सदानन्द जैसी .
हाम्रो कानुनले ज्येष्ठ नागरिक भन्दा साठी वर्ष उमेर पूरा गरेको व्यक्तिलाई परिभाषित गरेको छ । ज्येष्ठ नागरिक भए पनि कुनै स्वस्थ अवस्थामा छन् भने६० वर्षको उमेरका ज्येष्ठ नागरिकले निश्चय नै सकृय जीवन बिताउन सक्छन् । गरिबी असहाय, अस्वस्थ अवस्थाले जव पुग्यो साठी हातमा लाठी भन्ने उखानले स्थान लिएको मानिसको जीवनयापन गर्न निकै कठिन हुन्छ । कतिपय नेपालका गरिबीले थिचिएका ज्येष्ठ नागरिकहरूको जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति छैन काम गरेर खाने शक्ति(क्षमता) छैन भने तिनीहरूको जीवनयापन निकै कष्टकर हुन्छ ।
आजको समयमा एकातिर ज्येष्ठ नागरिकको आयु लम्ँिबँदै जानु र अर्कोतिर नेपाली युवाहरूको पेशा परिवर्तन भएर स्वदेश नभएर विदेशतिरको गमनले गर्दा घरमा ज्येष्ठ नागरिकलाई पालनपोषण तथा हेरचाह गर्ने परिवारको सदस्यको, अभाव खड्किएको अवस्थाले गर्दा ज्येष्ठ नागरिको समस्या अझे टडकारो रुपमा कष्टकर हुँदै गइरहेको छ ।
कतिपय ज्येष्ठ नागरिकको परिवारको सदस्य भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नुपरेको देखिन्छ भने पत्रपत्रिकाम आएका खवरहरूमा सम्पन्न परिवारका व्यक्तिहरूले पनि बाबुआमालाई राम्रो देखभालको सट्टा बृद्ध आश्राममा लगेर छाड्नु, बीच जङ्गलमा लगेर छाड्ने गरेका दुःखद खवरहरू पनि सुन्नमा आउँछन् । यस विषयमा समाजमा सबैले गहिरो रूपमा सोच्न पर्ने हुन आउँछ । यो युवा तथा ज्येष्ठ दुबै पिढीका लागि दुर्भाग्य हो किनकी हाम्रा सन्ततीले हामीले जे सिकाउँछौं त्यही सिक्छन् ।वर्तमान परिपेक्षमा हामीले हाम्रा बाबुआमालाई अपहेलित गछौं ।यो कुरालाई हाम्र सन्तीले गहिरो रूपमा अध्ययन गर्दछन् ।हाम्रो कर्मलाई बच्चा बच्चीको मष्तिष्कमा अमिट छाप बनेर बस्छ र हामीले गरेको कुकर्मलाई उनीहरूले पनि व्यवहारमा उतार्छन् ।
नेपालका ज्येष्ठ नागरिकका ऐतिहाँसिक पृष्ठ भूमिलाई केलाएर हेर्ने हो भने हाम्रो जीवन े कृषिमा आधारित थियो । घरका सबै परिवारहरू कृषि पेशामा नै आधारित थिए ।जागिरको खोजमिा विदेश जाने क्रम कम थियो। जस्का छोरा उसको धन, जस्का भैंसी उसको वन भन्ने उखान चरितार्थ थियो । धेरै छोरा भएपछि कुनै एउटा छोरा बुहारीमा बाबु आमाप्रति आदरको भावना, दायित्व र कर्तव्यको बोधको कारणले ज्येष्ठ नागरिक आजको तुलनामा सम्मानित थिए तर पारिवारिक संरचनामा परिवर्तन आएको छ । त्यसले गर्दा सामाजिक संरचनामा पनि परिवर्तन आउनु स्वभाविक हुन आउँछ । गरिबीले सताएको परिवारमा भन्दा सम्पन्न परिवारमा पनि ज्येष्ठ नागरिक अपहेलित बन्दै गएका छन् ।यी सबै यथार्थतालाई केलाउँदै अपमानित रूपमा रहेका ज्येष्ठ नागरिकलाई कसरी उत्थान गर्न सकिन्छ भनि प्रा. डा. लीलादेवी के.सी.को सक्रृयतामा वि.सं. २०४८( सन् १९९१) मा प्रौढ कल्याण संघ नेपालको स्थापना भयो ।यस संस्थाले प्रौढहरूको कल्याणको लागि विभिन्न कामहरू ( प्रौढ समस्याको सर्भे, उपचारका लागि औषधी आदि) गर्दै जग बसाउने काम ग¥यो । वि.