यसमा सदानन्द अभागीप्रति विभिन्न पत्रकार, सम्पादक एवम् रेडियोकर्मीका धारणा प्रस्तुत गरिने छ –
खिमानन्द पोखरेल (पत्रकार÷सम्पादक हिमाली गुराँस)
"एकदमै फुरेर भिजेर र पग्लेर लेख्नुहुन्छ । पढेर लेख्नुहुन्छ ।"
उहाँले लेख्नु परेपछि सबै विधामा लेख्नुहुन्छ । एकदमै फुरेर भिजेर र पग्लेर लेख्नुहुन्छ ।पढेर लेख्नु हुन्छ । उहाँको कृति समीक्षामा विशेष दख्खल छ । हिमाली गुराँसमा पनि उहाँले लेखरचनाहरू छपाइ रहनुहुन्छ । पाएसम्म, क्षमताले भेटाएसम्म लेखनमा नयाँ प्रयोग गर्नुहुन्छ । उहाँ गजललगायतका अरू विधामा राम्रै लेखन छ । समीक्षामा चिरफार नै गरेर लेख्नुहुन्छ । उहाँ एकदमै निडर जे देख्यो त्यही भन्ने मान्छे हो । खरो र दह्रो नै मूल्याङ्कन गर्नुहुन्छ उहाँ । उहाँले मलाई कार्यक्रममा नवलपुर बोलाएर अभिनन्दन पनि गर्नुभएको हो । उहाँ उमेरले पाको भए पनि साहित्यमोह भएको नमूना मान्छे हो । उहाँले हिमाली गुराँसको नाटक विशेषाङ्कको निकै अध्ययनका साथ गम्भिर विश्लेषणात्मक समीक्षा गर्नुभएको छ । २५÷२६ पेजको विश्लेषण छ उहाँको । उहाँ हिमाली गुराँसको आजीवन सदस्य पनि हुनुहुन्छ । यस पत्रिकामा निरन्तर लेखरचना पठाइरहनु हुन्छ । आलोपालोअनुसार म उहाँका लेखरचना छापिरहेको छु । म उहाँलाईश्रद्धेय पात्र ठान्छु । उहाँका लेखरचनामा सम्पादन र छनौट गर्न आवश्यक पर्दैन । राम्रो लेख्नुहुन्छ। लेखाइ लामो भएपनि अर्थपूर्ण त हुन्छ तापनि उहाँलाई छोटो लेख्न सुझाउँछु ।
नवराज रिजाल (साहित्यकार, सम्पादक, बारा, सिमरा)
"बाँचुञ्जेल केही गर्नुपर्छ माटोका लागि"
सदानन्द रिजाल जैसी अभागीका लेखरचनाहरू हिमाली गुराँसलगायतका पत्रपत्रिकामा छापिएका छन् । मित्र खिमानन्द पोखरेलले मलाई पनि उहाँको लेख पठाइदिएका कारण मैले पनि नवप्रज्ञापनमा छापेको छु । देखेसुनेअनुसार राम्रो स्रष्टा हो भन्ने लाग्छ । बाँचुञ्जेल केही गर्नुपर्छ माटोका लागि केही गर्नुपर्छ भन्ने सोच भएको असल व्यक्ति हो भन्ने सुनेको पनि छु । छापिएका आधारमा हेर्दा लेखरचना राम्रै लाग्छन् । प्रत्यक्ष देखभेट नभए पनि उहाँको लेखरचनासँग मेरो देखभेट भइरहन्छ । साहित्यमा लागेर लेख्नु ठूलो कुरा हो ।
रामकुमार श्रेष्ठ
"सेतै फुलेका युवा साहित्यकार"
उमेरले बाबु छोरा भन्न मिल्ने भए पनि हामी साथी जस्तै छौँ । ७५ बर्ष पुगिसके पनि साहित्य लेखनमा युवा जोस देखाउने सदानन्द अभागी जैसीले गजल, कथा, कविता, मुक्तक, काव्य, महाकाव्य, उपन्यास आदिमा कलम चलाई सकेका छन् ।
साहित्यकार अभागी र मेरो भेट हुँदा अभागीलाई मैले एउटा कृषिलाई साहित्यमा ढालेर लेख्न खप्पिस साहित्यकारको रूपमा परिचित थिए । अभागीको माटोले पनि भोक लाग्यो भन्छ कविता सङ्ग्रह निक्कै चर्चित छ ।
अभागी र मेरो सहयात्रामा अभागीका केही कृतिहरू पनि प्रकाशित ग¥यौँ । कहिले नयाँ मौसम पाक्षिक पत्रिकाका प्रकाशक रहेर त कहिले दाउन्ने साप्ताहिक पत्रिका प्रकाशक रहेर । अभागीका केही कृतिहरूलाई मैले नै कम्प्युटर सेटिङ्ग गर्ने र केही कृतिको आवरण डिजाइन गर्ने मौका पनि पाए ।
