May 8, 2022

सदानन्दको जीवन, कर्म र व्यक्तित्व राम ज्ञवाली












राम ज्ञवाली




 – साहित्य÷अनुसन्धान
कृतिकार – राम ज्ञवाली
प्रकाशक – त्रिवेणी साहित्य प्रतिष्ठान, नवलपरासी
सर्वाधिकार – लेखकमा सुरक्षित
संस्करण – प्रथम, २०७८ कार्तिक
आवरण चित्र – यादवचन्द्र भुर्तेल (पोखरा)
प्रकाशित प्रति – ५०१
सुसाङ्ख्यीकरण – इन्दिरा भुर्तेल
प्रकाशन सहयोगी – रामचन्द्र रिजाल
कम्प्युटर डिजाइन –
मुद्रण –
पृष्ठ–
मूल्य–
सम्पर्क नं. ९८४७१२८४५०
क्ष्क्द्यल् स्
भ्mबष्स् िचबmनथबलधबष्टि२नmबष्।िअयm
















शुभकामनाका केही उद्गार
–गोविन्दराज विनोदी
सदानन्दको जीवन, कर्म र व्यक्तित्व नामक अनुसन्धानात्मक कृति अवलोकन गर्ने अवसर प्राप्त भयो । नेपाली साहित्य क्षेत्रमा पचासको दशकदेखि निरवच्छिन्न सृजनारत मोफसलमा रहेका विशिष्ट साधक सदानन्द अभागीको जीवनी, र कृतित्वको अध्ययन, खोज र विश्लेषण गरी यति ठूलो ग्रन्थ तयार पार्नुहुने राम ज्ञवालीको यो सत्कार्य प्रशंसनीय छ । म सर्वप्रथमतः राम ज्ञवालीलाई हार्दिक साधुवाद दिन्छु ।
सदानन्द अभागी बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ । उहाँ कृषि क्षेत्रमा लामो समयसम्म काम गर्ने वरिष्ठ अधिकृत र माटो विशेषज्ञ हुनुहुन्छ । उहाँले आफ्नो पेशासँग सम्बन्धित थुप्रै कृतिहरु लेख्नुभएको छ र देशका ६५ जिल्ला घुमेर आफ्नो विशेषज्ञताको परिचय र प्रस्तुति दिनुभएको छ । आफ्नो जागिरको विषय कृषि भए तापनि कृषिसम्बन्धी पुस्तकहरु तयार पार्न होस्् वा कार्यपत्रहरु प्रस्तुत गर्न होस्् अभिव्यक्ति कौशलको आवश्यकता पर्ने हुँदा उहाँले नेपाली र अङ्ग्रेजी भाषामा सरल र बोधगम्य रूपमा कार्यपत्रहरु सम्पादन गर्नुभयो । नेपाली साहित्यमा सानैदेखि अभिरुचि भएकाले उहाँले साहित्यका विविध विधामा कलम चलाउन थाल्नुभयो र सरल, रोचक अभिव्यक्ति प्रदान गरी पुस्तकहरु रचना गर्नुभयो । कविताको सृजनाद्वारा आफ्नो साहित्यिक यात्रा आरम्भ गर्नुभएका उहाँले कवितामा गीत, गजल, मुक्तक, फुटकर कविता, खण्डकाव्यदेखि महाकाव्यसम्मको बृहत् आयाममा आफ्नो सृजनधर्मितालाई विस्तारित गर्नु भयो । गद्यकविता, पद्यकविता र गीतिलयका कविताको सृजनाद्वारा उहाँले नेपाली कविता काव्यमा विशिष्ट एवं उल्लेख्य योगदान पु¥याउनु भयो । यसै गरी नेपाली आख्यानको क्षेत्रमा कथासङ्ग्रहहरु र उपन्यासहरुको सृजना गरी (चारओटा कथासङ्ग्रह र चारओटा उपन्यास) उल्लेख्य योगदान पु¥याउनु भयो । गद्य रचनाकै क्रममा उहाँले नियात्रा, संस्मरण, निबन्ध, प्रबन्ध, समालोचना, जीवनी आदि थुप्रै रचनाहरु नेपाली साहित्य क्षेत्रमा प्रदान गर्नुभयो ।
खास गरी नेपाली साहित्यका विविध विधामा तीन दर्जनभन्दा बढी कृतिहरु लेखी उहाँले पु¥याउनुभएको योगदान उल्लेख्य र अविस्मरणीय रहेको छ । मोफलसमा रहेर यति ठूलो योगदान पु¥याउने विशिष्ट साहित्य साधक सदानन्द अभागीको जीवन र सृष्टिका आयामहरुलाई समग्रमा पाठक भावकहरु समक्ष पु¥याउन अनुसन्धाता राम ज्ञवालीले ज्यादै मेहनतपूर्वक गर्नुभएको शोध, खोज र समीक्षणले स्रष्टा सदानन्दप्रति न्याय गरेको छ र साहित्य क्षेत्रमा उहाँको अलग एवं अद्वितीय पहिचान रहेको कुरा पुष्टि गरेको छ ।
अनुसन्धाता राम ज्ञवालीले सदानन्द अभागीको साहित्यिक र साहित्येतर विविध व्यक्तित्वको खोजी गर्ने क्रममा नेपालका ख्यातनामा साहित्यकार, कलाकार, पत्रकार, समाजसेवी, प्रशासनिक क्षेत्रका विशेषज्ञहरु, उहाँका समवयी वा अग्रज–अनुज बन्धु तथा मित्रगण, परिवारजन, साहित्यिक सामाजिक संघसंस्थाका व्यक्तिहरु लगायत विभिन्न मानिसहरुसँग सम्पर्क गरी उहाँहरुका विचार सङ्कलन गर्नका साथै सदानन्दजीका भाव, क्रियाशीलता, सकारात्मक पक्षहरु तथा सीमाहरु समेतको जानकारी सङ्गृहीत गर्नुभएको देखिन्छ । कोभिडको महामारीले विश्व सन्त्रास भएको अवस्थामा पनि मेहतनपूर्वक विविध व्यक्तिहरुसँग फोन सम्पर्क गरी वा भेट गरी सदानन्दजीका बारेमा जानकारी लिँदै उहाँहरुका अभिव्यक्तिलाई समेत पुस्तकमा समावेश गर्नु ज्यादै कठिन कार्य भए पनि अनुसन्धाता राम ज्ञवालीले यसको कुशलतापूर्वक निर्वहन गरी यो ग्रन्थ तयार पार्नुभएको छ ।
यो ग्रन्थले सदानन्द अभागीको वाङ्मयप्रतिको अनवरत लगाव, साधना, सृजनाको परिचय प्रस्तुत गर्नुका साथै उहाँमा शैलीगत सरलता, भावगत तरलता, कल्पनाको प्रवाहशीलता, विचारको प्रस्टता, अनुभूतिको निश्छल प्रकटीकरण जस्ता गुणहरु विद्यमान रहेको कुरा यस ग्रन्थमा देखाइएको छ । यसका साथै साहित्यसेवा समाजसेवा, आध्यात्मिक चिन्तन, अग्रज स्रष्टाहरुप्रति श्रद्धाभाव, सामाजिक, पारिवारिक दायित्वबोधले उहाँमा अन्तर्निहित प्रतिभालाई अझ उद्दीप्त पार्न मद्दत गरेको छ भन्ने भाव यस ग्रन्थको अध्ययनबाट ग्रहण गर्न सकिन्छ ।
एकजना लुकेका नेपाली वाङ्मयका विशिष्ट प्रतिभा एवं साधकलाई प्रकाशित गर्न यो अनुसन्धानात्मक, समालोचनात्मक जीवनीपरक ग्रन्थ तयार पार्नु हुने राम ज्ञवालीज्यूलाई हार्दिक बधाई दिदै स्रष्टा सदानन्द अभागीको सुस्वास्थ्य, दीर्घायु र सृजनाको निरन्तरताका लागि अनेकौं शुभकामना अर्पण गर्दछु । अन्त्यमा पुनः अन्वेषक, समीक्षक राम ज्ञवालीलाई यस्तै अन्य विविध खोजका साथै समालोचना सिर्जनामा प्रवृत्त भइरहने विशिष्ट ऊर्जा मिलिरहोस्् भन्दै शुभकामना अर्पण गर्दछु ।
भाद्र शुक्ल पूर्णिमा, ४ असोज २०७८
शुभकामना

ुसदानन्द...ु  बारे केही शव्द
चूडामणि बन्धु
गैँडाकोटका साहित्यिक कार्यक्रमहरूमा सहभागी हुँदा सदानन्द अभागीसँग समय समयमा भेट हुन्थ्यो । तर मलाई उनका विषयमा विशेष जानकारी भने थिएन । एक दिन राम ज्ञवालीले उनै अभागीका विषयमा लेखेको जीवनी र व्यक्तित्वबारेको ग्रन्थको पाण्डुलिपि पठाएर त्यस ग्रन्थका नायक सदानन्दबारे मेरा विचारहरू लेखिमागेको हुनाले यी पङ्क्तिहरू कोर्दैछु । सदानन्दको सङ्घर्षपूर्ण जीवन र साहित्यिक योगदानबारे यस ग्रन्थका लेखकले विस्तृत रूपमा लेखेको हुँदा मलाई यहाँ केही कुरा भन्न पनि सजिलो भएको छ ।् वि.सं.२००३ सालमा पर्वत जिल्लाको शङ्करपोखरीमा जन्मेका खडानन्द रिजाललाई उनका गुरू शिवकुमारले सदानन्द नाम दिएका रहेछन् – सदा(सर्वदा आनन्दमा रहने । मैले गैँडाकोटमा भेट्दा पनि उनलाई सधैँ आनन्दपूर्ण र प्रफुल्ल पाउँथेँ । गाउँमा प्राथमिक शिक्षा पाएपछि पूर्वोत्तर भारतको असम राज्यको डिगबोई सहरमा रहेको तेल कम्पनीमा काम गर्ने आफ्ना पितासँगै लागेर उनि पनि पढ्नका निम्ति गए र त्यहीँ माध्यमिक शिक्षा पूरा गरी कलेजमा पढ्न थाले । तर घरको परिस्थितिले गर्दा नेपाल फर्कनु प¥यो । आफ्नो अध्ययनलाई निरन्तरता दिने क्रममा आइ.ए.को परीक्षा दिनका निम्ति काठमाडौँ पुगेका सदानन्द जे.टी.ए. को तालिम लिई कृषिका विद्यार्र्थी बने । यसपछि कृषिविषयमै स्नातक गरी सदानन्दले धरतीसँग गहिरो नाता जोडे । कृषिमा पनि माटो विशेषज्ञका रूपमा उनले आफुलाई राष्ट्र सेवामा समर्पित गरे ।
सदानन्द साहित्यरुचिसम्पन्न व्यक्ति थिए । उनले कृषि वैज्ञानिकका रूपमा काम गर्दा कृषिका बारेमा लेखे । तर आफ्ना कार्यकालको उत्तराद्र्धमा उनले विविध साहित्यिक विधामा सिर्जना गर्न थाले । उनका साहित्यिक र कृषि विषयका कृतिहरूको गणना गरेर यस ग्रन्थका लेखक राम ज्ञवालीले सदानन्दका ५ दर्जन कृतिहरूको संख्या पु¥याएका छन् जसमा साहित्यिक ३८ र साहित्येतर १७ कृतिहरू, १७ अङ्ग्रेजी भाषाका प्रतिवेदनहरू र केही अनुवाद पनि छन् । उनका साहित्यिक कृतिहरूमा महाकाव्य, खण्डकाव्य, कविता, मुक्तक, गजल, कथा, उपन्यास, निबन्ध, नियात्रा, समालोचनाहरू छन् भने साहित्येतर कृतिहरूमा कृषि विषयकै पुस्तक(पुस्तिका र प्रतिवेदनहरू छन् जो नेपाली र अङ्ग्रेजी भाषामा लेखिएका छन् ।
सदानन्दले कविताका साथ आफ्नो साहित्यिक यात्रा सुरु गरेपछि २०५७ सालदेखि २०७७ सम्म नै निरन्तर आफ्ना साहित्यिक कृतिहरूको प्रकाशन गरेको देखिन्छ । उनले आफ्ना खण्डकाव्य,महाकाव्य, उपन्यास र कथाहरूमा धेरै जसो सामाजिक विषयलाई प्रस्तुत गरेका छन् । उनका कृतिका पाठकहरू सदानन्दलाई सामाजिक यथार्थका अभियन्ता भन्छन् जसमा सुधार र विकासका सन्देश पनि अन्तर्निहित छन् । कृषि क्षेत्रमा उनी सदानन्द जैसीका रूपमा सुपरिचित छन् । ुमाटो र बिरुवाले भोक लाग्यो भन्छन्ु (२०६१) शीर्षक कृषि(काव्य उनका सिर्जनाको एउटा सुन्दर उदाहरण हो, जसमा उनको वैज्ञानिक ज्ञान र काव्य(प्रतिभाको समन्वय पाइन्छ । उनी नेपालको कृषि क्षेत्रमा र विशेष गरी माटो विशेषज्ञका रूपमा नेपालका जिल्ला जिलामा गई काम गर्दै स्थानीय कृषकहरूलाई ज्ञान र सीपको हस्तान्तरण गर्ने अनुभवी कृषिविज्ञ हुन् । कुनै वेला सदानन्द अहिले बसोबास गरेको नवलपुरबाट भारतमा धान निकासी हुन्थ्यो, अहिले उनी बसेको बजार वरिपरि भारतबाट आएको चामल बेचिन्छ । सदानन्द जस्ता १०० जना समर्पित कृषिविज्ञ नेपालमा हुँदा हुन् त नेपालको कृषि क्षेत्रले अहिलेको अवस्था बेहोर्नु पर्ने थिएन होला ।  
व्यक्तिका जीवनमा सुख(दुःख अनि आशा(निराशाका क्षणहरू आउँछन्, जान्छन् । कुनै वेला सदानन्दले आफु अभागी भएको अनुभव गरे र अभागी उपनाम राखेर साहित्य सिर्जना गरे । तर उनी भाग्यमानी हुन् भन्ने कुरा उनका बारेमा उनका सहकर्र्मी कृषिविज्ञहरू, समकालीन लेखककविहरू, आफन्त र इष्टमित्रहरूका भनाइबाट थाहा हुन्छ जो यस ग्रन्थमा ग्रन्थकार राम ज्ञवालीले कुशलतापूर्वक उतारेका छन् । धेरैले चिनेका, सबैका आदरणीय मित्र, सरल, हार्दिक र प्रेरणाका प्रतिमूर्ति तथा अनेकौँ संस्थाहरूबाट सम्मानित भाग्यमानी सदानन्दको परिचय यस ग्रन्थका पानाहरूमा जताततै पाइन्छ ।  
साहित्यका विभिन्न विधामध्ये समालोचनाका क्षेत्रमा आफूलाई सन्तुष्टि मिलेको कुरा गर्ने सदानन्द साहित्यका गम्भीर पाठक पनि हुन् । धेरै साहित्यकार आफ्नै सिर्जनामा मस्त रहन्छन्, अरूको वास्ता गर्दैनन् । तर सदानन्द अन्य साहित्यकारका कृतिहरूको गहन पठन गर्छन् र त्यसको प्रतिक्रियास्वरूप उनका समालोचना तयार हुन्छन् ।  
सदानन्दको जीवनबाट सिक्नु पर्ने मूलभूत कुरा कर्मशीलता हो । उनले गीताको कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन मा विश्वास गर्दै आफ्ना जीवनमा आएका सुखदुःखलाई सुकर्ममा रूपान्तर गरे । सधँै सकारात्मक सोचका साथ अघि बढे । कर्म नै उनको मूल मन्त्र बन्यो । उनले लेखेः
जीवनमा सुखदुख जे जे जति आउँछन्
असल् कर्म गर्दै जाँदा सबै भागी जान्छन् ।
(जीवन लीला, पृ.५२)
कर्मयोगी सदानन्दका कर्मशील जीवनको प्रतिफल बनेर उनका कृतिहरू प्रकाशमा आएका छन् । उनका रचनाले देखाएको विधागत विविधताले उनको बहुमुखी प्रतिभाको उदाहरण पेस गर्छ भने समाजका विभिन्न पाटाहरूको यथार्थ चित्रण गर्ने उनको परिपाटीले उनको सामाजिक परिनिर्माणको चाहना प्रतिविम्बित गर्छ । सदानन्दको सिर्जनाप्रतिको सक्रियता रहिरहोस् र आगामी दिनहरूमा समाजले उनीबाट अझ गहकिला रचना प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
सकारात्मक सोच, मानवतावादी दृष्टि, राष्ट्रियता र कर्मप्रधान जीवनका धनी एवं बहुमुखी प्रतिभाशाली सदानन्दको जीवनी, व्यक्तित्व तथा कृतित्वबारे महत्वपूर्ण ग्रन्थ तयार गरेर राम ज्ञवालीले अनुकरणीय आदर्श प्रस्तुत गरेका छन् । यसका निम्ति उनी धन्यवादका पात्र छन् ।










शुभकामना
सदानन्दको व्यक्ति कृतिः एक कर्मठ व्यक्तित्वको आकृति
प्रा.डा.नारायणप्रसाद खनाल
जसका कृतित्व–व्यक्तित्वबारे सिङ्गो विशाल ग्रन्थ तयार भएको छ, उसका बारेमा केही लेख्नु भनेको समुद्रमा एक थोपा पानी खन्याउनुजस्तै हो । माटो सुँघ्दै र त्यसैसँग खेल्दैखोस्रिंदै, त्यसको उर्वराशक्तिलाई पर्गेल्दै सरकारी सिन्दूर पहिरेर मृद्विशेषज्ञ बन्दा पनि शब्दवाक्यको आवश्यकता महसुस गरी चाहे किसानलाई सम्बोधन गरिएका प्राविधिक शब्दावली होऊन् चाहे साहित्यका पाठकलाई लक्षित गरिएका शब्दार्थ–वाक्यार्थ होऊन्,सृजना गर्नुपर्छ र त्यसका माध्यमबाट जनजागरण ल्याउन पर्छ भनेर सतत प्रयत्नशील,सृजनारत सदानन्द अभागीले नेपाली साहित्यका नाटकबाहेक सबै विधामा कलम चलाएको देख्दा मजस्ता धेरै जना उहाँको लगशीलताबाट लोभिएका होलान् जस्तो लाग्छ।स्रष्टाको काम हो सृजना गर्नु,पढ्ने काम पाठकको हो । एक दिन समय आउँछ,लिखित कृतिहरूको मूल्याङ्कन अवश्य हुन्छ।त्यो समय सदानन्दजीको जीवन छँदै आइपुगेको छ र उहाँलाई नेपालीवाङ्मयमा एक प्रसिद्ध सर्जकको रूपमा अध्ययन–विश्लेषण गरेर पाल्पाका प्रख्यात पत्रकार–शिक्षक,लेखक–विश्लेषक, प्रबलोत्साही राम ज्ञवालीजीका नजरमा उहाँको बहुआयामिक व्यक्तित्व र कृतित्वको चिरफार गरिएको शोधग्रन्थका माध्यमबाट उहाँलाई नेपालका प्रखर विद्वत्समाजसमक्ष उभ्याउनुभएको छ। सदानन्दजी सरल मिजासका कर्मठ व्यक्ति हुनुहुन्छ र उहांको कर्मक्षेत्र नेपाल भूमिको कृषियोग्य माटो हो,त्यही माटाको सुगन्धमा उभिएर कहिले माटो साहित्य त कहिले ललित साहित्य सृजनामा उहाँको जीवन व्यस्त रह्यो। उहाँका जीवन सङ्घर्षका रेखाहरू अवश्य पनि सरल थिएनन्,तथापि धैर्य र आशाका बलमा पाइलाहरू चाल्दै अघि बढ्दै गर्दा बाध्यतावश हो कि स्वेच्छाले हो; यथार्थताले हो कि असाध्यै दिक्क लागेर हो, गुरुपुरोहित वा आनुवंशिक थरसमेत नदेखिने गरी आफ्नो नामकरण आफैले गर्नुभो तर सुन्दा त्यति सहजै सर्वप्रिय–कर्णप्रिय नलाग्ने नाम जुराउनुभयो –अभागी! तर यस अभागी शब्दका अर्थको तात्पर्यका बलमा उहाँले यति धेरै परिश्रम साधना गर्नुभयो कि त्यो अभागीपन उहाँका क्रियाकलापबाटै दबेर रह्यो, फलतःउहाँलाई चिन्नेजान्ने जोसुकैले भाग्यवान् भनेर सम्बोधन गरेको देखिन्छ।म त्यो अभागी शब्दको अर्थ शब्दकोशमा भाग्यहीन,कर्मखोटी,दुर्भग, औजस्या वा औजसे लेखेको छ भन्न पनि चाहन्नँ, गाउँघरतिर जुनसुकै अल्पायु सन्तानलाई अभागी भन्ने गरेको पनि सुन्न चाहन्न किनकि यो स्वेच्छाको नामकरण हो,बाध्यता र विवशताको अथवा अबकहोढाचक्रीय नाम कतै पनि होइन। कहीँकतै शतांश रहेपनि त्यसलाई कर्मठ सदानन्दले गरेका योगक्षेम कर्मले पुरिदिएको छ र अब त्यो नाम आलङ्कारिक बनेर सदानन्दको सहयोगी बनेको महसुस हुन्छ अर्थात् साहित्यमा सदानन्दजीलाई घोडा कुदाउन भने अभागी उपनामले प्रेरणा दिएकै हुनुपर्छ,यसैले अभागी उपनाम र यसका धारक र स्रष्टालाई शतशः नमन गर्न उपयुक्त ठान्दछु। सदानन्दजी धेरै कृतिलेख्ने स्रष्टामध्ये पर्नुहुन्छ र भाषिक दृष्टिले उहाँका कृति अङ्ग्रेजी र नेपालीमा लेखिएका छन् भने विषयगत दृष्टिले प्राविधिक कृषिक्षेत्रका बहुविधा, विषय र साहित्यिक विषय पर्छन्।कृषिविज्ञान अनुसन्धानमा आधारित हुनाले अनुसन्धान कर्मक्षेत्रकै विषय भैहाल्यो।यस्तै अवसर पाउंदा तरकारी खेतीबारेका पुस्तककोअङ्ग्रेजीबाट नेपालीमा अनुवाद पनि गर्नुभएको छ भने पुस्तक–पत्रिकाको सम्पादन पनि गर्नुहुन्छ।उहाँका कृति पम्प्लेट–लिफ्लेट साइज, गोजिका–स्मार्ट साइज, डिमाइ र ए–फोर आदि सबै साइजमा प्रकाशित छन् भने कविता विधाका प्रायः सबै उपविधा अर्थात् कविताको लघुतम रूप मुक्तकदेखि लघु रूप फुटकर कवितासङ्ग्रह,मझौला रूप खण्डकाव्य र महत्तम रूप महाकाव्यसम्म प्रकाशित छन्।यस्तै आख्यानमा कथा–लघुकथादेखि उपन्याससम्म,गैर आख्यानात्मक कृतिमा नियात्रात्मक निबन्धप्रबन्धलगायत जीवनी र समीक्षा पनि उहाँले लेखन–प्रकाशन गर्नुभएको छ।अङ्ग्रेजी र नेपाली माध्यममा लिखित जम्मा कृति बाह्र दर्जभन्दा बढीपुगेका छन् ।यसरी उहाँ सेवामा रहँदा होस् वा सेवानिवृत्तिपश्चात् होस्, जीवनलाई साहित्य र समाजसेवामा लगाउन व्यस्त एवं सक्रिय हुनुहुन्छ।ज्येष्ठनागरिकहरूलाई कसरी सेवा गर्ने,त्यो उहाँबाट सिक्न सकिने कला हो।जीवनलाई व्यवस्थित गर्नेले नै समाज व्यवस्थित गर्न सक्छ।उहाँमा यी खुबी छन् । प्रस्तुत सन्दर्भमा सदानन्दको जीवन, कर्म र व्यक्तित्व नामक पुस्तक तयार भइसकेको छ र सदानन्दको यो पुस्तक उहाँको हीरक वर्षमा प्रकाशन हुन सकेन तर अमृतोत्सव वर्षमा यसले प्रकाशनको घाम पाउने नै छ।यस ग्रन्थको पहिलो अध्यायमा उहाँको समग्र जीवनी र तत्सम्बद्ध विषय;दोस्रोमा उहाँको जीवन र कर्म; तेस्रोमा उहाँको व्यक्तित्व र तत्सम्बद्ध बयान,चौथोमा उहाँका साहित्यिक कृतिहरूको संक्षिप्त विवेचना;पाँचौंमा कृतिभित्रका मननीय अभिव्यक्तिसौन्दर्य; सार,स्वरूप र प्रवृत्ति; छैटौँंमा कृतिनायकसँगको अन्तर्वार्ता; सातौंमा विविध व्यक्तित्व,सहकर्मी,इष्टमित्र,आफन्त र परिवाजनका दृष्टिमा सदानन्दबारे अभिव्यक्ति;आठौंमा उहाँको जीवन,कर्म र व्यक्तित्वबीचको सामञ्जस्यता एवम् पाइने प्रेरणा र नवौंमा उपसंहार तथा निष्कर्ष रहेका छन् । यसरी धेरै कुरा नछुटाईकन तयार गरिएको यस पुस्तकलाई प्रामाणिकसमेत बनाउन अन्तमा सन्दर्भ स्रोतसमेत खुलाइएको छ।अगाडि विषयसूची,शुभकामना आदि र माझमा प्रस्तुत भएको सदानन्दकीय अध्ययन विश्लेषण कता हो कता सुन्दर बन्न पुगेको छ।अध्याय समान नहुनाले लामाछोटा जरुर छन् । लेखकको अध्ययनबारे गरिएको योजनानुसार नै कृतिको आकार र आत्मा तयार भएको देखिन्छ।समग्रमा भन्नुपर्दा यस कृतिभित्र सदानन्दजीको लेखनकला, आनीबानी,स्वभाव लगायत कृतित्वविषयक व्यापक जानकारी,वृहत् मन्तव्य, व्यक्तित्व आदि धेरै कुराअभिव्यक्त भएका छन्।यस अध्ययनले सदानन्दजीको साधनालाई उच्चस्थानमा पु¥याएको छ भने उहाँबारे थप शोधखोज र अनुसन्धानको दायरा अत्यन्त फराक भएको छ।प्रस्तुत सन्दर्भमा हाम्रा आदरणीय कृतिनायक सदानन्द अभागीको सुस्वास्थ्य,दीर्घायु र दीर्घतर सृजना एवं उत्तरोत्तर यशोवृद्धिेका लागि हार्दिक मङ्गलमय शुभकामना प्रदान गर्छु। पुस्तक प्रकाशक उहाँको सकल परिवारको भूरिभूरि प्रसंशा गर्दै लेखक,अन्वेषक राम ज्ञवालीका लेखनकलाको थप उचाइको कामनाका साथ बिदा पनि हुन्छु । ॐनमो भगवते वासुदेवाय ।
२०७८÷०८÷०८




भूमिका
सदानन्द केन्द्रित अनुसन्धानात्मक अध्ययनसहितको पुस्तकको शल्यक्रिया
डा. मेघराज ढकाल
१ पृष्ठभूमि
कुनै पनि विषयमा व्यक्तिले गरेका खोजमा पुनः खोज गर्नु नै अनुसन्धान हो । यो पोखरीको पानीझैँ स्थिर नभई नदीझैँ गतिशील रूपले निरन्तर बगिरहने प्रक्रिया हो । यो हिजो पनि थियो आज पनि छ र भोलि पनि रहिरहने छ । पात्र, विधि र विषयहरू भने फरक पर्दछन् । यथार्थमा हालका दिनसम्म नेपाली विषयका अनुसन्धानकर्ताहरू स्वदेश तथा विदेशमा रहेर नेपाली भाषिक श्रीबृद्धि गर्नेहरूको बारेमा साहित्यकार शरद्चन्द्र भट्टराई(२०४९) ले अनुसन्धान खोज तथा व्याख्या पुस्तकमा ल्याएका थिए भने जीवन, सोच र समय(निबन्ध सङ्ग्रह)का माध्यमबाटजीवन, जगत्, दर्शन आदिका बारेमा व्याख्या विवेचना गरेका,भाषा, कला, साहित्य, इतिहास, शिक्षा आदि विषयसँग सम्बन्धित भई निरन्तर जसो विज्ञसँग अन्तवार्ता लिएका, कहिले आफ्नो गाउँ, ठाउँ,नगर तथा  क्षेत्रमा काम गरेका तर पछि परेका पात्र तथा ठाउँहरूलाई रबर्ट चेम्बरको पछि परेकालाई अगाडि ल्याउने सिद्धान्तअनुकरण गर्दै लेखन र अनुसन्धानमा केन्द्रित भइरहने राम ज्ञवाली साहित्यकार, पत्रकार, लेखक, अनुसन्धाता आदि हुनुहुन्छ । शिक्षण सेवा जस्तो व्यस्ततावीच पनि पाल्पा, र अन्य जिल्लाबाट प्रकाशित हुने रजस्थल साहित्यिक त्रैमासिक, ज्याग्दीखोलाको तरङ्ग त्रैमासिक, 'गाउँले देउराली' (साप्ताहिक), 'उत्तरदायित्व' (त्रैमासिक), 'नयाँ भावना' (साप्ताहिक), 'परेवा' पाक्षिक लगायतका दर्जनौँ पत्रपत्रिकाहरूमा लेख छपाएका ज्ञवाली कुनैमा नियमित स्तम्भकार, अन्तर्वार्ताकार, तथा कतै सहसम्पादकको रूपमा समेत रहेर कार्य गर्नुभएको छ । पाल्पा भैरवस्थानको सेरोफेरोमा बाल्यकाल बिताएका ज्ञवालीले वि.स. २०६८÷६९ सालदेखि निरन्तरजसो लेखरचनाहरूका माध्यमबाट देखापर्नु भएको छ । अनुसन्धानमा समेत विषेश रुचि राख्ने ज्ञवालीलेभारतवर्षका चाणक्यले साहित्यको अर्थशास्त्र, राजनीतिशास्त्र, महामारी विज्ञानसँग तथा अष्टे«लियाका विश्वप्रसिद्ध जनसङ्ख्याविद् काल्डवेलले जनसङ्ख्या र अन्य विषयसँग अन्तरसमन्वय भएझैँ  (ढकाल, मेघराज ,२०१०) करिब चारदशकसम्म साहित्यको माध्यमबाट, कृषि, माटो, बाली, तथा अन्य सूचना प्रसार गरेर सेवा अवकाशपछि पनि साहित्यिक कृतिहरूको सिर्जना तथा समीक्षा गरेका कृषि कवि सदानन्दले साहित्य तथा विकासमा पु¥याएको योगदानबारे  यसमा शल्यक्रिया गर्नुभएको छ । ज्ञवालीको पहिलो फुटकर रचना'रगत नबगाउ २०६२' हो । यो जागृतिमूलक सृजनाका रूपमा देखापरेको छ । पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकाको पर्यटनसँग सम्बन्धित रिब्दिकोट गाउँपालिका चिनाउने पर्यटकीय स्थलहरू तथा तानसेन नगरपालिकाका लेखक–साहित्यकारहरूसम्बन्धी अनुसन्धान सम्पन्न गरिसकेका, समग्र पाल्पाका लेखक–साहित्यकारका बारेमाशोधअनुसन्धानरत ज्ञवालीका आधा दर्जनभन्दा बढी विविध विधाका कृति प्रकाशन हुन बाँकी छन् । यसै सन्दर्भमा सदानन्द रिजालको जीवनीकेन्द्रित जीवन,कर्म र व्यक्तित्वलाई प्रकाश पार्ने उद्देश्यसहित आएको यो कृतिएकल व्यक्तिको बारेमा गरिएको अनुसन्धानात्मक कृति हो । अनुसन्धान कहिल्यै नसकिने काम हो र यसको ज्ञान सबैले गरेका छन् र सबैमा छ । तर यो ज्ञान हो भनेर बाहिर प्रष्फुरण हुन सकेको हुदैन । यो त शिक्षण सिकाइका क्रियाकलापले बाहिर ल्याइएको हुन्छ यो नै शिक्षा हो उदाहरणको लागि कुनै एउटी गृहिणी महिलाले दालमा नुन लाग्यो लागेन भनेर एक चम्चा चाख्नु पनि अनुसन्धान हो । यसलाई स्याम्पल साइज भनिन्छ, केवल भाषाको मात्र फरक हो र लिखित दस्तावेज पनि नभएकोले ज्ञान र प्रमाणको रूपमा लिन सकिदैन ।
२ . उद्देश्य
कुनै पनि अध्ययन अनुसन्धानको उद्देश्य सामाजिक व्यबहार, क्रियाकलाप, घटनाक्रम आदिको के, कसरी सञ्चालन छन्, सो बारेमा व्यापक पार्नु रहेको हुन्छ (आचार्य, बलराम, २०५९) । कुनै पनि मानवले विशिष्ट कर्म गर्नसक्नु र नसक्नुमा विविध परिस्थिति र कारक तत्त्वले निर्धारण गरेका हुन्छन् । गर्न नचाहनेहरू कमै होलान दुनियाँमा । प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर कर्म गर्ने केही होलान् । केही सहज परिस्थितिमा मात्र गर्ने होलान् । मानिसको समाजमा गरेका कर्म जे भए पनि समाजमा मरेपछि देखिने गरी गर्ने चाहना वा सोच रहन्छ । समाज राष्ट्रहित निम्ति केही कीर्ति रहोस्् भन्ने जसले राम्रो कार्य गरेर गयो त्यो उसको बाँच्ने आधार हो । यस दर्शनलाई सदानन्दका कृतिले केकस्तो सहयोग पु¥याएको छ भन्ने तार्किक मान्यता राख्दै ज्ञवालीको सदानन्दका कृतिलाई चिरफार गरेर समाजमा उजिल्याउने खोजकर्ता ज्ञवालीको उद्देश्य रहेकोछ ।
यी उद्देश्य पुरा गर्न राम ज्ञवालीद्वारा तयार पारिएको सदानन्दको जीवन, कर्म र व्यक्तित्व(अनुसन्धानात्मक कृति)माअनुसन्धान पद्धतिका विधिहरू के कसरी अपनाइएको छ ? महाकाव्य, खण्डकाव्य, उपन्यास, गजलका महत्त्वपूर्ण तथ्यहरू विवेचना तथा तिनबाट समाज उत्थानको लागि दिइएका सन्देश केके हुन्? सदान्नन्दप्रति विभिन्न व्यक्तिहरूको सोच  तथा दृष्टिकोण कस्तोरहेको सदानन्दका,  कृतिका तथ्य र अन्य साहित्यकारका मिल्दाजुल्दा वा फरक तथ्यहरूको तुलनात्मक अध्ययनबाट केकस्तो सन्देश दिन सकिन्छ सोको आधारमा उपसंहार तथा सुझावहरू केकस्ता आउँदछन् र भविष्यको लागि सुझावसमेत केकस्ता हुनेछन् जस्ता प्रश्नको उत्तर खोज्नु रहेको छ ।  

३. अध्ययनका विधि
अनुसन्धानका विविध विधिमध्ये संख्यात्मक वा विवरणात्मक तथा मिश्रित प्रणालीमध्ये यहाँ दुवैलाई अपनाउन खोजे पनि मूलतः विवरणात्मक विधिमा जोड गएको छ । शल्यक्रिया गर्दा मूलतः तीनवटा विधि अपनाइएका छन् ।



तालिका १ अध्ययनका विधिहरू
 
क्र.स. विवरण
१ पुस्तकालय तथा  कृतिहरूका साहित्य समीक्षा  
२ अन्तरवार्ता वासाक्षात्कार
२.ं१ जागीरे जीवनका परिचित व्यक्तित्वहरू,
२.२ लेखक, साहित्यकार र समीक्षक
२ं.३ पत्रकारहरू
२ं.४ समाजसेवीहरू,
२.५ कलाकारहरू,
२.६ छिमेकीहरू,
२.७ देशबाहिर बस्ने लेखक, साहित्यकारहरू
कार्यक्षेत्रका शुभचिन्तक र शुभेच्छुकहरू
२.८ नातेदार, इष्टमित्र र आफन्तहरू,
२.९ गायत्री शिष्यहरू
२.१० ज्योतिषहरू
२.११ लेखक–साहित्यकारका कृति समीक्षात्मक धारणा
३ व्यक्ति स्वयम्सँग अन्तरवार्ता  
राम ज्ञवालीद्वारा (२०७८) तयार परिएका
अनुसन्धानात्मक कृतिको आधारमा
 

