ं यसमा सदानन्द प्रतिको कलाकारका धारणाा समावेश गरिएकाछन् ।
चेतन कार्र्की (वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक)
"देशको माटोलाई बढी माया गर्ने उहाँ त ज्यादै भाग्यमानी"
कृषि शास्त्री भइकन कृषि कविका रूपमा ख्याति आर्जन गरिकन माटो विशेषज्ञ सदानन्द ज्यूले किन आफ्नू साहित्यक उपनाम 'अभागी' राख्न रूचाउनुभो कुिन्न? सर्वसाधरण भन्दा आफ्नो देशको माटोलाई बढी माया गर्ने उहाँ त ज्यादै भाग्यमानी हुनुहुन्छ भन्ने लाग्छ मलाई, किनभने उहाँले विभिन्न रूपमा निरन्तर देशसेवा गर्दै आउनुभएको छ । सबैभन्दा अभाागी त त्यो कृतघ्न हुन्छ जसले आफू जन्मेको र हुर्केको माटोलाई माया गर्दैन ।
यादवचन्द्र भुर्तेल (कलाकार–साहित्यकार, पोखरा कास्की)
"साहित्य भनेपछि खान–सुत्न पनि नपर्ने यस्तो साहित्यको भोको मान्छे"
उहाँलाई मैले त्यति पहिलेदेखि चिनेको त होइन । जब म कृषि शिक्षक भएर अमरसिंह हाइस्कुलमा टिचिङ गर्दै थिएँ । विद्यार्थीहरूलाई अवलोकनका सिलसिलामा उहाँको फारम मालेपाटन क्षेत्रीय कृषि निर्देशनालयमा लैजादा त्यतिखेर उहाँ शाखा अधिकृत हुनुहुदोरहेछ । त्यहीँबाट मैले उहाँको सामान्य परिचय पाएको हुँ । विशेष परिचय भने हाम्रो सम्बन्ध जोडिएपछि मात्र हो । हामी साथीहरूबाट मैले उहाँको नाम धेरै सुनिरहन्थे । मैले साथीहरूको कुरा पेटबोलीमा सुनेर बस्थेँ । त्यसपछिबाट मात्र थाहा भयो कि उहाँले साहित्य र समाजका लागि राम्रै गरीराख्नु भएको रहेछ । उहाँको १÷२ किताब भेटाएँ भक्तपुरबाट जनमत सदानन्द विशेष पनि भेटाएँ । जनमतमा कभर फोटोसहितका विभिन्न खाले सामग्री पढ्न पाउँदा छाती फुलेर आयो । उकुसमुकुस भएँ । मैले उहाँसँग भेट्ने मौका खोजिरहेको थिएँ एकै छिन औतालिएँ पनि । बाराही एफ.एम.लगायतमा उहाँको अन्तर्वार्ता पनि सुन्ने मौका पाएँ । त्यस आधारमा उहाँ एउटा लेखक व्यक्तित्वहुनुहुदोँरहेछ भन्ने जान्न पाएँ । उहाँका केही कविता पनि पढेँ । कविता छोटा तथा मार्मिक लाग्यो । टु दि प्वाइन्टमा लेख्नुहुदोँ रहेछ । उहाँका सिर्जनाहरू थकाइ नलागिकनै पढी टुङ्गिन्छन् । उहाँ एउटा चर्चित लेखक नै हुनुहुन्छ । युएस.एड प्लानमा पढेर आउनु भएका उहाँ साँच्चै प्रतिभाशाली व्यक्ति हो । उहाँ निष्पक्ष वफादार र आफ्नो योग्यताबाट र चाकडी–चाप्लुसीबिना अघि बढी पढाइका सिलसिलामा लुधियानाबाट विभूषित भई आउनु भएको हो । हामी दुबै कृषि क्षेत्रका मान्छे पनि परेछाँै । लुधियानाको पढाइ समाप्तिपछि श्री ५ को सरकारको निजामती सेवामा सेवा गर्दै सहसचिवबाट निवृत्त हुनुभयो । उहाँ एकदम निष्पक्ष व्यक्तित्व हो । छक्कापञ्जा भित्र उहाँ पर्दैपर्नुहुन्न । उहाँको नकारात्मक पाटो मैले भेटाउन सकेको छैन । केही सुझाव दिऊँला भनेको ठाँउ नै पाइन । उहाँले मलाई केही गल्तीहरू औल्याइदिन भन्नुहुन्छ तर मैले सुझाव दिने ठाँउ भेटिनँ । साहित्यकार साथीहरूलाई म उहाँको बारेमा धेरै शोधेँ तर उहाँहरू बाट पनि सकारात्मक धारणा नै आयो । उहाँ पैसा कमाउनको लागि लेखरचना सार्वजनिक गर्ने व्यक्तित्व होइन । साहित्यको लागि कसैले निमन्त्रणा गर्यो भने पैदल पनि त्यँहा पुगेरै छाड्नुहुन्छ । त्यो एउटा ठूलो विशेषता मैले पाएँ । साहित्य भनेपछि खान पनि नपर्ने, सुत्न पनि नपर्ने यस्तो साहित्यको भोको हुनुहुँदोरहेछ । सानैदेखि साहित्यप्रति इच्छुकहुनुहुँदो रहेछ । त्यो समयदेखि नै ग्रन्थ लेख्न लागेको भए निकै राम्राराम्रा लेख्न सक्नुहुन्थ्यो । लियो टल्सटय जस्तो पनि हुन सक्नुहुन्थ्यो शायद । त्यतिखेरको अवस्था उहाँलाई अनुकुल भएन ।
सदानन्द र मेरो लाईन करिबकरिब मिल्दो छ । हाम्रो बेलाबेलामा वार्तालाप भइरहन्छ । उहाँको पारिवारिक पृष्ठभूमि धेरै राम्रो छ । उहाँका छोराहरू पनि लगनशील नै हुनुहुन्छ । आफ्नो आफ्नो क्षेत्रमा हुनुहुन्छ । छोरी पनि लगनशील र विदुषी छन् । जुन मैले माहिली बुहारीको रूपमा पाएको छु । उहाँको र मेरो अत्यन्त मीठो हार्दिक र अविस्मरणीय सम्बन्ध छ ।
लक्ष्मण चापागाईँ, स्याङजा, हाल काठमाडौँ (लोक गायक)
"जस्तो देखे अभागी तेहि लेख्ने"
सरल जीवन विचार महान्,
सदानन्द अभागी नेपाली साहित्यका जहान
जन्मेको ठाउँ पर्वतको नुवार
नामै सदा हसिलो मुहार
सरल जीवन ......
