमा शोधनी भइ सकेको छ । तपाईँ छिमेकी भएको नाताले केही जानकारी थप पाइन्छ कि भनीशोधनी गरेको हो ।मैले आज त सक्दिन १–२ दिनपछि तपाईँको मेसेन्जरमा पठाइ दिउँला भनेँ ।
मैले सम्झे एक दिन उहाँलाई कसैले बुढो भन्दा उहाँ जङ्गिनु भयो "म कहाँ बुढो भएको छु"। दाह्री कपाल पुरै सेतै भएका छन्, उमेर ७५ वर्षको भइ सकेको मान्छेलाई  बुढो भन्दा रिसाउने । अरू पनि जङ्गिए , तँलाई बुढो नभनेर के भन्ने ?  सदानन्द अभागीले सबैलाई सुनाउनु भयो "सुन्नु होस् मलाई बुढो भन्ने शब्द नै मन पर्दैन । किनकि सिर्जनशील मानिस कहिल्यै बुढो हुँदैन र सिर्जनाले त उसलाई मरेपछि पनि अमरत्व प्रदान गर्छ । तपाईँहरू भन्नु होला आदरवाची शब्द । यो पनि प्रस्तुतिमा फरक पर्छ । बुढो भन्ने शब्द जुनरूपमा यहाँ आयो । यो हेपेर बोलिएको हो । देश, घरप्रति चिन्तन छैन जन्मेर पृथ्वीको भारहुने मानिस २०÷२२सेलाई पनि म बुढो ठान्दछु । ऊ सिर्जनशील छैन, राष्ट्रप्रति चिन्तित छैन केवल बाबु आमालाई भार बन्दछ भने त्यो बुढो(काम नलाग्ने) हो । मलाई सदानन्दका कुरा सुन्दा चित्त बुझ्यो । सदानन्दले "बुढो जवानी " शीर्षकमा कवितासङ्ग्रह निकालेका छन् । सिर्जनशील छन् । हरेक काममा तत्पर छन् । समयको गतिसँग हिँड्न सक्नुपर्छ भन्छन् । समयको अति सदुपयोग गर्छन् । ७५ वर्षको उमेरमा पनि सक्रिय देखिन्छन् । उनका केही घटना मैले सुन्नमा आएका र आँखाले देखेका ती पनि थप्न मन लाग्यो । एक दिन एउटी महिला बिरामी परिन् । कसैले मसान लागेको भन्न थाले कसैले बोक्सी लागेको भन्न थाले । धामीझाँक्रीको खोजी हुन थाल्यो । बेलकुमारी आमाले मलाई सुटुक्क भन्नु भयो कि सदानन्द त भूइँफुटा धामी हो । यस्ले यस्ता विमारी छोए सञ्च गराउँथ्यो । अहिले यस्ता काम गर्दैन । म अचम्ममा परँे । एक दिन "तपाईँ लामा धामी काम पनि गर्नुहुन्छ अरे नी ।" "हैन, कहाँ हुनु ।"  वेलकुमारी आमाले भनेको भने पछि । झुट बोल्ने  हिम्मत गर्नु भएन । उहाँले सानोमा यस्ता काम गर्थे तर हाल गर्दिन । पढ्दै गएँ विश्लेषण गर्दै गएँ यो अन्धविश्वास हो यसबाट टाढा बस्नुपर्छ भन्ने भयो अनि टाढै बस्न थाले । तर एउटा कुरा के भने अन्धविश्वासले जकडिएकाहरूलाई भने लामा झाँक्री नै चाहिन्छन् ।कुनै महिलामा बोक्सी लागेको हो भन्ने मन मस्तिष्कमा गढ्यो भने त्यसलाई  फुक्नु नै पर्छ । यसलाई मैले मनोवैज्ञानिक उपचार भन्दछु । मलाई सानोमा भूइँफुटा लामा भन्दथे । ढ्याङ्ग्रो ठोकेर पनि हिडियो, तर आजकल यो सब अन्धविश्वास हो । यसका पछि लाग्न हुँदैन भनेर छाडिदिएँ । एउटा ज्योतिषीकोमा गए ग्रह बिग्रेको भन्छ र पूजा गर्न लगाउँछ । उखानै छ– "वैद्यका गलागाड,ज्यातिषीका छोरी राण ।"लामा, धामीकोमा गए बिमारीका लक्षण शोधछ र छिमेकमा रहेका कसैलाई बोक्सीको आरोप या मसान, भूतप्रेत आदिलाई जोडेर झारपूmक गर्नुपर्छ , बोको, कुखुरा, परेवा आदि काट््न लगाउँछ । यसमा सबै भन्दा मलाई मन नपरेको कुरा के भने उसले नाडी छामेर होस्् या आखत हेरेर होस्् या पातीको पात हेरेर होस्् घरको नजिकै यस्तो वर्णकी आइमाई छ ,मैले ठ्याक पारेर यही हो भन्न मिल्दैन, तपाईँले चिनी सक्नु भएको छ । उसले मागेको कुरा दिनु भएनछ या अरूकुरा जोडेर त्यसैले गर्दा तपाईँको घरलाई नै दागेकी छ भनी गाउँमा मिलेर बसेका दिदी बहिनीमा द्वन्द्व निम्त्याउँछ । खास कोही पनि बोक्सी हुँदैनन् । केवल यो मन र मस्तिष्कको विकार तथा अन्धविश्वास हो । मलाई जिज्ञासा जागेर आयो तपाईँले कति बोका, परेवा, कुखुरा कटाउनु भयो त ?प्रश्न राखे । उहाँले " म धामी बसेको ठाउँमा मैले कहिल्यै काटमार गरीन । पात्लो फाल्ने भन्छन् नी त्यही पात्लोमा मैले सबै काम टुङ्ग्याउँथे । मैले पुन शोधे "रक्तेभेदन भन्छन् । त्यसमा त धामीले कालो बोको नै काट्ने भन्छन् ए ।"  "हो मैले पनि त्यस्तै सुन्दछु ।  शुरुमा रक्तेभेदनको उपचार मैले दहीमा १२ या ३२ मसला जे पाउनु हुन्छ घोलेर ४÷५दिन खानुहोस्् भन्दथे । कसै कसैले मेरो बिमार हट्यो भन्थे । एउटा परिवार नियोजनको तालिममा महिनावारी हुँदा ढाड दुख्ने कुरा उठ्यो । डाक्टरले महिलाको दिशा र पिसाब गर्ने ठाउँ जोडिएको हुन्छ दिशा गरी धुँदा व्याक्टेरिया पिसाब घरतिर सर्न सक्छ । यसले समस्या ल्याउने हो भने पछि यो रक्तेभेदन सम्बन्धी काम पनि छोडियो । सदानन्द एउटा राम्रो नर्तक पनि हुनुहुन्छ । दमाई बाजाको तालमा धेरै राम्रो नाचेको मैले आँखैले देखेकी छु । अहिले पनि उहाँ नाच्नु हुन्छ । धेरै राम्रो नाच्नु हुँदोरहेछ भन्दा, "दम बढ्छ बसेर नाच्न सक्दिन" भन्ने गर्नु हुन्छ । जिज्ञासा जागेर आयो । लोक दाहोरीमा पनि सहभागीहुनुहुन्थ्यो भनेर जानकारी लिने विचार पलाएर आयो । शोधे पनि । "यसमा रहर त खुब लाग्छ तर गला छैन शब्दलाई लयमा ढालेर गाउन सकेको छैन । वेनीको बजार लयमा कहिले काँही जवानीमा दोहरीका दुईचार चरण गाइयोहोला पनि जोडको तोड गरेर भने गाइएन । धेरै जसो हैन कहिलेकाहीँ भजनमा पनि साथ दिन्छु ।
 रामजी, सदानन्द बहुप्रतिभाका धनी व्यक्ति हुनुहुन्छ । उहाँको हरेक क्षेत्रमा सहभागिता जनिएको हुन्छ  । धेरै कुरा सबैबाट आएको हुनुपर्छ हजुरले मेरो जिज्ञासा लिन चाहनु भयो त्यसको लागि धन्यवाद ।

७.८कार्य क्षेत्रका शुभचिन्तक, शुभेच्छुकका धारणा
संयोगले सदानन्द अभागी र म पाल्पा मदनपोखराको बाँसटारीमा भेट भयो । सदानन्द अभागी यस क्षेत्रमा जे.टि.ए. भएर काम गर्नुभएको रहेछ । "यो मेरो जागीरको पुरानो क्षेत्र हो ।यहाँ मैले २०३१ सालदेखि करिब ३ वर्ष काम गरेको ठाउँ हो । पुराना मित्र तथा यहाँका केही कृषकहरूको नाम अझै याद छ । हजुरले सहयोग गरे केही साथीहरूलाई  भेट्ने इच्छा छ । मैले पनि "जाउँ म मोटरसाइकलमा तपाईँलाई घुमाइ दिन्छु भनेँ " । हामी मदनपोखरातिर ठडियौ । उहाँले एउटा बगैँचालाई देखाउँदै यो बगौँचा मैले कृषिवर्षमा  स्थापना गर्न लगाएको हो? निकै राम्रो भएछ  भन्नुभयो । बाटोमा सोमनाथ अर्याल भेट हुनुभयो । उहाँले देख्ने बित्तिकै सदानन्द अभागीलाई चिन्नु भयो र चारपाते क्लबका कुरा उठान गर्न थाल्नु भयो । मैले यस विषयमा हजुरसँग छुट्टै जिज्ञासा राख्ने छु भनीअगाडि बढ्यौँ । दुर्गाराज गौतम निकै बिमारी हुँनुहुँदो रहेछ । स्वास्थलाभको कामना ग¥यौँ । एकप्रसाद भण्डारी यो अपूर्वदर्शन कसरी सम्भव भयो भन्न थाल्नुभयो । घण्टप्रसाद अर्यालले मलाई चिन्न त चिन्नु हुन्न होला तै पनि म यहाँ काम गर्दा निकै मन पराउने मानिस हो । विकास प्रेमी हुनुहुन्थ्यो । मसँग घण्टौँ तर्क गर्नु हुन्थ्यो ।भेटौँ भन्दै  घण्टप्रसादज्यूकोमा पुग्यौँ ।यसबीचमा झपेन्द्र जिसी गाडीमा आइपुग्नु भयो । पूर्व घटना सम्झदै सदानन्दको प्रशंसा गर्न थाल्नु भयो । सदानन्दलाई रेडियोमा अन्तरवार्ता दिएर जानुहोस्् भन्न थाल्नु भयो ।समय अभावको कारणले गर्दा अन्तरवार्ता दिन सकिएन । दमकडा प्रेमराज पंगेनीसँग भेट भएर हामी बाँसटारी फक्र्यौा । मैले सदानन्दलाई विदा गरे पछि ती मित्रसँग सदान्दको बारेमा केही जिज्ञासा राखें । त्यसको सारभाव यसप्रकार छ –

एकप्रसाद भण्डारी (मदनपोखरा, पाल्पा)
"सदानन्द जस्ता कर्तव्यनिष्ठ र त्यागी व्यक्तित्वको अहिले निकै खाँचो छ"
सदानन्द रिजालको चिनाजानको सम्बन्ध भनेको पाल्पाको सेवा प्रवेशसँगै हो । उहाँ अत्यन्त  उन्नति प्रगतिका लागि सहयोग पु¥याउने व्यक्तित्व हो । त्यतिबेला अदुवा रोप्ने चलन चल्याथ्यो । हामी प्रभात सहकारीमा काम गर्थौा त्यसबेला । उहाँलाई बोलाएपछि त्यस ठाँउमा खुरूखुरू जाने गर्नुहुन्थ्यो । प्रभात सहकारीबाट धेरै ठाँउबाट सहजीकरण गर्न उहाँ भनेकै बेलामा पुग्नुहुन्थ्यो । अदुवा व्यवसाय फलफूललगायतका कुरा गर्नु हुन्थ्यो । उहाँको प्रेरणाले गर्दा केही न केही बुटा भएपनि लिची सुन्तला रोपिएका छन् । गाउँमा अमिलो जातका फलफूल पनि रोपिएका छन् । उहाँको सेवा १०–५ मात्र होइन अहोरात्र नै थियो । जनतालाई व्यावसायिक बन्न उहाँले दिएको प्रेरणा सदैव स्मरणीय छ । २०३२ तिरका कुराहरू भएकाले धेरै महत्त्वपूर्ण कुराहरू पनि अहिले बताउन नसकिएका होलान् । जे होस्् उहाँ अत्यन्त वफादार सज्जन  र सत्पात्र हो । पछिल्लो भेट जुन बेला भयो त्यतिबेला त मैले त्यही तात्कालीन समयको भेट जस्तो सम्झन पुगँे । उहाँ उमेर जेष्ठ हुन भो । म पनि भएको छु तर पनि हामीले त्यसबेलाको काम गरेको सम्झिँदा सदानन्द जस्तै समाजसेवी राजनितिज्ञ र कर्मचारी भएमात्र समाज राष्ट्रको उन्नति हुन्छ । सदानन्द जस्ता कर्तव्यनिष्ठ र त्यागी व्यक्तित्वको अहिले निकै खाँचो छ ।

