January 28, 2022

नूनको ढाकर बोक्दै गर्दा .
सदानन्द अभागी
कविता चापागाई  पेशागतरूपमा शिक्षिका भए पनि उहाँ एक बहुप्रतिभाकी घनी साहित्यकार, समाजसेवी ,हुनुहुन्छ । उहाँ  करीव दुई दर्जन संस्थामा आजीवन सदस्यको साथै संस्थाप सदस्य हुनुहुन्छ । २०७०मा वेदना कविता (आत्म बृतान्त सहित) लिएर कृतिकारको रूपमा देखिनु भएकी कविताज्यूले योगमाया शक्तिपीड तापोभूमि (२०७१), हलेसी महादेव मन्दिर एक परिचय(२०७२), स्मृतिको झोला (२०७४) र नूनको ढाकर (२०७७) गरी पाँचओटा कृति नेपाली साहित्यको भण्डारमा थप्नु भएकोछ । यो पाँचौं कृति कथासङ्ग्रह हो । यस कथासङ्ग्रहमा १६ओटा कथाहरू छन् ।
अदृश्य शक्ति–पहिलो कथासङ्ग्र हो ।यो कथासङ्गहको भावसार यसप्रकार छ र सोनु र उनको श्रीमान दशैकोृ आशीर्वाद थाप्न माइत जान्छन् । सोनु ब्रतमा हुन्छिन् । अदृश्य शत्तिःले उनलाई छोप्छ । उनी लडीबुडी गरेर कराउन थालिन् । डा.कोमा लाँदा कमजोरीले भन्दै दवाइ दिएर पठाउनु तर विमार बढ्दै जानु,हरिचण (सानुको श्रमिान)ले कोजाग्रतपूर्णिमाको दिन सानुलाई बााधेर पानी तताएर सिमलीले पोल्न थाल्दा सानु बक्न थालिन र बकाइमा तिमीहरूकै फुपू भएको र विवाहपछि पति मर्नु,घरबाट अपहेलित हुनु माइतमा पनि अपहेलित हुनु एउटा लाहुरेले धरानमा एउटा साहुको घरमा भातपकाउने भन्सेमा जागिर लगाइदिनु। त्यहाँ बुढी भै काम गर्न सक्ने अवस्था नभएपछि पुन माइतमै पु¥याइ दिनु । माइती एउटा भदाकोमा अपहेलित भएर मर्नु र दाहसस्कार क्रियाकर्म राम्रो  पनि मुक्ति प्राप्त गर्न नसकी प्रेत भएर दुःख दिएकोले महापुराण लगाएर तारिदिएमा सन्चो लाग्ने भनेपछि पुराण लगाइएको र सोनुलाई सञ्चो लागेका धारणा आएको छ कथामा ।
यस्ता घटना समाजमा घटेका पाइन्छन् ।यिनलाई अन्धविश्वास हो पनि भनिन्छ तर अन्धविश्वास हो भनेर समाजका अधिकाम्स मानिस पत्याउँदैनन् । यथार्थतामा यी समस्या प्रश्नवाची रूपमा देखिएका छन् । बोक्सीको आरोपका थुप्रै घटना घटेको हामीले विविभन्न पत्रपत्रिकाबाट जानकारी पाउँछम् । यस विषयमा यस्ता विमारीको उपचार मनोवैज्ञानिक रूपपा गर्नु पर्छ भन्ने मलाई लाग्छ । विमारीको मनमष्तिकमा लागो लागेको बोक्सी लागेको भन्ने विश्वासले जरो गाडेको छ भने विमारीका लक्षणलाई बुझेर जस्तो लक्षण नयाँ मानिसले कडा धामी हो भनेर उपचार गर्दा बिरामी निको हुन्छ । यथार्थतामा यो अन्धविश्वास हो ।    
भुजावाली – यो दोस्रो कथा हो । यस कथामा दुई फरक किसिमका महिलाको जीवन पीडासँग जोडिएको छ । भुजावालीले जीवनभर भुजा बेच्छे । उसको जीवनमा फरक यत्तिमात्र देखिन्छ कि युवामा उठाउने भुजाको ओजन बढी हुन्छ बुढी भए पछिको सो ओजन घट्दै जान्छ । उसको कष्टकर जीवनमा कहिल्यै परिवर्तन आउन सक्दैन ।
सविताको जीवनशैली पनि एउटी शिक्षिकाको रुपमा अगाडी बढ्छ । पारिवारिक समस्या टार्न धौ धौ हुन्छ । जागीरे खानु गरिवको लागि हैन रहेछ किनकी एउटी महिलाले जागिर बालबच्चा र घरको काम गर्नु त्यति सहज हुँदो रहेनछ भन्ने अनुभूति भएको कुरा यहाँ दर्शिन्छ ।
 यहाँ आशा र प्रतीक्षा मानिसमा हुन पर्ने, जागिर बचाउने कि घरबार चलाउने,जस्ता विचारहरू यहाँ आएका छन् साथै कथाभित्र थुप्रै घटनाहरूलाई समावेश गरिएकाछन् जस्तै माओवादी द्वन्द्व लगायत आन्दोलनले मानिसको जन धनको क्षती पु¥याएका कुरा र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनबाट जनतामा आउन नसको परिवर्तन ।
ब्रह्माण्डको कथा –
"अतः पृथ्वीको उत्पत्ति हुनु,सम्पूर्ण आकाश पाताल,त्रिलोक चौधभुवन,सबै –सबै सिर्जना हुनु, ग्रह नक्षत्र, मण्डल ,सूर्य चन्द्र,दिन रात, साँझ विहान,आदि सम्पूर्णरूप ,बस्तु,सबै उनै परमात्माकै स्वरूप हो । समय बलवान हुनाले द्विपराद्र्ध आयु पूर्ण भएपछि यो उत्पत्ति भएको पृथ्वी लगायत सम्पूर्ण सिर्जना  विलय हुन्छ र ईश्वर पनि विलय भए झै मौनता र शून्यतामा स्थिर भएर  सूक्ष्म रूपमा साधनारत रहन्छन् र फेरि आउने समयको पर्खाइमा हुन्छन् ।"
यी माथि आएका शब्दहरू यस कथाका अन्तिम हरफहरू हुन् । कथाकारले यस कथामा हरेक दृष्टिकोण बाट सबै बस्तु परमात्मा कै स्वरूप हो भन्ने धारणालाई पुष्ट्याइँ गर्न खोज्नुस भएको छ ।
अणु र परमाणु रूपमा छिपेर ब्रह्मतत्व बसेको, वेद ईश्वरको रुप हो, वेदमा लेखिएका सबै ब्रह्मवाक्य भएको, ब्रह्म निराकार छ, सृष्टिको आदि कारण मूल तत्व नै जल भएको र वाष्पतत्त्व आकाशमा फैलिए पछि पदार्थको सिर्जना हुन्छ । पदार्थलाई देवशक्तिले गतिशील बनाउँछ र आकाश सागर बन्छ । प्रलयको मध्यकालमा तत्त्व र पदार्थको कुनै अस्तित्व थिएन तर ब्रह्म सत्ताको अस्तित्त्व थियो जस्लाई परमब्रह्मा परमात्मा भनिन्छ ,चेतना शत्ति जागृत भएर नै ब्रह्मालाई सृष्टि गर्ने इच्छा हुन्छ र सृष्टिको कारकतत्त्व माता आदितीलाई मानिएको छ, सृष्टिको मुख्य कारक तत्त्व आकाशतिर भोत्ता र पृथ्वीतिर भोग्य हुन्छन् जस्लाई द्यौलोक र पृथ्वीलोक भनिन्छ । प्राणीमा मानिस कान्छोमा पर्ने र सचेत मानिने, आदि धारणको साथै कथामा मानिसको उत्पत्ति, मानवको विकासक्रम, ढुङ्गे युगबाट आज सम्मईश्वर भनेको सुद्ध,को विवरण, समाजको सृजना, सभ्यता धर्मको विकास भाषाको विकास आदि थुप्रै धारणा उदाहरण सहित प्रष्ट्याउने प्रयास भएको छ ।
यहाँ कथाकाारले ईश्वरीय तत्त्वलाई यसरी परिभाषित गरेकी छन्– "ईश्व्र भनेको शुद्ध,सत्य,चोखो,सचेत र उपकारी भावना हो ।" कथा भित्र यस्ता थुप्रै अभिव्य,िक्त पाइन्छन् ।  
अन्त्यमा कथाकरले यी सबै कथनलाई खण्ड खण्ड गरेको खण्डमा ३–४ कथाको निर्माण हुन्थ्यो । कथाले कथाको सुन्दर आकार लिन्थ्यो तर यहाँ सबैचीज यर्थाथ हुँदा हुँदै पनि कथा जटिलतातिर मोडिएको  देखिन्छ ।
पुजारी फेरिएपछि – यो कथामा काथाकारले मैदाने दोभानको वरिपरिको प्राकृतिक र्सौन्दर्यता, मैदाने डाँडो कैलाश, शिवलिङ्स्थापना सतबीज छर्ने मेला लाग्ने लगायत प्राकृतिक सौन्दर्यको वर्णन गर्दै कथाको थालनी गरिएको छ । मैदाने दोभानमा रामजानकी मन्दिर र शिवालयको निर्माण,पूर्वेली ब्रह्मचारीले जग्गा फराकिलो पारेर फलपूmल रोपण गरेर सुन्दर बनाएको त्यसमा लोकनाथ भन्ने पण्डितले पूजा गर्दै आएकोमा एक दिन गाउँमा नारायणको पूजागराउन जान समितिले खटाउँदा लोकनाथ नगै पूजा हुन नसकेपछि  गाउँलेले बिरोध जनाएर लोकनाथलाई हटाई श्रीहर्कलाई पुजारी बनाएको, श्रीहर्क लगायतले गुरुकुल सञ्चालन गरेको । मैदाने दोभानका मानिस श्रीहर्क र गुरुकुल समितिसँग सन्तुष्ट नहरकोमा गुरुकुलले सप्ताह लगाए पछि उक्त सप्ताहमा मैदाने दोभानबासी सहभागी भएपछि सम्बन्ध सुधार भएको धारणा आएको छ ।कथाले पुजारी कै कारणाले गर्दा गाउँलेविरोधी भएका, गाउले विरोधी हुँदा पुजारीको गास, बास कपास खोसिएको आदि धारणा सहित पूजारीले आप्mनो दायित्वलाई पुरा गर्ने खालको हुनु पर्ने सन्देश दिएको छ कथाले ।
सानीमाको चिठी – यो अति मार्मिक कथा हो यस कथामा अष्ट्रेलियामा अध्ययनको लागि बसेको छोराको सालिनालाई फोन आउँ छ । सालिनाले उठाएर पत्रद्वारा जानकारी गराउने भन्ँदै फोन काटिन्छ र उनले पत्र लेख्छिन् । पत्रमा पाँच ओटी छोरीपछि एउटा छोरो जन्मिन्छ । सबैमा हर्ष लाग्छ । यसै बीचभा दुई ओटी छोरी पनि मर्छन् र छोरा पनि विजुलीको करन्ट लागेर मर्छ ।यो मार्मिक दर्दलाई सालिनाले पस्केर दिदीको छोरालाई पत्र पठाउँछिन् ।