राष्ट्रले नै पर्ने हो चिन्न
उनको गुणगान गाएरै सकिन्न
सरल जीवन......
सरल कलम चलाउने कवि हुन्
यी नेपाली साहित्यका रवि हुन्
सरल जीवन.......
साहित्यकार हुनदर्जनौँ कृतिका
त्यसैमा झन वैज्ञानिक कृषिका
सरल जीवन........
सबै विषय साधारण देख्ने
जस्तो देखे अभागी तेहि लेख्ने
सरल जीवन .....
कथा, गजल, उपन्यास गीत
कृषिकाव्य छन् अरू चर्चित
सरल जीवन ....
हरिदेवी कोइराला (पोखरा)
"कृषिको फाँटमा अक्षरको खेती सुम्पियौ जीवन"
गण्डकी अञ्चल संस्कृति खानी भू–स्वर्ग पर्वत
जन्मियौ कवि हे सदानन्द रिजाल सुपुत्र
तिमीले खेली हुर्केको गाऊँ शंकरपोखरी
हे कवि तिम्ले काव्यमा कृषि उता¥यौ कसरी
ती नन्दकली आमाको तिमी मनको मोती हौ
ती कलाधर पिताको तिमी उज्यालो ज्योति हौ
पोख्यौ नि कवि काव्यमा धारा यी जनजनका
लेख्यौ नि कवि मुटुको मर्म नेपाली मनका
साहित्यमात्र लेखेनौ तिम्ले राष्ट्रको सेवामा
कृषिकोक्रान्ति कृषिको विकास कृषिको टेवामा
उर्वराशक्ति कसरी बढ्छ यो हाम्रो माटोमा
कृषिमा नयाँ प्रविधि खोज्दै प्रगति बाटोमा
कृषि साहित्य रचना गरी किसानी हितमा
त्यो माटो विज्ञान त्यो कृषि विज्ञान जोडेर प्रितमा
कृषिको फाँटमा अक्षरको खेती सुम्पियौ जीवन
मलजल कीट फलपूmल अनेक बीऊ र विजन
गाउँ र घर देश र विदेश सन्देश फिजाउँदै
साहित्य मार्फत् कृषिको विधि विधान सुनाउँदै
जैविक ज्ञानको प्रचार गरी छरेर चेतना
उत्पादन बढाइ समृद्धि ल्याउने राष्ट्रको सपना
हे कवि तिम्रो कलम जाग्यो कृषक जगायौ
कृषिमा नौलो आयम थप्यौ राष्ट्रलाई गुनलाईौ
हरेक विधा कवितादेखि त्यो महाकाव्यमा
बहु आयमिक तपसी बनी चलाईो कलम
सम्मान हो यो सम्झना हो यो दुइचार हरफको
उधिन्न एैले सकिन मैले त्यो यात्रा जीवनको
सुभेच्छा छ है दीर्घायु जीवनको नमन गरँे है
हे कवि अझै साहित्यभण्डार रसले भरे है ।
७.७ छिमेकीहरूको दृष्टि
यस शीर्षकमा सदानन्दप्रति छिमेकीको दृष्टि कस्तो छ त भन्ने धारणालाई समेट्ने प्रयास गरिएको छ । यो प्रतिक्रिया कसैसँग लिखित र कसैसँग मौखिकमा समेट्ने प्रयास गरिएको छ ।
जिताराम महतो
"संक्षेपमा भन्नुपर्दा हामी असल छिमेकी"
सदानन्द अभागीको घरसँग दक्षिणतिर जोडिएको घर जिताराम महतोको पर्छ । जीतारामसँग जिज्ञासा राख्दा जितारामले यसरी जवाफ दिएका छन् । रामजी सदानन्द बुबा र उहाँका परिवारसँग हामी छिमेकी भएर बस्न थालेको २०४४÷४५ सालदेखि हो । उहाँ एक विद्वान छिमेकी हो । उहाँको भावना अति पवित्र छ । उहाँले हामीलाई राम्रो सुझाव दिनुहुन्छ । संक्षेपमा भन्नुपर्दा हामी असल छिमेकीमा हुने सबै गुण हाम्रा दुई घरसँग छ । उहाँ एक असल मार्गदर्शक हो । म विदेश जाँदा पनि उहाँ र उहाँको परिवारलाई घरमा समस्या परे हेरिदिनुहोला भनेर विदेश जान्थेँ । सधैँ सहयोग पाएको छु ।हामीबीच कुनै समस्या छैन अनि कुनै झँैझगडा पनि छैन । धन्यवाद रामजी मलाई सम्झिनुभएकोमा ।
विष्णु पौडेल
"हाकिम एउटा राम्रो मान्छे, पेटमा केही नराख्ने, धोएको मुलाजस्तै सफा"
एकाबिहानै मोबाइलको घण्टी बज्यो । नम्बर हेरेँनम्बर नचिनेको प¥यो । हेलो गरेँ । जवाफ आयो नमस्कार म राम ज्ञवाली पाल्पाबाट बोलेको । भन्नुहोस्् के कामको लागि एकाबिहानै फोन गर्नुभयो । मैले के सहयोग गर्न सक्छु । सहयोगकै लागि हो जवाफ दोहोरियो । उहाँले सदानन्दलाई कसरी चिननुहुन्छ? कस्तो मानिस हो ? त्यसको कस्तो प्रभाव छ वरिपरि, लेखन क्षेत्रमा कत्तिको प्रभाव छ । मलाई छोटोरूपमा सरासर भनिदिनुहोस्् । मैले रामजीलाईहुन्छ म उहाँलाई चिन्दछु उहाँको बारेमा मैले सदानन्दलाई जुनरूपमा लिएको छु । त्यही रूपमा एउटा लेखै लेख्छु । यति भएपछि मैले सोच्न थाले सदानन्द र हामीबीचका समानता र हामी मध्यमवर्गीय सामाजिक संरचनाका मानिसलाई तातो दूध निल्नु न उकेल्नु जस्ता समस्या, ती समस्याबाट कसरी पार पाउने आदि प्रश्न ममा उब्जिनु स्वाभाविकहुन आउँछ ।