शल्यक्रियाको क्रममा अभागीको जीवनवृत्त, जीवन, कर्म र सदानन्द, व्यक्तित्वका आयामहरू, साहित्यिक समालोचकीय कृतिहरूको संक्षिप्त चिनारी,  कृतिभित्रका केही मननीय अभिव्यक्ति, सार, स्वरुप र लेखकीय प्रवृत्ति, अभागीसँगको संवाद, विविध व्यक्तित्वका दृष्टिमा सदानन्द, (जागीरे जीवनका परिचित व्यक्तित्वहरूका दृष्टिमा, लेखक, साहित्यकार र समीक्षकहरूको हेराइ, देशबाहिर बस्नेहरूको सदानन्दप्रतिको बुझाइ, पत्रकारका आँखामा सदानन्द, समाजसेवीहरूको उनीप्रतिको दृष्टिकोण, कलकारहरूको चिनाइ, छिमेकीहरूको दृष्टि, कार्यक्षेत्रका शुभचिन्तक, शुभेच्छुकका धारणा, नातेदार, इस्टमित्र र आफन्तका हेराइमा अभागी, गायत्री शिष्यहरूको बुझाइमा तथा  रिजाल परिवारहरूको उनी प्रतिको हेराइ र बुुझाइ, कृति समीक्षात्मक धारणा, ज्योतिषीय हेराइमा सदानन्द र लेखन–सिर्जनात्मक योगको अवस्था), जीवन, कर्म र व्यक्तित्वबीचको सामञ्जस्यता एवम् पाइने प्रेरणा तथा उपसंहार र निष्कर्ष गरी नौ शीर्षकमा विभाजन गरेर विश्लेषण गर्नुभएको छ ।
सदानन्द रिजालको न्वारनको नाम खगेश्वर रिजाल हो बोलाउने नाम खडानन्द रिजाल भएका उनको २००३ साल श्रावण १ गते जन्म भएको थियो । वहाँको बाबुआमाको नाम कलाधर रिजाल तथा नन्दकली रिजाल हो । वि.एस्सी.एजी शैक्षिक योग्यता भएका अभागीको समाज शास्त्रमा एम ए. अध्ययन पूर्ण हुन सकेन । वहाँ निजामती सेवामा छँदा स्वदेश तथा विदेशका विभिन्न तालिम तथा सेमिनारमा भाग लिनुभएको थियो । साहित्यकार हरिभक्त कटुवालको प्रेरणात्मक कामबाट तथा अन्य सकारात्मक कार्यबाट प्रभावित भई साहित्यिक क्षेत्रमा लाग्नुभएका साहित्यकार सदानन्दलाई २०६२ सालमा "कृषि कवि"को रूपमा समेत परिचय गराइएको थियो । पहिलो रचना बनारसबाट निस्कने आमा पत्रिकामा आमा नामक कविता प्रकाशन भएको थियो । भारत–नेपाल–भारत, अध्ययनको सिलसिलामा तालिमको सिलसिलामा जापान,थाइल्याण्ड,फिलिपिन्स, इजिप्टको साथ साथै नेपालका ६५ जिल्लाहरू भ्रमण गर्नुभएको थियो । उहाँका विधागत साहित्यतर्फ–कविता, कथा, उपन्यास, लघुकाव्य, खण्डकाव्य, महाकाव्य, कृृषिकाव्य, नियात्रा र समालोचना प्रकाशनमा छन् ।  
कृृतिहरूमा आफ्नै व्यथा (कवितासंग्रह)२०५७, बूढो जवानी (कवितासंग्रह)  २०५८ पश्चातापको आँसु  (कथासंग्रह)२०५८, .जीवनलीला (खण्डकाव्य)२०५८, कोपिला (लघुकाव्य)२०५९, तीनयुग एक कथा (महाकाव्य)२०६०,जीवनलीला(उपन्यास)२०६० काठमाडौँदेखि देहरादूून (यात्राविवरण) २०६०, म र मेराहरू (जीवनी)  २०६० अग्निज्वाला  (महाकाव्य )२०६१, उपन्यास) माटो र बिरूवाले भोक लाग्यो भन्छन्२०६१ ,मोहनीको मीठोम्वाइँ कवितासङ्ग्रह  २०६२   परिवर्तन (कथासङ्ग्र्रह),  भुटानी शरणार्थीको कथा व्यथा २०६३, समभोग समाधि (गजलसङ्ग्रह) २०६४गजलगुटिका (गजलसङग्रह)२०६५, बुढौतीका रहरहरू (गजलसङ्ग्रह) २०६५, संयुक्त रा. ग. गजलयात्रा(२) २०६५ अभागीकागजलहरू (गजलसङ्ग्रह) २०६६ , गंगागजल गजलसङ्ग्रह (सं लेखन) २०६६, अभागीकामुक्तकहरू (मुक्तकसङ्ग्रह) यात्री (उपन्यास)२०६८, गजल परिकार((गजलसङ्ग्रह)सृष्टिमा अभागीको दृष्टि(समालोचना)२०६८, समकालिन नेपाली गजलसङ्ग्रह(संयुक्त) २०६८, बालुवाको घर(कथासङ्ग्रह)२०६९, अभागीको प्रेमविहारको षष्ठामृत (गजल सङ्ग्रह) २०७०, ई प्रतिनिधि नेपालीगजल (संयुक्त लेखन)२०७०, सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य)२०७३, शब्दशिविर (गजलसङ्ग्रह संयुक्त लेखन)०७४, सृष्टिमा अभागीको दृष्टि(समालोचना दोस्रो सङ्ग्रह)०७४, कसैका सृष्टिमा अभागीको दृष्टि (स. तेस्रो सङ्ग्रह) २०७४,केही सृष्टिहरूमा अभागीको सिंहावलोकन(स.सङ्ग्रह) २०७४ अभागीका मुक्तकहरू (मुक्तक सङ्ग्रह), गंगालिगल सृष्टि दृष्टि(समालोचनासङ्ग्रह) २०७७ पाल्पालीका गजलमा दृष्टि २०७७
यस्तै आफ्नो पेशामा रहँदा सुन्तलाजात खेती (०४२÷४३) विभिन्न बालीमा मलको आवश्यकता र प्रयोग विधि(२०४३) माटो व्यवस्थापन  तथा  सूक्ष्मतत्व समस्या अध्ययन तथा बिरूवाको खाद्यतत्वको संक्षिप्त विवरण (२०५२÷५३) उर्वराशक्ति बढाउन प्रयोग मलको एक झलक(२०५४)बिरूवाको एकिकृत खाद्यतत्व व्यवस्थापन पद्वति एक झलक (२०५४) माटोको उर्वराशक्ति व्यवस्थापनकार्य पुस्तिका प्राङ्गाारिक मल र सुक्ष्मतत्त्वको अध्ययन प्रतिबेदन २०५६, एकीकृत खाद्यतत्त्वव्यवस्थापनकार्य पुस्तिका २०५८, माटो सुधारको रूपमा कृषिचूनको प्रयोग २०५८÷५९, माटो शिविर किन र कसरी २०५८÷५९, दिगो कृषि विकासको लागि प्रांगारिक खेती,२०५८÷५९, गोठेमल  तथा कम्पोष्ट मल व्यवस्थापन तालीम पुस्तिका २००१, धानमा एजोला मलको प्रयोग (लिफलेट),बिभिन्न बालीमा खाद्यतत्त्व तथा माटो व्यवस्थापन२०६०÷६१, दिगो माटो व्यवस्थापन विविध पक्षहरू, २०६१, प्राङ्गारिक खेती एक परिचय, २०६२, क्षतिग्रस्त कृषि भूमिको व्यवस्थापन, २०७०, अनुबाद कृतिहरू (जापानीबाट नेपालीमा) यी कृति संयुक्त अनुवाद कृति हुन् । यी किताव जापानी लेखक काजुहिको वातानावे (जापानी)ले जापानी भाषामा लेखेको कृतिलाई जापानी भोलेन्टियर चियो बुन्याले अंग्रेजीमा उल्था गरको र सो अंग्रेजी उल्थालाई नेपालीमा अनुवाद गरी जाइका (व्क्ष्ऋब्० ले प्रकाशन गरेको हो ।
व्यक्तित्वका आयामहरूमध्ये वहाँले कुनै पनि व्यक्तिको आफ्नोपन वा वैयक्तिक व्यवहारबाट प्रस्तुत हुने निजीपन निजी व्यक्तित्व हो । निजी व्यक्तित्वका दुईवटा पक्षहरू बाह्य वा शारीरिक व्यक्तित्व र आन्तरिक व्यक्तित्वहरू हुन् । सदानन्दको निजी व्यक्तित्वको चर्चा गर्दा सर्वप्रथम बाह्य वा शारीरिक व्यक्तित्वको चर्चा गर्नुभएको छ । यसको अलवा कृषि बैज्ञानिक व्यक्तित्व साहित्येतर मध्येको प्रमुख व्यक्तित्व हो भने अध्ययनशील, लेखक, समीक्षक र समालोचकीय,वाक्परीक्षार्र्थी, शैक्षिक, धार्मिक र आध्यात्मिक, सेवा र संवेदनशील, कार्यपत्र प्रस्तोता÷लेखक, अनुसन्धाता, स्वाबलम्बी, राजनीतिक, सम्पादक, सम्पादक, वार्ताकार, सामाजिक नेतृत्वदायी, बहुभाषिक, सम्पादक, लेखक÷सर्जक कवि र काव्यकार, खण्डकाव्यकार र महाकाव्यकार,  आख्यानकार (लघुकथा–कथाकार र उपन्यासकार, लेखक÷सर्जक,  कवि र काव्यकार (लघुकाव्यकार, खण्डकाव्यकार, कृषिकाव्यकार र महाकाव्यकार), आख्यानकार (लघुकथा–कथाकार र उपन्यासकार, जीवनीकार,आत्मसंस्मरणकार, गजलकार, मुक्तककार, नियात्राकार गीतकार व्यक्तित्वको रूपमा लिइएको छ ।

४ कृतिबाट दिइएका सन्देशहरू
४.१ जीवन र जगत््को सन्देश ः यस प्रकृति जगत््मा विभिन्न प्राणीहरूको अस्तित्व रहेको पाइन्छ । तीमध्ये मानव सचेत र सर्वश्रेष्ठ प्राणी मानिन्छ । जन्मेदेखि नमरूञ्जेलसम्म अर्थपूर्ण र सक्रियता हुञ्जेलसम्मको समयावधि नै मानव जीवन हो । मानवता एवम् मानवमूल्यलाई उन्नत पार्न सर्जक सदानन्दले सहित्यको माध्यमबाट भरमग्दूर प्रयास गरेका छन् । मानवताविहिन व्यक्ति र पशुमा खासै अन्तर रहेको देखिदैन । जीवन र मानवता एक सिक्का दुई पाटा हुन् । यसमा सदानन्दले मानिसको मृत्यु त्यस्तो होस् ,जसबाट पछिल्लो पुस्ताले प्रेरणैप्ररणा प्राप्त गरोस् । मृत्युको अर्थ सधैंलाई मेटिने होइन, तन र सास जान्छ तर आत्मा जाँदैन । जीवन संघर्षमय हो। यसर्थ संघर्ष निरन्तर रूपमा गरिहन पर्दछ । यो जीवनका हरेक रंग र रसमा सदानन्दजी रहेरै पनि दार्शनिक र आध्यात्मिक चेतना प्रखर रूपमा अगाडि सारेका छन् । वहाँको कृति तीन युग एक कथामा मानववाद र अलौकिक शक्तिको दासत्व नसकारे पनि भाइवादको अस्तित्व भने स्वकिार गरेका छन् ।
मानव भई मानवता किन लुकाउने
हृदयमा वाण हानी किन दुःखाउने
(तीन युग एक काव्य दशौं सर्ग)
संस्कृतविद् सत्यमोहन जोशी (२०७६) का अनुसार सन् २०१३ मा विश्वको सबभन्दा ठूलो प्रतिष्ठामूलक नोबेल पुरष्कार विजेता चिनिया लेखक मो यानको अमर कृति "जीवन र मृत्युको दोसाँध  अंगे्रजीमा ९ीषभ बलम म्भबतज  बचभ धभबचष्लन mभ यगत० जीवन र मृत्युले मलाई ख्याउटे बनाउँदै लगिरहेका छन् भन्न्ो कृतिमा थियो । सो दर्शन संस्कृतमा लेखिएको गीताको सार तत्त्व बुझ्दा 'मान्छेको तन ह्रासवान छ, खिएर झर्छ वा मर्छ' भन्ने रहेको यसैलाई पाश्चात्य दर्शनका हिमायतीहरूले पूर्वीय दर्शनको संस्कृतको गीतालाई अंगे्रजीमा उल्था गरेका बेलायतका स्वास्थ्य अर्थशास्त्री ग्रसम्यानले यसैमा आधारित भएर मानिसको उमेर बढ्दै जादा स्वास्थ्य खिँइदै जान्छ भन्दै अर्थशास्त्रमा नयाँ हाँगा स्वस्थ्य अर्थशास्त्रको विकास गरे । यसै दर्शनमा उनले हतियार खिइदा पायन लाएझैँ स्वास्थ्य खिइए औषधि खाएर केही दिन आयु बचाउन सकिन्छ भन्दै विश्लेषण गरेका छन् । मोफसलमा बसेर त्यति धेरै कृति प्रकाशन गर्नु भनेको पीपलका बोटमुनि वा खुला चौरमा बसेर गफ गर्नुजस्तो सजिलो होइन । यस विषयमा उक्ति नै छ नि भन्नलाई सजिलो बाटो असजिलो सामान्यता जन्म र मृत्यु बीचको कालखण्ड जीवन हो । मानिस जन्मदा स्वास हुन्छ नाम (कीर्ति) हुँदैन । मानिस मरेपछि नाम रहन्छ तर सास रहन्न । समाजमा सुनाम राख्ने क्षमता जो कोहीमा रहन्छ तथापि निरन्तर परिश्रमको अभावमा सामथ्र्यता रहदैंन । तर सदानन्दमा श्रममा गतिशीलता पोखरीको पानीभैmँ स्थिर नभई नदीको पानीझैँ गतिशीलता देखिएको छ ।
रातपछि पुनः हेर दिन पलाउँछ
अन्धकार मेटिनलाई सूर्य उदाउँछ ।
(तीन युग एक काव्य सोह्रौँ सर्ग)

४.२. माटो तथा कृषि विकासमा सन्देशः मुटु तथा अन्य दीर्घकालीन रोगहरूको रोगथामको लागि हरेक दिन कम्तीमा ४०० ग्राम फलपूल तथा तरकारी खान पर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ (नेपाली साजमा, २०७८, कन्तिपुर असोज २७) । यसो भएमा शरीरको तौल घट्ने, रक्तचाप घट्ने, कोलोस्ट्रोल मात्रा घटाउन मद्वत गर्छ । माटो जीवहरूको लागि गास, बास, कपासको दाता हो तथा जीवन आधार हो । माटोलाई धर्तीमाता पनि भनिन्छ । गहिरिएर हेर्दा माटोभन्दा देश पनि हो । यस कवितासङ्ग्रहभित्र राष्ट्रियताले भरिएका कविताको बाहुल्यता देखिन । माटोका लागि भाषा साहित्य वा कुनै पनि क्षेत्रका लागि समर्पित उदाहरणीय महापुरुषहरू वन्दनीय हुन्छन् । यस्तो कुरा बुझेर सदानन्द सिर्जनात्मक चेतना मानवता समाज,राष्ट्रप्रेमको परमभाव मनमा लिएर श्रेय मार्गमा लागेका हुन् । हुरी, बतास, बाढी, पहिरो झेलेर जोगिएको एउटा बूढो पीपलसरि भए पनि अक्सिजन दिन नछाडेको जस्तो कलमको माध्यमले र व्यवहारले पनि मानवताबादको दह्रो वकालतमा डटिरहने न्यायमूर्ति जस्तो लाग्ने उनीबाट समाजले सिक्नुपर्ने कुरा धेरै छन् । लेख्ने सिलसिलामा उनले धेरै अघिबाट अर्थात् पाँच दशक अघिबाट लेखे । उनका वंशजमा शायद यस्तो रहर गर्ने लेखक कोही भए जस्तो लाग्दैन । वहाँले कृषि काव्यमा कृषि र औद्योगिक क्षेत्रको सम्बन्ध रहेको छ । वीउविजन रोपेमा संसार ढाकिदिन्छ र यसको उत्पादनले बजार विकास गर्दछ, बजारमा रुपियाँको लेनदेन हुन्छ सोबाट मलवीउ किन्न सक्छ भन्ने सन्देश वहाँको कृषि काव्य कवितामा तलको पंक्तिबाट व्यक्त गर्न सकिन्छ । जस्तै ः  
बीउले भन्छ मलाई रोप संसार ढाक्दिउँला
उत्पादन बोल्छ बजारमा बेच रुपियाँ गन्दिउँला
बजार बोल्छ वेदना खोल्छ हाटमा किन्दिउँला
किसान बोल्छ, पसिना बोक्छ उत्पादन गर्दिउँला ।
(कृषिकाव्य, पृष्ठ ४)
कृषि उत्पादन बढाउन कृषिको विस्तार, सघन बालीको विकासको अलवा श्रमको अभाव भएमा मेशिनरी बस्तुको उपयोग गरेमलको बचत गर्ने, जमिनको अभाव भएमा सिचाइ उन्नत मलवीउ तथा फर्टिलाइजरको उपयोग गर्न पर्दछ भन्ने भनाई आडम सिज्मई (२००५,) ले व्यक्त गरेको सिद्धान्त सदानन्दको कृषि काव्यमार्फत प्रचार प्रसार गरिएको पाइन्छ । गनेस पौडेल (२३ असौज, २०७८ कान्तिपुर)मा प्रकाशित विचारको बजारशास्त्रमा उल्लेख भएअनुसार 'काम गर, दुनियाँले तिमीलाई के भन्छ वास्ता नगर'भन्ने माइतालमा आधारित भएर सदानन्दले आपूmले जानेबुझेको जे जस्तो छ सो विचार समाजमा प्रवाह गरेर सांस्कृतिक पूँजी कमाउन सकेका छन भने  अधिकारी राजेन्द्रप्रसादको अर्थशास्त्रलाई हेर्ने भौतिकशास्त्रको चस्मा लेखमा अर्को इकोनोमिक्स र फिजिक्सको सम्बन्ध देखाएझैँ सदानन्दले पनि साहित्य र कृषिको सम्बन्ध देखाएर लेख्न सफल हुनुभएको छ ।

४.३प्रशासनमा भएको भागबण्डा, नातावाद तथा अफन्तवाद जस्ता विसङ्गतिमा सन्देश ः साहित्यले सामाजिक आदर्श, नैतिक मूल्य र मान्यतालाई महत्त्व दिएर मानवीय जीवनलाई विशिष्ट बनाउन सहयोग गर्ने हुनाले यसलाई महत्त्वपूर्ण मानिएको हो । प्लेटो, होरेस, जोन्सन, वर्ड्सवर्थ,सेली, मैथ्यु, आर्नाेल्डा,बबिट आदिले सहित्यलाई बढवा दिने काम गरे (ढकाल,२०७२) । कविताले नैतिक प्रभाव पार्न र शिक्षा दिन सक्षम हुनुपर्दछ भन्ने प्लेटोको मत रहेको छ ।निजामति सेवामा नियुक्ति गर्दा आफन्तवाद भन्दा योग्यताबाद तथा क्षमतावादको आधारमा गर्नुपर्ने कुरा बेभरियन कर्मचारीतन्त्रको मान्यता रहेको छ । यसको लागि लोकसेवा आयोगद्वारा समय समयमा संचालित प्रतिस्पर्धात्मक परीक्षाबाट छनौट भएका हुन्छन् । यसरी छानिएर आएका प्रशासकले सारा प्रयास संविधान र प्रचलित ऐन, कानूनको अक्षरशः प्रतिपालन वा कार्यान्वयनमा यदाकदा कठिनाई वा बाधा आइपरेतापनि प्रतिपालन आवश्यक परेको हुन्छ । नेपाल जस्तो पिछडिएको देशहरूमा कानूनको प्रतिपालन त परै छाडौं बेलाबखतमा उल्लघंन भएको हुन्छ । फिलिपिन्समा रहेर पे्रmड रिग्सले दक्षिण एशिया प्रशासनमा योग्यतावादभन्दा आफन्तवादको हावी भएको बताएका छन् । कर्मचारीतन्त्रले आफ्नो स्वार्थको लागि राजनैतिक नेताको दौराको फेरो समाएर प्रशासकीय कार्य गर्न खोज्दा शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, तथा सेवा प्रवाहमा पनि निष्पक्षता आउन नसकेको कुरा हटाआँै विसङ्गति भन्ने गजलमा गजलकार सदानन्द अभागीले बताउनुभएको छ। जस्तै ः
नातावाद, कृपावाद जहानियाँ छायो
जनता हो यस्तो कर्म पोल्नै पर्छ पोलौ ।

मेघमाला विकृतिको कालो कालो हुने
समाजमा संस्कृतिलाई घोल्नै पर्छ घोलौ ।

४.४ समाज सुधारका सन्देश ःदेश वा समाजसेवा गर्ने मानिस कोही कलम चलाएर, कोही कलाकार बनेर, कोही समाजसेवी भएर, कोही नेताअभिनेता भएर, कोही विज्ञानका क्षेत्रमा लागेर, कोही शिक्षा क्षेत्रमा अथवा कुनै पनि आवश्यक वा रुचिपूर्ण क्षेत्रमा लागेर अघि बढ्दछन् । सेवा गर्ने र चिनिने क्षेत्र धेरै छन् । यो दुनियाँमा आफूलाई कुनै क्षेत्रको विधागत विशिष्टकृत गर्न सके दिगो कर्मको छाप छाड्न सकिन्छ । समाजमा रहेर कर्म गरेर बहुआयामिक विशिष्टकृत सफलता प्राप्त गर्ने मान्छे कमै हुन्छन् । कोही बहुआयामिक भए पनि सबै क्षेत्रमा उत्तिकै चर्चित हुन्छन् । आज मान्छेले प्रचार बेसी तर काम कम गर्दछन् । राजनीति तथा प्रशासनमा यस्ता निर्मम शिष्यहरू पनि हुन्छन् जो स्वर्गमा पुगेका श्रद्धेय गुरूहरूलाई पनि सहस्रधारा रूवाउँछन् । समाजमा आज मान्छेले भालेवाद जनाएर छोरीबेटी वा महिललाई रुवाएर पीडा दिएका छन् । यस्तो पीडामा उनीहरू आनन्द मानेर रमाएका छन् । मानिसहरू आफ्नो आङमा भैंसी हिंडेको नदेख्ने अरूको आङमा जुम्रो हिंडेको देख्ने बानीले गर्दा अरूको गल्ती मात्रै देखाउने काम राम्रो हैन, मानवबाट नै हुने गल्ती मानवले नै सुधार गर्नपर्दछ भन्ने मान्यता साहित्यकार सदानन्दले जीवन लीला खण्डकाव्यमा देखाउनुभएको छ । यस्ता लुकेका कुराहरूलाई कविले खोज नीति र अनुसन्धानबाट व्यक्त गर्न सक्दछन् । जस्तै ः
गल्ती हुन्छ मानवबाट , ईश्वरबाट हैन
अझै पनि मौका छ है केही भएको छैन

उत्थान र पतन त जे जे जति हुन्छन्
संघर्षमा उत्रनेले आकाश छुन सक्छन्
(जीवन लीला खण्डकाव्य, पृष्ठ
सदानन्दले सन्देशमूलक कविता लेख्नुभएको छ । वहाँले भन्नुभएको छ कि मान्छे भएर जन्मेपछि आकाशमा भएको कालो नीलो बादलझैँ मडारिएर, गडबडिएर बोल्न हुदैन,किनकि जीवन भनेको सप्तरङ्गी इन्देणीजस्तो हैन यो त लामोछ तसर्थ मान्छेले आफ्नो जिन्दगीमा निर्णय दरो गरेर बोल्न पर्दछ, दुईजिब्र्रे भएर बोल्न हुदैन भन्ने सन्देश दिनुभएको छ । जस्तै ः  
कालो नीलो बादल सरी गड्गडाउने हैन
इन्दे्रणीको रंग सरी जीवन छोटो छैन

बज्र परेसरि हाम्रो बोली बोल्नुपर्छ
दुई जिब्रे शब्दावली सधँैं त्याग्नुपर्छ
तीन युगका एक कथा महाकाव्यमा कर्मप्रधान पुरुष र भाव प्रधान नारी पात्रको बलियो आधार समाएका छन् । कृतिकारले इतिहासमा आधारित आफ्ना भावना विचार उभ्याउछन् । बालविवाह अनमेल विवाह, सती प्रथा, छुवाछुत, अन्धविश्वास आदि सामाजिक कुरीतिको विरोध र विधवा विवाह आदि समाजिक कुरीतिको विरोध र विधवा विवाह जस्ता सुधारका पक्षपाती भएको कुरा तीन युगका तीन पुस्ताले भोगेका आर्थिक, सामजिक, राजनैतिक परिवेशमा हुर्किएका विषय ज्ञान, अनुभूतिको संगीतलाई टपक्कै टिपेर लपक्क पोतिएका छ  

४.५ राष्ट्रियताको सन्देशः राष्ट्रप्रति आस्था वा राष्ट्रप्रेम वा राष्ट्रहितको भावना जगाउँदै  राष्ट्रको स्थितिलाई आफ्नोपन जनाउने शब्द हो । राष्ट्रको नागरिकले संसारमा आफ्नो  राष्ट्र  सबैभन्दा राम्रो भएको गर्व गर्ने अर्थात्् आफ्नो शासन प्रशासन आफैले चलाएको हुन्छ ।सदानन्द अभागीकोअग्निज्वाला (महाकाव्य) २०६१ राष्ट्र र राष्ट्रिता बचाउने सन्देश दिनुभएको छ । वहाँले राजनैतिक वृतमा राष्ट्र राष्ट्रियतालाई बचाउन थोत्रा भाषणलाई बन्द गरेर सबैको सुखशान्तिको लागि ध्यान देऊभन्ने विषयमा ध्यान दिनुभएको छ ः
राष्ट्र र राष्ट्रियतालाई बचाउन
 सवल शरीर त्याग गर,
थोत्रा भाषण बन्द गर
कर्मठ कर्तव्य धारणा गर,
सर्वजन हिताय सर्व भवन्तु सुखाय    
विश्व शान्तिको कर्म गर
सत्यम् शिवं सुन्दरम्को कामना गर ।
साथै, वहाँलाई लक्ष्मीप्रसाद देवकोटाको के नेपाल सानो छ ? भन्ने निबन्धले प्रभाव पारेको पनि देखिन्छ । देवकोटाको शब्दमा आँखाको नानी तथा मान्छेको मुटु, सानो छ, तर सान्दर्भिकता ठूलो छ,यसर्थ, संसारमा यसको महत्त्व आफ्नै प्रकारको छ भनेझैँ सदानन्दले पनि सानो भए पनि बलियो भएकोले आँखाको नानी बनेको छ भनेर व्यक्त गर्नुभएको छ । जस्तै ः
सानो छ राज्य सबल छ पक्ष आँखाको नानी हो ।
सत्यता पोख्नु धैर्यता बोक्नु नेपाली बानी हो ।
(सबल माटो सबल बाटा पृ २९)
यसै गरी वहाँका कवितामा देशभक्तिका स्वर पनि उत्तिकै उर्लेको पाइन्छ ।देशको उन्नति–प्रगतिका निम्ति गरिने कार्य तथा स्वदेशमा रहेका रीतिरिवाज, नीतिनियम आदिको पालन तथा तीप्रति सद्भाव जनाउदै,सुरक्षाको प्रत्याभूति भएको जनाउँदछ । यी भावना वहाँका कवितामा पनि प्रशस्तमात्रामा पाइन्छन् ।
यो मेरो जीवन कथा हो
यस देशको माटोबाट अलग्याई
कसैले लेख्न खोज लेखिदैन
सदानन्द अभागी कर्तव्यनिष्ठ, लगनशील, राष्ट्रवादी र समाजसेवी व्यक्तिका रूपमा परिचित छन् । आफ्नो काम आफैले गर्नुपर्छ अर्काको भरपर्नु परनिर्भरता हो भन्ने उनको धारणा छ । 'सादा जीवन' उच्च विचारको सिद्धान्तमा उनी विश्वास गर्दछन् । सम्पत्ति कमाउनु र मोजमज्जा गर्नुमात्र ठूलो कुरा हो भन्ने कुरामा यिनी असहमत छन् । उनी भन्छन् (''मरी जाने चोलामा मानिसले सन्तोष लिन सक्नुपर्छ, लोभ र डाहको भावना हाम्रा प्रगतिका बाधक हुन् पक्षमा मान्यता राख्नुहुन्छ ।
५. छलफलका विषयहरू
सदानन्दका कृतिहरू सामान्यरूपमा अवलोकन गर्दा कृषि र उद्योगको सम्बन्ध देखाएको, समाजमा भएका विसङ्गतिहरूलाई चिरफार गर्न खोजेकोले यसबाट समाजमा सन्देश दिएको मान्न सकिन्छ । यथार्थमा, छलफलमा आफ्ूmले गरेको विश्लेषणको महत्व, यसको सान्दर्भिकता, पहिले गरेका साहित्य समीक्षा, विश्लेषणबाट पाइएको सन्देश , यो अध्ययनको अरूसँग समानता तथा असमानताबारे छलफल गरेर सुझावहरू बनाउने खाका तयार परिन्छ । भनिन्छ व्यासले आफ्नो तपस्याथलो अगाडिको रूखमा क¥याङकुरुङ् नामक चराको गुँड भएको र सुत्केरी भएको सातौ दिनमा पोथीको मृत्युभएपछि भालेले बच्चाको स्याहार गर्न अर्को पोथी ल्याएको तर सौतेनी आमाले गुँडबाट खसालेको देखेपछि व्यासले अष्ठादशेपुराणेशु व्यासस्यवचनं द्वयं, परोपकार पुण्याय पापाय परपीडनम्भन्दै अठार श्लोक लेखे भनिन्छ ।त्यसैको प्रभावमा होला सौतेनी आमाले राजा उत्तनापादका छोरा धु्रवलाई बाबुको काखमा बस्न नसकेको देखेर डाहा गरेपछि गरेको तपस्याबाट ध्रुवतारा अटल रहेका, आमा कैकेयीको इशारामा परेर राजा दशरथले रामलाई वनवास भरतलाई राज्य गरेकोले वनजान परेको मनोदशा पनि काव्यहरूमा पाइन्छ गुरुप्रसाद मैनालीको 'नासो' भित्रको अभागी कथा पनि त्यत्तिकै मर्मस्पर्सी रहेको छ । यस्तै पंक्तिकारको 'जिन्दगीको भासहरू' सौतनी आमाले यसरी पीडा दिएको पाइन्छ । जस्तै
हे मेरी आमा ! सानैमा छोड्यौ टुहुरी पारेर
सौतेनी आमा झड्केली छोरी म सुकेँ रोएर
करैमा परी सानैमा मेरो विवाह हुने भो
न टेक्ने डाली समाउने हाँगो उनकै शरण भो ।
यथार्थमा आज लैङ्गिक हिंसाको सबालहरूमा महिलाले महिलालाई तथा सासुले बुहारीलाई, तथा सासुको इशारामा लोग्नेले श्रीमतीलाई दुःख दिएको कटु सत्यता समाजमा रहेको छ । तर यहाँ सदानन्दले लेखेको कृतिहरूमध्ये 'कोपिला' लघुकाव्यको सप्तम पादमा कोपिलका सवल कोपिलाले सौताने आमाले दिएको पीडादायी वाक्यको कारणले आफू सबल भएको बहस गर्दछिन् । जस्तै ँती सौतेनी आमाले दिएको पीडादायी कारणले गर्दा कोपिला सबल हुँदै गएको धारणा राख्छिन् । तीजमा मामाका छोरीहरू'रीता र 'गीताले तीजको गीतमा सौतेनी आमाको बिरोध जनाएर गीत गाउने भन्दा कोपिला सहमत हुिँदनन् र भन्छिन–
जे भए पनि बाबाको घर सवल बनाइन् ।
तातो र चिसो जे जस्तो होओस् भोकमा खुवाइन् ।।
जेजति चड्कन उनले दिइन् आँसुले धोईदिएँ ।
कपासको जस्तो शरीर बनाई काममा लाइदिए ्
 –आवेशमा आएर विकृतिपूर्ण गीत गाउन हुँदैन भन्छिन् । माया पाएका छोरीहरू कमजोर हुँदै गए भने सौतेनी आमाका गाली मेरो लागि अमृत भएर आयो र सवल सक्षम हुँदै अगाडि बढ्दै छु । कोपिला यसरी बढ्दै जान्छिन् र रुपवती हुन्छिन् । सबैले उनलाई परी भन्दछन् । उनका हरेक सुवचनहरूलाई अमृत ठान्दछन् भन्दै यो पादको समाप्ति हुन्छ । सदानन्दजीले तीन युग एक कथा महाकाव्यमा मानवताका सन्देश दिन खोज्नुभएको छ । मान्छे जन्मेर मात्र हुदैन उसले आफ्नो कर्तव्यवोध पनि ख्याल गर्नुपर्दछ । तीन युग एक कथा महाकाव्यमा माथि भनिएझैंँ मानवले मानवको ह्ृदयमा वाण हानेर किन दुःखाउने ? दर्शन देखाउनु भएको छ ।
यस्तै तर्क अनीता ढकाल गौतम (२०७८) ले वेलायतको समकालीन साहित्यमा प्रकाशित "मानवता" भन्ने कवितामा आज मानवले मानवलाई गर्न पर्ने प्यार र ममता विर्सेर अरूलाई दुःख र पीडा दिने गरेको छ भन्नेसंग मिल्दोजुल्दो छ । वहाँले यसरी व्यक्त गर्नुभएको छ । जस्तै ः
दुई दिने चोला रिस र राग पालेर के हुन्छ?
आँसुको मूल्य बुझ न प्यारा यो मन कहन्छ
दर्शन के हो बोकेर ऐले कताको सोचमा ?
मानवता नै भुलियो आज यो विश्व माझमा ।
कौटिलीय कृषि अर्थशास्त्रअनुसार खाली जमिनमा तिमी र म खेती गरौँ भन्नु नै अनवसित सन्धी हो भनेका छन् (लुइटेल तिलकप्रसाद, २०७३) । साहित्य र कृषिको नङ र  कृषि विकासको सम्बन्ध देखाउन सकिन्छ । यस्तै गरी शान्तिनारायण श्रेष्ठले जागिरे जीवनमा जिल्ला भूमिसुधार कार्यालयमा काम गरेको अनुभव बटुलेर यिनले नेपालमा पहिलो पटक २०२१ सालमा भूमिसुधार कार्यक्रम लागू भएपछि जनतालाई त्यसको उपादेयता के हो ? भन्ने जानकारी दिने हेतुले लेखेको 'सफल पारौँ भूमिसुधार शीर्षकको सरल र बोधगम्य कविता अंशमा यसरी दिएका छन् ।
कृषि प्रधान हाम्रो देश यस्मै पछौँ भर
कृषिको नै उन्नति र सुधार छैन तर
भने आज कसो गरी देशले विकास गर्ला
उन्नतिको होडबाजमिा पछि पर्ला ।
कौटिलीय सिद्धान्तमा आधारित भएर सदानन्दजीले कृषिकाव्य नै लेखेर कृषि विकासको लागि ठूलो योगदान पु¥याउनु भएको छ । यसको लागि वहाँले कविताको माध्यमबाट शान्तिनारायणले देखाएका समस्या समाधान गर्न किसानलाई सुझाव दिनुभएको छ । जस्तैः  
खेतको पेटमा, पेटको खेतमा यो पनि बुझिदेउ
खोला र खोल्सा, सामान्य ठाउँमा  डालेघास रापिदेउ
पोषिलो घाँस कान्ला रोप, बस्तुलाई खानदेउ
खेतका आली बारीका कान्ला मासले भरिदेउ
(कृषि काव्य , पृष्ठ ११)
'सपना' इन्द्रबज्रा र उपजाति मिलेर बनेको सपना कविता हो । यसमा कविले आफ्नो सपनाबारे स्पष्ट पार्नु हुन्छ ः देश र जनता सम्पन्न बनून्, बेरोजगार हटोस् । युवाहरू विदेश पलायन हुन नपरोस्भन्न्ो भाव रहेको कुरा कृष्णादेवी शर्मा श्रेष्ठ (२०७८) ज्याग्दीखोलाको तरङ्गमा लेख्नुभएको छ । यसै गरी यसै शीर्षकमा सदानन्दजीले कृषि काव्यमा कृषिको सपना देखेझैँ पंक्तिकारले पनि व्यक्त गर्नुभएको छ । जस्तैः
संसारमा कोर्नु छ मार्गचित्र,
खाना र नाना अनि ठिक्क छानो
सेवा सुरक्षा समता विचित्र
सम्पन्नताको सपना म देख्छु ।
यसै गरी कृष्णादेवी शर्मा श्रेष्ठ (२०६९)मा क्रान्तिकारी विश्वेश्वर महाकाव्यमा वीपीको समाजवादी चिन्तनमा तथा सोचमा कृषि विकास नभएसम्म देश उभोँ लाग्दैन भन्ने भाव रहेको कुरा कवितामार्फत् व्यक्त गर्नुभएको छ । यो दर्शनले सदानन्दलाई पनि प्रभाव पारेको देखिन्छ ।