यस कथाले छोराको महत्वलाई दर्शाउनुको साथै दिदी बहिनीहरूलाई पनि दाजुभाइको आवश्यक्ता पर्ने महत्वलाई दर्शाएको छ ।
परदेशीको झोला– यस कथा पनि अति मार्मिक छ । अनुले जीवनमा भोगेका यथार्थता मनुसँग वार्तालाप मार्फत पस्कने प्रयास गरिएको छ । अनुको बुबा जागिरे हुन्छन् र आमा घरमा बसी छोरा र छोरीको देखभाल गर्छिन । पछि दुबैमा मेलमिलाप हुँदैन आमाको नेवारसँग सम्बन्ध हुन्छ र बाबुले दोस्रो विवाह गर्दछ ।बाबुले दोस्रो विवाह गरेपछि अनु र अनुको दाजुलाई हेला गर्दछ । अनुले अ.ह.व पास गरेर जागीर खान थाल्छिन् । विवाहको लागि खर्च नभएर समस्यामा परेको वेला एकजना युवकले विवाह केटीसग गर्ने हो पुँजीसँग हैन भन्दै विवाह गर्दछ तर अर्काको कुरा सुनेर उसलाई घरबाट निकाली दिन्छ । अनु दाजुको साथमा आएर बस्न थाल्छिन् । उनको पतिले विवाह गरेछ तर सम्बन्ध राम्रो नभएर पत्नीले आत्महत्या गरेपछि उनको श्रीमानलाइ ज्यान मुद्दा लागे छ र जेल सजाएँ भोग्न परेछ ज्यान सजाइ भोगेर निक्ले पछि अनुलाई खोज्दै जोगिको भेषमा आएछन् , देवी माफ गर भनेको अनुले सुनिछन् तर अनु उनको अगि प्रत्यक्ष नभइ परदेशी नभएको वेलामा उनको झोलामा भएको डायरी अध्ययन गरी सबै घटना जानकारीमा आएपछि अनुलाई दया जागेर आए छ तर परदेशी भने झोला छाडेर कता गयो थाहा लागेनछ । यी घटना अनुले मनुसँग भन्दै रुँदारुँदै  अनुकी भाउजु आए पछि कथा समाप्त हुन्छ ।
कथाले धेरै सन्देशलाई समेटेको छ । प्रथम सन्देश त पतिपत्नी बीच आपसी सन्ँतुष्टि नभए पछि सन्तुष्टिको लागि दोस्रो बाटो समाउँछन् ।जस्ले गर्र्दा सन्ततीमा घात हुनजान्छ । बाबुले दोस्रो विवाह गरेपछि छोराछोरीप्रतिको आप्mनो दायित्व भुल्दछन् । दोस्रो कुरा अर्काको कुरा सुनेर पत्याउने र यथार्थतालाई नबुभ्mने मानिसले आप्mनो जीवनलाई अधोगतिमा लान्छन् । तेस्रो कुरा संघर्ष गर्दा मानिस आप्mनो खुट्टामा उभिन सक्ने हुन्छ । परदेशीले आप्mनो गल्तिलाई स्वीकारेर माफी मागेपछि पनि अनुले उसलाई आप्mनो अनुहार नदेखाउँदा र प्राप्त भएको श्रीमान पनि पुन गुमाउनु प¥यो र केवल झोलालाई हेरी राख्नु प¥यो ।
पुरोहित –यस कथामा आजकालका केही पुरोहितले कर्मकाण्डी कामलाई कसरी परिचालन गर्दछन् त्यसबाट कर्मकाण्डमा कस्तो असर पर्दछ र कर्ताहरू. कसरी ठगिन्छन् भन्ने यथार्थतालाई प्रष्ट पारेको छ ।
हाम्रो धर्मले सुपात्रमा दान गर्नु पर्छ भनेको छ । त्यसो हुँदा सुपात्रबाट आप्mना पूजापाठ, श्राद्धहरू गराउनु पर्छ भन्ने सन्देश बोकेकोछ कथाले ।
नूनको ढाकर– यसै कथाबाट यो कथासङ्ग्रहको नामाकरण गरिएको छ । कथा मार्मिक छ ।माइलो एउटा गरिब मानिस, ऊ अधियामा नून लिन जान्छ न्रन लिएर आउँछ र अधियाँको नून बुझाउँछ तर नून पुगेन भनेर फिर्ता आएर नून थपेर पठाइन्छ । मुखियाकबो घरमा काम गर्न जान्छ, दिनभरी काम गर्छ, खानाको चामल अघिनै लगेकोले घरमै खान जानु भन्ने मुखिनी आदेश हुन्छ । माहिलो घरमा जान्छ घरमा खाना हुँदैन र ऊ गरिबीले थिच्चिएर उठ्न नसक्ने अवस्थामा उस्ले अन्तिम बाटो लाग्ने सोचको साथमा खुकुरी लिएर वनतिर लाग्छ ।गरिबीको प्रतिनिधिमूलक एउटा नमुना चित्रणको रूपमा आएको छ कथा । दिनभरी भोको मानिसलाई काम गराउने र खानदिनुको सट्टा पहिले नै खानेमाना लगि सकिएकोले घरमै खाना खान जानु भन्नु अमानवीय व्यवहारका यस्तै घटनाको कारणले अन्तिम मार्ग अबलम्बन गर्न बाध्य हुन्छ माइला  । चरमगरिबीको यथार्थतालाई कथाले समेटेको छ ।
ल्याम्बे गाऊँ – यो कथामा यस गाउँका बुहारी माथि घरपरिवार र पतिबाट गरिने दमनको कारुणितालाई समेटिएको छ । एउटी नन्दले भाउजुमाथि दाजुले गरेको अत्याचार एउटी नारीले पतिबाट दिने दमनको कतिसम्म सहेर बस्न सक्ने रहेछन् भन्ने यथार्थता यस कथामा बताएकी छन् । पढेलेखेर शिक्षकसम्म भईसकेकाले छोरी जन्मदामा पत्नीप्रति गर्ने विभेद, घरको अत्यचारलाई सहन नसकेर दोस्रो पति खोज्न पर्ने बाध्यता, घरमा गरिने विभेदको कुप्रभाव छोरा बुहारीमापर्ने असरलाई कथाले राम्रोसँग प्रष्ट्याएको छ । घरपरिवारमा मातापिताले अवलम्वन गरेको बाटो नै सन्ततीले सिको गर्ने भएकोले सुकर्म र सुमार्गको अवलम्बन् गर्नु पर्छ भन्ने सन्देश दिएको छ कथाले ।  
क्षेत्रफल– यो पनि एउटा अति मार्मिक कथा हो । गरिबीले सत्तिएको जाजरकोट गाउँमाा पातलीको धेरै सन्तान मध्ये एउटा बाँचेको र पढ्दै गर्दा भीरबाट खसेर आँखा पुटेपछि आमाले आप्mनै आँखा दिएर पढाउनु , छात्रबृत्ति पाएर वेलायत गएर अध्ययन गरेर डाक्टर भएपछि हङ्कङ्मा घर बनाएर बस्नु, आमालाई नसम्झनु र आमा भेट्न जाँदा पनि अभद्र व्यवहार गर्नु र जुन व्याक्तिले छोरासँग पु¥याइृ दिएको हो उसैले जहाजको टिकट काटेर जाजरकोट फर्काउनु, जाजरकोटमै डाक्टरहरूको सम्मेलनमा छोरो आएर आमाको महत्वलाई बुझेर भेट्न जाँदा आमा मरिसकेकी र छोरालाई एउटा कागजको टुक्रामा " बाबु तिमीलाई मैले आँखा दिएँ । तिमी डाक्टर बन्यौ ।म अन्धिभएर पनि तिमीलाई मेरो आँखाले डाक्टर बनायो,। ईश्वरले तिमीलाई कल्याण गरुन् ।" भन्ने सन्देश पढेरछोराले  पश्चताप ग¥यो भन्ने धारणा आएको छ । कथाले मातृत्वप्रेम कति गाढा हुन्छ भनि प्रदशन गरेको छ । आजको परिपेक्षमा अनपढ बाबुआमालाई पढेलेखेका छोराछोरीले बाबुआमा भन्न पनि मन नपराउने कुसंस्कारको विकास हुँदै गएको यथार्थता कृतिले पस्केको छ ।
दूबो –यस कथामा साथीले पठाएको दूवो लिन आउने भनी सन्देश एक जोडीलाई  प्राप्त हुन्छ । दूबो पूजामा गणेशलाई चराउने गरिन्छ । यो दूवो त्यही दूवो त हैनहोला जो पूजामा चढाइन्छ । अवस्य केही खाने कुरा या लगाउने कपडाहोला भन्ने तर्कना गर्दैगर्दा श्रीमानले काकाको घरमा गएर साथीले पठाएको नाशो लिएर आउनु र खोलेर हेर्दा कवि रूपाखेतीबाट लेखिएको २३ कवितासङ्ग्रहको को शीर्षक "द्रूवो" कृति भएको पाउनु, पढेर कविताहरू घतलाग्दा रहेछन् भनेर सन्देश पठाएपछि कथा समाप्त हुन्छ । कवि या लेखकले कृति प्रकाशन गरेपछि उपहार चढाउने चलनलाई समेटेको छ कथाले ।
रुपको खोजी – यो कृतिको लामो कथा हो । यस कथामा शीला नकुरूप नै भनौ न रूपवती नै भनोै,ठिकै रूपकी एउटी कन्याकेटीको जीवन घटना कर्मलाई समेटेर लेखिएको कथा हो । शीला राम्रोशील सुवासलेयुक्त केटी हुन् । उनले बाबा आमको सेवा गरेर बसेकी हुन्छिन् । कुनै युवाहेरूले उनलाई उनको मातापितासँग हातथाप्न नआएका र आएका पनि सबै पत्नी मरेका अधवैंसे आदि आएका तर शीलाले त्यस्ताशीत आप्mनो कौमारीत्व सुम्पन चाहादिनन्र बरु कुमारी नै बस्न चाहेकोमा आमाबाबाको शेषपछिको कष्टमय जीवन कसरी बिताउने भन्ने सोचपलाउँछ । उनको मनमा धेरै तर्कना उठ्छन् । कमलाले एउटा ८५ वर्षको लाहुरे ज्यो पेन्सन पकाएर श्रीमती मरेकोले अदालती विवाह गरेर पेन्सनपट्टा नयाँ दुलहीको नाममा सारेर कल्याण गर्न चाहेकोले त्यसैसँग विवाह गर्दा चालीसहजार महिनावारी पेसन हात लाग्ने र जीवन गुजार्न सजिलो हुने भने पछि सोही बमोजिम शीलाले विवाह गर्न तयार हुनु । उसका छोरा, बुहारी ,नाति नातिनी र समाजबाट हुने तिरस्कारको सम्झदै गर्दा पनि विवाह गर्ने अठोट लिएर विवाह गर्न तयार भएर रुपासँग राईको घरमा जानु, राईले पनि आफ्नो संस्कारयुक्त विवाह गरेर,मात्र आप्mनो रुममा प्रवेश गराउने  र त्यो भन्दा पहिला नातिनीको कोठामा नातिनीसँग बस्ने धारणा राख्नु ।  ८५ वर्षे राईका परिवारले उच्च सम्मान दिनु र राईको संस्कार युक्त विवाह हुनु, पुन अदालतबाट पेन्सनको लागि कानुनी विवाह गरेर शीलाले पेन्सनकी आधिकारिकता पाउनुको साथै शीलाले छोरा पनि जन्माउनु, छोरो जन्मेपछि बाबाआमाबाट छोरी, ज्वाँइ आउनु भन्ने निम्ता पाउनु र माइत जान तयार भइन् भन्दै यो कथा समाप्त हुन्छ ।