सर्वप्रथम मेरो जन्म पवर्तको थापाठानामा भयो । सदानन्दको जन्म छिमेकी गाउँ शंकरपोखरीमा भयो । छिमेकीको हिसाबले उमेरमा मभन्दा जेठा सदानन्दलाई कावासोती साँढमा उहाँको बसाई सरेपछि हाकिम नामले मात्र परिचय भयो । उहाँ जागीरे हुनुहुँदो रहेछ । साक्षात्कार हुने सौभाग्य उहाँ बसाइसरेको २–४ महिनापछि मिल्यो । मैले हाकिम हुन् भन्नेमात्र सुनेको थिएँ । उहाँले शुरुमा शिक्षक जागीर खानु भएको थियो रे । शिक्षकलाई माष्टर भन्ने चलन थियो । मेरी सानीमा (वेलकुमारी)ले कुरैकुरामा भन्नु भएको थियो सदानन्द माष्टर भएपछि सबैले माष्टर भन्न थाले उसको यो माष्टर शब्द बालबालिकाले सुन्दा आकर्षक हुँदो रहेछ । खोरियाका टेकनाथ सानो बालक थियो । दाइलाई माष्टर मलाई किन माष्टर नभन्ने भनेर झगडानै गर्ने गरेर त्यो सानो बालकलाई माष्टर भनेर बोलाउनै थालियो । आखिरमा ऊ पनि पढेर माष्टर भएर नै छाडो । यो शब्दले मलाई कौतुहलता जगायो । हाकिम भन्दा कस्ता मान्छेलाई भन्छन् । हाकिम शब्दले कति बालबालिकमा हाकिम हुने जिज्ञाषा पलाईो होला ? कहिलेकाँही घरमा आउँदा सबैलाई बोलाउने बालबालिकालाई पढ्नुपर्छ भनेर सुनाउने, हामीलाई राम्ररी पढ्नु पर्छ भन्ने यस्तै कर्महरू चल्दै गयो । मेरो बाबा आसामबाट घरमा आउनु भयो । मेरो बाबा(काशिराम) र सदानन्दबीचको सम्बन्ध गहिरिदै गयो । दुबै जना व्यवहारिक र प्रष्टबक्ता , विकास प्रेमी, शिक्षा प्रेमी, मेरो बाबा काशिराम गाउँमा बस्ने र उहाँ जागीरे कहिलेकाँही घरमा आउने दुबै जना हरेक काममा दुबै जनाको सरसल्लाहमा काम हुने यसरी उहाँको र मेरो घरको सम्बन्ध गाढा हुँदै गयो । २०६१ सालपछि उहाँ पनि पेन्सनमा घर आउनु भयो । त्यसपछि हाम्रो सम्पर्क अझै गहिरियो ।
मेरो बाबाको नजरमा उहाँको मूल्याङ्कन यसरी गरिन्थ्यो– "हाकिम एउटा राम्रो मान्छे, पेटमा केही नराख्ने, धोएको मुलाजस्तै सफा व्यवहार,सबैलाई कल्याण चाहने, एउटा माटोको वैज्ञानिक कृषि कर्ममा सबै लागेर देशलाई आत्मनिर्भर गराऊँ भन्ने, लोभ रहित एउटा बहुआयमिक विद्वान आदि आदि ।"
उहाँले मैले र मेरा परिवारले कहिल्यै भुल्नै नसक्ने धेरै गुण लगाउनु भएको छ । ती गुण मध्य एउटा उदाहरण यसप्रकार छ । मेरो बाबाले उहाँलाई समस्या राख्नु भयो । भन्दा सुन्दा समस्या केही जस्तो देखिदैन तर छोराछोरीको जिद्वीको अगाडि बाबु आमालाई पन्छिने काम भने सहज हुँदो रहेनछ । छोरीलाई वि.वि.ए. पढ्नु पर्ने, प्रायःभेट क्याम्पसमा पढाउन मेरो खर्चले भ्याउन नसक्ने, बालकुमारीमा छोरीले नाम निकाल्न सक्ने नसक्ने हामीले यकिन गर्न नसकेको अवस्थामा सल्लाह मागियो । उहाँले मलाई लिएर बालकुमारीमा पढाउने राजु पौडेलको घर भरतपुरमा जानु भयो । राजु उहाँले पढाएको विद्यार्थी रहेछन् । घरका सबैले सदानन्दलाई आदरको भावले हेर्दा रहेछन् । हामी दुबैलाई खानपान गराइयो । धेरै वर्षसम्म नआउनाको कारण र आज आउनु परेका कारण हरिबाजे (राजु पौडेलका बाबा) ले शोधनु भयो । राजुतिर फर्के र मता गुरु दक्षिणा लिन आएको । हरिबाजेले छोरातिर हेरेर तेरो अध्ययनमा प्रगतिको शीखर त यिनै गुरुहुन् भन्दै मुस्कुराउनु भयो ।
"सदानन्दले मेरो लोटेर भाँचिएर काटेर फाल्नु परेका हात देखाउँदै यहाँका शारीरिक अवस्था यस्तो छ । घरको स्थिति नाजुक छ । छोरीको वि.वि.ए .नपढी नहुने रडाको छ । बालकुमारीमा कसरी पढाउने हो पढाइ दिनको जिम्मा दिनको लागि आएको हो । भर्ना फिस पनि तिर्न सक्ने अवस्था छैन । त्यति नानीको वि.वि.ए. पढाइ दिएमा मेरो गुरु दक्षिणा असुल हुन्छ ।" यी शब्द भनेपछि उहाँ चुप लाग्नु भयो । राजुले सदानन्दतिर हेरेको हेरेइ गर्नु भयो तर हरिबाजेले "भोली पठाइ दिनुहोस््, यस्ले जेजसरी व्यवस्था मिलाउने हो मिलाउँछ ।" "गोत्रको हिसाबले मेरी पनि छोरी रहिछन् भोली कक्षामा पठाइ दिनु ।" राजुले पूर्ण भर्ना गराउने जिम्मा लिएँ भनेपछि हामी घर फक्र्यौा । यतिमात्र हैन उहाँले तपाईँको सहयोग चाहियो भन्दा उहाँले जस्तोसुकै अवस्थामा पनि नाइ भन्नु हुन् । उहाँमात्र हैन उहाँका घरका सबै परिवार सहयोगी खालकै छन् । उहाँको काम र नाम उचाइमा डाहा गर्ने पनि छन् तर सबैको अघि उनको बिरोध गर्न मुख खोल्न सक्दैनन् किनकि उहाँ प्रति धेरैको आदर भाव छ । एउटा छिमेकीको दायित्व, कर्तव्य र सद्भाव जे जस्तो हुनुपर्ने हो त्यो सबै उहाँमा मौजाद छ ।