दम बहादुर कार्की (पूर्व गा. वि.स. सचिव, मस्याम पाल्पा)
"उहाँ जस्ता व्यक्तित्वले समाज राष्ट्रलाई राम्ररी पथप्रदर्शन गर्न सक्छन्"
पाल्पामा उहाँ सदानन्द जैसी रिजाल भनेर चिनिनुहुन्छ । अभागी उपनाम साहित्य लेख्न थालेपछि राख्नुभए होला । उहाँ पाल्पामा जे. टी.ए भएर आउनुभएको थियो । मस्याम पनि उहाँको कार्य क्षेत्र थियो । २०३१ सालदेखि नै चिनेजानेको मान्छे हो उहाँ । कर्मचारी भए पनि गाउँका सबै किसानहरूसँग घुलमिल भएर बस्नुहुन्थ्यो । किसानहरूलाई सक्दो सहयोग गर्नुहुन्थ्यो । उहाँले आफ्नो पेशाप्रतिको निष्ठा र बफादारिता कहिल्यै छाड्नु भएन बरू जनसेवक बनेर पाल्पालीको मनमा रहन सक्नुभएको छ । मस्याममा पनि केही वर्ष बस्नुभयो । मस्याममा मैले उहाँलाई स्थापित गराउने मौका पाएँ । उहाँलाई २०३२ सालमा नापी चलिरहेका बेला एउटा जग्गा उहाँको नाममा रसिद काटिदिएँ । म त्यतिबेला मुखिया थिएँ । जुन जग्गाको तिरो उहाँले तिर्दै आउनुभएको छ । पाल्पाको मोह बिर्सन नसकेको पाल्पासँग निकटस्थ सम्बन्धलाई निरन्तरता दिइरहनु भएको छ । मैले जुटाइदिएको त्यो जग्गाबाट उहाँ सन्तुष्ट त हुनुहुन्छ नै त्यस जग्गाले आफ्नो जीवनमा सुप्रभाव पारेको स्मरण गर्नुहुन्छ । करिब ११ रोपनी त्यो जग्गाप्रति अगाध माया छ । पाल्पामा उहाँले आफ्नो कर्मको अमीट छाप छाड्नु भएको  छ । सत्यको पथमा हिड्ने उहाँ कुनैबेला पाल्पालीको आखाँको नानी भएर चिनिन सक्नुभएको असल र उदाहरणीय व्यक्तित्व हो । कर्ममा इमानदार पेशामा इमानदार भई समाज राष्ट्रलाई योगदान दिएर जीवनलाई सार्थक र अन्य बनाउनुभएको छ । निरन्तर मिहिनेतमा जुटेर जीवनको कर्तव्यबोध गर्ने थोरै मात्र व्यक्तिको सूचिमा उहाँ अग्रपङ्कितमा पर्नुहुन्छ । समाजका हरेक पक्षीय विकास गर्न उहाँजस्ता मान्छेको निरन्तर खाँचो छ । उहाँ जस्ता व्यक्तित्वले समाज राष्ट्रलाई राम्ररी पथप्रदर्शन गर्न सक्छन् ।

प्रेमराज पंगेनी  (तानसेन न.पा. दमकडा, पाल्पा)
"जे होस् पसिना उहाँको चिनारी हो"
उहाँ बेसरी मिहेनती व्यक्तित्व हो । मिहिनेतले नै उहाँ देशबाहिर पढ्न जान पाउनुभयो । उहाँ जे. टी. ए. भएर यहाँ आउनुभएको हो । उहाँको गेटअप सामान्य नै हो । मिहिनेतकै फल उहाँले आफ्ना कर्म क्षेत्रमा पाउनु भएको छ । काममा लोकप्रिय हुनुहुन्छ । नसक्ने कुरा बोल्नु हुन्नथ्यो । त्यस हिसाबले पनि उहाँ आलोचित हुनुपरेन । चाप्लुसी कहिल्यै गर्नुभएन । इमानदारपूर्वक कर्ममा लाग्ने उहाँको दृढ स्वभाव देखिन्थ्यो । मिहिनेतकै कारणले उहाँले विविध अवसर पाउनुभएको हो । काठमाडौँ भित्रिए पछि मात्र साहित्यतर्फ बढी लहसिनु भएको हो जस्तो मलाई लाग्दछ । माटो विभागमा खास जनसम्पर्क नहुदो रहेछ । त्यसकारण नै हो कि जति चर्चामा आउनु त्यति आउन नसक्नु ! भएको  जे होस् पसिना उहाँको चिनारी हो ।

सोमनाथ अर्याल (मदनपोखरा पाल्पा)
"म उहाँको कामको सच्चा प्रशंसक हुँ"
त्यसबेला नेपालसरकारको कृषि विभाग अन्तगर्तको युवा विभाग थियो । त्यसअन्तर्गत  अमेरिकाको फोरहेड भन्ने संस्था थियो । त्यस संस्थासँग  चारपाते क्लबको सम्बन्ध थियो । त्यहाँबाट मान्छेहरू आउने पनि गर्थे । नेपाल सरकारको सम्झौता थियो फेरहेडसँग । त्यतिबेला जे.टी.ए. हरू जति थिए, ती गाउँगाउँमा बस्थे ती मार्फत् विद्यालयहरूमा खास गरीकन विद्यार्थीहरूलाईसंगठित गर्ने चलन थियो । त्यो गर्ने क्रममा सदानन्दजी पनि चारपाते क्लब बनाउने र संगठित गर्ने काममा लाग्नु भएको थियो । २०२४ देखि २९ सालसम्म चारपाते क्लब निकै सक्रिय थियो । यसले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्ने कुरामा विशेष जोड दिन्थ्यो । व्यावहारिक शिक्षा दिन्थ्यो । कृषिमा आधारित धेरै कुरा सिकाउँथ्यो । यद्यपी पाठ्यक्रमहरूमा त्यस्ता कुराहरू हँदैनथे त्यतिखेर । यो क्लबमा लाग्नेहरू जतिले सामूहिक खेति गर्ने  विद्यालयहरूमा नै करेसाबारी निर्माण गर्ने, चारपाते क्लबमा लागेका विद्यार्थीहरूले आफ्नो घरमा अनिवार्य करेसाबारी बनाउनु पर्ने, व्यक्तिगत परियोजना कार्य जस्तै प्रत्येक घरमा केही न केही पाल्नुपर्ने(कुखुरा, सुँगुर, बाख्रा वा केही न केही पाल्नुपर्ने) र त्यसबाट आफ्नो खर्च आफै जुटाऊ भन्ने शिक्षा दिइन्थ्यो त्यो क्लब मार्फत् । त्यस क्लबले राम्रो चेतना ल्याएको थियो । साँच्चै भन्ने हो भने मदनपोखरामा आधुनिक कृषि प्रणाली जुन छ, यसलाई टेवा पुर्याउनका लागि चारपातेको विशेष भूमिका छ । म यो कुरा आफ्नो आत्मसंस्मरणसमेत लेखेको छु । यसले बहुप्रतिभाहरूले विकासमा सघाउँथ्यो । बोल्न, भाषण गर्न, सांस्कृतिक गतिविधिमा संलग्न भएर संस्कृतिको जगेर्ना गर्ने आदि इत्यादिमा संलग्न भएर यसले काम गथ्र्याे । प्रतिभाहरूको छनौट गर्ने, जिल्ला स्तरीय क्लब(क्लबबीच अन्तरप्रतियोगात्मक कार्यक्रमहरू सञ्चालन गर्ने काम सो क्लबले गथ्र्यो त्यतिबेलाको नयाँ किसिमका कामहरू गरी युवाहरूमा जागरण ल्याएको थियो । जिल्ला राष्ट्रिय स्तरका प्रतिस्पर्धा समेत गराइन्थ्यो । जिल्ला स्तरीय कार्य कुशलता दिवसको रूपमा यसलाई मनाइन्थ्यो । यस्तो महत्त्वपूर्ण रूपमा नै देख्दथेँ मैले । यसले बैठक बस्न सिकाउथ्यो सभा कसरी गर्ने भन्ने कुरा सिकाउँथ्यो । मञ्चीय व्यवस्थापन कसरी गर्ने भन्ने समेत सिकाउँथ्यो । हरेक क्रियाकलाप गर्नु अघि नै एउटा प्रतिज्ञा गराउथ्यो "म मेरो शिर सुविचारको निम्ति, म मेरो दिल महान् देश भक्तिको निम्ति, म मेरो हात महान् देश सेवाको निम्ति म मेरो स्वास्थ्य उच्चतम जीवन निर्वाहको निम्ति यी सबै काम समाजको निम्ति समर्पित गर्दछु" भनेर प्रतिबद्धता जनाउनु पथ्र्याे । यो भावना साह्रै उल्लेखनीय थियो । प्रत्येक क्रियाकलाप हुनुअघि त्यस किसिमको प्रतिज्ञा गथ्र्याैँ र मात्रै काम शुरू गथ्र्याँैै । यो बडो राम्रो थियो । यसलाई निरन्तरता दिनुपर्छ । अहिले पनि । सदानन्द ज्यूको महत्त्वपूर्ण भूमिका सकारात्मक प्रेरणाबाट पाल्पा जिल्लामा यस किसिमको अभियान व्यापक रूपमा सञ्चालित थियो ।
पछिल्ला दिनहरूमा पनि सदानन्दजीका रेडियोबाट कार्यक्रमहरू सुन्थे । माटोका बारेमा लेखिएका मार्मिक र देशप्रति साह्रै वफादारिता र जिम्मेवारी बोध  गरिएका भावस्पर्शी रचनाहरू सुनेको छु । रेडियो र टेलिभिजनमा प्रसारित अन्तर्वार्ताहरू पनि सुनेको थिएँ । सरल र सहज भाषामा जसले पनि बुझ्नसक्ने गरी बडो राम्रो रचना लेख्नुभएको छ । त्यसलाई व्यवहारमा लागू गर्न सके देशले कृषि उन्नतिलगायतमा फड्को मार्ने थियो । म उहाँको सच्चा प्रशंसक हुँ । करिब डेढ, दुई वर्ष जति संगत गर्न पाउँदाको त्यो क्षण स्मरणीय सम्बन्धको रूपमा रह्यो ।

हरिबहादुर बोहरा क्षेत्री (पाल्पा, चिर्तुङधारा)
"जागीर एउटा पक्ष थियो तर त्यो भन्दा ठूलो स्मरणीय पक्ष भनेको किसानसँग घुलमिल हुने पीरमर्का बुझिदिने र आफूसक्दो सेवा गर्नेउहाँको बानी साह्रै सम्झिने खालको छ ।"
उहाँसित धेरै बाक्लो सम्पर्क हुने अवसर त मिलेन । उहाँ पाल्पामै रहँदाखेरि उहाँसँग बेलाबेला भेटघाट हुने संयोग मिलेको हो । त्यहाँ रहँदाखेरि किसानलाई भेट्ने, उनीहरूका सम्बन्धित क्षेत्रका पिरमर्का बुझ्ने, कृषकका लागि जतिखेर पनि समय दिने अत्यन्त सहयोगी हुनुहुन्थ्यो । पाल्पाबाट सरूवा भई खैरेनीटार जानु भो उहाँ । माटो विशेषज्ञको रूपमा त्यहाँ जानुभो । मैले माटो परीक्षणका लागि उहाँ रहेको ठाँउमा एकपाउ माटो पठाएको थिएँ । त्यहाँको नियममा परीक्षणका लागि कम्तीमा आधा किलो माटो चाहिँदो रहेछ । त्यति नभए परीक्षण नहुने भएकाले मेरो माटो रद्दिको टोकरीमा फ्याँकिएछ । तर संयोग रद्दिमा फालिएको माटोहरूमध्ये मेरो नामसहितको पोका उहाँले देख्नु भएछ अनि परीक्षण गरेर त्यसको रिपोर्ट मलाई पठाउनुभयो । त्यसपछि लामो समय भेटघाट हुन सकेन । पाल्पा रहँदाको छोटो समयको बसाइमा एकरात हामीसँगै बसेको मीठो सम्झना पनि छ मसँग । जे होस््रद्दिमा फ्याँकिएको माटोलाई उहाँले देखी परीक्षण गरी मलाई सहयोग मात्र होइन, अविस्मरणीय गुन नै लगाउनुभयो । त्यस्तो व्यक्तित्वका अन्य थुप्रै  सम्झनाहरू विस्मृत भएका हुनसक्छन् अहिले । पछिल्ला दिनमा सम्पर्कको प्रयास धेरै पटक अनेक व्यक्तिहरूसँग शोधपुछ गर्दागर्दै संयोगले म उहाँको मोबाइल नं. पत्ता लगाए र सम्पर्क गरे र आजभोली हाम्रो सम्पर्क नियमित छ । बुढेसकाल भएपनि हात र मस्तिष्क खाली नराख्ने उहाँको स्वभाव ज्यादै राम्रो छ । पाल्पामा कृषिमा दिएको योगदानबाट त्यतिबेला लाभ लिएका पाल्पाली कृषक र सरोकारवालाहरूले उहाँलाई कहिल्यै भुल्न सक्दैनन् । एउटा सच्चा सेवक भएर गरेको त्यो गुन, त्यो सहयोग, जो त्योबाट कहाँ पाइन्छ र ?उहाँ त एक निस्वार्थ इमानदार र कर्तव्यनिष्ठ व्यक्तित्वहुनुहुँदो रहेछ । जागीर एउटा पक्ष थियो तर त्यो भन्दा ठूलो स्मरणीय पक्ष भनेको किसानसँग  घुलमिल हुने पिरमर्का बुझिदिने र आफूसक्दो सेवा गर्ने उहाँको बानी साह्रै सम्झिने खालको छ ।

७.९नातेदार, इष्टमित्र र आफन्तका हेराइमा ‘अभागी’