नवलपुरका साहित्यिक भूमिलाई उर्वर बनाउन अन्य साहित्यकारहरूको जति योगदान छ । साहित्यकार अभागीको पनि उत्तिकै योगदान छ । समाज परिवर्तनको पक्षमा साहित्यमा वकालत गर्ने अभागी र मेरो नियमित भेटघाटमा हामी नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपालका नेताहरूले देशका लागि भन्दा पनि आफ्नो लागि मात्र गरेको चितन्तका बारेमा पनि बहस गर्ने गर्दछौँ ।
७५ कटिसकेर पनि अझै सामाजिक सेवा गर्न रुचाउने अभागी अझै पनि कावासोतीका स्थानीय संघसंस्थामा रहेर समाज सेवामा सक्रिय रहेका छन् । एक बर्षमै ३÷४ वटा कृतिहरू समेत बजारमा ल्याउने साहित्यकार अभागीका कृतिहरूमा युवा पुस्ताका प्रेमदेखि राष्ट्रप्रेम, समाज परिवर्तनका आवाज उठ्न गर्दछ ।
समग्रमा साहित्यकार अभागीको लेखनमा खोट लगाउने ठाउँ नभए पनि अभागीको लेखहरू लामा लामा हुने र सरल भाषाहरू प्रयोग गर्ने भएका कारण उनका साहित्यिक कृतिहरूले जति चर्चा पाउनु पर्ने हो त्यो पाउन सकेका छैन ।
त्यसो त अभागी अहिले साहित्य लेखनमा लामा लामा लेख लेख्ने साहित्यकारको रूपमा पनि चिनिन्छन् ।
रूपिन्द्र "प्रभावी" जोशी (पोखरा, रेडियोकर्मी)
"किताब अद्योपान्त पढी समालोचकीय दृष्टि राख्नुहुन्छ"
अग्रज लगनशीलव्यक्तित्वहुनुहुन्छ उहाँ । उहाँको लगनशीलतालाई म एकदमै सम्मान गर्छु । निवृत्त जीवनमा पनि साहित्यमा उहाँले जुन लगाव राख्नु भा'छ एकदम सलामयोग्य काम छ । उहाँको अध्ययनमा पनि लगाव छ । किताबअद्योपान्त पढी समलोचकीय दृष्टि राख्नुहुन्छ । सानादेखि बृहत् ठेलीसम्मका कृति छाप्नुभएको छ । उहाँ सबै विधामा लगनशील भएर कलम चलालउनु हुन्छ । स्रष्टाहरूसँग निरन्तर सम्पर्क गर्ने र साहित्यिक अन्तरक्रियामा पनि जोडिने एक शार्थक स्रष्टाका रूपमा चिन्छु । उहाँले आफ्ना अधिकांश जस्तो कृति छपाएपछि मलाई पठाउनुहुन्छ । सामाजिक रूपमा लोकप्रिय हुनुहुन्छ । कृषि वैज्ञानिक भएर पनि उहाँले महत्त्वपूर्ण योगदान गरेको कुरा स्मरणीय छ । पोखरा आउँदा भेट्नुहुन्छ वार्तालाप गर्नुहुन्छ । सरलता उहाँको अर्को पहिचान हो । नयाँ पुस्ताले पनि उहाँबाट धेरै कुरा सिक्न सक्छन् ।
श्रीराम सिग्देल
."माटे बुढो" त "साहित्यकार" पो रहेछन्
कृषि मन्त्रालय अन्तरगतको माटो विभागका हाकिम, औलामा गन्न सकिने माटो वैज्ञानिक मध्येका वरिष्ठ हुन् भन्थे । २०६० साल तिर हो म कावासोतीको एउटा महिला सहकारी संस्थाले केरा खेती र माटो विषयक शीर्षक राखेर गरिएको कार्यक्रममा समाचार संकलन गर्न एउटा रिपोर्टरको रूपमा त्यहाँ पुगेको थिए । मेरो मानसपटलमा माटो वैज्ञानिक भनेको मान्छे पक्कै पनि टिपटप होला है भन्ने भान थियो । तर कार्यक्रममा पुगिसकेपछि त्यहाँ देखिएको व्यक्ति सर्ट पाइन्ट पनि मिलाएर लगाएको थिएन, चर्काे चर्काे स्वरमा कृषि फसल उत्पादनमा माटो को प्रभाव वारे वताइरहेको थियो, केरा खेतीको रूपमा प्रसिद्धि कमाएको कावासोतीका किसानहरूलाई केरा उत्पादन बढाउन आवश्यक प्रक्रिया र त्यसमा प्रयोग हुने रसायनिक मलको गुण र अवगुण बताइरहेको थियो । माटोमा हुने "अम्ल र क्षार" का कुरा गरीरहेको थियो । प्रशिक्षकको रूपमा प्रस्तुती सकिएपछि आयोजकले उहाँहरू पत्रकार भन्दै हामी