ल त रामजी मलाई सदानन्दप्रति केही पोख्ने मौका दिनु भयो यसको लागि तपाईँमा धन्यवाद ।
विष्णु रिजाल
"मेरो छिमेकी, मेरो दाइ र मेरो गौरव"
राम ज्ञवालीले मलाई फोन गनर््ुभयो र शोधनु भयो । मैले उहाँलाई जवाफ दिएँ–हो उहाँ मेरो छिमेकी, मेरो दाई र मेरो गौरव हो । सदानन्द जैसी मेरा लागि गुरु र मार्गदर्शक हुनुहुन्छ । साहित्य जगत्मा राम्रो ख्याति प्राप्त गर्नु भएका सदानन्दलाई साहित्यिक क्षेत्रमा सदानन्द अभागी भनेर समेत चिनिन्छ । उहाँले सरकारी सेवा मार्फत् देश र जनताको निस्वार्थ सेवा गर्नुभएको उदाहरण मेरा आँखा अगाडि छ । उहाँको खुला हृदय, सरल बोलिचाली तथा सहयोगी भावनाले उहाँसँगको आत्मियता बेग्लै छ । उहाँको छत्रछायामा आफुले थुप्रै कुरा सिकेको अनुभूति म अहिले समेत गर्दछु । उहाँको कुसल नेतृत्वदायी भावनाले म र मेरा जस्ता परिवारलाई उहाँले सधैँ र सदावहार सहयोग गर्नुभएको छ । उहाँको सहयोग तथा हौसलाले थुप्रै व्यक्तिको भलो र उन्नति भएको छ । उहाँ शालीन र अध्ययनशील समेत हुनुहुन्छ । उहाँको प्रकाशित कृतिले थुप्रै युवामा जोस र जाँगर भर्ने काम गरेको छ । युवापुस्तामा एउटा राम्रो लेखक, समाजसेवी तथा सहयोगी व्यक्ति भनेर समेत चिनिनुहुन्छ । म सम्झन्छु उहाँले सरलता नै जीवनको सुख हो भन्नु भएको । उहाँको त्यो इमानदार पथको एउटा यात्रु म समेत हुँ र उहाँ नाताले मेरो दाज्यू हो, घरको नजिकै भएकाले छिमेकी पनि हो र उहाँको योगदानले हामीलाई गौरवान्वित गराएकोले उहाँ हाम्रो गौरव समेत हो । उहाँलाई आगामी दिनमा अझै अगाडि बढ्न साहस मिलोस तथा हरेक कार्यमा सफलताको शुभकामना व्यक्त गर्दछु ।एउटा छिमेकीको प्रतिक्रिया जान्ने मौकामा मलाई सम्झनु भएको मा राम ज्ञवालीलाई पनि मुरी मुरी धन्यवाद ।
सीता काफ्ले
"सिर्जनशील व्यक्ति कहिल्यै बुढो हुँदैन र मर्दैन"
एका बिहानै मोबाइलको घण्टी बज्यो । कुनै अपरिचित व्यक्तिको नम्बर देखियो उठाउँ नउठाउँ दोमन हुँदै फोन उठाएँ । उताबाट नमस्कारको आवाज आयो नमस्कार भन्दै जवाफ फर्काएँ । म पाल्पाको राम ज्ञवाली हुँ । हजुरले सदानन्द अभागीलाई चिन्नु हुन्छ भने पछि मैले चिन्छु भनेँ । उहाँका बारेमा के जानकारी छ । अहिले नै फोनबाट मलाई टिपाई दिनुहोस्् न । उहाँको गाउँको बोलाउने प्रचलित नाम कृषिको हाकिम हो । उहाँको बारेमा खडाखडी के भन्ने मलाई केही समय दिनुहोस्् म लेखेर कसलाई दिनेहो उसैको नामबाट पठाइ दिने छु । धेरै मानिससँग उहाँको बारेमा शोधनी भइ सकेको छ । तपाईँ छिमेकी भएको नाताले केही जानकारी थप पाइन्छ कि भनीशोधनी गरेको हो ।मैले आज त सक्दिन १–२ दिनपछि तपाईँको मेसेन्जरमा पठाइ दिउँला भनेँ ।
मैले सम्झे एक दिन उहाँलाई कसैले बुढो भन्दा उहाँ जङ्गिनु भयो "म कहाँ बुढो भएको छु"। दाह्री कपाल पुरै सेतै भएका छन्, उमेर ७५ वर्षको भइ सकेको मान्छेलाई बुढो भन्दा रिसाउने । अरू पनि जङ्गिए , तँलाई बुढो नभनेर के भन्ने ? सदानन्द अभागीले सबैलाई सुनाउनु भयो "सुन्नु होस् मलाई बुढो भन्ने शब्द नै मन पर्दैन । किनकि सिर्जनशील मानिस कहिल्यै बुढो हुँदैन र सिर्जनाले त उसलाई मरेपछि पनि अमरत्व प्रदान गर्छ । तपाईँहरू भन्नु होला आदरवाची शब्द । यो पनि प्रस्तुतिमा फरक पर्छ । बुढो भन्ने शब्द जुनरूपमा यहाँ आयो । यो हेपेर बोलिएको हो । देश, घरप्रति चिन्तन छैन जन्मेर पृथ्वीको भारहुने मानिस २०÷२२सेलाई पनि म बुढो ठान्दछु । ऊ सिर्जनशील छैन, राष्ट्रप्रति चिन्तित छैन केवल बाबु आमालाई भार बन्दछ भने त्यो बुढो(काम नलाग्ने) हो । मलाई सदानन्दका कुरा सुन्दा चित्त बुझ्यो । सदानन्दले "बुढो जवानी " शीर्षकमा कवितासङ्ग्रह निकालेका छन् । सिर्जनशील छन् । हरेक काममा तत्पर छन् । समयको गतिसँग हिँड्न सक्नुपर्छ भन्छन् । समयको अति सदुपयोग गर्छन् । ७५ वर्षको