६. उपसंहार तथा सुझावहरू
हालको बजारमा साहित्यलाई अनुत्पादक मान्नेहरूको लर्को छ । किनकि साहित्यले प्रत्यक्षभन्दा अप्रत्यक्ष फाइदा दिने हो । हालका दिनमा मानिसहरूले तुरुन्त फाइदा दिने खालका विषयहरू खोज्दछन् । यस्तो अवस्थामा राम ज्ञवालीले सदानन्दको विषयमा अनुसन्धान गरेर समाजको अगाडि जुन प्रदर्शन गर्नुभयो त्यो अत्यन्त सह्रानीय काम भएको छ र यो वहाँको नौलो पद्धति पनि हो । यद्यपि यसलाई गुणस्तरीय बनाउन देहाएका कुराहरूमा ध्यान दिन सकेको भए राम्रो हुने थियो ।
ड्ड यस कृतिमा जति पनि अन्तर्वार्ता छन् तिनको लागि सोधिएका प्रश्न तथा उत्तर छोटकरीमा अनुसूचीमा राखेर त्यसको निचोड निकाल्दै सकारात्मक, नकारात्मक, चुनौती तथा अवसर पक्षलाइ विश्लेषण गरेर एक च्याप्टर दिदैं त्यसको आधारमा सुझाव दिन सकेको भए सुनमा सुगन्ध हुने थियो ।
ड्ड वास्तवमा साहित्यमा प्राय समीक्षा गर्दा भाषा, भाव, विषयवस्तु, शिल्प तथा शैली, संरचना आदि जस्ता कुराहरूको प्राचुर्यता पाइन्छ । साहित्य तथा कवितालाई सन्देशप्रधान बनाएर लेख्ने कार्य कमैमा भेटिन्छ । तसर्थ साहित्य सिर्जनाको बजार क्षेत्र राजनैतिक नेता तथा नीति निर्माताहरूले अनुत्पादनशील क्षेत्र भन्न थालेका छन् । तसर्थ यस अवस्थामा सहित्यकारहरूले समीक्षा गर्दा यसले नीतिनिर्माणमा केकस्तो असर पर्न सक्दछ सो पक्षमा हेर्न सकेको खण्डमा साहित्यलाई अनुत्पादक मान्नेहरूको मुखमा बुझो लाग्न सक्दथ्यो कि ?
ड्ड अर्को पक्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाले कुन मन्दिरमा जान्छौ यात्री? भन्दै देवताको मन्दिरमा जानेबाट मन्दिर बनाउँदा, सिकर्मी, डकर्मी, तथा वरपर पूmल तथा चिया चमेना बेच्दा, बाटामा बस्ने मगन्तेले पाएको दान, पुजारीले पाएको रोजगारी हेर्दा त्यस समयको आन्तरिक वा बाह्य पर्यटक सेवा विस्तार गरेको बुझिन्छ । तसर्थ विकास भनेको समय समयको खाका र ढाँचा हुन, यस कुरालाई औल्याउन सकेको पाइदैन, खाली सत्तावालालाई गाली गर्नेभन्दा कविताको माध्यमबाट सरकारलाई सुझाव दिन सकिन्छ कि ? सो तर्फ पनि रचनात्मक सुझाव आएको भए राम्रो  हुन्थ्यो ।
ड्ड सदानन्दजीका कृतिहरूमा भावप्रधान भएको छ तापनि संख्या धेरै लेख्नभन्दा साहित्यको गुणात्मक पक्षमा ध्यान दिन सकको भए सुनमा सुगन्ध हुने थियो । यसैगरी आगामी दिनहरूमा अनुसन्धानात्मक पक्षमा खोजखन्तर गर्दा सन्देशमूलक नतिजा निकाल्न सदानन्दजीले जम्म्ाँ कति श्लोक सिर्जना गर्नुभयो, त्यसमध्ये कति प्रतिशत श्लोक विश्लेषका नमूना आकारमा लिइयो, सो बारेमा अध्ययन विधिसमेत समावेश भए राम्रो हुने थियो। वहाँका कविताको आशय अरू कविको कवितासँग कति मिल्न गयो वा फरक भयो यसतर्फ छलफलको च्याप्टर यौटा समाबेश गर्न सकेको भए नेपाली भाषामा सामाजिक अध्ययन अनुसन्धान मूलतः जनसंंख्या, शिक्षा, स्वास्थ्य क्षेत्र वा अन्य विषयको वैज्ञानिक विधि नेपाली विषयमा पनि भित्रिने थियो ।  
ड्ड हालका दिनमा विश्वमा कविताको मूल्याङ्कन गर्दा तथ्याङ्क शास्त्रलाई उपयोग गर्ने प्रविधि आइसकको छ । लेखिएका कविताहरूका पाठक केकति छन् विक्रीवितरण केकति भएका छन्, कुनकुन जातजातिले कविता बढी पढ्दछन् , केकति दरमा सन्तुष्ट छन्, नीतिनिर्माणमा केकस्तो योगदान पु¥याउदछन् । तिनबाट पाठक केकति सन्तुष्ट छन् आदि जस्ता विषयहरूमा ध्यान दिएर टेक्सास विश्वविद्यालयका ीबधचभलअभ ः। ीभककभच जस्ता विद्वानहरूले तथ्याङ्क शास्त्रको उपयोग गरेका छन् नेपालमा पनि चिनेका भरमा भन्दा पाठक सख्याको आधारमा पाठ्यक्रममा राख्ने गरेको खण्डमा पाठक तथा विद्यार्थी समक्ष सही विषयबस्तु पुग्ने थियो जस्तो लाग्दछ ।
ड्ड हालका दिनमा सिर्जनाशास्त्र र बजारशास्त्र तथा अर्थशास्त्र र भौतिकशास्त्रको सम्बन्ध देखाइएको छ । त्यस्तै अष्ट्रेलियाका जनसंख्याविद् काल्डवेल एण्ड काल्वेलसले जनसंख्या र अन्य विषयको सम्बन्ध छ भनेझैँ साहित्यको हेतु जनसंख्याको हित र कल्याण भएकोले साहित्य सिर्जना गर्दा सदानन्दकाझैँ कृषि, बाटोघाटो, स्वास्य शिक्षा सन्देशहरू पु¥याउँने गरी सिर्जना गर्न सकेमा बजारमा साहित्यको माग बढ्ने देखिन्छ ।
ड्ड पहिलो च्याप्टरमा सदानन्दजीका प्रकाशन तथातालीम, आदि पनि प्याराग्राफमा राखेमा प्रकाशकको तथा पाठकको समय, धन, कागज बचत हुन गई लागत प्रभावकारिता आउने थियो ।

अन्त्यमा, मेरो बुझाइमा रिसर्च भनेको सर्च एगेन एण्ड एगेन हो,समीक्षाको अर्थकसैको कामको खोट देखाउने अर्थमा लिन हुदैन लेखक, पाठक, समीक्षक सबैले आगामी दिनमा सुधार गर्नको लागि पृष्ठपोषण दिन लक्ष्य मनन गरेर यस्ता काममा निरन्तरता आएमा नेपाली भाषामा संख्यात्मकभन्दा गुणात्मक शैली विकास हुने आशा गर्न सकिन्छ । अनुसन्धानकर्तामा बौद्धिक क्षमता, स्वतन्त्र व्यक्ति, कर्तव्यनिष्ठ, मिलनसार, वस्तुगत विश्लेषण गर्नसक्ने क्षमता, समन्वय, सञ्चारको क्षमता, नैतिकवान, धैर्यवान, आशावादी साधन स्रोतको  प्राचुर्यता, आवश्यकताअनुसारको योजना हुनपर्ने गुणमध्ये साधनका अभाव नभएको भए साक्षात्कार कार्यक्रम प्रत्यक्षरुपमा गर्न सकिन्थ्यो । फोन सम्पर्क गर्दा पनि असहज भएको होला ,विद्यालयको अध्यापनसँगै यस प्रकारको अथक मेहनतले भविष्यमा वहाँ तथा नेपाली विषय सबैमा गुणात्मक सुधार आउने देखिन्छ । खोजपूर्ण अध्ययनले सतहमा नआएका कतिपय सन्दर्भ र प्रसङ्गलाई प्रकाशमा ल्याइदियो भने त्यो महत्त्वपूर्ण कार्य हुनेछ । यसमा सदानन्दका कृतिलाई उपयोग गरेर ज्ञवालीले खोजको प्रयास गर्नुभएको छ । साक्षात्कारहरूको दृष्टिकोण तथा स्वयं स्रस्टाको सोच संकलन गरेर निकालिएको यो प्रयास उदाहरणयोग्य छ । हुन सक्छ, कमीकमजोरी होलान् त्यसमा झिंगाले घाउ खोजेझैँ मान्छेले निहू नखोजिकन प्रेरणा दिने कार्य बनोस् र ज्ञवालीको पनि यस्तै कार्यमा निरन्तरता रहोस् शुभकामना दिंदै ऐलेलाई कलम बन्द गर्दछु ।

सन्दर्भ सामग्रीहरू
१अधिकारी,राजेन्द्रप्रसाद (२०७८) अर्थशास्त्रलाई हेर्ने भौतिकशास्त्रको चस्मा, कान्तिपुर  
२ अभागी, सदानन्द,(२०५९), जीवनलीला (खण्डकाव्य), नवलपरासी, श्रीमती राधा
   तिवारी र अन्य
३   ................., (२०५९), कोपिला (लघुकाव्य), नवलपरासी
४ ................., (२०५९), जीवनलीला (खण्डकाव्य), नवलपरासी, श्रीमती राधा
तिवारी र अन्य
५  ................., (२०६१), माटो र विरुवाले भोक लाग्यो भन्छन् (कृषि काव्य),
   काठमाडौँं,माटो व्यबस्थापन निर्देशनालय
६ आचार्य बलराम (२०५८) अनुसन्धान पद्धति तथा प्रतिवेदन लेखन, नेशनल बुक
   सेन्टर
७ गौतम ढकाल, अनीता (२०७८)  मानवता, समकालीन साहित्य,  बेलायत
८ ज्ञवाली, राम (२०७४) जीवन , सोच र समय ,गोविन्द भट्टराई
९ ढकाल मेघराज (२०७)कविताको माध्यमबाट देवीप्रसाद वनवासीले विकासमा
   पु¥याएको योगदान
१० .......... (२०१०) शिक्षाको प्रसुति स्याहारमा प्रभावः छनौट गरिएका जिल्लाहरूमा  
   प्रसुति स्याहारको विद्यमान अवस्था , ल्याम्बर्ट पब्लिकेशन जर्मनी ।
११ ........(२०७४) "मृत्तिका र मकविता " सङ्ग्रह पपुलेशन, एजुकेशन एण्ड हेल्थ    रिसर्च सेन्टर प्रा. लि. टोखा
१२..............(२०७४) "जिन्दगीका भासहरू" कवितासङ्ग्रह पपुलेशन, एजुकेशन
   एण्ड हेल्थ  रिसर्च सेन्टर प्रा. लि , टोखा
१३ त्रिपाठी, वासुदेव (२०६६) साहित्य –सिद्धान्त ः शोध तथा सृजनविधि पाठय सामाग्री
   पसल जामो मार्केट घण्टाघर
१४ पौडेल ,गनेश (२०७३) विचारको बजारशास्त्र , कििन्तपुर पब्लिकेशन , काठमाडौं
१५ पौडेल, षडानन्द विद्यावारिधि (२०७२) शन्ति नारायण श्रेष्ठ स्रष्टा र
    सिर्जना, गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालय
१६ भट्टराई, शरद्चन्द्र शर्मा ( २०५६) खोजी अनि व्याख्या , नेपाल राजकीय प्रज्ञा
    प्रतिष्ठान , काठमाडौ.
१७श्रेष्ठ,कृष्णादेवी शर्मा (२०६९)क्रान्तिकारी विशेश्वर महाकाव्य, नारी सहित्य
   समाज, प्रगतिनगर –३ नवलपरासी
१८क्शष्चmबष्,ब्मबm ९द्दण्ण्छ० त्जभ मथलबmष्अ या क्यअष्य(भ्अयलयmष्अक म्भखभयिऊभलत,
ब्ल ष्लतचयमगअतष्यल। ऋबmदचष्मनभ ग्लष्खभचकष्तथ एचभकक , ग्प्








प्रकाशन सहयोगीको धारणा
पिताजीलाई नियाल्ने दर्पण






राम ज्ञवालीज्यूको र हाम्रो साक्षात्कार भएको छै्रन । उहाँले हाम्रो पिताजीको बहुआयामिक व्यक्तित्व र कृतित्वको अध्ययनको सिलसिलामा हाम्रो घरपरिवारलाई साहित्यिक संसारसँग जोड्ने जुन प्रयास गर्नुभयो त्यो अत्यन्तै गौरवको विषय हो ।
केही महिना अगाडि बुबाले भन्नुभयो, "पाल्पाका रामज्ञवाली (साहित्यकार, पत्रकार,लेखक, अनुसन्धानकर्ता) ले मेरो विविध पक्षमा अध्ययन अनुसन्धान गर्दै हुनुहुन्छ, केही लेखेर पठाउनु प¥यो" भन्ने सन्देश म रामचन्द्र रिजालसहित  मेरो परिवारले पायौँ । यो सन्देशले मलाई उत्साहित गरायो । मनमनै सोचेँ,"मैले बुबाको बारेमा धारणा व्यक्त गरेर मात्र पुग्दैन बरु यो स्वर्णिम तथा सुखद् अवसरमा कृति प्रकाशन गर्ने अभिभारासमेत मैले लिन्छु भन्ने मनमनै अठोट गरेँ । तसर्थ मैले यो महत्त्वपूर्णकृतिको सम्पूर्ण प्रकाशन खर्च व्यहोर्छु" भन्दै मैले बुबालाई सन्देश पठाए ।
हाम्रो बुबालाई कसैले,"कविता कुन छन्दमा लेख्नुहुन्छ?" भनेर सोध्यो भने बुबाको जवाफ हुन्छ "अभागी छन्द" । यसरी नै उहाँको अर्को शब्द छ "प्रशंसा पत्र" । यो शब्द उहाँले समालोचनाको लागि प्रयोग गर्नुहुन्छ । यी शब्द सुन्दा जोकोहीलाई पनि अनौठो लाग्नु स्वाभाविक हो । यसै सन्दर्भमायस कृतिमा ज्ञवालीजीले अनुसन्धानको क्रममा साहित्यकारहरूलाईशोधेका प्रश्नहरूमा यी शब्दहरूले के भन्न खोजिएको हो त्यसतर्फ ध्यान नदिइएको जस्तो उत्तर आएको देखियो । तर यी दुबै शब्दको यथार्थता भने आज आएर प्रष्ट भएको छ । बुबा आफैले ज्ञवालीजीले लिएको अन्तरवार्तामार्फत् प्रष्ट पारेको पाइयो । उहाँको यो भनाइ स्वस्थापितको प्रयास रहेछ । यस विषयमा मैले बुबाको स्वपनलाई नियाल्ने कोसिस गरेँ ।
यसरी नियाल्दा गजल लेखाइमा गजल सिद्धान्तभन्दा बाहिर गएर लेख्दा गजल त बन्दैन तर यसमा आफ्नोपनलाई दर्शाउनभने सकिदो रहेछ । उहाँका गजल लेखाइमा अरबी,फारसी, हिन्दीकाशब्दहरू प्रयोग नगरी आफ्नै नेपाली भाषिक शब्दावलीहरूबाट काफिया र रदिफ सृजना गर्ने प्रयत्न गरिएको छ भन्ने धारणा धनपति कोइरालाले अभागीको प्रेमविहारको षष्टामृतको सम्पादकीयमा लेखेका छन् । यो पनि एउटा स्वपन नै हो ।
यसै सन्दर्भमा समालोचनामा पनि बुबाले अलगधार समाउनुभएको छ । जुनसुकै किताब पनि पहिलो पटक सर्सर्ती पढ्दै जाने अनि समालोचना गर्नुपर्दा पुनः पढेर पुरै कृतिमा आएका धारणालाई एकेक गरी समालोचनामा समावेश गरी लेखिएको हामी पाउँछौँ । हाम्रो बुबा साहित्यको विद्यार्थी त होइन, तर उहाँमा विज्ञानको विद्यार्थी भएर पनि साहित्य मोह छ । विज्ञानमा कुनैकुराको पनि प्रमाणिकता चाहिन्छ । साहित्यमा सोका प्रमाणितकर्ता भनेका भूमिकाकार र स्वयम् लेखक नै हुन् । त्यसोहुँदा बुबाले समालोचनामा यी चिजलाई समेटेर कृतिको सबलतालाई दर्शाउनु हुन्छ । सकारात्मकतालाई जोडदिने र नकारात्मकतालाई नदर्शाउने भन्ने धारणाहरू सम्बन्धमा धेरै जनाको धारणा आएको छ । यस विषयमा मैले बुबालाई,"समालोचनामा तपाईँले नकारात्मक पक्षलाई किन केलाउनु हुन्न र लामा लामा समालोचना गर्नु हुन्छ?" भन्ने जिज्ञासा पनि राखे । उहाँ भन्नुहुन्छ – "संसारमा कुनै पनि लेखरचना पढेर नकारात्मकता दर्शाउँदै समालोचना गर्नेहरू पनि आफैमा पूर्ण हुँदैनन् । तिनका लेखरचनामा पनि कमीकमजोरी पाइन्छन् ।त्यसो हुँदा आलोचनामा खरो उत्रदैमा सक्षम समालोचक भइदैन । समालोचकको काम आलोचना गर्ने मात्र हैन ।अग्रगमनतिर लाग्न चाहने साहित्यकारलाई नकारात्मकतालाई बढी दर्शाउँदा मानिस निरुत्साहित हुन्छ । अग्रगमनको बाटो रोकिन पनि सक्छ । त्यसो हुँदा मानिसलाई उत्साहित पार्दै  जानुपर्छ । तसर्थ मैले, हरेकजसोमा सुधारका थुप्रै पक्षहरूहुन्छन् सम्बन्धित व्यक्तिले त्यसका लागि लेखन परिष्कार, परिमार्जन र विशेष अध्ययनमा निरन्तरता दिदै जानुपर्छ, कमीकमजोरी सच्चिदै जान्छन्"भन्ने गरेको छु ।
अध्ययन र सकारात्मक पक्षलाई  अङ्गाल्दै जाँदा जोकोही पनि सबल बन्दै जान्छ र नकारात्मकताबाट टाढा भइन्छ भन्ने गरेको छु ।" पिताजीका लेखन सम्बन्धमा यस कृतिका लागि लक्षित गरीसाहित्यकार राम ज्ञवालीलेराजेन्द्र पहाडीसँग टेलिफोन वार्ता गर्दाको क्रममा यसो भन्नुभएको छ, "जुन धारमा उहाँले लेखिरहनुभएको छ चाहे समीक्षाको क्षेत्रमा, चाहे कविता क्षेत्रमा, चाहे निबन्ध लेखन क्षेत्रमा वा चाहे कथा, उपन्यासका कुरा गरौँ, हरेक विधामा उहाँले जसरी कलम चलाईरहनुभएको छ त्यो एउटा नयाँ धार पनि हो । एउटा नयाँ शैलीलाई पनि प्रयोग गर्नुभएको छ भन्न सकिन्छ होला । किनभने विधागत हिसाबले पृथकपृथक ढंगले मान्छेका मनोभाव अभिव्यक्त हुने अथवा स्रष्टाहरूका फरक खालका मनोभावनाहरू प्रस्तुत हुने कुरालाई हामीले स्वीकार्नै पर्छ होला भन्ने लाग्छ ।" यस अर्थमा मैले पिताजीलाई फरक धारको साहित्यकारको रूपमा लिएको छु  ।
 यस कृतिमा–बुबालाई, सबैजसोले कृषिमा राम्रो लेख्नुहुन्छ भन्नुभएको छ । बुबाले कृषिमा किताब लेख्ने मात्र नभई नेपाल टेलिभिजन र रेडियोबाट पनि थुप्रै कार्यक्रम चलाउनुभएको थियो । उहाँको कृषि लेखन र सृजनाबाट प्रभावित भई सुदीप गड्तौला'नदारत' र यामकुमार कार्कीले २०६२ साल श्रावण १४ गतेको नेपाली समाचार पत्रमा कृषि कविको संज्ञा दिएर लेख नै प्रकाशन गर्नुभएको छ । यी सबै आधार हेर्दा उहाँ कृषि कविको उपाधिबाट विभूषित गर्न सरोकारवाला पक्ष किन हिचकिचाएको होला भन्ने हाम्रो प्रश्न छ ।
यस कृतिमा हाम्रो बुबाप्रति अमूल्य धारणा प्रकट गर्नुभएका सम्पूर्ण महान्ुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ । बुबाप्रति राखिएका चाहे  आलोचनात्मक होस्् या समालोचनात्मक टिप्पणी होस्् यी सबै हाम्रो परिवारको लागि मार्गदर्शन बन्ने छन् । त्यसलाईशिरोधार्य गरी हाम्रो परिवारले सकारात्मक पक्षलाई अवलम्बन गर्ने छ ।
यस कृतिमा ज्ञवालीले एउटा मानिसको जीवनमा कुन कुन क्षेत्रमा मानिसले कति सहभागिता जनाउन सक्छ र त्यसवाट त्यो व्यक्तिले समाज र राष्ट्रलाई कति योगदान दिन सकेको छ भन्ने यथार्थतालाई प्रष्ट पार्न खोज्नुभएको छ । त्यसमा उहाँ निकै सफल हुनुभएको छ किनकिउहाँको मिहिनेतमा यस कृतिले बुबाको साहित्य र समाजप्रतिको सेवाभावको पहिचानलाई प्रष्ट पारी एउटा महत्त्वपूर्ण खोजको दस्तावेजको रूप लिएको छ । समग्रमा भन्नुपर्दा अनुसन्धाता तथा समीक्षक राम ज्ञवालीले पिताजीको हरेक क्षेत्रलाई दर्पणको रूपमा देखाउनुभएको छ । तसर्थ यो कृति पिताजी नियाल्ने दर्पण हो । अतःज्ञवालीजीले मेरो बुबाको जीवनीपरक कर्मको समग्र अध्ययन गरी एउटा सुन्दर कृतिको सिर्जना गर्नुभएको छ । यस्तो नितान्त नौलो र महत्त्वपूर्ण अध्ययनबाट मलगायत हाम्रा घरका आमाहरू, दाजुहरू, दिदीबहिनीहरू र नातापाता, बन्धुबान्धव सबै प्रभावित छौँ र यति महत्त्वपूर्ण, अर्थपूर्ण र ऐतिहासिक कृति तयार पार्न लागिपर्ने राम ज्ञवाली ज्यूप्रति आभार व्यक्त गर्दछौँ ।
पिताज्यूप्रति सदा भक्तिभाव राख्ने
रामचन्दरिजाल (छोरा)
सन्ध्या रिजाल (बुहारी)
आर्यन रिजाल (नाति)
एलिजा रिजाल (नातिनी)





लेखकीय
आत्मकथन
राम ज्ञवाली
 यस जगत््माउदाहरणीय र अनुकरणीय कर्मबाट सेवा, समृद्धि र कुनैपनि क्षेत्रको श्रीवृद्धिका लागि लागिपर्ने मानिस सबै हुँदैनन् । प्रायः दुःख संघर्षबाट हुर्केबढेको र दुःख संघर्षसँग कुनैपनि बेला भिडेको मान्छे इस्पात बनेर आएको हुन्छ । व्यक्ति, जीवन र समाज–राष्ट्रको सम्बन्ध बुझेको मान्छे समाज–राष्ट्रको लागि केही गर्न हौसिन्छ । हुन त केही गर्न चाहनेहरूप्रायःहुन्छन् नै तर दृढ इच्छाशक्ति र कठोर संघर्षबिना केही उपलब्धि हासिल हँुदैन । जीवन यात्रा हो । कहाँ गएर जीवनयात्रा टुङ्गिन्छ; पूर्वानुमान गर्न सकिन्न । त्यस यात्रामा पृथक्पृथक् स्थानका यात्रीहरूबीच सन्दर्भ विशेषमा भेट हुने गर्दछ । मैले पनि जीवनरूपी यात्रामा सङ्गत गर्न पाएका; सम्बन्ध राख्न र चिन्न पाएका अनेकन्व्यक्तित्वहरूमध्येका पर्वत, नुवारमा जन्मेका तर कर्मथलो नवलपुरको शान्तिचोकमा भएका सदानन्द रिजाल पनि एक हुन् । निष्कलङ्कित, निष्कपट, स्वच्छ, सफा हृदयको, समाज, राष्ट्रका लागि बाँचेको, अनुकरणीय, पथप्रदर्शक, बहुआयामिक, कुशल र सफल व्यक्तित्व भएको भन्ने ठम्याएपछि एउटा लेख लेखनको शुरुवात गरेको थिएँ । लेख्दै जाँदा विस्तृतीकरणतर्फ लागेँ ,पछि कृतिकोरूप दिन्छु भन्ने सोचेँ ।
 खोजअनुसन्धान कर्म कठिन विषय हो । कैयौँले यस विषयलाई अत्यन्त टाउको दुखाइको विषयको रूपमा लिएको पाइन्छ । म यसअघि कुनै विश्लेषणात्मक कृति लेखेको थिइनँ । सोच्न त सोचिहालँे, न आफूसँग विधागत सैद्धान्तिक ज्ञानको प्रष्टता÷विज्ञता थियो न त अग्रजसँग सल्लाह गर्ने आँट नै गर्नसकेँ । यस दोधार स्थितिकोबीचमा आफ्नै पाराले लेखनको फ्रेमवर्क बनाउँदै गएँ । क्रमशः लेख्दै पनि गएँ । पूर्णतः सैद्धान्तिक अनुकरण गर्नतर्फ त लाग्दै लागिनँ । कुनकुन शीर्षक वा केके प्रस्तुत गरे सदानन्द चिनिनुहुन्छ र लेखन पनि अर्थपूर्ण हुन्छ भन्ने मनमा केही खाका बनिसकेपछि यस कृतिलाई मूलतः नौ वटा अध्यायमा विश्लेषण गर्ने गरी खाका बनाएँ । उहाँको जीवनकर्म, कृतिगत सार, जीवनदर्शन, उहाँको सैद्धान्तिक बुझाइ रलेखन–सिर्जनात्मकसम्बन्धी वैचारिक दृष्टिकोण,उहाँलाई चिन्नेहरूको वैचारिक दृष्टिकोण, प्रेरणा र प्रभाव, जीवनकर्म र व्यक्तित्वबीचको तालमेल आदि जस्ता विषयमा केन्द्रित भई कृति तयारीतर्फ लागेँ ।
यो कृति सकेसम्म मौलिक पाराले तयार पारिएको छ । योशोधखोजपूर्ण लेखन विविध् स्रोतसामग्रीहरूबाट तयार पारिएको छ । यस अर्थमा यो जीवनीपरक अनुसन्धानात्मक कृतिको रूपमा तयार भएको छ । यस कृतिले सदानन्दको जीवन, कर्म, व्यक्तित्व र कृतित्वलाई प्रष्टसँग केलाएका कारण उहाँको जीवनकर्मको ऐना त देखाएकै छ† साथै यो कृति जीवनीपरक अनुसन्धानमा जिज्ञासा राख्ने, उहाँको जीवनकर्मको इतिवृत्त बुझ्न खोज्ने तथा सरोकारवाला सबैलाई केही न केही ज्ञान, सूचना दिन र पथप्रदर्शन गर्न सक्छ कि भन्ने अपेक्षा यो शोधखोजकर्ताले राखेको छ ।
हरेक कृति लेखन र प्रकाशनको औचित्य पुष्टि हुनै पर्दछ । तसर्थ यस कृतिको पनि लेखनको औचित्य आदरणीय, अग्रज, शुभेच्छुक, शुभचिन्तक आदिका हातमा परेपछि पक्कै पनि पुष्टि हुनेछ । यसले कुनै पनि पक्षलाई केही दिन सकेछ भने मात्र यो कृति लेखनको सार्थकता रहनेछ । यति कार्यले उहाँको सम्पूर्ण कर्म विवरण समेटिएको छ भन्ने पनि मैले दाबी गर्दिनँ । जेहोस्् खोजको आधार उहाँलाई बनाएर बहुप्रयोजनरूपी अर्थ राख्नु यस कृतिको उद्देश्य हो । यस कृतिलाई सोचेअनुरूप अझ विस्तृत र गहन बनाउनका लागि विधागत तत्त्वको आधारमा विश्लेषण, सामाजिक उपयोगिताको दृष्टिले कृतिको चिरफार, व्यक्तित्वका आयामलाई अझ फराकिलो दृष्टिले विवेचना, जीवनवृत्तको फिचर शैलीगत प्रस्तुति, सुक्तिमय पङ्क्तिका दार्शनिक व्याख्या–विवेचना, लेखकीय प्रवृत्तिको चर्चालाई अझ विस्तृत, अन्तर्वार्तालाई पनि फिचर शैलीमा प्रस्तुत गर्ने मन हुँदाहुँदै पनि विशेषतः कृतिको आयतन वृहत् हुने समस्या र व्यस्तताका कारण समेत हाल यी कार्य सम्भव हुन सकेनन् । तापनि जेजति शीर्षकमा चर्चा, परिचर्चा वा विश्लेषण गरिएका छन् ती शीर्षकबाट सदानन्दको जीवन, कर्म र व्यक्तित्वका पाटाका बारे प्रशस्त सूचनाहरू मिल्नेछन् ।
लेखनको यो रहरमा यो कृतिलाई सिकाइको प्रयोगशाला जस्तै बनाएको छु । प्रयोगशालामा परीक्षण हुन्छ, निश्चित उद्देश्यका साथ केही चिज प्राप्त गर्न प्रक्रियागत रूपमा कर्म गरिन्छ र अन्तमा खोजेको चिज प्राप्त गर्न सकिन्छ । बिना प्रमाण वा आधार कुनै चिज प्रमाणित हुदैन । यस खोजले सदानन्द अभागी एक कर्मयोगी, साहित्यकार, लेखक, अनुसन्धाता, कृषि वैज्ञानिकव्यक्तित्व, प्रशासनिक क्षेत्रमा पनि सबल व्यक्तित्व, कृषि विज्ञानमा आधारित रही लेख्ने, रच्ने एक सफल र प्रेरक व्यक्तित्वका रूपमा प्रष्ट्याएको छ । उहाँको कृषि कवित्वलाई छर्लङ्ग्याएको छ । कृषि क्षेत्रको लेखन र्सिजनामा अलि फरक र अनुकरणीय व्यक्तित्वको रूपमा उभ्याएको छ । उहाँ कृषि कवि हो, कृषि क्षेत्रको अत्यन्त सफल व्यक्तित्व हो भनेर शोधखोजको क्रममा धारणा दिनेहरूले प्रष्ट्याउनु भएको छ । सुदीपकुमार गड्तौला र यामकुमार कार्कीले उहाँ कृषि कवि नै भएको ठोकुवा गरेर कृति समीक्षात्मक धारणा लेख्नुभएको छ । यस अतिरिक्त सदानन्द अभागी साहित्यका विधागत क्षेत्रमा पनि सफल सर्जक नै भएको यो खोजकर्ताले ठम्याएको छ । तसर्थ धेरै कुरा अनुसन्धान र समीक्षात्मक पाटोमा आएकाले उहाँका बारे लम्ब्याएर धेरै कुरा भनिरहनपर्ने देखिएन ।
यस लेखनकर्ममा शुरुवातदेखि समापनको बेलासम्म शोधनायक व्यक्तित्व सदानन्दसँग विविध पाटोमा प्रशस्त सहयोग लिएको छु । प्राविधिक पक्षको हरेक पाटोमा मैले उहाँबाटै भरपूर सहयोग पाएको हुँ । यसै सिलसिलामा यस कृतिको बारेमा आद्योपान्त अध्ययन गरी अनुसन्धानको फ्रेमवर्कमा जाँचबुझ गर्दै सुझाव सल्लाह र मार्गदर्शनसहितको गहन सारगर्भित भूमिका लेखिदिनुहुने बरिष्ठ अनुसन्धानविज्ञ एवम् साहित्यकार डा. मेघराज ढकाल, त्यस्तै यो कृति पढेर शुभकामनारूपी धारणा राखिदिनुहुने आदरणीय÷अग्रज तथा बरिष्ठ साहित्यकारहरू गोविन्दराज विनोदी, प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. नारायणप्रसाद खनाल ज्यूहरूप्रति कृतज्ञ छु । यस कृतिकोलागि सुन्दरकलात्मकआवरण तयार गरिदिएर बरिष्ठ साहित्यकार तथा कलाकार यादवचन्द्र भुर्तेलले महत्त्वपूर्ण सहयोग गर्नुभएको छ । उहाँहरूप्रति सदैव ऋणी छु । यस अनुसन्धानको क्रममा स्रोतसामग्रीहरू जुटाइदिएर आदरणीय दाजुहरू गणेश ज्ञवाली र नवराज ज्ञवाली, आदरणीय स्रष्टा तथा द्रष्टाहरू डा. नेत्रप्रसाद न्यौपाने कृष्णादेवी शर्मा, पुष्करराज रेग्मी, ताराप्रसाद श्रेष्ठ (हाल स्व.), कृष्ण लामिछाने लगायतले ठूलो गुन लगाउनुभएको छ । सदानन्द प्रतिका आफ्ना मनका स्पष्ट दृष्टिकोणहरू उपलब्ध गराइदिएर सय जनाभन्दा बढी विविध क्षेत्रका व्यक्तित्वहरू–जुन यस कृतिभित्र समेटिनुभएको छ, उहाँहरूले महत्त्वपूर्ण सहयोग गर्नुभएको छ । अधिकांशजसोले मलाई यस कार्यमा उर्जा, उत्साह थप्नुभएको थियो । यो भूमिका निकै लामो हुने भएकाले सबैको नाम, ठेगाना सम्बोधन गर्न सकिनँ, क्षमा पाऊँ ।यसैगरी यस कृतिलाई भाषिक शुद्धाशुद्ध र प्राविधिक सम्पादनको पाटोमा अमूल्य सहयोग गरी गुन लगाउने सहकर्मी मित्र तुल्सीराम गैरे 'राजु' पनि स्मरणीय हुनुहुन्छ । यसरी विभिन्न पाटोबाट महत्त्वपूर्ण सहयोग गर्नुहुने सबैप्रति हार्दिक कृतज्ञतासहित धन्यवाद प्रकट गर्दछु ।
धेरै कुरा लेखन विवरणले नै बोल्छ । लेखन कति स्वच्छ, उपयोगी र प्रामाणिक हुन सक्यो पाठकका आँखामा परेपछि मात्र जाँचिने भएकाले आगामी मेरो लेखन स्पष्ट, औचित्यपूर्ण, सामाजिक रूपमा उपयोगीसिद्ध हुनका लागि आदरणीय अग्रज, शुभेच्छुक, शुभचिन्तकज्यूहरूको रचनात्मक सल्लाह, सुझाव, प्रेरणा र पथप्रदर्शन नितान्त आवश्यक ठान्दछु । सदानन्दले गरेका हालसम्मका सबै कर्मप्रति श्रद्धाभाव र सम्मान व्यक्त गर्दछु । उहाँ जस्ता मिहिनेती, अथक साधक, समर्पित र लगाव भएका, वृद्ध अवस्थामा समेत जुझारुरूपले लाग्ने व्यक्तित्वहरू म निकै कम देख्दछु । त्यसकारण म उहाँको साधनाको सराहना र प्रशंसा गर्दछु । समग्रमा उहाँको जीवन सफल र अनुकरणीय नै भएको ठानेको छु ।
यस्ता व्यक्तित्वबारे लेखिएको कृतिलाई प्रकाशनयोग्य ठानी आर्थिक चाँजोपाँजो मिलाइदिनुहुने रामचन्द्र रिजालसहितका परिवार, प्रकाशनको अभिभारा बहन गरिदिने त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासी, कम्प्युटर टाइप गरिदिनुहुने इन्दिरा भुर्तेल, विविध सहयोगसहित क्ष्क्द्यल्उपलब्ध गराउनका लागि सहयोग गर्ने विवेक ज्ञवालीएवम्सबैप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछु ।
अन्त्यमा, सदानन्द 'अभागी' को शतकायु, यश, ऐश्वर्य, समृद्धि, आरोग्य जीवनको कामना गर्दै अझै पनि उहाँबाट सामाजिक रूपमा अति उपयोगीहुने कृति लेखियून; पाण्डुलिपियुक्त सम्पूर्ण कृतिहरू शीघ्रातिशीघ्र सार्वजनिक होऊन् । यहाँको कर्म सदैव समाज, राष्ट्रलाईमहत्त्वपूर्ण र सदावहार उपयोगी हुनसकून् भन्ने हार्दिक अपेक्षासहित आफ्नो भनाइ यहीँ बिसाउँछु ।