र उहाँ माटो वैज्ञानिक भन्दै सदानन्द जैसीको परिचय गराए । म सँगै समाचार संकलनमा गएका तात्कालीनस्पेशटाइम्स दैनिकका लागि नवलपरासीबाट रिपोर्टिङ्ग गर्ने नारायण भण्डारी पनि गएका थिए । भण्डारीले मसँग भने श्रीराम "यस्तो मान्छे– कान पनि राम्रो सँग सुन्दो रहेनछ, पाइन्टमा वेल्ट पनि राम्रो सँग कसेको छैन , झोले स्टाइलको पनि रहेछ है भन्दै सदानन्द प्रतिको पहिलो प्रतिक्रिया सुनाए, जुन आजपनि अझै ताजा नै छ ।
देशमा माओवादी द्वन्द्व थियो, संकटकाल थियो, उनी आए, एकैछिन भलाकुसारी गरीयो, थाहा भयो उनको घर पनि कावासोतीमा रहेछ । यसरी वैज्ञानिकको रूपमा मेरो मानसपटलमा छाप बनाएका व्यक्तिले एकपटक मेरो हातमा एउटा पुस्तक थमाए र भने यो किताब मैले लेखेको हो , पढेर प्रतिक्रिया दिनुहोला है । मैले सोचे माटोको बारेमा होला , तर त्यो त कविकाता सङ्ग्रह पो रहेछ, किताबको नाम थियो "आफ्नै व्यथा" र "बुढो जवानी"। त्यस पछि यी व्यक्ति त साहित्यकार पनि पो रहेछन् भन्ने लाग्यो र शोधे माटो को कुरा गर्ने तपाईँ कता फेरी यो उपन्यास, कथा , गजल तिर लाग्नु भो त ? जैसीले साहित्यिक क्षेत्रमा चालेको कलम प्रेरणादायी छन् । उनले लेखेको भुटानी शरणार्थीको व्यथा नामक पुस्तक होस्् या कृषि क्षेत्रको प्रवद्र्धनका लागि लेखेको माटो र विरुवाले भोक लाग्यो भन्छन् नामक कृषि काव्य नै किन नहोस्् मर्मस्पर्शी र प्रेरणादायी छन् ।
जव कावासोतीबाट मेरो सम्पादकीय नेतृत्वमा हामीले मध्यविन्दु पत्रिका (शुरुमा साप्ताहिक र पछि दैनिक) को प्रकाशन ग¥यौँ, त्यसमा उहाँले नियमिति रूपमा स्तम्भ लेखेर हामीलाई हौस्याउने काम गर्नुका साथै मोफसलमा एउटा वलियो स्तम्भकारको रूपमा उभ्याउने काम गर्नुभयो । जागीरबाट निवृत्त भएको बुढो शरीर, कान कम सुन्ने भएपनि आफ्नो काममा तल्लीन रहने बानीले मलाईसधैँ उहाँप्रति सम्मान गर्न बाध्य बनायो । युवा पुस्ताका हामी पत्रकारहरू कम्प्युटरमा टाईप गरेर ईमेलमा समाचार पठाउनुको साटो हातैले समाचार लेखेर फ्याक्स गर्न रहर मान्थ्यौ , तर त्यो वुढो शरीर रातभरी कम्प्युटरमा वसेर टाईप गरेर कहिले सिडि मा त कहिले पेनड्राइभमा लेख बोकेर आउथेँ र हामीलाई प्रकाशनको लागि दिन्थे र भन्थे सबैले प्रयास गर्नुप¥यो, कम्प्युटरमा टाईप गर्न सिक्न प¥यो र आफुलाई अपडेट गर्नुप¥यो नि ।
नवलपुरे पत्रकारहरूमाझ माटे बुढोको रूपमा पहिचान बनाएका जैसीले पछिल्लो समय लक्ष्मीस्मृति साहित्य प्रतिष्ठानको स्थापना गरेर साहित्य क्षेत्रमा कलम चलाउनेहरूलाई बर्षेनी लक्ष्मीपूजाको दिन जम्मा गराउदै सेलरोटी खुवाउदै सम्मान गर्दै नवलपुरमा साहित्यिक गतिविधि बढाउन थाले । जैसीको विवेचनात्मक शैलीले लोभ्याएको छ । कसैले कुनै पुस्तक लेखेर विवेचना गर्न दियो भने उक्त पुस्तक भन्दा ठूलो उनले विवेचनात्मक पुस्तकनै तयार गरेका छन् ।