उमेरमा पनि सक्रिय देखिन्छन् । उनका केही घटना मैले सुन्नमा आएका र आँखाले देखेका ती पनि थप्न मन लाग्यो । एक दिन एउटी महिला बिरामी परिन् । कसैले मसान लागेको भन्न थाले कसैले बोक्सी लागेको भन्न थाले । धामीझाँक्रीको खोजी हुन थाल्यो । बेलकुमारी आमाले मलाई सुटुक्क भन्नु भयो कि सदानन्द त भूइँफुटा धामी हो । यस्ले यस्ता विमारी छोए सञ्च गराउँथ्यो । अहिले यस्ता काम गर्दैन । म अचम्ममा परँे । एक दिन "तपाईँ लामा धामी काम पनि गर्नुहुन्छ अरे नी ।" "हैन, कहाँ हुनु ।" वेलकुमारी आमाले भनेको भने पछि । झुट बोल्ने हिम्मत गर्नु भएन । उहाँले सानोमा यस्ता काम गर्थे तर हाल गर्दिन । पढ्दै गएँ विश्लेषण गर्दै गएँ यो अन्धविश्वास हो यसबाट टाढा बस्नुपर्छ भन्ने भयो अनि टाढै बस्न थाले । तर एउटा कुरा के भने अन्धविश्वासले जकडिएकाहरूलाई भने लामा झाँक्री नै चाहिन्छन् ।कुनै महिलामा बोक्सी लागेको हो भन्ने मन मस्तिष्कमा गढ्यो भने त्यसलाई फुक्नु नै पर्छ । यसलाई मैले मनोवैज्ञानिक उपचार भन्दछु । मलाई सानोमा भूइँफुटा लामा भन्दथे । ढ्याङ्ग्रो ठोकेर पनि हिडियो, तर आजकल यो सब अन्धविश्वास हो । यसका पछि लाग्न हुँदैन भनेर छाडिदिएँ । एउटा ज्योतिषीकोमा गए ग्रह बिग्रेको भन्छ र पूजा गर्न लगाउँछ । उखानै छ– "वैद्यका गलागाड,ज्यातिषीका छोरी राण ।"लामा, धामीकोमा गए बिमारीका लक्षण शोधछ र छिमेकमा रहेका कसैलाई बोक्सीको आरोप या मसान, भूतप्रेत आदिलाई जोडेर झारपूmक गर्नुपर्छ , बोको, कुखुरा, परेवा आदि काट््न लगाउँछ । यसमा सबै भन्दा मलाई मन नपरेको कुरा के भने उसले नाडी छामेर होस्् या आखत हेरेर होस्् या पातीको पात हेरेर होस्् घरको नजिकै यस्तो वर्णकी आइमाई छ ,मैले ठ्याक पारेर यही हो भन्न मिल्दैन, तपाईँले चिनी सक्नु भएको छ । उसले मागेको कुरा दिनु भएनछ या अरूकुरा जोडेर त्यसैले गर्दा तपाईँको घरलाई नै दागेकी छ भनी गाउँमा मिलेर बसेका दिदी बहिनीमा द्वन्द्व निम्त्याउँछ । खास कोही पनि बोक्सी हुँदैनन् । केवल यो मन र मस्तिष्कको विकार तथा अन्धविश्वास हो । मलाई जिज्ञासा जागेर आयो तपाईँले कति बोका, परेवा, कुखुरा कटाउनु भयो त ?प्रश्न राखे । उहाँले " म धामी बसेको ठाउँमा मैले कहिल्यै काटमार गरीन । पात्लो फाल्ने भन्छन् नी त्यही पात्लोमा मैले सबै काम टुङ्ग्याउँथे । मैले पुन शोधे "रक्तेभेदन भन्छन् । त्यसमा त धामीले कालो बोको नै काट्ने भन्छन् ए ।" "हो मैले पनि त्यस्तै सुन्दछु । शुरुमा रक्तेभेदनको उपचार मैले दहीमा १२ या ३२ मसला जे पाउनु हुन्छ घोलेर ४÷५दिन खानुहोस्् भन्दथे । कसै कसैले मेरो बिमार हट्यो भन्थे । एउटा परिवार नियोजनको तालिममा महिनावारी हुँदा ढाड दुख्ने कुरा उठ्यो । डाक्टरले महिलाको दिशा र पिसाब गर्ने ठाउँ जोडिएको हुन्छ दिशा गरी धुँदा व्याक्टेरिया पिसाब घरतिर सर्न सक्छ । यसले समस्या ल्याउने हो भने पछि यो रक्तेभेदन सम्बन्धी काम पनि छोडियो । सदानन्द एउटा राम्रो नर्तक पनि हुनुहुन्छ । दमाई बाजाको तालमा धेरै राम्रो नाचेको मैले आँखैले देखेकी छु । अहिले पनि उहाँ नाच्नु हुन्छ । धेरै राम्रो नाच्नु हुँदोरहेछ भन्दा, "दम बढ्छ बसेर नाच्न सक्दिन" भन्ने गर्नु हुन्छ । जिज्ञासा जागेर आयो । लोक दाहोरीमा पनि सहभागीहुनुहुन्थ्यो भनेर जानकारी लिने विचार पलाएर आयो । शोधे पनि । "यसमा रहर त खुब लाग्छ तर गला छैन शब्दलाई लयमा ढालेर गाउन सकेको छैन । वेनीको बजार लयमा कहिले काँही जवानीमा दोहरीका दुईचार चरण गाइयोहोला पनि जोडको तोड गरेर भने गाइएन । धेरै जसो हैन कहिलेकाहीँ भजनमा पनि साथ दिन्छु ।
रामजी, सदानन्द बहुप्रतिभाका धनी व्यक्ति हुनुहुन्छ । उहाँको हरेक क्षेत्रमा सहभागिता जनिएको हुन्छ । धेरै कुरा सबैबाट आएको हुनुपर्छ हजुरले मेरो जिज्ञासा लिन चाहनु भयो त्यसको लागि धन्यवाद ।
७.८कार्य क्षेत्रका शुभचिन्तक, शुभेच्छुकका धारणा