इन्दिरा भुर्तेल र चन्द्रविलास भुर्तेल
"जति कमाइन्छ त्यति मै बाँच्न र नाच्न सक्नुपर्छ"
म सदानन्द रिजालकी कान्छी छोरी हुँ । मेरा श्रिमानको नाम चन्द्रविलास भुर्तेल हो । हाम्री स्तुती नामकी एउटी छोरी छन् । रामजी हजुरले बुबाको कुनै एउटा दार्शनिक अभिव्यक्ति उल्लेख गर्नुहोस्् र त्यो व्यवहारमा ल्याउन् भएको छ त ? भन्ने प्रश्न राख्नु भयो । मेरा बुबाका थुप्रै मनन गर्ने अभिव्यक्तिहरू छन् । ती मध्ये एउटा जीवन कसरी जिउन पर्छ भन्ने अभिव्यक्ति "जति कमाइन्छ त्यति मै बाँच्न र नाच्न सक्नुपर्छ" भन्ने हो ।म यसैमा आधारित भएर मलाई लागेका जे जे कुरा अभिव्यक्त गर्नु पर्ने हो यहाँ प्रष्ट पार्दछु ।
मेरा बुबाको जीवन जिउने कला अनौठो किसिमको छ । आफ्नो आम्दानीलाई हेरेर त्यसैमा बाँच्न सक्नुपर्छ भन्ने भनाइमात्र नभएर जीवनका हरेक पाइलामा उहाँले आफ्नो भनाइलाई व्यवहारमा उतार्नु भएको छ । त्यो मार्गदर्शनमा हामी सबै छोराछोरी अघि बढ्ने प्रयासरत छौँ । यसरी आफ्नो खुट्टामा उभिनको लागि उहाँले हामीलाई पढ्नमा जोड दिनु भयो । उहाँकै कारणले गर्दा घरमा सबै शिक्षित परिवारमा हामी गनिन सकेका छौँ । हामीलाई कहिल्यै धेरै महत्त्वकांक्षी बन्न दिनु भएन । हामीले जहिले पनि असल मानिस बन्नु पर्छ भन्ने सुसन्देश पाइराख्यौँ । असल मानिस बनेपछि मात्र सुकर्म गरेर सुमार्गको अवलम्बन गर्दै ठूलो मानिस बन्नतिर लम्कनु पर्छ । मान्छे धेरै महत्त्वकांक्षी हुन्छन् र विलासिताको जीवन जिउन चाहन्छन् । यी चीजले मानिसका आय आर्जनले भ्याउँदैन र आपूर्तिको लागि  ऊ अनैतिक काम गर्न तिर लाग्छ, भष्टचार गर्दछ । उसको नैतिकतामा ह्रास आउँछ । बोलाई र व्यवहारमा फरक हुँदै जान्छ । आखिरमा ऊ समाजमा तिरस्कृत हुँदै जान्छ । त्यसैले आफ्नो कमाइअनुसारको आफ्नो जीवन निर्वाह गर्दा कसैको नजरबाट गिर्न पर्दैन, इमानदारिता नैतिकता जोगिन्छ र मनमा सन्तुष्टि मिल्छ । मनमा सन्तुष्टि मिलेपछि आनन्द आउँछ र त्यसैमा खुशी मिल्दछ भन्ने वाणीहरू बेला बखतमा बुवाले गर्दा साच्चैनै म आफुलाई सदानन्द अभागी जस्तो बाबा पाउँदा संसारको भाग्यमानी छोरी ठान्दछु । कसै कसैले तपाईँ जस्तो खटेर काम गर्ने विज्ञलाई राष्ट्रले के दियो खोई  भनी प्रश्न राख्दा उहाँ हाँस्दै भन्नु हुन्छ "राष्ट्रले मलाई के दिएन, जागीर दियो, जागीरबाट निस्केपछि पेन्सन दियो, पद दियो, इज्जत दियो । बरू हजुरहरूले राष्ट्रलाई तैले के दिइस् भन्नु भएको भए राम्रो हुन्थ्यो । राष्ट्रले हामीलाई के दियो भन्नु भन्दा राष्ट्रलाईहामीले के दिन सक्यौँ भन्नु नै उत्तम हुन्छ ।"
बुबाको जति कमाउछौ त्यसैमा बाँच र नाच भन्ने अभिव्यक्तिलाई म र मेरा श्रीमानले शिरोधार्य गरेका छौँ । जेजति कमाउछौँ त्यसैमा खर्च र बचत गर्ने बानी बसालेका छौँ ।
बुबाको एउटा कल्पना थियो हामी सात जना छोराछोरीले सरकारी जागीर खाएर देश र जनताको सेवा गर्नेछन् । उहाँको मार्गदर्शनबाट हामी आफ्नो खुट्टामा उभिन पर्छ भन्ने भावनालाई त बोकेका छौँ तर सरकारी सेवामा नभएर अलग अलग मार्गमा रहेर भए पनि हामी अघि बढेका छौँ ।


उमा लामिछाने र श्याम लामिछाने
"जीवन साथी चुन्न पूर्ण अधिकार छ ।"
म सदानन्द रिजालकी साँहिली छोरी हुँ । मेरा श्रीमानको नाम श्याम शर्मा लामिछाने हो । मेरो एउटा उत्सव नामको छोरा छ । रामजी हजुरले मलाई बाबाले विवाह कसरी गराई दिनु भयो त भनीजिज्ञासामा छोटो रूपमा भन्दा बुबाले हामीलाई  वैवाहिक स्वतन्त्रतादिनु भएको थियो भन्दा केही अर्को अर्थ नलागोस् । मेरो बुबा जागीरे हुनुहुन्थ्यो । उहाँको ठूलो चिन्ता हाम्रो पढाइमा थियो । बाबाले पढ्नुपर्छ,  सरकारी जागीर खानुपर्छ, असल मान्छे बन्नुपर्छ यस्ता थुप्रै कुरा सुनाउनु हुन्थ्यो । केके हो केके । मैले बुझ्दिनथेँ । पढाइमा यति जोड दिनु हुन्थ्यो कि घरमा जति दिन बसाइ हुन्थ्यो त्यति दिन पढाइको घोकाइ हुन्थ्यो । बाबा जागीरबाट घर आए पनि बसाइ भने निकै कम हुन्थ्यो । सबै काम दुईटी आमाहरूले गर्नु हुन्थ्यो । मलाई पढ्न भन्दा खाना पकाउन रहर लाग्थ्यो । सात सात जना उत्रैउत्रा खाना बस्दा त झन रमाइलो हुने । यसै क्रममा हामी बढ्दै गयौँ । युवा अवस्था आउन थाल्यो । आमाहरू सतर्क हुन थाले । स्कुलबाट आउन ढिलो गर्दा स्पष्टिकरण दिनुपथ्र्यो । जेठी दिदीको विवाह भयो । बुबा कुश्मामा जागीरे हुनुहुन्थ्यो सबै तयारी आमाहरूले गरे । बाबा विवाहका दिन आउनु भयो र दिदीको विवाह भयो । विवाह गर्नु भन्ने कुरा सजिलो पनि हुँदो रहेनछ । होटेलमा जाँड खाएर र भात खाएर आए पनि विवाहका दिन जैसीहरूमा ठूलो भाते र सानो भाते भन्नै पर्ने । एकले अर्कालाई होच्याउनै पर्ने प्रवृत्ति पनि देखिदो रहेछ । बुबा भने यो जातभातमा त्यति कट्टर हुनुहुन्नथ्यो ।  राधा दिदीको विवाह पछि यशोदा दिदीको विवाह भयो । समय वित्दै जाँदा मेरो छोरोलाई तेरी छोरी तथा एउटाका पटाहामा बसेर अर्कैका छोरा र छोरीको विवाह तय गर्ने परम्परा हटिसकेको थियो । यशोदा दिदीको विवाहमा बाबाले पहिला विवाहको कुरा चलेपछि एउटा मापदण्ड निर्माण गर्नुभयो रे, पढाइको आधार,जागीरे, स्कुलको आवस्था, विजुली पानी, यातायात र खेतीगर्ने जमिन कति छ । त्यसको आधारमा केटो तय गर्ने काम बाबाले गर्नु हुन्थ्यो रे । घरमा आएर दिदीलाईशोधनी गर्नु भयो । तिम्रो विवाह गरीदिने विचार आयो । केटो बोलाई दिम् । जीवन साथी चुन्न तिमीहरूलाई पूर्ण अधिकार छ । कुनै तिम्रो साथी छ भने भन मलाई कुनै आपत्ति छैन । नत्र भने केटा बोलाई दिन्छु । केटो आएपछि तिमीले राख्नु पर्ने जिज्ञासाहरू राखेर  तिमी दुईको सहमति भयो भने टिकाटालोगरीदिन्छु । नभन्दै सबै कुरा बुबाले भने जस्तै भयो । माहिली दिदीको विवाह भयो ।  दाजुहरूको विवाहका कुरा चले यसमा पनि बाबाले तिम्रा केटी छन् भने ल्याओ नत्रभने मैले रोजेकी केटीसँग विवाह गर । यसरी नै दाजुहरूको विवाह टुङ्गियो र मेरो पनि एवम् रितले टुङ्गियो । आज हामी सबै हाम्रा परिवारमा सन्तुष्टिको साथमा जीवन विताइ राखेका छन् । छोराछोरीको विवाहमा उहाँको दुरदर्शिताले गर्दा सबैलाई सहजता मिलेको छ । यस्तो आफ्नो जीवन साथी चुन्ने अधिकारलाई प्रयोग गर्दै बाबाआमाको भावना मिल्ने गरीगरिने  विवाहको सौभाग्य सबैले पाउँदैनन् । अन्त्यमा मेरा भावना राख्ने मौका दिनु भएकोमा रामजीलाई  धन्यवाद ।

कल्पना आचार्य सुवेदी (साला चन्द्रप्रसाद आचार्यकी छोरी)
"अमृत जस्तो बोली वचन चन्द्रजस्तो शीतल"

टाढैबाट नमन गरेँ फुपू पुसाजुलाई
हजुरको अशीर्वाद लागि रहोस्् हामीलाई

मेरो यौटा अभिभावकहजुरलाई ठान्छु
सल्लाह र सुझावलाई मन्त्रसरि मान्छु

सत्यमार्ग हिड्नलाई  प्रेरणा दिने हजुर
दुःख कष्ट पर्दा खेरी सहयोग दिने भरपुर

अमृत जस्तो बोली वचन चन्द्रजस्तो शीतल
हीरा मोती बनाइ राख्छौँ बन्न दिन्नौ पितल

चारैतिर समाजसेवा अझै बढ्दै जावस
उत्साह र उमङ्गले संसार चुम्दै रहोस््

असि पुग्न लाग्दा पनि समाज सेवा उस्तै
तीस वर्षे जोश जाँगिर निकालेर मस्तै

ज्ञानका ती भकारीलाई बाँड्दै जानु भा'छ
साहित्य र समाजसेवा उच्चतामा आ'छ

सयौँ सयौँ वर्षसम्म आयु बढ्दै जावस्
जन्मौ जन्मसम्म नाम उच्चतामा आवस्

कृष्ण गौडेल(पर्वत, फलेवास–४, मुडिकुवा)
"लेखन शैलीमा उहाँको आफ्नै किसिमको धार छ ।"
हाम्रा हितैषी शुभ चिन्तक, प्रिय सम्धीज्यू, नेपाली वाङ्मय क्षेत्रमा परिचित हुनुहुन्छ । उहाँका विभिन्न साहित्यिक कृतिहरूले नेपाली साहित्यको क्षेत्रलाई उच्च स्थानमा पु¥याएको छ साथै कृषि सम्बन्धी कृतिहरूले नेपाली कृषकको उत्पादनमा टेवा पु¥याएको छ ।यसै सन्दर्भमा रामज्ञवालीले सम्धीज्यूको जीवन व्यक्तित्वमा अनुसन्धानमूलक कृति लेखन गर्दै छुभनीजानकारी दिँदै सदानन्दलाई कसरी चिन्नु हुन्छ? उहाँको लेखन शैली कस्तो छ ?  धौलागिरीमा उहाँको लेखन स्थान कस्तो छ आदि जस्ता प्रश्न राख्नु भयो । सदानन्द एउटा बरिष्ठ माटो वैज्ञानिक, बरिष्ठ साहित्यकार,बरिष्ठ समाजसेवी एवम् वि.पी.दर्शनको अवलम्बन कर्ताको रूपमा चिन्दछु । लेखन शैलीमा उहाँको आफ्नै किसिमको धार छ । धौलागिरीमा उहाँको स्थान कस्तो छ भन्दा जन आवाज सुन्दा निकै लेख्ने मानिस भन्दा सुनेको छु ।

थमनलाल पौडेल
"उहाँ नरिवल जस्तै हुनुहुन्छ । बाहिर कडा तर भित्र अत्यन्त कोमल"
जेठा छोरा जगत्प्रसाद रिजालको विवाह मङ्गलपुर निवासी थमनलाल पौडेलकी कान्छी पुत्री विमला पौडेलसँग भयो । थमनलाल पोडेलसँग सम्पर्क राख्दा उहाँले दिएको प्रतिक्रिया यस प्रकार छ । "उहाँ विद्वान हुनुहुन्छ , दर्जनौँ कृतिहरू लेख्नुभएको छ । बोल्दा ठेट कुरा बोल्ने, कसैको चाकडी चाप्लुसी गर्न नजान्ने, हुनाले कोही कोहीलाई खरो स्वभावको पनि लाग्न सक्छ तर वास्तबमा उहाँ नरिवल जस्तै हुनु हुन्छ । बाहिर कडा तर भित्र अत्यन्त कोमल । प्रकृतिका मनोरम रंगतरंगसँगै खेल्दै , रमाउँदै जीवनका उकाली र घुम्तीहरू पार गर्नु भएका सम्धीजी सदानन्दको समाज सेवा, साहित्य सेवामा चाल्नु भएका कदमहरू निरन्तर अगाडि बढून् , माधुर्यता र आत्मियता बढ्दै जाओस् र दीर्घायुको कामनासहित अनन्त शुभकामना ।"

बालकृष्ण अधिकारी (गैडाकोट)
"सम्धीजीको जीवन पद्धति ज्यादै सरल, सादा जीवन उच्च विचारको"
सदानन्द अभागी पर्वत निवासी र म बालकृष्ण लम्जुङ निवासी भएको हुँदा हाम्रो भेटघाट मेरी छोरी भावना अधिकारीको विवाह उहाँको छोरा भेषराज रिजालसँग २०६७ साल असार ३० गते हुने वार्तालापको सिलसिलामा २०६७ तिर उहाँकी जेठी छोरी राधा तिवारी मार्फत् भएको थियो । यही वैवाहिक सफलताबाट हाम्रो पाविारिक नाता जोडियो । यसरी पारिवारिक नाता जोडिएपछि  हालसम्म हाम्रा दुई घर परिवारसँग सुमधुर सम्बन्ध रहँदै आएको छ । सम्धीजीको जीवन पद्धति ज्यादै सरल छ । सादा जीवन उच्च विचारका सदानन्द अभागीको जीवनको उर्वरक समय जागीरमा व्यतित भयो तर हाल आएर उहाँको सक्रियता नेपाली साहित्य लेखन र समाज सेवामा समर्पित भएको छ । उहाँका घरपरिवार सबै शिक्षित छन् । हाम्रो सम्बन्ध भएपछि केही कृति अध्ययन गर्ने मौका पाएँ । उहाँको लेखन शैली सहज र सबै प्रकारका पाठकलाई रूचीकर छन् र रचनाहरूले उहाँको सरल र निर्भिक व्यक्तित्वको प्रदर्शन गर्दछन् ।