 यस कथाले प्राकृतिक सौन्दर्यता,को वर्णन, एउटा युवतीको वैवाहिक चाहना, बृद्धबृद्धाको बुढेसकालको दयनीय अवस्था, अन्तरजातीय विवाहमा देखिने सामाजिक समस्या, विभिन्न जातिको वैवाहिक(सांस्कृतिक) स्वपरमपरा, महिलाको  समयमा विवाह नहुँदा मनमा उत्पन्न हुने मनोविचलन आदिलाई सुन्दर रूपमा उठान गरिएको छ । एउटा कुरा के भने ८५ वर्षे बुढाले एउटी ३५÷४० वर्षे केटीलाई पेन्सन लेखाएर कल्याण गरिदिने  भन्दै विवाह गर्दा घरका सबैले खुसी मनाएको भन्दै नाटकीयरूपमा प्रस्तुत गरिएको छ कथालाई । कथा निकै लामो भए पनि पढ्दा कौतुहल्ता जगाउने खालको छ
एक विहान – यस कथामा दुईवटा द्दटना समावेश गरिएका छन् । पहिलो घटनामा पार्कमा घुम्न जाँदा ६० वर्ष काटेका जोडी पार्कमा घुमीरहँदा
अचानक श्रीमतीलाई लड्नैलाग्दा, श्रीमानले ढल्नबाट जोगाउनु र हस्पिटलमा खवर गर्नु, एम्बुलेन्स आउनु उपचार गर्दै हस्पिटलानु, विमारीको साथमा कोही जान नपर्नु, हस्पिटलबाटै सबै उपचार गरेर घर पठाउने  र अर्को घटना जेव्राक्रसलाई छाडेरबाटो काट्दा सासु बुहारीलाई गाडीले हान्नु र ड्राइभरले फोन गरेर हेलीकप्टर मगाएर उपचार गर्न पठायो सासू एक महिना उपचार पछि घरफर्कनु अनि ,बुहारी ६ महिनपछि फर्कनु  दुबैले थुप्रै सहयोग प्राप्त गरेर घर किनेर बस्न सक्षम भएको कुरा कथामा प्रस्तुत गरिएको छ । पि.आर. प्राप्त भएकालाई  अष्ट्रेलिया सरकारले अति नै आदर र सत्कार गर्दौ रहेछ भन्ने विवरण यस कथाले समेटेको छ । जनताको संरक्षण गर्नु सरकारको दायित्व हो। त्यो सबै देशका सरकारले गर्नु पर्छ भन्नेभाव प्रकट गरेको छ कथाले ।
वागदेवी–यो कथा सत्यतामा आधारित कथा हो । केन्द्रवीरको विवाह वागदेवीको साथमा भयो । यिनको नन्दीकेश्वर नामको छोरा जन्म्यो । केन्द्रवीर गरिबीको कारणले असमतिर लागे, त्यहाँ औैलेको कारणले गर्दा मृत्युभयो । चार महिनापछि खवर आयो बागदेवी विधवा भइन्। त्यो समयमा एउटा विधवाले भोग्न पर्ने सामाजिक, आर्थिक र घरभित्रकै अपहेलना  आदि कष्टकर दिन उनले भोग्न प¥यो । घरबाट उनलाई अलग गरियो । अति कष्टसाथ छोरा नन्दीकेश्वरलाई बढाउँदै लगिन् । १६ वर्षको उमेरमा  नन्दीकेश्वरको नर्मदासँग विवाह भयो । २०१३ सालमा नन्दीकेश्वर झापातिर झर्नु,, २०१९ सालमा धरानको पुतली सडकमा बस्नु, स्वअध्ययनद्वारा, मन्त्र स्तोत्र, पूजापाठ विधि सिक्नु, र समाजमा आइ पर्ने सबै कर्मकाण्डहरू,घरको काम देखि सामाजिक कामसमेत सबै गर्न थाल्नु र सिंहवाहिनी देवीको प्रतिमा स्थापना गर्नु, आप्mनो सम्पत्ति छोराहरूमा वितरण गरिदिनु र आफू कान्छो छोरा हरिहरलाई रोज्नु ,२०३६ सालमा नर्मदाको मृत्युहुनु, , २०३८सालमा  बागदेवीको मृत्युहुनु,२०६०मा नातीको अन्नप्रासनको लागि काठमाडौ जानु त्यही बिमारहुनु, बिमारी भएको थाहा लागेपछि छोरा हरिहर र बुहारी, कविता काठमाडौ पुग्नु बाँचने आशा मार्नु  कान्छी बुहारी पशुपति गएर पूmल लुकाएर लगेर ससुराको शिरमा लगाइ दिनु, बुबा पशुपति नाथको पूसाद लिएर हजुरको शिरमा राखि दिएँ भने पछि ,ए लाइदिइस जाति भयो भन्नु,m छोरा हरिहरलाई पण्डितले बाटो छेके भन्नु , धरान लगिनु धरान पुगे पछि सबै छोराले १००० पटक गायत्री जप्ने , उनलाई पनि नुहाएर जनै फेरेर, नयाँ कपडा लगाइ दिने र गणेश, शिवजी, देवी ,आदि देवताको पूजा गरी भागवत पाठ शुरु गरिुएको, आउने जानेलाई तिमीहरू भेट्न आएको रुई दिन बाँकी छ अनि कहिल्यै भेट हुन्न भन्दै नन्दीकिशोर दुई दिनको पाठ सकिएपछि रातको १ बजे नन्दीकिशोरले यो संसार छाडेको विवरण यस कथाले समेटेको छ ।
कथा यथार्थतामा आधारित देखिन्छ । त्यस वेलाको समय परिस्थिति, पहाडी जीवनको कठिनाई, गरिबीले सताएपछि विदेशीनु पर्ने वाध्यता,, विदेशमा प्राणको अन्त्य, विधवाको सामाजले गर्दै आएको विभेद, मानिसको स्वकर्मले  अप्mनो स्वस्तर, आर्थिक, सामाजिक, शैक्षिक उत्थान गर्न सकिने यथार्थता यस कथाले प्रष्ट्याएको छ ।
बन्दाबन्दीमा अतिथि–यो कथा २०७७ साल जेष्ठ महिनामाको कोरोनाको कारणले गर्दा त्रशित अवस्थामा एकजना म भन्ने महिला विश्वेश्वर हलेसी महादेवको दर्शन गरेर श्री सहिद प्रा. वि मा निमार्णको काम के कस्तो भएछ भनि हेर्न. जाँदा एक जना महिला र एकजना पुरुष भेट्नु, महिलाले बस्ने ठाउँ भूलेर खोजी रहेको अवस्थगाम एक जना पुरुषले त्यहाँ सम्म ल्याइदिएका र  म भन्ने महिला भेटिए पछि पूरुष पात्र आप्mनो घरतिर लागेकोले म भन्ने पात्रले उनलाई बास खोज्नु तर बास नपाउनु अन्त्यमा विवस भएर आप्mनै घरमा लिएर जानु पुस्तक राख्ने कोठामा राखिदिनु , राती एक्लै कराएको कुरा सुने पछि म भन्ने महिला गएर चियो गर्दा पैसा गनि रहेको पाउनु र राम्रोसँग ढोका लगाएर, सुत्नु भनेपछि त्यो बस्ने डेरा विर्षेकी महिला राम्रो सँग त्यो कोठामा रात विताउनु, विहानै म भन्ने पात्रले राजवंशी टोलमा पु¥याएर छाडिदिएपछि यो कथा समाप्त हुन्छ ।
ै क्रोरोना कहरको समयमा त्राशको कारणले गर्दा समाजले कुनै पनि नजानेका व्याक्तिलाई बस्ने ठाउँ नदिने  गरेका यथार्थतालाई कथाले  प्रस्तुत गरेको छ ।
वायुयानभित्र –  यो यात्रामा वायुयान भित्र भएको कथा हो ।काठमाण्डौ बाट सिडनी अष्ट्रलिया जान  रुपासँग भएको बातचितलाई नै कथाको रूप दिइएको छ । रुपाको श्रीमान वित्नु रूपाले छोरी र छोरालाई  विविध काम गरेर पढाउनु छोरीलाई अष्ट्रेलिया पठाउनु र उस्को पढाई सकिएर  प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम (ऋयलखयअबतष्यल ०मा भाग लिन रुपा अष्ट्रेलिया जान लागेको आदि  कुराकानी गर्दै अष्ट्रेलिया पुगे पछि कथा समाप्त हुन्छ । यस कथाले दुर्घटनामा पति मरेपछि संघर्षशील जीवनलाई बढाउँदै आप्mनो खुट्टामा कसरी उभिन सकिन्छ र एकल महिलाप्रति समाजको कस्तो दृष्टिकोण् हुन्छ भन्ने यथार्थता प्रष्ट्याएको छ ।
यस कथा सङ्ग्रहका सोह्रओटै कथाहरूले समसामयिक घट्नाहरूलाई समाएका छन् । गरिबीले थिचिएका जनजीवनका पात्रहरूलाई समावेश गरेर कथा रचिएका छन् । पात्रहरू सकृयरूपमा दर्शिएका छन् । प्राकृति वर्णन, पृष्ठभूमि ,व्यवहारिकता, भाषागत मिठास, सहजता र स्पष्टता, उखान टुक्काको प्रयोग आदिले गर्दा कथा पठनीय छन् । कथामा कथाकारले विविध पक्षलाई समेट्ने प्रयास गर्दा दुईवटा काथा बस्तुलाई एउटैमा समेटिएको जस्तो भान हुने हुँदा समाजमा, परिवारमा, व्यक्ति विशेषमा भएका, हुँदै गइरहेका ,तथा  भावी कल्पनालाई धेरै मिश्रण गर्नु भन्दा उद्देश्यलाई समाउँदै नतिजा मूलक  सन्देश प्रवाह गर्दा झनै राम्रो हुन्थ्यो कि जस्तो लाग्छ । कविताजीका कथा कमजोड छन् भन्न खोजिएको होइन ।कथा सबै सवल छन् ।
शीर्षक पनि यस सन्दर्भमा सार्थक छ कि सबै कथामा प्राय गरिबीले थिचिएका पात्रहरूको संघर्षमय जीवनलाई कुनै न कुनै रूपमा चित्रण गरिएको छ । नूनको ढाकर कथा पनि एउटा मार्मिक कथा हो जस्ले गरिबीलाई चित्रण गरेको छ  र यस्लाई गरिबहरूको प्रतिनिधिको रूपमा लिन सकिन्छ ।
अन्त्यमा कथाका तत्वहरूलाई आधार बनाई  लेखिएका यी कथाकी कथाकार कविता चापागाईंलाई सुस्वास्थ दिर्घायुको साथै कथालेखनमा अझै तीब्रता आओस्को कामना सहित विदा चाहान्छु ।
 धन्यवाद
२०७८ साल माघ १३ गते 