संयोगले सदानन्द अभागी र म पाल्पा मदनपोखराको बाँसटारीमा भेट भयो । सदानन्द अभागी यस क्षेत्रमा जे.टि.ए. भएर काम गर्नुभएको रहेछ । "यो मेरो जागीरको पुरानो क्षेत्र हो ।यहाँ मैले २०३१ सालदेखि करिब ३ वर्ष काम गरेको ठाउँ हो । पुराना मित्र तथा यहाँका केही कृषकहरूको नाम अझै याद छ । हजुरले सहयोग गरे केही साथीहरूलाई भेट्ने इच्छा छ । मैले पनि "जाउँ म मोटरसाइकलमा तपाईँलाई घुमाइ दिन्छु भनेँ " । हामी मदनपोखरातिर ठडियौ । उहाँले एउटा बगैँचालाई देखाउँदै यो बगौँचा मैले कृषिवर्षमा स्थापना गर्न लगाएको हो? निकै राम्रो भएछ भन्नुभयो । बाटोमा सोमनाथ अर्याल भेट हुनुभयो । उहाँले देख्ने बित्तिकै सदानन्द अभागीलाई चिन्नु भयो र चारपाते क्लबका कुरा उठान गर्न थाल्नु भयो । मैले यस विषयमा हजुरसँग छुट्टै जिज्ञासा राख्ने छु भनीअगाडि बढ्यौँ । दुर्गाराज गौतम निकै बिमारी हुँनुहुँदो रहेछ । स्वास्थलाभको कामना ग¥यौँ । एकप्रसाद भण्डारी यो अपूर्वदर्शन कसरी सम्भव भयो भन्न थाल्नुभयो । घण्टप्रसाद अर्यालले मलाई चिन्न त चिन्नु हुन्न होला तै पनि म यहाँ काम गर्दा निकै मन पराउने मानिस हो । विकास प्रेमी हुनुहुन्थ्यो । मसँग घण्टौँ तर्क गर्नु हुन्थ्यो ।भेटौँ भन्दै घण्टप्रसादज्यूकोमा पुग्यौँ ।यसबीचमा झपेन्द्र जिसी गाडीमा आइपुग्नु भयो । पूर्व घटना सम्झदै सदानन्दको प्रशंसा गर्न थाल्नु भयो । सदानन्दलाई रेडियोमा अन्तरवार्ता दिएर जानुहोस्् भन्न थाल्नु भयो ।समय अभावको कारणले गर्दा अन्तरवार्ता दिन सकिएन । दमकडा प्रेमराज पंगेनीसँग भेट भएर हामी बाँसटारी फक्र्यौा । मैले सदानन्दलाई विदा गरे पछि ती मित्रसँग सदान्दको बारेमा केही जिज्ञासा राखें । त्यसको सारभाव यसप्रकार छ –
एकप्रसाद भण्डारी (मदनपोखरा, पाल्पा)
"सदानन्द जस्ता कर्तव्यनिष्ठ र त्यागी व्यक्तित्वको अहिले निकै खाँचो छ"
सदानन्द रिजालको चिनाजानको सम्बन्ध भनेको पाल्पाको सेवा प्रवेशसँगै हो । उहाँ अत्यन्त उन्नति प्रगतिका लागि सहयोग पु¥याउने व्यक्तित्व हो । त्यतिबेला अदुवा रोप्ने चलन चल्याथ्यो । हामी प्रभात सहकारीमा काम गर्थौा त्यसबेला । उहाँलाई बोलाएपछि त्यस ठाँउमा खुरूखुरू जाने गर्नुहुन्थ्यो । प्रभात सहकारीबाट धेरै ठाँउबाट सहजीकरण गर्न उहाँ भनेकै बेलामा पुग्नुहुन्थ्यो । अदुवा व्यवसाय फलफूललगायतका कुरा गर्नु हुन्थ्यो । उहाँको प्रेरणाले गर्दा केही न केही बुटा भएपनि लिची सुन्तला रोपिएका छन् । गाउँमा अमिलो जातका फलफूल पनि रोपिएका छन् । उहाँको सेवा १०–५ मात्र होइन अहोरात्र नै थियो । जनतालाई व्यावसायिक बन्न उहाँले दिएको प्रेरणा सदैव स्मरणीय छ । २०३२ तिरका कुराहरू भएकाले धेरै महत्त्वपूर्ण कुराहरू पनि अहिले बताउन नसकिएका होलान् । जे होस्् उहाँ अत्यन्त वफादार सज्जन र सत्पात्र हो । पछिल्लो भेट जुन बेला भयो त्यतिबेला त मैले त्यही तात्कालीन समयको भेट जस्तो सम्झन पुगँे । उहाँ उमेर जेष्ठ हुन भो । म पनि भएको छु तर पनि हामीले त्यसबेलाको काम गरेको सम्झिँदा सदानन्द जस्तै समाजसेवी राजनितिज्ञ र कर्मचारी भएमात्र समाज राष्ट्रको उन्नति हुन्छ । सदानन्द जस्ता कर्तव्यनिष्ठ र त्यागी व्यक्तित्वको अहिले निकै खाँचो छ ।
दम बहादुर कार्की (पूर्व गा. वि.स. सचिव, मस्याम पाल्पा)
"उहाँ जस्ता व्यक्तित्वले समाज राष्ट्रलाई राम्ररी पथप्रदर्शन गर्न सक्छन्"
पाल्पामा उहाँ सदानन्द जैसी रिजाल भनेर चिनिनुहुन्छ । अभागी उपनाम साहित्य लेख्न थालेपछि राख्नुभए होला । उहाँ पाल्पामा जे. टी.