यशोदा अधिकारी र खगेश्वर अधिकारी (ज्वाइँ)
"भावपूर्ण सारयुक्त सिर्जनाका पङ्क्ति
अमृत ठान्छौ पान गर्छौ तिम्रा सन्तति"

नाम तिम्रो सदानन्द जन्म भयो पर्वत
साहसी ती कर्म देख्दा सबले पाउँछौ राहत

राष्ट्रसेवक सेवा पु¥याई घर आए पनि
साहित्यमा उर्जा शक्ति अझै बढी छ नि

लोभ मोह कहिल्यै पनि देखिदैन उनमा
स्वच्छताले परिपूर्ण आनन्द छ मनमा

विदेशको मोह त्यागी स्वदेश नै प्यारो
राष्ट्रभक्ति सबल देख्दा खुसी मन हाम्रो

साहित्य र समाज सेवा तिम्रो बन्यो पेवा
तिनै कर्म ग्रहण गर्दा हातमा पर्छ मेवा

परिवारको लालान पालन पूर्णतामा गयो
साहित्य र समाज सेवा गर्न मन भयो

गतिशील प्रेरणा सूत्र रुचि साहित्यको
भाग्यशाली ठान्छौँ हामी पाई ममताको

भावपूर्ण सारयुक्त सिर्जनाका पङ्क्ति
अमृत ठान्छौ पान गर्छौ तिम्रा सन्तति

आशीर्वाद मार्गदर्शन पाउँ हजुरको पुरा
प्रण गर्छौ मार्ग धर्छौ सन्तति छौ सुरा

 प्रार्थना गर्छौ ईश्वरसँग माग्छौ केही कुरा
चिरञ्जीवी माता पिता बनुन् पुरा पुरा

राधा तिवारी (सदानन्दकी जेठी सुपुत्री) र इन्द्र तिवारी (ज्वाइँ)
"ग¥यौ तिम्ले परिश्रम हेर दिन रात"

पिता मेरा सदानन्द माता डिलु–पार्वती
जय जयकार मता पिता गरेँ मैले यती

ग¥यौ तिम्ले परिश्रम  हेर दिन रात
खाने मुख हजुरका भयौँ हामी सात

भगवान जिउँदा देवता माता पिता मान्छौँ
जन्मेका यी सातै सन्तान भाग्यमानी ठान्छौँ

परिस्थिति जस्तो सुकै आए गए पनि
शिक्षा दीक्षा दिनु भयो भोकै रहे पनि

कृषिप्रधान देश नेपालमा कृषि शिक्षा लिई
कृषि बाटै नाम राख्नु भयो वैज्ञानिक भई

समाजमा अझै पनि गर्नुहोस्् समाज सेवा
सर्वनाम प्रचलित त्यही बन्ने छ मेवा

सञ्जिता तिवारी (सदानन्द को जेठी छोरी तर्फकी नातिनी)
"तपाईँका जवान शब्दहरूले परिवर्तन अवश्य ल्याउँछ"

हजुर जित्ने कुनै उमेर हुँदैन हार्ने कुनै उमेर हुँदैन
आपूmले चाहेजस्तो व्यवहार गर्ने कुनै उमेर हुँदैन

प्रार्थना छ स्वीकारी रहून् तपाईँका रचना सृष्टिहरू
मेहफिलमा भावनाको बजार गर्ने  कुनै उमेर हुँदैन

बुझ्छु साहित्य कति प्यारो छ कति ख्याल राख्नु हन्छ
आखिर शिररको अंग स्याहार गर्ने कुनै उमेर हुँदैन

तपाईँका जवान शब्दहरूले परिवर्तन अवश्य ल्याउँछ
देशको हितमा शब्दले प्रहार गर्ने कुनै उमेर हुँदैन

बुबा तपाईँको बारेलेख्नु म निकै सानो छु शायद
शायद ठूलाबडालाई उपहार गर्ने कुनै उमेर हुँदैन

सपना तिवारी ( कावासोती, हाल कोरिया)
"उच्च मन र उच्च कामबाट मानिस ठूलो मानिन्छ"
म सदानन्द जैसीकी सबैभन्दा जेठी नातिनी र राधा तिवारीकी छोरी हुँ । राम ज्ञवालीसरले मेरो बारेमा अध्ययन गर्दै हुनुहुन्छ । तिमीले मलाई कसरी लिएकी छौ, न हिचकिचाइक नै सत्य तथ्यमा रहेर लागेका सबै कुरा म्यासेजमा पठाइदेउ भनेर मेरो हजुरबाबाको म्यासेज पाएँ । मलाई खुसी लाग्यो उहँका अमृत वाणी धेरै छन् जस्र्तै "उच्च मन र उच्च कामबाट मानिस ठूलो मानिन्छ," "पैसा साधन हो साध्य हैन""सिर्जनशील मानिस कहिल्यै बुढो हुँदैन", जिउँदो ज्यानले माडपाएन मरेकालाई खीर", आदि आदि । उहाँ बहु आयमिक मानिस हो । घर निर्माण, समाज निर्माणमा र राष्ट्रनिर्माणमा सबैको योगदान चाहिन्छ आदि आदि धारणाहरू केलाएँ, कहाँबाट थालनी गरूँ भन्ने मनमा कुरा खेल्न थाले । विदेशमा बसेकी छु के को लागि मामको लागि मलने भन्छ । "मानिस ठूलो मानिन उच्च मन र उच्च काम चाहिन्छ ।" धारणालाई शीर्षक दिएर अगाडि बढ्ने मन भयो किनकि हजुरबाबाको अमूल्य योगदानको वर्णन गर्ने शब्दनै ममा छैन । कुनै समय थियो मेरो बाल्यकाल हजुरबाबाको काखमा हुर्किएको थियो । जहाँ सानो सानो गाली पनि मेरो भविष्य बुन्दै थियो । बाबा आमा पहिलेकै जमानाको हुनुहुन्थ्यो । बुबाको सोच धेरै माथि थियो । गाउँमा समाज सेवाको लागि सदा अगाडि हुनुहुन्थ्यो । आज ती तमाम गुणहरू ममा र मेरी आमामा पनि छन् । म गर्व साथ भन्न सक्छु आज ममा भएका समाजसेवा गर्नुपर्छ भन्ने सोचहरू बुबाबाटै आएका हुन् । उहाँले आयोजना गरेका साहित्यिक कार्यकर्ममा सहभागिताले मनमा साहित्यको छाप गहिरो परेको छ । उहाँले जातभात र छुवाछुतमा मानिसको अहम्ता हो अरू केही होइन । मानिसबाट मानिस छुइदैन । आपूmलाई महान्् ठान्नेहरूकै धारणा हो तर असजिलो ठाउँमा कसैबाट केही छुइदैन जस्ता धारणा राख्ने गर्नु समनताको व्यवहार, उहाँबाट पाउन सकिन्थ्यो । "लिएर होइन दिएर खानु पर्छ " भन्ने गुण मैले बुबाबाटै पाएकी हुँ । त्यतिबेला गाउँमा एउटा टिभी आएको थियो । हामी लुकेर टिभी हेर्न जान्थ्यौँ । उहाँले सम्झाएर भन्नु हुन्थ्यो, "अहिले टिभी हेर्ने समय हैन पढ्नु पर्छ, अहिले दुःख गरेर पढेपछि गएर सुख पाइन्छ । त्यतिबेला मलाई रिस उठ्थ्यो तर आज सम्झन्छु त्यतिबेलाका ती शब्दमा मेरो भविष्य बुन्दै थियो । उहाँ सरकारी सानो पदमा जीगर शुरु गर्नु , ठूलो पदमा पुग्नु, साहित्य लेखनमा पनि वरिष्ठताको पद ग्रहण गर्नु तर सादा जीवन बिताउनु ,सहनशीलताको प्रतिमूर्तिको रूपमा खडाहुनु, घमण्ड र अहम्ताबाट टाढै रहनु, सामजिक कामलाई अग्रसरता दिनु,शिक्षालाई तथा अध्ययन र लेखाइमा जोडदिनु, अन्धविश्वासलाई  समाजबाट निर्मूल पार्नुपर्छ  भन्नु जस्ता उहाँका बहु आयमिक गुणहरू उहाँमा दृढरूपमा थिए र आज पनि मौजुदा नै छन् ।
मलाई एउटाकुराको याद आज पनि जीवितै छ । कुरा हो महिनावारी (रजस्वला)को । म दोस्रो पटक रजस्वला भएको बेला आमाले खाना दिनु भएको थियो । परीक्षाको बेला थियो । सामाजिक मान्यता कसैसँग छोइन हुन्न भन्ने थियो । मेरो परीक्षा रोकिने देखियो । बुवा त्यहीँहुनुहुन्थ्यो स्कुल जाने हैन भनेर शोधनु भयो । रजस्वला भएको बेला कहाँ स्कुल जाने भनेर आमाहरूले भन्दा बाबाले आमाहरूलाई सम्झाउनु हुँदै भन्नु भयो । तिमीहरूले यस्ता बेलामा सफा सुघर बनाउने र रगत बाहिर देखिन नहुने गरी कपडाको व्यवस्थापन गरेर स्कुल पठाउने कि परीक्षा दिननै रोक्ने । चाँडै सबै व्यवस्था मिलाईदेऊ मैले लगेर परीक्षा कोठासम्म पु¥याइदिन्छु । उहाँले रजस्वलाको वर्बाहै नगरी स्कुल पु¥याएर फर्कनु भयो । उहाँका हरेक वाणी अमृत तुल्य छन् । उहाँ भन्नु हुन्छ  "मानिस ठूलो उच्च मन र उच्च कर्मबाट भइन्छ ।" उहाँको सोचमा महान्ता छ । त्यो सोचलाई हामीले बुझ्न सक्नु पर्छ र व्यवहारमा उतार्नु पर्छ । उहाँ पुरानो समयको मानिस भए पनि सोच,कर्म, वचन र व्यवहारले आजको परिवर्तित समयसँग साथ दिएर उच्च सोच र महान् भावना बोकेर अगाडि बढ्नु भएको छ । ती प्रेरणाले गर्दा म ठोकुवा गरेर भन्न सक्छु ती सबै सोच विचारहरूका धाराहरू मेरो रगतको कणकणमा बगिरहेका छन् । अन्त्यमा बाबा आमाहरूको सुस्वास्थ, दीर्घआयुको कामना गदै विदा चाहन्छु ।  रामजीलाई धन्यवाद दिन चाहन्छु ।

