कुनै पनि व्यक्ति लेखक वा साहित्यकारको धारणा उसको अध्ययन, सामाजिक संघसंस्था प्रतिको आबद्धता, रचनात्मक कार्य, उसले देखेकाभोगेका जीवनजगत्बाट प्राप्त अनुभव र प्रेरणाबाट निश्चित हुन्छन् । सदानन्द अभागी कर्तव्यनिष्ठ, लगनशील, राष्ट्रवादी र समाजसेवी व्यक्तिका रूपमा परिचित छन् । आफ्नो काम आफैले गर्नुपर्छ ; अर्काको भरपर्नु परनिर्भरता हो भन्ने उनको धारणा छ । 'सादा जीवन, उच्च विचार'को सिद्धान्तमा उनी विश्वास गर्दछन् । सम्पत्ति कमाउनु र मोजमज्जा गर्नुमात्र ठूलो कुरा हो भन्ने कुरामा यिनी असहमत छन् । उनी भन्छन्,''मरी जाने चोलामा मानिसले सन्तोष लिन सक्नुपर्छ । लोभ र डाहको भावना हाम्रा प्रगतिका बाधक हुन् ।'' कुनै पनि निन्दनीय काम गरी व्यक्तिगत स्वार्थ पुरा गर्नुहुँदैन भन्ने उनको धारणा छ । उनी सधैँ सत्य र न्यायको पक्षमा आवाज उठाउँछन् ।
(अ) जीवन दर्शनसम्बन्धी मान्यता
संसार स्वार्थी छ । लोभ र पापको आडमा अडेको छ । एकले अर्काको स्वतन्त्रता माथि हस्तक्षेप गरेको छ । एकले अर्कालाई यातना दिएको छ । यस सन्दर्भमा जीवन शोषणरहित स्वच्छ र स्वतन्त्र हुनपर्छ भन्ने सदानन्दको धारणा छ । अस्मिताको खोजी, भौतिकवादी र अस्तित्त्वपरक चिन्तन मानववादी भावना आदि उनका जीवनजगत् सम्बन्धी प्रमुख दृष्टिकोणहरू हुन् ।
उनी राजनीतिमा नेपाली काङ्ग्रेसको समाजवादी दृष्टिकोण राख्दछन् । राजनीतिक नारा र भाषण बाहिरी कुरा हुन् , दर्शन जीवनको वास्तविकता हो र त्यो आन्तरिक हुन्छ भन्ने उनको विचार छ । जीवन सुख र दःुखको संगम हो । मानिस स्वाभाविक रूपमा चल्नुपर्छ । जे होस्् जागीरे जीवन, वसाइँसराई वातावरणीय परिवेश, जीवन भोगाइ, राजननीतिक उतारचढाव आदिबाट अभागीको जीवनदर्शनलाई प्रभाव पारेको देखिन्छ । उनको ठम्याइ छ '' भौतिक र अध्यात्मको सम्मिश्रणबाट जीवनलाई सुसञ्चालन गर्दै जानुपर्छ । यस संसारमा जति वस्तुहरू छन्, ती सबै मानिसको प्रयोगको लागि हुन् । ती सम्पूर्ण सामग्रीको यथोचित उपयोग गर्नुपर्छ । जब मानवले ती वस्तुको यथोचित प्रयोग गर्दैन वा प्रयोग गर्न बिराउँछ तब जीवन र जगत्् दुबै दुर्घटित हुन्छ ।" भन्ने उनको दृष्टिकोण रहेको छ ।
जीवन गतिशीलताको प्रयाय हो । मान्छे जन्मेपछि उसको जीवन सीमित व्यक्तिको लागि मात्र नभएर उसको हैसियतअनुसार सबैको लागि हुनुपर्छ । जीवन अत्यन्त महत्त्वपूर्ण रहेकाले यसलाई समाजको लागि खर्चिनु र न्यायको प्रतीक मान्दै समाजलाई अगाडि बढाउनु नै जीवन सार्थकता हुन्छ । प्रकृति र चक्रलाई नविथोल्ने गरी सहज ढंगबाट जीवनयापन गर्ने कला नै विकास हो । कसैको हानी गर्नु र चित्त दुखाउनु भनेको पाप हो । अरूको लागि सहयोग गर्नु र खुसी तुल्याउनु धर्म हो । सबैको प्रिय बनेर हाँसी खुसीका साथ सरल जीवनयापन गर्नु स्वर्ग हो, अनि चिन्ता, व्यग्रता अशान्तिकोबीचमा बाँच्नु नर्कपन हो । प्रकृतिका सबै सिर्जनाहरू मन्दिर हुन् । हृदय र विवेकलाई भगवान मान्नुपर्छ । भगवान भन्नु आदर्श व्यक्ति हो र एउटा परिकल्पना समेत हो । मान्छेहरू भगवान बन्न सक्दैनन् तापनि उनीहरू भगवान बन्न प्रयत्नशील बन्नुपर्छ । उनका यी धारणा वी.पी.को विचारसँग मेलखाने खालका छन् । यसरी उनको जीवनदर्शन आस्तिकतामा आधारित हिन्दू धर्म संस्कृति अनुरूपको छ । सादा जीवन उच्च विचार हुने व्यक्तिको जीवन अवश्य नै सफल हुने उनको दावी छ ।