January 21, 2022

माटोको अम्लिय पनाएक संक्षिप्त विवेचना

सदानन्द अभागी

खास गरेर कृषको गुनासो माटो विग्रो भन्ने सुनिन्छ । यस भनाइबाट माटोमा भएको समस्या केहो भन्ने कुरा सहजमा बुट्टन सकिदैन तर कतिपय कृषकले माटो अमिलो भयो भन्ने सुनाउँदा भने समस्या केहो भन्ने प्रष्ट हुन्छ । माटो अम्लिय छारिय र तटस्थ रुपमा हुन्छ । माटो कस्तो छ त भनि जानकारी लिन माटो परीक्षण गर्नु पर्दछ । माटो परिक्षण गर्नको लागि सर्ब प्रथम हाम्रो समस्या युक्त जग्गाको माटाको नमुना सञ्कलन गर्नु पर्छ । माटोको नमुना अन्न बाली , तरकारी बाली तथा छोटकरीमा भन्नु पर्दा छोटा जरा वाला बालकिो माटोको नमुना करिब छ देखि नौ इञ्चको गहिराईबाट क्षेत्रफलको आधारमा ६–७ ठाउँबाट सञ्कलन गरि त्यसलाई मिसाएर करिब १केजीको नमुना तयार गर्नु पर्छ र त्यस नमुनालाई माटो परीक्षण प्रयोग शालामा जाँच गर्न पठाउनु पर्छ । प्रयोगशालाले त्यो माटोलाई जाँचेर माटो अम्लिय पना देखि माटोमा विरूवाले लिने कुन कुन खाद्यतत्व कमी छन् भन्ने सिफारिस सहितको जानकारी दिन्छ ।
अव हामी माटोको अम्लिय तथा षारिय पना कस्तो छ भनि परीक्षण गर्ने मिसिनलाई उिएच मिटर भनिन्छ । पिएच मिटरले दिएको नतिजालाई पिएच निन्छ । पिएच को तह १देखि १४ सम्म हुन्छ । पिएच सातलाई तटस्थ माटोको रूपमा लिइन्छ भने पिएच मान सात भन्दा माथि भएमा क्षारिय र ७ भन्दा तल भएमा अम्लिय भन्ने गरिन्छ । धेरै जसो बालीको लागि पिएच मान ५.५ देखि ८को बीचमा हुनु राम्रो मानिन्छ तापनि पिएचमान ६देखि सातसम्म भयो भने माटोबाट विरुवाले खाद्यतत्व सहजसँग लिन सक्छ ।    

माटो जति अम्लिय बन्छ त्यति माटोमा अल्मुनियम। म्याग्निज र फलाम तत्व बढी घुलनशिल बन्छन् र विषलुपना बढाउँछन् । अलमुनियमको बढ्दा घुलनशीलको असरले जराको विकास रोकिन्छ । जराको विकास रोकिँदा विरुवाले जेजति खाद्यतत्व र पानी माटोबाट लिनपर्ने हो त्यति लिन सक्दैन ।उत्पादनमा ह्रास आउँछ ।
समग्रमा बढी उज् मानहरूले अधिकांश पोषक तत्वहरू नाइट्रोजन फस्फरस, पोटासियम, सल्फर, क्याल्सियम म्यांग्नेसियम र मोलिवडेनम तत्वहरू को उपलब्धता बढाउँछ भने कम उज् ले यिनै तत्वहको उपलब्धता घटाउँछ । कम पिएच मानमा फलाम, म्याग्नानिज, बोरोन,जिङ्क(जस्ता) र तावाँको उपलब्धता बढाउँछ । धेरै बढी घुलनशीलता बढ्यो भने विषलु पना बढ्न सक्छ साथै  माइक्रोबियल गतिविधि पनि कमी हुन सक्छ ।
 धेरै अम्लिय माटोमा शुक्ष्मजैविक क्रियाकलाप घट्छ र यसको बढी प्रभाव दलहनबालमिा पर्न जान्छ ।दलहन बालीको जरामा गिर्खा बन्ने काममा असर गर्दछ । दलहन बालीको जरामा राइजोवियम व्याक्टेरिया हुन्छन् । यी व्याक्टेरियाले वायुमण्डलीय नाइट्रोजनलाई माटोमा मिलाउने काम गर्दछन् ।
माटोमा पिएचमानको असन्तुलनले गर्दा माटोमा खाद्यतत्व प्रयाप्तमात्रामा भए पनि तथा माटोमा मल प्रयोग गर्दा पनि बिरुवाले खाद्यतत्व प्राप्त गर्न सक्दैन र खाद्यतत्वको कमीको लक्षण देखाउँछ । त्यसो हुँदा माटोको पिएचमान सन्तुलन बनाई राख्नु पर्छ । धेरै अम्लिय माटोमा कृषि चून र धेरै क्षारिय माटोमा जिप्समको प्रयोग गर्नु पर्दछ ।
 माटो अम्लिय बन्नुको कारणहरू– अम्लिय प्रकारका पैतृक पदार्थ जस्तै  ग्रेनाइट, राइलाइट, बलैटे ढुङ्र्गा बाट  निर्माण माटो अम्लिय प्रकारको हुन्छ । धेरै वर्षा हुने ठाउँमा क्षरयुक्त पदार्थ पखालिएर र चुहिएर जाँदा माटो अम्लिय प्रकारको हुन्छ । तेजावी वर्ष हुने ठाउँको माटो पनि अम्लिय प्रकारको हुन्छ । प्राङ्गारिक पदार्थ विघटन हुँदा प्राङ्गारिकअम्ल निस्कन्छ र यसबाट पनि माटोमा अम्लिय पना बढ्न सक्छ तर प्राङ्गारिक पदार्थ विधटनहुँदा निस्कने अम्ल निकै कमजोड हुने भएकोले त्यति ठूलो असर गर्दैन ।धेरै चून मनपराउने बाली लगातार लगाउने तर चूनयुक्त पदार्थ माटोमा नथप्दा पनि माटो अम्लिय बन्न जान्छ । एमोनिकल पर्टिलाइजर माटोमा थप्दा पनि माटो अम्लिय प्रकारको हुन्छ ।
अम्लिय माटो सुधार गर्ने तरिका – मैले माथि नै भनि सकेको छु कि अम्यि माटो सुधारको लागि कृषि चूनको प्रयोग गर्नु पर्छ । धेरै प्रका्का (डोलोमाइट, क्यालसाइट,व्रन्टलाइम, हाइड्रेटेटलाइम) ,चूनको प्रयोग गर्न सकिन्छ तर हाम्रो देशमा कृषि चूनको प्रयोग चलनमा छ ।
कति चूनको प्रयोग गर्ने– चून प्रयोग गर्दा ध्यान दिनुपर्ने हुन्छ । सर्व प्रथम माटो जाँचको आधारमा कृषि चूनको प्रयोग गर्नु अति राम्रो हुन्छ । माटो जाँच गर्दा माटोको प्रा्गारिक पदार्थ, माटाको बनौट( माटोकणको अवस्था)को जानकारी लिन सके कृषि चूनको प्रयोगमा सहज हुन्छ ।कणको हिसावले हेर्दा बलौटे माटोमा कृषि चून थोरै प्रयोग गर्नु पर्छ । कृषि डायरीमा सिफारिस मात्रालाई तुलना गरेर हे¥यौं भने ५.५ पिएच मान भएको पहाडी भेगको बलौटे माटोमा १३० केजी प्रति रोपनी कृषि चून सिफारिस गरेको पाइन्छ भने दोमट माटोमा १७० केजी र चिम्टेकण भएको माटोमा २३० केजी प्रति रोपनी सिफारिस गरेको पाइन्छ । तराईमा प्रति रोपनी बलौटे माटोमा ७० केजी,दोमटमा १०० केजी र चिम्टेमा २०० केजी प्रति रोपनी सिफारिस गरेको पाइन्छ । यसरी पहाड र तराईमा फरक मात्रा हुनमा तापक्रम,प्राङ्गारिक पदार्थको मात्रा आदिको कारणले गर्दा यस्तो हुन गएको हो पहाडमा तराइको तुलनामा प्राङ्गारिक पदार्थ बढी हुन्छ । तापक्रम कम हुन्छ । चूनसँग रासायनिक मललाई मिसाउन हुँदैन । बढी मात्रामा चूनको प्रयोग गर्दा सिफारिस मात्रालाइ दुई भाग गरी एकभाग एक पटकमा  र अर्को मात्रा पछि प्रयोग गर्नु पर्दछ ।  चून प्रयोग गर्दा खाली जग्गामा प्रयोग गर्नु पर्छ ।बाली लगाएको बेलामा चून छर्नु हुँदैन । माटोमा चिस्यान हुनु पर्दछ र चून छरिसकेपछि चूनलाई जोतेर माटोमा मिलाउनु पर्छ । चून छर्दा सकेसम्म मसिनो बनाएर छर्नु पर्छ । खस्रो तथा ठूलो कणका चून माटोमा मिसिएमा प्रतिकृया हुन समय लाग्छ र तत्काल प्रभावकारी नहुन पनि सक्छ ।