श्रीमती सरस्वती न्युरे (दक्षिण भारत चेन्नई)
"आमाको अनुहारमा मामा देख्न पाइरहेकी छु"
म सदानन्द रिजालकी जेठी बहिनी तुलसी अधिकारीकी जेठी छोरी हुँ । सदानन्द रिजाल मेरो मामा हुनुहुन्छ । रामजी तपाईँले मलाई मामालाई कुन रूपमा हेर्नु हुन्छ भनेर प्रश्न राख्नु भयो । यसको सानो उत्तर "मामाको अनुहारमा मैले आमा देख्न पाइरहेकी छु ।" रामजी अब मलाई मेरा भावना मामाप्रति राख्ने अनुमति चाहन्छु । उहाँ हाम्रो मामा आमाको अनुहारमा मामा देख्न पाई राखेका छौँ । हो उहाँ हाम्रो मामा हो उहाँ हमेशा हामीहरूको भलायका लागि ईश्वरसँग प्रार्थना गर्नु हुन्छ यद्यपी हामी चारदाजु बैनिका लागि भने उहाँ नै ईश्वर हो । हाम्रा मामाले प्रेम र धिरजका साहाराले हामीलाई बाल्यकाल देखि आजसम्म पनि हामीहरूलाई थामेर राख्नु भएको छ । हाम्रो मुस्कान, हाम्रो प्रगति, हाम्रो उन्नति आजसम्म पनि थामेर राख्नु भएको छ । हामीहरूका लागि मामाले आफ्नु पूरा जीवन लगाएको हामीले हाम्रै आखाले देखेका छौँ ।
मामा म तपाईँकी भान्जी भएर जन्मेकोमा गर्व छ । तपाइको काखमा खेल्न पाए, तपाईँका साहाराले ताते–ताते गर्दै हिँड्न सिके, उभिन सिके, बोल्न सिके, यस संसारमा बाँधिन सिके । यो सबै तपाईँं बिना सम्भब थिएन । तपाईँले हामीहरूलाई बढाउनु भो, हुर्काउनु भो र पढाउन गर्नुभएकोमिहिनेत लगानीका लागि हामीहरू जुनि–जुनि ऋणि भएका छौँ । तपाईँ हाम्रो साहारा हो, पाईला–पाइलामा अढेस दिनु भएको छ । तपाईँं हाम्रो आधार हो, हाम्रा प्रतेक मन्जिलहरूमा बस्नु भएको छ । तपाईँं हाम्रो शान हो अठोट भएर बस्नु भएको छ । तपाईँं हाम्रो हिम्मत हो हाम्रो आवाज भएर बस्नु भएको छ त्यसैले तपाईँं हाम्रो गर्व हो मामा ।
मेरा बाल्यकालका आलो यथार्थ अझै मन भरी छन् । अनुभूतिको क्यान्भासमा कैद भएका भोगाइका केही पाटा, अझै स्मृतिमा लथालिङ्ग हुने गर्छन् । रूढी प्रवृत्तिको कारण हाम्रो बाल्यकालमा हाम्रो परिवारमा हाम्रो जीवनमा परेको खण्डहरले धन्न्नै जीवनहरू निभ्न लाग्दा बतासमा धिप–धिप दियो दुई हातले जोगाएर राखे झैँहामीलाई जोगाएर राख्नु भो अनिमात्र हामी दाजु बैनी हुर्केका हौँ भनेर सम्झिदा मन गर्वले फुल्ने गर्छ । हाम्रो जीवन अहिले सफल भो असफल भो त्यो मैले कहिल्यै लेखा जोखा गरिन, म जान्दिन पनि तर त्यो सम्पूर्ण श्रेय मामाले पाउनु पर्छ  भन्ने मेरो मान्यता हो । सधैँ–सधैँ हाम्रो ख्याल गर्न पहाड छोडेर तराई झर्नु भो । निजि बाहुबल र विचारको कुटोले माया ममता स्नेहको वाली लगाउने साधक हो हाम्रो मामा । तपाईँं र तपाईँका तपस्याले हामीले जीवन पाएर हुर्केका हौ । हामी आज जे छौ तपाईँ साधक हो यी दुई शब्द लेख्दा पनि श्रद्धाले सिर झुकाएर नतमस्तक सम्झिएकी छु मामा । सृजनाका उपासकहरूमा साहानुभुती हुन्छ । त्यो हामीले मामाबाट पाएका हौ । स्नेह र सदासयताको अथाहा पौल हुन्छ त्यो हामीले मामाबाट पाएका छौ । बाल्यकालमा आमा र हाम्रो जीवन धन्नै धुजा–धुजा हुदा तपाईँको उपस्थितिले हामी जोगिएका हौ र बाँचेका हौ । अनेक बिकार–बिकृती बिषमता प्रदुषणले थलिएका हाम्रा बाल्यकाल र हाम्री आमालाई जोगाएर जीवन दिनुभो, हामीलाई फेरि स्थापित गरेर बाच्न सिकाउनु भो, त्यसको लागि शब्दद्वारा भए पनि अभिनन्दन र नमन टक्र्याउछु मामा ।
मामाको गम्भीर स्वभाव अध्यन लेखन प्रतिको अभिरुचिराष्ट्रियविचारको अध्यन कृषिप्रधान देशमा कृषि बिज्ञानप्रतिको तपाईँंको समपर्ण र निष्ठा आफ्ना जिज्ञासु मनले जिज्ञासाहरूकै हल खोजेर वैज्ञानिकको मन यो उमेरमा पनि सक्रियता निरन्तरतामा सधैँ पर्ने तपाईँका जागर पस्केर अझै पनि राष्ट्र, राष्ट्रियता, कृषि, कला, सास्कृती, धर्म ,साहित्यमा उल्ःलेखनीय योगदान पुगेको यथार्थ हो । तपाईँंको ब्याबाहार कुसलताले छेक्न सकेका अनगिन्ती अनुभबहरू समाज र देशका युवा लप्काजवान पुस्तालाई निखारिएर जान दस्ताबेज हुने छन् । अझै समाज र देशलाई धेरै गर्ने हिम्मत तपाईँलाईईश्वरले प्रदान गरून्  । हाम्रा जीवन फुलाउन जीवन संरक्षण गर्न सधैँ सघर्ष गर्नु भो तपाईँ हाम्रोलागि ईश्वर बरावर हो फेरि पनि ईश्वरसङ्ग तपाईँको सुस्वास्थ्य चिरायुको  कामाना गर्दै पुनित नमन  गर्दै बिदा हुन्छु  म हजुर की भान्जी ।

सागर तिवारी र (गैंडाकोट हाल जापान)
"तिमीलाई थाहा छ ? आफ्नो भाग्य आफै निर्माण गर्नुपर्छ"
रामजी सदानन्द अभागीको जेठी छोरी राधा तिवारीको छोरा सागर तिवारी हुँ । मेरो हजुरबुबा सदानन्द अभागीको छोराछोरी तर्फबाट म नै सबै भन्दा जेठो नाती हुँ । घरतर्फबाट पनि म नै जेठो नाती र मामा घरतिर बाट पनि परिवारकै जेठो नाति भएकाले मलाई सबैको प्यार मिलो । मामा घर भनेपछि प्यारो लाग्दो रहेछ । घर होस्् या मामा घर होस्् मलाई आनन्द लाग्थ्यो । तर एउटा कुरा के भने हजुरबाले देख्ने बित्तिकै कति पढिस् भनेर सोधिहाल्ने भएपछि उहाँले शोधेका प्रश्नको उत्तर तयार भएर जानु पथ्र्यो ।
सर्वप्रथम असल मानिस बन्नुपर्छ अनि ठूलो मानिस पनि बन्नुपर्छ, । विद्वान भए तर अल्छि नभए आदि आदि आशीर्र्वचन दिनुहुन्थ्यो । यो सानो बुद्विले भनेको कुरा बुझ्न कठिन पथ्र्यो । हजुरबुबा बहुप्रतिभाका धनी हुनुहुन्छ  ।  उहाँका हरेक शब्द हाम्रो भविष्यसँग जोडिएको हुन्थ्यो÷ हुन्छ । म बुझ्ने भएपछि  मामाको घरमा जाँदा । हजुरब्ुबा जागीरे भएको हुँदा घरमा कहिलेकाँही मात्रै भेट हुन्थ्यो तर भेट हुने वित्तिकै पढाइ कस्तो छ ?, परीक्षामा कति नम्बर आयो ? पहिलो भइयो या भइयन ? प्रश्न माथि प्रश्न । अनि भन्नुहुन्थ्यो "तिमीलाई थाहा छ ? आफ्नो भाग्य आफै निर्माण गर्नुपर्छ । तिम्रो भाग्य कसैले निर्माण गर्दैन । , तिमी आर्फैले तिम्रो भाग्य निर्माण गर्नुपर्छ । संसार हेरेर अगाडि बढ्नु पर्छ । संसार हेरेर अघि बढे मात्र संसार सुहाउँदो भइन्छ । हजुरबाका यी अमृत वाणीले गर्दा हामी आज प्रगतिको पथमा अगाडि बढीरहेका छौँ । म अध्ययनको शिलशिलामा  जापान पुगें । उहाँका सन्तति हामी सबै शिक्षित स्वालम्बी भएर हाम्रो भाग्यमा जुटेका छौँ । आज उहाँ पचहत्तर नाघेर पनि अति सक्रिय देखिनु हुन्छ । हरेक साहित्यिक सामाजिक, राजनीतिकमात्र के घरकोकोदालो खन्न परे पनि अघि सर्नु हुन्छ । साहित्यिक लेखनमा घन्टौँ कम्प्युटरमा बस्न सक्नुहुन्छ ।
उहाँको यो  कामको निरन्तरता र अमृत वाणीले गर्दा हामी पनि हाम्रो भाग्य निर्माणमा जुटेका छौँ  । हजुरबाबाको सुस्वास्थ र दीर्घायुको कामना गर्दै विदा माग्छु । रामजी हजुरलाई यो अवसर दिएकोमा धन्यवाद छ ।

भाव अनुवाद (रामजी म सदानन्द जैसीकी नातिनी र यशोदा अधिकारीकी छोरी हुँ । अब म सदानन्द को हुन् भन्ने हजुरको प्रश्नको जवाफ दिन चाहन्छु । हाम्रो दृष्टिमा को हुन् त सदानन्द जैसी (अभागी)?। प्रेरणाको स्रोत र जीवनमा कहिल्यै हार मान्न हुँदैन भन्ने सिद्धान्तको पूर्ण रूपमा प्रयोग गरेर देखाउने जिउँदो मानिस हुन् सदानन्द अभागी । पुरानो पुस्ताको व्यक्तित्व भए तापनि उहाँ एकमात्र व्यक्ति हो जस्को सोच अग्रिम र आधुनिक छ । उहाँको समय र वातावरणसँग परिवर्तन हुने वा अनुकुल हुने सक्ने सोच साँच्चिनै सम्मान जनक छ । उहाँका यी गुणहरू उहाँ द्वारा संरचित कलामा पनि देख्न सकिन्छ । हामीलाई थाहाछैन अरूको लागि उहाँको महत्त्व कति छ तर हाम्रो लागि उहाँ हाम्रो परिवारलाई जोडेर मजबुत राख्ने धुरी हुनुहुन्छ ।अरूको लागि उहाँको सफलता सानो ठूलो हुनसक्छ । त्यो उहाँहरूकै सोच हो तर हाम्रो लागि उहाँको कृति,व्यक्तित्वको पुरा जीवनयात्राको ऐना हो । जुन किसिमको उहाँले आफ्नो कृति रचना गर्नु हुन्छ र पुरा मानव जीवनलाई आफ्नो कृतिमा परावर्तन गर्न सक्नुहुन्छ । त्यो साच्चै नै उल्लेखनीय छ र यो सब गर्न सक्ने क्षमता नै कुनै सच्चा कलाकारको सफलता हो, जुन हरेक कलाकारले चाहेको वा सपना बोकेको हुन्छ । हाम्रो लागि उहाँ अभिभावक, प्रशिक्षक, प्रेरणा, महत्त्वपूर्ण पथ प्रदर्शक र जीवनलाई कसरी जिउन र रमाउन पर्छ भनेर देखाउने ऐना हुनुहुन्छ ।

सुमित्रा पौडेल
"नयनको नानीसरि मेरो दाजी प्यारा छन्
म सदानन्द रिजालकी बहिनी हुँ र गजाधर मेरो श्रीमान हुनुहुन्छ । अनपढको कारणले गर्दा भावना छर्दा पनि मिलाएर बोल्न कठिन हुन्छ तै पनि तीजको गीतद्वारा दाजी सदान्दमा श्रद्धासुमन चढाउँछु –