प्रथम अध्याय

सदानन्द अभागीको जीवनवृत्त
कामै नगरी बस्ने त यो दुनियाँमा कोही नहोलान् । जीवन धान्न वा पेट पाल्न मात्र गरिएका कर्मले समाजमा चर्चायोग्य पात्र नबनिदो रहेछ । समाज–राष्ट्रको सेवामुखी भावले कर्म नगरी चर्चामा नआइदो रहेछ । यो संसारमा लाखौँ मानवहरूको भीड छ । यस्तो भीडमा पनि कोही सम्झिनलायक छन् भने कोही इतिहासको सम्झनामा नआउने पात्रहरू छन् । कोही समाजका लागि गहनातुल्य गणनामा हुन्छन्् ; कोही केवल धर्तीको जम्मा संख्या यति भन्नका लागि निर्धारित हुन्छन्् । कसैलाई केही गरी भुल्नै सकिन्न ; कसैलाई सम्झन परे निकै मुस्किल पर्छ । जसको स्मरणीय कर्मगत पहिचान समाजमा बनेको छैन त्यस्ता पात्रको समाजमा संख्यात्मक उदाहरणका रूपमा प्रस्तुत गरिन्छ तर जसले आफ्नो जीवनमा विशेष कर्म र कर्तव्यलाई आत्मसात् गरी जीवनबोध गर्दै सामाजिक र राष्ट्रिय रूपमा विशिष्ट पहिचान बनाएका हुन्छन्् । तिनीहरूको विशिष्ट प्रभाव र इतिहासमा कर्मको सफल अभिलेख रहनुका साथै सदैव उदाहरणयोग्य, चर्चायोग्य, अनुकरणीय र पथप्रदर्शक आदि बनेर रहेका हुन्छन्् । यसै मध्येका सदानन्द 'अभागी' रिजाल पनि एक हुन् ।

सदानन्द 'अभागी' रिजालको जन्म पर्वत जिल्ला, साविकको शंकरपोखरी गा.वि.स. को वडा नं–४, नुवार, ठूलाघरमा भएको हो । उनको औपचारिक नाम सदानन्द रिजाल उनका गुरु शिवकुमार अधिकारीले राखिदिएका रहेछन् । उनको चिना र न्वारनको नाम खगेश्वर रिजाल भए पनि उनलाई बोलाउँदा षडानन्द रिजाल भनिन्थ्यो । उनी साहित्यमा अभागी उपनाम र कृषिविषयक लेख तथा कृतिहरूमा सदानन्द जैसीबाट चिनिएका छन् । उनका बाबु कलाधर रिजाल र आमा नन्दकली रिजाल हुन् । धनञ्जय गोत्र र धनञ्जय, मधुछन्द, विश्वामित्र पर्वर भएका सदानन्दले हिन्दू धर्म मान्छन् । ब्राह्मण जातीय संस्कारमा हुर्केका सदानन्द एक भाइ (प्रेम रिजाल), दुई बहिनी (तुलसी र सुमित्रा), दुई श्रीमतीहरू (डिलकुमारी र पार्वती)सहित तीन छोराहरू (जगत्, भेषराज र रामचन्द्र) तथा चार छोरीहरू (राधा, यशोदा, उमा र इन्दिरा) रहेको संयुक्त परिवारका सदस्य हुन् । हाल उनको जन्मस्थान क्षेत्र फलेवास नगरपालिका वडा नं ३ कायम भएको छ । उनी मध्यमवर्गीय परिवारका हुन् ।

बाल्यकाल
अधिकांश जसोको बाल्यकाल पढाइ, लेखाइ र खेलाई गर्दैमा बित्दछ । सदानन्दको पनि यसैगरी बाल्यकाल बितेको थियो । उनी जन्मदा राणाहरूको क्रुर शासन थियो । स्कुलहरू थिएनन् । पढ्न–लेख्न सहजै कहाँ पाउनु र ? उनी बाल्यकालदेखि नै काम गरेर खानुपर्छ भन्ने मान्यता राख्दथेँ । त्यसो हुँदा घाँस, दाउरा, वनपात आदिमा लागी आमाको साथमा जान्थे र विविध काम गर्थे ।
शिक्षादीक्षाको आरम्भ, योग्यता निर्धारण र शैक्षिक कर्म
बाल्यकालमा गाउँमा पढ्ने सुविधा थिएन । कतैकतै पाठशाला थिए अरे । त्यो पनि उनलाई थाहा खासै भएन । २००७ सालमा प्रजातन्त्र बहाली भएपछि पढ्नु पर्छ भन्ने जागरण आयो । त्यति बेला उनका बुबा भारतको पूर्वोत्तरराज्य आसामको डिगबोई तेल कम्पनीमा काम गर्थे । घर आएको बेलामा उनको व्रतबन्ध गर्ने सोच बुवाले बनाए । लघुरूद्रीसहित उनको व्रतबन्ध गरिदिने कर्ममा वेदका श्लोक लयात्मक रूपमा पढ्दा र पढ्नको लागि काशी जान्छु भनी दकुराउने काम भएपछि उनको अन्तरआत्मामा पढ्ने इच्छा जाग्योे । स्कुल थिएनन् । उनका गाउँमा बले जेठाबा नामका व्यक्ति थिए । उनी साधारण साक्षर थिए । सदानन्दले उनीसँग कखरा सिक्ने कोसिस गरे । त्यसपछि भवानीशंकर सापकोटा (पात्लेखेते भान्जे काका)को घरमा गएर केही महिना उनले पढ्ने कोसिस गरे । लगत्तै बाबाको काम गर्ने ठाउँ डिगबोईमा गएर पढाइको थालनी उनले गरे । उनले गाउँमा पढ्ने कोसिस गर्दा न त किताब नै पाइन्थे न त कापी, कलम । काठको पाटीमा अँगारले लिपेर र खरीढुङ्गा खोजेर लेख्न सिक्नुपथ्र्यो । बाँसको सुप्ला काटेर घिरौँलाको पातको मसी बनाएर निगाला या बाँसको कलम बनाएर लेख्नुपथ्र्यो । डिगबोईमा पनि उनले त्यति पढ्ने मौका पाएनन्् । त्यसैबेला उनको हजुरबुबाको मृत्यु भयो । उनकोे बाबा कृया गर्न आउनुपर्नेमा उनलाई नै घर पठाइयो । उनी नेपाल फर्के । त्यतिबेलासम्म शंकरपोखरीमा ७ कक्षासम्म पढाउनको लागि पहल भएको थियो तर शिक्षकको अभावले गर्दा सात कक्षाको पढाइको थालनी भएपछि पनि शिक्षकलाई तलब दिन नसकी पढाउने काम बन्द भयो । उनी पुनः आसाम, डिगबोईमा पढ्न गए । सदानन्दले डिगबोईको राष्ट्रिय विद्यालयबाट एस.एल.सी. पास गरे र डिगबोई कलेजमा गएर साइन्स विषय लिएर पढ्न थाले । पुनःउनको पढाइमा ब्रेक लाग्यो । घरायसी कामले गर्दा उनी डिगबोई छाडेर फेरि(वि.सं. २०२४ सालमा) नेपाल आउनुप¥यो र नारायण मा.वि. पर्वत, कुश्मामा शिक्षक भएर पढाउन थाले । तलब निकै कम थियो । रु.१२०÷– मा पढाउनु पथ्र्यो । त्यसपछि कुश्मा छाडेर महेन्द्रशिखरी निम्न माध्यमिक विद्यालय बाजुङ्मा पढाउन थाले । खाना खाएर तलब रु.२५०।–मा पढाउन थाले । त्यहाँ खान पाइने तर तलब नपाइने भएपछि अर्को समस्या थपियो । घरबाट पकेट खर्च लिएर जान पर्ने भएपछि निकै कष्ट भोग्नु प¥यो । दशैँको अवस्थामा शिक्षकलाई कोदो जम्मा गरेर बाँड्ने कुरा आयो र उनले पनि कोदो लिएर पढाउन जान छाडे । त्यसपछि आइ.ए.को परीक्षा दिन काठमाडौँं गए र जे.टि.ए तालिममा सरिक भए । २०२७ साल मंसिरदेखि जे.टि.ए भएर चितवनबाट कामको थालनी गरे । त्यसपछि स्थायी भएर पाल्पा जागीर खाँदाखाँदै वि.एस्.सी.(एजी) पढ्न सरकारले पञ्जाब एग्रिकल्चर युनिभर्सिटीमा पठायो । यसरी उनको पढाइ निरन्तर नभई पटक पटकको प्रयासले मात्र सम्पन्न भयो । पढ्न चाहेजति पढ्न पाएनन्् ।
बाल्यकालीन र युवाकालीन स्वभाव
उनको बाल्यकालमा चकचके र छुल्याहा स्वभाव थिएन । साँचो बोल्नुपर्छ भन्ने उनको बाल्यकालदेखिको धारणा आजसम्म पनि जीवित छ । जीवन रोएर होइन† रमाइलो वातावरणमा बिताउनु पर्छ भन्ने सोच आजसम्म पनि छँदै छ । रमाइलो वातावरणमा जीवन बिताउनु पर्छ भन्ने उनको चाहना हो । कुरा गर्दा सबैलाई हँसाउने प्रयास गर्छन् । उनको हँसिलो बानीले गर्दा उनका गुरु शिवकुमार अधिकारी निकै प्रभावित थिए । घरमा भैँसी र एउटा गोरु थियो । बिहान उठेर गोवर फाल्नु पथ्र्यो, कहिलेकाही भैँसी दुहुनु पथ्र्यो । त्यति गरिसकेपछि भ्याएसम्म घाँस काट्नु पथ्र्यो । यी सबै काम गर्दा गुरुले दिएको गृहकार्य गर्न सकिदैनथ्यो । आज गुरुले पिट्ने छन् भन्ने जान्दाजान्दै पनि उनी स्कुल जान भने छाड्दैनथे । हाँसीहाँसी दण्डको भागी हुन्थे । दण्डको भागी हुँदा पनि उनको आँखामा आँसु नभई मुस्कान भरिएको देख्दा उनको न्वारानको नाम खडानन्द हुँदाहुँदै पनि गुरु शिवकुमारले पुनः स्कुलमा उनको नाम खडानन्दबाट सदानन्दमा परिणत गरिदिए । चाहे बाल्यकालमा होस्् या युवाकालमा, कामको व्यस्तताले उनलाई पछ्याइरह्यो र उनी काममा व्यस्तको व्यस्तै रहे । घरको हलो मात्र नभएर परेली घरको हलो पनि जोते । हलो जोतेबापत् एक मुरी धान मुजुरी पनि उनले लिए । निचोडमा भन्दा उनी जुन काममा लाग्थे त्यो कामलाई पुरा गरेर नै छाड्ने उनको स्वभाव हालसम्म पनि कायम छ । उनी अहिले पनि साहित्यिक अध्ययन र लेखन कार्य गर्न तथा समाज सेवामा डटेर लागिरहेका छन् ।
वैवाहिक र पारिवारिक विवरण
वि.सं. २०२४ साल फागुन २९ गते कटुवाचौपारी निवासी तुलसीराम लामिछाने र अक्षरा लामिछानेकी एकल सुपुत्री डिलकुमारीसँग उनको प्रथम विवाह भयो । निजसँगको वैवाहिक जीवनमा दुई पुत्री र एक पुत्रको जन्मेको दिनमै मृत्युवरण भयो साथै एक गर्भ पनि पतन भयो । त्यतिबेला यसता घटनाको उपचारका लागि डाक्टर या वैद्यको शरणमा जानुभन्दा ज्योतिषीको शरणमा जानु नै उपयुक्त ठानिन्थ्यो । मानिसलाई परिस्थितिले दासको रूपमा अगाडि बढाउँदो रहेछ । उनी पनि ज्योतिषीकहाँ गएर चिना देखाउने काम गरे । निर्णय लिनको लागि उनलाई कठिन परेको हुँदा पाँच ओटा ज्योतिषीलाई ग्रहदशा हेर्न लगाए । सबैले एकै किसिमको सल्लाह दिए । दोस्रो विवाह गर्नुपर्ने र दोस्रो विवाहपछिका बच्चा सुन्दर जन्मने र भाग्यशाली बन्ने राय पाए । त्यसपछि उनले धाइरिङनिवासी नन्दलाल आचार्यकी कान्छी सुपुत्री पार्वतीसँग २०२९ सालमा वैवाहिक सम्बन्ध जोडे । पार्वतीसँगको विवाहपछि उनीबाट जेठी छोरी राधा रिजालको जन्म २०३३ साल साउन २६ गते भयो । ती छोरीको उमेर वृद्धिसँगै  मोमप्रसाद तिवारीका जेष्ठ सुपुत्र इन्द्रप्रसाद तिवारीसँग विवाह भयो । उनी हाल सपना, सागर र सञ्जिता गरी तीन सन्तानकी आमा भइसकेकी छिन् । सदानन्दकी जेठी श्रीमतीबाट २०३३ साल १२ महिना १ गते जगत्प्रसाद नामका छोराको जन्मे । तिनै जगत्को विवाह चितवन निवासी थमनलाल पौडेलकी कान्छी सुपुत्री विमला पौडेलसँग भयो ।  उनका शिशिर र समीर नामका दुई छोरा छन् । जगत् जन्मेपछि सदानन्दकी कान्छी श्रीमतीबाट यशोदा छोरीको जन्म २०३७ साल श्रावण ९ गते भयो । यशोदा छोरीको विवाह जितपुरनिवासी पूर्णेश्वर अधिकारीका जेष्ठ सुपुत्र खगेश्वर अधिकारीसँग भयो । उनका पनि मदन र सिर्जना नामका दुई सन्तान भइसकेका छन् । यशोदा छोरीको जन्मपछि जेठी श्रीमतीबाट २०३७ साल पौष महिना १३ गते भेषराज रिजालको जन्म भयो । भेषराज रिजालको गैँडाकोटनिवासी बालकृष्ण अधिकारीकी माहिली छोरी भावना अधिकारीसँग विवाह भयो । भेषराज रिजालका पनि एक छोरा (विभान) र एक छोरी (विभूति) छन् । सदानन्दकी कान्छी श्रीमतीबाट पुनः २०४२ साल भदौमा उमा छोरीको जन्म भयो । उनको विवाह बलराम लामिछानेका कान्छा सुपुत्र श्याम लामिछानेसँग भयो । उमा छोरीको उत्सव नामको एक छोरा छन् । यसपछि छोरीछोरीको २०४३ साल ११ महिना ११ गते पार्वतीले कान्छा छोरा रामचन्द्रलाई जन्म दिइन् । रामचन्द्र रिजाल पनि पर्वत मुडिकुवा निवासी कृष्ण गौडेलकी जेठी सुपुत्री सन्ध्या गौडेलसँग विवाह गरेर आर्यन नामको छोरा र एलिजा नामकी छोरीसँग रमाइरहेका छन् । पत्नी डिलकुमारी रिजालले पनि २०४३ साल ९ महिना १३ गते छोरी इन्दिरालाई जन्म दिइन् । उनै इन्दिरा रिजालको पोखरानिवासी यादवचन्द्र भुर्तेलका माहिला सुपुत्र चन्द्रविलास भुर्तेलसँग विवाह भएको छ । उनको स्तुती नामकी छोरी छन् ।
कलाधर रिजाल र नन्दकली रिजालका सदानन्द र प्रेम शर्मा नामका दुई छोरा छन् । तुलसी र सुमित्रा पनि कलाधर र नन्दकलीकै छोरीहरू हुन् । प्रेम शर्मा रिजालको  लोकप्रसाद भुसालकी छोरी यमकुमारीसँग विवाह भएको हो । उनको विनोद र विदुर नामका दुई भाइ छोरा र सीता नामकी एक छोरी रहेका छन् । विनोदका विना रिजाल र मग्न रिजाल दुई छोरी र विदुरका एक छोरी अविना र विज्ज्वल छोरा जन्मेका छन् । सदानन्दकी बहिनी तुलसीदेवीको विवाह तात्कालीन कटुवा चौपारीका लीलाधर अधिकारीसँग भएको थियो । तुलसीका वेदप्रसाद अधिकारी र नारायण अधिकारी दुई छोराको साथै सरस्वती र सीता नामका दुई छोरीको जन्म भएको छ । वेदप्रसाद अधिकारीका मञ्जिता, शर्मिला र अशु (पोषना) तीन छोरी र अजय नामको छोरा जन्मेका छन् । नारायण अधिकारीका पनि एक छोरा सक्षम र एक छोरी निशा जन्मेका छन् । बहिनी सुमित्राका तीन छोरा सन्तोष, धर्म र चुकप्रसादको साथै इन्दिरा र विमला नामका छोरीहरू रहेका छन् । यसरी कलाधर रिजालका सन्तति नेपाल, अमेरिका र फ्रान्स र जापानसम्म रहेका छन् ।
उनका दुई भाइ छोरामध्ये जगत् मनी ट्रान्सफरमा काम गर्छन् र भेषराज प्रहरीमा डि.एस.पी पदमा कार्यरत छन् । रामचन्द्रका सपरिवार अमेरिकामा बस्दै आएका छन् । छोरीहरू आफ्नै घरको काममा व्यस्त छन् । उनको पारिवारिक सन्तुष्टि राम्रै छ । सबै आफ्ना काम, माम र दामका लागि संघर्षरत छन् । सदानन्दले आर्थिक पाटोमा  दिनुपर्ने केही छैन बरु उनलाई सन्ततिले केही दिन्छन् । हरेक छोराछोरीकोे उन्नति र प्रगतिमा बाबुआमाको गहन भूमिका हुन्छ । जन्मेदेखि तिनको लालनपालन, पढाइ, लेखाइ र तिनीहरूको विवाह साथै उनीहरू आफ्ना खुट्टामा नउभिउञ्जेलसम्म मार्गदर्शन गर्नु मातापिताको दायित्व हो । उनको जागीरे तलबले यति ठूलो परिवार कसरी नै थाम्न सक्थ्यो र ? उनका श्रीमती द्वयले छोराछोरीहरूको लालनपालनमा निकै ठूलो पसिना बगाए । खेतबारी खने । निवेक खाए । भैँसी पाले । दूध बेचे । यतिसम्म कि ४÷४ ओटा लैना भैँसी बेचेर जग्गा किने । यति हु्ँदा पनि उनले समयसमयमा गएर पढाइको चासो लिए । परीक्षाको नतिजालाई केलाए । शिक्षकहरूलाई गृहकार्य दिनको लागि अनुरोध गरे । कमजोर विषयमा ट्युसन पढ्न लगाए र आफ्नो खुट्टामा कसरी उभिन सकिन्छ भनी छोराछोरीलाई सिकाए । उनका श्रीमती द्वयको कठोर परिश्रम र आफ्नो अथक प्रयासले उनले आज छोराछोरीको सन्तोषजनक प्रगति देख्न पाएका छन् । "फुले जस्तो फल्दैन, फलेजस्तो रहँदैन" भन्ने उखान उनको जीवनमा लागू भएको उनले महसुस गरेका छन् । पहिला जेठी श्रीमतीबाट जन्मेका सन्तति जन्मदै मर्दै गरे । दोस्रो विवाहपछिका सन्ततिले आफ्नो किसिमको प्रगति गरेका छन् । त्यसमा असन्तुष्टि व्यक्त गर्ने स्थान नै छैन । तर पनि एउटा बाबुले जे सोच राखेको हुन्छ त्यो पुरा भने हुँदो रहेनछ । उनले सोच गरेको कल्पनामा उनका सात सन्तति र परिवारसहितका चौध जनाले नेपाल सरकारको जागीर खाएर देश र जनताको सेवा गर्ने छन् भन्ने उनको कल्पना थियो ; सपना थियो तर एक जना छोरा भेषराज रिजाल मात्रैले सरकारी सेवामा पुगे । अरू आफ्नै किसिमको प्रगतिमा जुटेका छन् । प्रगतिको शिखरतिर लम्किरहेका छन् ।
पर्वत छाडी नवलपुर बस्नुको उद्देश्य
२०४३ सालमा उनको पर्वत छाड्ने पारिवारिक सोच बन्यो । मध्यम बर्गीय परिवारको सदस्य भएकाले छुट्टिने क्रममा छोराछोरीलाई पाल्न र पढाइ गर्न नसक्ने अवस्थाले गर्दा पर्वतबाट नवलपरासी आउने निर्णय २०४४ सालमा गरे । पहाडको थोरै जग्गा विक्री गर्दा नवलपुरमा धेरै जग्गा आउने र छोराछोरीलाई पढाउन पनि सुविधा हुने देखिएकाले छोराछोरी पढाउन र पेटभरी भात खान नवलपुर आए ।
जागीरे जीवनको प्रवेश, सेवा र सेवानिवृत्त क्षण
उनका पारिवारिक पृष्ठभूमि हेर्दा कसैले पनि सरकारी जागीर खाएको देखिदैन । उनको पुख्र्यौली पेशा कृषि रहेको देखिन्छ तर सदानन्दले भने कडा परिश्रम र मिहिनेतका साथ विभिन्न क्षेत्रमा जागीरे सेवाको अनुभव लिए । उनका जागीरे अनुभवहरू यस्ता छन् ः
ड्ड वि.सं. २०२४ सालमा पर्वतको कुश्मामा रहेको नारायण मा.विमा शिक्षण पेशाको शुरुवात
ड्ड वि.सं.२०२६ सालतिर महेन्द्रशिखरी निमाविमा कार्यरत
ड्ड वि.सं. २०२६ साल असोज–२०२७ साल मङ्सिरसम्म नायब प्राविधिक सहायकको तालिम लिई सोही वर्षको मङ्सिर ३० गतेबाट उक्त पदको सेवामा प्रवेश
ड्ड वि.सं.२०३८ सालमा उनको एक तह बढुुवा भएको, त्यसैबेला कालिकोट सरुवा हुनुपरेको
ड्ड वि.सं. २०४९ मा का.मु. कृषि अधिकृत भई पर्वत जिल्लामा काम गरेका
ड्ड वि.सं. २०५२ सालमा माटो विशेषज्ञ भई राजपत्राङ्कित द्वितीय श्रेणी प्राविधिक पदमा पदोन्नति भई क्षेत्रीय माटो परीक्षण प्रयोगशाला, त्रिशुलीमा सेवा गरेका
ड्ड वि.सं. २०६१ सालमा प्रमुख माटो विज्ञका रूपमा स्तरोन्नति भई काठमाडौँँको माटो व्यवस्थापन निर्देशनालयमा काम गरेका
ड्ड वि.सं. २०६१ सालको चैत्र १ बाट अनिवार्य अवकास लिएका
पेशागत सन्तुष्टि
हरेक मानिसका लागि सन्तुष्टि क्षणिक हुनसक्छ । यदि त्यो लामो समय रह्यो भने यथोचित उन्नतिप्रगति रोकिन सक्छ  । जागीर नहुञ्जेल जागीर चाहिन्छ । सदानन्द पनि जागीर पाएपछि केही क्षण सन्तुष्ट भए होलान् । त्यसपछि उनमा बढुवाको  चिन्ता थपियो । बढुवा भएपछि अझैँ राम्रो ठाउँ खोजे । यस्तै गर्दागर्दै पेन्सन पाक्यो र घर आए । यी सबै क्षणिक सन्तुष्टि उनले पाए ।
समाजसेवा प्रतिको रुचि  
उनमा समाजसेवाको भावना कसरी आयो भन्ने यथार्थता उनलाई थाहा छैन । तर सानै उमेरदेखि कोही रुँदा उनका आँखा रसाउँथे । कोही हाँस्दा हाँस्न मन लाग्थ्यो । कसैलाई सहयोग गर्दा आनन्द आउँथ्यो ।  उनी आसाममा पढ्दा बालक्लब र स्काउटको सदस्य थिए । यी दुबै संस्था नितान्त समाजसेवी संस्था थिए । डिगबोई आसाममा नेपाली÷ विद्यार्थीको हकहितको लागि विद्यार्थी मिलनसंघ नामक संस्थासँग आबद्ध भएर उनले सबै विद्यार्थीहरूसँग मिलेर सिर्जनात्मक काम गरेका थिए । त्यसमा उनको काम सेवामा नै समर्पित थियो । समाजसेवामा तल्लीन भएकै कारणले संस्थाले प्रमाण पत्रद्वारा सम्मान प्रदान गरेको छ ।
 पदीय, तालिम, गोष्ठीलगायतका कार्य अनुभव
विभिन्न समयमा, स्वदेशमा भइरहने साहित्यिक कार्यक्रममा सहभागी भएका संख्याको विगतदेखिको सम्पूर्ण गणना गरिएको छैन केही एकाध उदाहरणमध्ये, उनी अक्षर सदनबाट गैडाकोटमा सञ्चालन गरिएको कार्यशालामा सहभागी (चैत्र २४ गते, वि.सं.२०७४ मा) भएका थिए । त्यस्तै विदेशमा सञ्चालित साहित्यिक सम्मेलन कार्यक्रम दुलियाजान कला–साहित्यमञ्च आसाम, भारतमा सहभागी (ई.सं २०१८) भए । जागीरमा छँदा देश भित्रका विभिन्न तालिम गोष्ठी, सेमिनार आदिको अति धेरै भएकाले सबै विवरणयहाँ समावेश गर्न सकिएको छैन । तर जागीरबाट अवकास लिएपछि २०६६÷१÷२४–१÷२५ गतेको ल्बतष्यलब िच्भखष्भध बलम एबिललष्लन ध्यचपकजयउ मा सहभागी भएका थिए । यसरी नै देशभित्र सञ्चालित तालिमको संख्या करिव एक दर्जनभन्दा बढी छन् भने अन्तराष्ट्रिय स्तरमा सहभागी विवरण यस प्रकार छन् –
ज्ञ।त्जभ भ्नथउतष्बल क्ष्लतभचलबतष्यलब िऋभलतचभ ायच ब्नचष्अगतिगचभ–त्चबष्लष्लन यल क्यष् िब्mभष्यिचबतष्यल ाचयm ज्ञकत mबचअज तय घण् mबथ, ज्ञढडड।९भ्नथउत०
द्द।व्बउबल क्ष्लतभचलबतष्यलब िऋययउभचबतष्यल ब्नभलअथ ९व्क्ष्ऋब्० – व्बउबल,त्चबष्लष्लनयल क्ष्mउचयखझभलत या क्यष् ित्भकतष्लन त्भअजलष्त्रगभ ाचयm व्गथि ज्ञछ,ज्ञढढड तय ब्गनगकत ज्ञण्, ज्ञढढड
घ।ऋभलतचब िक्यष् ि७ ध्बतभच ऋयलकभचखबतष्यल च्भकभबचअज ७त्चबष्लष्लन क्ष्लकतष्तगतभ, म्भजचबमगल ९ग्ततबचबलअजब ि०,क्ष्लमष्ब त्चबष्लष्लन यल क्गकतबष्लबदभि क्यष् िःबलबनझभलत एचयनचबmmभ  ाचयm ज्ञटतज तय द्दज्ञ ाष्चकत ँभदचगबचथ, द्दण्ण्द्ध।
सरकारी सेवाको कार्यअनुभवको विवरण
इचनबलष्शबतष्यल ( क्यष् िःबलबनझभलत म्ष्चभअतयचबतभ  ज्बचष्जबचदजबधबल, ीबष्तिउगच
एयकष्तष्यलस् (       ँयच ऋजष्भा क्यष् िक्अष्भलतष्कत ९एचयनचबmmभ म्ष्चभअतयच०
म्गचबतष्यल (द्दण्घढरढरट तय द्दण्द्धद्धरढरज्ञद्द९म्भअझदभच द्दज्ञ, ज्ञढडद्द तय म्भअझदभच द्दठ, ज्ञढडघ०
इचनबलष्शबतष्यल(म्ब्म्इ प्बष्पियत
एयकष्तष्यल ( ब्ककत। ब्नचष्अगतिगचभ म्भखभयिऊभलत इााष्अभच ९ब्ब्म्इ०
म्गचबतष्यल ( द्दण्घडरठर ज्ञ तय   द्दण्घढरढरछ ९इअतयदभच ज्ञठ, ज्ञढडज्ञ तय म्भअझदभच द्दण्, ज्ञढडद्द०  
इचनबलष्शबतष्यल ( म्ब्म्इ, एबचदबत,
एयकष्तष्यल( व्त्ब् ९व्गलष्यच त्भअजलष्अब िब्ककष्कतबलअभ०
म्गचबतष्यल ( द्दण्घछरज्ञज्ञरद्द तय द्दण्घडरटरघज्ञ९ँभद।ज्ञद्ध, ज्ञढठढ तय इअतयदभच ज्ञट, ज्ञढडज्ञ०
इचनबलष्शबतष्यल (   म्ब्म्इ एबीऊब,
एयकष्तष्यल(  व्त्ब्
म्गचबतष्यल( द्दण्घण्रज्ञद्दरद्दघ तय द्दण्घछरज्ञज्ञरज्ञ९ब्उचष् िद्दछ, ज्ञढठद्ध तय   ँभद। ज्ञघ, ज्ञढठढ०
इचनबलष्शबतष्यल ( क्ष्लअचभबकभम ग्कभ या ज्ष्नज थष्भमिष्लन ऋचयउक ख्बचष्भतष्भक बलम ँभचतष्ष्शिभचक एचयवभअत ९ग्ल्म्एरँब्इ० ऋजष्तबधबल
एयकष्तष्यल( व्त्ब्
म्गचबतष्यल( द्दण्द्दठरडरघण् तय द्दण्घण्रज्ञद्दरद्दद्द९म्भअझदभच ज्ञछ, ज्ञढठण् तय ब्उचष् िद्ध, ज्ञढठद्ध०
ल्यल न्यखभचलmभलतब िइचनबलष्शबतष्यल ९ल्न्इक क्भचखष्अभक०
ू ऋभऋच्भ्म् ल्भउब,ि एबचदबत प्गकmब ( ऋययचमष्लबतयच द्दण्टठ तय द्दण्टठ। द्य।क्। एबचतष्mभ
ू ल्भउब िँभचतष्ष्शिभच ऋयmउबलथ, द्यबचमष्दबक तधय  mयलतज बक ब क्यष् ि भ्हउभचत
ू क्गकतबष्लबदभि क्यष् िःबलबनझभलत एचयनचबm mभ द्यबपजगलमय िजभष्नजत एगअिजयप, ीबष्तिउगचएबच तष्mभ ऋयलकगतिबलत(द्दण्टज्ञरज्ञद्दरज्ञ ९ःबचअज ज्ञद्ध, द्दण्ण्छ० तय द्दण्टठ०
ू ीीक्ष्ल्प्रज्भखिभतबक  ९क्गचपजभत० एबचतष्mभ अयलकगतिबलत,द्दण्टद्दरद्ध रद्दट तय द्दण्ण्टद्दरछरज्ञद्द ९ब्गनगकत ज्ञण्, तय ब्गनगकतद्दज्ञ, द्दण्ण्छ०
ू ऋयmmगलष्तथ भ्लखष्चयलmभलतब िब्धबचभलभकक बलम ःबलबनझभलत एचयवभअत ९ऋभ्ब्ःए० ९ऋक्ष्म्ब्० ,द्धछ मबथक  ष्ल द्दण्टद्द, एबचतष्mभ अयलकगतिबलत।

सरकारी सेवामा २०३० साल मंसिर ३० गतेदेखि २०६१ साल फागुन मसान्तसम्म अविच्छिन्न रूपमा उपर्युक्त विवरणंअनुसार विभिन्न पदमा कार्यरत रहेर सेवा गरेको र गैह्रसरकारी संस्थामा पनि सेवा गरेको विवरण माथिको विवरणमा भेट्न सकिन्छ ।
हालको दिनचर्या –
ड्ड खेतीपाती, पशुपालन र संस्थागत नेतृत्व
ड्ड नेपाली भाषा साहित्य, संस्कृति आदिको अध्ययन, अनुसन्धान ÷लेखनप्रकाशन, प्रकाशनसँगै सामाजिक साहित्यिक विविध रचनात्मक गतिविधिमा सक्रिय
नाम र उपनाम बीचको तादम्यता
औपचारिक नाम सदानन्द रिजाल जैसीले आफूलाई अभागी उपनामले चिनाएका छन् । 'सदानन्द' र 'अभागी' शब्दका शाब्दिक अर्थ र यी दुई बीचको अर्थगत सम्बन्ध मिलाउँदा कत्तिपनि तालमेल देखिदैन । शब्दकोषिय अर्थमा सदानन्दको अर्थ–सधै आनन्द रहने (सदा आनन्दोस्य), खुशमिजÞाज, हसमुख, प्रसन्नमुख, मौजी, आनन्दी, खुशदिल, प्रसन्नदिल, आमोदी, प्रसन्नमना, दिलशाद आदि जनाएको पाइन्छ भने अभागीको अर्थ–भाग्य नभएको, सर्वनाशी, जस नपाउने, अबजस्याहा, खोटो कर्म भएको, प्रलयंकर, वदकिस्मत, विनाशपूर्ण, अभाग्यशाली, मन्दभाग्य, अमंगल, मनहूस, शापग्रस्त, दुखापन्न आदि जस्ता रहेका छन् । व्याकरणिक दृष्टिले सदानन्द पुलिङ्ग शब्द हो । यस शब्दको अन्य अर्थको रूपमा शिव, विष्णु, परमेश्वर भनेर शब्दकोशमा दिइएको छ । तसर्थ अभागी उपनाम उनले किन रोज्न पुगे यो रहस्यको विषय भएको छ । यो शोधखोजकर्ता स्वयम्ले उनीसँग अन्तर्वार्ता लिएर यस विषयमा जिज्ञासा राखे पनि उनले चित्तबुझ्दो जवाफ दिएका छन् जस्तो लागेको छैन । सामाजिक सेवा र नेतृत्व गर्न पाउँदा आनन्द मान्ने, सधै सामाजिक चिन्तनमा रहने, कर्ममा सधैँ तल्लीन हुने, लेखन सिर्जनामा अथकरुपले लाग्ने व्यक्ति कसरी अभागी हुन सक्छ ? यो उपनाम उनका लागि कत्ति पनि सुहाउँदो छैन ।
लेखन–सिर्जनात्मक क्षेत्रमा लाग्ने प्रेरणा
सदानन्दले लेखन, सिर्जनात्मक क्षेत्रमा लाग्नका लागि निम्न आधारबाट प्रेरणा पाएका हुन् ः
ड्ड साहित्यकार हरिभक्त कटुवालको प्रेरणात्मक काम
ड्ड पारिवारिक सामाजिक वातावरणीय प्रभाव
ड्ड घुमफिर अध्ययन,अनुभव र अनुभूति
ड्ड अग्रजहरूको सत्कार्य
ड्ड राष्ट्रिय राजनीति र परिवेश
ड्ड सँगी–साथीहरूको अनुकरणीय कर्मगत प्रभाव
ड्ड सकारात्मक सोचविचार
पहिलो रचना
सदानन्द भन्छन्,"बनारसबाट निस्कने आमा पत्रिकामा आमा नामक कविता प्रकाशनमा खगेश्वरको नाममा प्रकाशन भएको तर प्रकाशन वर्ष पनि याद नभएको र मलाई पठाएको पत्रिका पनि हराएको तर पहिलो कृति भने आफ्नै व्यथाहरू (कविता सङ्ग्रह) २०५७ जेष्ठ २५मा प्रकाशनमा आएको छ ।"
अध्ययन तथा देशविदेशको भ्रमण–
अध्ययनको सिलसिलामा भारत–नेपाल हुदै पुनः भारत केन्द्रित हुनुपरेको† तालिमको सिलसिलामा जापान, थाइल्याण्ड, फिलिपिन्स, इजिप्टका साथसाथै नेपालका ६५ जिल्लाहरूको भ्रमण गर्न सकेका ।
 विधागत योगदान
साहित्यतर्फ–कविता, कथा, उपन्यास, लघुकाव्य, खण्डकाव्य, महाकाव्य, कृृषिकाव्य, नियात्रा र समालोचना ।
साहित्येतरतर्फ–कृषि विज्ञान (खास गरेर माटो विज्ञानको क्षेत्रमा) लिफलेट,बुकलेट, किताब, प्रतिवेदन, अनुसन्धान प्रतिवेदनको प्रकाशनका साथै सम्पादन कार्य समेत गरेका
मनपर्ने साहित्यकार–
उनका लागि प्रायः सबै साहित्यकारहरू आदरणीय लाग्ने, यद्यपि लक्ष्मीप्रसाद देवकोटा र विश्वेश्वरप्रसाद कोइरालाका रचना बढ्ता अध्ययन गर्न उनलाई मन लाग्छ । विदेशका साहित्यकारमा शेक्सपियरका रचना पाएमा बढी पढ्छन् ।
जीवन दृष्टि–
सकारात्मक सोचबाट जीवनलाई उत्सर्गमय बनाउनु ।
भावी जीवनका कर्म–
भाषा साहित्यको उत्थान, संरक्षण,र सम्बद्र्धनमा नै निर्लिप्त हुनु, सकुन्जेल साहित्यिक संस्थागत आवद्धता र नेतृत्वमा निरन्तरता, समाज सेवामा क्रियाशील रहने ।
चाहना वा रुचि–
ड्ड समाज सेवा
ड्ड साहित्य सेवा
ड्ड कृषि सेवा÷ माटोको सेवा
ड्ड नेतृत्वमा अग्रसरता
ड्ड अर्काको उपकार गर्नमा नै आपूmलाई समर्पित र खुसी रहने
ड्ड सादा जीवन र उच्च भावनामा रम्ने
ड्ड सादा खानपिन र आहारमा रम्ने
ड्ड देश विदेशका साहित्यिक र साहित्येतर विषयका पुस्तकहरूको अध्ययन
ड्ड लेखरचना लेख्न र प्रकाशनमा रूचि
ड्ड सामाजिक कार्यमा आवश्यकता वा अवस्थाअनुसार आर्थिक सहयोग दिनमा
     आपूmलाई जागरूक बनाउने
ड्ड समाज र राष्ट्रको भलो चाहने, उन्नति÷प्रगति सोच्ने, यसैमा चिन्तनशील  
     भइरहने
ड्ड भनाइ र गराइमा तालमेल मिलाउन प्रयत्नरत
ड्ड पदमा भए पनि नभए पनि सामाजिक कार्य र लोक कल्याणकारी कार्यमा दत्तचित्त
     भएर लाग्ने चाह
ड्ड आफ्नो घरपरिवारसहित सामाजिक हितमै समय व्यतीत
ड्ड देशविदेशको भ्रमण अवलोकन गरी देशको विकास गर्नुपर्छ भन्ने भावना भएको
ड्ड 'प्रष्ट बक्ता सुखी भवेत्' भन्ने कथनलाई सार्थकता दिनुपर्छ भन्ने चाहना
ड्ड स्थानीय, क्षेत्रीय र राष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन गर्नमा जोड
कृतिहरू प्रकाशन विवरण –
सदानन्द अभागीले नेपाली साहित्यमामात्र नभई कृषि विज्ञान (खासगरी माटो विज्ञानमा पनि कलम चलाएका छन् । उनका नेपाली साहित्यिका कृतिहरू प्रकाशन यसप्रकार छन्ः