सदानन्द जैसी यति मात्र होईन उनमा भएको सरलता , सादा जीवन , उच्चविचार र समाजका सबै तह र तप्कासँग घुल्न सक्ने क्षमता अद्भुत छ । वृद्धवृद्धाहरूको लागि स्थापना गरिएको ज्येष्ठ नागरिक संघ नवलपुरको अध्यक्ष समेत रहेका जैसीले भर्खर जुँगाको रेखीसहित पत्रकारितामा लागेकाहरू देखी लिएर राजनितिज्ञ, समाजिक संघ संस्थाहरूमा समेत आफुलाई तर्कसहित स्थापित गराउने खुबी अचम्मैको लागेको छ । लोभ नभएको व्यक्तिको रूपमा चिनिएका जैसीको जो कोहीले पनि "हैन आज तपाईँ मसँग फलानो ठाउँमा जानु प¥यो" भनेर भन्दा बिना हिचकिचाहट हिड्न तम्सने, जाँगर र फुर्ति निकाल्ने बानी नै उनको यथेष्ट परिचय हो भन्ने लाग्छ ।
विभिन्न संघ संस्थाका प्रतिवेदन, स्मारिका , निर्माणमा समेत खट्ने सदानान्द जैसी (माटे बुढो) सबैको प्रेरणाको स्रोत बन्न सकुन्, एउटा विद्यालय बन्न सकुन् , जहाँ सिकारुहरूले अध्ययन र अनुसन्धान गर्न पाउन् । उनी त्यस्ता पात्र हुन् , जो मोफसलमा वसेर दिनहूँ कलम चलाउछन् र केही न केही लेखिरहन्छन् र भन्छन् , लौन सेटिङ्ग हेरिदिनु प¥यो । जिल्लामा रहेका साहित्यकारहरू मध्ये लेख, रचना र पुस्तक प्रकाशन गर्नेमा अग्रपक्तिमा रहेका जैसीले साहित्यिक क्षेत्रमा पु¥याएको योगदानलाई अझ बढाउदै लैजाऊन्, शुभकामना ।
हरिनारायण रेग्मी (पत्रकार र मानव अधिकारकर्मी)
"कामप्रतिको लगाव प्रशंसनीय र अनुकरणीय छ"
अहिले पनि साहित्यिक, सामाजिक, राजनीतिक र कृषि क्षेत्रमा माटो विशेषज्ञका रूपमा सक्रिय सदानन्द कृषकका घरखेतमा पुग्नु उनको दैनिकी जस्तो छ । उनको यो जीवनको गतिशिलता र कामप्रतिको लगाव प्रशंसनीय र अनुकरणीय छ । उनको लेखनशैली पनि अनौठो किसिमको छ । जुनसुकै विषयमा पनि लेखरचना आवश्यक भयो भन्दा तत्क्षणमा नै स्तरीय लेखरचनाहरू लेखी उपलब्ध गराउन सक्नु एउटा प्रखर लेखकको उदाहरण हो जस्तो लाग्छ । उनका लेखरचनाहरू समसामयिक अति सरल सहज सारगर्भित राष्ट्रप्रेमले भरिएका विसङ्गति र विकृतिमा प्रहार गर्न सक्ने र सबल सिर्जनशील समाजलाई निर्माण गराउने खालका छन् र म उनको लेखाइमा निकै प्रभावित भएको छु । उनले जे लेखे पनि स्वच्छन्द रूपमा लेख्छन् शायद उनी माटो वैज्ञानिक भएर होला उनको लेखाइ साहित्यिक नियममा रहेर लेखिएको पाइदैन । उनी आफै भन्छन् ।" यो लेखाइ अभागी छन्द हो र अभागी लय हो ।" हुन पनि उनको लेखाइ बोलाई समाज र राष्ट्रप्रतिको धारणालाई केलाएर हेर्यााै भने नवीन विचार र उद्देश्य राखेर हामीसामू उभिन सफल देखिएका छन् भन्न करै लाग्छ । अभागी जस्ता व्यक्तित्वको पर्याप्त शोधीखोजी नहुनु दुःखको कुरा हो ।
७.५ समाजसेवी व्यक्तित्वका दृष्टिमा
यस शीर्षकमा विविधव्यक्तिका धारणालाई समावेश गरिएको छ ।
किशन शर्मा गैरे (कावासोती नवलपुर)
"बाँचुञ्जेल सहकार्य गर्दै अगाडि बढौँ सामाजिक विकासको लागि, देशको लागि"
उहाँ सिर्जनशील रचनात्मक व्यक्तित्व हो । वर्ष वर्षमा लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा कार्यक्रम गर्नुहुन्छ । सो संस्था लक्ष्मीस्मृति को अध्यक्ष हुनुहुन्छ । प्रगतिशील र समाजसुधारक चेतनाबाट अभिप्रेरित भएर नयाँ पुस्तालाई केही सिकाउनुपर्छ भनेर लागिरहनु भएको छ । यस्तो कार्य समाजका लागि राम्रो हो । निकै उमेर ढल्किसकेपछि पनि केही गर्नुपर्छ भनेर समर्पित भइरहनुभएको छ । उहाँका केही कृतिका आधारमा केही भन्नुपर्दा उहाँले अध्यात्मवादी