January 17, 2022

१ सहकारी संस्थागत विकास तालिमको संक्षिप्त विवेचना

परिचय
यही २०७६ साल माघ १६ गते नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संंघ लिमीटेड (नेप्mस्कून)को प्राविधिक सहयोग र पौरखी बचत तथा ऋण सहकारी संस्था कावासोतीको आयोजनामा संचालित संस्थागत विकास तालिमको लागि चितवन जिल्लाको रमणीय पर्यटकीय क्षेत्र सौराहका लागि हामी रमाना भयौंं । सोही दिन बेलुका तालिमको उद्घाटन भयो । तालिमलाई प्रभावकारी रूपमा संचालन गर्नको लागि तालिमको उद्देय, प्रशिक्षक र प्रशिक्षार्थी बीचको परिचय सामान्य नियम तीन ्िेदने तालिमका लागि सहभागीबाटै संयोजक, प्रतिवेदक, समीक्षक र मनोरञ्जन कर्ताको छनौट गर्ने काम भयो । कक्षा संचालनमा अवरोध र असहज अवस्था नआवस् भनि दुई ओटा पहेंलो पास (छोटो अवधीको लागि) र रातो पास (लामो अवधीको लागि) बनाए र सबैले देखिने गरि राखियो । समयतालिका अनुसार १६ गतेको कार्य समाप्त भयो र सबै आफ्नो शयनकोठातिर लागियो ।
दोस्रो दिन १७  गते विहानै आठ बजेबाट सहाकारीको परिचय तथा परिभाषामा तिर लाग्यौं । साकोस ९क्ब्ऋऋइक्० शाकोस अंग्रेजी शब्द हो । यसको अर्थ क्बखष्लन बलम अचभमष्त ऋय(यउभचबतष्खभ कयअष्भतथ हुन्छ । शाकोस शब्दको अर्थ प्रष्ट पार्दै प्रशिक्षकले सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समान कार्य वा सँग–सँगै गरिने कामलाई बुझाउँछ  भन्दै सहकारीको साधारण परिचयको जानकारी पाइयो ।
वास्तवमा सहकारीमा सहकार्य, हुन्छ । सहकार्य के को लागि यस सम्बन्धमा  हामी एक सामाजिक प्रणी हौं। हाम्रो आफ्नै समाज छ हाम्रो आफ्नै संस्कृति छ र हामीसंग आर्थिक जीवन पनि छ । यी सबै पक्षमा हामीले आफ्नो हैसियतलाई माथि उठाउनु पर्ने हुन्छ । सबै काम एक्लै सम्भव हुँदैन । सबैको सहयोग चाहिन्छ । भनिने गरिन्छ सयजनाको लौरो एउटाको लागि गह्रुँगो भारी हुन्छ । हुनत हाम्रो परम्परा र दर्शनलाई गहिरिएर हे¥यो भने अ‍ैँचोपैँचो, अर्मपर्म, जीए जन्त मरे मलामी सरसापटी आदि विविधखाले सामाजिक, आर्थिक, धार्मिक आदि कामहरू मानिस उत्पत्तिको साथ साथै भएको देखिन्छ । तर आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो ।ृ आज संसार भरी आधुनिक रूपमा विविध नाममा सहकारीहरू खोलिएका छन्  । पौरखी सहकारी संस्थाको २०६७।०७।०७मा विधिवत स्थापना भएको र यसमा हाल २३४५ (९५४महिला र १३९१ पुरुष) शेयर सदस्य रहेको, ''सम्पूर्ण बित्तीय सक्षमता, सहितको सबल सुरक्षित संस्था र समृद्ध सदस्य'' परिकल्पना गर्दै स्थापना भएको विवरण व्यवस्थापक नीलकण्ठ पराजुलीले  जानकारी गराउनु भएको थियो । यस तालिममा पौरखी सहकारीका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, ऋण समिति शिक्षास समिति लगायतका पदाधिकारीहरू सहभागी भएका थियौं । यस तालिममा बचत तथा ऋण सहकारी संस्थाको दर्शन, सिद्धान्त र इतिहास एवं आफ्नै साकोसकोे इतिहासको वारेमा जानकारी गराइएको थियो । कुनै पनि सरकारी होस् या गैर सरकारी संस्था होस् त्यसलाई राम्रो सँग सञ्चालन गर्नको लागि नीति नियम,र त्यसको पालना र वैधानिक मुद्दाहरुको सम्बन्धनमा कम्तिमा पनि सामान्य जानकारी हुनु पर्छ । यस सम्बन्धनमा पनि प्रशिक्षक द्वय गणेश तिमिल्सिना र वीदुर खड्काले जानकारी गराउनु भएको थियो । सहकारीको तथा कुनै पनि संस्थको प्रगतिको लागि  त्यस संस्थामा आवद्ध सदस्यहरू, तिनीहरूको योगदान, संस्था परिचालनको लागि चुनिएका सञ्चालक समितिको रणनीति कार्ययोजना , कर्मचारिको भरपर्दो र सहज रूपमा प्रदान गर्ने छिटो क्षरितो सेवा, र यसमा प्रयोग गरिएका प्रविधि आदिमा निर्भर  रहन्छ ।  यसो हुँदा वित्त र वित्तीय विवरण अध्ययन र समीक्षा गर्नु पर्दछ । हाल दिइरहेको सेवा र नयां सेवा वा सदस्यहरुले चाहना गरेका आवश्यक सेवा, वित्त वजारको कुन चांहि क्षेत्रमा  प्रतिस्पर्धा चलिरहेको छ र वित्त वजारका हालका जल्दा वल्दा सवालहरु के छन् । सदस्यहरुलाई प्रदान गर्ने वित्तीय सेवाको लागि उपलब्ध प्रविधीहरु र तिनका विशेषताहरु के छन् आदि सैधान्तिक तथा व्यवहारिक सिकाई तालिममा भएको थियो । कुनै पनि संस्थाको सक्षमताको रूपमा सञ्चालन गर्नको लागि सक्षम नेतृत्वको आवश्यक्ता पर्द छ । किनकी , जनशक्ति व्यवस्थापन, योजना तथा वजेट, सूचना प्रविधि, वजार र बजेट  (दाजेर हेर्ने),स्थानिय, राष्ट्रिय र अन्तराष्ड्रिय आर्थिक र सामाजिक वातावरण तथा साकोसको विकासमा देखिने विभिन्न असर साथै साकोसको संचालन, कर्मचारी नीति, रणनीतिक योजना र अन्य नीतिहरु जसको लागि संचालक समिति जिम्मेवार हुन्छ  । सचालक समितिमा यी कुराहरु जाच्ने,र  बुझ्न आपूmसँग  विविध संघ संस्था आवद्ध भएका जिल्ला के्न्द्र तहका संस्थाहरुको क्रियाकलाप सँग सहकार्य र ती संस्थाबाट प्राप्त गर्ने आवश्यक सहयोगलाई परिचालन गर्न सक्ने क्षमता संचालक समितिमा हुनु पर्दछ । संस्थामा मानव श्रोतको व्यवस्थापन गर्ने,  व्यवस्थापक छान्ने,कार्य तथा लक्ष्य तोक्ने, कार्य मूल्यांकन गर्ने, सेवा सुविधाको निर्णय गर्ने,भावी व्यवस्थापकको लागि समेत योजना निर्माण गर्ने आदि यस तालिमबाट हामीले  थुप्रै ज्ञान हाँसिल गर्न सकियो । संस्थालाई कस्तो बनाउने भन्ने कुरा सञ्चालक समितिमा निर्भर हुन्छ ।
अलिकति प्रसङ्ग बदलौं बचत तथा ऋण सहकारी संस्था भने पछि बचत संकलन र,ऋण लगानीका कामहरू हुने नै भए । ऋण लगानी गर्दा ध्यान दिइएन भने सहकारी संस्थाहरू डुब्ने खतरा बढेर जान्छ । यहाँ हामीलाई मानिसको स्वभाव ऋण लिंदा दिंदा कस्तो हुन्छ र तिर्दा कस्तो हुन्छ भन्ने एउटा तस्विरबाट प्रष्ट्याइएको थियो । मानिस बिरालो भएर ऋण लिन जान्छ तर तिर्ने  वेलामा भने ऊ बाघ भएर दर्शिन्छ । त्यसो हुँदा सदस्यहरुले तिर्न सक्ने क्षमताको आधारमा ऋण लगानी गर्नुपर्छ । असल ऋणीमा ठहरिएको तथा तिर्ने क्षमता भएको सदस्यलाई ऋण लगानी गरिएन भने असुलीमा बाधा पर्छ । त्यसो हुँदा ऋणलगानी गर्दा राम्रोसंग जांचबुझ गरेर मात्र लगानी गर्नु पर्छ । ऋण शेयर सदस्यको अन्तरनिहित अधिकार भन्दा पनि सुविधा मात्र हो भन्ने जानकारी गराइ राख्नु पर्छ । भाखा नघाईरहेकोे सदस्यलाई कुनै पनि ऋण थप दिन हुँदैन
व्यापारिक, विशेष पकेट क्षेत्र र कृषि ऋणका लागि अर्थात आत्मनिर्मर हुन सक्ने परियोजनाका लागि ७०% लगानी संस्थाको र शेयर सदस्यको ३०% हुनु पर्दछ । सदस्यको तिर्ने क्षमता र चरित्र अर्थात शेयर सदस्यको इमान्दारिता, प्रतिष्ठा, आदिलाई पनि ध्यान दिनु पर्छ । विश्वासिलो धितो राख्नु पर्छ । ऋण भाखा नाघ्नु भनेको संस्था तथा ऋण लिनेकर्ता दुबैको लागि क्यान्सर रोग लाग्नु हो । यसरी समयमै ऋण असुली गरिएन भने लगानीकर्ताको संचालनको सम्पूर्ण मुख्य क्षेत्रहरुलाई असर गर्दछ । त्यसो हुँदा क्षमतामा आधारित लगानी गरियो भने मात्र भाखा नाघ्ने प्रवृत्तीलाई कम गर्दछ साथै भाखा नाघ्ने ऋणीले यसलाई निरुत्साहित गर्दछ । सहकारीको संस्थागत विकास गर्नको लागि सुन्दर परिकल्पना गर्नु पर्छ र यस परिकल्पनालाई पूर्णता दिनको लागि दिर्घ सोच राख्नु पर्छ । अहिले हामी कहाँ छौं र हामी कहाँ पुग्ने हो । कुन विकल्पको छनौट गर्दा लक्ष हाँसिल गर्न, सक्षम, सुरक्षित र स्वस्थ्य संस्था बनाउन, सदस्यहरुलाई उच्चस्तरको विशिष्ट सेवा प्रदान गर्न, संस्थालाई प्रतिष्पर्धी र व्यवसायिक वनाउ सकिन्छ भन्ने सोचको आधारमा योजना बनाउनु पर्दछ । आजको संसारमा हरेक चिजमा प्रतिस्पर्धा छ । यस्तो प्रतिस्पर्धामा पुग्न रणनीतिक सोच चाहिन्छ । रणनीतिक सोचलाई व्यवहारमा उतार गर्नको लागि रणनीतिक योजना बनाउनु पर्छ साथै रणनीतिक रूपमै बनाइएको योजनालाई उद्देश्य अनुरूप कार्यहरु निश्चित समय भित्र पूरा गर्ने सङ्कल्प, समय, समयमा अनुगमन , मूल्यांकन तथा समीक्षा समेत गर्नु पर्दछ  र दृढ सङ्कल्प पनि चाहिन्छ ।
आज देशमा मौलाएको भ्रष्टचार सहकारीमा पनि भएको पाइन्छ । त्यसो हुँदा व्यवस्थापन पक्ष र कार्यन्वयन पक्ष दुबै चनाखो हुन पर्छ । बचत संकलनदेखि ऋण लगानीसम्म राम्रो निगरानी राख्नु पर्छ । अधिकार सम्पन्न लेखा समितिले यस सम्बन्धमा ध्यान दिनु पर्दछ ।
यस तालिममा संस्थाको विकासमा राजनैतिक परिस्थिती(ऋण लगानी लगायत सहकारी संस्थामा कुनै किसिमको हस्तक्षेप हुनु हुँदैन,तर राज्यले लागु गरेका नीति नियमहरू भने पूर्णरूपमा पालन गर्नु पर्ने) ,आर्थिक अवस्था, सामाजिक मूल्य मान्यता, प्रविधिको अवस्था, चार खाता( पूँजी तथा दायित्व खाता,  सम्पत्ति तथा जायदात खाता,खरिद तथा खर्च खाता, बिक्रि तथा आम्दानी खाता), पूँजी ,वासलात नाफा नोक्सान, संस्थागत पूँजी,  लागत सहितको पुँजी तथा दायित्व,(शेयर, बचत निक्षेप, बाह््य ऋण, कूल ऋणआदि), जम्मा लगानी गरिएको ऋण, खुद ऋण, भाखा नाघेको ऋणको लागि आवश्यक व्यवस्था घटाउदा बाँकी रहेको ऋण अपलेखन गरिएको खराब ऋण ÷१वर्ष भन्दा बढी भाखा नाघेको ऋण रकम आदि विषयमा सैधान्तिक तथा व्यवहारिक रूपमा विस्तृत छलफल भएको थियो ।
अन्त्यमा सबै भन्दा राम्रो के हुनसक्छ परिकल्पना गरौं(सपना देखौं),सबै भन्दा राम्रो  कसरी हुनेछ निर्धारण ग¥यौं (संरचना बनाऊँ), यसको लागि कहाँ के भै राखेको  छ अनुसन्धान गरौं पत्ता लगाउँ र यी नै मान्यताको आधारमा स्वच्छ, पारदर्शी,, सेवामूलक रूपमा सहकारीलाई सञ्चालन ग¥र्यौं भन्दै विदा माग्दछु ।
(यो लेख, बिरालो र बाघको तस्विर तालिममा प्रशिक्षकले प्रस्तुत गरेका धारणालाई साभार गर्दै तयार पारिएको हो)
धन्यवाद