ए भएर आउनुभएको थियो । मस्याम पनि उहाँको कार्य क्षेत्र थियो । २०३१ सालदेखि नै चिनेजानेको मान्छे हो उहाँ । कर्मचारी भए पनि गाउँका सबै किसानहरूसँग घुलमिल भएर बस्नुहुन्थ्यो । किसानहरूलाई सक्दो सहयोग गर्नुहुन्थ्यो । उहाँले आफ्नो पेशाप्रतिको निष्ठा र बफादारिता कहिल्यै छाड्नु भएन बरू जनसेवक बनेर पाल्पालीको मनमा रहन सक्नुभएको छ । मस्याममा पनि केही वर्ष बस्नुभयो । मस्याममा मैले उहाँलाई स्थापित गराउने मौका पाएँ । उहाँलाई २०३२ सालमा नापी चलिरहेका बेला एउटा जग्गा उहाँको नाममा रसिद काटिदिएँ । म त्यतिबेला मुखिया थिएँ । जुन जग्गाको तिरो उहाँले तिर्दै आउनुभएको छ । पाल्पाको मोह बिर्सन नसकेको पाल्पासँग निकटस्थ सम्बन्धलाई निरन्तरता दिइरहनु भएको छ । मैले जुटाइदिएको त्यो जग्गाबाट उहाँ सन्तुष्ट त हुनुहुन्छ नै त्यस जग्गाले आफ्नो जीवनमा सुप्रभाव पारेको स्मरण गर्नुहुन्छ । करिब ११ रोपनी त्यो जग्गाप्रति अगाध माया छ । पाल्पामा उहाँले आफ्नो कर्मको अमीट छाप छाड्नु भएको छ । सत्यको पथमा हिड्ने उहाँ कुनैबेला पाल्पालीको आखाँको नानी भएर चिनिन सक्नुभएको असल र उदाहरणीय व्यक्तित्व हो । कर्ममा इमानदार पेशामा इमानदार भई समाज राष्ट्रलाई योगदान दिएर जीवनलाई सार्थक र अन्य बनाउनुभएको छ । निरन्तर मिहिनेतमा जुटेर जीवनको कर्तव्यबोध गर्ने थोरै मात्र व्यक्तिको सूचिमा उहाँ अग्रपङ्कितमा पर्नुहुन्छ । समाजका हरेक पक्षीय विकास गर्न उहाँजस्ता मान्छेको निरन्तर खाँचो छ । उहाँ जस्ता व्यक्तित्वले समाज राष्ट्रलाई राम्ररी पथप्रदर्शन गर्न सक्छन् ।
प्रेमराज पंगेनी (तानसेन न.पा. दमकडा, पाल्पा)
"जे होस् पसिना उहाँको चिनारी हो"
उहाँ बेसरी मिहेनती व्यक्तित्व हो । मिहिनेतले नै उहाँ देशबाहिर पढ्न जान पाउनुभयो । उहाँ जे. टी. ए. भएर यहाँ आउनुभएको हो । उहाँको गेटअप सामान्य नै हो । मिहिनेतकै फल उहाँले आफ्ना कर्म क्षेत्रमा पाउनु भएको छ । काममा लोकप्रिय हुनुहुन्छ । नसक्ने कुरा बोल्नु हुन्नथ्यो । त्यस हिसाबले पनि उहाँ आलोचित हुनुपरेन । चाप्लुसी कहिल्यै गर्नुभएन । इमानदारपूर्वक कर्ममा लाग्ने उहाँको दृढ स्वभाव देखिन्थ्यो । मिहिनेतकै कारणले उहाँले विविध अवसर पाउनुभएको हो । काठमाडौँ भित्रिए पछि मात्र साहित्यतर्फ बढी लहसिनु भएको हो जस्तो मलाई लाग्दछ । माटो विभागमा खास जनसम्पर्क नहुदो रहेछ । त्यसकारण नै हो कि जति चर्चामा आउनु त्यति आउन नसक्नु ! भएको जे होस् पसिना उहाँको चिनारी हो ।
सोमनाथ अर्याल (मदनपोखरा पाल्पा)
"म उहाँको कामको सच्चा प्रशंसक हुँ"
त्यसबेला नेपालसरकारको कृषि विभाग अन्तगर्तको युवा विभाग थियो । त्यसअन्तर्गत अमेरिकाको फोरहेड भन्ने संस्था थियो । त्यस संस्थासँग चारपाते क्लबको सम्बन्ध थियो । त्यहाँबाट मान्छेहरू आउने पनि गर्थे । नेपाल सरकारको सम्झौता थियो फेरहेडसँग । त्यतिबेला जे.टी.ए. हरू जति थिए, ती गाउँगाउँमा बस्थे ती मार्फत् विद्यालयहरूमा खास गरीकन विद्यार्थीहरूलाईसंगठित गर्ने चलन थियो । त्यो गर्ने क्रममा सदानन्दजी पनि चारपाते क्लब बनाउने र संगठित गर्ने काममा लाग्नु भएको थियो । २०२४ देखि २९ सालसम्म चारपाते क्लब निकै सक्रिय थियो । यसले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्ने कुरामा विशेष जोड दिन्थ्यो । व्यावहारिक शिक्षा दिन्थ्यो । कृषिमा आधारित धेरै कुरा सिकाउँथ्यो । यद्यपी पाठ्यक्रमहरूमा त्यस्ता कुराहरू हँदैनथे त्यतिखेर । यो क्लबमा लाग्नेहरू जतिले सामूहिक खेति गर्ने विद्यालयहरूमा नै करेसाबारी निर्माण गर्ने, चारपाते क्लबमा लागेका विद्यार्थीहरूले आफ्नो घरमा अनिवार्य करेसाबारी बनाउनु पर्ने, व्यक्तिगत परियोजना कार्य जस्तै प्रत्येक घरमा केही न केही पाल्नुपर्ने(कुखुरा, सुँगुर, बाख्रा वा केही न केही पाल्नुपर्ने) र त्यसबाट आफ्नो खर्च आफै जुटाऊ भन्ने शिक्षा दिइन्थ्यो त्यो क्लब मार्फत् । त्यस क्लबले राम्रो चेतना ल्याएको थियो । साँच्चै भन्ने हो भने मदनपोखरामा आधुनिक कृषि प्रणाली जुन छ, यसलाई टेवा पुर्याउनका लागि चारपातेको विशेष भूमिका छ । म यो कुरा आफ्नो आत्मसंस्मरणसमेत लेखेको छु । यसले बहुप्रतिभाहरूले विकासमा सघाउँथ्यो । बोल्न, भाषण गर्न, सांस्कृतिक गतिविधिमा संलग्न भएर संस्कृतिको जगेर्ना गर्ने आदि इत्यादिमा संलग्न भएर यसले काम गथ्र्याे । प्रतिभाहरूको छनौट गर्ने, जिल्ला स्तरीय क्लब(क्लबबीच अन्तरप्रतियोगात्मक कार्यक्रमहरू सञ्चालन गर्ने काम सो क्लबले गथ्र्यो त्यतिबेलाको नयाँ किसिमका कामहरू गरी युवाहरूमा