देख्नमा राम्रो मालिवनको गाई
माइतिमा राम्रो दाजु भाइ

बाबासरि दाइ मेरा आमासरि भाउजू
ज्यानमारा रोग लाग्यो आउन पाइन दाइ

वर्ष दिनको तीजमा आइन बैनी भनेर
आगनीको डिलमा बसी नरुनु है दाइ

हाम्रा बाका दुई छोरा एक छोरी भएर
बस्न प¥यो मेरा दाइ एक्लै भएर

मेरा दुई दाजिको कति गरौँ वर्णन
जेठा दाजी तल्लीन छन् किताब पढन

घर माथि हेरो भने साहुबाको धन्सार
तल माथि हुँदो रैछ सबको सन्सार

नयनको नानीसरि मेरो दाजी प्याराछन्
उनका हातमा सधैँ भरी किताब कलम छन् ।

कालो कालो कपालमा रातो रातो रिवन
सबले भन्छन् तैँले पाइस् नयाँ जीवन

नमरी बाँचे कालले साँचे
वर्ष दिनको त्यौहारमा भेट हुम्ला दाई

७.१० गायत्री शिष्यहरूका बुझाइमा
सदानन्द अभागीले हाम्रो धार्मिक परम्पराअनुसार ४ जनालाई गायत्री दीक्षा प्रदान गरेका छन् । यहाँ दुई जनालाई समेट्न सकिएको छ ।  
अमृत लामिछाने
"उमेरले कसैलाई पनि केही नयाँ र राम्रो गर्न छेक्दैन"
अन्धकारलाई चिरेर उज्यालो मार्गदर्शन प्रदान गर्ने व्यक्ति नै गुरु हुन्छ । त्यसो हुँदा त्यो क्षमता राख्ने सदानन्द, मेरो गुरु प्रति म आस्था नमन कोटी कोटी दण्डवत टक्य्राउँछु । कसैले पनि आफ्नोगुरुको बारेमा लेखेर बोलेर व्यक्त गरेर कदापि सक्दैन । हाम्रो धार्मिक दर्शन शास्त्रअनुसार हरेक भगवानहरूको साथै राक्षसहरूको गुरु भएको पाइन्छ ।आफ्नो शिष्यप्रति गुरु मार्गदर्शक मार्गप्रशस्त संवाहक हो । गुरुब्रह्मा गुरु बिष्णु गुरु देब महेश्वर गुरु साक्षात् परमब्रह्मा तस्मै श्री गुरुबे नमः सांस्कृतिक श्लोकमा गुरुको बारेमा यथार्थ झल्काइएको छ । तथापि गुरुको बारेमा जुनसुकै कोणबाट यक्त गर्दाहामीले व्यक्त गरेको शब्द कम हुन जान्छ भन्ने मेरो ठम्याइ हो तथापि गुरुकै आज्ञानुसार म मेरो गुरु प्रति दुई शब्द लेख्ने कोसिस गर्दछु । गुरु मेरो गुरुप्रति चरण वन्दना गुरु वास्तवमा अविचलित, कर्मशील, मिहिनेती आफ्नो दृढ संकल्प प्रति प्रतिबद्ध, साहित्य, समाजसेवामा अग्रसर,कृषि क्रममा अग्रसर, निःस्वार्थ हुनुहुन्छ । राष्ट्रसेवक सेवा अवकाशपश्चात् कृषि कर्म,समाज सेवा, साहित्य क्षेत्रमा, अग्रसर हुनुहुन्छ साथै राष्ट्रसेवक रहदा माटोमा पनि विशेषज्ञता हासिल गरेको काम र कुरा वैज्ञानिक साथै भौगोलिक रूपमा कृषिकाव्य माटो र बिरूवाले भोक लाग्यो भनछन् साथै उपन्यास ,गजल साहित्यिक कृति दर्जनौँ दर्जन कृति लेख्नुभएको छ साथै अनवरत रूपमा लागिरहनुभएको छ । उमेरले सात दशकको अबिरलयात्रा दुःख र सुस्ख जीवनका साथी हुन भन्ने,मिहिनेत, क्रमशीलमा पूर्ण विश्वास गर्नुहुन्छ । गुरु भन्नुहुन्छ – "उमेरले कसैलाई पनि केही नयाँ र राम्रो गर्न छेक्दैन, तर स्वास्थ्यले साथ दिनु पर्दछ, सबै परिस्थितिले साथ दिदा नराम्रो भन्ने गर्नु हुदैन ।"  सदावहार गुरुले प्रदान गर्नुभएको शिक्षा, हितोपदेश, मार्ग, सुझाव, सल्लाह, गाली मेरो जीवनको सुधार व्यक्तित्व बिकासकोलागि अमूल्य गुरु ज्ञान शिरोधार्य गर्दछु । व्यक्तिहरू हरेक गुरु पूर्णिमाको दिनमा मात्र गुरु पूर्णिमा नभई हरेक दिन गुरु र शिष्य को लागि अपरिहार्य छ तसर्थ म मेरो सदानन्द गुरुप्रति चरणवन्दना सुस्वास्थ्य, दीर्घायुको कामना उहाँको आशीर्वाद सदा बनिरहोस््
कमल गौतम (कावासोती साँढ)
"उहाँलाई पैसा कामउन नसकेको हाकिम भनेर चर्चा पनि गरिन्छ"
सदानन्द अभागी साहित्यिक उपनाम भए पनि उहाँलाई हामीले सदानन्द रिजालको नामले बोलाउन मन पराउछौँ । पर्वतमा उहाँलाई पहिला पहिला ठूलाघरको माष्टर भनेपछि सबैले चिन्दथे भने । कृषिमा कार्यालय प्रमुख भएपछि माष्टरबाट उहाँलाई हाकिम नामले बोलाउन थालियो । नवलपुर आए पछि उहाँलाई सबैले कृषिको हाकिम (माटो विशेषज्ञ)ले चिन्दछन् । हाकिम शब्दले उहाँको नामलाई ओझेलमा पारेको छ ।  उहाँलाई पैसा कामउन नसकेको हाकिम भनेर चर्चा पनि गरिन्छ ।
पहाड र यहाँ हामी सँगै सँगै बस्दै आएका छौँ । उहाँको सिलस्वभाव देखेर र नाम चलेको मानिस भएर मेरो बुबा (बालाकृष्ण गौतम) ले मलाई गायत्री मन्त्र सुनाउन अनुरोध गर्नु भयो । यस्ता काम शुद्ध आचरणमा रहेका, लोभ लालचा  नभएका, समदर्शी विद्वानबाट मन्त्र सुनाउनु राम्रो हुन्छ । भन्दै आपूmलाई उहाँले पहिला त कुनै पण्डितबाट नाम सुनाउन असल हुन्छ भन्नुभयो । तर बाबाको दोहोरो अनुरोधलाई भने स्वीकार्नु भयो । यसरी सदानन्द रिजाल मेरो गायत्री गुरु बन्नु भयो । कहिले काँही भन्ने गर्नु हुन्छ,"गुरु बन्दिन भन्दा भन्दै चार जना गायत्री शिष्य  र एक जना साहित्यिक शिष्यको गुरु बन्नै प¥यो ।"
हामी शिष्यलाई पनि गौरव छ उहालाई मेरो गुरु भन्न किनकि उहाँका मार्गदर्शन, समयसापेक्ष हुन्छन्, सबैलाई कल्याणकारी हुन्छन् । आपूmलाई कमजोर ठान्नुहुन्न । जीवन संघर्ष हो । संघर्ष गर्न छाड्नुहुन्न । संघर्षसँग डराउने मानिस कायर हो उसको जीवन कहिल्यै सफल हुँदैन भन्नुहुन्छ । घर परिवारमा पनि खास गरेर दुई परिवारलाई मिलाएर राख्नु सहज हुँदैन । तर उहाँको घर भने सहजरूपमा चलेको देखिन्छ । उहाँका धेरै कामलाई यहाँ उठान गर्न चाहन्न । उहाँले घरमा मिलेर बसिरहेका परिवारलाई "केरा र छोरा फोरे सप्लाउँछन" भन्ने स्वविश्लेषणअनुसार छुट्टी भिन्न गरिदिनु भयो । अंशको हकदार सबै हुनुपर्छ भनी आपूmलगायत सबैलाई भागवण्डा गरिदिनु भयो । तीन छोरा र आमाबाबुगरी ६ अंश लगाउनु भयो ।  अन्त्यकालपछि पनि यसरी आमा बाबु पाली आमा बाबुको अंश पनि लिनु भनी जेठा छोरालाई जेठी आमा कान्छा छोरालाई कान्छी आमा र आपूmलाई माहिला छोराको जिम्मा दिनुभयो । छोरालाई सहजसँग अंश दिनुहुन्न र अंश आफ्नो मुठीभित्र राख्नु पर्छ भन्ने धेरैको मनसाय देखिन्छ । तर यहाँ भनाइ र गराइ व्यवहारिक देखियो । अहिले उनका छोराले आफ्नो बाटो तय गरेका छन् र आफ्नो उत्थानमा जुटी रहेका छन् । उनले बुढाहरूलाई "छोराहरूलाई नजकटेर राख बाटो फुकाई देऊ आफ्नो आफ्नो सुर गर्छन् । राम्रो कर्म गर्ने माथि जान्छ । अल्छीले बाबुलाई खोट दिइराख्छ ।"यस्ता व्यवहारिक ज्ञान हामीले पाइरहेका हुन्छौँ । उहाँको दीर्घायुको कामना गर्दछु । मेरो जिज्ञासा राख्न दिनु भएकोमा राम ज्ञवालीलाई  धन्यवाद टक्य्राउँछु  । जय गुरुदेव् ।

७.११ रिजाल परिवारहरूको उनीप्रतिको हेराइ र बुझाइ









Shrijana Adhikari

He is the joining pillar of our family.

          Ramji, I am the granddaughter of Sadananda Jaishy and daughter of Yesoda Adhikari. Now I like to answer your question.

In our view who is Sadananda Jaishy (Abhagi)?

–Source of inspiration and living example of person who utilized the principle of never give up the fullest. Despite of the old being the person of old generation he is the only person who have most advanced and modern thought .He has the great adaptive capacity according to the surrounding. This character of him can be seen in his arts. We don't know what others think about him but for us he is the joining pillar of our family. Other people think his success in his art is negligible or grand that their business but for us his art is the mirror of one's whole life journeys. The way he greeted his art and can reflect life through his art is very remarkable and this is the success any artist can ever dream or crave for.

For us he is the guardian, instructor, inspiration and most importantly road maker and mirror of the way life. Should be lived and enjoy.

भाव अनुवाद (रामजी म सदानन्द जैसीकी नातिनी र यशोदा अधिकारीकी छोरी हुँ । अब म सदानन्द को हुन् भन्ने हजुरको प्रश्नको जवाफ दिन चाहन्छु । हाम्रो दृष्टिमा को हुन् त सदानन्द जैसी (अभागी)?। प्रेरणाको स्रोत र जीवनमा कहिल्यै हार मान्न हुँदैन भन्ने सिद्धान्तको पूर्ण रूपमा प्रयोग गरेर देखाउने जिउँदो मानिस हुन् सदानन्द अभागी । पुरानो पुस्ताको व्यक्तित्व भए तापनि उहाँ एकमात्र व्यक्ति हो जस्को सोच अग्रिम र आधुनिक छ । उहाँको समय र वातावरणसँग परिवर्तन हुने वा अनुकुल हुने सक्ने सोच साँच्चिनै सम्मान जनक छ । उहाँका यी गुणहरू उहाँ द्वारा संरचित कलामा पनि देख्न सकिन्छ । हामीलाई थाहाछैन अरूको लागि उहाँको महत्त्व कति छ तर हाम्रो लागि उहाँ हाम्रो परिवारलाई जोडेर मजबुत राख्ने धुरी हुनुहुन्छ ।अरूको लागि उहाँको सफलता सानो ठूलो हुनसक्छ । त्यो उहाँहरूकै सोच हो तर हाम्रो लागि उहाँको कृति,व्यक्तित्वको पुरा जीवनयात्राको ऐना हो । जुन किसिमको उहाँले आफ्नो कृति रचना गर्नु हुन्छ र पुरा मानव जीवनलाई आफ्नो कृतिमा परावर्तन गर्न सक्नुहुन्छ । त्यो साच्चै नै उल्लेखनीय छ र यो सब गर्न सक्ने क्षमता नै कुनै सच्चा कलाकारको सफलता हो, जुन हरेक कलाकारले चाहेको वा सपना बोकेको हुन्छ । हाम्रो लागि उहाँ अभिभावक, प्रशिक्षक, प्रेरणा, महत्त्वपूर्ण पथ प्रदर्शक र जीवनलाई कसरी जिउन र रमाउन पर्छ भनेर देखाउने ऐना हुनुहुन्छ ।

सुमित्रा पौडेल
"नयनको नानीसरि मेरो दाजी प्यारा छन्
म सदानन्द रिजालकी बहिनी हुँ र गजाधर मेरो श्रीमान हुनुहुन्छ । अनपढको कारणले गर्दा भावना छर्दा पनि मिलाएर बोल्न कठिन हुन्छ तै पनि तीजको गीतद्वारा दाजी सदान्दमा श्रद्धासुमन चढाउँछु –

देख्नमा राम्रो मालिवनको गाई
माइतिमा राम्रो दाजु भाइ

बाबासरि दाइ मेरा आमासरि भाउजू
ज्यानमारा रोग लाग्यो आउन पाइन दाइ

वर्ष दिनको तीजमा आइन बैनी भनेर
आगनीको डिलमा बसी नरुनु है दाइ

हाम्रा बाका दुई छोरा एक छोरी भएर
बस्न प¥यो मेरा दाइ एक्लै भएर

मेरा दुई दाजिको कति गरौँ वर्णन
जेठा दाजी तल्लीन छन् किताब पढन

घर माथि हेरो भने साहुबाको धन्सार
तल माथि हुँदो रैछ सबको सन्सार

नयनको नानीसरि मेरो दाजी प्याराछन्
उनका हातमा सधैँ भरी किताब कलम छन् ।

कालो कालो कपालमा रातो रातो रिवन
सबले भन्छन् तैँले पाइस् नयाँ जीवन

नमरी बाँचे कालले साँचे
वर्ष दिनको त्यौहारमा भेट हुम्ला दाई

७.१० गायत्री शिष्यहरूका बुझाइमा
सदानन्द अभागीले हाम्रो धार्मिक परम्पराअनुसार ४ जनालाई गायत्री दीक्षा प्रदान गरेका छन् । यहाँ दुई जनालाई समेट्न सकिएको छ ।  
अमृत लामिछाने
"उमेरले कसैलाई पनि केही नयाँ र राम्रो गर्न छेक्दैन"
अन्धकारलाई चिरेर उज्यालो मार्गदर्शन प्रदान गर्ने व्यक्ति नै गुरु हुन्छ । त्यसो हुँदा त्यो क्षमता राख्ने सदानन्द, मेरो गुरु प्रति म आस्था नमन कोटी कोटी दण्डवत टक्य्राउँछु । कसैले पनि आफ्नोगुरुको बारेमा लेखेर बोलेर व्यक्त गरेर कदापि सक्दैन । हाम्रो धार्मिक दर्शन शास्त्रअनुसार हरेक भगवानहरूको साथै राक्षसहरूको गुरु भएको पाइन्छ ।आफ्नो शिष्यप्रति गुरु मार्गदर्शक मार्गप्रशस्त संवाहक हो । गुरुब्रह्मा गुरु बिष्णु गुरु देब महेश्वर गुरु साक्षात् परमब्रह्मा तस्मै श्री गुरुबे नमः सांस्कृतिक श्लोकमा गुरुको बारेमा यथार्थ झल्काइएको छ । तथापि गुरुको बारेमा जुनसुकै कोणबाट यक्त गर्दाहामीले व्यक्त गरेको शब्द कम हुन जान्छ भन्ने मेरो ठम्याइ हो तथापि गुरुकै आज्ञानुसार म मेरो गुरु प्रति दुई शब्द लेख्ने कोसिस गर्दछु । गुरु मेरो गुरुप्रति चरण वन्दना गुरु वास्तवमा अविचलित, कर्मशील, मिहिनेती आफ्नो दृढ संकल्प प्रति प्रतिबद्ध, साहित्य, समाजसेवामा अग्रसर,कृषि क्रममा अग्रसर, निःस्वार्थ हुनुहुन्छ । राष्ट्रसेवक सेवा अवकाशपश्चात् कृषि कर्म,समाज सेवा, साहित्य क्षेत्रमा, अग्रसर हुनुहुन्छ साथै राष्ट्रसेवक रहदा माटोमा पनि विशेषज्ञता हासिल गरेको काम र कुरा वैज्ञानिक साथै भौगोलिक रूपमा कृषिकाव्य माटो र बिरूवाले भोक लाग्यो भनछन् साथै उपन्यास ,गजल साहित्यिक कृति दर्जनौँ दर्जन कृति लेख्नुभएको छ साथै अनवरत रूपमा लागिरहनुभएको छ । उमेरले सात दशकको अबिरलयात्रा दुःख र सुस्ख जीवनका साथी हुन भन्ने,मिहिनेत, क्रमशीलमा पूर्ण विश्वास गर्नुहुन्छ । गुरु भन्नुहुन्छ – "उमेरले कसैलाई पनि केही नयाँ र राम्रो गर्न छेक्दैन, तर स्वास्थ्यले साथ दिनु पर्दछ, सबै परिस्थितिले साथ दिदा नराम्रो भन्ने गर्नु हुदैन ।"  सदावहार गुरुले प्रदान गर्नुभएको शिक्षा, हितोपदेश, मार्ग, सुझाव, सल्लाह, गाली मेरो जीवनको सुधार व्यक्तित्व बिकासकोलागि अमूल्य गुरु ज्ञान शिरोधार्य गर्दछु । व्यक्तिहरू हरेक गुरु पूर्णिमाको दिनमा मात्र गुरु पूर्णिमा नभई हरेक दिन गुरु र शिष्य को लागि अपरिहार्य छ तसर्थ म मेरो सदानन्द गुरुप्रति चरणवन्दना सुस्वास्थ्य, दीर्घायुको कामना उहाँको आशीर्वाद सदा बनिरहोस््
कमल गौतम (कावासोती साँढ)
"उहाँलाई पैसा कामउन नसकेको हाकिम भनेर चर्चा पनि गरिन्छ"
सदानन्द अभागी साहित्यिक उपनाम भए पनि उहाँलाई हामीले सदानन्द रिजालको नामले बोलाउन मन पराउछौँ । पर्वतमा उहाँलाई पहिला पहिला ठूलाघरको माष्टर भनेपछि सबैले चिन्दथे भने । कृषिमा कार्यालय प्रमुख भएपछि माष्टरबाट उहाँलाई हाकिम नामले बोलाउन थालियो । नवलपुर आए पछि उहाँलाई सबैले कृषिको हाकिम (माटो विशेषज्ञ)ले चिन्दछन् । हाकिम शब्दले उहाँको नामलाई ओझेलमा पारेको छ ।  उहाँलाई पैसा कामउन नसकेको हाकिम भनेर चर्चा पनि गरिन्छ ।
पहाड र यहाँ हामी सँगै सँगै बस्दै आएका छौँ । उहाँको सिलस्वभाव देखेर र नाम चलेको मानिस भएर मेरो बुबा (बालाकृष्ण गौतम) ले मलाई गायत्री मन्त्र सुनाउन अनुरोध गर्नु भयो । यस्ता काम शुद्ध आचरणमा रहेका, लोभ लालचा  नभएका, समदर्शी विद्वानबाट मन्त्र सुनाउनु राम्रो हुन्छ । भन्दै आपूmलाई उहाँले पहिला त कुनै पण्डितबाट नाम सुनाउन असल हुन्छ भन्नुभयो । तर बाबाको दोहोरो अनुरोधलाई भने स्वीकार्नु भयो । यसरी सदानन्द रिजाल मेरो गायत्री गुरु बन्नु भयो । कहिले काँही भन्ने गर्नु हुन्छ,"गुरु बन्दिन भन्दा भन्दै चार जना गायत्री शिष्य  र एक जना साहित्यिक शिष्यको गुरु बन्नै प¥यो ।"
हामी शिष्यलाई पनि गौरव छ उहालाई मेरो गुरु भन्न किनकि उहाँका मार्गदर्शन, समयसापेक्ष हुन्छन्, सबैलाई कल्याणकारी हुन्छन् । आपूmलाई कमजोर ठान्नुहुन्न । जीवन संघर्ष हो । संघर्ष गर्न छाड्नुहुन्न । संघर्षसँग डराउने मानिस कायर हो उसको जीवन कहिल्यै सफल हुँदैन भन्नुहुन्छ । घर परिवारमा पनि खास गरेर दुई परिवारलाई मिलाएर राख्नु सहज हुँदैन । तर उहाँको घर भने सहजरूपमा चलेको देखिन्छ । उहाँका धेरै कामलाई यहाँ उठान गर्न चाहन्न । उहाँले घरमा मिलेर बसिरहेका परिवारलाई "केरा र छोरा फोरे सप्लाउँछन" भन्ने स्वविश्लेषणअनुसार छुट्टी भिन्न गरिदिनु भयो । अंशको हकदार सबै हुनुपर्छ भनी आपूmलगायत सबैलाई भागवण्डा गरिदिनु भयो । तीन छोरा र आमाबाबुगरी ६ अंश लगाउनु भयो ।  अन्त्यकालपछि पनि यसरी आमा बाबु पाली आमा बाबुको अंश पनि लिनु भनी जेठा छोरालाई जेठी आमा कान्छा छोरालाई कान्छी आमा र आपूmलाई माहिला छोराको जिम्मा दिनुभयो । छोरालाई सहजसँग अंश दिनुहुन्न र अंश आफ्नो मुठीभित्र राख्नु पर्छ भन्ने धेरैको मनसाय देखिन्छ । तर यहाँ भनाइ र गराइ व्यवहारिक देखियो । अहिले उनका छोराले आफ्नो बाटो तय गरेका छन् र आफ्नो उत्थानमा जुटी रहेका छन् । उनले बुढाहरूलाई "छोराहरूलाई नजकटेर राख बाटो फुकाई देऊ आफ्नो आफ्नो सुर गर्छन् । राम्रो कर्म गर्ने माथि जान्छ । अल्छीले बाबुलाई खोट दिइराख्छ ।"यस्ता व्यवहारिक ज्ञान हामीले पाइरहेका हुन्छौँ । उहाँको दीर्घायुको कामना गर्दछु । मेरो जिज्ञासा राख्न दिनु भएकोमा राम ज्ञवालीलाई  धन्यवाद टक्य्राउँछु  । जय गुरुदेव् ।