कृृतिको नाम प्रकाशनवर्ष   प्रकाशक
१. आफ्नै व्यथा (कवितासङ्ग्रह )   २०५७ सदानन्द अभागी
२. बूढो जवानी (कवितासङ्ग्रह)   २०५८ सदानन्द अभागी
३ .पश्चातापको आँसु (कथासङ्ग्रह) २०५८ सदानन्द अभागी
४.जीवनलीला (खण्डकाव्य)   २०५८ राधा,यशोदा, उमा, इन्दिरा
५. कोपिला (लघुकाव्य) २०५९ लक्ष्मीस्मृति साहित्य समाज
६. तीनयुग एक कथा  (महाकाव्य) २०६० जगत्.,भेषराज र रामचन्द्र
७. जीवनलीला (उपन्यास) २०६० नवलपरासी साहित्य परिषद
८. काठमाडाँैदेखि देहरादूून (यात्राविवरण) २०६० सदानन्द अभागी
९. म र मेराहरू (जीवनी)   २०६० सदानन्द अभागी
१०. अग्निज्वाला  (महाकाव्य) २०६१     शंकरपोखरी समाज काठमाडौँ
११. नियति (उपन्यास)   २०६१ चन्द्र प्र.रिसाल,लगायत
१२. तन्नेरी हजुरबा (उपन्यास) २०६१ लक्ष्मीस्मृति साहित्य समाज
१३. माटो र बिरूवाले भोक लाग्यो भन्छन्् २०६१   कृषि सूचना तथा संचार केन्द्र
१४.मोहनीको मीठो म्वाईँ (कवितासङ्ग्रह)  २०६२   त्रिवेणी साहित्य परिषद, न.प.
१५.परिवर्तन (कथासङ्ग्र्रह) २०६३ रत्न राधिका साहित्य परिषद्, ल.पु.
१६. भुटानी शरणार्थीको व्यथा कथा २०६३ रत्नराधिका साहित्य परिषद,ल.पु.
१७. समभोग समाधि (गजलसङ्ग्रह) २०६४ लक्ष्मीस्मृति साहित्य समाज
१८ गजलगुटिका  (गजलसङ्ग्रह) २०६५ विमला रिजाल, सन्ध्या रिजाल
१९. बुढौतीका रहरहरू (गजलसङ्ग्रह) २०६५ विनोद रिजाल, विदुर रिजाल
२०. संयुक्त राष्ट्रिय गजलयात्रा(भाग २)  २०६५ हाम्रो मझेरी साहित्य प्रतिष्ठान चि.
२१. अभागीका गजलहरू (गजलसङ्ग्रह) २०६६ लक्ष्मीस्मृति साहित्य समाज
२२ गंगा गजल गजलसङ्ग्रह (सं.लेखन) २०६६ हाम्रो मझेरी साहित्य प्रतिष्ठान चि.
२३. अभागीका मुक्तकहरू (मुक्तकसङ्ग्रह) २०६८ लक्ष्मीस्मृति साहित्य समाज,न.प.
२४ यात्री (उपन्यास) २०६८ लक्ष्मीस्मृति साहित्य समाज.
२५ गजल परिकार (गजलसङ्ग्रह) २०६८ लक्ष्मीस्मृति साहित्य समाज
२६. सृष्टिमा अभागीको दृष्टि(समालोचना) २०६८ लक्ष्मीस्मृति साहित्य समाज,.
२७. समकालीन नेपाली गजल (गजल सङ्ग्रहः संयुक्त)२०६८ हाम्रो मझेरी साहित्य प्र.
२८ बालुवाको घर (कथासङ्ग्रह)   २०६९ लक्ष्मीस्मृति साहित्य समाज
२९.अभागीको प्रेमविहारको षष्ठामृत ग.सङ्ग्रह  २०७० लक्ष्मीस्मृति साहित्य समाज
३० ईप्रतिनिधि नेपालीगजल (संयुक्त लेखन) २०७० हाम्रो मझेरी साहित्य प्रतिष्ठान
३१. सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य)२०७३ दाउन्ने साप्ताहिक
३२. शब्दशिविर (गजलसङ्ग्रह संयुक्त लेखन) २०७४ हाम्रो मझेरी सा.प्र.
३३. सृष्टिमा अभागीको दृष्टि(समालोचना–दोस्रो सङ्ग्रह) २०७४ सदानन्द अभागी
३४. कसैका सृष्टिमा अभागीको दृष्टि (समालोचना–तेस्रो सङ्ग्रह) २०७४ लक्ष्मीस्मृति
   साहित्य समाज
३५.केही सृष्टिहरूमा अभागीको सिंहावलोकन(स.सङ्ग्रह) २०७४ सदानन्द अभागी
३६.अभागीका मुक्तकहरू (मुक्तक सङ्ग्रह) २०७४
३७.गंगा लिगलः सृष्टि दृष्टि(समालोचनासङ्ग्रह) २०७७ लक्ष्मीस्मृति साहित्य समाज
३८. पाल्पालीका गजलमा दृष्टि  २०७७ लक्ष्मीस्मृति साहित्य समाज
साहित्येतर कृतिहरू (नेपालीमा लेखिएका कृषि वैज्ञानिक कृतिहरू)
कृतिको नाम                 प्रकाशन  बर्ष
१  सुन्तलाजात खेती                ०५÷०४२÷४३
२  विभिन्न बालीमा मलको आवश्यकता र प्रयोग विधि २०४३
३  माटो व्यवस्थापन  तथा  सूक्ष्मतत्त्व समस्या अध्ययन
    तथा बिरूवाको खाद्यतत्त्वको संक्षिप्त विवरण  २०५२÷५३
४  उर्वराशक्ति बढाउन प्रयोग मलको एक झलक २०५४
५  बिरूवाको एकीकृत खाद्यतत्त्व व्यवस्थापन पद्वति एक झलक     २०५४
६  माटोको उर्वराशक्ति व्यवस्थापनकार्य पुस्तिका २०५५
७. प्राङ्गाारिक मल  र सूक्ष्मतत्त्वको अध्ययन  प्रतिवेदन           २०५६
८. एकीकृत खाद्यतत्त्वव्यवस्थापन कार्यपुस्तिका           २०५८
९. माटो सुधारको रूपमा  कृषिचूनको प्रयोग              २०५८÷५९
१०. माटो शिविर किन र कसरी                 २०५८÷५९
११. दिगो कृषि विकासको लागि प्राङ्गारिक खेती         २०५८÷५९
१२ गोठेमल तथा कम्पोष्ट मल व्यवस्थापन तालिम पुस्तिका          २००१
१३ धानमा एजोला मलको प्रयोग (लिफलेट)
१४ विभिन्न बालीमा खाद्यतत्त्व तथा माटो व्यवस्थापन     २०६०÷६१
१५ दिगो माटो व्यवस्थापन विविध पक्षहरू             २०६१
१६ प्राङ्गारिक खेती एक परिचय                  २०६२
१७ क्षतिग्रस्त कृषि भूमिको व्यवस्थापन                  २०७०
अनुवादित कृतिहरू
१. तरकारी बालीमा खाद्यतत्त्व कमी तथा बढीका लक्षणहरू (भाग–१), २०६०
२. तरकारी बालीमाखाद्यतत्त्व कमी तथा बढीका लक्षणहरू (भाग–२), २०६०
यी कृति संयुक्त अनुवाद कृति हुन् । यी किताब जापानी लेखक काजुहिको वातानावे (जापानी) ले जापानी भाषामा लेखेका थिए । उक्त कृतिलाई जापानी भोलेन्टियर चियो बुन्याले अंग्रेजीमा उल्था गरेको र सो अंग्रेजी उल्थालाई सदानन्दले नेपालीमा अनुवाद गरी जाइका ९व्क्ष्ऋब्० ले प्रकाशन गरेको हो ।
Study anad Research paper
1. Impact on Soil Analysis Recommendation to farmers by Soil Analysis  
    Laboratory 'WARTC, Khairenitar Tanahun, 1991
 2. Study Report on Soil Fertility Report of Kavre district and manure and
     fertilizer Use in PaLpma, 2058
3. Study Report on Organic manure production and utilization of FYM/
    Compost by the farmers
4. Study Report on organic manure and micro nutrients 1999
6. Report on soil Fertility Survey and maping of Parbat district 2000.
7. Review and Planning of sustainable soil management programs
    Summary Report2001
8. Production and utilization FYM/ compost by the farmers in the Kavre
    District of Nepal, 2002
9. Report on soil fertility mapping in Shyanja , 2002
10. Report on soil fertility mapping in Mahottari, 2002  
11. Review and Planning of sustainable soil management programs
      Summary Report 2002
12. Report on soil fertility mapping in NawaL parasi , 2003
13. Review and Planning of sustainable soil management programs
      Summary Report 2003
14.  Proceeding of Workshop on Soil management Activities and
       Implementation  in Farmer's Field, 2004
15. Soil Fertility Survey and Mapping in Parsa, 2006
16. Review and Planning of sustainable soil management programs
      Summary  Report, 2004
17. Review and Planning of sustainable soil management programs
      Summary  Report, 2005


 Sampadan_
1. Component of Integrated  Plant nutrients management for Nepal,
     Proceeding of workshop 11 to 17 Falgun 2056 jointly edited
2. Annual report of Soil Testing and  Service Section, Harihar Bhawan2053
    to 2061 BS)
३. कृषि उपज बजार व्यवस्थापन समिति स्मारिका, २०७३ (संयुक्त लेखन,सम्पादन)
४. नर्मदेश्वर शिवालय मन्दिर कावासोती नवलपुर स्मारिका, २०७६(संयुक्त)
आवद्धता
१. जेष्ठ नागरिक जिल्ला संघ नवलपुर अध्यक्ष एवम् संस्थापक,आजीवन सदस्य, २०७७
२. जेष्ठ नागरिक संस्था नवलपुर (सहसचिव) एवम् आजीवन सदस्य, २०७५–०७७
३. जेष्ठ नागरिक संस्था नवलपुर (क्षेत्रीय सदस्य एवम संस्थापक), २०७१
४. लुम्विनी वाङ्मय प्रतिष्ठान, नेपाल सल्लाहकार, २०७१
५. आजीवन सदस्यः रेडक्रस सोसाइटी नवलपरासी
६. आजीवन सदस्यः त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासी
७. आजीवन सदस्यः पाल्पाली सङ्गम , काठमाडौँ
८. आजीवन सदस्यः शङ्खरपोखरी समाज, काठमाडौँ
९. आजीवन सदस्यः  हाम्रो मझेरी साहित्य प्रतिष्ठान
१०. आजीवन सदस्यः माधुरी साहित्य प्रतिष्ठान
११. आजीवन सदस्यः जनमत मासिक बनेपा, काभ्रे
१२. आजीवन सदस्यः पर्वत साहित्य सङ्गम
१३. आजीवन सदस्यः नारीसाहित्य समाज,प्रगतिनगर, नवलपरासी
१४. आजीवन सदस्यः स्याङ्जा साहित्य प्रतिष्ठान, स्याङ्जा
१५. संस्थापक सदस्यः लुम्विनी आदर्श डिग्री कलेज
१६. प्रेश युनियनको सदस्य तथा केन्द्रीय पार्शद्
१७. लक्ष्मीस्मृति साहित्य समाजको संस्थापक तथा वर्तमान अध्यक्ष
१८. रत्न राधिका साहित्य परिषद्को सदस्य
१९. नयाँ मौसम पाक्षिकको सल्लाहकार
सम्मान÷कदरपत्र÷पुरस्कार
सदानन्दले हालसम्म विविध कर्म गरेबापत् निम्न विवरणका सम्मान, कदरपत्र र पुरस्कार पाएका छन् ः–
१. नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाबाट प्रशंसा पत्र (वि.सं.२०७६)
२. वेणी साहित्य परिषद्बाट कृष्णजंग डम्बरजंग पुरस्कार (वि.सं.२०७६)
3= Lions Wangmaya Chitawan बाट गेल्भिन जोन सेवक साहित्य सम्मान
   (वि.सं.२०७५)
4 वचुली महोत्सव २०७५ बाट सम्मान पत्र (वि.सं.२०७५)
ड्डनेपाली लेखक संघ तनहूँ २०६८ बाट  सम्मान पत्र ( वि.सं.२०७५)
ड्डकृषिउपज बजार व्यवस्थापन समिति कावासोती–२सम्मानपत्र(वि.सं.२०७५ साल)
ड्डघचम ऋबदष्लभत mभभतष्लन उबचतष्अष्उबतष्यल द्दठतज व्बलगबचथ द्दण्ज्ञड
ड्डअक्षर सदनबाट प्रशंसा पत्र चैत्र २४  गते ( वि.सं.२०७४)
ड्डदुलियाजान कला–साहित्य मञ्च आसाम, भारतद्वारा (अन्तराष्टिय साहित्य सम्मेलनमा) सम्मान ई.सं २०१८
ड्डबुद्वि खगीदान स्मृति राष्ट्रिय प्रतिष्ठान, नेपालद्वारा बुद्वि खगीदान स्मृति साहित्य सम्मानको साथमा १५००१÷(रूपियाँ नगदसहित सम्मान पत्रद्वारा सम्मानित (वि.सं.२०७४)
ड्डकबा उत्कृष्ट रचना सम्मान कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक काठमाडौँ (२०७३)
ड्डसिर्जनशील सम्मान २०७४,हाम्रो मझेरी साहित्य प्रतिष्ठान,भरतपुर चितवन(२०७४)
ड्डनेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा सम्मानपत्र (वि.सं.२०७३÷१०÷२९),
ड्डनमूना साहित्य तथा शिक्षा पुरस्कार तथा सम्मान (२०७३) पर्वत साहित्य सङ्गम
ड्डनवलपरासी साहित्य परिषद, सम्मानपत्र (वि.सं.२०७२,) नवलपरासी
ड्डदेवचुली टेलिभिजनद्वारा आदिकवि भानुभक्तको आचार्यको द्विशतवार्षिकीसम्मान पत्र   (वि.सं.२०७१)
ड्डआदिकवि भानुभक्तको आचार्यको द्विशतवार्षिकी समिति लु.अ. बाट प्रशंसा पत्र, (२०७१)
ड्डजनकल्याण मा.वि. कावासोती न.पा.१ सम्मान पत्र (वि.सं.२०७१).
ड्डकालिका एफ.एम. प्रा.ली.चितवनबाट प्रमाण पत्र (वि.सं. २०७१)
ड्डहाम्रो मझेरी साहित्य प्रतिष्ठान, भरतपुर चितवन, सम्मान पत्र,(वि.सं.२०७०)
ड्डस्याङ्जा साहित्य प्रतिष्ठान, स्याङ्जा सम्मान पत्र (वि.सं. २०७०÷६÷१२)
ड्डप्रेमा वाङ्मय प्रतिष्ठान, चिसापानी नवलपरासी, सम्मान पत्र (वि.सं.२०७०)
ड्डलुम्बिनी वाङ्मय प्रतिष्ठान,नेपाल प्रमाण पत्र (वि.सं.२०७०÷५÷१५)
ड्डत्रिमूर्ति एबार्ड ताम्रपत्रसहित रू १०,०००÷– नगद त्रिमूर्ति निकेतन काठमाडौँ (वि.सं.२०६९)
ड्डजलुके घुमाउरे सिँचाई नहर जल उपभोक्ता समिति प्रगतिनगर अभिनन्दित (२०६८)
ड्डसामुदायिक श्रोत तथा वातावरणाीय विकास केन्द्र्र पर्वत सम्मान पत्र (वि.सं.२०६८)
ड्डआदर्श सम्मान, २५५५५÷(नगदपुरस्कार गैडाकोट, नवलपरासी( वि.सं.२०६७)
ड्डनारी साहित्य समाज, प्रगतिगनर, नवलपरासी सम्मानपत्र ( वि.सं २०६७)
ड्डअंकुरा नेपालबाट प्रसंसापत्र  ( वि.सं.१९६७)
ड्ड पल्लब साहित्य प्रतिष्ठान, चितवन सम्मान पत्र (वि.सं. २०६६)
ड्ड सामाजिक परिवर्तनका लागि सरोकार केन्द्र अमरापुरी, नवलपरासी कदरपत्र (वि.सं. २०६६)
ड्ड हाम्रो मझेरी साहित्य प्रतिष्ठानबाट कदर पत्र (वि.सं. २०६५)
ड्ड अपाङ्ग पुनस्र्थापन समन्य समिति पिठौली नवलपरासीबाट सम्मान पत्र, २०६४ (साहित्यतर्फ)
ड्ड दिगो भूव्यवस्थापन कार्यक्रम, बखुण्डोलहाइटबाट सम्मान पत्र २०६३
ड्ड गोर्खा दक्षिणवाहु चौथा (वि.सं. २०६१)
ड्ड द्यभकत विद्यार्थी मिलन संघ डिगवोई, आसाम (ई सं.१९६८)
ड्डत्जष्चम उचष्शभ यल ल्भउबष् िच्भअष्तबतष्यल,ज्ञढटठ, डिगबोई कलेज, आसाम (ई.स.१९६७)



जीवनदर्शन र साहित्यिक मान्यता

कुनै पनि व्यक्ति लेखक वा साहित्यकारको धारणा उसको अध्ययन, सामाजिक संघसंस्था प्रतिको आबद्धता, रचनात्मक कार्य, उसले देखेकाभोगेका जीवनजगत्बाट प्राप्त अनुभव र प्रेरणाबाट निश्चित हुन्छन् । सदानन्द अभागी कर्तव्यनिष्ठ, लगनशील, राष्ट्रवादी र समाजसेवी व्यक्तिका रूपमा परिचित छन् । आफ्नो काम आफैले गर्नुपर्छ ; अर्काको भरपर्नु परनिर्भरता हो भन्ने उनको धारणा छ । 'सादा जीवन, उच्च विचार'को सिद्धान्तमा उनी विश्वास गर्दछन् । सम्पत्ति कमाउनु र मोजमज्जा गर्नुमात्र ठूलो कुरा हो भन्ने कुरामा यिनी असहमत छन् । उनी भन्छन्,''मरी जाने चोलामा मानिसले सन्तोष लिन सक्नुपर्छ । लोभ र डाहको भावना हाम्रा प्रगतिका बाधक हुन् ।'' कुनै पनि निन्दनीय काम गरी व्यक्तिगत स्वार्थ पुरा गर्नुहुँदैन भन्ने उनको धारणा छ । उनी सधैँ सत्य र न्यायको पक्षमा आवाज उठाउँछन् ।
(अ) जीवन दर्शनसम्बन्धी मान्यता
संसार स्वार्थी छ । लोभ र पापको आडमा अडेको छ । एकले अर्काको स्वतन्त्रता माथि हस्तक्षेप गरेको छ । एकले अर्कालाई यातना दिएको छ । यस सन्दर्भमा जीवन शोषणरहित स्वच्छ र स्वतन्त्र हुनपर्छ भन्ने सदानन्दको धारणा छ । अस्मिताको खोजी, भौतिकवादी र अस्तित्त्वपरक चिन्तन मानववादी भावना  आदि उनका जीवनजगत् सम्बन्धी प्रमुख दृष्टिकोणहरू हुन् ।
उनी राजनीतिमा नेपाली काङ्ग्रेसको समाजवादी दृष्टिकोण राख्दछन् । राजनीतिक नारा र भाषण बाहिरी कुरा हुन् , दर्शन जीवनको वास्तविकता हो र त्यो आन्तरिक हुन्छ भन्ने उनको विचार छ । जीवन सुख र दःुखको संगम हो । मानिस स्वाभाविक रूपमा चल्नुपर्छ । जे होस्् जागीरे जीवन, वसाइँसराई वातावरणीय परिवेश, जीवन भोगाइ, राजननीतिक उतारचढाव आदिबाट अभागीको जीवनदर्शनलाई प्रभाव पारेको देखिन्छ । उनको ठम्याइ छ '' भौतिक र अध्यात्मको सम्मिश्रणबाट जीवनलाई सुसञ्चालन गर्दै जानुपर्छ । यस संसारमा जति वस्तुहरू छन्, ती सबै मानिसको प्रयोगको लागि हुन् । ती सम्पूर्ण सामग्रीको यथोचित उपयोग गर्नुपर्छ । जब मानवले ती वस्तुको यथोचित प्रयोग गर्दैन वा प्रयोग गर्न बिराउँछ तब जीवन र जगत्् दुबै दुर्घटित हुन्छ ।" भन्ने उनको दृष्टिकोण रहेको छ ।
जीवन गतिशीलताको प्रयाय हो । मान्छे जन्मेपछि उसको जीवन सीमित व्यक्तिको लागि मात्र नभएर उसको हैसियतअनुसार सबैको लागि हुनुपर्छ । जीवन अत्यन्त महत्त्वपूर्ण रहेकाले यसलाई समाजको लागि खर्चिनु र न्यायको प्रतीक मान्दै समाजलाई अगाडि बढाउनु नै जीवन सार्थकता हुन्छ । प्रकृति र चक्रलाई नविथोल्ने गरी सहज ढंगबाट जीवनयापन गर्ने कला नै विकास हो । कसैको हानी गर्नु र चित्त दुखाउनु भनेको पाप हो । अरूको लागि सहयोग गर्नु र खुसी तुल्याउनु धर्म हो । सबैको प्रिय बनेर हाँसी खुसीका साथ सरल जीवनयापन गर्नु स्वर्ग हो, अनि चिन्ता, व्यग्रता अशान्तिकोबीचमा बाँच्नु नर्कपन हो । प्रकृतिका सबै सिर्जनाहरू मन्दिर हुन् । हृदय र विवेकलाई भगवान मान्नुपर्छ ।  भगवान भन्नु आदर्श व्यक्ति हो र एउटा परिकल्पना समेत हो । मान्छेहरू भगवान बन्न सक्दैनन् तापनि उनीहरू भगवान बन्न प्रयत्नशील बन्नुपर्छ । उनका यी धारणा वी.पी.को विचारसँग मेलखाने खालका छन् । यसरी उनको जीवनदर्शन आस्तिकतामा आधारित हिन्दू धर्म संस्कृति अनुरूपको छ । सादा जीवन उच्च विचार हुने व्यक्तिको जीवन अवश्य नै सफल हुने उनको दावी छ ।
कर्मयोगी सदानन्दले श्रीमद्भगवत गीतामा उल्लेख गरेझैँ ''कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन'' भन्ने युक्तिलाई आजीवन आत्मसात् गरी सोही अनुरूप आचरण व्यवहार र सत्कर्म गरेको पाइन्छ । मूलतः उनको जीवनदर्शन सद्धर्म, सत्कर्म, सेवा, समर्पण र मानवतावादमा आधारित रहेको देखिन्छ । हाम्रा सबै कर्महरू मानव र समाजका निमित्त हुनुपर्ने धारणा उनको छ । जीवनमा सुख, दःुख, मिलन, विछोड, हाँसो, रोदन जस्ता क्षणहरू आइरहन्छन् र त्यो स्वाभाविक पनि हो । जुनसुकै अवस्थामा पनि मानवता र आदर्शबाट विचलित हुनु हुँदैन । सुखमा मात्तिने र दुःखमा आत्तिने गर्न हुँदैन किनकि सुखदुख मानव जीवनमा चक्र भई घुमिरहन्छन् । उनले बुझेका छन्,"जीवन केवल वसन्त होइन तुषारे शिशिर पनि हो, पूmलको कालीन मात्र हैन तर संघर्ष पनि हो ।'' भन्ने कुरा ।
धैर्य, इमानदारिता र लगनशीलताबाट मात्रै मान्छेले हरेक क्षेत्रमा सफलता हाँसिल गर्न सक्छ  र मान्छेको अभीष्ट पुरा हुनसक्छ । उनले आफ्ना सन्ततीहरूलाई र आफ्ना सम्पर्कमा आउने हरेक जस्तो व्यक्तिलाई सत्कर्मको सन्देश दिन्छन् । उनी सोच्छन्,''जीवनलाई काँडाको रूपमा हैन, पूmलको रूपमा लिनुपर्छ ।" आफ्नो आर्जनको केही अंश सामाजिक कार्यमा लगानी गर्नुपर्छ । अडिग स्पष्ट र निडर विचारका सदानन्दको जीवनदर्शन माथि उल्लेख गरिएअनुसारमा केन्द्रित छ ।
(आ) साहित्यसम्बन्धी मान्यता
कुनै पनि साहित्यकारले आफ्ना कृतिमा समाजको वास्तविकता उतारेको हुन्छ । साहित्य समाजको ऐना हो । साहित्यकारले आफ्ना धारणा पाठकसमक्ष पु¥याउन साहित्यलाई माध्यम बनाएको हुन्छ । लेखकीय भावना वा अनुभूतिको कलात्मक उद्गारलाई साहित्य मानिन्छ । सदानन्दको साहित्यलेखन प्रतिको धारणा यस्तो छ ः
ड्ड साहित्य समाज लक्षित हुने भएकाले यो सामाजिक आभूषण हो ।
ड्ड यसले मानवलाई दिशाबोध गर्दछ । यसमा जीवनदर्शन प्रकटित हुन्छ ।
ड्ड साहित्यले कल्याणकारी राज्यका लागि असल नागरिक उत्पादन गर्न सघाउँछ ।
ड्ड साहित्यको प्रशंसा राज्य पक्षबाट हुनुपर्दछ र स्रष्टालाई राज्यले उचित सम्मान
दिनुपर्दछ ।
ड्ड पाठकलाई ध्यान दिएर नै साहित्य लेखिनुपर्दछ , लेखनको प्रभाव दिगो रहनुपर्दछ ।

यसरी सदानन्दको बाल्यकाल, स्वभाव, वैवाहिक र पारिवारिक विवरण, बसाइँ, जागीरे जीवन, सेवा निवृत्त क्षण, हालको पेशा व्यवसाय, सामाजिक कर्म, लेखन सृजनात्मक र अनुसन्धानात्मककर्म, तालीम अनुभव, लेखन सृजनात्मक प्रेरणा, देशविदेशको भ्रमण, चाहना, सामाजिक क्रियाशीलता र नेतृत्व, आवद्धता, मान–सम्मान र पुरस्कार, जीवनदर्शन मान्यता आदिको आधारमा जीवनवृत्त निर्धारित भएको पाइन्छ ।