संस २०५१ सालमा सरकारले प्रोढहरूलाई भत्ता दिने कामको थालनी ग¥यो । प्रौढहरूलाई भत्ता दिन थालेकोले प्रौढहरूले केही राहतको अनुभूति गर्ने काम त गरे तर प्रौढहरूको जटिल सम्स्यालाई यसले सम्बोधन गर्न भने सक्दो रहेनछ । धनले पूर्ण भए पनि एक्लिएका तथा अपहेलित बृद्धहरूको शारिरिक अशत्ततालाई सहजता ल्याउन भने सक्दो रहेनछ । थलै गुहु थलै मूत्र भमएका असक्त प्रौढहरूको स्याहार सम्हारको साथै औषधी उपचार खानपान आदिमा देखिन आएको जटिलतालाईभत्ता तथा आप्mनै घरमा भएको धनले काम गर्दो रहे नछ । भरखरै जन्मेको एउटा बालक जस्लाई आमाको न्यानो माया ममताविना ऊ बाँच्न सक्दैन त्यसरी नै एउटा बृद्धलाई पनि सोही किसिमको माया ममता, स्याहारको आवश्यक्ता हुँदो रहेछ । त्यसोहुँदा सरकारले यस्ता असत्त, अपहेलित,जिर्ण, अवस्थाका प्रौढहरूलाई पूर्णरूपमा स्वास्थ उपचार सहितको आश्रम बनाएर सरकारले नै रेखदेख गर्नु पर्ने देखिन्छ । यसोगर्दा आश्रममा जाँदा आप्mनो वंशजको वेइज्जत ठान्ने प्रौढ यस्ता आश्रममा जान चताँहदैनन् भने प्रौढका परिवारले पनि आप्mनो इज्जतले गर्दा पालन पोषणमा ध्यान दिन्छन् र अति असाहायहरूले मात्र यस्तो आश्रमको साहारा लिने गर्दछन् ।
अव संयुक्त राष्ट्रसंघ र विविध संस्थाहरूले घोषणा गरेका दिवसहरूले निश्चय नै यस सम्बन्धमा सन्देशको प्रवाह गर्दछन् । जागुरता ल्याउँ छ ।यसै सन्दर्भमा प्रौढहरूको कल्याणको लागि १९९१मा संयुक्त राष्ट्र संघले १ अक्टोबरलाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मानाउने घोषण ग¥यो । यस घोषणाले विश्वका देशहरूलाई एउटा दवावको सिर्जना ग¥यो । बृद्ध बृद्धाप्रति राज्यले सोच्न अलिक बाध्य बनायो । यसलाई अझै गतिशील बनाउनको लागि सन् १९९९लाई क्ष्लतभचलबतष्यलब िथभबच ायच तजभ यमिभच उभचकयल (अन्तराष्ट्रिय ज्येष्ठ नागरिक वर्ष) भनेर घोषण ग¥यो । यसबाट पनि ज्येष्ठ नागरिकप्रति सबैको ध्यान आकर्षण गरायो । हरेक वर्ष मनाइने यी वर्ष तथा दिवसले पनि बृद्धबृद्धालाई जुनरुपले राहत पुग्नु पर्ने हो त्यो पुग्न सकेको जस्तो लाग्दैन । यी सबै चिजहरू अनौपचारीकता निभाउने काम मात्र भएको देखिन्छ । यो वर्षको नारा " म्ष्नष्तबभित्रगबष्तिथ ायच बिि बनभक (सबै उमेर समुहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता) छ । यसै नाराअनुसार ज्येष्ठ नागरिक महासंघ लगायत देश भरिनै मनाउने कार्यक्रम रहेको छ । ज्येष्ठ नागरिक जिल्ला संघ नवलपरासी (ब.सु.पूर्व)ले पनि जिल्ला भरिनै मनाउनको लागि सबै पालिका र गठन भएका नगर संघलाई पत्रचार गरिएको छ र जिल्ला संघका प्रतिनिधिहरु सहभागी भइ मनाउने तरखरमा छौं ।
यस्ता कार्यक्रम उपलब्धी पूर्ण हुनुको लागि आर्थिकको आवश्यक्ब्ता पर्दछ । खुला आकाशमुनी कार्यालय स्थापना गरि औपचारिक कार्यक्रम सञ्चालन गरिन्छ भने । ज्येष्ठ नागरिकलाई के नै राहत दिन सकिन्छ र ? जे होस् यसमा राष्ट्रले यस्ता स्थापना गरिएका संघ संस्थालाई कार्यक्रम र बजेट दिन सक्नुपर्छ र प्रभावकारी रूपमासञ्चालन गराउनु पर्छ । संगठित संस्थाहरूले पनि आप्mनो दायित्वलाई पुरा गराउन सम्बन्धितहरूसँग प्रभावकारी रूपमा अगाडी बढ्नु पर्छ ।
(लेखक ज्येष्ठ नागरिक जिल्ला संघ नवलपरासी (ब.सु.पूर्व)को अध्यक्ष हुनुहुन्छ) ।
सन्दर्भ समाग्री
ज्येष्ठ नागरिक मुलुकका निधि, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपाल लेखक कृष्णहरी २०७७ चैत्र
ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा एक झलक