January 5, 2022

हिमलाला ज्ञावली


सदानन्द अभागी
नाम तिम्रो हिमलाल , ज्ञावली हो थर 
सफल मार्ग अवलम्वन् सवका वरपर

समाज सेवा तिम्रो रह्यो यस धर्तीमा हेर
पत्रकारी जीवनलिई घुम्यौ सारा देशभर

साहित्यमा सुधारस नै कति छरेउ, छरेउ,
सवल अवल भावनामा निकै अघि सरेउ

मिठै थियो बोलीचाली मिठै थियो मुस्कान
उच्च थियो दिव्य दृष्टि विचार थियो महामन 

भावनाका महल थियौ साहित्यका आत्मा 
तिम्रो साथमा रमायका होलान् परमात्मा 

धेरै कर्म गर्छु भनि तिमी निकै अघि बढेउ
निष्ठूरीले विमान भेज्यो त्यसैमा नै चढेउ

 धेरै कर्म तिमीले थालेउ बाँकी रहे होलान्
त्यो कर्मको कार्यन्वयन जो कोहीले गर्लान्

तबमात्र त्यो आत्माले शान्ति प्राप्त गर्ला 
त्यही होला श्रद्धाञ्जलि सबले बुझ्नु पर्ला  



January 3, 2022

हो आज यस्तै छ


हो आज यस्तै छ
न्याय दिने वाला आन्दोलनमा
न्याय लिन जानेवाला अन्यौलमा
न्यायको लागि गुहारेकै छन्
कर्णकटु भाषण गरेकै छन्
कानमा तेल हाल्नेले हालेकै छन्
तलव भत्ता पकाएकै छन्
जनतालाई कष्ट दिएकै छन्

हो आज यस्तै छ
सदनको बैठक बसेको छ
सदन अवरोध गर्नेको
सदन भित्र आगो बलेकै छ
तलव भत्ता पाकेकै छ
कुर्सीमोहले स्थान लिएकै छ
नैतिकतामा ह्रास आएकै छ

 हो आज यस्तै छ
भ्रष्टचारको बृक्ष मौलाएकै छ
दिन प्रतिदिन महगाइ बढ्दो छ
महगाइ–मारमा जनता बौलाएकै छ

हो आज यस्तै छ
कोरोना भाइरस बढ्दो छ
कोरोना भन्दा त्रास धेरै फैलिदो छ
उपचारको अभावमा
निर्धनहरूको ज्यान गएकै छ
देशको अर्थतन्त्र चौपट भएकै छ

हो आज यस्तै छ
युवाहरू पलायन भएकै छन्
बृद्ध–बृद्धाले आगन कुरेकै छन्
देशका खेतबारी बाँझिएकै छन्
निर्यातको बाटहरू भत्केकै छन्
आयतबाट जनता पालिएकै छन्

हो आज यस्तै छ
दशगजाको कम्मर दुखेकै छ
कालापानी लिपुलेकमा
भारतका फौज तैनात छन्
भारतले सडक बनाएकै छ
सरकार मौनव्रत साधनामा छ
नेपाली जनता रोएकै छन्
हो आज यस्तै छ
एमसिसी वहस चलेकै छ
एमसिसी खारेजी आन्दोलन चलेकै छ
जनता साह्रै भ्रममा छन्
शेरको अडान कटीबद्ध छ
नेताको दाउपेच चलेकै छ
विदेशी चलखेल बढेकै छ
विदेशी चलखेल बढेकै छ 

साहित्यिक विधामा डुवुल्की मार्ने कृषि विशेषज्ञ: सदानन्द अभागीको व्यक्तित्व र कृतित्वमा विहङ्गाबलोकन तुलसी गौतम


. व्यक्तित्व र सामीप्यता

 

     कृषि विशेषज्ञ भएर पनि साहित्यिक विधामा उत्तिकै रमाएका सदानन्द अभागीको व्यक्तित्व र कृतित्व उहाँकै जीवन कालमा प्रकाशित हुन थालेको छ । उहाँबाट चिने जानेका व्यक्तित्वहरुका धारणा र विश्लेषण सामावेश गर्ने क्रममा यो पङ्तिकार पनि पर्दछ । यसको श्रेय उदीयमान साहित्यकार , कृतिका संयोजन एवं संम्पादन कर्ता राम ज्ञवाललाई दिन चाहान्छु। उहाँकै प्रयामा म पनि मौकाले फेला परेको थिए । यो कृतिले ग्रन्थ नाकको व्यक्तित्व र कृतित्वको मूल्याकन हुने छ । प्राय: निधन पश्चात निस्कने स्मारिका वा ग्रन्थहरु अरुका लागि प्रेरक बन्न सक्छन्  तर ग्रन्थनाकको जवन कालमा आफूबारे अरुका मूल्याङ्कन र धारणा थाह पाउनु आफैमा रोचक र पृष्टपोषक हुने नै छ । उहाँले पनि जवनमा भोगेका ,देखेका र सुनेका  जीवनगाथा प्रकृतिका उपहार, सामाजिक-राजनैतिक घटनाहरु र पात्रहलाई साहित्यिक धारमा कसी लगाएर दर्जनौ कृतिहरु प्रकाशन गर्नु भएकोले उहाँकै जीवनकालमा यो कृति उहाँकै लागि सच्चा उपहार हुनेछ । म पनि संयोगले मिसिन पुगेको छु । यस अर्थमा ग्रन्थनायक भाग्यमानी ठान्दछु । उहाँले अव "अभागी"को उपमालाई हटाए "भाग्यमानी" राखे कसो होला ? । ग्रन्थ नायकबाट उत्तरापेक्षी छु ।

यो पङ्तिकार र ग्रन्थनायक पेशाले दवै कृषि क्षेत्रका जागीरे थियौ । कृषि विकास  मन्त्रालयको कृषि विभागमा कार्यरत हामीमा उहाँ माटो विज्ञ र यो लेखक अर्थ विज्ञ थियो । कार्य थलो एकै ठाँउ हरिहर भवनमा भए पनि सामान्य चिनाजानी मात्र थियो । एक दिन मेरो कार्य कक्षमा उहाँ आउनु भयो । सामान्य औपचारिकता पछि एक कृति झोलाबाट निकालेर देखाउनु भयो । यो "अग्निज्वाला" उहाँको २०६१ मै प्रकाशित महाकाव्य रहेछ । यसको समीक्षा गरिदिन आग्रहः गर्दा म यसको पात्र कसरी हुन सक्छु र ? मनमनै प्रश्न तेर्सिए। माटो विशेषज्ञबाट रचित यो महाकाव्य हुनु आफैमा अनौठो मलाई लागेको थियो  भने मलाई समीक्षकमा चयन गर्नु झनै अचम्म लाग्यो ,यो मेरो लागि कौतुहलको विषय बन्यो । कारण उहाँले नै स्पष्ट पार्नु भयो ।

     २०६० र त्यसपछि पाक्षिक रुपमा निस्कने हिमालखवर पत्रिकामा कृषि अर्थतन्त्रबारे मेरा लेखहरु प्रकाशन हुने गर्दथे । उहाँ मेरो लेखहरुको असल पाठक हुनुहुँदोरहेछ । मेरा विषय प्रस्तुतीकरणका आधारमा प्रभावित भएर होला उहाँको यस कृति "अग्निज्वाला"को समीक्षा गरिदिन मलाई आग्रह गर्नुभएको, त्यसैले उँहाको अनुरोधबाट म पन्छिन सकिन र सहर्ष स्वीकार पनि गरेँ ।

     म कुनै साहित्यिक व्यक्ति  त होइन , सामान्य पाठक मात्र छु । बेलाबेलामा केहि कोरे पनि मेरो लेखनविधा कृषि क्षेत्रको अर्थतन्त्रको पाटो नै हो । यस अन्तर्गत कृषि नीति तथा कार्यक्रमहरुको प्रभावकारिता, कृषि पूर्वाधारहरु सिँचाई, बजार, मलखाद आपुर्ति जस्ता विषयहरुमा केन्द्रित रहदै कृषि विकासको भाव दिशावोध हुने खालका रणनीतिहरु र उपायहरु सुझाउनु हो । समस्या मात्र होइन समाधानको बाटो पनि देखाउने  गरेको छु,  अहिले पनि फाट्टफुट लेख्न प्रेरणा प्राप्त भइरहेको छ । यसको परिणाम नै हो मलाई समीक्षक बनाइनु ।

     ग्रन्थनायको साहित्यक नाम सदानन्द अभागी छ भने कृषि विज्ञको रुपमा सदानन्द जैसी । कालोवर्णको, अग्लो कदको,  दाह्रिकपाल नसमाले झुसिलो अनुहारमा देखिने, साधारण लवाई, नम्रबोली, अरुलाई मान गर्ने, स्पष्टवक्ता, निस्कपट व्यक्तित्व उँहाको मैले पाएको छु । कुरा गर्दा हसाउने , प्रशन्न देखिने भएर होला सदानन्द (सधै आनन्दमा रहने) नामको सार्थकता उहाँको नाम र रुप दुवैले जनाउँछ । यो सदानन्द रहने व्यक्ति कसरी अभाग हुन पुग्यो ? उहाँको पुन: उत्तरको अपेक्षा गर्दछु ।     

     समीक्षा सहित विमोचनको कार्यक्रम कवि शिरोमणि लेखनाथ सदन सोह्रखुट्टे छेउमा उहाँले गर्नु भएको रहेछ । त्यहाँ उहा उहाका कृषि सेवामा कार्यरत सहकर्महरु कृषि विभागका महानिर्देशक शिव सुन्दर श्रेष्ठ, उहाको जन्म स्थल पर्वत जिल्लाको शंखरपोखरीका वुद्धिजीवीहरु, साहित्यकारहरूको उपस्थितिमा सो कार्यक्रम संचालन गरिएको थियो । उतिवेला गरेको समीक्षा जस्ताको तस्तै यहा उल्लेख गर्न उपयुक्त सान्दर्भिक ठान्दछु ।

 

          कृति समीक्षा

"अग्निज्वाला"महाकाव्यमा क्रान्तिकारिता

 