७.११ रिजाल परिवारहरूको उनीप्रतिको हेराइ र बुझाइ

Elija rijal

My Grandpa

My grand pa is really famous in Nepal. His name is Sadananda Abhagi.He is a great scientist. He is also an author /writer.He is a very hard worker.He helps a lot of people .I am thankful to have a hard working  grand pa.Love you.

जगत्प्रसाद रिजाल र विमला रिजाल

"पसिनाको बूँद बूँदमा मोतीका दाना तप्किरहेका हुन्छन् ।"
एउटा मध्यम बर्गीय पविार र दुर्गम ठाँउमा जन्मेर पनि अति संघर्षपूर्ण र अथक प्रयास र उच्च अभिलाषा र आकांक्षाको कारण बुबालाई आफ्नो शिक्षा प्राप्त गर्नुभएको कारणले जहिले पनि शिक्षालाई प्राथमिकतामा राख्नु भयो । शिक्षाग्राहीले नै समाजको चेतनास्तरमा र सामाज परिवर्तन हुन्छ  भन्ने मान्यताको कारण आफ्ना सन्ततिमात्र हैन हाम्रा समकालीन बालबालिकालाई शिक्षाको लागि सधैँ उत्प्रेरणा र उर्जा दिइराख्नु भयो । पारिवारिक हिसाबले हेर्दा मेरा आमाहरू दुई जना र हाम्रा दाजुभाइ दिदी बहिनी  गरी सात जना हुँदा हामी तात्कालीन अवस्थामा हामी ठूलो परिवारभित्र पर्ने र उक्त सदस्यहरूको पालन पोषण, शिक्षा दीक्षामा व्यवस्थापन गर्न एकल अभियानमा डट्न प¥यो ।आमाहरूमा सामान्य लेखपढ(कनिकुथी नाममात्र लेख्न सक्नु) त्यसमा पनि कट्टर समाजको बन्धनमा रहेर, घरको कृषिलाई सञ्चालन गर्दै, पढीकन कुन काम हलो जोती दूधमाम, छोराछोरी पढाएर के हुन्छ? त्यसमा पनि छोरीलाई किन पढाउने आदि तर्क वितर्कमा छोराछोरी सबैले पढ्नु पर्ने भावनाको जागरण घर र समाजमा ल्याउनु निश्चय नै बुबाको लागि चुनैतीको विषय थियो । बुबाले भन्ने गर्नु हुन्थ्यो–"म जुनकाममा लाग्छु, कालले छाड्ला तर म त्यसलाई पुरा नगरी छाड्दिन ।" यो अठोट उहाँमा आज पनि जीवितै छ । उहाँको जीवनको संघर्षलाई सहज विश्लेषण गर्न सकिदैन । पढ्नु भयो पशुपालन, लोकसेवामा उत्तीर्णहुनुभयो ; माटो विज्ञानमा । माटोवैज्ञानिक भएर काम गर्नु त्यति सहज थिएन तर माटो विज्ञानको क्षेत्रमा उहाँले गरेको संघर्षले नयाँ मोड ल्यायो, जो उहाँका सुपेरिवेक्षक तथा मातहतमा कार्यरत सहकर्मीहरूका विचार यसै कृतिमा पढ्न पाइन्छ । उहाँको माटो विज्ञानको क्षेत्रमा गरेको कामको उच्च मूल्याङ्कन गर्दै श्री ५को सरकारले उच्चतम् "गोर्खा दक्षिण बाहु चौथो" पदले विभूषित ग¥यो । यतिमात्र नभइ स्विस सरकारबाट सञ्चालित दिगो भू–व्यवस्थापन कार्यक्रमबाट पनि सम्मानित हुनुभयो ।
हाम्रो पढाइको लागि र कमाएर खान समस्या नपरोस भनेर पहाडको जग्गा बेचेर, नवलपरासी बसाई सरियो । हाम्रो प्राथमिक शिक्षा कावासोतीबाटै पुरा भयो । उच्च शिक्षाहाँसिल गर्न कावासोतीको पढाइ स्तरीय नभएको महसूस गरी म बालकुमारी कलेज नारायणगढ जाने विचार गरेँ । घर सल्लाह भयो । म नारायणगढ पढ्न जान थाले । मेरो जेठी दिदी राधा तिवारी जसलाई हामी सर्वमान्यको संज्ञा दिन्छौँ,ले घरको कुनै समस्या आएमा बाबाआमासँग सल्लाह गरेर हामीलाई सुझाव दिनु हुन्थ्यो । दिदीको कुरालाईहामी सबैले ग्रहण गथ्र्यौँ । समाज सेवाको लागि मरिहत्ते गर्ने बानीले गर्दा उहाँ सबैकी प्रिय हुनुहुन्छ । एवम् रितले म पढाइमा वाणिज्य शास्त्र लिएर त्रिुवन विश्वविद्यालयबाट स्नातकोत्तर पास गरेँ । बुबाको चाहना थियो लोकसेवा तयार गरेर सरकारी जागीर खाने तर मैले बुबाको यो चाहना भने पूरा गर्न दिइन । मैले निजिक्षेत्र जहाँ राम्रो तलब पाइन्छ त्यहीँ मैले आफ्नो सीप बेच्ने कुरा बाबालाई सुनाएँ र त्यसै गरेँ । बाबाले देश सेवाको लागि थुप्रै मिहिनेत गर्नु भयो तर मैले भने सीप बेचेर आफ्नो र छोराछोरीको राम्रो व्यवस्थापन गरेको छु ।
यो सीप बेच्नसक्ने अवस्थासम्म पु¥याइदिने मार्गदर्शन भने बुबाकै हो । उहाँको मार्गदर्शनबाट हाम्रो परिवार हिजोको जस्तो अभावमा रहिरहन परेको छैन । मैले बाबाबाट पाएको ज्ञान भनेको काम गरेर खानुपर्छ र परिश्रमबाट डराउनु हुँदैन । "पसिनाको बूँद बूँदमा मोतीका दाना तप्किरहेका हुन्छन् । यिनै मोतीका दानालाई  समयमै टिप्न र सदुपयोग गर्न सके द्रव्यमा शिखर चुम्न सकिन्छ ।" यो बुबाको अमृतवाणीले गर्दा मैले पसिनाको बूँद बूँदमा मोती टिप्दै छु र शिखर चुम्दैछु । बाबाका अठोट धेरै छन् । वर्णन गरे एउटा कृति नै तयार हुन्छ । साहित्य बुबाको अध्ययनको विषय हैन तर त्यो उहाँको स्वअध्ययन र रुची हो । आफ्नो रुचिमा पनि उहाँले इतिहास कायम गरिसक्नु भएको छ । बाबाको दीर्घायुको कामना गर्दै विदा चाहन्छु ।
डिलकुमारी रिजाल
"हामी दुई सौताका साहस,बल र मेलमिलापले सबै कर्म र कर्तु मिल्यो ।"
डिलकुमारी रिजाल सदानन्द अभागीकी जेठीश्रीमतीहुन् । उनको धारणा माग गर्दा पहिला उनले आफ्नो वैवाहिक समयदेखी हालसम्मका परिवारमा भए गरेका कर्मलाई यसरी प्रस्तुत गर्नुभयो – ''हामी दुईको विवाह २०२४ साल फागुनको २९ गते भयो । उहाँ पर्वत कुश्माको नारायण मा.वि.मा पढाउनु हुन्थ्यो । म ग्यादी फाँटमा जन्मेकी एकल पुत्री आमा बुबाको निकै प्यारमा हुर्केकी । शंकर पोखरीको ओरालो उकालोमा काम गर्न निकै कठिन हुन्थ्यो । दिन वित्दै गए छोरा जन्म्यो र तात्कालै मृत्युवरण भयो । यही समयमा उहाँ काठमाडौँ तिर लाग्नु भयो घरकी जेठी बुहारी भएको नाताले घरको सबै काम मैलै नै गर्नु पथ्र्यो । त्यतिबेला आजको जस्तो सञ्चार सुविधा थिएन । एकवर्ष पछि उहाँ सरकारी जागीरे भएर चितवन आउनु भयो । चितवनमा सानो जे.टि.ए स्तरको जागीर त्यति बेला यातायातको सुविधा थिएन चिठीपत्रको चलन पनि त्यति चल्दैनथ्यो । चितवनबाट घरमा आए पछि चितवनमा म पनि साथमै गएँ । सानो जागीर घरभाडामा लिएर बस्दा खर्चले धान्न मुस्किल, गर्मी, मच्छड आदिको कारणले गर्दा म त्यहाँ बस्न सकिन र पर्वत आइयो । पर्वत आए पछि मेरा जुम्ल्याहा छोरी जन्मे । ती पनि आफ्नो बाटो लागे । जीवन दुःखमय वित्दै जान थाले । श्रीमानको बानी परिवारलाई केही रकम दिनु पर्छ भन्ने थिएन । उहाँको बानी कमाएको जति घर मूलीलाई दिनु पर्छ र घरमूलिले सबै परिवारको व्यवस्था मिलाउँछ भन्ने हुन्थ्यो । केही दिन परे सबैलाई बराबर दिने गर्नु हुन्थ्यो । हालसम्म पनि यो बानी उहाँमा जीवितै छ । हामी दुबै आआफ्ना स्वभावका थियौँ । उहाँले आफ्नो बानी नछाडने गर्नुपर्छ भने पछि त्यसैमा लाग्ने म पनि आपूmले चाहेको कुरा हुनै पर्छ भन्नेमा अडिकहुन्थे । यसले गर्दा काम गर्दा कहिले काँही असहजता खडा हुन्थ्यो । हामीमा सुमधुर प्रेम पनि थियो । एक अर्कामा खुबै माया गर्दछौँ । कहिले काँही एउटा गीत याद आउँछ "नदेखे कहाँ देखौ हुने देखे मयाँ बोलचालै नहुने" भने जस्तै भएको जस्तो भान हुने तर यस्ता कुरा धेरै बेर टिक्दैनथे अनि मुस्काउँथ्यौँ । मेरो एउटा गर्भ गए पछि । सन्तानको अभावमा पीर लाग्नु स्वाभाविक हुँदो रहेछ । मन छटपटिदो रहेछ । यसै बेलामा श्रीमानले दोस्रो विवाह गर्नु भयो । घरको काम निकै कडा थियो । नेपालको कानुनबमोजिम दोस्रो विवाह गर्न पाइँदैनथ्यो । म जन्मेको ठाउँमा कानुन जान्नेहरूको कमी थिएन । बहु विवाहमा मुद्दा हाल्ने सल्लाहकारहरू पनि आए । तर म यस्तो काममा लागिन बरू एउटा गीत सुनेकी थिएँ । त्यो गीतमा भनिएको थियो –"यस्तै रैछ कर्मको चाला भाग्य भए आउला पोइ कहाँ जाला ?"  