कुरा पनि राख्नुभएको छ । अध्यात्मवादी कुरा नै भए पनि त्यसमा समाज सुधारको बाटोबाट प्रगितशील कोणबाट राख्नुभएको छ । हुन त द्वन्द्वबादका कुरा पनि छन् । उहाँका सिर्जनामा गरीखाने जनसमुदाय श्रमजीवी वर्गलाई सम्झेर, अध्यात्मवादी पाटोबाट कलम चलाउदा पनि त्यो कुरा बिर्सनु भएको छैन । यो महत्त्वपूर्ण कुरा हो । अध्यात्मवाद र भौतिकवाद ठूलो बहसको विषय हो । उहाँले अध्यात्मवादी कोण अँगाल्दा पनि वर्गीय पक्षधरतालाई बिर्सनु भएको छैन । त्यो एउटा सबल पक्ष हो । उहाँको उमेर समूहका धेरै मान्छे निरास भएर बर्बाद भयो यस्तो भयो उस्तो भयो भन्ने कुरा गरीरहँदा पनि उहाँले भने हामीले अझै दौडधुप गर्न नसके पनि रचना वा साहित्य मार्फत् जनताको सेवा गर्नुपर्छ, जागरण ल्याउनुपर्छ, नयाँ पुस्ताहरूलाई उज्जालो देखाउनुपर्छ भनेर निरन्तर लाग्नु उहाँको जीवनको असाध्यै राम्रो पक्ष हो । यतिबेला उहाँको जीवन उत्तराद्र्धमा हो । नवलपुरका साहित्यिक कार्यक्रममा उहाँको नियमित उपस्थिति रहन्छ । उहाँको साथमा दीपक सोतीजी पनि आउनुहुन्छ । सदानन्द जी सबैलाई असाध्यै माया गर्नुहुन्छ सद्भाव देखाउनुहुन्छ । आफूभन्दा ६०mर ७० वर्षका कान्छाहरूलाईपनि माया सद्भाव देखाउनुहुन्छ । नयाँ पुस्ता उहाँको नजिक जाँदा रमाउनुहुन्छ । हाम्रो समाजमा पुस्तान्तरको समस्या छ । बुढापाका मान्छेहरूसँग नयाँ पुस्ताका मान्छहरू व्यक्ति घुलमिल नहुने यी बूढाहरू भन्ने नयाँपुस्ताले बूढापुस्ताले पनि यी केटाकेटीहरू भन्ने । आजकालका युवाहरूले हाम्रो कुरा सुन्दैनन् भनी जुन तर्कने बानी छ । त्यस अवस्थामा पनि उहाँ भने भिन्न हुनुहुन्छ । १८ र २० वर्षका युवाहरू पनि साहित्यिक कार्यक्रमा लिएर जानुहुन्छ । म पनि बेलामौकामा ती साहित्यिक कार्यक्रममा पुग्छु । त्यहाँ पुगेपछि असाध्यै मिलेर बस्ने , म ठूलो हुँ भन्ने, जान्ने हुँ भन्ने त्यस्तो घमण्ड कहिल्यै नदेखाउने यस्तो गुण मिलनसारिताको हिसाबले महत्त्वपूर्ण छ । यो स्मरणयोग्य कुरा हो । प्रजातान्त्रिक आन्दोलन, बाम आन्दोलन र समग्र रूपान्तरणको आन्दोलनमा मिलेर जान पाए हुन्थ्यो भन्ने धारणा ध्येय छ । केही केही विषयमा विमति भयो भने पनि विमति देखाउने वा छलफल गर्ने उहाँको आफ्नै पारा छ । शैली छ । चित्त नबुझ्दा वा असहमति जनाउनु पर्दा पनि शिष्टतापूर्वक मलाई यस्तो लाग्छ नि यसमा यो गर्न सकिन्छ यसरी सोच्न सकिन्छ भनेर कुरा राख्नुहुन्छ । उहाँमा भड्काउ स्वभाव कत्ति पनि देखिन्न । सहज ढंगले आफ्ना कुरा राख्नु उहाँको विशेषता हो । उहाँमा कडा शब्द व्यक्त गर्ने स्वभावै भेटिन्न मलाई यस्तो लाग्छ तपाईँलाई त्यस्तो लाग्नु एउटा पाटो होला अथवा कोही साथीलाई यही विषयमा अर्काे विचार पनि आउनसक्छ यिनै शैलीमा आफ्ना मतभेदका कुरा राख्नुहुन्छ अर्काको विचारको कदर गर्नुहुन्छ ।
"बाचुञ्जेल सहकार्य गर्दै अगाडि बढौँ, सामाजिक विकासको लागि, देशको लागि भन्नु हुन्छ" । समाजको विकृति, विसङ्गति, भ्रष्टचार, अन्याय अत्याचार, वेथिति, बलात्कार जस्ता कुराहरू र समाजमा विकास निर्माणको पाटोबाट पर्यावरणको पाटोबाट युवाहरूले नयाँ ढंगले काम गर्नुप¥र्याे भन्ने कुराहरू पनि उहाँको रहेको छ । हामी उहाँसँगै सहकार्यमै छौँ ।