     यो महाकाव्य सदानन्द "अभागी"को दशौँ प्रकाशित कृति हो । २०६० भदौ २३ देखि ऐ मंसिर सम्म वीच वीचमा उर्लेका भावनाका लहरलाई समेट्दै २५ दिनको समयावधिमा सरकारी सेवा अन्तर्गत जिल्ला भ्रमणमा गएको वेला मुस्किलले ५०-६० घन्टाको समय खर्चेर तयार पारिएको  उहा"अग्निज्वाला"को प्राक्कथनमा लेख्नुहुन्छ । जे होस, यति छोटो समयावधिमा साँझ विहानको समयलाई उपयोग गर्दै काव्यको सिर्जना गर्ने साहित्यकार विरलै पाइएला । यस भन्दा अघि कविता, कथा, जीवनी, नियात्रा विवरण, उपन्यास, लघु खण्ड र महाकाव्य समेत लेखी सकेका यी साहित्यकार सरकारी जागीर खाएका कृषि क्षेत्र अन्तर्गत माटो विशेषज्ञ हुनुहुन्छ भन्दा अचम्म लाग्छ । कहाँको साहित्य र कला , कहाँको प्राविधिक कर्मचारी , यति धेरै विधामा हात हाली सकेर अहिले अवकाश पाइसके पनि झनै साहित्य लेखनमा भ्याइ नभ्याइ लागेको देखिन्छ ।

 बुढो जवानी कविता मार्फत आफूलाई जवानी अवस्थाको बनाए पनि रचनाबिधामा आफै  पात्र वनेर विभिन्न घटनाहरुको अनुभूति  दिन सक्ने उहाँको क्षमता यो महाकाव्य लगायत अन्य कृतिहरुमा पाइन्छ । कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत करीव तीन दशक जागीर खाई अवकाश प्राप्त यी प्राविधिकका माटोको उर्वरा शक्ति, जैविक खेती लगायतका थुप्रै कितावहरु पढ्दा उहाँ खारी माटो विशेषज्ञ देखिनु हुन्छ तर साहित्यिक कृतिको प्रकाशन सख्याका हिसावले अझ पनि लेख्दै गर्नाले ठूला साहित्यकारहरुको हाराहारीमा उभिन पुगेको ठान्छु

     पर्वत जिल्लाको शंखरपोखरी गा. वि. . नुवारमा  जन्मेका ६० वर्षय अभागी रिजाल थरका जैसी बाहुन भएको उहाँको जागीरे नाम "सदानन्द जैसी"बाट स्पष्ट हुन्छ । दारी जुँगा पनि फाल्न अल्छी मान्ने सेतै फुलेका यी व्यक्तित्व साहित्य लेखनमा भने उत्तिकै जाँगरिला देखिनुहन्छ

     १८ सर्गमा विभाजित यो महाकाव्य पढ्दा उहाँकै जीवनका घटनाहरु हुन कि भन्ने भान पर्दछ । काव्यकारले कतिपय घटना मिल्न सक्ने स्वीकार्नु भएको छ । यो काव्यमा "अग्निलाई नायक बनाइएको छ भने ज्वाला र शिखा उनका दुइ नायिका हन् । "अग्नि"नाम किन राखियो, हाँ नै जान्नुहोला तर काव्य पढ्दा अग्नि पढेलेखेको, सचेत नागरिक लोकतन्त्रवादी एक क्रान्तिकारी नायक देखिएकोले "अग्नि"उपयुक्त नामा देखिन्छ । त्यसैगरी ज्वाला र शिखा तत्कालीन माजका मूल्य र मान्यतामा चल्नु पर्दा विद्रोही देखिएकोले नै ज्वाला र शिखा नाम दिइएको हुन सक्छ ।

     सामाजिक परिवेशमा लेखिएको भएपनि सर्गहरुमा क्रान्तिकारी भावना यत्रतत्र देखिन्छ । शायद  काव्यकार क्रान्तिको बेला  जन्मेर होला राजनीतिक चिरफार गर्न कहि पनि बाँकी राख्नु भएको छैन । उदाहरणको लागि उहाँ प्रथम सर्गको यस श्लोकबाट परिवर्तन शक्तिका लागि हुनुपर्ने भन्नुहुन्छः

क्रान्तिवादी यो संसारमा शान्तिवादी नीति

शान्तिवादी मंत्र फुक्न किन चाहियो मिती

बुद्धत्वको  बनोस ससार बुद्धवादी नीति

बुद्ध मन्त्र सफलतन्त्र बुद्धत्वको खेति

     यसैगरी राणाकालीन अवस्था नभोगे पनि सुनेका काव्यकारले प्रजातन्त्रको विहानी ल्याउनेहरुलाई राणाका दलाल एवंपृष्ट पोषकहरूवाट कसरी धम्क्याइन्थ्यो लेख्न छुटाउनु भएका छैन यी धम्की र चेतवनीका शब्दवाणहरुले उहाँमा विद्रोहीपन ल्याएको देखिन्छ ।

जस्तैः "धेरै कुरा नगर केटा तँ पनि लौ जालास

वढ्ता कुरा गर्न हुँदा शीशा गोली खालास्

चारै पाटा मुडिएर देश छाडी जालास

हर्जाना तिरी तिरी गोर्ख लौरी खालास"

 

"कति जना खेदाइए, कतिलाई फाँसी

कुनै देश निकालामा लौ कोही रुवावासी

अरचापछन् राणा शासन ठूला ठूला आँसी

आफ्नै दाजु भाइलाई नै पठाउछन् काशी"

 

यसैगरी प्रजातन्त्र आएपनि दलीय खिचातानीले जे जस्तो अराजकता देशमा देखियो, त्यसलाई घोच्न उहाँ विर्सनुहुन्न

जस्तैः

मातृका र विश्वेश्वर अन्तर खिचातानी

फलामले फलाम काट्छ छैन आनाकानी

आउछिन क्रान्ति पछि संक्रान्तिकी रानी

यस्तै यस्तै क्रियाकलाप भयो जानाजानी

द्वितीय सर्ग

हो, वास्तवमा दलीय स्वार्थ, विदेशी चलखेलले गर्दा प्रजातन्त्र पछि पनि जनताले विधिको शासन अनुभूत गर्न पाएका छैनन् । फलस्वरुप जनआन्दोलन-२ हुनु पर्यो । हो उहाँले भने जस्तै

"समाजका वुज्रुकहरु राणाकालीन थिए,

आज पनि हरेक क्षेत्र तिनले नै लिए ।

द्वितीय सर्ग

 

आज शाही फोविया वास्तवमा सवै तिर छ, मात्रा मात्र कम वेसी होला । अन्यथा लोकतन्त्रको वहालीमा एक जुट भएकाहरु त्यही गतिमा अघि बढ्नु पर्ने होइन र ! काव्यकारले  भने झै पञ्चायती व्यवस्थामा

ञ्चायती गुणगान गरेपछि मनपरि गर्न पाइने प्रति लक्षित गर्दै आफू इतर पक्षको भएकोले जागीर खान "भीतर"को भाग्यशाली बन्नु पर्ने सत्तासीनहरुको मापदण्ड भन्दा विधिको शासन देख्न नायक अग्नि चाहनछन् । पञ्चायती शासनको दवदवामा सुधार गरिए पनि ती खासै भिन्न नभएको भन्दै उहाँ त्यो वेलाको परिस्थिति यसरी देखाउनु हुन्छ ।

ञ्चायती राज्यसत्ता सवल बन्दै थियो

प्रजातान्तिक हकहित फरक नै थियो

गोही रुपी अश्रु कानुन त्यहाँ धेरै वने

भाषण  अमृत सुधा थोपा थोपा दिने

 

"सात साल, सत्रसाल छत्तिस साल आयो

सोझा साझा जनताले मुड्की मात्र खायो"

दशम सर्ग

यसरी एउटा जागिरे पनि तत्कालीन सत्तासङ्ग कति विमति राखेर काम गर्नु पर्ने रहेछ, स्पष्ट हुन्छ । उहाँ जागीरे भएर पनि प्रजातान्त्रिक मूल्य र मान्यताका पक्षपाती देखिनुहुन्छ । त्यसैले नायकको नाम "अग्नि"राख्न पुगेको हो भने आफ्नो अधिकार प्रति नायिकाहरु सचेत भै लाग्ने हुनाले ज्वाला र शिखा बनाइएका छन्  होलान्  भन्ने निष्कर्ष निकाल्न कसो होला ?

     स्रोह्र देखी अठार सर्गहरु पूर्णतः गद्यमा उन्मुक्त तरीकाले लेखिएका छन्। शायद क्रान्तिका शब्दहरु माधुर्य लाग्ने छन्दहरुमा अटाउन सक्दैनन् । सोह्रौ सर्गमा धार्मिक दार्शनिक एव राजनतिक विश्लेषण "अग्निको विषयवस्तु बनेका छन् । यो सर्ग पढ्दा उहाँको अध्ययन तह निकै गहन र स्वच्छन्द भएको स्पष्ट हुन्छ । यो जन आन्दोलन-२  आउनु पूर्व लेखिएको काव्य हुनाले तत्कालीन कुर्चीको लागि झगडा, क्रान्तिमा  मरेकालाई शहीद घोषणा र एक मिनेट मौन धारण र सत्यको जित दावी गर्दै भाषण जस्ता कार्यकलापमा राजनीति चलेकोमा उहाँ दुखेसो पोख्नु हुन्छ ।  उहाँ व्यङ्ग गर्दै भन्नु हुन्छः

यहाँ प्रजातन्त्र छ, वाक स्वतन्त्रता छ,

बोल्नलाई खुलामञ्च खुला छ

नेपालीले नेपालीलाई मारेको छ

युवतीहरु विधवा भएका छन्

असहाय वृद्धहरुको सहारा हराएको छ

क्रान्तिको नाममा रगतको खोलो बगेको छ

हरेक विहानी लास र आँसु लिएर जन्मेको छ

ठाँउ ठाँउमा बारुद पड्केकै छ  आदि ।

सोह्रौ सर्गमा यस्ता प्रजातन्त्रमा देखिएका विकृतिहरु माथि अग्नि पात्र उभ्याए प्रहार गर्नुभएको छ, अहिले पनि उस्तै छ । अहिले सम्म राजननीतिक थाह नपाएका, धेरै गुम्सिएका र आफ्नो अधिकार खोज्ने सौता सौताहरु पनि ज्वाला र शिखाका रुपमा अग्निलाई साथ दिदै प्रजातन्त्र प्राप्तिमा होमिएको वर्णन छ सत्रौँ सर्गमा । ज्वालाले पार्टीमा आउने कार्यकर्ता मारिएको, शोक मनाइएको, पार्टीको झण्डा ओडाइएको, शोक सन्तप्त परिवारलाई समवेदना समाचार पठाइएको देखेर दुखी हुदै भन्छिनः

मार जति सक्छौ मार

हिजो पनि मारेकै थिए

आज पनि मारेकै छन

अझ कति मार्छन् मार"

उनको मुखबाट निस्कन्छ "एउटा वीउ बाँचे पुग्छ

     यसरी नेपाली अवोध महिलामा पनि चेतनाको स्तर प्रजातन्त्र आए पछि सत्रौँ सर्गमा देखाउनु स्वाभिमान लाग्छ ।