दोस्रो अध्याय

जीवन,कर्म र सदानन्द
धर्र्ती माताले प्रत्येक युगमा हजारौँ, लाखौँ व्यक्तिहरूलाई जन्म दिइरहेकी हुन्छिन् । तर धर्तीमाताको अस्तित्व राखी नाम चम्काउन अथवा जीवनलाई अर्थपूर्ण बनाउन सक्ने सन्ततिहरू सबै हुदैनन् । धर्र्तीमा जीवन पाउने जति कर्मयोगी हुदैनन् । कतिले जीवनको महत्त्वबोध गर्छन्, कतिले गर्दैनन् । संसारमा जति मानिसले जन्म लिन्छन् अन्त्यमा ती सबै व्यक्ति मर्दछन् । कति मानिसको समाजमा कुनै स्थान नै रहदैन । तिनीहरूको धर्तीमा कुनै पनि व्यक्तित्व मुखरित भएर आउदैन । युग जन्माउने वा युगमा जन्माउनेमध्ये आफ्नो जन्मलाई महान् कर्मको माध्यमबाट जीवन सार्थक पार्नेहरू सजिलै गन्न सकिने हुन्छन्् । बिरलै व्यक्तिले अविस्मरणीय कर्म साधनाद्वारा समाजमा गहकिलो छाप छाडेका हुन्छन्् । जुन कारणले पुस्तौपुस्ताको समाजले पनि बिर्सन सक्दैन, उसको गुणगान गाइरहन्छन् । धर्र्तीको यो मानवरूपी बगैँचामा सबै फूल बास्नादार वा सम्झिनलायक हुदैनन् । कैयन् मान्छेलाई जति सम्झिन खोजे पनि सम्झिन सकिन्न तर कतिपय यस्ता व्यक्ति पनि हुन्छन् जसलाई केही गरी बिर्सन सकिन्न । कुनै व्यक्ति बाल्यकालदेखि नै मेधावी एवम् प्रतिभाशाली हुन्छन्् त कतिपय व्युत्पत्ति र अभ्यासका कारण आफूलाई खारेर, माझेर  वा परिष्कार गरेर एउटा विशेष प्रतिभाका रूपमा विकास गर्दछन् ।
मानव जीवन एउटा सम्भावना हो । कुनै पनि व्यक्तिले कस्तो बन्ने, के गर्ने, के सोच्ने, कस्तो सोच्ने र अन्ततोगत्वा जीवनमा के अनुभव गर्ने हो त्यसको निर्णय आफै लिनुपर्छ । यिनै निर्णय र रोजाइहरूले नै व्यक्तिलाई डो¥याउछन् । सद्गुण, सत्कर्म, सदाचारको मार्गमा या पतनतिर लैजाने, दुर्गुण, कुकर्म, र अनाचारको बाटोमा मनुष्यले जुन कर्म गर्दछ त्यही कर्मले नै उसको जीवनगति र जिउनुको अर्थ निर्धारण गर्दछ । उच्च सोच, भाव, र कर्महरूमा निरन्तर उध्र्वगमनमा लागेको व्यक्तिको लक्षणहरू उच्च प्रकृतिका देखिन्छन् । जीवन एकनास हुँदैन । यो उतारचढावको यात्रा हो । जीवन बुझ्न जीवनभित्रै प्रवेश गर्नुपर्छ ।
जीवनलाई प्रत्येकले चिनेर अर्थपूर्ण बनाएको भए यो समाज र राष्ट्रको रूपान्तरण उन्नति–प्रगति र समृद्धि विद्यमान अवस्थाको भन्दा भिन्न र समृद्ध हुने थियो । खानु, पिउनु र रमाउनुमा केही पक्षहरू लागेका छन् । केहीले भने समाज–राष्ट्रको लागि सेवा गर्न, आफूसक्दो योगदान दिन समय, बौद्धिकता र सोचमा अर्पिरहेका छन् । मान्छेले चाहेर मात्र सबथोक काम गर्न सकिन्न । जीवन छोटो छ । साधन–स्रोत सीमित छन् । सार्थक कर्म गर्न सक्ने र नसक्ने कारणहरू धेरै छन् । हरेक मानिस यस पृथ्वीमा अवतरण भएपश्चात् मृत्युपर्यन्त केही न केही त कार्य गर्दछ नै चाहे सकारात्मक होस्् या नकारात्मक । आआफ्ना सामाजिक, पारिवारिक, भौगोलिक, आर्थिक, शैक्षिक, धार्मिक, राजनीतिक पक्षहरूलगायत केकस्तो वातावरणमा ऊ जन्म्यौँ, हुक्र्यौँ त्यसले पनि केही प्रभाव पारेकै हुन्छ । जसको आँखाले यो संसारलाई जस्तो देख्छ उस्तै गतिविधिहरू सञ्चालन गर्दछ । संसारमा जन्मिएका मानिसहरूको धेरैजसो अवस्थामा अनुहार मेल नखाए जस्तै उसका आनीबानी, स्वभाव, रुचिहरू पनि फरकफरक हुने गर्छन् । पृथ्वीमा अनेकौँ प्राणीहरूमध्ये मानिस सृष्टिको सर्वाेत्कृष्ट सिर्जना हो । हरेक मानिसको जीवन विशिष्ट प्रकृतिको हुन्छ । प्रायः हरेक व्यक्तिको आफ्नै जीवन दर्शन हुन्छ । जीवनको परिभाषा पनि व्यक्तिपिच्छे फरक हुनसक्छ । सामान्यतया जन्म र मृत्युबीचको कालखण्ड जीवन हो । मानिस जन्मदा श्वास हुन्छ, कीर्ति हुँदैन । मानिसको विशिष्ट कर्मकै कारण मरेपछि कीर्ति त रहन्छ तर श्वास भने रहन्न । समाजमा सुनाम राख्ने क्षमता जोकोहीमा हँुदैन, क्षमता देखिने कुरा सहज प्राप्तिको विषय पनि होइन । सामाजिक उत्तरदायित्व र सेवा नै जीवनको महत्त्वपूर्ण पाटो हो । समाजमा केही दिनका लागि सामाजिक परिवर्तनका संवाहकका रूपमा थोरै मात्रामा सामाजिक व्यक्तित्वको जन्म हुन्छ । वास्तवमा जीवन पानीको तरंगजस्तै हुन्छ । जेहोस्् समाजमा प्रशस्त जन्मेकामध्ये केही व्यक्तिहरू जिउनका लागि मात्र बाँच्छन् भने केही समाज–राष्ट्रलाई उठाउन र सामाजिक व्यक्तित्वहरूको उत्थान गर्नमा नै जीवन समर्पण गरिरहेका हुन्छन्् ।
सांसारिक सृष्टिमा मानव जीवन अचम्मको देखिनुको साथै सर्वाेच्च सृष्टि मानिने मानव सृष्टि अचम्मलाग्दो बन्नुको मूल कारण जीवन व्यतीतका क्रममा अनेकन आरोह, अवरोहहरू देखा पर्नु, सम्भव र असम्भव कार्यहरू मान्छेबाट सिर्जिनु, आश्चर्यजनक घटनाको सृष्टिकर्ता पनि मानव नै हुनु र यो संसारको संरक्षण र उन्नतिका निम्ति अग्रणी भूमिका पनि मानवकै नै हुनु हो । कर्म कर्तव्यपथमा सदा अग्रसर भई विश्वसनीय परिवेश खडा गर्न मात्र नभएर आफूले खडा गरेको परिवेशलाई संरक्षण प्रदान गर्नसमेत मानवले अथक जमर्काे गरेको छ । संसारको संरक्षण गर्ने र संसार भत्काउने अद्भूत शक्ति पाएको मानव एउटा अपरम्पार जीव बनेको छ । जस्तोसुकै संकटको सहन गर्न सक्ने र जस्तोसुकै उपलब्धिको पनि उपभोग गर्नसक्ने मानव यो संसारको महत्त्वपूर्ण आधार हो । संसार मानव हो या मानव संसार हो त्यो अनुसन्धानको विषय हुन सक्ला तर मानव यस संसारको अपरिहार्य ज्योति अवश्य नै हो । यस्तो मानव जीवनको मृत्यु अवश्यम्भावी छ  तर यसलाई मानवले क्यैगरी जित्न सकेन ।
उल्लेख्य कार्यले गर्दा मानव मरे पनि अमरचाहिँ हुनसक्छ । सुन्दर कार्यको प्रतिफल अमरता हो । अमरताको श्रेणीमा पर्नु जीवन सार्थकताको दह्रो प्रमाण हो । सामाजिक सद्क्रियाकलापले अमरताको श्रेणी चढ्न पाइन्छ । कर्मकर्तव्यप्रतिको सचेतता र अधिकार प्रतिको आस्था भयो भने  सामाजिक परिवेशमा आफूलाई स्थापित गर्न सहज हुन्छ । यो सहजताले अमरताको मार्ग प्रशस्त गर्दछ । जैवनिक मूल्यको बुभक्की नभई न जीवन बुझिन्छ न समाजमा जिउनुको अर्थ नै बुझिन्छ । परिवेश पनि बुझ्न सकिन्न । अमर बन्न जीवनमूल्य बुझ्नै पर्दछ । अमर बन्नु भनेकै युगाँैयुगसम्मकाले सम्झने हुनु हो । असल चरित्र रोपेर र उमारेर सत्य पथमा हिड्दै न्यायको ज्योति बाल्न सकियो भने मात्र आफू पछिका पुस्ताले पनि सम्झिएलान् । प्रतिफल पाउन धैर्यतापूर्ण कार्य चाहिन्छ  तर यो शक्ति सबैलाई प्राप्त हुन्न । यो शक्ति आशक्तिरहित व्यक्तिले मात्र प्राप्त गर्दछ । आशक्ति  भएको मान्छे शक्तिहीन हुन्छ । मोह जब धैर्यताको कसीमा रहन्न तब त्यो मानवका लागि हानिकारक सिद्ध हुन्छ । क्रोधजन्य आवेग रोक्नसके हरेकको जिन्दगीले केही गर्न सक्छ ।
विपत पर्दा आत्तिने, सुखमा मात्तिने र क्रोध प्रदर्शन गर्ने व्यक्ति अधोगतिमा लाग्छ । केही गर्छु र अगाडि बढ्छु भन्ने मानवलाई दुःख दिने र असफल पार्ने दानवहरू समाजमा धेरै हुन्छन्् । जिन्दगी सधैँ गुलाब फूलको विछ्यौनाजस्तो बन्न सक्दैन । जिन्दगी काँडाबीचमा फूलाउन कम्ता साहसले पुग्दैन । अर्तिउपदेशले मात्र पुग्दैन, एक किसिमको हिम्मत वा उच्च मनोबल नै चाहिन्छ, सकारात्मक वातावरण चाहिन्छ नै, अथवा प्रतिकूल वातावरण भएपनि त्यसमा डटेर लाग्दै अनुकूल वातावरण सरह बनाउनुपर्छ । कसैका उपदेशले मात्र जीन्दगीले सोचेको र चाहेको मोड लिदैन । उपदेश दिनेको त संसारमा के कमी छ र ? सहायता गर्न हात दिनेहरू पाउन गाह्रो छ । जीवन निरन्तर सिकाइ हो, कति सिक्ने, कति सिके पुग्ने कुनै सीमा छैन । जति कर्ममा जुटिन्छ त्यति नै अनुभव र अनुभूतिका भण्डार थपिदै जान्छन् । छोटो जीवनमा लामो सम्झना राख्ने कार्य गर्न जसतसबाट सम्भव नहुनु पनि स्वभाविक नै हो । समाजलाई माथि उठाउन चेतनशील व्यक्तिको गहन भूमिका हुन्छ । परिवार र समाजलाई सन्तुलनमा राखेर मार्गनिर्देश गर्ने व्यक्ति बन्न पनि त्यति सहज हुन्न । यो समाजमा थरिथरि विचार भएका कारण मानिस थरिथरि कर्ममा नै लागेका छन् । कोही समाजमा मात्र सीमित हुन्छन्् भने कोही विशिष्ट प्रतिभा, क्षमता पहूँच र प्रभावले राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा समेत चिनिन्छन् । जीवन कसरी सदुपयोग गर्ने भन्ने विषयमा आआफ्नै मान्यता र सोचाइ रहन्छन् । सबैले जीवनलाई एकै किसिमले र एकै अर्थले हेरेको भए विद्यमान समाजको रूपरंग यस्तो प्रकृतिमा देखिने थिएन । संयोग नै त्यस्तै पर्छ, सबैले एकनासले सोच्ने र सोहीअनुसार कर्म गर्ने परिवेश नै मिल्दैन । यो कदापि सम्भव छैन । आदर्श एक पक्ष हो, व्यवहारिकतामा देखिने अर्काे पाटो हो । पशुपंक्षीले पनि जीवन बाँच्न लालायित भएरै होला सकेसम्म संघर्ष गरीरहेका हुन्छन्् । सबै प्राणीमा एकखाले जिजीविषा हुदोँ हो । मानवेतर प्राणीको जीवन बाँच्नुमा मात्र सीमित हुन्छ । तिनीहरूजति कर्म गर्छन्, बचाइका लागि गर्छन् । उच्च चेतना र वाणी नभइदिएका कारण मान्छेलाई जस्तो फरक ढंगले काम गर्ने अवसर तिनलाई प्रकृतिले दिएको छैन ।
कुनै पनि मानवले विशिष्ट कर्म गर्न सक्नु र नसक्नुमा विविध परिस्थिति र कारकतत्त्वले निर्धारण गरेका हुन्छन्् । गर्न नचाहनेहरू कमै होलान् दुनियाँमा । प्रतिकुल परिस्थितिलाई अनुकुल बनाएर कर्म गर्ने केही होलान्, केही सहज परिस्थितिमा मात्र गर्ने होलान् । जे भए पनि देखिने कर्म मृत्युपछि पनि रहन्छ । समाज–राष्ट्रहित निम्ति केही कीर्ति रहोस्् भनी जसले राम्रो कार्य गरेर गयो त्यो उसले बाँच्ने आधार हो । अद्भूत चमत्कार त्यही हो । देखिने कर्म त्यही हो । देखिने कर्म गर्न प्रतिभा शक्ति पनि चाहिन्छ । यस अतिरिक्त व्युत्पत्ति र अभ्यासले पनि कर्मको सफलतामा धेरै हदसम्म सघाउ पुग्दछ ।  कर्मशील कतिसम्म बन्ने कुनै मापदण्ड त छैन, जति सक्यो त्यति गर्ने हो । सामाजिक जिम्मेवारी कर्तव्य र दायित्वबोधले केही गर्ने भावना जन्माउँछ । मूल्य मान्यता, संस्कार, कार्यशैली र सोचाइले थप भूमिका खेल्छन्् । अनुकरणभन्दा मौलिकता बढी अर्थपूर्ण हुन्छ । अथकपन सदैव चाहिने कुरा हो । अरू साधनस्रोत कर्म गर्ने उत्तम मसला हुन् । कर्मका लागि स्वाभिमान पनि विशेष गुण हो । स्पष्टता र निडरताले पनि उद्देश्य पथमा पु¥याउन सहयोग पु¥याउछन् ।
हरेक मानिस अमूल्य जिन्दगीमा चानचुने पाराले सफल हुने भए सफल मान्छे कोको हुन्÷छन् भने र गणितीय गणना गर्नुपर्ने थिएन । खडेरी परेको अनुभव हुने थिएन । जिन्दगी कठोर व्रत हो । कठोर साधना, तपस्या वा व्रतले मात्रै जिन्दगीमा उल्लेख्य सफलता हात पर्छन् । सफलता न रोएर पाइन्छ , न मागेर पाइन्छ, न त टाउकै फुटाएर । सफलता मानिसको विशेष परिचय हो, व्यक्तित्व हो । मूल्यवान कर्मको पारख टाढा र विकटमा बढी हुन्छ । विगतको पनि धेरथोर समीक्षा गरी वर्तमानमा कर्म गरे भविष्य उज्ज्वल हुन्छ । केवल त्यागी र विवेकीको काम नै फूल्छ, फल्छ । काम सकेसम्म यस्तो गरौँ, संसारकै लागि गरौँ । कीर्तिप्राप्त कामले नै प्रसिद्धि चुलिन्छ । मानव जातिको सुख शान्तिलाई वृद्धि गर्ने काम अरू कुनै कुराद्वारा स्थायी र सच्चा कीर्ति स्थापना गर्न सकिन्न ।
जो खतरामा पहिले उत्रन्छ उही यश प्राप्तिमा पहिलो वा उल्लेखनीय हुन आउँछ । जसले खतरापूर्ण मार्गद्वारा कर्म गर्छन्, तिनैले अमर कीर्ति प्राप्त गर्छन् । अर्थात् कर्म गर्नेहरू नै जीवनयुद्धमा विजय प्राप्त गर्दछन् । असल र उदाहरणीय मान्छे बन्न हजारौँ पटक ठक्कर खानुपर्छ । गल्ती वा भूललाई सिकाइमा रूपान्तरण गर्नसके जीवन फलदायी हुन्छ । बाँचुञ्जेल मान्छेले पलपल परीक्षा दिइरहेको हुन्छ । जिन्दगीको एकदुई परीक्षाले मात्र उद्देश्य लक्ष्य चुम्दैन । प्रत्येक परीक्षा सफल भए मात्र जीवनरूपी परीक्षाबाट पार लागेर टुङ्गोमा पुगिन्छ । कर्मले मान्छे कहिल्यै बूढो हँुदैन । जीवन रहुञ्जेल कर्ममा जवान भइरहन सके मात्र अर्थ रहन्छ । उमेर जवान छ कर्म मृतसरि छ भने त्यस्ता व्यक्तिको अर्थ के रह्यो र? कर्मशील बनिरहँदा उपलब्धिको चिन्ता गरीरहनु भने त्यति जायज नहोला । विविध कर्ममध्ये ज्ञानको कर्म अमर रहन्छ । सम्पत्ति खिइएर जान्छ, हराएर जान्छ ,चोरिन्छ । ज्ञानकर्म सबैको आँखाको नानी हुन्छ । त्यसैले जीवनलाई भोग्य सोच्नु मुर्खता हो । जीवन र संसारलाई बदल्नु छ भने वा आफ्नो देशलाई बदल्नु छ भने ज्ञानरूपी असल कर्म आवश्यक  पर्दछ ।
मानिसले कहिल्यै पनि तुच्छ विषयहरूमाथि विचार गर्नुहुन्न । यदि ऊ साधारण कुराहरूमा अल्झिरह्यो भने महान्् कार्यहरू त्यसै रहन्छन् । प्लुटार्क भन्छन््,"खराब काम गर्नु नीचता हो ।" कुनै खतरासँग नजुधिकन काम गर्नु राम्रो हो तर असल र बुद्धिमान मानिसका लागि खतरासँग जुधेर भए पनि महान्् कार्यहरू गर्नु सही कर्तव्य हो ।" कामबाट उसको विचार पनि प्रभावित हु्न्छ । कर्मपथमा जुटिरहनेले भाग्यको सम्झना र प्रार्थना गरेर बसिरहँदैन । व्यवहारमा उतारिएका महान् विचार महान् कर्ममा रूपान्तरित हुन्छन्् । सक्ने र सम्भव हुने कामको मात्र मानिसले थालनी गर्ने हो । असल कर्मको जयजयकार नभएको कहाँ होला र? कामले नै जोसुकैको पनि मूल्याङ्कन हुने हो । नतिजा दिने काम गर्न पूर्ण सामथ्र्य लगाउनुपर्छ । कर्म र समयसँग अन्योन्याश्रित सम्बन्ध रहन्छ । जुन कर्मको पनि समयसँग तालमेल रहनुपर्छ । कर्म गर्नमा चुक्ने वा सधैँभर अल्छी गर्नेको जिन्दगी धरापमा पर्छ । जीवनभर असफलताले पछ्याई सफल व्यक्ति हुनबाट बञ्चित हुनुपर्छ ; सफलताबाट हात धुनुपर्छ । जीवनमा काम यस्तो गराँै कि सकेसम्म नाम चलोस् ; पछुताउन कहिल्यै नपरोस् । इच्छाले मात्र केही हुन्न, कार्यसिद्धि त हात पाखुरी र मस्तिष्कमा छन् । कर्म जीवनको एक विशेष शक्ति हो ।
भर्तृहरि भन्छन्् "निम्न कोटिका मानिसहरू बिध्न आइपर्ला भनेर कार्यको प्रारम्भ नै गर्दैनन् । मध्यम कोटिका मानिसहरू बिध्न परेपछिबीचमा रोकिन्छन् । उत्तम कोटिका मानिसहरू बारम्बार दुःख बिध्न आइपरेपनि आफ्नो कामबाट कहिल्यै पछि हट्दैनन् ।" जर्ज बर्नाड सा को अनुभव यस्तो छ,"म युवा छदा मैले गरेका दशवटा काममध्ये नौवटा सफल हुनथे । यो थाहा पाएपछि कुनै हालतमा असफल नहूँ भन्ने अठोट गरेर मैले दोब्बर काम गर्न थाले ।" यस भनाइले विधि र प्रक्रियाको उपयुक्त तालमेल रहनुपर्ने संकेत पनि गरेको होला । काम ससानाबाटै शुरु हुन्छ । यसैबाट नै महान् कर्मको निर्माण हुन्छ । बालकृष्ण समले पनि कामबारे भनेका छन्,"काम गर्छन् विचारेर बुद्धिमानहरू तर अलमस्तहरू गर्छन् विचारै जिन्दगीभर ।" हामी जबसम्म काम कसरी गर्ने भन्ने सोचाइलाई टुङ्ग्याउदैनौँ तबसम्म हामी कहिल्यै राम्रोसँग काम गर्न सक्दैनौ । मान्छेको विचार कामबाट विशेष प्रभावित हुन्छ । हरेक व्यक्तिले सधैँका निम्ति सोचेर गरेको काम नै उत्तम ठहरिन्छ । कर्मका प्रकारहरू गनीसाध्य–भनीसाध्य छैन । एउटाको भन्दा अर्काको विशेष र फरकशैली वा फरक क्षेत्रमा गरिएको नमूना कर्मको सर्वत्र चर्चा हुन्छ । एरिस्टोटल भन्छन््,"मानव जीवनको वास्तविक सार्थकता बाँच्नु मात्रमा भन्दा बढी सचेत र विवेकपूर्ण ढङ्गबाट चिन्तन र कर्म गर्ने शक्तिमा निर्भर गर्दछ ।" यस्तो कुरा बुझेका केही मानिस सामाजिक योगदान, व्यक्तिगत तथा पेशागत गुण र क्षमताका कारण लामो समयसम्म अरूको आदरभाव आर्जन गर्न सक्षम हुन्छन्् । उदाहरणको रूपमा चर्चा गरिने प्रेरक व्यक्तिको रूपमा श्रद्धापूर्वक सम्झिइन्छन् ।  उनीहरूको कर्म र व्यवहारले गर्दा नै पुस्तौँपुस्ताले सम्झना गर्न पुग्छन् ।
तसर्थ, मान्छे भएर जन्मेपछि सबैको हाइहाइ हुने केही आकर्षण, केही असल गुण, केही समझदारी, केही समाजलाई विकसित गर्ने दृष्टिकोण, केही उपकारका भावना यति नहुने हो भने कुनै पनि समाजले, कुनै पनि परिवारले, कत्ति पनि सम्झन्नन् बरु क्षणिक सम्झना गर्दा नकारात्मक टीकाटिप्पणी गर्दै जीवनका अर्थहीन पल बिताउँदै पृथ्वीको भार बन्न पुगेको भन्छन्् । शास्त्रमा भनिएको छ "श्रेष्ठ कर्म गर्दै मान्छे एक मुहुर्त भरि बाँच्नु राम्रो तर यस लोक तथा परलोक विरोधी दुष्टकर्मी कल्पभर बाँच्नु पनि व्यर्थ हुन्छ ।" कर्म गर्नेहरू गुणी हुन्छन्् । गुणीको सम्मान गुणको कारणले हुन्छ । कर्मशीलता विशेष गुण हो । आनन्द कर्ममा छ । कर्म गराइबाट  परिवर्तन आँउछ । सकारात्मक परिवर्तन गर्न पीडा नै हुनसक्छ । अतः मनुष्यको आनन्दमा त्यसबेला पूर्णता आँउछ  जब ऊ आफ्नो शक्तिलाई न्याय र विवेकपूर्ण कर्ममा लगाँउछ । वास्तवमा काम, कर्तव्य, एक यु्क्ति हो । जो बिहान हामीसँगै उठ्दछ अनि रातमा हामीसँगै विश्राम लिन्छ । यो हाम्रो बौद्धिक कर्मको साथसाथै फैलिदै जान्छ । यो एउटा छाया हो जो हाम्रो जीवनको एकेक अणुभित्र घुस्दछ, हामी जहाँ जान्छाँै यो पनि उहीँ जान्छ ।
सेक्सपियरले त्यसै भनेका होइनन्,"काम गर्नमा तिमी महान् बन जस्तो तिमी विचारमा महान् छौँ ।" कुरा जस्तो काम गर काम जस्तो कुरा । कर्म गरिन्छ विविध उद्देश्यले । दैनिक जीविकोपार्जनको कर्म नियमित गरिन्छ । यो झन्डै शतप्रतिशतले गर्नुपर्ने हुन्छ । यस्तो कर्म साधारण गणनामा पर्दछ तर विशिष्ट कर्म व्यक्तिको दीर्घ पहिचानमा आधारित हुन्छन्् । दैनिक जीविका निर्वाहका कर्म बाहेक सामाजिक राष्ट्रिय जीवनलक्षित कर्महरू बढी स्मरणीय, महत्त्वपूर्ण र ऐतिहासिक हुन्छन् । यस्ता कर्म युगयुगान्तरसम्म अर्थपूर्ण रहन्छन् । ऋगवेदमा भनिएको कुरा महत्त्वपूर्ण छ, "मानिसले कर्म गर्दै सय बर्ष बाँच्ने चाहना गर्नुपर्छ ।" प्रत्येक असल काम शुरुमा अस्तव्यस्त कठिन र असम्भव पनि लाग्न सक्छन् तर त्यसमा रुचि, लगाव र समर्पणको समन्वय भएपछि कर्म उद्देश्य प्रेरित हुन्छन्् । जसले सही कर्ममा दत्तचित्त भई समय दिन्छन् । तिनीहरू प्रायः असफल कहाँ भएका छन् र ? प्रत्येक महान् कर्मले नै महान् कार्यका निम्ति ठाँउ बनाउँछ । कामकै कारण शरीर मरे पनि नाम सम्झाइरहन्छ । जो सबैका लागि बाँच्दछ त्यो मरे पनि बाचेकै सरह हुन्छ । कर्म नै जीवन्त प्रमाण हो । असंख्य मानिसहरूमध्ये लामो समयको अन्तरालमा एकाध केही व्यक्ति सबैका लागि बाँच्ने आउँछन् । जहाँजहाँ हात राख्यो त्यहीँ आफ्नो छाप छोड्ने, सबैको स्नेह, सहयोग, श्रद्धा र सम्मान पाउने व्यक्ति तिनै भइदिन्छन् । कुरा आखिर आदर्शका जति गरे पनि फूले जस्तो फल्दिने र भनेजस्तो हरेक कुरा भइदिने भए यो संसारको गति र रुपरंग अर्कै हुने थियो । सोचेर, चाहेर र भनेर मात्र मानिस सफल हुने भए सफल मान्छे एवम् असल मान्छेका उदाहरण दिनमा केही समस्या पर्थेन । सफलताको सामान्य मापदण्ड भनेको उद्देश्य–लक्ष्य चुमेको, सोचेको पूरा गरेको व्यक्ति, परिवार वा समाज राष्ट्र उपयोगी र लाभ हुने क्षेत्रमा केही प्राप्तिको अवस्था हो ।  सफल हुने मान्छेका व्यवस्थित जीवन र व्यवस्थित कर्म सङ्ग्रह हुन्छन्् । जोखिम नमोल्नेहरू कहाँ अघि बढ्छन् र ? विगतमा तपस्या गरेकाहरू वाल्मीकि, व्यास , डार्विन, पारिजात, देवकोटा, पौड्याल, सम, नारायण गोपाल, वी.पी., मदन भण्डारी, एडिसन, पेले, क्यास्ट्रो, मदर टेरेसा, भानु, नेल्सन मण्डेला, रुसोलगायतका अनेकन् व्यक्तित्वहरूलाई पीडा पोख्ने र आँसु चुहाउने फुर्सद पनि भएन होला शायद ।
देश वा समाजसेवा गर्ने मानिस कोही कलम चलाएर, कोही कलाकार बनेर, कोही समाजसेवी भएर, कोही नेता–अभिनेता भएर, कोही विज्ञानका क्षेत्रमा लागेर, कोही शिक्षा क्षेत्रमा अथवा कुनै पनि आवश्यक वा रुचिपूर्ण क्षेत्रमा लागेर अघि बढ्दछन् । सेवा गर्ने र चिनिने क्षेत्र धेरै छन् । यो दुनियाँमा आफूलाई कुनै क्षेत्रको विधागत विशिष्टकृत गर्नसके दिगो कर्मको छाप छाड्न सकिन्छ । समाजमा रहेर कर्म गरेर बहुआयामिक विशिष्टकृत सफलता प्राप्त गर्ने मान्छे कमै हुन्छन्् । कोही बहुआयामिक भए पनि  सबै क्षेत्रमा उत्तिकै चर्चित हुन्छन्् । विरलै उदाहरण हुन्छन्् यस्ता ।समाजका केही उल्लेखनीय र उदाहरणीय मानव मध्येमा पर्वत जन्मी नवलपुर कर्मथलो बनाएका सदानन्द रिजाल 'जैसी' अभागी पनि पर्दछन् । उनी जागीरे जीवनमा, कृषि क्षेत्रमा कर्म गरेर कमाएको लोकप्रियताका अतिरिक्त लेखन–सिर्जनामा पनि लोकप्रियताको शिखर चढ्दै छन् । उनी निवृत्त जीवनपछि अक्षरको खेती गर्न बढी तल्लीन छन् । विना भेदभाव, विना पक्षपात, विना होहल्ला प्रवाहमय नदीजस्तै निरन्तर सिर्जना र लेखनमा बगिरहने उनको स्वभाव छ । उनी नवलपुर बसेर पनि आफू जन्मिएको ठाउँ, खेलेको आँगन पाखापखेरा, पढेको पढाएको स्थान भुलेका छैनन् । जुन कुराको प्रमाण कृतिभित्र ठाँउठाँउमा भेटिन्छन् । राष्ट्रभक्त बन्न खोज्नु, भाषाभेषलाई माया गर्नु, कलासंस्कृतिको यथोचित जगेर्ना गर्न सन्देश प्रवाह गर्नु ,जहाँ बसे÷रहे पनि माटोको मायाले ओतप्रोत हुनु एउटा सचेत र जागरुक व्यक्तिमा मात्र भेटिने कुरा हुन् । उनी भन्छन््,"कला, साहित्य, संस्कृति, मानव जीवनलाई समृद्ध, गतिशिल , सिर्जनशील तथा सचेत गराउने ज्ञानका संवाहक हुन । मानिस तथा समाजलाई मार्गनिर्देश गर्ने बौद्धिक खुराक हुन ।" यस्ता कार्य उनले गर्नु आफैमा उदाहरणीय कुरा हो । यस्ता कर्ममा सबैको रुचि हुन्न, सबैले गर्न पनि सक्दैनन् । लाग्ने सोच नै बनाउन सक्दैनन्, सोच नै बनाउन सके पनि कार्यान्वयन गर्न वा निरन्तर दिन जो, त्योले सक्दैनन् । कोही देखासिकीमा लाग्छन् तर एकैछिन जस्तो । कोही ईख वा प्रतिशोध जस्तोबाट । त्यस्ता व्यक्ति क्षणिक हुन्छन्् । तर केही व्यक्ति यस्ता हुन्छन्् जो मनमस्तिष्क, बुद्धि, विवेक र सामथ्र्यले भेटेसम्म अथक भई लाग्छन् । थकानको कुनै प्रवाह गर्दैनन् । बाधा, अड्चन र टिप्पणीको पनि ख्याल गर्दैनन् । जीवन र कर्मको अटुट सम्बन्ध बुझेर कर्तव्यपथमा दिनानुदिन लम्किरहेका हुन्छन् । थोरै नमूना मध्येका उदाहरणीय व्यक्तित्व हुन–सदानन्द । मैले के लेख्दा, यो लेख्दा कसले के भन्ला ?  मैले यति लेखेँ भने पुरस्कार पाऊँला कि ! अहँ, यी कुरामा उनलाई पटक्कै मतलब छैन । कसैले उनलाई लेखक मान्लान् कि नमानलान्, साहित्यकार भन्लान् कि नभन्लान् कुनै सरोकार छैन उनमा । यतिसम्म कि सिर्जना गरेर, लेखेर कतिले चिने, कतिले पढे, आफ्नो लेखन समाजोपयोगी हुन्छ कि हुँदैन त्यसमा पनि कुनै प्रवाह छैन उनलाई । लेखनको निरन्तरतालाई उनले धर्म सम्झन्छन् । प्राप्तिको आशाबाट टाढिएर ।
उनलाई लाग्दछ 'लेखक स्रष्टा देशका गहना हुन्† विकासका सूचक र माध्यमसमेत हुन् । नलेख्ने÷नरच्ने हो भने समाज, राष्ट्र सुनसान हुन्छ । चेतना ज्ञान शिक्षादीक्षा र औपदेशिकता शून्य नै हुन्छ ।' वास्तवमा लेखकले नलेखेको भए स्रष्टाले नरचेको भए यो संसारको यस्तो कल्पनारूप हुने थिएन । बिना खटन, बिना इच्छाशक्ति, बिना अध्ययन, बिना श्रोत सामग्री, बिना कल्पना, बिना उद्देश्य केही लेख्न सकिन्न । लेखिहाले पनि उद्देश्यपरक र अर्थपूर्ण लेख्न सकिन्न । सदानन्दमा यी कुरा थिए र लेख्न सके । धेरैले  उनलाई रहर गर्ने लेखक भन्ने गर्छन् पनि । साँच्चिकै लेखन त रहर पनि हो । सदानन्द रहरको चरमसीमा छ, रहरको उच्चोपना छ त्यसैकारण उनी लेखिरहन्छन्, सिर्जनामा जुटिरहन्छन् । । रहर त मलाई पनि लाग्छ तर मेरो रहर टिकाउ हुन सक्दैन । ममा टिकाउ इच्छाशक्ति पनि छैन । अथक खटाइ पनि छैन तसर्थ म लेख्न–रच्न सक्दिनँ, निरन्तरता दिन पनि सक्दिनँ । न त लेखक न त साहित्यकारमा नै दरिन सक्छु । सदानन्द जस्तो हुनसक्ने त कुनै पलमा कल्पना पनि गरेको छैन । गरूँ पनि कसरी ? न त साधना, न त समर्पण न त अनुशासननिष्ठा । यसरी जीवनमा उपलब्धि नै दखिन्छ कसरी ? नाम र कर्मको सन्तुलन छ सदानन्दमा । धेरै गुण विद्यमान छन् र पो सदानन्द कर्मशील हुन सके । जीवनबोध छ र पो कर्मयोगमा जुटिरहेछन् । म लोभिन्छु उनको कर्ममा । रहरले कार्यान्वयन रूप लिएपछि समाजलाई फलदायी हुने गरी केही न केही दिइरहदो रहेछ । निष्पक्ष र न्यायका आधारमा उनका बारे बोल्ने हो भने उनले आफ्नो जीवन र सामाजप्रति न्याय नै गरेका छन् । उनको उचित मूल्याङ्कन गर्नु समाज राष्ट्रको दायित्व हो । उनको रहरको लेखाइमा कति मान्छे आकर्षित छन्,  मलाई थाहा छैन, पढ्नेलाई थाहा होला । आखिर त्यै रहर नभएको भए उनी पनि के पो गर्न सक्थे र ? अरू समाजलाई सम्झनलायक के गुन लगाउन सक्थे र तसर्थ उनले जे गरेका छन् ठीक गरेका छन् भन्ने लाग्दछ । उनले रहरमा आशाको त्यान्द्रो जेलेपछि केही उपलब्धि गणनायोग्य हुने गरी सार्वजनिक गरेका छन् ।
सादगी जीवन बाँचेका, झट्ट हेर्दा दार्शनिक जस्ता लाग्ने उनी गुणकारी फल जस्ता व्यक्ति हुन् । मन, वचन र कर्मले सङ्कल्पित कुनै विचारको आग्रह र पूर्वाग्रहको गन्धबाट टाढै बस्न रुचाउने सदानन्द साहित्यका छत्रछायामा बाँचेका देखिन्छन््। । आँखा उघारेपछि आँखाले विश्राम नलिउञ्जेलसम्म एकाध केही समयबाहेक चिन्ता र चासो पढ्नु लेख्नुमै छ उनलाई । समयले जति धकेलोस् , सधैँ एकनास , एकैगति र एकै मतिका पुञ्ज हुन उनी । कतिमा अग्रज कतिका अभिभावक र ज्ञानको किरण छर्ने ज्योति हुन् उनी । प्रकृति जगत्का कृषि र माटोका बारे अथाह ज्ञान र अनुभवको भण्डारण हुन् । उनी आधुनिक विचारलाई अवलम्बन गर्दा आफ्नो धर्म, संस्कृति, परम्परा र मूल्यमान्यता बिर्सन नहुने धारणा अघि सार्दछन् । उनी जति पनि लेख्नसक्ने कुनै पनि कर्ममा जति खट्नसक्ने ती गुण हेर्दा उनलाई सरस्वती माता र अन्य देवीको आशिर्वाद छ जस्तो लाग्छ । आफ्ना भावना ,संवेदना र अनुभूतिहरूलाई अनेक स्वरूप र विधाको रूपमा अक्षर सजाउँछन् । निस्कामसेवी भावले ओतप्रोत हुने कल्याणकारी मानव व्यक्तित्वको सदैव खाँचो पर्दछ समाजमा । उनी अक्षरमा कोरेर मात्र दर्शन फलाक्ने मान्छे होइनन् । अक्षर कर्म बाहेकका अनेकन् कामकर्तव्य बोध गर्दै जीवन व्यतीत गर्ने व्यक्तित्व हुन् ।
माटोका लागि भाषा साहित्य वा कुनै पनि क्षेत्रका लागि समर्षित उदाहरणीय महापुरुषहरू वन्दनीय हुन्छन्् । यस्तो कुरा बुझेर सदानन्द सिर्जनात्मक चेतना मानवता समाज, राष्ट्रप्रेमको परमभाव मनमा लिएर श्रेय मार्गमा लागेका हुन् । हुरी, बतास, बाढी, पहीरो झिलेर जोगिएको एउटा बूढो पीपलसरि भए पनि अक्सिजन दिन नछाडेको जस्तो कलमको माध्यमले र व्यवहारले पनि मानवताबादको दह्रो वकालतमा डटिरहने न्यायमूर्ति जस्तो लाग्ने उनीबाट समाजले सिक्नुपर्ने कुरा धेरै छन् । लेखन सिलसिलामा उनले धेरै अघिबाट अर्थात पाँच दशक अघिबाट लेखे । उनका वंशजमा शायद यस्तो रहर गर्ने लेखक कोही भए जस्तो लाग्दैन । उनी कुलवंशमा अलि फरक खालको व्यक्ति निस्के तसर्थ यश पनि फरक पाराले राख्ने भए । उनको बीडोँ अब सन्ततिले थाम्छन् या थाम्दैनन् त्यो हेर्नै बाँकी छ । अनुकरणीय र उदाहरणीय कर्मको पाइला पछ्याउनु सन्ततिहरूको पनि कर्म र कर्तव्य मानिन्छ । यसैलाई व्यक्तित्व निर्माणको दह्रो आधार पनि ठानिन्छ । समयानुसार परिस्थिति बुझेर चल्नु ठूलो कुरा हो । सबैका भावना र दुःखवोध गरेर मर्मस्पर्शी लेख्नु पनि महत्त्वपूर्ण कुरा हो । नयाँ पुस्ता र पुरानो पुस्ताको सोच विचार र कर्ममा दुरी कायम भइरहेका बेला यस्ता पुस्ताबीच समदुरी कायम राखेर सम्बन्ध राख्नु  सदानन्दको विशिष्टता हो । विचार पवित्र भएका कारण यस्तो सम्भव भएको हो । एकअर्काको अस्तित्व स्वीकार्ने र फरक विचारको पनि सम्मान गर्ने भएकाले नै उनी समाजका सबै पुस्ता, सबै वर्ग, सबै पार्टीका विचारका मान्छेसँग घुलमिल हुन सकेका छन् । अरूलाई स्नेह, माया र आदरभाव यथोचित दर्जाअनुसार प्रस्तुत गर्ने भएका कारण उनी सबैबाट रुचाइएका होलान् । जन्मभूमिको सेवा गर्न तनमन समर्पित भएको छ उनको । माटो उर्वर पार्न साहित्यको मलजल गर्ने सदैव ध्येय छ उनको । पारिवारिक दायित्वबोध पनि छ उनमा । अरूका गाह्रासाँघुरा टार्ने र भएका ज्ञान पनि सर्लक्क बाँड्नमा उनी आनन्द मान्दछन् । यो जुनीलाई सकेसम्म अर्थपूर्ण र उदाहरणीय  बनाउन कसरी लागे उत्तम होला भनी दिनहु चिन्तन गर्दछन् । उनी पारिवारिक दायित्वबोधलाई कहिल्यै हल्का ठान्दैनन् । आफू यो स्थानमा हुनमा आफ्ना सन्तति र सम्पूर्ण पारिवारिक सदस्यको उल्लेख्य सहयोग अविस्मरणीय रहेको उनी स्वीकार्छन् । सदानन्दले प्रकृतिका माटो कृषिजन्य कुरालाई माया मात्र गर्दैनन् कि यी विषयका सन्दर्भमा गीत, कविता वा लेखको माध्यमबाट गाँउसमाजमा आवाज घन्काउने चेतनाको विगुल फुक्ने प्रचारक, प्रसारक र संवाहक हुन् । जीवन होस्् त सदानन्दको सोच र व्यवहार जस्तो क्रियाकलाप होस् उनको जस्तो । तर सोचेजति खोजेजति यो दुनियाँमा कहाँ पो पाइन्छ र बरु कतिलाई आदर्श नैतिकता र सफलताका उदाहरणीय कुराहरू जीवनका काँडासरि बन्न पुग्छन् । सबैलाई यस्ता कुरा सुपाच्य हुँदैनन् । यो संसार विविध सोचरूपी, व्यवहाररूपी फूलबारी हो । फूलबारी एकै प्रकृतिका हुँदैनन् । विविधता नभए शायद सौन्दर्य पनि हुने थिएन शायद । मानवरूपी फूलबारिमा विविधता देखिनु कुनै अनौठो नहुने कुरै भएन । सोच र भिजन हुनेहरूको लागि यो समाज र मुलुकमा धेरै चीजबीज र विकल्पसमेत छन् । यही मुलुकमा केही नदेख्ने र यो देशको केहीकाम छैन , नेपालमा जन्मनु दुर्भाग्य ठान्नेहरूको पनि लर्र्काे छ यहाँ । सदानन्द यस विचारबाट फरक रहेर यो केही गर्न सके । विकल्प, सोच र जाँगरको उचित संयोजन गर्न नसके यो मुलक मात्र होइन अन्यत्र कहीँ पनि केही नदेखिन सक्छ । सदानन्दको उर्जा छ कर्ममा जाँगरको धाराप्रवाह छ । भाषा साहित्यका लागि उनको त्याग तपस्या चानचुने होइन । हामी पनि उनीजस्ता अग्रज र जागरुक अभियन्ताहरूको आदरभाव दर्शाउनु भएको देश र समाजलाई माया गर्नु नै हो । श्रद्धाभाव प्रकट गर्नु हो । वास्तविक बाटो पहिल्याउनु हो ।
विगतलाई गणना नगर्नेको जीवन प्रायः निस्फल हुन्छ । सदानन्दले विगत वर्तमानको देखाइमा सन्तुलन मिलाई भविष्यको जीवन रेखाचित्र कोर्दैछन् । अस्तित्व स्थापनार्थ अघि बढ्दै छन् । अरूको मुख ताक्ने र परजीवीपन पटक्कै छैन उनमा । स्वाभिमान उनको आदर्श पक्ष हो । जे छ उनको पहिचान परिश्रम वा पसिनामा नै छ । पाँच दशकको साधनाले उनलाई केही चिनाएको छ, निरन्तर कर्मले अझैँ चिनाउने छ । उनको मन र तन अझैँ सक्रिय रहेका कारण समाज,राष्ट्र र साहित्य क्षेत्रले अझैँ चिनाउने छ । उनको मन र तन अझैँ सक्रिय रहेका कारण समाज राष्ट्र र साहित्य क्षेत्रले अझैँ केही पाउने कुरामा ढुक्क हुन सकिन्छ । सच्चा पाठक भएर पढ्ने हो भन†े साँच्चिकै सारभाव ग्रहण गर्नतिर लाग्ने हो भने केही सन्देश ज्ञान, सूचना र बाटो देखाउन अवश्य सक्नेछन् उनका फुटकर तथा पुस्तकीय कृतिहरूले । ती कृतिले समाज र देशको यथार्थता प्रकट गर्नेछन् । विविधताका स्वाद छन्  लेखरचनामा । आवश्यकताअनुसार छानीछानी भाव रसास्वादन गर्न सकिन्छ उनका लेखनमा । कुनै बखत राष्ट्रसेवक कर्मचारी भएका उनी यसरी भाषा साहित्यलाई माया गर्न उद्यत रहन्छन् भन्ने कसलाई पो लागेको थियो  होला र ? न त उनी प्राध्यापन पेशामा थिए, न त नेपाली विषयमा डिग्री, पीएचडीको प्रमाणपत्र उपाधिधारी व्यक्तित्व । केवल रुचि, रहर र अरू केही कुराको समन्वय गरी यस क्षेत्रमा उदाउदो सूर्य बन्दै अघि बढे । आशाका किरण छरे । साहित्य सिर्जना क्षेत्रमा मोसफलमा बस्ने मध्येले पनि एकाधबाहेक धेरथोर विज्ञापनरूपी प्रचारप्रसार गरेकै हुन्छन्् । विज्ञापनकै लागि नानाथरि क्रियाकलाप गरेकै हुन्छन्् । तर सदानन्दको विज्ञापन कहाँ बज्छ, कसले बजाउछ मैले मेसो पाउन सकेको छैन । हुनत हल्ला गर्ने र नगर्नेका आआफ्ना विशेषता हुन्छन्् । सदानन्दलाई हल्लाखल्लाभन्दा आजका दिनमा आफ्ना तर्फबाट  केके काम हुन सक्यो त्यसको जोखना, गणना गर्छन्, कतै कर्तव्यविमुख त भइएन  भन्ने चिन्ता ,चासोले पो पिरोल्छ बरु । काम गर्दा नाफाघाटा हेरेको भए उनले साहित्यिक कर्मको लत उहिल्यै छाड्ने थिए । साहित्य लेखन अनुत्पादक कार्य हो भनेर ठूलो आवाज घन्किरहेको पाउँदा पनि कमर कसेरै लागेका हुन् । उनी तसर्थ उनमा स्वाभिमानको पहिचान कहिल्यै मेटिन्न ।
साहित्यसँग उनको मीठो सम्बन्ध हार्दिकता र आत्मीयता सामीप्यता छ । वर्तमान साहित्य लेखनावस्थामा यस क्षेत्रमा लागेकाहरूमध्ये एकाध बाहेक खासै खुसी नभएको अवस्थामा पनि उनलाई यस कुराको प्रवाह छैन । वितृष्णा छदै छैन उनलाई । खुसी नै छन् उनी । साहित्य लेखेर बाँचेका मान्छे होइनन् । साहित्य लेख्न बाँचेका र जीवन साँचेका व्यक्ति हुन उनी । सत्कर्म गर्ने साहसिक शक्ति भएका उनका हरेक जसो काम साहसबाटै भएका छन् । समयोजित विवेकपूर्ण काम गर्ने व्यक्तिले पश्चाताप गर्नु पर्दैन । तसर्थ सदानन्दमा कामप्रतिको पश्चाताप छैन शायद । सदानन्दले लेखनकर्मबाट आफूलाई सन्तोष मिलेको सुनाउँछन् । उनले जुनसुकै क्षेत्रमा पनि काम बढ्ता र कुरा कम भएको देख्नसुन्न रुचाउँछन् । वास्तवमा बुझ्नुपर्ने कुरा जन्मभन्दा ठूलो कर्म हो, जन्मेको धाक लगाउने पछि पर्छन् । कुन कर्म श्रेष्ठ हो ? कसले गर्छ भलो ? कसरी हुन्छ समाज–राष्ट्रको भलो ? यो सबैको सरोकारको विषय हो । कुकर्र्मी जिउदै मर्दछ सुकर्म रहन्छ सधैँ अमर । उनको विचार बढो प्रशंसा गर्न लायक छ । उनी भन्छन््, "डाक्टर, इञ्जिनियर, प्राध्यापक,बुद्धिजीजी, शिक्षक, कर्मचारीलगायतका विभिन्न तहतप्कामा निहित व्यक्तित्वहरू सबैले परिश्रममा विश्वास गर्नुपर्छ । श्रमहीन जीवन व्यर्थ छ । स्वाबलम्बन सबको मन्त्र हुनुुपर्छ । हाम्रो शहर गाँउवस्तीलाई झकिझकाउ बनाउनुपर्छ । यस्तो शिक्षा सबैलाई दिनुपर्छ । यो चेतना बढ्नुपर्छ । मिहिनत सबको चिनारी हुनुपर्छ । पौरखमा जीवन फूल्छ–फल्छ । हरेकले सिकेको र जानेको ज्ञान र सीपले देशमा केही न केही परिवर्तन ल्याउनुपर्दछ । हामी सम्झनलायक काम गरी मर्दा शिर उठाई मर्नुपर्छ । गाउँवस्ती विकासका लागि उत्पादन गर्नुपर्छ, उत्पादन बृद्धि गर्दै जानुपर्छ । उत्पादन गर्न श्रमशक्तिको प्रयोगबाट प्रकृतिमा भएका स्रोतहरूलाई अधिकतम उपयोग गर्नुपर्दछ । यो श्रोतहरू व्यक्तिको नियन्त्रणमा हुँदा व्यक्तिमा सम्पत्ति थुप्रिन थाल्छ । सम्पत्ति हुने धनी र नहुने गरीब हुन थाल्दछ । धनी सधैँ धनी भइरहने हो भने अत्याचार गर्न थाल्दछ , गरीब सधैँ हेपिएर बस्नुपर्छ । यो चलन बदलिनु पर्छ । काम गर्ने र मेहनत गर्ने धनी हुनुपर्ने र काम ठग वा कामचोरहरू गरीब हुनुपर्छ । यी प्रगतिशील विचारहरू अत्यन्त महत्त्वपूर्ण छन् ।
साहित्यका किताबवाहेक कृषिका पनि थुप्रै किताब लेखेका कृषिमै अनुसन्धान गरेका सदानन्दका कृषि बाहेकका कृषिइतरका किताब केकति विके विकेनन् त्यो मलाई थाहा छैन । बरु लेख्दा लेख्दा जम्मा भएका अनेकन् संख्याका परिमाणका रचनाहरू जोगाउनु वा अभिलिखित गर्न भनी पछिल्ला दिनमा थोरै प्रति छपाएर समेत राख्ने गरेको कार्य म भेट्दछु । यो कार्य गर्नु जायज नै छ , प्रकाशन  व्ययभारको चाँजोपाँजो  नमिल्दासम्म । मन, आँखा र हातले सक्रिय काम गरुञ्जेल लेख्न नछाड्ने प्रण गरेका उनले अझैँ कृति यस क्षेत्रमा थपिरहने प्रबल सम्भावना छ । दर्जनभन्दा बढी कृति अझैँ थप्नेछन् यस क्षेत्रमा । यी विविध आधारमा हेर्दा उनले एक असल नागरिकको भूमिका निर्वाह गरेका छन् । सकारात्मक चिन्तन र कर्म गर्ने मान्छेलाई नकारात्मक क्रियाकलाप गर्ने सोच कही कतैबाट आउँदो रहेनछ । लेख्न वा सार्थक कर्मका लागि दिन मात्र होइन रातभर पनि जागा रहन सक्ने सदानन्द साँच्चिकै अनौठा मान्छे हुन् । कहिल्यै फुर्सद भएको सुनाउन्नन् उनी । उनको विचार यदि मिल्दैन भने त्यस्तो अवस्था कामचोर, ठग र वेकम्मा भई हिड्ने उदेकलाग्दा व्यवहारप्रति नै हुन्छ । वास्तवमा भन्ने हो भने प्रत्येक मानिसलाई चारैतिरबाट मौकैमौकाले घेरेको हुन्छ यसैलाई चिनी एकपछि अर्र्काेगरी मौकाको सदुपयोग गरी अगाडि बढ्नुपर्छ तर धेरैले आफ्नो दिव्य दृष्टिको अभावका कारण मौकालाई चिन्न सकेका हुन्नन् । कतिले त हातमा आएको मौका पनि चुकाउछन् । सदानन्दले यस्तो कुरा बुझेर र अवसर छोपेर उनान्सय प्रतिशत पसिनाको बलले जीवनलाई हालसम्मको अवस्थासम्म ल्याइपु¥याए । उनले मिहिनेतको विकल्प मेहनत नै ठाने । उनले आस्था, प्रतिवद्धता र कार्ययोजनाको शक्तिको तालमेलले नै बहुआयामिक व्यक्तित्वको रूपमा दरिन पुगेका हुन् । उनको अमृतमय कर्मले उनलाई स्वच्छ र दीर्घायु बनाएको छ । कर्म गर्न अप्ठेरो कहाँ छैन र ? बरु समस्या हरेक तहतप्कामा समस्या देखिइरहेको हुन्छ । यदि समस्या शत्रु होइन मित्र मान्ने व्यक्तिहरू नै इतिहासमा  अजरअमर भएर बाँचिरहेका छन् । उनले म कुनै पनि समस्या आइपरे दृढताका साथ हल गर्न सक्छु , समस्या आए पनि समाधानकै लागि हो भन्ने आत्मविश्वास राख्छन् । सदानन्द सोच्छन्–"समस्याबाट  बाहिर निस्कने सबैभन्दा राम्रो उपायको कारण खोजी गरी त्यसको शल्यक्रिया नै हो । उनले लेखन–सिर्जनासम्बन्धी बुझेको कुरो यस्तो छ," रचना भन्ने जादूको छडिको प्रयोगद्वारा गरिने कार्य होइन बरु यो निरन्तर रूपमा लामो समयदेखि गरिने कुनै कुरामा गरिने त्याग हो।"
मोफसलमा बसेर त्यति धेरै कृति प्रकाशन गर्नु भनेको पीपलका बोटमुनि वा खुला चौरमा बसेर गफ गर्नुजस्तो सजिलो होइन । यस विषयमा उक्ति नै छ नि 'भन्नलाई सजिला,े बाटो असजिलो' ।
उनले धेरै कृति प्रकाशन मात्र गरेका छन् भनियो भने त्यो सतही टिप्पणी मात्र हुन्छ । कृतिभित्रका गुणकारी, सन्देशमूलक तथा अर्थपूर्ण कुरा देख्न भेट्न नसकेर जिब्रो धारिलो बनाउन खोज्नेप्रति भन्नु केही छैन । आफू नेपाली विषयइतरको व्यक्ति भएकाले लेखिसकेपछि आफूले पत्याएका विज्ञ ठानिनेसँग सुझाव, सल्लाह, परिमार्जन परिष्कारका लागि अनुरोध गरेको तर ती व्यक्तिबाट आफ्ना लेखरचना वा कृति राम्रो छ, ठीक छ भनी सम्पादन नगरिएको तर तिनै व्यक्तिद्वारा कृति प्रकाशनका सन्दर्भमा बाहेक अरूबेला फरक टिप्पणी आउने गरेको प्रतिक्रिया उनले व्यक्त गर्दछन् । आफू उनै व्यक्तिमा भर परेको कारण आफ्ना कृतिमा वर्णविन्यासलगायतका केही पाटामा असावधानी त्रुटि र गल्तीसमेत रहेको हुनसक्ने स्वयम् स्वीकार्दछन् । आफूले परिष्कार, परिमार्जन गर्ने भनेर शब्दकोश पल्टाउनतर्फ ध्यान नदिएको, विज्ञ नै भनेर एकै प्रयोजनको लागि धेरै व्यक्तिसँग पनि सम्पर्क नगरेको सल्लाह, सुझाव पनि नलिएका कारण कृतिमा एकाध दोष भेटिनु अस्वभाविक ठान्दिनँ भनी आत्मस्वीकार उनी गर्दछन् । उनी भन्छन्,"कृतिको साजसज्जामा ध्यान दिइनँ । कैयन् कृति त आवश्यक संख्यामा समेत छपाउन सकिनँ । यी मेरा कमजोरी रहे हुन्न।् तसर्थ कति पाठकले पढेनन् होला, कतिपय कृति पाठककै हातमा पुगेनन् होला । कतिपय कृति खोज्दा पनि पाउन नसकिने स्थिति रहे, यी कमजोरीको पुनरावृति मैले गर्नु हुदैनथ्यो, यसमा मेरा आफ्नै कारणहरू छन् ।
जे होस्् बुढेसकालको उमेरमा केही पनि गर्न सकिन्न भन्नेले उनीबाट प्रेरणा लिनुपर्छ । सरकारी सेवा अवकासपछि सरकारी सुविधाभोग गर्दै हरे राम हरे कृष्ण जप्दै पिँढी कुरेर बस्नुपर्ने बेलामा उनी त युवा उमेरकै जोश देखाई लेखनमा तपस्वी बनेका छन् । अरू काम पनि गरेकै छन् । लाग्छ, कर्मले मानिस कहिल्यै बूढो हुँदो रहेनछ । जीवनप्रतिको प्रेम र ज्ञानप्रतिको भोकले मान्छे सधैँ जवान हुँदो रहेछ । आशावादी भएर अर्थपूर्ण कर्ममा लाग्नु नै सबैभन्दा मुख्य सरोकारको विषय रहेछ । आजसम्म मैले उनमा भेटेको आशावादिता पनि निकै महत्त्वपूर्ण पक्ष हो । यसकै कारण पनि उनी यो स्थानमा पुगेको हुनुपर्छ । सरकारी जागीर खाएकाहरू प्रायः सुविधाभोगीहरू शहरबजार पलायन छन् तर कावासोतीको दक्षिणतर्फको विकट जस्तो लाग्ने गाँउमा बस्छन् । उनलाई आफ्नो कर्मथलो छाड्ने मन पटक्कै छैन । उनी आचरणलाई स्वच्छ राखेकै कारण पनि शहर बजारमा घर बनाउन सकेनन् । बनाउन पनि लागेनन् । हाम्रो समाजमा अधिकांश मान्छे शहरमा घर बनाउनेलाई बहादुर मान्छन् । त्यस्तो बहादुरी उनलाई स्वीकार्य छैन । सदानन्द वैचारिक र राजनीतिक आस्थाका दृष्टिमा प्रजातान्त्रिक धार निकट छन् तर उनमा कट्टरता भेटिन्न । वी.पी. कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद प्रतिको उनको विश्वास छ तर रचनामा भने राजनीतिक पक्षपाती हुन् भन्ने संकेत कहीँकतै देखिन्न । केवल स्वतन्त्र लेखककै पहिचान दिलाएका छन् । सादा जीवन उच्च विचार, सबैमा सम्मान र सदव्यवहार भन्ने आदर्शतालाई आत्मसात् गरेका छन् उनी । उनलाई ज्ञान, विज्ञान, कला, साहित्य, विचार, दर्शन, सबैभन्दा ठूला सम्पत्ति हुन् भन्ने लाग्दछ । यी कुराले मन, चरित्र र कर्म साधनामा परिवर्तन हुन्छ । व्यक्तिहरू समाजमा प्रतिष्ठित र सम्मानित हुन्छन्् । उनका कृतिहरू शब्दको थुप्रो मात्र नभइ ज्ञान, चेतना र सन्देशमुखी छन् । कला मूल्यका हिसाबले सच्चाउने सिँगार्ने ठाँउ त केही भेटिएलान् तर समाजको यथार्थता, छिपेका र उपयोगी छन् ।
सिङ्गो जीवन व्यक्तिगत सुविधाका लागि थोरै र समाजका हितमा धेरै समय खर्चेका उनी कसैको चाकडी चाप्लुसी गुट उपगुटमा नलाग्नु एवम् आफ्ना कृतिका बारे कसैलाई मरिहत्ते गरेरै नलेखाउनु, अरूले लेखेको कुरा पनि सामाजिक सञ्जालमा पोस्टिङ गर्नतिर नलाग्नु, आफ्ना बारेमा जेजति वा केकति लेखिएका छन् त्यसको पनि खासै लेखो राख्नतर्फ नलाग्नु, मिडियातिर पनि आफ्ना रचना विचार प्रसारण गर्नतर्फ खासै चासो नदिनु, बहकाउ र भड्कावमा फिटिक्कै नलाग्नु जस्ता अनेकन कारणले सदानन्दलाई यथोचित्त रूपमा समाज–राष्ट्रले नचिनेको होला । पुरस्कार थाप्न कही धाएनन् । आफ्नो खल्तीबाट खर्च गरेर आफू पूजिन–सम्मानित हुन कदापि चाहेनन् । उनको प्रतिभा चानचुने त होइन तर चिन्नुपर्ने ठाँउमा अझैँ चिनिन बाँकी नै छन् कि जस्तो लाग्छ । जैवनिक मूल्यवोध गरेका उनी जीवनपर्यन्तसम्म लेख्न कस्सिएका, हौसिएका र रौशिएका छन् । साहित्यिक विरुवा रोप्न,े उमार्ने, मलजलसहित स्याहार गर्ने, हुर्काउने तर फल लागे पनि फल खानतर्फ नहोम्मिने सोच भएका व्यक्ति हुन उनी सरकारी जागीरे भएको मान्छे गाँउमा भए बजारमा बजारबाट शहरमा, शहरबाट राजधानीमा सरेर, कच्ची भए पक्की, पक्की भए महल, महल भए दरवार बनाउदैनन् भने पानी मरुवा हुतिया नामर्द आदि आदि पगरी गुथाउँछ समाजले । उनले चर्चा पाउने शहरबजारमा घर नबनाएका कारण उनलाई पूर्ण पारिवारिक सपोर्ट सकारात्मक चिन्तन वा सकारात्मक प्रतिक्रिया घरपरिवारबाट मिलेको छ या छैन मलाई थाहा छैन । जागीर खाँदासम्म पनि उनले कसैलाई तेल लगाउने काम गरेनन्।्, खुसी पार्ने बहानाका कुनै प्रक्रिया अपनाएनन्, बरु आफ्नै लगावपूर्ण कामबाट अरूलाई खुसी पारे । आफ्नो समर्पणले जहाँ जुन पदमा पुगे त्यही नै सन्तोषानुभूति गरेर रमाए । सिद्धान्तको झोला फ्याँकेर नैतिकतालाई झण्डै तिलाञ्जलि दिएर नेताको झोला भिरेको भए आर्थिक हैसियतमा रातारात मालमाल र पदीय हैसियतमा थप वृद्धि हुने थियो होला शायद ।
आफ्नो थर हटाएर 'अभागी' उपनाम गाँसेका सदानन्द जीवनदर्शनमा भने झैँ व्यवहारमा मेल देखाउने नमूना पात्र हुन् । नेपालमा श्रम गर्ने जनताले पेटभरि खान आङभरि लाउन नपाएर दुःखमा बाँच्नुपरेका सबैले दुःखबाट कसरी छुटकारा पाउने र दयामायाले अधिकार नपाइन,े श्रमको सम्मान हुनुपर्ने, श्रमजीवी हुनुपर्ने, जातीय विभेदका कुराले समाजमा परेको प्रभाव पुराना माकिएका विचारहरूले समाजमा पारेको प्रभावलगायतका धेरै विषयहरू उनको कलमका लेखनीय विषय बनेका छन् । आफ्नै वर्कत र पसिनाबाट दह्रो व्यक्तित्वको प्रभाव पारेका उनी साधारण भेषमा जीवन सजाई सामाजिक जीवन बनाउने अभियन्ता हुन् । अक्षरका उपासक, पुजारी, स्वाभिमानका प्रतिक, कुटो कोदालोसँगै जीवनपथमा कुँदिरहने समाजकै कर्ममा पसिना पुछ्दै हिड्ने एकजना कुशल किसानसमेत हुन उनी । उनलाई लेखन–सिर्जनाले सुखानुभूति मिल्दछ । हात पाखुरी मनमस्तिष्कको संयोजन गरी कर्म गर्नुमा गौरव छ । व्यवहार गरेर र परेर आफूलाई सक्षम बनाउन तल्लीन उनी 'आइरनम्यान नै हुन् । उनले मानव जीवन र जगत्लाई चिनाउने बुझाउने वा परिभाषित गर्ने माध्यम लेखन–सिर्जनालाई बनाएका छन् । साहित्य क्षेत्रमा लाग्नेहरू सफा मनको स्पष्टवादी दृष्टिकोणको हुनु पर्ने उनको धारणा छ । उनले स्वतन्त्र निरपेक्ष पाराले कलम चलाउँछन् । अक्षर र शब्दसँग खेल्न उनले विद्यार्थी कालदेखि शुरु गरेका हुन् जसको निरन्तरता आजसम्म पनि छ । साहित्यमार्फत् परमानन्द लिन प्रयत्नशील छन् । उनी नाम र काम दुबैमा सदानन्द छन् । मानव भलायका लागि जीवन अर्पेका उनी इमानदार वफादार व्यक्ति हुन् । उनका कृति चर्चालाई बाहिर राखेर उनको जीवनका अन्य कर्मका बारे मात्र लेख्न सकिने व्यक्तित्व समेत हुन् । उनका जीवनका कर्म र व्यक्तित्वका साङ्गोपाङगो अध्ययन गरीन सके वृहत ठेली नै बन्दछ । यस्ता उम्दा व्यक्तित्वको बारे मैले साङ्गोपाङ्गो अध्ययन यहाँ गरेको छैन । मेरो अध्ययनदृष्टि वा सामथ्र्यले पनि नभेट्न सक्छ ।
वचनमा मधुरता, व्यवहारमा सह्ृदयता, सभ्यता–संस्कृतिमा, शालीनता विचारमा स्पष्टता शैलीमा सरलता अडानमा दृढता, आडम्बर विहीन सदानन्द संघ मान्छे हुन् । ज्ञान, विज्ञान, धर्म, नैतिकता, अनुशासन, इमान्दारिता, सच्चरित्रता, सिर्जनशीलता र रचनात्मक अनुभूति दिलाउने कतै रसिलो, भरिलो, उखानमिश्रित वाक्यहरू उपयुक्त शीर्षक साहित्य, समाज सुधारक, सामाजिक न्याय, विद्यमान राजनीतिक, सामाजिक, शैक्षिक, प्रशासनिक व्यथिति, अन्याय, अत्याचार, विभेद, प्रकृतिप्रेम, जातिप्रेम, संस्कृतिप्रेम, राष्ट्रियता मेलमिलाप श्रृङ्गारिकता आदि जस्ता विषय लेखन धरातल हुन् उनका । यस अतिरिक्त राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक सामाजिक विषयमा सोच्ने, घोत्लिने, व्याख्या विश्लेषण छलफल वा संवाद समेत गर्छन् उनी । पुस्तक, पत्रपत्रिका एवम् सामाजिक सञ्जालबाट पनि पर्याप्त ज्ञान लिन उत्सुक छन् उनी । यी माध्यमबाट ज्ञानको भोक मेटी मनोरञ्जन र सन्तुष्टि समेत लिन्छन् उनी । आफ्नै उत्पादनबाट आत्मनिर्भर हुन र हरेकले आफ्नो हुर्के बढेको ठाँउको माटोको माया गर्नुपर्ने विचार अघि सार्छन् उनी । गाँउसमाजमा सदैव सकारात्मकका वीज रोपी पौरखी र उद्यमशील समाज निर्माणार्थ अभियन्ता बनी अथक रूपमा लाग्नु उनको विशेष पहिचान नै भइसकेको छ । आफू पनि सत्पात्र बन्ने र सामाजमा सबै सत्पात्र भएको देख्न चाहने समाज राष्ट्रका उज्यालो नक्षत्र हुन् । चम्किरहने दीप हुन् । यस्ता सन्तति जन्माउने आमाबाबु धन्य छन् । यस्ता सपुत जन्माउने जन्मभूमि पर्वत पनि धन्य छ ।