झपेन्द्रबहादुर जी. सी.(पाल्पा)
"जनता कहाँ जहाँ जस्तो अवस्थामा पनि पुग्न सक्ने फिल्ड मार्सल हो"
उहाँ पाल्पा रहँदा जे.टी.ए.(जुनियर टेक्निकल असिष्टेन्ट) हुनुहुन्थ्यो । उहाँको विशेषता भनेको जनसम्पर्क राख्ने थियो । उहाँको बसोवास प्रभात सहकारी संस्था वाँसटारीमा थियो । त्यो सरकारी पाल्पाको धेरै ठाँउको केन्द्र र नमूना पनि थियो । त्यसको सेवा क्षेत्र भइरवस्थान, कोलडाँडा, तानसेन, मदनपोखरा, ठिमुरे, मस्याम, दोभान, बन्दीपोखरालगायत रहेको थियो । यी ठाँउका कार्यक्षेत्रमा किसानहरूलाई सहजीकरण गर्ने, रातदिन दौडधुप गर्ने उहाँको बानी थियो । यो २०३२ ÷०३३ सालतिरको कुरा हो । यसरी गर्नोस, उसरी गर्नोस, भनी पूरा समय र ज्ञान दिएर उहाँ खटिनु हुन्थ्यो । तात्कालीन अवस्थामा खटिएका कोही जान्थे, कोही जान्नथे । नियम त थियो । फिल्डमै जानुपर्छ भन्ने तर कार्यान्वयन समस्या पहिला पनि थियो । कतिले जिल्लामा छु भन्ने तर आफ्ना घरतिर समय बिताउने गर्थे तर सदानन्द सच्चा काम गर्नुहुन्थ्यो । कामप्रति वफादार हुनहुन्थ्यो । उहाँ निरन्तर रूपमा ड्युटीफूल भएर किसान कहाँ पुग्नुहुन्थ्यो । यसर्थ उहाँ असल चरित्र भएको व्यक्तित्व र प्राविधिक हो । पछि २०६१÷६३ को जनआन्दोलन पूर्व माघ ५ गते पाल्पा आउनुभएको थियो । मदनपोखरातिर माटोसम्बन्धी तालिम दिन खोज्नु भएको थियो । त्यस कार्यक्रमको चिफ गेष्ट म थिएँ । त्यो भव्य कार्यक्रमको उद्घाटन गर्ने, भाषण गर्ने र अनि मैले उहाँसँग साँझ बसेर राम्ररी कुरा गर्ने भन्ने सोच गरेको थिएँ । उद्घाटन सकेर म तानसेन तिर लागेको त प्रशासनले मलाई गिरफ्तारी गरिहाल्यो । त्यसपछिबाट उहाँसँग मेरो भेट हुन पाएन । संयोगले फेरि २०७७ सालमा भेट भयो मदनपोखराको बाटोमा हिड्दै गर्दाको बेलामा अकस्मात् भएको भेट पछिल्लो हो । उहाँजस्ता जे.टी , जे.टी.एको नेपालमा निकै अभाव छ । मुखले कुरा गरेर जागीरपचाउने 'सरकारी काम कहिले जाला घाम' जस्तो गर्ने धेरै छन् समाजमा । बाहिर सदाचारको कुरा गर्ने तर भित्रभित्र समय दुरूपयोग गर्ने, ड्युटीफुल नहुने भ्रष्टचारी छन् । तर उहाँ जनस्तरको फिल्डस्तरको मान्छे हो । योदेशमा केही गर्नुपर्छ भन्ने उच्च पवित्र भावना भएको मान्छे हो । म २०३२÷०३३ सालतिर प्रभाव सहकारी संस्थाको कर्मचारी थिएँ । त्यसो हुनाले मैले उहाँलाई जान्न पाएँ । किसानको घरघरमा पुगेर निस्वार्थ र पवित्र कर्म गर्ने उहाँलाई त्यसबेलाकाले अहिले पनि राम्रो मान्छे गुन गरेको मान्छे भनेर सम्झन्छन् । नेपालको पहिलो फिल्ड मार्सल केशर शमशेर भन्थे । त्यस्तै जनता कहाँ जहाँजस्तो अवस्थामा पनि पुग्न सक्ने फिल्ड मार्सल हो उहाँ । फिल्ड मार्सल सदानन्द रिजाल भनेर हामी सम्झन्छौँ । मैले उहाँलाई टेक्निकल पार्ट र जनसम्पर्क फाँटमा बढी चिन्न पाएको थिएँ । कामप्रतिको लगाव उहाँको विशेष चिनारी भएकाले म उहाँप्रति हार्दिक श्रद्धाभाव प्रकट गर्दछु । अन्तयमा सदानन्द प्रति
"सदानन्दम हृदयारवृन्द् भवं भवानीसहितं नमामि" यो उक्ति भनिरहन मन लाग्छ।
.