जागरण ल्याएको थियो । जिल्ला राष्ट्रिय स्तरका प्रतिस्पर्धा समेत गराइन्थ्यो । जिल्ला स्तरीय कार्य कुशलता दिवसको रूपमा यसलाई मनाइन्थ्यो । यस्तो महत्त्वपूर्ण रूपमा नै देख्दथेँ मैले । यसले बैठक बस्न सिकाउथ्यो सभा कसरी गर्ने भन्ने कुरा सिकाउँथ्यो । मञ्चीय व्यवस्थापन कसरी गर्ने भन्ने समेत सिकाउँथ्यो । हरेक क्रियाकलाप गर्नु अघि नै एउटा प्रतिज्ञा गराउथ्यो "म मेरो शिर सुविचारको निम्ति, म मेरो दिल महान् देश भक्तिको निम्ति, म मेरो हात महान् देश सेवाको निम्ति म मेरो स्वास्थ्य उच्चतम जीवन निर्वाहको निम्ति यी सबै काम समाजको निम्ति समर्पित गर्दछु" भनेर प्रतिबद्धता जनाउनु पथ्र्याे । यो भावना साह्रै उल्लेखनीय थियो । प्रत्येक क्रियाकलाप हुनुअघि त्यस किसिमको प्रतिज्ञा गथ्र्याैँ र मात्रै काम शुरू गथ्र्याँैै । यो बडो राम्रो थियो । यसलाई निरन्तरता दिनुपर्छ । अहिले पनि । सदानन्द ज्यूको महत्त्वपूर्ण भूमिका सकारात्मक प्रेरणाबाट पाल्पा जिल्लामा यस किसिमको अभियान व्यापक रूपमा सञ्चालित थियो ।
पछिल्ला दिनहरूमा पनि सदानन्दजीका रेडियोबाट कार्यक्रमहरू सुन्थे । माटोका बारेमा लेखिएका मार्मिक र देशप्रति साह्रै वफादारिता र जिम्मेवारी बोध गरिएका भावस्पर्शी रचनाहरू सुनेको छु । रेडियो र टेलिभिजनमा प्रसारित अन्तर्वार्ताहरू पनि सुनेको थिएँ । सरल र सहज भाषामा जसले पनि बुझ्नसक्ने गरी बडो राम्रो रचना लेख्नुभएको छ । त्यसलाई व्यवहारमा लागू गर्न सके देशले कृषि उन्नतिलगायतमा फड्को मार्ने थियो । म उहाँको सच्चा प्रशंसक हुँ । करिब डेढ, दुई वर्ष जति संगत गर्न पाउँदाको त्यो क्षण स्मरणीय सम्बन्धको रूपमा रह्यो ।
हरिबहादुर बोहरा क्षेत्री (पाल्पा, चिर्तुङधारा)
"जागीर एउटा पक्ष थियो तर त्यो भन्दा ठूलो स्मरणीय पक्ष भनेको किसानसँग घुलमिल हुने पीरमर्का बुझिदिने र आफूसक्दो सेवा गर्नेउहाँको बानी साह्रै सम्झिने खालको छ ।"
उहाँसित धेरै बाक्लो सम्पर्क हुने अवसर त मिलेन । उहाँ पाल्पामै रहँदाखेरि उहाँसँग बेलाबेला भेटघाट हुने संयोग मिलेको हो । त्यहाँ रहँदाखेरि किसानलाई भेट्ने, उनीहरूका सम्बन्धित क्षेत्रका पिरमर्का बुझ्ने, कृषकका लागि जतिखेर पनि समय दिने अत्यन्त सहयोगी हुनुहुन्थ्यो । पाल्पाबाट सरूवा भई खैरेनीटार जानु भो उहाँ । माटो विशेषज्ञको रूपमा त्यहाँ जानुभो । मैले माटो परीक्षणका लागि उहाँ रहेको ठाँउमा एकपाउ माटो पठाएको थिएँ । त्यहाँको नियममा परीक्षणका लागि कम्तीमा आधा किलो माटो चाहिँदो रहेछ । त्यति नभए परीक्षण नहुने भएकाले मेरो माटो रद्दिको टोकरीमा फ्याँकिएछ । तर संयोग रद्दिमा फालिएको माटोहरूमध्ये मेरो नामसहितको पोका उहाँले देख्नु भएछ अनि परीक्षण गरेर त्यसको रिपोर्ट मलाई पठाउनुभयो । त्यसपछि लामो समय भेटघाट हुन सकेन । पाल्पा रहँदाको छोटो समयको बसाइमा एकरात हामीसँगै बसेको मीठो सम्झना पनि छ मसँग । जे होस््रद्दिमा फ्याँकिएको माटोलाई उहाँले देखी परीक्षण गरी मलाई सहयोग मात्र होइन, अविस्मरणीय गुन नै लगाउनुभयो । त्यस्तो व्यक्तित्वका अन्य थुप्रै सम्झनाहरू विस्मृत भएका हुनसक्छन् अहिले । पछिल्ला दिनमा सम्पर्कको प्रयास धेरै पटक अनेक व्यक्तिहरूसँग शोधपुछ गर्दागर्दै संयोगले म उहाँको मोबाइल नं. पत्ता लगाए र सम्पर्क गरे र आजभोली हाम्रो सम्पर्क नियमित छ । बुढेसकाल भएपनि हात र मस्तिष्क खाली नराख्ने उहाँको स्वभाव ज्यादै राम्रो छ । पाल्पामा कृषिमा दिएको योगदानबाट त्यतिबेला लाभ लिएका पाल्पाली कृषक र सरोकारवालाहरूले उहाँलाई कहिल्यै भुल्न सक्दैनन् । एउटा सच्चा सेवक भएर गरेको त्यो गुन, त्यो सहयोग, जो त्योबाट कहाँ पाइन्छ र ?उहाँ त एक निस्वार्थ इमानदार र कर्तव्यनिष्ठ व्यक्तित्वहुनुहुँदो रहेछ । जागीर एउटा पक्ष थियो तर त्यो भन्दा ठूलो स्मरणीय पक्ष भनेको किसानसँग घुलमिल हुने पिरमर्का बुझिदिने र आफूसक्दो सेवा गर्ने उहाँको बानी साह्रै सम्झिने खालको छ ।

No comments:
Post a Comment