यही गीतलाई आधार बनाएँ । ढुक्कसँग बसेँ घरको काम गर्दै गएँ । बहिनीबाट छोरी जन्मिइ मबाट छोरा जन्मियो । श्रीमानको सरकारी सेवामा निकै खटेर काम गर्ने बानी र काम थाले पछि त्यो सफल हुनै पर्ने अठोट त्यसले गर्दा सरकारी सेवामा उहाँ निकै सफल हुनुहुन्थ्यो । सरकारले पञ्जाबमा अध्ययन गर्न पठायो । घरकालाई काम चाहिने हामीले बच्चालाई ध्यान दिनु पर्ने । गाउँका मानिस सबै परासीतिर लागे उनका सबै जग्गा हाम्रो घरकाले किन्न प¥यो । सबै ऋण काडेर जग्गा खाइयो । काम थपिदै गयो । ऋणको भारले गर्दा घरका सबैले ऋणबाट कसरी मुक्त हुनेतिर लाग्नु स्वाभाविक थियो । धाने व्याजमा पैसा काडेको हुँदा उत्पादनको ठूलो अंश व्याजमा जान्थ्यो । उहाँको तलब र छात्रवृत्तिमा पाएर कमाएको पैसा त्यही ऋणतिर्नमा नै गयो । ६÷६ महिनामा आउनु हुन्थ्यो र ल्याएका पैसा ऋण तिर्नमा जान्थ्यो । हामी सबैलाई निकै कम पैसा दिनु हुन्थ्यो । त्यो पैसाले हामीले घर चलाउन मुस्किल हुन्थ्यो । यसै गर्दै पञ्जाबको अध्ययन समाप्त भएपछि कालीकोटको कृषि विकास कार्यालयमा कार्यालय प्रमुख भएर काम गर्न थाल्नु भयो । कालिकोट पुगेपछि घरमा तीन जना जागीरेको तलब हुनथाल्यो । गाउँका मानिसबाट किनिएका जग्गाको ऋणबाट मुक्त भइयो । उहाँलाई जेटिए जागीर स्थायी भए पनि कृषि अधिकृत भने अस्थाइ थियो । कालीकोटबाट उहाँ पोखरा सरूवा भएर आउनु भयो । घरका पुराना घरहरू भत्काएर नयाँ राम्रो घर बनाउने योजना भयो । उहाँले गाउँमा घर बनाउने सहमत हुनु भएन तर घर बनेर नै छाड्यो । अब संयुक्त परिवार अलगिने तरखर हुन थाल्यो । संयुक्त परिवारबाट अलग हुन त्यति सहज हुँदो रहेनछ र सँगै बस्ने वातावरण पनि बन्दो रहेनछ । निकै असहज अवस्थाबाट अलगियो ।  ससुराबा आसाम तेलकम्पनीमा जागीरे हुनुहुन्थ्यो । सबै कुरा मिलाउन उहाँको उपस्थिति आवश्यक पर्दो रहेछ । उहाँको उपस्थिति नहुँदा नहुँदै पनि श्रावण महिनामा हामी अलगियौँ । सारा घरको काम अब म जिम्मा आयो । हामी दुई बहिनी(सौता सौता) मिलेर छोराछोरीको हेरचाह गनुपर्ने, उहाँको सरकारी जागीर अस्थायी भएकाले एकातिर जागीरमा कसरी स्थायी हुने अर्कोतिर घरपरिवार कसरी सञ्चालन गर्ने । निकै ठुलो समस्यामा पर्नु भयो । हामी दुईवटी श्रीमती भएकाले उहाँले ल्याएको भाडा पनि हामी कसैलाई दिनु हुँदैनथ्यो । आमालाई दिने गर्नुहुन्थ्यो । उहाँले छुट्टिने परिकल्पना नै गर्नुभएको थिएन । आफ्नो जाने भाडा र खाने खर्च पनि आमालाई नै  दिनु भएको र अचानक अलग पकाएर खाने भनेपछि । उहाँको जाने र खाने खर्च पनि अंशवण्डमा प¥यो त्यो हिसाबतत्काल नभएर ससुराबा आसामबाट आएपछि गर्ने भएपछि हामीसँग मुखमुठी जोड्ने अवस्था निकै कमजोर भयो । जेहोस्् सरसापट गरेर जागीरमा पोखरा फर्किनु भयो । तत्काल माणिकलाल प्रधान उहाँको हाकिम हुनुहुन्थ्यो रे उहाँले घरको अवस्था र खर्चरहित भएको थाहा पाएर काठमाडौँ जाने र लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाएको कुरा हामीलाई बताउनु भएको थियो । हाम्रो समस्या र घरपरिवार समेतको हेरचाह गर्नको लागि हाकिमको धेरै माया पाएको कुराहरू आज पनि सम्झने गर्नुहुन्छ ।  उहाँको  असल गुणहरू मध्ये एउटा गुण भनेको कसैले सहयोग तथा कुनै उपलब्धी गरायो भने त्यसलाई स्मरण गरिराख्नुहुन्छ । आज पनि ४ जना (रामहरी शर्मा, रामचन्द्र गुप्त, माणिकलाल प्रधान र गोविन्दप्रसाद पाण्डे)  उहाँका शुभचिन्तक हाकिमको नाम स्मरण गरी राख्नु हुन्छ । कोही न कोही पाखुरो पोई भने जस्तै उहाँका निकै खटेर काम गर्ने बानी इमान्दारिता, लगनशीलता, कर्तव्यनिष्ठ, बफादारिता, राष्ट्रियता, आर्थिक लोभरहित कामले गर्दा उहाँ सबैको प्यारो हुनुहन्छ । यसमा दुईमत छैन ।
हाम्रो छुट्टीभिन्नपछि हामी मध्यम वर्गीय परिवार, छोरा तीन र छोरी चार यिनीहरूको लालन पालन, शिक्षादीक्षा आदिलाई मध्यनजर राख्दै र पर्वतको जमिनको विक्रीबाट नवलपरासीमा धेरै जग्गा आउने भएको सबै सहज हुने देखिएपछि  हामीले पर्वत छाड्ने निधो लियौँ । पर्वत छाडेर हालको बसोबास स्थानमा व्यवस्थित हुन पनि निकै समस्या भोग्नु प¥यो । जेहोस्् हामी दुई सौतामा साहस थियो बल थियो, हामी दुबैमा मेलमिलाप थियो र सबै कर्म र कर्तु मिलेर गयो । उहाँ (श्रीमानको) सुन्दर निर्देशन थियो । १० कठ्ठा जमिन खरिद गरेर बसोबास गर्न थालियो । भैँसी पालियो, निमेक खाइयो र श्रीमानको जागीरबाट तलबको हामीलाई दिने भनेर छुट्ट्याएर दिने रकममा कुनै दिन कमी आएन, नाक कानका सुन चाँदी जेजति थिए सबै बेचेर र पहाडको जग्गा बेचेर करिब तीन विघाको हाराहारीमा जग्गा बनाइयो र कावासोतीको बसाइलाई स्थायित्व दिइयो । राम्रा घर नभए पनि साधारण घरहरू सबैको लागि निमार्ण गरिएका छन् । छोराछोरीको विवाह गरीयो । विवाहमा पनि अति मितव्ययिता अपनाइयो । न त छोरीको विवाहमा दाइजो दिइयो, न त बुहारी ल्याउँदा नै दाइजो ल्याइयो । आजको तुलनामा हेर्ने हो भने हाम्रा सात छोराछोरीको विवाहको लगानी जेजतिगरीयो त्यसले आजको एउटा विवाह उम्कदैन । हालसम्म छोराछोरी सबै आफ्नो काम गर्दै गएका छन् र हामी सबै सन्तुष्ट छौ ।
हाम्रो समाजमा संयुक्त परिवारहरू अलग हुने कुरा सर्वविदितै छ । आफू जागीरबाट घर आएपछि , सबै छोराहरू आआफ्नु पेशामा लागेपछि । छोराबुहारी हामी दुई बहिनीहरूको मनसाय बुझेपछि , मनोवैज्ञानिक तरिकाले उहाँले छोराहरूको कुनै कमाइको विवरण नमागी आफ्नो कमाइको बटबारा हामी सबैलाई लगाइ दिनुभयो । हामी बुढाबुढीलाई पनि दुःख नपरोस भन्ने कुरालाई ख्याल राख्दै जियाजियैको अंश लगाई दिनुभयो । हामी सबै लालापूर्जाका धनी छौ । यतिमात्र नभइ हाम्रो अवसानपछि जेठा छोरा जगत्ले मलाई पाल्ने र मेरो अंश खाने, कान्छा छोरा रामचन्द्रले आफ्नी आमा (पार्वती)को अंश खाने । आफ्नो अंश माहिला छोराले खाने भनी भावी हाम्रा सम्पत्तिको बटबारा यसरी टुङ्गिएको छ । 'आफै कमाउ, अघि बढ, आपसमा द्वन्द्व कहिल्यै नगर, मेरो दायित्व मैले पुरा गरेँ, हाम्रो बुढेसकालमा के गर्नु पर्ने हो र छोराछोरीको बाबुआमाप्रतिको दायित्व के हो त्यो आफै बुझ" भन्ने मेरो श्रीमानको छोराहरूलाई सन्देश छ ।
राम ज्ञवालीजी हजुरले हामीमा राखेका प्रश्नको जवाफमा भन्दा पनि एउटी गृहणीले भोग्न परेका सुद दुःखका कुराहरू मैले माथि उल्लेख गरेँ । मेरा श्रीमानबाट गर्दै आएका काममा मेरो नित्यान्तव्यक्तिगत अभिव्यक्ति बाहेक हाम्रा घरका परिवार (खास गरेर वहिनी पार्वती रिजालसमेत) ले अनुभूति गरेका हाम्रा साझा धारणाहरू केही यहाँ पस्कन्छु ।
ड्ड समयको सही सदुपयोग गर्नुपर्छ भन्ने उहाँको धारणा छ ।
ड्ड गर्छु भनी कुनै काममा लागेपछि ज्यान जाला तर त्यो काम पुरा गररै छाड्ने अठोट तथा जुनकाममा लागेको छ पुरा गरेर नै छाड्ने ।
ड्ड अर्काको दुःखमा आँखा रसाउने र अर्काको मुस्कानमा आपूm मुस्काउने ।
ड्ड घरको सम्पूर्ण काम तथा त्यसबाट हुने आय आर्जनलाई घरमूलिले मात्र नभइ सबैले समानताको आधारमा उपभोग गर्न पाउनु पर्छ भन्ने धारणा ।
ड्ड सबैको कल्याणकारीताको चाहना
ड्ड पदीय दायित्वमा निकै ख्याल गर्ने
ड्ड समाजप्रतिको चासो
ड्ड चन्दा तथा विवाह आदिमा निश्चित रकमको बटबारा र त्यसैमा आधारित भएर सहयोग गर्ने दानवीर हुँ भन्दै धनको धाक लगाउन मन नपराउने ।
ड्ड जातीय विभेदको अन्त्यको चाहना तथा जातभात छुवाछुतलाई अहम्ता हो  भन्ने ठान्नु
ड्ड जुनसुकै काम पनि पुज्य हुन्छन् त्यसो हुँदा सबै काम सबैले गर्नुहुन्छ र गर्नुपर्छ भन्ने धारणा
ड्ड माटो तथा पृथ्वी आमा हुन् आमा भोकाउँछिन्, भोकलाग्यो भन्छिन् त्यसोहुँदा आमालाई पेटभरी खुवाउनु पर्छ र अनि मात्र हामी सन्तति मोटाघाटा हुन्छौ । त्यसो हुँदा आमालाई स्वच्छ खाना खुवाऊँ र हामी पनि स्वच्छ बनौ भन्ने धारणालाई पस्कने ।
ड्ड भगवानले हामीलाई पृथ्वीमा काम गरेर सिँगार्नु पर्छ भनेर पठाएका हुन् । त्यसो हुँदा पहिला काम अनि भगवान पूजा गर्नुपर्छ नत्र भने कर्महीन व्यक्तिले पूजा गर्छ भने त्यसलाई भगवानले चाकडी सम्झन्छन् भन्नेकुरा
ड्ड आत्मामा परमात्मा छन् । परमात्मालाई आत्मा बाटै चिन्नु पर्छ आदि थुप्रै सन्देशदाता हुनुहुन्छ उहाँ  ।
ड्ड दिएर खान परोस् मागेर खान नपरोस्का धारणा बोक्नेवाला
ड्ड आफ्नो भाग्य आफै निर्माण गर्नुपर्छ अरू कसैले गर्दैन।
राम जी तपाईँले चाहेजति दिन सकेँ सकिनँ । सदानन्द अभागी एक सहनशील र कर्मीनष्ठ व्यक्तिहुन् जति व्याख्या गरे पनि पुग्दैन । आखिरमा मानिस सबै गुणले सम्पन्न छु भने पनि केही अवगुण त हुन्छन् नै उहाँमा आफै दाह्री बनाउने काममा भने निकै अल्छि हुनुहुन्छ भने चिया पकाएर खान भने अति सक्रिय । लेख्दा कलम अड्क्यो भने चिया पाकिहाल्छ ।