कर्मयोगी सदानन्दले श्रीमद्भगवत गीतामा उल्लेख गरेझैँ ''कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन'' भन्ने युक्तिलाई आजीवन आत्मसात् गरी सोही अनुरूप आचरण व्यवहार र सत्कर्म गरेको पाइन्छ । मूलतः उनको जीवनदर्शन सद्धर्म, सत्कर्म, सेवा, समर्पण र मानवतावादमा आधारित रहेको देखिन्छ । हाम्रा सबै कर्महरू मानव र समाजका निमित्त हुनुपर्ने धारणा उनको छ । जीवनमा सुख, दःुख, मिलन, विछोड, हाँसो, रोदन जस्ता क्षणहरू आइरहन्छन् र त्यो स्वाभाविक पनि हो । जुनसुकै अवस्थामा पनि मानवता र आदर्शबाट विचलित हुनु हुँदैन । सुखमा मात्तिने र दुःखमा आत्तिने गर्न हुँदैन किनकि सुखदुख मानव जीवनमा चक्र भई घुमिरहन्छन् । उनले बुझेका छन्,"जीवन केवल वसन्त होइन तुषारे शिशिर पनि हो, पूmलको कालीन मात्र हैन तर संघर्ष पनि हो ।'' भन्ने कुरा ।
धैर्य, इमानदारिता र लगनशीलताबाट मात्रै मान्छेले हरेक क्षेत्रमा सफलता हाँसिल गर्न सक्छ र मान्छेको अभीष्ट पुरा हुनसक्छ । उनले आफ्ना सन्ततीहरूलाई र आफ्ना सम्पर्कमा आउने हरेक जस्तो व्यक्तिलाई सत्कर्मको सन्देश दिन्छन् । उनी सोच्छन्,''जीवनलाई काँडाको रूपमा हैन, पूmलको रूपमा लिनुपर्छ ।" आफ्नो आर्जनको केही अंश सामाजिक कार्यमा लगानी गर्नुपर्छ । अडिग स्पष्ट र निडर विचारका सदानन्दको जीवनदर्शन माथि उल्लेख गरिएअनुसारमा केन्द्रित छ ।
(आ) साहित्यसम्बन्धी मान्यता
कुनै पनि साहित्यकारले आफ्ना कृतिमा समाजको वास्तविकता उतारेको हुन्छ । साहित्य समाजको ऐना हो । साहित्यकारले आफ्ना धारणा पाठकसमक्ष पु¥याउन साहित्यलाई माध्यम बनाएको हुन्छ । लेखकीय भावना वा अनुभूतिको कलात्मक उद्गारलाई साहित्य मानिन्छ । सदानन्दको साहित्यलेखन प्रतिको धारणा यस्तो छ ः
ड्ड साहित्य समाज लक्षित हुने भएकाले यो सामाजिक आभूषण हो ।
ड्ड यसले मानवलाई दिशाबोध गर्दछ । यसमा जीवनदर्शन प्रकटित हुन्छ ।
ड्ड साहित्यले कल्याणकारी राज्यका लागि असल नागरिक उत्पादन गर्न सघाउँछ ।
ड्ड साहित्यको प्रशंसा राज्य पक्षबाट हुनुपर्दछ र स्रष्टालाई राज्यले उचित सम्मान
दिनुपर्दछ ।
ड्ड पाठकलाई ध्यान दिएर नै साहित्य लेखिनुपर्दछ , लेखनको प्रभाव दिगो रहनुपर्दछ ।
यसरी सदानन्दको बाल्यकाल, स्वभाव, वैवाहिक र पारिवारिक विवरण, बसाइँ, जागीरे जीवन, सेवा निवृत्त क्षण, हालको पेशा व्यवसाय, सामाजिक कर्म, लेखन सृजनात्मक र अनुसन्धानात्मककर्म, तालीम अनुभव, लेखन सृजनात्मक प्रेरणा, देशविदेशको भ्रमण, चाहना, सामाजिक क्रियाशीलता र नेतृत्व, आवद्धता, मान–सम्मान र पुरस्कार, जीवनदर्शन मान्यता आदिको आधारमा जीवनवृत्त निर्धारित भएको पाइन्छ ।

No comments:
Post a Comment