तेस्रो अध्याय

व्यक्तित्वका आयामहरू
एकजना व्यक्तिको निजीपना वा आफ्नै खाले विशेषता नै उसको व्यक्तित्व हो । वैयक्तिक विशेषतालाई देखाउने गुण वा व्यक्तिको परिचायक तत्त्व हो व्यक्तित्व । कुनै पनि व्यक्तिले आफ्नो जीवनमा विभिन्न खालका गतिविधि गर्दछ । यस्तो गतिविधि ऊ बाँचेको परिवेशमा अर्थात् उसको सामाजिक सम्बन्धबाट निर्देशित हुन्छ । उसले गरेको क्रियाकलापअनुसार पनि व्यक्तिको निजीपना र सामाजिक दुबैबाट व्यक्तित्वको समग्र पहिचान बन्न सक्छ । एउटा व्यक्ति अर्काे व्यक्तिबाट जुनजुन कुराले पृथक देखिन्छ वा उदाहरणीय काम गर्दछ, त्यो नै सम्बन्धित व्यक्तिको व्यक्तित्व बन्न पुग्छ । व्यक्तित्वमा शारीरिक बनौट, काम गर्ने बानी, सामाजिक योगदान आदिको गणना हुन्छ । हरेक व्यक्तिमा फरकफरक प्रतिभा, विचार वा चरित्रमा अनेकता पाइने हुनाले व्यक्तिको निजीपनका आधारमा उसको बाह्य र आन्तरिक  गरी व्यक्तित्वका दुई मूल पाटाहरू हुन्छन्् । व्यक्तिको शारीरिकभन्दा सामाजिक व्यक्तित्वले नै समाजमा सधैँ अमर बन्ने दरिलो स्तम्भ खडा गर्न सक्छ । बाह्य व्यक्तित्वको रूपमा नाप, नक्सा, शारीरिक बनोट, उचाइ, मोटाइ, छालाको रङ, नाक, कानको बनोट, अनुहारको प्रकृति आदि कुराहरू पर्दछन् भने आन्तरिकमा हिडाइ, बोलाई, बसाइको, रङ्गढङ्गदेखि, रुचि, स्वभाव, इच्छा, आकांक्षा, त्यागको भावना आदि जस्ता सामाजिक, सांस्कृतिक, वैचारिक मूल्यगत कुराहरू पर्दछन् । चर्मचक्षुले नियाल्न मिल्ने बाहिरी स्वरूपलाई बाह्य व्यक्तित्व भनिन्छ भने मानसिक रूपमा निर्मित व्यक्तित्वलाई आन्तरिक व्यक्तित्व भनिन्छ ।
व्यक्तित्वका आधारमा मानिसको परिवार, समाज र राष्ट्र अन्तर्राष्ट्रमा मूल्याङ्कन गरिन्छ । बाह्य व्यक्तित्वलाई आन्तरिक व्यक्तित्वले आभूषणको रूपमा सजाएको हुन्छ । समाजमा प्रतिष्ठित व्यक्तिहरूको व्यक्तित्वले अरूलाई प्रत्यक्ष प्रभाव पार्ने भएको हुँदा प्रभावशाली व्यक्तित्वको ज्यादै महत्त्व रहेको हुन्छ । यस्तै मध्येका सदानन्द पनि एक हुन् । उनको कर्म बहुआयाममा विस्तारित छ । उनका विविध व्यक्तित्वका पाटाहरू क्रमशः यहाँ चर्चा गरिदै छ ।
३.१ निजी व्यक्तित्व
कुनै पनि व्यक्तिको आफ्नोपन वा वैयक्तिक व्यवहारबाट प्रस्तुत हुने निजीपन निजी व्यक्तित्व हो । निजी व्यक्तित्वका दुईवटा पक्षहरू बाह्य वा शारीरिक व्यक्तित्व र आन्तरिक व्यक्तित्वहरू हुन् । सदानन्दको निजी व्यक्तित्वको चर्चा गर्दा सर्वप्रथम बाह्य वा शारीरिक व्यक्तित्वको चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
३.१.१ बाह्य(शारीरिक) व्यक्तित्व
सदानन्द नाम जस्तै सधैँ आनन्दकै मुडमा देखिन्छन् । कहिले झ्यास्स दाह्री पालेर, कहिले खौरेर हिड्ने गरे पनि उनको हंसमुख अनुहार ठीक्क मिलेको रातो वर्णको छ । ५ फिट ६ इन्चको मझौला कदका, ७२ कि ग्रा तौल भएका र सुडौल शरीरका देखिन्छन् । उनी सरल, सहज स्वाभाविक देखिन्छन् । शारीरिक सौन्दर्य मध्यम खाले देखिन्छ । मनपर्ने पोशाकको कुनै छनोट नभए पनि साधारण रूपमा सर्ट र पाइन्ट लगाई हिड्ने उनी सादा जीवन र उच्च विचारका पर्याय हुन् । 'बी–प्लस' ब्लड ग्रुप भएका सदानन्द औसत नेपालीझैँ साधारण छन् । उनी कृषि वैज्ञानिक र माटोविज्ञ भएर पनि साहित्यसेवा गर्नु कर्तव्य र धर्म सम्झेका छन् ।
उनी स्पष्ट स्वभावका मान्छे हुन् । जीवनलाई दार्शनिक एवम् वैज्ञानिक दृष्टिले हेर्न रुचाउने उनी चिन्तनशील देखिन्छन् । आफ्ना लेख, सिर्जनाद्वारा समाजमा विकृति विसङ्गतिप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्ने उनी स्पष्टवक्ता हुन् । उनी खुलस्त छन् । छलकपट जान्दैनन् । जीवनलाई आग्रहहरूमा होइन वैज्ञानिक चिन्तनका आधारमा व्याख्या गर्न खोज्छन् । उनी मस्तिष्कका हिसाबले चिन्तनशील छन् । मनका हिसाबले भावुक छन् । कोमल र सरस छन् । मानवतावादी छन् । विवेक पु¥याएर काम गर्छन् । लप्पनछप्पन नजान्ने सीधा व्यवहारका मानिस हुन् । उनमा नेपाली, हिन्दी, अंग्रेजीलगायतका भाषिका ज्ञान छन् । रसिलो व्यवहार र हसिलो हुनाले सामाजिक रूपमा प्रिय छन् । कृषि वैज्ञानिक लेख नेपाल टेलिभिजन, रेडियो नेपालको कृषि संचारद्वारा संचालित कृषि कार्यक्रम तथा विभिन्न रेडियोमार्फत् कृषकहरूलाई हरितक्रान्तिको लागि आह्वान र अनुरोध गर्छन् । उनी बिहान ४ बजे उठद्छन् । साझ १०÷११ बजे सुत्छन् । हाल वरिष्ठ अधिकृतबाट अवकास पाइसकेका उनी समाजसेवा र साहित्य क्षेत्रमा समय व्यतीत गरिरहेका छन् ।
सामान्य र आकर्षक व्यक्तित्वका उनी हक्की, निष्कपट, मृदुभाषी हुनुका साथै सबै उमेर र वर्गका व्यक्तिहरूसँग समान सम्बन्ध राखेको पाइन्छ । उनी साहित्यिक साधनद्वारा मानसिक सन्तुष्टि लिन्छन् । शान्तपन उनको थप परिचय हो । जीवन यात्राका मोडमा परिश्रम र सङ्घर्ष गर्दै आएका उनको व्यवहारमा हार्दिकता पाइन्छ । उनमा जिज्ञासु, समर्पित, लगनशील, स्वाभिमानी, इमानदार, मिलनसार, स्वभाव हुनुका साथै काममा सदैव व्यस्त रहन्छन् । समाजसेवा र लेखन–सिर्जना उनको रुचिको विषय हो । यसरी उनको निजी व्यक्तित्व आलोकित भएको छ र सार्वजिनक व्यक्तित्वलाई पनि आलोकित गरेको छ ।