भूपेन्द्र शर्मा जन्म (कावासोती साँढ, हालः क्यानाडा)
"मेरो व्यक्तिगत जीवनमा पनि प्रेरणाका स्रोत हुनुहुन्छ"
हामीहरू, गाउँका सबैखाले मानिस सदानन्द अभागीज्यूलाई हाकिमसाहब भनेर चिन्ने गरीन्थ्यो । त्यसो त नेपाल टेलिभिजनको कृषि कार्यक्रममा माटो विशेषज्ञको रूपमा उहाँका अन्तर्वार्ताहरू आईनै रहन्थे र सबै नेपालीहरूको नजरमा सदानन्दज्यू साहित्यकार भन्दा पनि कृषि विज्ञ बढी हुनुहुन्थ्यो त्यतिबेला । २०५५ र ५६ ताका हामीले शान्ति समाज सेवा नामक संस्था स्थापना गरेका थियौँ तात्कालीन कावासोती गाविस वडा नम्बर १ साढु मा । संस्थाको तर्फबाट हामीले विभिन्न कार्यक्रमहरू आयोजना गरीनै रहन्थ्यौँ । त्यही समय आसपासमा मैले अभागी ज्यूको कथा "टोकाही" पढ्ने अवसर पाएको थिए । त्यो कथा नै मैले पढेको पहिलो साहित्यिक रचना थियो अभागी ज्यूको।
त्यस समयताका गाउँघरमा पढेलेखेका युवाहरू पनि धेरै नै थियौँ । दशै तिहार मनाउन सबैजना जम्मा हुने हुँदा त्यस वर्ष २०५६ मा शान्ति समाज सेवा संस्थाले लक्ष्मीजयन्ती मनाउने निर्णय गरीयो । उक्त कार्यक्रममा १९ वटा कविताहरू वाचन गरिएको थियो जसलाई अभागी ज्यूले "कावासोतीका १९ थुंगा फूल" नामक सानो पुस्तक प्रकाशन गर्नुभएको थियो उक्त कार्यक्रमपछि लक्ष्मीस्मृति साहित्य समाज स्थापना गरी हरेक वर्ष लक्ष्मीजयन्ती मनाउने निर्णय गरीयो अध्यक्ष रूपमा अभागी ज्यू र सचिवको रूपमा मलाई जिम्मेवारी प्रदान गरियो । त्यस समयबाट लक्ष्मीस्मृति साहित्य समाजले अभागी ज्यूको नेतृत्वमा प्रत्येक वर्ष स्रष्टा सम्मान र साहित्यिक कार्यक्रमहरू गर्दै आइरहेको छ । अत्यन्त सरल र सबैलाई उत्तिकै महत्त्व दिने अभागीज्यू मेरो व्यक्तिगत जीवनमा पनि प्रेरणाका स्रोत हुनुहुन्छ । मैले आफ्नोव्यक्तिगत कारणले गर्दा संस्थालाई नजिकबाट सहयोग गर्न सकिरहेको छैन । उता शान्ति समाज सेवा केन्द्र पनि निष्क्रिय प्रायः नै छु । विगत दुई दशकदेखि लक्ष्मीस्मृति साहित्य समाजको बत्ती अविच्छिन्न रूपमा बालीरहने सदानन्द अभागज्यूको साहित्यिक यात्रा निरन्तर चलिनै रहेको छ । एउटा सानो कार्यक्रमबाट स्थापना गरिएको संस्थालाई अभागीज्यूले प्राण दिइरहनु भएको छ साथै उहाँको साहित्यिक यात्रा पनि धेरै नै फराकिलो भएको र निरन्तर चलिरहेको छ । अभागीज्यूप्रति समर्पित हुँदै किताब प्रकाशन हुन लागेकोमा मलाई औधी खुसी लागेको छ । यसै सन्दर्भमा यहि सन्देश मार्फत् उहाँप्रति शुभेच्क्षा प्रकट गर्न चाहन्छु । धन्यवाद ।
यमबहादुर थापा (अध्यक्षः पौरखी बचत तथा ऋण सहकारी संस्था, कावासोती)