प्रजातन्त्रमा पार्टी जनतामा जान नसकेको, सत्ता लिप्सामा नेताहरु परेको, पार्टी भित्रको गुटबन्दी नायिका ज्वालालाई मन पर्दैन। तेह्रौ सर्गमा दुई सौता-ज्वाला र शिखा वीचको अन्तर्द्धन्द्ध यहाँ देखिदैन । बरु शिखाले समाजसेवामा ज्वालालाई साथ दिएकी छन् । यसरी राजनीति प्रति यहाँ व्यङ्ग- कटुसत्यको चित्रण  गरिएको छ यो रोग त्यसपछिका दुई दशकको अन्त्यतिर आउदा पनि उस्तै छ ।

अठारौँसर्ग  यस महाकाव्यको अन्तिम सर्ग हो। राजनीतिक अराजकताभित्र जुटेको पार्टीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । स्पष्ट नभएपनि शाही शासनको विरुद्ध होला । यसैमा होमिदा नायक अग्नि र  नायिका द्वय- ज्वाला र शिखालाई कसैले जगल तिर कुरा वुझन लगेको- वेपत्ता पारिएकोमा "अभागी"ले विज्ञप्ति निकालेर "शान्ति र अमनचयन कायम"गर्ने खालका मागका चाँङ्ग राखेर समापन गराइन्छ

 

उपहार

  यो महाकाव्य तत्कालीन परिवेशको यथार्थ, चित्रण हो । माटो विज्ञले लेखेको यो महाकाव्य सैद्धान्तिक कसीमा शत प्रतिशत खरो उत्रन नसके पनि सामान्य मापदण्ड भित्र धेरै थोरै पर्दछ । राष्ट्रकवि माधव घिमिरेको भूमिका पनि महाकाव्य भनिएको छ । शिव वन्दनाबाट शुरु गरिएको १८ सर्गभएको ना, नायिकाको सवल चित्रण पनि भएकोले यसलाई महाकाव्य मान्नै पर्दछ ।

यसरी यही "अग्निज्वाला"महाकाव्यको समीक्षाले हामी दुई वीच सामीप्यता बढाउदै लगेको थियो र भावनात्मक रुपमा अहिले पनि समीप छौ ।"बुढो जवानी"भुटानी शरणार्थीको व्यथा कथा जस्ता दर्जन भन्दा बढी कृतिहरू पस्केर नेपाली साहित्य भण्डारमा उहाँले ईट्टाहरु थप्नु भएको छ । यी उहाँका कृति स्वान्तः सुखाय लेखिएका र जागीरे तलबबाट छाक र खानखोजेका कुराको टौति गरर लेखहरु प्रकाशन गर्ने गरेको भएपनि नेपाली साहित्य प्रेमीका लागि जीवन वोध हुने, यथार्थपरक खुराकहरु पस्केर उपहार दिनु भएको छ ।

अन्तमा बुढो भएपनि जवानको जाँगर भएका साहित्य लेखनमा सधै लागिरहने हुनाले अथक साधकको भावी जीवन सुखमय वितोस भन्ने कामना गर्दै उहाँको व्यक्तित्व र कृतित्त्वलाई अझै उजागर गर्न अग्रसरता लिन हुने सयोजक एव संपादक श्री राम ज्ञवालीलाई पनि 'सदानन्द प्राप्त होस भन्दै यो लेख विट यहि मार्दछु ।

 

सम्पादन हुने नै छ 

January 1, 2022

(कथा) अदृश्य बाबुको सदृश्य छोरो


सदानन्द अभागी
"अदृश्य बाबुको सदृश्य छोरो ।"' कुरा सुन्दा अचम्म लाग्न सक्छ । कुनै अनौठो कुरा होइन । कसरी बाबु अदृश्य हुन सक्छ र ? साच्चिकै बाबु अदृश्य हुँदो रहेछ भन्ने कुरा अखबारमा आएका विविध खाले समचारले पुष्टि गर्दो रहेछ ।बच्चा मारेर फालेकाकुरा, आमले नै आत्माहत्या गरेका कुरा, अनैतिक सम्बन्धले गर्दा फलानोले आत्महत्त्या ग¥यो अरे,फलानी र फलनाको प्रेम थियो र प्रेम सफल नहुँदा दुबैले आत्महत्या गरे अरे  आदि आदि समाचार वेला बखत हामिले अखवारमा पढिरेहका हुन्छम् । यी विविध घटनाहरू देनिक जस्तो विविध संचार माध्यमबाट हामीले सुनिरहेका हुन्छम्, पढी रहेका हुन्छम् ।
यी घटनाका कारण केलाउँदा मानव जीवनमा बाँचनको लागि खाना चाँहिंदो रहेछ । मानिसले खान्छ । खाए पछि जिउ रसिलो पोटिलो कसिलो हुँदो रहेछ । त्यसपछि मानिसलाई शारिकि सम्बन्धको खाँचो हुँदो रहेछ । शारिरिक सम्बन्धको भोक लागेपछि मानिस अन्धो हुँदो रहेछ । त्यहाँ कुनै नीति नियम, कानुन, सामाजिक बन्धन, नाता पाता,जातभात, भावी यसको परिणती आदि जे जस्ता सम्स्या आइलाग्ने हुन्छन्  कुनै कुराको मानिसले सोच्न सक्दो रहेनछ ।  जब अन्धो विवेकले सामाजिक नियमलाई तोडेर अनैतिक कामको थालनी गर्छ । नतिजा पनि दुःखदाई हुनु स्वभाविक नै हुँदो रहेछ ।
देशले रोजगार दिन सकेन । हातमुख जोड्नै प¥यो । एउटा राम्रो नराम्रो जे जस्तो भए पनि कपडा लगाउनै प¥यो । घरपरिवार लाई देखभाल गर्नै प¥यो । सृष्टि बचाउनको लागि विवाह पनि गर्नै प¥यो । विवाह पनि सहज छैन । विवाहमा लागेको ऋणको भारी पनि बोक्नै प¥यो आदि आदि कारणले गर्दा बचत बहादुरकी आमाको आधिकारिक श्रीमान विदेशमा जागिर खान जानु भएछ । भरखरै विवाह गरेर अङ्गालो भर्ने वेलामा श्रीमतीलाई छाडेर घरको जग्गा बन्धक राखेर विदेश जानै प¥यो । यो नेपालीहरूको विवसता नै हो भन्न सकिन्छ ।
,घरमा बस्दा सहजता हुने भएन । घरको सबै काम गर्नु प¥यो । पति नभएको घरमा फुक्ली आइमाई किन बस्ने । बचत बहादुरकी आमा माइतमै बस्न थालिछन् । जवानीले कुतकुत्यायो । श्रीमानले माइतमै बसे पनि खर्चपानी पठाउँदै गए । तर श्रीमानको पैसाले उनलाई झनै टेवा दियो । जवानीको भोकले उनलाई कुतकुत्यायो । युवाहरू पछी लाग्न थाले । अन्त्यमा उनको पेट डोलिन थाल्यो । पेट सुकाउने उपायले काम गरेन । पेटको विष बृक्षले साकार रूप लिन बाध्य भयो ।
मानिसको समाजमा आफ्नो इज्जत हुन्छ ।सामाजिक परम्परालाई तोड्यो भने उसको इज्जत जान्छ । इज्जत बचाउन उसले गलत काम गर्न पनि ऊ पछि पर्दैन । समाजमा बचतबहादुरका मावली खानदानमा छोरीमा देखिएको अदृश्य घटनालाई लुकाउन नसके घरको इज्जतमा कालो धब्बा लाग्ने नै भयो । कसरी यो घटनालाई ढाकछोप गरेर इज्जत बचाउने । सम्बन्धित केटासँग छोरी पठाउन पनि सहज नभएकोले कुनै नयाँ उपायको खोजी भयो ।गाउँमा बचतबहादुरकी आमाको पेट डोलिदै गएकोमा खासखुस कुरा नचलेका हैनन् । यो कुरालाई मनन गर्दै बचतबहादुरकी आमालाई जलग्रह लागेको कुरा माइती पक्षले उठाए । जुवाईलाई पनि त्यो समाचार पठाइयो । औषधी उपचार गर्न परेको सन्देशले जुवाइँ पनि निकै चिन्तित भयो । जागिर छाडेर आउने सन्देश आयो । माइती पक्ष निकै अत्तालिएर र तपाइँ आउनु पर्दैन भन्ने सन्देश पठाइयो ।
बचतबहादुरले यो संसार देख्ने दिन आयो । जलग्रह भूइँमा झरेपछि त फेरी अर्को समस्या आउने नै भयो ।यो समस्या पनि सहजै टर्न पायो । दयावती र दयावानका छोरा छोरी थिएनन् । उनले सन्तानको मुख देख्न, ठाउँ ठाउँमा चौतारी चिने , पोखरी खने गणेश पुराण लगाए, गण्डकीमा तोरन तारे  र हरिवंश पुराण लगाएपछि छोराछोरी हुन्छन् भनेर हरिवंशपुराण पनि लगाए । तर भगवानले दयावती र दयावानलाई स्वसन्तान जन्माउने वरदान दिएनन् । दयावतीलाई तिमीले दुखै नगरी सन्तान पाउँछेउ भनि वरदान दिए जस्को फलस्वरूप दयावतीलाई बचतबहादुर छोरोको रूपमा प्राप्त हुने सैभाग्य मिल्यो भने बचतबहादुरले पनि दयावती र दयावानको पुत्र बन्ने सौभाग्य पायो ।
भोली बचतबहादुर कस्तो बन्छ त्यो भने भविष्यलेनै बताउला तर आज दयावतीका काखमा रमाएको छ । नाम थर गोत्र बचतबहादुरले प्राप्त गरिसकेको छ । ऊ अति सुन्दर छ । सबैको अति प्यारो छ ।
भनिन्छ आमा धर्ती हुन् । धर्तीमा जस्तो बीउ छरे पनि उम्रन्छ । धर्तीलाई उपभोग गर्नेले पनि आफ्नो नाममा लालपुर्जा भएको  धर्तीलाई नै प्रयोग गर्न राम्रो हुन्छ ।विष बीउ छर्दै हिडिन्छ भने निश्चय पनि जहाँ अति हुन्छ त्यहाँ खति हुन्छ ।क्षणिक सामाजिक र न्यायिक अदालतबाट मानिस बच्न सक्ला तर ईश्वरीय अदालतबाट भने ऊ कहिल्यै बच्न सक्दैन । त्यो ईश्वरीय अदालत आफ्नै आत्मामा अडिग भएर रहेको हुन्छ । गलत कामले मन मस्ष्किलाइ पीडा दिइराखेको हुन्छ र्। आमा हुनेले पनि आधिकारिकता भन्दा बाहिर गएर बीउको खोजिन्छ भने निश्चय नै जीवन भरिको पश्चतापले सताउँछ । बीउ छर्नेले छरिदियो बीउ ग्रहण गर्नेले पनि विष बीउ ग्रहण गरिदियो भने निश्चय र्नै त्यो घातक बन्छ । त्यही नै सामाजिक अपराध हुन्छ ।
(यो कथा काल्पनिक हो । कसैलाई तोकेर लेखेको हैन )