३.१.२. आन्तरिक व्यक्तित्व
मानिस सामाजिक प्राणी भएको हुनाले उसको व्यक्तित्व निर्माण गर्न मूल स्रोत समाज हो , तसर्थ मानिस सामाजिकताबाट अलग हुन सक्दैन । कुनै पनि व्यक्तिमा रहेको आन्तरिक प्रवृत्तिहरूले  नै त्यस व्यक्तिको आन्तरिक व्यक्तित्वको निर्धारण गर्दछ । व्यक्ति जन्मेहुर्केको वातावरणबाट उसले प्रशस्तै शारीरिक तथा मानसिक तीतामीठा अनुभवहरू सँगालेको हुन्छ । यिनै क्रियाप्रतिक्रिया एवम् अन्तर्र्बाेधबाट नै उसको व्यक्तित्व निर्माणमा सहयोग पुगेको हुन्छ । व्यक्तिको पारिवारिक पृष्ठभूमि, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश तथा शिक्षादीक्षा जस्ता कुराले व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्दछ । यिनै कसीमा राखेर हेर्दा उनी ग्रामीण निम्न मध्यम वर्र्गीय परिवारमा जन्मिएकाले सानै उमेरदेखि संघर्षरत रही र विभिन्न आरोह र अवरोह पार गर्दै त्यसलाई सहदै आफ्नो कर्तव्य एवम उद्देश्यबाट कहिल्यै विमुख भएनन् । उनको बाल्यकाल आमाबाबुलगायतका परिवारका साथ सुखसँग बितेको पाइन्छ । उनी बाल्यकालदेखि नै सरल, परिश्रमी र शान्त स्वभावका थिए । आडम्बरहीन बोली र व्यवहार उनको सानैदेखिको परिचय हो । बाह्मण परिवारमा जन्मिएको भए पनि जातपात र छुवाछुतमा खासै विश्वास राखेको पाइदैन । दृढ विश्वासी र स्वाभिमानी उनले विद्यार्थी जीवनदेखि नै आफूमा परिआएको समस्या समाधानतर्फ लाग्थे ।
मोती टिप्नका लागि सागरमा डुबुल्की मार्नैपर्छ अर्थात् सत्यतथ्य पत्ता लगाउनका लागि सम्बन्धित विषयमा गहन अध्ययन हुनै पर्दछ  । समाजमा यस्ता थुप्रै व्यक्तित्वहरू हुन्छन्् जसले समाज तथा राष्ट्रको लागि निकै महत्त्वपूर्ण योगदान दिएका हुन्छन्् । जसको मूल्याङ्कन हुन्छ त्यो परिचित हुन्छ जसको मूल्याङ्कन हुँदैन ती ओझेलमा पर्छन् । यसरी व्यक्तिबाट उठेर सामाजिक भई सार्वजनिक व्यक्तित्व भएका सदानन्दले समाजिक रूपमा पूर्ण न्याय पाएझैँ भने अवश्य लाग्दैन ।
३.२. साहित्येतर व्यक्तित्व
उनको यसखाले व्यक्तित्व प्रभावशाली नै रहेको छ । उनी नेपाल सरकारको निजामती सेवामा दीर्घकाल कर्म गरी आफूलाई एक सफल वरिष्ठ अधिकृतका रूपमा चिनाएका छन् । अर्काेतर्फ कृषि विषयमा निकै महत्त्वपूर्ण पुस्तकहरू लेखेर ठूलो गुन लगाएका छन् । विभिन्न सामाजिक संघसंस्थामा संलग्न भई सेवामूलक काम गरेका छन् । नेपालका थुप्रै ग्रामीण इलाकामा प्रभावकारी कार्य गरेका छन् । कृषि वैज्ञानिक व्यक्तित्व साहित्येतर मध्येको प्रमुख व्यक्तित्व हो । उनी जेटिएदेखि बढुवा भई , देशविदेशमा गई उच्च शिक्षा हासिल गर्दै माटो व्यवस्थापन निर्देशानालयको प्रमुख माटो वैज्ञानिक पदमा पदासीन भए । अर्काेतर्फ उनले माटोसम्बन्धी अनेकौँ खोज अनुसन्धान गरी दर्जनौ कृषि विज्ञानका कृतिहरू प्रकाशन गरेका छन् । यससम्बन्धी धेरै तालिमहरू लिने दिने विभिन्न जिल्लाको भ्रमण गर्ने विदेश गएर उच्च अध्ययन गर्ने जस्ता काम उनले गरिसकेका छन् ।
३.२.१.अध्ययनशील व्यक्तित्व
औपचारिक अध्ययन गर्ने लाखौँ छन् । तीमध्ये केही डिग्री पीएचडी गर्नेहरू पनि छन् । धेरैको त्यो सर्टिफिकेट वा मार्कसिट जागीर प्राप्ति र पदोन्नति केन्द्रित भएको हुन्छ । ती व्यक्ति बढी स्वकेन्द्रित प्रयोजनमा रहन्छन् । तर अर्र्काे खाले अध्ययन (स्वअध्ययन) सामाजिक र राष्ट्रिय योगदान प्रयोजनार्थ रहन्छ । स्वअध्ययन पनि आफ्नो रुचि वा आवश्यकताले धेरथोर सबैले गरेका हुनसक्छन् । सदानन्दले पनि औपचारिक र अनौपचारिक दुबै अध्ययनलाई समाज राष्ट्रको योगदान प्रयोजनार्थ प्रयोग गरे । सदानन्द यस्ता व्यक्ति हुन, जसले देशविदेशका प्रकाशित उपलब्ध कृतिहरूको निरन्तर अध्ययन गर्दछन् र त्यस्ता विषयमा केही लेखेर वा ज्ञान बाडेर उपयोग गर्दछन् । अध्ययन उनको मोह हो । यो बुढ्यौली उमेरमा पनि । उनले आफ्नो सरोकारवाला ज्ञानलाई सम्बन्धित क्षेत्रमा प्रकाशन, प्रसारण गर्न अघि सर्छन् । अर्काेतर्फ हेर्दा हालसम्म उनले जसजसका कृतिका बारेमा समीक्षकीय अभिमत जाहेर गरेका छन् । ती कृतिको उनले साङ्गोपाङ्गो अध्ययन गरेकै हुन्छन्् । चाहे कार्यपत्र प्रस्तुतिमा, चाहे अन्तर्वार्ता दिदा होस््, चाहे अन्तर्वार्ता लिदा होस््, चाहे सम्पादन कार्यमा, चाहे साहित्यिक र अन्य विषयक लेखनमा नै किन नहोस्् अथवा तालिम दिदाका ज्ञानका आधारहरू सबै हेर्दा उनी एउटा सच्चा लगाव भएका अध्ययनशील व्यक्तित्व हुन भन्ने कुरा प्रष्ट हुन्छ । यही अध्ययनकै कारण पनि उनले ५ दर्जन कृति लेखन सकेका हुन् भन्ने स्वीकार्न सकिन्छ ।
 ३ं.२.२.लेखक व्यक्तित्व
कृषिसँग सम्बन्धित पुस्तकहरू, लिफलेटहरू जति प्रकाशन भएका छन् ती आधारमा हेर्दा र साहित्यइतरका जेजति उनले लेख प्रकाशन गरेका छन् । ती आधारमा उनी लेखक व्यक्तित्व हुन् भन्न सकिन्छ । अनुसन्धान लेखन कार्यपत्र लेखनले पनि उनको लेखन व्यक्तित्व जनाउछ भने समीक्षा लेखन पनि लेखक व्यक्तित्व भित्रै पर्ने विषय हो ।
३.२.३.समीक्षक र समालोचकीय व्यक्तित्व
जीवनवृत्त विवरणमा दिइएकाअनुसार ६ बटा समीक्षा र समालोचनाका पुस्तकहरू अतिरिक्त फेसबुक, अनलाईन, वेभसाइट र विविध पत्रपत्रिकामा विभिन्न कृतिको विश्लेषण प्रकाशन हुनुले उनको समीक्षक र समालोचक व्यक्तित्वलाई पुष्टि गर्दछ । उनले हालसम्म २०० भन्दा बढी कृतिको समीक्षा लेखिसकेका छन् । यसले उनको द्रष्टा व्यक्तित्वलाई चिनाएको छ ।
३.२.४.वाक्परीक्षार्र्थी व्यक्तित्व
वार्ताकार÷अन्तर्वार्ताकारले सम्बन्धित विषय वा प्रयोजनले प्रश्न शोधदा त्यसको सटिक गम्भीर र सत्यतथ्यमा आधारित भएर जवाफ दिनु वा ज्ञान प्रसारण गर्नु वाक्यपरीक्षार्थीको काम हो । सदानन्द जागीरमा सेवारत रहँदा होस्् या सेवा अवकासपछि नै किन नहोस्् उनले यस कार्यमा भाग लिदै आएका छन् । नेपाल टेलिभिजन र रेडियो नेपालका कृषि कार्यक्रममा उनका दर्जनौ अन्तरवार्ताहरू कृषि विषयमा प्रसारित भइसकेका छन् । नवलपरासीका रेडियो दाउन्ने, सामथ्र्य, नवलपुर एफएमलगायतका एफएमहरू साहित्यिक र कृषि अन्तर्वार्ताहरू प्रसारण भएका पनि कृषि र साहित्य विषयका अन्तर्वार्ताहरू प्रकाशन भइसकेका छन् । यो क्रम जारी नै छ । २०६१ असोज ७ विहिवार अंक १० का लागि नवलपुर साप्ताहिकमा हरिनारायण रेग्मीले लिएको कृषि अन्तर्वार्ता, जनमत साहित्यिक मासिकले २०६७ जेठ अंकमा लिएको साहित्यक अन्तर्वार्ता, २०६२ साल पुस ४ गते विहिवारमा धरहरा टाइम्सका लागि सुविसुधा आचार्यले लिएको साहित्यिक वार्तालाप, हाम्रो मझेरी पूर्णाङ्क ५५ वर्ष १८ अंक ६ २०६४ को अन्तर्वार्ता, विशेषमा पुष्ष अधिकारी अञ्जलिले लिएको भलाकुसारी, वर्ष ३, अंङ्क २, २०७६ फागुन १६ गते विहिवारमा नयाँ भावना साप्ताहिकका लागि राम ज्ञवालीले लिएको अन्तर्वार्ता, मझेरी सञ्चालकले सेप्टेम्बर १२, २०१४मा लिएको अन्तरवार्ता(मझेरी भलाकुसारी अंक १६ तथा प्रस्तुत कृति सदानन्दको जीवन कर्म र व्यक्तित्वका लागि लिएको अन्तर्वार्ता तथा,  यहाँ प्रस्तुत गर्न नसकिएका थुप्रै अन्तर्वार्ताका जानकारी अभिलेख उनीसँग स्वयम् नै नरहेको वा हराइसकेको भए पनि विज्ञताका नाताले उनले थुप्रै अन्तर्वार्ता दिएका छन् भन्ने पत्याउने आधार मिल्दछ । यी कार्यका आधारमा उनको वाक्यपरीक्षार्थी व्यक्तित्व पुष्टि हुन्छ ।
३.२.५. शैक्षिक व्यक्तित्व
सदानन्द अभागीले आफूले शिक्षण पेशामा वि. स. २०२४ सालमा नारायण मा.वि.मा आबद्ध गरे । यही नै उनको पहिलो संस्थागत आबद्धता हो । आर्थिक अवस्था कमजोर रहेको र अध्ययनलाई अपुरै छाडी शिक्षण पेशामा लागेका हुन् । आफ्नै जन्मभूमिमा रहेको नारायण मा. वि. मा शिक्षकका रूपमा सेवा प्रवेश गरी उनले संस्थागत आबद्वताको शुरूवात गरे । त्यसको एक वर्षपछि अर्थात २०२५ सालमा पर्वत जिल्लामै पर्ने महेन्द्र शिखरी नि.मा.वि. मा शिक्षणका लागि प्रवेश गरे । त्यहाँ करीव ५–७ महिना शिक्षण गरे । यस आधारमा हेर्दा उनी एक शैक्षिक व्यक्तित्व पनि बनाएर अनुभव बटुलेका व्यक्तित्व हुन् ।
३.२.६.धार्मिकर आध्यात्मिक व्यक्तित्व
सदानन्द परोपकारलाई धर्म मान्ने व्यक्तित्व हुन् । 'स्वर्ग कामो यजेतु को मूल मर्मलाई अङ्गीकार गरी दानपुण्यमा सारा सम्पति खर्चिने गर्थे उनका पुर्खाहरू । 'सेवा हि परमो धर्म' उक्तिको मर्म  सदानन्दलाई राम्ररी थाहा छ । उनी आस्तिक त हुन् तर धर्मका नाममा ईश्वर प्राप्ति हुने विश्वासमा, मन्दिर गएपछि आनन्द र मुक्ति हुन्छ भन्ने सोँचले भने मन्दिर धाउदैनन् । उनी सगुण मूर्ति पूजाका विरोधी हुन् । सगुण मूर्ति उपासनालाई ढोगी प्रवृत्ति ठान्ने उनी मानव धर्ममा निकै विश्वास राख्छन् । उनी भन्छन््, "मानवले मानवप्रति मानवीय व्यवहार गर्नु नै मानव धर्म हो ।" कविरदासको धार्मिक भावनाबाट निकै प्रभावित अभागी नियति उपन्यासमा लेख्छन् –जवसम्म मानव मन्दिरभित्र पस्न सकिदैन तबसम्म कुनै मन्दिरमा पसेर के नै हुन्छ र ? यसरी उनी लेखन, आचरण र व्यवहारबाट रूढीवादी, अन्धपरम्परा र संस्कारका कट्टर विरोधी, मानव धर्मका पक्षपाती एवम् कर्ममा विश्वास राख्ने सेवा र सत्कर्मलाई जोड दिने व्यक्तित्वको रूपमा परिचित छन् । कर्म नै धर्म सम्झेका उनी धार्मिक– आध्यात्मिक पक्ष मन र व्यावहारिक कर्ममा गढेर रहेकाले उनको यसखाले व्यक्तित्व पनि सबल छ भन्न सकिन्छ ।
३.२.७. सेवा र संवेदनशील व्यक्तित्व
'परोपकार पुण्याय पापाय परपीडनम्' भन्ने मूल मान्यता आत्मसात् गरेका सदानन्दले अरूको दुःख देख्न सक्दैनन् । श्रीमद्भगवत गीताजस्तो महान् र पवित्र ग्रन्थका अध्येता तथा यसका मूलमर्मबाट प्रभावित उनी दया, माया, करूणाका खानी हुनुका साथै कमलो मन र संवेदनशील स्वभाव देखाउछन् । अर्काको दुःखमा तन, मन र धनले सहयोग गर्ने† मन, वचन र कर्ममा एकरूपता देखाउने उनी भावुक हृदयका नरम बोली बोल्ने मृदुभाषी पाइन्छ । उनको बोली व्यवहारले जो सुकैलाई प्रभाव पर्न सक्दछ । ईश्वर र मानवधर्मप्रति अगाध आस्था राख्ने उनी ईश्वर मनभित्रै हुन्छन्् । मानवनिर्मित कृतिम मन्दिर धाएर ईश्वररत्न प्राप्त हुदैँन भन्ने मान्यता राख्छन् । धर्मले मानव रक्षा गर्छ यसले मानव आत्म शुद्वि गर्ने बताउछन् । उनी सहयोगी, निस्वार्र्थी, जिम्मेवार राष्ट्रभक्त र राष्ट्रप्रेमी, परसेवक, कर्म र पेशामा इमानदार, निष्पक्ष, विभेदहीन, हरेक कोणमा मानवतावादी सोचाइ अवलम्बन गर्छन् । आफ्नो पेशा सेवा कर्तव्यबोध र हरेक मानवीय क्रियाकलापका दृष्टिबाट अडिग र संवेदनशील देखिन्छन् । यसरी उनको सेवा र संवेदनशील व्यक्तित्व उच्च छ भन्ने प्रष्टिन्छ ।
३ं.२.८. कार्यपत्र प्रस्तोता÷लेखक व्यक्तित्व
उनले साहित्यिक र कृषि विषयका विभिन्न कार्यपत्रहरू ठाँउठाँउमा प्रस्तुत गरेका छन् । साहित्यमा विशेष गरी वी.पी. र भानुभक्त विशेष केन्द्रित गरी लेखेको र प्रस्तुत गरेको पाइन्छ । यस आधारमा उनी कार्यपत्र प्रस्तोता व्यक्तित्वका रूपमा समेत चिनिन्छन् ।
३.२.९. अनुसन्धाता व्यक्तित्व
उनले अनुसन्धान विषय भने कृषि विषय र माटोलाई बनाएका छन् । उनको जीवनवृत्तमा समेटिएका विवरणका आधारमा उनी अनुसन्धान गर्ने र प्रतिवेदन तयार पार्ने व्यक्तित्वका रूपमा चिनिएका छन् । माटोविज्ञ भएकाले उनको अनुसन्धान प्रमुख कर्म र रूचि समेत हो । यस आधारमा उनी अनुसन्धाता व्यक्तित्व पनि हुन् । उनका अनुसन्धानका कृतिहरू अंग्रजी भाषामा बढी छन् । केही नेपाली भाषामा रहेका छन् ।
३.२.१०. अनुवादक व्यक्तित्व
जापानी भाषाबाट अंग्रजी हुदै मूल अनुवादक भई नेपाली भाषामा यथार्थपरक वा वास्तविक अनुवाद गर्ने सदानन्द अनुवादक पनि हुन् । उनले यस सिलसिलामा तरकारी बालीमा खाद्यतत्त्व कमी तथा बढीका लक्षणहरू (भाग १र२ं) दुई वटा कृतिहरू अनुवाद गरी २०६० सालमा प्रकाशन गरेका छन्् । आवश्यक पर्दा कैयन कृति उनले अनुवाद गर्न सक्छन् ।
 ३.२.११. स्वाबलम्बी व्यक्तित्व
मानव भई जन्म्यौ हामी मान्छे बन्नु पर्छ ,स्बाबलम्बी भावनाको विकास गर्नुपर्छ , कमाऊन् खाऊन् सबले  अब दह्रो मुटु पारेर, अरूको भरमा मात्रै बाँच्नु के काम पो हुन्छ र ? भन्ने  मूलभाव विचारलाई आत्मसात् गरेका जागीरे जीवनदेखि सेवा निवृत्त पछिका हालसम्मका दिनहरूमा आफ््नै पुरूषार्थ, कमाइ वा बलबुतोले वाँचेका छन् । आफ्नै पौरखमा बाँचेकाले उनको स्वाबलम्बी व्यक्तित्व पनि सबल छ ।
३.२.१२. राजनीतिक व्यक्तित्व
राजनीति गर्न भनेर झण्डा समाउदै त हिड्दैनन् सदानन्द । राजनीतिको फेरो  समातेर पक्ष–विपक्ष भई आफ्नो आस्थाको विपत्तै बकालत पनि गर्दैनन् उनी । तापनि उनको राजनीतिक आस्था वी. पी. कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मू्ल्यमान्यतासँग सम्बन्धित छ । यसैबाट उनले आफूलाई राजनीतिक आस्थाका आधारमा उभ्याई राजनीतिक व्यक्तित्व बनाएका छन् । नेपाली लेखक संघको सदस्य, प्रेस युनियनको सदस्य तथा केन्द्रिय पार्शद्लगायतका पदीय जिम्मेबार वहन गरी आस्थाको राजनीतिमा आफूलाई संलग्न गराएका छन् । फाटपूmट राजनीतिक लेख पनि लेख्ने गर्छन् ।
३.२.१३. सम्पादक व्यक्तित्व
कृषि उपज बजार व्यवस्थापन समिति कावासोती, नवलपुर स्मारिका–२०७३, नर्मदेश्वर शिवालय मन्दिर कावासोती–२, नवलपुर स्मारिकाः २०७६, ऋयmउयलभलत  या क्ष्लतभनचबतभम  एबिलत लगतचष्भलतक mबलबनझभलत ायच ल्भउब,ि एचयअभभमष्लन या धयचपकजयउ (ज्ञज्ञ तय ज्ञठ ँबनिगल द्दण्छट को मूल सम्पादकीय को साथै वार्षिक प्रतिवेदन, अनुसन्धान लेखरचनाहरूको सम्पादकीय भूमिका निर्वाह गरेका कारण उनमा सम्पादक व्यक्तित्व निहित छ ।
३.२.१४. वार्ताकार व्यक्तित्व
उपर्युक्त स्मारिकाहरूलगायतमा उनले आफूलाई वार्ताकारका रूपमा भूमिका प्रस्तुत गरेका छन् । यस आधारमा उनमा धेरथोर वार्ताकार व्यक्तित्व पनि छ भन्न मिल्दछ ।
३.२.१५. सामाजिक नेतृत्वदायी व्यक्तित्व
जागीर खाँदा होस् वा जागीरबाट अवकास पाएपछिका दिनमा नै किन नहोस्् उनले जेजति संघसंस्थामा रहेर नेतृत्व सम्हाले कतिपयमा संहाल्दै छन् । ती उदाहरण आधारमा उनी नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तित्व हुन भन्ने प्रष्ट हुन्छ ।
३.२.१६. बहुभाषिक व्यक्तित्व
भाषा ज्ञानका हिसाबले सदानन्द बहुभाषिक छन् । उनले राम्ररी जानेका भाषाहरू मध्ये अंगे्रजी, नेपाली र हिन्दी मुख्य हुन् भने, संस्कृतलगायतका केही अन्य भाषाको सामान्य ज्ञान पनि छ । नेपाली र अंग्रेजी भाषा आफ्नो लेखन–सिर्जनामा प्रयोग गरेका छन् । अंग्रेजीमा पनि कविता, लेख लेख्छन् उनी । यस आधारमा उनी बहुभाषिक व्यक्तित्व हुन् ।
३.२.१७. प्रशासक र जागीरे व्यक्तित्व
सदानन्दले पञ्चायतकालीन अवस्थादेखि (२०२४ सालदेखि शिक्षक र २०२७ सालदेखि नै सरकारी सेवामा) प्रवेश गरेका थिए । उनले झण्डै ३७ वर्षसम्म सरकारका विभिन्न क्षेत्रमा रही सेवा पु¥याए । सरकारी सेवामा रहँदा उनी सेवाग्राहीको कुरालाई प्राथमिकतामा राखी निष्पक्ष एवम् न्यायपूर्ण तरिकाले सेवा प्रदान गर्ने व्यक्तिका रूपमा चिनिए । उनले आफ्नो सरकारी सेवा अवधिलाई जनसेवीका रूपमा बिताए । उनी साधारण जेटिएबाट कार्यवाहक प्रमुख माटो वैज्ञानिक हुने बेलासम्म राजपत्राङ्कित प्रथम श्रेणी जस्तो वरिष्ठ अधिकृतको कार्यभार सम्हाली एक सफल व्यक्तित्वका रूपमा भूमिका निर्वाह गरे ।
३.२.१८.समाजसेवी व्यक्तित्व
सदानन्द २०६१ मा सस्टेनेवल स्वाइल मेनेजमेण्ट प्रोग्रामको आंशिक परामर्शदाता ९एबचतष्mभ ऋयलकगतिभलत० र २०६२ मा हेल्भेटास सुर्खेतकोलगायतमा कन्सल्टयान्ट बने । २०६० मा माटो व्यवस्थापन निर्देशनालयमा माटो विज्ञानका प्रमुख बने । यसै गरी उनले साहित्यिक र गैरसाहित्यिक संस्थाहरूसहित २ दर्जनभन्दा बढी सामाजिक संस्थाहरूमा आबद्ध र सक्रियता जनाएका छन् । सामाजिक क्षेत्रहरू जस्तै रेडक्रसमा सल्लाहकार,जेष्ठ नागरिक जिल्ला संघमा (बर्तमान अध्यक्ष) यसका अतिरिक्त आफ्ना गाँउ छिमेकका समेत पीरमर्का बुझेर उनले काम गर्दै आएका छन् ।
 ३.२.१९. लेखक÷सर्जक व्यक्तित्व
सदानन्द रिजालको प्रमुख व्यक्तित्व मध्येको साहित्यिक व्यक्तित्व पनि एक हो । उनले धेरै साहित्यिक सिर्जनाहरू गरेका छन् । २०२६ सालतिर आमा पत्रिकामा 'आमा' शीर्षककै कविता प्रकाशित गरी साहित्य क्षेत्रमा लागी हालसम्म ३ दर्जनभन्दा बढी साहित्यिक कृतिको जन्म दिएका छन् । उनको पहिलो रचना वनारसवाट प्रकाशित भएको थियो । उनलाई यस क्षेत्रमा लाग्ने प्रेरणा वरिष्ठ साहित्यकार हरिभक्त कटुवालले प्रदान गरेका थिए । सदानन्द लेख्छन्, "उक्त समयमा कविवर हरिभक्तको साथै त्यहाँका विद्यार्थीसँगको सक्रियतामा नेपाली साहित्यमा रुचि बढेको र त्यहीँबाट मेरो पहिलो कविता 'आमा' शीर्षकको कविता वनारसको 'आमा' पत्रिकामा प्रकाशन भएको हो ।' करीव २० वर्षको उमेरदेखि साहित्य यात्रामा लागेका उनले यस क्षेत्रमा ५ दशकभन्दा बढी पार गरिसकेका छन् । साहित्यिक विधामा उनी कवि, काव्यकार,(खण्डकाव्यकार र महाकाव्यकार) आख्यानकार, आत्मसंस्मरणकार, नियात्राकार, गजलकार, मुक्तककार, गीतकारका रूपमा चिनिएका छन् । समाजका विकृति विसंगतिको विरोध गर्नु, राष्ट्र–राष्ट्रियताको इज्जत तथा सम्मान गर्नु जस्ता उनका सिर्जनात्मक उद्देश्य हुन् । उनका साहित्यिक व्यक्तित्व निम्नानुसार रहेका छन् ः
३.२.१९. कवि र काव्यकार व्यक्तित्व
२०२६ सालदेखि साहित्य प्रकाशनमा लागेका सदानन्दले कृतिगत रूपमा धेरै नै पछि २०५७ सालबाट मात्र प्रकाशन आरम्भ गरेको पाइन्छ । कविता काव्य सिर्जनात्मक विधा हो । साहित्य आफै नलेखिने भएकाले यसको लेखन गर्नु सृष्टि नै हो । फरक यत्ति हो कि कोही एकविधामा बढी कलम चलाउछन्  भने बहुविधामा समान रूपमा वा धेरथोर रूपमा । सदानन्दले सिर्जना विधामा गद्य पद्य दुबै विधामा कलम चलाएका छन् । उनले २०५७ मा आफ्नै व्यथा (क. स.), २०५८ मा बूढो जवानी (क. स.) २०५९ मा जीवनलीला (ख. का), २०५९ मा कोपिला (लघु काव्य), २०६१मा अग्निज्वाला (म. का.), २०६१ मा माटो र विरूवाले भोक लाग्यो भन्छन्् , २०६२ मा मोहनीको मीठी म्वाइँ (कविता सङ्ग्रह) र २०७३ मा सिंहवाहिनी (महाकाव्य) सिर्जना गरी कवि तथा काव्यकारको व्यक्तित्व सार्वजनिक गरेका छन् । यसरी उनले ३ वटा महाकाव्य १ वटा लघुकाव्य १ वटा खण्डकाव्य १ कृषिकाव्य २ बटा कवितासङ्ग्रह प्रकाशन गरेर कवि तथा काव्यकार व्यक्तित्वलाई चिनाएका छन् । यस अतिरिक्त पनि उनका दर्जनौ कवितात्मक रचना र स्वर्गको यात्रा नामक महाकाव्य कृतिका रूपमा सार्वजनिक हुन बाँकी छन् । ती रचना कैयन पत्रपत्रिकामा सार्वजनिक भएका छन् । कति त डायरीमा नै सीमित पनि छन् । प्रकाशित कृतिहरू हेर्दा यथार्थ चित्रण, सकारात्मक सोच र स्वच्छन्द भावको प्रकटीकरण गर्ने कवि–काव्यकारका रूपमा उनी चिनिन्छन् । पूर्वीय मान्यताअनुसार पौराणिक कथाका धिरोदात्त गुण भएका नायकलाई आधार बनाएर महाकाव्य लेख्ने परम्पराबाट अलग पहिचान दिंदै स्वनिर्मित कथामा महाकाव्य लेख्न सफल देखिन्छन् । यी आधारमा हेर्दा उनी कवि, खण्डकाव्यकार र महाकाव्यकार व्यक्तित्वको रूपमा चिनिएका छन् ।
३.२.२० आख्यानकार व्यक्तित्व
आख्यानभित्र कथा र उपन्यास पर्दछन् । सदानन्दले वि.स.२०५८मा पश्चातापको आँसु (कथासङ्ग्रह), २०६० मा जीवनलीला (उपन्यास), २०६१ मा नियति (उपन्यास), २०६१ मा तन्नेरी हजुरबा (उपन्यास), २०६३ मा परिवर्तन (कथासङ्ग्रह), २०६३ मा भुटानी  शरणार्थीको कथा व्यथा (कथासङ्ग्रह) प्रकाशन गरेका छन् । हालसम्म उनले ४ वटा कथा सङ्ग्रह र ४ वटा उपन्यास प्रकाशन  गरेका छन् । हालसम्म उनले ४ बटा कथासङ्ग्रह र ४ वटा उपन्यास प्रकाशन गरी कथाकार र उपन्यासकार दुबै रूपमा चिनाएका छन् । अन्य कथाका फुटकर रचनाहरू उनका अनलाईन, पत्रपत्रिका, फेसबुकलगायतमा सार्वजनिक भएका छन् । सार्वजनिक हुने क्रममा निरन्तरता छ । उनका उपन्यासमा उनले सामाजिक यथार्थहरूका कुरा, यौन, जीवन, बहुविवाह, अनमेल विवाह, विधवा विवाह, अन्तर्जातीय विवाह, छुवाछुत, चेलीबेटी बेचविखन, सामाजिक विकृति, विसङ्गति, बेरोजगारी, कुसंस्कारका कुराहरू उठाएका छन् । कथामा उनले सामाजिक यथार्थता, पारिवारिक समस्या, बहुविवाह, जातीय समस्या, निम्नवर्र्गीय अवस्थाको चित्रण, नारी प्रतिको सम्मान, भावना, प्रकृति, चित्रण, शृङ्गारिकता, सामाजिक अन्याय, बेथिति, अत्याचार, गुण्डागर्दी, लुटपाट, झैँझगडा, भ्रष्टाचार आदिका विषयवस्तु उठान गरेका छन् ।
३.२.२१ जीवनीकार (आत्मसंस्मरणकार) व्यक्तित्व
जीवनी र आत्मसंस्मरण एकै त होइनन् तापनि उनले प्रकाशन गरेको म र मेराहरू (२०६०) मा आफूभन्दा अग्रज पुस्ता आफ्ना परिवार र आफ्नोसहित जीवनका महत्त्वपूर्ण घटनाक्रम सम्झेर विवरण र वर्णन प्रस्तुत गरेकाले उनी एकै कृतिमार्फत् नै जीवनीकार र आत्मसंस्मरणकार व्यक्तित्व दर्शाएका छन् । आत्मसंस्मरण प्रस्तुत गर्नुले उनलाई आत्मकथाकार व्यक्तित्वका रूपमा पनि लिन सकिन्छ । उनले समालोचना एक कृतिमा समेत आत्मसंस्मरण प्रस्तुत गरेको पाइन्छ ।
३.२.२२ गजलकार व्यक्तित्व
वि स  २०६४ मा समभोग समाधि, २०६५ मा गजल गुटिका, २०६५ मा वुढौतिका रहरहरू, २०६६ मा अभागीका गजलहरू, २०६८ मा गजल परिकार गजल सङ्ग्रहहरू प्रकाशन गरेका सदानन्दले यी ५ वटा कृतिहरूमा एक नयाँ कृति गजल षष्ठामृत समेत थपी अभागीको प्रेम विहारको षष्ठामृत नामक वृहत् आकारीय कृति २०७० सालमा प्रकाशन हुनु तथा अनलाईन, पत्रपत्रिका, वेभसाइट तथा ४ वटा संयुक्त कृतिहरूमा पनि उनका गजलहरू प्रकाशन हुनुले उनको गजलकार व्यक्तित्वलाई पुष्टि गर्दछ ।
३.२.२३ मुक्तककार व्यक्तित्व
वि स २०६८ मा प्रकाशित अभागीका मुक्तक र यसै नामको २०७४ मा प्रकाशित भएका कृतिका आधारमा उनी मुक्तककार व्यक्तित्व हुन् भन्न सकिन्छ । यति मात्र नभई उनका हालसम्म दर्जनौँ मुक्तकहरू सार्वजनिक  भइसकेका छन् ।
३.२.२४ नियात्राकार व्यक्तित्व
सदानन्दमा नियात्राकार व्यक्तित्व पनि छ भन्ने कुरा विभिन्न पत्रपत्रिकामा छापिएका यात्रा वर्णनात्मक फुटकर रचनाका अतिरिक्त काठमाडौँदेखि देहरादुन भन्ने प्रकाशित कृतिले पुष्टि गर्दछ ।
३.२.२५ गीतकार व्यक्तित्व
प्रकाशित कविता सङ्ग्रहमध्ये एकाध रचना, खण्डकाव्यमा प्रयोग भएका लोकलयात्मक रचना, महाकाव्यमा प्रयोग भएका केही लोकलयात्मक रचनाहरूले उनको गीति सिर्जनात्मक चेतना उजागर गरेका छन् । यी कार्यले गीतकार व्यक्तित्वलाई चिनाउन पुगेको पाइन्छ ।
बहुआयामिक व्यक्तित्व देखाउन सफल सदानन्द मुख्यतःदुई किसिमका साहित्यिक र साहित्येतर व्यक्तित्व उल्लेखनीय नै छन् । साहित्यिक व्यक्तित्वअन्तर्गत लेखन–सिर्जनाबाट बनेको व्यक्तित्व पर्दछ । कवि÷काव्यकार, आख्यानकार र जीवनीकार व्यक्तित्व यसैभित्र पर्दछ भने साहित्येतरमा कृषि वैज्ञानिक, समीक्षक (समालोचक वाक्यपरीक्षार्र्थी, शैक्षिक, धार्मिक, आध्यात्मिक, अध्ययनशील, सेवा र संवेदनशील, अनुसन्धाता, अनुवादक, स्वाबलम्बी, कार्यपत्र प्रस्तोता, राजनीतिक, सम्पादक, वार्ताकार, नेतृत्वदायी, बहुभाषिक, प्रशासक, समाजसेवी, व्यक्तित्व पर्दछन् । व्यक्तित्व जतिबढी भयो त्यति नै व्यक्ति चिरपरिचित त हुन्छ र बहुआयामिक कर्मबाट सफल हुन्छ । सफलता चुमेको व्यक्तिको आँखाको नानी हुन्छ । समाज राष्ट्रको जाज्ज्वल्यमान तारा बनेर रहन्छ । कर्मयोगी मानिसको नै सफल व्यक्तित्व हुन्छ । जीवन र व्यक्तित्वको अन्योन्याश्रित सम्बन्ध हुन्छ । एकाध अवस्थामा बाहेक यो व्यक्तिले खुन पसिना र बौध्दिकता खर्चेर मात्र प्राप्त गर्न सक्छ । व्यक्तित्व निर्माण चानचुने कुरा होइन । व्यक्तित्व कमाइ सफलताको सिँढी चढ्ने रहर त सबैलाई हुँदो हो, तर उत्कृष्ट र चर्चित काम नगरीकन व्यक्तित्व कहाँ बन्छ र ?पेटलाई खाना, बस्नलाई घर, लगाउनलाई लुगा, आवश्यक परेजस्तै मानिसको सर्वत्र र दिगो पहिचानका लागि अति आवश्यक कुरा हो व्यक्तित्व । व्यक्तित्व वाँचुञ्जेल वा मृत्युपर्यन्त पनि सदैव आवश्यक पर्दछ । व्यक्तित्व निर्माण गर्न अनेकौँ कुराले प्रभाव पार्दछन् ।
सदानन्दले परिश्रम र बौद्विकताका साथमा लगाव र समर्पणलाई पनि ध्यान दिएका छन् । उनको स्थान जहाँनेर छ त्यसका लागि कसैको कृपादृष्टिले उनी त्यहाँनेर पुगेका होइनन् । जिम्मेवार बन्नु, समयनिष्ठ बन्नु, मानवतावादी कर्ममा लाग्नु, विश्वासिलो हुनु, उद्देश्यकेन्द्रित, समर्पित, जागरूक, नेतृत्वमा अघि सर्नु, अध्ययनशील, विश्वका नवीन, खोज, प्रविधि र सूचनामा अद्यावधिक भइरहनु, प्रसन्न रहनु, कृतज्ञ, असल श्रोता बन्नु, धेरै सुन्नु, कम बोल्नु तर आवश्यक ठाँउमा सही तथ्य र तर्कपूर्ण रूपले विचार प्रस्तुत गर्नु, सत्यको पक्षपोषक, तनाबविहीनतामा जोड, विवादमा सकभर हात नहाल्ने, समाधानका लागि शान्तिपूर्ण उपाय खोज्ने, भरसक त्रुटि, गल्तीबाट टाढा, निन्दा नगर्नु, दयालु, सहयोगी बन्नु, उत्साही, सकारात्मक चिन्तनमा केन्द्रित, वचनमा प्रतिबद्व, सकारात्मक ईख लिने, निष्ठावान, निष्कपटता, अरूप्रति सकारात्मक चासो लिने, शिष्ट, सभ्य, सदाचारी, लोभ गर्नबाट टाढा रहनु, अरूलाई नहोच्याउने, असल मित्र वा विद्वानको संगत, अरूको भावनाको कदर गर्ने, वास्ता राख्ने, सामाजिक रूपमा सरल र सहयोगी व्यवहार, अरूलाई बुझ्ने, जिज्ञासु, नेतृत्व लिन वा कुनै पनि काम फत्ते गर्न निकै सक्रिय, घमण्डरहित, अरूलाई महान्् देख्न सक्नु, आशावादी हुनु, जहाँ पनि ज्ञानको स्रोत देख्नु, सही ज्ञानले आफू विवेकी बन्नु, ज्ञान बुद्वि र विवेकलाई जीवनको आदर्श ठान्नु, अग्रजको सम्मान, मितव्ययीपन, आवश्यक पर्दा भएको धनपैसा उदार मनले खर्च गर्नसक्ने, अनुजप्रतिको स्नेह र माया, संघर्षशील, उपयुक्त वातावरणको खोजी, उत्तरदायी, लचिलो, कमजोरीहरूको स्वीकार गर्नु र सुधारमा जोड, अग्रजबाट सिक्ने, तालिम प्रशिक्षण लिने, रसिक र मजाकिलो बन्ने तर कसैलाई नपिर्ने, स्वस्वार्थभन्दा माथि उठेर काम गर्ने, माटोको माया गर्ने, माटो नै प्राण सम्झिने, जन्मभूमिप्रतिको आदर, जन्मभूमिको ऋण तिर्नुपर्छ भन्ने मान्यताले अभिप्रेरित हुनु र सोहीअनुसारका काम गर्नु आदि जस्ता अनेकौँ गुणहरूका कारण सदानन्दको स्थायी व्यक्तित्व निर्माणमा सघाउ पुगेको हो ।
सदानन्दले यिनै गुणका कारण विविध व्यक्तित्व बनाएका छन् । कुनै व्यक्तित्व केही बढी सबल र केही खारिन बाँकी छन् । जे होस््  उनलाई समाजले जति चिनेको छ ठीकै छ । उनका नचिनेका पाटालाई पनि खोतलखातल गरी सही न्याय दिन आवश्यक छ । तसर्थ सदानन्द जस्ता व्यक्तित्वको खाँचो समाज, राष्ट्रलाई ठहरिएको हो । यस्ता व्यक्तित्वको गुण गरिमाबाट समाजका सरोकारहरूले पाठ सिकेर जीवनमा अवलम्बन गर्नु उत्तम हुन्छ ।