"साधारण मानिस भएतापनि व्यक्तित्व र दृष्टिकोणको हिसाबले महान्हुनुहुन्छ"
सदानन्द अभागी जैसी व्यक्ति व्यक्तित्वरूपमा एक सरल स्वभाव, सबैसँग खुला र प्रष्ट विचार राख्ने, समाज सेवाको भावना बाट ओतप्रोत , इमानदार बौद्धिक व्यक्तिको रूपमा चिन्दछु ।
उहाँ कृषि विषयमा विज्ञता हासिल गरी उच्चतहको सेवा देशको लागि गर्नुभएको छ । उहाँको विषय विज्ञताको लाभ देशले र देशका कुना कन्दरामा बस्ने हाम्रा किसान दाजुभाइहरूले प्रत्यक्ष पाउनु भएको छ ।
उहाँको व्यक्तित्व नेपाली साहित्यको क्षेत्रमासमेत प्रखररूपमा रहेको छ । उहाँले नेपाली साहित्य क्षेत्रलाई समेत थुप्रै सिर्जनाहरू, कृतिहरू ( महाकाव्य, खण्डकाव्य, लघुकाव्य, कथासङ्ग्रह, गजलसङ्ग्रह,र उपन्यास)रचना गरी अमूल्य योगदान पु¥याउनु भएको छ ।
उहाँ सामाजिक भावनाले ओतप्रोत व्यक्ति भनेर यसरी पनि बुझ्न सकिन्छ ।किनकि हाल ७५ वर्षको उमेरमा समेत अनवरत रूपमा सामाजिक संघसंस्थाहरूका विभिन्न जिम्मेवारीमा रहेर कार्य गरिरहनु भएकै छ । उहाँ जेष्ठ नागरिक जिल्ला संघ नवलपुरका अध्यक्ष,लाईन्स वाङमय चितवनका डाइरेक्टर, लक्ष्मीस्मृति साहित्य समाजका संस्थापक अध्यक्ष एवम् हालको अध्यक्ष हुनुहुन्छ । यसै गरी उहाँ दर्जनौँसामाजिक संघसंस्थामा आबद्धहुनुहुन्छ । यसै क्रममा उहाँ हाम्रो संस्था पौरखी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक भइ हालसम्म अनवरत रूपमा सल्लाहकार समितिमा रही सल्लाह र सहयोग गरिरहनुभएको छ । बास्तवमा उहाँको बौद्धिकता,पारदर्शी र स्पष्ट विचारबाट हाम्रो संस्थाले संस्थाको महत्त्वपूर्ण सवालहरूमा दिशा निर्देश प्राप्त गर्न सकेको छ ।
उहाँमा ७५ वसन्त पार गरिसक्दासमेत उहाँको समाजप्रति ,नेपाली साहित्य क्षेत्रमा अझ बढी लगाव र सक्रियता हामी पाउन सक्छौँ । उहाँको संसारमा भएका रहेका हरेक वस्तु चलाईमान छन्, परिवर्तनशील छन् भन्ने दृष्टिकोण र सोहीअनुसार हामी पनि परिवर्तनशील हुन सक्नुपर्छ भन्ने विचार साँच्चि नै अग्रगामी विचार, परिवर्तनशील विचारको द्योतक हुन् ।यस्ता बहुमुखी प्रतिभाका धनी पारदर्शिता र इमानदारीका परिचयक, हरेक काममा दृढ इच्छाशक्ति राख्ने आत्मविश्वास भएका श्री सदान्द जैसी अभागीको बारेमा दुईशब्द लेख्न दिनु भएकोमा हाम्रो संस्था पौरखी बचत तथा ऋण सहकारी संस्था कावासोती र मेरो तर्फबाट हार्दिक आभार र धन्यवाद दिन चाहान्छौँ ।
उहाँ व्यक्तिको रूपमा साधारण मानिस भएतापनि व्यक्तित्व र दृष्टिकोणको हिसाबले उहाँ महानहुनुहुन्छ ।उहाँका आगामि दिनहरू अझै सफल होऊन् भन्ने कामना गर्दछु ।

No comments:
Post a Comment